780 परमेश्वर उहाँको साँचो ज्ञान भएकाहरूलाई प्राप्त गर्न चाहनुहुन्छ
पद १
परमेश्वरको स्वभाव र “उहाँ जे हुनुहुन्छ” को ज्ञानले
मानिसलाई विश्वास पाउन
उहाँको पालन गर्न, डर मान्न,
अन्धो भई नपछ्याउन र
आराधना नगर्न सहयोग गर्छ।
उहाँ मूर्खहरूलाई होइन,
उहाँको स्वभाव स्पष्ट बुझेकालाई र साक्षी भई
काम गर्न सक्नेहरू चाहनुहुन्छ।
उहाँको अस्तित्व र धर्मी स्वभावको कारण
तिनले उहाँलाई त्याग्ने छैनन्।
कोरस
साँचो बुझाइले मात्र तिनले
साँचो विश्वास पाउन, साँचो अनुयायी हुन,
साँचो आज्ञापालन र आदर देखाउन सक्छन्।
यसरी मात्र उहाँलाई हृदय दिन र खोल्न सक्छन्।
उहाँ यही चाहनुहुन्छ,
कारण तिनको सोच र कार्यले गवाही दिन सक्छन्।
पद २
तिम्रो हृदय उहाँको अस्तित्व,
उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ र मानवलाई
मुक्ति दिने योजना बारे
अस्पष्ट छ भने, तिम्रो विश्वासले
उहाँको प्रशंसा पाउन सक्तैन।
उहाँ यस्ता अनुयायी चाहनुहुन्न।
तिनले उहाँलाई बुझ्दैनन्,
उहाँलाई हृदय दिन सक्तैनन्,
तिनको हृदय उहाँप्रति बन्द
र विश्वासमा अशुद्धता छ,
आफ्नो पछ्याइमा अन्धा छन्।
कोरस
साँचो बुझाइले मात्र तिनले
साँचो विश्वास पाउन, साँचो अनुयायी हुन,
साँचो आज्ञापालन र आदर देखाउन सक्छन्।
यसरी मात्र उहाँलाई हृदय दिन र खोल्न सक्छन्।
उहाँ यही चाहनुहुन्छ,
कारण तिनको सोच र कार्यले गवाही दिन सक्छन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३” बाट परिमार्जित