605 परमेश्‍वरद्वारा प्राप्त गरिनु तिम्रो आफ्नै पछ्याइमा भर पर्छ

पद १

पत्रुसले परमेश्‍वरको इच्छा गर्न मात्र खोजे।

उहाँमा विश्‍वास गर्नेको सर्वोत्तम पछ्याइ यही हो।

पावलको पछ्याई देह, योजना, धारणा र

युक्तिद्वारा कलङ्कित थियो।

उनी योग्य सृजित प्राणी थिएनन्,

उहाँको इच्छा पूरा गर्न खोज्ने व्यक्ति थिएनन्।


पद २

पत्रुस उहाँका योजनाबद्ध कार्यमा समर्पित हुन खोजे;

पत्रुसले गरेको काम महान् नभए पनि,

सही मार्ग लिए, उनीसँग सही अभिप्राय थिए।

उनले धेरै मानिस प्राप्त गर्न नसके पनि,

सत्यता पछ्याए, त्यसैले भन्न सकिन्छ

कि उनी परमेश्‍वरका योग्य प्राणी थिए।


कोरस

अब सिद्ध पारिनेहरू पत्रुस जस्तै छन्:

तिनीहरू आफ्नो स्वभाव बदल्न, उहाँको गवाही दिन,

उहाँको प्राणीको रूपमा आफ्नो कर्तव्य

पूरा गर्न चाहनेहरू हुन्।

यस्ता मानिस मात्र सिद्ध पारिनेछन्।

तिमीले सबभन्दा बढी जीवन पछ्याउनैपर्छ।


पद ३

तिमी कामदार नभए पनि, उहाँको प्राणीको

कर्तव्य गर्नुपर्छ, उहाँको योजनाबद्ध

कार्यमा समर्पित हुनुपर्छ।

उहाँले भन्नुभएको सब पालन गर्नुपर्छ,

सब जाँच र शोधन पार गर्नुपर्छ।

कमजोर भए पनि, उहाँलाई प्रेम गर्नुपर्छ।


ब्रिज

आफ्नो जीवनको जिम्मा लिनेहरू उहाँको प्राणी

हुनुको कर्तव्य पूरा गर्न इच्छुक हुन्छन् र

तिनको पछ्याइको दृष्टिकोण सही हुन्छ।

उहाँलाई चाहिने मानिस यी नै हुन्।


पद ४

यदि धेरै काम गर्छौ र शिक्षा दिन्छौ,

तर बदलिदैनौ वा गवाही दिँदैनौ र

साँचो अनुभव छैन र मर्दा पनि

तिमीसँग गवाही छैन भने,

के तिमी परिवर्तन भएको व्यक्ति हौ?

के तिमी सत्यता पछ्याउने व्यक्ति हौ?


कोरस

अब सिद्ध पारिनेहरू पत्रुस जस्तै छन्:

तिनीहरू आफ्नो स्वभाव बदल्न, उहाँको गवाही दिन,

उहाँको प्राणीको रूपमा आफ्नो कर्तव्य

पूरा गर्न चाहनेहरू हुन्।

यस्ता मानिस मात्र सिद्ध पारिनेछन्।

तिमीले सबभन्दा बढी जीवन पछ्याउनैपर्छ।


पद ५

अशुद्धहरूले उहाँको राज्यमा प्रवेश गर्न,

पवित्र भूमि कलङ्कित पार्न पाउँदैनन्।

वर्षौँसम्म धेरै काम गरेका छौ,

तर अझ फोहोर छौ भने,

स्वर्गको व्यवस्थाले तिमीलाई उहाँको

राज्यमा प्रवेश गर्ने अनुमति दिँदैन।


अन्त्य

सुरुदेखि आजसम्म, परमेश्‍वरले चापलुसी गर्नेलाई

राज्यमा प्रवेश पाउन सजिलो बनाउनुभएन।

यो कसैले तोड्न नसक्ने स्वर्गको नियम हो।

तिमीले जीवन पछ्याउनैपर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” बाट परिमार्जित

अघिल्लो: 604 परमेश्‍वरको विश्‍वासीले के लक्ष्य लिनुपर्छ?

अर्को: 606 परमेश्‍वरले मानिसलाई मापन गर्न उसको प्रकृति प्रयोग गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्