सुसमाचार सुनाउँदा कठिनाइहरूको सामना कसरी गर्ने
मेरो पुरै परिवार क्याथोलिक थियो, र अरू धेरेजसो गाउँलेहरू पनि क्याथोलिक नै थिए। तर हाम्रो गाउँको क्याथोलिक गिर्जामा देखरेख गर्ने पादरी नभएको हुनाले, धेरै समयदेखि गिर्जामा बाइबल अध्ययन गर्न कोही पनि गएको थिएन। त्यसपछि मे २२, २०२० मा मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू अनलाइनमा पढेँ। परमेश्वरका वचनहरू पढेर प्रभु येशू फर्कनुभएको छ, उहाँ आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भनेर म निश्चित भएँ, र मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई खुसीसाथ स्विकारेँ। पछि, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “मानिसले परमेश्वरमा विश्वास गर्ने हुँदा, उसले परमेश्वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले ‘थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।’ साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्नेहरू तिनीहरू मात्रै हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। हामीले विश्वासीहरूको हैसियतमा परमेश्वरको कामलाई चिन्नुपर्छ र उहाँका पाइला पछ्याउनुपर्छ भनेर मलाई थाहा थियो। गाउँमा एकदमै धेरै विश्वासीहरू थिए, तर उनीहरूमध्ये कसैले पनि परमेश्वरको आवाज सुनेका वा प्रभु येशूको पुनरागमनलाई स्वागत गरेका थिएनन्, त्यसैले वास्तवमै म उनीहरूलाई प्रभुको पुनरागमनको आश्चर्यजनक समाचार सुनाउन चाहन्थेँ। तर मलाई अलिक डर लाग्यो। म जवानै छु र सुसमाचार कसरी सुनाउने भनेर मलाई थाहा थिएन, त्यसैले उनीहरूले निश्चय नै मेरो कुरा सुन्नेछैनन् भन्ने लाग्यो। त्यसबाहेक, उनीहरू वर्षौँदेखिका विश्वासी थिए, त्यसैले, के उनीहरूले मैले दिएको प्रभु येशूको पुनरागमनको गवाही सुन्लान् र? उनीहरूसँग हुनसक्ने कुनै धारणा वा अन्योललाई हटाउन मैले कसरी सङ्गति गर्न सक्छु? मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेकोमा र सुसमाचार सुनाएकोमा उनीहरूले आपत्ति जनाए भने, मैले के गर्ने? उनीहरूले मलाई कस्तो व्यवहार गर्लान्? तिनीहरूले मलाई तुच्छ ठान्लान् र “तिमी जवानै छौ। स्कूल नगएर वा जागिर नखोजेर किन प्रचार गरिहिँड्छौ?” भनेर भन्लान् कि भन्ने चिन्ता लाग्यो। मैले यसबारे धेरै सोचेँ, तर सुसमाचार प्रचार गर्नु त परमेश्वरको इच्छा हो भन्ने मलाई थाहा थियो। मैले सुसमाचार सुनाउनुपर्थ्यो र परमेश्वरको गवाही दिनुपर्थ्यो।
त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर आफ्नो आत्मविश्वासलाई दह्रिलो बनाएँ। मैले उहाँका वचनहरूमा यो कुरा पढेँ: “के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू नोक्सानीमा छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानक ज्योति तल झरेर हटाओस भनी ति मानिसहरु कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्न सक्छ र? ज्योति चम्केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्वरको हृदय कति शोकित र व्याकुल छ भन्ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्न सक्नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्ने तैँले बिर्सिस्? के परमेश्वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्छुक छैनस्? के तँ मानवजातिलाई आफ्नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्वरको ऋण तिर्न आफ्नो सारा ऊर्जा अर्पण गर्न इच्छुक छैनस्? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब तेरो असाधारण जीवन जिउनको लागि परमेश्वरद्वारा प्रयोग गरिनुलाई तैँले कसरी अर्थ लगाउँछस्? के तँसँग एक भक्त, परमेश्वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आत्मविश्वास साँच्चै छ त?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्न हुनुपर्छ?)। सुसमाचार सुनाउनु हाम्रो कर्तव्य हो भनेर मैले बुझेँ। धेरै मानिसहरूले परमेश्वरको आवाज अझै सुनेका छैनन् र प्रभु फर्किसक्नुभएको छ र उहाँले मानिसहरूलाई शुद्ध पार्न न्यायको काम गरिरहनुभएको छ भनेर उनीहरूलाई थाहै छैन। उनीहरू अझै शैतानको भ्रष्टताले ल्याएको दुर्गतिमा जिइरहेका छन्। परमेश्वर हामी सबैजना उहाँको इच्छाको ख्याल गर्न, उहाँसँग खडा हुन र सहकार्य गर्न सक्षम होऊँ भन्ने आशा गर्नुहुन्छ। हामीले जस्तोसुकै समस्या वा कठिनाइहरू सामना गरे पनि, प्रार्थना गर्नुपर्छ र परमेश्वरमा अझ धेरै भर पर्नुपर्छ, र राज्य सुसमाचार फैलाउन आफूले सक्नेजति सबै गर्नुपर्छ। तर मैले परमेश्वरको इच्छा बुझेको थिइनँ—आफू जवानै भएकोले सुसमाचार सुनाउन सक्दिनँ कि जस्तो लाग्यो। गाउँलेहरूले मेरो कुरा नसुन्लान् र मलाई तुच्छ ठान्लान् भनेर म डराएँ, त्यसैले, म आफैले कल्पना गरेका कठिनाइहरूमा अल्झिएँ, र चिन्ताको बोझमा परेँ। मैले परमेश्वरको इच्छालाई विचारै नगरी आफ्नै कठिनाइहरूबारे मात्र सोचेँ, र यी सङ्घर्षहरूमा प्रार्थना गर्ने र परमेश्वरमा भर पर्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने र जिम्मेवारी उठाउनेबारे सोचिनँ। धेरै मानिसहरूले प्रभुको पुनरागमनको तृष्णा गर्दै अन्धकारबाट मुक्त हुने आशा गरिरहेको कुरा सोच्दा, मलाई आतुरी अनुभूति भयो। मैले परमेश्वरका आखिरी दिनहरूको सुसमाचार फैलाउन र त्यसको गवाही दिन, आफ्ना सबै समय र शक्ति सुसमाचारको काममा लागउन सक्नेजति सबै गर्ने सङ्कल्प गरेँ।
त्यसपछि, मैले उनीहरूलाई सुसमाचार सुनाउने योजनाहरू बनाउन थालेँ। सर्वप्रथम, मैले दसवटा परिवारलाई मेरो घरमा प्रवचन सुन्नका लागि बोलाउन कपी पसलमा गई केही निमन्त्रणापत्र प्रिन्ट गरेँ। उनीहरू सबैजना छक्क परे, र मैले गरिरहेको कामको प्रशंसा गरे। मलाई असाध्यै खुसी लाग्यो। त्यसपछि मैले सोचेँ, यदि त्यो साँझ धेरै मानिसहरू आए भने, मेरो सानो मोबाइलमा सबैले प्रवचन सुन्दै परमेश्वरका वचनहरू पढ्न गाह्रो हुनेछ। त्यसकारण, मैले एकजना साथीकहाँ गएर ल्यापटप चलाउन मागेँ। त्यो साँझ, १३ जना मानिसहरू प्रवचन सुन्न आए, र भेलामा सबैलाई परमेश्वरका वचनहरू पढ्न मन लाग्यो। पढ्न चाहनेहरूले उठेर पढ्थे र उनीहरूलाई त्यो गर्न मन पर्थ्यो। भेलापछि सबै जना एकदमै खुसी भए। परमेश्वरका वचनहरू अद्भुत र आफ्नो लागि पोषणयुक्त भएको, अनि भेला हुनु र परमेश्वरका वचनहरू पढ्नु एकदमै राम्रो लागेको उनीहरूले बताए। उनीहरू अर्को दिन आफ्नो परिवारका सदस्यहरूलाई पनि ल्याउन चाहन्थे। सबै जनाले परमेश्वरका वचनहरूको धेरै तृष्णा गरेको देखेर मलाई निकै खुसी लाग्यो। तर सधैँ साथीको ल्यापटप मागेर चलाउनु साध्य थिएन, त्यसैले म आफ्नै ल्यापटप किन्न चाहन्थेँ। तर आफ्नो सबै पैसा जम्मा गर्दा पनि ल्यापटप किन्न पुगेन। मलाई त के गरूँ-गरूँ भयो। यताउति सोधपुछ गर्दा, कम्प्युटरभन्दा प्रोजेक्टर सस्तो पर्ने रहेछ भन्ने थाहा पाएँ, तसर्थ, मैले ऋण लिएर प्रोजेक्टर किन्ने निर्णय गरेँ ताकि त्यसरी अरू गाउँलेहरूले परमेश्वरका वचनहरू पढ्न सकून्। मैले प्रशासन केन्द्रबाट ऋण लिएर एउटा प्रोजेक्टर किनेँ। अर्को भेला सुरु गर्नअघि मैले सबै कुरा मिलाएँ। गाउँलेहरू निकै चाँडो आउन थाले। उन्नाइस जना मानिसहरू आए, पुरै कोठा भरियो। त्यो बेला मैले परमेश्वरले नै सबै कुरा मिलाइदिनुभएको हो भनेर बुझेँ, र म निकै उत्साहित भएँ। सबैले परमेश्वरका वचनहरू सुन्न सकून् भनेर मैले हतार-हतार एउटा स्पिकर खोजेँ। मैले प्रभुको पुनरागमनका अगमवाणीहरू कसरी पूरा भएका छन्, उहाँलाई कसरी स्वागत गर्ने, प्रभु येशू फर्केर आइसक्नुभएको छ भनेर कसरी निश्चित हुने र हरप्रकारको व्यक्तिलाई खुलासा गर्न परमेश्वर आउनुभएको छ भन्ने सत्यता सङ्गति गरेँ। उपस्थित मानिसहरू सबैले परमेश्वरका वचनहरू पढ्न जोसका साथ भाग लिए, र केही केटाकेटीहरू पनि परमेश्वरका वचनहरू पढ्न उत्साहित थिए। उनीहरूले परमेश्वरका वचनहरूको यति धेरै तृष्णा गरेको देख्दा, मलाई यो सब परमेश्वरको कार्य हो भन्ने थाहा भयो। कतिपय मानिसहरू भेला सिद्धिएपछि पनि बसिरहे, र निकै आनन्द लागेको बताए। गाउँका मुखिया र अरू सबै जना एकदमै उत्प्रेरित भए, स्थानीयवासी सबै जना आएर परमेश्वरका वचनहरू सुनेको गाउँका मुखिया चाहन्थे। त्यो एकदमै सुखद आश्चचर्य थियो। यो परिणामले मेरा धारणा र कल्पनाहरूलाई पूर्णतया हटाइदियो—म लज्जित भएँ। मैले साँच्चि नै परमेश्वरको कार्य र मार्गदर्शन देखेँ, र सुसमाचार सुनाउने अझ धेरै विश्वास प्राप्त गरेँ। त्यसपछि, मैले गाउँलेहरूलाई हरदिन प्रवचन सुन्न आमन्त्रित गरेँ, अनि झन्झन् धेरै मानिसहरू आउन थाले। उनीहरू सबै रोमाञ्चित थिए, र भन्थे, “मैले यसअघि यस्तो कुनै कुरा कहिल्यै पढेको थिइनँ। परमेश्वर देह बनेर फर्कनुभएको छ र हामी उहाँको आमनेसामने आउन सक्छौँ। प्रभुलाई स्वागत गर्न सक्नु हाम्रो सौभाग्य हो।” उनीहरूले भेलामा वरपरका शहरहरूबाट अझ धेरै मानिसहरू आमन्त्रित गर्न एउटा कार्यक्रमको योजना पनि बनाए। उनीहरूले मलाई बताए, “तिमी जवानै छौ, तर तिमीले यो गाउँलेहरूका निम्ति गर्दै छौ, हामीलाई परमेश्वरका वचनहरू सुन्न र यसबारे यत्ति सचेत रहन मदत गर्दै छौ। यसअघि हाम्रो लागि कसैले पनि यस्तो केही कहिल्यै गरेको छैन। तिमीजस्तो जवान व्यक्तिले यस्तो गर्लाउ भनेर हामीले कहिल्यै सोचेका थिएनौँ—यो अद्भुत छ।” यो पूर्णतया परमेश्वरको कार्य हो भनेर मलाई थाहा थियो, जसले मलाई उत्साहित र मेरो विश्वासलाई दह्रिलो बनायो।
तर मैले यी नयाँ विश्वासीहरूलाई मलजल गर्दा हरप्रकारका कठिनाइहरू सामना गरेँ। कहिलेकाहीँ मेरो इन्टरनेट राम्ररी चल्दैनथ्यो, र म भेलाहरू सञ्चालन गर्न घरघर जानुपर्थ्यो। त्योभन्दा पनि नराम्रो त, त्यहाँ धेरै पानी पर्थ्यो, अनि पानी परेपछि सडक हिलाम्मे भएर हिँड्न गाह्रो हुन्थ्यो। उनीहरूलाई मलजल गर्न जाँदा म एक घरदेखि अर्को घरमा दगुरेर जान्थेँ। कहिलेकाहीँ म पानी पर्नअघि नै हतारहतार कुनै नयाँ विश्वासीको घरमा जान्थेँ र उनीहरू अझै घरमा आइनपुगेर मैले पर्खनुपर्थ्यो। त्यसपछि उनीहरूसँग सङ्गति गरिसकेपछि, घर फर्कँदा सडकको हालत हेरिनसक्नु हुन्थ्यो। थकित हुँदा मलाई नकारात्मक र कमजोर महसुस हुन्थ्यो, त्यसैले, म प्रार्थना गर्थेँ र परमेश्वरका वचनहरू पढ्थेँ। त्यसपछि, मैले सर्वशक्तिमान् परमेश्वरका वचनमा यो कुरा पढेँ: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरो स्पष्ट बनाउनेछु। राज्यमा पुग्ने मार्ग सहज छैन; कुनै पनि कुरो त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँड़ा टेकेर प्रार्थना गर्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही ठूलठूला शब्दहरू मेरा आशीर्वादहरू हुन्। तरै पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्ने तिमीहरू जान्दैनौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। “जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। … तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्वास, दुवै हुनुपर्छ, अनि तँमा देहलाई त्याग्ने इच्छा पनि हुनुपर्छ। परमेश्वरको इच्छा पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्वरका वचनहरूले मलाई मैले हरेस खानु वा कमजोर हुनु हुन्न, परमेश्वरले मार्गदर्शन र मदत दिनुहुनेछ भनेर प्रोत्साहन र सान्त्वना दिएँ। मैले सुसमाचार सुनाउन केही शारीरिक असुविधा अनुभव गरेको र अलिकति मूल्य चुकाएको थिएँ, तर त्यो अर्थूपूर्ण र मूल्यवान् थियो, र त्यो गर्नुपर्ने सबैभन्दा धर्मी कुरा अनि परमेश्वरका सबैभन्दा धेरै अनुमोदन र आशिष् प्राप्त गर्ने कुरा थियो। मैले पत्रुस, मत्ती र प्रभु येशूका अन्य प्रेरितहरूबारे सोचेँ, जसले सुसमाचार सुनाउन धेरै कष्ट भोगे, र कतिपयले त सुसमाचार सुनाउने प्रयासमा ज्यानसमेत गुमाए। तर उनीहरू परमेश्वरको सुसमाचार सुनाउनमा दह्रिलो बनिरहे र कहिल्यै पछि हटेनन्। उनीहरूसँग तुलना गर्दा, मैले भोगेको सानो कष्ट त उल्लेख गर्न योग्य पनि थिएन। परमेश्वरका आखिरी दिनहरूको कार्य स्वीकार गर्ने सौभाग्य पाउनु, र राज्य सुसमाचार सुनाउने कर्तव्य निर्वाह गर्न सक्षम हुनु भनेको परमेश्वरबाट उचालिनु र अनुग्रह पाउनु थियो। मैले अलिकति कष्टको डरले आफ्नै देहलाई विचार गरिरहनु हुँदैनथ्यो। कष्ट भोग्न म इच्छुक हुनुपर्थ्यो। म कुनै पनि कठिनाइ आइपर्दा निरुत्साहित हुनु हुँदैनथ्यो। मैले शारीरिक असुविधा भोगे पनि सुसमाचार सुनाउनुपर्थ्यो र परमेश्वरको कामको गवाही दिनुपर्थ्यो, परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्नुपर्थ्यो।
पछि एक समय, म बिमार भएँ र धेरै दिनसम्म चिसो लाग्यो। साँझमा ज्वरो आउँथ्यो, टाउको र पेट दुख्थ्यो। म हिँड्नसमेत सक्दिनथेँ। एक जना सिस्टरले मेरो हालत नाजुक देखेर भनिन्, “तपाईँ आझ रातिको भेलामा जानु हुँदैन।” त्यो बेला त म राजी भएँ। तर पछि, नयाँ विश्वासीहरूलाई मात्र भेला हुनलाई छोड्नेबारे सोच्दा मलाई अप्ठ्यारो लाग्यो। म अस्वस्थ हुनु मेरो लागि जाँच हो, र मैले अझै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ भनेर सोचेँ। पहिले एकपटक म बिमार परेको थिएँ र खुट्टामा चोट लागेको थियो, तर पनि फुटबल खेल्न जान्थेँ भनेर सम्झेँ। त्यसैले, अहिलेचाहिँ मैले किन आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ र? यो सोचेर, म मोटरसाइकल चढेर भेलामा गएँ। अचम्मको कुरा, भेलामा पुग्दा मलाई बिरामी महसुस भएन। मलाई निकै खुसी लाग्यो। म केही दिनमै ठिक भएँ।
पछि, एक महिनाको कडा मेहनतपछि, शहरमा काम गर्न गएकाहरूबाहेक धेरैजसो गाउँलेहरूले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्विकारेका थिए। पछि मैले सोचेँ, मैले सबै गाउँलेहरूलाई सुसमाचार सुनाएको भए पनि, परमेश्वरको इच्छा पूरा गर्न त्यो पर्याप्त छैन। अझ धेरै मानिसहरूले परमेश्वरको आवाज सुनून् भन्ने म चाहन्थेँ, किनभने प्रभु येशू फर्कनुभएको छ, उहाँले कैयौँ सत्यता व्यक्त गरिरहनुभएको छ, र मानिसहरूलाई शुद्ध पार्ने र मुक्ति दिने कार्य गरिरहनुभएको छ भनेर थाहा नपाउने धेरै मानिसहरू अझै छन्। त्यसैले, मैले अरू गाउँहरूमा गएर सुसमाचार सुनाउने निर्णय गरेँ। मैले हृदयबाटै प्रार्थना गरेँ, “हे सर्वशक्तिमान् परमेश्वर, बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस् ताकि मैले विश्वास नगुमाऊँ र अघि बढिरहनु सकूँ। मैले सामना गर्ने जुनसुकै कठिनाइहरूलाई समाधान गर्न तपाईँले मलाई मदत गर्नुहुनेछ भनेर म विश्वस्त छु।” त्यसपछि, म सुसमाचार सुनाउन एउटा छिमेकी गाउँमा गएँ। त्यहाँका गाउँलेहरूलाई सुसमाचार प्रचार गर्न म पहाडदेखि ओरालो हिलाम्मे सडकमा ३० मिनेट हिँडे, तर सुरुका तीनवटा परिवारले समय छैन भने र शिष्टतासाथ मलाई पन्छाए। म निकै निराश र अलिक हतोत्साहित भएँ। त्यो रात म निकै अबेर घर पुगेँ। मेरो सुसमाचार प्रचार कस्तो भयो भनेर सोध्न सिस्टर एनीले मलाई कल गरिन्, साथै, उनले मलाई प्रोत्साहन र मदत दिँदै परमेश्वरका वचनहरूबारे मसँग सङ्गति गरिन्। मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा केही कुरा पढेँ। “मैले अहिले चाहने भनेको तेरो बफादारीता र आज्ञाकारीता, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तिमीहरूको बफादारीता र आज्ञाकारीता। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारीता र आज्ञाकारीतामा रहन्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै आज्ञाकारी हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र आज्ञाकारी हुनेछस्? के तँ आफ्ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र आज्ञाकारी बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका वचनहरूमा यो कुरा पढ्दा, मैले केही शक्ति पाएँ। मैले उहाँमा विश्वास गर्नुपर्छ, जुनसुकै कठिनाइ सामना गरे पनि, म कमजोर वा नकारात्मक, हतोत्साहित वा निराश बन्नु हुन्न, किनकि उहाँले हामीलाई मार्गदर्शन गरिहनुभएको छ भनेर मलाई परमेश्वरले भनिरहनुभएझैँ लाग्यो। मैले परमेश्वरको इच्छालाई विचार गरुञ्जेलसम्म र उहाँको राज्य सुसमाचार सुनाउन जाउञ्जेलसम्म, उहाँले मेरो लागि मार्ग खुल्ला गर्नुहुने थियो। मैले परमेश्वरका वचनहरूमार्फत सुसमाचार सुनाउने मार्ग सजिलो छैन, यसको लागि कष्ट भोग्नुपर्छ र मूल्य चुकाउनुपर्छ भन्ने बुझेँ। नोआले १२० वर्षसम्म सुसमाचार प्रचार गरे अनि मानिसहरूले उनको खिल्ली उडाए, उनलाई गिल्ला र निन्दा गरे। उनले धेरै कष्ट भोगे, अनि उनले कसैलाई विश्वासमा नल्याए पनि, लत्तो छोड्ने वा कमजोर बन्ने गरेनन्—उनले सुसमाचार सुनाइरहे। नोआ परमेश्वरप्रतिको आफ्नो भक्ति र समर्पणमा दह्रिलो बनिरहे। उनले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गरे र परमेश्वरको अनुमोदन र आशिष् प्राप्त गरे। परमेश्वरले संसारलाई विनाश गर्न जलप्रलय ल्याउनुहुँदा, नोआको आठ जनाको परिवारलाई परमेश्वरले बचाउनुभयो। उनीहरू बचे। त्यसपछि आफूबारे सोच्दा, मैले त केवल तीन परिवारलाई सुसमाचार सनाएँ र उनीहरूले त्यो स्वीकार नगर्दा म निराश भएँ। ममा परमेश्वरप्रति साँचो विश्वास थिएन। वास्तवमा, परमेश्वरले मेरो विश्वास र उहाँप्रतिको मेरो भक्तिलाई सिद्ध पार्न यो परिस्थिति, यो कठिनाइ ममाथि आउन दिनुभएको थियो। त्यसकारण, उनीहरूले सुसमाचार सुनून् वा नसुनून्, मैले गएर सुसमाचार सुनाउनुपर्थ्यो। त्यो मेरो कर्तव्य थियो।
परमेश्वरका वचनहरूबाट मैले शक्ति पाएँ। म भोलिपल्ट सुसमाचार सुनाउन थाल्नका लागि अर्को गाउँ गएँ। मैले सर्वशक्तिमान् परमेश्वरलाई सुसमाचार ग्रहण गर्ने सम्भावित व्यक्तिहरूलाई उहाँका वचनहरू बुझ्ने अन्तर्दृष्टि दिनुहोस् भन्दै प्रार्थना पनि गरेँ। त्यो साँझ, मैले सुसमाचार सुन्न इच्छुक व्यक्ति भेट्टाएँ, अनि अझ, त्यसपछि मैले सुसमाचार सुनाउने अरू व्यक्तिहरू भेट्टाउँदै गएँ, र त्यो रात छ जनालाई विश्वासमा ल्याएँ। म असाध्यै चकित भएँ सुसमाचार ग्रहण गर्ने कतिपय क्याथोलिक थिए र उनीहरूसँग धेरै धारणाहरू थिए, तर मैले उनीहरूसँग परमेश्वरका वचनहरू सङ्गति गरेपछि उनीहरूले कुरा बुझे, र सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार गरे। त्यसपछि म अर्को ठाउँमा गएँ, अनि हरेकपटक सुसमाचार सुनाउन जाँदा म परमेश्वरलाई प्रार्थना गरेर अन्तर्दृष्टि र मार्गदर्शन माग्थेँ ताकि मैले कसरी परमेश्वरका वचनहरूको प्रचार गर्ने र गवाही दिने भनेर जान्न सकूँ। झन्झन् धेरै मानिसहरूले परमेश्वरको सुसमाचार स्वीकार गर्दै गएपछि, मेरो विश्वास बढ्यो। कहिलेकाहीँ नयाँ व्यक्तिहरूलाई प्रचार गर्न अरू गाउँहरूमा जाँदा मलाई अलिक लाज र डर लाग्थ्यो, र परमेश्वरका वचनहरूको मार्गदर्शनमार्फत मैले त्यो सामना गर्ने आत्मविश्वास र साहस पाउँथे। मैले उनीहरूसँग पूर्ण रूपले सङ्गति गर्नुपर्छ, त्यो मेरो कर्तव्य हो, र यदि मैले उनीहरूलाई सुसमाचार सुनाइनँ भने, मैले अभ्यास गर्ने थप मौकाहरू पाउनेछैनँ, र मैले थप सत्यताहरू सिक्ने र प्राप्त गर्नेछैनँ भन्ने मलाई थाहा थियो। त्यसपछि, सुसमाचार सुनाउने निरन्तर अभ्यास गरेर, म घबराउन र डराउन छोडेँ अनि मैले दर्शनहरूको सत्यता अझै स्पष्टसित बझ्दै गएँ। मलाई निकै ढुक्क र स्वतन्त्र महसुस भयो।
यस तरिकाले सुसमाचार सुनाउँदा मैले साँच्चै निकै धेरै कुरा प्राप्त गरेँ। यदि मैले यी सब अनुभव नगरेको भए, परमेश्वरको सर्वशक्तिमान् शासनलाई मैले बुझ्ने कुरै हुन्नथ्यो, र आफ्नो कर्तव्य निर्वाह गर्नुको महत्त्व वा कठिनाइमार्फत परमेश्वरको खोजी गर्ने कुरा म सिक्न सक्दिनथेँ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।