नाम र लाभ खोज्नेबारे आत्मसमीक्षा

2 अप्रिल 2022

सन् २०२१ को मे महिनामा मैले मलजल टोली अगुवाको रूपमा जिम्मेवारी सम्हालेँ। ब्रदर-सिस्टरहरूको दुई समूहलाई मलजल गर्ने जिम्मेवारी मेरो थियो, र लगत्तै, अगुवाले मलाई अझ धेरै ब्रदर-सिस्टरहरूलाई मलजल गर्ने बन्दोबस्त मिलाए। त्यो खबर सुन्दा मलाई साह्रै खुसी लाग्यो। ब्रदर-सिस्टरहरूलाई मलजल गरेर सत्यताबारे धेरै अन्तर्ज्ञान, अनुभव र बुझाइ पाउँछु भन्ने मैले सोचेँ। यदि ब्रदर-सिस्टरहरूले जीवन प्रवेशमा सामना गरेका समस्याहरूलाई मैले समाधान गर्न सकेँ भने, उनीहरूले मलाई पक्कै पनि असल र सत्यता बुझ्न सक्ने व्यक्ति ठान्नेछन्, र म परमेश्‍वरको घरको एउटा खम्बा बन्न सक्छु भनेर भन्नेछन्। त्यसैले, मैले आफ्नो कर्तव्यमा आफूलाई समर्पित गरेँ, सङ्गति गर्न भेलाहरूमा अक्सर गएँ, ब्रदर-सिस्टहरूलाई समस्या आइपर्दा मदत गर्न परमेश्‍वरको वचनमा खोजी गरेँ। केही समयपछि, ब्रदर-सिस्टरहरू मनमा कुनै प्रश्न उठ्दा सङ्गति गर्न मकहाँ आउँथे र म एकदमै खुसी थिएँ।

पछि, धेरै मानिसहरूले आखिरी दिनहरूमा परमेश्‍वरको काम स्वीकार गरेपछि मण्डलीमा मानिसहरूको सङ्ख्या बिस्तारै बढ्दै गयो। एक दिन भेलामा, एकजना मण्डली अगुवा नयाँ विश्‍वाशीहरूलाई मलजल गर्न र मेरो काममा सहयोग गर्न आउनेछिन् भनेर मैले थाहा पाएँ। ब्रदर-सिस्टरहरूले समस्या समाधान गर्नु परेमा उनलाई पनि सोध्न सक्थे। एकजना अगुवा मेरो पार्टनर हुन आउँदैछिन् भन्ने सुन्दा म पटक्कै खुसी भइनँ। यी अगुवाले मलाई पहिला मलजल गरेकी थिइन् र उनीसित राम्रो क्षमता थियो। उनले मैलेभन्दा धेरै बुझेकी थिइन् र परमेश्‍वरको वचनबारे पनि राम्रोसँग सङ्गति गर्थिन्। ब्रदर-सिस्टरहरूको समस्या समाधान गर्नु उनको लागि बायाँ हातको खेल थियो, र मैले सोचेँ, “अब, उनी मेरो पार्टनर बन्न आउँदैछिन्, अनि, के ब्रदर-सिस्टरहरू पहिले जस्तै प्रश्नहरू लिएर मकहाँ आउनेछन् त? के तिनीहरूले मलाई पर पन्छाएर मेरा अगुवालाई जिज्ञासा राख्छन्? भविष्यमा मलाई कसले पो मान गर्लान् र? ब्रदर-सिस्टरहरूको मनमा बसेको मेरो राम्रो छवि मेटिनेछ।” यो सोचेर अगुवासँग सहकार्य गर्न मन लागेन। ठीक त्यही समयमा, मलाई सङ्कटको अनुभूति भयो। मनमनै भनेँ, “म यो हुन दिन सक्दिनँ। ब्रदर-सिस्टरहरूको हृदयमा मेरो स्थान कायम राख्नुपर्छ। यदि उनीहरूको कुनै स्थिति ठीक छैन वा परमेश्‍वरको वचनको खण्ड फेला पार्नु छ भने, मलाई सोध्न सक्छन् र म मदत गर्न सक्छु भनेर मैले ब्रदर-सिस्टरहरूलाई भन्नुपर्छ।” त्यसबेलादेखि, मैले ब्रदर-सिस्टरहरूको स्थिति खराब भएको वा उनीहरूलाई समस्या आइपरेको सुन्दा, मेरा अगुवा पहिल्यै त्यहाँ पुग्लिन् भन्ने डरले म सङ्गति गर्न उनीहरूकहाँ पुगिहाल्थेँ। मैले ब्रदर-सिस्टरहरूलाई पनि व्यक्तिगत तवरमा सम्पर्क गरेर उनीहरूलाई मदत चाहिएको छ कि भनेर सोध्थेँ, र कुनै प्रश्न वा दुविधा छ भने मसँग मदत माग्नु भनेर तिनीहरूलाई भन्थेँ। त्यसरी, अगुवाले उनीहरूलाई सम्पर्क गर्दा, ब्रदर-सिस्टरहरूले मैले मदत गरिसकेकी छु भनेर भन्छन् भन्ने मैले सोचेँ। तर मेरो योजना जस्तो कामकुरा भएन। उनीहरूले सोधेका धेरै समस्याहरूलाई छिचोल्न म चुकेँ र त्यसलाई कसरी समाधान गर्ने भनेर मलाई थाहा थिएन, तर मैले त्यसबारे अगुवालाई सोध्न चाहिनँ। मैले सोचेँ, “यदि मैले अगुवालाई सोधेमा, म सत्य बुझ्दिनँ र परमेश्‍वरको वचन धेरै पढ्दिनँ भन्ने उनलाई लाग्दैन र? मैले समस्याहरू समाधान गर्न सक्दिनँ भनेर उनले सोच्दिनन् र? यदि अगुवाले ब्रदर-सिस्टरहरूको समस्या समाधान गरिन् भने, के उनीहरूले म अयोग्य छु र मदत गर्न सक्दिनँ भनेर सोच्दैनन् र? म सक्दिनँ भनेर उनीहरूलाई देखाउन चाहन्नँ। म चाहन्छु, म यो कर्तव्य गर्न सक्छु भनेर ब्रदर-सिस्टरहरूलाई थाहा पाऊन्, ताकि उनीहरूको मनमा प्रश्न उठ्दा मलाई उनीहरूले मलाई सोधिरहून्।” तर म एक्लैले ब्रदर-सिस्टरहरूलाई मदत गर्नु गाह्रो थियो। मैले अनुभव नगरेका र कसरी सङ्गति गर्ने भनेर मलाई थाहा नभएका कुराहरू पनि थिए, र कहिलेकाहीँ उनीहरूको समस्या समाधान गर्नका लागि परमेश्‍वरको वचनका खण्डहरू फेला पार्न मलाई धेरै दिन लाग्थ्यो र अरू ब्रदर-सिस्टरहरू जिज्ञासा लिएर मकहाँ आउँदा मसित उनीहरूका लागि समय हुँदैनथ्यो। त्यसरी नै एक महिना तुरुन्तै बित्यो, र मैले ब्रदर-सिस्टरहरूलाई समयमै मदत गर्न नसक्दा उनीहरूका समस्या समाधान हुन सकेन र उनीहरू खराब स्थितिमा रहिरहे। यदि मैले नबुझेका यी समस्याबारे अगुवालाई बताएकी भए, हामीले उनीहरूलाई मदत गर्न परमेश्‍वरको वचनमा सँगै खोज्न सक्थ्यौँ, र उनीहरूका समस्या छिट्टै समाधान गर्न सकिन्थ्यो। तर मैले त्यसो गरिनँ, किनकि म उनीहरूको हृदयमा आफ्नो छवि कायम राख्न चाहन्थेँ। यसो गर्दा, मलाई अलिकति दोषी महसुस भयो। मलाई थाहा थियो, मैले यो गरिरहेँ भने, ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा गम्भीर बाधा पुग्नेछ, र यो कर्तव्य ठीकसँग गर्नेथिइनँ।

एक दिन, मैले परमेश्‍वरका वचनको एउटा खण्ड देखेँ जसले कर्तव्यप्रति मानिसहरूको गलत मनोवृत्ति खुलासा गरेका छन्। “कर्तव्यहरू भनेका परमेश्‍वरले मानिसहरूले सुम्‍पनुभएका काम हुन्; ती मानिसहरूले पूरा गर्नुपर्ने मिसनहरू हुन्। तैपनि, कर्तव्य भनेको अवश्य नै तैँले व्यक्तिगत रूपमा व्यवस्थापन गर्ने व्यवसाय होइन, न त यो तँलाई भीडभन्दा माथि उठाउने कुरा हो। कतिपय मानिसहरूले आफ्‍ना कर्तव्यलाई तिनीहरूका आफ्‍नै व्यवस्थापन गर्न र गिरोह निर्माण गर्नको लागि प्रयोग गर्छन्; कतिले आफ्‍नै इच्‍छाहरू पूरा गर्न; कतिले आफूभित्रको रिक्ततालाई भर्न; अनि कतिले चाहिँ आफूले आफ्ना कर्तव्यहरू पूरा गर्दा परमेश्‍वरको घरमा अनि परमेश्‍वरले मानिसको लागि बन्दोबस्त गर्नुभएको सुन्दर गन्तव्यमा सहभागी हुन पाइन्छ भन्ने सोच्दै सौभाग्यमा विश्‍वास गर्ने आफ्नो मानसिकतालाई तृप्त पार्न यसको प्रयोग गर्छन्। कर्तव्यसम्‍बन्धी त्यस्ता मनोवृत्तिहरू गलत छन्; परमेश्‍वरले यस्ता मनोवृत्तिलाई घृणा गर्नुहुन्छ र तिनलाई तुरुन्तै सुधार गरिनुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। मैले परमेश्‍वरको वचन मार्फत के बुझेँ भने, हाम्रा कर्तव्यहरू परमेश्‍वरले दिनुभएको कार्य हो, व्यक्तिगत मामिला होइन, र हामीले आफ्ना कर्तव्यलाई अरूको प्रशंसा कमाउने माध्यमको रूपमा लिनुहुँदैन, न त हामी अरूलाई आफ्नो पछि लगाउन प्रतिष्ठा र हैसियतको पछि नै लाग्नुहुन्छ। हामीले आफ्ना कर्तव्यलाई दायित्वको रूपमा लिनुपर्छ र त्यसलाई परमेश्‍वरले चाहनुभए अनुसार पूरा गर्नुपर्छ। तर आफ्नो कर्तव्यप्रति मेरो दृष्टिकोण कस्तो थियो? ख्याति र लाभको पछि लाग्न अनि आफ्ना इच्छाहरू पूरा गर्न मैले आफ्नो कर्तव्य निर्वाह गरेँ। ब्रदर-सिस्टरहरूले मेरो प्रशंसा र आराधना गरून् र समस्याहरू लिएर मकहाँ आऊन् भन्ने म चाहन्थेँ। म उनीहरूप्रति इमानदार थिइनँ र मैले वास्तवमै उनीहरूलाई मदत गर्न चाहिनँ, तर उनीहरूमा मेरो राम्रो छाप परोस् भन्ने चाहन्थेँ ताकि उनीहरूले मेरो बारेमा कुरा गर्दा, मैले उनीहरूलाई मदत गरेँ अनि म एकदमै असल र दयालु व्यक्ति हुँ भनेर भनून्। त्यसरी, म सन्तुष्ट हुन सक्छु। मैले आफ्नो कर्तव्यलाई ख्याति, लाभ र हैसियतका लागि प्रयोग गरेँ ताकि म मानिसहरूको हृदयमा ठाउँ बनाउन सकूँ, र उनीहरू समस्या लिएर मकहाँ आऊन् र परमेश्‍वरलाई अलग राखून्। मैले व्यक्तिगत उद्यम चलाइरहेकी थिएँ। त्यसपछि मैले कर्तव्यप्रति आफ्नो दृष्टिकोण गलत छ भन्ने महसुस गरेँ। ब्रदर-सिस्टरहरूलाई मदत गर्न सक्ने भए पनि, कर्तव्य राम्ररी गर्नु मेरो मनसाय थिएन र त्यसले परमेश्‍वरलाई कहिल्यै सन्तुष्ट पार्नेथिएन।

पछि, मैले एउटा खण्ड देखेँ जहाँ परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नुभएको छ, र त्यो मेरो स्थितिसँग ठ्याक्कै मेल खान्थ्यो। “परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले आफ्नो कर्तव्य जहाँ सुकै निर्वाह गरिरहेका भए पनि, ख्रीष्ट विरोधीले तिनीहरू कमजोर नभएको, तिनीहरू सधैँ बलिया भएको, आत्मविश्‍वासले भरपूर भएको, कहिल्यै पनि नकारात्मक नभएको देखाउने कोसिस गर्छन् र त्यस्तो छाप छोड्छन्। तिनीहरूले परमेश्‍वरप्रति आफ्नो वास्तविक विचार वा वास्तविक मनोवृत्ति कहिल्यै प्रकट गर्दैनन्। तिनीहरूको हृदयको गहिराइमा, के साँच्चै तिनीहरूले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छन्? के तिनीहरूले साँच्चै कमजोरीपन, नकारात्मकता वा भ्रष्टता रहित छन् भनी विश्‍वास गर्छन्? बिलकुलै गर्दैनन्। तिनीहरू अभिनय गर्न सिपालु हुन्छन्, चीजहरू लुकाउन बाठा हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो बलियो र सम्मानजनक पक्ष देखाउन मन पराउँछन्; तिनीहरू आफ्नो कमजोर र अँध्यारो पक्ष अरूले देखेका चाहँदैनन्। तिनीहरूको उद्देश्य स्पष्ट हुन्छ: स्पष्ट रूपमा नै यो अरूको अगाडि इज्जत बचाउनु, यी मानिसहरूको हृदयमा तिनीहरूको स्थान सुरक्षित गर्नु भन्‍ने हुन्छ। यदि तिनीहरूले आफ्नो नकारात्मकता र कमजोरीहरू अरूको अगाडि प्रकट गरे भने, यदि तिनीहरूले आफ्नो विद्रोही र भ्रष्ट पक्ष प्रकट गरे भने, त्यो तिनीहरूको हैसियत र प्रतिष्ठाका लागि गम्भीर खतरा हुनेछ—हुनुपर्ने भन्दा ठूलो समस्या हुनेछ भनी सोच्छन्। त्यसैले तिनीहरू आफ्नो कमजोरी र विद्रोहलाई कडाइका साथ आफैमा सीमित राख्छन्। अनि यदि एक दिन सबैले तिनीहरूको कमजोर र विद्रोही पक्ष देखे भने, तिनीहरूले अभिनय गर्न जारी राख्नुपर्छ; यदि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण व्यक्ति, कोही सानो र नगण्य भएको स्वीकार गरे मानिसहरूका हृदयमा आफ्नो स्थान गुमाउनेछन्, र पूर्ण रूपमा असफल हुनेछन् भनी सोच्छन्। त्यसैले, जे भए पनि, तिनीहरू मानिसहरूको अगि खुलस्त हुन सक्दैनन्; चाहे जे भए पनि, तिनीहरूले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिन सक्दैनन्; बरु, तिनीहरूले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्छन्, र कहिल्यै हार मान्दैनन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस)”)। यो खण्ड पढेपछि मैले के बुझेँ भने, ख्रीष्ट विरोधीहरूले हैसितय मन पराउँछन्। अरूको हृदयमा आफ्नो राम्रो छवि बनाइराख्न मानिसहरूलाई आफ्ना समस्या कहिल्यै बताउँदैनन्, किनभने आफ्नो कमजोरी सबैले देख्छन् भन्ने उनीहरूलाई डर हुन्छ। आफ्नो कर्तव्यमा समस्या आइपर्दा समेत तिनीहरू बहाना बनाउँछन्, ताकि अरूले तिनीहरूलाई सर्वशक्तिशाली र सत्य बुझ्ने व्यक्तिको रूपमा हेरून्। मेरो स्थिति यस्तो थियो। ब्रदर-सिस्टरहरूको समस्या समाधान गर्न नसक्दा समेत मैले कसैसँग मदत मागिनँ। म मानिसहरूको हृदयमा आफ्नो राम्रो छवि बनाउन ब्रदर-सिस्टरहरूलाई ममा कुनै कमीकमजोरी छैन भनी सोच्न लगाउन, र उनीहरूको समस्या समाधान गरिदिन सक्षम हुन चाहन्थेँ, ताकि उनीहरूले अरू कसैलाई कहिल्यै सोध्न नपरोस्। हाम्रा अगुवाले उनीहरूलाई मदत गर्लिन्, यसले गर्दा उनीहरूको हृदयबाट मेरो स्थान र छवि गुम्ला भन्ने पनि मलाई डर थियो। आफ्नो हैसियत बनाइराख्न मैले हल गर्न नसक्ने समस्याहरू समाधान गर्न सक्छु भन्ने बहाना गरेँ। मैले अगुवाबाट मदत खोज्नुको सट्टा ती समस्याबारे आफै खोजी गर्नमा धेरै समय खर्चने बाटो रोजेँ। नतिजास्वरूप, म आफ्नो कर्तव्यमा प्रभावकारी भइनँ र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा बाधा पुऱ्याएँ। मेरो भ्रष्ट स्वभाव गम्भीर भएको र म कपटी छु भनेर मैले बुझेँ। अनुग्रहको युगमा, कसरी फरिसीहरू बाहिरी रूपमा नम्र र सहनशील थिए भनेर मैले सोचेँ। तिनीहरू अक्सर चोकमा प्रार्थना गर्थे वा अरूलाई धर्मशास्त्रको व्याख्या गर्थे। मानिसहरूको हृदयमा तिनीहरूको राम्रो छवि थियो, तर भित्रबाट तिनीहरू कपटी, अहङ्कारी र दुष्ट थिए, परमेश्‍वरप्रति तिनीहरूसित आज्ञाकारिता वा डर थिएन, अनि तिनीहरूले जे गरे त्यो परमेश्‍वरको वचन पालन गर्नका लागि थिएन। त्यसको सट्टा, तिनीहरूले अरूलाई आफ्नो भक्ति र प्रशंसा गर्न लगाउन असल व्यवहार देखाएर मानिसहरूलाई धोका दिए र भ्रम सिर्जना गरे। मैले बुझेँ, म फरिसीहरू जस्तै कपटी थिएँ र परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ।

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड देखेँ। “ख्रीष्ट-विरोधीहरूको व्यवहारको सार भनेको हैसियत प्राप्त गर्ने, मानिसहरूको मन जित्‍ने र मानिसहरूलाई तिनीहरूको पछि लाग्‍ने र पूजा गर्ने तुल्याउनको लागि विभिन्‍न माध्यम र विधिहरूको निरन्तर प्रयोग गर्नु हो। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्‍वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले मानवको लागि परमेश्‍वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतको लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई लगाम लगाए पनि, अरूको अनुमोदन र स्वीकार प्राप्त गरेर वैधता प्राप्त गर्न सकिन्छ भन्‍ने विश्‍वास गर्दै मण्डलीमा हैसियत प्राप्त गर्न तिनीहरूले अरू विधिहरूको प्रयोग गर्छन्। छोटकरीमा भन्दा, ख्रीष्ट-विरोधीहरूले गर्ने सबै कुरामा तिनीहरूले विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य पूरा गरिरहेका छन् भन्‍ने देखिए पनि, र तिनीहरू परमेश्‍वरका साँचो अनुयायीहरू हुन् भन्‍ने जस्तो देखिए पनि, मानिसहरूलाई नियन्त्रण गर्ने—अनि तिनीहरूका बीचमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकांक्षा कहिल्यै परिवर्तन हुनेछैन। परमेश्‍वरले जे भन्‍नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, तिनीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दैनन्, न त उहाँका वाणीहरू र सत्यतालाई बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्; सम्पूर्ण रूपमा, तिनीहरूको महत्वाकांक्षाले तिनीहरूलाई खान्छ, तिनीहरूको बानीबेहोरा र विचारहरूलाई नियन्त्रण र निर्देशित गर्छ, र तिनीहरूले हिँड्ने मार्ग निर्धारित गर्छ। ख्रीष्ट-विरोधीको संक्षेप व्याख्या यही हो। यहाँ के कुरालाई जोड दिइएको छ त? कतिपय मानिसहरूले यसो भनेर प्रश्‍न गर्छन्, ‘के ख्रीष्ट-विरोधीहरू भनेका मानिसहरूलाई प्राप्त गर्नको निम्ति परमेश्‍वरसँग होडबाजी गर्ने, र उहाँलाई स्वीकार नगर्ने मानिसहरू होइनन् र?’ तिनीहरूले परमेश्‍वरलाई पहिचान गर्न सक्छन्, तिनीहरूले उहाँको अस्तित्वलाई साँचो रूपमा पहिचान गर्न र विश्‍वास गर्न सक्छन्, अनि तिनीहरू उहाँलाई पछ्याउन र सत्यताको खोजी गर्न इच्‍छुक हुन सक्छन्, तर एउटा कुरा कहिल्यै परिवर्तन हुनेछैन: तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको महत्वाकांक्षालाई कहिल्यै त्याग्‍नेछैनन्, न त तिनीहरूले आफ्नो वातावरण वा तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिको कारण नै ती कुराको खोजीलाई त्याग्‍नेछन्। ख्रीष्ट-विरोधीहरूको विशेषताहरू यिनै हुन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले मानिसहरूलाई छल गर्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्”)। मानिसहरूलाई आफ्नो पछि लगाउन अनि उनीहरूलाई नियन्त्रण गरी अधिकारमा राख्ने आफ्नो महत्वाकांक्षा हासिल गर्न ख्रीष्टविरोधीहरू प्रसिद्धि र हैसियतको पछि लाग्छन् भनेर परमेश्‍वर भन्नुहुन्छ। तिनीहरू मानिसहरूलाई आफ्नो बनाउन परमेश्‍वरसँग प्रतिस्पर्धा गर्छन्। म हिँडेको बाटो ठ्याक्कै यही थियो। म परमेश्‍वरमा विश्‍वास गर्थेँ र उहाँलाई प्रेम गर्न चाहन्थेँ, र मलाई के पनि थाहा थियो भने सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ उहाँ सृष्टिकर्ता हुनुहुन्छ र हामीले उहाँको उपासना गर्नुपर्छ, हैसियत र मानिसहरूको लागि उहाँसँग प्रतिस्पर्धा गर्नुहुँदैन। तर मानिसहरूको हृदयमा आफ्नो ठाउँ बनाउन म आफ्नो कर्तव्यद्वारा उनीहरूलाई मेरो प्रशंसा र भक्ति गर्न लगाउन चाहन्थेँ। के यो परमेश्‍वरका चुनिएका मानिसहरूको लागि मैले उहाँसँग प्रतिस्पर्धा गरिरहेकी थिइनँ र? मानिसहरूले मेरो भक्ति गर्दा उनीहरूको हृदयमा परमेश्‍वरको लागि ठाउँ हुँदैन, र उनीहरूलाई समस्या आइपर्दा परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँमा भर पर्नुको सट्टा मकहाँ आउँछन्। मैले मानिसहरूलाई आफूसामु ल्याएकी थिएँ र म ख्रीष्टविरोधीको बाटोमा हिँडिरहेकी थिएँ। मैले धार्मिक संसारका पाष्टर र एल्डरहरूबारे सोचेँ, र कसरी तिनीहरूले सुसमाचार प्रचार गर्ने, बाइबल व्याख्या गर्ने, आशिष् दिने, र केही राम्रा कामहरू गर्ने भए पनि, यी सबै गर्नुको उद्देश्य विश्‍वासीहरूलाई आफ्नो मान गर्न र पछि लाग्न लगाउनु हो। विश्‍वासीहरूको मनमा प्रश्न उठ्दा उनीहरू पाष्टरकहाँ जान्छन् र तिनीहरूको मार्गदर्शन स्वीकार्छन्। उनीहरूले प्रभुको आगमनबारे सुन्दा अनि खोजी र अनुसन्धान गर्न चाहँदा समेत, आफ्ना पाष्टरहरूको सहमति खोज्छन्। के यो मानिसहरूले आफूलाई परमेश्‍वरको रूपमा व्यवहार गरून् भन्ने होइन र? यी धार्मिक अगुवाहरूले मानिसहरूमाथि कडा नियन्त्रण राख्छन्, तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ छैन र तिनीहरू खुल्लमखुल्ला परमेश्‍वरका वैरी हुन्। म त्यस्तै थिएँ। ब्रदर-सिस्टरहरूले मलाई पछ्याउन् भन्ने म चाहन्थेँ, मलाई पार्टनर चाहिँदैनथ्यो, र उनीहरूलाई मक्ख पार्न र उनीहरूमाझ हैसियत प्राप्त गर्न, मैले उनीहरूलाई कुनै समस्या भए मकहाँ आउनु र म मदत गर्नेछु भनेर भनेँ। के यसको मतलब मैले पनि उनीहरूलाई नियन्त्रण गर्न चाहेकी होइन र? वास्तवमा, मैले विश्‍वास गर्न थालेको धेरै भएको थिएन र मसित थोरै अनुभव थियो। ब्रदर-सिस्टरहरूको स्थिति र समस्याहरूलाई छिचोल्न म चुकेँ। म एक्लैले उनीहरूलाई राम्रोसँग मदत गर्न सकिनँ, तर मैले अझै पनि अगुवासँग मदत मागिनँ। यो साह्रै अहङ्कारीपन र अव्यावहारिकता थियो। त्यसपछि, मेरो खुलासा भएको कुरा र व्यवहार ख्रीष्टविरोधीको जस्तै रहेछ भनेर मैले बुझेँ। विगतमा, हामीले भेलाहरूमा ख्रीष्टविरोधीहरूबारे कुरा गर्दा, आफू ख्रीष्टविरोधी बन्छु होला भन्ने डरले सधैं आत्तिन्थें, तर उच्च तहका अगुवाहरू मात्र ख्रीष्टविरोधी हुने सम्भावना रहन्छ, र उच्च हैसियत नभएको टोली अगुवा भएकोले म त्यो बाटो हिंड्नेछुइनँ भन्ने पनि मलाई लाग्यो। तर यो दृष्टिकोण गलत हो भने मैले बुझेँ। परमेश्‍वरको वचनको न्याय नभएको भए मलाई यसबारे कहिल्यै पनि थाहा हुनेथिएन, र मैले अझ धेरै दुष्कर्म गर्नेथिएँ र फरिसीहरू जस्तै म परमेश्‍वरद्वारा इन्कार गरिने र हटाइने थिएँ। यो कुरा बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ र मलाई थाहा थियो कि मैले पश्चात्ताप गर्नुपर्छ, त्यसपछि प्रसिद्धि, लाभ र हैसियतको पछि लाग्नुहुँदैन, र परमेश्‍वर चाहनुभए अनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले मानिसहरूमा निश्‍चित सङ्ख्यामा कार्यहरू सम्‍पन्‍न गर्ने वा कुनै ठूलो जिम्मेवारी पूरा गर्ने क्षमता चाहनुहुन्‍न, न त उहाँलाई तिनीहरूले कुनै ठूलो जिम्मेवारीको अगुवाइ गरेको नै आवश्यक पर्छ। परमेश्‍वरको चाहना यही हो कि मानिसहरू सकेसम्म एकदमै व्यावहारिक तवरमा काम गर्न र उहाँका वचनअनुसार जिउन सक्षम होऊन्। तँ महान् वा प्रतिष्ठित हुनु परमेश्‍वरको आवश्यकता होइन, न त तैँले कुनै चमत्कार गर्नु उहाँको आवश्यकता हो, न त उहाँले तँमा कुनै सुखद आश्‍चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्‍वरको आवश्यकता यही हो कि तैँले उहाँका वचनहरूअनुसार निरन्तर अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्‍वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले राम्ररी बुझेका कुराहरूलाई अघि बढा, आफूले देखेको कुरालाई याद गर्, त्यसपछि, ठीक समय आएपछि, परमेश्‍वरले भन्‍नुभएअनुसार अभ्यास गर्, ताकि परमेश्‍वरका वचनहरू तेरो जिउने तरिका र तेरो जीवन बन्‍न सकून्। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र गरिमा खोज्दै छस्; तँ सधैँ उच्‍चता खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँले यसलाई घृणा गर्नुहुन्छ र यसलाई हेर्न चाहनुहुन्‍न। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्‍च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। तैँले आफ्नै बारेमा समीक्षा गरी पश्‍चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ र तँलाई त्याग्‍नुहुनेछ। परमेश्‍वरलाई घिनलाग्‍ने व्यक्ति नबन्‍ने कुरा सुनिश्‍चित गर्! परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति बन्। त्यसो भए, परमेश्‍वरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ त? एकदमै व्यावहारिक तवरमा सत्यता प्राप्त गरेर, सृष्टि गरिएको प्राणीको स्थानमा उभिएर, इमानदार व्यक्ति बन्‍न र आफ्ना कर्तव्यहरू निर्वाह गर्नको लागि दृढ़ रूपमा परमेश्‍वरको वचनमा भर परेर, र साँचो मानव स्वरूपमा जीवन जिएर। यति नै काफी छ। महत्वाकांक्षा नपाल्ने वा अल्छे सपनाहरूमा नभुल्ने कुरा सुनिश्‍चित गर्, प्रसिद्धि, फाइदा, र हैसियतको पछि नलाग् वा भीडभन्दा राम्रो देखिन नखोज्। यसअतिरिक्त, अरू सबैलाई उछिन्‍ने, मानिसहरूमाझमा उच्‍च स्थानमा रहेको र अरूलाई आफ्नो आराधना गर्न लगाउने महान्‌ व्यक्ति वा अलौकिक मानव बन्‍ने कोसिस नगर्। त्यो भ्रष्ट मानवजातिको चाहना हो, र त्यो शैतानको बाटो हो; सृष्टि गरिएका यस्ता प्राणीहरूलाई परमेश्‍वरले मुक्ति प्रदान गर्नुहुन्‍न। यदि अझै पनि केही मानिसहरू प्रसिद्धि, फाइदा, र हैसियतको पछि लाग्छन् र पश्‍चात्ताप गर्न अस्विकार गर्छन् भने तिनीहरूको लागि कुनै उपचार छैन, र तिनीहरूको निम्ति एउटै मात्र परिणाम हुन्छ: त्यो हो, तिनीहरूको निष्कासन। आज, यदि तिमीहरूले तुरुन्तै मार्ग परिवर्तन गरी पश्‍चात्ताप गर्छौ भने, अझै समय छ; तर जब परमेश्‍वरको काम समाप्त हुने दिन आउँछ, र विपत्तिहरूको वर्षा हुन्छ, तब ख्याति, प्राप्ति र हैसियतको खोजी गर्ने र पश्‍चात्ताप गर्न अस्वीकार गर्नेहरूलाई हटाइनेछ। कस्ता प्रकारका मानिसहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ अनि उहाँले मानिसलाई मुक्ति दिनु भन्‍नुको अर्थ के हो भन्ने बारेमा तिमीहरू सबै स्पष्ट हुनुपर्छ; यो परमेश्‍वरका वचनहरू सुन्न मानिसलाई परमेश्‍वरको सामु आउनको निम्ति, परमेश्‍वरले भन्नुभए र आज्ञा दिनुभए झैँ चल्न र जिउनको निम्ति हो, आफ्नै अभिप्राय र शैतानको तर्कअनुसार चल्न र जिउनको निम्ति होइन। यदि तैँले परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्दैनस्, र अझै शैतानका दर्शनशास्‍त्रहरू, अनि शैतानका स्वभावहरूद्वारा जिउँछस् र पश्‍चाताप गर्न इन्कार गर्छस् भने, तँ परमेश्‍वरको मुक्ति पाउने प्रकारको व्यक्ति होइनस्। जब तँ परमेश्‍वरलाई पछ्याउँछस्, तब तँ अवश्य परमेश्‍वरद्वारा चुनिएको पनि हुन्छस्—त्यसोभए, परमेश्‍वरले तँलाई चुन्नु भनेको के हो त? यो तँलाई परमेश्‍वरमा भरोसा गर्ने, साँच्चै नै परमेश्‍वरलाई पछ्याउने, परमेश्‍वरको निम्ति सबै कुरालाई परित्याग गर्ने, अनि परमेश्‍वरको मार्गलाई पछ्याउन सक्‍ने, शैतानको तर्कलाई एकातिर पन्साउने, शैतानी स्वभावलाई छोडिदिने, अनि भ्रष्ट स्वभाव अनुसार नजिउने व्यक्तिमा परिवर्तन गर्नु हो। यदि तैँले परमेश्‍वरलाई पछ्याउँछस् र परमेश्‍वरको घरको कर्तव्य पालन गर्छस्, तापनि हरेक पक्षमा आफैलाई परमेश्‍वरको विरुद्धमा खडा गर्छस्, र हरेक पक्षमा उहाँका वचनहरू अनुसार चल्दैनस् वा जिउँदैनस् भने के तँ परमेश्‍वरद्वारा अनुमोदित हुन सक्छस् र? पक्कै पनि सक्दैनस्। यसबाट मैले के भन्न खोजेको हुँ त? कर्तव्य पालन गर्नु वास्तवमा कठिन हुँदैन, न त समर्पित भएर, अनि स्वीकारयोग्य स्तरमा त्यसलाई पूरा गर्नु नै गाह्रो हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै जटिल कुरा गर्नु पर्दैन, तेरा आफ्नै विचारहरू नथपी वा तेरो आफ्नै कार्यविधि सञ्चालन नगरी, तर सीधा बाटोमा हिँडेर तैँले केवल परमेश्‍वरका वचनहरू र निर्देशनहरूलाई इमानदारीता पूर्वक र दृढतापूर्वक पछ्याउनुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव स्वरूप हुन्छ। जब तिनीहरूसित परमेश्‍वरप्रति साँचो आज्ञाकारिता हुन्छ अनि तिनीहरू एउटा व्यक्ति भएका हुन्छन्, तब तिनीहरूमा वास्तविक मानिसको स्वरूप हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ”)। परमेश्‍वरका वचनहरूले मलाई उहाँको इच्छा बुझाइदिए। आज, परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन धेरै वचनहरू व्यक्त गर्नुभएको छ र यसरी हामीले उहाँका वचनहरू सुनेको र अभ्यास गरेको, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थान लिएको, उहाँका वचन र इच्छाअनुसार आफ्ना कर्तव्य पूरा गरेको, हाम्रा भ्रष्ट स्वभाव त्यागेको र मुक्ति पाएको उहाँ आशा गर्नुहुन्छ। आफ्नो कर्तव्यमा हाम्रो नियत सही हुनुपर्छ र आफ्नो प्रतिष्ठा र हैसियत कायम राख्न व्यक्तिगत उद्यममा संलग्न हुनुहुँदैन। त्यसको सट्टा, हामीले लगनशील भई सत्यताको पछि लाग्नुपर्छ र सृष्टि गरिएका प्राणीको रूपमा आफ्ना कर्तव्य पूरा गर्नुपर्छ। परमेश्‍वरका वचनको मार्गदर्शनले मैले अभ्यासको मार्ग भेट्टाएँ।

केही दिनपछि, एउटी सिस्टरले मलाई आफ्ना समस्याहरू बताउँदै मदत चाहियो भनिन्। त्यो समस्या मेरो लागि अलि गाह्रो थियो। कसरी समाधान गर्ने मलाई थाहा थिएन। तर मैले पहिला जस्तो व्यवहार गर्न र आफ्नो योग्यता प्रमाणित गर्नका लागि अगुवाको सहयोग इन्कार गर्न हुँदैन भनेर पनि महसुस गरेँ, त्यसैले, मैले यस समस्याबारे अगुवालाई सोधेँ। मैले भनेँ, “म यो समस्या समाधान गर्न सक्दिनँ। के तपाईं मलाई मदत गर्न सक्नुहुन्छ?” अगुवाले परमेश्‍वरका वचनको उपयुक्त खण्डहरू खोजेर मलाई पठाइदिइन्, र हामीले सँगै ती सिस्टरको समस्या समाधान गऱ्यौँ। त्यसपछि, कुनै पनि समस्या आइपर्दा, म अगुवासित खोजी र सहकार्य गर्थेँ, र तबउप्रान्त म पहिले जस्तै एक्लै काम गर्दिनथेँ। ब्रदर-सिस्टरहरूलाई सहयोग गर्ने सन्दर्भमा मेरो मनोवृत्ति पहिलेको भन्दा फरक छ जस्तो मलाई लाग्छ। विगतमा, मैले यो आफ्नो छवि र प्रतिष्ठा जोगाउन गरें अनि मेरा अगुवालाई कहिल्यै सोधिनँ। उनले समस्या समाधान गर्नेछिन् र कसैले मलाई मान गर्नेछैन भन्ने मलाई डर थियो। अहिले, उनीहरूले मलाई मान गर्छन् कि गर्दैनन् भनेर सोच्दै सोच्दिनँ। त्यसको सट्टा, म ब्रदर-सिस्टरहरूको समस्या कसरी अझ राम्रोसँग समाधान गर्ने भनेर सोच्छु, र आफ्ना अगुवासित सक्रिय रूपले सहकार्य गर्छु। यस्तो अभ्यासले मलाई एकदमै सहज महसुस गराउँछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो कर्तव्य कसरी लेनदेन बन्यो

काइना, चीन अप्रिल २०१७ मा, म उच्च रक्तचापबाट पीडित थिएँ, त्यसैले म घर गएर आराम गर्न सकूँ भनेर अगुवाले मेरो कर्तव्य स्थगित गरिदिनुभयो। म...

गुनहरू तिर्नेबारे चिन्तन

केही महिनापहिले, मैले पनि त्यस्तै समस्या भोगेँ। मैले मेरो गृहनगरको मण्डलीबाट चाङ ह्वा नामकी सिस्टरको मूल्याङ्कन गर्नु भन्ने बेहोराको पत्र...

मलाई कुन कुराले परमेश्‍वरलाई पछ्याउन रोकिरहेको छ?

चेन मिङ, चीन २०११ को डिसेम्बर महिना थियो अनि हाम्रो मण्डलीका दुईजना अगुवाहरू पक्राउ परेका थिए। यो खबर सुनेपछि, मेरा दाजुभाइ र दिदीबहिनीहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्