388 सत्यता अभ्यास गर्नु नै परमेश्वरमा विश्वास गर्ने चाबी हो
कोरस
परमेश्वरप्रति विश्वासको चाबी
सत्यताको अभ्यास, उहाँको
इच्छाको वास्ता गर्नु हो।
उहाँ देहमा आउनुहुँदा
गर्नुहुने काम जान्नु हो;
उहाँको वचनका सिद्धान्त जान्नु हो।
भीडलाई नपछ्याऊ।
तिम्रो प्रवेशमा सिद्धान्त राख,
तिनलाई पक्रि राख।
पद १
उहाँमा विश्वास गर्नु र उहाँबारे ज्ञान
खोज्नु चानचुने कुरा होइन।
भेला भएर, उपदेश सुनेर मात्र
यो प्राप्त गर्न सकिन्न।
जोशले मात्र सिद्ध पारिन सकिन्न।
अनुभव, ज्ञान पाउनैपर्छ,
सबथोकमा सैद्धान्तिक हुनैपर्छ,
पवित्र आत्माको काम पाउनैपर्छ,
पवित्र आत्माको काम पाउनैपर्छ,
पवित्र आत्माको काम पाउनैपर्छ।
कोरस
परमेश्वरप्रति विश्वासको चाबी
सत्यताको अभ्यास, उहाँको
इच्छाको वास्ता गर्नु हो।
उहाँ देहमा आउनुहुँदा
गर्नुहुने काम जान्नु हो;
उहाँको वचनका सिद्धान्त जान्नु हो।
भीडलाई नपछ्याऊ।
तिम्रो प्रवेशमा सिद्धान्त राख,
तिनलाई पक्रि राख।
पद २
अनुभवहरू पाएपछि,
धेरै कुरा छुट्ट्याउन सक्छौ—
असल-खराब, धार्मिकता र दुष्टता,
देह र रगतको के हो, सत्यताको के हो।
यी सबको बीच भेद गर्न
तिमी सक्षम हुनुपर्छ,
ताकि जे भए पनि, हराउनेछैनौ।
तिम्रो साँचो कद यही हो।
तिम्रो साँचो कद यही हो।
तिम्रो साँचो कद यही हो।
कोरस
परमेश्वरप्रति विश्वासको चाबी
सत्यताको अभ्यास, उहाँको
इच्छाको वास्ता गर्नु हो।
उहाँ देहमा आउनुहुँदा
गर्नुहुने काम जान्नु हो;
उहाँको वचनका सिद्धान्त जान्नु हो।
भीडलाई नपछ्याऊ।
तिम्रो प्रवेशमा सिद्धान्त राख,
तिनलाई पक्रि राख।
अन्त्य
तिमी भित्रका उहाँको अन्तर्दृष्टिलाई
दृढ रूपमा पक्रि राख;
यसले तिमीलाई निकै मद्दत गर्छ।
नत्र आज दायाँ जानेछौ, भोलि बायाँ,
र कहिल्यै वास्तविक कुरा पाउनेछैनौ।
जीवनलाई कहिल्यै लाभ हुनेछैन।
सत्यता अभ्यास गर,
परमेश्वरमा विश्वासको चाबी यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्” बाट परिमार्जित