823 परमेश्वरको कार्यहरू जानेर मात्र मानिसले उहाँको साँचो गवाही दिन सक्छ
पद १
परमेश्वरले सृष्टि गर्नुभएको
सब थोकमा उहाँका कार्य देख्न नसकेमा,
तिनको गवाही दिन सक्तैनौ।
उहाँको गवाही दिन सक्तैनौ तर
तिमीले चिन्ने सानो परमेश्वरबारे बोल्छौ,
जो तिम्रा विचारमा सीमित हुनुहुन्छ,
जो तिम्रो मनमा मात्र हुनुहुन्छ, भने
उहाँले तिम्रो विश्वास स्विकार्नु हुनेछैन।
कोरस
एकमात्र साँचो परमेश्वरको साँचो गवाही दिन चाहेमा,
र उहाँको इच्छाको अनुरूप गवाही दिन चाहेमा,
उहाँका कार्यबाट उहाँलाई जान्नैपर्छ,
सब थोक माथिको नियन्त्रणमा उहाँको अख्तियार देख्नैपर्छ,
र सबै मानिसको निम्ति गर्नुहुने आपूर्तिको तथ्य देख्नैपर्छ।
पद २
यदि यो कुराको मात्रै गवाही दिन्छौ
कि उहाँ तिमीलाई के दिनुहुन्छ,
कसरी उहाँका अनुग्रहको आनन्द लिन्छौ,
कसरी उहाँको अनुशासन र ताडना स्विकार्छौ,
भने यसले उहाँलाई सन्तुष्ट गर्ने नै छैन।
कोरस
एकमात्र साँचो परमेश्वरको साँचो गवाही दिन चाहेमा,
र उहाँको इच्छाको अनुरूप गवाही दिन चाहेमा,
उहाँका कार्यबाट उहाँलाई जान्नैपर्छ,
सब थोक माथिको नियन्त्रणमा उहाँको अख्तियार देख्नैपर्छ,
र सबै मानिसको निम्ति गर्नुहुने आपूर्तिको तथ्य देख्नैपर्छ।
अन्त्य
यदि यो स्विकार्छौ कि
तिम्रो दैनिक आवश्यकताहरू
प्रत्यक्ष उहाँबाटै आउँछ,
तर यो तथ्य देख्न सक्तैनौ—
कि सृजित सब थोकद्वारा
उहाँ मानिसको आपूर्ति गर्नुहुन्छ,
सबथोकमा आफ्नो शासनद्वारा
मानिसलाई अगुवाइ गर्नुहुन्छ—
भने कहिल्यै उहाँको गवाही दिन सक्तैनौ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय ९” बाट परिमार्जित