मेरी आमालाई निकालिँदैछ भन्ने थाहा पाउँदाको मेरो सङ्घर्ष

19 फेब्रुअरी 2026

नान सिन, चीन

सन् २०२१ को अगस्टमा, मण्डलीले सफाइको काम गर्दै थियो, र अगुवाले मलाई मेरी आमाको मूल्याङ्कन लेख्न भनिन्। मलाई केही चिन्ता हुन थाल्यो। मेरी आमालाई भर्खरै घरमा एकान्तबास गर्न पठाइएको थियो, र उहाँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्नुभयो भन्नेबारे मलाई थाहा नभए पनि, एकान्तबासमा रहँदा उहाँ काम गरेर पैसा कमाउने र धनी जीवन जिउनेबारे सोचिरहनुहुन्छ, र उहाँको पछ्याइपछाडिको दृष्टिकोण गैरविश्‍वासीहरूको जस्तै छ, जसमा केही अविश्‍वासीको व्यवहार देखिन्छ भन्ने मलाई थाहा थियो। मेरी आमा छानबीनमा पर्नुभएको छ र उहाँलाई मण्डलीबाट सफाइमा पर्न सक्नुहुन्छ भन्ने सोचेर मलाई धेरै द्विविधा भयो। “मेरी आमाले तीस वर्षदेखि परमेश्‍वरमा विश्वास गर्नुभएको छ, आफन्तहरूको खिसी र बदनामी सहँदै आउनुभएको छ, र मेरा बुबाले पनि उहाँलाई अक्सर सताउनुहुन्थ्यो, कुट्ने र गाली गर्ने गर्नुहुन्थ्यो, तर उहाँले कहिल्यै परमेश्‍वरलाई छोड्नुभएन। उहाँले मलाई समेत आस्थामा हुर्काउनुभयो, मैले पूर्णकालीन कर्तव्य गर्दा मलाई समर्थन गर्नुभयो। उहाँले मण्डलीमा सधैँ आफ्नो कर्तव्य पनि गरिरहनुभएको छ, हरेक दिन प्रार्थना गर्ने र परमेश्‍वरका वचनहरू पढ्ने गर्नुहुन्छ। सायद पछिल्लो समय उहाँको स्थिति राम्रो छैन, र उहाँ नकारात्मक र पतनोन्मुख बन्नुभएको छ, तर उहाँलाई इमानदारीसाथ परमेश्‍वरमा विश्वास गर्ने व्यक्ति मान्नुपर्छ, त्यसैले उहाँ निकालिन योग्य हुनुहुन्न होला, होइन त?” घर पुगेपछि, मैले उहाँभित्रका समस्याहरू औँल्याइदिन मात्र चाहेँ ताकि उहाँले चिन्तन गर्न, बुझाइ प्राप्त गर्न, र छिट्टै पश्चात्ताप गरेर परिवर्तन हुन सक्नुहोस्। मैले तपाईँलाई किन एकान्तबासमा पठाइएको भनेर मेरी आमालाई सोधेँ। उहाँले के भन्नुभयो भने गत वर्षको अक्टोबरमा उहाँले अतिथिसत्कार गर्ने कर्तव्य सुरु गर्नुभयो, तर जब उहाँ नयाँ घरमा सर्नुभयो, त्यहाँ घरायसी सामानहरू थिएनन्, त्यसैले उहाँले सामान्य मामिला टोलीलाई ती सामानहरू ल्याइदिन आग्रह गर्दै तीनवटा पत्र लेख्नुभयो, तर तिनीहरूले ल्याइदिएनन्। त्यसैले, मेरी आमा घर फर्केर दश दिनभन्दा बढी बस्नुभयो। पछि अगुवाले उहाँलाई कठोरतासाथ काँटछाँट गर्दै, उहाँले आफ्नो कर्तव्य त्यागेको र गैरजिम्मेवार भएको भन्नुभयो। अर्को पटक, मेरी आमाले केही ब्रदर-सिस्टरहरूलाई सर्न मद्दत गर्दै हुनुहुन्थ्यो र उहाँले पक्राउ परेकी एउटी सिस्टरको स्कुटर सापटी लिनुभयो। भोलिपल्ट अगुवाले मेरी आमालाई काँटछाँट गर्दै यसले जोखिम निम्त्याउन सक्छ भन्नुभयो, र उहाँले मेरी आमालाई तुरुन्तै लुक्न जान भन्नुभयो। त्यतिबेला मेरी आमाले धेरै प्रतिरोध गर्नुभयो र सीधै घर जानुभयो। त्यसपछि, अगुवाले उहाँलाई कुनै कर्तव्य दिनुभएन। मेरी आमाले के पनि भन्नुभयो भने सन् २०२० मा, उहाँले पूर्णकालीन कर्तव्य पूरा गर्न घर छोड्नुभयो, तर दुई दिनपछि नै अगुवाले उहाँलाई यदि मेरा बुबाले प्रहरीमा उजुरी दिनुभयो भने, यसले ब्रदर-सिस्टरहरूलाई जोखिममा पार्न सक्छ भन्दै फर्कन भन्नुभयो। उहाँ घर फर्किएपछि, अगुवाले फेरि तुरुन्तै उहाँलाई कुनै कर्तव्य दिनुभएन। यो सुनेर मलाई साह्रै रिस उठ्यो, र मैले सोचेँ, “मेरी आमाले आफैँ अग्रसर भएर बाहिर निस्केर कर्तव्य पूरा गर्न खोज्नुभयो—अगुवाले उहाँलाई किन रोकिन्? यो त उहाँको कर्तव्य पूरा गर्ने अधिकार खोस्नु र उहाँको उत्प्रेरणालाई कुल्चनु हो। यदि अगुवा र कामदारहरूले सिद्धान्तहरू बुझ्दैनन् र मेरी आमालाई लापरवाहीपूर्वक निकालिदिन्छन् भने, के तिनीहरूले एउटी असल व्यक्तिलाई अन्याय गरिरहेका हुनेछैनन् र? यो त कति अन्याय हो! हुँदैन, म यो कुराको जडसम्म पुग्नैपर्छ—म मेरी आमालाई अन्यायपूर्ण आरोपहरू भोग्न दिन सक्दिनँ।”

केही दिनपछि, संयोगले मैले मण्डलीकी अगुवालाई भेटेँ, त्यसैले मैले उनलाई सोधेँ, “मेरी आमालाई बाहिर निस्केर कर्तव्य पूरा गर्न सजिलो थिएन—तपाईँले उहाँलाई किन फर्काइदिनुभयो? यही कारणले उहाँ लामो समयसम्म नकारात्मक स्थितिमा पुग्नुभयो।” अगुवाले के भनिन् भने यसको मुख्य कारण मेरा बुबाको क्रूर मानवता हो, र यदि मेरी आमा घरमा नभएको भए, उहाँले प्रहरीलाई बोलाउन सक्नुहुन्थ्यो, जसले गर्दा अरू ब्रदर-सिस्टरहरू पनि फस्न सक्थे। उनले के पनि भनिन् भने मेरी आमा सधैँ आफ्नै मनले काम गर्नुहुन्थ्यो र धेरै मनमानी हुनुहुन्थ्यो। उहाँले सकारात्मक महसुस गर्दा, उहाँ जे पनि गर्न तत्पर रहनुहुन्थ्यो, तर उहाँ नकारात्मक हुँदा, चाहे जसले सङ्गति गरोस् वा मद्दत गर्न खोजेको होस्, उहाँ सुन्नुहुन्नथ्यो, र उहाँमा आफ्नो कर्तव्य त्याग्ने बानी थियो। उहाँ आफ्नो कर्तव्यमा आफूखुसी गर्नुहुन्थ्यो र मनमानी ढङ्गले काम गर्नुहुन्थ्यो, र धेरैजसो ब्रदर-सिस्टरहरूले उहाँलाई विश्वास गर्ने आँट गर्दैनथे। उहाँले घर छोडेर कर्तव्य पूरा गर्दा फाइदाभन्दा बढी हानि हुने कुरालाई ध्यानमा राख्दै, उहाँलाई घर फर्कने व्यवस्था मिलाइएको थियो। अगुवाले यसो पनि भनिन्, “जब उहाँले अतिथिसत्कारको कर्तव्य पूरा गर्दै हुनुहुन्थ्यो र नयाँ घरमा सर्नुभयो, उहाँले घरमा केही घरायसी सामानको कमी देख्नुभयो, तर उहाँ आफ्नो पैसा खर्च गर्न चाहनुहुन्नथ्यो, त्यसैले उहाँले सामान्य मामिला टोलीलाई एक दिनभित्र ती सामानहरू पठाइदिन माग गर्दै पत्र लेख्नुभयो। तर समय पर्याप्त थिएन, र सामान्य मामिला टोलीले पत्र पाउँदासम्ममा उहाँले तोकेको समयसीमा बितिसकेको थियो। त्यसपछि उहाँले ब्रदर-सिस्टरहरूबारे गुनासो गर्नुभयो, र आफ्नो कर्तव्यसमेत त्यागेर आधा महिनाको लागि घर जानुभयो। पछि, उहाँलाई आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएकोमा काँटछाँट गरियो, र उहाँले मौखिक रूपमा आफ्नो गल्ती स्वीकार गरे पनि, त्यसपछि उहाँ अझै पनि उस्तै रहनुभयो। अर्को पटक, उहाँसँग आफ्नै इलेक्ट्रिक स्कुटर भए तापनि, उहाँले पक्राउ परेकी एउटी सिस्टरको स्कुटर चलाउने जिद्दी गर्नुभयो, जसले गर्दा जोखिमपूर्ण अवस्था सिर्जना भयो। पछि जब ब्रदर-सिस्टरहरूले उहाँलाई काँटछाँट गरे, उहाँ उग्र भएर भन्नुभयो, ‘मैले राम्रो काम गर्दा, तिमीहरू प्रशंसा गर्दैनौ, तर जब मबाट गल्ती हुन्छ, तिमीहरू मलाई काँटछाँट गर्छौ। मैले अब यो सहन सक्दिनँ! म अब यो कर्तव्य पूरा गर्दिनँ। म घर जाँदैछु! म नरकमा गए पनि, अब म सक्दिनँ!’ सुपरिवेक्षक र म दुवैले उहाँसँग सङ्गति गर्‍यौँ, तर उहाँले पटक्कै स्वीकार गर्नुभएन र आफ्नो झोला बोकेर हिँड्नुभयो।” अगुवाबाट यी सबै कुरा सुनेर म छक्क परेँ। कुराहरू मेरी आमाले भनेजसरी थिएनन्। मैले उहाँ यति मनमानी हुनुहोला र मण्डलीको काममा यति धेरै अवरोध र बाधा ल्याउनुहोला भन्ने सोचेकी थिइनँ। अगुवाले उहाँको निरन्तरको व्यवहारबारे बुझ्न खोज्नु कुनै अनौठो थिएन। मेरी आमाको अविश्‍वासी व्यवहार यति स्पष्ट थियो, र यस पटक उहाँलाई सायद निकालिनेछ भन्ने मलाई डर लाग्यो। यदि उहाँलाई साँच्चै निकालियो भने, उहाँको आस्थाको यात्रा समाप्त हुनेछ, र अन्त्यमा, उहाँलाई विपत्तिहरूमा दण्ड दिइनेछ। कति दयनीय! यो सोचेर मलाई एकदमै नराम्रो लाग्यो। के मेरी आमा साँच्चै निकालिने अवस्थामा पुग्नुभएकै हो त? मलाई लाग्यो सायद मैले उहाँसँग फेरि सङ्गति गरेँ, र उहाँले पश्चात्तापको सङ्केत देखाउनुभयो भने, उहाँले अझै पनि मण्डलीमा श्रम गर्न सक्नुहुनेछ। त्यसैले मैले अगुवालाई सोधेँ, “मेरी आमाको व्यवहारलाई हेर्दा, के तपाईंहरूले उहाँसँग सङ्गतिमा यी समस्याहरूको प्रकृति र परिणामहरू स्पष्ट रूपमा व्याख्या गर्नुभयो? के तपाईंहरूले परमेश्‍वरका वचनहरूद्वारा उहाँको चिरफार र खुलासा गर्नुभयो? यदि उहाँको बुझ्ने क्षमता कमजोर छ, क्षमता कम छ, वा गम्भीर रूपमा भ्रष्ट स्वभाव छ भने, उहाँलाई त झन् धेरै सङ्गति र काँटछाँटको आवश्यकता छ।” यो सुनेपछि अगुवाले भनिन्, “हामीले उहाँसँग सङ्गति गर्‍यौँ, तर उहाँले स्वीकार गर्नुभएन। तिमीले उहाँसँग सङ्गति गरेर हेर्न सक्छौ र उहाँले पश्चात्ताप र परिवर्तनको कुनै सङ्केत देखाउनुहुन्छ कि हेर।”

घर पुग्नेबित्तिकै, मैले हतार-हतार मेरी आमासँग सङ्गति गरेँ, उहाँले मण्डलीमा गर्नुभएका सबै कुराहरू एक-एक गरी केलाउँदै सङ्गति र चिरफार गरेँ। तर उहाँले पश्चात्ताप गर्ने वा दोष स्वीकार गर्ने कुनै सङ्केत देखाउनुभएन, बरु अरू व्यक्तिमा र विशेष मामिलाहरूमा ध्यान केन्द्रित गरिरहनुभयो। उहाँले भन्नुभयो, “किन मलाई मात्र चिन्तन गर्न भनिएको छ? के अगुवाहरूले कुनै गल्ती गरेका छैनन् र? तिनीहरूले भनेको कुरा मात्र नसुन—तिनीहरू पनि सही नहुन सक्छन्। कहिलेकाहीँ अगुवाहरूको प्रबन्ध पनि सिद्धान्तविपरीत हुन्छ। नत्रभने, परमेश्‍वरले अहिले झूटो अगुवाहरूलाई खुट्याउनेबारे यति धेरै वचनहरू किन व्यक्त गर्नुहुन्थ्यो र? यो किनभने आजकल धेरै झूटो अगुवाहरू छन्…।” मेरी आमा अझै पनि सही र गलतको बहसमा अल्झिरहनुभएको देखेर, मलाई एकदमै चिन्ता र निराशा भयो। त्यसैले मैले उहाँलाई चेतावनी दिएँ, “यदि तपाईंले चिन्तन र पश्चात्ताप गर्नुभएन भने, तपाईंलाई निकालिनेछ!” त्यो सुनेपछि, मेरी आमाले मौखिक रूपमा आफू परिवर्तन हुन र पश्चात्ताप गर्न तयार रहेको बताउनुभयो, तर केही समयपछि नै उहाँले मलाई भन्नुभयो, “मलाई लाग्छ तिमीले पनि एउटा जागिर खोज्दा राम्रो हुन्छ—तिमीले आफ्नो आस्थालाई यति गम्भीर रूपमा लिनुहुँदैन। काम गर्दै र एकै समयमा आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरू कति धेरै छन्, र तिनीहरू अझै पनि त परमेश्‍वरमा विश्वास गर्छन्, होइन र? अनि पूर्णकालीन कर्तव्य पूरा गर्ने सबै मानिसहरूमध्ये, एक जना बढी वा कमले फरक पार्दैन। तिमीले आफ्नो लागि एउटा बाटो राख्नुपर्छ र आफ्नो भविष्यबारे सोच्नुपर्छ। म तिम्री आमा हुँ—मैले यो सब तिम्रै भलोको लागि भनिरहेकी छु। यदि तिमीले मेरो कुरा सुनिनौ भने, पछुताउनेछौ!” उहाँले यी कुराहरू भनेको सुन्दा मलाई रिस पनि उठ्यो र चिन्ता पनि लाग्यो। अर्को महिना वा त्यस्तै, मैले उहाँसँग जति नै सङ्गति गरे पनि, उहाँले चिन्तन गर्न वा आफूलाई चिन्न मान्नुभएन। बरु, उहाँले बहस गरिरहनुभयो र आफूलाई सही ठहराइरहनुभयो, तथ्यलाई बङ्ग्याउँदै अगुवा र कामदारहरूको कमजोरीहरूमा समातिरहनुभयो। उहाँले मलाई सांसारिक कुराहरू पछ्याउन लोभ्याउने प्रयास गर्नुभयो, र उहाँले मलाई भेलामा जान र आफ्नो कर्तव्य पूरा गर्नबाट बारम्बार रोक्नुभयो। मैले उहाँको सार पूरै छर्लङ्ग देखेँ—उहाँ एक अविश्‍वासी हुनुहुन्थ्यो।

मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा लापरवाह र अनियन्त्रित छन् र गैरविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। “कतिपय मानिसले केही आइपर्दा ससाना कुराहरूको भेद केलाउन र निकासहीन दिशातिर लाग्‍न रूचाउनु नीचता होइन र? यो ठूलो समस्या हो। प्रस्ट रूपमा सोच्न सक्ने मानिसहरूले यो गल्ती गर्नेछैनन्, तर हास्यास्पद मानिसहरू यस्तै हुन्छन्। तिनीहरू जहिले पनि अरूले तिनीहरूलाई अफ्ठ्यारोमा पारिरहेको, अरूले तिनीहरूलाई जानीजानी चुनौती दिइरहेको कल्पना गर्छन्, त्यसैले तिनीहरूले सधैँ अरू मानिसलाई खलनायक बनाउँछन्। के यो विचलन होइन? तिनीहरू सत्यताका सन्दर्भमा मेहनत लगाउँदैनन्, आफूलाई केही आइपर्दा महत्त्वहीन कुराहरूबारे झगडा गर्न रूचाउँछन्, स्पष्टीकरण माग्छन्, आफ्नो इज्जत जोगाउन खोज्छन्, र यी मामिलाहरू सम्हाल्न सधैँ मानव उपाय लगाउँछन्। जीवन प्रवेशको सबैभन्दा ठूलो अड्चन यही हो। यदि तैँले यसरी नै परमेश्‍वरमा विश्‍वास गर्छस्, वा अभ्यास गर्छस् भने, तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस् किनकि तँ कहिल्यै परमेश्‍वरसामु आउँदैनस्। परमेश्‍वरले तेरा लागि खडा गर्नुभएका सबै कुरा ग्रहण गर्न तँ उहाँसामु कहिल्यै आउँदैनस्, न त यो सब सम्हाल्न तैँले सत्यता प्रयोग नै गर्छस्, बरु तैँले कुराहरू सम्हाल्दा मानव समाधानहरू प्रयोग गर्छस्। त्यसैले, परमेश्‍वरका नजरमा, तँ उहाँबाट धेरै भट्किसकेको छस्। तेरो हृदय मात्र उहाँबाट भट्किएको होइन, तेरो सम्पूर्ण सत्त्व नै उहाँको उपस्थितिमा जिउँदैन। कामकुरालाई सधैँ अति विश्लेषण गर्ने र ससाना कुराको भेद केलाउनेहरूलाई परमेश्‍वरले यसरी नै हेर्नुहुन्छ। … म तिमीहरूलाई के भन्छु भने, परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि—चाहे उसले बाहिरी मामिलाहरू वा परमेश्‍वरको घरको विभिन्‍न काम वा विशेषज्ञताका क्षेत्रहरूसँग सम्बन्धित कर्तव्य जे सम्हाले पनि—यदि ऊ बारम्बार परमेश्‍वरसामु आउँदैन र उहाँको उपस्थितिमा जिउँदैन, अनि उसले उहाँको छानबिनलाई स्विकार्ने आँट गर्दैन, र परमेश्‍वरबाट सत्यताको खोजी गर्दैन भने ऊ अविश्‍वासी हो र ऊ गैरविश्‍वासीभन्दा फरक होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध राख्‍न सकिन्छ)। परमेश्‍वर भन्नुहुन्छ, यदि परमेश्‍वरलाई भेट्टाइसकेपछि पनि कुनै व्यक्तिको बोली र आचरण गैरविश्‍वासीहरूको जस्तै रहन्छ, र जे-जस्तो घटना भए पनि, उसले कहिल्यै परमेश्‍वरबाट कुराहरू स्वीकार गर्दैन, ऊ निरन्तर मानिस र समस्याहरूमा ध्यान केन्द्रित गर्छ, र कहिल्यै सत्यता स्वीकार गर्दैनन् भने, त्यस्तो व्यक्ति अविश्‍वासी हो। मैले सोचेँ, मेरी आमाले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्नुभएको थियो, तापनि उहाँले कहिल्यै परमेश्‍वरबाट कुराहरू स्वीकार गर्नुभएन। उहाँले भेलाहरूमा उपस्थित हुन र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक भएको दाबी गर्नुभयो, तर त्यो कहिल्यै साँचो थिएन। जब-जब उहाँको दैहिक हितको कुरा आउँथ्यो, उहाँ आफ्नो कर्तव्यलाई पन्छाइदिनुहुन्थ्यो, र ब्रदर-सिस्टरहरूले उहाँलाई जति पटक सङ्गति दिए पनि, उहाँले त्यसको कुनै पनि कुरा स्वीकार गर्नुभएन। एकान्तबासमा पठाइएपछि पनि, उहाँले आफ्ना समस्याहरूबारे चिन्तन गर्नुभएन, बरु, उहाँले तथ्यलाई बङ्ग्याउनुभयो, गुनासो र पीडा पोख्नुभयो। उहाँले आफूले अवरोध र बाधा पुर्‍याएको तथ्यलाई स्वीकार गर्न इन्कार गर्नुभयो; उहाँ मानिस र मामिलाहरूमै ध्यान केन्द्रित गर्नुहुन्थ्यो, मानिसहरूलाई निरन्तर दिक्क पार्नुहुन्थ्यो, र अगुवा तथा कामदारहरूको कमजोरीहरूमा समात्नुहुन्थ्यो। जब उहाँले आशिष् पाउने कुनै आशा देख्नुभएन, तब उहाँले धनसम्पत्तिको जीवन पछ्याउन थाल्नुभयो, र खानेकुरा, कपडा, र आनन्दमा ध्यान केन्द्रित गर्न थाल्नुभयो। उहाँले धारणाहरू फैलाउनुभयो, नकारात्मकता पोख्नुभयो, र मलाई भेलाहरूमा उपस्थित हुन र मेरो कर्तव्य पूरा गर्नबाट बाधा र अवरोधसमेत दिनुभयो। उहाँले मलाई उहाँजस्तै पैसाको लागि काम गर्न र सांसारिक बाटोमा हिँड्न लोभ्याउने प्रयास गर्नुभयो। मैले देखेँ, मेरी आमाले वर्षौंदेखि परमेश्‍वरमा विश्वास गर्नुभएको थियो तर सत्यतालाई पटक्कै स्वीकार गर्नुभएन, र उहाँका शब्द, आचरण, र दृष्टिकोणहरू पूर्ण रूपमा गैरविश्‍वासीहरूको जस्तै थिए; उहाँ पूर्ण रूपमा एक अविश्‍वासी हुनुहुन्थ्यो। मण्डलीले सफाइ गर्ने काम गरिरहेकोले, मैले उहाँका सबै व्यवहारहरू लेखेर अगुवाहरूलाई रिपोर्ट गर्नुपर्थ्यो। तर यदि मैले त्यसो गर्दा, उहाँलाई निश्चय नै निकालिनेथियो। मैले सानो छँदा मेरो परिवारले छोरीहरूभन्दा बढी छोराहरूलाई कसरी महत्त्व दिन्थ्यो भन्ने कुरा सम्झेँ। मेरी हजुरआमा, फुपू, र काका सबैले मप्रति चिसो व्यवहार गर्नुहुन्थ्यो, र मेरा बुबाले पनि मेरो कहिल्यै वास्ता गर्नुभएन। उहाँले हरेक दिन धुम्रपान र मद्यपान मात्र गर्नुहुन्थ्यो, र जब उहाँको मुड खराब हुन्थ्यो, उहाँ गाली गर्ने, मानिसहरूलाई कुट्ने, र चीजहरू फुटाल्ने गर्नुहुन्थ्यो। घरमा, म र मेरी आमा मात्र एक-अर्काको सहारा थियौँ। मेरी आमाले मलाई परमेश्‍वरको सामु पनि ल्याउनुभयो र पूर्णकालीन कर्तव्य पूरा गर्न मलाई सहयोग गर्नुभयो। उहाँले मेरा लागि आफ्नो रगत-पसिना खर्च गर्नुभएको थियो। यदि उहाँले मैले उहाँको व्यवहारबारे रिपोर्ट गरेँ भन्ने थाहा पाउनुभयो भने, के उहाँको मन दुख्नेछैन र? के उहाँ मबाट साँच्चै निराश हुनुहुनेछैन र? मलाई लाग्यो, यसो गर्नुको मतलब म साँच्चै विवेकहीन हुनु हो र मैले उहाँलाई साँच्चै धोका दिनु हो। यो सोच्दा, म मेरो आँसु थाम्न सकिनँ, र मलाई गहिरो द्विविधा र पीडा भयो। यसबारे बारम्बार सोचेपछि, मैले अन्ततः मेरी आमाको अविश्‍वासी व्यवहारबारे रिपोर्ट गरिनँ, र मैले त्यो कुरालाई पन्छाएँ।

एक महिनाभन्दा अलि बढी समयपछि, अगुवाले फेरि मलाई मेरी आमाको व्यवहारबारे लेख्न भन्नुभयो। मलाई अझै पनि अलिकति नराम्रो लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र खोजेँ, “हे परमेश्‍वर, मण्डलीले मेरी आमा अविश्‍वासी रहेको भन्ने विवरण तयार पार्दैछ। मलाई उहाँको व्यवहारबारे रिपोर्ट गर्न भनिएको छ, तर मलाई अझै पनि अलिकति हिचकिचाहट भइरहेको छ, सोच्छु उहाँको व्यवहारबारे रिपोर्ट गर्नुको मतलब मेरो विवेक नहुनु हो। मैले यो कसरी सम्हाल्ने मलाई थाहा छैन—कृपया मलाई यो स्थिति समाधान गर्न मद्दत गर्नुहोस्।” पछि, मैले आफूले पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झिएँ, त्यसैले त्यो खोजेर पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब परमेश्‍वरले कुनै व्यक्तिमा काम गर्न सुरु गर्नुहुन्छ, जब उहाँले कसैलाई चुन्‍नुभएको हुन्छ, उहाँले कसैलाई पनि यो समाचार घोषणा गर्नुहुन्‍न, न त उहाँले यसलाई शैतानको अघि नै घोषणा गर्नुहुन्छ, कुनै भव्य प्रदर्शन गर्ने कुरा त परै जाओस्। उहाँले आवश्यक परेको कुरा अत्यन्तै चुपचाप, अत्यन्तै प्राकृतिक रूपमा गर्नुहुन्छ। पहिले, उहाँले तेरो लागि परिवारको छनौट गर्नुहुन्छ; तेरो पारिवारिक पृष्ठभूमि, तेरा बाबुआमा, तेरा पुर्खाहरू—परमेश्‍वरले यो सबै अग्रिम रूपमा निर्धारित गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले आवेगमा यी निर्णयहरू गर्नुहुन्‍न; बरु, उहाँले धेरै पहिले नै यो कार्य सुरु गर्नुभएको हुन्छ। परमेश्‍वरले तेरो लागि परिवार छनौट गरिसक्‍नुभएपछि, उहाँले तँ जन्‍मने मिति छनौट गर्नुहुन्छ। त्यसपछि, तँ जन्‍मेर संसारमा रुँदै आएको परमेश्‍वरले हेर्नुहुन्छ। उहाँले तँ जन्‍मेको हेर्नुहुन्छ, तैँले प्रथम शब्‍दहरू उच्‍चारण गरेको हेर्नुहुन्छ, तैँले हिँड्न सिक्दै गर्दा तँ लड्खडाउँदै बामे सरेको हेर्नुहुन्छ। सुरुमा तैँले एक कदम बढाउँछस् त्यसपछि अर्को कदम बढाउँछस्—अनि तँ कुद्‍न सक्‍ने, उफ्रन सक्‍ने, कुरा गर्न सक्‍ने, अनि तेरा भावनाहरूलाई व्यक्त गर्न सक्‍ने हुन्छस्…। मानिसहरू हुर्कँदै जाने क्रममा, शैतानले तिनीहरू प्रत्येकलाई बाघले त्यसको सिकारलाई हेरेझैँ घुरेर हेरिरहन्छ। तर आफ्‍नो काम गर्ने क्रममा, परमेश्‍वर कहिल्यै पनि स्थान वा समयका कुनै पनि सीमितताहरूमा बाँधिनुहुन्‍न जुन मानिसहरू, घटना वा अन्य कुराहरूबाट आएका हुन्छन्; उहाँले जे गर्नुपर्छ र उहाँले जे गर्नु अत्यावश्यक छ त्यो उहाँले गर्नुहुन्छ। हुर्कने प्रक्रियामा, तैँले आफूलाई मन नपर्ने धेरै कुरा, साथै बिमार र कुण्ठा सामना गर्न सक्छस्। तर तँ यो मार्गमा हिँड्ने क्रममा, तेरो जीवन र तेरो भविष्य पूर्ण रूपमा परमेश्‍वरकै जिम्मामा हुन्छ। परमेश्‍वरले तँलाई तेरो जीवनभरि पुग्‍ने सच्‍चा प्रत्याभूति दिनुहुन्छ, किनभने उहाँ तेरो रखवारी गर्दै र तेरो हेरचाह गर्दै तेरै छेउमा बसिरहनुभएको हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने हामी जन्मेको परिवार, हाम्रो पालनपोषण, र हाम्रो जीवनस्तर सबै परमेश्‍वरद्वारा पूर्वनियोजित र बन्दोबस्त गरिएको हुन्छ। आज म जीवित छु, परमेश्‍वरमा विश्वास गर्न र मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम छु भन्ने तथ्य पूर्णतया परमेश्‍वरको मार्गदर्शन र सुरक्षाको कारण हो। जब मेरी आमाले मलाई जन्म दिनुभयो, त्यो एक कठिन प्रसव थियो र अवस्था गम्भीर थियो। डाक्टरले मेरा बुबालाई मेरी आमालाई बचाउने कि मलाई भनेर सोध्नुभयो। मेरा बुबा यति डराउनुभयो कि उहाँका हातहरू काँपिरहेका थिए र उहाँले के गर्ने भनेर सोच्न सक्नुभएन। त्यसपछि मेरी आमाले प्रभु येशूलाई प्रार्थना गर्नुभयो, र परमेश्‍वरको सुरक्षाको कारणले नै मेरी आमा र म दुवै बाँच्यौँ। साथै, जब म सानी थिएँ, म खेलिरहेकी थिएँ र बालुवा लागेको लट्ठीले मेरो आँखामा घोच्न पुग्यो। मेरो दाहिने आँखाले तुरुन्तै देख्न छोड्यो। म आत्तिएँ र मेरो दृष्टि गुम्नेछ भन्ने सोचेँ। मैले आँखा मिचिरहेँ, तर बालुवा बाहिर निकाल्न सकिनँ। मेरो चिन्तामा, मैले हृदयमा प्रभु येशूलाई पुकार्नु बाहेक केही गर्न सकिनँ। त्यसपछि मेरो आँखाबाट आँसु बगिरह्यो, र बालुवा पखालियो। अन्तमा, मेरो दाहिने आँखाको नानी बायाँको भन्दा अलिकति भित्र मात्र पस्यो, तर मेरो दृष्टि अझै सामान्य थियो। म आफूलाई भाग्यमानी ठान्थेँ, तर परमेश्‍वरका वचनहरू पढेपछि, मलाई अन्ततः के महसुस भयो भने पर्दा पछाडिबाट मलाई रेखदेख गर्ने र सुरक्षा दिने परमेश्‍वर नै हुनुहुन्थ्यो। देख्दा त मेरी आमाले मलाई हुर्काउन धेरै दुःख भोग्नुभयो, र उहाँले मलाई परमेश्‍वरको सामु समेत ल्याउनुभयो जस्तो देखिन्थ्यो, तर परमेश्‍वरका वचनहरूअनुसार, म कहिले जन्मेँ, कस्तो वातावरणमा हुर्किएँ, मैले कस्ता मानिसहरूलाई भेट्नेछु, कस्ता कुराहरू अनुभव गर्नेछु, र कहिले मण्डलीमा कर्तव्य गर्न आउनेछु भन्ने सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत थियो। परमेश्‍वरले मलाई हरेक पाइलामा डोर्‍याइरहनुभएको थियो। यो सोचेर, म गहिरो रूपमा प्रभावित भएँ, र मैले सोचेँ, “परमेश्‍वर साँच्चै महान् हुनुहुन्छ। उहाँको प्रेम कति वास्तविक छ!” तर मलाई के लागिरह्यो भने मेरी आमाले मलाई हुर्काउन दुःख र थकान सहनुभएकोले, मैले उहाँप्रति कृतज्ञताको ऋण तिर्नुपर्छ। त्यसैले उहाँलाई मण्डलीमा राख्नका लागि, उहाँका धेरै अविश्‍वासी व्यवहारहरूबारे थाहा हुँदाहुँदै पनि मैले जानी-जानी ढाकछोप गरेँ, उहाँलाई बचाइरहेँ, र मण्डलीको कामको रक्षा गरिनँ। यसले नै साँच्चै विवेकहीनता देखायो!

पछि, मैले परमेश्‍वरका वचनहरूका दुई खण्ड पढेँ, जसले मलाई गहन रूपमा प्रभावित गरे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काका पापहरू वहन गर्न सक्दैन; झन्, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। … अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्कर्मीहरू दुष्कर्मीहरू नै हुन्। धार्मिकता गर्नेहरूलाई अन्ततः बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्र नै हुन्; उनीहरू फोहोरी होइनन्। फोहोरीहरू फोहोरी नै हुन्, र उनीहरूको एक अंश पनि पवित्र छैन। दुष्कर्मीहरूका छोराछोरीहरूले धर्मी कार्यहरू नै गरे पनि, र धर्मीहरूका आमाबुबाले दुष्ट कार्य गरे पनि—नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू सबै धर्मीहरू हुन्। विश्वासी पति र गैरविश्वासी पत्‍नीबीच कुनै सम्बन्ध हुँदैन, र विश्‍वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा मिल्दैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूसँग दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्)। “पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्, मानिसलाई सधैँ परिवर्तन हुन दिइन्छ, सूर्य मधुरो हुँदैजानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसको निम्ति शान्तिमा जिउने धेरै दिन हुँदैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र अझ धेरै सहनेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु। म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म देहगत भावना विहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा ‘अरू’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘अन्तस्करण’ चुन्ने मौका पाउँदछ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट वाक्‍क हुन्छ; मानिसहरूका स्‍नेहहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ, र परिस्थितिहरूको सामना गर्दा मैले मानिसहरूका भावनाहरूमा ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो खाने र पिउने कुरामा ध्यान नदिई कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिन र रात काम गरेको छ? मानिस कसरी परमेश्‍वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्‍वरसित मिल्‍न सक्छ? सृष्टि गर्नुहुने परमेश्‍वर कसरी सृष्टि गरिएको मानिससँग उस्तै प्रकारको हुन सक्नुहुन्छ? मैले कसरी सधैँ पृथ्वीमा मानिससँग बस्न र व्यवहार गर्न सक्छु? मेरो हृदयको चिन्ता कसले महसुस गर्न सक्छ? के त्यसो गर्न सक्ने मानिसका प्रार्थनाहरू हुन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २८)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले परमेश्‍वरको कामको प्रवृत्ति बुझेँ। त्यो हो, परमेश्‍वरको प्रतिरोध गर्ने सबैलाई उहाँमा साँचो रूपमा विश्वास गर्नेहरूबाट अलग गर्नु। परमेश्‍वरमा साँचो रूपमा विश्वास गर्नेहरूले उहाँको सुरक्षा र अनुग्रह पाउनेछन्, जबकि उहाँको प्रतिरोध गर्नेहरू श्रापित र दण्डित हुनेछन्। परमेश्‍वरले प्रत्येक व्यक्तिको परिणाम उसको आचरण र कार्यहरू, साथै उनीहरूको प्रकृति सारको आधारमा निर्धारण गर्नुहुन्छ, र त्यहाँ पक्षपात वा भनसुन जस्तो कुनै कुरा हुँदैन। परमेश्‍वरको घरमा, सत्यताले शक्ति राख्छ, र त्यहाँ कुनै पक्षपात वा भेदभाव हुँदैन। अब परमेश्‍वरको काम अन्त्यतिर आइपुगेको छ, सबै प्रकारका मानिसहरू एक-एक गरी प्रकट भइरहेका छन्। यो सामालाई गहुँबाट अलग गर्ने समय हो। यो परमेश्‍वरको निफन्ने समय हो। यद्यपि मेरी आमा र म रगतको नाताले धेरै नजिक छौँ, तर उहाँको अन्तिम परिणाम मैले निर्णय गर्न सक्ने कुरा होइन। प्रभु येशूले भन्‍नुभयो: “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ(मत्ती २४:४०-४१)। मेरी आमाले यस जीवनमा कस्तो प्रकारको कष्ट भोग्नुहुन्छ, र उहाँको अन्तिम परिणाम र गन्तव्य के हुनेछ भन्ने कुरा उहाँको आफ्नै रोजाइमा निर्भर गर्दछ, र उहाँले हिँड्ने मार्गद्वारा निर्धारण हुन्छ। मैले उहाँसँग जति नै सङ्गति गरेँ वा उहाँलाई मण्डलीमा राख्ने प्रयास गरेँ पनि, उहाँको प्रकृति सार एक अविश्‍वासीको थियो, र उहाँ मण्डलीमा रहँदा केवल मण्डलीको जीवनलाई बाधा पुऱ्याउने, ब्रदर-सिस्टरहरूको स्थितिलाई असर गर्ने थियो, र ढिलो-चाँडो, उहाँ प्रकट भई हटाइनुहुने नै थियो। मेरी आमाको व्यवहारबारे रिपोर्ट गर्न मेरो इन्कार स्नेहबाट प्रेरित कार्य थियो। आफ्नो कर्तव्यमा, मेरी आमा सधैँ झाराटारुवा र कामचोर हुनुहुन्थ्यो, र उहाँ अक्सर आफ्नो कर्तव्यलाई त्यत्तिकै छोडिदिनुहुन्थ्यो। जब ब्रदर-सिस्टरहरूले उहाँसँग सङ्गति गर्थे, तब उहाँले मौखिक रूपमा सहमति जनाउनुहुन्थ्यो, तर पछि पनि मण्डलीको हितको कुनै वास्ता नगरी मनमानी ढङ्गले काम गर्नुहुन्थ्यो। अगुवाले उहाँलाई खुलासा गर्दै काँटछाँट गर्दा, उहाँ कुतर्क गरेर बहस गर्नुहुन्थ्यो र रिसाउनुहुन्थ्यो। उहाँलाई बर्खास्त गरिएपछि, उहाँले मानिसहरूलाई निरन्तर दिक्क पार्नुभयो, तथ्यहरूलाई बङ्ग्याउनुभयो, र आफूलाई अन्याय भएको भन्दै कराउनुभयो। उहाँले मण्डलीमा कुनै सकारात्मक भूमिका खेल्नुभएन, र उहाँले निरन्तर अवरोध र बाधा ल्याउनुभयो र ब्रदर-सिस्टरहरूको कर्तव्य निर्वाहमा असर पार्नुभयो। मेरी आमाले मण्डलीमा यति धेरै अवरोध र बाधा ल्याउनुभयो, र उहाँले सत्यतालाई अलिकति पनि स्वीकार गर्नुभएन। उहाँको अविश्‍वासी व्यवहार पहिले नै धेरै स्पष्ट थियो, र उहाँलाई निकालिनुपर्छ भन्ने मलाई राम्ररी जान्दथेँ। तर मैले अझै पनि उहाँलाई बचाइरहेँ र उहाँको व्यवहारबारे रिपोर्ट गर्न इच्छुक थिइनँ। के म शैतानलाई बचाइरहेकी र एक अविश्‍वासीलाई ढाकछोप गरिरहेकी थिइनँ र? स्नेहमा जिउँदा मैले सही र गलत छुट्ट्याउन सकिनँ र पूर्ण रूपमा अविवेकी भएँ। के म परमेश्‍वरको विरोधमा खडा भइरहेकी थिइनँ र? यही बिन्दुमा आएर मात्र मैले बल्ल परमेश्‍वरले किन मानवीय भावनाहरूलाई यति धेरै घृणा गर्नुहुन्छ भन्ने अनुभव गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा ‘अरू’ भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो ‘अन्तस्करण’ चुन्ने मौका पाउँदछ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट वाक्‍क हुन्छ; मानिसहरूका स्‍नेहहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ।” यो सोच्दा, मलाई परमेश्‍वरप्रति साँच्चै ऋणी महसुस भयो, र मेरो हृदयमा, परमेश्‍वरका मागअनुसार अभ्यास गर्ने तीव्र इच्छा जाग्यो। मलाई थाहा थियो मैले यस मामिलामा अब कुनै हिचकिचाहट गर्नुहुँदैन र त्यसैले मैले मेरी आमाका सबै व्यवहारबारे रिपोर्ट गरेँ।

एक महिनापछि, म घर फर्किएँ, र मेरी आमाले भावशून्य अनुहारले आफूलाई मण्डलीबाट निकालिएको मलाई बताउनुभयो। त्यसपछि उहाँले मलाई दोष दिनुभयो, “तिमीले मैले तिमीलाई भनेका सबै कुरा उनीहरूलाई किन भन्यौ? तिमी साँच्चै कृतघ्न छ्यौ, र तिमीमा विवेक छैन। मैले सोचेकी पनि थिइनँ तिमीले आफ्नै आमामाथि घात गर्न सक्छेउ।” उहाँले यसो भनेको सुन्दा, मेरो मनमा गहिरो चोट लाग्यो र मलाई पीडा भयो। मानौँ मैले उहाँप्रति केही गलत गरेँ जस्तो लाग्यो, र मलाई उहाँको सामना गर्न लाज लाग्यो। तर केही समयपछि, मैले फेरि सोचेँ, “म किन मेरी आमाको आरोप र गुनासोदेखि यति डराइरहेकी छु? मैले त सिद्धान्तअनुसार काम गरेकी हुँ!” मलाई म फेरि एक पटक स्नेहद्वारा बाँधिएकी छु भन्ने महसुस भयो, त्यसैले मैले मेरो हृदयमा चुपचाप परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, यस मामिलामा, मेरा लागि अभ्यास गर्ने सही तरिका के हो?” त्यसै क्षण, मैले परमेश्‍वरको वचनको एक खण्ड सम्झेँ: “परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनहरूबारे विचार गर्दा, मलाई भित्रभित्रै निकै अन्तर्दृष्टि पाएको महसुस भयो। मेरी आमाले धेरै अवरोध र बाधा ल्याएकाले, सत्यतालाई पटक्कै स्वीकार नगरेकाले, र मण्डलीमा कुनै सकारात्मक प्रभाव नपारेकाले निकालिएको थियो। उहाँको व्यवहारबारे रिपोर्ट गरेर मैले उहाँप्रति केही गलत गरिरहेकी थिइनँ। बरु, मैले सत्यताको अभ्यास गरिरहेकी थिएँ र सिद्धान्तअनुसार काम गरिरहेकी थिएँ, र मैले दोषी महसुस गर्नुपर्ने कुनै आवश्यकता थिएन। मेरी आमालाई निकालिनु मण्डलीका सिद्धान्तहरूमा आधारित थियो। उहाँ अहिले पश्चात्ताप गर्न इन्कार मात्र गरिरहनुभएको थिएन, बरु यस्ता कुराहरू पनि भनिरहनुभएको थियो। म उहाँको प्रकृति सार एक अविश्‍वासीको थियो भन्नेमा झनै निश्चित भएँ। यदि यस्तो व्यक्ति मण्डलीमा रह्यो भने, उसले निश्चय नै ब्रदर-सिस्टरहरूको मण्डली जीवनलाई बाधा पुऱ्याउनेछ, र उसले अरूलाई कुनै फाइदा पुऱ्याउनेछैन। यस्तालाई निकालिनैपर्छ! परमेश्‍वर भन्नुहुन्छ, उहाँले जे कुरालाई प्रेम गर्नुहुन्छ त्यसलाई प्रेम गर्नू र उहाँले जे कुरालाई घृणा गर्नुहुन्छ त्यसलाई घृणा गर्नू। मैले सिद्धान्तअनुसार काम गरेर केही गलत गरिनँ। यो सम्झँदा, मैले राहत महसुस गरेँ, र मलाई अब मेरी आमाप्रति कुनै ऋणी वा दोषी महसुस भएन।

मेरी आमालाई निकालिएको अनुभवबाट गुज्रिएपछि, मैले अविश्‍वासीहरूको व्यवहारबारे केही समझशक्ति प्राप्त गरेँ, र मानिसहरूलाई स्नेहको आधारमा व्यवहार गर्दा, आफ्ना कार्यहरूमा सिद्धान्तको कमी हुन्छ भन्ने कुरा बुझेँ। मलाई अब मैले स्नेहको आधारमा काम गर्न हुँदैन भन्ने थाहा भयो। मलाई यो पाठ सिक्ने मौका दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्य राम्ररी निर्वाह गर्न सिद्धान्तहरूमा रहनुहोस्

छु नुओ, चीनअगस्ट २०१९ मा मण्डलीकी एक अगुवा सिस्टर लिन छिनले राजीनामा दिइन्। मेरी अगुवाले मलाई त्यो मण्डली गएर अनुसन्धान गर्न अह्राइन्।...

के परमेश्‍वरमाथिको विश्वास केवल शान्ति र आशिष्‌का लागि मात्र हो?

हाओयुए, चीनम छ वर्षकी छँदा, मेरो बुबाकोअर्कै स्त्रीसँग सम्बन्ध छ भन्ने मेरी आमाले थाहा पाउनुभयो त्यसबाट परेको भावनात्मक आघातका कारण उहाँलाई...

सम्बन्धको बन्धनबाट मुक्ति

झोउ युआन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्