126 आखिरी दिनहरूको ख्रीष्टले परमेश्‍वरको व्यवस्थापन योजनाको रहस्य प्रकट गर्नुहुन्छ

पद १

आखिरी दिनहरूमा परमेश्‍वरले

६ हजार वर्षे योजना प्रकट गर्नुभयो।

यसले खोल्छ रहस्य।

यो कुनै मानिसले गर्न सक्तैन।

मानिसले बाइबलको

जति नै ज्ञान देखाएपनि,

त्यो शब्दभन्दा बढी रहँदैन

किनकि त्यसको सार ऊ बुझ्दैन।


कोरस

यो ६ हजार वर्षे काम

सबै अगमवाणीभन्दा रहस्यमय छ।

यो सृष्टिको उदयदेखिको

सबैभन्दा ठूलो रहस्य हो।

युगौँदेखिका कुनै अगमवक्ताले

बुझ्न सकेनन्

आखिरी दिनहरूमा मात्रै,

प्रकट गरिएको यो रहस्य।


पद २

बाइबल पढ्दा मानिसले,

केही सत्यता बुझ्ला,

केही शब्द, अध्यायको व्याख्या गर्ला

तर अर्थ बुझ्दैन।

उसले देख्‍ने केवल मृत शब्द हुन्,

नकि येशू र यहोवाको काम।

मानिस आफ्नो कामको

रहस्य पत्ता लगाउन सक्तैन।


ब्रिज

यो छ हजार वर्षे योजना

सबैभन्दा ठूलो रहस्य हो,

मानिसका लागि बुझ्न नसकिने,

गहिरो गरी लुकाइएको।

परमेश्‍वर आफैले नबुझाउनु र

सबैसामु प्रकट नगर्नु भएसम्म

कसैले उहाँको इच्छा बुझ्न सक्तैन,

नत्र ती रहनेछन् रहस्य बनेर।


पूर्व कोरस

धर्मको त परै जाओस्;

यदि यसबारे बताइएको थिएन भने,

तिमीहरूले कहिल्यै थाहा पाउने थिएनौ।


कोरस

यो ६ हजार वर्षे काम

सबै अगमवाणीभन्दा रहस्यमय छ।

यो सृष्टिको उदयदेखिको

सबैभन्दा ठूलो रहस्य हो।

युगौँदेखिका कुनै अगमवक्ताले

बुझ्न सकेनन्

आखिरी दिनहरूमा मात्रै,

प्रकट गरिएको यो रहस्य।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित

अघिल्लो: 120 ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको आखिरी दिनहरूको कामको महत्व

अर्को: 127 परमेश्‍वरले आखिरी दिनहरूमा आफ्नो सम्पूर्ण स्वभाव प्रकट गर्नुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्