सत्यता कसरी पछ्याउने (४)

यतिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरिसकेपछि, के तिमीहरूले आफू वरिपरिका मानिसहरू र विभिन्‍न कुरा अनि बाहिरी संसारको परिस्थितिमा परिवर्तन आएको अनुभूति गरेका छौ? विशेष गरी विगत केही वर्षमा, के तिमीहरूले कुनै ठूला परिवर्तनहरू देखेका छौ? (छौँ।) तिमीहरूले देखेका छौ। अनि के तिमीहरूले यसबारे कुनै निष्कर्ष निकालेका छौ? (परमेश्‍वरको काम अन्त्य हुन लागेको छ।) ठिक भन्यौ, परमेश्‍वरको काम साँच्‍चै अन्त्य हुन लागेको छ, अनि तिमीहरूका वरिपरिका मानिस, घटना, विभिन्‍न कुरा, र परिस्थिति सबै निरन्तर परिवर्तन भइरहेका छन्। उदाहरणका लागि, पहिले यो समूहमा दस जना थिए, तर अहिले आठ जना छन्। अरू दुई जनालाई के भयो? एक जनालाई हटाइयो, र अर्कोलाई प्रतिस्थापित गरियो। मण्डलीमा विभिन्‍न प्रकारका सबै मानिस निरन्तर परिवर्तन भइरहेका र निरन्तर खुलासा भइरहेका हुन्छन्। सुरुमा त, कतिपय मानिस साह्रै उत्साहित देखिन्छन्, तर केही समयपछि अचानक कमजोर बन्छन् र अघि बढ्नै नसक्ने गरी अत्यन्तै नकारात्मक हुन्छन्। तिनीहरूको सुरुको जोस, जल्दोबल्दो शक्ति, र तथाकथित बफादारिता सबै हराएका हुन्छन्, कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प हराएको हुन्छ, तिनीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासमा पटक्कै चासो हुँदैन, र तिनीहरू अचानक फरक मानिस देखिन्छन्, र यसको कारण कसैलाई थाहा हुँदैन। वातावरणमा पनि निरन्तर परिवर्तन भइरहेका छन्। मानिसहरूको वातावरणमा के-कस्ता परिवर्तन भइरहेका छन्? कतिपय ठाउँमा वातावरण प्रतिकूल छ र सतावट चरम छ, त्यसकारण मानिसहरू कुनै हालतमा भेला हुन वा आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूसँग सम्पर्कमा रहन सक्दैनन्; कतिपय ठाउँमा वातावरण अलिक राम्रो र सुरक्षित छ; अन्य ठाउँमा कर्तव्य पूरा गर्ने वातावरण पहिलेको भन्दा अनुकूल, शान्तिपूर्ण र स्थिर छ, अनि त्यहाँका मानिसहरू पहिलेका मानिसभन्दा निकै राम्रा छन्; तिनीहरू सबै परमेश्‍वरप्रति इमानदारीसाथ समर्पित हुन्छन्, त्यहाँ कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍ने मानिसहरू निकै छन्, सबै कार्य परियोजना राम्ररी अगाडि बढ्छन्, कामको प्रगति अझ प्रभावकारी भएको छ, अनि परिणाम र प्रभावहरू पहिलेका भन्दा अझ आसलाग्दा र सन्तोषजनक छन्। त्यसबाहेक, कार्य परियोजनाहरू पूरा गरिने योजना, शैली, र तौरतरिकामा पनि निरन्तर सुधार भइरहेका छन्। छोटकरीमा भन्दा, मानिसहरूले सबै किसिमका गलत र नकारात्मक मानिस, घटना, र परिस्थिति निरन्तर देखा परिरहेका देख्ने भए पनि, अवश्य नै सबै किसिमका असल, सही र सकारात्मक मानिस, घटना, र परिस्थिति पनि निरन्तर देखा परिरहेका छन्। जब मानिसहरू आफू वरिपरिका विभिन्‍न नकारात्मक र सकारात्मक कुराहरू निरन्तर हेरफेर र परिवर्तन भइरहने त्यस्तो सामाजिक वातावरणमा जिउँछन्, तब अन्त्यमा फाइदा परमेश्‍वरलाई अत्यन्तै चाहने, सत्यता पछ्याउने, र सत्यताको तृष्णा गर्ने मानिसहरूलाई पुग्छ। तिनीहरू ज्योति र न्यायको तृष्णा गर्ने मानिस हुन्, जबकि सत्यता नपछ्याउने, दुष्कर्ममा फस्ने र सत्यताप्रति वितृष्ण हुने मानिसहरूलाई फरक-फरक मानिस, घटना, परिस्थिति, र वातावरणहरूको सम्बन्धमा खुलासा गरिन्छ, हटाइन्छ, र त्यागिन्छ। यी फरक-फरक वातावरण, मानिस र घटना खुलासा हुँदा, अनि नयाँ वातावरण, मानिस, र घटना निरन्तर देखा पर्दा, परमेश्‍वरको अभिप्राय के हुनेछ? यत्तिका वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेर, के तिमीहरूले यो कुरा बुझेका छौ? कम्तीमा पनि, के तिमीहरूलाई परमेश्‍वरले नै यो सब कुरा योजनाबद्ध गरिरहनुभएको छ र उहाँले नै यी कुराहरूलाई डोऱ्याउँदै आइरहनुभएको छ भन्‍ने लाग्छ? (लाग्छ।) परमेश्‍वरले यो सब गर्नुपछाडिको उद्देश्य र अर्थ भनेको उहाँलाई पछ्याउनेहरूलाई पाठ सिक्न, अन्तर्ज्ञान र अनुभवमा वृद्धि हुन, र यसरी क्रमिक रूपमा सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम पार्नु हो। के तिमीहरू आफैले यो हासिल गरेका छौ? मानिसहरू काममा जति नै व्यस्त भए पनि, वा तिनीहरूको वातावरण जति नै अनुकूल वा प्रतिकूल भए पनि, परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको उद्देश्य परिवर्तनबिनै सत्यता पछ्याउनु हो। मानिसहरूले आफू काममा, विभिन्‍न कुरामा व्यस्त भएकाले, वा प्रतिकूल वातावरणबाट जोगिन चाहेको कारण सत्यता पछ्याउन पटक्कै बिर्सनु हुँदैन, वा यी परिस्थितिहरू परमेश्‍वरले नै मिलाउनुभएको हो भनेर बिर्सनै हुँदैन, वा परमेश्‍वर तिनीहरूले यी विभिन्‍न परिस्थितिमा पाठहरू सिकेको, सबै किसिमका मानिस, घटना, र परिस्थितिलाई चिन्‍ने तरिका सिकेको, सत्यता बुझेको, अन्तर्ज्ञानमा प्रगति गरेको, र परमेश्‍वरलाई चिनेको अभिप्राय राख्नुहुन्छ भनेर बिर्सनै हुँदैन। तिमीहरूले आफूले यी कुराहरू हासिल गरेको छु कि छैन भनेर इमानदारीसाथ सारांश निकाल्‍नुपर्छ।

हालका वर्षहरूमा मण्डलीमा कामको अत्यन्तै चटारो भएको छ, त्यसकारण हरेक समूहमा सदस्यहरू स्थानान्तर गर्ने र नयाँ काममा खटाउने, साथै प्रकाश गर्ने, हटाउने, र धुने काम केही हदसम्म बारम्‍बार भएको छ। यो काम पूरा गर्ने क्रममा, समूह सदस्यहरूलाई स्थानान्तर गर्ने कार्य विशेष गरी बारम्‍बार र व्यापक तरिकामा भएको छ। तर, जति मात्रामा स्थानान्तर भए पनि वा जति नै परिवर्तन गरिए पनि, परमेश्‍वरलाई साँचो विश्‍वास गर्ने र चाहने मानिसहरूले सत्यता पछ्याउन गरेको सङ्कल्‍प परिवर्तन हुँदैन, मुक्ति प्राप्त गर्ने तिनीहरूको इच्छा परिवर्तन हुँदैन, परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वास कम हुँदैन, र तिनीहरू सधैँ सही दिशातिर लम्किरहेका हुन्छन्, र आजको दिनसम्‍म आफ्‍नो कर्तव्य निर्वाहमा दृढ छन्। योभन्दा अझै असल मानिसहरू छन्, जसले निरन्तर नयाँ काममा खटिएर आफ्‍नो सही स्थान भेट्टाउँछन्, अनि आफ्नो कर्तव्यमा कसरी सिद्धान्तहरू खोजी गर्ने भनेर सिक्छन्। तर सत्यता नपछ्याउने, सकारात्मक कुरालाई प्रेम नगर्ने र सत्यताप्रति वितृष्ण हुने मानिसहरूले राम्ररी काम गर्दैनन्। हाल कतिपय मानिस जबरजस्ती आफ्‍नो कर्तव्य निर्वाहमा लागिरहन्छन्, जबकि तिनीहरूको भित्री स्थिति पहिले नै भताभुङ्ग अवस्थामा हुन्छ, र तिनीहरू अत्यन्तै निराश र नकारात्मक हुन्छन्। तैपनि तिनीहरूले अझै मण्डली छोडेका हुँदैनन्, र तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन् र अझै पनि आफ्‍नो कर्तव्य निर्वाह गर्छन् जस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूको हृदय परिवर्तन भएको हुन्छ, र तिनीहरू परमेश्‍वरबाट अलग भएका र तिनीहरूले परमेश्‍वरलाई त्यागेका हुन्छन्। कतिपय मानिस विवाह गरेर आफ्‍नो जीवन जिउन घर फर्किन्छन् र भन्छन्, “म आफ्‍नो जवानी खेर फाल्‍न सक्दिनँ। हामी एकपटक मात्रै जवान हुन्छौँ, र मैले आफ्‍नो जवानी पटक्‍कै खेर फाल्‍नु हुँदैन! परमेश्‍वर हुनुहुन्छ भन्‍ने मलाई हृदयमा विश्‍वास छ, तर म आफ्‍नो जवानी सत्यता पछ्याउनमा लगाउने तिमीहरूजस्तो सिधासाधा हुन सक्दिनँ। मैले विवाह गरेर आफ्‍नो जीवन जिउनु छ। जीवन छोटो छ, र हामी केही वर्षसम्‍म मात्रै जवान हुन्छौँ। आँखा झिमिक्‍क गर्दा जीवन सकिन्छ। म यहाँ आफ्‍नो जवानी खेर फाल्न सक्दिनँ। म आफ्नो जवानी बित्नुअघि, केही वर्ष निस्फिक्री भएर पुरापुर जीवन जिउन सक्छु।” कतिपय मानिस धनी बन्‍ने आफ्‍नो सपनालाई पछ्याइरहन्छन्; कतिपय अधिकारी बन्‍ने पेसाको पछि लागिरहन्छन् र अधिकारी वा नोकरशाह बन्‍ने सपना साकार पार्छन्, कतिचाहिँ बालबच्‍चाको धनी बन्‍न लागिपर्छन्, त्यसकारण तिनीहरू छोराहरू जन्‍माइदिन सक्ने श्रीमती ल्याउँछन्; कतिपय मानिस परमेश्‍वरमा विश्‍वास गरेको कारण खेदोमा पर्छन्, कमजोर र बिरामी नभइञ्जेल सतावट खेप्छन्, त्यसपछि तिनीहरू आफ्‍नो कर्तव्य त्यागेर बाँकी जीवन जिउन घर फर्किन्छन्। हरेकको परिस्थिति फरक हुन्छ। कतिपय मानिस आफ्‍नै कारणले छोड्छन् र आफ्‍नो नाम सूचीबाट काट्न लगाउँछन्, कतिपय अवि‍श्‍वासी हुन्छन् जसलाई हटाइन्छ, र कतिपय मानिस अनेक किसिमका दुष्ट कार्य गर्छन् र निष्कासित हुन्छन्। यी सबै मानिसभित्र के हुन्छ? तिनीहरूको सार के हो? के तिमीहरूले यसलाई स्पष्टसँग देखेका छौ? यी मानिसहरूको कथा हरेक पटक तिमीहरूको कानमा पर्दा के तिमीहरू त्यसले आफूलाई गहन रूपमा छोएको महसुस गर्छौ? तँ सोच्छस् होला, “तिनीहरू कसरी यस्तो हुन पुगे? तिनीहरू कसरी यस्तो स्थितिमा पर्न पुगे? तिनीहरू त पहिले यस्ता थिएनन्, तिनीहरू राम्रा थिए, तर कसरी तिनीहरू यति चाँडै परिवर्तन भए?” तैँले जति नै मनन गरे पनि यी कुराहरू पत्ता लगाउन वा बुझ्‍न सक्दैनस्। तैँले केही समय यस्तो विचार गर्छस् र सोच्छस्, “यो व्यक्तिले सकारात्मक कुराहरूलाई प्रेम गर्दैन; ऊ अविश्‍वासी हो।” केही समयपछि, यी मानिसहरूले गर्ने कुरा, तिनीहरूको कार्यप्रस्तुति, व्यवहार, कतिपय शब्‍द र टिप्पणी, अनि तिनीहरूको पछ्याइ तेरो मनबाट वा मानिसहरूको चेतनाबाट हराएर जान्छन्, त्यसपछि तँ यी कुराहरू बिर्सिन्छस्, अनि तँलाई अलिअलि गर्दै ती कुराहरूको अनुभूति हुन छोड्छ। जब यस्ता मानिस, घटना, वा कुराहरू फेरि देखा पर्छन्, तब तँलाई फेरि यस्तो लाग्छ, “अहो, यो त अशोचनीय कुरा हो! ती कसरी भए? तिनीहरू त पहिले यस्ता थिएनन्। म त यो ठम्याउनै सक्दिनँ।” तँलाई फेरि उस्तै महसुस हुन्छ र तँमा त्यस्तै बुझाइ हुन्छ। मलाई भन् त, के यी मानिसहरूलाई खुलासा गरेर हटाउनु लाजमर्दो कुरा हो? (होइन।) के तँलाई यी मानिसहरूको याद आउँदैन? (आउँदैन।) के तँ यी मानिसहरूको पक्षमा उभिँदैनस्? (उभिँदिनँ।) त्यसोभए, तिमीहरू पक्‍कै पनि अति निष्ठुर हौ। कसरी तिमीहरू सबै यस्तो सहानुभूतिहीन भयौ? तिनीहरूले मण्डली छोडेका छन्; कसरी तिमीहरू तिनीहरूको पक्षमा उभिँदैनौ, र कसरी तिमीहरूमा तिनीहरूप्रति कुनै सहानुभूति वा दया छैन? कसरी तिमीहरूमा तिनीहरूप्रति कुनै दयामाया छैन? के तिमीहरू सहानुभूति देखाउनै सक्दैनौ? के तिमीहरू निष्ठुर हौ? (होइनौँ।) मलाई भन त, के यो त्यस्ता मानिसहरूसँग परमेश्‍वरको घरले व्यवहार गर्ने उचित तरिका हो? (हो।) यो कसरी उचित हो? मलाई बता। (यी मानिसहरूले परमेश्‍वरलाई यत्तिका वर्षसम्म विश्‍वास गरेर अनि यत्तिका धेरै सत्यता सुनेर पनि अहिले यसरी व्यवहार गर्नु अनि परमेश्‍वरलाई धोका दिनु र उहाँबाट अलग्गिनुले तिनीहरू अविश्‍वासी हुन् जो हामीले दया देखाउन र हामीलाई याद आउनलायक छैनन् भन्‍ने देखाउँछ।) त्यसैले, तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा, जोसले भरिएका थिए, तिनीहरूले आफ्‍नो घर, जागिर छोडे, र तिनीहरू बारम्‍बार भेटी चढाउँथे र परमेश्‍वरको घरका लागि जोखिमपूर्ण कामहरू गर्थे। तिमीहरूले तिनीहरूलाई जसरी हेरे पनि, तिनीहरू सबै परमेश्‍वरका लागि इमानदारीसाथ समर्पित भए। तर अहिले तिनीहरू कसरी परिवर्तन हुन पुगे? के यो परमेश्‍वरले तिनीहरूलाई मन नपराउनुभएकाले र तिनीहरूलाई सुरुदेखि नै प्रयोग गर्नुभएकाले गर्दा हो? (होइन।) परमेश्‍वर सबैलाई निष्पक्ष र समान व्यवहार गर्नुहुन्छ र सबैलाई अवसर दिनुहुन्छ। तिनीहरू सबैले मण्डली जीवन जिए, परमेश्‍वरको वचन खाए-पिए, र परमेश्‍वरको भरणपोषण, मलजल, र हेरचाह पाए, र पनि किन तिनीहरू यति धेरै परिवर्तन भए? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्दाको तिनीहरूको व्यवहार र तिनीहरू मण्डली छोडेर जाँदाको तिनीहरूको व्यवहार हेर्दा त तिनीहरू पूर्ण रूपमा दुई फरक व्यक्ति जस्ता थिए। के परमेश्‍वरले गर्दा तिनीहरूको आशा मरेको हो? के परमेश्‍वरको घर वा परमेश्‍वरका कार्यहरूले गर्दा तिनीहरू अत्यन्तै निराश भएका हुन्? के परमेश्‍वर, उहाँद्वारा व्यक्त वचन, वा परमेश्‍वरले गर्ने कामले तिनीहरूको इज्‍जतमा चोट पुगेको हो? (होइन।) त्यसोभए कारण के हो त? यसलाई कसले व्याख्या गर्न सक्छ? (मलाई लाग्छ, यी मानिसहरूले आशिष् पाइने इच्छाको कारण परमेश्‍वरमा विश्‍वास गरेका थिए। तिनीहरूले आशिष् पाउन मात्रै परमेश्‍वरमा विश्‍वास गरेका थिए। तिनीहरू आशिष् पाउने आशा छैन भन्‍ने देख्‍नेबित्तिकै परमेश्‍वरबाट अलग भए।) के तिनीहरूकै अगाडि आशिष् छैन र? तिनीहरूले आफ्नो कर्तव्य निर्वाह छोड्ने समय भइसकेको छैन, र पनि तिनीहरूलाई केको यस्तो हतार? किन तिनीहरू यो कुरासमेत बुझ्‍न सक्दैनन्? (परमेश्‍वर, मलाई के लाग्छ भने, जब यी मानिसहरूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थाले, तब आफ्‍नो जोस र असल अभिप्रायमा भरोसा गरे, र केही कुरा गर्न सके, तर अहिले परमेश्‍वरको घरले आफ्नो सबै कामलाई झन्-झन् गम्‍भीर रूपमा लिँदै छ। यसले मानिसहरूले सत्यता सिद्धान्तअनुसार काम गरेको माग गर्छ। तर यी मानिसहरू सत्यता स्विकार्दैनन्, आफ्‍नो कर्तव्य पूरा गर्दा आफूलाई जे मन लाग्यो त्यही अनियन्त्रित ढङ्गमा गर्छन्, र तिनीहरूलाई प्रायजसो काटछाँट गरिन्छ। त्यसकारण, तिनीहरूलाई आफूले यसरी झारा टारिरहन मिल्दैन भन्‍ने झन्-झन् धेरै लाग्छ, र अन्त्यमा तिनीहरू परमेश्‍वरको घर छोडेर जान्छन्। मलाई लाग्छ, एउटा कारण यही हो।) तिनीहरूले यसरी झारा टारिरहन मिल्दैन—के यसो भन्‍नु साँचो हो? (हो।) तिनीहरूले यसरी झारा टारिरहन मिल्दैन—झारा टारिरहने मानिसहरूको विषयमा यसो भनिन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिस झारा टार्दैनन्, तिनीहरू अत्यन्तै इमानदार हुन्छन्, तिनीहरू यो कुरालाई गम्‍भीर रूपमा लिन्छन्, त्यसोभए किन तिनीहरू निरन्तर लागिपरेनन्? (किनभने प्रकृतिले नै यी मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले आशिष् पाउनका लागि परमेश्‍वरलाई विश्‍वास गरेका हुन्। परमेश्‍वरको घरले सधैँ सत्यताबारे कुरा गरेको तिनीहरू देख्छन्, र तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र तिनीहरूलाई यसको प्रतिरोध गर्न मन लाग्छ, अनि तिनीहरूलाई भेलाहरूमा सहभागी हुन र प्रवचन सुन्‍न झन्-झन् मन लाग्‍न छोड्छ, र यसरी तिनीहरू खुलासा हुन्छन्।) यो एक प्रकारको परिस्थिति हो, र यस्ता मानिसहरू धेरै छन्। कतिपय मानिस सधैँ लापरवाही ढङ्गले आफ्‍नो कर्तव्य पूरा गर्छन्, कहिल्यै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैनन् वा आफूले गर्ने जुनै पनि कर्तव्यका लागि जिम्‍मेवारी लिँदैनन्। यसो हुनुको कारण तिनीहरू सक्षम नभएर वा तिनीहरूको क्षमताले नभ्याएर होइन, तर तिनीहरू अनाज्ञाकारी भएकाले र तिनीहरूले परमेश्‍वरको घरको मापदण्डअनुसार काम नगरेकाले हो। तिनीहरू सधैँ आफूले चाहेअनुसार कामकुरा गर्छन्, र अन्त्यमा अवरोध र बाधा खडा गर्छन् किनभने तिनीहरू अनियन्त्रित हुन्छन् र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरूलाई जसरी काटछाँट गरिए पनि, तिनीहरू पश्‍चात्ताप गर्दैनन्, त्यसकारण तिनीहरूलाई हटाइन्छ। हटाइने यी मानिसहरूमा अत्यन्तै घृणित स्वभाव र अहङ्कारी मानवता हुन्छ। तिनीहरू जहाँ गए पनि, अन्तिम निर्णय आफै गर्न चाहन्छन्, सबैलाई तुच्छ ठान्छन्, र तानाशाहजस्तो व्यवहार गर्छन्, र अन्त्यमा तिनीहरूलाई हटाइन्छ। कतिपय मानिसलाई प्रतिस्थापित गरेपछि र हटाइएपछि, तिनीहरूलाई जहाँ गए पनि केही कुरा सहज रूपमा हुँदैन, र कसैले तिनीहरूलाई मूल्यवान् ठान्दैन वा ध्यान दिँदैन भन्‍ने लाग्छ। त्यसउप्रान्त तिनीहरूलाई कसैले आदर गर्दैन, तिनीहरूले अबदेखि अन्तिम निर्णय गर्न पाउँदैनन्, आफूले चाहेको कुरा पाउन सक्दैनन्, र तिनीहरूसँग हैसियत प्राप्त गर्ने आशा हुँदैन, झन् आशिष् प्राप्त गर्नु त परको कुरा हो। तिनीहरूलाई मण्डलीमा अबदेखि झारा टार्ने आशा छैन भन्‍ने महसुस हुन्छ, तिनीहरूलाई यसमा अब चासो हुँदैन, त्यसकारण तिनीहरू जाने निर्णय गर्छन्—यस्ता मानिसहरू धेरै हुन्छन्।

कतिपय मानिसहरूले छोडेर जानुको कारण पनि धेरैजसो मानिसहरू हटाइनुको कारणजस्तै हुन्छ। यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति भए पनि, परमेश्‍वरको घरमा व्यक्तिगत रूपमा के अनुभव गर्छन् र देख्छन् भने, परमेश्‍वरको घरमा हुने भेलाहरू भनेको जहिले पनि परमेश्‍वरका वचनहरू पढ्नु र सत्यतामा सङ्गति गर्नु, आफूलाई चिन्नु, सत्यता अभ्यास गर्नु, न्याय र सजाय स्विकार्नु, काटछाँट स्विकार्नु, सत्यता सिद्धान्तअनुसार आफ्‍नो कर्तव्य पूरा गर्नु, स्वभाव परिवर्तन र आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍नेबारे कुरा गर्नुसँग सम्बन्धित हुन्छन्। परमेश्‍वरले गर्ने कामको विषयवस्तु—चाहे यो मण्डली जीवनमा सङ्गति गरियोस् वा यो माथिबाट दिइएका प्रवचन र सङ्गतिमा समावेश विषय होस्—यी सबै सत्यता हुन्, परमेश्‍वरको वचन हुन्, र सकारात्मक कुरा हुन्। तैपनि, यी मानिसहरू पटक्‍कै सत्यता स्विकार्दैनन्। मुख्यतः तिनीहरूले आशिष् पाउन र फाइदा लिन परमेश्‍वरमा विश्‍वास गरेका थिए। तिनीहरूको प्रकृति सारलाई हेर्दा, तिनीहरू सकारात्मक कुरा वा सत्यतालाई प्रेम नगर्ने मात्रै होइनन्, तर अझ गम्‍भीर कुरा त, तिनीहरू सकारात्मक कुरा र सत्यतालाई अत्यन्तै घिनाउँछन् र तिनको विरोध गर्छन्। त्यसकारण परमेश्‍वरको घरले सत्यतामा जति धेरै सङ्गति गर्छ, सत्यता अभ्यासबारे जति कुरा गर्छ, सत्यता पछ्याउने र सिद्धान्तअनुसार काम गर्नेबारे जति कुरा गर्छ, यी मानिसहरू मनमा त्यति नै असहज महसुस गर्छन् र घिनाउँछन्, अनि त्यति नै सुन्‍न अनिच्छुक हुन्छन्। मलाई भन् त, यी मानिसहरूलाई के सुन्‍न मन पर्छ? के तिमीहरूलाई थाहा छ? (तिनीहरूलाई गन्तव्य र आशिष् प्राप्त गर्नेबारे, अनि सुसमाचार सुनाउने काम नयाँ उचाइमा पुगिरहेको बारेमा सुन्‍न मन पर्छ।) तिनीहरू यी कुरा नै सुन्‍न चाहन्छन्। तिनीहरूलाई नारा लगाउन, धर्मसिद्धान्त प्रचार गर्न, अनि धर्मविज्ञान, मत, र रहस्यहरूबारे कुरा गर्न पनि मन पर्छ। समय-समयमा तिनीहरू परमेश्‍वरको काम कहिले समाप्त हुनेछ, कहिले ठूला-ठूला विपत्तिहरू आउनेछन्, मानवजातिको भावी गन्तव्य के हुनेछ, विपत्तिहरू आउँदा दुष्ट शक्तिहरू कसरी क्रमिक रूपमा नष्ट हुनेछन्, परमेश्‍वरले कसरी केही चिन्‍ह र अचम्‍मका कामहरू गर्नुहुनेछ, अनि परमेश्‍वरको घरका शक्ति र स्तर कसरी निरन्तर फैलिरहेका र वृद्धि भइरहेका हुन्छन्, अनि आफू पनि कसरी धाक दिँदै गमक्क पर्नेछु भन्‍नेबारे कुरा गर्छन्। त्यसबाहेक, तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको घरमा तिनीहरूलाई निरन्तर बढुवा दिइनु र प्रयोग गरिनु हुनेछ। यसरी, तिनीहरूले परमेश्‍वरको घरमा केही समय झारा टार्न पाउनेछन्, तर झारा टारिरहेको बेला, परमेश्‍वर वा उहाँको घरले गर्ने कुनै पनि काम तिनीहरूले चाहेजस्तो हुँदैन, र तिनीहरूले देख्‍ने र सुन्‍ने सबै कुरा सत्यतासँग सम्‍बन्धित हुन्छन्। त्यसकारण, तिनीहरू मनैबाट मण्डली जीवनप्रति साह्रै वितृष्ण हुन्छन्; तिनीहरूलाई यसमा चासो लाग्दैन, तिनीहरू बेचैन हुन्छन्, छटपटी भइबस्छ, र यसले पीडा दिएको महसुस हुन्छ। कतिपय मानिस बहाना, कारण र निहुँ अनि मण्डली छोडेर जाने उपाय खोज्दै भन्छन्, “म दुष्कर्म गर्छु होला, केही नकारात्मकता प्रकट गर्छु होला, र केही खराब कुरा गर्छु होला। त्यसपछि मण्डलीले मलाई हटाउनेछ, त्यसकारण मैले मण्डली छोड्नु उचित हो।” त्यसपछि कतिपय मानिस विदेश जाने कागजात मिलाउन परमेश्‍वरका वचनहरूको पुस्तक फर्काउँछन् र आफ्‍ना सरसामान पोका पारेर बिदा नगरी हिँड्छन्। यी मानिसहरू त बदमास र वेश्याजस्तै हुन्, र तिनीहरू सामान्य मानिसले जस्तो कामकुरा गर्दैनन्। सद्गुणी महिला र सामान्य मानिसहरूले सोच्ने र अरू मानिसहरूमाझ तिनीहरूले भन्‍ने कुराहरू जीवन कसरी जिउने भन्‍नेसम्‍बन्धी गम्‍भीर विषय हुन्। कसरी असल जीवन जिउने, आफ्‍नो सम्पूर्ण परिवारलाई कसरी राम्रो गाँस, बास, र कपासको प्रबन्ध गर्ने, कसरी आफ्‍ना छोराछोरीलाई वयस्क बनाउने, र आफ्‍ना छोराछोरीलाई कसरी सही बाटोमा हिँडाउने—तिनीहरू यिनै कुराबारे सोच्छन्। तर, ती बदमास र वेश्याहरूले कहिल्यै यी कुराहरूबारे सोच्दैनन्। यदि तैँले तिनीहरूसँग यी उचित कुराहरूबारे कुरा गरिस् भने, तिनीहरू तँसँग राँकिन्छन्, तँलाई घृणा गर्छन्, र तँबाट टाढिन्छन्। त्यसोभए, तिनीहरू के कुराबारे सोच्छन्? के तिनीहरू सधैँ खाने, पिउने, र पार्टी गर्नेबारे सोचिरहेका हुन्छन्? (हो।) तिनीहरू सधैँ खाने, पिउने, र पार्टी गर्ने अनि कामुक कुराहरूबारे सोचिरहेका हुन्छन्। जब तिनीहरू यी कुराहरूबारे सामान्य मानिसहरूसँग कुरा गर्छन्, तब सामान्य मानिसहरू प्रतिक्रिया दिँदैनन्; सामान्य मानिसहरू तिनीहरूजस्ता हुँदैनन्, उनीहरूको भाषा मिल्दैन, र उनीहरूको मन मिल्दैन। सामान्य मानिसहरूले भन्‍ने कुराहरू तिनीहरूको हृदयमा हुँदैन, तिनीहरू ती सहन सक्दैनन्, र उनीहरूको कुरा सुन्‍न चाहँदैनन्। तिनीहरूलाई के लाग्छ भने यसरी जिउनु भनेको आफूलाई ठूलो अन्याय गर्नु अनि बन्धनमा र कुनै स्वतन्त्रताविना जिउनु हो। तिनीहरू विपरीतलिङ्गीलाई आकर्षित गर्न सधैँ चटक्क पारेर वस्त्र लगाउनु रोमाञ्चक र निस्फिक्री भएर जिउने तरिका हो भन्‍ने सोच्छन्—तिनीहरूका लागि यो सिद्ध जीवन हो! मण्डली छोडेर जाने यी मानिसहरू गैरविश्‍वासीहरूको जीवनप्रति डाहा गर्छन्, पापको सुखचैनप्रति ईर्ष्या गर्छन्, र गैरविश्‍वासीहरूले जस्तै दिन बिताउनु र जिउनु मात्रै रोमाञ्चक र खुसीको जीवन हो, अनि निराश नभई जिउने एकमात्र तरिका हो भन्ठान्छन्। यी अविश्‍वासीहरूमा बदमास र वेश्याहरूमा जस्तै कुनै सामान्य मानवता हुँदैन र तिनीहरू सामान्य मानिस होइनन्। यदि तैँले तिनीहरूलाई कुनै सकारात्मक कुरा गर्न लगाइस् भने, तिनीहरू त्यो फिटिक्कै गर्न मान्दैनन्, किनभने तिनीहरू भित्रैदेखि र आफ्नो प्रकृति सारले नै सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् र सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरू के-के कुरा गर्छन्? तिनीहरू मण्डलीमा, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा के गर्छन्? तिनीहरू आफ्‍नो कर्तव्य लापरवाही ढङ्गले पूरा गर्छन्, सानदार मतबारे कुरा गर्छन्, सधैँ नारा लगाउँछन् तर गर्नचाहिँ खासै केही गर्दैनन्—यो तिनीहरूको सामान्य व्यवहार हो। तिनीहरू कहिल्यै कर्तव्य पूरा गर्न आफ्‍नो सर्वस्व सुम्पँदैनन्, तिनीहरू सधैँ लापरवाह हुन्छन् र झारा मात्र टार्छन्, केवल अरूलाई देखाउन काम गर्छन्, र यस क्रममा प्रतिष्ठा र फाइदाका लागि अरूसँग चाल चल्छन्। यी दुष्ट मानिसहरू अरूलाई कष्ट पनि दिन्छन् र दमन पनि गर्छन्, अनि दुष्ट मानिसहरू जहाँ हुन्छन्, त्यहाँ शान्ति र आराम हुँदैन—अस्तव्यस्त मात्रै हुन्छ। दुष्ट मानिसहरू इन्‍चार्ज भए भने, काम प्रभावकारी रूपमा अघि नबढ्ने मात्रै होइन, यो ठप्‍प नै हुन्छ; दुष्ट मानिसहरूको नियन्त्रणमा मण्डली छ भने, असल मानिसहरूले हेपाइ खान्छन्, मण्डली सहनै नसकिने गरी अस्तव्यस्त हुन्छ, परमेश्‍वरका चुनिएका मानिसहरूको विश्‍वास मनतातो बन्छ, अनि तिनीहरू नकारात्मक र कमजोर बन्छन्। दुष्ट मानिसहरू जहाँ भए पनि, बाधा र अवरोध ल्याउँछन्। दुष्ट मानिसहरूले सबैभन्दा स्पष्टसँग देखाउने कुरा भनेको आफ्‍नो कर्तव्य पूरा गर्न अनिच्‍छुक हुनु हो। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरे पनि, लापरवाही ढङ्गले गर्छन् र त्यसलाई कहिल्यै गम्‍भीर रूपमा लिँदैनन्, अनि अरूलाई पनि कर्तव्य निर्वाहमा बाधा दिन्छन्। अर्को कुरा, दुष्ट मानिसहरू कहिल्यै परमेश्‍वरका वचनहरू पढ्दैनन्, कहिल्यै प्रार्थना गर्दैनन्, अरूसँग सत्यतामा कहिल्यै सङ्गति गर्दैनन्, र आफूसँग भएको परमेश्‍वरको वचनका पुस्तकहरू कहिल्यै खोल्दैनन्। कतिपय मानिस दुष्ट मानिसहरूको पक्षमा साँचोझैँ लाग्ने तर्कहरू गर्दै यसो भन्छन्, “तिनीहरू परमेश्‍वरका वचनहरू नपढे पनि, प्रवचन त सुन्छन् नि।” तर के तिनीहरूले ती प्रवचनहरू बुझ्छन्? तिनीहरू कहिल्यै इमानदारीसाथ सुन्दैनन्, परमेश्‍वरको घरले बनाएका भिडियो र चलचित्रहरू कहिल्यै हेर्दैनन्, भजनहरू सुन्दैनन्, अनुभवात्मक गवाहीहरू सुन्दैनन्, र प्रवचनका रेकर्डिङहरू सुन्दैनन्। भेलाहरूमा, तिनीहरूलाई निद्रा लाग्छ, र कतिपय त फोन चलाउँदै मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्छन्, अनि कतिले त छाडा भिडियोहरू पनि हेर्ने गर्छन्। तिनीहरूले सारा दिन गर्ने कुनै पनि काम परमेश्‍वरप्रतिको विश्‍वास वा सत्यता पछ्याइसँग सम्‍बन्धित हुँदैन। परमेश्‍वरको घरले सत्यतामा झन्-झन् विस्तृत रूपमा सङ्गति गर्दा, सत्यता र सकारात्मक कुराहरूप्रति तिनीहरूले महसुस गर्ने विकर्षण झन्-झन् प्रकट हुँदै जान्छ। तिनीहरू बेचैन हुन्छन्, सीमित समयसम्‍म सहन सक्छन्, आफूले साह्रै चाहना गरेको असल गन्तव्य, असल अन्त्य, र ठूला-ठूला विपत्तिहरू देख्‍न सक्दैनन्, अनि तिनीहरू व्यर्थैमा यी कुराहरूलाई पर्खन्छन्। तिनीहरू व्यर्थैमा यी कुराहरूलाई पर्खन्छन्, त्यसोभए के तिनीहरूको हृदयमा रडाको मच्चिँदैन र? (मच्चिन्छ।) कस्तो रडाको? के तिनीहरू सधैँ मनमा हिसाब लगाइरहेका हुँदैनन् र? तिनीहरू कुनै पनि समय र स्थानमा परमेश्‍वरको न्याय र सजाय, उहाँको सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्न, परमेश्‍वरको घरका बन्दोबस्तहरूमा समर्पित हुन, अनि आफ्‍नो कर्तव्य निर्वाहमा आफ्‍नो सर्वस्व सुम्पन कहिल्यै तयार हुँदैनन्। तिनीहरूको मनस्थिति कस्तो हुन्छ? तिनीहरू कुनै पनि बेला र स्थानमा आफ्‍नो सामान पोको पारेर हिँड्न तयार हुन्छन्। तिनीहरू धेरै अघिदेखि नै कुनै पनि बेला, मण्डली र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बिदा गरेर जान, पूर्ण रूपमा छुटेर सबै सम्‍बन्ध तोड्न तयार भएका हुन्छन्। तिनीहरू आफूले सहन सक्‍ने समयसीमा नाघेपछि छोडेर जान्छन्। यस्तै होइन र? (हो।)

कतिपय मानिस प्रतिस्थापित भएपछि वा हटाइएपछि पनि, कारण जेसुकै होस्, आफ्‍नो क्षमताले भ्याइन्जेल कर्तव्य निर्वाहमा लागिरहन सक्छन्। कतिले पटक्‍कै सत्यता खोजी गर्दैनन्, त्यसकारण तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्न छोड्ने निर्णय गर्छन्। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरिरहेका बेला यसप्रति विकर्षण र अधैर्य देखाइरहेका हुन्छन्, सधैँ मण्डली जीवनबाट उम्कन र आफ्‍नो कर्तव्य निर्वाह नगर्न चाहिरहेका हुन्छन्। यी मानिसहरूलाई सत्यताप्रति चासो नलाग्‍ने हुनाले, मण्डली जीवन जिउन रमाइलो लाग्दैन, र तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्न अनिच्‍छुक हुन्छन्। तिनीहरू परमेश्‍वरको दिन मात्रै पर्खेर बस्छन्, ताकि आफूले आशिष् प्राप्त गर्न सकोस्; तिनीहरू सधैँझैँ झारा टारिरहन सक्दैनन्, विपत्तिहरू झन्-झन् बढ्दै गइरहेका छन् भन्‍ने देख्छन्, र तिनीहरूलाई अहिले देहसुख खोजिए भने, त्यसो गर्ने मौका गुमाउनेछु भन्‍ने लाग्छ। त्यसकारण तिनीहरू अलिकति पनि दुःख नमानी, हिचकिचाहटविना मण्डली छोडेर जान्छन्। त्यहाँदेखि, तिनीहरू मानिसहरूको भीडमा हराउँछन् र मण्डलीको कसैले तिनीहरूबारे केही सुन्दैनन्—अविश्‍वासीहरू यसरी खुलासा भएर हटाइन्छन्। परमेश्‍वरको घरले सत्यतामा जति धेरै सङ्गति गर्छ र मानिसहरूले सत्यता अभ्यास गरेर वास्तविकतामा प्रवेश गरेको माग गर्छ, तिनीहरूलाई त्यति नै विकर्षण जाग्छ, र तिनीहरू यसबारे पटक्‍कै सुन्‍न चाहँदैनन्। तिनीहरूले यी कुरा नस्विकार्ने मात्रै होइन, तर तिनको प्रतिरोधसमेत गर्छन्। तिनीहरू यो परिस्थिति राम्ररी बुझ्छन्: तिनीहरूलाई आफूजस्तो मानिसका लागि परमेश्‍वरको घरमा कुनै ठाउँ छैन, परमेश्‍वरप्रतिको विश्‍वासमा आफू उहाँप्रति साँचो रूपमा समर्पित छैनँ, आफूले कर्तव्य निर्वाहमा आफ्नो सर्वस्व सुम्पँदिनँ, आफू कर्तव्यमा सधैँ लापरवाह हुन्छु, र सत्यताप्रति आफूलाई साह्रै विकर्षण हुन्छ र घृणा लाग्छ भन्‍ने कुरा थाहा छ; तिनीहरूलाई के पनि थाहा छ भने, ढिलो-चाँडो आफूलाई हटाइनेछ, र परिणाम अवश्य नै यही हुनेछ। तिनीहरूले यस्तो सोच्दै आफ्‍ना योजनाहरू धेरै पहिला बनाएका हुन्छन्, “जे भए पनि, मजस्तो व्यक्तिले अवश्य नै आशिष् पाउनेछैन, त्यसकारण मैले अहिले नै छोडेर जानु, केही वर्षसम्‍म संसारको जीवनमा रमाउनु, केही समयसम्‍म असल जीवन जिउनु र आफूलाई निराश नतुल्याउनु नै सबैभन्दा राम्रो हुन्छ।” के तिनीहरू यस्ता योजनाहरू बनाउँदैनन् र? (बनाउँछन्।) के मानिसहरूले त्यस्ता अभिप्राय राखेर र योजना बनाएर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? अहँ, सक्दैनन्। त्यसकारण, यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, परमेश्‍वर, परमेश्‍वरको घर, मण्डली, दाजुभाइ-दिदीबहिनीहरू, वा मण्डली जीवनबाट बिदा हुन तिनीहरूलाई हिचकिचाहट हुँदैन। तिनीहरू एक दिन म त जान्छु भनेर भन्छन्, र अर्को दिन गैरविश्‍वासीले जस्तो लुगा लगाउँछन्, ठाँटबाँटको कपडा पहिरिन्छन् र धेरै मेकअप गर्छन्, तुरुन्तै गैरविश्‍वासीले जस्तै लाउन, बोल्‍न, र व्यवहार गर्न थाल्छन्; तिनीहरू अनौठो पहिरन लगाउँछन्, र तँलाई त्यो देख्दा ठिक लाग्दैन, तर पनि तिनीहरूलाई तेरो नजरमा आफू कस्तो देखिन्छु भन्‍ने थाहा हुँदैन। कसरी तिनीहरू यति चाँडै परिवर्तन हुन्छन्? (किनभने तिनीहरूले धेरै पहिले नै आफ्‍नो योजना बनाएका हुन्छन्, र तिनीहरूको प्रकृति यस्तै हुन्छ।) ठिक भनिस्। तिनीहरूले धेरै पहिले नै आफ्‍ना योजनाहरू बनाएका हुन्छन्; तिनीहरूले जानुभन्दा केही दिनअघि मात्र यी योजना बनाएका हुँदैनन्, तर यसो गर्नेछु भनेर धेरै पहिले नै निर्धारित गरेका हुन्छन्। तिनीहरूले कसरी खाने, पिउने, र पार्टी गर्ने, आफूलाई व्यवहारमा ढाल्ने, र कसरी जिउने भनेर धेरै अघिदेखि नै युक्ति रचिरहेका र योजना बनाइरहेका हुन्छन्। तिनीहरूलाई मण्डली जीवन जिउन वा आफ्‍नो कर्तव्य पूरा गर्न वा सत्यतामा सङ्गति गर्न मन पर्दैन, झन् हरेक दिन प्रवचन सुन्‍न र भेलाहरूमा सहभागी हुन मन पर्नु त परको कुरा हो। तिनीहरू यस्तो मण्डली जीवनदेखि हदै दिक्‍क मान्छन्, अनि यदि आशिष् प्राप्त गर्न, असल गन्तव्य पाउन र ठूला-ठूला विपत्तिहरूबाट बच्‍न नपाउने भए त, तिनीहरूले एक दिन पनि त्यो थेग्न सक्दैनथे—यो तिनीहरूको साँचो रूप हो। त्यसोभए, तैँले त्यस्ता मानिसहरूलाई फेरि भेट्दा तिनीहरूलाई कसरी तह लगाउनुपर्छ? के तँ तिनीहरूलाई मिठो बोलीले फकाउँछस्, कि अझै बढी साथ र सहयोग दिन्छस्? कि तिनीहरू गएको हेरेर दुःखी हुन्छस् र तिनीहरूलाई प्रेम देखाएर परिवर्तन गर्ने प्रयास गर्छस्? तैँले तिनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? (हामीले तिनीहरूलाई तुरुन्तै छोडेर गैरविश्‍वासीहरूको संसारमा गाइहाल भन्‍नुपर्छ।) ठिक भनिस्, तिनीहरूलाई संसारमा फर्केर गाइहाल भन्‍नुपर्छ र तिनीहरूको पटक्कै चिन्ता लिनु हुँदैन। तँ तिनीहरूलाई भन्छस्, “यसबारे विचार गर्नुहोस्, ताकि तपाईँलाई आफ्‍नो निर्णयप्रति पछि पछुतो नहोस्।” तिनीहरू भन्छन्, “मैले यसबारे राम्ररी विचार गरेको छु, र भविष्यमा जस्तो कठिनाइको सामना गरे पनि, म पछि फर्कनेछैनँ र मलाई पछुतो हुनेछैन।” तँ भन्छस्, “त्यसोभए, ठिक छ, जानुहोस्। तपाईँलाई कसैले रोक्दैन। हामी सबै तपाईँको भलो चाहन्छौँ अनि तपाईँको लक्ष्य पूरा होस् र सपना साकार होस् भन्‍ने आशा गर्छौँ। एक दिन अरू मानिसले मुक्ति पाइरहेको देख्दा, तपाईँलाई कुनै डाहा वा पछुतो नहोस् भन्‍ने पनि हामी आशा गर्छौँ। अलबिदा।” के यो तिनीहरूलाई भन्‍ने एकदमै उचित कुरा होइन र? (हो।) त्यसकारण, यस्ता मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, एउटा पक्ष के हो भने तैँले तिनीहरूको प्रकृति सारलाई स्पष्टसँग देख्नैपर्छ, र अर्को पक्षचाहिँ के हो भने तैँले तिनीहरूसँग उचित तरिकाले व्यवहार गर्नैपर्छ। यदि तिनीहरू अविश्‍वासी, गैरविश्‍वासी हुन्, तैपनि श्रम गर्न इच्छुक छन् अनि आज्ञाकारी र समर्पित हुन सक्छन् भने, तिनीहरूले सत्यता नपछ्याए पनि, तिनीहरूलाई कष्ट नदे र नहटा। बरु, तिनीहरूलाई श्रम जारी राख्न दे, र यदि तिनीहरूलाई सहयोग गर्न सक्छस् भने, सहयोग गर्। यदि तिनहरूसँग श्रम गर्नसमेत इच्छा छैन, अनि तिनीहरूले लापरवाही र दुष्कर्म गर्न थाले भने, हामीले गर्न सक्‍ने सबै गरिसकेका हुन्छौँ। यदि तिनीहरू छोडेर जान चाहन्छन् भने, जान दे, र तिनीहरू गइसकेपछि तिनीहरूलाई याद नगर्। तिनीहरू छोडेर जाने हदमा हुन्छन्, र त्यस्ता मानिसहरू तेरो दया पाउनलायक हुँदैनन्, किनभने तिनीहरू अविश्‍वासी हुन्। सबैभन्दा दुःखलाग्दो कुरा के हो भने कतिपय मानिस अत्यन्तै मूर्ख हुन्छन्, मण्डलीबाट निकालेर पठाइने मानिसहरूप्रति सधैँ व्यक्तिगत भावना राख्छन्, सधैँ तिनीहरूको याद गर्छन्, तिनीहरूको पक्षमा बोल्छन्, तिनीहरूको पक्षमा बहस गर्छन्, अनि तिनीहरूका लागि बिलौना गर्ने र प्रार्थना गर्ने, अनि बिन्ती गर्नेसमेत गर्छन्। यी मानिसहरूले गर्ने कुरा तिमीहरूलाई कस्तो लाग्छ? (यो त अत्यन्तै मूर्ख कुरा हो।) यो कसरी मूर्ख कुरा भयो? (छोडेर जानेहरू अविश्‍वासी हुन्, तिनीहरू सत्यता स्विकार्दैनन्, र तिनीहरू प्रार्थना गर्न र याद गर्नलायक छैनन्। परमेश्‍वरबाट अवसर र मुक्ति पाउने आशा भएका मानिसहरूका लागि मात्रै अरूले आँसु झार्न र प्रार्थना गर्न सुहाउँछ। यदि कसैले अविश्‍वासी वा दियाबलसका लागि प्रार्थना गर्छ भने, ऊ अत्यन्तै मूर्ख र अज्ञानी व्यक्ति हो।) एउटा पक्ष के हो भने तिनीहरू परमेश्‍वर हुनुहुन्छ भनेर साँचो रूपमा विश्‍वास गर्दैनन्—तिनीहरू अविश्‍वासी हुन्; अर्को पक्षचाहिँ के हो भने यी मानिसहरूको प्रकृति सार गैरविश्‍वासीको प्रकृति सार हो। यहाँ यसको अर्थ के हो? के हो भने तिनीहरू त मानिस नै होइनन्, तर तिनीहरूको प्रकृति सार दियाबलस, र शैतानको प्रकृति सार हो, र यी मानिसहरू परमेश्‍वरको विरोध गर्छन्। तिनीहरूको प्रकृति सारसम्बन्धी कुराहरू यस्तै हुन्छन्। अझै अर्को पक्ष पनि छ, र त्यो के हो भने परमेश्‍वर मानिसहरूलाई चुन्नुहुन्छ, दियाबलसहरूलाई होइन। त्यसकारण, मलाई बता, के यी दियाबलसहरू परमेश्‍वरका चुनिएका मानिस हुन्, र के तिनीहरू परमेश्‍वरद्वारा चुनिन्छन्? (चुनिँदैनन्।) तिनीहरू परमेश्‍वरका चुनिएका मानिस होइनन्, त्यसकारण यदि तँ यी मानिसहरूसँग सधैँ भावनात्मक बन्धनमा रहन्छस् र तिनीहरू जाँदा दुःख मान्छस् भने, के तँ मूर्ख बन्दैनस् र? के त्यसले तँलाई परमेश्‍वरविरोधी तुल्याउँदैन र? यदि तँ साँचो दाजुभाइ-दिदीबहिनीहरूप्रति गहिरो भावना राख्दैनस्, तर यी दियाबलसहरूप्रति चाहिँ गहिरो भावना राख्छस् भने, तँ के होस्? कम्तीमा पनि तँ बेवकुफ होस्, तँ मानिसहरूलाई परमेश्‍वरको वचनअनुसार हेर्दैनस्, आफूलाई सही दृष्टिकोणले व्यवहारमा ढाल्दैनस्, र सिद्धान्तअनुसार कामकुरा सम्‍हाल्दैनस्। तँ त बेवकुफ व्यक्ति होस्। यदि तँ यी दियाबलसहरूमध्ये कुनैप्रति भावुक बन्छस् भने, यस्तो सोच्नेछस्, “अहो, तर उनी यत्तिका असल व्यक्ति छन् र हाम्रो सम्‍बन्ध यस्तो राम्रो छ! हाम्रो एकदमै राम्रो ठ्याक मिल्छ र उनी मलाई धेरै सहयोग गर्छन्! म कमजोर हुँदा, उनी मलाई निकै सान्त्वना दिन्छन्, र मैले गलत कामकुरा गर्दा, उनी मलाई सहन्छन् र धैर्य देखाउँछन्। उनी साह्रै प्रेमिला छन्!” उसले तँसँग मात्रै यस्तो व्यवहार गर्थ्यो, त्यसकारण तँ के होस्? के तँ अर्को साधारण भ्रष्ट मानव मात्रै होइनस् र? अनि त्यो व्यक्तिले सत्यता, परमेश्‍वर, र परमेश्‍वरको घरले उसलाई सुम्पिने कर्तव्यलाई कसरी लिन्छ? तँ किन यी कुराहरूलाई यस दृष्टिकोणबाट हेर्दैनस्? के तैँले यी कुराहरूलाई आफ्‍नै व्यक्तिगत हितको दृष्टिकोणले, आफ्नो देहगत आँखा र भावनाले हेर्नु सही हुन्छ? (हुँदैन।) अवश्य नै सही हुँदैन! अनि यो हेर्ने सही तरिका नभएको हुनाले, तैँले यस्तो हेराइलाई त्याग्‍नुपर्छ अनि त्यो व्यक्तिलाई आफूले हेर्ने दृष्टिकोण र हेराइ परिवर्तन गर्नुपर्छ। तैँले परमेश्‍वरको वचनलाई आधार बनाएर त्यो व्यक्तिसँग व्यवहार गर्ने र उसलाई सम्‍हाल्‍ने प्रयास गर्नुपर्छ—यही नै हो परमेश्‍वरका चुनिएका मानिसहरूले अपनाउनुपर्ने दृष्टिकोण र तिनीहरूमा हुनुपर्ने मनोवृत्ति। मूर्ख नबन्! अरूप्रति तँलाई दया लाग्छ भन्दैमा के तँ आफूलाई दयालु ठान्छस्? तँ त कुनै सिद्धान्त नभएको अत्यन्तै मूर्ख व्यक्ति होस्। तँ मानिसहरूसँग परमेश्‍वरको वचनअनुसार व्यवहार गरिरहेको छैनस्; तँ त शैतानको पक्षमा खडा भइरहेको छस् अनि शैतान र दियाबलसहरूलाई सहानुभूति देखाइरहेको छस्। तेरो सहानुभूति परमेश्‍वरका चुनिएका मानिसहरूप्रति वा परमेश्‍वरले मुक्ति दिन चाहने मानिसहरूप्रति र साँचो दाजुभाइ-दिदीबहिनीहरूप्रति लक्षित छैन।

ती अविश्‍वासी मानिसहरू आफ्‍नो कर्तव्य पूरा गर्न कहिल्यै इच्छुक हुँदैनन् र सधैँ आफूलाई जसरी मन लाग्यो त्यसरी त्यो पूरा गर्छन्। तैँले तिनीहरूसँग सत्यतामा जसरी सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्दैनन्, र तिनीहरूले थोरै सत्यता बुझे पनि, त्यो अभ्यास गर्दैनन्। तिनीहरूले प्रकट गर्ने अर्को मुख्य प्रकटीकरण पनि छ—त्यो के हो? त्यो के हो भने तिनीहरूले सधैँ लापरवाही ढङ्गले आफ्‍नो कर्तव्य पूरा गरेका हुन्छन्, तिनीहरू सधैँ लापरवाह हुन्छन्, र अट्टेरी गर्दै पश्‍चात्ताप गर्न मान्दैनन्। तिनीहरू आफ्‍ना मामिलाहरूमा साह्रै सतर्क, गम्भीर, र सख्त हुन्छन्, अनि ती मामिलाहरूलाई पटक्‍कै बेवास्ता गर्दैनन्। तिनीहरूले आफ्‍नो खानेकुरा र वस्‍त्र, हैसियत, प्रतिष्ठा, आत्मम्‍मान, देहगत आनन्द, रोगबिमारी, भविष्य, सम्‍भावना, अवकाश, र आफ्नो मृत्युसम्बन्धी कुराहरूबारे समेत होसियारीसाथ विचार गरेका हुन्छन्—तिनीहरूले सबै आधारभूत कुराहरूबारे विचार गरेका हुन्छन्। तर, तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्ने मामिलालाई भने पटक्कै ध्यान दिँदैनन्, झन् सत्यता पछ्याउनु त परको कुरा हो। कतिपय मानिस हरेक भेलामा सहभागी हुँदा निदाउँछन् र झुल्छन्, र मेरो आवाज सुन्दा तिनीहरूलाई विकर्षणसमेत जाग्छ। तिनीहरू साह्रै अप्ठ्यारो महसुस गर्छन्, बेचैन हुन्छन्, जिउ तन्काउँछन् र हाइ काड्छन्, कान तान्छन् र गाला मुसार्छन्। तिनीहरू त पशुजस्तो व्यवहार गर्छन्। कतिपय मानिस यसो भन्छन्, “भेलाहरूमा प्रवचन साह्रै लामो हुन्छ, र कतिपय मानिस त्यतिका लामो समयसम्‍म बसिरहन सक्दैनन्।” वास्तवमा, कहिलेकाहीँ भेला सुरु मात्रै भएको हुन्छ, तिनीहरू चटपटाउन थालिहाल्छन्, र तिनीहरूलाई प्रवचन सुन्दा विकर्षण हुन्छ। त्यसकारण तिनीहरू कहिल्यै प्रवचन सुन्‍ने वा परमेश्‍वरको वचन पढ्ने गर्दैनन्। कसैले सत्यतामा सङ्गति गरेको सुन्‍नेबित्तिकै, तिनीहरूलाई विकर्षण हुन्छ, र मानिसहरूले मग्न भएर ध्यान दिएको देख्दा तिनीहरू दिक्‍क र क्लान्त हुन्छन्। यस्ता मानिसहरूको प्रकृति सार के हो? तिनीहरू मानव खोल ओढ्छन्; बाहिरबाट तिनीहरू मानव हुन्छन्, तर तैँले त्यो खोल उतारिस् भने, तिनीहरू दियाबलस हुन्छन्, मानव हुँदैनन्। परमेश्‍वर धेरैले मुक्ति पाएको चाहनुहुन्छ, र मानवता भएका मानिसहरूले मुक्ति पाएको चाहनुहुन्छ; उहाँ दियाबलसहरूले मुक्ति पाएको चाहनुहुन्‍न। परमेश्‍वर दियाबलसहरूलाई मुक्ति दिनुहुन्‍न! तैँले यो कुरा सधैँ याद राख्नैपर्छ र पटक्कै बिर्सनु हुँदैन! मानव खोल ओड्ने तर दियाबलसको प्रकृति र सार भएका ती कसैसँग पनि तैँले कुनै सङ्गत गर्नै हुँदैन। यदि तैँले त्यस्तो व्यक्तिसँग सबै सम्‍बन्ध तोडेको छैनस्, अनि तिनीहरूलाई खुसी पार्ने र चापलुसी गर्ने प्रयास गर्छस् भने, तँ शैतानको हाँसोको पात्र बन्‍नेछस्, र परमेश्‍वरले तँलाई तिरस्कार गर्दै भन्‍नुहुनेछ, “तँ अन्धो मूर्ख होस्, तँ कसैलाई बुझ्‍न सक्दैनस्!” परमेश्‍वर दियाबलसहरूलाई मुक्ति दिनुहुन्‍न, बुझिस्? (बुझेँ।) परमेश्‍वर दियाबलसहरूलाई मुक्ति दिनुहुन्‍न, न त तिनीहरूलाई चुन्नु नै हुन्छ। दियाबलसहरूले कहिल्यै सत्यतालाई प्रेम गर्न सक्दैनन्, न त सत्यता पछ्याउन नै सक्छन्, झन् परमेश्‍वरमा समर्पित हुनु त परको कुरा हो—तिनीहरू कहिल्यै परमेश्‍वरमा समर्पित हुन सक्दैनन्। तिनीहरू परमेश्‍वरको धार्मिकता र निष्पक्षतालाई प्रेम गर्ने भएकाले अनि आफूले मुक्ति प्राप्तिलाई पछ्याउन सकूँ भन्‍ने हेतुले उहाँमा विश्‍वास गर्दैनन्। परमेश्‍वरप्रति अय्यूबले राखेको डर र उनी दुष्टताबाट अलग बसेको कुराप्रति तिनीहरूमा विकर्षण हुन्छ र तिनीहरू त्यसलाई तिरस्कार गर्छन्, र सत्यता पछ्याउने कुराप्रति तिनीहरूको हृदयमा चरम वितृष्णा र प्रतिरोध जाग्छ। यदि तिमीहरूलाई मेरो विश्‍वास लाग्दैन भने, मण्डलीबाट निकालिएका र खुलासा गरिएका आफ्‍ना वरिपरिका मानिसहरूलाई हेर अनि तिनीहरूभित्र के लुकेको रहेछ, कसैले नसुनेको बेला तिनीहरू के कुरा गर्छन्, तिनीहरू केको वास्ता गर्छन्, आफ्‍नो जीवन, अस्तित्व, र आफू वरिपरिका मानिस, घटना, र परिस्थितिहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ, साथै तिनीहरू के भन्छन् र कस्तो दृष्टिकोण देखाउँछन्, सो हेर्। तैँले यी सबै अभिव्यक्ति र प्रकटीकरणबाट, तिनीहरू के हुन्, किन तिनीहरू छोडेर जान सक्छन्, र परमेश्‍वरको घरले तिनीहरूलाई किन हटाउन चाहन्छ भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छस्। के यो पाठ सिक्‍नलायक छैन र? (हो, छ।) अनि तिमीहरूले के पाठ सिक्यौ त? तिमीहरूले के कुरा बुझ्यौ त? (हामीले कसरी समझदार हुने भनेर सिक्यौँ र यी मानिसहरू मनबाट सत्यतालाई प्रेम गर्दैनन् र सत्यताप्रति वितृष्ण हुन्छन् भन्‍ने कुरा बुझ्यौँ। तिनीहरू परमेश्‍वरको घरमा झारा मात्रै टार्छन्, र ढिलो-चाँडो तिनीहरूलाई हटाइनेछ।) यदि तिमीहरूले परिस्थितिलाई यसरी हेऱ्यौ भने, पाठ सिकेका छौ भन्‍ने कुरा यसबाट देखिन्छ।

के तँ आत्मिक क्षेत्रका दियाबलसहरू र शैतान सत्यताप्रति कति वितृष्ण हुन्छन् र तिनीहरूले सत्यतालाई कति घृणा गर्छन् भन्‍ने कुरा देख्‍न सक्छस्? के तँ दियाबलसहरू र शैतानले कसरी परमेश्‍वरको अवज्ञा र निन्दा गर्छन् भन्‍ने कुरा देख्‍न सक्छस्? के तँ दियाबलसहरू र शैतानले परमेश्‍वरलाई आक्रमण गर्न के-कस्ता शब्‍द, भनाइ, र विधिहरू प्रयोग गर्छन् भनेर देख्‍न सक्छस्? के तँ परमेश्‍वरले दियाबलसहरू र शैतानलाई के गर्न दिनुहुन्छ, तिनीहरू त्यो कसरी गर्छन्, र तिनीहरूको मनोवृत्ति के हुन्छ भनेर देख्‍न सक्छस्? (सक्दिनँ।) तँ यी कुराहरू देख्‍न सक्दैनस्। त्यसकारण, परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो त तेरो हृदयको कल्पना वा चित्र मात्रै हो; त्यो तथ्य होइन। तैँले यी कुराहरू देखेको छैनस्, त्यसकारण तँ केवल आफ्नो कल्‍पनामा मात्र भर परेर त्यस्तो चित्र वा कुनै प्रकारको कार्य कल्‍पना गर्छस्। तर, जब तँ मानव खोल ओढ्ने यी जीवित दियाबलस र शैतानहरूको सामना गर्छस्, तब तँ विशेषतः दियाबलस र शैतानहरूको बोलीवचन र व्यवहार, साथै, तिनीहरूले परमेश्‍वरलाई आलोचना, आक्रमण, अवज्ञा, र निन्दा गरेको तथ्य र प्रमाणको सम्पर्कमा आउँछस्—तैँले तिनीहरूको सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने स्वभावलाई स्पष्ट रूपमा देख्‍नेछस्। आत्मिक क्षेत्रमा परमेश्‍वरलाई दियाबलस र शैतानहरूले जसरी आक्रमण गर्छन्, त्यसरी नै मानव खोल ओढ्ने यी दियाबलस र शैतानहरूले पनि परमेश्‍वरलाई आक्रमण गर्छन्; तिनीहरू पूर्ण रूपमा उस्तै छन्, यति मात्र हो, मानव खोल ओड्ने दियाबलस र शैतानहरूले परमेश्‍वरलाई आक्रमण गर्ने फरक तरिका अपनाएका हुन्छन्—तैपनि तिनीहरूको सार उस्तै हुन्छ। तिनीहरू मानव खोल ओढेर मानवमा परिणत हुन्छन् तर पनि परमेश्‍वरलाई आलोचना, आक्रमण, अवज्ञा, र निन्दा गर्छन्। देहमा हुने यी दियाबलस र शैतानहरूले अनि अविश्‍वासीहरूले परमेश्‍वरलाई जसरी आलोचना, आक्रमण, र अवज्ञा गर्छन्, र जसरी उहाँको कामलाई तहसनहस पार्छन् र मण्डलीको काममा बाधा पुऱ्याउँछन्, ठिक त्यसरी नै आत्मिक क्षेत्रका दियाबलस र शैतानहरूले पनि यी सबै कुरा गर्छन्। त्यसकारण, जब तैँले यस संसारका दियाबलस र शैतानहरूले जसरी परमेश्‍वरको अवज्ञा गरेको देख्छस्, तब आत्मिक क्षेत्रका दियाबलसहरू र शैतानले कसरी परमेश्‍वरको अवज्ञा गर्दा रहेछन् भनेर देखिरहेको हुन्छस्—कुनै भिन्‍नता छैन। तिनीहरू एउटै स्रोतबाट आउँछन् र तिनमा एउटै प्रकृति सार हुन्छ, त्यसकारण तिनीहरू उस्तै कुरा गर्छन्। तिनीहरूले जस्तो रूप लिए पनि, उस्तै कुरा गर्छन्। त्यसकारण मानव खोल ओढ्ने यी दियाबलस र शैतानहरूले आफ्नो प्रकृतिको कारण, र आफूलाई रोक्‍न नसक्‍ने हुनाले, परमेश्‍वरलाई अवज्ञा गर्छन् र आक्रमण गर्छन्, र सत्यताप्रति चरम विकर्षण र प्रतिरोध देखाउँछन्। तिनीहरू आफूलाई रोक्‍न सक्दैनन् भनेर किन म भन्छु? तिनीहरू मानवजस्ता देखिन्छन्, अरू मानवसँग जिउँछन्, दिनमा तीन छाक खान्छन्, मानव शिक्षा र ज्ञान लिन्छन्, अरू मानवको जस्तै जीवन जिउने सीप र जिउने तरिका अपनाउँछन्; तैपनि, तिनीहरूको भित्री आत्मा र सार अरू मानवको जस्तो हुँदैनन्। त्यसकारण, यी मानिसहरूको दृष्टिकोणको र तिनीहरूले गर्न सक्‍ने कुराहरूको सार, जड र स्रोतले नै तिनीहरू कस्ता मानिस हुन् भन्‍ने कुरा बताउँछन्। यदि तिनीहरू परमेश्‍वरलाई आक्रमण र निन्दा गर्छन् भने, तिनीहरू दियाबलस हुन्, मानव होइनन्। मानव खोलमा रहँदा, तिनीहरूले जति नै सानदार वा सही कुरा भने पनि, तिनीहरूको प्रकृति सार दियाबलसको नै हुन्छ। दियाबलसहरूले मानिसहरूलाई बहकाउन मिठा कुराहरू भन्छन्, तैपनि पटक्‍कै सत्यता स्विकार्दैनन्, झन् यसलाई अभ्यास गर्नु त परको कुरा हो—वास्तविकता यही हो। ती दियाबलस मानिसहरू र ख्रीष्टविरोधीहरूलाई अनि परमेश्‍वरलाई अवज्ञा गर्ने र धोका दिनेहरूलाई हेर्—के तिनीहरू यस्ता मानिस होइनन् र? तिनीहरू सबैले मिठा कुराहरू भन्‍न सक्छन्, तर कुनै पनि व्यावहारिक काम गर्न सक्दैनन्। तिनीहरू हैसियत र शक्ति भएका, विशेष गरी आफ्ना हाकिमहरूलाई केही आदर देखाउन र मिठा कुरा गर्न त सक्छन्, तर परमेश्‍वरसामु आउँदा, देहधारी परमेश्‍वरलाई अलिकति पनि आदर देखाउन सक्दैनन्। यदि तैँले तिनीहरूलाई परमेश्‍वरका केही कामकाज सम्‍हाल्‍न लगाइस् भने, तिनीहरूलाई त्यो गर्न मन लाग्दैन, र तिनीहरूले त्यो काम गरिहाले पनि, लापरवाही ढङ्गले गर्छन्। किन तिनीहरूले परमेश्‍वरलाई यस्तो व्यवहार गर्न सकेका? के सत्यताले तिनीहरूलाई निराश तुल्याएको हुन्छ? के परमेश्‍वरले तिनीहरूलाई निराश तुल्याउनुभएको हुन्छ? के परमेश्‍वरले पहिले तिनीहरूसँग अन्तरक्रिया गर्नुभएको हुन्छ? यी प्रश्‍नहरूको उत्तर हो—हुँदैन। परमेश्‍वरले तिनीहरूलाई कहिल्यै भेट्नुभएको हुँदैन। त्यसोभए यस्ता मानिसहरूले परमेश्‍वर र सत्यताप्रति कसरी यस्तो मनोवृत्ति राख्छन्? एउटा कारण हो, तिनीहरूको प्रकृति सार अन्तर्निहित रूपमा नै परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण तिनीहरू परमेश्‍वरलाई गिल्‍ला र निन्दा नगरी, हृदयबाट घृणा, आलोचना, र आक्रमण नगरी सक्दै सक्दैनन्, र तिनीहरू यसो पूर्णतया बेइमानी ढङ्गमा समेत गर्छन्—यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गर्छ। तिनीहरू यी कुरा कुनै प्रयास नगरी गर्छन्, तिनीहरूको मुखबाट विचार नगरी, थाहै नपाई यी शब्दहरू निस्कन्छन्, यी कुराहरू स्वाभाविक रूपमै व्यक्त हुन्छन्। तिनीहरू अरू मानिस, हैसियत भएका मानिस र साधारण मानिसहरूलाई सम्‍मान देखाउन सक्छन्, तर परमेश्‍वर र सत्यतालाई असाध्यै घृणा गर्छन्। तिनीहरू के हुन्? (दियाबलस।) ठिक भनिस्, तिनीहरूको उमेर जति भए पनि तिनीहरू मानव होइनन् दियाबलस हुन्। कतिपय मानिस भन्छन्, “सायद तिनीहरू जवानै छन् र तिनीहरू कुरा बुझ्दैनन्।” तँलाई तिनीहरू जवान छन् र कुरा बुझ्दैनन् भन्‍ने लाग्छ, तर जब तिनीहरू संसार र समाजमा जान्छन् अनि वृद्ध मानिसहरूलाई भेट्छन्, तब सधैँ उनीहरूलाई उचित ढङ्गले अभिवादन गर्छन्। परमेश्‍वरलाई देख्दा मात्रै तिनीहरू उहाँलाई अभिवादन गर्दैनन्, बरु “हे,” वा “ए तपाईँ,” वा “तपाईँ” मात्रै भन्छन्। तिनीहरू परमेश्‍वरलाई अभिवादन गर्दैनन्। तिनीहरूलाई समाजका वृद्ध-वृद्धाप्रति आदर र सानालाई हेरचाह गर्न आउँछ, र तिनीहरू सभ्य र शिष्ट हुन्छन्। तर जब तिनीहरू परमेश्‍वरसामु आउँछन्, तब यी कुराहरू गर्न सक्दैनन् र उहाँलाई कसरी आदर गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। त्यसोभए, तिनीहरू के हुन्? (दियाबलस।) तिनीहरू दियाबलस, ठेट दियाबलस हुन्! तिनीहरू समाजका प्रतिष्‍ठित, हैसियत भएका, आफूले आदर गर्ने, र आफूले केही फाइदा लिन सक्‍ने मानिसहरूप्रति सम्‍मान देखाउन र शिष्ट हुन सक्छन्; परमेश्‍वरसामु आउँदा मात्रै तिनीहरू सम्‍मान वा शिष्टता देखाउँदैनन्, बरु तुरुन्तै उहाँलाई प्रतिरोध गर्छन्, खुलेआम घृणा गर्छन्, र तिरस्कारपूर्ण मनोवृत्तिले व्यवहार गर्छन्। तिनीहरू के हुन्? तिनीहरू दियाबलस, ठेट दियाबलस हुन्! यी अविश्‍वासीहरू, परमेश्‍वरको घरमा घुसपैठ गर्ने अनि त्यसपछि हटाइने र मेटाइने यी मानिसहरू शतप्रतिशत यस्तै हुन्छन्। तिनीहरू यसरी परमेश्‍वरलाई प्रतिरोध र तिरस्कारपूर्ण व्यवहार गर्छन्, र परमेश्‍वरले मानिसद्वारा कर्तव्य निर्वाह गरियोस् भन्‍ने मागको सन्दर्भमा भन्नुपर्दा, तिनीहरू यसमा झनै ध्यान दिँदैनन्। समाजमा तिनीहरूको हैसियत जे भए पनि, तिनीहरू जति नै शिक्षित भए पनि, वा तिनीहरूको उमेर वा लिङ्ग जे भए पनि, तिनीहरूको प्रकृति सार उस्तै हुन्छ। जब तिनीहरू संसारमा हुन्छन् र तिनीहरूलाई कुनै काम खटाउने अधिकारी भेट्छन्, तब तिनीहरू हतारपतार भुईंमा घुँडा टेकेर लम्पासर पर्छन्। तिनीहरू अधिकारीको दास बन्‍न खुसी र इच्छुक हुन्छन् अनि सोचेजस्तो तरिकामा सक्दो चापलुसी गर्ने प्रयास गर्छन्। यदि तिनीहरूसँग कुनै सेलिब्रेटी वा राष्ट्रपतिले हात मिलायो वा अङ्कमाल गऱ्यो भने, तिनीहरूलाई आफू सम्‍मानित भएको महसुस हुन्छ, र सायद तिनीहरूले बाँचुञ्‍जेलसम्‍म कहिल्यै हात धुनेछैनन् वा लुगा फेर्नेछैनन्। तिनीहरूलाई यी सेलिब्रेटी र महान् व्यक्तिहरू परमेश्‍वरभन्दा उच्च र महान् हुन् भन्‍ने लाग्छ, त्यसकारण तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरलाई घृणा गर्न सक्छन्। परमेश्‍वरले जे भन्‍नुभए पनि वा जे गर्नुभए पनि, यी मानिसहरूलाई त्यो कुरा उल्‍लेख गर्नलायक लाग्दैन। तिनीहरूले यसलाई उल्‍लेख गर्न लायक नठान्ने मात्रै होइनन्, तर परमेश्‍वरका वचनहरूमा काम गर्न, त्यसलाई परिवर्तन गर्न, त्यसमा आफ्‍नै अर्थ थप्‍न, र त्यसलाई पूर्ण रूपमा आफ्नो सोचाइअनुरूप बनाउन निरन्तर चाहन्छन्—यी सबै आफ्नो प्रकृति सारमा समस्या भएका मानिस हुन्। लौ मलाई भन् त, के दियाबलसका यी मानिसहरू, वा दियाबलसको प्रकृति सार भएका यी मानिसहरूलाई परमेश्‍वरको घरमा रहन दिनु उचित हुन्छ? (अहँ, हुँदैन।) अहँ, हुँदैन। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसजस्तै होइनन्: परमेश्‍वरका चुनिएका मानिसहरू परमेश्‍वरका हुन्, जबकि यी मानिसहरू दियाबलसहरू र शैतानका हुन्।

कस्ता मानिसहरू भेला भए भने मात्र त्यसलाई मण्डली भनिन्छ? परमेश्‍वरको घरमा कस्ता मानिसहरूको खाँचो हुन्छ, र कस्ता मानिसहरू परमेश्‍वरको घरका हुन्? मलाई भन् त। (परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यता पछ्याउने मानिसहरू।) यो अलिक चरम माग हुन्छ। मेरो हेराइमा त, श्रम गर्न इच्छुक मानिसहरू नै निम्नतम सीमा र न्यूनतम मापदण्ड हुनुपर्छ। तिनीहरू सत्यतालाई प्रेम नगर्लान्, तर त्यसको अर्थ तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् भन्‍ने होइन, तिनीहरू परमेश्‍वरको घरले अह्राएको कुरा नाइँनास्ति नगरी गर्छन्, अनि आज्ञाकारी बन्छन् र समर्पित हुन सक्छन्। सत्यता पछ्याउनेसम्‍बन्धी सर्तहरूहरूको सन्दर्भमा भन्नुपर्दा, कतिपय मानिसलाई आफूमा क्षमताको कमी छ भन्‍ने लाग्ला, तिनीहरूलाई यस्तो कुरा गर्न रमाइलो लाग्दैन र त्यसमा त्यति चासो हुँदैन। तिनीहरू के सोच्‍न सक्छन् भने, बेलाबेला प्रवचन सुन्‍नु स्वीकार्य हुन्छ, र कहिलेकाहीँ तिनीहरू प्रवचन सुन्दा निदाउँछन्, र बिउँझेपछि सोच्छन्, “मैले के पो सुनिरहेको थिएँ? मैले बिर्सेँ। म काममा लाग्‍नु नै राम्रो हुन्छ। मैले त केवल आफ्‍नो काम गर्नु नै पर्याप्त हुन्छ।” तिनीहरू उच्छृङ्खल हुँदैनन् वा अवरोध पुऱ्याउँदैनन्, र जे काम अह्राए पनि त्यसमा कडा मेहनत गर्छन्। तिनीहरूमा इमानदारीको भूत सवार हुन्छ र तिनीहरू त सुधो राँगोजस्तै हुन्—मालिकले काम लगाए पुग्छ, तिनीहरू चाहे त्यो घट्टा घुमाउनु, हलो तान्‍नु, खेत जोत्नु होस् वा ठेलागाडी तान्‍नु होस्, ती सब गर्दा तिनीहरूमा इमानदारीको भूत सवार हुन्छ र कुनै समस्या खडा नगरी काम फत्ते गर्न सक्छन्। तिनीहरू के कुरा सोच्छन्? “मलाई त म श्रमिक हुँ भनिएको छ, त्यसकारण म श्रम गर्नेछु। म कुनै कुराको लायक छैनँ, म त तुच्छ व्यक्ति हुँ। परमेश्‍वरको लागि श्रम गरेपछि, उहाँ मलाई उचाल्‍नुहुन्छ, र मलाई अन्यायमा परेको पटक्‍कै महसुस हुँदैन।” हेर् त, तिनीहरूमा यस्तो मनोवृत्ति हुन्छ। त्यसकारण, यस्ता मानिसहरूलाई परमेश्‍वरको घरमा राख्नुपर्छ। तिनीहरूमा केही त्रुटि, कमीकमजोरी, खराब बानी होला, वा तिनीहरूमा क्षमताको कमी होला वा तिनीहरू मूर्ख होलान्, तैपनि म सहन सक्छु र यी सबै मानिसलाई समावेश गर्न सक्छु; यो समस्या होइन, र म यी मानिसहरूलाई अवसर दिनेछु। कस्ता अवसर? म तिनीहरूलाई श्रम गर्ने अवसर कि मुक्ति पाउने अवसर दिन्छु? अवश्य नै, दुइटै। तिनीहरू सृष्टि गरिएका प्राणीको रूपमा परमेश्‍वरको लागि श्रम गर्न, परमेश्‍वरको घरमा श्रम गर्न इच्छुक हुन्छन्, र त्यसो गर्नु तिनीहरूको अधिकार हो। त्यसबाहेक, तिनीहरूमा यस्तो इच्छा भएकाले, तिनीहरूलाई मुक्ति पाउने अवसर दिनुपर्छ। तैपनि कतिपय मानिस यसो भन्छन्, “तर तिनीहरू मुक्ति पाउने प्रयास गर्दैनन्!” यदि तिनीहरू मुक्ति पाउने प्रयास गर्दैनन् भने, त्यो तिनीहरूको कुरा हो, तर कम्तीमा पनि, यी मानिसहरूलाई विशेष निगाह देखाएर मुक्ति पाउने अवसर दिन सकिन्छ, र तिनीहरूले मुक्ति पाउने मौका पाउँछन्। “तिनीहरूले मौका पाउँछन्” भनेर मैले भन्‍नुको अर्थ के हो? त्यसको अर्थ हो, तिनीहरूमा क्षमताको कमी छ, तिनीहरू अलिक मूर्ख छन्, तिनीहरू आफ्‍नो कर्तव्य निर्वाहमा निकै ठूलो वा महत्त्वपूर्ण काम गर्न सक्दैनन्, केवल साधारण कर्तव्य मात्रै पूरा गर्छन्, परमेश्‍वरको घरमा एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दैनन्, परमेश्‍वरले आफ्‍नो काम विस्तार गर्नुहुँदा तिनीहरू कुनै महत्त्वपूर्ण काम लिँदैनन्, र तिनीहरू ठूलो योगदान दिँदैनन्; तैपनि, तिनीहरूमा परमेश्‍वरको लागि श्रम गर्ने इच्छा भएको हुनाले, तिनीहरूलाई विशेष निगाह देखाएर मुक्ति पाउने अवसर दिइन्छ—तिनीहरूलाई गरिने विशेष निगाह यही हो। परमेश्‍वर हरेक व्यक्तिलाई धेरै अवसर दिनुहुन्छ। के परमेश्‍वर मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ? (गर्नुहुन्छ।) किनभने तिनीहरू जति कमजोर भए पनि, तिनीहरूमा क्षमता जति कम भए पनि, तिनीहरू जति मूर्ख भए पनि, तिनीहरू साधारण र भ्रष्ट मानवजातिका सदस्य हुन्; यति हो, तिनीहरू व्यक्तिगत रूपमा अत्यधिक सक्रिय भएर सत्यता पछ्याउँदैनन्, तर मानिसको रूपमा अझै सही नै हुन्छन्। अन्त्यमा, तिनीहरूले सत्यता प्राप्त गर्न वा मुक्ति पाउन सके पनि नसके पनि, परमेश्‍वर तिनीहरूलाई दया र विशेष निगाह देखाउनुहुन्छ, किनभने यी मानिसहरू ती अविश्‍वासी र परमेश्‍वरविरोधी ती दियाबलसहरूभन्दा बिलकुलै फरक रूपमा बनिएका हुन्छन्, र तिनीहरूमा फरक सार हुन्छ। ती मानिसहरू दियाबलस र परमेश्‍वरका शत्रु हुन्, तर यी मानिसहरूले श्रम गर्न मात्रै खोजे पनि र तिनीहरू श्रम गर्नमै चित्त बुझाए पनि पनि, तिनीहरूको हृदयमा परमेश्‍वरप्रति प्रतिरोध हुँदैन। तिनीहरू परमेश्‍वरलाई सक्रिय रूपमा आक्रमण गर्ने, आलोचना गर्ने, वा निन्दा गर्ने कहिल्यै गर्दैनन् र परमेश्‍वरप्रति सकारात्मक र सही मनोवृत्ति राख्छ्न् अर्थात् तिनीहरू आफूले मुक्ति प्राप्त गर्न सके पनि नसके पनि, परमेश्‍वरका लागि श्रम गर्न इच्छुक हुन्छन्। साथै, कतिपय मानिस योभन्दा अलिक राम्रा हुन्छन्, जसले श्रम गर्ने क्रममा आफूले सक्‍ने जति सत्यता अभ्यास गर्न सक्छन्, सक्रिय र सकारात्मक रूपमा केही सत्यता सिद्धान्त खोजी गर्छन्, अनि सिद्धान्तहरूविरुद्ध नजाने सक्दो प्रयास गर्छन्। तिनीहरूमा यही इच्छा र मनोवृत्ति हुन्छ, त्यसकारण परमेश्‍वर तिनीहरूलाई दया देखाउनुहुन्छ। परमेश्‍वर तिनीहरूलाई अनुचित व्यवहार गर्नुहुन्‍न, उहाँ तिनीहरूलाई त्यतिकै त्याग्‍नुहुन्‍न तर सधैँ अवसरहरू दिनुहुन्छ। परमेश्‍वरको काम समाप्त हुँदासम्‍म, यदि तिनीहरू परमेश्‍वरप्रति समर्पित भएका हुन्छन् र शैतानको प्रभावबाट उम्कन सक्छन् भने, परमेश्‍वरले तिनीहरूलाई राज्यमा लैजानुहुनेछ—यो नै तिनीहरूले प्राप्त गर्नुपर्ने गन्तव्य हो। परमेश्‍वर यी मानिसहरूलाई मुक्ति दिन चाहनुहुन्छ र उहाँले तिनीहरूलाई त्याग्‍नुहुनेछैन; परमेश्‍वरले यो कसरी गर्नुहुनेछ र यी वचनहरू पूरा गर्नुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई एक दिन थाहा हुनेछ। दियाबलस र शैतानहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ? (उहाँमा तिनीहरूप्रति वितृष्णा हुन्छ।) उहाँको मनोवृत्ति तिनीहरूदेखि वितृष्ण हुने हो। स्पष्टतः उहाँ तिनीहरूप्रति वितृष्णा राख्नुहुन्छ। परमेश्‍वर उचित समय र स्थानमा, उचित परिस्थितिमा, र उचित कुराहरूद्वारा सेवा गर्न दियाबलस र शैतानहरूलाई प्रयोग गर्नुहुन्छ, अनि तिनीहरूले सेवा दिइसकेपछि, कुनै विचार नगरी तिनीहरूलाई हटाइन्छ। सत्यता नपछ्याउने र सत्यतादेखि वितृष्ण हुने तिनीहरूको प्रकृति सारलाई सबै किसिमका परिस्थितिमा निरन्तर खुलासा गरिन्छ। परमेश्‍वर तिनीहरूलाई दया देखाउनुहुन्‍न, किनभने परमेश्‍वर तिनीहरूलाई पूर्ण रूपमा तिरस्कार र अति घृणा गर्नुहुन्छ। तैपनि कमजोर क्षमता भएका यी मूर्ख मानिसहरू, जसमध्ये कति त भ्रमित पनि होलान्, तथापि, तिनीहरू परमेश्‍वरका लागि श्रम गर्न इच्छुक छन्, अनि “परमेश्‍वरका लागि श्रम गर्न इच्छुक हुने र कहिल्यै यसमा पछुतो नगर्ने” मनोवृत्ति र सङ्कल्‍प राख्छन्। त्यसकारण, परमेश्‍वरले दैनिक जीवनमा तिनीहरूको मूर्खता क्षमा गर्नुहुनेछ र तिनीहरूको कमजोरी सहनुहुनेछ, साथै तिनीहरूको रक्षा र हेरचाह गर्नुहुनेछ। मैले परमेश्‍वर तिनीहरूको रक्षा र हेरचाह गर्नुहुन्छ भन्‍नुको अर्थ के हो? मैले के भन्‍न खोजेको हुँ भने परमेश्‍वर तिनीहरूलाई आफूले बुझ्‍न सक्ने केही सत्यताको शाब्दिक अर्थबारे अन्तर्दृष्टि दिनुहुनेछ र तिनीहरूलाई आफूले बुझ्‍न सक्‍ने सत्यताहरू बुझ्‍न दिनुहुनेछ; परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्छ, तिनीहरूलाई शान्ति र आनन्द दिनुहुन्छ र जब तिनीहरूलाई प्रलोभन आइपर्छ, तब तिनीहरूको रक्षा गर्न परमेश्‍वर उपयुक्त वातावरणहरू मिलाउनुहुन्छ। मुख्य प्रलोभनहरू के-के हुन्? धेरै प्रलोभनहरू छन्: विवाह, पुरुष र स्त्रीबीचको अनुचित सम्‍बन्ध, पैसा, हैसियत, ख्याति र फाइदा, प्रतिष्ठा, साथै राम्रो जागिर र राम्रो तलब, इत्यादि—यी सबै प्रलोभन हुन्। अनि परमेश्‍वर अरू कुन-कुन तरिकाले मानिसहरूको रक्षा गर्नुहुन्छ? उहाँ तँलाई कष्टबाट बचाउन तेरो बिरामी निको पार्नुहुन्छ, तँलाई दुष्ट मानिसहरूको पासो र आक्रमणमा पर्नबाट बचाउनुहुन्छ, र यस्तै इत्यादि। त्यसबाहेक, जब तँलाई केही कठिनाइ वा विपत्तिजस्ता देखिने केही परिस्थिति आइपर्छन्, तब परमेश्‍वरले तँलाई यी विपत्ति र कठिनाइहरूबाट जोगाउन केही मानिस, घटना, र परिस्थिति मिलाउनुहुनेछ, र यसरी तँलाई उहाँको घरमा तैँले इच्छा गरेझैँ अन्त्यसम्‍मै सहजतासाथ उहाँको लागि श्रम गर्न सक्षम तुल्याउनुहुनेछ—के यो राम्रो कुरा होइन र? (हजुर, हो।) त्यसकारण, सबै कुरा सहज रूपमा गर्न सक्नु र सबै कुरा तैँले चाहेजस्तै हुनु, यो केबाट आउँछ? (परमेश्‍वरको सुरक्षाबाट।) सही कुरा, यो परमेश्‍वरको सुरक्षा, तँप्रति परमेश्‍वरको हेरचाह, र उहाँको दयाबाट आउँछ। तर, दियाबलसहरूका मानिसहरू दुष्ट कुरा नगरी बस्‍न सक्दैनन्। तिनीहरू आफूले गर्ने सबै कुरामा गल्ती गर्छन्, र तिनीहरू सबैले दुष्ट अभिप्राय राख्छन्। तिनीहरूका लागि बारम्बार प्रलोभनमा पर्नु सामान्य हुन्छ; तिनीहरूलाई चाहिने ठ्याक्कै यही हो, मानौँ ठूलो चट्टान आकाशबाट झरेर तिनीहरूको टाउकोमा लाग्छ, तिनीहरू किचिन्छन् र मर्छन्। परमेश्‍वरका लागि श्रम गर्न इच्छुक मानिसहरू पनि यी कुराहरू सामना गर्छन्, तर परमेश्‍वरको आश्‍चर्यजनक सुरक्षाले गर्दा तिनीहरूको जीवनमा यस्तो विपत्ति आइपर्दैन, त्यो तिनीहरूबाट टरेर जान्छ, र तिनीहरू मनमा यसो भन्छन्, “परमेश्‍वरले मेरो रक्षा गरिरहनुभएको छ, र यो मेरो मर्ने समय होइन!” परमेश्‍वरले तँलाई जीवित राखिरहनुभएको छ किनभने उहाँका लागि तँ अझै उपयोगी छस्। परमेश्‍वरले तँलाई जीवन दिनुभयो, र तँ उहाँको लागि श्रम गर्न र उहाँमा अर्पित हुन इच्छुक भएकाले, किन उहाँ तँलाई रक्षा गर्नुहुन्‍न? परमेश्‍वरले अवश्य नै तँलाई रक्षा गर्नुहुनेछ। के परमेश्‍वर मानिसहरूबाट धेरै कुरा चाहनुहुन्छ? (चाहनुहुन्‍न।) परमेश्‍वरका लागि श्रम गर्न तयार यी मानिसहरू वास्तवमा त्यति प्रतिभावान् हुँदैनन् र तिनीहरूको क्षमता पनि त्यति राम्रो हुँदैन; तिनीहरूमा सत्यतासम्‍बन्धी सीमित बुझाइ हुन्छ, यो हदसम्म कि तिनीहरू केही शब्द र धर्मसिद्धान्त मात्र बुझ्‍न सक्छन्, र अरू मानिसजस्तै बोल्‍न सिक्छन्। तैपनि, तिनीहरू सत्यता सिद्धान्तहरू बुझ्‍न नै सक्दैनन्, न त सत्यता पछ्याउने वा मुक्ति पाउने स्थितिमा नै पुग्‍न सक्छन्। परमेश्‍वरप्रतिको तिनीहरूको समर्पणमा परमेश्‍वरको घरले तिनीहरूलाई बताएको कुरा गर्नु मात्रै समावेश हुन्छ, र तिनीहरू सत्यताप्रति कुनै पनि हालतमा समर्पित हुन सक्दैनन्, त्यति हो। त्यसैले, तिनीहरू साधारण भ्रष्ट मानव, परमेश्‍वरको लागि श्रम गर्न इच्छुक भएकाले, परमेश्‍वर तिनीहरूलाई फ्याँक्‍नुहुन्‍न। त्यसकारण, हटाइने मानिसहरू अवश्य नै निकम्मा हुन्छन्। यदि तिमीहरू साँच्‍चै असल मानिस हौ, साँच्‍चै परमेश्‍वरले चुनेका मानिस हौ, तिमीहरूमा साँच्‍चै परमेश्‍वरमा समर्पित हुने मनोवृत्ति, परमेश्‍वरको लागि श्रम गर्न इच्छुक हुने चाहना र मनोवृत्ति छ र यसमा कहिल्यै पछुतो गर्दैनौ भने, परमेश्‍वरले अवश्य नै तिमीहरूलाई कहिल्यै फ्याँक्‍नुहुनेछैन, बरु तिमीहरूलाई दया देखाउनुहुनेछ। यो तिमीहरूका लागि आशिष् हुनेछ, र परमेश्‍वर यस्ता मानिसहरू चाहनुहुन्छ। परमेश्‍वर यस्ता मानिसहरू चाहनुहुन्छ—तिनीहरू सत्यता पछ्याउँदैनन् र सत्यता बुझ्‍न सक्दैनन् किनभने तिनीहरूमा क्षमताको कमी हुन्छ, तैपनि परमेश्‍वरका लागि श्रम गर्न इच्छुक हुन्छन्। परमेश्‍वरले चाहने अर्को प्रकारका मानिसहरू भनेको सत्यता पछ्याउन चाहने, सत्यतालाई प्रेम गर्ने, निष्पक्षता, धार्मिकता र सकारात्मक कुरा मन पराउने, सत्यताप्रति समर्पित हुन चाहने, अनि सत्यता बुझेपछि र जानेपछि सत्यताअनुसार आज्ञापालन गर्न, समर्पित हुन, र अभ्यास गर्न सक्‍नेहरू हुन्। यसका साथै, यी मानिसहरूमा सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने सङ्कल्प हुन्छ, र तिनीहरूले कहिल्यै परमेश्‍वरमा शङ्का गरेका हुँदैनन्। यी मानिसहरू अवश्य नै परमेश्‍वरले प्रेम गर्ने र मुक्ति दिन चाहने मानिस हुन्। तर, के तँ यो मानक पूरा गर्न सक्छस्? अनि पूरा गर्न सक्दैनस् भने तँ के गर्नेछस्? कम्तीमा पनि, परमेश्‍वर र सत्यताप्रतिको तेरो मनोवृत्ति दियाबलसहरू र शैतानको जस्तो पटक्कै हुनु हुँदैन, तँ कम्तीमा पनि अनुमोदनसम्‍बन्धी परमेश्‍वरको मानक नजिक भएर उहाँको लागि श्रम गर्न इच्छुक हुनैपर्छ। यदि तँ निरन्तर परमेश्‍वरको विरोध गर्छस्, परमेश्‍वरविरुद्ध काम गर्छस् भने, र यदि तँ सधैँ परमेश्‍वरलाई आक्रमण गरिरन्छस् र हृदयमा उहाँको निन्दा गरिरहन्छस् भने, तँ समस्याग्रस्त र खतरनाक परिस्थितिमा पर्नेछस्। तँ परमेश्‍वरप्रति कस्तो मनोवृत्ति राख्छस् भन्‍ने कुरामा तँलाई हृदयमा स्पष्ट हुनुपर्छ, र तैँले आफूलाई मैले यहाँ कुरा गरेका फरक-फरक प्रकारका मानिसअनुसार वर्गीकरण गर्नुपर्छ।

सत्यता पछ्याउनु अत्यन्तै महत्त्वपूर्ण छ, तर त्यसको अर्थ मानिसहरूले सत्यता पछ्याएनन् भने तिनीहरू अन्त्यसम्‍म पुग्‍न सक्दैनन् भन्‍ने होइन; त्यो कुरा निश्‍चित छैन। सबै मानिस सृष्टि गरिएका प्राणी हुन्, र यदि तिनीहरू दियाबलस वा शैतान होइनन् भने, तिनीहरूले सक्रिय रूपमा परमेश्‍वरलाई आक्रमण गर्ने, वा जानाजानी सक्रिय रूपमा आक्रमण गर्ने र उहाँको निन्दा गर्ने गर्दैनन्। त्यसकारण, परमेश्‍वर साधारण भ्रष्ट मानवजातिप्रति निष्पक्ष र व्यावहारिक हुनुहुन्छ, र उहाँ तिनीहरू सबैलाई मुक्ति पाउने मौका दिनुहुन्छ। जब मानिसले मुक्ति प्राप्तिको अनुभव गर्छ, तब परमेश्‍वर उसलाई दया गर्नुहुन्छ, उसको रक्षा गर्नुहुन्छ, र उसको हेरचाह गर्नुहुन्छ। त्यसोभए, दियाबलस र शैतान हुने ती मानिसहरूप्रति परमेश्‍वर कस्तो मनोवृत्ति राख्नुहुन्छ? तिनीहरू परमेश्‍वरलाई आफ्‍नो शत्रु ठान्छन् अनि उहाँलाई निरन्तर आलोचना, आक्रमण गर्छन् र निन्दा गर्छन्, उहाँको काम नष्ट गर्छन्, र पश्‍चात्ताप गर्न कहिल्यै जान्दैनन्। यदि तिनीहरूले अरू मानिसहरूसँग अन्तरक्रिया गरे भने, आफूसँग ठ्याक मिल्‍ने केही मानिस भेट्टाउँछन्, तर परमेश्‍वरसामु आउँदा मात्रै उहाँसँग तिनीहरूको पटक्‍कै ठ्याक मिल्दैन, एक मिनेट वा एक सेकेन्ड पनि ठ्याक मिल्दैन; तिनीहरू परमेश्‍वरसँग काम गर्न वा उहाँसँग मिलेर रहन वा कुनै कुरामा सहमत हुन सक्दैनन्, र यसले तिनीहरू कुख्यात दियाबलस र शैतान हुन् भन्‍ने देखाउँछ। परमेश्‍वर त्यस्ता मानिसहरूलाई पटक्‍कै सहनुहुन्न, र परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई राख्दै राख्दैन। जब यस्तो व्यक्ति पत्ता लाग्छ, तब उसलाई हटाइन्छ; जब यस्ता दुई जना पत्ता लाग्छ, तब तिनीहरूलाई हटाइन्छ; जति जना नै खुलासा भए पनि, सबैलाई हटाइन्छ—तिनीहरू खुलासा भएकै दिन खतम हुन्छन्। हेर् त, जब असल मानिसहरूलाई बढुवा दिइन्छ र महत्त्वपूर्ण काममा प्रयोग गरिन्छ, त्यो बेला तिनीहरूलाई सिद्ध पारिन्छ, आशिष् दिइन्छ, र तिनीहरूले सबैभन्दा बढी फल फलाउँछन्; जब दुष्ट मानिस र दियाबलसहरूलाई बढुवा र प्रयोग गरिन्छ, तब तिनीहरूलाई स्वाभाविक रूपमा नै खुलासा गरेर हटाइन्छ, र तिनीहरूको अन्तिम दिन आएको हुन्छ। तिमीहरू आफू वरपरका भर्खरै वा पहिले नै खुलासा गरिएका, निकालिएका वा हटाइएका, र अन्त्यमा आफ्नो नाम हटाएकाहरूबारे विचार गर। तिनीहरू परमेश्‍वरको घरमा आफ्‍नो “करियरको” शिखरमा पुगेको बेला निकालिए, तिनीहरूको अन्तिम दिन आएको थियो, र परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासी जीवनमा ठूलो पूर्ण विराम लाग्यो। अविश्‍वासीहरू मण्डलीमा आउँछन्-जान्छन्, तर आफ्ना लागि उपयुक्त ठाउँ भेट्टाउन सक्दैनन्, न त कुनै कर्तव्य नै पूरा गर्न सक्छन्। तिनीहरूले कुनै दुष्ट कार्य गर्नेबित्तिकै, तिनीहरूको खुलासा हुन्छ, र तिनीहरूको अन्तिम दिन आएको हुन्छ। दियाबलसहरूलाई ठूला-ठूला कुरा गरेर नाम कमाउन मन पर्छ, र तिनीहरू महिमामा सबैभन्दा बढी रमाइरहेको दिन नै तिनीहरूको अन्तिम दिन हुन्छ। म किन यसो भन्छु? तिमीहरूलाई थाहा छ? अवस्था यस्तै हुन्छ। तिनीहरू महिमामा सबैभन्दा रमाइरहेको बेला नै तिनीहरू सबैभन्दा बढी आत्मसन्तुष्ट हुन्छन्, र तिनीहरू सबैभन्दा बढी आत्मसन्तुष्ट भएको बेला नै तिनीहरूले आफूलाई बिर्सने सम्‍भावना सबैभन्दा बढी हुन्छ होइन र? (हो।) जब तिनीहरूसँग कुनै सफलता र महिमा हुँदैन, तब यी दियाबलसहरू लुरुक्‍क पर्छन्। तर मैले तिनीहरू लुरुक्‍क पर्छन् भनेर भन्दैमा, त्यसको अर्थ तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् भन्‍ने होइन, यति मात्रै हो, तिनीहरू सधैँ परमेश्‍वरको डर मान्‍ने हृदयले होइन तर हृदयलाई जोगाउँदै एकदमै होसियारीसाथ र सतर्क भएर काम गर्छन्। तिनीहरू आफूले अवसर पाउनेबित्तिकै, वा कुनै शक्ति र हैसियत पाउनेबित्तिकै, आफूले हुकुम चलाउन सक्‍नेबित्तिकै, आत्मसन्तुष्ट बनेर आफूलाई बिर्सन्छन्, र सोच्छन्, “मेरो समय आएको छ। अब मैले आफ्नो क्षमता र सामर्थ्य अघि सार्ने अनि आफ्नो क्षमता प्रयोग गर्ने समय हो!” अनि तिनीहरू काममा लागिहाल्छन्। तिनीहरूको कार्यको उत्प्रेरणा र स्रोत के हो? तिनीहरूको कार्यको उत्प्रेरणा र स्रोत कहाँबाट आउँछन्? ती त दियाबलसहरू, शैतान, अनि तिनीहरूका तीब्र महत्त्वाकाङ्क्षा र चाहनाबाट आउँछन्। त्यस्ता परिस्‍थितिहरूमा, के तिनीहरूले गर्ने कामकुरा सत्यता सिद्धान्तअनुरूप हुन सक्छन्? तिनीहरूले कामकुरा गर्दा के तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन सक्छ? के तिनीहरू परमेश्‍वरको घरले माग गर्ने कुराअनुरूप मामिलाहरू सम्‍हाल्‍न सक्छन्? यी सबै प्रश्नको उत्तर अहँ भन्‍ने हुन्छ, तिनीहरू सक्दैनन्। अनि परिणाम के हुन्छ? (तिनीहरूले अवरोध र बाधा ल्याउँछन्।) ठिक भनिस्, त्यसको परिणामस्वरूप, तिनीहरूले चरम अवरोध र बाधा ल्याउँछन्, अनि परमेश्‍वरको घर र मण्डलीको काममा गम्‍भीर बाधा र हानिसमेत पुऱ्याउँछन्। त्यसोभए, परमेश्‍वरको घरमा मानिसहरूलाई कसरी सम्‍हाल्‍ने भन्‍ने सिद्धान्तअनुसार, मण्डलीको काममा यस्ता परिणामहरू ल्याउने मानिसहरूलाई कसरी सम्‍हाल्नुपर्छ? यदि मामिला सानोतिनो हो भने, तिनीहरूलाई प्रतिस्थापित गर्नुपर्छ, र यदि मामिला गम्‍भीर हो भने, तिनीहरूलाई हटाउनुपर्छ। जब कसैलाई बढुवा दिएर कुनै महत्त्वपूर्ण काममा प्रयोग गरिन्छ, वा तिनीहरूलाई कुनै काम गर्न दिइन्छ, तब परमेश्‍वरको घरले तिनीहरूलाई काम गर्ने सिद्धान्तहरूबारे सधैँ स्पष्ट रूपमा सङ्गति दिनेछ। त्यो व्यक्तिलाई धेरै सिद्धान्त र वृत्तान्त बताइन्छ, र तिनीहरूले बुझेपछि, अनि यो सब कुरा लेखेपछि मात्रै हस्तान्तरण पूरा भएको मानिन्छ। तर, तिनीहरूले केही काम गर्नुपर्दा र आफ्‍नो कर्तव्य निभाउनुपर्दा, तिनीहरूले यो आफ्नो दुष्ट हातले गर्न थालेको प्रकट हुन्छ र तिनीहरू साँच्चै दियाबलस हुन् भन्‍ने देखिन थाल्छ। तिनीहरू परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तअनुसार पटक्‍कै कामकुरा गर्दैनन्, बरु पूर्णतया आफूले चाहेअनुसार, आफूलाई जस्तो मन लाग्यो त्यस्तै, आफूलाई जस्तो इच्छा भयो त्यस्तै नै कामकुरा गर्छन्। कसैले पनि तिनीहरूलाई नियन्त्रण गर्न सक्दैन, र तिनीहरू कसैको कुरा सुन्दैनन्, र सोच्छन्, “परमेश्‍वरको घर, परमेश्‍वर, र सत्यता सबै एकातिर पन्छिन सक्छन्! यहाँ, म निर्णय गर्छु!” दियाबलसहरू यसरी नै काम गर्छन्, अनि कर्तव्य र सत्यताप्रति दियाबलसहरूको मनोवृत्ति यस्तै हुन्छ। यदि सत्यताप्रति तेरो मनोवृत्ति यस्तै छ भने, तेरो खुलासा हुनेछ। यदि तँ परमेश्‍वरको घरको काम र आफ्‍नो कर्तव्यलाई तुच्‍छ कुरा ठान्छस् र परमेश्‍वरको घरले तँलाई पालना गर्न लगाएको सिद्धान्तअनुसार काम गर्दैनस् भने, तँसँग शिष्ट व्यवहार गरिनेछैन। परमेश्‍वरको घरसँग मानिसहरूलाई सम्‍हाल्‍ने सिद्धान्तहरू हुन्छन्; पदबाट बर्खास्त गर्नुपर्नेहरूलाई बर्खास्त गरिन्छ, र हटाउनुपर्नेहरूलाई हटाइन्छ, र यसबारे भन्‍ने कुरा यति नै हो। त्यस्तै होइन त? के परमेश्‍वरको घरले यही गर्दैन र? अनि के यी दियाबलसहरू यसरी नै खुलासा हुँदैनन् र? अनि के यो नै तिनीहरूको कामकुरा गर्ने प्रेरणा, तिनीहरूको कामको स्रोत, र तिनीहरूले काम गर्ने तरिका होइन र? (हो।) तिनीहरूलाई यसरी सम्‍हालेर, के परमेश्‍वरको घरले तिनीहरूसँग अनुचित व्यवहार गरिरहेको हुन्छ र? (हुँदैन।) के यो तिनीहरूलाई सम्‍हाल्‍ने उचित तरिका हो? (हो।) यो साँच्‍चै अत्यन्तै उचित हो। सामान्य व्यक्तिले आफ्‍नो कर्तव्य स्विकार्छ, बढुवा पाउँछ, र ऊ कुनै महत्त्वपूर्ण काममा प्रयोग हुन्छ। ऊ आफ्‍नो काम आफ्नै योग्यता र क्षमताअनुसार अनि आफूले बझ्ने कामसम्‍बन्धी सिद्धान्त वा परमेश्‍वरको घरले उसलाई पालना गर्न आदेश दिएको सिद्धान्तअनुरूप बढी वा घटी हदमा गर्छन्। उसले प्रायजसो भ्रष्ट स्वभाव प्रकट गर्ने भए पनि, यसले उसको सामान्य कर्तव्य निर्वाहमा असर गर्दैन। ऊ आफूलाई जस्तो कठिनाइ आइपरे पनि, ऊ जस्तो गलत स्थितिमा परे पनि, वा उसलाई जस्तो बाधा आइपरे पनि, उसले आफ्‍नो कर्तव्य पूरा गर्दा अन्त्यमा केही सकारात्मक परिणामहरू प्राप्त गर्नेछ, र यी परिणामहरू सबैलाई स्वीकार्य हुन्छन्। तर, ती अविश्‍वासीहरूले आफ्‍नो कर्तव्य जति नै लामो समयदेखि पूरा गर्दै आएका भए पनि, कहिल्यै कुनै सकारात्मक परिणामहरू हासिल गर्दैनन्। तिनीहरू सधैँ खराब कुरा गर्छन् र कामकुरा बरबाद पार्ने प्रयास गर्छन्, र यसले मण्डलीको काममा असर गर्ने मात्र होइन, तर मण्डलीको हितलाई पनि हानि गर्छ, आफ्नो कामको वातावरण दूषित बनाउँछ र यसलाई भताभुङ्ग पार्छ। यदि एक जना दियाबलसले कुनै काममा अवरोध पुऱ्याउँछ र त्यसलाई बरबाद पार्छ भने, त्यसलाई फेरि सुरुदेखि गर्न भित्रभित्रै धेरै मानिसले काम गर्नुपर्ने हुन्छ, परमेश्‍वरको घरको मानव र आर्थिक स्रोत-साधन खेर जान्छ, अनि परमेश्‍वरका चुनिएका धेरै मानिस क्रोधित बन्छन्। त्यो दियाबलसलाई हटाइएपछि, मण्डलीको कामले तुरुन्तै नयाँ रूप फेर्छ, र कामका परिणामहरू फरक हुन्छन्। अवरोध र बाधा ल्याउने दियाबलसलाई प्रतिबन्ध लगाइन्छ, मानिसहरूमा स्वतन्त्र र मुक्त मानसिकता हुन्छ, कामको प्रभावकारिता बढ्छ, र सबैले आफ्‍नो कर्तव्य सामान्य रूपमा पूरा गर्छन्। त्यसकारण, दियाबलसहरू र शैतानका यी मानिसहरू बाहिरबाट आएका हुन् भन्‍ने देखिन्छ र तिनीहरूको उमेर जति नै भए पनि वा तिनीहरू जति शिक्षित भए पनि, तिनीहरू दुष्ट हुन् भने, तिनीहरूले दुष्ट कार्यहरू गर्न सक्छन्, र मानिसहरूलाई भ्रष्ट तुल्याउँदै र बाधा दिँदै दियाबलस र शैतानको भूमिका खेल्छन्। उदाहरणका लागि, तैँले कुखुरोको एक भाँडो सुरुवा बनाइरहेको छस् र सबैले कहिले पाक्‍ला र खाउँला भनेर हेरिरहेका छन्, तब अचानक भाँडोमा एउटा झिँगो डुब्छ। मलाई भन् त, के अब यो कुखुरोको सुरुवा खान सकिन्छ? त्यो काम लाग्दैन, तैँले त्यो फ्याँक्‍नुपर्छ, र दुई-तीन घण्टाको काम खेर जान्छ। त्यसपछि तैँले त्यो भाँडो धेरैपटक धुनुपर्छ, र धोएपछि पनि तँलाई त्यो सफा लाग्दैन, र तँलाई दिगमिग लागिरहन्छ। केले तँलाई बाधा पुऱ्यायो? (झिँगोले।) झिँगो एकदमै सानो भए पनि, यसको अशुद्ध सार अत्यन्तै घिनलाग्दो हुन्छ। यी दियाबलसरूपी मानिसहरू झिँगाजस्तै हुन्। तिनीहरू मण्डलीमा घुस्छन् र मण्डली जीवनको सामान्य व्यवस्थामा गम्‍भीर अवरोध पुऱ्याउँछन्, र मण्डली जीवनको सामान्य प्रगतिमा बाधा दिन्छन्। त्यसोभए, के अब तिमीहरूले यी दियाबलसरूपी मानिसहरूबारे स्पष्ट रूपमा बुझ्यौ? तिनीहरूलाई राम्ररी सेवा गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न लगाउने प्रयास गर्नु त गाईलाई रूख चढ्न लगाउने प्रयास गर्नुभन्दा गाह्रो हुन्छ; यो त हाँसलाई कुर्सीमा बस्‍न लगाउनुजस्तै हो। सबैभन्दा गाह्रो कुरा भनेको दियाबलस र शैतानहरूलाई सत्यता अभ्यास गर्न लगाउने प्रयास गर्नु हो, र त्यस्तै गाह्रो कुरा भनेको अविश्‍वासीहरूलाई आफ्‍नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न लगाउने प्रयास गर्नु हो। वास्तविकता यही हो। यदि तिमीहरूले शैतानका मानिसहरू र अविश्‍वासीलाई भेट्यौ, र तिनीहरूलाई कुनै काममा क्षणिक सहयोग माग्‍नुपर्ने भयो भने, त्यो गर्नु ठिकै हो। तर यदि तैँले तिनीहरूलाई कुनै कर्तव्य पूरा गर्न वा कुनै काम गर्न लगाइस् भने, तँ अन्धो र मूर्ख बनिरहेको हुन्छस्। विशेष गरी यदि तैँले तिनीहरूलाई केही महत्त्वपूर्ण काम गर्न लगाइस् भने, तँ झनै मूर्ख बनिरहेको हुन्छस्। यदि तैँले कुनै काममा सहयोग गर्ने योग्य कोही भेट्टाउन सकिनस् र तिनीहरूलाई सहयोग मागिस् भने, तिनीहरूलाई कुनै काम गर्न लगाउनु ठिकै हुन्छ, तर तैँले तिनीहरूलाई निगरानी गर्नैपर्छ, त्यसो गर्नुलाई बेवास्ता गर्नु हुँदैन। त्यस्ता मानिसहरू पटक्कै भरपर्दा हुँदैनन्; किनभने तिनीहरू मानव होइनन्, तर दियाबलस हुन्, तिनीहरू फिटिक्कै भरपर्दा हुँदैनन्। त्यसकारण अब, टोली इन्‍चार्ज वा टोली अगुवाहरूलाई, अनि मुख्य कर्तव्य र महत्त्वपूर्ण काम गर्नेहरूलाई सरसर्ती नियाल् अनि तिनीहरू यी दियाबलसजस्ता छन् कि भनेर हेर्। तँ तिनीहरूलाई प्रतिस्थापित गर्न सक्छस् भने, जतिसक्दो चाँडो गर्; यदि तिनीहरूको सट्टा अर्को योग्य व्यक्ति नभएकाले प्रतिस्थापित गर्न सक्दैनस् भने, तिनीहरूलाई निगरानीमा राख्, सुपरिवेक्षण गर् र राम्ररी अनुगमन गर्। तैँले दियाबलस र शैतानहरूलाई बाधा पैदा गर्न पटक्कै दिनु हुँदैन। दियाबलस सधैँ दियाबलस नै हुनेछ, त्यससँग मानवता, विवेक र समझ हुँदैन—तैँले यो कुरा सधैँ याद राख्नैपर्छ! अविश्‍वासीहरू सबै दियाबलस र शैतानका हुन्, र तैँले तिनीहरूलाई विश्‍वास गर्नैहुँदैन! यस विषयको सङ्गति यहीँ टुङ्ग्याऔँ।

सत्यतालाई कसरी पछ्याउने भन्‍ने विषयमा यसभन्दा पहिले सङ्गति गर्दा, हामीले दुई वटा कुराका बारेमा सङ्गति गरेका थियौँ। पहिलो के थियो? (त्याग्‍नु।) तीमध्ये एउटा त्याग्‍नु भन्‍ने थियो। अर्को के थियो? (समर्पण गर्नु।) समर्पण गर्नु। हामीले पहिलो विषय, अर्थात् “त्याग्‍नु” का बारेमा तीन पटक कुरा गर्‍यौँ। पछिल्लो पटक हामीले कुन विषयमा सङ्गति गर्‍यौँ? (पछिल्लो पटक, परमेश्‍वरले मानिसहरूले सामना गर्ने कठिनाइहरूको दृष्टिकोणबाट तिनीहरूमा हैरानी, तनाव, र चिन्ता जस्ता नकारात्मक संवेगहरू पैदा हुनुका कारणहरू, र परमेश्‍वरको काम र सत्यताप्रति तिनीहरूको मनोवृत्तिका बारेमा चिरफार गर्नुभयो।) हैरानी, तनाव, र चिन्ता जस्ता नकारात्मक संवेगहरू पैदा हुन सक्नुका धेरै कारणहरू छन्, तर सामान्यतया मानिसहरूले सत्यता बुझ्दैनन् भन्‍ने वस्तुगत कारणद्वारा ती पैदा हुन्छन्। एउटा कारण यही हो। अर्को कारण पनि छ, र त्यो कारण मानिसहरूले सत्यतालाई नपछ्याउनुको मुख्य कारण हो। जब मानिसहरूले सत्यता बुझ्दैनन् वा त्यसलाई पछ्याउँदैनन्, र तिनीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास हुँदैन, तब तिनीहरू साँचो रूपमा समर्पित हुँदैनन्, त्यसकारण तिनीहरूमा सबै किसिमका नकारात्मक संवेगहरू स्वाभाविक रूपमा पैदा हुन्छन्। दैनिक जीवनमा, मानिसहरूले आफ्‍नो जीवनमा अनुभव गर्ने व्यावहारिक कठिनाइहरू र आफ्‍नो सोचाइमा तिनीहरूले सामना गर्ने सबै विविध समस्याहरूका कारण, तिनीहरूले आफ्‍ना वस्तुगत वातावरणमा सबै किसिमका नकारात्मक संवेगहरू महसुस गर्छन्। विशेषतः, हामीले पछिल्लो पटक कुरा गरेका हैरानी, तनाव, र चिन्ताका सबै नकारात्मक संवेगहरू मानिसहरूले आफ्‍नो देहगत जीवनमा सामना गर्ने सबै किसिमका कठिनाइ र समस्याहरूको कारण पैदा हुन्छन्। यी समस्याहरू सामना गर्दा, मानिसहरूले आफ्‍ना गलत दृष्टिकोणहरू त्याग्‍न, यी कुराहरूप्रतिका आफ्ना गलत सोचाइ र दृष्टिकोणहरू त्याग्‍न, साथै यी कुराहरूलाई सम्‍हाल्‍ने र लिने तिनीहरूका गलत तरिकाहरू त्याग्‍न सम्भव तुल्याउने सत्यता खोजी नगर्ने वा परमेश्‍वरले भन्‍नुभएका कुराहरू नमान्‍ने हुनाले, तिनीहरूले परमेश्‍वरका वचनहरूमा बुझ्‍नुपर्ने र अभ्यास गर्नुपर्ने सत्यताको खोजी त झनै नगर्ने हुनाले, दिनहरू बित्दै जान्छन्, समय बित्दै जान्छ, र मानिसहरूले आफ्‍नो जीवनमा सामना गर्ने विभिन्‍न कठिनाइहरूले हर किसिमका विचारहरू पैदा गर्छन्, जसले तिनीहरूको हृदयको गहिराइमा तिनीहरूलाई बाधा पुर्‍याउँछन् र बन्धनमा पार्छन्। तिनीहरूलाई थाहै नभई, यी विचारहरूले तिनीहरूमा आफ्‍नो दैहिक जीवन र आफूले सामना गर्ने सबै विभिन्‍न समस्याहरूसम्बन्धी हैरानी, तनाव, र चिन्ताका भावनाहरू पैदा गर्छन्। वास्तवमा, जब मानिसहरू परमेश्‍वरको अघि आएका हुँदैनन् वा तिनीहरूले सत्यता बुझेका हुँदैनन्, तब यी समस्याहरूले हरेक व्यक्तिको जीवनमा फरक-फरक हदसम्म हैरानी, तनाव, र चिन्ताका भावनाहरू पैदा गर्छन्—यो अपरिहार्य छ। देहमा जिउने मानिसहरूका हकमा भन्दा, तिनीहरूको जीवनमा आइपर्ने कुनै पनि कुराले तिनीहरूको जीवन र विचारमा निश्चित बाधा र असर गर्छ। जब यो बाधा र असर तिनीहरूले सहन सक्‍ने र थाम्‍न सक्‍नेभन्दा बढी हुन्छ, वा जब त्यसलाई सहन वा यी कठिनाइहरूलाई समाधान गर्न वा हटाउनका लागि तिनीहरूको अन्तर्ज्ञान, क्षमता, र सामाजिक हैसियत अपर्याप्त हुन्छ, तब हैरानी, तनाव, र चिन्ताहरू स्वाभाविक रूपमा नै तिनीहरूको हृदयको गहिराइमा पैदा भएर त्यहाँ जम्‍मा हुन्छन्, र यी भावनाहरू तिनीहरूको सामान्य स्थिति बन्छ। आफ्‍नो भविष्यको सम्‍भावना, खानपान, विवाह, आफ्‍नो भविष्यको अस्तित्व वा स्वास्थ्य स्थिति, आफ्‍नो वृद्ध अवस्था, र समाजमा आफ्‍नो हैसियत र प्रतिष्ठाका बारेमा चिन्ता गर्नु भनेको सत्यता नबुझेका कारण र परमेश्‍वरमा विश्‍वास नगरेका कारण सबै मानवजातिमा हुने एउटा स्थिति हो। तैपनि, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले थोरै भए पनि सत्यता बुझेपछि, सत्यतालाई पछ्याउने तिनीहरूको सङ्कल्प दह्रिलो हुँदै जान्छ। यसरी, तिनीहरूले सामना गर्ने व्यावहारिक कठिनाइ र समस्याहरू क्रमिक रूपमा हराउँदै जान्छन्, र हैरानी, तनाव, र चिन्ता जस्ता नकारात्मक संवेगहरू क्रमिक रूपमा कमजोर हुँदै र घट्दै जान्छन्—यो अत्यन्तै स्वाभाविक कुरा हो। किनभने, मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा उहाँका वचनहरू धेरै वचनहरू पढेर केही सत्यता बुझेपछि, तिनीहरूले आफ्‍नो जीवनभरि सामना गर्ने समस्याहरूका सार, व्युत्पत्ति, र स्रोतलाई परमेश्‍वरका वचनहरूअनुसार मूल्याङ्कन र सामना गर्छन्। अन्तिम निष्कर्षमा, तिनीहरूले तिनीहरूको भाग्य र तिनीहरूले आफ्‍नो जीवनमा अनुभव गर्ने यी सबै कुराहरू परमेश्‍वरका हातमा छन् भन्‍ने कुरा बुझ्छन्, त्यसकारण यो सबै परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छ, र कुनै पनि कुरा तिनीहरूका हातमा छैन भन्‍ने कुरा आम दृष्टिकोणबाट बुझ्छन्। त्यसकारण, मानिसहरूले गर्नुपर्ने सबैभन्दा सरल कुरा भनेको समर्पित हुनु हो—स्वर्गको बन्दोबस्त र सार्वभौमिकतामा समर्पित हुनु। तिनीहरूले आफ्‍नो भाग्यविरुद्ध सङ्घर्ष गर्नु हुँदैन, बरु, तिनीहरूले कुनै पनि मामलाको सामना गर्दा, सधैँ सकारात्मक र सक्रिय रूपमा परमेश्‍वरका अभिप्राय खोजी गरेर त्यसबाट समस्या समाधान गर्ने सबैभन्दा उचित तरिका पत्ता लगाउनुपर्छ—मानिसहरूले बुझ्‍नुपर्ने सबैभन्दा आधारभूत कुरा यही हो। भन्‍नुको अर्थ, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले बुझ्‍ने सत्यताहरूका कारण र तिनीहरू आधारभूत रूपमा परमेश्‍वरमा समर्पित हुने हुनाले, तिनीहरूको हैरानी, तनाव, र चिन्ता बिस्तारै कम हुँदै जान्छन्। यसको अर्थ, यी भावनाहरूले तिनीहरूलाई त्यस उपरान्त गम्‍भीर रूपमा सताउन, वा अन्योलमा पार्न वा अचम्‍ममा पार्न, वा तिनीहरूको भविष्य अन्धकारमय र अनिश्‍चित छ भनेर अनुभव गराउन सक्दैनन्, त्यसरी तिनीहरूलाई यी कुराहरूका बारेमा हैरानी, तनाव, र चिन्ता हुन छोड्छ। यसको विपरीत, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेका हुनाले र केही सत्यता बुझेका हुनाले, र जीवनका सबै किसिमका कुराहरू खुट्ट्याउन र बुझ्न थालेका हुनाले, वा यी कुराहरूलाई सम्‍हाल्‍ने झनै उचित तरिकाहरू भेट्टाउन थालेका हुनाले, हैरानी, तनाव, र चिन्ता जस्ता तिनीहरूका नकारात्मक संवेगहरू क्रमिक रूपमा कम हुँदै जान्छन्। तैपनि, तैँले वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको र धेरै प्रवचनहरू सुनेको भए पनि, तेरा हैरानी, तनाव, र चिन्ता जस्ता नकारात्मक संवेगहरू अझै पनि हटेका वा कमजोर भएका छैनन्—अर्थात्, मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तेरो तरिका र आफ्‍नो आनीबानी र व्यवहार प्रस्तुत गर्ने तरिकासम्‍बन्धी तेरो मनोवृत्ति, अनि तेरा सोचाइ र दृष्टिकोणहरू, र परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले तैँले विभिन्‍न कुराहरूलाई सम्हाल्ने तेरो तरिका परिवर्तन भएका छैनन्—अर्थात्, तैँले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तैँले सत्यतालाई स्विकारिनस् वा सत्यता प्राप्त गरिनस्, वा परमेश्‍वरका वचनहरू पढेपछि र प्रवचनहरू सुनेपछि तैँले यी समस्याहरूलाई समाधान गर्न सत्यता प्रयोग गरेर हैरानी, तनाव, र चिन्ता जस्ता यी नकारात्मक संवेगहरूलाई समाधान गरिनस्। यदि तँ यी नकारात्मक संवेगहरूलाई समाधान गर्न कहिल्यै सत्यताको खोजी गर्दैनस् भने, के यसले तँमा समस्या छ भन्‍ने देखाउँदैन र? (देखाउँछ।) यसले के समस्या देखाउँछ? तँ धेरै वर्षदेखि परमेश्‍वरको विश्‍वासी रहिआएको छस् र पनि तँलाई अझै पनि तेरो भविष्य पूर्णत: अन्धकारमय र निराशाजनक छ भन्‍ने लाग्छ। तँलाई प्राय: अझै पनि हृदयमा रित्तो र विवश महसुस हुन्छ, र तँलाई प्राय: अझै पनि अन्योलता र तँसँग अघि बढ्ने कुनै बाटो छैन भन्‍ने महसुस हुन्छ। तेरो जीवन कतातिर गइरहेको छ भन्‍ने तँलाई थाहा छैन, र तँलाई अझै पनि कुनै बाटो र अघि बढ्ने कुनै दिशाविना अँध्यारोमा छामछुम गरिरहेको जस्तो लाग्छ। यसको अर्थ के हो? कम्तीमा पनि यसको अर्थ तैँले अझै पनि सत्यता प्राप्त गरेको छैनस् भन्‍ने हुन्छ, होइन र? अनि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तैँले यतिका वर्ष के गरिरहेको थिइस्? के तैँले सत्यता पछ्याइरहेको थिइस्? (अहँ।) यदि तैँले विभिन्‍न कुराहरू त्याग्‍ने, मेहनत गर्ने, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममासत्यतालाई पछ्याइरहेको थिइनस् र व्यावहारिक समस्याहरू समाधान गर्न सत्यता प्रयोग गरिरहेको थिइनस् भने, यतिका समय तैँले के गरिरहेको थिइस्? (फोकटमा बसिरहेको र अल्याङटल्याङ गरिरहेको थिएँ।) धेरै मानिसहरूले आफ्‍नो कर्तव्य लापरवाह ढङ्गले पूरा गर्छन्, र यी मानिसहरूले वास्तवमा श्रम गरिरहेका हुन्छन्। श्रमिकहरूले आफ्‍नो कर्तव्य पूरा गर्न, केही मूल्य चुकाउन, र थोरै कष्ट भोग्न सक्षम हुनुमा नै चित्त बुझाउँछन्, तर सत्यतालाई पछ्याउँदैनन्। त्यसकारण, धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, तिनीहरू पटक्‍कै परिवर्तन भएका हुँदैनन्। यी मानिसहरू वास्तवमा श्रमिकहरू हुन् र, हामीले पहिले भन्‍ने गरेको कुरा भन्‍ने हो भने, तिनीहरू धार्मिक क्रियाकलापहरूमा संलग्‍न छन् भनेर भन्‍न सक्छौँ। धार्मिक संसारका ती धार्मिक क्रियाकलापहरूलाई हेर त—आइतवारका दिन मानिसहरू आराधना गर्न र भेला हुन जान्छन्, र सामान्यतया तिनीहरू बिहान प्रार्थना गर्छन्, अनुग्रहको वचन बोल्छन्, सबै कुराका लागि धन्यवाद दिन्छन्, आफ्नो प्रार्थनामा मानिसहरूलाई आशीर्वाद दिन्छन्, र अरूलाई भेट्दा तिनीहरूले यसो भन्छन्, “परमेश्‍वरले तपाईँलाई आशिष् दिनुहुन्छ, परमेश्‍वरले तपाईँलाई सुरक्षा दिनुहुन्छ।” जब तिनीहरूले सम्‍भावित व्यक्ति देख्छन्, तब तिनीहरूले सुसमाचार सुनाउँछन् र बाइबलबाट एउटा खण्ड पढेर सुनाउँछन्। अलिक असल व्यक्तिहरू मण्डली सफा गर्न जान्छन्, र जब कुनै प्रचारक आउँछ, तिनीहरूले उत्साहका साथ उसलाई आफ्‍नो घरमा बास दिन्छन्; जब तिनीहरूले जीवनमा कठिनाइ भोगिरहेका वृद्ध मानिसहरू भेट्छन्, तब तिनीहरूलाई सहयोग गर्छन्, र सहयोग गरेर आनन्द लिन्छन्। के यी सबै धार्मिक क्रियाकलापहरू होइनन् र? इष्टरमा इष्टर एग खानु, ख्रीष्टमस मान्‍नु र ख्रीष्टमसका भजनहरू गाउनु—तिनीहरू यिनै क्रियाकलापहरूमा संलग्‍न हुन्छन्। अहिले तिमीहरूका क्रियाकलापहरू धार्मिक मानिसहरूले गर्ने भन्दा अलिक बढी गरिन्छ। तिमीहरूमध्ये धेरै जना घर छोडेर पूर्णकालीन रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न जान्छौ। बिहान तिमीहरूले आफ्‍नो आत्मिक भक्ति पूरा गर्छौ, दिउँसो मण्डलीसम्बन्धी केही काम गर्छौँ, तिमीहरू नियमित भेलाहरूमा जान्छौ र परमेश्‍वरका वचनहरू पढ्छौ, र साँझमा सुत्‍नुभन्दा पहिले, तिमीहरू परमेश्‍वरलाई प्रार्थना गर्छौ र उहाँलाई सुरक्षा, मीठो निद्रा दिनुहुन, र नराम्रो सपनालाई टाढै राखिदिनुहुन अनुरोध गर्छौ, त्यसपछि भोलिपल्‍ट पनि यसै गर्छौ। तिमीहरूको दैनिक जीवन अत्यन्तै नियमित हुन्छ, तैपनि ती अत्यन्तै खल्‍लो र नीरस हुन्छन्। तैँले लामो समयसम्‍म केही प्राप्त गर्दैनस् र केही बुझ्दैनस्, र तैँले यी सबैभन्दा आधारभूत नकारात्मक संवेगहरूबारे कहिल्यै मनन गर्दैनस् वा तिनलाई पहिचान गर्दैनस्, न त तैँले कहिल्यै तिनलाई उत्खनन वा समाधान गर्छस्। जब तैँले तेरो खाली समयमा, वा तेरो कर्तव्यमा आफूलाई मन नपर्ने कुनै कुराको सामना गर्छस्, वा तैँले तेरा आमाबुबालाई सन्चो छैन वा घरमा कुनै नराम्रो घटना घट्यो भन्‍ने खबर पाउँछस्, तँलाई आफ्‍नो कर्तव्य पूरा गर्न मन लाग्‍न छोड्छ र तँ धेरै दिनसम्‍म कमजोर बन्छस्। तँलाई कमजोर महसुस भइरहेको बेला, तँभित्र लामो समयदेखि जम्‍मा भइरहेका ती नकारात्मक संवेगहरू फेरि पनि विस्फोट भई निस्कन्छन्। तँ ती कुराहरूका बारेमा दिन-रात सोच्छस्, र ती कुराहरूले तँलाई छायाले जस्तै पछ्याउँछन्। कतिपय मानिसहरूको हकमा त, तिनीहरूलाई कमजोर र नकारात्मक महसुस भइरहेको बेला तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले राखेका विचार र दृष्टिकोणहरू अचानक फेरि पैदा हुन्छन्, र तिनीहरूले सोच्छन्, “यदि म कलेज गएर कुनै विषय पढेर, राम्रो जागिर खोजेको भए राम्रो हुनेथियो होला—अहिलेसम्‍म त मैले विवाह पनि गरिसकेको हुनेथिएँ। हामी स्कूलमा हुँदा मेरो फलानो साथी त त्यति विशेष देखिँदैनथियो, तर स्कूल सकिएपछि ऊ कलेज गयो। उसले जागिर पाएपछि उसको बढुवा भयो, र अहिले उसको घरायसी जीवन पूर्ण रूपमा सुखी छ। ऊसँग गाडी र घर छ, र ऊ सुन्दर जीवन जिउँछ।” जब तिनीहरूले यी कुराहरू सोच्छन् र यी नकारात्मक स्थितिहरूमा पर्छन्, तब सबै किसिमका नकारात्मक संवेगहरू एकै पटक विस्फोट हुन्छन्। तिनीहरूले घर, आमा सम्झन्छन्, पहिले कुराहरू कस्ता थिए भन्‍ने सोचेर विलाप गर्छन्, र तिनीहरूको मनमा राम्रो, नराम्रो, मन दुखाउने, सुखका, र बिर्सन नसकिने सबै कुराहरू भेलसरि आउँछन्, र तिनीहरूले यी कुराहरूका बारेमा सोच्दै गर्दा, तिनीहरू शोकमा पर्छन्, र तिनीहरूको आँखाबाट आँसु झर्छ। यो सबैले के देखाउँछ? यसले के देखाउँछ भने, तैँले विगतमा जिउने तरिका र आफ्‍नो जीवन सञ्चालन गर्ने तेरो तरिका समय-समयमा उत्पन्‍न भएर तेरो वर्तमान जीवनमा र अहिलेको तेरो जीवन स्थितिमा बाधा पुर्‍याउन सक्छ। यी कुराहरूले अहिले तैँले आफ्‍नो जीवन जिउने तरिका र तेरो जीवनको मनोवृत्ति, साथै तेरो दृष्टिकोणमाथि समेत प्रभुत्व जमाउन सक्छन्। ती कुराहरूले तेरो जीवनमा निरन्तर बाधा पुर्‍याउँछन् र प्रभुत्व जमाउँछन् ल्याउँछन्। यो तैँले जानी-जानी गर्ने कुरा होइन, बरु यो त तँ स्वाभाविक रूपमा नै यी नकारात्मक संवेगहरूमा डुब्नुसँग सम्बन्धित कुरा हो। तँलाई अहिले आफूमा यी भावनाहरू छैनन् भन्‍ने लाग्छ होला, तर सही समय र परिस्थिति नआएको भएर मात्रै तँलाई त्यस्तो लागेको हो। सही समय र परिस्थिति आउनेबित्तिकै, कुनै पनि समय र स्थानमा तँ फेरि पनि यिनै भावनाहरूमा डुब्‍न सक्छस्। अहिले, जब तँ यी नकारात्मक संवेगहरूमा डुब्छस्, तब तँ खतरामा हुन्छस्, कुनै पनि समय र स्थानमा आफ्ना पुरानै तरिकाहरूमा फर्कने र तेरो पुरानै विचार र दृष्टिकोणको प्रभुत्वमा पर्ने खतरामा हुन्छस्—यो अत्यन्तै खतरनाक कुरा हो। यो खतराले कुनै पनि समय र स्थानमा मुक्ति पाउने तेरो मौका र आशा खोस्‍न सक्छ, र यसले कुनै पनि समय र स्थानमा तँलाई परमेश्‍वरमाथिको विश्‍वासको मार्गबाट टाढा लैजान सक्छ। त्यसकारण, अहिले कर्तव्य पूरा गर्ने तेरो सङ्कल्प र इच्छा जति नै दह्रिलो भए पनि, वा तँलाई आफूले बुझेका सत्यताहरू जति नै गहन र उच्च लागे पनि, वा तेरो कद जति ठूलो भए पनि, तेरा सोचाइहरू बदलिएनन् भने, जीवन सम्‍बन्धी तेरो दृष्टिकोण परिवर्तन भएन भने, तेरो जीवन जिउने तरिका बदलिएन भने, र तैँले जीवनमा चाहेको कुराको इच्छा परिवर्तन भएन भने—ती सबै कुरा यी भावनाहरूको निर्देशनमा रहन्छन्—तँ हर समय र स्थानमा खतरामा हुनेछस्; जब तँ कुनै पनि समय र स्थानमा यी विचार र दृष्टिकोणहरूद्वारा निलिन, अभिभूत हुन, र बहकिन सक्छस् भने, तँ खतरामा छस्। त्यसकारण, यी नकारात्मक संवेगहरूलाई हल्का रूपमा नले। कुनै पनि क्षण र स्थानमा, ती कुराहरूले मुक्ति पाउने तेरो मौकालाई तँबाट खोस्‍न र नष्ट गर्न सक्छन्, र यो सानोतिनो कुरा होइन।

मानिसका सबै नकारात्मक संवेगहरू तिनीहरूका विभिन्न गलत विचार, गलत दृष्टिकोण, जिउने गलत तरिका, र जीवनसम्‍बन्धी गलत शैतानी दर्शनहरूद्वारा पैदा हुन्छन्। तेरो वास्तविक जीवनमा केही कुराहरू पनि आइपर्छन्, विशेष गरी, जब कहिलेकाहीँ यी कुराहरूको सारलाई स्पष्ट रूपमा बुझ्‍न सक्दैनस्, तब यी कुराहरू जस्ता देखिन्छन्, त्यसदेखि तँ सजिलै तर्सिन र सङ्कुचित हुन सक्छस्, र सजिलै अलमलमा पुरेर, पुरानो जीवनशैलीमा फर्किन सक्छस्; तैँले अचेतन रूपमा नै आफ्नो सुरक्षा गर्नेछस्, परमेश्‍वरलाई त्याग्‍नेछस्, सत्यतालाई त्याग्‍नेछस्, अनि उम्कने बाटो खोज्‍न, कसरी जिउने भनेर खोजी गर्न, र जिइरहने आशा खोजी गर्नका लागि आफूलाई सबैभन्दा परम्‍परागत र भरपर्दो लाग्‍ने आफ्‍नै विधि र तरिकाहरू प्रयोग गर्छस्। झट्ट हेर्दा, यी नकारात्मक संवेगहरू केवल भावना जस्ता देखिए पनि, र यदि हामीले यी भावनाहरूलाई शब्‍दहरूमा व्याख्या गर्‍यौँ भने, शाब्दिक रूपमा लिँदा ती न्यून-दर्शित जस्ता देखिए पनि र त्यति गम्‍भीर नदेखिए पनि, कतिपय मानिसहरूले यी नकारात्मक संवेगहरूसँग च्याप्पै टाँसिन्छन् र तिनलाई छोड्दैनन्, मानौँ तिनीहरू आफ्‍नो ज्यान बचाउने सहारालाई पक्रिरहेका छन्, र तिनीहरू यी कुराहरूद्वारा दह्रोसँग बन्धनमा पारिएका र बाँधिएका हुन्छन्। वास्तवमा, मानिस आफ्‍नो अस्तित्वका लागि भर पर्ने विभिन्‍न तरिकाले, साथै तिनीहरूमाथि प्रभुत्व जमाउने तिनीहरूका विभिन्‍न विचार तथा दृष्टिकोणहरू, अनि जीवन र अस्तित्वप्रतिका तिनीहरूका विभिन्‍न मनोवृत्तिले गर्दा तिनीहरू यी नकारात्मक संवेगहरूद्वारा बाँधिएका हुन्छन्। त्यसकारण, डिप्रेसन, हैरानी, तनाव, चिन्ता, हीनताबोध, घृणा, रिस र इत्यादि सबै भावनाहरू नकारात्मक भए पनि, मानिसहरूलाई अझै पनि यी कुराहरूमा भर पर्न सकिन्छ भन्‍ने लाग्छ, र तिनीहरू यी नकारात्मक संवेगहरूमा डुबेपछि मात्रै तिनीहरूलाई सुरक्षित महसुस हुन्छ, र तिनीहरूले आफूलाई भेट्टाएका छन् र तिनीहरू अस्तित्वमा छन् भन्‍ने महसुस गर्छन्। वास्तवमा, मानिसहरू यी भावनाहरूमा डुब्‍ने कामले तिनीहरूलाई सत्यताको विपरीत दिशातर्फ अघि बढाउँछ र सत्यताबाट, साथै सोच्‍ने सही तरिकाहरू, सही विचार र दृष्टिकोणहरूबाट, र परमेश्‍वरले तिनीहरूमा हुनुपर्छ भनी भन्‍नुभएका कुराहरूप्रतिको सही मनोवृत्ति र दृष्टिकोणबाट बहकाउँछ। तैँले जे-जस्तो नकारात्मक संवेग अनुभव गरिरहेको भए पनि, तँ यसमा जति गहन रूपमा डुब्छस्, यसद्वारा त्यति नै धेरै बाँधिन्छस्; तँ यसद्वारा जति बाँधिन्छस्, तँलाई आफ्‍नो सुरक्षा गर्नुपर्छ भन्‍ने त्यति नै बढी महसुस हुन्छ; तैँले आफ्‍नो सुरक्षा गर्नुपर्छ भन्‍ने जति महसुस गर्छस्, संसारलाई जित्‍न, संसारमा आफूले सामना गर्ने सबै कठिनाइहरूमाथि विजयी हुन, र जीवनका सबै कठिनाइ र अप्ठ्याराहरूलाई जित्‍नका लागि झनै दह्रिलो हुने अनि जिउनका निम्ति अवसरहरू प्राप्त गर्न र जिउने विभिन्न तरिका पत्ता लगाउन झनै सक्षम र प्रतिस्पर्धी बन्‍ने आशा त्यति नै गर्छस्। तँ यी भावनाहरूमा जति डुब्छस्, तँलाई आफ्‍नो जीवनमा आइपर्ने सबै कठिनाइहरूलाई नियन्त्रण वा समाधान गर्न त्यति नै मन लाग्छ। यस्तै होइन र? (हो, यस्तै हो।) त्यसोभए, मानिसका यी विचारहरू कसरी पैदा हुन्छन्? उदाहरणका लागि विवाहलाई लिऊँ। तँलाई विवाहलाई लिएर हैरानी, तनाव, र चिन्ता हुन्छ, तर यी सबैको पछाडिको समस्या वास्तवमा के हो त? तँलाई के कुराको चिन्ता छ? यो चिन्ता कहाँबाट आउँछ? तँलाई विवाह भाग्यले बन्दोबस्त गर्ने र शासन गर्ने कुरा हो, र यो स्वर्गबाट बन्दोबस्त गरिने र शासन गरिने कुरा हो भन्‍ने थाहा नभएर यो चिन्ता आउँछ। यो कुरा थाहा नपाएर, तैँले सधैँ आफ्‍नो निर्णय आफै गर्न, योजना, उद्देश्य बनाउन, र षड्यन्त्र रच्न चाहन्छस्, र निरन्तर यस्तो सोच्छस्: “मैले कस्तो जीवनसाथी रोज्‍ने? ऊ कति अग्‍लो हुनुपर्छ? कस्तो देखिनुपर्छ? उसको व्यक्तित्व कस्तो हुनुपर्छ? ऊ कति शिक्षित हुनुपर्छ? ऊ कस्तो परिवारको हुनुपर्छ?” तैँले जति विस्तृत योजना बनाउँछस्, तँलाई त्यति नै चिन्ता हुन्छ, होइन र? तेरा मापदण्डहरू जति उच्च हुन्छन् र तेरा मापदण्डहरू जति धेरै हुन्छन्, तँलाई त्यति नै चिन्ता हुन्छ, होइन र? अनि जीवनसाथी पाउन त्यति नै गाह्रो हुन्छ, होइन र? (हो।) जब तँलाई कुनै व्यक्ति तेरा लागि उपयुक्त छ कि छैन भन्‍ने थाहा हुँदैन, तेरा कठिनाइहरू त्यति नै ठूला हुन्छन्, र तेरा कठिनाइहरू जति ठूला हुन्छन्, तेरो हैरानी र तनावको भावना त्यति नै गम्‍भीर बन्छन्, होइन र? तेरो हैरानी र तनावको भावना जति गम्‍भीर बन्छन्, यी भावनाहरूले तँलाई त्यति नै अल्झाउँछन्। त्यसोभए, तैँले यो समस्यालाई कसरी समाधान गर्छस्? मानौँ तैँले विवाहको सार बुझेको छस्, र तँलाई अघि बढ्ने सही बाटो र दिशा थाहा छ—त्यसोभए विवाहलाई हेर्ने सही तरिका के हो? तँ भन्छस्, “विवाह त जीवनको एउटा ठूलो घटना हो, र मानिसहरूले जे छनौट गरे पनि, यो सबै कुरा धेरै पहिले नै पूर्वनिर्धारित गरिएको हुन्छ। तेरो जीवनसाथी को हुनेछ र ऊ कस्तो हुनेछ भन्‍ने कुरा परमेश्‍वरले धेरै पहिले नै तय गर्नुभएको र मिलाउनुभएको हुन्छ। मानिसहरूले धेरै हतार गर्नु वा आफ्‍नो कल्पनामा भर पर्नु हुँदैन, आफ्‍नो अभिरुचिमा त झनै भर पर्नु हुँदैन। आफ्‍नो कल्‍पना र अभिरुचिमा भर पर्नु र अत्यन्तै हतार गर्नु भनेको अज्ञानताका प्रकटीकरणहरू हुन् र त्यो वास्तविकतासँग मिल्दैन। मानिसहरूले आफ्‍नो कल्‍पनालाई अनियन्त्रित हुन दिनु हुँदैन, र कुनै पनि कल्‍पना वास्तविकतासँग मिल्दैनन्। सबैभन्दा व्यावहारिक कुरा भनेको सबै कुरालाई स्वाभाविक रूपमा अघि बढ्न दिनु र परमेश्‍वरले तेरा लागि बन्दोबस्त गर्नुभएको व्यक्तिलाई पर्खिनु हो।” त्यसोभए, यो सिद्धान्त र व्यावहारिक बुझाइलाई आधार बनाएर, तैँले यस विषयमा कसरी अभ्यास गर्नुपर्छ? तँमा विश्‍वास हुनुपर्छ, तैँले परमेश्‍वरको समय, र परमेश्‍वरको बन्दोबस्तलाई पर्खिनुपर्छ। यदि परमेश्‍वरले तेरा लागि यो जीवनमा उचित जीवनसाथीको बन्दोबस्त गर्नुभएको छ भने, त्यो व्यक्ति सही समयमा, सही स्थानमा, र सही परिवेशमा देखा पर्छ। अवस्था परिपक्व भएपछि यसो हुनेछ, र तैँले गर्नुपर्ने भनेको त्यस्तो बेला, र त्यस्तो स्थान र परिवेशमा यो कुरालाई स्विकार्ने व्यक्ति बन्नु हो। तैँले गर्न सक्‍ने एउटै कुरा भनेको प्रतीक्षा गर्नु हो—यो समयको, यो स्थान, यो परिवेशको प्रतीक्षा गर्नु, त्यो व्यक्ति आउञ्‍जेल पर्खिनु, यो सबै कुरा हुञ्‍जेल पर्खिनु हो, सक्रिय पनि नहुनु र निष्क्रिय पनि नहुनु, तर यी सबै कुराहरू हुञ्‍जेल र आइपुगुञ्‍जेल प्रतीक्षा गर्नु हो। मैले “प्रतीक्षा गर्नु” भनेर भन्‍नुको अर्थ के हो? मैले यसो भन्‍नुको अर्थ सक्रिय वा निष्क्रिय नभई समर्पित मनोवृत्ति राख्‍नु भन्‍ने हो; यो मनोवृत्ति भनेको जिद्दी नगरी खोजी गर्ने र समर्पित मनोवृत्ति हो। तैँले यस्तो मनोवृत्ति अपनाएपछि, के तँलाई अझै पनि विवाहका बारेमा हैरानी, तनाव, र चिन्ता हुनेछ? (हुनेछैन।) तेरा व्यक्तिगत योजना, कल्‍पना, चाहना, अभिरुचि, र तथ्यहरूसँग नमिल्‍ने तेरा सबै अज्ञानी सोचहरू हराउनेछन्। त्यसपछि तेरो हृदय शान्त हुन्छ, र तँलाई विवाहका बारेमा नकारात्मक संवेगहरू महसुस हुनेछैन। तँलाई यस विषयमा ढुक्‍क, मुक्त, र स्वतन्त्र महसुस हुनेछ, र तैँले सबै कुरालाई आफ्‍नै बाटो समात्न दिन्छस्। तैँले सही मनोवृत्ति अङ्गालेपछि, तैँले गर्ने सबै कुरा र तैँले व्यक्त गर्ने सबै कुरा तर्कसङ्गत र उचित हुनेछन्। तेरो सामान्य मानवताबाट स्वाभाविक रूपमा प्रकट हुने भावनाहरू हैरानी, तनाव, र चिन्ता हुन सक्दैनन्, बरु शान्तिपूर्ण र स्थिर हुन्छन्। भावनाहरू निराशाजनक वा आमूल हुँदैनन्—तैँले प्रतीक्षा मात्रै गर्छस्। यस विषयमा तेरो अभ्यासको तरिका र तेरो हृदयमा तैँले राख्‍ने मनोवृत्ति प्रतीक्षा गर्नु र समर्पित हुनु मात्रै हुन्छ: “म परमेश्‍वरले मेरा लागि बन्दोबस्त गर्ने सबै कुरामा समर्पित हुन चाहन्छु। मेरा कुनै व्यक्तिगत माग वा योजनाहरू छैनन्।” के त्यसपछि तैँले यी नकारात्मक संवेगहरू त्यागेको हुनेछैनस् र? अनि त्यसो गरेकाले यी भावनाहरू पैदा नहुने होइन र? तँलाई ती महसुस नै भए पनि, के तैँले तिनलाई क्रमिक रूपमा त्याग्दैनस् र? त्यसोभए, यी नकारात्मक संवेगहरू त्याग्‍ने प्रक्रिया के हो? के यो सत्यता पछ्याउनुको प्रकटीकरण हो? यसले तैँले सत्यता पछ्याइरहेको छस् र सत्यता अभ्यास पनि गरिरहेको छस् भन्‍ने देखाउँछ। सत्यता पछ्याएर हासिल हुने अन्तिम परिणाम सत्यता अभ्यास गर्नु हो—सत्यता अभ्यास गरेर यसको कार्यान्वयन हुन्छ। जब तैँले सत्यता अभ्यास गर्ने स्तरमा पुग्छस्, तब तेरा हैरानी, तनाव, र चिन्ताले तँलाई छायाझैँ पछ्याउन छोड्छन्; ती कुराहरू तेरो अन्‍तस्‍करणबाट पूर्ण रूपमा हटेका हुनेछन्। के यी संवेगहरूलाई हटाउने प्रक्रिया त्याग्‍ने प्रक्रिया होइन र? (हो।) सत्यता अभ्यास गर्नु सरल छ। के यो सजिलो छ? सत्यता अभ्यास गर्नु भनेको विचार र दृष्टिकोणको रूपान्तरण हो, र योभन्दा पनि बढी, यो त विभिन्‍न कुराहरूप्रतिको व्यक्तिको मनोवृत्तिको रूपान्तरण हो। साधारण नकारात्मक संवेगहरू त्याग्‍नका लागि, व्यक्तिले यी प्रक्रियाहरू अभ्यास र हासिल गर्नुपर्छ। सुरुमा आफ्ना विचार र दृष्टिकोणहरू रूपान्तरण गर्नुपर्छ, त्यसपछि अभ्यासप्रतिको आफ्‍नो मनोवृत्तिलाई रूपान्तरण गर्नुपर्छ, र त्यसभन्दा पहिले आफ्‍नो अभ्यासको तरिका, आफ्नो अभ्यासका सिद्धान्तहरू, र आफ्‍नो अभ्यासको मार्गलाई रूपान्तरण गर्नुपर्छ। के त्यसपछि तैँले त्यो नकारात्मक संवेगलाई त्यागेको हुँदैनस् र? यो यति सरल छ। “त्यागेर” तैँले हासिल गर्ने अन्तिम परिणाम के हो भने, तँलाई यो नकारात्मक संवेगले बाधा पुर्‍याउन, चकित पार्न, र नियन्त्रण गर्न छोड्नेछ, र यसका साथै यो नकारात्मक संवेगले पैदा गर्ने सबै किसिमका नकारात्मक विचार र दृष्टिकोणहरूले तँलाई सताउन छोड्नेछन्। यसरी, तँ ढुक्‍क, स्वतन्त्र, र मुक्त भएर जिउनेछस्। अवश्य नै, ढुक्‍क, स्वतन्त्र, र मुक्त महसुस गर्नु मानव भावना मात्रै हुन्—मानिसहरूले साँचो रूपमा प्राप्त गर्ने वास्तविक फाइदा के हो भने, तिनीहरूले सत्यतालाई बुझ्‍न पुग्छन्। मानिसको अस्तित्वको आधार सत्यता र परमेश्‍वरका वचनहरू हुन्। यदि मानिसहरूले आत्मरक्षाका लागि विभिन्‍न नकारात्मक संवेगहरूअन्तर्गत रहेर जिउनका लागि आफ्‍ना कल्‍पनाहरूमा भर पर्छन् भने, यदि तिनीहरूले आफूलाई सुरक्षित राख्न आफैमा भर पर्छन् र आफ्‍ना क्षमता, माध्यम, र शैलीहरूमा भर पर्छन्, र तिनीहरू आफ्‍नै मार्गमा हिँड्छन् भने, तिनीहरू सत्यता र परमेश्‍वरबाट बरालिएका हुनेछन्, र स्वाभाविक रूपमा नै शैतानको सत्ताअन्तर्गत जिउन पुग्‍नेछन्। त्यसकारण, जब तैँले यिनै कठिनाइ र परिस्थितिहरूको सामना गर्छस्, तब तेरो हृदयमा बुझाइ हुनुपर्छ, र तैँले स्वाभाविक रूपमै यो सोच्‍नेछस्, “मैले यी कुराहरूका बारेमा चिन्ता गर्नु पर्दैन। चिन्ता गर्नुको कुनै औचित्य छैन। बुद्धिमानी र ज्ञानी मानिसहरू परमेश्‍वरमा भर पर्छन् र यी कुराहरू परमेश्‍वरको हातमा सुम्पन्छन्, उहाँको सार्वभौमिकतामा समर्पित हुन्छन्, परमेश्‍वरले मिलाउनुहुने सबै कुराको प्रतीक्षा गर्छन्, र परमेश्‍वरले बन्दोबस्त गर्नुहुने समय, स्थान, व्यक्ति, वा वस्तुलाई पर्खिन्छन्। मानिसले गर्नुपर्ने र गर्न सक्‍ने कुरा भनेको सहकार्य गर्नु र समर्पित हुनु मात्रै हो—यो नै सबैभन्दा समझदार निर्णय हो।” अवश्य नै, यदि तैँले यसो गरिनस् र यसरी अभ्यास गरिनस् भने, परमेश्‍वरले बन्दोबस्त गर्नुभएका सबै कुरा अन्त्यमा भइछाड्छन्—कुनै पनि व्यक्ति, घटना, र परिस्थितिलाई मानिसको इच्छाद्वारा परिवर्तन गर्न सकिँदैन। मानिसको हैरानी, तनाव, र चिन्ता त व्यर्थका त्याग मात्रै हुन्, र ती त मानिसका मूर्ख विचार र अज्ञानी प्रकटीकरणहरू मात्रै हुन्। तेरो हैरानी, तनाव, र चिन्ताको भावना जति नै गहन वा गम्भीर भए पनि, वा तैँले कुनै पनि विषयका बारेमा जति राम्ररी विचार गर्ने भए पनि, अन्त्यमा त्यो सबै व्यर्थ हुन्छ र यसलाई त्याग्नैपर्छ। अन्तिम तथ्य र परिणामहरूलाई मानिसको इच्छाद्वारा परिवर्तन गर्न सकिँदैन। अन्त्यमा मानिस परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा जिउनैपर्छ; यी कुराहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र यी कुराहरूबाट कोही पनि मुक्त हुन सक्दैन। यस्तै होइन र? (हो।)

अब हामी रोग-बिमारीका बारेमा कुरा गरौँ। जब मानिसको यो पुरानो देहको कुरा आउँछ, मानिसहरूलाई कुन रोग लाग्छ, तिनीहरू निको हुन्छन् कि हुँदैनन्, वा तिनीहरूलाई कुन हदसम्‍म कष्ट हुन्छ, यीमध्ये कुनै पनि कुरा तिनीहरूको हातमा हुँदैन—यो सबै परमेश्‍वरको हातमा हुन्छ। यदि तँ बिरामी पर्दा परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुन्छस्, र यस तथ्यलाई सहन र स्विकार्न तयार हुन्छस् भने पनि तँलाई यो रोग लाग्‍ने नै छ; यदि तैँले यो तथ्य स्विकार्दैनस् भने पनि तँ यो रोगबाट भाग्‍न सक्दैनस्—यो एउटा तथ्य हो। तैँले दिनभरि आफ्‍नो रोगलाई सकारात्मक तरिकाले सामना गर्न सक्छस् वा नकारात्मक तरिकाले। अर्थात्, तेरो मनोवृत्ति जस्तोसुकै भए पनि, तँ बिरामी छस् भन्‍ने तथ्यलाई तैँले परिवर्तन गर्न सक्दैनस्। बुद्धिमान मानिसहरूले के छनौट गर्छन्? अनि मूर्ख मानिसहरूले के छनौट गर्छन्? मूर्ख मानिसहरूले हैरानी, तनाव, र चिन्ताका भावनाहरूमा जिउने छनौट गर्छन्। तिनीहरू यी भावनाहरूमा डुब्ने समेत गर्छन् र माथि उक्लेर बाहिर निस्कने चाहना गर्दैनन्। तिनीहरूले कुनै पनि सल्‍लाह सुन्दैनन्, र सोच्छन्, “अहो, मलाई कसरी यो रोग लाग्यो? के यो थकानले गर्दा भएको हो? के यो चिन्ताले गर्दा भएको हो? कि बाधाले पैदा गरेको हो?” तिनीहरू हरेक दिन आफू कसरी बिरामी भएँ र यो कहिले सुरु भयो भन्‍ने बारेमा विचार गर्छन्, र सोच्छन्, “मैले किन यसमा ध्यान दिइनँ? म कसरी यति मूर्ख भएर आफ्‍नो कर्तव्य यति इमान्दारीपूर्वक गरेँ? अरू मानिसहरूले हरेक वर्ष शरीर जँचाउँछन्, र कम्तीमा पनि रक्तचाप जाँच र एक्स-रे गराउँछन्। मैले शारीरिक जाँच गर्न जानुपर्छ भनेर किन महसुस गरिनँ? अरू मानिसहरू कति होसियारी साथ जिउँछन्। म कसरी यस्तो लाटो भएर जिउन पुगेँ? मलाई यो रोग लाग्यो र मैले थाहा समेत पाइनँ। अहो, मैले यो रोगको उपचार गर्नु नै पर्छ! मैले के उपचार गर्ने?” त्यसपछि तिनीहरू अनलाइन जान्छन् र तिनीहरूलाई यो रोग कसरी लाग्यो, के कारणले लाग्यो, चिनियाँ औषधिद्वारा कसरी यसको उपचार गर्ने, पश्चिमी औषधिले कसरी यसको उपचार गर्ने, र अरू के-कस्ता परम्परागत उपचारहरू छन् भनेर खोज्छन्—तिनीहरूले यी सबै कुराहरूको खोजी गर्छन्। पछि, तिनीहरूले घरमै चिनियाँ औषधि खान्छन्, त्यसपछि पश्चिमी औषधि खान्छन्, र बिरामी भएकोमा गम्‍भीर, बेचैन, र अधीर बन्छन्, अनि समय बित्दै जाँदा, तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्न छोड्छन्, परमेश्‍वरमाथिको विश्‍वास त्याग्छन्, विश्‍वास गर्न छोड्छन्, र तिनीहरू आफ्‍नो रोगको उपचार कसरी गर्ने भन्‍ने बारेमा मात्रै सोच्छन्; अब तिनीहरूको कर्तव्य आफ्‍नो उपचार गर्नु नै हुन्छ। तिनीहरूको तनमन त्यही रोगमा केन्द्रित भइदिन्छ, बिरामी परेकोमा तिनीहरू हरदिन हैरानी महसुस गर्छन्, र तिनीहरूले कसैलाई देख्दा यसो भन्छन्, “अहो, मलाई त यसरी पो यो रोग लागेको रहेछ। मलाई जे भइरहेको छ त्यसबाट तपाईँहरूले पाठ सिक्‍नुहोस्, र तपाईँहरू बिरामी पर्नुभयो भने परीक्षण र उपचार गर्नैपर्छ। आफ्‍नो स्वास्थ्य स्थितिको हेरचाह गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तपाईँहरू समझदार हुनुपर्छ, लाटो भएर बस्‍नु हुँदैन।” तिनीहरूले आफूले भेट्ने सबैलाई यी कुराहरू भन्छन्। बिरामी परेर, तिनीहरूले यो अनुभव प्राप्त गर्छन् र यो पाठ सिक्छन्। तिनीहरू बिरामी भएपछि, खाँदा र हिँड्दा होसियार हुन्छन्, र तिनीहरूले आफ्‍नो स्वास्थ्यको हेरचाह गर्न सिक्छन्। अन्त्यमा, तिनीहरूले यो निष्कर्ष निकाल्छन्: “मानिसहरूले आफ्‍नो स्वास्थ्यको हेरचाह गर्नका लागि आफैँमा भर पर्नुपर्छ। मैले पछिल्ला केही वर्षमा आफ्‍नो स्वास्थ्य हेरचाह गर्ने कार्यमा त्यति ध्यान दिइनँ, रमैले आफ्नो ध्यान हटाउनेबित्तिकै, मलाई यो रोग लाग्यो। भाग्यले, मलाई चाँडै यो कुरा थाहा भयो। यदि मैले यो कुरा अलिक पछि थाहा पाएको भए, म बरबाद हुनेथिएँ। बिरामी भएर सानै उमेरमा मर्नु त साह्रै अभागी हुनेथियो। मैले जीवनको आनन्द अझै लिन पाएको छैनँ, धेरै मीठा कुराहरू खान बाँकी नै छ, र धेरै रमाइला ठाउँहरू जान बाँकी नै छ!” तिनीहरू बिरामी पर्छन् र यो निष्कर्ष निकाल्छन्। तिनीहरू बिरामी पर्छन् तर मर्दैनन्, र तिनीहरूले आफूलाई चलाख ठान्छन् र बेलैमा रोग पत्ता लगाएँ भन्ठान्छन्। तिनीहरूले यो सबै परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ र यो उहाँले नै पूर्वनिर्धारित गर्नुभएको हो, र यदि कुनै व्यक्ति मर्नु नपर्ने हो भने, उसलाई जति गम्‍भीर रोग लागे पनि, ऊ मर्न सक्दैन, र यदि कुनै व्यक्ति मर्नु पर्ने हो भने, ऊ बिरामी नभए पनि मर्न सक्छ भनेर कहिल्यै भन्दैनन्—तिनीहरूले यो बुझ्दैनन्। तिनीहरूलाई आफूलाई लागेको रोगले चलाख बनाएको छ भन्‍ने लाग्छ, तर वास्तवमा तिनीहरू यो “चलाकी” मा हदभन्दा बाहिर जान्छन् र तिनीहरू अत्यन्तै मूर्ख हुन्छन्। जब सत्यता पछ्याउने मानिसहरूले रोगको सामना गर्छन्, के तिनीहरू हैरानी, तनाव, र चिन्ताका यी भावनाहरूमा डुब्छन्? (डुब्दैनन्।) तिनीहरूले रोग-बिमारलाई कसरी लिन्छन्? (पहिलो त, तिनीहरू समर्पित हुन सक्छन्, अनि त्यसपछि, बिरामी भएपछि, तिनीहरूले परमेश्‍वरका अभिप्राय बुझ्‍ने प्रयास गर्छन् र आफूमा कस्तो भ्रष्ट स्वभाव छ भनेर मनन गर्छन्।) के यी केही शब्दहरूले समस्या समाधान गर्न सक्छन्? यदि तिनीहरूले मनन मात्रै गर्छन् भने, के तिनीहरूले अझै पनि आफ्‍नो रोगको उपचार गर्नु आवश्यक हुँदैन र? (तिनीहरूले उपचार पनि गर्नेछन्।) हो, यदि यो उपचार गर्नुपर्ने रोग हो, ठूलो रोग हो, वा उपचार नगरे बढ्दै जाने रोग हो भने, यसको उपचार गर्नैपर्छ—बुद्धिमान मानिसहरूले यही गर्छन्। मूर्ख मानिसहरू बिरामी नहुँदा सधैँ यसो भन्दै चिन्ता गर्छन्, “अहो, के म बिरामी हुन सक्छु? अनि म बिरामी भएँ भने, के यो झन् गम्‍भीर हुन्छ? के मलाई त्यो रोग लाग्छ? अनि यदि मलाई साँच्‍चै त्यो रोग लाग्यो भने, के म अकालमै मर्छु? के मर्दा पीडादायी हुनेछ? के म सुखी जीवन जिउनेछु? यदि मलाई साँच्चै त्यो रोग लाग्यो भने, के मैले आफ्‍नो मृत्युका लागि बन्दोबस्त गरेर आफ्‍नो जीवनमा जति सक्दो चाँडो आनन्द लिनुपर्छ?” मूर्ख मानिसहरूलाई प्रायजसो यस्ता कुराहरूका बारेमा हैरानी, तनाव, र चिन्ता हुन्छ। तिनीहरू कहिल्यै सत्यताको खोजी गर्दैनन् वा यस विषयमा तिनीहरूले बुझ्‍नुपर्ने सत्यताहरूको खोजी गर्दैनन्। तर, अरू कोही बिरामी पर्दा होस्, वा आफू अझै पनि बिरामी नपर्दा नै किन नहोस्, बुद्धिमान मानिसहरूमा यस विषयबारे केही बुझाइ र अन्तर्दृष्टि हुन्छ। त्यसोभए, तिनीहरूमा कस्तो बुझाइ र अन्तर्दृष्टि हुनुपर्छ? सर्वप्रथम, के कसैलाई हैरानी, तनाव, र चिन्ता महसुस हुन्छ भन्दैमा उसलाई रोग लाग्दैन भन्‍ने हुन्छ? (हुँदैन।) मलाई भन, के कुनै व्यक्तिलाई कुनै रोग कहिले लाग्छ, निश्‍चित उमेरमा उसको स्वास्थ्य स्थिति कस्तो हुन्छ, र तिनीहरूलाई कुनै ठूलो रोग वा गम्‍भीर रोग लाग्छ कि लाग्दैन भन्‍ने कुरा पहिले नै पूर्वनिर्धारित गरिएको हुँदैन र? हुन्छ, र यो निश्‍चित कुरा हो, म तिमीहरूलाई भन्छु। परमेश्‍वरले तेरा लागि विभिन्‍न कुराहरू कसरी पूर्वनिर्धारित गर्नुहुन्छ भन्‍ने बारेमा हामी अहिले छलफल गर्नेछैनौँ; मानिसहरूको रूप, अनुहारको विशेषता, शरीरको आकार र उसको जन्‍म मिति सबैलाई स्पष्टसँग थाहा हुन्छ। ती गैरविश्‍वासी भविष्यवक्ता, ज्योतिषी, र ग्रह र मानिसहरूको हात पढ्न सक्‍ने मानिसहरूले मानिसहरूको हात, अनुहार, र जन्‍म मितिबाट तिनीहरूको जीवनमा कहिले विपत्ति आइपर्छ, र कहिले तिनीहरूको जीवनमा दुर्भाग्य आउँछ भन्‍ने कुरा बताउन सक्छन्—यी कुराहरू पहिले नै निर्धारित गरिएको हुन्छ। त्यसकारण, कुनै व्यक्ति बिरामी पर्दा थकान, रिसले गर्दा, वा खराब जीवन जिएकोले र पोषण नपुगेकोले यस्तो भएको हो जस्तो देखिन सक्छ—झट्ट हेर्दा यस्तो देखिन सक्छ। यो परिस्थिति हरेक व्यक्तिको जीवनमा लागु भए पनि किन एउटै उमेर समूहका कतिपय मानिसहरूलाई यो रोग लाग्छ, र अरूलाई यो रोग लाग्दैन? के यस्तो हुन्छ भनेर पूर्वनिर्धारित गरिएको हुन्छ? (हो।) साधारण भाषामा भन्दा, यो पूर्वनिर्धारित हुन्छ। हामीले यसलाई सत्यताअनुरूप शब्‍दहरूमा कसरी भन्‍न सक्छौँ? यो सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत आउँछन्। त्यसकारण, तेरो खानपान, आवास, र जिउने वातावरण जे-जस्तो भए पनि, तँ कहिले बिरामी पर्नेछस्, वा तँलाई के रोग लाग्‍नेछ भन्‍ने कुरासँग त्यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूले सधैँ वस्तुगत दृष्टिकोणबाट कारणहरू खोज्छन्, र सधैँ रोगका कारणहरूमा जोड दिन्छन्, र भन्छन्, “तिमीले अझै बढी कसरत गर्नुपर्छ, र अझै बढी सागसब्‍जी खानुपर्छ र मासु कम खानुपर्छ।” के साँच्‍चै यस्तै हो त? कहिल्यै मासु नखाने मानिसहरूलाई पनि उच्‍च रक्तचाप र मधुमेह हुन सक्छ, र शाकाहारीहरूमा पनि कोलेस्ट्रोलको मात्रा बढी हुन सक्छ। चिकित्सा विज्ञानले यी कुराहरूका बारेमा सटीक वा उचित व्याख्या प्रदान गरेको छैन। म तँलाई भन्छु, परमेश्‍वरले मानिसका लागि बनाउनुभएका सबै खानेकुराहरू मानिसले खानुपर्ने कुराहरू हुन्; आवश्यकताभन्दा बढी चाहिँ नखाओ, बरु ठिक्‍क खाओ। आफ्‍नो स्वास्थ्यको हेरचाह कसरी गर्ने भनेर सिक्‍नु आवश्यक हुन्छ, तर रोगबाट कसरी बच्‍ने भनेर सधैँ अध्ययन गर्न चाहनु गलत हो। हामीले भर्खरै भनिसक्यौँ, निश्‍चित उमेरमा कसैको स्वास्थ्य स्थिति कस्तो हुनेछ र उसलाई ठूलो रोग लाग्छ कि लाग्दैन भन्‍ने जस्ता सबै कुरा परमेश्‍वरले नै तय गर्नुभएको हुन्छ। गैरविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् र तिनीहरू हात, जन्‍म मिति, र अनुहार हेराएर यी कुराहरू पत्ता लगाउनका लागि कुनै व्यक्तिकहाँ जान्छन्, र तिनीहरूले यी कुराहरूमा विश्‍वास गर्छन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र प्रायजसो प्रवचनहरू सुन्छस् र सत्यतामा सङ्गति गर्छस्, त्यसकारण यदि तँ यसमा विश्‍वास गर्दैनस् भने, तँ अविश्‍वासीबाहेक केही पनि होइनस्। यदि तँ साँच्‍चै सबै कुरा परमेश्‍वरको हातमा छ भन्‍ने विश्‍वास गर्छस् भने, तैँले यी कुराहरू—गम्‍भीर रोग, ठूलो रोग, सानो रोग, र स्वास्थ्य—सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत पर्छन् भनेर विश्‍वास गर्नुपर्छ। गम्‍भीर रोग लाग्‍नु र निश्‍चित उमेरमा कसैको स्वास्थ्य स्थिति कस्तो हुन्छ भन्‍ने कुरा संयोगले हुने कुराहरू होइनन्, र यो कुरा बुझ्‍नु भनेको सकारात्मक र सही बुझाइ हुनु हो। के यो सत्यता अनुरूप छ? (छ।) यो सत्यता अनुरूप छ, यो सत्यता हो, तैँले यसलाई स्विकार्नुपर्छ, र यस मामिलाप्रतिको तेरो मनोवृत्ति र दृष्टिकोण रूपान्तरण हुनुपर्छ। अनि यी कुराहरू रूपान्तरण भएपछि के सुल्झिन्छ? के तेरा हैरानी, तनाव, र चिन्ताका भावनाहरू सुल्झिनन् र? कम्तीमा पनि, रोग-बिमारीप्रतिको हैरानी, तनाव, र चिन्ता जस्ता तेरा नकारात्मक संवेगहरू सिद्धान्तमा समाधान हुन्छन्। तेरो बुझाइले तेरा सोचाइ र दृष्टिकोणहरूलाई रूपान्तरण गरेको हुनाले, यसले तेरा नकारात्मक संवेगहरूलाई सुल्झाउँछ। यो एउटा पक्ष हो: कुनै व्यक्ति बिरामी पर्छ कि पर्दैन, उसलाई कस्तो गम्‍भीर रोग लाग्छ, र जीवनको हरेक चरणमा उसको स्वास्थ्य स्थिति कस्तो हुन्छ भन्‍ने कुरालाई मानिसको इच्छाले परिवर्तन गर्न सक्दैन, बरु यो सबै कुरा परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। कतिपय मानिसहरू भन्छन्, “त्यसोभए के म बिरामी पर्न नचाहनु ठीक हुन्छ? के मैले परमेश्‍वरलाई मेरो रोग हटाइदिनुहोस् भनेर अनुरोध गर्न चाहनु ठीक हुन्छ? के मैले परमेश्‍वरलाई यो विपत्ति र दुर्भाग्यबाट पार गराउनुहोस् भनेर अनुरोध गर्न चाहनु ठीक हुन्छ?” तिमीहरूलाई के लाग्छ? के यी कुराहरू ठीक हुन्? (होइनन्।) तिमीहरू निश्चितताका साथ यो भन्छौ, तर यी कुराहरूलाई कसैले पनि स्पष्ट रूपमा बुझ्‍न सक्दैन। सायद कसैले निष्ठापूर्वक आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको छ र उसले सत्यतालाई पछ्याउने सङ्कल्प गरेको छ, र ऊ परमेश्‍वरको घरको केही कामका लागि अत्यन्तै महत्त्वपूर्ण व्यक्ति हो, र सायद परमेश्‍वरले उसको कर्तव्यमा, काममा, र उसको शारीरिक ऊर्जा र बललाई असर गर्ने यो गम्‍भीर रोगलाई उसबाट हटाइनुहुन्छ, किनभने परमेश्‍वरले आफ्‍नो कामको जिम्‍मेवारी लिनुहुन्छ। तर के यस्तो व्यक्ति छ? को यस्तो छ? तिमीहरूलाई थाहा छैन, छ त? सायद यस्ता मानिसहरू छन्। यदि साँच्‍चै यस्ता मानिसहरू भएका भए, के परमेश्‍वरले तिनीहरूको रोग वा दुर्भाग्यलाई एउटै शब्‍दले हटाउन सक्‍नुहुनेथिएन र? के परमेश्‍वरले एउटै सोचले यसो गर्न सक्‍नुहुनेथिएन र? परमेश्‍वरको सोच यस्तो हुनेथियो: “यो व्यक्तिलाई यो उमेरको यो महिनामा यो रोग लाग्‍नेछ। अहिले ऊ आफ्‍नो काममा अत्यन्तै व्यस्त भएकोले, उसलाई यो रोग लाग्‍नेछैन। उसले यो रोगको अनुभव गर्नु पर्दैन। यो रोग उसलाई नलागोस्।” यसो नहुनुपर्ने भन्नुको कुनै कारण छैन, र यसका लागि परमेश्‍वरको एक शब्‍द मात्र चाहिन्छ, होइन र? तर कसले यस्तो आशिष् प्राप्त गर्न सक्छ? जो व्यक्तिमा यस्तो सङ्कल्प र बफादारिता हुन्छ र जसले परमेश्‍वरको काममा साँच्‍चै यस्तो भूमिका निर्वाह गर्न सक्छ, त्यस्तो व्यक्तिले नै त्यस्तो आशिष् पाउने सम्‍भावना हुन्छ। यो हामीले कुरा गर्नुपर्ने विषय होइन, त्यसकारण हामी अहिले यसका बारेमा कुरा गर्नेछैनौँ। हामीले रोगका बारेमा कुरा गरिरहेका छौँ; यो धेरैजसो मानिसहरूले आफ्‍नो जीवनमा अनुभव गर्ने कुरा हो। त्यसकारण, कुन समयमा वा कुन उमेरमा मानिसहरूलाई कुन रोगले सताउनेछ र तिनीहरूको स्वास्थ्य स्थिति कस्तो हुनेछ भन्‍ने जस्ता सबै कुरा परमेश्‍वरले तय गर्नुभएको हुन्छ र मानिसहरूले यी कुराहरूको निर्णय आफै गर्न सक्दैनन्; कुनै व्यक्तिको जन्‍म हुने कुरा उसले आफै निर्धारित गर्न नसक्ने जस्तै, यो कुरा पनि त्यस्तै हो। त्यसोभए, के आफूले निर्णय गर्न नसक्‍ने कुराहरूमा हैरानी, तनाव, र चिन्ता महसुस गर्नु मूर्खता होइन र? (हो।) मानिसहरू आफूले समाधान गर्न सक्‍ने कुराहरूलाई समाधान गर्नतिर लाग्‍नुपर्छ, र तिनीहरू आफैले गर्न नसक्‍ने कुराहरूका हकमा परमेश्‍वरलाई पर्खनुपर्छ; मानिसहरूले चुपचाप आज्ञापालन गर्नुपर्छ र आफ्‍नो रक्षाका लागि परमेश्‍वरलाई समर्पित हुनुपर्छ—मानिसहरूमा यही मानसिकता हुनुपर्छ। जब रोगले साँच्‍चै तिनीहरूलाई प्रहार गर्छ र मृत्यु नजिकै आउँछ, तब मानिसहरू समर्पित हुनुपर्छ र गुनासो वा परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हुँदैन, वा उहाँको ईशनिन्दा गर्ने वा उहाँलाई आक्रमण गर्ने कुराहरू भन्‍नु हुँदैन। बरु, मानिसहरू सृष्टि गरिएका प्राणीका रूपमा उभिनुपर्छ र परमेश्‍वरबाट आउने सबै कुरालाई अनुभव गर्नुपर्छ र कदर गर्नुपर्छ—तिनीहरू आफैले ती कुराहरू छनौट गर्ने प्रयास गर्नु हुँदैन। यो तेरो जीवनलाई समृद्ध पार्ने विशेष अनुभव हुनुपर्छ, र यो खराब कुरा नै त होइन नि, होइन र? त्यसकारण, रोगबिमारीको कुरा आउँदा, मानिसहरूले सुरुमा रोगको स्रोतका बारेमा आफ्‍ना गलत विचार र दृष्टिकोणहरूलाई सुल्झाउनुपर्छ, त्यसपछि तिनीहरूले यसबारे चिन्ता गर्न छोड्नेछन्; यसको साथै, मानिसहरूसँग ज्ञात-अज्ञात कुराहरूलाई नियन्त्रण गर्ने कुनै अधिकार हुँदैन, न त ती कुराहरूलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ, किनभने यी सबै कुराहरू परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छन्। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति र अभ्यासको सिद्धान्त भनेको प्रतीक्षा गर्नु र समर्पित हुनु हो। बुझ्‍ने कार्यदेखि अभ्यास गर्ने कार्यसम्‍म, यी सबै सत्यता सिद्धान्तहरू अनुरूप गरिनुपर्छ—सत्यतालाई पछ्याउनु भनेको यही हो।

कतिपय मानिसहरू आफ्‍नो रोगबिमारी का बारेमा सधैँ यसो भन्दै सधैँ चिन्ता गरिरहन्छन्, “यदि मेरो रोग झन् खराब हुँदै गयो भने, के म सहन सक्‍नेछु? यदि मेरो अवस्था झन्-झन् खराब भयो भने, के यसले मेरो ज्यान लिनेछ? के मैले अप्रेसन गर्नुपर्नेछ? अनि यदि मैले अप्रेसन गरेँ भने, के म अप्रेसन टेबलमा मर्नेछु? म समर्पित भएको छु। के यो रोगका कारण परमेश्‍वरले मेरो जीवन लिनुहुनेछ?” यी कुराहरू सोच्‍नुको के अर्थ? यदि तँ यी कुराहरू नसोची बस्‍न सक्दैनस् भने, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ। आफैमा भर पर्नु व्यर्थको कुरा हो, र तैँले अवश्य नै यसलाई सहन सक्‍नेछैनस्। कसैले पनि रोग-बिमार सहनु परोस् भन्‍ने चाहना गर्दैन, र बिरामी हुँदा कोही पनि खुसीले मुस्कुराउने, उल्‍लसित हुने र हर्षोल्‍लास गर्ने गर्दैन। यस्तो कोही पनि छैन, किनभने यो सामान्य मानवत्व होइन। जब सामान्य मानिसहरू बिरामी हुन्छन्, तिनीहरूलाई सधैँ कष्ट हुन्छ र निराशा महसुस हुन्छ, र तिनीहरूले सहन सक्ने कुराको सीमा हुन्छ। तैपनि एउटा कुरा ध्यान दिनुपर्छ: यदि मानिसहरूले बिरामी पर्दा आफ्‍नो रोग-बिमारीलाई हटाउन र यसबाट मुक्त हुनका लागि सधैँ आफ्‍नै क्षमतामा भर पर्ने विचार गरेका भए, अन्तिम परिणाम के हुनेथ्यो? तिनीहरूको रोग-बिमारी त छँदैछ, तर के तिनीहरूले अझै धेरै कष्ट र निराशा भोग्नेथिएनन् र? त्यसकारण मानिसहरूलाई रोग-बिमारीले जति धेरै च्याप्छ, तिनीहरूले त्यति नै सत्यताको खोजी गर्नुपर्छ, र परमेश्‍वरका अभिप्रायअनुरूप हुनका लागि तिनीहरूले अभ्यास गर्ने मार्गको खोजी अझै धेरै गर्नुपर्छ। मानिसहरूलाई रोग-बिमारीले जति धेरै च्याप्छ, तिनीहरू त्यति नै धेरै परमेश्‍वरको अघि आउनुपर्छ र आफ्‍नो भ्रष्टता र तिनीहरूले परमेश्‍वरसँग गर्ने अनुचित माग बुझ्‍नुपर्छ। तँलाई रोग-बिमारीले जति धेरै च्याप्छ, तेरो साँचो समर्पणताको जाँच त्यति नै हुन्छ। त्यसकारण, जब तँ बिरामी हुन्छस्, तब परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित भइरहने र आफ्‍ना गुनासा र अनुचित मागहरूविरुद्ध विद्रोह गर्ने तेरो क्षमताले तँ साँचो रूपमा सत्यतालाई पछ्याउने र परमेश्‍वरप्रति साँचो रूपमा समर्पित हुने व्यक्ति होस्, तैँले गवाही दिन्छस्, परमेश्‍वरप्रतिको तेरो बफादारिता र समर्पणता साँचो हो र त्यसलाई जाँच गर्दा त्यसको पुष्टि हुन्छ, र परमेश्‍वरप्रतिको तेरो बफादारिता र समर्पणता नारा र धर्मसिद्धान्त मात्रै होइनन् भन्‍ने कुरालाई देखाउँछ। बिरामी हुँदा मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा यही हो। तँ बिरामी पर्नुको उद्देश्य तेरा सबै अनुचित मागहरू र परमेश्‍वरसम्‍बन्धी तेरा अवास्तविक कल्पना र धारणाहरू प्रकट गर्नु, र परमेश्‍वरमाथिको तेरो विश्‍वास र उहाँप्रतिको समर्पणतालाई जाँच्नु पनि हो। यदि तैँले यी कुराहरूसम्बन्धी जाँचमा उत्तीर्ण भइस् भने, तँसँग साँचो गवाही छ, र यो परमेश्‍वरमाथिको तेरो विश्‍वासको, परमेश्‍वरप्रतिको तेरो बफादारिताको, र उहाँप्रतिको तेरो समर्पणताको वास्तविक प्रमाण हो। परमेश्‍वरले यही चाहनुहुन्छ, र सृष्टि गरिएको प्राणीमा हुनुपर्ने र उसले जिउनुपर्ने कुरा यही हो। के यी सबै कुराहरू सकारात्मक छैनन् र? (छन्।) यी सबै मानिसहरूले पछ्याउनुपर्ने कुराहरू हुन्। यसका साथै, यदि परमेश्‍वरले तँलाई बिरामी पर्न दिनुहुन्छ भने, के उहाँले कुनै पनि समय र स्थानमा तेरो रोग हटाइदिन सक्‍नुहुन्‍न र? (सक्‍नुहुन्छ।) परमेश्‍वरले कुनै पनि समय र स्थानमा तेरो रोग हटाउन सक्‍नुहुन्छ, त्यसोभए के उहाँले तँमा रोग रहिरहने र तँलाई त्यसले कहिल्यै नछोड्ने अवस्था पनि ल्याउन सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) अनि यदि परमेश्‍वरले यो रोगलाई तँबाट कहिल्यै हट्न दिनुहुन्‍न भने, के तैँले अझै पनि आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छस्? के तैँले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासलाई कायम राख्‍न सक्छस्? के यो जाँच होइन र? (हो।) यदि तँ बिरामी भइस् अनि केही महिनापछि निको भइस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास, र उहाँप्रतिको तेरो बफादारिता र समर्पणताको जाँच भएको हुँदैन, र तँसँग कुनै गवाही हुँदैन। केही महिनासम्‍म रोग सहनु सजिलो हुन्छ, तर यदि तेरो रोग दुई-तीन वर्ष रहिरह्यो, र तेरो विश्‍वास र परमेश्‍वरप्रति आज्ञाकारी र समर्पित हुने तेरो इच्छा परिवर्तन भएन, बरु झन् वास्तविक भएर आयो भने, के यसले तँ जीवनमा वृद्धि भएको छस् भन्‍ने देखाउँदैन र? के तैँले यो फसल पाउँदैनस् र? (हजुर।) त्यसकारण, जब साँचो रूपमा सत्यतालाई पछ्याउने व्यक्ति बिरामी हुन्छ, ऊ आफ्नो रोगले ल्याउने अनगिन्ती फाइदाबाट गुज्रन्छ र तिनलाई व्यक्तिगत रूपमा अनुभव गर्छ। उसले चिन्तित भएर आफ्‍नो रोगदेखि उम्‍कने प्रयास गर्दैन वा यदि उसको रोग रहिरह्यो भने के परिणाम आउनेछ, यसले के-कस्ता समस्याहरू ल्याउनेछ, यो अझै खराब हुन्छ कि हुँदैन, वा यसले गर्दा मरिन्छ कि मरिँदैन भनेर चिन्ता गर्दैन—उसले यस्ता कुराहरूका बारेमा चिन्ता गर्दैन। यस्ता कुराहरूका बारेमा चिन्ता नगर्ने बाहेक, उसले सकारात्मक रूपमा प्रवेश गर्न, र परमेश्‍वरमा साँचो विश्‍वास राख्न, र उहाँप्रति साँचो रूपमा समर्पित र बफादार हुन सक्छन्। यसरी अभ्यास गरेर, उसले गवाही प्राप्त गर्छ, र यसले तिनीहरूको जीवन प्रवेश र स्वभाव परिवर्तनमा पनि ठूलो फाइदा पुर्‍याउँछ, र यसले उसको मुक्ति प्राप्तिको ठोस आधार निर्माण गर्छ। कति राम्रो कुरा! यसका साथै, रोग ठूलो हुन सक्छ वा सानो हुन सक्छ, तर ठूलो वा सानो, जस्तो भए पनि, यसले मानिसहरूलाई सधैँ शोधन गर्छ। कुनै रोग-बिमारीबाट गुज्रेपछि, मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास गुमाउँदैनन्, तिनीहरू समर्पित हुन्छन् र तिनीहरूले गुनासो गर्दैनन्, तिनीहरूको व्यवहार आधारभूत रूपमा स्वीकार्य नै हुन्छ, त्यसपछि तिनीहरूले रोग-बिमारी हटेपछि केही फसल प्राप्त गर्छन् र तिनीहरू अत्यन्तै खुसी हुन्छन्—मानिसहरूले साधारण रोगको सामना गर्दा यस्तै हुन्छ। तिनीहरू त्यति लामो समय बिरामी पर्दैनन् र तिनीहरूले त्यो सहन सक्छन्, र त्यो रोग तिनीहरूले आधारभूत रूपमा सहन सक्‍ने दायराभित्र पर्छ। तैपनि, कतिपय रोग उपचार गरेर केही समयसम्‍म निको भए पनि फेरि बल्झिन्छन् र झनै खराब हुन्छन्। यस्तो भइरहन्छ, र अन्त्यमा रोग उपचार नै गर्न नसकिने हदसम्‍म पुग्छ, र उपलब्‍ध रहेका सबै किसिमका आधुनिक औषधिको कुनै सीप लाग्दैन। यो रोग कुन हदसम्‍म पुग्छ? यो रोगी व्यक्ति कुनै पनि स्थान र समयमा मर्न सक्ने हदसम्‍म पुग्छ। यसले के दर्साउँछ? यसले त्यो व्यक्तिको जीवन सीमित छ भन्‍ने दर्साउँछ। यो तिनीहरू बिरामी नभएको र मृत्यु टाढा रहेको र यसको कुनै अनुभूति नरहेको समय होइन, बरु व्यक्तिले आफ्‍नो मृत्युको समय नजिकै रहेको, र मृत्युको सामना गरिरहेको महसुस गर्छ। मृत्युको सामनाले व्यक्तिको जीवनको सबैभन्दा कठिन र महत्त्वपूर्ण समयको आगमनको सङ्केत दिन्छ। त्यसोभए तैँले के गर्नुपर्छ? हैरानी, तनाव, र चिन्ता महसुस गर्नेहरूले आफ्‍नो मृत्युका बारेमा निरन्तर हैरानी, तनाव, र चिन्ता महसुस गर्छन्, र अन्तिममा तिनीहरूको जीवनको सबैभन्दा कठिन क्षण आइपुग्छ, र तिनीहरूलाई हैरानी, तनाव, र चिन्ता हुने कुरा वास्तविकतामा परिणत हुन्छ। तिनीहरूले मृत्युको डर जति मान्छन्, मृत्यु त्यति नै नजिक आउँछ र तिनीहरूलाई यति चाँडै मृत्युको सामना गर्न त्यति नै कम इच्छा हुन्छ, तैपनि मृत्युले अचानक तिनीहरूलाई आक्रमण गर्छ। तिनीहरूले के गर्नुपर्छ? के तिनीहरूले मृत्युबाट भाग्‍ने, मृत्युलाई इन्कार्ने, मृत्युको विरोध गर्ने, यसबारे गुनासो गर्ने प्रयास गर्छन्, कि परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्छन्? यीमध्ये कुन विधिले काम गर्छ? कुनैले पनि काम गर्दैन, र तिनीहरूको हैरानी र तनाव कुनै काम लाग्दैनन्। तिनीहरू आफ्‍नो मृत्युको क्षणमा पुग्दा सबैभन्दा दुःखलाग्दो कुरा के हुन्छ? तिनीहरूले सुँगुरको रातो मासु तारेर खान मन पराउँथे, तर विगत केही वर्षदेखि तिनीहरूले त्यति धेरै खान पाएका छैनन्, र धेरै कष्ट भोगेका छन् र तिनीहरू जीवनको अन्त्यमा पुगेका छन्। तिनीहरूले सुँगुरको तारेको रातो मासु सम्झन्छन् र फेरि खान चाहन्छन्, तर तिनीहरूको स्वास्थ्य स्थितिले साथ दिँदैन, र तिनीहरूले खान सक्दैनन्, किनभने त्यसमा धेरै बोसो हुन्छ। तिनीहरू आकर्षक देखिन र राम्रो लुगा लगाउन मन पराउँथे। अब तिनीहरू मर्न लागेको छन्, र तिनीहरूले आफ्‍नो दराजका राम्रा लुगा हेरेर बस्‍न मात्रै सक्छन्, केही लगाउन सक्दैनन्। मृत्यु कति दुःखलाग्दो छ! मृत्यु सबैभन्दा पीडादायी कुरा हो, र जब तिनीहरूले यस बारेमा विचार गर्छन्, तब तिनीहरूलाई मुटुमा छुरा घोपिएको र तिनीहरूको शरीरका सबै हाडहरू पग्‍लिएको जस्तो महसुस हुन्छ। जब तिनीहरूले मृत्युका बारेमा विचार गर्छन्, तिनीहरू दुःखी हुन्छन् र तिनीहरूलाई रुन, बिलौना गर्न मन लाग्छ, र तिनीहरू रुन्छन्, बिलौना गर्छन्, र तिनीहरूलाई मृत्युको सामना गर्न लागेकोमा दुख लाग्छ। तिनीहरूले सोच्छन्, “मलाई किन मर्न मन लाग्दैन? मलाई किन मृत्युको यति धेरै डर लाग्छ? पहिले, म गम्‍भीर रूपमा बिरामी नहुँदा, मलाई मृत्युको डर लाग्दैनथियो। कसले पो मृत्युको सामना गर्दैन र? को पो मर्दैन र? त्यसोभए म मर्छु! अहिले यसका बारेमा सोच्दा, यसो भन्‍नु सजिलो छैन, र जब मृत्यु साँच्‍चै आउँछ, यो समाधान गर्न सजिलो हुँदैन। म किन यति दुःखित छु?” के तिमीहरूलाई मृत्युका बारेमा सोच्दा दुःख लाग्छ? जब-जब तिमीहरूले मृत्युका बारेमा सोच्छौ, तिमीहरूलाई दुःख लाग्छ र पीडा हुन्छ, र तिमीहरूलाई तनाव र चिन्ता दिने यो कुरा अन्तिममा आएर नै छाड्छ। त्यसकारण, तिमीहरूले यसका बारेमा जति सोच्छौ, तिमीहरूलाई त्यति नै धेरै डर लाग्छ, त्यति नै धेरै विवश महसुस हुन्छ, र तिमीहरूलाई त्यति नै धेरै पीडा हुन्छ। तिमीहरूको हृदयमा कुनै सुख-चैन हुँदैन, र तिमीहरूलाई मर्न मन लाग्दैन। मृत्युको यो मामिलालाई कसले समाधान गर्न सक्छ? कसैले सक्दैन, र तैँले आफै त अवश्य नै समाधान गर्न सक्दैनस्। तँलाई मर्न मन लाग्दैन, त्यसोभए तैँले के गर्न सक्छस्? तँ मर्नैपर्छ, र मृत्युबाट कोही पनि उम्कन सक्दैन। मृत्युले मानिसहरूलाई घेर्छ; तिनीहरूलाई हृदयमा मर्न मन लाग्दैन, तर तिनीहरूले जहिल्यै मृत्युका बारेमा मात्रै सोचिरहेका हुन्छन्, त्यसकारण के यो साँच्‍चै मर्नुभन्दा पहिले नै मरेतुल्य हुनु होइन र? के तिनीहरू साँच्‍चै मर्न सक्छन्? आफू कहिले मर्छु वा कुन वर्षमा मर्छु भनेर कसले ठोकुवा गरेर भन्‍न सक्छ? यी कुराहरू कसले जान्‍न सक्छ? कतिपय मानिसहरूले यसो भन्छन्, “मैले आफ्नो हात देखाएको थिएँ र मलाई मेरो मृत्यु हुने वर्ष, महिना, र दिन, अनि मेरो मृत्यु कस्तो हुनेछ भन्‍ने थाहा छ।” के तैँले ठोकुवा गरेर यसो भन्‍न सक्छस्? (सक्दिनँ।) तँलाई यो निश्‍चित रूपमा थाहा हुँदैन। तँ कहिले मर्नेछस्, तँलाई थाहा हुँदैन—यो गौण कुरा हो। महत्त्वपूर्ण कुरा भनेको तेरो रोगले तँलाई साँच्‍चै मृत्युको मुखमा पुर्‍याउँदा तैँले कस्तो मनोवृत्ति अपनाउँछस् भन्‍ने हो। यो तैँले मनन गर्नुपर्ने र सोच्‍नुपर्ने प्रश्‍न हो। तैँले समर्पणताको मनोवृत्तिले मृत्युको सामना गर्नेछस् कि प्रतिरोध, इन्कार, वा अनिच्छाको मनोवृत्तिले मृत्युलाई लिनेछस्? तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? (समर्पणताको मनोवृत्ति।) यो समर्पणता मुखले भनेर मात्रै हासिल गर्न र अभ्यास गर्न सकिँदैन। तैँले यो समर्पणता कसरी हासिल गर्न सक्छस्? स्वेच्छापूर्ण समर्पणता हासिल गर्नुभन्दा पहिले तँमा कस्तो बुझाइ हुनुपर्छ? यो सरल छैन, छ र? (अँ, यो सरल छैन।) त्यसोभए, तिमीहरूको मनमा के छ, भन। (यदि म गम्‍भीर रूपमा बिरामी भएँ भने, म साँच्‍चै मरेँ भने पनि, यो सबै परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्छ र यो उहाँले बन्दोबस्त गर्नुभएको हो भनेर सोच्‍नेछु। मानिस यति गहन रूपमा भ्रष्ट भएको छ कि, यदि म मरेँ भने, यो परमेश्‍वरको धार्मिकताद्वारा नै हुनेछ। म बाँच्‍नु नै पर्छ भन्‍ने छैन; मानिस परमेश्‍वरसँग त्यस्तो माग गर्न योग्य छैन। यसको अतिरिक्त, मलाई के लाग्छ भने, अहिले म परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले जेसुकै भए पनि, मैले जीवनको सही मार्ग देखेको छु र मैले यति धेरै सत्यताहरू बुझेको छु कि, म चाँडै मरे पनि, यो सबै सार्थक हुनेछ।) के यो सोच्‍ने सही तरिका हो? के यसलाई निश्‍चित सहायक सिद्धान्त मान्न सकिन्छ? (सकिन्छ।) अरू कसले बोल्ने? (परमेश्‍वर, यदि कुनै दिन मलाई साँच्चै रोग लाग्यो र म सायद मर्नेवाला छु भने, मृत्युबाट जोगिने कुनै उपाय यसै पनि छैन। यो परमेश्‍वरको पूर्वनिर्धारण र सार्वभौमिकता हो, र मैले जति चिन्ता वा फिक्री गरे पनि, त्यसको कुनै काम छैनन। मैले बाँकी रहेको थोरै समय आफ्‍नो कर्तव्य कसरी पूरा गर्ने भन्‍ने कुरामा ध्यान दिएर बिताउनुपर्छ। यदि म साँच्‍चै मरेँ भने पनि, मलाई कुनै पछुतो हुनेछैन। परमेश्‍वर र परमेश्‍वरका बन्दोबस्तहरूमा अन्त्यमै समर्पित हुन सक्‍नु डर र आतङ्कमा जिउनुभन्दा धेरै राम्रो हो।) तिमीहरूलाई यो बुझाइ कस्तो लाग्यो? के यो अलिक राम्रो छैन र? (छ।) ठीक भन्यौ, तिमीहरूले मृत्युलाई यसरी नै लिनुपर्छ। यो जीवनमा सबैले मृत्युको सामना गर्नैपर्छ, अर्थात् सबैले आफ्‍नो यात्राको अन्त्यमा सामना गर्नुपर्ने कुरा मृत्यु नै हो। तैपनि, मृत्युका धेरै विविध गुणहरू छन्। यीमध्ये एउटा के हो भने, परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको समयमा, तैँले आफ्‍नो मिसन पूरा गरेको हुन्छस् र परमेश्‍वरले तेरो दैहिक जीवनमुनि एउटा रेखा कोर्नुहुन्छ, र तेरो दैहिक जीवन समाप्त हुन्छ, तर यसको अर्थ तेरो जीवन समाप्त भएको छ भन्‍ने हुँदैन। जब कुनै व्यक्ति देहविहीन हुन्छ, तब उसको जीवन समाप्त हुन्छ—के यस्तै नैहो त? (होइन।) मृत्युपछि तेरो जीवन कुन रूपमा रहन्छ भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वरको काम र वचनहरूलाई कसरी लिइस् भन्‍ने कुरामा निर्भर हुन्छ—यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मृत्युपछि तँ कुन रूपमा रहनेछस्, वा तँ अस्तित्वमा हुनेछस् कि छैनस् भन्‍ने कुरा तँ जीवित हुँदा परमेश्‍वर र सत्यताप्रति तेरो मनोवृत्ति कस्तो थियो भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँ जीवित हुँदा, तैँले मृत्यु र सबै प्रकारका रोग-बिमारीको सामना गर्दा, सत्यताप्रतिको तेरो मनोवृत्ति विद्रोही, विरोधी, र सत्यताप्रति वितृष्ण हुने किसिमको छ भने, तेरो देहको जीवनको समय समाप्त हुने समय आएपछि, तेरो मृत्युपछि तँ कुन तरिकाले अस्तित्वमा रहनेछस्? तँ अवश्य नै अरू कुनै तरिकाले अस्तित्वमा रहनेछस्, र तेरो जीवन अवश्य नै जारी रहनेछैन। यसको विपरीत, यदि तँ जीवित हुँदा, तेरो देहमा जागरूकता हुँदा, सत्यता र परमेश्‍वरप्रति तैँले समर्पणता र बफादारिताको मनोवृत्ति देखाइस् र तँमा साँचो विश्‍वास छ भने, तेरो दैहिक जीवन समाप्त भए पनि, तेरो जीवन अर्को संसारमा फरक रूपमा अस्तित्वमा रहिरहनेछ। यो मृत्युको एउटा व्याख्या हो। ध्यान दिनुपर्ने अर्को कुरा पनि छ, र त्यो के हो भने, मृत्युको मामलाको प्रकृति पनि अरू कुराहरूको जस्तै छ। यो मानिसहरूले छनौट गर्ने कुरा होइन, न त यसलाई मानिसको इच्छाद्वारा परिवर्तन नै गर्न सकिन्छ। मृत्यु पनि जीवनको अरू महत्त्वपूर्ण घटनाजस्तै हो: यो पूर्ण रूपमा सृष्टिकर्ताको पूर्वनिर्धारण र सार्वभौमिकताअन्तर्गत पर्छ। यदि कसैले मृत्यु आओस् भनेर बिन्ती गर्‍यो भने, ऊ मर्छ नै भन्‍ने छैन; यदि उसले जिउन पाऊँ भनेर बिन्ती गर्‍यो भने, ऊ जिउँछ नै भन्‍ने छैन। यो सबै परमेश्‍वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत पर्छ, र यो कुरालाई परमेश्‍वरको अख्‍तियार, परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूले परिवर्तन र निर्धारित गर्छ। त्यसकारण, मानौँ तँलाई गम्‍भीर रोग लाग्यो, ज्यान नै लैजान सक्ने गम्‍भीर रोग लाग्यो भने पनि तँ मर्छस् नै भन्‍ने हुँदैन—तँ मर्छस् कि मर्दैनस् भनेर कसले निर्णय गर्छ? (परमेश्‍वरले गर्नुहुन्छ।) परमेश्‍वरले निर्णय गर्नुहुन्छ। अनि परमेश्‍वरले यसको निर्णय गर्नुहुने र मानिसहरूले यस्तो कुराको निर्णय गर्न नसक्‍ने हुनाले, मानिसहरूले के कुराका बारेमा तनाव र हैरानीको महसुस गर्छन् त? यो त तेरा आमाबुबा को हुन्, र तँ कहिले र कहाँ जन्‍मन्छस् भन्‍ने जस्तै हो—यी कुराहरूलाई पनि तैँले छनौट गर्न सक्दैनस्। यी मामिलाहरूमा गर्न सकिने सबैभन्दा बुद्धिमानी निर्णय भनेको यी कुराहरूलाई स्वाभाविक रूपमा चल्न दिनु, समर्पित हुनु, र छनौट नगर्नु, यस विषयमा कुनै विचार वा ऊर्जा नलगाउनु, र यसका बारेमा हैरानी, तनाव, वा चिन्ता महसुस नगर्नु हो। मानिसहरूले आफै छनौट गर्न नसक्‍ने हुनाले, यस विषयमा धेरै ऊर्जा र विचार लगाउनु मूर्खतापूर्ण र निर्बुद्धि कार्य हुन्छ। मृत्यु जस्तो अत्यन्तै महत्त्वपूर्ण कुराको सामना गर्दा मानिसहरूले यसबारे हैरान हुनु हुँदैन वा चिन्ता गर्नु हुँदैन वा यसको डर मान्‍नु हुँदैन, तर के गर्ने त? मानिसहरूले प्रतीक्षा गर्नुपर्छ, होइन त? (हो।) होइन त? के प्रतीक्षा गर्नु भनेको मृत्युको प्रतीक्षा गर्नु हो? मृत्युको सामना गर्दा मर्न पर्खिनु हो? के त्यो सही हो? (होइन, मानिसहरूले यसलाई सकारात्मक रूपमा सामना गर्नुपर्छ र तिनीहरू समर्पित हुनुपर्छ।) ठीक भन्यौ, यसको अर्थ मृत्युलाई पर्खिनु भन्‍ने हुँदैन। मृत्युदेखि नआत्तिओ, र आफ्‍नो सारा ऊर्जा मृत्युबारे सोच्नामा नलगाऊ। दिनभरि यस्तो सोचेर नबस, “के म मर्छु? म कहिले मर्छु? मरेपछि मैले के गर्नेछु?” यसका बारेमा सोच्दा पनि नसोच। कतिपय मानिसहरूले भन्छन्, “यसका बारेमा किन नसोच्‍नु? मर्न लागेको बेला यसका बारेमा किन नसोच्‍नु?” किनभने तँ मर्छस् कि मर्दैनस् भन्‍ने कुरा थाहा हुँदैन, र परमेश्‍वरले तँलाई मर्न दिनुहुन्छ कि दिनुहुन्‍न भन्‍ने थाहा हुँदैन—यी कुराहरू अज्ञात छन्। विशेष गरी, तँ कहिले मर्छस्, कहाँ मर्छस्, कुन बेला मर्छस्, वा तँ मर्दा तेरो शरीरलाई कस्तो महसुस हुन्छ भन्‍ने कुरा थाहा हुँदैन। आफूलाई थाहा नभएको कुराबारे सोच्दै र मनन गर्दै आफ्‍नो दिमाग खियाएर अनि त्यसका बारेमा तनाव र चिन्ता लिएर, के तँ मूर्ख भइरहेको हुँदैनस् र? यसले तँलाई मूर्ख तुल्याउने हुनाले, तैँले यी कुराहरूका बारेमा दिमाग खियाउनु हुँदैन।

मानिसहरूले जुनसुकै मामला सम्हालिरहेका भए पनि, तिनीहरूले सधैँ यसलाई सक्रिय, सकारात्मक मनोवृत्तिले लिनुपर्छ, र मृत्युको मामलामा यो झन् बढी लागु हुन्छ। सक्रिय र सकारात्मक मनोवृत्ति हुनु भनेको मृत्युलाई अङ्गाल्‍नु, मृत्युको प्रतीक्षा गर्नु, वा सकारात्मक र सक्रिय रूपमा मृत्युको पछि लाग्‍नु भन्‍ने होइन। यदि यसको अर्थ मृत्युलाई पछ्याउनु, मृत्युलाई अङ्गाल्‍नु, वा मृत्युको प्रतीक्षा गर्नु होइन भने, यसको अर्थ के हो? (समर्पित हुनु।) समर्पित हुनु भनेको मृत्युको मामिलाप्रति लिइने एक किसिमको मनोवृत्ति हो, र मृत्युलाई त्याग्‍नु र यसका बारेमा नसोच्नु नै यसलाई सम्‍हाल्‍ने सबैभन्दा राम्रो तरिका हो। कतिपय मानिसहरूले भन्छन्, “यसका बारेमा किन नसोच्ने? यदि मैले यसका बारेमा राम्ररी विचार गरिनँ भने, के मैले यसलाई जित्‍न सक्छु? यदि मैले यसका बारेमा राम्ररी विचार गरिनँ भने, के म यस कुरालाई त्याग्‍न सक्छु?” हो, सक्छस्। अनि किन त्यसो हुन्छ? मलाई भन्, के तेरा आमाबुबाले तँलाई जन्‍माउँदा, जन्‍मने निर्णय तैँले गरेको थिइस् र? तेरो रूप, तेरो उमेर, तैँले काम गर्ने उद्योग, तँ अहिले यहाँ बसिरहेको तथ्य, र तँलाई अहिले कस्तो महसुस भइरहेको छ भन्‍ने कुरा—के तैँले सोचेरै यी सबै कुरालाई अस्तित्वमा ल्याएको होस्? तैँले यी सबै कुरालाई सोचेर अस्तित्वमा ल्याएको होइनस्, यो त दिन र महिनाहरू बित्दै जाँदा र तँ अहिले आइपुगेको ठाउँसम्म पुगेसम्म तैँले दैनिक रूपमा, एकपछि अर्को गर्दै आफ्‍नो सामान्य जीवन बिताएर आएका हुन्, र यो अत्यन्तै स्वाभाविक कुरा हो। मृत्यु पनि त्यस्तै हो। त्यसबारे थाहै नभई, तँ हुर्केर वयस्क बन्छस्, अधबैँसे बन्छस्, वृद्ध बन्छस्, र आफ्‍ना अन्तिम वर्षहरूमा पुग्छस्, त्यसपछि मृत्यु आउँछ—यसका बारेमा नसोच्। तैँले कुनै कुरा नसोचेर त्यसबाट बच्‍न सक्दैनस्, न त तैँले तिनका बारेमा सोचेर ती चाँडै नै आउँछन्; ती कुरालाई मानिसको इच्छाद्वारा परिवर्तन गर्न सकिँदैन, होइन र? तिनका बारेमा नसोच्। मैले “तिनका बारेमा नसोच्” भनी भन्दा भन्‍न खोजेको के हो? किनभने यदि यो निकट भविष्यमा साँच्‍चै नै हुन लागेको छ भने, सधैँ यसका बारेमा सोच्दा यो तँलाई अदृश्य दबाब जस्तै लाग्‍न सक्छ। तँलाई यो दबाबले जीवन र जियाइदेखि डर लाग्‍ने बनाउनेछ, तँमा सक्रिय र सकारात्मक मनोवृत्ति हुनेछैन, बरु तँ झन् धेरै निराश हुनेछस्। मृत्युको सामना गरिरहेको व्यक्तिमा कुनै पनि कुराप्रति चासो वा सकारात्मक मनोवृत्ति नहुने हुँदा, उसलाई निराशा मात्रै महसुस हुन्छ। तिनीहरू मर्न लागेका हुन्छन्, सबै कुरा खतम भएको हुन्छ, कुनै कुराको पछि लाग्‍नु वा कुनै कुरा गर्नुको कुनै अर्थ हुँदैन, तिनीहरूमा भविष्यप्रति कुनै आशा वा उत्प्रेरणा हुँदैन, र तिनीहरूले गर्ने सबै कुरा मृत्युको तयारी र मृत्युतर्फ अघि बढ्ने कार्य मात्रै हुन्छ, त्यसकारण तिनीहरूले गर्ने कुनै पनि कार्यको के नै अर्थ हुन्छ र? त्यसकारण, तिनीहरूले गर्ने हरेक कुरामा नकारात्मकता र मृत्युको तत्त्व र प्रकृति हुन्छ। त्यसोभए, के तैँले मृत्युका बारेमा नसोच्न सक्छस्? के यो हासिल गर्न त्यति सजिलो छ? यदि यो मामिला तेरो मानसिक तर्क र कल्पनाको परिणाम मात्रै हो भने, तैँले व्यर्थमा चिन्ता गरेको छस्, तँ आफूलाई तर्साउँछस्, र यो निकट भविष्यमा हुनेछैन, त्यसकारण तैँले केका लागि यसका बारेमा सोचिरहेको छस्? यसो गर्नु झनै अनावश्यक कुरा हो। जे हुनुपर्ने हो, त्यो भई नै छाड्छ; जे नहुनुपर्ने हो, त्यसका बारेमा तैँले जसरी सोचे पनि त्यो हुँदैन नै। यसका बारेमा डर मान्‍नु, चिन्ता गर्नु व्यर्थ छ। चिन्ता गरेर मृत्युबाट बच्‍न सकिँदैन, न त तँलाई डर लाग्छ भनेर यसले तँलाई छोडेर नै जानेछ। त्यसकारण, एउटा पक्ष के हो भने, तैँले मृत्युको मामिलालाई आफ्‍नो हृदयदेखि नै त्याग्‍नुपर्छ र यसलाई महत्त्व दिनु हुँदैन; तैँले मृत्युसँग आफ्नो कुनै सरोकार नभएझैँ गरी यो कुरा परमेश्‍वरलाई सुम्पनुपर्छ। यो त परमेश्‍वरले बन्दोबस्त गर्नुहुने कुरा हो, त्यसकारण परमेश्‍वरलाई बन्दोबस्त गर्न दे—के त्यसपछि यो सरल हुँदैन र? अर्को पक्ष के हो भने, तँमा मृत्युप्रति सक्रिय र सकारात्मक मनोवृत्ति हुनुपर्छ। मलाई भन्, संसारभरिका करोडौँ मानिसहरूका बीचमा परमेश्‍वरका यति धेरै वचनहरू सुन्‍ने, जीवनका धेरै सत्यताहरू बुझ्‍ने, र धेरै रहस्यहरू बुझ्‍ने गरी को-को आशिषित भएका छन्? तिनीहरूमध्ये क-कसले व्यक्तिगत रूपमा परमेश्‍वरको अगुवाइ, परमेश्‍वरको प्रबन्ध, र उहाँको हेरचाह र सुरक्षा प्राप्त गर्न सक्छन्? यति आशिषित को-को छन्? निकै थोरै छन्। त्यसकारण, तिमीहरू थोरैले मात्रै आज परमेश्‍वरको घरमा बस्न, उहाँको मुक्ति पाउन, र उहाँको बन्दोबस्‍त प्राप्त गर्न पाउनुले अहिले नै मर्यौ भने पनि यो सबलाई सार्थक बनाउँछ। तिमीहरू अत्यन्तै आशिषित छौ, होइन र? (हो।) यो दृष्टिकोणबाट हेर्दा, मृत्युको मामिलादेखि मानिसहरू तर्सिनु हुँदैन, र यसको बन्धनमा पनि पर्नु हुँदैन। तिमीहरूले संसारको वैभव र सम्पत्ति प्राप्त नगरेका भए पनि, सृष्टिकर्ताको दया पाएका र परमेश्‍वरका धेरै वचनहरू सुनेका छौ—के यो आनन्दको कुरा होइन र? (हो।) यो जीवनमा तँ जति वर्ष बाँचे पनि, यो सबै सार्थक हुन्छ र तँसँग कुनै पछुतो हुँदैन, किनभने तैँले परमेश्‍वरको काम गर्दै निरन्तर आफ्‍नो कर्तव्य पूरा गरिरहेको छस्, तैँले सत्यता बुझेको छस्, जीवनका रहस्यहरू बुझेको छस्, र जीवनमा तैँले पछ्याउनुपर्ने मार्ग र उद्देश्यहरू बुझेको छस्—तैँले धेरै कुरा प्राप्त गरेको छस्! तैँले सार्थक जीवन जिएको छस्! तैँले यो कुरा स्पष्ट रूपमा व्याख्या गर्न नसके पनि, तैँले केही सत्यता अभ्यास गर्न सक्छस् र तँमा केही वास्तविकता छ, र यसले तैँले परमेश्‍वरको कामबाट केही जीवन प्रबन्ध प्राप्त गरेको छस् र केही सत्यता बुझेको छस् भन्‍ने कुरा प्रमाणित गर्छ। तैँले धेरै प्राप्त गरेको छस्—साँचो प्रशस्‍तता प्राप्त गरेको छस्—र त्यो ठूलो आशिष् हो! मानव इतिहासको सुरुवातदेखि नै, सारा युगभरि कसैले पनि यो आशिष् प्राप्त गरेको छैन, तैपनि तिमीहरूले यो प्राप्त गरिरहेका छौ। के तिमीहरू अहिले मर्न तयार छौ? त्यस्तो इच्छा भएको भए, मृत्युप्रति तिमीहरूको मनोवृत्ति साँच्‍चै नै समर्पित हुनेथियो, होइन र? (हो।) एउटा पक्ष के हो भने, मानिसहरूमा साँचो बुझाइ हुनुपर्छ, तिनीहरूले सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्नुपर्छ, र साँचो रूपमा समर्पित हुनुपर्छ, र तिनीहरूमा मृत्युप्रति सही मनोवृत्ति हुनुपर्छ। यसरी, के मानिसहरूका हैरानी, तनाव, र चिन्ताका भावनाहरू धेरै घट्दैनन् र? (घट्छन्।) ती निकै घट्छन्। कतिपय मानिसहरूले भन्छन्, “मैले अहिले भर्खरै यो सङ्गति सुनेर भ्याएँ, तर यी भावनाहरू खासै घटेका छन् जस्तो लागेको छैन। सायद केही समय लाग्छ होला। विशेष गरी, वृद्ध मानिस र रोग लागेका मानिसहरूले मृत्युका बारेमा धेरै सोच्छन्।” मानिसहरूलाई आफ्‍ना कठिनाइहरू थाहा हुन्छ। कतिपय मानिसहरू लामो समयसम्‍म बिरामी परेपछि, तिनीहरूले सबै कुराको लेखाजोखा गरेर सोच्छन्, “मैले यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छु र मलाई जस्तै रोग लागेका मानिसहरू धेरै पहिले नै मरिसके। तिनीहरूको पुनर्जन्‍म भएको छ भने, तिनीहरू अहिले बीस-तीस वर्षका भइसकेका होलान्। परमेश्‍वरको सित्तैको अनुग्रहको कारण म धेरै वर्ष बाँचेँ। मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, म धेरै पहिले नै मरिसकेको हुनेथिएँ। म जँचाउन अस्पताल जाँदा, डाक्टरहरू छक्‍कै परे। मैले कस्तो ठूलो फाइदा र आशिष् पाएको छु। यदि म २० वर्ष पहिले मरेको भए, मैले यी सत्यता र प्रवचनहरू सुन्‍नेथिइनँ र बुझ्‍नेथिइनँ; यदि म त्यत्तिकै मरेको भए, मैले केही पनि पाउनेथिइनँ। म लामो समय बाँचेको भए पनि, त्यो खोक्रो र खेर गएको जीवन हुनेथियो। अहिले, म यी अतिरिक्त वर्ष बाँचेको छु र मैले यति धेरै कृपा पाको छु। मैले यतिका वर्ष मृत्युका बारेमा सोचेको छैनँ, र मलाई यसको डर छैन।” यदि मानिसहरू सधैँ मृत्युको डर मान्छन् भने, तिनीहरूले सधैँ मृत्युसँग सम्‍बन्धित प्रश्‍नहरू सोचिरहन्छन्। यदि मानिसहरूलाई मर्न डर लाग्दैन र तिनीहरू मृत्युदेखि तर्सिँदैनन् भने, यसले तिनीहरूले पर्याप्त कष्ट भोगेका छन् र तिनीहरूलाई मृत्युको डर लाग्‍न छोडेको छ भन्‍ने देखाउँछ। कतिपय मानिसहरूले भन्छन्, “यदि कुनै व्यक्ति मृत्युदेखि त्रसित छैन भने, के त्यसको अर्थ उसले मृत्यु खोजिरहेको छ भन्‍ने हुन्छ?” होइन, त्यो सही होइन। मृत्यु खोज्‍नु एक प्रकारको नकारात्मक र टार्ने मनोवृत्ति हो, जबकि मृत्युका बारेमा नसोच्‍नु भनेर मैले पहिले भनेको कुरा वस्तुगत, सकारात्मक मनोवृत्ति हो; अर्थात्, मृत्युलाई तटस्थ रूपमा हेर्नु, यसलाई महत्त्व नदिनु, यसलाई यति दुःख लाग्दो, तनावपूर्ण घटनाका रूपमा नलिनु; यसका बारेमा चिन्ता गर्न छोड्नु, चासो राख्‍न छोड्नु, मृत्युको बन्धनमा नपर्नु, यसलाई पछाडि छोडेर अघि जानु—यसो गर्न सक्‍ने मानिसहरूसँग मृत्युसम्‍बन्धी केही व्यक्तिगत ज्ञान र अनुभव हुन्छ। यदि कुनै व्यक्ति सधैँ रोग-बिमार र मृत्युको कुराले बाँधिन्छ र तिनको बन्धनमा पर्छ, सधैँ हैरानी, तनाव, र चिन्ता जस्ता नकारात्मक संवेगहरूमा डुब्छ, सामान्य रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न वा सामान्य रूपमा जिउन सक्दैन भने, उसले मृत्युसम्‍बन्धी अनुभवको गवाही अझै बढी सुन्‍नुपर्छ, मृत्युलाई तटस्थ नजरले हेर्नेहरूले कसरी यसलाई अनुभव गर्छन् र आफ्‍नो अनुभवमा मृत्युलाई कसरी बुझ्छन् भनेर हेर्नुपर्छ, त्यसपछि तिनीहरूले बहुमूल्‍य कुरा प्राप्त गर्न सक्छन्।

मृत्यु भनेको सजिलै समाधान गर्न सकिने समस्या होइन, र यो मानिसको सबैभन्दा ठूलो कठिनाइ हो। यदि कसैले तँलाई, “तिम्रो भ्रष्ट स्वभाव साह्रै गहन छ र तिम्रो मानवता पनि राम्रो छैन। यदि तिमीले इमानदारिताका साथ सत्यतालाई पछ्याएनौ र भविष्यमा धेरै दुष्कर्महरू गर्‍यौ भने, तिमी नरकमा जानेछौ र दण्डित हुनेछौ!” भनेर भन्यो भने, तँ केही समयसम्‍म दुःखी हुन्छस् होला। तैँले यसका बारेमा मनन गर्न सक्छस्, र सुतेर उठेपछि अलिक राम्रो महसुस गर्न सक्छस्, त्यसपछि तँ त्यति दुःखी हुँदैनस्। तैपनि, यदि तँलाई ज्यान लिन सक्‍ने रोग लागेको छ, र तँसँग बाँच्नका लागि त्यति धेरै समय बाँकी छैन भने, यो एक रात सुतेर समाधान गर्न सकिने कुरा होइन, र यसलाई त्यति सजिलै त्याग्‍न सकिँदैन। यस मामिलामा तँ केही समयसम्‍म संयमित हुनुपर्छ। साँचो रूपमा सत्यतालाई पछ्याउने मानिसहरूले यसलाई बिर्सन सक्छन्, सबै कुरामा सत्यताको खोजी गरेर यसलाई समाधान गर्न सत्यता प्रयोग गर्न सक्छन्—तिनीहरूले समाधान गर्न नसक्‍ने कुनै समस्या हुँदैन। तर यदि मानिसहरूले मान्छेका तरिकाहरू प्रयोग गरे भने, अन्ततः तिनीहरूलाई मृत्युका बारेमा निरन्तर हैरानी, तनाव, र चिन्ता मात्रै महसुस हुन्छ। जब यस्ता कुराहरू समाधान गर्न नसकिने हुन्छन्, तब तिनीहरूले तिनलाई समाधान गर्न चरम उपायहरू अपनाउँछन्। कतिपय मानिसहरूले निराशालाग्दो र नकारात्मक शैली अपनाउँदै भन्छन्, “त्यसोभए म मर्छु। मृत्युको डर कसलाई छ र? मरेपछि, म फेरि पुनर्जन्‍म लिएर जिउनेछु!” के तैँले यसलाई पुष्टि गर्न सक्छस्? तैँले त सान्त्वनाका केही शब्‍दहरू मात्रै खोजिरहेको छस्, र त्यसले समस्या समाधान गर्दैन। देखिने वा नदेखिने, भौतिक वा अभौतिक सबै कुरालाई सृष्टिकर्ताको हातले नियन्त्रण र शासन गर्छ। कसैले पनि आफ्‍नो भाग्यलाई नियन्त्रण गर्न सक्दैन र चाहे रोग-बिमारीप्रति होस् वा मृत्युप्रति, मानिसमा हुनुपर्ने एउटै मात्र मनोवृत्ति भनेको बुझ्‍ने, स्विकार्ने, र समर्पित हुने हो; मानिसहरूले आफ्‍ना कल्‍पना वा धारणाहरूमा भर पर्नु हुँदैन, यी कुराहरूबाट उम्कने उपाय खोज्‍नु हुँदैन, र यी कुराहरूलाई इन्कार वा प्रतिरोध गर्नु त झनै हुँदैन। यदि तैँले रोग-बिमारी र मृत्युको समस्यालाई आफ्‍नै तरिकाहरू प्रयोग गरेर अन्धाधुन्ध समाधान गर्ने प्रयास गरिस् भने, तँ जति धेरै बाँच्छस्, तैँले त्यति नै धेरै कष्ट भोग्छस्, तँ त्यति नै धेरै निराश हुनेछस्, र तँलाई त्यति नै धेरै बन्धनमा परेको महसुस हुनेछ। अन्त्यमा, तैँले मृत्युको बाटो हिँड्नै पर्नेछ, र तेरो अन्त्य पनि तेरो मृत्यु जस्तै हुनेछ—तँ अवश्य नै मर्नेछस्। यदि तैँले सक्रिय रूपमा सत्यताको खोजी गर्न सक्छस् र परमेश्‍वरले तेरा लागि बन्दोबस्त गरिदिनुभएको रोग-बिमारीलाई बुझ्‍ने बारेमा होस् वा मृत्युको सामना गर्ने बारेमा होस्, तैँले सकारात्मक र सक्रिय रूपमा सत्यताको खोजी गर्न सक्छस्, यस्तो खालको ठूलो घटनासम्‍बन्धी सृष्टिकर्ताको योजनाबद्ध कार्य, सार्वभौमिकता र बन्दोबस्तहरूको खोजी गरेर साँचो समर्पणता हासिल गर्न सक्छस् भने, यो परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छ। यदि तँ यी सबै कुराहरूको सामना गर्न मान्छेको क्षमता र विधिहरूमा भर पर्छस्, र यी कुरालाई समाधान गर्ने वा यी कुराबाट उम्कने भरमग्दुर प्रयास गर्छस् भने, तँ मरिनस् नै भने पनि र मृत्युको कठिनाइबाट क्षणिक रूपमा उम्कन सके पनि, तँमा परमेश्‍वर र सत्यताप्रति साँचो बुझाइ, स्वीकार र समर्पणता नभएको हुनाले, तैँले यस विषयमा गवाही दिँदैनस्, त्यसपछि अन्तिम परिणाम के हुन्छ भने, तैँले फेरि यो समस्याको सामना गर्दा, तेरा लागि यो एउटा ठूलो जाँच हुनेछ। तैँले अझै पनि परमेश्‍वरलाई धोका दिने र तेरो पतन हुने सम्‍भावना हुन्छ, र यो तेरा लागि अवश्य नै खतरनाक कुरा हुनेछ। त्यसकारण, यदि तैँले अहिले साँच्‍चै नै रोग-बिमारी वा मृत्युको सामना गरिरहेको छस् भने, म तँलाई भन्छु, साँच्‍चै मृत्युलाई पर्खिँदै अन्ततः चकित पर्नु, अन्योलमा पर्नु, छक्‍क पर्नु, र विवश हुनु, अनि यसरी जीवनभरि पछुताउनुपर्ने कुराहरू गर्नुको सट्टा सत्यताको खोजी गर्न र जराबाट नै यो मामिलालाई समाधान गर्नका लागि यो व्यावहारिक परिस्थितिबाट फाइदा उठाउनु नै राम्रो हुन्छ। यदि तैँले आफूलाई पछुतो लाग्‍ने र आत्मग्लानि हुने कुराहरू गरिस् भने, यसले तँलाई नष्ट पार्न सक्नेछ। त्यसकारण, समस्या जे भए पनि, तैँले सधैँ यस विषयमा आफूमा हुनुपर्ने बुझाइ र आफूले बुझ्‍नुपर्ने सत्यताहरूमार्फत आफ्‍नो प्रवेशलाई सुरु गर्नुपर्छ। यदि तँलाई सधैँ रोग-बिमारी जस्ता कुराहरूबारे हैरानी, तनाव, र चिन्ता महसुस हुन्छ र तँ यस्ता नकारात्मक संवेगहरूमा डुब्छस् भने, तैँले अहिले नै सत्यताको खोजी गर्न थाल्‍नुपर्छ र जति सक्दो चाँडो यी समस्याहरूलाई समाधान गर्नुपर्छ।

हैरानी, तनाव, र चिन्ता जस्ता नकारात्मक संवेगहरूको प्रकृति पनि अरू विभिन्‍न प्रकारका नकारात्मक संवेगहरूको जस्तै हुन्छ। ती सबै मानिसहरूले सत्यता नबुझ्ने र तिनीहरू आफ्ना विविध शैतानी भ्रष्ट स्वभावद्वारा बाँधिएर जिउने हुनाले तिनीहरूमा पैदा हुने विभिन्न किसिमका नकारात्मक संवेगहरू हुन्, नत्र भने तिनीहरू हरप्रकारका शैतानी विचारहरूले घेरिएर र प्रभावित भएर जिउँछन्। यी नकारात्मक संवेगहरूले मानिसहरूलाई सदाका लागि हरेक किसिमका गलत विचार र दृष्टिकोणहरूमा रहेर जिउने तुल्याउँछन्, साथै हरप्रकारका गलत विचार र दृष्टिकोणहरूको नियन्त्रणमा परिरहन लगाउँछन्, जसले सत्यतालाई पछ्याउने तिनीहरूको कार्यमा असर गर्छ र बाधा पुर्‍याउँछ। अवश्य नै, हैरानी, तनाव, र चिन्ता जस्ता यस्ता नकारात्मक संवेगहरूले मानिसहरूको जीवनमा बाधा पुर्‍याउँछन्, तिनीहरूको जीवनलाई निर्देशित गर्छन्, सत्यतालाई पछ्याउने तिनीहरूको कार्यमा असर पार्छन्, र तिनीहरूलाई सत्यता पछ्याउनबाट रोक्छन्। त्यसकारण, सरल हिसाबमा यी नकारात्मक संवेगहरू भावना मात्रै भए पनि, तिनले गर्ने कार्यलाई कम सम्‍झनु हुँदैन; तिनले मानिसहरूमा पार्ने असर र मानिसहरूले पछ्याइ र तिनीहरूले हिँड्ने मार्गमा ल्याउने परिणामहरू खतरनाक हुन्छन्। जे भए पनि, जब कुनै व्यक्तिमा उसलाई बाधा दिन हरप्रकारका नकारात्मक संवेगहरू आइरहन्छन्, तिनीहरूले यी नकारात्मक संवेगहरू किन बारम्‍बार पैदा हुन्छन् र तिनीहरू किन प्रायजसो यी नकारात्मक संवेगहरूद्वारा बेचैन हुन्छन् भनेर तुरुन्तै पत्ता लगाएर चिरफार गर्नुपर्छ। यसको साथै, विशेष परिवेशमा, यी नकारात्मक संवेगहरूले त्यो व्यक्तिलाई निरन्तर बेचैन तुल्याउँछन् र सत्यतालाई पछ्याउने उसको कार्यमा ठूलो बाधा पुर्‍याउँछन्—यी मानिसहरूले बुझ्‍नुपर्ने कुरा हुन्। तिनीहरूले यी कुराहरू बुझेपछि, तिनीहरूले गर्नुपर्ने अर्को कुरा भनेको यस मामिलामा कसरी सत्यताको खोजी गरेर बुझ्‍नु, यी गलत विचार र दृष्टिकोणहरूद्वारा बेचैन र प्रभावित हुनबाट बच्‍न लागिपर्नु, र तिनलाई परमेश्‍वरले तिनीहरूलाई सिकाउनुभएका सत्यता सिद्धान्तहरूद्वारा प्रतिस्थापित गर्नु हो। तिनीहरूले सत्यता सिद्धान्तहरू बुझेपछि, तिनीहरूले चाल्‍नुपर्ने अर्को कदम भनेको परमेश्‍वरले तिनीहरूलाई सिकाउनुभएका सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नु हो। तिनीहरूले यसो गर्ने क्रममा, तिनीहरूका सबै नकारात्मक संवेगहरू क्रमिक रूपमा तिनीहरूलाई बाधा पुर्‍याउन देखा पर्नेछन्, तर तिनीहरूले क्रमिक रूपमा तिनलाई एक-एक गरी समाधान गर्न र तीविरुद्ध विद्रोह गर्न सक्‍नेछन्, र थाहै नपाई, तिनीहरूले यी नकारात्मक संवेगहरूलाई पछाडि छोड्नेछन्। त्यसोभए, विभिन्‍न नकारात्मक संवेगहरूको समाधान के कुरामा निर्भर हुन्छ? यो कुरा मानिसहरूले तिनलाई चिरफार गर्ने र बुझ्‍ने कार्यमा निर्भर हुन्छ, यो कुरा मानिसहरूले सत्यतालाई स्वीकार गर्ने कार्यमा निर्भर हुन्छ, र यो भन्दा पनि बढी, यो मानिसहरूले सत्यतालाई पछ्याउने र अभ्यास गर्ने कार्यमा निर्भर हुन्छ। यस्तै नै होइन र? (हो।) मानिसहरूले क्रमिक रूपमा सत्यतालाई पछ्याउने र अभ्यास गर्दै जाँदा, तिनीहरूका सबै विभिन्‍न नकारात्मक संवेगहरू क्रमिक रूपमा समाधान हुन्छन् र त्यागिन्छन्। त्यसोभए, अहिले हेर्दा, तिमीहरूलाई कुनचाहिँ त्याग्न र समाधान गर्न सजिलो छ जस्तो लाग्छ, विभिन्‍न नकारात्मक संवेगहरू कि भ्रष्ट स्वभाव? (नकारात्मक संवेगहरू समाधान गर्न सजिलो हुन्छ।) के तिमीहरूलाई नकारात्मक संवेगहरू समाधान गर्न सजिलो हुन्छ भन्‍ने लाग्छ? यो कुरा व्यक्तिपिच्छे फरक हुन्छ। यीमध्ये एउटा गाह्रो वा अर्को सजिलो भन्‍ने छैन, यो केवल व्यक्तिमा निर्भर हुन्छ। जे भए पनि, नकारात्मक संवेगहरू त्याग्‍ने विषयमा सङ्गति गरेर सुरु गर्दै, हामीले मानिसहरूले पछ्याउने स्वभाव परिवर्तनका विषयमा केही विषयवस्तु थपेका छौँ, र त्यो विषय भनेको विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍नु भन्‍ने हो। नकारात्मक संवेगहरू त्याग्‍ने कार्य प्राथमिक रूपमा केही गलत विचार र दृष्टिकोणहरूलाई समाधान गर्नका लागि गरिन्छ भने, आफ्‍नो भ्रष्ट स्वभावलाई समाधान गर्नका लागि भ्रष्ट स्वभावको सार बुझ्नुपर्ने हुन्छ। मलाई भन्, कुन सजिलो छ, नकारात्मक संवेगहरू समाधान गर्नु कि भ्रष्ट स्वभाव समाधान गर्नु? वास्तवमा, दुवै समस्या समाधान गर्न सजिलो छैन। यदि तँमा साँच्‍चै दृढसङ्कल्प छ र तैँले सत्यताको खोजी गर्न सक्छस् भने, तैँले समाधान गर्न प्रयास गर्ने जुनसुकै समस्या त समस्या नै हुनेछैन। तर, यदि तँ सत्यतालाई पछ्याउँदैनस् र यी दुई वटा समस्याहरू कति गम्‍भीर छन् भन्‍ने कुरा महसुस गर्न सक्दैनस् भने, तैँले जुनसुकै समस्या समाधान गर्ने प्रयास गरे पनि त्यो सहज हुनेछैन। यी नकारात्मक, प्रतिकूल कुराहरूको हकमा भन्दा, तैँले तिनलाई समाधान गर्न र सकारात्मक कुराहरूले प्रतिस्थापन गर्न सत्यता स्विकार्नुपर्छ, सत्यता अभ्यास गर्नुपर्छ, र सत्यतामा समर्पित हुनुपर्छ। प्रक्रिया सधैँ यही हुन्छ, र यसका लागि मानिसहरूले सधैँ नै नकारात्मक कुराहरूविरुद्ध विद्रोह गर्नुपर्ने हुन्छ, र सकारात्मक र सक्रिय कुराहरू, अनि सत्यतासँग मिल्‍ने कुराहरू स्विकार्नुपर्ने हुन्छ। एउटा पक्ष भनेको आफ्‍ना विचार र दृष्टिकोणहरूमा समय र प्रयास लगाउनु हो भने, अर्को भनेको आफ्‍नो स्वभावमा समय र प्रयास लगाउनु हो; एउटा भनेको आफ्‍ना विचार र दृष्टिकोणहरू सुल्झाउनु हो भने, अर्को भनेको आफ्‍नो भ्रष्ट स्वभाव सुल्झाउनु हो। अवश्य नै, यी दुई कुराहरू कहिलेकहीँ सँगसँगै देखा पर्छन् र एक-अर्कासँग सम्‍बन्धित हुन्छन्। जे भए पनि, नकारात्मक संवेगहरू त्याग्‍नु भनेको मानिसहरूले सत्यतालाई पछ्याउँदा अभ्यास गर्नुपर्ने कुरा हो। ठीक छ, आजको सङ्गतिलाई यहीँ समाप्त गरौँ।

अक्टोबर २९, २०२२

अघिल्लो: सत्यता कसरी पछ्याउने (३)

अर्को: सत्यता कसरी पछ्याउने (५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्