251 परमेश्वरको देखा पराइलाई सीमित गर्न कल्पनामा भर नपर
पद १
कुनै सीमा छैन जब आफ्नो योजना
पूरा गर्न परमेश्वर देखा पर्नुहुन्छ।
जसरी यहूदीयामा उहाँ देहधारी हुनुभई,
क्रुसिकरणद्वारा मानवको उद्धार गर्नुभयो।
पद २
तैपनी यहूदीहरूले यसलाई असम्भव ठाने,
उहाँ देहधारी भई येशूको रूप लिन सक्नुहुन्न।
त्यही “असम्भव” विचारको आधारमै परमेश्वरलाई
निन्दा गरे जसले इस्राएलको विनाश ल्यायो।
पूर्व कोरस १
आज पनि धेरैले उस्तै गल्ती दोहोर्याउछन्,
उहाँ देखा पर्नुहुन्छ भन्छन्,
फेरी तुरुन्तै निन्दा गर्छन्, त्यसैले उहाँको देखा पराइ
उनीहरूको कल्पनामा सिमित छ।
कोरस
जहाँ उहाँ देखा पर्नुहुन्छ, त्यहाँ उहाँको आवाज
हुनेछ, सत्य व्यक्त हुनेछ।
सत्यलाई स्वीकार गर्नेहरुले मात्र सुन्नेछन्, उहाँलाई देख्न सक्नेछन्।
पद ३
धेरैले उहाँको वचनलाई हाँसोमा उडाउँछन्,
के यो यहूदीहरूको निन्दा भन्दा फरक छ?
तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौं,
तृष्णा नराखी, अध्य्यन गरी पर्खि बस्छौ।
पूर्व कोरस २
यसरी अध्य्यन गरी पर्खि बसि के पाउँछौ?
परमेश्वरको मार्गदर्शन पाउँछौ भनी सोच्छौ?
उहाँको वाणी छुट्याउन नसक्ने भए,
उहाँको देखा पराइको साक्षी दिन के योग्य छौ?
कोरस
जहाँ उहाँ देखा पर्नुहुन्छ, त्यहाँ उहाँको आवाज
हुनेछ, सत्य व्यक्त हुनेछ।
सत्यलाई स्वीकार गर्नेहरुले मात्र सुन्नेछन्, उहाँलाई देख्न सक्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परिशिष्ट १: परमेश्वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” बाट परिमार्जित