हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

भ्रष्ट मानवजातिले ख्याति र हैसियतलाई प्रेम गर्छ। तिनीहरू सबै नै शक्तिको पछि लाग्छन्। तिमीहरू, जो अहिले अगुवा र सेवकहरू हौ, के तिमीहरूलाई आफ्नो पद वा दर्जाद्वारा आफूले आफ्ना कार्यहरूमा प्रभाव पारेको अनुभूति हुँदैन? सबै ख्रीष्टविरोधी र झूटा अगुवाहरूले पनि त्यसै गर्छन्, तिनीहरूले आफूहरू परमेश्‍वरको घरका अधिकारीहरू भएको, आफूहरू अरूभन्दा माथिल्लो स्तरको र वरिष्ठ भएको अनुभूति गर्छन्। यदि तिनीहरूसँग आधिकारिक पद र दर्जाहरू नभएको भए, तिनीहरूले आफ्नो कर्तव्य निभाउन कुनै बोझ लिने थिएनन्, र तिनीहरू आफ्नो काममा गम्भीरतासाथ लाग्‍ने थिएनन्। अगुवा वा सेवक हुनुलाई सबैले अधिकारी हुनुसरह मान्छन्, र सबैजना अधिकारीका रूपमा काम गर्न इच्छा गर्छन्। सकारात्मक तरिकाले देखाउँदा, हामी यसलाई जीवनवृत्ति पछ्याउनु भन्छौँ—तर नकारात्मक तरिकाले देखाउँदा, यसलाई आफ्नै उद्यममा संलग्‍न हुनु भनिन्छ। यसो गर्नु भनेको व्यक्तिको आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि एउटा स्वतन्त्र राज्य खडा गर्नु हो। अन्त्यमा, हैसियत हुनु राम्रो कुरा हो कि नराम्रो? मानिसहरूका दृष्टिमा, यो राम्रो कुरा हो। जब तँसँग कुनै आधिकारिक पद हुन्छ, तब बोली र कार्यको अर्थ नै फरक हुन्छ। तेरा शब्दहरूमा शक्ति हुन्छ, र मानिसहरूले तेरा कुरामा ध्यान दिन्छन्। तिनीहरूले तेरो चाप्लुसी गर्नेछन्, तेरो जयजयकार गर्दै तेरो पछि लाग्‍नेछन् र पछाडिबाट तँलाई ढाडस दिनेछन्। तर तँसँग हैसियत र पद छैन भने, तिनीहरू तेरो कुरा सुन्‍नेछैनन्। तैँले बोलेको कुरा साँचो, राम्रो अर्थले भरिपूर्ण, र मानिसहरूका लागि लाभदायक रहेछ भने पनि कसैले तँप्रति ध्यान दिनेछैन। यसले के देखाउँछ? मानिसहरू सबैले हैसियतलाई पूज्छन्। तिनीहरू सबैमा महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्छन्। तिनीहरू सबैले आफूलाई अरूले पूजून् भन्‍ने चाहन्छन् र हैसियतका स्थानमा रहेर मामिलाहरू सम्हाल्न रुचाउँछन्। के मान्छेले हैसियतको स्थानबाट राम्रो कुरा हासिल गर्न सक्छ? के तिनीहरूले मानिसहरूका लागि कुनै लाभदायक काम गर्न सक्छन्? त्यो कुरा निश्‍चित छैन। त्यो कुरा तैँले कुन मार्ग लिन्छस् र हैसियतलाई कुन रूपमा हेर्छस् भन्‍नेमा भर पर्छ। यदि तँ सत्यता खोजी गर्दैनस्, तर सधैँ मानिसहरूको कृपा प्राप्त गर्न, र सधैँ आफ्‍नै अभिलाषा र इच्छाहरू सन्तुष्ट पार्न, र हैसियतसम्‍बन्धी आफ्‍नै तृष्णा मेटाउन चाहन्छस् भने, तँ ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेको छस्। के ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने व्यक्ति आफ्नो सत्यता पछ्याइ र कर्तव्य गराइमा सत्यताअनुरूप हुन सक्छ? कदापि सक्दैन। यस्तो किन हुन्छ भने व्यक्तिले रोज्ने मार्गले नै सबथोक निर्धारित गर्छ। यदि कसैले गलत मार्ग रोज्छ भने, उसको प्रयास, उसको कर्तव्य गराइ, र उसको खोज सबका सब सत्यतासँग कहीँकतै कदापि मिल्दै मिल्दैनन्। ती कुराहरूमा सत्यतासँग नमिल्‍ने के कुरा हुन्छ? तिनीहरू आफ्ना कार्यहरूमा के कुराको पछि लागिरहेका हुन्छन्? (हैसियत।) हैसियतको खातिर कामकुराहरू गर्ने सबै मानिसहरूले के कुरा प्रकट गर्छन्? कतिपयले भन्‍छन्, “तिनीहरूले सधैँ शब्दहरू र धर्मसिद्धान्तहरू बोल्छन्, तिनीहरूले कहिल्यै पनि सत्यता वास्तविकताबारे सङ्गति गर्दैनन्, तिनीहरूले सधैँ रबाफ देखाउँछन्, तिनीहरूले सधैँ आफ्‍नै खातिर बोल्छन्, र तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको बढाइ गर्ने वा परमेश्‍वरको साक्षी दिने गर्दैनन्। जो मान्छेमा यस्ता कुराहरू प्रकट हुन्छन् तिनीहरू हैसियतको खातिर काम गर्छन्।” के यो सही हो? (हो।) तिनीहरूले किन शब्दहरू र धर्मसिद्धान्तहरू बोल्छन् र रबाफ देखाउँछन्? किन तिनीहरूले परमेश्‍वरको बढाइ गर्ने र परमेश्‍वरको साक्षी दिने गर्दैनन्? किनभने तिनीहरूका हृदयमा हैसियत अनि तिनीहरूको ख्याति र प्राप्ति मात्रै हुन्छ—परमेश्‍वर त हुँदै हुनुहुन्‍न। त्यस्ता मानिसहरूले हैसियत र अख्‍तियारलाई विशेष आदर्श मान्छन्, तिनीहरूका लागि तिनीहरूको ख्याति र प्राप्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तिनीहरूको ख्याति, प्राप्ति र हैसियत तिनीहरूको जीवन बनेको हुन्छ। तिनीहरूका हृदयमा परमेश्‍वरको उपस्थिति हुँदैन, तिनीहरूले परमेश्‍वरको डर मान्दैनन्, तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्ने कुरा त परै जाओस्; तिनीहरूले आफैलाई उचाल्‍ने, आफ्नै साक्षी दिने, र अरूबाट सम्‍मान पाउन आफ्‍नो प्रदर्शन गर्ने मात्रै गर्छन्। त्यसैले, तिनीहरूले सधैँ तिनीहरूले केके गरे, तिनीहरूले कति कष्ट भोगे, तिनीहरूले परमेश्‍वरलाई कति सन्तुष्ट पारे, र काटछाँटमा गर्दा तिनीहरू कति सहनशील थिए भन्‍नेबारे बारम्‍बार धाक लगाउँछन्, र यो सबैको उद्देश्य मानिसहरूको सहानुभूति र आदर पाउनु मात्र हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूजस्तै प्रकारका मानिसहरू हुन्, तिनीहरू पावलको बाटो हिँड्छन्। अनि, तिनीहरूको अन्तिम नतिजा के हुन्छ? (तिनीहरू ख्रीष्टविरोधीहरू बन्छन् र तिनीहरूलाई हटाइनेछ।) के यी मानिसहरूलाई यस्तो परिणाम आउँदै छ भन्‍ने थाहा हुन्छ? (थाहा हुन्छ।) थाहा हुन्छ? यदि तिनीहरूलाई थाहा हुन्छ भने, तिनीहरू किन त्यसो गरिरहन्छन्? खासमा, तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू आफ्ना कार्यहरू राम्रा र सही छन् भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू आफूले गर्ने कुन कुराहरू परमेश्‍वरको प्रतिरोधी छन् वा परमेश्‍वरका लागि अप्रिय छन्, वा तिनीहरूले गर्ने कुन कुराहरूमा आफ्नो अभिप्राय लुकेको छ, वा आफू कुन मार्ग हिँडिरहेको छु भनेर पत्ता लगाउन आफैलाई जाँच्दैनन्। यी कुराहरू तिनीहरूका जाँचमा कहिल्यै पर्दैनन्।

अगुवा र सेवकहरूका रूपमा, के तिमीहरूले यी प्रश्‍नहरूबारे कहिल्यै विचार गरेका छौ: परमेश्‍वरले मलाई सुम्पेको आज्ञा एउटा विशेष आज्ञा हो, यो कुनै सामान्य अनुयायीको सामान्य कर्तव्य होइन। यस कर्तव्यमा विशेष जिम्मेवारी पर्छ र यसको विशेष महत्त्व छ। त्यसैले, यो विशेष कर्तव्य निर्वाह गर्दा र यो जिम्मेवारी बोक्दा, परमेश्‍वरका अभिप्रायहरूबमोजिम हुन, वा कम्तीमा परमेश्‍वरको तिरस्कारबाट जोगिन मैले कुन मार्ग लिनुपर्छ? ख्रीष्टविरोधीहरूका मार्ग हिँडेपछि परमेश्‍वरद्वारा सिद्ध पारिन र ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्नबाट जोगिएर हटाइनका लागि मैले कसरी खोजी गर्नुपर्छ? के तिमीहरूले यी प्रश्‍नहरूबारे कहिल्यै विचार गरेका छौ? (मैले अगुवाका रूपमा पहिलोपटक सेवा गर्दैखेरि परमेश्‍वरले मलाई उच्च पार्नुभएजस्तो अनुभूति भयो। मैले सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ भन्‍ने कुरा थाहा पाएको भए पनि, मेरो अहङ्कारी प्रकृतिको कारण, मैले कहिल्यै पनि ख्याति र हैसियत नपछ्याई बस्‍न सकिनँ। यो कुरा थाहा पाएपछि, मैले परमेश्‍वरलाई प्रार्थना गर्न र समाधान पत्ता लगाउनका लागि उहाँका वचनहरूका सान्दर्भिक खण्डहरू भेट्टाउन सकेँ। त्यसबेला मैले आफ्नो व्यवहारलाई केही हदसम्म सुल्ट्याउन सकेँ, तर यो अवस्था भविष्यमा बारम्बार आउनेवाला थियो, र मैले हृदयमा आफूलाई घृणा गरे पनि, यो समस्या पूर्णतया हटाउन कठिन थियो।) तँ आफ्नो सोच र विचारहरू नियन्त्रण गर्न सक्दैनस्, र त्यसै गरी प्रतिष्ठा र हैसियत पछ्याउने तेरो महत्त्वाकाङ्क्षा र चाहना पनि तेरो नियन्त्रणबाहिर छ। भ्रष्ट स्वभावले तेरो हृदयमा जरा गाडेको छ भन्‍ने प्रमाण यही हो। यो क्षणिक मनस्थिति वा पलभरको भावना होइन, न त यो अरूले तँमाथि थोपरेको कुरा नै हो। यो कुरा तँलाई अरू कसैले सिकाउनै पर्दैन; यो त तेरो सोचको स्वाभाविक झुकाव र तेरो कार्यको स्वाभाविक दिशा हो। यो तेरो प्रकृति हो। व्यक्तिका प्रकृतिमा अन्तर्निहित रहेका कुराहरू नै परिवर्तन गर्न सबैभन्दा कम सम्भव हुने कुराहरू हुन्। त्यसकारण, आफ्नो शैतानी स्वभावमार्फत हैसियत प्राप्त गरेपछि, मानिसहरू खतरामा हुन्छन्। त्यसोभए, के गरिनुपर्छ? के तिनीहरूसँग पछ्याउने कुनै मार्ग हुँदैन? त्यस्तो खतरनाक परिस्थितिमा परिसकेपछि, के तिनीहरूका लागि फर्कने कुनै उपाय हुँदैन? मलाई बताओ त, भ्रष्ट मानिसहरू जोसुकै भए पनि, के हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्दैनन् र? के यो निरपेक्ष कुरा हो? (यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछन्, तर तिनीहरूले सत्यताको खोजी गर्छन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछैनन्।) यो पूर्ण रूपमा सही छ: यदि मानिसहरू सत्यताको पछि लाग्दैनन् भने, तिनीहरू निश्‍चित रूपमा ख्रीष्टविरोधीहरू हुनेछन्। के ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने सबैले हैसियतका निम्ति यसै गर्छन्? होइन, यो मुख्य रूपले तिनीहरूमा सत्यताप्रति प्रेम नभएकोले, तिनीहरू सही मानिसहरू नभएकोले गर्दा हो। चाहे तिनीहरूको हैसियत होस् वा नहोस्, सत्यको पछि नलाग्‍नेहरू सबै ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्छन्। जतिसुकै प्रवचनहरू सुने पनि त्यस्ता मानिसहरूले सत्य स्वीकार गर्दैनन्, तिनीहरू सही मार्गमा हिँड्दैनन् र बरु बाङ्गो मार्ग हिँड्न दृढ हुन्छन्। यो त मानिसहरूको खाने बानी जस्तै हो: कतिपयले आफ्‍नो शरीरलाई पोषण दिने र सामान्य जीवन जिउन सहयोग गर्ने खाने कुराहरू खाँदैनन्, बरु आफूलाई हानि गर्ने कुराहरू खान्छन्, र यसरी तिनीहरूले आफ्‍नै खुट्टामा बन्चरो हान्छन्। के यो तिनीहरूको आफ्‍नै निर्णय होइन र? हटाइएपछि, कतिपय अगुवाहरू र सेवकहरूले यसो भन्दै गलत धारणाहरू फैलाउँछन्, “अगुवा नबन, र हैसियत प्राप्त नगर। कुनै हैसियत प्राप्त गर्नेबित्तिकै मानिसहरू खतरामा हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई प्रकट गर्नुहुनेछ! तिनीहरू प्रकट भएपछि, तिनीहरू साधारण विश्‍वासी हुनसमेत योग्य हुँदैनन्, र तिनीहरूले कदापि आशिष्‌ पाउनेछैनन्।” त्यो कस्तो प्रकारको भनाइ हो? सबैभन्दा राम्रा अवस्थामा पनि यसले परमेश्‍वरको गलत बुझाइलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा नराम्रो अवस्थामा त यो उहाँविरुद्धको ईश्‍वर निन्दा नै हो। यदि तँ सही मार्गमा हिँड्दैनस्, सत्यताको खोजी गर्दैनस्, र परमेश्‍वरको मार्गलाई पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न जिद्दी गर्दै पावलको मार्गमा हिँड्न पुग्छस्, अनि अन्तिममा पावलको जस्तै परिणाम, तिनको जस्तै अन्त्य प्राप्त गरेर परमेश्‍वरको बारेमा गनगन गर्ने र परमेश्‍वरलाई अधर्मी भनेर आलोचना गर्ने गर्छस् भने, के तँ ख्रीष्टविरोधीको सच्‍चा उदाहरण होइनस् र? त्यस्तो बानीबेहोरा श्रापित हुन्छ! जब मानिसहरूले सत्यता बुझेका हुँदैनन्, तब तिनीहरू सधैँ आफ्‍नो धारणा र कल्‍पनाअनुसार जिउँछन्, र बारम्बार परमेश्‍वरलाई गलत अर्थ्याउँछन्, अनि तिनीहरूले परमेश्‍वरका कार्यहरू तिनीहरूका धारणाविपरीत रहेको अनुभव गर्छन्, जसले गर्दा तिनीहरूमा नकारात्मक भावनाहरू पैदा हुन्छन्; मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकाले यस्तो हुने गर्छ। तिनीहरूको विश्‍वास अत्यन्तै सानो, तिनीहरूको कद अत्यन्तै कमजोर हुने भएकाले, र तिनीहरूले अत्यन्तै कम सत्यता बुझेका हुनाले तिनीहरूले नकारात्मक कुरा भन्छन् र गुनासो गर्छन्, तर ती सबै कुरा क्षमायोग्य हुन्छन्, र परमेश्‍वरले ती स्मरण गर्नुहुन्‍न। तैपनि, सही मार्गमा नहिँड्ने, र खास गरी परमेश्‍वरलाई छल्‍ने, विरोध गर्ने, धोका दिने, र उहाँसँग लड्ने मार्गमा हिँड्ने मानिसहरू पनि छन्। परमेश्‍वरले यी मानिसहरूलाई आखिरमा दण्ड र श्राप दिनुहुन्छ, र अनन्त विनाश र विध्वंशमा पार्नुहुन्छ। तिनीहरू कसरी यस्तो अवस्थामा पुग्छन्? तिनीहरूले आफ्‍नो बारेमा कहिल्यै मनन नगरेका र आफूलाई नचिनेका हुनाले, तिनीहरूले सत्यता पटक्‍कै स्वीकार नगरेका हुनाले, र तिनीहरू लापरवाह र स्वेच्‍छाचारी हुने हुनाले, अनि तिनीहरूलाई प्रकट गरेर हटाइएपछि परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्दै जिद्दी गर्दै पश्‍चात्ताप गर्न इन्कार गर्ने, र परमेश्‍वरका विरुद्धमा गुनासोसमेत गर्ने हुनाले यस्तो हुन्छ। के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) तिनीहरूले सक्दैनन्। त्यसकारण, प्रकट भएर हटाइएका व्यक्तिहरू सबै नै मुक्तिको पहुँचभन्दा बाहिर हुन्छन् भन्‍ने कुरा साँचो हो? तिनीहरू छुटकाराको पहुँचभन्दा पूरै बाहिर हुन्छन् भनेर भन्‍न मिल्दैन। कतिपय मानिसहरूले अत्यन्तै थोरै सत्यता बुझेका हुन्छन्, र तिनीहरू जवान र अनुभवहीन हुन्छन्—र तिनीहरू अगुवा वा सेवक बनेर हैसियत पाउनेबित्तिकै आफ्‍नो भ्रष्ट स्वभावबाट निर्देशित हुन्छन्, र हैसियतको पछि लाग्छन्, र हैसियतकै आनन्द लिन्छन्, र यसरी प्राकृतिक तवरबाटै तिनीहरू ख्रीष्टविरोधीको मार्गमा हिँड्छन्। यदि खुलासा र न्याय गरिएपछि, तिनीहरूले आफ्‍ना बारेमा मनन गरेर साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्, निनवेका मानिसहरूले जस्तै दुष्टतालाई त्याग्छन्, त्यसउप्रान्त तिनीहरू पहिलेजस्तो दुष्टताको मार्ग पछ्याउन छोड्छन् भने, तिनीहरूले अझै पनि मुक्ति पाउने मौका पाउँछन्। तर त्यस्तो अवसरका सर्तहरू के-के हुन्? तिनीहरू पश्‍चात्ताप गर्ने र सत्यता स्विकार्न सक्‍ने हुनुपर्छ। यदि तिनीहरू त्यसो गर्न सक्छन् भने, तिनीहरूसँग अझै पनि केही आशा हुन्छ। यदि तिनीहरूले आफ्‍ना बारेमा मनन गर्न सक्दैनन्, सत्यता बिलकुलै स्विकार्दैनन् र साँचो रूपमा पश्‍चात्ताप गर्ने अभिप्राय राख्दैनन् भने, तिनीहरूलाई पूर्ण रूपमा हटाइनेछ।

“हैसियत” शब्द आफैमा न त कुनै जाँच न त कुनै परीक्षा हो। यो कुरा मान्छेले कसरी हैसियत सम्हाल्छ भन्‍ने कुरामा भर पर्छ। यदि तँ नेतृत्वको कामलाई कर्तव्यका रूपमा, अर्थात तैँले गर्नैपर्ने जिम्मेवारीका रूपमा लिन्छस् भने, तँलाई हैसियतले बाधा पुर्‍याउनेछैन। यदि तँ त्यसलाई आधिकारिक पद वा स्थानको रूपमा स्विकार्छस् भने, तँ समस्यामा पर्नेछस् र अवश्यै तेरो पतन हुनेछ। त्यसो भए, मण्डलीको अगुवा र सेवक भइसकेपछि व्यक्तिले कस्तो मानसिकता अँगाल्नुपर्छ? तेरो खोज कहाँ केन्द्रित हुनुपर्छ? तँसँग एउटा मार्ग हुनुपर्छ! यदि तँ सत्यता खोज्दैनस् र तँसँग अभ्यासको मार्ग छैन भने, तेरो यो हैसियत तेरै जाल बन्‍नेछ, र तँ पछारिनेछस्। कतिपय मानिस हैसियत प्राप्त गरेपछि फरक हुन्छन्, र तिनीहरूको मानसिकता परिवर्तन हुन्छ। तिनीहरूलाई कसरी कपडा लगाउने, अरूसँग कसरी बोल्ने, कस्तो भावमा बोल्ने, मानिसहरूसँग कसरी अन्तरक्रिया गर्ने, वा कस्तो हाउभाउ देखाउने भन्‍ने नै थाहा हुँदैन। फलस्वरूप, तिनीहरूले आफ्नो छवि बनाउन थाल्छन्। के यो विकृति होइन र? कतिपय मानिस गैरविश्‍वासीहरूको कपाल, तिनीहरूले लाउने कपडा, र तिनीहरूको बोली र चालढालको गुण हेर्छन्। तिनीहरू अविश्‍वासीहरूको नक्कल गर्छन् र यस मार्गमा गैरविश्‍वासीहरूकै दिशामा हिँड्छन्। के यो सकारात्मक कुरा हो र? (होइन।) यहाँ के भइरहेको छ? यी कुराहरू देखावटी अभ्यासहरूजस्ता देखिए पनि, यो वास्तवमा एक प्रकारको खोज हो। यो नक्कल हो। यो सही तरिका होइन। अब, तिमीहरू यी प्रष्ट तस्बिर र भेषहरूमा सही र गलत छुट्याउन सक्छौ, तर के तिमीहरू गलतलाई अस्वीकार र बेवास्ता गर्न सक्छौ? (यदि हामी त्यसबारे सचेत छौँ भने सक्छौँ।) यो तिमीहरूको अहिलेको कद हो। जब यी विचारहरू तेरो हृदयमा नयाँ हुन्छन्, तैँले ती खुट्याउन र पहिचान गर्न सक्छस्। यदि तँ हैसियत पछ्याउन अभिप्रेरित छस् भने, तँ आफैले आफ्नो हृदयमा यो चाहना कम गर्न सक्छस्, ताकि तँ विवेक गुमाएको पशुजसरी आफ्नो आदर्श व्यक्तिको पछि लाग्‍ने आसक्त शुभचिन्तकजस्तो हुनेछैनस्। व्यक्तिपरक रूपमा, तैँले ती विचारहरू खुट्याउन र पहिचान गर्न सक्छस्। जब तँ मानिसहरूद्वारा घेरिएको हुँदैनस्, तैँले कुनै परीक्षाविना देहको विद्रोह गर्न सक्छस्। तर यदि मानिसहरूले तँलाई पछ्याउने, तँवरपर घुम्ने, तेरा दैनिक आवश्यकताहरूको ख्याल गर्ने, तँलाई गाँस र कपासको व्यवस्था गरिदिने, र तेरो हरेक आवश्यकता पूर्ति गरिदिने हो भने, के हुन्थ्यो? तेरो हृदयमा कस्ता भावनाहरू चल्थे? के तँ हैसियतका लाभहरूमा रमाइरहेको हुँदैनथिस्? के तँ त्यसपछि पनि देहको विरुद्धमा विद्रोह गर्न सक्षम हुनेथिइस्? जब मानिसहरू तेरो वरिपरि झुम्मिन्छन्, जब तँ चर्चित व्यक्तित्व भएझैँ तिनीहरू तेरो वरिपरि घुम्छन्, तब तैँले आफ्नो हैसियत कसरी सम्हाल्थिस्? तेरो चेत भित्रका कुराहरू, मतलब तेरा सोच र विचारहरूमाझका ती कुराहरू—हैसियतको कदर, हैसियतको उपभोग, र हैसियतको लोभ वा मोहसमेत—के तैँले यी कुराहरू पत्ता लगाउन आफ्नो हृदय जाँच्‍न सक्छस्? के तैँले ती कुराहरू चिन्‍न सक्छस्? यदि तैँले आफ्नो हृदय जाँचेर त्यसभित्रका यी कुराहरू चिन्‍न सक्थिस् भने, के तैँले त्यस्तो अवस्थामा देहका विरुद्धमा विद्रोह गर्न सक्थिस्? यदि तँसँग सत्यता अभ्यास गर्ने सङ्कल्प छैन भने, तैँले यी कुराहरूको विरुद्धमा विद्रोह गर्नेछैनस्। तैँले ती कुराहरूबाट आनन्द लिनेछस् र तिनैमा लिप्त हुनेछस्। अनि, आत्मसन्तुष्टिले भरिएर तैँले यसो भन्‍नेछस्, “परमेश्‍वरको विश्‍वासीका रूपमा हैसियत हुनु साँच्चिकै गजब कुरा हो। अगुवा भएको नाताले, मैले जे भन्छु सबैले त्यही गर्छन्। कस्तो सानदार अनुभूति। यी मानिसहरूलाई मैले नै अगुवाइ र मलजल गर्छु। अहिले तिनीहरू मप्रति आज्ञाकारी छन्। मैले पूर्व जा भन्दा, कोही पनि पश्‍चिम जाँदैन। मैले प्रार्थना गर् भन्दा, कसैले गाउने आँट गर्दैन। यो एउटा उपलब्धि हो।” तब तँ हैसियतका लाभहरूमा रमाउन थालिसकेको हुन्छस्। त्यसपछि तेरो लागि हैसियत के हुन्छ? (विष।) तर त्यो विष नै भए पनि, तैँले त्यसको डर मान्‍नुपर्दैन। तँसँग सही खोज र सही अभ्यास विधिहरू हुनुपर्ने ठ्याक्कै यस्तै अवस्थामा हो। प्रायजसो, जब मानिसहरूसँग हैसियत हुन्छ, तर तिनीहरूको कामले अझै प्रतिफल दिएको हुँदैन, तब तिनीहरू यसो भन्छन्, “म हैसियतमा रमाउँदिनँ, र हैसियतले दिने सबैथोकको आनन्द पनि लिँदिनँ।” तर जब तिनीहरूको कामले केही सफलता देखाउँछ, र जब तिनीहरूले आफ्नो हैसियत सुरक्षित भएको अनुभूति गर्छन्, तब तिनीहरूले आफ्नो समझ गुमाउँछन् र हैसियतका लाभहरूमा रमाउँछन्। के प्रलोभन चिन्‍न सक्ने भएकै कारण तँलाई देहको विरुद्ध विद्रोह गर्न सक्छु भन्‍ने विश्‍वास लाग्छ? के तँसँग साँच्चिकै त्यो कद छ? तथ्य के हो भने तँसँग त्यो कद छैन। मानव विवेक र मान्छेमा हुने आधारभूत तर्कसङ्गततामार्फत मात्र तेरो चिनाइ र विद्रोह हासिल हुन्छ। ती कुराहरूले नै तँलाई त्यस्तो व्यवहार नगर्न भन्छन्। विवेकको मानक र परमेश्‍वरमाथिको विश्‍वास पाएपछि तँमा हासिल भएको थोरै तर्कसङ्गत क्षमताले नै तँलाई मदत वा गलत मार्गबाट बचाउ गर्छन्। यसको प्रसङ्ग के हो? त्यो के हो भने, जब तैँले हैसियतलाई प्रेम गर्छस्, तर हैसियत प्राप्त गरिसकेको हुँदैनस्, तब तँसँग अझै पनि अलिअलि विवेक र समझ हुन सक्छ। अनि, यी वचनहरूले तँलाई अझै पनि काबुमा राख्छन् र हैसियतको आनन्द लिनु राम्रो होइन, त्यो सत्यताबमोजिम हुँदैन, त्यो सही मार्ग होइन, र त्यो परमेश्‍वरविरोधी र उहाँलाई अप्रिय लाग्‍ने कुरा हो भन्‍ने महसुस गराउँछन्। त्यसपछि, तैँले सचेत भई देहको विरुद्ध विद्रोह गर्न र हैसियतको आनन्दबाट टाढा रहन सक्छस्। देखाउनका लागि तँसँग कुनै उपलब्धि वा योग्यताहरू नहुँदा तैँले देहको विरुद्ध विद्रोह गर् सक्छस्, तर जब तैँले सराहनीय काम गरेको हुन्छस्, तब के तँलाई तेरो सरमको बोध, तेरो विवेक, तेरो तर्कसङ्गतता, र तेरा नैतिक धारणाहरूले काबुमा राख्नेछन्? तेरो विवेकको सानो स्तर परमेश्‍वरको डर मान्‍ने हृदय पाउने स्तरछेउ पनि पुग्दैन, र तेरो थोरै विश्‍वास काम लाग्‍नेछैन। त्यसैले, के अहिले तँसँग भएको थोरै विवेक सत्यता वास्तविकतासरह हो त? पक्कै होइन। अनि, त्यो सत्यता वास्तविकता नभएकोले, तँ जे गर्न सक्षम छस् त्यो मानव विवेक र मानव समझको बन्धनभित्रको कुरा मात्र हुन सक्छ। अनि अहिले तेरो जीवनका रूपमा तँसँग परमेश्‍वरका वचनहरूको वास्तविकता नभएकाले, तँसँग हैसियत र आधिकारिक पदहरू भएपछि तँलाई के हुनेछ? कतै तँ ख्रीष्टविरोधी मार्गमा हिँड्ने त होइनस्? (त्यो अनिश्‍चित छ।) यो सबैभन्दा ठूलो खतराको समय हो। के तिमीहरू यसलाई प्रष्टसँग देख्न सक्छौ? ल भन, के अगुवा वा सेवक हुनु खतरनाक कुरा हो? (हो।) खतरा थाहा पाएपछि पनि के तिमीहरू अझै यो कर्तव्य निर्वाह गर्न इच्छुक छौ? (छौँ।) कर्तव्य निर्वाह गर्ने यो सङ्कल्प मानव इच्छा हो, र यो सकारात्मक कुरा हो। तर के यो सकारात्मक कुराले मात्र तँलाई सत्यता व्यवहारमा लागू गर्ने तुल्याउँछ? के तँ देहका चाहनाहरूको विरुद्ध विद्रोह गर्न सक्षम हुनेछस्? मानवका असल अभिप्रायहरू र मानव इच्छामा भर परेर, अनि मानव चाहना र आकाङ्क्षाहरूमा भर परेर, के तँ आफ्नो सङ्कल्प पूरा गर्न सक्षम हुनेछस्? (अहँ।) त्यसो भए, तिमीहरूले आफ्ना इच्छा, आफ्ना आकाङ्क्षा, र आफ्ना सङ्कल्पहरूलाई आफ्नो वास्तविकता र आफ्नो साँचो कद बनाउनेबारे विचार गर्नुपर्छ। वास्तवमा, त्यो खासै ठूलो समस्या होइन। साँचो समस्या यो हो कि मान्छेको वर्तमान अवस्था र कद, र उसको चरित्रका कारण, उसले परमेश्‍वरको अनुमोदनका शर्तहरू पूरा गर्न सक्दैन। तिमीहरूको चरित्रमा अलिकति विवेक र समझभन्दा बढी अरू केही छैन, त्यसमा सत्यता पछ्याउने कुनै सङ्कल्प नै छैन। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिमीहरू झाराटारुवा बन्‍न पनि चाहँदैनौ, परमेश्‍वरलाई छल्‍ने प्रयास गर्न पनि चाहँदैनौ, तर गर्नचाहिँ त्यसै गर्नेछौ। तिमीहरूको वर्तमान वास्तविक अवस्था र कद हेर्दा, तिमीहरू पहिल्यै खतरनाक ठाउँमा पुगिसकेका छौ। के तिमीहरू अझै पनि हैसियत हुनु खतरनाक हो, तर हैसियत नहुनु आफू सुरक्षित हुनु हो भनेर भन्छौ? खासमा, हैसियत नहुनु पनि खतरनाक कुरा हो। जबसम्म तिमीहरू भ्रष्ट स्वभावमा जिउँछौ, तबसम्‍म तिमीहरू खतरामै हुन्छौ। अब, के अगुवा हुनु मात्र खतरनाक कुरा हो, अनि जो अगुवा होइनन् तिनीहरू सुरक्षित हुन्छन् त? (होइन।) यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस् र तँमा अलिकति पनि सत्यता वास्तविकता छैन भने, तँ अगुवा भए पनि नभए पनि, तँ खतरामै हुन्छस्। त्यसो भए, यस खतराबाट उम्कन तैँले सत्यता कसरी पछ्याउनुपर्छ? के तिमीहरूले यो प्रश्‍नबारे विचार गरेका छौ? यदि तँसँग एउटा सानो इच्छा मात्र छ र तँ केही नीतिहरू मात्र पालना गर्छस भने, के यसले काम गर्ला त? के तँ यसरी साँच्चै खतराको ठाउँबाट उम्कन सक्छस् त? यसले छोटो अवधिका लागि त काम गर्ला, तर दीर्घकालमा के हुन्छ, भन्‍न गाह्रो छ। त्यसोभए, के गर्नुपर्छ? कतिपय मानिसहरू भन्छन्, सत्यता पछ्याउनु नै उत्तम उपाय हो। यो एकदम सही छ, तर सत्यता वास्तविकतामा प्रवेश गर्नको लागि मानिसले कस्तो तरिकाले पछ्याउनुपर्छ? अनि आफ्नो जीवन वृद्धि गराउनका निम्ति कसरी पछ्याउनुपर्छ? यीमध्ये कुनै पनि साधारण कुरा होइनन्। पहिला, तैँले सत्य बुझ्‍नुपर्छ, र त्यसपछि यसलाई व्यवहारमा लागू गर्नुपर्छ। मान्छेले सत्य बुझ्छन् भने, यीमध्ये आधा समस्याहरू त पहिल्यै समाधान भइसकेका हुनेछन्। तिनीहरू आफ्नै स्थितिबारे चिन्तन गर्न र यसलाई स्पष्ट देख्न सक्षम हुनेछन्। तिनीहरू आफू खतरामा बाँचिरहेको महसुस गर्न सक्षम हुनेछन्। अनि, तिनीहरू पूर्वसक्रिय भई सत्यता व्यवहारमा लागू गर्न सक्षम हुनेछन्। यस्तो अभ्यासले व्यक्तिलाई स्वाभाविक रूपमा परमेश्‍वरप्रतिको समर्पणतर्फ डोर्‍याउँछ। के परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति खतरामुक्त हुन्छ? के तँलाई साँच्चिकै यसको जवाफ चाहिन्छ? परमेश्‍वरमा साँच्चिकै समर्पित हुनेहरूले अबउप्रान्त उहाँविरुद्ध विद्रोह वा प्रतिरोधसमेत गर्नेछैनन्, उहाँमाथि विश्‍वासघातै गर्ने त कुरै नगरौँ। तिनीहरूको मुक्ति सुनिश्‍चित छ। के त्यस्तो व्यक्ति पूर्ण रूपमा खतरामुक्त हुँदैन र? त्यसकारण, समस्याहरू समाधान गर्ने सर्वोत्तम उपाय भनेको सत्यतामा गम्भीरतापूर्वक लाग्‍नु र सत्यतामा आफ्नो प्रयास लगाउनु हो। मानिसहरूले साँच्चिकै सत्यता बुझेपछि, सबै समस्या समाधान हुनेछन्।

तिमीहरूका नजरमा, अगुवाहरू वा सेवकहरू हुनुमा के कुरा विशेष छ? (बढी जिम्मेवारी लिनु।) जिम्मेवारी त्यसको अंश हो। यो तिमीहरू सबैलाई थाहा भएकै कुरा हो, तर तिमीहरूले कसरी आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्न सक्छौ? तिमीहरू कहाँबाट सुरु गर्छौ? खासमा, यो जिम्मेवारी राम्ररी पूरा गर्नु नै आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु हो। “जिम्मेवारी” भन्‍ने शब्द विशेष लाग्‍न सक्छ, तर अन्त्यमा त्यो व्यक्तिको कर्तव्य नै हो। तिमीहरूका लागि, आफ्नो कर्तव्य राम्ररी निभाउनु कुनै सजिलो कार्य होइन, किनकि तेरो अगाडि तँलाई बाधा दिने धेरै कुराहरू हुन्छन्, जस्तो कि हैसियतको बाधा, जसबाट पार पाउन तिमीहरूलाई सबैभन्दा कठिन हुन्छ। यदि तँसँग केही हैसियत छैन र तँ एक सामान्य विश्‍वासी मात्र होस् भने, तैँले कम परीक्षाहरू सामना गर्न सक्छस् र तेरो लागि आफ्नो कर्तव्य राम्ररी निभाउनु निकै सजिलो हुनेछ। तँ सामान्य मानिसहरूजस्तै परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै, सत्यता सङ्गति गर्दै, र आफ्नो कर्तव्य राम्ररी निभाउँदै प्रत्येक दिन आत्मिक जीवन जिउन सक्छस्। यही पर्याप्त छ। तर यदि तँसँग हैसियत छ भने, तैँले सबभन्दा पहिला हैसियतले खडा गर्ने व्यवधान तोड्‍नुपर्छ। तँ पहिला यो परीक्षामा उतीर्ण हुनुपर्छ। तैँले कसरी यो बाधा तोड्न सक्छस्? सामान्य मानिसहरूको लागि यो सजिलो छैन, किनकि मान्छेमा भ्रष्ट स्वभावहरूले गहिरो जरा गाडेका हुन्छन्। सबै मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरूमा जिउँछन् र अन्तर्निहित रूपले नै तिनीहरू प्रसिद्धि, प्राप्ति, र हैसियत पछ्याउन लालायित हुन्छन्। अन्त्यमा त्यति कठिनाइसाथ हैसियत प्राप्त गरेपछि, त्यसको पूरा फाइदा कसले पो लिन्थेन र? यदि तेरो हृदयमा सत्यताप्रतिको प्रेम छ र परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तैँले आफ्नो हैसियत होसियारपूर्वक र सचेत तरिकाले सम्हाल्नेछस्, साथसाथै तँ आफ्नो कर्तव्य निर्वाहमा सत्यता खोज्न पनि सक्षम हुनेछस्। यस तरिकाले प्रसिद्धि, ख्याति र हैसियतले तेरा हृदयमा ठाउँ पाउनेछैन, न त ती कुराहरूले तेरो कर्तव्य गराइमा असर नै पार्नेछ। यदि तँ अत्यन्तै सानो कदको छस् भने, तैँले बारम्बार प्रार्थना गर्नुपर्छ, परमेश्‍वरका वचनहरूद्वारा आफूलाई संयम पार्नुपर्छ। निश्‍चित कामकुराहरू गर्न वा सचेत रूपले केही वातावरण र केही परीक्षाहरूबाट जोगिन तैँले उपाय लगाउनुपर्नेछ। उदाहरणका लागि, मानौँ तँ एक अगुवा होस्। जब तँ थुप्रै सामान्य ब्रदर-सिस्टरहरूको साथमा हुन्छस्, के तिनीहरूले तँलाई तिनीहरूभन्दा अलि वरिष्ठ ठान्‍नेछैनन् र? भ्रष्ट मानवजातिले यसरी नै हेर्छन्, र यो तेरो लागि प्रलोभन हो। यो जाँच होइन, प्रलोभन हो! यदि तैँले आफूलाई तिनीहरूभन्दा वरिष्ठ ठान्छस् भने, यो धेरै खतरनाक कुरा हो, तर यदि तैँले तिनीहरूलाई पनि तँ बराबर ठान्छस् भने, तेरो मानसिकता सामान्य छ र तँलाई भ्रष्ट स्वभावहरूले बाधा दिनेछैनन्। यदि तँ अगुवा भएको नाताले तेरो कद तिनीहरूको भन्दा ठूलो छ भन्ठान्छस् भने, तिनीहरूले तँलाई कस्तो व्यवहार गर्नेछन्? (तिनीहरूले अगुवालाई आदर गर्नेछन्।) के तिनीहरूले तँलाई आदर र प्रशंसा मात्र गर्नेछन्, अरू केही गर्नेछैनन्? अहँ। तिनीहरूले त्यसबारे बोल्नु र कार्य गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, यदि तँलाई चिसोले भेट्यो र कुनै सामान्य ब्रदर वा सिस्टरलाई पनि चिसोले भेट्यो भने, तिनीहरूले पहिला कसलाई हेर्नेछन्? (अगुवालाई।) के यो वरियतामा आधारित छैन र? के यो हैसियतको एउटा फाइदा होइन र? यदि तँ कुनै ब्रदर वा सिस्टरसँग विवादमा परिस् भने, के तिनीहरूले तेरो हैसियतका कारण तँलाई निष्पक्ष व्यवहार गर्नेछन् र? के तिनीहरूले सत्यताको पक्ष लिनेछन् र? (अहँ।) यी कुराहरू तैँले सामना गर्ने प्रलोभनहरू हुन्। के तँ यी प्रलोभनहरूबाट बच्‍न सक्छस्? तैँले यो अवस्था कसरी सम्हाल्नुपर्छ? यदि कसैले तँलाई नराम्रो व्यवहार गर्‍यो भने, तैँले उसलाई मन नपराउन सक्छस् र उसलाई कसरी आक्रमण गर्ने, कसरी एक्ल्याउने, र कसरी ऊमाथि बदला लिने भनी विचार गर्न सक्छस्, जबकि खासमा त्यस ब्यक्तिमा कुनै खराबी नै हुँदैन। अर्कोतर्फ, कतिपय मानिसहरूले तेरो चापलुसी गर्न सक्छन्, तर तैँले त्यो कुराको विरोध गर्नु त कता हो कता, बरु त्यही अनुभूतिको साँच्‍चिकै मजा लिन्छस्। के यो चिन्ताको विषय होइन र? के त्यो चापलुस तेरो विश्‍वासपात्र बनोस् र तेरो आदेशमा चलोस् भनेर तैँले त्यसलाई बढुवा गर्न र संवर्धन गर्न थाल्थिनस् र? यदि त्यसो गर्थिस् भने, तँ कुन मार्गमा हुन्थिस्? (ख्रीष्टविरोधीहरूका मार्गमा।) यदि तँ यी प्रलोभनहरूमा पर्छस् भने, तँ खतरामा हुन्छस्। के दिनभरि नै तेरो वरिपरि मानिसहरू हुनु राम्रो कुरा हो? मैले सुनेको छु, कतिपय मानिसहरू अगुवा बनेपछि आफ्नो काम गर्ने वा व्यावहारिक समस्याहरू सुल्झाउने गर्दैनन्। यसको साटो, तिनीहरू देहको आनन्दबारे मात्र सोच्छन्। कहिलेकाहीँ तिनीहरू आफ्नै लागि मात्र बनाइएको खानासमेत खान्छन्, जबकि अरूलाई तिनीहरूका मैला कपडाहरू धुन लगाउँछन्। केही समयपछि, तिनीहरू प्रकट हुन्छन् र हटाइन्छन्। तिमीहरूले यस्तै केही सामना गर्नुपर्‍यो भने, के गर्नुपर्छ? यदि तँसँग हैसियत छ भने, मानिसहरूले तँलाई चापलुसी र विशेष व्यवहार गर्नेछन्। मानिसहरूले तँलाई जस्तोसुकै व्यवहार गरे पनि, यदि तँ यी परीक्षाहरू पार लाउन र अस्वीकार गर्न सक्छस् भने र निरन्तर मानिसहरूलाई निष्पक्ष व्यवहार गरिरहन्छस् भने, यसले तँ सही व्यक्ति होस् भन्‍ने प्रमाणित गर्छ। यदि तँसँग हैसियत छ भने, कतिपय मानिसहरूले तँलाई आदर गर्नेछन्। तिनीहरू सधैँ तेरो वरिपरि हुनेछन्, र तँलाई चापलुसी गर्नेछन्। के तैँले यसको अन्त्य गर्न सक्छस्? तिमीहरू यस्ता परिस्थितिहरू कसरी सम्हाल्छौ? जब तिमीहरूलाई देखभाल गरिनुपर्ने जरुरी नै नभएको बेला, कुनै व्यक्तिले “सहयोगको हात” फैलाउँदै तिमीहरूलाई खुसी पार्छ, तब तिमीहरू हैसियतले आफूलाई फरक बनाउँछ र आफूले पाउने विशेष व्यवहारको पूर्ण मजा लिनुपर्छ भन्‍ने सोच्दै भित्रभित्रै रमाउन सक्छौ। के यस्ता घटनाहरू घट्दैनन् र? के यो वास्तविक समस्या होइन र? जब तँलाई यस्ता कुराहरू आइपर्छन्, के तेरो हृदयले तँलाई निन्दा गर्छ त? के तँ दिगदिगी र तिरस्कार महसुस गर्छस्? यदि कसैले दिगदिगी र तिरस्कार महसुस गर्दैन, र यी कुराहरू अस्वीकार गर्दैन भने, र उसको हृदयले कुनै आरोप र दोष महसुस गर्दैन, बरु यी कुराहरूमा रमाउन रुचाउँछ, र हैसियत हुनु राम्रो कुरा हो भन्‍ने अनुभूति गर्छ भने, के त्यस्तो व्यक्तिमा विवेक हुन्छ? के उसँग कुनै तर्कशक्ति हुन्छ? के यस्तो व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो त? (होइन।) यसले के देखाउँछ? यो त हैसियतको फाइदाप्रति लिप्त हुनु हो। यसले तँलाई ख्रीष्टविरोधीका रूपमा वर्गीकृत नगर्ने भए पनि, तँ ख्रीष्टविरोधीहरूका मार्गमा पहिल्यै लागिसकेको छस्। जब तँलाई आफूले पाउने विशेष व्यवहारमा रमाउने बानी पर्छ, यदि कुनै दिन तैँले त्यस्तो विशेष व्यवहार पाउन छोडिस् भने, के तँलाई रिस उठ्नेछैन र? यदि केही ब्रदर-सिस्टरहरू गरिब छन् र तिनीहरूसँग तँलाई मेजमान गराउने पैसा छैन भने, के तैँले तिनीहरूलाई निष्पक्ष व्यवहार गर्नेछस् र? यदि तिनीहरूले तँलाई कुनै सत्य कुरा भन्छन् र त्यसले तँलाई बेखुसी पार्छ भने, के तैँले आफ्नो शक्ति तिनीहरूविरुद्ध प्रयोग गर्दै तिनीहरूलाई कसरी सास्ती दिने भनेर सोच्नेछस्? तिनीहरूलाई देख्दा र पाठ सिकाउने इच्छा जाग्दा तैँले बेखुसी महसुस गर्छस्? जब तँमा यी सोचहरू पलाउँछन्, तँ दुष्ट काम गर्नबाट त्यति टाढा हुँदैनस्, कि हुन्छस्? के मानिसहरूलाई ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न सजिलो छ? के ख्रीष्टविरोधी बन्‍न सजिलो छ? (छ।) यो एकदमै झिँजोलाग्दो छ! अगुवा र सेवकहरूको रूपमा, यदि सबै कुरामा सत्यता खोज्दैनौ भने, तिमीहरू ख्रीष्टविरोधीहरूका मार्गमा हिँडिरहेका छौ।

कतिपय मानिस परमेश्‍वरको कामै बुझ्दैनन्, अनि तिनीहरूलाई परमेश्‍वर कसरी र कसलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुरा थाहा हुँदैन। तिनीहरू सबै मानिसमा ख्रीष्टविरोधी स्वभाव हुने र ख्रीष्टविरोधी मार्गमा हिँड्न सक्ने देख्छन्, त्यसैले तिनीहरूलाई त्यस्ता मानिसहरूमा मुक्तिको आशा हुँदैन भन्‍ने लाग्छ। अन्त्यमा, तिनीहरू सबै जनालाई ख्रीष्टविरोधीका रूपमा चित्रित गरिनेछ। तिनीहरूलाई मुक्ति दिन सकिँदैन र सबै जना नष्ट हुनैपर्छ। के यस्ता सोच र दृष्टिकोण सही हुन्? (होइनन्।) त्यसोभए, यो समस्या कसरी समाधान गर्नुपर्छ? पहिला, तैँले परमेश्‍वरको काम बुझ्नैपर्छ। परमेश्‍वरले मुक्ति दिने भनेको भ्रष्ट मान्छेलाई हो। भ्रष्ट मान्छे ख्रीष्टविरोधी मार्गमा हिँड्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ। त्यसकारण, उसलाई परमेश्‍वरको मुक्ति आवश्यक हुन्छ। त्यसोभए, कुनै व्यक्तिलाई कसरी ख्रीष्टविरोधी मार्गमा हिँड्ने नभई परमेश्‍वरलाई पछ्याउने तुल्याउन सकिन्छ? उसले सत्यता बुझ्नैपर्छ, आत्मचिन्तन गरेर आफूलाई चिन्‍नैपर्छ, आफ्नो भ्रष्ट स्वभाव जान्‍नैपर्छ, र आफ्नो शैतानी स्वभाव चिन्‍नैपर्छ। त्यसपछि, उसले सत्यता खोजी गरेर आफ्नो भ्रष्ट स्वभाव हटाउनैपर्छ। यसरी मात्र तैँले आफू ख्रीष्टविरोधी मार्गमा नहिँड्ने, ख्रीष्टविरोधी नबन्‍ने, र परमेश्‍वरले तिरस्कार गर्ने व्यक्ति नबन्‍ने सुनिश्चित गर्न सक्छस्। परमेश्‍वर अलौकिक तरिकाले काम गर्नुहुन्‍न। बरु, उहाँ मानिसहरूको हृदयको गहिराइमा जाँच गर्नुहुन्छ। यदि तँ सधैँ हैसियतका लाभहरू लिन्छस् भने, परमेश्‍वरले तँलाई हप्काउनु मात्र हुनेछ। उहाँले तँलाई यो दोष थाहा दिनुहुनेछ ताकि तैँले आत्मचिन्तन गरेस् र यो कुरा सत्यताबमोजिम छैन र परमेश्‍वरलाई मन पर्दैन भनेर थाहा पाएस्। यदि तैँले यो बुझ्न सकिस्, अनि आत्मचिन्तन गर्न आफूलाई चिन्‍न सकिस् भने, तँलाई यो समस्या समाधान गर्न कठिन हुनेछैन। तर यदि तँ यस्तो स्थितिमा लामो समयसम्म जिउँछस्, सधैँ हैसियतका लाभहरूमा लिप्त हुन्छस्, परमेश्‍वरलाई प्रार्थना गर्दैनस् वा आत्मचिन्तन गर्दैनस्, र सत्यता खोज्दैनस् भने, परमेश्‍वरले केही गर्नुहुनेछैन। उहाँले तँलाई त्याग्‍नुहुनेछ, ताकि तँलाई उहाँ तँसँग हुनुभएको अनुभूति हुँदैन। परमेश्‍वरले तँलाई यदि तँ यस्तै रहिरहने हो भने अवश्य पनि परमेश्‍वरले घिनाउने व्यक्ति बन्‍नेछस् भनेर बुझ्न लगाउनुहुनेछ। परमेश्‍वरले तँलाई यो मार्ग गलत छ, तेरो जिउने तरिका गलत छ भनेर बुझ्ने तुल्याउनुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई यस्तो चेतना दिनुको उद्देश्य तिनीहरूलाई सही र गलत कार्यहरूबारे थाहा दिनु, र सही निर्णय गर्न लगाउनु हो। तर, व्यक्ति सही मार्गमा हिँड्न सक्छ कि सक्दैन भन्‍ने कुरा उसको विश्‍वास र सहकार्यमा भर पर्छ। जब परमेश्‍वर यी कामकुरा गरिरहनुभएको हुन्छ, तब उहाँ तँलाई सत्यता बुझ्न मार्गदर्शन गर्नुहुन्छ, तर त्यो भन्दा पनि, निर्णय गर्ने अधिकार तेरै हातमा नै छोड्नुहुन्छ, र त्यो निर्णयमा तँ सही मार्गमा हिँडिरहेको छस् कि छैनस् भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। उहाँ तँमाथि कहिल्यै कुनै कुरा थोपर्नुहुन्‍न। उहाँ तँलाई कहिल्यै जबरजस्ती नियन्त्रण गर्नुहुन्‍न वा यो गर् त्यो गर् भन्दै कहिल्यै कुनै कुरा गर्न आदेश दिनुहुन्‍न। परमेश्‍वरले यस्तो व्यवहार गर्नुहुन्‍न। उहाँ तँलाई स्वतन्त्रता भएर निर्णय गर्न दिनुहुन्छ। यस्तो बेला, व्यक्तिले के गर्नुपर्छ? जब तँलाई आफूले गरिरहेको कुरा गलत रहेछ, तेरो जिउने तरिका गलत रहेछ भन्‍ने महसुस हुन्छ, तब के तँ तुरुन्तै सही विधिहरूबमोजिम अभ्यास गर्न सक्छस्? त्यो निकै कठिन हुनेछ। त्यसमा लडाइँ गर्नुपर्ने हुन्छ, किनकि मान्छेले प्रेम गर्ने कुराहरू शैतानी दर्शन हुन्, जुन सत्यताविपरीत हुन्छन्। कहिलेकाहीँ, तँलाई के सही हुनेछ र के गलत हुनेछ भनेर थाहा हुन्छ, र तेरो हृदयमा युद्ध चल्छ। यस्तो युद्ध चलेको बेला, तैँले बारम्बार प्रार्थना गर्नैपर्छ, परमेश्‍वरलाई तँलाई मार्गदर्शन गर्न दिनैपर्छ, र उहाँलाई तँलाई हप्काउन दिनैपर्छ, ताकि तैँले आफूले गर्न नहुने कुराहरू थाहा पाएस्। त्यसपछि, सक्रिय रूपले यस्ता प्रलोभनहरूविरुद्ध जा, तीबाट अलग बस्, र ती पन्छा। यसका लागि तेरो सहकार्य आवश्यक हुन्छ। युद्धको अवधिमा पनि तँमा विचलनहरू हुनेछन्, र गलत बाटो समाउनु सजिलो हुन्छ। तैँले आफ्नो हृदयमा त सही दिशा रोज्छस् होला, तर पनि तैँले सही मार्ग नै समात्छस् भन्‍ने निश्चित हुँदैन। के कामकुरा साँच्चिकै यस्तै हुँदैनन् र? एकछिनको लापर्बाहीले गर्दा, तैँले गलत बाटो समात्नेछस्। यसमा “एकछिनको लापर्बाही” को अर्थ के हो? यसको अर्थ प्रलोभन अत्यन्तै भयङ्कर हुन्छ भन्‍ने हो। तेरा लागि, यसको मुख्य कारण नै इज्जत, वा तेरो मुड, वा कुनै विशेष सन्दर्भ वा कुनै विशेष वातावरणबारेका विचारहरू होलान्। खासमा, सबैभन्दा गम्भीर कारक त तेरो भ्रष्ट स्वभाव हो, जुन तँमाथि हाबी हुन्छ र जसले तँलाई नियन्त्रण गर्छ। तँलाई सही मार्ग पछ्याउन गाह्रो पार्ने यसैले हो। तँमा थोरै विश्‍वास होला, तर पनि तँलाई अझै परिस्थितिले ढलपल र यताउता बनाउँछ। तेरो काटछाँट भएपछि, तैँले ताडना पाएपछि र अनुशासित गरिएपछि, तेरो मार्ग बाधाहरूले भरिएर तैँले अघि बढ्ने बाटो नभेटेपछि तँलाई के थाहा हुनेछ भने ख्याति, प्राप्ति र हैसियत पछ्याउनु सही मार्ग होइन तर परमेश्‍वरले घृणा र श्राप्ने कुरा हुन्, परमेश्‍वरले माग गर्ने मार्गमा हिँड्नु मात्र जीवनको सही मार्ग हो, अनि यदि तँ यस मार्गमा हिँड्ने सङ्कल्प गर्दैनस् भने, तँलाई पूर्ण रूपले हटाइनेछ। मानिसहरूले आफ्नै चिहान नदेखेसम्म आँसु झार्दैनन्! तर, यस युद्धको क्रममा, यदि मान्छेमा ठूलो आस्था छ, सहकार्य गर्ने बलियो सङ्कल्प छ, र सत्यता पछ्याउने सङ्कल्प छ भने, उसलाई यी प्रलोभनहरू पार गर्न सजिलो हुनेछ। यदि तेरो ठूलो कमजोरी नै मर्यादाप्रति विशेष चासो र हैसियतप्रतिको प्रेम, ख्याति, प्राप्ति र देहसुखको लोभ हो, र यी कुराहरूप्रतिको तेरो चाहना तँमा निकै दह्रिला छन् भने, तँलाई विजयी हुन कठिन हुनेछ। तँलाई विजयी हुन कठिन हुनेछ भन्‍नुको मतलब के हो? त्यसको मतलब तँलाई सत्यता पछ्याइको मार्ग रोज्न कठिन हुनेछ, बरु तैँले गलत मार्ग रोज्न सक्छस्, जसले गर्दा परमेश्‍वर तँलाई तिरस्कार गर्नुहुन्छ र त्याग्‍नुहुन्छ। तर, यदि तँ सधैँ होसियार र सावधान हुन्छस्, र यदि तँ हप्की खान र ताडना पाउन बारम्बार परमेश्‍वरसामु आउन सक्छस्, अनि यदि तँ हैसियतका लाभहरूमा रमाउँदैनस्, न त ख्याति, प्राप्ति, वा देहसुखको लोभ नै गर्छस्, र यदि तँ आफूमा त्यस्ता सोचहरू आउँदा, ती सोच कार्यमा परिणत हुनुअघि नै परमेश्‍वरमा भर परी सारा शक्तिले तीविरुद्ध जान्छस् अनि परमेश्‍वरलाई प्रार्थना गर्छस् र सत्यता पछ्याउँछस्, र जे भए पनि, तँ अन्त्यमा सत्यता अभ्यास गर्ने मार्गमा हिँड्न र त्यस वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छस् भने, त्यसपछि ठूलो प्रलोभन आइपर्दा के तैँले सही दिशा रोज्ने सम्भावना बढी हुनेछैन र? (हुनेछ।) यो तैँले जोगाड गरेको सामान्य कुरामा भर पर्छ। ल भन्: यदि कुनै मान्छेलाई ठूलो आइपऱ्यो भने, के उसले आफ्नो कद जस्तो छ त्यसैमा, आफ्नै सङ्कल्पमा, वा आफूले जोगाड गरेको सामान्य कुरामा भर परेर परमेश्‍वरको अभिप्राय पूर्ण रूपले पूरा गर्न सक्छ? (सक्दैन।) के उसले त्यो आंशिक रूपमा पूरा गर्न सक्छ? (सक्छ।) मान्छेले त्यो आंशिक रूपमा पूरा गर्न सक्ला, तर ऊ ठूला कठिनाइहरूमा पर्दा, परमेश्‍वरको हस्तक्षेप आवश्यक पर्दछ। यदि तँ सत्यता अभ्यास गर्न चाहन्छस् भने, सत्यताबारे मानव बुझाइ र मानव इच्छामा मात्र भर परेर तेरो पूर्ण सुरक्षा हुन सक्दैन, न त तैँले परमेश्‍वरका अभिप्रायहरू र दुष्टताबाट पूर्णतया अलग बस्न नै सक्छस्। मुख्य कुरा के हो भने, मान्छेमा सहकार्य गर्ने सङ्कल्प हुनैपर्छ, र उसले बाँकी कुराका लागि परमेश्‍वरका काममा भर पर्नैपर्छ। मानौँ तँ यसो भन्छस्, “यसका लागि मैले ठूलो प्रयास गरेको छु र सकेजति सबै गरेको छु। भविष्यमा मलाई जस्तोसुकै प्रलोभन वा परिस्थिति आइपरे पनि, मेरो कद यत्रो मात्र छ, र म यत्रो काम मात्र गर्न सक्छु।” तैँले यस्तो व्यवहार गरेको देख्दा, परमेश्‍वरले के गर्नुहुनेछ? परमेश्‍वरले तँलाई यी प्रलोभनहरूबाट जोगाउनुहुनेछ। जब परमेश्‍वर तँलाई यी प्रलोभनहरूबाट जोगाउनुहुन्छ, तब तँ सत्यता अभ्यास गर्न सक्षम हुनेछस्, तेरो विश्‍वास झन्-झन् दृढ बन्दै जानेछ, र तेरो कद बिस्तारै बढ्दै जानेछ।

भ्रष्ट मान्छे हैसियत पछ्याउन र त्यसका लाभहरू लिन रुचाउँछ। चाहे अहिले तँमा हैसियत होस् वा नहोस्, यो कुनै पनि व्यक्तिमा लागू हुन्छ: हैसियत त्याग्‍न र प्रलोभनबाट मुक्त हुन अत्यन्तै गाह्रो हुन्छ। यसका लागि मान्छेले बढी सहकार्य गर्नुपर्छ। यस्तो सहकार्यमा के कुरा पर्छ? मुख्यतः सत्यता खोज्ने, सत्यता स्विकार्ने, परमेश्‍वरका अभिप्रायहरू बुझ्ने, र समस्याहरूको सार प्रस्टसित छिचोल्ने कुरा पर्छ। यी कुराहरू गरेपछि, व्यक्तिमा हैसियत पाउने प्रलोभनलाई जित्ने विश्‍वास हुन्छ। त्यसबाहेक, तैँले प्रलोभनबाट मुक्त हुने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने प्रभावकारी तरिकाहरूबारे सोच्नैपर्छ। तँसँग अभ्यासका मार्गहरू हुनैपर्छ। यसले तँलाई सही मार्गमा राखिराख्नेछ। अभ्यासका मार्गविना, तँ प्रायः प्रलोभनमा पर्नेछस्। तैँले सही मार्ग समात्न चाहिस् भने पनि, चाहे तैँले जति नै प्रयास गर्, अन्त्यमा तेरो प्रयासले त्यति राम्रो परिणाम दिनेछैन। त्यसोभए, तैँले बारम्बार सामना गर्ने प्रलोभनहरू केके हुन्? (जब म आफ्नो कर्तव्य निर्वाहमा केही सफलता हासिल गर्छु अनि दाजुभाइ-दिदीबहिनीहरूबाट उच्च सम्मान कमाउँछु, तब मलाई आत्मसन्तुष्टि मिल्छ र यस अनुभूतिले रमाउँछु। कहिलेकाहीँ म त्यो अनुभूति गर्दिनँ; कहिलेकाहीँ म यो स्थिति गलत हो भन्‍ने अनुभूति गर्छु, तर पनि म त्यसविरुद्ध जान सक्दिनँ।) त्यो एउटा प्रलोभन हो। अरू कसले बताउनेछ? (म अगुवा भएकाले, कहिलेकाहीँ मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई विशेष व्यवहार गर्छन्।) त्यो पनि एउटा प्रलोभन नै हो। यदि तँलाई आफूलाई आइपर्ने प्रलोभनहरूबारे थाहा छैन, तर तिनलाई राम्ररी सम्हाल्दैनस् र सही निर्णय गर्न सक्दैनस् भने, यी प्रलोभनहरूले तँमा शोक र दुःख र कष्ट ल्याउनेछ। उदाहरणका लागि, मानौँ तँप्रति दाजुभाई-दिदीबहिनीहरूका विशेष व्यवहारमा तँलाई गाँस, बास, र कपासको प्रबन्ध गर्ने, र तेरा दैनिक आवश्यकताहरू जुटाइदिने जस्ता भौतिक लाभहरू पर्छन्। यदि तैँले आनन्द लिने कुरा तिनीहरूले दिने कुराभन्दा राम्रो छ भने, तँ त्यसलाई तुच्छ ठान्छस्, र तैँले तिनीहरूका उपहारहरू लत्याउन सक्छस्। तर, यदि तैँले कुनै धनी मान्छे भेटिस् र उसले तँलाई आफूले नलगाउने भन्दै एउटा राम्रो सुट दिएको भए, के तँ यस्तो प्रलोभनसामु अडिग रहन सक्थिस्? हुन सक्छ तैँले त्यस परिस्थितिबारे सोच्छस्, मनमनै यसो भन्छस्, “ऊ धनी छ, र यी कपडाहरू उसका लागि केही पनि होइन। उसले यी कपडाहरू लगाउने पनि होइन। यदि उसले ती मलाई दिएन भने, त्यो पोका पारेर कतै पठाउनेछ। त्यसैले, म नै राख्नेछु।” त्यस निर्णयबारे तँ के भन्छस्? (तिनीहरूले हैसियतका लाभहरू लिनै रहेका छन्।) यो किन हैसियतका लाभहरू लिनु हो? (किनकि तिनीहरूले राम्रा कुराहरू स्वीकार गरे।) के तँलाई दिइएका राम्रा कुराहरू स्वीकार गर्न नै हैसियतका लाभहरू लिनु हो? यदि तँलाई कुनै सामान्य कुरा दिइयो, तर त्यो तँलाई चाहिएकै चीज हो र तैँले त्यो स्विकार्छस् भने, के त्यसलाई पनि हैसियतका लाभहरू लिएको मान्‍ने हो? (हो। तिनीहरू आफ्ना स्वार्थी चाहना पूरा गर्न अरूबाट चीजहरू स्विकार्छन् भने, त्यो हैसियतका लाभहरू लिनु हो।) तँ यसमा प्रस्ट छैनस् जस्तो देखिन्छ। के तैँले यसबारे कहिल्यै सोचेको छस्: यदि तँ अगुवा थिनस् र तँसँग हैसियत थिएन भने पनि, के उसले तँलाई यो उपहार दिनेथ्यो? (दिनेथेन।) उसले अवस्य दिनेथिएन। तँ अगुवा भएकाले उसले तँलाई यो उपहार दिन्छ। यो कुराको प्रकृति परिवर्तन भएको छ। यो सामान्य पुण्यकर्म होइन, र यसमा समस्या छ। यदि तैँले उसलाई “यदि म कुनै अगुवा नभएर एक सामान्य दाजुभाइ वा दिदीबहिनी भएको भए, के तिमीले मलाई यस्तो उपहार दिनेथ्यौ? यदि यो चीज कुनै दाजुभाइ वा दिदीबहिनीलाई चाहिएको भए, के तिमीले त्यो उनलाई दिनेथ्यौ?” भनेर सोधेमा, उसले यसो भन्‍नेथ्यो, “म सक्दिनथेँ। म चीजबीज सोचविचार नगरी जोकोहीलाई दिन सक्दिनँ। म त्यो तपाईंलाई दिन्छु किनभने तपाईं मेरो अगुवा हुनुहुन्छ। यदि तपाईंसँग यो विशेष हैसियत नभएको भए, किन म तपाईंलाई त्यस्तो उपहार दिनेथेँ र?” अब हेर् त, तैँले कसरी परिस्थिति बुझ्न सकेको छैनस्। उसले त्यो राम्रो सुट आफूलाई नचाहिने भन्दा तैँले उसलाई विश्‍वास गरिस्, तर ऊ तँलाई छल गरिरहेको थियो। उसको उद्देश्य तँलाई उसको उपहार स्विकार्न लगाउनु थियो ताकि भविष्यमा तैँले उसलाई राम्रो गरेस् र विशेष व्यवहार गर्न सकेस्। उसले उपहार दिन पछाडिको अभिप्राय यही हो। वास्तविकता के हो भने यदि तँसँग हैसियत नभएको भए उसले तँलाई त्यस्तो उपहार कहिल्यै दिने थिएन भन्‍ने कुरा तँलाई हृदयमा थाहा छ, तर पनि तँ त्यो स्वीकार गर्छस्। मुखले त तँ यसो भन्छस् “परमेश्‍वरलाई धन्यवाद होस्। मैले परमेश्‍वरबाटको यो उपहार स्विकारेको छु, त्यो मप्रति परमेश्‍वरको उपकार हो।” तँ हैसियतका लाभहरू लिन्छस् मात्र होइन, तर परमेश्‍वरका चुनिएका मानिसहरूका कामकुरामा पनि आनन्द लिन्छस्, मानौँ ती तेरै हुन्। के यो निर्लज्ज कुरा होइन? यदि मान्छेको विवेक चल्दैन र उसमा कुनै लाज छैन भने, समस्या त्यही हो। के यो व्यवहारको कुरा मात्र हो र? के अरूबाट चीजहरू स्वीकार गर्नु मात्र गलत र अस्वीकार गर्नुचाहिँ सही हो र? यस्तो परिस्थिति अइपर्दा तिमीहरूले के गर्नुपर्छ? तैँले यस उपहारदातालाई उसले जे गरिरहेको छ त्यो सिद्धान्तअनुरूप छ कि छैन भनेर सोध्नैपर्छ। उसलाई यसो भन्, “परमेश्‍वरको वचन वा मण्डलीका प्रशासनिक आदेशहरूमा मार्गदर्शन खोजौँ र तिमीले गरिरहेको कुरा सिद्धान्तअनुरूप छ कि छैन भनेर हेरौँ। यदि छैन रहेछ भने, म यस्तो उपहार स्विकार्न सक्दिनँ।” यदि ती स्रोतहरूले उक्त दातालाई उसको कार्यले सिद्धान्त उल्लङ्घन गर्छ तर पनि ऊ तँलाई उपहार दिन चाहन्छ भने, तैँले के गर्नुपर्छ? तँ सिद्धान्तअनुसार चल्नैपर्छ। सामान्य मानिसहरू यसबाट पार पाउन सक्दैनन्। तिनीहरू आफूलाई अरूले अझ धेरै देओस् भनेर उत्सुकतासाथ तृष्णा गर्छन्, र तिनीहरू झन् बढी विशेष व्यवहार पाउन चाहन्छन्। यदि तँ सही व्यक्ति होस् भने, यस्तो कुनै परिस्थिति आइपर्दा तैँले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र यसो भन्‍नुपर्छ, “हे परमेश्‍वर, आज मलाई जे आइपरेको छ त्यसमा पक्कै पनि तपाईँका असल अभिप्रायहरू छन्। यो तपाईँले मेरा लागि खडा गरेको पाठ हो। म सत्यता खोज्न र सिद्धान्तअनुसार कार्य गर्न इच्छुक छु।” हैसियत भएकाहरूले सामना गर्ने प्रलोभनहरू अत्यन्तै भयङ्कर हुन्छन्, र प्रलोभन आएपछि, त्यसबाट पार पाउन वास्तवमै कठिन हुन्छ। तँलाई परमेश्‍वरको सुरक्षा र सहयोग चाहिन्छ; तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ, अनि तैँले सत्यता खोज्ने र बारम्बार आत्मचिन्तन गर्ने पनि गर्नैपर्छ। यसरी, तँलाई स्थिर र शान्ति अनुभूति हुनेछ। तर, यदि तँ त्यस्ता उपहारहरू प्राप्त नगरुन्जेल प्रार्थना गर्दैनस् भने, के तैँले त्यसपछि पनि त्यस्तो स्थिर र शान्ति अनुभूति गर्नेछस्? (गर्दै गर्दिनस्।) त्यसपछि परमेश्‍वरले तेरो बारेमा के सोच्नुहुनेछ? तेरा कार्यहरूले परमेश्‍वर खुसी हुनुहुनेछ कि उहाँ ती कार्यलाई तिरस्कार गर्नुहनेछ? उहाँले तेरा कार्यहरूलाई तिरस्कार गर्नुहुनेछ। के समस्या तैँले कुनै कुरा स्विकार्छस् कि स्विकार्दैनस् भन्‍ने मात्रै हो? (होइन।) त्यसोभए, समस्या कहाँनेर छ? समस्या त तैँले कुनै त्यस्तो परिस्थिति सामना गर्दा अपनाउने विचार र मनोवृतिमै समस्या छ। के तँ आफै निर्णय गर्छस् कि सत्यता खोज्छस्? के तँसँग विवेकको कुनै स्तर छ? के तँमा परमेश्‍वरको भय मान्‍ने हृदय पक्कै छ? के तँ परिस्थिति आउँदा परमेश्‍वरलाई प्रार्थना गर्छस्? के तँ पहिला आफ्नै चाहनाहरू पूरा गर्न खोज्छस्, कि पहिला प्रार्थना गरेर परमेश्‍वरका अभिप्रायहरू खोज्छस्? यस मामिलामा तेरो खुलासा हुन्छ। तैँले त्यस्तो परिस्थिति कसरी सम्हाल्नुपर्छ? तँसँग अभ्यासका सिद्धान्तहरू हुनैपर्छ। पहिला, तैँले बाहिरी रूपमा यी विशेष भौतिक लाभहरू, यी प्रलोभनहरू अस्वीकार गर्नैपर्छ। विशेष गरी तँलाई तैँले चाहेको चीज वा तँलाई ठ्याक्कै चाहिने चीज नै दिइए पनि, तैँले त्यसै गरी अस्वीकार गर्नैपर्छ। भौतिक कुरा भन्‍नाले के बुझिन्छ? त्यसमा गाँस, बास, र कपास, अनि दैनिक प्रयोगका कुराहरू सबै पर्छन्। यी भौतिक लाभहरू अस्वीकार गर्नैपर्छ। तैँले ती कुरा किन अस्वीकार गर्नैपर्छ? के त्यसो गर्नु तेरो कार्यशैलीको कुरा मात्र हो र? होइन; त्यो तेरो सहयोगी मनोवृतिको कुरा हो। यदि तँ सत्यता अभ्यास गर्न, परमेश्‍वरलाई सन्तुष्ट पार्न, र प्रलोभनबाट अलग बस्न चाहन्छस् भने, पहिला तँसँग यो सहयोगी मनोवृत्ति हुनैपर्छ। यस्तो मनोवृत्तिले तँ प्रलोभनबाट अलग बस्न सक्नेछस्, र तेरो विवेक शान्त हुनेछ। यदि तँलाई तैँले चाहेकै कुनै चीज दिइयो र तैँले त्यो स्वीकार गरिस् भने, तेरो विवेकले केही हदसम्म घोचेका हृदयमा महसुस हुनेछ। तर, तेरा बहानाबाजी र आत्म-स्पष्टीकरणहरूका कारण, तैँले यो चीज तँलाई दिनुपर्छ, त्यो तैँले नै पाउनुपर्छ भनेर भन्‍नेछस्। अनि त्यसपछि, तेरो विवेकले घोचेको पीडा त्यति सही प्रस्ट हुनेछैन। कहिलेकाहीँ, तेरा निश्‍चित समझ वा सोच र विचारहरूले तेरो विवेकलाई ढलपल पार्लान्, त्यसले गर्दा त्यसले घोचको पीडा प्रस्ट हुँदैन। त्यसोभए, के तेरो विवेक एक भरपर्दो मानक हो? होइन। यो मानिसहरूलाई चेतावनी दिने खतराको घण्टी हो। यसले कस्तो खालको चेतावनी दिन्छ? विवेकले भनेकोमा मात्र भर पर्दा सुरक्षा हुँदैन भन्‍ने चेतावनी दिन्छ; व्यक्तिले सत्यता सिद्धान्तहरू पनि खोज्नैपर्छ। भरपर्दो कुरा त्यही हो। सत्यताले मानिसहरूलाई बन्धनमा पारेन भने, तिनीहरू अझै पनि प्रलोभनमा पर्न सक्छन्, र हैसियतका लाभहरूमा हुनुका विभिन्‍न कारण दिन्छन् र बहानाहरू बनाउँछ। त्यसकारण, अगुवा भएको नाताले तँ हृदयबाट यो एउटै सिद्धान्तमा अडिग रहनुपर्छ: म सधैँ अस्वीकार गर्नेछु, सधैँ अलग बस्नेछु, र कुनै पनि विशेष व्यवहारलाई पूर्ण रूपमा इन्कार गर्नेछु। पूर्ण इन्कार भनेको दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त हो। यदि तँसँग दुष्टताबाट अलग बस्नका लागि पूर्वशर्त छ भने, तँ पहिल्यै केही हदसम्म परमेश्‍वरका सुरक्षामा छस्। र यदि तँसँग अभ्यासका त्यस्ता सिद्धान्तहरू छन्, र तँ त्यसप्रति अडिग छस् भने, तैँले सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न थालिसकेको छस्। तँ सही मार्गमा हिँड्न थालिसकेको छस्। जब तँ सही मार्गमा हिँडिरहेको र परमेश्‍वरलाई सन्तुष्ट पार्न थालिसकेको हुन्छस्, तब के तैँले अझै आफ्नो विवेक जाँच्नु आवश्यक हुन्छ? सिद्धान्तहरू अनुसार कार्य गर्नु र सत्यता अभ्यास गर्नु विवेकको स्तरभन्दा ठूलो हो। यदि व्यक्तिमा सहकार्य गर्ने सङ्कल्प छ र ऊ सिद्धान्तअनुसार कार्य गर्न सक्षम छ भने, उसले परमेश्‍वरलाई सन्तुष्ट पारिसकेको हुन्छ। परमेश्‍वरले मान्छेबाट माग गर्ने स्तर यही हो।

परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने व्यक्तिको क्षमता धेरै हदसम्म उसको सहकार्यमा भर पर्छ। सहकार्य अत्यन्तै महत्त्वपूर्ण छ। अय्यूबले परमेश्‍वरको भय मान्यो र ऊ दुष्टताबाट अलग बस्यो, उसले आफूमा भएको कद र वास्तविकताले गर्दा कुनै प्रलोभनमा पर्ने डर पक्कै मानेको थिएन। यदि ऊ कुनै भोजभतेरमा भएको भए, उसले कुनै शब्द वा कामले परमेश्‍वरलाई सजिलै चिढ्याएको हुनेथिएन। त्यसोभए, यति हुँदाहुँदै पनि उसले किन त्यस्ता भोजभतेरमा उपस्थित हुन अस्वीकार गरे? (उसलाई ती मन परेन।) उसलाई त्यस्ता कार्यक्रम मन परेन। यो वस्तुगत कारण हो, तर सायद तिमीहरूले विचार नगरेको एउटा व्यावहारिक मामिला पनि छ। अय्यूबले परमेश्‍वरको भय मान्यो र ऊ दुष्टताबाट अलग बस्यो। उसले कदम चाल्यो र अभ्यासहरू अवलम्बन गऱ्यो, यसो गर्दा उसले परमेश्‍वरको सुरक्षा पाउनेथ्यो, ऊ पाप गर्न वा परमेश्‍वरलाई चिढ्याउनबाट जोगिनेथ्यो। उसले सहकार्यका मानव विधिहरू अपनायो। यो त्यो मामिलाको एउटा पाटो हो। त्यसबाहेक, कतिपय परिस्थितिमा मान्छेले आफ्नो भ्रष्ट प्रकृति आफै नियन्त्रण गर्न सक्दैन, त्यसकारण अय्यूब आफू प्रलोभनमा परिने कार्यक्रमहरूमा उपस्थित हुनेथिएन। यसरी, उसले प्रलोभनलाई पन्छायो। के अहिले तिमीहरूले अय्यूब त्यस्ता भोजभतेरमा उपस्थित नहुनुको कारण बुझ्यौ? किनकि त्यस्तो कार्यक्रम जोकोहीका लागि अत्यन्तै ठूलो प्रलोभन हुनेथियो। कुनै कुरा अत्यन्तै ठूलो प्रलोभन हुनुको अर्थ के हो? मानिसहरू कुनै पनि बेला, तिनीहरू जहाँसुकै भए पनि, पाप गर्न र परमेश्‍वरलाई चिढ्याउन सक्छन्। परमेश्‍वरको भय मान्‍ने तेरो हृदय, अनि परमेश्‍वरप्रतिको तेरो आस्था र तेरो सङ्कल्प मात्र तँलाई प्रलोभनबाट मुक्त तुल्याउन पर्याप्त हुँदैन। प्रलोभन आइपर्दा त्यसले तँलाई परमेश्‍वरलाई चिढ्याउनबाट जोगाउन सक्दैन। बुझिस्? अरू मानिसले तँलाई गर्ने विशेष व्यवहार तैँले पूर्ण रूपमा अस्वीकार गर्नैपर्छ। तैँले हरेकपटक अस्वीकार गर्नैपर्छ। कामकुराहरू गर्ने यो कस्तो तरिका हो? त्यस्ता सिद्धान्त र नियमाहरू मान्छेका समस्याहरूको कुन क्षेत्रमा लक्षित हुन्छन्? (ती कुरा मान्छेको लोभी प्रकृतिप्रति लक्षित हुन्छन्।) मान्छेको भ्रष्ट स्वभावका कारण, ऊ प्रलोभनमा पर्ने खतरा हुन्छ। त्यसकारण, तैँले त्यस्ता प्रलोभनहरू पन्छाउन तैँले निश्चित सिद्धान्त र विधिहरू अपनाउनुपर्छ ताकि तैँले परमेश्‍वरलाई चिढ्याउन नपरेस्। सहकार्य गर्ने यो शक्तिशाली र प्रभावकारी तरिका हो। यदि तँ यसो गर्न सक्दैनस्, यदि तँ परिस्थितिलाई मूल्याङ्कन गरेर कहिले विशेष व्यवहार स्वीकार गर्छस् त कहिले अस्वीकार गर्छस् भने, के तैँले त्यो मामिला राम्ररी बुझेको छस्? (छैनँ।) त्यसबारे तेरो बुझाइ किन कमजोर छ? (किनकि मान्छेमा शैतानी प्रकृति हुन्छ र ऊ आफूलाई नियन्त्रण गर्न सक्दैन।) यस्ता परिस्थिति आइपर्दा, परमेश्‍वरको भय मान्‍ने हृदय नभएकाहरूसँग सिद्धान्तहरू हुँदैनन्। तिनीहरू सबथोक स्विकार्छन् र कहिल्यै कुनै कुरा अस्वीकार गर्दैनन्। यदि कसैले तिनीहरूलाई त्यो त भेटी हो, परमेश्‍वरमा समर्पित चीज हो भने पनि तिनीहरू डर मान्दैनन्। तिनीहरू त्यो चीज आफ्नो पोल्टामा हालिहाल्छन्। तिनीहरू त्यस्ता भेटी हिनामिना गर्ने र तीमाथि आफ्नै दाबी प्रस्तुत गर्ने आँट गर्छन्, तिनीहरूलाई अलिकति पनि आत्मग्लानि हुँदैन। प्रस्ट छ, तिनीहरू परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिस हुन्, तिनीहरू स्वाभाविक रूपमै त्यस्ता अवस्थाहरूमा पर्छन्। के तिनीहरू परमेश्‍वरका विश्‍वासीहरू नै हुन्? आराम र सहजतामा लिप्त हुँदा अनि हैसियतका लाभहरूको आनन्द उठाउँदाको परिणाम यही हो। यदि तँ बारम्बार प्रलोभनमा पर्छस् र त्यसबाट अलग बस्दैनस् भने, तँ अवश्य पनि थाहै नपाइकन यो मार्गमा डोरिनेछस्। मान्छेको भ्रष्ट स्वभावले उसलाई गलत मार्गमा डोऱ्याउँछ। के यो समस्या समाधान नगरीकन कामकुरा राम्रा हुन सक्छन्? त्यसकारण, तैँले सामना गर्ने समस्याहरूको बाबजुद, तैँले विशेष समस्याहरू सामना गर्न विशेष तरिकाहरू अपनाउँदै सत्यता सिद्धान्तहरू पालना गर्नुपर्छ। नियमहरू कडाइका साथ पालना गर्नु सही तरिका होइन। जुन तरिकाहरूले तँलाई प्रलोभनलाई जित्न मदत गर्छन्, ती सबै स्वीकार्य हुन्।

भौतिक प्रलोभनहरूबाट पार पाउन सजिलो हुन्छ। यदि तँसँग खानलाई खाना, ओड्नलाई कपडा, र सन्तुष्ट हृदय छ भने, तैँले त्यो गर्न सक्छस्। त्यसपछि, यस्ता प्रलोभनहरू सजिलै परास्त हुन्छन्। तर ख्याति, प्राप्ति, र हैसियतका प्रलोभनहरूबाट पार पाउन सबैभन्दा कठिन हुन्छ। उदाहरणका लागि, जब दुई जना मानिस सँगै काम गरिरहेका हुन्छन्, तब यदि अर्को व्यक्तिको हैसियत तेरो भन्दा कम छ, यदि उसको भन्दा तेरो हैसियत उच्च छ भने, तँलाई आनन्द लाग्‍नेछ। तर यदि तेरो हैसियत उसको भन्दा कम छ भने, तँलाई दुःख लाग्‍नेछ। तेरो हृदयमा बेचैनी छाउनेछ, तँलाई नियन्त्रित, नकारात्मक, र कमजोर महसुस हुनेछ, र तैँले प्रार्थना गर्नेछैनस्। के यो समस्या समाधान गर्न सजिलो छ? यसलाई समाधान गर्न सजिलो छैन। मानिसले भौतिक प्रलोभनहरू अस्वीकार गर्न र त्यसबाट अलग बस्न, त्यसको प्रदूषण पन्छाउन सक्छ, तर हैसियत, ख्याति, प्राप्ति, अहम्, र यशबाट पार पाउन सबैभन्दा कठिन हुन्छ। सजिलो नभए पनि, खासमा त्यसको समाधान छ। यदि तैँले सत्यता खोज्न, परमेश्‍वरलाई प्रार्थना गर्न, र ख्याति, प्राप्ति, र हैसियतका सारमा पुग्‍न त्यसको खोक्रोपन जान्‍न सकिस् भने, तँमा ख्याति, प्राप्ति, र हैसियत त्याग्‍ने आत्मविश्‍वास हुनेछ। यसरी, तँ ती कुराहरूको प्रलोभनमा पर्नेछैनस्। मानिसहरूमा भ्रष्ट प्रकृति हुन्छ, जसले गर्दा तिनीहरू थुप्रै भ्रष्ट स्वभाव प्रकट गर्छन् र त्यसमा जिउँछन्। यसले तिनीहरूलाई परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँविरुद्ध विद्रोह गर्ने तुल्याउँछ। तिनीहरू जिउने कुरा अमानवीय हुन्छ र सत्यतासँग मेल खाँदैन। मानिसहरू सत्यतासामु झुक्न नमान्‍ने मानव अहङ्कारी होऊन् र पाखण्डी होऊन्, वा धूर्त अभिप्रायले कार्य गर्ने छली, वा लोभी, महत्त्वाकाङ्क्षा, र चाहना भएको होस्, यी सबै दुर्गुणहरू केले उत्पन्‍न गर्छ? (शैतानको भ्रष्ट स्वभावले।) ती शैतानको भ्रष्ट स्वभावबाट उत्पन्‍न हुन्छन् र मान्छेलाई नियन्त्रण गर्ने शैतानी प्रकृतिद्वारा निर्मित हुन्छन्। मान्छे हैसियतका लागि लागिपर्नु यसको एउटा प्रकटीकरण हो। यो प्रकटीकरण मान्छेको अहङ्कारी स्वभाव, परमेश्‍वरप्रति उसको विद्रोह र प्रतिरोध झैँ उसको शैतानी प्रकृतिबाट उत्पन्‍न हुन्छ। यो समाधान गर्न कस्तो विधि प्रयोग गर्न सकिन्छ? तैँले सबैभन्दा आधारभूत विधि नै प्रयोग गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको मार्ग पछ्याइस् र सत्यता पछ्याउने मार्गमा हिँडिस् भने, यी सबै समस्या समाधान गर्न सकिन्छ। जब तँसँग कुनै हैसियत हुँदैन, तब तैँले आफूलाई बारम्बर चिरफार गरेर चिन्‍न सक्छस्। अरूले यसबाट लाभ उठाउन सक्छन्। जब तँसँग हैसियत भएर पनि तँ बारम्बार आफूलाई चिरफार गर्न र बुझ्न सक्छस्, तैँले अरूलाई तँ सत्यता बुझ्छस्, तँमा व्यावहारिक अनुभव छ, र तँ साँच्चै परिवर्तन हुन्छस् भन्‍ने तेरो सामर्थ्य देख्ने तुल्याइस् भने, के अरूले यसबाट लाभ उठाउन सक्दैनन् र? तँसँग हैसियत होस् या नहोस्, तैँले सत्यता अभ्यास गर्न सकिस् र तँमा सच्चा अनुभवात्मक गवाही छ, मानिसहरूलाई आफ्नो अनुभवद्वारा परमेश्‍वरका अभिप्रायहरू र सत्यता बुझ्ने तुल्याउन सकिस् भने, के यसले मानिसलाई लाभ पुऱ्याउँदैन र? त्यसोभए, तेरा लागि हैसियतको अर्थ के हो त? वास्तवमा, हैसियत त कपडाको टुक्रा वा टोपीजस्तै थप, अतिरिक्त कुरा मात्र हो। यो एउटा गहना मात्र हो। यसको खास उपयोगिता छैन, र यो हुनुले कुनै प्रभाव पार्दैन। तँसँग हैसियत भए पनि नभए पनि, तँ उही व्यक्ति होस्। मानिसले सत्यता बुझ्न अनि सत्यता र जीवन प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुराको हैसियतसँग कुनै सम्बन्ध छैन। यदि तैँले हैसियतलाई अति ठूलो कुरा मानिनस भने, यसले तँलाई बन्धनमा पार्न सक्दैन। यदि तैँले हैसियतलाई मन पराउँछस् र यसमा विशेष जोड दिन्छस्, सधैँ यसलाई महत्त्वपूर्ण कुराको रूपमा लिन्छस् भने, त्यसले तँलाई आफ्‍नो वशमा राख्‍नेछ; तँ खुलस्त हुन, आफूलाई उदाङ्गो पार्न, आफूलाई चिन्‍न वा कार्य गर्न आफ्‍नो नेतृत्व पद पन्छाउन र अरूसँग अन्तरक्रिया गरेर आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुनेछैनस्। यो कस्तो प्रकारको समस्या हो? के यो हैसियतका बन्धनमा पर्ने कुरा होइन? तैँले हैसियतको स्थानबाट बोल्ने र कार्य गर्ने अनि आफ्नो अहङ्कार त्याग्‍न नसक्ने भएकाले यस्तो हुन्छ। के तैँले यसो गरेर आफूलाई कष्ट दिइरहेको छैनस् र? यदि तँ साँच्चै सत्यता बुझ्छस्, र सदाझैँ आफूलाई नरोकी हैसियत पाउन सक्छस्, तर त्यसको साटो आफ्‍नो कर्तव्य कसरी राम्ररी निभाउने भनी ध्यान केन्द्रित गर्छस्, आफूले गर्नुपर्ने सबथोक गर्छस् र आफूले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्छस् भने, अनि यदि तैँले आफूलाई साधारण दाजुभाइ वा दिदीबहिनी ठान्छस् भने, के तँ हैसियतको बन्धनमा पर्नेछैनस्? जब तँ हैसियतका बन्धनमा हुँदैनस् र तँसित सामान्य जीवन प्रवेश हुन्छ, तब के तैँले अझै पनि आफूलाई अरूसँग तुलना गर्नेछस्? के तँलाई अझै पनि अरूले उच्च हैसियत ओगटेको देख्दा बेचैन हुनेछ? तैँले सत्यता खोज्नैपर्छ अनि हैसियतका बन्धनहरू र अन्य सबै मानिस, घटना र कामकुराको बन्धनबाट आफूलाई मुक्त पार्नैपर्छ। आफ्नो कर्तव्य राम्ररी निभाउनुभन्दा राम्रो कुरा केही छैन। त्यसपछि मात्र तँ सत्यता वास्तविकता भएको व्यक्ति हुनेछस्।

सबै भ्रष्ट मानिसहरू एउटा साझा समस्याबाट ग्रसित हुन्छन्: जब तिनीहरूसँग हैसियत हुँदैन, तब तिनीहरूले कसैसँग अन्तरक्रिया गर्दा वा बोल्दा आफूलाई उच्‍च देखाउने गर्दैनन्, न त तिनीहरूले आफ्‍नो बोलीवचनमा निश्‍चित शैली वा भाव नै अपनाउँछन्; तिनीहरू पूर्ण रूपमा सर्वसाधारण र सामान्य हुन्छन्, र तिनीहरूले आफैलाई बाहिरी आवरणले ढाक्‍न आवश्यक हुँदैन। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाबको महसुस गर्दैनन्, र तिनीहरूले खुला रूपमा र हृदयबाट नै सङ्गति गर्न सक्छन्। तिनीहरू मित्रवत् र अन्तरक्रिया गर्न सहज किसिमका हुन्छन्; अरूलाई तिनीहरू अत्यन्तै असल मानिसहरू हुन् भन्‍ने लाग्छ। तर, तिनीहरू हैसियत प्राप्त गर्नेबित्तिकै, उच्‍च र शक्तिशाली बन्छन्, साधारण मानिसहरूलाई बेवास्ता गर्छन्, तिनीहरूसँग कोही पनि रकुरा गर्न सक्दैन; तिनीहरू आफूमा एक प्रकारको कुलिनता छ, र आफू साधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्‍ने ठान्छन्। तिनीहरू साधारण मानिसहरूलाई तुच्छ नजरले हेर्छन्, तिनीहरू ठाँटसित बोल्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्‍ने लाग्छ। तिनीहरू के विचार गर्छन् भने, अगुवाको निश्‍चित छवि हुनैपर्छ, उनीहरू साधारण मानिसहरूभन्दा अलिक उच्‍च हुनुपर्छ, उनीहरूसँग अझै ठूलो कद हुनुपर्छ र उनीहरू जिम्‍मेवारी लिन अझ बढी सक्षम हुनुपर्छ; उनीहरूले के विश्‍वास गर्छन् भने, सर्वसाधारण मानिसहरूका तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्य हुनुपर्छ, उनीहरूले अझै बढी कष्ट भोग्‍न र समर्पित हुन, अनि शैतानको कुनै पनि प्रलोभन सामना गर्न सक्‍नुपर्छ। उनीहरूका मातापिता वा परिवारका सदस्यहरू मरे पनि नरुन उनीहरूमा आत्मसंयम हुनैपर्छ, वा कम्तीमा उनीहरू कसैले नदेख्ने गरी गुप्तमा रुनुपर्छ, ताकि कसैले पनि उनीहरूका कमीकमजोरी, दोष, वा दुर्बलता देख्‍न नसकून्। तिनीहरूलाई अगुवाहरू नकारात्मक भए भने, उनीहरूले त्यस्तो कुरा कसैलाई पनि थाहा दिनु हुँदैन; बरु, यस्ता सबै कुरा लुकाउनुपर्छ भन्‍नेसमेत लाग्छ। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। जब तिनीहरू आफूलाई यस हदसम्म कुण्ठित पार्छन्, तब के हैसियत नै तिनीहरूको परमेश्‍वर, तिनीहरूको प्रभु बनेको हुँदैन र? अनि यस्तो हुँदा, के तिनीहरूमा अझै सामान्य मानवता हुन्छ? जब तिनीहरूमा यी विचार हुन्छन्—जब तिनीहरू आफूलाई यसमा सीमित राख्छन्, र यस्तो प्रकारको काम गर्छन्—तब के तिनीहरू हैसियतले मोहित भएका हुँदैनन् र? जब अर्को व्यक्ति तिनीहरूभन्दा बलिया र राम्रा हुन्छन्, तब यसले तिनीहरूको मुख्य कमजोरीलाई छुन्छ। के तिनीहरू देहलाई जित्न सक्छन्? के तिनीहरू अन्य व्यक्तिलाई सही तरिकाले व्यवहार गर्न सक्छन्? कदापि सक्दैनन्। तैँले आफूलाई हैसियतको नियन्त्रणबाट मुक्त गर्न के गर्नैपर्छ? तैँले पहिलात्यसलाई तेरा उद्देश्यहरू, तेरा विचारहरू र तेरो हृदयबाट हटाउनुपर्छ। यो कसरी हासिल हुन्छ? पहिले, जब तँ हैसियत विनाको थिइस्, तैँले आफूलाई मन नपर्ने मानिसहरूलाई बेवास्ता गर्थिस्। अब जब तँसित हैसियत छ, यदि तैँले कुनै अनाकर्षक व्यक्ति, वा समस्यामा परेको कसैलाई देखिस् भने तिनीहरूलाई सहायता गर्न आफू जिम्मेवार भएको महसुस गर्छस्, त्यसैले तिनीहरूसित भएका केही व्यावहारिक समस्याहरू समाधान गर्ने प्रयास गर्दै, तिनीहरूसँग सङ्गतिमा धेरै समय बिताउँछस्। अनि यस्ता कामहरू गर्दा तेरो मनमा कस्तो भावना हुन्छ? यो आनन्द र शान्तिको अनुभव हो। त्यसैले तैँले पनि मानिसहरूमा भरोसा राख्नुपर्छ र आफू कठिनाइमा पर्दा वा असफल हुँदा, आफ्ना समस्या र कमजोरीहरू, आफूले कसरी परमेश्‍वरविरुद्ध विद्रोह गऱ्यो, र त्यसबाट आफू कसरी बाहिर निस्क्यो र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न ससक्षम भयो भनी बताउँदै तिनीहरूसित बारम्बार सङ्गति गर्नुपर्छ। अनि यस प्रकारले तिनीहरूलाई भरोसा गर्नुको प्रभाव कस्तो हुन्छ? निस्सन्देह, त्यो सकारात्मक हुन्छ। कसैले पनि तँलाई तुच्छ ठान्‍नेछैनन्—अनि तिनीहरूले यी अनुभवबाट गुज्रने तेरो क्षमताको ईर्ष्या गर्लान्। कतपिय मानिस सधैँ के सोच्छन् भने जब मानिसहरूसित हैसियत हुन्छ, तब तिनीहरूले अधिकारीहरूले जस्तै व्यवहार गर्नुपर्छ, र आफूलाई गम्भीरताका साथ लिइयोस् र सम्मान गरियोस् भनेर निश्चात तरिकामा बोल्नुपर्छ। के यस्तो प्रकारको सोचाइ सही हो? यदि तैँले यस प्रकारको सोचाइ गलत हो भनेर बुझ्न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र दैहिक कुराहरूको विरुद्धमा जानुपर्छ। गमक्क नपर्, र पाखण्डको मार्गमा नहिँड्। तँमा त्यस्तो सोच आउनेबित्तिकै, सत्यता खोजेर त्यो समाधान गर्नुपर्छ। यदि तैँले सत्यता खोजिनस् भने, यो सोच, यो दृष्टिकोणले आकार लिनेछ र तेरो हृदयमा जरा गाड्नेछ। परिणामस्वरूप, त्यो तँमाथि हावी हुनेछ अनि तैँले भेष बदल्नेछस् र यस्ता हदमा आफ्नो छवि बनाउनेछस् कि कसैले पनि तँमा त्यो कुरादेख्न वा तेरा सोचहरू बुझ्न सक्नेछैनन्। तँ अरूसँग तिनीहरूबाट तेरो साँचो हृदय लुकाएर राख्ने मुकुण्डो ओढेर बोल्छस्। तैँले अरूलाई तेरो हृदय हेर्न दिन अनि अरूलाई आफ्नो हृदय खोल्न र तिनीहरूसँग नजिक हुन सिक्नैपर्छ। तैँले आफ्नो दैहिक रुचिहरूविरुद्ध विरुद्ध विद्रोह गर्नैपर्छ र परमेश्‍वरका मागहरूअनुसार अभ्यास गर्नैपर्छ। यसरी, तेरो हृदयले शान्ति र खुसी पाउनेछ। तँलाई जेसुकै घटनाहरू आइपरे पनि, पहिला आफ्नो मनमा के-कस्ता समस्याहरू छन् भनी चिन्तन गर्। यदि तँलाई अझै पनि आफ्नो छवि बनाउन र भेष बदल्न चाह हुन्छ भने, तैँले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म फेरि पनि भेष बदल्न चाहन्छु। म फेरि छल गर्दै षडयन्त्र गर्दै छु। म कस्तो खास दियाबलस रहेछु! तपाईंका लागि म साँच्चै घृणित हुनुपर्छ! अहिले म आफूलाई एकदमै घृणा गर्छु। बिन्ती छ, मलाई हप्काउनुहोस्, अनुशासनमा राख्नुहोस् र दण्ड दिनुहोस्।” तैँले प्रार्थना गर्ने, आफ्नो मनोवृति खुलस्त पार्ने, र परमेश्‍वरमा भरोसा गरेर त्यसलाई खुलासा गर्ने, त्यसलाई केलाउने, र रोक्ने गर्नैपर्छ। यदि तैँले यसरी केलाइस् र रोकिस् भने, तेरा कार्यहरूले कुनै समस्या सिर्जना गर्नेछैनन् किनकि तेरो भ्रष्ट स्वभाव नाकाम हुन्छ र त्यो आफै खुलासा हुँदैन। यस्तो बेला, तेरो हृदयमा कस्ता भावनाहरू हुन्छन्? कम्तीमा पनि, तँलाई केही मुक्ति अनुभूति हुनेछ। तेरो हृदय प्रसन्‍न र शान्तिमा हुनेछ। तेरो पीडा कम हुनेछ, र तैँले शोधनको कष्ट भोग्‍नेछैनस्। बढीमा, तँ क्षणिक रूपमा अलि अरकच्च पर्ने समय आउनेछ, र मनमनै सोच्नेछस्, “म त अगुवा, हैसियत र इज्जत भएको व्यक्ति हुँ, म कसरी सामान्य मानिसजस्तो हुन मिल्छ र? कसरी म म सामान्य मानिसहरूसँग हार्दिक, सच्चा र खुला रूपले कुराकानी गर्न सक्छु? यसो गर्नु त मैले आफूलाई तल झार्नु हुनेछ!” हेर् त यो अलि कष्टकर छ। मान्छेको भ्रष्ट स्वभाव एकैचोटि पूर्णतया फाल्न सकिँदैन, न त त्यो छोटो समयमै पूर्ण रूपले हटाउन नै सकिन्छ। तँलाई लाग्छ, आफ्नो भ्रष्ट स्वभाव हटाउनु एकदमै सरल हुनेछ, यो मान्छेले कल्पना गरेजस्तै हुन्छ—तिनीहरूले प्रष्ट रूपले सत्यतामा सङ्गति गरेर आफ्नो भ्रष्ट स्वभाव चिनेपछि, त्यो तुरुन्तै त्याग्‍न सक्नेछन्। त्यो त्यस्तो सरल कुरा होइन। मान्छेले सत्यता अभ्यास गर्ने प्रक्रिया भनेको उसको भ्रष्ट स्वभावविरुद्ध लड्ने प्रक्रिया हो। मान्छेको व्यक्तिगत इच्छा, कल्पना, र अत्यधिक चाहनाहरूलाई विद्रोह गरेर र प्रार्थनामार्फत सदाका लागि परास्त गरेर ती पूर्ण रूपमा ती समाधान हुँदैनन्। बरु, ती त बारम्बारको कैयौँ लडाइँपछि मात्र बल्ल त्याग्‍न सकिन्छ। व्यक्तिले सत्यता अभ्यास गर्न सकेपछि मात्र यो प्रक्रियाले साँच्चै प्रतिफल दिनेछ। विशेष गरी ठूला मामिलाहरूमा, तेरो हृदयको लडाइँ झन् तीव्र हुनेछ, लगातरको अनिदो रातहरू कहिलेकाहीँ एक-दुई महिना, कहिलेकाहीँ छ महिना वा एक वर्षसम्म निरन्तर लम्बिन सक्छन्। मान्छेको भ्रष्ट स्वभाव अलिक हठी हुन्छ। सत्यतामा एक-दुई पटक सङ्गति गरेर कुनै खालको पनि भ्रष्ट स्वभाव हटाउन सकिँदैन। त्यसले तँविरुद्ध बारम्बार लड्नेछ, र तैँले प्रस्टसित सत्यता नबुझिन्जेल, आफ्नो भ्रष्ट स्वभाव पूर्ण रूपले नचिनुन्जेल, अनि देह र शैतानलाई घृणा गर्न नथालिन्जेल निरन्तर सत्यता खोजी गर्नैपर्छ। त्यसपछि, सत्यता अभ्यास तेरा लागि सामान्य कुरा, स्वाभाविक र सहज कुरा बन्‍नेछ। देहलाई जित्नु र शैतानमाथि विजय प्राप्त गर्नु भनेको यही हो। लडाइँको क्रममा, मानिसहरूले सधैँ परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र परमेश्‍वरका वचन पढ्नमा अझ बढी समय खर्चनैपर्छ। तिनीहरू मार्ग पत्ता लगाउन कहिल्यै गैरविश्‍वासीहरू वा शैतान र दियाबलसहरूकहाँ जानै हुँदैन। तिनीहरूले परमेश्‍वरमा भर पर्नैपर्छ र उहाँलाई सम्मान गर्नैपर्छ। तिनीहरू सत्यता खोजेर परमेश्‍वरका वचनबमोजिम सत्यताका सङ्गतिमा संलग्‍न हुनैपर्छ। तिनीहरूले साँच्चै सत्यता बुझेमा मात्र देह र शैतानलाई जित्न सक्छन्। परमेश्‍वर यसलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वर तेरो हृदय हेर्नुहुन्छ। उहाँ तँ सत्यतालाई प्रेम गर्छस्, परमेश्‍वरको भय मान्छस्, र तँ अधर्मीपन त्याग्‍न र दुष्टताबाट अलग बस्न इच्छुक छस् भन् कुरा देख्नुहुन्छ। तेरो भ्रष्ट स्वभावले तँमा सोच, विचार, र अभिप्रायहरू सिर्जना गरेको भए पनि, यी सोच र अभिप्रायहरूले तेरो व्यवहारलाई नियन्त्रण गर्दैनन्, र तेरो सङ्कल्पलाई ढाल्नेछैनन् वा कुल्चनेछैनन्। अन्त्यमा, तँ ती कुरालाई परास्त गर्न सक्षम हुन्छस्, र परमेश्‍वरले तँलाई सम्झनुहुनेछ। यदि तैँले यो कुरालाई बारम्बार अभ्यास गरिस् भने, तेरो भित्री अवस्थामा सुधार हुनेछ। कुन अर्थमा तैँले आफ्नो भ्रष्ट स्वभावको यस पक्षलाई पूरै जितेको छस्, आफ्नो भ्रष्ट स्वभावको यो पक्षमा तँ परिवर्तन भएको छस् र सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भनेर भन्‍न सकिन्छ? मतलब, खराब सोच र विचार अझै पनि कहिलेकाहीँ तेरा दिमागमा प्रवेश गर्न सक्ला, र ती कुराले केही अभिप्राय र चाहना सिर्जना गर्लान्, तैपनि तिनले अबउसो तेरो हृदयलाई प्रभाव पार्दैन। तँलाई यी कुराहरू महत्त्वपूर्ण छैनन् भन्‍ने पहिल्यै महसुस् हुन्छ, र तँ ती उत्पन्‍न हुनेबित्तिकै चिन्‍न सक्छस्। तैँले ती कुरालाई बनावटी रूपमा रोक्न र तीविरुद्ध जान पर्दैन, र तैँले जानीजानी परमेश्‍वरलाई जाँचिमाग्‍नु, अनुशासनमा राखिम्ग्नु, र दण्ड मग्‍नु पर्दैन। त्यस्ता विधि तँलाई आवश्यक छैन। तैँले त्यसलाई सजिलै जित्न र त्याग्‍न सक्छस्। तेरो हृदय बेचैन हुँदैन र तँलाई क्षति भएको महसुस हुँदैन। यो राम्रो हो। अब तँसँग कद र परिवर्तित स्वभाव छ। के अब तिमीहरूले केही हदसम्म प्रवेश प्राप्त गरेका छौ? के तिमीहरू केही परिवर्तन भएका छौ? (अहँ।) त्यसोभए तेरो कद साँच्चै अति सानो छ, र तैँले सत्यता पछ्याउन अनि परमेश्‍वरका वचन खान र पिउन अझै कडा परिश्रम गर्नुपर्छ। त्यसपछि, तँलाई फेरि यी कुरा आइपर्दा, तैँले अभ्यास गर्ने र सिद्धान्तअनुसार कार्य गर्ने तरिका जान्‍नेछस्। तँलाई आफूले आफ्नो गवाहीमा दृढ रहन के गर्नैपर्छ भनेर थाहा हुनेछ। त्यसपछि, तँमा साँच्चै कद हुनेछ। सत्यता अभ्यास गर्न र आफ्नो साक्षीमा अडिग रहन सक्नेहरू मात्र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। तिमीहरू अहिले त्यसको योग्य भएका छैनौ। तिमीहरू अझै छामछुम गर्ने चरणमै छौ। यी वास्तविक अवस्थाहरूबारे भन्‍नुपर्दा, तिमीहरूलाई आफूसँग यी सबै समस्या छन् भन्‍ने लाग्छ, तर पनि तिमीहरू ती समाधान गर्न कहिल्यै सत्यता खोजेका छैनौ। के यसको अर्थ तेरो कद अत्यन्तै सानो छ भन्‍ने हो? यदि तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस् भने, के तँसित जीवन हुन सक्छ? तैँले अझै सत्यता प्राप्त गरेको छैनस् र अझै पनि तँसँग जीवन छैन। यदि तँ दैहिकताको जीवन मात्र जिउँछस् र आफ्नो शैतानी स्वभावअनुसार मात्र जिउँछस् भने, तँ शैतानको प्रभुत्वमा जिउने व्यक्ति होस्। तैँले अझै परमेश्‍वरको मुक्ति प्राप्त गरेको छैनस्। मुक्ति मानिसहरूले कल्पना गरेजस्तो सरल हुँदैन, तिनीहरू यदि वचन र धर्मसिद्धान्तहरू फलाक्न र केही नियमहरू पालना गर्न सकियो भने मुक्ति प्राप्त हुन्छ भन्ठान्छन्। तैँले आफूलाई साँच्चै चिन्‍नैपर्छ, तँ केही भ्रष्ट स्वभावहरूबाट मुक्त हुन, यश र हैसियतको सारलाई बुझ्न, हैसियत त्याग्‍न, र परमेश्‍वरप्रति साँचो अर्थमा समर्पित हुन सक्षम हुनैपर्छ। यस तरिकाले मात्र मुक्ति प्राप्त हुन्छ।

खासमा, हैसियतसम्बन्धी समस्याको समाधान अन्य समस्याको समाधान जस्तै हो। यी सबै समस्याहरू भ्रष्ट स्वभावका प्रकटीकरण र खुलासाहरू हुन्। यी सबै मानव रुचि र पछ्याइ हुन्। यसमा मैले भन्‍न खोजेको कुरा के हो? यदि तँ आफ्नो भ्रष्ट स्वभावबाट मुक्त भइस् भने, हैसियत तेरा लागि समस्या हुनेछैन। मानिसहरू हैसियतका लागि एकअर्कासँग प्रतिस्पर्धा गर्छन्, र यसो भन्छन्, “आज तिमी मभन्दा माथि हौला, तर भोलि म तिमीभन्दा माथि हुनेछु।” यसमा के समस्या छ? के यो हैसियतकै कारण मात्र उत्पन्‍न हुन्छ? (होइन।) यो केले उत्पन्‍न गरायो? (मान्छेको भ्रष्ट स्वभावले।) सही भनिस्। यो समस्या मान्छेको भ्रष्ट स्वभावबाट उत्पन्‍न हुन्छ। यो भ्रष्ट स्वभाव हटाइएपछि, यी सबै समस्या सुल्झिनेछन्। अन्त्यमा, सत्यता पछ्याइको मार्ग रोज्न चाहनेहरूले आत्मचिन्तनमा र सबै कुरामा आफूलाई चिन्‍नमा ध्यान केन्द्रित गर्नैपर्छ। तिनीहरूले सत्यता पछ्याइको मार्गमा हिँड्न सक्नअघि आफ्ना भ्रष्ट स्वभावहरू हटाउनैपर्छ। यदि तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव हटाउन सकेनन् भने, धेरै कठिनाइ र अवरोध खडा हुनेछन्। तिनीहरूले आफ्ना कर्तव्यहरू निभाए पनि, झारा मात्र टार्नेछन् तर नतिजा हासिल गर्नेछैनन्। तैँले यी समस्याहरू समाधान गर्नका लागि सत्यता पछ्यान, आफ्नो भ्रष्ट स्वभाव चिन्‍न, र समस्याहरू सुल्झाउन हर प्रयास लगाउनैपर्छ। “सत्यता पछ्याउ अझ बढी प्रार्थना गर्नु, र परमेश्‍वरको वचन अझ बढी पढ्नु पर्याप्त हुन्छ” मात्र नभन्। यो अत्यन्तै अस्पष्ट छ। अभ्यासको मार्गविना, यसले काम गर्दैन। निर्दिष्ट समस्याहरूलाई निर्द्धिष्ट तरिकाले नै सुल्झाउनुपर्छ। रटेर मात्र नियमहरू लागू नगर्। सत्यता जीवित र व्यावहारिक हुन्छ, र नियमहरू जथाभावी लागू गर्नु कुनै तरिका होइन। तैँले व्यावहारिक समस्याहरू सत्यता सिद्धान्तअनुसार समाधान गर्नुपर्छ। यदि कुनै व्यक्तिले सत्यता प्रयोग गरेर व्यावहारिक समस्याहरू समाधान गर्न सक्दैन भने, त्यस्तो व्यक्ति अगुवा वा कामदारका रूपमा मानकअनुरूपको हुँदैन। सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न नसक्ने जोकोही पनि सत्यता बुझ्ने व्यक्ति होइन। ऊ अगुवा र सेवक बन्‍न सक्ला, तैपनि सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न सक्दैन, उसमा सत्यता हुनेछैन, र उसलाई सिद्धान्तअनुसार कार्य गर्न असम्भव हुनेछ। त्यस्तो अगुवा र सेवकमा सत्यता वास्तविकता बिलकुलै हुँदैन।

फेब्रुअरी १६, २०१७

अघिल्लो: परमेश्‍वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

अर्को: सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्