680 शोधनको पीडाद्वारा मात्रै मानिसको प्रेम शुद्ध हुन्छ

पद १

जीवनकालमा, पत्रुसले सैयौँ

कष्टपूर्ण जाँच भोगे।

यो शोधन परमेश्‍वरप्रति उनको

सर्वोच्च प्रेमको जग र

जीवनको सबभन्दा महत्वपूर्ण अनुभव थियो।

उहाँप्रति उनको प्रेम उनको संकल्प,

शोधन र कष्टको कारण थियो।


ब्रिज १

यस्तो कष्ट, उनको लागि परमेश्‍वरलाई प्रेम गर्ने

मार्गर्दर्शक र सबभन्दा स्मरणीय कुरा थियो।


कोरस १

यदि मानिस, उहाँलाई प्रेम गर्दा,

शोधनको पीडाबाट जाँदैनन् भने,

तिनको प्रेम अशुद्धताले र

प्राथमिकताले भरिएको हुन्छ।

यदि मानिस, उहाँलाई प्रेम गर्दा,

शोधनको पीडाबाट जाँदैनन् भने,

प्रेम शैतानका विचारले भरिएको हुन्छ

उहाँको इच्छालाई सन्तुष्ट गर्न सक्तैन।


पद २

उहाँलाई प्रेम गर्ने संकल्प गर्नु, साँच्चै प्रेम गर्नु झैँ होइन।

कसैले उहाँलाई प्रेम, सन्तुष्ट गर्ने कुरा मात्र सोच्ला,

मानौँ यो मानवीय विचार रहित र पूरै उहाँको लागि हो।

तर उहाँ सामु, यी सबलाई प्रशंसा वा आशिषित गर्न सकिँदैन।


ब्रिज २

कसैले सब सत्यता जाने र बुझे पनि,

यो उहाँलाई साँच्चै प्रेम गरेको सङ्केत होइन।


कोरस २

मानिसले शोधन बिना धेरै सत्यता बुझेको भए पनि,

यी सत्यतालाई व्यवहारमा लागू गर्न सक्तैनन्।

शोधन गरिँदा मात्र मानिसले यी सत्यताका वास्तविक र गहन अर्थ,

अनुभवद्वारा बुझ्न सक्छन्।


पद ३

त्यस बेला उहाँको इच्छाअनुसार

सत्यता अभ्यास गर्न सक्छन्।

तब तिनका मानवीय विचार र

भ्रष्टता कम हुनेछन्।

र त्यस बेला तिनका

मानवीय भावना पनि कम हुनेछन्।

तब मात्र तिनको सब कार्यले उहाँप्रतिको प्रेम साँच्चै व्यक्त गर्छ।


कोरस ३

उहाँलाई प्रेम गर्ने सत्यताले

मौखिक ज्ञान, इच्छा वा बुझाइबाट

फल प्राप्त गर्दैन, तर मूल्य माग गर्छ।

यसको लागि मानिसले शोधनमा धेरै कष्ट भोग्नुपर्छ।

तब उसको प्रेम शुद्ध हुनेछ र

उहाँको हृदयलाई सन्तुष्ट पार्नेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट परिमार्जित

अघिल्लो: 679 मानिसलाई सिद्ध पार्न परमेश्‍वरको लागि सर्वोत्तम माध्यम शोधन हो

अर्को: 682 परमेश्‍वरले धेरै तरिकाले मानिसलाई सिद्ध पार्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्