493 के तिमी परमेश्वरको आनन्दको लागि फल बन्न चाहन्छौ?
पद १
परमेश्वरका मानिसहरू शैतानका
युक्तिबाट जोगिनैपर्छ,
उहाँको घरको रक्षा, अरूलाई सहयोग गर्नैपर्छ।
ताकि शैतानको पासो र पछुतोबाट बच्न सक।
किन हतारसाथ तिमीहरूलाई तालिम दिनुहुन्छ थाहा छ?
पूर्व कोरस १
किन आत्मिक संसारको तथ्यहरू बताउनुहुन्छ?
किन उहाँले बारम्बार सम्झाइ सल्लाह दिनुहुन्छ?
यसलाई कहिल्यै विचार गरेका छौ?
के तिमी बुझ्दछौ?
कोरस
विगतको आधारमा थप अनुभवी हुनैपर्छ,
वचनको अगुवाइले अशुद्धता हटाउनैपर्छ।
वचनलाई तिम्रो आत्मा भित्र गहिरो जरा लिन,
फुल्न र सबैभन्दा बढि फल फलाउन देऊ।
पद २
चहकिला फूल होइन, तर कहिल्यै
नबिग्रिने फल चाहनुहुन्छ।
हरित गृहका फूल ताराझैँ असंख्य होलान्,
तर ओइलिएपछि, कसैले चासो गर्दैनन्।
ती शैतानका युक्ति जस्तै टुक्रिन्छन्।
पूर्व कोरस २
जो घाम र हावा सही उहाँको गवाही दिन्छन्,
ती सुन्दर नभए पनि,
ओइलाएपछि फल फलाउनेछन्।
किनभने उहाँले चाहनुहुने तिनको फल हो।
जब उहाँ यी वचन बोल्नुहुन्छ, कति बुझ्छौ?
कोरस
विगतको आधारमा थप अनुभवी हुनैपर्छ,
वचनको अगुवाइले अशुद्धता हटाउनैपर्छ।
वचनलाई तिम्रो आत्मा भित्र गहिरो जरा लिन,
फुल्न र सबैभन्दा बढि फल फलाउन देऊ।
अन्त्य
जब फूल ओइलाउँछन् र उहाँको आनन्दको लागि फल फलाउँछन्,
पृथ्वीमा उहाँको काम पूरा हुनेछ,
र उहाँले आफ्नो बुद्धिको फलमा आनन्द लिनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय ३” बाट परिमार्जित