पीडादायी छनौटहरू

16 डिसेम्बर 2024

एलिना, स्पेन

मैले सन् १९९९ मा सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ, र चाँडै म मण्डली अगुवा चयन भएँ। डिसेम्बर २००० को एक मध्यान्ह, म मेरा दुई बच्‍चाहरूसँगै बसेर खाना खाइरहेको बेला, पाँच अफिसरहरू वारेन्ट नदेखाई घरभित्र घुसे र खानतलासी गर्दै मालमत्ता यत्रतत्र छरी घर भताभुङ्ग पार्न थाले। त्यति बेला, मेरो छोरो छ वर्षको मात्र थियो र मेरा दुई बच्‍चाहरूले डरले मलाई च्याप्पै समाते, तिनीहरूका हात काँपिहेका थिए। अन्त्यमा, ती अफिसरहरूले एउटा बाइबल र मैले लेखेको भक्तिको पत्रिका भेट्टाए। तिनीहरूले मलाई तान्दै र घचेट्दै प्रहरी गाडीमा हाल्ने प्रयास गरिरहेका थिए। मेरा बच्‍चाहरू रोइरहेका र चिच्याइरहेका थिए, “आमा! नजानूस् न!” त्यो क्षण, अचानक आँसु बरर झर्‍यो र मेरो अनुहारमा बग्‍न थाल्यो, किनकि म फेरि कहिल्यै फर्केर आई उनीहरूलाई भेट्न पाउँछु कि पाउँदिनँ भन्‍ने मलाई थाहा थिएन। मेरो हृदय दुःखले भरियो। पछि, तिनीहरूले मलाई सार्वजनिक सुरक्षा ब्यूरोको सोधपुछ कोठामा लिएर गए। त्यहाँ तिनीहरूले मलाई फलामको कुर्सीमा बसाएर हतकडी लगाए। त्यहाँ धेरै मानिसहरूले मलाई क्रूर दृष्टिले घुरिरहेका थिए। त्यति बेला म अत्यन्तै भयभीत भएँ, र मैले परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्दै विश्‍वास दिनुहोस् भनी बिन्ती गरेँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास दिए, र परमेश्‍वर कसरी मेरो साथ हुनुहुन्छ भन्‍नेबारे सोच्दा, मेरो डर कम भयो। प्रहरीहरू जति नै क्रूर भए पनि, तिनीहरू परमेश्‍वरकै हातमा थिए। तिनीहरूले मलाई जसरी यातना दिए पनि, म यहूदा बनेर परमेश्‍वरलाई धोका दिनेछैनँ भनी मैले शपथ खाएँ। मैले परमेश्‍वरको लागि गवाही भई खडा हुन आफ्नो जीवन दिने बाचा गरेँ!

अफिसरहरूमध्ये एकले सोधपुछ सुरु गरे: “कसले तँलाई सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने बनायो? तेरो नेता को हो? चर्चको पैसा कहाँ राखेको छ?” मैले भनेँ, “मलाई केही थाहा छैन।” राष्ट्रीय सुरक्षा ब्रिगेडका निर्देशकले भने, “तेरो विश्‍वासको प्रमाण हामीले पहिल्यै पाएको हुनाले आज तेरो घर फेला पाऱ्यौँ। तैँले एक शब्द नबोले पनि हामी तँलाई अपराधी ठहराउन सक्छौँ। तर तँलाई थाहा भएको कुरा बताइस् भने, हामी तँलाई अहिले नै घर जान दिनेछौँ।” म एक शब्द पनि बोलिनँ। त्यसपछि तिनले भने, “तेरा बच्‍चाहरू सानै छन्—तिनीहरूलाई स्याहारसुसार गर्ने आफ्नी आमा नहुँदा कति नराम्रो होला! तिनीहरूका शिक्षक-शिक्षिका र सहपाठीहरूले तिनीहरूकी आमा जेलमा छिन् भन्‍ने थाहा पाए भने, तिनीहरूलाई गिल्ला गर्नेछन् र होच्याउनेछन्। के त्यसले तिनीहरूको दिमागमा अत्यन्तै हानि पुऱ्याउनेछैन र? के तँ त्यो सहन सक्छस्? तैँल आफ्नो धर्मको लागि आफ्ना नानीहरूलाई बेवास्ता नगर्लिस्, होइन र?” तिनले त्यसो भनेको सुन्दा मैले म पक्राउ पर्दा नानीहरूको डराएको अनुहार झल्याँस्स सम्झेँ, र एकाएक मेरो मुटु गाँठो पऱ्यो। आज भएका सबै घटनाले गर्दा नानीहरूलाई असाध्यै नराम्रोसित आघात र असर पुग्‍नेथ्यो! यदि मलाई सजाय भयो भने, कसले तिनीहरूको हेरचाह गर्ला? विशेष गरी मेरो छोरा, जो सधैँ बिरामी भइरहन्थ्यो, मेरो हेरचाहविना उसले के गर्नेथ्यो? यदि तिनीहरूलाई शिक्षक-शिक्षिका र सहपाठीहरूले भेदभाव र खिसीटिउरी गरे भने, के तिनीहरूले त्यसको सामना गर्न सक्थे र? यी कुरा सोच्दा मेरो आँखबाट आँसु अविरल बगिरह्यो र मैले तुरन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर! म आफ्ना नानीहरूबारे चिन्तित छु र म त भग्‍नावशेषजस्तै भएकी छु। बिन्ती छ, मेरो हृदयको रक्षा गर्नुहोस्, ताकि म शान्त हुन, तपाईंमा भर पर्न, र गवाही भई खडा हुन सकूँ।” प्रार्थना गरिसकेपछि, मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्‍ने तथ्यको बाबजुद पनि, मनको गहिराइमा तैँले अझै घरकी श्रीमती, बच्चाहरू अनि बाबुआमाको बारेमा सोचिरहेको छस्। के यी सबै कुराहरू तेरो सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँसित ममाथि पर्याप्त विश्‍वास छैन? कि तँ मैले तेरो निम्ति अनुचित व्यवस्था गरिदिनेछु भनी डराउँछस्? किन तँ तेरो देहको परिवारको बारेमा सधैँ चिन्ता गर्छस्? तँ किन तेरा प्रियजनहरूको लागि लालायित हुन्छस्! के तेरो हृदयमा मेरो निम्ति निश्चित ठाउँ छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५९)। परमेश्‍वरका वचनहरूले तुरुन्तै मेरो हृदयलाई उज्यालो पारिदिए। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र सबैको नियतिमाथि उहाँकै प्रभुत्व र शासन छ। मेरा दुई बच्‍चाहरूलाई भविष्यमा जे हुने भए पनि, त्यो उहाँकै हातमा थियो, र मेरो चिन्ता निरर्थक थियो। मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्थ्यो, र बच्‍चाहरूलाई उहाँको हातमा सुम्पनुपर्थ्यो। यो सोच्दा, म शान्त भएँ, र त्यसउप्रान्त तिनीहरूबारे त्यति चिन्ता लागेन। प्रहरीले मलाई ब्ल्याकमेल गरेर मण्डलीलाई धोका दिन लगाउन बच्‍चाहरूलाई प्रयोग गरिरहेका थिए। तिनीहरूले मलाई अवैध तरिकाले पक्राउ गरेका थिए, मेरो सामान्य पारिवारिक जीवन तहसनहस पारेका थिए, तर अहिले आएर माई मेरै विश्‍वासले बच्‍चाहरूको हेरचाह गर्नबाट रोक्यो भनेर भनिरहेका थिए। के यो तथ्यलाई तोडमोड गरेर कालोलाई सेतो बनाउने काम होइन र? मैले त्यो सोचेपछि, उल्टै तिनीहरूलाई सोधेँ, “यो मेरो विश्‍वासले गर्दा भएको हो कि तपाईंहरूले मलाई यहाँ थुनामा राख्‍नुभएकोले गर्दा हो? परमेश्‍वरमा विश्‍वास गर्नेहरूले उहाँको वचन पढ्छ्न् र असल मानिस हुन खोज्छन्, उनीहरूले कुनै अवैध काम गर्दैनन्। किन तपाईंहरू लगातार विश्‍वासीहरूलाई गिरफ्तार गर्नुहुन्छ?” मैले त्यसो भन्दा तिनीहरू कर्कश खित्का छोडेर हाँसे, र एक अफिसरले भने, “तँ साह्रै सोझी रहिछेस्। यदि सबैले परमेश्‍वरमा विश्‍वास गरे भने, चिनियाँ कम्युनिस्ट पार्टीको कुरा कसले सुन्छ? त्यसपछि, पार्टीले कसलाई नेतृत्व गर्नेछ? त्यसैले, हामी तँलाई विश्‍वास गर्न दिन सक्दैनौँ, र विश्‍वास गरिस् भने, तँ पक्राउ पर्नेछस्!” म क्रोधित भएँ र यसले मलाई परमेश्‍वरले भन्‍नुभएको कुरा स्मरण गरायो: “यस्तो अन्धकारको समाजमा जहाँ भूतहरू निर्दयी र अमानवीय हुन्छन्, जहाँ शैतानका राजाले कुनै चासो नराखी मानिसहरूलाई मार्छ, त्यसले यस परमेश्‍वरको अस्तित्वलाई कसरी सहन गर्न सक्छ जो प्रेमिलो, दयालु, साथै पवित्र पनि हुनुहुन्छ? त्यसले परमेश्‍वरको आगमनको प्रशंसा र जयजयकार कसरी गर्न सक्छ? यी चापलुसहरू! तिनीहरूले दयाको बदलीमा घृणा गर्छन्, तिनीहरूले धेरै पहिलेदेखि नै परमेश्‍वरलाई शत्रुको रूपमा व्यवहार गर्न थालेका छन्, तिनीहरूले परमेश्‍वरसित दुर्व्यवहार गर्छन्, तिनीहरू चरम रूपमा क्रूर छन्, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि आदर छैन, तिनीहरू लुट्छन् र खोस्छन्, तिनीहरूले सबै विवेक गुमाएका छन्, तिनीहरू सबै विवेकको विरुद्धमा जान्छन्, तिनीहरूले निर्दोष मानिसहरूलाई असमझतातर्फ लोभ्याउँछन्। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। मैले परमेश्‍वरका वचनहरूद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको सारलाई नियाल्न सकेँ। तिनीहरू विकृत र स्वर्गविपरीत छन्। परमेश्‍वरले नै सब थोक सृष्टि गर्नुभयो, यो मानवजाति सृष्टि गर्नुभयो, र मानवजातिलाई पालनपोषण र लालनपालन गर्ने परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरको आराधना स्वर्गद्वारा आदेश दिइएको र पृथ्वीद्वारा स्वीकार गरिएको कुरा हो, तर कम्युनिस्ट पार्टीले मानिसहरूलाई परमेश्‍वरलाई विश्‍वास गर्न र पछ्याउन दिँदैन, तिनीहरूले मानिसहरूलाई बहकाउन नास्तिकवाद र विकासवादलाई बढावा दिन्छन्। तिनीहरूले लाज पचाएर “संसारमा परमेश्‍वर छँदै छैन” र “मानिसहरूले पार्टीबाट मात्रै खुसी प्राप्त गर्छन्” भन्‍ने दाबीसमेत गर्छन्। मानिसहरू तिनीहरूप्रति भित्रैदेखि कृतज्ञ होऊन्, तिनीहरूको कुरा सुनून् र आज्ञापालन गरून् भन्‍ने तिनीहरू चाहन्छन्। चिनियाँ कम्युनिस्ट पार्टी असाध्यै दुष्ट र घृणित छ! आखिरी दिनहरूमा, परमेश्‍वर मानिजातिलाई मुक्ति दिन व्यक्तिगत तवरमा पृथ्वीमा आउनुभयो, र उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभयो। मानिसहरूले परमेश्‍वरको वचन पढेर सत्यता बुझ्लान् र अबउप्रान्त पार्टी नियन्त्रणमा नरहलान्, र परमेश्‍वरतर्फ फर्केर जालान् भनेर चिनियाँ कम्युनिस्ट पार्टी सबैभन्दा बढी डराउँछ। त्यसैकारण, चिनियाँ कम्युनिस्ट पार्टीले इसाईहरूलाई पक्रन आफूले सक्‍नेजति सबै गर्छ, र यसरी परमेश्‍वरको कामलाई दबाउने र मानवजातिलाई सदाका लागि नियन्त्रण गर्ने लक्ष्य हासिल गर्ने व्यर्थै आशा गर्छ। मैले तिनीहरूबाट व्यक्तिगत तवरमा सतावट अनुभव गरेपछि, सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको शत्रु बन्‍ने तिनीहरूको पैशाचिक सार देखेँ, र परमेश्‍वरको विरोध गर्ने पिशाचहरूको यो दुष्ट झुण्डलाई हृदयको गहिराइदेखि नै घृणा गरेँ। मैले जति नै कष्ट भोग्‍नुपरे पनि परमेश्‍वरलाई दृढ भई पछ्याउने र उहाँका लागि साक्षीको रूपमा खडा हुने सङ्कल्प गरेँ।

पछि, मेरा श्रीमानले कसैलाई पैसा तिरेर मलाई जमानतमा छुटाउनुभयो। मेरो रिहाइको दिन, एक प्रहरीले भने, “तेरो हालको मनोवृति हेर्दा तैँले अवश्य पनि विश्‍वास गर्न छोड्दैनस्। हामी तँलाई निगरानी गरिरहनेछौँ, तँलाई भेला गएको वा सुसमाचार प्रचार गरेको भेट्नासाथ यहाँ फेरि ल्याउनेछौँ!” मैले विश्‍वास गरिरहन र आफ्नो कर्तव्य सामान्य तवरमा गरिरहन सकूँ भनेर, म धेरैपटक बसाइँ सर्न बाध्य भएँ। त्यतिखेर, मेरा श्रीमान् शहरी उपप्रमुख थिए र म आफ्नो विश्‍वासको कारण पक्राउ परेदेखि उनले पदोन्‍नति हुने कुनै पनि मौका पाएका थिएनन्। त्यसपछि, अप्रिल २००७ को एक साँझ उनी घर आए र भने, “शहरमा चाँडै केही कार्यकर्ताहरूको पदोन्‍नति हुँदै छ। तिम्रो विश्‍वासको कारण, मैले विगत केहीपटकको मौकामा राजनीतिक पृष्ठभूमिको जाँच पास गर्न सकिनँ। यसपटक म पदोन्‍नतिको लागि सहभागी हुन चाहन्छु भनेर मैले मेरा नेतालाई भनेको छु, र तिमीले आफ्नो धर्म छोड्नासाथ तिनले सिफारिस गर्छु भनेका छन्।” उनले मलाई यसो पनि भने, “सुखद जीवन पाउन तिमीले केवल हाम्रो निम्ति विश्‍वास गर्न छोड्नुपर्छ, र हामी हाम्रा नानीहरूलाई स्थायी घर दिन सक्छौँ। यदि तिमी आफ्नो धर्म मानिरहने ढिपी कस्छौ भने, हामीले छुटनाम गर्नुपर्छ। म अबउप्रान्त यसमा तानिन चाहन्‍नँ। यसबारे केही सोच!” उनले यी सब भनेको सुन्‍नु निकै पीडादायी थियो। यदि हामीले छुटनाम गऱ्यौँ भने, हाम्रा नानीहरूलाई निकै ठूलो चोट पुग्‍नेछ! उनी सधैँ मप्रति असल रहेका थिए, र हाम्रा बच्‍चाहरू पनि आज्ञाकारी थिए! उनको जागिर थियो, र म व्यापार गर्थें, र हाम्रो जीवन साँच्‍चै नै खुसीले भरिएको थियो। चिनियाँ सरकारको सतावटले गर्दा हाम्रो सुन्दर परिवार भताभुङ्ग हुँदै थियो। यसबारे सोच्दा, मलाई बिसञ्‍चो महसुस भयो, मेरो मुटु छियाछिया भएझैँ लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, म तपाईंलाई छोड्न सक्दिनँ, तर म मेरा पति र नानीहरूलाई पनि त्याग्‍न सक्दिनँ। के गर्ने भन्‍ने नै मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि म तपाईंको इच्छा बुझ्न सकूँ।” त्यसपछि, मलाई परमेश्‍वरको यो वचन याद आयो: “विश्वासी पति र गैरविश्वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र गैरविश्वासी आमाबुबा बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। मैले परमेश्‍वरका वचनहरूलाई विचार गरेर के बुझेँ भने, विश्‍वासी मानिसहरू र अविश्‍वासी मानिसहरू बेग्लाबेग्लै सार भएका दुई थरिका मानिस हुन्। जीवन र मूल्यप्रति तिनीहरूका दृष्टिकोण बेग्लाबेग्लै छन्। म सत्यताको पछि लाग्‍ने विश्‍वासको सही जीवन मार्गमा थिएँ। मेरा श्रीमान् दर्जा चढेर पैसा कमाउने आधिकारिक करियरको मार्गमा थिए। उनले पदोन्‍नतिको लागि काम गर्न वर्षौंदेखिको वैवाहिक जीवन र हाम्रा नानीहरूको भावनालाई बेवास्ता गरिरहेका थिए, र यसको साटो छुटनाम गर्न रोजिरहेका थिए। उनको हृदयमा त्यो कुरा भएकोले, उनका लागि म र नानीहरूभन्दा महत्त्वपूर्ण उनको हैसियत र भविष्य भएको थियो। उनले नानीहरूलाई स्थायी घर दिने र खुसीको जिन्दगी प्राप्त गर्न चाहेको दाबी गरे तापनि, ती सब भ्रम थिए। पहिला उनी मप्रति असल थिए, किनभने मैले उनका व्यक्तिगत हितमा कुनै प्रभाव पारेकी थिइनँ। अहिले मेरो विश्‍वास र गिरफ्तारीले उनको आधिकारिक करियरमा प्रभाव पारिरहेका थिए र ती उनको पदोन्‍नति र पैसा कमाउनमा बाधा बनेका थिए, त्यसैले उनी छुटनाम गर्न चाहन्थे। त्यसबारे सोच्दा, त्यो असाध्यै भावशून्य देखिन्थ्यो। मैले मानवजातिमाझ कुनै साँचो प्रेम नभएको, धोका र शोषण मात्र भएको देखेँ। कम्युनिस्ट पार्टी दुष्ट पार्टी हो भनेर मेरा श्रीमानलाई राम्ररी थाहा थियो, तर उनले त्यसकै पक्ष लिइरहे, मलाई छुटनाम गर्ने दबाबसमेत दिँदै विश्‍वास त्याग्‍न भने। हाम्रा दृष्टिकोण बेग्लाबेग्लै थिए र हामी बेग्लाबेग्लै मार्गमा थियौँ, र हामी एकसाथ रहेर पनि खुसी हुनेवाला थिएनौँ। मैले यो कुरा बुझेपछि, के गर्नुपर्छ भनेर मलाई थाहा भयो।

भोलि बिहान हामी हाम्रो छुटनामको कागजी काम गर्न नागरिक मामिला ब्यूरोमा गयौँ, र बाटोमा उनले भने, “म छुटनाम गर्न चाहन्‍नँ भनेर तिमीलाई थाहा छ, तर अरू कुनै विकल्प छैन। आफ्नो राम्रो ख्याल गर्नू।” उनले यसो भनेको सुन्दा म एकाएक रोएँ। छुटनामपछि मैले सामना गर्नुपर्ने सबै कठिनाइ र अरूबाट आउने गिल्लाबारे सोचेँ, र मलाई पीडाले जकड्यो। मैले परमेश्‍वरलाई मेरो हृदयको रक्षा गर्नुहोस् भनी बिन्ती गर्दै तुरुन्तै प्रार्थना गरेँ। मैले परमेश्‍वरका यी वचनहरू समरण गरेँ: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका लागि तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा गरिमा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने, कसैले देहमा जति नै असल जीवन जिउन सक्‍ने भए पनि, अरू थुप्रैले तिनीहरूलाई जति नै ईर्ष्या र प्रशंसा गरे पनि, त्यसको कुनै अर्थ छैन। सत्यताको पछि लाग्दा र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्दा मात्र परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ। यो मात्र सत्यनिष्ठा र मर्यादाको जीवन हो, र यो मात्र सबैभन्दा अर्थपूर्ण र मूल्यवान् जीवन हो। यो सोच्दा साँच्‍चै स्वतन्त्र महसुस भयो, र मैले कुनै शङ्काविना छुटनामको प्रक्रियालाई सम्हालेँ।

मे २०११ मा एउटा सभामा हुँदा म फेरि पक्राउ परेँ। ती एक दशकअघिदेखिका अफिसरहरू नै थिए। तिनीहरुले मेरो परिचयपत्र फेला पारे र मेरो नाम काढेर बोलाए, “यी दश वर्षमा हामी तेरो घरमा धेरैपटक पुगेका छौँ, तर तँलाई भेटेनौँ, र अहिलेचाहिँ हामीले साँच्‍चै नै शिकार फेला पारेका छौँ। हामी तँलाई यसपटक छोड्नेछैनौँ!” तिनीहरूले त्यसो भन्दै मलाई हतकडी लगाएर प्रहरीको गाडीमा हाले। गाडीमा मैले तीन जना सिस्टरहरूबारे सोचेँ जसलाई पहिला पक्राउ गरेर एक महिनासम्म प्रहरीले क्रूर यातना दिएको थिए। तीमध्ये एक सिस्टरलाई धेरै लामो समयसम्म झुन्डाइएकोले गर्दा उनको देब्रे हातमा स्थायी क्षति पुगेको थियो। त्यो सोचेर मेरो मुटु ढुकढुक भयो। मलाई अपाङ्ग हुने गरी वा मर्ने गरी पिट्लान् भन्‍ने डर थियो। मैले तुरुन्तै हृदयमा परमेश्‍वरलाई पुकारेँ: “हे परमेश्‍वर! कृपया मलाई रक्षा गर्नुहोस् र यो वातावरण पार गर्न मार्गदर्शन गर्नुहोस्। मलाई पिटेर मारे पनि, म कहिल्यै यहूदा हुनेछैनँ।” प्रार्थना गरिसकेपछि मलाई परमेश्‍वरका वचनहरू याद आए: “तँ जान्दछस् कि तेरो वरिपरि वातावरणमा भएका सबै कुराहरू मेरो अनुमतिमा त्यहाँ छन्, सबै मैले नै योजना बनाएको हुँ। स्पष्ट रूपमा हेर र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। यो साँचो कुरा थियो। मेरो जीवन र मृत्यु पूर्णतया परमेश्‍वरको हातमा थियो, र परमेश्‍वरको अनुमतिबिना तिनीहरूले मबाट मेरो जीवन खोस्‍न सक्दैनथे। मैले परीक्षाबाट गुज्रिरहेका अय्यूबलाई सम्झेँ। परमेश्‍वरले शैतानलाई अय्यूबको जीवनमा हानि पुऱ्‍याउन दिनुहुन्‍नथ्यो र शैतान परमेश्‍वरले भन्‍नुभएको कुराको विरुद्धमा जान सक्दैनथ्यो। यस कुराले मेरो हृदयलाई केही शान्त बनायो र मलाई अगाडि जे आइपर्छ त्यसको सामना गर्ने विश्‍वास प्रदान गऱ्यो।

पछि गएर, राष्ट्रिय सुरक्षा ब्रिगेडका प्रमुखले मलाई सोधपुछ गरे। तिनले भने, “यो अहिले हाम्रो शहरको लागि एक प्रमुख र महत्त्वपूर्ण मामिला हो। तँलाई दस वर्षअघि गिरफ्तार गरिएको थियो, र सन् २००९ मा तैँले सुसमाचार प्रचार गर्दै छस् भनेर कसैले रिपोर्ट गरेको थियो। तँलाई गिरफ्तार गर्ने धेरै प्रयासहरू असफल भए। यसपटक, हामीले तँलाई भेला हुने ठाउँमै भेट्टायौँ, त्यसैले तैँले केही भनिनस् भने पनि हामी तँलाई सातदेखि दस वर्षसम्म जेल हाल्न सक्छौँ। तैँले सजाय पाइसकेपछि, तेरा दुई जना बच्‍चाहरूलाई कलेजमा स्वीकार गरिनेछैन र तिनीहरूले कहिले पनि लोक सेवाको जागिर पाउनेछैनन्। अनि तिनीहरूलाई सबैले भेदभाव गर्नेछन् किनभने तिनीहरूको तँजस्तो आमा छ। तिनीहरूको भविष्य बर्बाद भयो भने तैँ दोषी हुनेछस्। तिनीहरूले तँलाई बाँकी जीवनभरि घृणा गर्नेछन्! तैँले आफ्नो बारेमा नसोचे पनि आफ्ना नानीहरूको भविष्यबारे सोँच्। यदि तँ हामीलाई साथ दिन्छस् भने, तँमाथिको अगुवा को हो हामीलाई बता, र हामीलाई चर्चको पैसा दे, हामी तँलाई जान दिनेछौँ।” तिनको त्यो कुरा सुनेर मलाई असाध्यै घृणा जाग्यो। यो कम्युनिष्ट पार्टीले इसाईहरूलाई सताउन कुनै कसर बाँकी छोड्दैन—तिनीहरूले मलाई धम्की दिन, र मण्डली र परमेश्‍वरलाई धोका दिन लगाउन मेरा बच्‍चाहरूको भविष्यलाई समेत प्रयोग गरे, र त्यसपछि मेरो विश्‍वासले गर्दा नानीहरूको भविष्य बर्बाद भइरहेको छ भनेर दाबी गरे। त्यो त तथ्यलाई पूर्णरूपले तोडमोड गरिएको कुरा थियो!

तिनीहरूले त्यस दिन मलाई लगातार बिहान २ बजेसम्म सोधपुछ गरे। मैले कुरा नगर्ने देखेपछि, तिनीहरूले मलाई बन्दीगृहमा पठाए। एक अफिसरले भने, “यसपटक तँलाई सजाय दिइनेछ, अनि जेलसजाय काट्नू!” जेलकोठरी अँध्यारो र ओसिलो थियो। मेरो बाथरोग र बाथग्रस्त मुटुको रोग झन्झन् खराब हुँदै गयो, र हरेक जोर्नीजोर्नी दुख्‍ने गर्थ्यो। म हरेक रात दुई घण्टा निगरानी ड्युटीमा हुन्थेँ, र केहीबेर उभिएपछि मेरो मुटुको धड्कन जोरले ढुकढुक हुन्थ्यो र छाती कस्सिन्थ्यो। यो भयानक स्थिति थियो। मैले सातदेखि दश वर्षसम्म सजाय पाउँछु भनेर अफिसरले भनेको कुराबारे सोचेँ, अनि सात वर्षमा कति दिनहरू हुन्छन्, र त्यसपछि दस वर्षमा कति दिनहरू हुन्छन् भनेर हिसाब गर्न थालेँ। त्यो त हजारौँ दिन र रात हुने रहेछ। मैले त्यो कसरी सहने? के म यहाँबाट जानका लागि बाँचिरहन सक्‍नेछु? यो सोचेर, आँसु रोक्‍न सकिनँ, जुन आँखाबाट झरेर अनुहारमा बगिरह्यो र मेरो हृदय अन्धकारले ढाकेको महसुस भयो। मेरो अवस्था ठीक छैन भन्‍ने मैले महसुस गरेँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, र मेरो हृदयको रक्षा गर्नुहोस् र मलाई यी परिस्थिति थेग्‍न विश्‍वास दिनुहोस् भनी बिन्ती गरेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “यस विशाल संसारमा, को मद्वारा व्यक्तिगत रूपमा जाँच गरिएको छ? कसले व्यक्तिगत रूपमा मेरो आत्माका वचनहरू सुनेको छ? धेरै मानिसहरूले अन्धकारमा छामछुम र खोजी गर्छन्; धेरैले प्रतिकूल परिस्थितिमाझ प्रार्थना गर्छन्; भोका र कठ्याङ्ग्रिएका धेरैले आशाका साथ हेर्छन्; र धेरै जना शैतानद्वारा बन्धित छन्; तैपनि धेरैलाई कतातिर फर्कने थाहा छैन, धेरैले आफ्नो खुसी माझमा मलाई त्याग्छन्, धेरै जना अकृतज्ञ छन्, र धेरै जना शैतानका छली युक्तिहरूप्रति निष्ठावान्‌ छन्‌। तिमीहरूमध्येमा अय्यूब को हो? पत्रुस को हो? किन मैले अय्यूबलाई बारम्बार उल्लेख गरेको छु? किन मैले पत्रुसलाई यति धेरैपटक उल्लेख गरेको छु? के तिमीहरूले तिमीहरूको लागि मेरा आशाहरू के हुन्‌ भनी कहिल्यै निश्‍चित गरेका छौ? तिमीहरूले यस्ता कुराहरूमा मनन‌ गर्न अधिक समय खर्च गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ८)। मैले परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि के बुझेँ भने, परमेश्‍वरले अय्यूब र पत्रुसलाई अनुमोदन गर्नुभयो किनभने तिनीहरूले साँच्‍चै विश्‍वास र समर्पण गरे। अय्यूबले परीक्षाहरू भोगे, आफ्ना सम्पत्ति र छोराछोरी गुमाए, र उनको पुरै शरीर घाउले भरियो, तैपनि तिनले परमेश्‍वरको नामको प्रशंसा गर्न सके र यसो भने, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१), यसले शैतानलाई लज्‍जित तुल्यायो। अनि पत्रुसलाई परमेश्‍वरको लागि क्रूसमा उँधोमुन्टो टाँगियो, तिनी मृत्युसम्मै सानदार गवाही दिँदै आज्ञाकारी बने। मेरो सन्दर्भमा भन्‍नुपर्दा, मैले परमेश्‍वरका वचनहरूबाट यति धेरै मलजल र पोषण पाएकी थिएँ, तर सानो कष्ट आउनेबित्तिकै म भाग्‍न चाहन्थेँ। मेरो विश्‍वास कहाँ थियो? मेरो आज्ञाकारिता कहाँ थियो? म परमेश्‍वरले दिनभएको मापदण्डबाट कोसौँ टाढा थिएँ। मैले आफ्नो जीवनप्रति नै धेरै मरिमेटेँ, कसरी मैले परमेश्‍वरको लागि गवाही दिन सक्थेँ र? यसमा मलाई निकै पछुतो र दोषी महसुस भयो, अनि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर! म आफूलाई तपाईंको हातमा सुम्पन तयार छु। मैले जतिसुकै वर्ष जेलसजाय पाए पनि वा जति नै धेरै दुःख भोगे पनि, म तपाईंको निम्ति गवाहीको रूपमा खडा हुन र शैतानलाई लज्‍जित तुल्याउन चाहन्छु।” अचम्मको कुरा, मैले सबै कुरा अर्पण गरेपछि र गवाहीको रूपमा खडा हुन तयार भएपछि, मलाई रिहा गरियो। पछि मैले के थाहा पाएँ भने, मेरा पूर्व पतिले मेरो कैदले गर्दा हाम्रा बच्‍चाहरूको विश्‍वविद्यालय भर्नामा असर पर्छ भन्‍ने डरले, मेरो रिहाइको लागि कसैलाई घुस दिएका रहेछन्।

मेरो रिहाइको दिन मेरा पूर्वपति मलाई भेट्न गाडी लिएर बन्दीगृहमा आए। मेरो धेरै तौल घटेकोले म अर्कै देखिएकी उनले देखे र मलाई सोधे, “तिमी एकै महिनामा यति पातली भएकी छौ, तिमीले धेरै वर्षको कैद थेग्‍नेथेनौ। यसपटक त तिमीले विश्‍वास गर्न छोड्छौ होला नि, होइन?” मैले जवाफ नदिएपछि उनले मलाई दबाब दिइरहे: “हेर, के तिमी विश्‍वास गर्न छोड्दैनौ?” मैले निकै शान्त भएर उनलाई भनेँ, “म विश्‍वास गरिरहनेछु! विश्‍वास भनेको स्वर्गद्वारा आदेश दिइएको र पृथ्वीद्वारा स्वीकार गरिएको कुरा हो, र म बाँचुन्जेल विश्‍वास गर्नेछु।” मैले यसो भनेको सुनेर उनले रिसले स्टेयरिङ ह्वीलमा हिर्काए, सुस्केरा हाले र टाउको हल्लाए, त्यसपछि चिच्याउँदै भने, “तिम्रो परमेश्‍वरलाई चाहिँ मैले मानेँ! पार्टीले जनताको मन जित्‍न सबै प्रयास गर्छ, तर कहिल्यै सक्दैन, जबकि तिमी विश्‍वासीहरूले चाहिँ कुनै भौतिक लाभविना र धेरैपटक गिरफ्तार भएर पनि विश्‍वास गर्ने ढिपी कस्छौ। तिम्रो परमेश्‍वर साँच्‍चै महान् छ!” मलाई गवाहीको रूपमा खडा हुन मार्गदर्शन गर्नुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ।

घर फर्केको केही दिनपछि मेरो छोरो स्कुलबाट आयो र मलाई गम्भीर हुँदै भन्यो, “आमा, आज तपाईंले निर्णय गर्नुपर्छ। तपाईंले मलाई छोराको रूपमा चाहनुहुन्छ भने, आफ्नो विश्‍वास त्याग्‍नुपर्छ। यदि तपाईं आफ्नो धर्ममा रहनुभयो भने, म घर छोडेर जान्छु र तपाईंले मलाई फेरि कहिल्यै देख्‍नुहुनेछैन।” म स्तब्ध भएँ। मेरो छोरो सधैँ मेरो नजिक थियो र उसले पहिले कहिल्यै मेरो विश्‍वासको विरोध गरेको थिएन। आज उसले किन यसो भनेको? यो साँच्‍चै पीडादायी थियो, अनि विश्‍वासको यो मार्ग साँच्‍चै अप्ठ्यारा र उतार-चढावहरूले भरिएको रहेछ भन्‍ने मलाई लाग्यो। हरेक पाइलामा निर्णय गर्नुपर्ने हुन्छ। यो त असाध्यै गाह्रो निर्णय हो भन्‍ने मलाई लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँको इच्छा बुझ्न मार्गदर्शन मागेँ। प्रार्थना गरिसकेपछि, मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूले मलाई के कुरा बुझ्न मदत गरे भने, मलाई मेरो छोराले निर्णय गर्नू भनेको जस्तो देखिए पनि, वास्तवमा शैतानले मलाई मैले मेरो छोरासँगको पारिवारिक सम्बन्धलाई रोज्छु कि परमेश्‍वरलाई रोज्छु भनेर हेर्न प्रलोभनमा पारिरहेको र आक्रमण गरिरहेको थियो। मैले शैतानलाई लज्‍जित तुल्याउन गवाहीको रूपमा खडा हुनुपर्नेथ्यो। यो सोचेर मैले छोरालाई भनेँ, “म परमेश्‍वरबाट टाढा हुन सक्दिनँ। परमेश्‍वरलाई त्याग्‍ने निर्णय गर्नु भनेको तैँले आज मलाई छोड्ने निर्णय गरेजस्तै हुनेछ। यो अत्यन्तै अनुचित हुनेछ र यसले परमेश्‍वरलाई निराश तुल्याउनेछ। म सधैँ परमेश्‍वरलाई पछ्याउनेछु। मेरो निर्णय त्यही हो!” मेरो कुरा सुनेर ऊ आँसु झार्दै गयो। त्यसबेला म खिन्‍न भएँ, तर मैले सही छनौट गरेकी छु भनेर मलाई थाहा थियो!

करिब आधा घण्टापछि, ऊ फर्केर आयो र मलाई भन्यो, “आमा, म गलत थिएँ। मैले तपाईंलाई त्यो छनौट गर्न दबाब दिनुहुँदैनथ्यो। यदि तपाईं फेरि पक्राउ पर्नुभयो भने, तपाईं कहिल्यै बाहिर निस्कनुहुनेछैन भनेर बुबाले भन्‍नुभयो। तपाईं पक्राउ पर्नुहुन्छ भन्‍ने मलाई डर लागेकोले गर्दा मैले तपाईंलाई आफ्नो विश्‍वास त्याग्‍न लगाउन त्यो युक्ति प्रयोग गर्न चाहेँ।” उसको कुरा सुनेर मलाई परमेश्‍वरविरोधी यो कम्युनिस्ट पार्टी पिशाचप्रति साह्रै घृणा लाग्यो। केवल मैले परमेश्‍वरमा विश्‍वास गरेको कारण, कम्युनिस्ट पार्टीले मलाई गिरफ्तार गऱ्यो र सतायो, मेरो परिवारलाई भताभुङ्ग पारिदियो र मेरा श्रीमान् र नानीहरूलाई यसमा तान्यो। यसले मलाई जति धेरै सताउँछ, उति नै धेरै म यसलाई त्याग्‍नेछु, अनि दृढ इच्छाले परमेश्‍वरलाई पछ्याउनेछु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्यामुक्त हुँदा

सन् २०२१ को सुरुतिर, मैले प्रचारकको रूपमा सेवा गरिहेको थिएँ र मण्डलीको काम रेखदेख गर्न ब्रदर म्याथ्युसँग सहकार्य गर्थेँ। मैले त्यो कर्तव्य...

आफ्‍नो कर्तव्यप्रतिको सही आचरण

त्यसपछि म निकै व्याकुल भएकी थिएँ। मैले यो कुरालाई स्वीकार गर्न सकेकी थिइनँ, विशेष गरी अझै धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्