750 अय्यूबले परमेश्वरको स्वीकृति जित्नुका कारणहरू
पद १
अय्यूबले परमेश्वरको अनुहार देखेका, वचन सुनेका र
व्यक्तिगत रूपमा काम अनुभव गरेकै थिएनन्।
तैपनि उनको उहाँप्रतिको डर, जाँचमा गवाही,
सबले सराहना गर्छन् र उहाँले स्वीकृत गर्नुहुन्छ।
पद २
उनको जीवन महान् थिएन; साधारण मानिस थिए।
दिनभर काम, रातमा आराम गर्थे; जीवन साधारण थियो।
फरक भनेको उनले, उहाँको मार्ग, शक्ति र
सार्वभौमिकताको अन्तर्दृष्टि पाए।
कोरस
अरूले भन्दा अय्यूबले यी कुरा पाउनुको
पहिलो कारण,
उनको हृदय उहाँको स्वामित्व, नेतृत्वमा थियो।
दोस्रो कारण: उनले सिद्ध हुन, दुष्टताबाट
अलग बस्न, स्वर्गको इच्छा पालन गर्न खोजे।
पद ३
प्रतिभावान जन्मिएनन् , न त बलियो, दृढ जीवन थियो,
अय्यूबसँग लुकेका, विशेष सीप थिएनन् तर उनमा
अधिकांशमा नपाइने इमानदारी, दयालु हृदय,
निस्पक्ष कुरा र धार्मिकताप्रति प्रेम थियो।
ब्रिज
प्रेम र घृणा बीचको रेखा देखे,
अटल, दृढ, नैसर्गिक रूपमा न्यायी थिए,
सोचाइमा अतिसावधान थिए।
पद ४
तसर्थ सामान्य जीवनमा, अय्यूबले उहाँको
पवित्रता, चमत्कार, महानता, धार्मिकता, दयालुपन,
सम्मान, सर्वोच्च अख्तियार, र कसरी
मानिसलाई सुरक्षा दिनुभयो भनी देखे।
कोरस
अरूले भन्दा अय्यूबले यी कुरा पाउनुको
पहिलो कारण,
उनको हृदय उहाँको स्वामित्व, नेतृत्वमा थियो।
दोस्रो कारण: उनले सिद्ध हुन, दुष्टताबाट
अलग बस्न, स्वर्गको इच्छा पालन गर्न खोजे।
अन्त्य
मानिसमा अय्यूब झैँ मानवत्व, पछ्याइ भएमा,
अय्यूबको झैँ अनुभूति पाउन सक्छन्,
उनीसँग भएको झैँ उहाँको सर्वव्यापी
सार्वभौमिकताको समझ र ज्ञान पाउन सक्छन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट परिमार्जित