210 परमेश्‍वरका पाइलाहरू कसरी खोज्ने

पद १

परमेश्‍वरका पाइला खोज्दा बेवास्ता गर्यौ यी वचन,

कि “उहाँ सत्य, मार्ग र जीवन हुनुहुन्छ”।

धेरैले सत्य पाएपनि उहाँका पाइला भेट्टिएको मान्दैनन्,

उहाँ देखा पर्नुभएको स्वीकार्दैनन्,

तिनले गम्भीर भूल गर्छन्।

उहाँ देखा पर्नुभएको कुरा मानिसका

धारणा, इच्छासँग मिल्न सक्तैन।

काममा उहाँका आफ्नै छनोट, लक्ष्य र योजना हुन्छन्।


कोरस

हामीले उहाँका पाइला खोजीरहेकाले,

उहाँका वचन र इच्छा पनि खोज्नु पर्छ।

जहाँ उहाँका नयाँ वचन, त्यहाँ उहाँको आवाज;

जहाँ उहाँका पाइला, त्यहाँ उहाँका काम;

जहाँ उहाँका अभिव्यक्ति, त्यहाँ उहाँ देखा पर्नुहुन्छ;

जहाँ उहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्य, मार्ग र जीवन।


पद २

उहाँलाई आफ्नो कामबारे कसैलाई सूचित वा छलफल गर्न पर्दैन।

अब सबैले चिन्नु पर्ने उहाँको स्वभाव हो यो।

उहाँ देखा पर्नुभएको हेर्न, उहाँका पाइला पछ्याउन

पहिला आफ्नो धारणा पन्छाऊ।

उहाँले यो गर्नुपर्छ भन्ने माग नराख,

तिम्रो धारणाले उहाँलाई सीमित नगर।


ब्रिज

कसरी उहाँका पाइला भेट्टाउन सकिन्छ भनी खोज्नु पर्छ,

उहाँ देखा पर्नुभएको स्वीकार्नुपर्छ, नयाँ काम पालन गर्नुपर्छ।

न मानिस सत्यता हो, न ऊभित्र सत्यता छ

त्यसैले उसले खोजी, स्वीकार र पालन गर्नु पर्छ।


कोरस

हामीले उहाँका पाइला खोजीरहेकाले,

उहाँका वचन र इच्छा पनि खोज्नु पर्छ।

जहाँ उहाँका नयाँ वचन, त्यहाँ उहाँको आवाज;

जहाँ उहाँका पाइला, त्यहाँ उहाँका काम;

जहाँ उहाँका अभिव्यक्ति, त्यहाँ उहाँ देखा पर्नुहुन्छ;

जहाँ उहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्य, मार्ग र जीवन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” बाट परिमार्जित

अघिल्लो: 209 साँचो मार्ग खोज्ने सिद्धान्तहरू

अर्को: 211 आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको र उहाँको काम कसरी थाहा पाउने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्