749 परमेश्वरका आशिषहरूप्रति अय्यूबको मनोभाव
पद १
अय्यूबले विश्वास गरे, कि तिनका सबथोक
परमेश्वरबाट आयो, न कि आफ्नै परिश्रमबाट।
आशिषलाई फाइदा उठाउने चिजको रूपमा हेरेनन्।
तर जिउने मार्गदर्शकको रूपमा राख्नु पर्ने
मार्गलाई पक्रिरहे।
कोरस
परमेश्वरले आशिष् दिनुभएकोमा
अय्यूब कहिल्यै अति उत्तेजित भई हर्षित भएनन्,
न त बारम्बार आशिष् पाएकोमा
उहाँको मार्ग बेवास्ता गरे वा उहाँको अनुग्रह बिर्से।
पद २
धन्यवाद दिँदै तिनले उहाँका आशिष् कदर गरे।
तर तिनमा लिप्त भएनन्, अझै बढी खोजेनन्।
आशिष् पाउनकै निम्ति केही गरेनन्,
आशिष् कमी होला वा गुमाउनुपर्ला भनेर चिन्ता गरेनन्।
कोरस
परमेश्वरले आशिष् दिनुभएकोमा
अय्यूब कहिल्यै अति उत्तेजित भई हर्षित भएनन्,
न त बारम्बार आशिष् पाएकोमा
उहाँको मार्ग बेवास्ता गरे वा उहाँको अनुग्रह बिर्से।
परमेश्वरले आशिष् दिनुभएकोमा
अय्यूब कहिल्यै अति उत्तेजित भई हर्षित भएनन्,
न त बारम्बार आशिष् पाएकोमा
उहाँको मार्ग बेवास्ता गरे वा उहाँको अनुग्रह बिर्से।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट परिमार्जित