679 मानिसलाई सिद्ध पार्न परमेश्वरको लागि सर्वोत्तम माध्यम शोधन हो
पद १
परमेश्वरको शोधन जति महान् हुन्छ,
मानिसले त्यति नै धेरै उहाँलाई प्रेम गर्छन्।
हृदयमा पीडा हुनु तिनलाई लाभदायक छ।
पूर्व कोरस १
उहाँको सामु शान्त र झन् नजिक हुनेछ्न्।
उहाँको सर्वोच्च प्रेम र मुक्ति देख्न सक्छन्।
कोरस
शोधन मानिसलाई सिद्ध पार्ने उत्तम माध्यम हो।
जाँच र शोधनद्वारा मात्र मानिस उहाँलाई प्रेम गर्न सक्छ।
पद २
पत्रुसलाई शोधन गरियो;
त्यो सैयौँ चोटि भयो।
अय्यूबलाई कैयौँ जाँच गरियो।
तिमीहरू पनि शोधित हुनुपर्छ।
पूर्व कोरस २
तिमीहरूलाई सैयौँ जाँच गरिनैपर्छ
उहाँलाई सन्तुष्ट पार्न र उहाँद्वारा सिद्ध पारिन,
यो पाइलामा भर पर्नैपर्छ।
कोरस
शोधन मानिसलाई सिद्ध पार्ने उत्तम माध्यम हो।
जाँच र शोधनद्वारा मात्र मानिस उहाँलाई प्रेम गर्न सक्छ,
प्रेम गर्न सक्छ।
पद ३
निश्चित बिन्दुसम्म शोधन गरिएपछि,
आफ्नो कमजोरी र समस्या देख्नेछौ।
अभावमा छौ र समस्या सुल्झाउन
सक्तैनौ भनी देख्नेछौ।
पूर्व कोरस ३
आफ्नो अनाज्ञाकारिता देख्नेछौ,
जाँचले साँचो स्थिति देखाउनेछन्,
सिद्ध पारिन सक्षम बनाउनेछन्।
कोरस
शोधन मानिसलाई सिद्ध पार्ने उत्तम माध्यम हो।
जाँच र शोधनद्वारा मात्र मानिस उहाँलाई प्रेम गर्न सक्छ।
ब्रिज
कठिनाइ बिना मानिसमा उहाँप्रतिको
साँचो प्रेमको कमी हुनेछ।
तिनलाई भित्री रूपमा जाँचिएन र शोधन गरिएन भने,
तिनका हृदय सधैँ बाहिर तैरिनेछन्।
कोरस
शोधन मानिसलाई सिद्ध पार्ने उत्तम माध्यम हो।
जाँच र शोधनद्वारा मात्र मानिस उहाँलाई प्रेम गर्न सक्छ,
हो, उहाँलाई प्रेम गर्न सक्छ, प्रेम गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट परिमार्जित