242 आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्नु पवित्र आत्माको निन्दा गर्नु हो
पद १
के तँ साँचो मार्ग ठम्याउन सक्छस्?
र ख्रीष्टको विरोध गर्दिन भन्न सक्छस्?
के तँ पवित्र आत्माको काम पछ्याउन सक्छस्?
मसीहलाई नचिन्नेले येशूको विरोध गर्न सक्छन्।
येशूलाई नबुझ्नेले उहाँलाई अस्वीकार,
गाली गर्न र उहाँको
पुनरागमनलाई शैतानको छल देख्न सक्छन्।
येशूको देहमा पुनरागमनलाई निन्दा गर्नेछन्।
पूर्व कोरस १
के यसले भयभीत पार्दैन?
तैँले पवित्र आत्माको निन्दा,
उहाँका वचनको बरबादी, येशूका
वचनको तिरस्कार सामना गर्नेछस्।
कोरस १
यति अन्योलमा छस् भने,
तैँले येशूबाट के पाउँछस्?
तैँले आफ्ना त्रुटि देख्दैनस् भने,
के पुनरागमनमा उहाँको काम बुझ्छस्?
पद २
सत्यता ग्रहण नगर्ने तर
बादलमा येशूलाई कुर्नेहरू
आत्माको निन्दा अवश्य गर्नेछन्।
नष्ट हुनेहरू यी नै हुन्।
तँ येशूको अनुग्रह चाहन्छस्,
मात्र स्वर्गको आनन्द खोज्छस्,
तर उहाँका वचनको पालन गरिनस्
न पुनरागमनमा उहाँको सत्यता ग्रहण गरिस्।
पूर्व कोरस २
के छ तँसँग चढाउनलाई
जब येशू सेतो बादलमा आउनुहुन्छ?
के पटक-पटक पाप गरेर
कबुल गरेको इमानदारीता?
कोरस २
उहाँलाई के बलिदान चढाउँछस्?
के आफूलाई उच्च राख्ने कार्य?
कसरी उहाँले तँलाई विश्वास गर्ने
बनाउँछस्, यति अहङ्कारी,
सबै सत्यताको विरोध गर्ने भई?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ” बाट परिमार्जित