सत्यता कसरी पछ्याउने (१७)

हाम्रो पछिल्लो भेलामा हामीले व्यक्तिको परिवारबाट आउने बोझहरू त्याग्‍ने बारेमा सङ्गति गरेका थियौँ। यसले आफ्‍ना आमाबुबाका अपेक्षाहरू त्याग्‍ने विषयलाई छोएको थियो। यी अपेक्षाहरूले प्रत्येक व्यक्तिलाई एक प्रकारको अदृश्य दबाब दिन्छन्, होइन र? (हो।) ती मानिसहरूको परिवारबाट आउने बोझहरूमध्येका एक हुन्। तेरा आमाबुबाका अपेक्षाहरू त्याग्‍नु भनेको तेरा आमाबुबाले तेरो जीवन, अस्तित्व र तैँले लिएको बाटोमा थोपर्ने दबाब र बोझ त्याग्‍नु हो। अर्थात्, जब तेरा आमाबुबाका अपेक्षाहरूले तैँले जीवनमा रोज्‍ने बाटो, तेरो कर्तव्य निर्वाह, तेरो सही मार्गको यात्रा, र तेरो स्वतन्त्रता, अधिकार र स्वाभाविक प्रवृत्तिलाई असर गर्छन्, तब तिनीहरूका अपेक्षाहरूले तँमा एक प्रकारको दबाब र बोझ हालिदिन्छन्। यी बोझहरू मानिसहरूले आफ्नो जीवन, अस्तित्व र परमेश्‍वरमाथिको विश्‍वासको क्रममा त्याग्‍नुपर्ने कुराहरू हुन्। के यो विषयवस्तुबारे हामीले पहिले पनि सङ्गति गरेका छैनौँ र? (छौँ।) स्वाभाविक रूपमा नै, आफ्‍ना आमाबुबाका अपेक्षाले धेरै कुराहरूलाई छुन्छन्, उदाहरणका लागि, व्यक्तिको पढाइ, जागिर, विवाह, परिवार, र उसको करियर, सम्भावना, भविष्य, आदि। आमाबुबाको दृष्टिकोणबाट हेर्दा, आफ्‍ना सन्तानप्रति तिनीहरूमा रहेका सबै अपेक्षाहरू तार्किक, निष्पक्ष र उचित हुन्छन्। आफ्नो सन्तानप्रति अपेक्षाहरू नराख्‍ने आमाबुबा कोही छैनन्। तिनीहरूको अपेक्षा बढी हुन सक्छ वा कम हुन सक्छ, तिनीहरूको अपेक्षा ठूलो हुन सक्छ वा सानो हुन सक्छ, वा निश्‍चित समयमा आफ्नो सन्तानप्रति तिनीहरूको अपेक्षा फरक-फरक हुन सक्छ। तिनीहरूले आफ्‍नो सन्तानले राम्रो अङ्क ल्याओस्, उसको जागिरमा सबै कुरा सहज होस्, उसले राम्रो कमाओस्, र विवाहको हकमा सबै कुरा सहज रूपमा र खुसीसाथ अघि बढोस् भन्‍ने आशा गर्छन्। आमाबुबाले आफ्‍नो सन्तानको परिवार, करियर, सम्भावना, र इत्यादि कुरामा फरक-फरक अपेक्षाहरू समेत राखेका हुन्छन्। आमाबुबाको दृष्टिकोणबाट हेर्दा, यी अपेक्षाहरू सबै अत्यन्तै उचित देखिन्छन्, तर तिनीहरूको सन्तानको दृष्टिकोणबाट हेर्दा, यी विभिन्‍न अपेक्षाहरूले उसको सही निर्णय गर्ने कार्यमा धेरै हदसम्म हस्तक्षेप गर्छन्, र तिनीहरूको स्वतन्त्रता, र सामान्य व्यक्तिका रूपमा तिनीहरूसँग रहेको अधिकार वा हितहरूमा पनि हस्तक्षेप गर्छन्। यसका साथै, यी अपेक्षाहरूले तिनीहरूलाई सामान्य रूपमा आफ्‍नो क्षमता प्रयोग गर्ने काममा पनि हस्तक्षेप गर्छन्। समग्रमा भन्दा, हामीले यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, अर्थात् यसलाई आमाबुबाको दृष्टिकोणबाट हेरे पनि, वा सन्तानको दृष्टिकोणबाट हेरे पनि, यदि आमाबुबाका अपेक्षाहरू सामान्य मानवता भएको व्यक्तिले सहन सक्‍ने दायराभन्दा बढी छन् भने, यदि ती कुराहरूले सामान्य मानवता भएको व्यक्तिको अन्तर्निहित क्षमताले हासिल गर्न सक्‍ने दायरालाई नाघ्छन् भने, वा यदि ती कुराहरूले सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने मानव अधिकार, वा परमेश्‍वरले मानिसहरूलाई दिनुहुने कर्तव्य र दायित्वहरू र यस्ता अन्य कुराहरूलाई पार गर्छन् भने, यी अपेक्षाहरू अनुचित र अनुपयुक्त हुन्छन्। अवश्य नै, आमाबुबाले यस्ता अपेक्षाहरू राख्नु हुँदैन, र यी अपेक्षाहरू हुनै हुँदैन भनेर पनि भन्‍न सकिन्छ। यसको आधारमा, छोराछोरीले आमाबुबाका यी अपेक्षाहरू त्याग्‍नुपर्छ। अर्थात्, जब आमाबुबाले अभिभावकको दृष्टिकोण वा स्थान लिन्छन्, तब तिनीहरूलाई आफूसँग आफ्नो सन्तानले यो गर्नेछ वा त्यो गर्नेछ, र आफ्नो सन्तानले निश्‍चित बाटो समाउनेछ, र निश्चित प्रकारको जीवन, सिक्‍ने वातावरण, वा जागिर, विवाह, परिवार, आदि रोज्नेछ भनेर अपेक्षा गर्ने अधिकार छ भन्‍ने लाग्‍न सक्छ। तैपनि, सामान्य मानिसका रूपमा, आमाबुबाले अभिभावकको दृष्टिकोण वा स्थान लिनु हुँदैन, तिनीहरूले आफ्नो सन्तानलाई आमाबुबाप्रतिको दायित्वको दायराभन्दा बाहिरका कुराहरू वा मानव क्षमताभन्दा बाहिरका कुराहरू गर्न लगाउनका लागि आफ्‍नो अभिभावकको पहिचान प्रयोग गर्नु हुँदैन। तिनीहरूले आफ्नो सन्तानले गर्ने विभिन्‍न निर्णयहरूमा पनि हस्तक्षेप गर्नु हुँदैन, र तिनीहरूले आफ्ना अपेक्षा, प्राथमिकता, कमीकमजोरी र असन्तुष्टि, वा आफ्‍ना कुनै पनि चासोलाई आफ्नो सन्तानमा जबरजस्ती लाद्नु हुँदैन। आमाबुबाले गर्न नहुने कुराहरू यिनै हुन्। जब आमाबुबाले राख्‍न नहुने अपेक्षाहरू राख्छन्, तब तिनीहरूको सन्तानले ती अपेक्षाहरूलाई उचित तरिकाले लिनुपर्छ। अझ महत्त्वपूर्ण कुरा, तिनीहरूको सन्तानले यी अपेक्षाहरूको प्रकृति खुट्ट्याउन सक्‍नुपर्छ। यदि तैँले तेरा आमाबुबाका अपेक्षाहरूले तँलाई तेरो मानव अधिकारबाट वञ्चित गरिरहेका छन्, र यी अपेक्षाहरूले तैँले सकारात्मक कुराहरू र सही मार्ग छनौट गर्ने कार्यमा हस्तक्षेप गर्छन् वा बाधा पुर्‍याउँछन् भन्‍ने कुरा तैँले स्पष्ट रूपमा देख्‍न सक्छस् भने, तैँले यी अपेक्षाहरू त्याग्‍नुपर्छ, र तिनलाई बेवास्ता गर्नुपर्छ। यो तेरो अधिकार भएकोले, अर्थात् परमेश्‍वरले सृष्टि गरिएको प्रत्येक मानवलाई दिनुभएको अधिकार भएकोले तैँले यसो गर्नुपर्छ, र तेरा आमाबुबाले तँलाई जन्‍म दिए र तिनीहरू तेरा आमाबुबा हुन् भन्दैमा तिनीहरूसँग तेरो जीवन मार्ग र तेरो मानव अधिकारमा हस्तक्षेप गर्ने अधिकार छ भनेर सोच्नु हुँदैन। त्यसकारण, सृष्टि गरिएको प्रत्येक प्राणीसँग आमाबुबाले राख्‍ने कुनै पनि अनुचित, अनुपयुक्त, वा असुहाउँदा अपेक्षालाई “हुँदैन” भन्‍ने अधिकार हुन्छ। तैँले आफ्नो आमाबुबाका कुनै पनि अपेक्षाहरू पूरा गर्न पूर्ण रूपमा अस्वीकार गर्न सक्छस्। आफ्‍ना आमाबुबाका कुनै पनि अपेक्षाहरू स्वीकार गर्न वा तिनको भार उठाउन अस्वीकार गर्नु भनेको तिनीहरूका अनुचित अपेक्षाहरू त्याग्‍ने कार्य अभ्यास गर्ने तरिका हो।

आमाबुबाका अपेक्षाहरू त्याग्‍ने कुरा आउँदा, मानिसहरूले कुन-कुन सत्यता बुझ्नुपर्छ? अर्थात्, के तँलाई आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍ने कार्य कुन-कुन सत्यतामा आधारित छ, वा यसले कुन सत्यता सिद्धान्तहरू पालना गर्छ भन्‍ने कुरा थाहा छ? यदि तँलाई तेरा आमाबुबा तेरा लागि संसारको सबैभन्दा नजिकका मानिस हुन्, तिनीहरू तेरा मालिक र तेरा अगुवा हुन्, तिनीहरू तँलाई जन्म दिने र हुर्काउने मानिस हुन्, तँलाई गाँस, बास, कपास, र यातायात उपलब्ध गराउने, तँलाई पालनपोषण गर्ने मानिस हुन्, र तिनीहरू तेरा हितकारी हुन् भन्‍ने लाग्छ भने, के तँलाई तिनीहरूका अपेक्षाहरू त्याग्‍न सजिलो हुनेछ? (हुनेछैन।) यदि तँ यी कुराहरूमा विश्‍वास गर्छस् भने, तैँले आफ्ना आमाबुबाका अपेक्षाहरूलाई दैहिक हिसाबमा लिने सम्भावना धेरै हुनेछ, र तँलाई तिनीहरूका कुनै पनि अनुचित र अनुपयुक्त अपेक्षाहरू त्याग्‍न गाह्रो हुनेछ। तँ तिनीहरूका अपेक्षाहरूद्वारा बाँधिनेछस् र थिचिनेछस्। यदि तैँले आफ्नो हृदयमा असन्तुष्ट र अनिच्छुक महसुस गरिस् भने पनि, तँसँग यी अपेक्षाहरूबाट मुक्त हुने शक्ति हुनेछैन, र तँसँग ती कुरालाई स्वाभाविक रूपमा चल्‍न दिनेबाहेक कुनै विकल्‍प हुनेछैन। तैँले किन ती कुरालाई स्वाभाविक रूपमा चल्‍न दिनुपर्नेछ? किनभने यदि तैँले आफ्ना आमाबुबाका अपेक्षाहरू त्यागिस्, र तिनीहरूका कुनै पनि अपेक्षाहरूलाई बेवास्ता वा अस्वीकार गरिस् भने, तँलाई तँ आफ्‍नो आमाबुबाप्रतिको कर्तव्य पूरा नगर्ने, अकृतज्ञ व्यक्ति होस्, तैँले आफ्ना आमाबुबालाई निराश पारेको छस्, र तँ असल व्यक्ति होइनस् भन्‍ने लाग्‍नेछ। यदि तैँले दैहिक दृष्टिकोणले हेरिस् भने, तैँले आफ्‍ना आमाबुबाको दया-मायाको ऋण चुक्ता गर्न, तेरा लागि तेरा आमाबुबाले गरेको दुःख खेर गएको छैन भन्‍ने कुरा सुनिश्‍चित गर्नका लागि आफ्‍नो विवेक प्रयोग गरेर गर्न सक्‍ने सबै कुरा गर्नेछस्, र तैँले तिनीहरूका अपेक्षाहरू पूरा गर्न पनि चाहनेछस्। तैँले तिनीहरूले तँलाई गर्न लगाउने सबै कुरा हासिल गर्न, तिनीहरूलाई निराश पार्नबाट जोगिन, तिनीहरूलाई राम्रो व्यवहार गर्न कडा प्रयास गर्नेछस्, र तैँले तिनीहरू वृद्ध भएपछि तिनीहरूको हेरचाह गर्ने, तिनीहरूका आखिरी वर्षहरू सुखद होस् भन्‍ने कुरा सुनिश्चित गर्ने निर्णय गर्नेछस्, र तैँले तिनीहरूको अन्त्येष्टि राम्रोसँग पूरा गरेर, तिनीहरूलाई सन्तुष्ट पार्दै कर्तव्यनिष्ठ सन्तान बन्‍ने आफ्‍नो इच्छा साथ-साथ पूरा गर्दै टाढासम्मको सोच्नेछस्। यस संसारमा जिइरहँदा, मानिसहरू विभिन्‍न प्रकारका जनमत र सामाजिक अवस्था, साथै समाजमा लोकप्रिय रहेका विभिन्‍न विचार र दृष्टिकोणहरूबाट प्रभावित हुन्छन्। यदि मानिसहरूले सत्यता बुझेनन् भने, तिनीहरूले यी कुराहरूलाई दैहिक भावनाहरूको दृष्टिकोणबाट मात्र हेर्न सक्छन्, साथ-साथै, तिनीहरूले यी कुराहरूलाई त्यस दृष्टिकोणबाट मात्र सम्हाल्न सक्छन्। यस अवधिमा, तँलाई तेरा आमाबुबाले आमाबुबा भएर गर्न नहुने धेरै कामहरू गर्छन् भन्‍ने लाग्नेछ, यहाँसम्‍म कि तेरा आमाबुबाका केही काम र व्यवहार, साथै तिनीहरूको मानवता, चरित्र, र तिनीहरूको काम गर्ने विधि र तरिकाहरूप्रति तँलाई अन्तस्करणमा तिरस्कार र घृणासमेत महसुस हुनेछ, तैपनि तैँले तिनीहरूलाई सम्मान गर्न र सन्तुष्ट पार्न एक आमाबुबा प्रेमी सन्तान बन्‍न चाहनेछस्, र तैँले तिनीहरूलाई कुनै पनि हिसाबले बेवास्ता गर्ने हिम्मत गर्नेछैनस्। तैँले एक हिसाबमा समाजको तिरस्कारबाट जोगिन यसो गर्नेछस्, र अर्को हिसाबमा, आफ्‍नो विवेकका आवश्यकताहरू पूरा गर्न यसो गर्नेछस्। यी सबै विचारहरू मानवजाति र समाजले तँमा हालिदिएका हुन्, त्यसैले तँलाई तेरा आमाबुबाका अपेक्षा र तिनीहरूसँगको तेरो सम्बन्धलाई तर्कसङ्गत ढङ्गले सम्हाल्न निकै गाह्रो हुनेछ। तँ आमाबुबालाई माया गर्ने सन्तानका रूपमा तिनीहरूलाई लिन, र आफ्‍ना आमाबुबाका कुनै पनि कार्यको विरोध नगर्न बाध्य हुनेछस्; तँसँग अरू कुनै विकल्प हुनेछैन, तैँले यो काम मात्र गर्न सक्नेछस्, त्यसैले, तँलाई आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍न झनै गाह्रो हुनेछ। यदि तैँले ती कुराहरूलाई साँच्‍चै हृदयबाट त्यागिस् भने, तैँले अझै पनि अर्को बोझ वा दबाब सहनुपर्नेछ, जुन समाज, तेरा आफन्त र नजिकको परिवारले गर्ने निन्दा हो। तैँले तँ केही पनि होइनस्, तँ आमाबुबालाई माया गर्ने सन्तान होइनस्, तँ अकृतज्ञ छस्, वा सांसारिक समाजका मानिसहरूले भन्‍ने “तँ बैगुनी होस्, तँ अटेरी छस्, र तेरी आमाले तँलाई राम्ररी हुर्काइनन्” भन्‍ने जस्ता आफ्‍नो हृदयको गहिराइबाट आएको निन्दा, भर्त्सना, श्राप र घृणासमेत सहनुपर्नेछ—अर्को शब्दमा भन्दा, सबै प्रकारका अप्रिय कुराहरू। यदि तैँले सत्यता बुझिनस् भने, तँ यस प्रकारको आपत्‌मा पर्नेछस्। अर्थात्, जब तैँले आफ्नो हृदयको गहिराइबाट आफ्ना आमाबुबाका अपेक्षाहरूलाई तर्कसङ्गत ढङ्गले त्याग्छस्, वा जब तैँले इच्छा नलागी ती कुराहरूलाई त्याग्छस्, तब तेरो हृदयको गहिराइमा अर्को प्रकारको बोझ वा दबाब उत्पन्‍न हुन्छ; यो दबाब समाज र तेरो विवेकको प्रभावबाट आउँछ। त्यसोभए, तैँले कसरी आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍न सक्छस्? यो समस्या समाधान गर्ने एउटा तरिका छ। यो गाह्रो छैन—मानिसहरूले सत्यतामा मेहनत गर्नुपर्छ, र सत्यता खोजी गर्न र बुझ्नका लागि परमेश्‍वरसामु आउनुपर्छ, त्यसपछि समस्या समाधान हुनेछ। त्यसोभए, तैँले आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्दा जनमतको निन्दा, वा तेरो हृदयको गहिराइमा तेरो विवेकको निन्दा, वा तेरा आमाबुबाका निन्दा र मौखिक दुर्व्यवहारको बोझदेखि नडराउनका लागि तैँले सत्यताको कुन पक्ष बुझ्न आवश्यक हुन्छ? (हामी परमेश्‍वरको अघि सृष्टि गरिएका प्राणीहरू मात्र हौँ। यस संसारमा, हामीले हाम्रा आमाबुबाप्रतिका आफ्‍ना जिम्मेवारीहरू मात्र होइन, तर अझ महत्त्वपूर्ण रूपमा, हामीले हाम्रा कर्तव्यहरू पनि राम्ररी निभाउनुपर्छ र हाम्रा दायित्वहरू पूरा गर्नुपर्छ। यदि हामीले यो कुरालाई स्पष्टसँग देख्न सक्यौँ भने, सायद भविष्यमा हामीले हाम्रा आमाबुबाका अपेक्षाहरू त्याग्दा, हामी हाम्रा आमाबुबाबाट वा जनमतको निन्दाबाट त्यति धेरै प्रभावित हुनेछैनौँ।) यसबारे अरू कसले बोल्ने? (पछिल्लो पटक, परमेश्‍वरले के कुराको बारेमा सङ्गति गर्नुभयो भने, जब हामी आफ्‍ना कर्तव्यहरू पूरा गर्न घरबाट निस्कन्छौँ, तब एक हिसाबले यो वस्तुगत परिस्थितिहरूको कारणले हुन्छ—हामीले आफ्‍ना कर्तव्यहरू पूरा गर्न आफ्‍ना आमाबुबालाई छोड्नैपर्छ, त्यसकारण हामी तिनीहरूको हेरचाह गर्न सक्दैनौँ—हामी आफ्‍ना जिम्‍मेवारीहरूबाट जोगिने प्रयास गरेका कारण हामीले तिनीहरूलाई छोड्ने प्रयास गरिरहेका हुँदैनौँ। अर्को हिसाबमा, परमेश्‍वरले हामीलाई आफ्नो कर्तव्य निर्वाह गर्न बोलाउनुभएको हुनाले हामी हाम्रो घर छोडेर जान्छौँ, त्यसैले हामी हाम्रा आमाबुबालाई साथ दिन सक्दैनौँ, तर हामी अझै पनि तिनीहरूको बारेमा चिन्ता गर्छौँ—यो हामीले तिनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न नचाहनु र तिनीहरूप्रतिको प्रेम प्रकट गर्न नचाहनुभन्दा फरक कुरा हो।) यी दुई कारण मानिसहरूले बुझ्नुपर्ने सत्यता र तथ्य हुन्। यदि मानिसहरूले यी कुराहरू बुझे भने, तिनीहरूले आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्दा आफ्नो हृदयको गहिराइमा अलिकति नीरव र अलिक बढी शान्ति महसुस गर्नेछन्, तर के यसले यो समस्यालाई जरैबाट उखेल्न सक्छ? यदि वृहत् बाह्य परिस्थितिहरूको प्रभाव नहुने हो भने, के तेरो भाग्य तेरो आमाबुबाको भाग्यसँग जोडिएको हुन्थ्यो? यदि तैँले परमेश्‍वरमा विश्‍वास नगर्ने भए, र तैँले सामान्य तरिकाले काम गर्थिस् र आफ्‍ना दिनहरू बिताउँथिस् भने, के तैँले निश्‍चित रूपमा आफ्ना आमाबुबालाई साथ दिन सक्‍नेथिइस्? के तँ निश्‍चित रूपमा आमाबुबाप्रति कर्तव्यनिष्ठ सन्तान बन्‍न सक्‍नेथिइस्? के तैँले निश्‍चित रूपमा तिनीहरूको साथमा बसेर तिनीहरूको दया-मायाको ऋण तिर्न सक्‍नेथिइस्? (सक्नेथिएँ नै भनेर भन्न सक्दिनँ।) के आफ्नो सम्पूर्ण जीवनभरि आफ्ना आमाबुबाको दया-मायाको ऋण चुक्ता गर्नका लागि मात्रै काम गर्ने कुनै व्यक्ति छ? (छैन।) त्यस्ता मानिस कोही छैनन्। त्यसकारण, तैँले यस कुरालाई जान्‍नुपर्छ र यसको सारलाई फरक दृष्टिकोणबाट हेर्नुपर्छ। तैँले यस मामिलाभित्र बुझ्‍नुपर्ने गहन सत्यता यही हो। यो एउटा तथ्य पनि हो, र त्योभन्दा बढी, यो यी कुराहरूको सार हो। तैँले आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍ने कार्यभित्र तैँले बुझ्नुपर्ने सत्यताहरू के-के हुन्? एक हिसाबले, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्‍ने कुरा बुझ्‍नुपर्छ; अर्को हिसाबले, तैँले तेरा आमाबुबा तेरो जीवन वा नियतिका मालिक होइनन् भन्‍ने कुरा बुझ्‍नुपर्छ। के यो सत्यता होइन र? (हो।) यदि तैँले यी दुई सत्यता बुझिस् भने, के तँलाई आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍न सजिलो हुनेछैन र? (हुनेछ।)

सुरुमा, हामी सत्यताको यो पक्षबारे कुरा गर्नेछौँ: “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्।” तेरा आमाबुबा तेरा ऋणदाता होइनन्—यसले केलाई जनाउँछ? के यसले तँलाई हुर्काएर तेरा आमाबुबाले तँलाई देखाएको दया-मायालाई जनाउँदैन र? (जनाउँछ।) तेरा आमाबुबाले तँलाई हुर्काएर दया-माया देखाए, त्यसैले तँलाई तिनीहरूसँगको आफ्नो सम्बन्ध त्याग्‍न धेरै गाह्रो हुन्छ। तँलाई के लाग्छ भने, तैँले तिनीहरूको दया-मायाको ऋण तिर्नुपर्छ, नत्र भने, तँ आमाबुबालाई माया नगर्ने सन्तान हुनेछस्; तँलाई के लाग्छ भने, तैँले तिनीहरूलाई पैतृक निष्ठा देखाउनुपर्छ, तिनीहरूको हरेक शब्‍द पालना गर्नुपर्छ, तिनीहरूको हरेक इच्छा र माग पूरा गर्नुपर्छ, र साथै तिनीहरूलाई निराश तुल्याउनु हुँदैन—तँलाई यसो गर्नु भनेको तिनीहरूको दया-मायाको ऋण तिर्नु हो भन्‍ने लाग्छ। अवश्‍य नै, कतिपय मानिसहरूले राम्रो जागिर पाएका हुन्छन् र राम्रो तलब पाउँछन्, र तिनीहरूले आफ्ना आमाबुबालाई केही भौतिक सुख र राम्रो भौतिक जीवन दिन्छन्, आमाबुबाले पनि तिनीहरूको सफलताको फल चाख्न, र सुखद जीवन बिताउन पाउँछन्। उदाहरणका लागि, मानौँ तैँले आफ्‍ना आमाबुबालाई खुसी पार्न र विभिन्‍न कुराहरूको आनन्द दिनका लागि घर र गाडी किनेर दिन्छस्, तिनीहरूलाई हरप्रकारका व्यञ्जन खान विलासी रेस्टुरेन्टहरूमा लैजान्छस्, र तँ तिनीहरूलाई पर्यटकीय गन्तव्यहरूको यात्रामा लैजान्छस् र तिनीहरूलाई विलासी होटलहरूमा राख्छस्। तैँले आफ्ना आमाबुबाको दया-मायाको ऋण तिर्न, तेरा आमाबुबाले तँलाई हुर्काएर अनि प्रेम गरेर त्यसको बदलामा केही पाएका छन्, र तैँले तिनीहरूलाई निराश तुल्याएको छैनस् भनेर तिनीहरूलाई महसुस गराउनका लागि नै यो सब गर्छस्। एक हिसाबले, तैँले आफ्ना आमाबुबालाई देखाउनका लागि यसो गर्छस्, अर्को हिसाबले, तेरा वरपरका मानिसहरूलाई देखाउनका लागि, समाजलाई देखाउनका लागि यसो गर्छस्, यसको साथै तैँले आफ्नो विवेकका आवश्यकताहरू पूरा गर्न सक्दो प्रयास गरिरहेको हुन्छस् तैँले यसलाई जसरी हेरे पनि, तैँले जुन कुरालाई सन्तुष्ट पार्ने प्रयास गरे पनि, यी सबै कार्यहरू धेरै हदसम्म तेरा आमाबुबाको दया-मायाको ऋण चुक्ता गर्नका लागि गरिएका हुन्छन्, र यी कार्यहरूको सार भनेको तेरा आमाबुबाले तँलाई हुर्काएर देखाएको दया-मायाको ऋण चुक्ता गर्नु हो। त्यसोभए, तँमा किन आफ्ना आमाबुबाको मायाको ऋण चुक्ता गर्ने यो विचार हुन्छ? तँलाई तेरा आमाबुबाले जन्म दिएका हुन्, र तँलाई हुर्काउन तिनीहरूलाई सजिलो थिएन भन्‍ने लाग्‍ने हुनाले तँ यसो गर्छस्; यसरी तेरा आमाबुबा अदृश्य रूपमा तेरा ऋणदाता बन्छन्। तँलाई आफू आफ्ना आमाबुबाप्रति ऋणी छु, र आफूले आफ्ना आमाबुबाको ऋण तिर्नुपर्छ भन्‍ने लाग्छ। तँलाई तिनीहरूको ऋण चुक्ता गरेर मात्र तँमा मानवता हुनेछ, र तँ साँच्‍चिकै कर्तव्यनिष्ठ सन्तान हुनेछस्, र तिनीहरूको ऋण चुक्ता गर्नु भनेको व्यक्तिमा हुनुपर्ने नैतिक मानक हो भन्‍ने लाग्छ। त्यसोभए, सारगत हिसाबमा भन्दा, तैँले तँ आफ्ना आमाबुबाप्रति ऋणी छस्, र तैँले तिनीहरूको ऋण तिर्नैपर्छ भन्‍ने विश्‍वास गर्ने हुनाले यी विचार, दृष्टिकोण र व्यवहारहरू पैदा हुन्छन्; धेरै हदसम्म, तेरा आमाबुबा तेरा ऋणदाता हुन्, अर्थात्, तँ तिनीहरूले तँलाई देखाएको दया-मायाका लागि तिनीहरूको ऋणी छस् भन्‍ने विश्‍वास गर्छस्। अब अहिले तँसँग तिनीहरूको ऋण तिर्ने र तिनीहरूलाई भरपाई दिने क्षमता भएको हुनाले, तैँले त्यसो गर्छस्—तेरो क्षमताअनुसार, तँ तिनीहरूलाई भरपाई गर्न पैसा र स्‍नेह प्रयोग गर्छस्। त्यसोभए, के यसो गर्नु साँचो मानवताको प्रदर्शन हो? के यो अभ्यासको साँचो सिद्धान्त हो? (होइन।) तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भनेर म किन भन्छु? “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने भनाइ सत्यता भएको हुनाले, यदि तैँले आफ्ना आमाबुबालाई तेरा हितकारी र ऋणदाता ठान्छस् भने, र तैँले गर्ने सबै कुरा तिनीहरूको दया-मायाको ऋण तिर्नका लागिहो भने, के यो विचार र दृष्टिकोण सही हो? (होइन।) के “होइन” भनेर मन नलागी-नलागी भनेनौ र? यी भनाइहरूमध्ये कुनचाहिँ सत्यता हो: “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” कि “तेरा आमाबुबा तेरा हितकारी हुन्, र तैँले तिनीहरूको ऋण तिर्नुपर्छ”? (“तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने कथन सत्यता हो।) “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने कथन सत्य भएकोले, के “तेरा आमाबुबा तेरा हितकारी हुन्, र तैँले तिनीहरूको ऋण तिर्नुपर्छ” भन्‍ने कथन सत्यता हो त? (होइन।) के यो कुरा यो कथनसँग बाझिँदैन र: “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्”? (बाझिन्छ।) यीमध्ये कुन अभिव्यक्तिले तेरो विवेकलाई दोषी महसुस गराउँछ भन्‍ने कुरा महत्त्वपूर्ण छैन—के महत्त्वपूर्ण छ त? यी अभिव्यक्तिहरूमध्ये कुन सत्यता हो भन्‍ने कुराचाहिँ महत्त्वपूर्ण छ। तैँले सत्य अभिव्यक्तिलाई नै स्वीकार गर्नुपर्छ, चाहे यसो गर्दा यसले तेरो विवेकलाई असहज र दोषी महसुस नै किन नगराओस्, किनभने यो सत्यता हो। “तेरा आमाबुबा तेरा हितकारी हुन्, र तैँले तिनीहरूको ऋण तिर्नुपर्छ” भन्‍ने अभिव्यक्ति मानिसको मानवताको नैतिक मानक र मानिसको विवेकको सचेतनासँग मिल्‍ने भए पनि, यो सत्यता होइन। यो अभिव्यक्तिले तेरो विवेकलाई सन्तुष्ट र सहज महसुस गराउने भए पनि, तैँले यसलाई त्याग्नैपर्छ। सत्यता स्वीकार गर्ने विषयमा तँमा हुनुपर्ने मनोवृत्ति यही हो। त्यसोभए, “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” र “तेरा आमाबुबा तेरा हितकारी हुन्, र तैँले तिनीहरूको ऋण तिर्नुपर्छ” भन्‍ने दुई अभिव्यक्तिहरूमध्ये कुन अभिव्यक्ति बढी सहज छ, कुन तेरो मानवता र विवेकसँग मिल्छ, र कुन मानवताको नैतिक मानकसँग अझै बढी मिल्छ? (दोस्रो अभिव्यक्ति।) किन दोस्रो अभिव्यक्ति? किनभने यसले मानिसको भावनात्मक आवश्यकताहरूलाई पूरा र सन्तुष्ट गर्छ। तैपनि, यो सत्यता होइन, र परमेश्‍वरले यसलाई घृणा गर्नुहुन्छ। त्यसोभए, के “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने अभिव्यक्तिले मानिसहरूलाई असहज महसुस गराउँछ? (गराउँछ।) यो अभिव्यक्ति सुनेपछि मानिसहरूले के महसुस र अनुभूति गर्छन्? (यसमा विवेकको अलिक कमी छ।) तिनीहरूले यसमा मानवीय भावनाको कमी छ भन्‍ने महसुस गर्छन्, होइन र? (हो।) कतिपय मानिसहरूले यसो भन्छन्, “यदि कुनै व्यक्तिमा मानवीय भावनाहरू छैनन् भने, के ऊ अझै पनि मानव हो र?”—यदि मानिसहरूमा मानवीय भावनाहरू छैनन् भने, के तिनीहरू मानव हुन्? “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने कथनमा मानवीय भावनाको कमी छ जस्तो देखिन्छ, तर यो एउटा तथ्य हो। यदि तैँले आफ्‍ना आमाबुबासँगको सम्बन्धलाई तर्कसङ्गत ढङ्गले हेरिस् भने, तैँले “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने अभिव्यक्तिले आफ्ना आमाबुबासँगको प्रत्येक व्यक्तिको सम्बन्धलाई, र पारस्परिक सम्बन्धको सार र जरालाई मूलबाट नै स्पष्ट रूपमा व्याख्या गरेको छ। यसले तेरो विवेकलाई असहज महसुस गराउने भए पनि, र यसले तेरा भावनात्मक आवश्यकताहरू पूरा नगर्ने भए पनि, यो तथ्य नै हो, र यो सत्यता नै हो। यो सत्यताले तँलाई तेरा आमाबुबाले तँलाई हुर्काएर देखाएको मायालाई तर्कसङ्गत ढङ्गले र सही तरिकाले लिने तुल्याउन सक्छ। यसले तँलाई तेरा आमाबुबाका कुनै पनि अपेक्षाहरूलाई तर्कसङ्गत र सही तरिकाले लिने तुल्याउन पनि सक्छ। स्वाभाविक रूपमा नै, यो तँलाई आफ्‍ना आमाबुबासँगको सम्बन्धलाई तर्कसङ्गत र सही तरिकाले लिन सक्‍ने बनाउन अझै बढी सक्षम छ। यदि तैँले आफ्नो आमाबुबासँगको सम्‍बन्धलाई त्यसरी लिन सकिस् भने, तैँले यसलाई तर्कसङ्गत ढङ्गले सम्हाल्न सक्छस्। कतिपय मानिसहरूले यसो भन्छन्: “यी सत्यताहरू राम्ररी प्रस्तुत गरिएका छन्, र ती निकै जोसिला देखिन्छन्, तर मानिसहरूले यी कुरा सुन्दा, तिनीहरूलाई किन ती हासिल गर्न अलि असम्भव लाग्छ? विशेषगरी ‘तेरा आमाबुबा तेरा ऋणदाता होइनन्’ भन्‍ने कथन—यो सत्यता सुनेपछि मानिसहरूले किन आफ्ना आमाबुबासँगको सम्बन्ध झन् टाढिएको र बिरानो बनेको महसुस गर्छन्? तिनीहरूले किन आफू र आफ्‍ना आमाबुबाको बीचमा कुनै स्‍नेह छैन जस्तो महसुस गर्छन्?” के सत्यताले जानी-जानी मानिसहरूलाई एक-अर्काबाट टाढा राख्‍ने प्रयास गरिरहेको छ? के सत्यताले जानी-जानी मानिस र तिनीहरूका आमाबुबाबीचको सम्बन्धलाई तोड्ने प्रयास गरिरहेको छ? (छैन।) त्यसोभए, यो सत्यता बुझेर के-कस्ता परिणामहरू प्राप्त गर्न सकिन्छ? (यो सत्यताको बुझाइले हामीले आफ्‍ना आमाबुबासँगको हाम्रो सम्बन्धलाई वास्तविक रूपमा देख्ने तुल्याउन सक्छ—यो सत्यताले हामीलाई यस कुराको वास्तविक प्रकृतिका बारेमा बताउँछ।) ठीक भन्यौ, यसले तँलाई यस कुराको वास्तविक प्रकृति देख्‍न, यी कुराहरूलाई तर्कसङ्गत ढङ्गले लिन र सम्‍हाल्‍न, र आफ्‍नो स्‍नेहमा वा भौतिक अन्तर्वैयक्तिक सम्बन्धहरूमा नजिउन सक्‍ने तुल्याउँछ, होइन र?

“तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने भनाइलाई कसरी व्याख्या गर्नुपर्छ भन्‍ने बारेमा कुरा गरौँ। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्—के यो एउटा तथ्य होइन र? (हो।) यो तथ्य भएकोले, हामीले यसभित्र रहेका कुराहरू व्याख्या गर्नु उचित हुन्छ। तेरा आमाबुबाले तँलाई जन्म दिने कुरालाई हेरौँ। तिनीहरूले तँलाई जन्माऊन् भनेर कसले निर्णय गरेको थियो: तैँले कि तेरा आमाबुबाले? कसले कसलाई रोजेको हो? यदि तैँले यसलाई परमेश्‍वरको दृष्टिकोणबाट हेरिस् भने, जवाफ यस्तो हुन्छ: कसैले पनि होइन। तँलाई जन्‍म दिनका लागि न त तैँले निर्णय गरिस्, न त तेरा आमाबुबाले नै। यदि तैँले यस कुराको जडलाई हेरिस् भने, यो परमेश्‍वरद्वारा निर्धारित गरिएको हो। हामी यो विषयलाई अहिलेका लागि पन्छाउनेछौँ, किनकि मानिसहरूलाई यो कुरा बुझ्न सहज नै हुन्छ। तेरो दृष्टिकोणबाट हेर्दा, तँ निष्क्रिय रूपमा तेरा आमाबुबाबाट जन्मिएको थिइस्, र यस विषयमा तँसँग कुनै विकल्प थिएन। तेरा आमाबुबाको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले आफ्‍नै स्वतन्त्र इच्छाले तँलाई जन्म दिएका हुन्, होइन र? अर्को शब्दमा भन्दा, परमेश्‍वरको हुकुमलाई पन्छाएर हेर्दा, जब तँलाई जन्म दिने कुरामा तेरा आमाबुबासँग सबै निर्णय गर्ने शक्ति थियो। तिनीहरूले तँलाई जन्माउने छनौट गरे, र तिनीहरूले सबै कुराको निर्णय गरे। तिनीहरूले तँलाई जन्माऊन् भनेर तैँले तिनीहरूका लागि निर्णय गरिनस्, तँ तिनीहरूबाट निष्क्रिय रूपमा जन्मिएको थिइस्, र तँसँग यस विषयमा कुनै विकल्प थिएन। त्यसकारण, तेरा आमाबुबासँग नै निर्णय गर्ने सबै शक्ति भएकोले, र तिनीहरूले तँलाई जन्म दिने निर्णय गरेकोले, तँलाई हुर्काउने, बढाएर वयस्क बनाउने, शिक्षा दिने, खुवाउने, लुगा लगाउने र पैसा दिने दायित्व र जिम्मेवारी तिनीहरूको नै हुन्छ—यो तिनीहरूको जिम्मेवारी र दायित्व हो, र तिनीहरूले गर्नुपर्ने कुरा यही हो। जबकि तिनीहरूले तँलाई हुर्काइरहेका बेला तँ सधैँ निष्क्रिय थिइस्, तँसँग छनौट गर्ने अधिकार थिएन—तिनीहरूले नै तँलाई हुर्काउनुपर्थ्यो। तँ सानै भएकोले, तँसँग आफूलाई हुर्काउने क्षमता थिएन, तँसँग तेरा आमाबुबाको हातबाट निष्क्रिय रूपमा हुर्किनेबाहेक अरू कुनै विकल्प थिएन। तँलाई तेरा आमाबुबाले रोजेको तरिकाले हुर्काइयो, यदि तिनीहरूले तँलाई राम्रो खानपान दिए भने, तँ त्यो राम्रो खानपान गर्थिस्। यदि तेरा आमाबुबाले तँलाई भूस र जङ्गली सागसब्जी खाएर बाँच्‍ने वातावरण दिएका भए, तँ भूस र जङ्गली सागसब्जी नै खाएर बाँच्थिस्। जे भए पनि, जब तँ हुर्किरहेको थिइस्, तब तँ निष्क्रिय थिइस्, र तेरा आमाबुबाले आफ्नो जिम्मेवारी पूरा गरिरहेका थिए। यो कुरा त तेरा आमाबुबाले कुनै फूलको हेरचाह गरेजस्तै हो। तिनीहरूले फूलको हेरचाह गर्न चाहने हुनाले, तिनीहरूले त्यसलाई मलजल गर्नुपर्छ, र त्यसले घामको प्रकाश पाउने सुनिश्चित गर्नुपर्छ। त्यसैले, मानिसहरूका सन्दर्भमा भन्दा, तेरा आमाबुबाले तँलाई सावधानीपूर्वक हेरचाह गरे पनि वा तेरो राम्रो देखभाल गरे पनि, जे भए पनि तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए। तिनीहरूले तँलाई जुन कारणले हुर्काए पनि, त्यो तिनीहरूको जिम्मेवारी थियो—तिनीहरूले तँलाई जन्म दिएका हुनाले, तिनीहरूले तेरो जिम्मेवारी लिनुपर्छ। यसको आधारमा, के तेरा आमाबुबाले तेरा लागि गरेका सबै कुरालाई मायाका रूपमा लिन सकिन्छ? सकिँदैन, होइन र? (हजुर।) तेरा आमाबुबाले तँप्रतिको जिम्मेवारी पूरा गर्ने कार्यलाई तेरा आमाबुबाको मायाका रूपमा लिन मिल्दैन, त्यसैले यदि तिनीहरूले फूल वा बोटबिरुवाप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्छन्, त्यसलाई मलजल गर्छन् भने, के त्यो मायाका रूपमा गणना हुन्छ? (हुँदैन।) त्यो त झन् माया हुँदै होइन। फूलहरू र बोटबिरुवाहरू बाहिर नै राम्रोसँग बढ्छन्—यदि तिनलाई हावा, घाम र वर्षाको पानी पाउने गरी जमिनमा रोपिए भने, ती फस्टाउँछन्। तिनलाई घरभित्र गमलामा रोपियो भने बाहिर जस्तो फस्टाउँदैनन्, तर ती जहाँ भए पनि, बाँचिरहेका त हुन्छन् नि, होइन र? ती जहाँ भए पनि, यो कुरा परमेश्‍वरले नै निर्धारित गर्नुभएको हुन्छ। तँ जीवित व्यक्ति होस्, र परमेश्‍वरले हरेक जीवनको जिम्मेवारी लिनुहुन्छ, यसलाई बाँच्न सक्‍ने तुल्याउनुहुन्छ, र सृष्टि गरिएका सबै प्राणीहरूले पालना गर्नुपर्ने नियम पालना गर्न लगाउनुहुन्छ। तर एक व्यक्तिका रूपमा, तँ आफ्‍ना आमाबुबाले तँलाई हुर्काएको परिवेशमा जिउँछस्, त्यसैले तँ त्यही वातावरणमा हुर्कनुपर्छ र रहनुपर्छ। तँ धेरै हदसम्म परमेश्‍वरको निर्धारणका कारण त्यस परिवेशमा जिउँछस्; केही हदसम्म, तेरा आमाबुबाले तँलाई हुर्काएको कारणले त्यसो हुन्छ, होइन र? जे भए पनि, तँलाई हुर्काएर तेरा आमाबुबाले आफ्‍नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँलाई हुर्काएर वयस्क बनाउनु तिनीहरूको दायित्व र जिम्मेवारी हो, र यसलाई दया-माया भन्‍न मिल्दैन। यदि यसलाई दया-माया भन्‍न सकिँदैन भने, के यो तैँले आनन्द लिनुपर्ने कुरा होइन र? (हो।) यो तैँले पाउनुपर्ने एक प्रकारको अधिकार हो। तँलाई तेरा आमाबुबाले हुर्काउनुपर्छ, किनभने तँ वयस्क हुनुभन्दा पहिले, तैँले खेल्ने हुर्कँदै गरेको बच्‍चाको भूमिका खेल्छस्। त्यसकारण, तेरा आमाबुबाले तँप्रतिको एक प्रकारको जिम्मेवारी मात्रै पूरा गरिरहेका हुन्छन्, र तैँले त्यसलाई लिइरहेको हुन्छस् मात्रै, तर तैँले तिनीहरूबाट पक्‍कै पनि अनुग्रह वा दया-माया प्राप्त गरिरहेको हुँदैनस्। कुनै पनि जीवित प्राणीका लागि, सन्तान जन्माउनु र तिनको हेरचाह गर्नु, प्रजनन गर्नु, र अर्को पुस्तालाई हुर्काउनु भनेको एक प्रकारको जिम्मेवारी हो। उदाहरणका लागि, चराचुरुङ्गी, गाईवस्तु, भेडा, र बाघले पनि प्रजनन गरेपछि आफ्नो सन्तानको हेरचाह गर्नुपर्छ। आफ्नो सन्तानलाई नहुर्काउने कुनै जीवित प्राणी छैन। केही अपवादहरू हुन सक्छन्, तर ती धेरै छैनन्। यो जीवित प्राणीहरूको अस्तित्वमा रहेको प्राकृतिक अवस्था नै हो, यो जीवित प्राणीहरूको अन्तर्निहित प्रवृत्ति हो, र यसलाई दया-मायाका रूपमा लिन सकिँदैन। तिनीहरूले त सृष्टिकर्ताले जनावरहरू र मानवजातिका लागि तोक्‍नुभएको नियमको पालना मात्रै गरिरहेका हुन्छन्। त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउनु भनेको एक प्रकारको दया-माया होइन। यसका आधारमा के भन्‍न सकिन्छ भने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तिनीहरूले तेरा लागि जतिसुकै मेहनत गरे पनि र पैसा खर्च गरे पनि, तिनीहरूले तँलाई त्यसको भरपाई माग्‍नु हुँदैन, किनभने आमाबुबाका रूपमा तिनीहरूको जिम्मेवारी यही नै हो। यो जिम्मेवारी र दायित्व भएको हुनाले, यो निःशुल्क हुनुपर्छ, र तिनीहरूले भरपाई माग्‍नु हुँदैन। तँलाई हुर्काएर, तेरा आमाबुबाले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरिरहेका थिए, र यसको ऋण तिर्नु पर्दैन, र यो लेनदेनको कार्य बन्‍नु हुँदैन। त्यसकारण, तैँले भरपाई गर्ने विचारअनुसार आफ्ना आमाबुबासँग व्यवहार गर्ने वा तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्ने गर्नु हुँदैन। यदि तैँले यस विचारका आधारमा आफ्ना आमाबुबासँग व्यवहार गर्छस्, तिनीहरूप्रतिको ऋण तिर्छस्, र तिनीहरूसँगको सम्‍बन्धलाई सम्हाल्छस् भने, त्यो अमानवीय हुन्छ। साथ-साथै, यसले तँलाई तेरा दैहिक भावनाहरूको नियन्त्रण र बन्धनमा पार्ने सम्‍भावना हुन्छ, र तँलाई यी उल्झनहरूबाट बाहिर निस्कन गाह्रो हुनेछ, यहाँसम्‍म कि तैँले आफ्नो बाटो बिराउनसमेत सक्छस्। तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, त्यसैले तँसँग तिनीहरूका सबै अपेक्षाहरू पूरा गर्ने दायित्व हुँदैन। तँसँग तिनीहरूको अपेक्षाहरू पूर्ति गर्ने कुनै दायित्व हुँदैन। अर्थात्, तिनीहरूका आफ्नै अपेक्षाहरू हुन सक्छन्। तेरा आफ्‍नै रोजाइहरू, र परमेश्‍वरले तेरा लागि निर्धारित गर्नुभएको जीवन मार्ग र गन्तव्य छन्, र तेरा आमाबुबासँग तिनको कुनै सरोकार हुँदैन। त्यसकारण, तेरा आमाबुबामध्ये एक जनाले: “तँ आमाबुबालाई प्रेम नगर्ने सन्तान होस्। तँ यति वर्षसम्म मलाई भेट्न आएनस्, र तैँले मलाई फोन नगरेको धेरै दिन भयो। म बिरामी छु र मेरो हेरचाह गर्ने कोही छैन। मैले साँच्‍चै तँलाई व्यर्थैमा हुर्काएँ। तँ साँच्‍चै बैगुनी होस्, र अकृतज्ञ सन्तान होस्!” भनेर भन्दा यदि तँ “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने सत्यता बुझ्दैनस् भने, यी शब्दहरू सुन्दा छुराले मुटु रोपेजस्तै पीडादायी हुनेछ, र तेरो विवेकले दोषी महसुस गर्नेछ। यी प्रत्येक शब्दहरू तेरो हृदयमा गाडिनेछन्, र तिनले तँलाई आफ्‍ना आमाबुबाको मुख हेर्न लज्‍जित भएको, आफ्‍ना आमाबुबाप्रति ऋणी भएको, र तिनीहरूप्रति दोषी भावनाले भरिएको महसुस गराउनेछन्। तेरा आमाबुबाले तँलाई तँ कसैको वास्ता नगर्ने बैगुनी होस् भनेर भन्दा, तँलाई वास्तवमै यस्तो महसुस हुनेछ: “तिनीहरूले साँच्‍चै सही कुरा भने। तिनीहरूले मलाई हुर्काएर यत्रो बनाए, र तिनीहरूले मेरो सफलताको फल पाउन सकेका छैनन्। अहिले तिनीहरू बिरामी छन्, र म तिनीहरूको सेवा गर्दै र तिनीहरूलाई साथ दिँदै तिनीहरूको छेउमा बसूँ भन्‍ने आशा गर्छन्। तिनीहरू मैले तिनीहरूको दया-मायाको ऋण तिरेको हेर्न चाहन्थे, तर म तिनीहरूसँग थिइनँ। म वास्तवमै कसैको वास्ता नगर्ने बैगुनी हुँ!” तैँले आफूलाई कसैको वास्ता नगर्ने बैगुनीका रूपमा वर्गीकरण गर्छस्—के त्यो तर्कसङ्गत छ? के तँ कसैको वास्ता नगर्ने बैगुनी होस्? यदि तँ आफ्नो कर्तव्य पूरा गर्न आफ्नो घरबाट बाहिर अन्यत्र नगएर आफ्नो आमाबुबाको साथमा बसेको भए, के तैँले तिनीहरूलाई बिरामी पर्नबाट जोगाउन सक्थिस्? (सक्थिनँ।) के तैँले तेरा आमाबुबा बाँच्छन् कि मर्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्छस्? के तैँले तिनीहरू धनी हुन्छन् कि गरिब हुन्छन् भनेर नियन्त्रण गर्न सक्छस्? (सक्दिनँ।) तेरा आमाबुबालाई जुनसुकै रोग लागे पनि, तँलाई हुर्काउँदा धेरै थकित भएर, वा तिनीहरूलाई तेरो धेरै याद आएर त्यस्तो भएको हुँदैन; विशेषगरी तिनीहरू तेरो कारणले गर्दा कुनै पनि ठूला, गम्भीर, र सम्भवतः घातक रोगहरूको सिकार हुनेछैनन्। त्यो तिनीहरूको भाग्य हो, र तँसँग त्यसको कुनै सम्बन्ध हुँदैन। तैँले आमाबुबालाई जति नै माया गरे पनि, तैँले बढीमा गर्न सक्‍ने भनेको तिनीहरूको दैहिक पीडा र बोझलाई थोरै मात्रामा कम गर्नु मात्र हो, तर तिनीहरू कहिले बिरामी हुन्छन्, तिनीहरूलाई कुन रोग लाग्छ, तिनीहरू कहिले मर्छन्, र कहाँ मर्छन् भन्‍ने कुराहरूको हकमा भन्दा—के यी कुराहरूसँग तेरो कुनै सम्बन्ध हुन्छ? अहँ, हुँदैन। यदि तँ आमाबुबालाई माया गर्ने व्यक्ति होस् भने, यदि तँ कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, र तैँले तिनीहरूसँग दिनभर बिताइस्, तिनीहरूको हेरचाह गरिस् भने, के तिनीहरू बिरामी पर्दैनन्? के तिनीहरू मर्दैनन्? यदि तिनीहरू बिरामी हुनु छ भने, जसरी पनि बिरामी हुँदैनन् र? यदि तिनीहरू मर्नु छ भने, जसरी पनि मर्दैनन् र? होइन र? यदि तेरा आमाबुबाले तँ कसैको वास्ता नगर्ने बैगुनी, विवेक नभएको व्यक्ति, र अकृतज्ञ सन्तान होस् भनेर भनेका भए, के तँ दुःखी हुन्थिस्? (हुन्थेँ।) अहिले चाहिँ? (म अहिले दुःखी हुनेथिइनँ।) त्यसोभए, यो समस्या कसरी समाधान भयो? (किनभने परमेश्‍वरले हाम्रा आमाबुबा बिरामी हुन्छन् कि हुँदैनन् र बाँच्छन् कि मर्छन् भन्‍ने कुरासँग हाम्रो कुनै सम्‍बन्ध हुँदैन, र यो सबै परमेश्‍वरले निर्धारण गर्नुभएको हुन्छ भनेर सङ्गति गर्नुभयो। यदि हामी तिनीहरूको साथमा बस्यौँ भने पनि, हामीले केही गर्न सक्दैनौँ, त्यसैले, यदि तिनीहरूले हामीलाई कसैको वास्ता नगर्ने बैगुनी भनेर भने पनि, हामीसँग त्यसको कुनै सम्बन्ध हुँदैन।) तेरा आमाबुबाले तँलाई कसैको वास्ता नगर्ने बैगुनी भने पनि वा नभने पनि, कम्तीमा तैँले सृष्टिकर्ताको अगाडि सृष्टि गरिएको प्राणीका रूपमा आफ्‍नो कर्तव्य पूरा गरिरहेको छस्। तँ परमेश्‍वरको नजरमा कसैको वास्ता नगर्ने बैगुनी होइनस् भने, त्यो नै पर्याप्त हुन्छ। मानिसहरूले के भन्छन्, त्यसले फरक पार्दैन। तेरा आमाबुबाले तेरो बारेमा जे भन्छन्, त्यो साँचो नै हुन्छ भन्‍ने हुँदैन, र तिनीहरूले जे भन्छन्, त्यो उपयोगी हुँदैन। तैँले त परमेश्‍वरका वचनहरूलाई आफ्नो आधारका रूपमा लिनुपर्छ। यदि परमेश्‍वरले तँलाई सृष्टि गरिएको एक योग्य प्राणी होस् भनेर भन्‍नुहुन्छ भने, मानिसहरूले तँलाई कसैको वास्ता नगर्ने बैगुनी भने पनि, तिनीहरूले केही हासिल गर्न सक्दैनन्। यति मात्र हो कि मानिसहरूलाई आफ्नो विवेकको प्रभावको कारण, वा तिनीहरूले सत्यता नबुझ्दा र तिनीहरूको कद सानो हुँदा यी अपमानहरूले असर गर्छन्, र तिनीहरू अलिक खराब मुडमा हुनेछन्, र अलिक उदास महसुस गर्नेछन्, तर जब तिनीहरू परमेश्‍वरसामु फर्कन्छन्, यी सबै कुरा समाधान हुनेछन्, र तिनले तिनीहरूलाई समस्यामा पार्न छोड्नेछन्। के आफ्‍ना आमाबुबाको दया-मायाको ऋण चुक्ता गर्ने कुरा समाधान भएको छैन र? के तिमीहरूले यो कुरा बुझ्यौ? (बुझ्यौँ।) यहाँ मानिसहरूले बुझ्नुपर्ने तथ्य के हो? तँलाई हुर्काउनु तेरा आमाबुबाको जिम्मेवारी हो। तिनीहरूले तँलाई जन्माउने निर्णय गरे, त्यसैले तँलाई हुर्काउने जिम्मेवारी र दायित्व तिनीहरूकै हो। तँलाई हुर्काएर वयस्क बनाएर तिनीहरूले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरिरहेका हुन्छन्। तँमाथि तिनीहरूको कुनै ऋण छैन, त्यसैले तैँले तिनीहरूलाई भरपाई गर्नुपर्दैन। तैँले तिनीहरूलाई भरपाई गर्नु पर्दैन—तेरा आमाबुबा तेरा ऋणदाता होइनन्, र तैँले तिनीहरूको दया-मायाको बदलामा तिनीहरूका लागि केही गर्नु आवश्यक छैन भन्‍ने कुरालाई यसले स्पष्ट रूपमा देखाउँछ। यदि तेरो परिस्थितिले तँलाई तिनीहरूप्रतिको आफ्‍ना केही जिम्मेवारी पूरा गर्न अनुमति दिन्छ भने, त्यसै गर्। यदि तेरो परिवेश र वस्तुगत परिस्थितिहरूले तँलाई तिनीहरूप्रतिको आफ्‍नो दायित्व पूरा गर्न अनुमति दिँदैन भने, तैँले त्यसबारे धेरै सोच्नु पर्दैन, र तैँले तिनीहरूप्रति ऋणी छु भनेर सोच्नु हुँदैन, किनभने तेरा आमाबुबा तेरा ऋणदाता होइनन्। तैँले पैतृक निष्ठा देखाए पनि, वा तिनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरे पनि, तैँले एउटा सन्तानको दृष्टिकोणले हेर्दै तैँले आफूलाई कुनै बेला जन्म दिएर हुर्काउने मानिसहरूप्रतिको आफ्नो केही जिम्मेवारी पूरा गरिरहेको मात्रै हुन्छस्। तर तैँले तिनीहरूप्रतिको ऋण तिर्ने दृष्टिकोणले वा “तेरा आमाबुबा तेरा हितकारी हुन्, र तैँले तिनीहरूको ऋण तिर्नुपर्छ” भन्‍ने दृष्टिकोणले अवश्य नै यसो गर्नु हुँदैन।

गैरविश्‍वासीहरूको संसारमा एउटा भनाइ छ: “कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्‍छ।” यो भनाइ पनि छ: “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ।” यी भनाइहरू कति भव्य सुनिन्छन्! वास्तवमा, पहिलो भनाइले उल्लेख गरेको घटना, अर्थात् कागले खाना खुवाएर आमाको ऋण तिर्नु, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्नु भनेको वास्तवमै हुने कुरा हुन्, र यी तथ्य हुन्। तैपनि, यी त पशु जगतमा देखिने घटनाहरू मात्र हुन्। यी कुराहरू परमेश्‍वरले विभिन्‍न जीवित प्राणीहरूका लागि स्थापित गर्नुभएको नियम मात्र हुन्, र मानिसलगायत सबै प्रकारका जीवित प्राणीहरूले यिनै नियमहरू पालना गर्छन्। सबै प्रकारका जीवित प्राणीहरूले यो नियम पालना गर्छन् भन्‍ने तथ्यले सबै जीवित प्राणीहरू परमेश्‍वरले सृष्टि गर्नुभएको हो भन्‍ने कुरालाई झनै देखाउँछ। कुनै पनि जीवित प्राणीले यस नियमलाई तोड्न सक्दैन, र कुनै पनि जीवित प्राणीले यसलाई पार गर्न सक्दैन। सिंह र बाघजस्ता तुलनात्मक रूपमा क्रूर मांसाहारीहरूले पनि आफ्नो सन्तानको पालनपोषण गर्छन् र वयस्क हुनुभन्दा पहिले तिनलाई टोक्दैनन्। यो जनावरको अन्तर्निहित प्रवृत्ति हो। तिनीहरू जुनसुकै प्रजातिका भए पनि, तिनीहरू क्रूर भए पनि वा दयालु र कोमल भए पनि, सबै जनावरहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। मानिसलगायत सबै प्रकारका प्राणीहरू यस अन्तर्निहित प्रवृत्ति र नियम पालना गरेर मात्र वृद्धि हुन र बाँचिरहन सक्छन्। यदि तिनीहरूले यस नियम पालना गरेनन्, वा तिनीहरूमा यो नियम र अन्तर्निहित प्रवृत्ति नभएको भए, तिनीहरू वृद्धि हुन र बाँच्न सक्दैनथिए। जैविक श्रृङ्खला अस्तित्वमा रहने थिएन, न त यो संसार नै अस्तित्वमा रहनेथियो। के यो कुरा साँचो होइन र? (हो।) कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्छ भन्‍ने तथ्यले पशु जगतले यस प्रकारको नियम पालना गर्छ भन्‍ने कुरालाई ठ्याक्कै देखाउँछ। सबै प्रकारका जीवित प्राणीहरूमा यो अन्तर्निहित प्रवृत्ति हुन्छ। सन्तान जन्मिएपछि, त्यो वयस्क नभएसम्म त्यस प्रजातिको भाले वा पोथीले त्यसको हेरचाह र पालनपोषण गर्छ। सबै प्रकारका जीवित प्राणीहरूले इमानदारी र कर्तव्यनिष्ठाका साथ अर्को पुस्तालाई हुर्काउँदै आफ्नो सन्तानप्रतिको जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। यो कुरा मानिसहरूमा अझ बढी लागू हुनुपर्ने हो। मानवजातिले मानिसहरूलाई उच्‍च स्तरका पशु भन्छ—यदि तिनीहरूले यो नियम पालना गर्न सक्दैनन्, र तिनीहरूमा यस अन्तर्निहित प्रवृत्तिको कमी छ भने, मानिसहरू पशुभन्दा तल्‍लो स्तरका हुन्, होइन त? त्यसकारण, तेरा आमाबुबाले तँलाई हुर्काउँदा तेरो जति पालनपोषण गरे पनि, र तिनीहरूले तँप्रतिको आफ्नो जिम्मेवारी जति पूरा गरे पनि, तिनीहरूले सृष्टि गरिएको मानवको क्षमताको दायराभित्र आफूले गर्नुपर्ने काम मात्र पूरा गरिरहेका हुन्छन्—यो तिनीहरूको अन्तर्निहित प्रवृत्ति हो। चराहरूलाई हेर त, तिनीहरू सहवासको मौसम आउनअघि एक महिनाभन्दा बढी समयसम्म आफ्नो गुँड बनाउनका लागि सुरक्षित ठाउँ खोजिरहन्छन्। अलिक बाक्ला रूखहरूमा आफ्नो गुँड बनाउन सुरु गर्नका निम्ति भाले-पोथी पालै-पालो बाहिर गएर विभिन्‍न प्रकारका बोटबिरुवा, प्वाँख र डाँठहरू बोकेर ल्याउँछन्। विभिन्‍न प्रकारका चराहरूले बनाएका साना गुँडहरू सबै निकै बलिया र जटिल किसिमका हुन्छन्। आफ्नो सन्तानको खातिर, चराहरूले यो सबै प्रयास गुँड बनाउन र वासस्थान निर्माण गर्नमा लगाउँछन्। तिनीहरूले आफ्नो गुँड बनाइसकेपछि र ओथारा बस्‍ने समय आएपछि, प्रत्येक गुँडमा सधैँ एउटा चरा बसेको हुन्छ; दिनको २४ घण्टासम्म भाले-पोथी पालैपालो बस्छन्, र तिनीहरूले निकै ध्यान दिन्छन्—जब तिनीहरूमध्ये एउटा फर्कन्छ, त्यसलगत्तै अर्को उडेर जान्छ। यसको केही समयपछि नै, केही चल्‍लाहरू पैदा हुन्छन् र अण्डा फुटाएर टाउको बाहिर निकाल्छन्, र तैँले तिनीहरू रूखमा चिरबिर गर्न थालेको सुन्‍न सक्छस्। ठूला चराहरू घरी तिनीहरूका बच्‍चालाई केही कीरा-फट्याङ्ग्रा खुवाउन, अनि घरी के कुरा खुवाउन आउने-जाने गरिरहन्छन्, र यसरी तिनीहरूले निकै धेरै ध्यान दिन्छन्। केही महिनापछि, केही बच्‍चाहरू अलिक हुर्किसकेका हुन्छन्, र गुँडको किनारमा उभिएर पखेटा फड्काउन सक्छन्; तिनीहरूका आमाबुबाहरू तिनीहरूलाई खुवाउँदै र तिनीहरूको सुरक्षा गर्दै पालो-पालो आउने-जाने गर्छन्। एक साल, मैले आकाशमा एउटा कागले मुखमा एउटा बच्‍चा च्यापेर उडिरहेको देखेको थिएँ। त्यो बच्‍चा नराम्रोसँग चिच्याइरहेको थियो, त्यसले करिब-करिब गुहार मागिरहेको थियो। काग मुखमा बच्‍चा च्यापेर अगाडि उडिरहेको थियो, र त्यसलाई दुई वटा वयस्क चराहरूले खेदाइरहेका थिए। ती दुई चराहरू पनि नराम्ररी चिच्याइरहेका थिए, र अन्तमा काग उडेर टाढा गयो। यसका आमाबुबाले कागलाई समात्‍न सकेका भए पनि नभए पनि, त्यो बच्‍चा मर्ने नै थियो। त्यसलाई खेदिरहेका ती दुई वयस्क चराहरू यति रोए र चिच्याए कि यसले जमिनमा रहेका मानिसहरूलाई समेत चौकन्न पार्‍यो—तँलाई तिनीहरूको रुवाइ कति दयनीय थियो होला जस्तो लाग्छ? वास्तवमा, तिनीहरूसँग पक्‍कै पनि एउटा मात्र बच्‍चा त थिएन। तिनीहरूको गुँडमा पक्‍कै पनि तीन-चार वटा बच्‍चाहरू थिए होलान्, तर एउटालाई लगिँदा तिनीहरू रुँदै र चिच्याउँदै त्यसको पछि लागेका थिए। पशु र जैविक संसार यस्तै छ—जीवित प्राणीहरूले आफ्नो सन्तानको अथक पालनपोषण गर्न सक्छन्। चराहरू हरेक वर्ष फर्केर आउँछन् र नयाँ गुँड बनाउँछन्, तिनीहरूले प्रत्येक वर्ष उस्तै काम गर्छन्; तिनीहरूले आफ्ना बच्‍चाहरूलाई ओथार्छन्, खुवाउँछन्, र उड्न सिकाउँछन्। बच्‍चाहरू उड्ने अभ्यास गरिरहेका बेला धेरै माथि उड्दैनन्, र कहिलेकाहीँ तिनीहरू भुईँमा खस्छन्। हामीले एक-दुई पटक त्यस्ता बच्‍चाहरूलाई बचाएका पनि छौँ, र तिनीहरूलाई तिनीहरूको गुँडमा लगिदिएका छौँ। तिनीहरूका आमाबुबाले तिनीहरूलाई हरेक दिन सिकाउँछन्, र कुनै न कुनै दिन ती सबै बच्‍चाहरू आफ्नो गुँड रित्तो पारेर उडेर जान्छन्। अर्को वर्ष, चराहरूको नयाँ जोडी गुँड बनाउन आउँछन्, आफ्‍नो अण्डा ओथार्छन्, र बच्‍चाहरू हुर्काउँछन्। सबै प्रकारका जीवित प्राणी र जनावरहरूमा यी अन्तर्निहित प्रवृत्ति र नियमहरू हुन्छन्, र तिनीहरूले यी नियमहरूलाई राम्ररी र पूर्ण रूपमा पालना गर्छन्। यो कुनै पनि व्यक्तिले नष्ट गर्न नसक्‍ने कुरा हो। केही विशेष जनावरहरू पनि छन्, जस्तै बाघ र सिंहहरू। यी जनावरहरू वयस्क भएपछि, आफ्ना आमाबुबालाई छोड्छन्, र केही भाले जनावरहरू त आवश्यकताअनुसार प्रतिद्वन्द्वी भएर एक-अर्कालाई टोक्‍ने, एक-अर्कासँग प्रतिस्पर्धा गर्ने र झगडा गर्ने पनि गर्छन्। यो सामान्य कुरा हो, र यो नियम हो। तिनीहरू त्यति स्नेही हुँदैनन्, र तिनीहरू मानिसहरू जस्तो “मैले तिनीहरूको दया-मायाको ऋण तिर्नुपर्छ, मैले तिनीहरूलाई भरपाई गर्नुपर्छ—मैले मेरा आमाबुबाको आज्ञा पालन गर्नुपर्छ। यदि मैले तिनीहरूप्रति पैतृक निष्ठा देखाइनँ भने, अरूले मेरो निन्दा गर्नेछन्, मलाई हप्काउनेछन्, र मेरो पिठ्युँपछाडि मेरो आलोचना गर्नेछन्। म त्यो सहन सक्दिनँ!” भन्दै आफ्नो भावनामा बाँच्दैनन्। पशु जगतमा यस्तो कुरा भनिँदैन। मानिसहरूले किन यस्तो कुरा गर्छन्? किनभने समाजमा र मानिसहरूको समूहभित्र, विभिन्‍न गलत विचार र सर्वसम्मतिहरू रहेका हुन्छन्। मानिसहरू यी कुराहरूद्वारा प्रभावित, क्षतविक्षत भएपछि र सडेपछि, तिनीहरूमा आमाबुबा र सन्तानको सम्बन्धलाई व्याख्या गर्ने र लिने विभिन्‍न तरिकाहरू पैदा हुन्छन्, र तिनीहरूले अन्ततः आफ्ना आमाबुबालाई आफ्‍ना ऋणदाताका रूपमा व्यवहार गर्छन्—तिनीहरूले आफ्नो सम्पूर्ण जीवनभरि पनि कहिल्यै तिर्न नसक्‍ने ऋणदाताहरू। कतिपय मानिसहरूले त आफ्ना आमाबुबाको मृत्युपछि आफ्नो सम्पूर्ण जीवनभरि दोषी महसुस पनि गर्छन्, र तिनीहरूले आफ्‍ना आमाबुबालाई खुसी नपार्ने कुनै काम गरेकोले वा तिनीहरूका आमाबुबाले चाहे जस्तो नगरेकोले आफ्ना आमाबुबाको दया-माया पाउन आफूलाई अयोग्य ठान्छन्। मलाई भन, के यो अति नै भएन र? मानिसहरू आफ्नो भावनाका माझ जिउँछन्, त्यसैले तिनीहरूलाई यी भावनाहरूबाट उत्पन्‍न हुने विभिन्‍न विचारहरूले मात्रै अतिक्रमण गर्न र बाधा पुर्‍याउन सक्छन्। मानिसहरू भ्रष्ट मानवजातिको विचारधाराले रङ्गिएको वातावरणमा जिउँछन्, त्यसैले तिनीहरूलाई विभिन्‍न मिथ्या विचारहरूले अतिक्रमण गर्छन् र बाधा पुर्‍याउँछन्, जसले गर्दा तिनीहरूको जीवन थकाइलाग्दो र अन्य जीवित प्राणीहरूको भन्दा कम सरल हुन्छ। तैपनि, अहिले परमेश्‍वर काम गरिरहनुभएको हुनाले, र उहाँले मानिसहरूलाई यी सबै तथ्यहरूको वास्तविक प्रकृति बताउन, र तिनीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउन सत्यता व्यक्त गरिरहनुभएको हुनाले, तैँले सत्यता बुझेपछि, यी मिथ्या विचार र दृष्टिकोणहरूले तँमाथि बोझ थोपर्न छोड्नेछन्, र ती तैँले आफ्ना आमाबुबासँगको सम्बन्धलाई कसरी सम्हाल्‍ने भन्‍ने कुराको मार्गदर्शक हुन छोड्नेछन्। यस बिन्दुमा, तेरो जीवन थप ढुक्‍क हुनेछ। ढुक्‍क जीवन बिताउनुको मतलब तँलाई आफ्ना जिम्मेवारी र दायित्वहरू के हुन् भनेर थाहा नहुने भन्‍ने हुँदैन—तँलाई यी कुराहरू थाहा हुने नै छ। यो कुरा तैँले आफ्नो जिम्मेवारी र दायित्वहरूलाई लिनका लागि कुन दृष्टिकोण र विधिहरू रोज्छस् भन्‍ने कुरामा निर्भर हुने मात्र हो। एउटा तरिका भनेको भावनाहरूको बाटो समात्नु हो, र भावनात्मक माध्यमहरू, र शैतानले मानिसलाई निर्देशित गर्ने विधि, विचार र दृष्टिकोणहरूका आधारमा यी कुरालाई लिनु हो। अर्को मार्ग भनेको परमेश्‍वरले मानिसलाई सिकाउनुभएका वचनहरूका आधारमा यी कुराहरूलाई लिनु हो। जब मानिसहरूले शैतानका मिथ्या विचार र दृष्टिकोणअनुसार यी मामिलाहरू सम्हाल्छन्, तब तिनीहरू आफ्नो भावनाको उल्झनभित्र जिउन मात्रै सक्छन्, र तिनीहरूले कहिले पनि सही र गलत छुट्याउन सक्दैनन्। यी परिस्थितिहरूमा, तिनीहरूसँग बन्धनमा जिउनेबाहेक अरू कुनै विकल्प हुँदैन, तिनीहरू सधैँ “तिमी सही छौ, म गलत छु। तिमीले मलाई बढी दिएका छौ; मैले तिमीलाई कम दिएको छु। तिमी अकृतज्ञ छौ। तिमीले हद पार गरिरहेका छौ” भन्‍ने जस्ता कुराहरूको जालमा फसेर जिउनुपर्ने हुन्छ। परिणामस्वरूप, तिनीहरू कहिल्यै स्पष्ट रूपमा बोल्दैनन्। तैपनि, मानिसहरूले सत्यता बुझेपछि, र तिनीहरू आफ्ना मिथ्या विचार र दृष्टिकोण, अनि भावनाहरूको जालबाट मुक्त भएपछि, तिनीहरूका लागि यी कुराहरू सरल बन्छन्। यदि तैँले सही र परमेश्‍वरबाट आउने सत्यता सिद्धान्त, विचार, वा दृष्टिकोणको पालना गरिस् भने, तेरो जीवन धेरै ढुक्‍कलाग्दो बन्‍नेछ। उपरान्त, तैँले आफ्‍ना आमाबुबासँगको सम्‍बन्धलाई कसरी लिन्छस् भन्‍ने कुरालाई न त जनमतले, न त तेरो विवेकको सचेतनाले, न त तेरो भावनाको बोझले नै अवरोध गर्न सक्छ; यसको विपरीत, यी कुराहरूले तँलाई यो सम्बन्धलाई सही र तर्कसङ्गत ढङ्गले सामना गर्न सक्षम तुल्याउनेछन्। यदि तैँले परमेश्‍वरले मानिसलाई दिनुभएका सत्यता सिद्धान्तअनुसार काम गरिस् भने, मानिसहरूले तँलाई तेरो पिठ्यूँपछाडि आलोचना गरे पनि, तँलाई आफ्‍नो हृदयको गहिराइमा शान्ति र सहज महसुस हुनेछ, र यसले तँलाई कुनै असर गर्नेछैन। कम्तीमा पनि, तैँले आफूलाई कसैको वास्ता नगर्ने बैगुनी भएको भनी हप्काउनेछैनस् वा उपरान्त आफ्नो हृदयको गहिराइमा विवेकको दोष महसुस गर्नेछैनस्। किनभने तेरा सबै कार्यहरू परमेश्‍वरले तँलाई सिकाउनुभएका विधिअनुरूप छन्, र तैँले परमेश्‍वरका वचनहरू सुनिरहेको र तिनमा समर्पित भइरहेको, र उहाँको मार्ग पछ्याइरहेको छस् भन्‍ने कुरा तँलाई थाहा हुन्छ। परमेश्‍वरका वचनहरू सुन्‍नु र उहाँको मार्ग पछ्याउनु नै मानिसहरूमा सबैभन्दा बढी हुनुपर्ने विवेकको भावना हो। तैँले यी कुराहरू गर्न सक्ने भएपछि मात्रै तँ एक साँचो व्यक्ति हुनेछस्। यदि तैँले यी कुराहरू हासिल गरेको छैनस् भने, तँ कसैको वास्ता नगर्ने बैगुनी होस्। के कुरा त्यही होइन र? (हो।) के अहिले तैँले यो कुरालाई स्पष्ट रूपमा देखिस्? यसलाई स्पष्ट रूपमा देख्‍नु यसको एउटा पक्ष हो; यदि मानिसहरूले बिस्तारै यस कुरालाई प्रस्टसँग देख्‍न र सत्यतालाई व्यवहारमा लागू गर्न सके भने, त्यो अर्को कुरा हो। यस कुरालाई स्पष्ट रूपमा देख्‍नका लागि, मानिसहरूले केही समयसम्म यी कुराहरू अनुभव गर्नैपर्छ। यदि मानिसहरू यस तथ्य र सारलाई स्पष्ट रूपमा देख्‍न चाहन्छन्, र सिद्धान्तहरूअनुरूप मामिलाहरूलाई सम्हाल्ने बिन्दुमा पुग्‍न चाहन्छन् भने, यो छोटो समयमा पूरा गर्न सकिँदैन, किनभने मानिसहरूले पहिले सबै प्रकारका मिथ्या र दुष्ट विचार र दृष्टिकोणहरूको प्रभावलाई त्याग्‍नुपर्छ। यसको अझ महत्त्वपूर्ण पक्ष के हो भने, तिनीहरूले आफ्नै विवेक र भावनाहरूको बाधा र प्रभावहरू सुल्झाउन सक्‍नुपर्छ; विशेषगरी, तिनीहरूले आफ्नै भावनाहरूको तगारोलाई पार गर्नुपर्छ। मानौँ, तैँले परमेश्‍वरको वचन सत्यता हो र साँचो हो भन्‍ने कुरालाई सैद्धान्तिक रूपमा स्वीकार गर्छस्, र तँलाई शैतानले मानिसहरूमा हालिदिने मिथ्या विचार र दृष्टिकोणहरू गलत छन् भन्‍ने कुरा सैद्धान्तिक रूपमा थाहा छ, तर तैँले आफ्नो भावनाको तगारोलाई पार गर्न सक्दैनस्, र आफ्ना आमाबुबालाई लिएर तँलाई सधैँ नराम्रो महसुस हुन्छ, तैँले तिनीहरूले तँलाई धेरै माया गरेका छन्, तिनीहरूले तेरा लागि धेरै दुःख गरेका, काम गरेका, र धेरै कष्ट भोगेका छन्, तेरा आमाबुबाले तेरा लागि गरेका सबै कुरा, तिनीहरूले भनेका सबै कुरा, र तिनीहरूले तेरा लागि चुकाएका हरेक मूल्यसमेतको छाया तेरो दिमागमा अझै ज्वलन्त छन् भन्‍ने सोच्छस्। यी प्रत्येक तगारोहरू तेरा लागि अत्यन्तै महत्त्वपूर्ण मोड बन्‍नेछन्, र यिनलाई पार गर्न तँलाई सजिलो हुनेछैन। वास्तवमा, तँलाई पार गर्न सबैभन्दा गाह्रो हुने तगारो तँ आफै हुनेछस्। यदि तैँले एकपछि अर्को तगारो पार गर्न सक्छस् भने, तैँले आफ्नो हृदयबाटै आफ्ना आमाबुबाप्रति भएका भावनाहरू राम्ररी त्याग्‍न सक्‍नेछस्। मैले तँलाई आफ्ना आमाबुबालाई धोका दिन लगाउनका लागि यस विषयमा सङ्गति गरिरहेको छैनँ, र मैले तँलाई तँ र तेरा आमाबुबाको बीचमा सीमा कोर्न गर्न लगाउनका लागि त अवश्य नै यसो गरिरहेको छैनँ—हामीले कुनै अभियान सुरु गरिरहेका छैनौँ, कुनै सीमा कोर्नु गर्नु आवश्यक छैन। म तँलाई यी मामिलाहरूका बारेमा सही समझ प्रदान गर्न, र तँलाई सही विचार र दृष्टिकोण स्वीकार गर्न मद्दत गर्नका लागि यस विषयमा सङ्गति गरिरहेको छु। यसका साथै, तँलाई यी कुराहरू आइपर्दा यी कुराले तँलाई कष्ट नदिऊन्, वा तेरो हातखुट्टा नबाँधुन्, र अझ महत्त्वपूर्ण कुरा, तैँले यी कुराहरूको सामना गर्दा यी कुराहरूले सृष्टि गरिएको प्राणीका रूपमा तेरो कर्तव्य निर्वाह गर्ने कार्यमा असर नगरून् भनेर मैले यस विषयमा सङ्गति गरिरहेको छु। यसरी, मेरो सङ्गतिले आफ्नो लक्ष्य हासिल गर्नेछ। अवश्य नै, के देहमा जिउने मानिसहरू तिनीहरूले यीमध्ये कुनै पनि कुरालाई आफ्नो दिमागमा नराख्ने, र तिनीहरू र तिनीहरूका आमाबुबाका बीचमा भावनात्मक उल्झनहरू नहुने बिन्दुमा पुग्न सक्छन्? त्यो असम्भव हुनेछ। यस संसारमा, आफ्ना आमाबुबाबाहेक, मानिसहरूका आफ्ना छोराछोरी पनि हुन्छन्—मानिसहरूबीचका दुई घनिष्ठ दैहिक सम्बन्ध यिनै हुन्। आमाबुबा र सन्तानबीचको बन्धनलाई पूर्ण रूपमा तोड्न असम्भव छ। मैले तँलाई तैँले आफ्ना आमाबुबासँगको सम्बन्ध तोड्नेछस् र तिनीहरूसँग फेरि कहिल्यै सम्बद्ध हुनेछैनस् भनेर घोषणा गर्ने औपचारिकताबाट गुज्रन लगाउन खोजिरहेको छैनँ। मैले तँलाई तिनीहरूसँगको तेरो सम्बन्धलाई सही तरिकाले सम्हाल्न मद्दत गर्ने प्रयास गरिरहेको छु। यी कुराहरू गाह्रो छन्, होइन र? सत्यतासम्‍बन्धी तेरो बुझाइ गहिरिँदै जाँदा, र तँ उमेरमा बढ्दै जाँदा, यी कुराहरूको कठिनाइ बिस्तारै घट्नेछ र कम हुनेछ। जब मानिसहरू २० को दशकमा हुन्छन्, तब तिनीहरूले ३० वा ४० वर्षको उमेरको तुलनामा आफ्ना आमाबुबाप्रति फरक स्तरको घनिष्ठता महसुस गर्छन्। यो घनिष्ठता ५० वर्ष उमेर पुगेपछि त झनै कम हुन्छ, र मानिसहरू ६० वा ७० वर्ष उमेर पुगेपछिको बारेमा कुरा गर्नु आवश्यक छैन। त्यस बेलासम्म घनिष्ठता झनै कमजोर हुन्छ—मानिसहरूको उमेर बढ्दै जाँदा यो परिवर्तन हुँदै जान्छ।

“तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने सत्यता आफ्‍ना आमाबुबासँग गर्ने व्यवहारको मामिलामा मानिसहरूले बुझ्नुपर्ने अभ्यासको सही सिद्धान्त हो। अभ्यासको अर्को सिद्धान्त के हो? (तेरा आमाबुबा तेरो जीवन वा नियतिका मालिक होइनन्।) के “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्” भन्‍ने भनाइको तुलनामा “तेरा आमाबुबा तेरो जीवन वा नियतिका मालिक होइनन्” भन्‍ने भनाइ बुझ्‍न र त्याग्‍न अलिक सजिलो छैन र? बाहिरी रूपमा हेर्दा, तेरा आमाबुबाले तँलाई दैहिक रूपमा जन्म दिए, र तँलाई जीवन दिने तेरा आमाबुबा नै हुन् भन्‍ने देखिन्छ। तर, यदि हामीले यसलाई परमेश्‍वरको दृष्टिकोणबाट, र यस कुराको मूलबाट हेर्‍यौँ भने, तँलाई तेरो दैहिक जीवन तेरा आमाबुबाले दिएका होइनन्, किनभने मानिसहरूले जीवन सृष्टि गर्न सक्दैनन्। सरल शब्दमा भन्‍नुपर्दा, कुनै पनि व्यक्तिले मानिसको सास सिर्जना गर्न सक्दैन। तिनीहरूमा त्यो सास हुने हुनाले, हरेक व्यक्तिको देह व्यक्ति बन्‍न सक्छ। मानिसको जीवन यही सासमा निहित हुन्छ, र यो जीवित व्यक्तिको चिन्ह हो। मानिसहरूसँग यो सास र जीवन हुन्छ, र यी कुराहरूको स्रोत र मूल तिनीहरूका आमाबुबा होइनन्। मानिसहरू तिनीहरूका आमाबुबाले तिनीहरूलाई जन्म दिने कार्यमार्फत पैदा भएका मात्र हुन्—मूल रूपमा, मानिसहरूलाई यी कुराहरू दिने त परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्, तेरो जीवनको मालिक त परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, उहाँले मानवजातिको जीवन सृष्टि गर्नुभयो, र उहाँले मानवजातिलाई जीवनको सास दिनुभयो, जुन मानिसको जीवनको स्रोत हो। तसर्थ, के “तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्” भन्‍ने हरफ बुझ्न सजिलो छैन र? तँलाई तेरा आमाबुबाले सास दिएका होइनन्, र तेरा आमाबुबाले तँलाई यसको निरन्तरता दिनु त परको कुरा हो। परमेश्‍वरले तेरो जीवनको हरेक दिनको हेरचाह र त्यसमाथि शासन गर्नुहुन्छ। तेरा आमाबुबाले तेरो जीवनको हरेक दिन कसरी बित्छ भनेर, प्रत्येक दिन खुसीसाथ र सहज रूपमा चल्छ कि चल्दैन, तैँले हरेक दिन कसलाई भेट्छस्, वा तँ प्रत्येक दिन कुन परिवेशमा जिउँछस् भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्। यति मात्र हो कि, परमेश्‍वरले तँलाई तेरा आमाबुबामार्फत तेरो हेरचाह गर्नुहुन्छ—तेरा आमाबुबा भनेको परमेश्‍वरले तेरो हेरचाह गर्न पठाउनुभएका मानिस मात्र हुन्। तँ जन्मँदा तँलाई जीवन दिने तेरा आमाबुबा थिएनन् भने, के तँलाई जीवन दिएर अहिलेसम्म बाँच्न दिने तेरा आमाबुबा थिए त? तिनीहरू अझै पनि थिएनन्। तेरो जीवनको स्रोत तेरा आमाबुबा नभई परमेश्‍वर नै हुनुहुन्छ। मानौँ तेरा आमाबुबाले तँलाई जन्म दिए, तर तँ एक वा पाँच वर्षको हुँदा परमेश्‍वरले तेरो जीवन लिने निर्णय गर्नुभयो। के तेरा आमाबुबाले यसबारे केही गर्न सक्थे? तेरा आमाबुबाले के गर्नेथिए? तिनीहरूले कसरी तेरो जीवन बचाउनेथिए? तिनीहरूले तँलाई अस्पताल लगेर डाक्टरहरूलाई सुम्पनेथिए, जसले तेरो रोगको उपचार गरेर तेरो जीवन बचाउने प्रयास गर्नेथिए। यो तेरा आमाबुबाको जिम्मेवारी हो। तर, यदि परमेश्‍वरले यो जीवन र यो व्यक्ति बाँच्नु हुँदैन, र तैँले अर्को परिवारमा पुनर्जन्म लिनुपर्छ भनेर भन्‍नुभयो भने, तेरा आमाबुबासँग तेरो जीवन बचाउने कुनै शक्ति वा साधन हुनेथिएन। तिनीहरूले तेरो सानो जीवन यस संसारबाट बिदा हुँदा हेरिरहनेबाहेक केही गर्न सक्ने थिएनन्। जब जीवन गुम्छ, तब तिनीहरूको कुनै सीप लाग्दैन—तिनीहरूले आमाबुबाका रूपमा रहेको आफ्नो जिम्मेवारी पूरा गर्ने, र तँलाई डाक्टरहरूको हातमा सुम्पिनेबाहेक केही गर्न सक्दैनन्, जसले तेरो रोगको उपचार गरेर तेरो जीवन बचाउने प्रयास गर्नेथिए, तर तेरो जीवन अघि बढ्छ कि बढ्दैन भनेर निर्णय गर्ने काम तेरा आमाबुबाको हुँदैन। यदि परमेश्‍वरले तँ जिइरहन सक्छस् भनेर भन्‍नुभयो भने, तेरो जीवन अस्तित्वमा रहनेछ। यदि परमेश्‍वरले तेरो जीवन अस्तित्वमा रहनु हुँदैन भन्‍नुभयो भने, तैँले आफ्नो जीवन गुमाउनेछस्। के तेरा आमाबुबाले यसबारे केही गर्न सक्छन्? तिनीहरू तँलाई तेरो नियतिको हातमा छोडिदिन मात्रै सक्छन्। स्पष्ट रूपमा भन्‍नुपर्दा, तिनीहरू सृष्टि गरिएका साधारण प्राणी मात्र हुन्। यति मात्र हो कि, तेरो दृष्टिकोणबाट हेर्दा, तिनीहरूको एक विशेष पहिचान छ—तिनीहरूले तँलाई जन्म दिए र हुर्काए, तिनीहरू तेरा मालिक हुन्, र तेरा आमाबुबा हुन्। तर परमेश्‍वरको दृष्टिकोणबाट त, तिनीहरू साधारण मानिस मात्र हुन्, तिनीहरू भ्रष्ट मानवजातिका सदस्य मात्र हुन्, र तिनीहरूमा केही विशेष कुरा छैन। तिनीहरू आफ्नै जीवनको त मालिक होइनन् भने, तिनीहरू कसरी तेरो जीवनको मालिक हुन सक्छन्? तिनीहरूले तँलाई जन्म दिए पनि, तिनीहरूलाई तेरो जीवन कहाँबाट आयो भन्‍ने थाहा हुँदैन, र तिनीहरूले तेरो जीवनको आगमन कुन समयमा, कुन घण्टामा, र कुन ठाउँमा हुनेछ, वा तेरो जीवन कस्तो हुनेछ भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्। तिनीहरूलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन। तिनीहरूले त निष्क्रिय रूपमा पर्खिरहेका मात्र हुन्छन्, परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्त पर्खिरहेका हुन्छन्। तिनीहरू यसबारे खुसी भए पनि नभए पनि, तिनीहरूले यसमा विश्‍वास गरे पनि नगरे पनि, यो सबै कुरा परमेश्‍वरले योजनाबद्ध गर्नुहुन्छ र उहाँकै हातमा हुन्छ। तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्—के यो कुरा बुझ्न सजिलो छैन? (छ।) तेरा आमाबुबाले तेरो देह जन्माए, तर तिनीहरूले तेरो देहको जीवन जन्माएका होइनन्। यो एउटा तथ्य हो। के तेरा आमाबुबाले तँ कति अग्लो हुन्छस्, तेरो शारीरिक बनावट कस्तो हुन्छ, तेरो कपालको रङ कस्तो हुन्छ वा यो कति बाक्लो हुन्छ, तेरा रुचिहरू के हुन्, र इत्यादि कुरालाई समेत नियन्त्रण गर्न सक्छन् र? (सक्दैनन्।) तेरा आमाबुबाले तेरो छाला राम्रो हुन्छ कि नराम्रो हुन्छ, वा तेरो अनुहारको बनावट कस्तो हुन्छ भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्। केही आमाबुबा मोटा हुन्छन्, र तिनीहरूले पातलो र होचो ज्यान भएका, सानो नाक र आँखा भएका बच्चा जन्‍माउँछन्। जब मानिसहरूले ती बच्‍चाहरूलाई देख्छन्, तब सोच्छन्: “यी बच्‍चाहरू कोजस्ता देखिन्छन्? तिनीहरू पक्‍कै पनि आफ्ना आमाबुबा जस्ता देखिँदैनन्।” आमाबुबाले आफ्ना बच्‍चाहरू कस्ता देखिन्छन् भन्‍ने निर्णय समेत गर्न सक्दैनन्, सक्छन् र? केही आमाबुबाको शरीर निकै बलियो हुन्छ, तर तिनीहरूले धेरै पातलो र कमजोर बच्‍चा जन्माउँछन्; केही आमाबुबाको शरीर धेरै पातलो र कमजोर हुन्छ, तर तिनीहरूले गोरुजस्ता बलिया बच्‍चा जन्‍माउँछन्। केही आमाबुबा मूसाजत्तिकै डरपोक हुन्छन्, तर तिनीहरूले अत्यन्तै साहसी बच्‍चा जन्माउँछन्। केही आमाबुबा सावधान र सतर्क हुन्छन्, तर तिनीहरूले धेरै महत्त्वाकाङ्क्षी बच्‍चा जन्माउँछन्, र अन्तमा, तिनीहरूमध्ये कति जना सम्राट बन्छन्, कति राष्ट्रपति बन्छन्, र अरू चाहिँ डाँका र दुष्टहरूको समूहका सरदार बन्छन्। केही आमाबुबा किसान हुन्छन्, तर तिनीहरूले जन्‍माउने बच्‍चा उच्‍च ओहदाका पदाधिकारी बन्छन्। कतिपय आमाबुबाहरू छली हुन्छन्, तर तिनीहरूले शिष्ट र निश्छल बच्‍चा जन्‍माउँछन्। कतिपय आमाबुबा गैरविश्‍वासी हुन्छन्, वा तिनीहरूले मूर्ति र पिशाचहरूको पूजा समेत गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न चाहने बच्‍चा जन्माउँछन्, जो परमेश्‍वरमा विश्‍वास नगरी बाँच्न सक्दैनन्। कतिपय आमाबुबाले आफ्ना छोराछोरीहरूलाई भन्छन्, “म तँलाई विश्‍वविद्यालय पठाउनेछु” तर तिनीहरूका छोराछोरीले भन्छन्, “होइन, म सृष्टि गरिएको प्राणी हुँ, त्यसैले मैले आफ्नो कर्तव्य निर्वाह गर्नैपर्छ!” त्यसपछि आमाबुबाले आफ्ना छोराछोरीहरूलाई भन्छन्: “तँ सानै छस्, तैँले कर्तव्य निर्वाह गर्नु आवश्यक छैन। हामी वृद्ध भएकाले आफ्‍ना केही कर्तव्यहरू पूरा गर्छौँ, र हामीले कुनै सम्भावना बोकेको छैन; हामी भविष्यमा हाम्रो परिवारका लागि केही आशिष्‌ कमाउनेछौँ, ताकि तैँले त्यसो गर्नु नपरोस्। तैँले जोडतोडले पढ्नुपर्छ, र तैँले विश्‍वविद्यालयबाट दीक्षान्त लिएपछि, तँ उच्‍च पदाधिकारी बन्‍नुपर्छ, ताकि मैले पनि तेरो सफलताको स्वाद चाख्न सकूँ।” तिनीहरूका सन्तानले जवाफ दिन्छन्: “होइन। म सृष्टि गरिएको प्राणी हुँ, आफ्‍नो कर्तव्य निर्वाह गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” अवश्य नै, कतिपय आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्छन् र आफ्नो परिवार र आफ्नो करियर त्याग्छन्, तर तिनीहरूका छोराछोरीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सधैँ इन्कार गर्छन्। तिनीहरूका छोराछोरी गैरविश्‍वासी हुन्छन्, र यी छोराछोरी र तिनीहरूका आमाबुबालाई जसरी हेरे पनि, तिनीहरू परिवारजस्ता देखिँदैनन्। बाहिरी रूप जीवनका बानीबेहोरा, र तिनीहरूको चरित्रका केही पक्षसमेतलाई हेर्दा तिनीहरू परिवार जस्तो देखिए पनि, तिनीहरूका चासो, रुचि, खोजी, र तिनीहरूले हिँड्ने मार्गहरूका हिसाबमा तिनीहरू पूर्ण रूपमा फरक हुन्छन्। तिनीहरू बस दुई फरक बाटोमा हिँड्ने दुई फरक प्रकारका मानिसहरू हुन्। त्यसकारण, मानिसहरूको जीवनमा भिन्‍नता हुन्छन्, र यी कुरालाई तिनीहरूका आमाबुबाले निर्धारण गर्दैनन्। आमाबुबाले तिनीहरूका सन्तानको जीवन कस्तो हुन्छ, वा तिनीहरूका सन्तान कस्तो परिवेशमा जन्मिन्छन् भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्। तेरा आमाबुबा न त तेरो जीवनका मालिक हुन्, न त तेरो नियतिका मालिक हुन्। मानिसहरूलाई तिनीहरूका आमाबुबाले जीवन दिँदैनन्—व्यक्तिको नियति उसको जीवनभन्दा ठूलो कुरा हो कि सानो कुरा? मानिसहरूका लागि, यी दुवै ठूला कुरा हुन्। किन? किनभने यी कुराहरू मानिसहरूले आफ्नो अन्तर्निहित प्रवृत्ति, क्षमता, वा सामर्थ्य प्रयोग गरेर बुझ्न, पूरा गर्न वा नियन्त्रण गर्न सक्‍ने कुराहरू होइनन्। मानिसहरूको नियति र जीवनको दिशा निर्धारण गर्ने र शासन गर्ने परमेश्‍वर नै हुनुहुन्छ। यी दुई मामिलाहरूका सम्बन्धमा कुनै पनि व्यक्तिले कुनै निर्णय गर्न सक्दैन। तँ कुन परिवारमा जन्मिन्छस् वा यो जीवनमा तेरा आमाबुबा को हुनेछन् भनेर न त तैँले छनौट गर्न सक्छस्, न त तेरा आमाबुबाले नै। तँलाई जन्‍म दिँदा तेरा आमाबुबा पनि निष्क्रिय थिए। त्यसकारण, तेरा आमाबुबाले तेरो नियतिको दिशा के हुनेछ भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्, तँ आफ्नो जीवनमा धेरै सम्‍पन्‍न र धनी हुन्छस् कि गरिब र नीच हुन्छस्, वा साधारण व्यक्ति हुन्छस् भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्; तँ यो जीवनमा कता जान्छस्, तँ कुन ठाउँमा बस्छस्, वा तेरो विवाह कस्तो हुनेछ, तेरा बालबच्‍चा कस्ता हुनेछन्, वा तँ कस्तो प्रकारको भौतिक परिवेशमा बस्‍नेछस्, र इत्यादि कुरा निर्धारण गर्न सक्दैनन्। कतिपय मानिसहरूको परिवार बच्‍चा जन्‍माउनुभन्दा पहिले सम्पन्‍न थिए, खान-लाउन दुःख थिएन, र तिनीहरूसँग खर्च गर्न सक्‍नेभन्दा पनि बढी पैसा थियो, तर बच्‍चा ठूलो भएपछि, त्यसले परिवारको सम्पत्ति उडायो, र ती आमाबुबाले जतिसुकै पैसा कमाए पनि, तिनीहरूले आफ्‍नो खर्चालु बच्‍चाले उडाएको सबै पैसा पूर्ति गर्न सकेनन्। कतिपय मानिसहरू गरिब पनि थिए, तर बच्‍चा जन्माएको केही वर्षपछि, तिनीहरूको पारिवारिक व्यवसाय फस्टाउन थाल्यो, तिनीहरूको जीवनमा सुधार आयो, सबै कुराहरू झन्-झन् सहज हुँदै गए, र तिनीहरूको वरिपरिको परिवेश पनि झन्-झन् राम्रो हुँदै गयो। हेर् त, यी आमाबुबाले यी सबै कुराहरूको आशा गरेका थिएनन्, होइन र? आमाबुबाले आफ्ना छोराछोरीको नियति निर्धारण गर्न सक्दैनन्, र, स्वाभाविक रूपमा, आफ्ना छोराछोरीको नियतिसँग तिनीहरूको कुनै सरोकार पनि हुँदैन। तैँले हिँड्ने बाटो, तँ जाने ठाउँ र यस जीवनमा तैँले भेट्ने मानिस, तैँले सामना गर्ने विपत्तिहरूको सङ्ख्या, तैँले पाउने ठूला कुरा र धनको मात्रा—तेरा आमाबुबा वा तिनीहरूका अपेक्षाहरूसँग यी सबै कुराहरूको कुनै सम्बन्ध हुँदैन। हरेक आमाबुबाले आफ्नो सन्तान संसारमा धेरै अघि बढोस् भन्‍ने चाहन्छ, तर के यो इच्छा सधैँ पूरा हुन्छ र? हुन्छ नै भन्‍ने छैन। कतिपय छोराछोरी तिनीहरूका आमाबुबाले चाहेजस्तै संसारमा धेरै अघि बढ्छन्, र तिनीहरू उच्‍च ओहदाका पदाधिकारी बन्छन्, धन कमाउँछन्, र सम्पन्‍न जीवन बिताउँछन्, तर तिनीहरूका आमाबुबा यो सबै सौभाग्यमा रमाउनुभन्दा पहिले वा यो सफलता चाख्नुभन्दा पहिले नै बिरामी पर्छन् र केही वर्षभित्रै मर्छन्। के व्यक्तिको नियतिसँग उसका आमाबुबाको कुनै सम्बन्ध हुन्छ? हुँदैन। तैँले तेरा आमाबुबाले तँबाट अपेक्षा गरेको जुनसुकै कुरा पूरा गर्न सक्छस् भन्‍ने हुँदैन। व्यक्तिको नियतिसँग उसका आमाबुबाको कुनै सम्बन्ध हुँदैन, र व्यक्तिको आमाबुबाले उसको नियति निर्धारण गर्न सक्दैनन्। तेरा आमाबुबाले तँलाई जन्म दिए पनि, र तिनीहरूले तेरा सम्भावनाहरू, आदर्शहरू, र भविष्यको भाग्यको जग बसाल्न धेरै काम गरे पनि, तिनीहरूले तेरो भाग्य वा तेरो भविष्यको जीवन मार्ग कस्तो हुनेछ भन्‍ने कुरा निर्धारण गर्न सक्दैनन्—तिनीहरूसँग यी कुराहरूको कुनै सम्‍बन्ध हुँदैन। त्यसकारण, तेरा आमाबुबा तेरो नियतिका मालिक होइनन्, र तिनीहरूले तँसँग सम्‍बन्धित कुनै पनि कुरा परिवर्तन गर्न सक्दैनन्। यदि तेरो भाग्यमा धनी हुने लेखेको छ भने, तेरा आमाबुबा जतिसुकै गरिब वा असक्षम भए पनि, तैँले पाउनुपर्ने धन प्राप्त गर्ने नै छस्। यदि तँ गरिब, साधारण, वा नीच व्यक्ति हुने लेखिएको छ भने, तेरा आमाबुबा जतिसुकै सक्षम भए पनि, तिनीहरूले तँलाई सहयोग गर्न सक्दैनन्। यदि तँलाई परमेश्‍वरले चुन्‍नुभएको हो, र तँ परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक होस् भने, अर्थात्, यदि तँलाई परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको छ भने, तेरा आमाबुबा जतिसुकै शक्तिशाली वा सक्षम भए पनि, तिनीहरूले चाहेर पनि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा भाँजो हाल्न सक्दैनन्। तँ परमेश्‍वरको घरको सदस्य र परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक हुन्छस् भन्‍ने निर्धारित गरिएको हुनाले, तँ यसबाट उम्कन सक्दैनस्। व्यक्तिको नियति परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरले गर्नुहुने निर्धारणसँग मात्रै सम्बन्धित हुन्छ; तिनीहरूका आमाबुबाको इच्छा र अपेक्षाहरूसँग यसको कुनै सम्बन्ध हुँदैन। स्वाभाविक रूपमा, यो व्यक्तिका रुचि, चासो, चरित्र, आकाङ्क्षा, क्षमता, वा सामर्थ्यसँग पनि सम्बन्धित हुँदैन। त्यसैले, “तेरा आमाबुबा तेरो जीवन वा नियतिका मालिक होइनन्” भन्‍ने सत्यताका आधारमा, तैँले आफ्ना आमाबुबाका अपेक्षाहरूलाई कसरी लिनुपर्छ? तैँले तिनलाई पूर्ण रूपमा स्वीकार गर्नुपर्छ कि बेवास्ता गर्नुपर्छ, कि तर्कसङ्गत रूपमा लिनुपर्छ? तेरो जीवन वा नियतिको कुरा आउँदा, तेरा आमाबुबा सामान्य मानिस मात्र हुन्, तिनीहरूले जे मन लाग्यो त्यही अपेक्षा गर्न सक्छन्, र तिनीहरूले जे मन लाग्यो त्यही भन्‍न सक्छन्। तिनीहरूलाई मन लागेको कुरा भन्न दे, तँ केवल आफ्नो काम गर्। तिनीहरूसँग बहस गर्नु आवश्यक छैन, किनभने कुरा वास्तवमा जस्तो हो, त्यस्तै हुनेछ। यो कुरा बहसबाट उत्पन्‍न हुँदैन, र यो मानिसको इच्छाका आधारमा परिवर्तन हुँदैन। तैँले आफ्नो नियति निर्धारण गर्न सक्दैनस्, झन् तेरा आमाबुबाले गर्न सक्नु त परको कुरा हो! के कुरा त्यही होइन र? (हो।) तेरा आमाबुबा तेरा अग्रज भए पनि, तेरो नियतिसँग तिनीहरूको कुनै सम्‍बन्ध वा नाता हुँदैन। तेरा आमाबुबा तँभन्दा धेरै वर्ष जेठा र तँभन्दा एक पुस्ता जेठा हुन् भन्दैमा तिनीहरूले तेरो नियति निर्धारण गर्ने प्रयास गर्नु हुँदैन। यो तर्कहीन र घृणित कुरा हो। त्यसकारण, जब तेरा आमाबुबाले तैँले जीवनमा हिँड्ने बाटोबारे, वा तँप्रतिका तिनीहरूका अपेक्षाहरूबारे केही भन्छन्, तब तैँले यसलाई शान्त र तर्कसङ्गत रूपमा लिनुपर्छ, किनभने तिनीहरू तेरो नियतिका मालिक होइनन्। तिनीहरूलाई यसो भन्: “मेरो नियति परमेश्‍वरको हातमा छ—कुनै पनि व्यक्तिले यसलाई परिवर्तन गर्न सक्दैन।” कुनै पनि व्यक्तिले आफ्नो वा अर्को व्यक्तिको भाग्य नियन्त्रण गर्न सक्दैन, र तेरा आमाबुबा पनि यसो गर्न योग्य हुँदैनन्। तेरा पुर्खाहरू यो काम गर्न योग्य हुँदैनन्, झन् तेरा आमाबुबा यसो गर्न योग्य हुनु त परको कुरा हो। को मात्र योग्य हुनुहुन्छ? (परमेश्‍वर मात्र।) मानिसहरूको नियतिमाथि शासन गर्न परमेश्‍वर मात्र योग्य हुनुहुन्छ।

कतिपय मानिसहरूले सिद्धान्तको सैद्धान्तिक रूपमा यसो भनेर स्वीकार गर्छन्: “मेरा आमाबुबाले मेरो नियतिमा हस्तक्षेप गर्न मिल्दैन। मेरा आमाबुबाले मलाई जन्म दिए पनि, मलाई मेरो जीवन तिनीहरूले दिएका होइनन्, तर परमेश्‍वरले दिनुभएको हो। मसँग भएका सबै कुरा परमेश्‍वरले नै मलाई दिनुभएको हो। परमेश्‍वरले मलाई केवल तिनीहरूको माध्यमबाट हुर्काएर वयस्क बनाउनुभयो, र मलाई अहिलेसम्म बाँच्ने तुल्याउनभयो। वास्तवमा, मलाई हुर्काउने परमेश्‍वर नै हुनुहुन्थ्यो।” मानिसहरूले यी वचनहरू राम्ररी र स्पष्ट रूपमा बोल्छन्, तर केही विशेष परिस्थितिहरूमा, तिनीहरूले आफ्नो स्‍नेहलाई जित्‍न सक्दैनन्, वा यो भनाइलाई स्वीकार गर्न सक्दैनन्: “तेरा आमाबुबा तेरो जीवन वा नियतिका मालिक होइनन्।” विशेष परिस्थितिहरूमा, मानिसहरूमाथि तिनीहरूका भावना हाबी हुन्छन् र तिनीहरू निश्‍चित परीक्षाहरूमा पर्छन्, वा कमजोर हुन्छन्। परमेश्‍वरका कतिपय विश्‍वासीहरू सरकार र धार्मिक संसारको सतावट र निन्दा भोगेका र पक्राउ परेका र जेलमा परेका हुनाले, तिनीहरूले जस्तो यातना भोगे पनि कहिल्यै यहूदा नबन्‍ने, र आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै धोका नदिने, वा मण्डलीका कुनै पनि जानकारी खुलासा नगर्ने सङ्कल्प गरेका हुन्छन्—तिनीहरू यहूदा बन्‍नुभन्दा बरु मर्नेछन्। यसरी, तिनीहरूलाई यतिसम्‍म यातना र कष्ट दिइन्छ कि तिनीहरू मानिस जस्ता देखिन छोड्छन्, तिनीहरूका आँखा यति सुन्‍निएको हुन्छ कि ती अलिकति मात्र खुला हुन्छन् र तिनीहरूले प्रस्ट देख्‍न सक्दैनन्, तिनीहरू बहिरा बनेका हुन्छन्, तिनीहरूका दाँत झरेका हुन्छन्, तिनीहरूको मुखका कुनामा घाउ भएर रगत बगेको हुन्छ, तिनीहरूका खुट्टाले राम्रोसँग काम गर्दैनन्, तिनीहरूको पूरै शरीर सुन्‍निएको र चोटै चोटले भरिएको हुन्छ। तर, तिनीहरूलाई जतिसुकै यातना दिइए पनि, तिनीहरूले विश्‍वासघात गर्दैनन्—तिनीहरूले यहूदा नबन्‍ने, बरु परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहने सङ्कल्‍प गरेका हुन्छन्। अहिलेसम्म, तिनीहरू निकै दह्रिला, र गवाही भएका जस्ता देखिन्छन्, होइन र? तिनीहरू यहूदा नबनी यातना र धम्कीबाट गुज्रिएका हुन्छन्, र तिनीहरूलाई धेरै दिन र रातसम्‍म यसरी यातना दिइएको हुन्छ। जब एउटा पिशाचले यस्तो मानिस देख्छ, तब त्यसले सोच्छ: “यो मान्छे वास्तवमै कडा रहेछ, यसलाई निकै गहन रूपमा विष हालिएको रहेछ। यसलाई साँच्‍चै ईश्‍वरीकरण गरिएको रहेछ। यो यति सानै उमेरको छ, र यस्तो अवस्थासम्‍म पुग्‍ने गरी यातना दिइँदा पनि यसले एक शब्‍द पनि बोलेको छैन। मैले यसबारे के गर्ने? यो मान्छे त महत्त्वपूर्ण व्यक्ति हो जस्तो देखिन्छ, र यसलाई मण्डली बारे धेरै कुरा थाहा हुनुपर्छ। यदि मैले यसको मुखबाट केही जानकारी निकालेँ भने, हामीले धेरै जना मानिसहरूलाई पक्राउ गर्न सक्छौँ, र धेरै पैसा कमाउन सक्छौँ!” त्यसपछि शैतानले यसबारे केही विचार गर्न थाल्छ: “मैले कसरी यसको मुख खोल्न सक्छु, र केही भित्री कुरा बताउन लगाउन र कतिपय मानिसहरूबारे जानकारी लिन सक्छु? दह्रिला मानिसहरू सबैका कमजोर पक्ष हुन्छन्—जस्तै कुंग फू अभ्यास गर्ने मानिसहरू। कुनै व्यक्ति कुंग फूमा जतिसुकै सिपालु भए पनि, अन्ततः तिनीहरूको पनि कमजोरी त हुन्छ नै। प्रत्येक व्यक्तिको कमजोरी हुन्छ, त्यसैले विशेषगरी त्यसको कमजोरीमा आक्रमण गरौँ। त्यसको कमजोरी के हो? मैले त्यो एउटै सन्तान हो, र आमाबुबाले त्यसलाई सानैदेखि पुलपुलाएका छन् भन्‍ने सुनेको छु। तिनीहरूले त्यसको धेरै हेरचाह गर्छन् र त्यसलाई साह्रै माया गर्छन्, र त्यसले पनि तिनीहरूलाई धेरै माया गर्छ भन्‍ने सुनेको छु। यदि मैले त्यसका आमाबुबालाई ल्याएर तिनीहरूलाई त्यसमाथि केही मनोवैज्ञानिक काम गर्न लगाएँ भने, सायद तिनीहरूको शब्दले केही काम गर्नेछ।” त्यसपछि त्यस पिशाचले त्यसका आमाबुबालाई ल्याउँछ। अनुमान गर त, उसले आफ्ना आमाबुबालाई देख्‍नेबित्तिकै के हुन्छ? तिनीहरूलाई देख्‍नुभन्दा पहिले, उसले सोचेको थियो: “हे परमेश्‍वर, मैले मेरो गवाहीमा दृढ रहने सङ्कल्‍प गरेको छु। म पक्‍कै पनि यहूदा बन्‍नेछैनँ!” तर उसले आफ्ना आमाबुबालाई देख्‍नेबित्तिकै, उसको हृदय तोडिने अवस्थामा पुग्छ। उसले सबैभन्दा पहिले यस्तो महसुस गर्छ, “मैले मेरा आमाबुबालाई निराश पारेको छु, मलाई यस्तो अवस्थामा देख्दा तिनीहरूलाई साह्रै पीडा भएको हुनुपर्छ,” त्यसपछि ऊ डाँको छोडेर रुन थाल्छ। उसले अझै पनि आफ्नो हृदयमा जोड दिन्छ: “म यहूदा बन्‍नेछैनँ, म परमेश्‍वरप्रतिको मेरो गवाहीमा अडिग रहनुपर्छ। मैले गलत बाटो लिएको छैनँ, मैले जीवनको सही बाटो पछ्याइरहेको छु। मैले शैतानलाई लज्‍जित पारेर परमेश्‍वरको गवाही दिनैपर्छ!” ऊ हृदयमा अडिग हुन्छ, र यस कुरालाई बारम्बार जोड दिन्छ, तर उसले यसलाई भावनात्मक रूपमा सहन सक्दैन, र एकै क्षणमा उसको हृदय तोडिन लागेको अवस्थामा पुग्छ। आफ्नो सन्तानलाई यातना दिएर यस्तो अवस्थामा पुर्‍याइएको देख्दा तिनका आमाबुबालाई कस्तो लाग्छ होला? म उसको बुबाका बारेमा कुरा गर्नेछैनँ, तर उसकी आमाको हृदय त पक्‍कै टुट्छ। आफ्‍नो बच्‍चालाई यातना दिएर व्यक्ति जस्तो समेत नदेखिने अवस्थामा पुर्‍याइएको देख्दा उनलाई ठूलो कष्ट, असहज र पीडा महसुस हुन्छ, र उनी उसको नजिक जाँदा काँप्न थाल्छिन्। त्यस्तो बेला तैँले कस्तो प्रतिक्रिया दिने थिइस्? तैँले आँखा जुधाउने हिम्मत गर्ने थिइनस्, होइन र? हेर् त, तैँले केही भनेको हुँदैनस्, तेरा आमाबुबाले केही भनेका हुँदैनन्, तर तँ आफ्‍ना भावनाहरूलाई जित्‍न नसकेर पहिले नै टुटिसकेको हुन्छस्। तैँले मनमनै विचार गर्नेथिइस्: “मेरा आमाबुबा वृद्ध भइसकेका छन्, तिनीहरू शारीरिक रूपमा त्यति स्वस्थ छैनन्, र बाँच्‍नका लागि तिनीहरू एक-अर्कामा निर्भर छन्। तिनीहरूले मजस्तो सन्तान जन्माए, र अहिलेसम्म मैले तिनीहरूका कुनै पनि अपेक्षाहरू पूरा गरेको छैनँ, र मैले अहिले तिनीहरूका लागि धेरै समस्याहरू खडा गरेको छु, मैले तिनीहरूलाई धेरै लज्‍जित तुल्याएको छु, र तिनीहरू मलाई यस्तो पीडाको अवस्थामा भेट्न पनि आउनुपरेको छ।” चालै नपाई, तेरो हृदयको गहिराइमा, तँलाई तँ पैतृक निष्ठा नभएको सन्तान होस्, तैँले आमाबुबालाई चोट पुर्‍याएको र निराश पारेको छस्, र तैँले तिनीहरूलाई चिन्तित तुल्याएको छस् र तिनीहरूलाई निराश पारेको छस् भन्‍ने महसुस हुन्छ। तँलाई र तेरा आमाबुबा दुवैलाई फरक-फरक कारणले गर्दा धेरै वेदना हुन्छ। तेरा आमाबुबाका हकमा, तिनीहरूलाई तेरो अवस्था देख्दा नराम्रो लागेर, अनि तैँले यसरी कष्ट भोगेको सहन नसकेर यस्तो महसुस हुन्छ। तेरो हकमा, तैँले तेरा आमाबुबा कति दुःखी र पीडित छन् भन्‍ने देखेर तँलाई यस्तो हुन्छ, र तँ तिनीहरू तँलाई लिएर दुःखी र चिन्तित भएको कुरा सहन सक्दैनस्। के यी दुवै भावनाका प्रभावहरू होइनन् र? यो क्षणसम्म, यो सबै कुरालाई सामान्य नै मान्‍न सकिन्छ, र यसले तँ आफ्‍नो गवाहीमा दृढ भएर खडा हुने कार्यमा असर गरिहाल्ने थिएन। मानौँ तेरा आमाबुबाले यसो भने: “पहिले तँ कति स्वस्थ र बलियो थिइस्, तर अहिले तँलाई कुटपिट गरेर यस्तो अवस्थामा पुर्‍याइएको छ। तँ सानै छँदादेखि, हामीले तँलाई आँखाको नानी बनाएका थियौँ। हामीले तँमाथि कहिल्यै औँला उठाएनौँ। तैँले कसरी आफूलाई यस्तो अवस्थामा पुर्‍याउन सकिस्? हामीले तँलाई कहिल्यै कुट्न चाहेनौँ; हामीले सधैँ तँलाई प्यारो ठान्यौँ र माया गर्‍यौँ—‘हामी तँलाई मुखमा च्याप्‍न चाहन्थ्यौँ, तर तँ पग्‍लिन्छस् भन्‍ने डर लाग्थ्यो, हामी तँलाई आफ्‍नो हत्केलामा राख्‍न चाहन्थ्यौँ, तर तँ टुट्छस् भन्‍ने डर लाग्थ्यो।’ हामी तँलाई धेरै प्यारो ठान्छौँ, तर त्यो पर्याप्त छैन। तैँले हाम्रो हेरचाह गरिनस् भने पनि ठीकै छ, तर अहिले तैँले कुनै पनि जानकारी दिन इन्कार गरिरहेको छस्, तैँले धेरै कष्ट भोगिरहेको छस्, र परमेश्‍वरमा विश्‍वास गरेकोले र उहाँको गवाही दिन चाहेकोले तैँले यस्तो अवस्थामा पुग्ने गरी कष्ट भोगेर पनि हरेस खाँदैनस्। तँ कसरी यति जिद्दी हुन सकेको? तँ किन परमेश्‍वरमा विश्‍वास गर्न जिद्दी गर्छस्? ‘तिमीलाई तिम्रो शरीर तिम्रा आमाबुबाले दिएका हुन्।’ के आफूलाई यस्तो दिएर हामीलाई राम्रो गरिरहेको छस्? यदि तँलाई साँच्‍चै केही भएको भने, तँलाई हामी दुई जना कसरी बाँच्छौँ जस्तो लाग्छ? हामी वृद्ध भएपछि तैँले हाम्रो हेरचाह गर्नेछस् वा हाम्रो अन्त्येष्टिको बन्दोबस्त गर्नेछस् भन्‍ने अपेक्षा गर्दैनौँ, हामी तँ सकुशल रहेस् भन्‍ने मात्र चाहन्छौँ। तँ हाम्रो लागि सबै थोक होस्, यदि तेरो हालत ठीक छैन भने, तँ मरिस् भने, हामी आफ्नो बाँकी जीवन कसरी बिताउन सक्छौँ? तँबाहेक हाम्रो अरू को छ र? हामीसँग अरू के आशा छ र?” यो भाषणको हरेक शब्दले तँलाई मुटुमा घोच्छ, र यसले तेरा भावनात्मक आवश्यकताहरूलाई तृप्त पार्छ, र तेरा भावना र विवेकलाई उत्तेजित पनि गर्छ। तेरा आमाबुबाले यी शब्दहरू भन्‍नुअघि, तँ अझै पनि आफ्नो हृदयको गहिराइमा आफ्नो विश्‍वास र आफ्नो अडानमा दृढ रहिरहेको थिइस्, तर तिनीहरूले हप्कीका यी शब्दहरू बोलेपछि, के तेरो हृदयको गहिराइमा रहेको रक्षाको पर्खाल ढल्नेछैन र? “‘तिमीलाई तिम्रो शरीर तिम्रा आमाबुबाले दिएका हुन्।’ तैँले राम्रो काम छोडिस्, तैँले आफ्‍ना राम्रा सम्भावनाहरू त्यागिस्, र तैँले सुखी जीवन त्यागिस्। तँ परमेश्‍वरमा विश्‍वास गर्न जिद्दी गर्छस्, र तैँले आफूलाई यसरी बरबाद हुन दिएको छस्—के तैँले हामीलाई राम्रो गरिरहेको छस्?” यो भाषण सुनेपछि के कुनै व्यक्ति नरोई बस्‍न सक्छ? के यी शब्दहरू सुनेपछि कुनै पनि व्यक्ति आफूलाई नहप्काई बस्‍न सक्छ? के तिनीहरू आफ्ना आमाबुबालाई निराश पारेको छु भन्‍ने महसुस नगरी बस्‍न सक्छन्? के कसैले यो शैतानले परीक्षा गरिरहेको हो भनेर छनक पाउन सक्छ? के कुनै पनि व्यक्ति यसबाट भावनात्मक रूपमा मात्रै प्रभावित भएर, यसलाई तर्कसङ्गत रूपमा सम्हाल्न सक्छ? के कसैले यो भाषण सुनेपछि, “तेरा आमाबुबा तेरो जीवन वा नियतिका मालिक होइनन्, र तिनीहरू तेरा ऋणदाता होइनन्” भन्‍ने भनाइमा आफ्नो विश्‍वास कायम राख्‍न सक्छ? के कसैले भावनात्मक रूपमा कमजोर महसुस गरे पनि, आफ्नो कर्तव्य र दायित्व, र सृष्टि गरिएको प्राणी अडिग रहनुपर्ने गवाहीलाई त्याग्‍नबाट आफूलाई रोक्‍न सक्छ? तैँले यीमध्ये कुन-कुन कुरा हासिल गर्न सक्थिस्? यदि भावनात्मक हिसाबमा तँ अलिकति निराश भइस्, केही आँसुसमेत बगाइस्, र आफ्ना आमाबुबाका लागि नराम्रो महसुस गरिस्, तर सृष्टिका प्रभुको अघि सृष्टि गरिएको प्राणीसँग हुने गवाही, जिम्‍मेवारी र कर्तव्यलाई नगुमाई तैँले अझै पनि परमेश्‍वरको वचनमा विश्‍वास गरिस्, र तँ अडिग रहनुपर्ने गवाहीमा अझै पनि दृढ रहिस्, र तैँले निर्वाह गर्नुपर्ने कर्तव्यमा अझै पनि दृढ रहिस् भने, तँ अडिग रहेको हुनेछस्। तर यदि तेरी आमा आँसु झार्दै तँलाई हप्काएको देख्दा, तँ आफ्‍नो भावनामा डुबिस्, तैँले तँ पैतृक निष्ठा नभएको व्यक्ति होस्, तैँले गलत निर्णय गरिस् भन्‍ने सोचिस्, तँ पछुताइस् र अघि बढिरहन अनिच्छुक भइस्, सृष्टि गरिएको प्राणीमा हुनुपर्ने गवाही, र सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने कर्तव्य, जिम्मेवारी, र दायित्व त्याग्न, र तेरा आमाबुबाकहाँ फर्कन, तिनीहरूको मायाको ऋण तिर्न, र तिनीहरूलाई तेरो लागि पीडा सहन वा चिन्ता गर्न नदिन चाहिस् भने, तँसँग कुनै गवाही हुनेछैन, र तँ परमेश्‍वरलाई पछ्याउन अयोग्य हुनेछस्। परमेश्‍वरले उहाँलाई पछ्याउनेहरूलाई के भन्‍नुभयो? (के उहाँले यसो भन्‍नुभएन र: “यदि कुनै मानिस मकहाँ आउँछ, र आफ्‍नो बाबु, र आमा, र पत्‍नी, र छोराछोरी, र दाजुभाइ-दिदीबहिनीलाई, अँ अनि, उसको आफ्‍नै जीवनलाई घृणा गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:२६)? यो हरफ बाइबलमा छ।) यदि आमाबुबाप्रतिको तेरो प्रेम परमेश्‍वरप्रतिको तेरो प्रेमभन्दा बढी छ भने, तँ परमेश्‍वरलाई पछ्याउन अयोग्य छस्, र तँ उहाँका अनुयायीहरूमध्येको एक होइनस्। यदि तँ उहाँका अनुयायीहरूमध्येको एक होइनस् भने, तँ विजयी होइनस्, र परमेश्‍वरले तँलाई चाहनुहुन्‍न भनेर भन्न सकिन्छ। यस परीक्षाको माध्यमबाट, तँलाई खुलासा गरिएको छ, तँ आफ्नो गवाहीमा दृढ रहेको छैनस्। तैँले शैतानको यातनासामु आत्मसमर्पण गरिनस्, तर तेरा आमाबुबाले हप्कीका केही शब्दहरू बोलेर नै तँलाई घुँडा टेकाए। तँ डरपोक होस् र तैँले परमेश्‍वरलाई धोका दिएको छस्। तँ परमेश्‍वरलाई पछ्याउन अयोग्य छस् र तँ उहाँको अनुयायी होइनस्। आमाबुबाले प्रायजसो यसो भन्छन्: “म तँसँग अरू केही माग्दिनँ, तँ धेरै धनी बन्‍नुपर्छ भनेर पनि भन्दिनँ, तर मलाई यति मात्र आशा छ कि तँ यस जीवनमा स्वस्थ र सुरक्षित हो। तँलाई खुसी देख्‍न पाउनु मात्रै पनि पर्याप्त छ।” त्यसकारण, जब तँलाई यातना दिइन्छ, तब तँलाई तैँले आफ्ना आमाबुबालाई निराश पारेको छु भन्‍ने महसुस हुन्छ: “मेरा आमाबुबाले मबाट धेरै चाहनुहुन्‍न, तर पनि मैले तिनीहरूलाई निराश तुल्याएको छु।” के यो विचार सही छ? के तैँले तिनीहरूलाई निराश पारेको होस्? (होइन।) के शैतानले तँलाई सताउनु तेरो गल्ती हो? के तँलाई गम्भीर रूपमा कुटपिट गरिनु, यातना दिइनु, र क्रूरतापूर्वक सताइनु तेरो गल्ती हो? (होइन।) तँलाई सताउने त शैतान हो, र तैँले आफूलाई बरबाद गरेको होइनस्। तँ सही मार्गमा हिँडिरहेको छस्, र तैँले एक साँचो व्यक्ति बन्‍ने प्रयास गरिरहेको छस्। तेरा छनौटहरू र तेरा सबै कार्यहरूले परमेश्‍वरको लागि गवाही दिइरहेका थिए, र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गरिरहेका थिए। सृष्टि गरिएको प्रत्येक प्राणीले गर्नुपर्ने छनौटहरू, र सृष्टि गरिएको प्रत्येक प्राणीले लिनुपर्ने मार्गहरू यिनै हुन्। यो सही मार्ग हो; यो आफूलाई बरबाद गर्नु होइन। तेरो देहलाई यातना दिइए पनि, र त्यसले क्रूर, अमानवीय व्यवहार सहेको भए पनि, यो सबै न्यायोचित प्रयोजनका लागि हो। यो गलत बाटो लिने कार्य होइन, र यो आफूलाई बरबाद गर्नु होइन। तेरो देहले पीडा उठाउनु, यातना भोग्‍नु, र व्यक्ति जस्तो समेत नदेखिने अवस्थामा पुग्ने गरी कष्ट पाउनु भनेको तैँले तेरा आमाबुबालाई निराश पार्नु होइन। तैँले तिनीहरूलाई स्पष्टीकरण दिनु पर्दैन। यो तेरो रोजाइ हो। तँ जीवनको सही बाटोमा छस्, यति मात्र हो कि तिनीहरूले यो कुरा बुझ्दै बुझ्दैनन्। तिनीहरूले आमाबुबाको स्थानमा उभिएर हेरिरहेका छन्, तिनीहरूले आफ्‍ना भावनाहरूका खातिर तेरो सुरक्षा गर्न चाहन्छन्, र तैँले शारीरिक पीडा भोगेको देख्न चाहँदैनन्। तेरो सुरक्षा गर्ने तिनीहरूको इच्छाले के हासिल गर्न सक्छ? के तिनीहरूले तेरो तर्फबाट गवाही दिन सक्छन्? के तिनीहरूले तेरो तर्फबाट सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्न सक्छन्? के तिनीहरूले तेरो तर्फबाट परमेश्‍वरको मार्ग पछ्याउन सक्छन्? (सक्दैनन्।) तैँले सही निर्णय गरेको छस्, र तँ यसमा अडिग रहनुपर्छ। तँ तेरा आमाबुबाका शब्दहरूद्वारा मोहित हुनु वा बहकिनु हुँदैन। तैँले आफैलाई बरबाद गरिरहेको छैनस्; तँ सही बाटोमा हिँडिरहेको छस्। तँ आफ्‍नो धैर्यता र आफ्‍ना सबै कार्यहरूमार्फत सत्यतामा अडिग भइरहेको छस्, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित भइरहेको छस्, र शैतानको अगाडि परमेश्‍वरको गवाही दिइरहेको छस्, र परमेश्‍वरको नामलाई महिमित पारिरहेको छस्। मात्र यति हो कि, तैँले आफ्नो देहमा क्रूर सतावटको पीडा मात्र सहेको छस्। यो मानिसहरूले सहनुपर्ने पीडा हो; मानिसहरूले सृष्टिका प्रभुलाई अर्पण गर्नुपर्ने कुरा यही हो, र यो तिनीहरूले चुकाउनुपर्ने मूल्य हो। तेरो जीवन तेरा आमाबुबाबाट आएको होइन, र तैँले कुन मार्ग हिँड्नुपर्छ भन्‍ने कुराको निर्णय गर्ने अधिकार तेरा आमाबुबासँग छैन। तैँले आफ्नो शरीरलाई के गर्छस्, वा आफ्‍नो गवाहीमा दृढ हुनका लागि तैँले के-कस्तो मूल्य चुकाउँछस् भन्‍ने कुराको निर्णय गर्ने अधिकार तिनीहरूसँग छैन। मात्र यति हो कि, तिनीहरू केवल आफ्‍ना दैहिक भावनाहरूका आवश्यकताहरूका कारण र तिनीहरूले दैहिक भावनाहरूको दृष्टिकोणबाट यस कुरालाई हेरिरहेका कारण तैँले शारीरिक पीडा भोगेको देख्न चाहँदैनन्। तर सृष्टि गरिएको प्राणीका रूपमा, तेरो देहले जतिसुकै पीडा सहे पनि, त्यो तैँले सहनुपर्ने कुरा हो। मुक्ति प्राप्त गर्न र सृष्टि गरिएको प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्न मानिसहरूले अनगिन्ती मूल्य चुकाउनैपर्छ। यो मानिसको दायित्व र जिम्मेवारी हो, र सृष्टि गरिएको प्राणीले सृष्टिका प्रभुलाई समर्पण गर्नुपर्ने कुरा हो। मानिसहरूको जीवन परमेश्‍वरबाट आउने हुनाले, र तिनीहरूको शरीर पनि परमेश्‍वरबाट नै आउने हुनाले, यो मानिसहरूले सहनुपर्ने पीडा हो। त्यसकारण, मानिसहरूले सहनुपर्ने पीडाको कुरा आउँदा, तेरो शरीरले जस्तो शारीरिक पीडा सहे पनि, तैँले आफ्ना आमाबुबालाई कुनै कुरा बुझाउनु आवश्यक छैन। तेरा आमाबुबाले भन्छन्, “तिमीलाई तिम्रो शरीर तिम्रा आमाबुबाले दिएका हुन्,” तर यसको के अर्थ? मानिसहरूलाई तिनीहरूका आमाबुबाले जन्म दिने र हुर्काउने भए पनि, तिनीहरूसँग भएका सबै कुरा तिनीहरूका आमाबुबाले तिनीहरूलाई दिएका हुन् भन्‍ने होइन। यसको अर्थ मानिसहरूले आफूले हिँड्ने मार्ग र आफूले चुकाउने मूल्यका मामिलामा आफ्नो आमाबुबाको जबरजस्ती र अवरोधलाई मान्‍नुपर्छ भन्‍ने होइन। यसको अर्थ मानिसहरूले सत्यता पछ्याउने बाटोमा हिँड्न, वा सृष्टिका प्रभुको अगाडि सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्न आफ्ना आमाबुबाको अनुमति लिनुपर्छ भन्‍ने होइन। त्यसकारण, तैँले आफ्ना आमाबुबालाई स्पष्टीकरण दिनु आवश्यक छैन। तैँले त परमेश्‍वरलाई पो स्पष्टीकरण दिनुपर्छ। तैँले पीडा सहे पनि नसहे पनि, तैँले सबै कुरा परमेश्‍वरलाई सुम्पिनुपर्छ। यसका साथै, यदि तैँले सही बाटो पछ्याइरहेको छस् भने, तैँले चुकाएका सबै मूल्य परमेश्‍वरले सम्झनुहुनेछ र पहिचान गर्नुहुनेछ। परमेश्‍वरले त्यसलाई सम्झनुहुने र पहिचान गर्नुहुने हुनाले, ती मूल्य चुकाउनु सार्थक हुन्छन्। तेरो देहले केही भौतिक पीडा सहनेछ, तर यी मूल्यहरूले तँलाई अन्तमा आफ्‍नो गवाहीमा अडिग रहन, परमेश्‍वरको स्वीकृति प्राप्त गर्न, र मुक्ति पाउन सक्षम तुल्याउनेछ, र परमेश्‍वरले यी कुराहरू सम्झनुहुनेछ। यसलाई अरू केही कुरासँग साट्न सकिँदैन। तेरा आमाबुबाका तथाकथित अपेक्षाहरू, वा तिनीहरूले तँसँग बोल्ने आलोचनाका शब्दहरू त तैँले निर्वाह गर्नुपर्ने कर्तव्य र परमेश्‍वरको अघि दिनुपर्ने गवाहीको तुलनामा महत्त्वहीन हुन्छन् र उल्लेख गर्नलायक हुँदैनन्, किनकि तैँले सहने पीडा धेरै मूल्यवान् र अर्थपूर्ण हुन्छ! सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट हेर्दा, यो जीवनको सबैभन्दा अर्थपूर्ण र बहुमूल्य कुरा हो। तसर्थ, मानिसहरू तिनीहरूका आमाबुबाका शब्‍दहरूका कारण कमजोर र उदास हुनु हुँदैन, परीक्षामा पर्नु हुँदैन, र तिनीहरूका शब्‍दहरूका कारण त निश्चय नै पछुतो गर्ने, दोषी महसुस गर्ने वा आमाबुबालाई निराश पारेको छु भन्‍ने महसुस गर्नु हुँदैन। मानिसहरूले आफूले भोगेको पीडाबाट सम्मानित भएको महसुस गर्नुपर्छ, र यसो भन्‍नुपर्छ: “परमेश्‍वरले मलाई चुन्‍नुभयो, र मेरो देहलाई यस्तो मूल्य चुकाउन, र शैतानको हिंस्रक दुर्व्यवहार सहन सक्‍ने बनाउनुभयो, ताकि मैले उहाँका लागि गवाही दिने अवसर पाउन सकूँ।” परमेश्‍वरले उहाँका चुनिएका अनेकौँ मानिसहरूमध्येबाट तँलाई छान्‍नु तेरो लागि सम्मानको कुरा हो। तैँले यसलाई लिएर दुखी महसुस गर्नु हुँदैन। यदि तैँले आफ्नो गवाहीमा अडिग भएर शैतानलाई अपमान गरिस् भने, सृष्टि गरिएको प्राणीका लागि यो जीवनको सबैभन्दा ठूलो सम्मान हो। क्रूर सतावटमा परेपछि तेरो शरीरले जुनसुकै प्रकारका रोग वा प्रभावहरू भोगे पनि, वा तँलाई त्यस्तो अवस्थामा देखेर तेरा परिवार र आमाबुबालाई जति पीडा भए पनि, तैँले लज्जित वा विचलित महसुस गर्नु हुँदैन, वा तैँले यस कारणले आफ्ना आमाबुबालाई निराश पारेको छु भनेर सोच्‍नु हुँदैन, किनभने तैँले गरेका सबै कुरा न्यायोचित प्रयोजनका लागि चुकाइएको मूल्य थियो, र यो राम्रो काम हो। तेरा असल कामहरूको आलोचना गर्न कुनै पनि व्यक्ति योग्य छैन, तैँले परमेश्‍वरमा विश्‍वास गरेको, परमेश्‍वरलाई पछ्याएको, र आफ्‍नो कर्तव्य निर्वाह गरेको बारेमा गैरजिम्मेवार, आलोचनात्मक टिप्पणी गर्ने वा आलोचना गर्ने योग्यता वा अधिकार कसैसँग छैन। सृष्टिका प्रभु मात्र तेरो व्यवहार, तैँले चुकाएको मूल्य र तैँले गरेका छनौटहरूको आलोचना गर्न योग्य हुनुहुन्छ। अरू कोही पनि आलोचना गर्न योग्य छैनन्—तेरा आमाबुबालगायत तिनीहरूमध्ये कोही पनि तेरो आलोचना गर्न योग्य छैनन्। यदि तिनीहरू तेरो नजिकका मानिस हुन् भने, तिनीहरूले तँलाई बुझ्नुपर्छ, प्रोत्साहन दिनुपर्छ र सान्त्वना दिनुपर्छ। तिनीहरूले तँलाई दृढ रहन, आफ्‍नो गवाहीमा अडिग रहन अनि शैतानको कुरा मान्‍न वा त्यसको अघि झुक्‍नबाट रोक्‍न सहयोग गर्नुपर्छ। तिनीहरूले तँप्रति गर्व गर्नुपर्छ र तेरो लागि खुसी हुनुपर्छ। तँ आफ्‍नो गवाहीमा अडिग रहनका लागि अहिलेसम्म दृढ रहन सकेको छस् र शैतानको अघि झुकेको छैनस्, त्यसकारण तिनीहरूले तँलाई प्रोत्साहन दिनुपर्छ। तिनीहरूले तँलाई रोकेर राख्नु हुँदैन, र तिनीहरूले पक्‍कै पनि तँलाई हप्काउनु हुँदैन। यदि तैँले केही गलत गरिस् भने, तिनीहरू तेरो आलोचना गर्न योग्य हुनेछन्। यदि तैँले गलत बाटो समातिस्, परमेश्‍वरलाई अपमान गरिस्, सकारात्मक कुराहरू र सत्यतालाई धोका दिइस् भने, तिनीहरू तेरो आलोचना गर्न योग्य हुनेछन्। तर तेरा सबै कार्यहरू सकारात्मक रहेका हुनाले, र परमेश्‍वरले ती कुरालाई पहिचान र स्मरण गर्नुहुने हुनाले, यदि तिनीहरूले तेरो आलोचना गरे भने, तिनीहरूले असल र खराबको बीचमा भिन्‍नता छुट्याउन नसकेकाले यसो गरिरहेका हुन्छन्। गलत त तिनीहरू पो हुन्छन्। तैँले परमेश्‍वरमा विश्‍वास गरेकोमा, सही मार्गमा हिँडेकोमा, र असल व्यक्ति बनेकोमा तिनीहरू निराश छन्—शैतानले तँलाई सताउँदा, तिनीहरूले किन त्यसको आलोचना गर्दैनन्? तिनीहरूले आफ्नै भावनाहरूका कारण तेरो आलोचना गरिरहेका हुन्छन्—तैँले के गल्ती गरिस्? के तँ यहूदा बन्‍नबाट जोगिएको मात्रै होइनस् र? तँ यहूदा बनिनस्, तैँले शैतानसँग सहकार्य वा सम्झौता गर्न अस्वीकार गरिस्, र आफ्नो गवाहीमा दृढ रहनका लागि तैँले यो यातना र अमानवीय व्यवहार सहिस्—यसमा के गलत छ र? तैँले केही गल्ती गरेको छैनस्। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँ तेरो लागि आनन्दित हुनुहुन्छ, र तँप्रति गर्व गर्नुहुन्छ। तैपनि, तेरा आमाबुबा तँदेखि लज्जित हुन्छन्, र तेरा असल कार्यहरूको आलोचना गर्छन्—के यो त कालोलाई सेतो भनेर झुक्‍किनु होइन र? के तिनीहरू असल आमाबुबा हुन्? तिनीहरूले किन तँलाई सताउने शैतान, र दुष्ट मानिस र पिशाचहरूको आलोचना गर्दैनन्? तैँले आफ्ना आमाबुबाबाट कुनै सान्त्वना, प्रोत्साहन वा समर्थन नपाउने मात्र होइन, त्यसको विपरीत तिनीहरूले तेरो आलोचना गर्छन् र तँलाई हप्काउँछन्, जबकि शैतानले जे गरे पनि, तिनीहरूले त्यसलाई निन्दा गर्दैनन् वा सराप्दैनन्। तिनीहरूले त्यसलाई मौखिक गाली वा निन्दाको एक शब्द पनि भन्‍ने हिम्मत गर्दैनन्। तिनीहरूले यसो भन्दैनन्: “तिमीहरूले एउटा असल व्यक्तिलाई कसरी यातना दिएर यो अवस्थामा पुर्‍याउन सक्यौ? उसले त परमेश्‍वरमा विश्‍वास गरेर सही मार्ग अपनाएको मात्रै हो, होइन र? उसले केही चोरेको छैन वा कसैलाई लुटेको छैन, उसले कुनै नियम-कानुन उल्लङ्घन गरेको छैन, तैपनि तिमीहरूले किन उसलाई यसरी यातना दियौ? तिमीहरूले त यस्ता मानिसहरूलाई प्रोत्साहन दिनुपर्ने हो। यदि समाजका सबैले परमेश्‍वरमा विश्‍वास गरे र सही मार्गमा हिँडे भने, यस समाजलाई कानुनको आवश्यकता पर्ने थिएन, र कुनै अपराध हुनेथिएन।” तिनीहरूले किन यसरी आलोचना गर्दैनन्? तिनीहरूले तँलाई सताउने शैतान र पिशाचहरूको आलोचना गर्ने हिम्मत किन गर्दैनन्? तिनीहरूले तँलाई सही मार्गमा हिँडेकोमा हप्काउँछन्, तर जब दुष्ट मानिसहरूले दुष्ट काम गर्छन्, तब तिनीहरू चुपचाप तिनलाई अनुमोदन गर्छन्। यी आमाबुबाका बारेमा तँलाई के लाग्छ? के तैँले तिनीहरूका लागि नराम्रो महसुस गर्नुपर्छ? के तैँले तिनीहरूलाई पैतृक निष्ठा देखाउनुपर्छ? के तैँले तिनीहरूलाई आफ्नो हृदयदेखि प्रेम गर्नुपर्छ? के तिनीहरू तेरो पैतृक निष्ठा पाउन योग्य छन्? (छैनन्।) तिनीहरू योग्य छैनन्। तिनीहरू सही र गलत, वा असल र दुष्ट छुट्याउन सक्दैनन्। तिनीहरू भ्रमित मानिस हुन्। भावनाहरूबाहेक, तिनीहरू अरू केही कुरा बुझ्दैनन्। तिनीहरू न्याय के हो, वा सही मार्गमा हिँड्नु भनेको के हो भन्‍ने कुरा बुझ्दैनन्, तिनीहरू नकारात्मक कुरा के हुन्, वा दुष्ट शक्तिहरू के हुन् भन्‍ने जान्दैनन्, तिनीहरू आफ्नो भावना र आफ्नो देहको सुरक्षा कसरी गर्ने भन्‍ने कुरा मात्र जान्दछन्। दैहिक सम्बन्धको यो सबैभन्दा सतही स्तरबाहेक, तिनीहरूको हृदयमा यो विचार मात्र हुन्छ: “जबसम्म मेरा सन्तान सुरक्षित र स्वस्थ हुन्छन्, तबसम्‍म म धेरै खुसी र कृतज्ञ हुनेछु।” त्यति मात्र हो। जीवनको सही मार्ग, न्यायोचित प्रयोजन, वा व्यक्तिले यस जीवनमा गर्न सक्‍ने सबैभन्दा मूल्यवान् र अर्थपूर्ण कार्यको कुरा आउँदा, तिनीहरूले यी कुनै पनि कुरा बुझ्दैनन्। तिनीहरूले यी कुराहरू बुझ्दैनन्, र तिनीहरूले तँलाई सही मार्ग पछ्याएकोमा हप्काउँछन्—तिनीहरू वास्तवमै अत्यन्तै भ्रमित मानिसहरू हुन्। यी आमाबुबाका बारेमा तँलाई के लाग्छ? के तिनीहरू वृद्ध दियाबलस जोडी होइनन् र? तैँले आफ्नो हृदयमा यस्तो विचार गर्नैपर्छ: “यी वृद्ध दियाबलस जोडी—अहिलेसम्म मैले धेरै कुटपिट र यातना भोगेँ, हालैका दिनहरूमा मैले दिनरात परमेश्‍वरलाई प्रार्थना गरिरहेको छु, र उहाँले मलाई हेरचाह गरिरहनुभएको छ र मलाई बचाइराख्‍नुभएको छ, त्यसैले म अहिलेसम्म बाँच्न सकेको छु। म ठूलो कठिनाइका साथ आफ्‍नो गवाहीमा दृढ भएँ, र केही शब्दहरूद्वारा नै तिमीहरूले यसलाई पूर्ण रूपमा इन्कार गरिदियौ। के मैले सही बाटोमा हिँड्नु गलत हो? के मैले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नु गलत हो? म यहूदा नबन्‍नु पक्‍कै पनि गलत कुरा त होइन होला? यी दुई वृद्ध दियाबलसहरू! ‘तिमीलाई तिम्रो शरीर तिम्रा आमाबुबाले दिएका हुन्’—मसँग भएका सबै कुरा स्पष्ट रूपमै परमेश्‍वरबाट आएका हुन्, के तिमीहरूले मलाई दिएका हौ र? तिमीहरूले मलाई जन्म दिनेछौ र हुर्काउनेछौ, अनि आफ्‍नो हातले ठूलो बनाउनेछौ भनेर परमेश्‍वरले हुकुम गर्नुभएको मात्र हो। तिमीहरू मेरो बारेमा व्यथित हुन्छौ, र केवल आफ्‍ना भावनात्मक आवश्यकताहरू पूरा गर्नका लागि दुःखी र निराश हुन्छौ। यदि म मरेँ भने, तिमीहरू वृद्ध भएपछि तिमीहरूको हेरचाह गर्ने वा तिमीहरूको अन्त्येष्टि गर्ने कोही हुँदैन भनेर तिमीहरूलाई डर लागेको छ। मानिसहरू हाँस्‍नेछन्, र मैले तिमीहरूलाई लाजमा पारेको छु भनेर सोच्‍नेछन् भनेर तिमीहरू डराएका छौ।” यदि तैँले अपराध गरेको कारण, चोरी गरेको, वा लुटपाट गरेको, धोका दिएको, वा ठगेको कारण तँ जेल गइस् भने, तिनीहरू यसो भन्दै तेरो पक्षमा लड्न सक्छन्: “मेरो छोरा राम्रो छ, उसले कुनै खराब काम गरेको छैन। उसको खराब दुष्ट छैन, ऊ असल र दयालु छ। यति मात्र हो कि, यस संसारको दुष्ट प्रवृत्तिले उसमा नकारात्मक प्रभाव पारेको छ। मलाई आशा छ, सरकार ऊप्रति नरम हुनेछ।” तिनीहरू तेरो लागि लड्नेछन्, तर तँ परमेश्‍वरमाथिको विश्‍वासको बाटोमा हिँडिरहेको हुनाले, तँ सही बाटोमा हिँडिरहेको हुनाले, तिनीहरूले तँलाई हृदयको गहिराइबाट नै तिरस्कार गर्छन्। तिनीहरूले तँलाई कसरी तिरस्कार गर्छन्? “हेर त, आफूलाई कस्तो अवस्थामा पुर्‍याएको छस्। के तैँले लाई राम्रो गरिरहेको छस् त?” तैँले आफ्‍नो हृदयमा यस्तो विचार गर्नुपर्छ: “तिनीहरूले ‘हेर त, आफूलाई कस्तो अवस्थामा पुर्‍याएको छस्’ भनेर के भन्‍न खोजिरहेका छन्? म त जीवनको सही बाटोमा हिँडिरहेको मात्र छु—साँचो व्यक्ति हुनु भनेको यही हो! असल कामहरू गर्नु र गवाही दिनु भनेको यही हो; यो त शक्ति हो। यस्ता मानिसहरूमा मात्र साँचो रूपमा विवेक र समझ हुन्छ, र तिनीहरू डरपोक, बेकारका, वा यहूदा हुँदैनन्। मैले आफूलाई कुन अवस्थामा पुर्‍याएको छु र? यो साँचो मानव स्वरूप हो! तिमीहरू मेरो लागि खुसी नहुने मात्र होइन, तिमीहरूले त मलाई हप्काइरहेका पनि छौ—तिमीहरू कस्ता आमाबुबा हौ? तिमीहरू आमाबुबा हुन लायक छैनौ, तिमीहरू श्रापित हुनुपर्छ!” यदि तँ यस्तो सोच्छस् भने, तेरा आमाबुबाले “तिमीलाई तिम्रो शरीर तिम्रा आमाबुबाले दिएका हुन्, तर तैँले आफूलाई कसरी यस्तो बरबादीमा पुर्‍याउन सकिस्” भनेर भन्छन् भने, के तँ अझै पनि रुन्छस्? (रुँदिनँ।) त्यो भाषण सुनेपछि तैँले के सोच्छस्? “कस्तो वाहियात कुरा गरेको। तिनीहरू त साँच्‍चै वृद्ध मूर्ख जोडी हुन्! ‘तिमीलाई तिम्रो शरीर तिम्रा आमाबुबाले दिएका हुन्’—तिमीहरूलाई तिमीहरूको शरीर कसले दियो भन्‍ने पनि थाहा छैन, तर पनि तिमीहरू मलाई हप्काउन यी शब्दहरू प्रयोग गर्छौ, तिमीहरू साँच्‍चै कति भ्रमित रहेछौ! मलाई सताउने त दियाबलस र शैतानहरू हुन्। तिमीले कसरी कालोलाई सेतो ठानेर मेरो पो आलोचना गरिरहेका छौ? के मैले कानुन उल्लङ्घन गरेँ? के मैले चोरी गरेँ वा कसैलाई लुटेँ, के मैले कसैलाई धोका दिएँ वा ठगेँ? मैले कुन-कुन कानुन तोडेँ? मैले कुनै नियम-कानुन उल्लङ्घन गरेको छैनँ, मैले सही मार्ग पछ्याएको हुनाले मलाई शैतानले यस्तो अवस्थामा पुग्ने गरी सताएको छ। मैले अहिलेसम्म एक शब्द पनि फुत्काएको छैनँ, म यहूदा बनेको छैनँ—अरू कोसँग यस्तो शक्ति छ र? तिमीले मेरो तारिफ गर्नु वा मलाई प्रोत्साहन दिनुको सट्टा, उल्टै मलाई हप्काउँछौ। तिमीहरू दियाबलस हौ!” यदि तैँले यसरी सोचिस् भने, तँ रुनेछैनस् वा कमजोर हुनेछैनस्, होइन र? तेरा आमाबुबालाई गलत र सही छुट्याउन आउँदैन, तिनीहरूले सेतोलाई कालो ठान्छन्, किनभने तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्, र तिनीहरू सत्यता बुझ्दैनन्। तैँले सत्यता बुझेको छस्, त्यसैले तँ तिनीहरूले बोल्ने ती शैतानी वचन र भ्रमहरूबाट प्रभावित हुनु हुँदैन। बरु, तँ सत्यतामा निरन्तर अडिग रहनुपर्छ। यसरी, तँ साँच्‍चै नै आफ्नो गवाहीमा दृढ रहिरहेको हुनेछस्। के कुरा यस्तै नै होइन र? (हो।)

मलाई भन्, के आफ्‍नो गवाहीमा दृढ हुन सजिलो छ? पहिलो, तँ आफ्‍ना भावनाहरूबाट मुक्त हुनुपर्छ, दोस्रो, तैँले सत्यतालाई बुझ्नैपर्छ। तब मात्र तैँले कुनै कमजोरी अनुभव गर्नेछैनस्, तँ आफ्नो गवाहीमा अडिग रहन सक्नेछस्, र यस्ता विशेष परिस्थितिहरूमा परमेश्‍वरले तँलाई पहिचान र स्वीकार गर्नुहुनेछ; तब मात्र परमेश्‍वरले तँलाई विजयी र उहाँको अनुयायीका रूपमा स्वीकार गर्नुहुनेछ। जब तँ विजयी हुन्छस्, जब तैँले आमाबुबालाई निराश नतुल्याउनुको सट्टा परमेश्‍वरलाई चाहिँ निराश नतुल्याएको हुन्छस्, तब तैँले तँप्रतिका तेरा आमाबुबाका सबै अपेक्षाहरू त्याग्‍न सक्‍नेछस्, होइन र? तेरा आमाबुबाका अपेक्षाहरू महत्त्वपूर्ण छैनन्, तिनले फरक पार्दैनन्; परमेश्‍वरका अपेक्षाहरूमा खरो उत्रिनु, र परमेश्‍वरप्रतिको आफ्‍नो गवाहीमा दृढ रहनु नै सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्, र ती सृष्टि गरिएको प्राणीमा हुनुपर्ने मनोवृत्ति र खोजीहरू हुन्। के यो साँचो होइन र? (हो।) जब तैँले कमजोर महसुस गरिरहेको हुन्छस्, जब तैँले आफ्नो बाटो बिराउँछस्, विशेषगरी तैँले सही मार्ग पछ्याइरहेको बेला जब तँलाई शैतानले घेर्छ र सताउँछ, वा जब संसारका मानिसहरूले तँलाई धिक्‍कार्छन्, गिल्‍ला गर्छन् र इन्कार गर्छन्, तब तेरो वरपरका मानिसहरू, अर्थात् तेरा आफन्त, साथीभाइ, र परिचितहरूले तैँले कुनै लाजमर्दो काम गरेको छस् भन्‍ने सोच्‍नेछन्, र कसैले पनि तँलाई बुझ्ने, प्रोत्साहन दिने, सहायता गर्ने, वा सान्त्वना दिने काम गर्नेछैनन्। झन् कसैले तँलाई मद्दत गर्नु, तँलाई बाटो देखाउनु, वा अभ्यासको मार्ग देखाउनु त परको कुरा हो। यसमा तेरा आमाबुबा पनि पर्छन्। तैँले परमेश्‍वरमा विश्‍वास गरिरहेको र आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको कारण तँ तिनीहरूप्रति पैतृक निष्ठा देखाउँदै तिनीहरूको साथमा नभएको हुनाले, वा तिनीहरूलाई राम्रोसँग जिउन वा तिनीहरूको मायाको ऋण तिर्न नसक्‍ने हुनाले, तिनीहरूले तँलाई बुझ्‍नेछैनन्। तिनीहरूको दृष्टिकोण पनि संसारका मानिसहरूको जस्तै हुनेछ—तिनीहरूले तैँले तिनीहरूलाई लाजमा पारेको छस्, तँलाई हुर्काएको सट्टा तिनीहरूले केही पाएका छैनन्, तिनीहरूले तँबाट कुनै लाभ हासिल गरेका छैनन्, तैँले तिनीहरूका अपेक्षा पूरा गरेको छैनस्, तैँले तिनीहरूलाई निराश पारेको छस्, र तँ कसैको वास्ता नगर्ने बैगुनी होस् भन्‍ने सोच्नेछन्। तेरा आमाबुबाले तँलाई बुझ्‍नेछैनन्, र तिनीहरूले तँलाई कुनै सकारात्मक मार्गदर्शन दिन सक्नेछैनन्, तेरा आफन्त र साथीहरूको त कुरै नगरौँ। जब तँ सही मार्गमा हिँडिरहेको हुन्छस्, तब तँलाई परमेश्‍वरले मात्रै अथक प्रोत्साहन, सहयोग, सान्त्वना र भरणपोषण गरिरहनुभएको हुन्छ। जब तँलाई जेलमा यातना दिइन्छ र सताइन्छ, तब परमेश्‍वरको वचन र उहाँले तँलाई दिनुभएको विश्‍वासले मात्र तँलाई हरेक सेकेन्ड, मिनेट र दिन जीवित राख्नेछन्। त्यसकारण, जब तैँले कष्टप्रद कुटपिट सहिरहेको हुन्छस्, तब परमेश्‍वरको वचन र परमेश्‍वरले तँलाई दिनुभएको विश्‍वासका कारण तैँले परमेश्‍वरका लागि आफ्नो गवाहीमा अडिग रहने, यहूदा बन्‍नबाट जोगिने, र परमेश्‍वरको नामलाई महिमित तुल्याउने र शैतानलाई अपमान गर्ने इच्छा गरिरहनेछस्। तैँले एक हिसाबमा आफ्‍नो सङ्कल्पका कारण यी कुराहरू गर्न सक्छस्, र अर्को अझै महत्त्वपूर्ण हिसाबमा, परमेश्‍वरको मार्गदर्शन, साथ र नेतृत्वका कारण यसो गर्न सक्छस्। जबकि तेरा आमाबुबाले तँलाई सबैभन्दा बढी सान्त्वना र सहयोग चाहिएको बेला आफ्‍नै बारेमा मात्रै सोच्छन् र तँ कसैको वास्ता नगर्ने बैगुनी होस्, तिनीहरूले यस जीवनमा कहिल्यै तेरो भरोसा गर्न सक्दैनन्, र तिनीहरूले तँलाई व्यर्थैमा हुर्काएका छन् भनेर भन्छन्। तिनीहरूले तँलाई हुर्काएका हुन्, तिनीहरूले सुखी जीवन बिताउन तैँले सहयोग गर्नेछस्, तैँले तेरा पुर्खाहरूलाई गौरवान्वित तुल्याउनेछस्, र तिनीहरूलाई आफन्त र साथीहरूको अगाडि शिर ठाडो परेर तँप्रति गौरव महसुस गर्न सक्ने तुल्याउनेछस् भनेर आशा गरेका छन् भन्‍ने कुरालाई तिनीहरूले अझै बिर्सँदैनन्। परमेश्‍वरमा विश्‍वास नगर्ने आमाबुबाले तेरो विश्‍वासलाई लिएर कहिल्यै सम्मानित र भाग्यमानी भएको महसुस गर्दैनन्। यसको विपरीत, तिनीहरूले तँलाई परमेश्‍वरमा विश्‍वास गरेको र आफ्‍नो कर्तव्य निर्वाह गर्नमा व्यस्त भएको कारण तिनीहरूलाई भेट्ने वा तिनीहरूको हेरचाह गर्ने समय नपाएकोमा तँलाई बारम्‍बार हप्काउँछन्। तिनीहरूले तँलाई हप्काउने मात्र होइन, तँलाई “वास्ता नगर्ने बैगुनी” र “अकृतज्ञ सन्तान” भन्दै प्रायजसो गाली पनि गर्छन्। के तँलाई यी नराम्रा नामहरू बोकेर सही बाटोमा हिँड्नु गाह्रो हुन्छ जस्तो लाग्दैन? के तँलाई अन्याय भएको महसुस हुँदैन? के यी कुराहरू अनुभव गर्दा तँलाई आफ्ना आमाबुबाको सहयोग, प्रोत्साहन र बुझाइको आवश्यकता पर्दैन? तँलाई प्रायजसो तैँले आफ्ना आमाबुबालाई निराश पारेको छस् भन्‍ने महसुस हुँदैन र? परिणामस्वरूप, कतिपय मानिसहरूले यस्तो मूर्ख विचार पनि पाल्छन्: “यस जीवनमा, मेरो भाग्यमा मैले मेरा आमाबुबाप्रति पैतृक निष्ठा देखाउने वा तिनीहरूसँग बस्‍ने लेखिएको रहेनछ। त्यसकारण म अर्को जीवनमा तिनीहरूप्रतिको पैतृक निष्ठा देखाउनेछु!” के यो मूर्ख विचार होइन र? (हो।) तँसँग यस्ता विचारहरू हुनु हुँदैन; तैँले तिनलाई जराबाट नै सुल्झाउनुपर्छ। तँ सही मार्गमा हिँड्छस्, तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने, र परमेश्‍वरको मुक्ति ग्रहण गर्न सृष्टिको प्रभुको अगाडि आउने निर्णय गरेको छस्। यो संसारमा एउटै मात्र सही बाटो त्यही हो। तैँले सही निर्णय गरेको छस्। तेरा आमाबुबालगायत विश्‍वास नगर्नेहरूले तँलाई जति गलत बुझे पनि वा तँबाट निराश महसुस गरे पनि, यसले परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्ने तेरो छनौट वा कर्तव्य निर्वाह गर्ने तेरो सङ्कल्पलाई असर गर्नु हुँदैन, न त यसले परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई नै असर गर्नु हुन्छ। तँ दृढ भएर लागिपर्नुपर्छ, किनकि तँ सही बाटोमा हिँडिरहेको छस्। योभन्दा पनि बढी, तैँले आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍नुपर्छ। तँ सही बाटोमा हिँडिरहेको बेला ती कुराहरू तेरो लागि बोझ बन्‍नु हुँदैन। तैँले सही बाटो पछ्याइरहेको छस्, र तैँले जीवनको सबैभन्दा सही निर्णय गरेको छस्; यदि तेरा आमाबुबाले तँलाई साथ दिँदैनन् भने, यदि तिनीहरूले तँलाई सधैँ वास्ता नगर्ने बैगुनी भनी गाली गर्छन् भने, तैँले तिनीहरूलाई अझै बढी खुट्ट्याउनुर्छ, र भावनात्मक स्तरबाट तिनीहरूलाई त्याग्‍नुपर्छ, र तिनीहरूको बन्धनमा पर्नु हुँदैन। तिनीहरूले तँलाई साथ, प्रोत्साहन वा सान्त्वना नदिए पनि, तँलाई केही फरक पर्दैन—तँसँग यी कुराहरू भए पनि नभए पनि तैँले केही पाउँदैनस् वा गुमाउँदैनस्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तँप्रतिका परमेश्‍वरका अपेक्षाहरू हुन्। परमेश्‍वरले तँलाई प्रोत्साहन दिइरहनुभएको छ, भरणपोषण गरिरहनुभएको छ, र मार्गदर्शन गरिरहनुभएको छ। तँ एकलो छैनस्। तेरा आमाबुबाका अपेक्षाहरूविना पनि तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छस्, र यस आधारमा, तँ अझै पनि एक असल व्यक्ति रहनेछस्। आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍नुको मतलब तैँले आफ्नो नैतिकता र आचार गुमाएको छस् भन्‍ने हुँदैन, र तैँले आफ्नो मानवता, वा नैतिकता र न्यायबोध त्यागेको छस् भन्‍ने त अवश्य नै हुँदैन। तैँले आफ्ना आमाबुबाका अपेक्षाहरू पूरा गर्न नसक्‍नुको कारण के हो भने, तैँले सकारात्मक कुराहरू रोजेको छस्, र तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने निर्णय गरेको छस्। यसमा केही गलत छैन, र यो सबैभन्दा सही बाटो हो। तँ आफ्नो विश्‍वासमा दृढ र अडिग रहनुपर्छ। तैँले आफ्ना आमाबुबाको सहारा नपाउने, र निश्चित रूपमा तिनीहरूको आशिष् नपाउने सम्‍भावना छ, किनभने तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गरिरहेको छस्, तर यसले केही फरक पार्दैन। यो महत्त्वपूर्ण छैन, तैँले केही पनि गुमाएको छैनस्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जब तैँले परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्ने र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने निर्णय गरिस्, परमेश्‍वरले तँप्रति अपेक्षा र उच्‍च आशा पाल्न थाल्‍नुभयो। यस संसारमा जिउने क्रममा, यदि मानिसहरू आफ्ना साथी-भाइ र आफन्तहरूबाट विमुख भए भने पनि, तिनीहरू राम्रोसँग जिउन सक्छन्। अवश्य नै, आफ्ना आमाबुबाबाट विमुख भएपछि पनि तिनीहरूले सामान्य जीवन बिताउन सक्छन्। तिनीहरू परमेश्‍वरको मार्गदर्शन र आशिषबाट विमुख भएपछि मात्र अन्धकारमा पर्छन्। मानिसहरूबाट परमेश्‍वरले गर्नुहुने अपेक्षा र उहाँको मार्गदर्शनको तुलनामा, आमाबुबाका अपेक्षाहरू महत्त्वहीन हुन्छन् र उल्लेख गर्नलायक हुँदैनन्। तेरा आमाबुबाले तँ जस्तो व्यक्ति बनोस् भन्‍ने अपेक्षा गरे पनि, वा तैँले भावनात्मक स्तरमा जस्तो जीवन बिताओस् भन्‍ने अपेक्षा गरे पनि, तिनीहरूले तँलाई सही मार्गमा, वा मुक्तिको मार्गमा डोर्‍याइरहेका हुँदैनन्। तसर्थ, तैँले आफ्नो दृष्टिकोणलाई उल्टाउनुपर्छ, र आफ्नो हृदयको गहिराइबाट, र भावनात्मक स्तरमा आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍नुपर्छ। तैँले यस प्रकारको बोझ बोकिरहनु हुँदैन, वा सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने निर्णय गरेको कारण आफ्ना आमाबुबाप्रति दोषी महसुस गर्नु हुँदैन। तैँले कसैलाई निराश पार्न केही गरेको छैनस्। तैँले परमेश्‍वरलाई पछ्याउने र उहाँको मुक्ति स्वीकार गर्ने निर्णय गरेको छस्। यो भनेको तेरा आमाबुबालाई निराश पार्नु होइन, यसको विपरीत, तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने र सृष्टिकर्ताको मुक्ति स्वीकार गर्ने निर्णय गरेकोमा तेरा आमाबुबाले गौरवान्वित र सम्मानित महसुस गर्नुपर्छ। यदि तिनीहरूले यसो गर्न सकेनन् भने, तिनीहरू असल मानिस होइनन्। तिनीहरू तेरो आदर पाउन योग्य छैनन्, तिनीहरू तेरो पैतृक निष्ठा पाउन त झन् कम योग्य छन्, र, पक्‍कै पनि, तिनीहरू तेरो चिन्ताको लागि अझै कम योग्य छन्। के यस्तै नै होइन र? (हो।)

यस संसारमा कस्ता मानिसहरू आदर पाउन सबैभन्दा बढी योग्य हुन्छन्? के तिनीहरू सही बाटोमा हिँड्नेहरू होइनन् र? “सही बाटो” ले यहाँ केलाई जनाउँछ? के यसको अर्थ सत्यता पछ्याउनु र परमेश्‍वरको मुक्ति स्वीकार गर्नु भन्‍ने होइन र? के सही मार्गमा हिँड्नेहरू परमेश्‍वरलाई पछ्याउने र उहाँमा समर्पित हुने मानिस होइनन् र? (हुन्।) यदि तँ यस प्रकारको व्यक्ति होस्, वा तैँले यस्तो बन्‍ने प्रयास गर्छस्, र तेरा आमाबुबाले तँलाई बुझ्दैनन्, र तँलाई सधैँ सराप्‍ने समेत गर्छन् भने—यदि तँ कमजोर, उदास र अन्योलग्रस्त अवस्थामा हुँदा, तिनीहरूले तँलाई साथ, सान्त्वना, वा प्रोत्साहन दिन नसक्‍ने मात्र होइन, तर तँलाई पैतृक निष्ठा देखाउन फर्केर आउन, धेरै पैसा कमाउन र तिनीहरूको हेरचाह गर्न, तिनीहरूलाई निराश हुन नदिन, तिनीहरूलाई तेरो सफलताको स्वाद चखाउन, र तँसँग सुखी जीवन बिताउन दिन माग गर्छन् भने—के यस्ता आमाबुबालाई पन्छाउनु पर्दैन र? (पर्छ।) के यस्ता आमाबुबाहरू तेरो आदर पाउन योग्य हुन्छन्? के तिनीहरू तेरो पैतृक निष्ठा पाउन योग्य हुन्छन्? के तिनीहरू तैँले तिनीहरूप्रतिको जिम्मेवारी पूरा गर्न योग्य हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? किनभने तिनीहरू सकारात्मक कुराहरूदेखि वितृष्ण हुन्छन्, के यो तथ्य होइन र? (हो।) किनभने तिनीहरू परमेश्‍वरलाई घृणा गर्छन्, के यो तथ्य होइन र? (हो।) किनभने तिनीहरू तँलाई सही मार्गमा हिँडेको देख्दा तिरस्कार गर्छन्, के यो तथ्य होइन र? (हो।) तिनीहरू न्यायसङ्गत कार्यहरूमा संलग्‍न मानिसहरूलाई घृणा गर्छन्; तँ परमेश्‍वरलाई पछ्याउँछस् र आफ्नो कर्तव्य निर्वाह गर्छस्, त्यसकारण तिनीहरू तँलाई घृणा गर्छन् र तुच्छ ठान्छन्। यी कस्ता आमाबुबा हुन्? के तिनीहरू घृणित र नीच आमाबुबा होइनन् र? के तिनीहरू स्वार्थी आमाबुबा होइनन्? के तिनीहरू दुष्ट आमाबुबा होइनन्? (हुन्।) परमेश्‍वरमाथिको तेरो विश्‍वासका कारण ठूलो रातो अजिङ्गरले तँलाई अपराधीहरूको सूचीमा राखेको छ र सिकार बनाएको छ, तँ भाग्दै हिँडेको छस्, घर फर्कन सकेको छैनस्, र कतिपय मानिसहरू त विदेश पनि जानु परेको छ। तेरा आफन्त, साथीभाइ, र सहपाठीहरू सबैले तँ भगुवा बनेको छस् भनेर भन्छन्, र यी बाहिरी हल्ला र अफवाहका कारण, तेरा आमाबुबालाई तैँले अन्यायपूर्ण रूपमा कष्ट दिएको छस्, र तिनीहरूलाई लज्‍जित तुल्याएको छस् भन्‍ने लाग्छ। तिनीहरूले तँलाई नबुझ्ने, सहारा नदिने वा तँप्रति सहानुभूति नराख्‍ने मात्र होइन, तिनीहरूले ती अफवाह फैलाउने, र तँलाई तिरस्कार र भेदभाव गर्ने मानिसहरूलाई निन्दा नगर्ने मात्र होइन, तर तिनीहरूले तँलाई घृणा पनि गर्छन्, परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू र शक्तिमा भएका मानिसहरूले जस्तै तिनीहरूले पनि तेरो बारेमा त्यही कुरा गर्छन्। यी आमाबुबाका बारेमा तँलाई के लाग्छ? के तिनीहरू असल छन्? (छैनन्।) त्यसोभए के तँलाई अझै पनि तिनीहरूप्रति ऋणी छु भन्‍ने लाग्छ? (लाग्दैन।) यदि तैँले कहिलेकाहीँ आफ्नो परिवारलाई फोन गरिस् भने, तिनीहरूलाई भगुवाबाट फोन आएको जस्तो लाग्छ। तिनीहरूलाई ठूलो अपमानमा परेको जस्तो लाग्छ, र तँ शिकार गरिएको मुसो जस्तो घर फर्कने आँटसमेत गर्दैनस् भन्‍ने लाग्छ। तिनीहरूलाई तँलाई सन्तानको रूपमा पाउनु लाजमर्दो कुरा हो भन्‍ने लाग्छ। के यस्ता आमाबुबा आदरको योग्य हुन्छन्? (हुँदैनन्।) तिनीहरू आदरको योग्य हुँदैनन्। त्यसोभए, तँप्रतिको तिनीहरूका अपेक्षाहरूको प्रकृति के हो? के तिनीहरू तिमीहरूले ध्यान दिन लायक हुन्छन्? (हुँदैनन्।) तँ प्रतिका तिनीहरूका अपेक्षाहरूको मुख्य लक्ष्य के हो? के तिनीहरू साँच्‍चै तँ सही बाटोमा हिँडेको र अन्ततः तैँले मुक्ति प्राप्त गरेको चाहन्छन्? तिनीहरू तँ समाजका प्रचलन पछ्याएर संसारमा अघि बढ्नेछस्, तिनीहरूको इमानमा सान थप्नेछस्, तिनीहरूलाई शिर ठाडो गरेर संसारको सामना गर्ने अवस्थामा पुर्‍याउनेछस्, र तिनीहरूको गर्व र हर्ष बन्नेछस् भन्‍ने आशा गर्छन्। अरू के छ? तिनीहरू तेरो सफलताको स्वाद चाख्न, मीठो खान र पिउन, राम्रा ब्रान्डका लुगाहरू लगाउन र सुन र चाँदीमा सजिन चाहन्छन्। तिनीहरू लक्जरी क्रुज जहाज चढ्न र विश्‍वका हरेक देशमा यात्रा गर्न चाहन्छन्। यदि तँ संसारमा अघि बढिस्, तैँले यस संसारमा ख्याति र पैसा कमाइस्, र तिनीहरूलाई तेरो सफलताको स्वाद चाख्न दिइस् भने, तिनीहरूले जहाँ गए पनि यसो भन्दै तेरो नाम उल्लेख गर्नेथिए: “मेरो छोरा, मेरी छोरी फलानो-फलानो हो।” के अहिले तिनीहरूले तेरो नाम त्यसरी नै उल्लेख गर्छन् त? (गर्दैनन्।) तँ सही मार्गमा हिँडिरहेको छस्, तर तिनीहरूले तेरो नाम उच्‍चारण गर्दैनन्। तिनीहरू तँ दरिद्र र कङ्गाल छस्, तँ लाजमर्दो व्यक्ति होस्, र तेरो नाम उल्लेख गर्नु आफैलाई लज्‍जित तुल्याउनु हो भन्‍ने सोच्छन्, त्यसैले तिनीहरूले तेरोबारेमा कुरा उठाउँदैनन्। तसर्थ, तेरा आमाबुबाका अपेक्षाहरूको उद्देश्य के हो? तेरो सफलताको स्वाद चाख्नु हो, र यो कुरा विशुद्ध रूपमा तेरो भलाइको लागि होइन। तिनीहरू तेरो सफलताको स्वाद चाख्न पाए भने मात्र खुसी हुन्छन्। अहिले तँ सृष्टिका प्रभुको अगाडि फर्किएको छस्, र तैँले परमेश्‍वर, उहाँको मुक्ति, र उहाँका वचनहरूलाई स्वीकार गरेको छस्, अहिले तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य लिएको छस्, र जीवनको सही मार्गमा हिँडेको छस्, तिनीहरूले तँबाट नाफा वा फाइदा पाइरहेका छैनन्, र तिनीहरूले तँलाई हुर्काएर घाटा भयो भन्‍ने सोच्छन्, मानौँ तिनीहरूले व्यापार गरिरहेका छन्, र तिनीहरू घाटामा गएका छन्। फलस्वरूप, तिनीहरू पछुतोले भरिन्छन्। कतिपय आमाबुबाले प्रायजसो यसो भन्छन्: “तँलाई हुर्काउनु त कुकुरलाई हुर्काउनुभन्दा पनि बेकार भयो। कुकुर पाल्दा, त्यो धेरै मिलनसार हुन्छ र त्यसले मालिकलाई देख्दा पुच्छर हल्लाउन जान्दछ। मैले तँलाई हुर्काएर के आशा गर्न सक्छु? तँ सारा दिन परमेश्‍वरमा विश्‍वास गरेर आफ्नो कर्तव्य निर्वाह गर्दै बिताउँछस्, तँ व्यापार गर्दैनस्, काममा जाँदैनस्, तँ सुरक्षित आजीविकासमेत चाहँदैनस्, र अन्तमा हाम्रा सबै छिमेकीहरूले हामीलाई हाँसोमा उडाउन थालेका छन्। मैले तँबाट के पाएको छु? मैले तँबाट एउटा पनि राम्रो कुरा पाएको छैनँ, वा सफलताको स्वाद चाख्न पाएकै छैनँ।” यदि तैँले संसारका दुष्ट प्रचलनहरू पछ्याएर त्यहाँ सफल हुने प्रयास गरेको भए, सायद तेरा आमाबुबाले तँ पीडामा हुँदा, बिरामी, वा दुःखी हुँदा तँलाई साथ, प्रोत्साहन र सान्त्वना दिनेथिए। तैपनि, तैँले परमेश्‍वरमा विश्‍वास गरेको र मुक्ति पाउने मौका पाएको छस् भनेर तिनीहरू खुसी वा आनन्दित हुँदैनन्। यसको विपरीत, तिनीहरूले तँलाई घृणा गर्छन् र सराप्छन्। तिनीहरूको सारका आधारमा हेर्दा, यी आमाबुबा तेरा बैरी र ठूला शत्रु हुन्, तिनीहरू तँजस्ता मानिस होइनन्, र तिनीहरू तैँले हिँड्ने बाटो हिँडिरहेका छैनन्। बाहिरबाट तँ परिवार जस्तो देखिए पनि, तेरो सार, खोजी, प्राथमिकता, तैँले पछ्याउने मार्ग, र तैँले सकारात्मक कुरा, परमेश्‍वर र सत्यतालाई हेर्ने विभिन्‍न मनोवृत्तिहरूका आधारमा हेर्दा, तिनीहरू तँजस्ता मानिस होइनन्। त्यसकारण, तैँले “मसँग मुक्तिको आशा छ, म जीवनको सही मार्गमा हिँडेको छु” भनेर जतिसुकै भने पनि, तिनीहरूलाई यसले छुँदैन, र तिनीहरू तेरो लागि खुसी हुनेछैनन्, वा तेरो लागि आनन्दित हुनेछैनन्। बरु, तिनीहरूले लज्‍जित महसुस गर्नेछन्। भावनात्मक हिसाबमा हेर्दा, यी आमाबुबा तेरो परिवार हुन्, तर तेरो प्रकृति सारका आधारमा, तिनीहरू तेरो परिवार होइनन्, तिनीहरू तेरा शत्रु हुन्। यसको बारेमा विचार गर् त, यदि छोराछोरीले घर जाँदा उपहार र पैसा ल्याउँछन्, र तिनीहरूका आमाबुबालाई मीठो खान र राम्रो ठाउँमा बस्‍न सक्‍ने अवस्थामा पुर्‍याउँछन् भने, तिनीहरूका आमाबुबा धेरै खुसी हुन्छन्, तिनीहरू यति खुसी हुन्छन् कि तिनीहरूलाई के भनौँ भन्‍नेसमेत थाहा हुँदैन। आफ्नो हृदयमा तिनीहरूले यसो भनिरहन्छन्: “मेरो छोरा यति ठूलो छ, र मेरी छोरी यति ठूलो छे। मैले तिनीहरूलाई हुर्काएको र माया दिएको व्यर्थ भएन। तिनीहरू समझदार छन्, तिनीहरूले पैतृक निष्ठा देखाउन जान्दछन्, र तिनीहरूको हृदयमा हाम्रो लागि स्थान छ। तिनीहरू असल सन्तान हुन्।” मानौँ तँ केही नकिनी खाली हात घर जान्छस्, किनकि तैँले परमेश्‍वरमा विश्‍वास गरेर आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। मानौँ तैँले आफ्ना आमाबुबासँग सत्यतामा सङ्गति गर्छस्, परमेश्‍वरको वचनबारे कुरा गर्छस्, र तँ सत्यता पछ्याउने बाटोमा हिँडेको छस् भनेर भन्छस्। तेरा आमाबुबाले तुरुन्तै सोच्नेछन्: “के भनिरहेको? मैले तेरो कुरा बुझ्न सकिनँ। मैले तँलाई यतिका वर्षदेखि हुर्काएँ, र तैँले मेरो कुनै पनि अपेक्षाहरू पूरा गरेको छैनस्। तँ बल्‍ल हामीलाई भेट्न आएको छस्, तैँले कम्तीमा पनि हाम्रो लागि एक जोडी मोजा वा केही फलफूल किनेर त ल्याउन सक्थिस्। तैँले केही पनि ल्याइनस्, तर खाली हात आइस्।” तेरा आमाबुबाले यसो भन्‍नेछैनन्: “तैँले यी कुराहरू भनेको सुनेर, म के भन्‍न सक्छु भने, तँ धेरै परिवर्तन भएको रहेछस्। तँ पहिले जवान र घमण्डी थिइस्, तर अहिले तँ वास्तवमै परिवर्तन भएको रहेछस्। तैँले बताएका सबै कुराहरू उचित मामिला हुन् भनेर म भन्‍न सक्छु। तैँले प्रगति गरेको छस्। तँमा सम्‍भावना छ, र तेरो लागि आशा छ—तँ सही बाटोमा हिँड्न सक्छस्, र तैँले परमेश्‍वरलाई पछ्याउन र मुक्ति प्राप्त गर्न सक्छस्। तँ असल सन्तान होस्। तैँले पीडा भोगिरहेको छस्, त्यसैले म तँलाई मीठो खानेकुरा पकाएर दिन्छु। हामीले केही कुखुरा पालेका छौँ, र सामान्यतया हामी तिनलाई मार्न चाहँदैनौँ, बरु अण्डा खानका लागि पर्खिन्छौँ। तर अहिले तँ घर आएको छस्, त्यसकारण म एउटा कुखुरा काट्नेछु, र तेरो लागि सूप बनाउँछु। तैँले यो मार्ग छनौट गरेर सही गरिस्, तैँले मुक्ति प्राप्त गर्न सक्‍नेछस्। मलाई तेरो लागि साह्रै खुसी लागेको छ! पछिल्ला केही वर्षदेखि मलाई तेरो साह्रै याद आउँथ्यो। हामी सम्पर्कमा नरहेका भए पनि, तँ अहिले हामीलाई भेट्न आएको छस्, र मलाई ढुक्‍क लागेको छ। तँ ठूलो भएछस्। तँ पहिलेभन्दा परिपक्‍व र समझदार भएछस्। तैँले भन्‍ने र गर्ने कुराहरू सबै उचित छन्।” आफ्‍नो सन्तानले सही बाटोमा हिँडेको, र सही विचार र दृष्टिकोणहरू बोकेको देख्दा, यसले आमाबुबालाई फाइदा गर्छ र तिनीहरूको ज्ञानलाई बढाउँछ। तिनीहरूको सन्तानले कर्तव्य निर्वाह गर्न र सत्यता पछ्याउन सक्‍ने हुनाले, यी आमाबुबाले तिनीहरूलाई साथ दिनुपर्छ। यदि भविष्यमा तिनीहरूको सन्तानले मुक्ति पायो र ऊ राज्यमा प्रवेश गर्‍यो, र उसलाई उसको शैतानी र भ्रष्ट स्वभावले हानि गर्न छोड्यो भने, त्यो निकै राम्रो कुरा हुनेछ। यी आमाबुबा वृद्ध, सत्यता ढिलो बुझ्‍ने, र यी कुराहरू राम्ररी नबुझ्‍ने अवस्थामा पुगेका भए पनि, तिनीहरूले यस्तो महसुस गर्छन्: “मेरो सन्तान सही बाटोमा हिँड्न सक्छ, र त्यो ठूलो कुरा हो। ऊ असल सन्तान हो। कुनै उच्‍च सरकारी पद र धनको कुनै मात्रा पनि योजत्तिकै राम्रो वा मूल्यवान् हुँदैन!” मलाई भन त, के यी असल आमाबुबा हुन्? (हुन्।) के तिनीहरू आदरको योग्य छन्? (छन्।) तिनीहरू तेरो आदरको योग्य छन्। त्यसोभए, तैँले तिनीहरूलाई कसरी आदर देखाउनुपर्छ? तैँले आफ्नो हृदयमा तिनीहरूका लागि प्रार्थना गर्नुपर्छ। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तैँले तिनीहरूलाई मार्गदर्शन गर्नुहोओस् र आफूसँग राख्नुहोओस् भनी परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, ताकि तिनीहरू परीक्षा र जाँचको समयमा आफ्नो गवाहीमा दृढ रहन सकून्। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने पनि, तैँले तिनीहरूको निर्णयको सम्मान गर्नुपर्छ, र तिनीहरूको जीवन स्थिर होस्, तिनीहरूले कुनै नराम्रो काम नगरून्, र तिनीहरूले दुष्ट काम कमभन्दा कम गरून् भनेर कामना गर्नुपर्छ, त्यसपछि, बढीमा, मृत्युपछि तिनीहरूले कम सजाय भोग्‍नेछन्; यसबाहेक, तैँले तिनीहरूसँग केही सकारात्मक कुरा, विचार र दृष्टिकोणहरूमा सङ्गति गर्न सक्दो प्रयास गर्नुपर्छ। यसलाई आदर भनिन्छ, र यसलाई उत्तम पैतृक निष्ठा र तेरो जिम्मेवारीहरू पूरा गर्ने उत्तम कार्य पनि भन्न सकिन्छ। के तैँले यो हासिल गर्न सक्छस्? (सक्छु।) आत्मिक र मनोवैज्ञानिक स्तरमा, तिनीहरूलाई प्रोत्साहन र सहयोग प्रदान गर्। शारीरिक स्तरमा, घरमा तिनीहरूको साथ रहँदा, तिनीहरूलाई केही काम गर्न सक्दो मद्दत गर्, र तैँले बुझेको र तेरा आमाबुबाले बुझ्न सक्‍ने केही कुराबारे सङ्गति गर्। तिनीहरूलाई सबै कुरालाई सहजताका साथ लिन, आफूलाई धेरै नथकाउन, आर्थिक र अरू सबै प्रकारका मामिलाहरूलाई धेरै ठूलो कुरा नबनाउन, र सबै कुरालाई स्वाभाविक रूपमा चल्‍न दिन सहयोग गर्। आदर भनेको यही हो। आफ्ना आमाबुबालाई असल, सभ्य मानिसहरूलाई जस्तो व्यवहार गर्, तिनीहरूप्रतिका तेरा केही जिम्मेवारीहरू पूरा गर्, तिनीहरूलाई अलिकति पैतृक निष्ठा देखा, र तिनीहरूप्रतिका आफ्‍ना केही दायित्वहरू पूरा गर्। आदर भनेको यही हो। परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई यसरी बुझ्ने र साथ दिने आमाबुबा मात्र आदरको योग्य हुन्छन्। तिनीहरूबाहेक, अरू कुनै पनि आमाबुबा आदरको योग्य हुँदैनन्। तँलाई पैसा कमाउन लगाउनुको अलावा, तिनीहरूले तँ संसारमा अघि बढेको, नाम कमाएको, र यो वा त्यो गरेको चाहन्छन्। यी आमाबुबा आफूले गर्नुपर्ने कामहरू नगर्ने मानिस हुन्, र तिनीहरू आदरको योग्य हुँदैनन्।

अब तिमीहरू सबैले आमाबुबाका अपेक्षाहरू त्याग्‍ने विषय बुझ्यौ, र तिमीहरू आफ्ना आमाबुबाका अपेक्षाहरू त्याग्‍न सक्छौ। तिमीहरू अरू के-के कुरा त्याग्‍न सक्दैनौ? आफ्‍ना आमाबुबाको जीवन वा आमाबुबा स्वयमका हकमा, तैँले सबैभन्दा बढी कुन-कुन कुरालाई ख्याल गर्छस्? अर्थात्, भावनात्मक तहमा तँलाई अलग हुन वा त्याग्‍न सबैभन्दा गाह्रो हुने कुरा के हो? “तेरा आमाबुबा तेरा ऋणदाता होइनन्; तेरा आमाबुबा तेरो जीवन वा नियतिका मालिक होइनन्”—के हामीले यस विषयमा मूलतः सङ्गति गरिसकेका छैनौँ र? तिमीहरूले त्यो बुझ्यौ? (बुझ्यौँ।) तेरा आमाबुबा तेरा ऋणदाता होइनन्—अर्थात्, तिनीहरूले तँलाई हुर्काउनमा यति लामो समय खर्च गरेका छन् भन्दैमा तैँले तिनीहरूको ऋण कसरी चुकाउने भनेर सधैँ सोचिरहनु हुँदैन। यदि तैँले तिनीहरूको ऋण तिर्न सकिनस् भने, यदि तैँले तिनीहरूको ऋण चुक्ता गर्ने मौका वा सही परिस्थिति पाइनस् भने, तैँले सधैँ दुखी र दोषी महसुस गर्नेछस्, यहाँसम्‍म कि तैँले कसैले आफ्‍ना आमाबुबाको हेरचाह गरिरहेको, वा आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउन केही गरिरहेको तँलाई दुःख लाग्छ। तेरा आमाबुबाले तँलाई हुर्काऊन्, र तँलाई वयस्क बनाऊन् भनेर परमेश्‍वरले नै तय गर्नुभएको हो, तर तैँले आफ्नो जीवन तिनीहरूको ऋण चुक्ता गर्नमा बिता भनेर यसो गर्नुभएको होइन। तैँले यो जीवनमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू छन्, तैँले हिँड्नुपर्ने मार्ग छ, र तेरो आफ्नै जीवन छ। यो जीवनमा, तैँले आफ्नो सम्पूर्ण शक्ति आमाबुबाको दया-मायाको ऋण चुक्ता गर्नमा नै लगाउनु हुँदैन। यो त तेरो जीवनमा र तेरो जीवनको मार्गमा तेरो साथ रहिरहने कुरा मात्रै हो। मानवता र भावनात्मक सम्बन्धका सन्दर्भमा भन्दा, यो अपरिहार्य कुरा हो। तर तँ र तेरा आमाबुबाको सम्बन्ध कस्तो हुने भनेर लेखिएको छ, तिमीहरू आफ्नो बाँकी जीवनभरि सँगै बस्‍न पाउँछौ कि पाउँदैनौ, वा तिमीहरू अलग हुन्छौ कि हुँदैनौ, र भाग्यले सँगै जोडिएका हुन्छौ कि हुँदैनौ भन्‍ने कुरा परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा निर्भर हुन्छ। यदि यो जीवनमा तँ आफ्ना आमाबुबाभन्दा फरक ठाउँमा हुनेछस्, तँ तिनीहरूबाट धेरै टाढा हुनेछस्, र प्रायजसो तिनीहरूसँगै बस्‍न पाउँदैनस् भनेर परमेश्‍वरले योजनाबद्ध र बन्दोबस्त गर्नुभएको छ भने, तेरो लागि तिनीहरूप्रतिको आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भनेको एक प्रकारको आकाङ्क्षा मात्र रहन्छ। यदि परमेश्‍वरले तँलाई यस जीवनमा तेरा आमाबुबाको धेरै नजिक रहन, र तिनीहरूको साथमा बस्‍न सक्‍ने बन्दोबस्त गर्नुभएको छ भने, तैँले आफ्‍ना आमाबुबाप्रतिका तेरा केही जिम्मेवारीहरू पूरा गर्नु, र तिनीहरूलाई केही सन्तानी निष्ठा देखाउनु नै तैँले यस जीवनमा गर्नुपर्ने कुराहरू हुन्—यसबारे कुनै पनि कुराको आलोचना गर्न सकिँदैन। तर यदि तँ आफ्ना आमाबुबाभन्दा फरक ठाउँमा छस्, र तैँले तिनीहरूलाई सन्तानी निष्ठा देखाउने मौका वा सही परिस्थितिहरू पाइनस् भने, तैँले यसलाई लाजमर्दो कुरा मान्‍नु पर्दैन। तैँले आफ्‍ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउन नसकेको कारण तिनीहरूको अनुहार हेर्न लाज मान्‍नु हुँदैन, तेरो परिस्थितिले गर्दा यस्तो भएको मात्र हो। सन्तानका रूपमा, तैँले तेरा आमाबुबा तेरा ऋणदाता होइनन् भन्‍ने कुरा बुझ्‍नुपर्छ। तैँले यस जीवनमा गर्नुपर्ने धेरै कुरा छन्, र यी सबै कुराहरू सृष्टि गरिएको प्राणीले गर्नुपर्ने, सृष्टिका प्रभुले तँलाई सुम्पनुभएका कुराहरू हुन्, र तैँले तेरा आमाबुबाको दया-मायाको ऋण तिर्ने कार्यसँग तिनको कुनै सम्‍बन्ध छैन। आफ्‍ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको दया-मायाको ऋण तिर्नु, तिनीहरूको दया-माया फर्काउनु—तेरो जीवनको मिसनसँग यी कुराहरूको कुनै सम्‍बन्ध हुँदैन। तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउनु, तिनीहरूको ऋण तिर्नु, वा तिनीहरूप्रतिको आफ्नो कुनै पनि जिम्मेवारी पूरा गर्नु आवश्यक छैन भनेर पनि भन्‍न सकिन्छ। स्पष्ट रूपमा भन्दा, परिस्‍थितिले दियो भने तैँले यो कार्य थोरै मात्रामा गर्न सक्छस् र आफ्‍ना केही जिम्मेवारीहरू पूरा गर्न सक्छस्; परिस्‍थितिले दिएन भने, तैँले त्यसो गर्न जिद्दी गर्नु पर्दैन। यदि तैँले आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउने आफ्नो जिम्मेवारी पूरा गर्न सकिनस् भने, यो भयानक कुरा होइन, यो तेरो विवेक, मानवीय नैतिकता र मानवीय धारणाहरूविपरीत कुरा मात्र हो। तर कम्तीमा पनि, यो सत्यताविपरीत कुरा होइन, र परमेश्‍वरले यसका लागि तेरो निन्दा गर्नुहुनेछैन। जब तैँले सत्यता बुझ्छस्, तब तेरो विवेकले यसैको कारण तँलाई दोषी महसुस गराउँदैन। के तिमीहरूले सत्यताको यस पक्ष बुझिसकेपछि तिमीहरूको हृदय स्थिर भएन र? (भयो।) कतिपय मानिसहरूले यसो भन्छन्: “परमेश्‍वरले मेरो निन्दा नगर्नुहुने भए पनि, मेरो विवेकमा, म यो कुरालाई अझै पनि पार गर्न सक्दिनँ, र मलाई अस्थिर महसुस हुन्छ।” यदि तेरो अवस्था पनि यस्तै हुन्छ भने, तेरो कद साह्रै सानो छ, र तैँले यस विषयको सारलाई बुझेको वा स्पष्ट रूपमा देखेको छैनस्। तँ मानिसको नियति बुझ्दैनस्, तँ परमेश्‍वरको सार्वभौमिकता बुझ्दैनस्, र तँ परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्न इच्छुक छैनस्। तँसँग सधैँ मानव इच्छा र तेरा आफ्नै भावनाहरू हुन्छन्, र यी कुराहरूले तँलाई चलाइरहेका छन् र तँमाथि प्रभुत्व जमाइरहेका छन्; यी कुराहरू तेरो जीवन बनेका छन्। यदि तँ मानवीय इच्छा र आफ्ना भावनाहरू रोजिस् भने, तैँले सत्यतालाई रोजेको छैनस्, र तैँले सत्यता अभ्यास गरिरहेको छैनस् वा तँ यसमा समर्पित भइरहेको छैनस्। यदि तैँले मानवीय इच्छा र आफ्ना भावनाहरू रोजिस् भने, तैँले सत्यतालाई धोका दिइरहेको छस्। तेरो परिस्थिति र परिवेशले तँलाई आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउने अनुमति दिँदैन भन्‍ने स्पष्ट छ, तर पनि तँ सधैँ सोच्छस्: “म मेरा आमाबुबाप्रति ऋणी छु। मैले तिनीहरूलाई सन्तानी निष्ठा देखाएको छैन। तिनीहरूले मलाई यति धेरै वर्षदेखि देखेका छैनन्। तिनीहरूले मलाई व्यर्थैमा हुर्काए।” तेरो हृदयको गहिराइमा, तैँले यी कुराहरू कहिल्यै त्याग्‍न सक्दैनस्। यसले एउटा कुरा प्रमाणित गर्छ: तैँले सत्यतालाई स्वीकार गर्दैनस्। धर्मसिद्धान्तको हिसाबमा, तँ परमेश्‍वरका वचनहरू सही छन् भनेर स्वीकार गर्छस्, तर तैँले तिनलाई सत्यताका रूपमा स्वीकार गर्दैनस्, वा त्यसलाई आफ्‍नो कार्यहरूको सिद्धान्तका रूपमा लिँदैनस्। त्यसकारण, कम्तीमा पनि, तैँले आफ्ना आमाबुबासँग गर्ने व्यवहारको तरिकाको हकमा, तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। किनभने, यस मामिलामा, तँ सत्यताका आधारमा व्यवहार गर्दैनस्, तैँले परमेश्‍वरका वचनअनुसार अभ्यास गर्दैनस्, बरु तैँले आफ्‍ना भावनात्मक आवश्यकताहरू, र आफ्नो विवेकका आवश्यकताहरू मात्रै पूरा गर्छस्, अनि आफ्‍ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउन र तिनीहरूको दया-मायाको ऋण तिर्न चाहन्छस्। यो रोजेकोमा परमेश्‍वरले तेरो निन्दा नगर्नुभए पनि, र यो तेरो आफ्‍नो रोजाइ भए पनि, जीवनको सन्दर्भमा अन्तमा घाटा बेहोर्ने त तँ नै हुनेछस्। तँलाई सधैँ यस मामिलाले बाँधेको हुन्छ, तैँले सधैँ आफ्ना आमाबुबाको अनुहार हेर्न लज्‍जित छु, र तिनीहरूको मायाको ऋण तिरेको छैनँ भन्‍ने सोचिरहन्छस्। एक दिन, जब परमेश्‍वरले तेरा आमाबुबाको मायाको ऋण तिर्ने तेरो इच्छा धेरै ठूलो छ भन्‍ने देख्‍नुहुन्छ, तब उहाँले तुरुन्तै तेरो लागि परिवेश योजनाबद्ध गर्नुहुनेछ, त्यसपछि तँ घर जान सक्छस्। के तँलाई तेरा आमाबुबा सबै कुराभन्दा उच्‍च छन्, सत्यता भन्दा पनि उच्‍च छन् भन्‍ने लाग्दैन र? तिनीहरूलाई सन्तानी निष्ठा देखाउन र तेरो विवेक र भावनाहरूका आवश्यकताहरू पूरा गर्नका लागि, तँ परमेश्‍वरलाई गुमाउन, सत्यता त्याग्‍न, र मुक्ति प्राप्त गर्ने आफ्‍नो अवसर परित्याग गर्न तयार हुन्छस्। ठीकै छ, त्यो तेरो रोजाइ हो। परमेश्‍वरले यसका लागि तेरो निन्दा गर्नुहुनेछैन। परमेश्‍वरले तेरो लागि एउटा परिवेश योजनाबद्ध गर्नुहुनेछ, उहाँले तँलाई आफ्नो सूचीबाट हटाउनुहुनेछ, र उहाँले तँलाई त्याग्‍नुहुनेछ। यदि तैँले आफ्ना आमाबुबालाई सन्तानी निष्ठा देखाउन घर जाने, र आफ्नो कर्तव्य निर्वाह नगर्ने छनोट गरिस् भने, तँ परमेश्‍वरले तँलाई सुम्पनुभएको कर्तव्यबाट भागिरहेको र त्यसबाट टाढा गइरहेको हुन्छस्, तैँले परमेश्‍वरको आज्ञा र तँप्रतिका उहाँका अपेक्षाहरू त्यागिरहेको हुन्छस्, तैँले परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्य त्यागिरहेको हुन्छस्, र कर्तव्य निर्वाह गर्ने आफ्‍नो अवसर त्यागिरहेको हुन्छस्। यदि तँ आफ्ना आमाबुबासँग पुनर्मिलन गर्न, आफ्‍नो विवेकका आवश्यकताहरू पूरा गर्न, र आमाबुबाका अपेक्षाहरू पूरा गर्न घर फर्केर गइस् भने, ठीकै छ, तैँले घर जाने छनोट गर्न सक्छस्। यदि तैँले वास्तवमै आफ्ना आमाबुबालाई त्याग्‍न सक्दैनस् भने, तैँले अग्रसरता देखाएर हात उठाउँदै भन्‍न यसो सक्छस्: “मलाई मेरा आमाबुबाको धेरै याद आउँछ। मेरो अन्तस्करणले हरेक दिन दोषी महसुस गर्छ, म मेरा भावनाहरूलाई सन्तुष्ट गर्न सक्दिनँ, र मेरो हृदय दुख्छ। मलाई मेरा आमाबुबाको साह्रै याद आउँछ, र म तिनीहरूका बारेमा सोचिरहन्छु। मलाई यदि म यो जीवनमा आफ्ना आमाबुबालाई सन्तानी निष्ठा देखाउन गइनँ भने, मैले कहिल्यै अर्को अवसर पाउँदिन भन्‍ने डर छ, र मलाई पछुतो हुनेछ भन्‍ने डर छ।” त्यस्तो हो भने तँ घर जान सक्छस्। यदि तेरा आमाबुबा तेरो लागि स्वर्ग र पृथ्वी हुन् भने, यदि तिनीहरू तेरो लागि आफ्नै जीवनभन्दा महत्त्वपूर्ण छन् भने, यदि तिनीहरू तेरो लागि सब थोक हुन् भने, तैँले तिनीहरूलाई नत्याग्ने छनोट गर्न सक्छस्। कसैले पनि तँलाई जबरजस्ती गर्नेछैन। तैँले तिनीहरूलाई सन्तानी निष्ठा देखाउन र तिनीहरूलाई साथ दिन, तिनीहरूलाई सुखी जीवन बिताउने तुल्याउन, र तिनीहरूको दया-मायाको ऋण तिर्न जाने छनोट गर्न सक्छस्। तर तैँले यसबारे धेरै विचार गर्नुपर्छ। यदि तैँले आज यो छनोट गरिस्, र अन्तमा मुक्ति प्राप्त गर्ने मौका गुमाइस् भने, तैँले मात्रै यो नतिजा भोग्‍नुपर्नेछ। अरू कुनै व्यक्तिले यस्तो परिणाम भोग्दैन, तर तैँले नै भोग्नुपर्छ। बुझिस्? (बुझेँ।) तेरा आमाबुबा तेरा ऋणदाता हुन सकून्, र तैँले तिनीहरूको ऋण तिर्न सक् भनेर तैँले कर्तव्य निर्वाह गर्ने र मुक्ति पाउने आफ्‍नो अवसर त्याग्‍न चाहन्छस् भने, यो तेरो छनोट हो। कसैले तँलाई जबरजस्ती गरिरहेको छैन। मानौँ मण्डलीको कसैले यसो भन्दै अनुरोध गर्छ: “घरबाट टाढा बस्न धेरै गाह्रो छ। मलाई आमाबुबाको साह्रै याद आउँछ। मैले तिनीहरूलाई मेरो हृदयबाट त्याग्‍न सकेको छैनँ। म सपनामा प्रायजसो तिनीहरूलाई देखिरहन्छु। मेरो मन र हृदयमा, म खालि तिनीहरूको छायाबारे मात्रै सोचिरहन्छु, र तिनीहरूले मेरो लागि गरेका सबै कुरा सम्झेर मलाई झन्-झन् बढी दोषी महसुस हुन्छ। अहिले तिनीहरू वृद्ध हुँदै गइरहेका छन्, त्यसकारण मलाई आमाबुबाले सन्तान हुर्काउन धेरै गाह्रो छ, र मैले तिनीहरूको ऋण तिर्नुपर्छ, तिनीहरूलाई केही खुसी दिनुपर्छ, र तिनीहरूको बाँकी जीवनभरि तिनीहरूका साथमा रहेर तिनीहरूलाई सन्चो-सुबिस्ता दिनुपर्छ भन्‍ने झन्-झन् बढी महसुस हुन्छ। म बरु मुक्ति पाउने मेरो मौका त्याग्‍न चाहन्छु, ताकि म तिनीहरूलाई सन्तानी निष्ठा देखाउन घर जान सकूँ।” त्यसो हो भने, तिनीहरूले यसो भन्दै आवेदन दिन सक्छन्: “म रिपोर्ट गर्दैछु! म आफ्ना आमाबुबालाई सन्तानी निष्ठा देखाउन घर जान चाहन्छु, र म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्‍नँ।” त्यसपछि मण्डलीले यसलाई अनुमोदन गर्नुपर्छ, र कसैले पनि तिनीहरूलाई सम्झाउनु वा तिनीहरूसँग सङ्गति गर्नु पर्दैन। तिनीहरूलाई थप केही भन्‍नु मूर्खता हुनेछ। जब मानिसहरूले केही पनि बुझ्दैनन्, तब तैँले तिनीहरूलाई थप कुरा बताउन सक्छस्, र स्पष्ट नभएसम्म सत्यतामा सङ्गति गर्न सक्छस्। यदि तैँले यस विषयमा स्पष्ट रूपमा सङ्गति गरेको छैनस्, र परिणामस्वरूप तिनीहरूले गलत छनोट गर्छन् भने, यसका लागि तँ नै जिम्मेवार हुन्छस्। तैपनि, यदि तिनीहरूले धर्मसिद्धान्तका सन्दर्भमा सबै कुरा बुझेका छन् भने, कसैले पनि तिनीहरूलाई सम्झाइरहनु पर्दैन। यो त कतिपय मानिसहरूले यसो भनेजस्तै हो: “मैले सबै कुरा बुझेको छु, त्यसकारण तपाईँले मलाई केही भन्‍नु पर्दैन।” एकदम राम्रो, तैँले तिनीहरूमा आफ्नो सास खेर फाल्नु पर्दैन, र तैँले आफूलाई थोरै झमेलाबाट बचाउन सक्छस्। तैँले यस्ता मानिसहरूलाई तुरुन्तै घर फर्कन दिनुपर्छ। पहिलो, तिनीहरूलाई नरोक्; दोस्रो, तिनीहरूलाई साथ दे; तेस्रो, तिनीहरूलाई यसो भन्दै थोरै सान्त्वना र प्रोत्साहन दे: “घर जानुहोस् र आफ्ना आमाबुबालाई केही उचित सन्तानी निष्ठा देखाउनुहोस्। तिनीहरूलाई रिस उठाउने वा उदास बनाउने नगर्नुहोस्। यदि तपाईँ तिनीहरूलाई सन्तानी निष्ठा देखाउन र तिनीहरूप्रतिको ऋण चुक्ता गर्न चाहनुहुन्छ भने, तपाईँ सन्तानी निष्ठा देखाउने सन्तान हुनुपर्दछ। तर अन्तमा मुक्ति प्राप्त गर्न सक्‍नुभएन भने पछुताउनु नपरोस्। तपाईँको यात्रा शुभ रहोस्, र मलाई आशा छ सबै ठीकठाक हुनेछ!” ठीक छ? (हजुर।) यदि कुनै व्यक्ति आफ्नो आमाबुबालाई सन्तानी निष्ठा देखाउन घर जान चाहन्छ भने, ठीकै छ, तिनीहरूले यस कुरालाई गुम्साएर राख्‍नु हुँदैन। कर्तव्य निर्वाह गर्नु स्वैच्छिक काम हो, र कसैले पनि तँलाई जबरजस्ती गर्नेछैन। कर्तव्य निर्वाह नगरेकोमा तेरो निन्दा गरिनेछैन। यदि तैँले कर्तव्य निर्वाह गरिस् भने, के तैँले अनिवार्य रूपमा मुक्ति प्राप्त गर्नेछस्? गर्छस् नै भन्‍ने छैन। यो त कर्तव्य निर्वाह गर्ने क्रममा तैँले कस्तो मनोवृत्ति राख्छस् भन्‍ने सवाल हो। त्यसोभए, यदि तैँले कर्तव्य निर्वाह गरिनस् भने, के तँ नष्ट हुनेछस्? कसैले पनि त्यसो भनेको छैन। जे भए पनि, तेरो मुक्तिको आशा सायद हराउनेछ। कतिपय मानिसहरूले यसो भन्छन्: “आफ्ना आमाबुबालाई सन्तानी निष्ठा देखाउनु राम्रो हो कि नराम्रो हो?” मलाई थाहा छैन। यदि तँ आफ्ना आमाबुबालाई सन्तानी निष्ठा देखाउन चाहन्छस् भने, देखा। हामीले यसको मूल्याङ्कन गर्नेछैनौँ, त्यसो गर्नु अर्थहीन हुनेछ। यो त मानवता र भावनाको कुरा हो। यो तेरो अस्तित्वको विधि छनोट गर्ने सवाल हो। सत्यतासँग यसको कुनै सम्बन्ध छैन। जो घर गएर आफ्ना आमाबुबाप्रति सन्तानी निष्ठा देखाउन चाहन्छ, उसले स्वतन्त्र रूपमा त्यसो गर्ने छनोट गर्न सक्छ। परमेश्‍वरको घरले तिनीहरूलाई बस्‍न कर गर्नेछैन, र परमेश्‍वरको घरले हस्तक्षेप गर्नेछैन। मण्डलीका अगुवा र वरपरका मानिसहरूले तिनीहरूलाई घर जानबाट रोक्‍नु हुँदैन। तिनीहरूले यस प्रकारको व्यक्तिलाई सम्झाउनु, वा तिनीहरूसँग सत्यतामा सङ्गति गर्नु पर्दैन। यदि तँ घर जान चाहन्छस् भने, जा। सबैले तँलाई बिदाइ गर्नेछन्, तँसँग केही म:म: खानेछन्, र तँलाई सुरक्षित यात्राको शुभकामना दिनेछन्।

आमाबुबाले आफ्ना छोराछोरीहरूबाट गर्ने सबैभन्दा ठूला अपेक्षाहरू भनेको, एक हिसाबले, आफ्ना छोराछोरीले राम्रो जीवन बिताउन सकून् भन्‍ने आशा राख्‍नु हो, र अर्को हिसाबले, आफ्ना छोराछोरीहरू तिनीहरूका साथ रहून् र तिनीहरू वृद्ध हुँदा तिनीहरूको हेरचाह गरून् भन्‍ने आशा राख्‍नु हो। उदाहरणका लागि, यदि आमाबुबा बिरामी परे वा तिनीहरूले जीवनका केही कठिनाइहरू आइपरे भने, तिनीहरूले आफ्‍ना छोराछोरीले तिनीहरूका चिन्ता र कठिनाइहरू हटाउन सहयोग गर्नेछन् र यो बोझ बाँडेर लिनेछन् भन्‍ने आशा गर्छन्। तिनीहरूले यस संसार छोड्दा तिनीहरूका छोराछोरी तिनीहरूका साथमा होऊन् भन्‍ने आशा गर्छन्, ताकि तिनीहरूले अन्तिम पटक आफ्‍ना छोराछोरीलाई हेर्न सकून्। सामान्यतया, आमाबुबाले आफ्ना छोराछोरीबाट गर्ने सबैभन्दा ठूला अपेक्षाहरू यिनै दुई हुन्, र यी अपेक्षाहरू त्याग्‍न गाह्रो छ। यदि कुनै व्यक्तिको आमाबुबा बिरामी पर्छन् वा तिनीहरूले कठिनाइहरू सामना गर्छन्, र उसले यसको खबर पाउँदैन भने, उसले केही नगरे पनि यी समस्याहरू समाधान हुने सम्भावना हुन्छ। तर यदि तिनीहरूले यी कुराहरू थाहा पाए भने, तिनीहरूलाई सामान्यतया यी कुरा समाधान गर्न गाह्रो हुन्छ, विशेषगरी तिनीहरूका आमाबुबा सिकिस्तै र साह्रै बिरामी छन् भने। त्यस्तो बेला मानिसहरूलाई यी कुराहरू त्याग्‍न झनै गाह्रो हुन्छ। जब तँलाई आफ्नो हृदयको गहिराइमा तेरा आमाबुबाको शारीरिक, जिउने वा काम गर्ने अवस्था अझै पनि १०-२० वर्ष पहिलेको जस्तै छ, तिनीहरूले आफ्नो हेरचाह गर्न सक्छन्, र सामान्य रूपमा बाँच्न सक्छन्, तिनीहरू अझै पनि स्वस्थ, जवान र बलिया छन् भन्‍ने लाग्छ, र जब तँलाई तिनीहरूलाई तेरो आवश्यकता छैन जस्तो लाग्छ, तैँले तिनीहरूका बारेमा मनमा त्यति धेरै चिन्ता गर्दैनस्। तर जब तँलाई तेरा आमाबुबा बुढेसकालमा प्रवेश गरेका छन्, तिनीहरूको शरीर कमजोर भएको छ, र तिनीहरूलाई हेरचाह गर्ने र साथ दिने मानिसहरूको आवश्यकता छ भन्‍ने थाहा पाउँछस्, र तँ अन्यत्र छस् भने, तँलाई सायद निराश लाग्छ, र तँ यसबाट प्रभावित हुनेछस्। कतिपय मानिसहरू त आफ्नो कर्तव्यसमेत त्यागेर आफ्ना आमाबुबालाई भेट्न घर जान चाहन्छन्। कतिपय भावुक मानिसहरूले त यसो भन्दै तर्कहीन छनोट समेत गर्छन्: “यदि मैले सक्‍ने भए त, म मेरो जीवनको १० वर्ष मेरा आमाबुबालाई दिनेथिएँ।” कतिपय मानिसहरूले त आफ्ना आमाबुबाका लागि आशिष् माग्‍न तत्पर हुन्छन्। तिनीहरू आफ्ना आमाबुबाका लागि सबै प्रकारका स्वास्थ्य सामग्री र पोसिला खाद्य वस्तुहरू किन्छन्, र जब तिनीहरूले आफ्ना आमाबुबा सिकिस्तै बिरामी परेका छन् भन्‍ने थाहा पाउँछन्, तब तिनीहरू तुरुन्तै आफ्ना आमाबुबाकहाँ जाने इच्छा गर्दै आफ्‍ना भावनाहरूमा नफसी बस्‍न सक्दैनन्। कतिपय मानिसहरूले आफूले कस्तो कर्तव्य निर्वाह गर्नुपर्ने हो भन्‍ने कुरालाई विचार नगरी, अनि परमेश्‍वरको आज्ञालाई बेवास्ता गर्दै यसो भन्छन्, “म यो रोग मेरा आमाबुबाबाट लिन समेत इच्छुक छु।” त्यसकारण, यी परिस्थितिहरूमा, मानिसहरू कमजोर हुने र परीक्षामा पर्ने सम्भावना धेरै हुन्छ। तिमीहरूका आमाबुबा सिकिस्तै बिरामी परेका छन् भन्‍ने खबर सुन्यौ भने, के तिमीहरू रुन्छौ? विशेषगरी, कतिपय मानिसहरूले डाक्टरले तिनीहरूका आमाबुबाका बारेमा अन्तिम सूचना दिइसकेका छन् भन्‍ने खबर पाउँछन्। “तिनीहरूका आमाबुबाका बारेमा अन्तिम सूचना दिइसकेका छन्” को अर्थ के हो? यो वाक्यांश व्याख्या गर्न सजिलो छ। यसको अर्थ ती मानिसहरूका आमाबुबा केही दिनमा मर्नेछन् भन्‍ने हुन्छ। यस्तो बेला, तैँले यस्तो सोच्‍नेछस्: “मेरा आमाबुबा भर्खर ५० को दशकमा छन्। यस्तो नहुनुपर्ने हो। तिनीहरूलाई के रोग लाग्यो?” र जब जवाफ “क्यान्सर लाग्यो” भन्‍ने हुन्छ, तैँले तुरुन्तै यस्तो सोच्‍नेछस्: “तिनीहरूलाई कसरी यो रोग लाग्यो त? म यतिका वर्षदेखि टाढा रहिआएको छु, तिनीहरूले मलाई सम्झँदै आइरहेका छन्, र तिनीहरूको जीवन धेरै कठिन छ—के तिनीहरूलाई यही कारणले यो रोग लागेको हो?” त्यसपछि तैँले हतारमा आफैलाई सबै कुराको दोष लगाउँछस्: “मेरा आमाबुबाको जीवन साह्रै कठिन छ, र मैले तिनीहरूको बोझ उठाउन मद्दत गर्दै आएको छैनँ। तिनीहरूले मलाई सम्झँदै रहेका र मेरो बारेमा चिन्ता गर्दै आइरहेका छन्, र म तिनीहरूको साथमा बसेको छैनँ। मैले तिनीहरूलाई निराश पारेको छु, र मैले तिनीहरूलाई सधैँ मेरो सम्झनाको पीडा भोग्‍न लगाएँ। मेरा आमाबुबाले मलाई हुर्काउन धेरै समय बिताए, तर केका लागि? मैले त तिनीहरूलाई दुःख दिने काम मात्रै गरेँ!” तैँले यसबारे जति सोच्छस्, तँलाई त्यति नै तिनीहरूलाई निराश तुल्याएको छु, र तिनीहरूको ऋणी छु भन्‍ने लाग्छ। त्यसपछि तैँले सोच्छस्: “अहँ, यो ठीक होइन। मैले परमेश्‍वरमा विश्‍वास गरिरहेको छु, सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गरिरहेको छु, र परमेश्‍वरको आज्ञा पूरा गरिरहेको छु। मैले कसैलाई निराश पारेको छैनँ।” तर त्यसपछि तैँले सोच्छस्: “मेरा आमाबुबा धेरै वृद्ध भइसकेका छन्, र तिनीहरूको हेरचाह गर्नलाई तिनीहरूको साथमा कोही सन्तान छैनन्। त्यसोभए, तिनीहरूले मलाई हुर्काउनुको के अर्थ भयो र?” तैँले यसबारे जसरी सोचे पनि यसलाई जित्‍न सक्दैनस्, त्यसकारण तँ घरी यो र घरी त्यो कुरा सोच्छस्। तँ रुने मात्र होइन, तर आफ्ना आमाबुबाप्रतिको आफ्‍ना भावनाहरूको उल्झनको गहिराइमा फस्छस्। के यी परिस्थितिहरूमा यस्तो कुरा त्याग्न सजिलो हुन्छ? तैँले भन्छस्: “मेरा आमाबुबाले मलाई जन्माएर हुर्काए। तिनीहरूले म धेरै धनी हुन्छु भन्‍ने अपेक्षा गरेनन्, र तिनीहरूले कहिल्यै मबाट धेरै मागेका छैनन्। तिनीहरूले बिरामी पर्दा र तिनीहरूलाई मेरो खाँचो हुँदा, म तिनीहरूको साथ रहँदै, र तिनीहरूको पीडा कम गर्दै तिनीहरूसँगै बसूँ भन्‍ने मात्रै आशा गरेका थिए। मैले त्यति पनि गरेको छैनँ!” तँ तेरा आमाबुबा सिकिस्तै बिरामी परे भन्‍ने खबर सुनेको दिनदेखि तिनीहरू मरेको दिनसम्‍म रोइरहन्छस्। के तिमीहरूले यस्तो अवस्था सामना गर्नुपर्‍यो भने, तिमीहरू दुःखी हुनेथियौ? के तिमीहरू रुनेथियौ? के तिमीहरू आँसु बगाउनेथियौ? (हजुर।) त्यस बेला, के तेरो सङ्कल्प र आकाङ्क्षा डगमगाउनेथियो? के तँलाई हतारमा र लापरवाहीपूर्वक आफ्नो आमाबुबाकहाँ फर्केर जाने इच्छा हुनेथियो? के तँलाई आफ्नो हृदयको गहिराइमा आफू एक बैगुनी भएको, र तेरा आमाबुबाले तँलाई व्यर्थैमा हुर्काएका हुन् भन्‍ने लाग्नेथियो? के तँलाई आफ्ना आमाबुबाको सामना गर्न लाज भइरहनेथियो? के तैँले तेरा आमाबुबाले तँलाई हुर्काएर देखाएको दया-माया, र तिनीहरूले तँसँग कति राम्रो व्यवहार गरेका थिए भन्‍ने कुरा सम्झिरहनेथिइस्? (हजुर।) के तैँले आफ्नो कर्तव्य त्यग्ने थिइस्? के तैँले आफ्‍ना साथीहरूबाट, वा दाजुभाइ-दिदीबहिनीहरूबाट आफ्ना आमाबुबाका बारेमा नयाँ खबर पाउन आफूले सक्‍ने सबै प्रयास गर्नेथिइस्? सबै मानिसहरूमा यी प्रकटीकरणहरू हुन्छन्, होइन र? त्यसोभए, के यो कुरा समाधान गर्न सजिलो छ? तैँले त्यस्ता कुराहरूलाई कसरी बुझ्नुपर्छ? तैँले तेरा आमाबुबालाई रोग लाग्ने वा तिनीहरूलाई कुनै ठूलो दुर्भाग्य आइपर्ने मामिलालाई कसरी हेर्नुपर्छ? यदि तैँले यसको अन्तर्य देख्‍न सक्छस् भने, यो कुरा त्याग्‍न सक्छस्। यदि तैँले सक्दैनस् भने, तैँले त्याग्‍न सक्दैनस्। तँ सधैँ तेरा आमाबुबाले सहेका र सामना गरेका सबै कुराहरू तँसँग सम्बन्धित छन्, र तैँले ती बोझहरू बाँडेर लिनुपर्छ भन्‍ने सोच्छस्; तँ सधैँ आफूलाई दोष दिन्छस्, यी कुराहरू तँसँग सम्बन्धित छन् भन्‍ने सोच्छस् र सधैँ संलग्‍न हुन चाहन्छस्। के यो सही विचार हो? (होइन।) किन? तैँले यी कुराहरूलाई कसरी हेर्नुपर्छ? कुन-कुन प्रकटीकरणहरू सामान्य हुन्? के-कस्ता प्रकटीकरणहरू असामान्य, तर्कहीन, र सत्यताविपरीत हुन्? हामी पहिले सामान्य प्रकटीकरणहरूका बारेमा कुरा गर्नेछौँ। सबै मानिसलाई तिनीहरूका आमाबुबाले जन्‍माउँछन्; तिनीहरू देहले बनेका हुन् र तिनीहरूमा भावना हुन्छन्। भावना मानवताको एउटा भाग हो, र कोही पनि ती कुराबाट जोगिन सक्दैनन्। हरेक व्यक्तिमा भावनाहरू हुन्छन्—साना जनावरहरूमा पनि ती कुरा हुन्छन्, मानिसहरूको त कुरै नगरौँ। तर कतिपय मानिसहरूका भावनाहरू अलिक दह्रिला हुन्छन्, र कतिपय मानिसहरूका भावनाहरू अलिक कमजोर हुन्छन्। तर परिस्थिति जे-जस्तो भए पनि, सबै मानिसहरूमा यी कुरा हुन्छन्। चाहे यो अनुभूति तिनीहरूको भावना, मानवत्व, वा तर्कसङ्गतता, जेसुकैबाट आए पनि, आफ्‍ना आमाबुबा बिरामी परेको, तिनीहरूले कुनै ठूलो दुर्भाग्य सामना गरेको, वा पीडाको भोगेको सुन्दा, सबैले दुःखी महसुस गर्छन्। हरेक व्यक्तिले दुःख महसुस गर्छ। दुःखी महसुस गर्नु सामान्य कुरा हो, यो एक मानवीय प्रवृत्ति हो, र यो मानिसहरूको मानवता र भावनाहरूमा हुने कुरा हो। यो कुरा मानिसहरूमा प्रकट हुनु अत्यन्तै सामान्य कुरा हो। आफ्‍ना आमाबुबा सिकिस्तै बिरामी पर्दा वा तिनीहरूले ठूलो दुर्भाग्य सामना गर्दा, मानिसहरूलाई दुःख लाग्नु, तिनीहरू रुनु, दमित महसुस गर्नु, समस्या समाधान गर्ने र आफ्ना आमाबुबाका बोझ आफ्नो काँधमा राख्ने उपायहरू सोच्नु अत्यन्तै सामान्य कुरा हो। कतिपय मानिसहरूको हकमा त, यसले तिनीहरूको शरीरलाई पनि असर गर्छ—तिनीहरूले खान सक्दैनन्, छाती गाँठो परेको जस्तो महसुस गर्छन्, र दिनभर निराश हुन्छन्। यी सबै भावनाका प्रकटीकरण हुन्, र यी सबै अत्यन्तै सामान्य कुरा हुन्। मानिसहरूले यी सामान्य प्रकटीकरणहरूका लागि तेरो आलोचना गर्नु हुँदैन; तँ यी प्रकटीकरणहरूबाट जोगिने प्रयास गर्नु हुँदैन, र तैँले पक्‍कै पनि यी कुराप्रति अरू कसैको आलोचनालाई स्वीकार गर्नु हुँदैन। यदि तँमा यी प्रकटीकरणहरू देखा परे भने, यसले आमाबुबाप्रतिका तेरा भावनाहरू सच्चा हुन्, र तँ विवेकको सचेतना भएको व्यक्ति, र सामान्य, र साधारण व्यक्ति होस् भन्‍ने प्रमाणित गर्छ। यी भावनात्मक प्रस्फुटनहरूका भएको कारण, वा यी भावनात्मक आवश्यकताहरू भएको कारण कसैले पनि तेरो आलोचना गर्नु हुँदैन। यी सबै प्रकटीकरणहरू चेतना र विवेकको दायराभित्र पर्छन्। त्यसोभए, कुन-कुन प्रकटीकरणहरू सामान्य होइनन्? असामान्य प्रकटीकरणहरू तर्कसङ्गतताभन्दा बाहिर जाने कुराहरू हुन्। जब मानिसहरू यी कुराहरू हुनेबित्तिकै आवेगमा आउँछन्, र आफ्ना आमाबुबाकहाँ फर्केर जानका लागि सबै कुरा तुरुन्तै त्याग्‍न चाहन्छन्, हतार-हतार सबै कुराको दोष आफैलाई लगाउँछन्, र आफूले कुनै बेला मनमा राखेका आदर्श, आकाङ्क्षा र सङ्कल्पहरू, र परमेश्‍वरको सामु खाएका शपथहरू पनि त्याग्छन्, तब ती असामान्य प्रकटीकरणहरू हुन्। यी प्रकटीकरणहरू असामान्य हुन्, र ती तर्कसङ्गतताभन्दा बाहिर जान्छन्, र ती अत्यन्तै आवेगपूर्ण हुन्छन्! जब मानिसहरूले कुनै बाटो रोज्छन्, तब तिनीहरूले आवेगमा सही र उचित बाटो रोज्‍न सक्छन् भन्‍ने हुँदैन। तैँले कर्तव्य निर्वाह गर्ने बाटोमा हिँड्ने छनोट गर्नु र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने छनोट गर्नु कुनै साधारण कुरा होइन, र यस्तो कुराको स्थान अरू केहीले लिन सक्दैन। यो आवेगमा गर्न सकिने छनोट त अवश्य नै होइन। यसका साथै, यो सही मार्ग हो—तैँले आफू वरपरका परिवेश, मानिस, घटना, र परिस्थितिहरूका कारण जीवनको सही मार्गमा हिँड्ने आफ्‍नो निर्णय परिवर्तन गर्नु हुँदैन। तँमा हुनुपर्ने तर्कसङ्गतता यही हो। चाहे तेरा आमाबुबा होऊन् वा कुनै पनि प्रकारको ठूलो परिवर्तन होस्, यसले सबैभन्दा महत्त्वपूर्ण कुरा, अर्थात्, सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्ने तेरो कार्यलाई असर गर्नु हुँदैन। यसको एउटा पक्ष यही हो। अर्को पक्ष के हो भने, तेरा आमाबुबालाई कसरी रोग लाग्छ, तिनीहरू कहिलेदेखि यसबाट पीडित हुन थाल्छन्, र यसले कस्तो परिणाम निम्त्याउन सक्छ, के यी तैँले निर्णय गर्न सक्‍ने कुराहरू हुन्? तैँले यसो भन्छस् होला: “सायद म सन्तानी निष्ठा देखाउने सन्तान नबनेर यस्तो भएको हुन सक्छ। यदि मैले यतिका वर्ष लगनशील भई पैसा कमाउन र काम गर्नमा लगाएको भए, र म आर्थिक रूपमा सम्पन्‍न भएको भए, तिनीहरूले यो रोगको उपचार चाँडै गर्न सक्थे, र यो यति नराम्रो अवस्थामा पुग्‍नेथिएन। म सन्तानी निष्ठा नदेखाउने व्यक्ति भएर यस्तो भएको हो।” के यो विचार सही छ? (छैन।) यदि कुनै व्यक्तिसँग पैसा छ भने, के यसको मतलब ऊ राम्रो स्वास्थ्य स्थिति किन्न र बिरामी हुनबाट जोगिन सक्छ नै भन्‍ने हुन्छ र? (हुँदैन।) के यस संसारका धनी मानिसहरू कहिल्यै बिरामी पर्दैनन्? कुनै व्यक्तिले बिरामी पर्दैछु भन्‍ने महसुस गर्ने क्षणदेखि लिएर ऊ बिरामी पर्ने, र अन्तमा ऊ मर्ने क्षणसम्म, यो सबै परमेश्‍वरद्वारा निर्धारित गरिएको हुन्छ। कुनै पनि व्यक्तिले कसरी यसको निर्णय गर्न सक्छ र? पैसा हुनु वा नहुनुले कसरी यसलाई निर्धारित गर्न सक्छ र? कसैको परिवेशले कसरी यसलाई निर्धारित गर्न सक्छ र? यी सबै कुराहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तद्वारा निर्धारित हुन्छन्। त्यसकारण, तैँले आफ्ना आमाबुबा सिकिस्त बिरामी परेको वा तिनीहरूले कुनै ठूलो दुर्भाग्य सामना गरेको विषयलाई अत्यधिक विश्‍लेषण वा अनुसन्धान गर्न आवश्यक छैन, र तैँले पक्‍कै पनि यसमा ऊर्जा लगाउनु हुँदैन—त्यसो गर्नुको कुनै फाइदा हुनेछैन। मानिस जन्मनु, बूढो हुनु, बिरामी पर्नु, मर्नु, र जीवनका विभिन्‍न ठूला-साना मामिलाहरू सामना गर्नु अत्यन्तै सामान्य कुराहरू हुन्। यदि तँ वयस्क होस् भने, तँसँग परिपक्‍व सोचाइ हुनुपर्छ, र तैँले यस विषयलाई शान्त र सही तरिकाले हेर्नुपर्छ: “मेरा आमाबुबा बिरामी छन्। तिनीहरूले मलाई धेरै याद गरेका कारण यस्तो भएको हो भनेर कतिपय मानिसहरूले भन्छन्, तर के यो सम्भव छ? तिनीहरूले पक्‍कै पनि मलाई सम्झन्थे—कुनै व्यक्तिले आफ्‍नो सन्तानलाई नसम्झी कसरी बस्‍न सक्छ र? मलाई पनि तिनीहरूको याद आउँथ्यो, तैपनि म किन बिरामी भइनँ?” के कुनै व्यक्तिले आफ्‍नो सन्तानलाई धेरै याद गरेका कारण ऊ बिरामी हुन्छ र? त्यस्तो हुँदैन। त्यसोभए, तेरा आमाबुबाले यी महत्त्वपूर्ण मामिलाहरू सामना गर्दा के भइरहेको हुन्छ? यो मात्र भन्‍न सकिन्छ कि, परमेश्‍वरले तिनीहरूको जीवनमा यस्ता कुरा आउनुपर्छ भनेर योजनाबद्ध गर्नुभएको हो। परमेश्‍वरको हातले नै यसलाई योजनाबद्ध गर्नुभएको हो—तैँले वस्तुगत कारण र आधारहरूलाई ध्यान दिनु हुँदैन—तेरा आमाबुबा यो उमेरमा पुगेपछि तिनीहरूले यो कुरा सामना गर्नु नै पर्नेथियो, र तिनीहरूलाई यो रोग लाग्‍नु नै पर्नेथियो। यदि तँ तिनीहरूको साथमा भएको भए, के तिनीहरू त्यसबाट जोगिन सक्थे? यदि परमेश्‍वरले तिनीहरूको भाग्यको भागका रूपमा तिनीहरू बिरामी हुन्छन् भनेर बन्दोबस्त नगर्नुभएको भए, तँ तिनीहरूको साथमा नै नभएको पनि, तिनीहरूलाई केही हुनेथिएन। यदि तिनीहरूले आफ्नो जीवनमा यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नेछन् भनेर लेखिएको थियो भने, तँ तिनीहरूको साथमा भएर तैँले कस्तो प्रभाव पार्न सक्नेथिइस् र? तिनीहरू यसबाट बच्न सक्‍नेथिएनन्, होइन र? (हो।) परमेश्‍वरमा विश्‍वास नगर्ने ती मानिसहरूका बारेमा सोच्—के तिनीहरूको परिवार वर्षैपिच्छे नै सँगै हुँदैनन्? ती आमाबुबाले ठूलो दुर्भाग्य सामना गर्दा, तिनीहरूको परिवारका सदस्यहरू र तिनीहरूका सन्तान सबै तिनीहरूसँगै हुन्छन्, होइन र? जब आमाबुबा बिरामी पर्छन्, वा जब तिनीहरूको रोग बिग्रन्छ, तब के तिनीहरूका सन्तानले तिनीहरूलाई छोडेका कारण यस्तो भएको हुन्छ? त्यस्तो हुँदैन, यस्तो हुन्छ भनेर नियतिमा लेखिएको हुन्छ। यति मात्र हो कि, तिनीहरूको सन्तानका रूपमा, तेरा आमाबुबासँग तेरो रगतको नाता हुन्छ, त्यसकारण तिनीहरू बिरामी छन् भन्‍ने सुन्दा तँ दुःखी हुन्छस्, जबकि अरू मानिसहरूले केही पनि महसुस गर्दैनन्। यो सामान्य कुरा हो। तर, तेरा आमाबुबाले यस प्रकारको ठूलो दुर्भाग्य सामना गर्नुको मतलब यसलाई कसरी हटाउने वा समाधान गर्ने भनेर तैँले विश्‍लेषण र अनुसन्धान गर्नुपर्छ वा यसबारे सोच्‍नुपर्छ भन्‍ने होइन। तेरा आमाबुबा वयस्क हुन्; तिनीहरूले समाजमा धेरै पटक यस्तो कुरा अनुभव गरेका छन्। यदि परमेश्‍वरले तिनीहरूलाई यस कुराबाट मुक्त गर्ने परिवेशको बन्दोबस्त गर्नुभयो भने, ढिलो-चाँडो यो पूर्ण रूपमा हराउनेछ। यदि यो कुरा तिनीहरूका लागि जीवनको तगारो हो, र तिनीहरूले यो अनुभव गर्नु नै पर्ने हो भने, तिनीहरूले कति लामो समयसम्म यो अनुभव गर्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरको हातमा हुन्छ। यो तिनीहरूले अनुभव गर्नु नै पर्ने कुरा हो, र तिनीहरू यसबाट जोगिन सक्दैनन्। यदि तँ यस मामिलालाई आफै समाधान गर्न चाहन्छस्, यदि तँ यस मामिलाको स्रोत, कारण र परिणामहरूको विश्‍लेषण र अनुसन्धान गर्न चाहन्छस् भने, त्यो मूर्ख विचार हो। यो कुनै कामको छैन, र यो अनावश्यक कुरा हो। तैँले त्यसो गर्दै यसबारे विश्लेषण गर्ने, अनुसन्धान गर्ने र आफ्‍ना सहपाठीहरू र साथीहरूसँग सहयोग माग्‍ने, आफ्‍ना आमाबुबाका लागि अस्पताललाई सम्पर्क गर्ने, राम्रा डाक्टरहरूलाई सम्पर्क गर्ने, तिनीहरूका लागि अस्पतालको सबैभन्दा राम्रो शय्या व्यवस्था गर्ने गर्नु हुँदैन—तैँले यी सबै कुराहरू गरेर आफ्नो दिमाग खियाउनु पर्दैन। यदि तँसँग वास्तवमै केही फाल्टु ऊर्जा छ भने, तैँले अहिले निर्वाह गर्नुपर्ने कर्तव्य राम्ररी गर्नुपर्छ। तेरा आमाबुबाको आफ्नै नियति छ। आफू मर्नुपर्ने उमेरबाट कोही पनि उम्कन सक्दैन। तेरा आमाबुबा तेरो नियतिका मालिक होइनन्, त्यसरी नै, तँ पनि आफ्ना आमाबुबाको नियतिको मालिक होइनस्। यदि तिनीहरूलाई केही हुने नियति लेखिएको छ भने, तैँले यसबारे के गर्न सक्छस् र? तैँले व्याकुल भएर अनि समाधानहरू खोजेर के हासिल गर्न सक्छस् र? यसले केही हासिल गर्न सक्दैन; यो परमेश्‍वरका अभिप्रायमा निर्भर हुने कुरा हो। यदि परमेश्‍वरले तिनीहरूलाई लैजान चाहनुहुन्छ, र तँलाई आफ्नो कर्तव्य निर्विघ्‍न रूपमा निर्वाह गर्न दिन चाहनुहुन्छ भने, के तैँले यसमा हस्तक्षेप गर्न सक्छस्? के तैँले परमेश्‍वरसँग सर्तहरूबारे छलफल गर्न सक्छस्? तैँले यसबेला के गर्नुपर्छ? समाधान खोज्दै, अनुसन्धान गर्दै, विश्लेषण गर्दै आफ्‍नो दिमाग खियाउने, आफैलाई दोष लगाउने, र आफ्ना आमाबुबाको मुख हेर्न लाज मान्‍ने—के यी व्यक्तिमा हुनुपर्ने विचार र व्यवहार हुन्? यी सबै परमेश्‍वर र सत्यताप्रति समर्पणताको कमीका प्रकटीकरणहरू हुन्; यी कुराहरू तर्कहीन, मूर्ख र परमेश्‍वरप्रति विद्रोही छन्। मानिसहरूमा यी प्रकटीकरणहरू हुनु हुँदैन। बुझिस्? (बुझेँ।)

कतिपय मानिसहरूले यसो भन्छन्: “मैले मेरा आमाबुबा बिरामी पर्ने वा उनीहरूले कुनै ठूलो दुर्भाग्यको सामना गर्ने विषयका बारेमा विश्लेषण वा अनुसन्धान गर्नु हुँदैन, त्यसो गर्नु अर्थहीन कुरा हो, र मैले यसलाई सत्यता सिद्धान्तहरूमा आधारित भएर हेर्नुपर्छ भन्‍ने मलाई थाहा छ, तर यसको विश्लेषण र अनुसन्धान गर्नबाट म आफूलाई रोक्‍न सक्दिनँ।” त्यसोभए, हामी संयमताको समस्या समाधान गरौँ, ताकि तैँले उपरान्त आफूलाई संयम राख्‍न नपरोस्। यसलाई कसरी हासिल गर्न सकिन्छ? यस जीवनमा, स्वस्थ शरीर भएका मानिसहरूले ५० वा ६० वर्ष पुगेपछि वृद्धावस्थाका लक्षणहरू अनुभव गर्न थाल्छन्—तिनीहरूको मांसपेशी र हड्डीहरू कमजोर हुन थाल्छन्, तिनीहरूले आफ्नो शक्ति गुमाउँछन्, तिनीहरू राम्रोसँग सुत्‍न वा धेरै खान सक्दैनन्, र तिनीहरूसँग काम गर्ने, पढ्ने वा कुनै पनि प्रकारको जागिर खाने पर्याप्त जाँगर हुँदैन। तिनीहरूमा उच्‍च रक्तचाप, मधुमेह, मुटु रोग, हृदवाहिनीसम्‍बन्धी रोग, मस्तिष्कवाहिनीसम्‍बन्धी रोगहरू, आदि जस्ता विभिन्‍न प्रकारका रोगहरू देखा पर्छन्। अलिक स्वस्थ व्यक्तिहरूका हकमा, तिनीहरूमा वृद्धावस्थाका यी लक्षणहरू हुने भए पनि, तिनीहरूले आफूले गर्नुपर्ने जुनसुकै कामकुरा गर्न सक्छन्, र यी लक्षणहरूले तिनीहरूलाई सामान्य रूपमा जीवनयापन र काम गर्नबाट रोक्दैनन्। यो एकदम राम्रो कुरा हो। कम स्वस्थ व्यक्तिहरूका हकमा, यी लक्षणहरूले तिनीहरूलाई सामान्य रूपमा काम गर्न र जीवनयापन गर्नबाट रोक्छन्, र तिनीहरू कहिलेकाहीँ डाक्टरलाई देखाउन अस्पताल जानुपर्छ। यिनीहरूमध्ये कतिपयलाई चिसो लाग्छ वा टाउको दुख्छ; अरूलाई पेट दुख्‍ने वा पखाला लाग्‍ने हुन्छ, र पखाला लाग्दा हरेक पटक तिनीहरूले दुई दिनसम्म ओछ्यानमा आराम गर्नुपर्छ। कतिपय मानिसहरूलाई उच्‍च रक्तचाप हुन्छ, र तिनीहरूलाई यति रिँगटा लाग्छ कि तिनीहरू हिँड्न, कारमा चढ्न, वा आफ्नो घरबाट टाढा जान सक्दैनन्। कतिपय मानिसहरूलाई पिसाबसम्‍बन्धी रोग लागेको हुन्छ, तिनीहरूलाई बाहिर जान असहज हुन्छ, त्यसैले तिनीहरू आफ्ना आफन्त र साथीहरूसँग बिरलै बाहिर जान्छन् र यात्रा गर्छन्। अरू मानिसहरू यस्ता पनि हुन्छन्, जसलाई कुनै खानेकुरा खाँदा सधैँ एलर्जी देखिन्छ। कतिपय मानिसहरू राम्रोसँग सुत्‍न सक्दैनन्, र तिनीहरूलाई हल्ला भएको ठाउँमा सुत्‍न गाह्रो हुन्छ; तिनीहरू अर्को ठाउँमा जानेबित्तिकै, तिनीहरूलाई सुत्‍न अझै गाह्रो हुन्छ। यी सबै कुराहरूले यी मानिसहरूको जीवन र काममा गम्भीर प्रभाव पार्छन्। कतिपय मानिसहरूले लगातार तीन-चार घण्टाभन्दा बढी काम गर्न सक्दैनन्। अनि त्यसपछि केही अझ गम्भीर अवस्थाहरू पनि हुन्छन्, जहाँ मानिसहरू ५० वा ६० वर्षको उमेरमा घातक रोगको सिकार हुन्छन्, उदाहरणका लागि, क्यान्सर, मधुमेह, मुटु रोग, स्मरणशक्ति गुमाउने, वा पार्किन्सन्स रोग, आदि। यी रोगहरू तिनीहरूले खाएको खानेकुराबाट आएका भए पनि, वा प्रदूषित वातावरण, हावा, वा पानीबाट आएका भए पनि, मानिसको शरीरको नियम के हो भने, महिलाहरू ४५ वर्ष पुगेपछि र पुरुषहरू ५० वर्ष पुगेपछि तिनीहरूको शरीर क्रमिक रूपमा ह्रास हुँदै जान्छ। हरेक दिन, तिनीहरू यो भागमा अप्ठ्यारो भयो र त्यो भाग दुख्यो भन्छन्, तिनीहरू जँचाउन डाक्टरकहाँ जान्छन्, र तिनीहरूलाई दीर्घकालीन क्यान्सर लागेको देखिन्छ। अन्तिममा, डाक्टरले भन्छ: “घर जानुहोस्, किनभने यसको उपचार गर्न सकिँदैन।” सबै मानिसहरूलाई यस्ता शारीरिक रोगहरू लाग्छ। आज तिनीहरूलाई लागेको छ, भोलि तिमीहरूलाई अनि हामीलाई लाग्छ। मानिसहरू उमेरअनुसार र अनुक्रमिक क्रममा जन्मन्छन्, वृद्ध हुन्छन्, बिरामी पर्छन्, र मर्छन्—युवावस्थाबाट तिनीहरू वृद्धावस्थामा प्रवेश गर्छन्, वृद्धावस्थाबाट तिनीहरू बिरामी हुन्छन्, र रोगबाट तिनीहरू मर्छन्—यही नै नियम हो। यति मात्र हो कि, जब तैँले आफ्ना आमाबुबा बिरामी भएको खबर सुन्छस्, तब तिनीहरू तेरा नजिकका मानिस भएकाले, तैँले तिनीहरूका बारेमा सबैभन्दा बढी चिन्ता गर्ने हुनाले, र तिनीहरूले तँलाई हुर्काएका हुनाले, तँ आफ्नो भावनाको यो तगारो पार गर्न असमर्थ हुन्छस्, र तैँले सोच्‍नेछस्: “अरूका आमाबुबाको मृत्यु हुँदा मलाई केही पनि महसुस हुँदैन, तर मेरा आमाबुबा बिरामी हुनु हुँदैन, किनकि त्यसो भयो भने, मलाई साह्रै दुःख लाग्नेछ। म यो सहन सक्दिनँ, मेरो मुटु दुख्छ, र म आफ्‍ना भावनाहरूलाई जित्‍न सक्दिनँ!” तिनीहरू तेरा आमाबुबा हुन् भन्दैमा तैँले तिनीहरू बूढो हुनु हुँदैन, बिरामी पर्नु हुँदैन, र मर्नु त हुँदै हुँदैन भन्‍ने सोच्छस्—के यसले कुनै अर्थ राख्छ र? यसले कुनै अर्थ राख्दैन, र यो सत्यता होइन। बुझिस्? (हजुर।) प्रत्येक व्यक्तिले आफ्ना आमाबुबा वृद्ध भएको, बिरामी परेको सहनुपर्छ, र कतिपय गम्भीर अवस्थामा त मानिसहरूका आमाबुबा पक्षाघातग्रस्त भएर ओछ्यानमा पर्छन्, र कतिपय मानिसहरू त अचेत अवस्थामा रहन्छन्। कतिपय मानिसहरूका आमाबुबालाई उच्‍च रक्तचाप, आंशिक पक्षाघात, हृदयाघात भएको हुन्छ, वा तिनीहरू कुनै गम्भीर रोग लागेर मर्न पनि सक्छन्। प्रत्येक व्यक्तिले व्यक्तिगत रूपमा आफ्ना आमाबुबा वृद्ध हुने, बिरामी पर्ने त्यसपछि मर्ने प्रक्रिया हेर्नेछन्, देख्‍नेछन्, वा त्यसबारे सुन्‍नेछन्। यो मात्र हो कि, कतिपय मानिसहरूले तिनीहरूका आमाबुबा ५० को दशकमा पुग्दा नै यो कुरा सुन्छन्; कतिपय मानिसहरूले तिनीहरूका आमाबुबा ६० को दशकमा पुगेपछि यो खबर सुन्छन्; र अरूले तिनीहरूका आमाबुबा ८०, ९०, वा १०० वर्षका भएपछि मात्र यो कुरा सुन्छन्। तर तैँले यो समाचार जहिले सुने पनि, छोरा वा छोरीको रूपमा, ढिलो-चाँडो एक दिन तैँले यो तथ्य स्वीकार गर्नेछस्। यदि तँ वयस्क होस् भने, मानिसहरूको जन्म, वृद्धावस्था, बिरामी अवस्था, र मृत्युका बारेमा तँमा परिपक्‍व सोचाइ हुनुपर्छ र सही मनोवृत्ति हुनुपर्छ, र तँ आवेगशील हुनु हुँदैन; तेरा आमाबुबा बिरामी भएको खबर सुन्दा, वा तिनीहरूले सिकिस्तै बिरामी परेको सूचना अस्पतालबाट प्राप्त गरेका छन् भन्‍ने सुन्दा, तँ त्यसलाई सहन नसक्‍ने हुनु हुँदैन। जन्मनु, बुढो हुनु, बिरामी पर्नु, र मर्नु भनेको हरेक व्यक्तिले स्विकार्नैपर्ने कुरा हुन् भने, तँ कुन आधारमा यो कुरा सहन सक्दैनस्? यो त परमेश्‍वरले मानिसको जन्म र मृत्युका लागि तोक्‍नुभएको नियम हो, तँ किन यो उल्लङ्घन गर्न चाहन्छस्? तँ किन यो स्वीकार गर्दैनस्? तेरो अभिप्राय के हो? तँ आफ्ना आमाबुबालाई मर्न दिन चाहँदैनस्, तँ तिनीहरूलाई जन्म लिने, बूढो हुने, बिरामी पर्ने र मर्नेसम्बन्धी परमेश्‍वरले स्थापना गर्नुभएको नियमअनुसार बाँच्न दिन चाहँदैनस्, तँ तिनीहरूलाई बिरामी हुनबाट, र मर्नबाट रोक्‍न चाहन्छस्—यसले तिनीहरूलाई के बनाउँछ? के यसले तिनीहरूलाई कृत्रिम मान्छे बनाउँदैन र? त्यसोभए, के तिनीहरू अझै पनि मानिसका रूपमा रहनेछन्? त्यसकारण, तैँले यो तथ्य स्वीकार गर्नैपर्छ। तैँले तेरा आमाबुबा बूढो हुँदै गइरहेका छन्, तिनीहरू बिरामी परेका छन्, र मरेका छन् भन्‍ने समाचार सुन्‍नुअघि नै, तैँले आफ्नो हृदयमा यसका लागि आफूलाई तयार गर्नुपर्छ। एक दिन, ढिलो-चाँडो, हरेक व्यक्ति बूढो हुनेछ, कमजोर हुनेछ, र मर्नेछ। तेरा आमाबुबा सामान्य मानिसहरू हुन्, त्यसकारण तिनीहरूले किन यो तगारो अनुभव गर्न सक्दैनन् र? तिनीहरूले यो अवरोध अनुभव गर्नुपर्छ, र तैँले यसलाई सही तरिकाले लिनुपर्छ। के यो कुरा समाधान भयो त? के तैँले अब त्यस्ता कुराहरूलाई तर्कसङ्गत रूपमा लिन सक्छस्? (सक्छु।) त्यसोभए, भविष्यमा तेरा आमाबुबा भविष्यमा सिकिस्त बिरामी पर्दा वा तिनीहरूलाई कुनै ठूलो दुर्भाग्य आइपर्दा तैँले त्यसलाई कसरी लिन्छस्? यसलाई बेवास्ता गर्नु पनि गलत हो, र मानिसहरूले भन्‍नेछन्: “तिमी भ्यागुतो हौ कि सर्प? तिमी कसरी यति निर्दयी हुन सकेको?” तँ एक सामान्य व्यक्ति होस्, त्यसैले तैँले प्रतिक्रिया दिनुपर्छ। तैँले यस्तो विचार गर्नुपर्छ: “मेरा आमाबुबाले कठिन जीवन बिताएका छन्, र तिनीहरूलाई सानै उमेरमा यो रोग लागेको छ। तिनीहरूले कुनै आशिष्‌ पाका छैनन्, र तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा लगनशील रहेनन्। तिनीहरूको जीवन यस्तै नै रहिआएको छ। तिनीहरूले केही पनि बुझेका छैनन्, तिनीहरू सही मार्गमा हिँडेका वा सत्यताको पछि लागेका छैनन्। तिनीहरूले आफ्ना दिनहरू त्यतिकै बिताएका छन्। तिनीहरू र जनावरहरूका बीचमा कुनै भिन्‍नता छैन—तिनीहरू र बुढी गाई वा घोडाहरूका बीचमा कुनै भिन्‍नता छैन। अहिले तिनीहरू सिकिस्त बिरामी परेका छन्, तिनीहरूले आफ्नो लागि आफैले सङ्घर्ष गर्नुपर्नेछ, तर मलाई आशा छ, परमेश्‍वरले तिनीहरूका केही कष्ट कम गर्नुहुनेछ।” तिनीहरूका लागि आफ्नो हृदयमा प्रार्थना गर्, अनि त्यो नै पर्याप्त हुन्छ। कुनै पनि व्यक्तिले के गर्न सक्छ? यदि तँ आफ्ना आमाबुबाको साथमा छैनस् भने, तैँले केही पनि गर्न सक्दैनस्; यदि तँ तिनीहरूको साथमा छस् भने पनि, तैँले के नै गर्न सक्छस् र? कति जना मानिसले व्यक्तिगत रूपमा आफ्ना आमाबुबालाई युवावस्थादेखि वृद्धावस्थामा पुग्दासम्म, वृद्धावस्थादेखि विभिन्‍न रोग लागेसम्म, यी विभिन्न रोग लागेदेखि तिनीहरूको उपचार असफल भएको अवस्थासम्‍म, तिनीहरूलाई मृत घोषित गरिएको अवस्थासम्‍म, र तिनीहरूलाई शवगृहमा लगिएको अवस्थासम्‍म देखेका छन्? त्यस्ता मानिसहरूको कमी छैन। यी सबै सन्तानहरू आफ्ना आमाबुबासँग बसेका हुन्छन्, तर तिनीहरूले के गर्न सक्छन् र? तिनीहरूले केही गर्न सक्दैनन्; तिनीहरूले हेर्न मात्र सक्छन्। अहिले यो प्रक्रिया नहेर्नु नै राम्रो हुन्छ; यसलाई नहेर्नु नै ठीक हुन्छ, किनभने यो हेर्नु तेरो लागि राम्रो होइन। कुरा त्यस्तै होइन र? (हो।) यस मामिलाको हकमा हेर्दा, एक हिसाबले तैँले मानिसहरू जन्मनु, बूढो हुनु, बिरामी पर्नु र मर्नु परमेश्‍वरले स्थापित गर्नुभएको नियम हो भन्‍ने तथ्यको अन्तर्य देख्नुपर्छ; अर्को हिसाबमा, तैँले मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू र तिनीहरूको नियतिलाई देख्‍नुपर्छ, तँ तर्कहीन हुनु हुँदैन, र तैँले आवेगशील वा मूर्खतापूर्ण कुराहरू गर्नु हुँदैन। तैँले किन आवेगशील वा मूर्खतापूर्ण कामहरू गर्नु हुँदैन? किनभने तैँले त्यस्ता कुराहरू गरिस् भने पनि, त्यसको कुनै काम हुँदैन, बरु यसले तेरो मूर्खतालाई प्रकट गर्नेछ। अझ गम्भीर रूपमा भन्दा, जब तैँले मूर्खतापूर्ण कामहरू गरिरहेको हुन्छस्, तब तैँले परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेको हुन्छस्, र परमेश्‍वरलाई यो कुरा मन पर्दैन, उहाँ यसलाई घृणा गर्नुहुन्छ। तँ सिद्धान्तका सन्दर्भमा यी सबै सत्यताहरूबारे स्पष्ट छस् र तैँले ती बुझेको छस्, तर तँ अझै पनि आफ्नै बाटोमा टाँसिइरहन्छस्, अनि जिद्दी गर्दै र जानीजानी केही कुराहरू गर्छस्, त्यसैले परमेश्‍वरले तँलाई मन पराउनुहुन्‍न, तर घृणा गर्नुहुन्छ। उहाँले तेरो के कुरालाई घृणा गर्नुहुन्छ? उहाँले तेरो जिद्दी मूर्खता र तेरो विद्रोहीपनलाई घृणा गर्नुहुन्छ। तँलाई आफूसँग केही मानवीय भावना छ भन्‍ने लाग्छ, तर परमेश्‍वरले तँ जिद्दी र मूर्ख छस् भनेर भन्‍नुहुन्छ—तँ जिद्दी, मूर्ख, अबुझ, र हठी छस्, र तँ सत्यता स्वीकार गर्दैनस् वा परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुँदैनस्। परमेश्‍वरले तँलाई यस विषयमा निहित रहेको अभ्यासको सार, स्रोत र निश्‍चित सिद्धान्तहरूका बारेमा स्पष्ट रूपमा बताउनुभएको छ, तर तँ अझै पनि यी सबै कुराहरूलाई सम्हाल्न आफ्‍ना भावनाहरू प्रयोग गर्न चाहन्छस्, त्यसैले परमेश्‍वरले तँलाई मन पराउनुहुन्‍न। अन्त्यमा, यदि परमेश्‍वरले तेरा आमाबुबाको रोग हटाउनुभएन भने, यदि तिनीहरू सिकिस्तै बिरामी परेर मर्नु नै लेखिएको छ भने, त्यसै हुनेछ। कुनै पनि व्यक्तिले यस तथ्यलाई परिवर्तन गर्न सक्दैन। यदि तँ यसलाई परिवर्तन गर्न चाहन्छस् भने, यसले तँ परमेश्‍वरको सार्वभौमिकतालाई परिवर्तन गर्न आफ्नै हात र विधिहरू प्रयोग गर्न चाहन्छस् भन्‍ने कुरालाई प्रमाणित मात्र गर्छ। यो सबैभन्दा ठूलो विद्रोहीपन हो, र तैँले परमेश्‍वरको विरोध गरिरहेको छस्। यदि तँ परमेश्‍वरको विरोध गर्न चाहँदैनस् भने, जब तैँले आफ्ना आमाबुबालाई यी कुराहरू भएको सुन्छस्, तब तँ शान्त हुनुपर्छ, र रुन, सोच्न, प्रार्थना गर्नका लागि एकान्तमा जानुपर्छ वा आफ्नो वरपरका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नो तिर्सनाको भावना व्यक्त गर्नुपर्छ। तैँले गर्नुपर्ने यति मात्र हो। तैँले केही परिवर्तन गर्ने बारेमा सोच्नु हुँदैन, र तैँले पक्‍कै पनि मूर्खतापूर्ण कामहरू गर्नु हुँदैन। तैँले परमेश्‍वरलाई विश्‍वास गर्छस् भन्दैमा वा तैँले वर्षौँदेखि आफ्नो कर्तव्य पूरा गर्न आफ्नो परिवार र करियर त्यागेको छस् भन्‍ने आधारमा तेरो आमाबुबाको रोग हटाउन, र तिनीहरूलाई थप केही वर्ष बाँच्न दिन, वा तेरो आफ्नै जीवनको दुई वर्ष लिएर तिनीहरूलाई दिन उहाँसँग प्रार्थना नगर्। यस्ता कामहरू नगर्। परमेश्‍वरले यस्ता प्रार्थनाहरू सुन्‍नुहुनेछैन, र उहाँले यस्ता विचार र प्रार्थनाहरूलाई घृणा गर्नुहुन्छ। परमेश्‍वरलाई दुःखी बनाउनु वा रिस उठाउनु हुँदैन। परमेश्‍वर कसैको नियति हेरफेर गर्न, व्यक्तिको नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ भन्‍ने तथ्य परिवर्तन गर्न, वा परमेश्‍वरले धेरै पहिले नै स्थापित गर्नुभएका केही तथ्यहरू वा मानिसहरूको नियतिको मार्ग परिवर्तन गर्न चाहने मानिसहरूदेखि वितृष्ण हुनुहुन्छ। परमेश्‍वरले सबैभन्दा बढी यही कुरालाई घृणा गर्नुहुन्छ।

मैले मानिसहरूले आफ्ना आमाबुबा बिरामी परेको विषयमा राख्‍नुपर्ने मनोवृत्ति, विचार र बुझाइका बारेमा सङ्गति पूरा गरेको छु। त्यसरी नै, आफ्‍ना आमाबुबाको निधन हुने कुरा आउँदा, मानिसहरूमा त्यसबारेमा पनि सही र तर्कसङ्गत मनोवृत्ति हुनुपर्छ। कतिपय मानिसहरू धेरै वर्षदेखि आफ्ना आमाबुबाबाट अलग बसेका हुन्छन्, तिनीहरू आफ्ना आमाबुबाका साथमा रहेका वा तिनीहरूसँग बसेका हुँदैनन्, र जब तिनीहरूले तिनीहरूका आमाबुबाको अचानक निधन भएको सुन्छन्, तिनीहरूमाथि ठूलो बज्रपात हुन्छ, र तिनीहरूलाई यो सबै कुरा अविश्‍वसनीय रूपमा अचानक भएको महसुस हुन्छ। यी मानिसहरू धेरै वर्षदेखि आफ्ना आमाबुबासँग नरहेका वा तिनीहरूसँग नबसेका हुनाले, तिनीहरूले सधैँ आफ्ना विचार र धारणाहरूमा एक प्रकारको भ्रम पालेका हुन्छन्। कस्तो प्रकारको भ्रम? तँ आफ्ना आमाबुबालाई छोडेर जाँदा, तिनीहरू जीवित र स्वस्थ थिए। धेरै वर्षसम्म तिनीहरूबाट टाढा रहेपछि, तेरो दिमागमा तेरो आमाबुबा त्यही उमेरका हुन्छन्, र तेरो सम्झनामा रहेकै शारीरिक र जिउने अवस्थामा रहेका हुन्छन्। यसले गडबडी ल्याउँछ। त्यसपछि तँलाई तेरा आमाबुबा कहिल्यै बुढा हुनेछैनन् र तिनीहरूले धेरै जन्मदिनहरू मनाउनेछन् भन्‍ने लाग्छ। अर्थात्, तिनीहरूको अनुहार तेरो हृदयमा बस्‍नेबित्तिकै, तिनीहरूको जीवन, तिनीहरूका शब्द, र तिनीहरूको हाउभाउले तेरो दिमागमा र तेरो स्मृतिमा छवि र छाप छोड्नेबित्तिकै, तैँले तेरा आमाबुबा सधैँभरि त्यस्तै रहनेछन्, तिनीहरू परिवर्तन हुनेछैनन्, बुढो हुनेछैनन्, र पक्‍कै पनि मर्नेछैनन् भन्‍ने सोच्छस्। यहाँ “मर्नेछैनन्” ले केलाई जनाउँछ? एक हिसाबले, यसको मतलब तिनीहरूको भौतिक शरीर हराएर जानेछैन भन्‍ने हुन्छ। अर्को हिसाबमा, यसको अर्थ तिनीहरूको अनुहार, तँप्रतिको तिनीहरूको भावना, र इत्यादि कुरा हराएर जानेछैनन् भन्‍ने हुन्छ। यो भ्रम हो, र यसले तँलाई धेरै समस्या दिनेछ। त्यसकारण, तेरा आमाबुबा जुनसुकै उमेरका भए पनि, तिनीहरू बुढेसकालले मरे पनि, वा कुनै रोगले मरे पनि, वा कुनै दुर्घटनाले मरे पनि, यसले तँमाथि वज्रपात गर्नेछ, र तँलाई यो कुरा अचानक भएको जस्तो लाग्‍नेछ। तेरो दिमागमा, तेरा आमाबुबा अझै जीवित र स्वस्थ रहेका हुन्छन्, अनि तिनीहरू अचानक जान्छन्, त्यसकारण तँ सोच्छस्: “तिनीहरू कसरी गइहाल्‍न सकेका? जीवित मानिसहरू कसरी यत्तिकै धूलोमा परिणत हुन सक्छन्? मेरो हृदयमा त, मलाई सधैँ मेरा आमाबुबा अझै बाँचिरहेका छन्, मेरी आमाले अझै पनि भान्सामा खाना पकाइरहेकी छिन्, धेरै व्यस्त भइरहेकी छिन्, र मेरो बुबा हरेक दिन बाहिर काम गरिरहेका छन्, साँझमा मात्र घर आउने गर्छन् जस्तो लाग्छ” तिनीहरूको जीवनका यी दृश्यहरूले तेरो दिमागमा केही छाप छोडेका छन्। त्यसकारण, तेरा भावनाहरूले गर्दा, तेरो विवेकले राख्‍न नहुने कुरालाई राखेको छ, जुन तेरो आमाबुबा तेरो हृदयमा सधैँ बाँच्नेछन् भन्‍ने विश्‍वास हो। त्यसकारण, तँलाई तिनीहरू मर्नु हुँदैन भन्‍ने लाग्छ, र तेरो आमाबुबाको मृत्यु जुनसुकै परिस्थितिमा भए पनि, तँलाई यो ठूलो वज्रपात जस्तो लाग्‍नेछ, र तैँले यस कुरालाई स्वीकार गर्न सक्दैनस्। तँलाई यस तथ्यलाई जित्‍न समय लाग्‍नेछ, होइन र? तेरो आमाबुबा बिरामी पर्नु नै तेरो लागि ठूलो आघात हुन्छ, त्यसैले तेरा आमाबुबाको निधन हुनु त झन् ठूलो आघात हुन्छ। त्यसोभए, यस्तो हुनुअघि, तैँले आफूमाथि आइपर्ने अप्रत्याशित बज्रपातलाई कसरी लिनुपर्छ, ताकि यसले तेरो कर्तव्य निर्वाहमा वा तैँले हिँड्ने बाटोमा असर नगरोस्, हस्तक्षेप नगरोस् वा प्रभाव नपारोस्? सुरुमा, वास्तवमा मृत्यु भनेको के हो, र वास्तवमा बितेर जानु भनेको के हो भन्‍ने कुरालाई हेरौँ—के यसको अर्थ व्यक्ति यो संसार छोडेर जाँदैछ भन्‍ने हुँदैन र? (हो।) यसको अर्थ व्यक्तिसँग भएको जीवन, त्यसको शारीरिक उपस्थिति मानिसहरूले देख्‍न सक्‍ने भौतिक संसारबाट हट्छ र हराउँछ भन्‍ने हुन्छ। त्यसपछि त्यो व्यक्ति अर्को संसारमा, र अर्को रूपमा बाँच्न जान्छ। तेरा आमाबुबाको देहान्त हुनुको अर्थ यस संसारमा तँसँगको तिनीहरूको सम्बन्ध भङ्ग भएको, हराएको र समाप्त भएको छ भन्‍ने हुन्छ। तिनीहरू अर्कै संसारमा, अन्य रूपमा बाँचिरहेका छन्। जहाँसम्म तिनीहरूको जीवन त्यो अर्को संसारमा कसरी चल्नेछ, तिनीहरू यस संसारमा फर्कनेछन् कि छैनन्, तँलाई फेरि भेट्नेछन् कि छैनन्, वा तँसँग कुनै पनि प्रकारको शारीरिक नाता वा भावनात्मक बन्धनहरू हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा छ, त्यो कुरा परमेश्‍वरले तय गर्नुहुन्छ, र यसको तँसँग कुनै सम्बन्ध हुँदैन। संक्षेपमा, तिनीहरूको निधन हुनुको अर्थ यो संसारमा तिनीहरूको मिसन समाप्त भएको छ, र तिनीहरूको पछाडि पूर्ण विराम लगाइएको छ भन्‍ने हुन्छ। यस जीवनमा र यस संसारमा तिनीहरूका मिसन समाप्त भएका छन्, त्यसैले तिनीहरूसँगको तेरो सम्बन्ध पनि समाप्त भएको छ। जहाँसम्म भविष्यमा तिनीहरूको पुनर्जन्म हुनेछ कि छैन, वा तिनीहरूले अर्को संसारमा कुनै पनि प्रकारको दण्ड र प्रतिबन्ध, वा कुनै पनि प्रकारको निराकरण र बन्दोबस्तको सामना गर्नेछन् कि गर्नेछैनन् भन्‍ने कुरा छ, के तँसँग यसको कुनै सरोकार हुन्छ? के तैँले यो कुराको निर्णय गर्न सक्छस्? तँसँग यसको कुनै सम्बन्ध छैन, तैँले यसको निर्णय गर्न सक्दैनस्, र तैँले यसबारे कुनै समाचार प्राप्त गर्न सक्दैनस्। यस जीवनमा तिनीहरूसँगको तेरो सम्बन्ध त्यस बेला नै समाप्त हुन्छ। अर्थात्, १०, २०, ३०, वा ४० वर्षसम्म एकअर्काको साथमा बाँचिरहँदा तिमीहरूलाई सँगै बाँध्‍ने नियतिको अन्त्य त्यतिबेलै हुन्छ। त्यसपछि, तिनीहरू भनेका तिनीहरू नै हुन्छन्, तँ पनि तँ नै हुन्छस्, र तिमीहरूका बीचमा कुनै सम्बन्ध रहँदै रहँदैन। तिमीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले आफ्नै कर्तव्य पूरा गरे, र तैँले आफ्नो कर्तव्य पूरा गर्छस्; जब तिनीहरू अब उही स्थानिक परिवेशमा बस्दैनन्, तब तिमीहरूका बीचमा कुनै सम्बन्ध बाँकी रहँदैन। तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएका मिसनहरू पहिले नै पूरा गरिसकेका हुन्छन्। त्यसकारण, तिनीहरूले तेरो लागि पूरा गरेका जिम्मेवारीहरूको कुरा आउँदा, जुन दिन तँ तिनीहरूबाट स्वतन्त्र रूपमा अस्तित्वमा रहन थाल्छस्, त्यही दिन त्यो कुराको अन्त्य भइसकेको हुन्छ—त्यसउपरान्त तेरा आमाबुबासँग तेरो कुनै सम्बन्ध रहँदैन। यदि तिनीहरू आज बिते भने, तैँले भावनात्मक स्तरमा मात्रै केही कुरा गुमाउनेछस्, र तेरो जीवनमा तृष्णा गर्नका लागि दुई जना प्रियजन घटेका मात्र हुन्छन्। तैँले तिनीहरूलाई फेरि कहिल्यै देख्‍नेछैनस्, र तैँले फेरि तिनीहरूका बारेमा कहिल्यै कुनै समाचार सुन्‍नेछैनस्। पछि तिनीहरूलाई के हुन्छ र तिनीहरूको भविष्य कस्तो हुन्छ भन्‍ने कुरासँग तेरो कुनै सरोकार हुँदैन, तिमीहरूका बीचमा कुनै रगतको नाता रहनेछैन, र तिमीहरू अब उस्तै प्रकारका प्राणी पनि रहनेछैनौ। कुरा यही नै हो। तेरा आमाबुबा बितेको खबर नै तैँले यस संसारमा तिनीहरूका बारेमा सुन्‍ने अन्तिम खबर हो, र तिनीहरूको जन्म, वृद्धावस्था, तिनीहरू बिरामी हुनु र मर्नु जस्ता अनुभवहरूबारे तैँले देख्‍ने र सुन्‍ने अन्तिम तगारो त्यही हुनेछ, यति हो। तिनीहरूको मृत्युले तँबाट केही पनि लैजानेछैन वा तँलाई केही दिनेछैन, र तिनीहरू केवल मरेका हुनेछन्, अनि मानिसहरूका रूपमा तिनीहरूको यात्रा समाप्त भएको हुनेछ। त्यसकारण, तिनीहरूको निधनको कुरा आउँदा, तिनीहरू आकस्मिक रूपमा मरे पनि, सामान्य रूपमा मरे पनि, रोगबाट मरे पनि, र यस्तै अन्य कारणले मरे पनि, यदि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त नभएको भए, कुनै पनि व्यक्ति वा शक्तिले तिनीहरूको जीवन खोस्‍न सक्नेथिएन। तिनीहरूको मृत्यु हुनुको अर्थ तिनीहरूको शारीरिक जीवनको अन्त्य भयो भन्‍ने मात्र हुन्छ। यदि तँलाई तिनीहरूको याद आउँछ र तिनीहरूको तृष्णा हुन्छ, वा आफ्‍ना भावनाहरूका कारण आफैप्रति लाज लाग्छ भने, तैँले यीमध्ये कुनै पनि कुरा महसुस गर्नु हुँदैन, र ती महसुस गर्न आवश्यक छैन। तिनीहरू यस संसारबाट बिदा भएका छन्, त्यसैले तिनीहरूको सम्झना गर्नु निरर्थक छ, होइन र? यदि तँ “के मेरा आमाबुबाले मलाई यतिका वर्षसम्‍म सम्झनुभयो? मैले यतिका वर्षसम्म तिनीहरूलाई सन्तानी निष्ठा देखाउँदै तिनीहरूका साथमा नरहेका कारण तिनीहरूले झन् कति कष्ट भोगे होलान्? यतिका वर्षसम्‍म, म सधैँ तिनीहरूसँग केही दिन बिताउन चाहन्थेँ, तिनीहरू यति चाँडै बित्‍ने अपेक्षा कहिल्यै गरेको थिइनँ। मलाई दुःख लागेको छ र आत्मग्‍लानि भएको छ” भन्‍ने सोच्छस् भने, तैँले यसरी सोच्नु आवश्यक छैन, किनभने तिनीहरूको मृत्युको तँसँग कुनै सम्बन्ध छैन। तिनीहरूको मृत्युको किन तँसँग कुनै सम्‍बन्ध छैन? किनभने, यदि तैँले तिनीहरूलाई सन्तानी निष्ठा देखाएको वा तिनीहरूलाई साथ दिएको भए पनि, यो परमेश्‍वरले तँलाई दिनुभएको दायित्व वा काम होइन। तेरा आमाबुबाले तँबाट कति सौभाग्य र कति कष्ट भोग्‍नेछन् भनेर परमेश्‍वरले तय गर्नुभएको छ—तँसँग यसको कुनै सम्बन्ध छँदै छैन। तँ तिनीहरूका साथमा रहेकोले तिनीहरूले लामो जीवन जिउनेछन् भन्‍ने छैन, र तँ तिनीहरूबाट टाढा बसेकोले र तिनीहरूसँग प्राय भेट गर्न नसकेकोले तिनीहरूले छोटो जीवन जिउनेछन् भन्‍ने हुँदैन। तिनीहरू कति लामो समयसम्म बाँच्नेछन् भनेर परमेश्‍वरले तोक्‍नुभएको छ, र तँसँग यसको कुनै सम्बन्ध छैन। त्यसकारण, यदि तैँले आफ्‍नो जीवनकालमा नै आफ्ना आमाबुबाको निधन भएको समाचार सुनिस् भने, तैँले दोषी महसुस गर्नु पर्दैन। तैँले यस विषयलाई सही तरिकाले लिनुपर्छ र स्वीकार गर्नुपर्छ। यदि तिनीहरू बिरामी हुँदा नै तैँले धेरै आँसु बगाएको छस् भने, तिनीहरू बितेर जाँदा तैँले खुसी र स्वतन्त्र महसुस गर्नुपर्छ; तैँले तिनीहरूलाई बिदा गरेपछि, तँ रुनु पर्दैन। तैँले तिनीहरूको सन्तानका रूपमा आफ्‍ना जिम्मेवारीहरू पूरा गरिसकेको हुनेछस्, तैँले तिनीहरूका लागि प्रार्थना गरेको हुनेछस्, तिनीहरूका लागि दुःखी महसुस गरेको हुनेछस्, र तिनीहरूका लागि अनगिन्ती आँसु बगाएको हुनेछस्, र, पक्‍कै पनि, तैँले तिनीहरूको रोग निको पार्नका लागि धेरै समाधानहरू सोचेको हुनेछस्, र तैँले तिनीहरूको पीडा कम गर्न सक्दो प्रयास गरेको हुनेछस्। तैँले तिनीहरूको सन्तानका रूपमा आफूले गर्न सक्‍ने सबै कुरा गरिसकेको हुनेछस्। जब तिनीहरू बित्छन्, तैँले यसो मात्र भन्‍न सक्छस्: “तपाईँको जीवन निकै कठिन थियो। तपाईँहरूको सन्तानका रूपमा, म तपाईंको आत्माले शान्ति पाओस् भन्‍ने आशा गर्छु। यदि तपाईँहरूले यस जीवनमा परमेश्‍वरलाई चिढ्याउने धेरै काम गर्नुभएको छ भने, अर्को संसारमा सजाय पाउनुहुनेछ। यदि, तपाईँहरूले आफ्नो सजाय प्राप्त गरिसकेपछि, परमेश्‍वरले तपाईँहरूलाई यस संसारमा फेरि मानिसका रूपमा पुनर्जन्म लिने अवसर दिनुभयो भने, म तपाईँहरूले राम्रो व्यवहार गर्न, र सही मार्गमा हिँड्न सक्दो प्रयास गर्नुहुनेछ भन्‍ने आशा गर्छु। परमेश्‍वरलाई चिढ्याउने अरू कुनै काम नगर्नुहोस्, र अर्को जीवनमा कुनै सजाय नपाउन लागिपर्नुहोस्।” त्यति मात्र हो। के यो कुरा राम्ररी भनिएन र? तैँले गर्न सक्‍ने यति हो; चाहे तेरा आमाबुबाका लागि होस् वा तेरो प्रियजनहरूका लागि होस्, तैँले गर्न सक्‍ने यति हो। अवश्‍य नै, जब तेरा आमाबुबा अन्ततः बितेर जान्छन्, यदि तँ तिनीहरूका साथमा रहन वा तिनीहरूलाई केही अन्तिम सान्त्वना दिन सक्दैनस् भने, तैँले दुःखी महसुस गर्नु आवश्यक छैन। किनभने वास्तवमा प्रत्येक व्यक्ति यो संसारलाई छोडेर जाँदा एकलै नै हुन्छ। तिनीहरूका छोराछोरी तिनीहरूका साथमा भए पनि, जब तिनीहरूलाई लिन दूत आउँछ, तब तिनीहरूले मात्र यो कुरा देख्‍न सक्छन्। जब तिनीहरू जान्छन्, तिनीहरूसँग कुनै पनि व्यक्ति जानेछैन, तिनीहरूका छोराछोरी तिनीहरूका साथ जान सक्दैनन्, न त तिनीहरूको जीवन साथी नै जान सक्छन्। जब मानिसहरूले यो संसार छोडेर जान्छन्, तिनीहरू सधैँ एकलो नै हुन्छन्। तिनीहरूको अन्तिम क्षणमा, प्रत्येक व्यक्तिले यो अवस्था, यो प्रक्रिया र यो परिवेशको सामना गर्नुपर्ने हुन्छ। त्यसकारण, यदि तँ तिनीहरूको साथमा छस्, र तिनीहरूले तँलाई आँखामा हेरिरहेका छन् भने पनि, यसको कुनै काम हुँदैन। तिनीहरू प्रस्थान गर्ने समय आएपछि, तिनीहरूले तेरो नाम लिन चाहे पनि सक्दैनन्, र तैँले त्यो सुन्‍न सक्दैनस्; यदि तिनीहरूले तँलाई हात लम्काएर समात्‍न चाहे पनि, तिनीहरूसँग शक्ति हुँदैन, र तैँले यो महसुस गर्न सक्दैनस्। तिनीहरू एकलै हुनेछन्। किनभने हरेक व्यक्ति यस संसारमा एकलै आउँछ, र अन्तमा, तिनीहरूले यसलाई छोडेर एकलै नै जानुपर्छ। यो परमेश्‍वरले तय गर्नुभएको कुरा हो। यी कुराहरूको अस्तित्वले मानिसहरूलाई तिनीहरूको जीवन र नियति, र तिनीहरू जन्मनु, बूढो हुनु, बिरामी पर्नु र मर्नु, सबै परमेश्‍वरको हातमा छन्, र प्रत्येक व्यक्तिको जीवन स्वतन्त्र हुन्छ भन्‍ने कुरालाई अझ स्पष्ट रूपमा देख्ने तुल्याउँछ। सबै मानिसहरूका आमाबुबा, भाइबहिनी र प्रियजनहरू हुने भए पनि, परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, र जीवनको दृष्टिकोणबाट हेर्दा, प्रत्येक व्यक्तिको जीवन स्वतन्त्र हुन्छ, जीवनहरू एक साथ समूहबद्ध भएका हुँदैनन्, र कुनै पनि जीवनको साझेदार हुँदैन। सृष्टि गरिएका मानिसहरूको दृष्टिकोणबाट हेर्दा, हरेक जीवन स्वतन्त्र हुन्छ, तर परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले सृष्टि गर्नुभएको कुनै पनि जीवन एकलो हुँदैन, किनभने परमेश्‍वर तिनीहरू प्रत्येकको साथमा हुनुहुन्छ र उहाँले तिनीहरूलाई अगाडि बढाइरहनुभएको हुन्छ। यति मात्र हो कि, जब तँ यस संसारमा हुन्छस्, तब तँ तेरा आमाबुबाबाट जन्मिन्छस्, र तेरा आमाबुबा तेरो सबैभन्दा नजिकका मानिस हुन् भन्‍ने सोच्छस्, तर वास्तवमा, जब तेरा आमाबुबाले यो संसार छोड्छन्, तैँले तिनीहरू तेरो सबैभन्दा नजिकका मानिस होइनन् भन्‍ने महसुस गर्छस्। जब तिनीहरूको जीवन समाप्त हुन्छ, तब तँ अझै पनि बाँचिरहेको हुन्छस्, तिनीहरूको जीवन समाप्त हुँदा त्यसले तेरो जीवन खोस्‍नेछैन, र यसले पक्‍कै पनि तेरो जीवनलाई असर गर्नेछैन। तँ यतिका वर्षसम्म तिनीहरूबाट टाढा रहिस्, र तैँले अझै पनि राम्रो जीवन जिइरहेको छस्। किन? किनभने परमेश्‍वरले तेरो हेरचाह गरिरहनुभएको छ र तँलाई मार्गदर्शन गरिरहनुभएको छ; तँ उहाँको सार्वभौमिकताअन्तर्गत जिइरहेको छस्। जब तेरा आमाबुबा यस संसारबाट बिदा हुन्छन्, यसले तँलाई तेरा आमाबुबा साथ नरहँदा, तेरो रेखदेख नगर्दा, तेरो हेरचाह नगर्दा, वा तँलाई नहुर्काउँदा पनि यतिका वर्षहरूमा तँ हुर्केर वयस्कतादेखि अधबैँसमा, त्यसपछि वृद्धावस्थामा पुगिस्, र परमेश्‍वरको मार्गदर्शनद्वारा, तैँले आफ्नो जीवनमा झन्-झन् धेरै कुरा बुझिस्, र तेरो अगाडिको दिशा र मार्ग झन्-झन् स्पष्ट भएको छ भन्‍ने कुराप्रति अझ सचेत बनाउनेछ। त्यसकारण, मानिसहरूले आफ्ना आमाबुबालाई छोड्न सक्छन्। तिनीहरूलाई तिनीहरूको बाल्यकालमा मात्रै आमाबुबाको आवश्यकता हुन्छ, तर तिनीहरू ठूलो भएपछि, तिनीहरूका आमाबुबाको अस्तित्व केवल औपचारिकता मात्र रहन्छ। तिनीहरूका आमाबुबा तिनीहरूका भावनात्मक सहारा र साथ मात्र हुन्छन्, र तिनीहरूको कुनै आवश्यकता हुँदैन। अवश्य नै, जब तेरा आमाबुबाले यो संसार छोडेर जान्छन्, तब तँलाई यी कुराहरू झन्-झन् स्पष्ट भएको आभास हुनेछ, र मानिसहरूको जीवन परमेश्‍वरबाट आउँछ, र परमेश्‍वरमा भर नपरी, परमेश्‍वरलाई आफ्नो मानसिक र आत्मिक सहारा, र आफ्नो जीवनको सहाराका रूपमा नलिई तिनीहरू बाँच्न सक्दैनन् भन्‍ने कुरा अझै बढी महसुस हुन्छ। जब तेरा आमाबुबाले तँलाई छोडेर जान्छन्, तैँले तिनीहरूलाई भावनात्मक स्तरमा मात्र याद गर्नेछस्, तर साथसाथै, तँ भावनात्मक रूपमा वा अन्य कुरामा स्वतन्त्र हुनेछस्। तँ किन स्वतन्त्र हुनेछस्? तेरा आमाबुबा बाँचुञ्जेल, तिनीहरू तेरो लागि चिन्ता र बोझ दुवै बन्छन्। तिनीहरूसँग तँ स्वेच्‍छाचारी हुन सक्छस्, र तिनीहरूले तँलाई तँ आफ्ना भावनाहरूबाट मुक्त हुन सक्दैनस् झैँ महसुस गराउँछन्। जब तेरा आमाबुबा बित्छन्, तब यी सबै कुरा समाधान हुनेछन्। तैँले सबैभन्दा नजिक ठानेका मानिसहरू रहनेछैनन्, र तैँले तिनीहरूका बारेमा चिन्ता गर्नु पर्दैन, वा तिनीहरूको तिर्सना गर्नुपर्नेछैन। जब तैँले आफ्ना आमाबुबासँग रहेको यो आश्रित सम्बन्ध तोड्छस्, जब तिनीहरू यस संसारबाट बिदा हुन्छन्, जब तँलाई आफ्नो हृदयको गहिराइमा तेरा आमाबुबा बितिसकेका छन् भन्‍ने महसुस हुन्छ, र तैँले आफ्ना आमाबुबासँगको आफ्नो रगतको नाताबाट पार पाइसकेको छस् भन्‍ने महसुस गर्छस्, तब तँ वास्तवमै परिपक्व र स्वतन्त्र हुनेछस्। यसबारे सोच् त: मानिसहरू जतिसुकै उमेरका भए पनि, यदि तिनीहरूका आमाबुबा अझै पनि छन् भने, तिनीहरूलाई समस्या पर्दा तिनीहरूले यस्तो सोच्नेछन्: “म आमालाई सोध्‍नेछु, म बुबालाई सोध्‍नेछु।” तिनीहरूका लागि सधैँ नै भावनात्मक सहारा हुन्छ। जब मानिसहरूसँग भावनात्मक सहारा हुन्छ, तब तिनीहरूलाई यस संसारमा तिनीहरूको अस्तित्व माया र खुसीले भरिएको छ भन्‍ने लाग्छ। जब तैँले त्यो खुसी र मायाको भावनालाई गुमाउँछस्, तब यदि तँलाई एकलो भएको, वा खुसी र माया गुमाएको महसुस हुँदैन भने, तँ परिपक्‍व छस्, र तँ आफ्नो विचार र भावनाको हिसाबले साँच्‍चै स्वतन्त्र छस्। तिमीहरूमध्ये धेरैले यी कुराहरू अझै अनुभव गरेका छैनौ होला। अनुभव गरेपछि, बुझ्‍नेछौ। यसको बारेमा सोच त: मानिसहरू जतिसुकै उमेरका भए पनि, तिनीहरू ४०, ५०, वा ६० वर्षका भए पनि, जब तिनीहरूका आमाबुबाको निधन हुन्छ, तिनीहरू तुरुन्तै निकै परिपक्‍व बन्छन्। तिनीहरू एकै क्षणमा मूर्ख बच्‍चाबाट समझदार वयस्कमा परिणत भएको जस्तो हुन्छ। रातारात तिनीहरूले कुराहरू बुझ्छन् र स्वतन्त्र बन्छन्। त्यसकारण, प्रत्येक व्यक्तिका लागि तिनीहरूका आमाबुबाको निधन हुनु एउटा ठूलो तगारो हो। यदि तैँले आफ्‍ना आमाबुबासँगको सम्बन्धलाई सही तरिकाले सम्हाल्न र लिन सक्छस्, र यसका साथै तेरा आमाबुबाले तँप्रति राखेका विभिन्‍न अपेक्षाहरू, वा भावनात्मक र नैतिक स्तरमा तेरो आमाबुबाका लागि तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरूलाई सही रूपमा लिन, सम्‍हाल्‍न, र त्याग्‍न सक्छस् भने, तँ साँच्‍चै परिपक्‍व भएको हुनेछस्, र कम्तीमा पनि, तँ परमेश्‍वरको सामु वयस्क हुनेछस्। यसरी वयस्क बन्‍नु सजिलो छैन, तैँले आफ्नो दैहिक भावनाहरूका सन्दर्भमा केही पीडा भोग्‍नुपर्छ, विशेषगरी, तैँले केही भावनात्मक बरबादी र कष्टका साथै कामकुरा राम्ररी नचल्ने, तैँले आशा गरेजस्तो नहुने, वा दुर्भाग्यपूर्ण हुने आदि अवस्था भोग्नुपर्छ। जब तैँले यी सबै पीडा अनुभव गरेको हुन्छस्, तब तैँले यी मामिलाहरूसम्बन्धी थप अन्तर्ज्ञान प्राप्त गर्नेछस्। यदि तैँले तिनलाई यी मामिलाहरूका सम्बन्धमा हामीले सङ्गति गरेका सत्यताहरूसँग जोडिस् भने, तैँले परमेश्‍वरले तोक्नुभएको मानिसहरूको जीवन र नियतिका साथै मानिसहरूबीचको स्‍नेहका बारेमा विस्तृत रूपमा केही थप अन्तर्ज्ञान प्राप्त गर्नेछस्। जब तैँले यी कुराहरूका बारेमा अन्तर्ज्ञान पाउँछस्, तब तँलाई यी कुराहरू त्याग्‍न सजिलो हुनेछ। जब तैँले यी कुराहरूलाई त्याग्‍न र सही तरिकाले सम्हाल्न सक्छस्, तब तैँले ती कुराहरूलाई सही तरिकाले लिन सक्छस्। तैँले ती कुरालाई मानव सिद्धान्त वा मानव विवेकको मानकका आधारमा लिनेछैनस्; तैँले तिनलाई सत्यता सिद्धान्तहरूअनुरूप लिनेछस्। सत्यता सिद्धान्तहरूअनुरूप हुनु भनेको के हो? यसको मतलब तँ परमेश्‍वरमा समर्पित हुन सक्‍नु हो। यदि तँ परमेश्‍वर र उहाँका योजनाबद्ध कार्यहरूमा समर्पित हुन सक्छस् भने, यो राम्रो सङ्केत र राम्रो लक्षण हो। यो कुन कुराको लक्षण हो? तँसँग मुक्तिको आशा छ भन्‍ने कुराको लक्षण। त्यसकारण, जब तेरो आमाबुबाका अपेक्षाहरूको कुरा आउँछ, तब तँ युवा होस्, अधबैँसे होस्, वृद्ध होस्, वा आफ्ना अन्तिम वर्षहरूमा होस्, र तैँले यस कुराको अनुभव गरेको छैनस्, अहिले अनुभव गरिरहेको छस्, वा पहिले नै अनुभव गरिसकेको छस् भने पनि, तिमीहरूले गर्नुपर्ने कुरा भनेको तेरा यी भावनाहरू त्याग्‍नु, वा आफ्ना आमाबुबासँगका सम्बन्धहरू तोड्नु र तिनीहरूबाट आफूलाई अलग गर्नु मात्र होइन, बरु सत्यतामा मेहनत गर्नु, र सत्यताका यी पक्षहरू बुझ्न खोज्नु हो। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। जब तैँले यी विविध र जटिल सम्बन्धहरू बुझ्छस्, तब तँ ती कुराहरूबाट मुक्त हुन सक्छस्, र ती कुराको बन्धनमा पर्न छोड्छस्। जब तँ ती कुराको बन्धनमा पर्न छोड्छस्, तब तँलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुन धेरै सजिलो हुनेछ, र तैँले त्यसो गर्दा कम अवरोध र सानातिना व्यवधानहरूको मात्र सामना गर्नुपर्नेछ। त्यसपछि तैँले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने सम्भावना धेरै कम हुनेछ, होइन र?

के तँ अब आमाबुबासँग सम्बन्धित यी सबै प्रमुख मामिलाहरू स्पष्ट रूपमा देख्‍न र समाधान गर्न सक्‍ने भइस्? तिमीहरूसँग खाली समय हुँदा, सत्यतामा मनन गर। यदि भविष्यमा, वा तैँले अहिले अनुभव गरिरहेका कुराहरूमा तैँले यी मामिलाहरूलाई सत्यतासँग जोड्न सक्छस्, र सत्यताका आधारमा यी समस्याहरू समाधान गर्न सक्छस् भने, तैँले निकै कम समस्या र कम कठिनाइहरूको सामना गर्नेछस्, र तैँले अत्यन्तै आरामदायी र आनन्दित जीवन जिउननेछस्। यदि तैँले सत्यताका आधारमा यी कुराहरूलाई लिइनस् भने, तैँले धेरै समस्याहरूको सामना गर्नेछस्, र तेरो जीवन निकै पीडादायी हुनेछ। नतिजा यही हो। आमाबुबाका अपेक्षाहरूको विषयको सङ्गतिलाई आज म यहीँ समाप्त गर्छु। फेरि भेटौँला!

अप्रिल २९, २०२३

अघिल्लो: सत्यता कसरी पछ्याउने (१६)

अर्को: सत्यता कसरी पछ्याउने (१८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्