211 आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको र उहाँको काम कसरी थाहा पाउने
पद १
परमेश्वरको देहधारण उहाँको सार र
अभिव्यक्तिको मूर्तरूप हुनेछ।
देह हुनुभएपछि उहाँले गर्नैपर्ने काम गर्नुहुनेछ,
उहाँ के हुनुहुन्छ व्यक्त गर्नुहुनेछ,
मानिसलाई सत्यता, जीवन दिई मार्ग देखाउनुहुनेछ।
उहाँको सार नभएको देह पक्कै
देहधारी परमेश्वर होइन।
पद २
उहाँको स्वभाव, वचन र कामद्वारा उहाँको
देह र साँचो मार्ग निर्धारण गर।
उहाँको बाहिरी रूपको सट्टा सारमा ध्यान देऊ।
उहाँको बाहिरी रूपमा ध्यान दिनु
अनभिज्ञता, मूर्खता हो।
बाहिरी रूपले सार निर्धारण गर्दैन,
उहाँको काम मानिसका धारणा अनुरूप हुँदैन।
ब्रिज
के येशूको बाहिरी रूप मानिसको
अपेक्षाभन्दा फरक थिएन?
के उहाँको स्वरूपले उहाँको पहिचान लुकाएन?
के त्यसैले फरिसीले विरोध गरेका थिएनन्?
उहाँको रूपमा केन्द्रित भए,
उहाँका वचन स्वीकारेनन्।
पद ३
उहाँ देखा पर्नुहुने घटना
खोज्नेले इतिहास नदोहोर्याउन् भनी उहाँ आश गर्नुहुन्छ।
फरिसीलाई नपछ्याऊ,
उहाँलाई फेरि क्रूसमा नटाँग।
उहाँको पुनरागमनलाई
कसरी स्वागत गर्ने, राम्ररी सोच।
सत्यतामा कसरी समर्पित हुने भनी स्पष्ट होऊ।
येशूको पुनरागमन कुर्ने सबको कर्तव्य हो यो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “प्रस्तावना” बाट परिमार्जित