494 परमेश्‍वरका वचनहरू अभ्यास गरेर मात्र वास्तविकता आउँछ

पद १

परमेश्‍वर काम र वचनले तिमीहरूको

स्वभाव बदल्न चाहनुहुन्छ।

उहाँको लक्ष्य तिमीहरूले बुझ भनी मात्र होइन।

मानिसले सब सत्यता विस्तृत रूपमा

अनुभव, अन्वेषण र खोजी गर्नैपर्छ।

यदि मानिसले उहाँको वचन जाने तर अभ्यास गरेनन् भने,

तिनले सत्यता प्रेम गर्दैनन् र अन्त्यमा निकालिनेछन्।

पत्रुस झैँ बन्न, वचन अभ्यास गर्नुपर्छ,

साँचो प्रवेश हुनुपर्छ, अन्तर्दृष्टि पाउनुपर्छ।

यसले जीवनलाई मद्दत गर्नेछ।


कोरस

उहाँमा विश्‍वास गर्ने प्रक्रिया भनेको

उहाँका वचन अनुभव गर्ने, उहाँद्वारा लिइने प्रक्रिया हो।

विश्‍वास गर्नु भनेको वचन जान्नु, बुझ्नु, अनुभव गर्नु

र जिउनु हो। यो विश्‍वासको वास्तविकता हो।


पद २

उहाँका वचन पढेका छौ तर

पाठको अर्थ मात्र जान्दछौ र

वास्तविक अनुभव छैन भने,

उहाँको वचन बुझ्नेछैनौ।

तिम्रो लागि वचन जीवन होइनन्, निर्जीव अक्षर हुन्।

वचनको सार बुझ्नेछैनौ, उहाँको इच्छा जान्नेछैनौ।

जीवनमा उहाँको वचन अनुभव गर्दा मात्र

आत्मिक अर्थ तिम्रो लागि खुल्नेछन्।

अनुभवमा मात्र धेरै सत्यताको आत्मिक अर्थ बोध गर्न

र उहाँको वचनको रहस्य खोल्न सक्नेछौ।


ब्रिज

तर वचन अभ्यास नगरेमा,

त्यो जतिसुकै स्पष्ट भए पनि,

रित्तो अक्षर र सिद्धान्त मात्र बोध गर्नेछौ,

जुन धार्मिक नियम भइसकेका हुनेछन्।

के फरिसीहरूले गरेको त्यही नै होइन?

उहाँमा विश्‍वास र अनन्त जीवनको आशा गर्छौ,

तर उहाँको वचन अभ्यास गर्दैनौ भने, साँच्चै मूर्ख छौ।


कोरस

उहाँमा विश्‍वास गर्ने प्रक्रिया भनेको

उहाँका वचन अनुभव गर्ने, उहाँद्वारा लिइने प्रक्रिया हो।

विश्‍वास गर्नु भनेको वचन जान्नु, बुझ्नु, अनुभव गर्नु

र जिउनु हो। यो विश्‍वासको वास्तविकता हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 493 के तिमी परमेश्‍वरको आनन्दको लागि फल बन्न चाहन्छौ?

अर्को: 496 जीवनमा अझ प्रगति गर्न थप सत्यताको अभ्यास गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्