उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ

उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ। सबै मानिसमा भ्रष्‍ट स्वभाव हुने र कसैसँग सत्यता नहुने भएकाले मैत्रीपूर्ण सहकार्यद्वारा मात्रै उनीहरूले आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न सक्छन्। मैत्रीपूर्ण सहकार्य मानिसहरूको जीवन प्रवेशका लागि मात्र नभई, उनीहरूको कर्तव्य उचित रूपमा पूरा गर्नका लागि र मण्डलीको काममा पनि लाभदायक हुन्छ। मैत्रीपूर्ण सहकार्य गर्नेहरू अपेक्षाकृत राम्रो मानवता र इमानदारी भएका मानिस हुन्, तर यदि कसैको मानवता राम्रो छैन, तिनीहरू अति अहङ्कारी र आत्मधर्मी छन्, वा अति कुटिल र धूर्त छन् भने, तिनीहरूले कुनै हालतमा अरूसँग मैत्रीपूर्ण सहकार्य गर्दैनन्। कतिपय मानिसहरू इमानदार काममा लाग्दैनन्, आफ्नो कर्तव्य पूरा गर्दा होसियार हुँदैनन् र जहिले पनि दुष्‍ट काम गर्छन्। यस्ता मानिसहरू अरूसँग सहकार्य गर्न सक्दैनन्, र अरूसँग मिलापमा रहन वा मिल्न सक्दैनन्। यस्ता मानिसहरूमा मानवता हुँदैन, र जनावरहरू र दियाबलस शैतानका हुन्छन्। असल मानवता भएका सबै आज्ञाकारी र समर्पित मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा निश्‍चिय नै परिणाम प्राप्‍त गर्नेछन् र अरूसँग सजिलैसँग सहकार्य गर्छन्। जहाँसम्म आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा नगर्नेहरू, दुर्व्यवहार गर्नेहरू, वा आफ्नो कर्तव्य पूरा गरिरहेका अन्य मानिसलाई बाधासमेत पुर्‍याउनेहरूको कुरा छ—यदि तिनीहरू धेरै आग्रह गर्दा पनि सुध्रिँदैनन्, पश्‍चात्ताप गर्ने चिन्ता लिँदैनन्, कर्तव्यमा सधैँ अवरोध र बाधा पुर्‍याउँछन् र तिनीहरूको मानवताको गुणस्तर नीच छ भने, तिनीहरूलाई मण्डलीको काममा समस्या वा विपत्ति ल्याउन नदिन ढिलाइ नगरी सफाया गर्नुपर्छ। यो समस्या अगुवाहरू र सेवकहरूले समाधान गर्नैपर्छ।

केही व्यक्तिहरू आफ्नो कर्तव्य पूरा गर्दा गैरजिम्मेवार बन्छन्, फलस्वरूप काम सधैँ दोहोर्‍याएर गर्नुपर्छ। यसले कामको प्रभावकारितामा गम्भीर असर गर्छ। व्यक्तिमा पोख्त ज्ञान र अनुभव नहुनुबाहेक, यो समस्या देखापर्नुका अन्य कुनै कारणहरू छन्? (जब कुनै व्यक्ति तुलनात्मक रूपमा अहङ्कारी र आत्मधर्मी हुन्छ, आफै निर्णय गर्छ र सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्दैन।) पोख्त ज्ञान र अनुभव अलिअलि गर्दै सिक्न र आर्जन गर्न सकिन्छ, तर यदि व्यक्तिको स्वभावमा समस्या छ भने, के यो समाधान गर्न सजिलो हुन्छ जस्तो तिमीहरूलाई लाग्छ? (अहँ, यो सजिलो हुँदैन।) त्यसोभए, यो कसरी समाधान गर्नुपर्छ? (त्यो व्यक्तिले सजाय र न्याय अनुभव गर्नैपर्छ, अनि उसलाई काटछाँट र निराकरण गरिनैपर्छ।) उसले न्याय र सजाय अनुभव गर्न आवश्यक छ, अनि उसलाई काटछाँट र निराकरण गरिन आवश्यक छ—यी शब्दहरू सही छन्, तर सत्यता खोजी गर्नेहरूले मात्र यी प्राप्‍त गर्न सक्छन्। के सत्यतालाई प्रेम नगर्नेहरूले काटछाँट र निराकरण स्विकार्न सक्छन् त? अहँ, तिनीहरूले सक्दैनन्। मानिसहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्दा काम सधैँ दोहोर्‍याएर गर्नुपर्छ भने, सबैभन्दा ठूलो समस्या विशेषज्ञ ज्ञानको कमी वा अनुभवको अभाव हुँदैन, बरु तिनीहरू अत्यन्तै आत्मधर्मी र अहङ्कारी हुने भएकोले, तिनीहरूले मिलेर काम गर्न नचाहेकोले, र एकलै निर्णय गरेर काम गर्ने गरेकोले यस्तो हुन्छ—यसको फलस्वरूप तिनीहरूले गरेको काम भद्रगोल हुन्छ, र केही पनि हासिल हुँदैन, र सबै प्रयास खेर जान्छ। अनि यसमा सबैभन्दा गम्‍भीर समस्या मानिसहरूको भ्रष्ट स्वभाव हुन्छ। जब मानिसहरूको भ्रष्ट स्वभाव अत्यन्तै गम्‍भीर हुन्छ, तब तिनीहरू असल मानिस रहँदैनन्, तिनीहरू दुष्ट मानिस बनिसकेका हुन्छन्। दुष्ट मानिसहरूको स्वभाव सामान्य भ्रष्ट स्वभावभन्दा निकै गम्‍भीर हुन्छ। दुष्ट मानिसहरूले दुष्ट कामहरू गर्ने सम्‍भावना हुन्छ, तिनीहरूले मण्डलीको काममा हस्तक्षेप गर्ने र बाधा दिने सम्‍भावना हुन्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्दा दुष्ट मानिसहरूले गर्ने भनेकै काम खराब रूपमा गर्नु र भताभुङ्ग पार्नु मात्रै हो; तिनीहरूको सेवामा सार्थकताभन्दा बढी समस्या हुन्छ। कतिपय मानिसहरू दुष्ट हुँदैनन्, तर तिनीहरूले आफ्‍नै भ्रष्ट स्वभावअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्छन्—र तिनीहरूले पनि आफ्‍नो कर्तव्य उचित रूपमा पूरा गर्न सक्दैनन्। समग्रमा, भ्रष्ट स्वभावले मानिसहरूलाई आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नबाट अत्यन्तै चरम रूपमा बाधा दिन्छ। मानिसहरूको भ्रष्ट स्वभावको कुन पक्षले तिनीहरूको कर्तव्य निभाउने प्रभावकारितामा सबैभन्दा बढी प्रभाव पारेको हुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ? (अहङ्कार र आत्मधार्मिकता।) अहङ्कार र आत्मधार्मिकताका मुख्यमुख्य प्रकटीकरणहरू के-के हुन्? आफै निर्णय गर्ने, आफ्नै बाटो हिँड्ने, अन्य मानिसहरूको सुझाव नसुन्‍ने, अरूसँग सल्‍लाह नलिने, मैत्रीपूर्ण रूपमा सहकार्य नगर्ने, र कामकुराहरूमा सधैँ आफूले नै अन्तिम निर्णय गर्न प्रयास गर्ने। केही असल दाजुभाइ-दिदीबहिनीहरूले निश्‍चित कर्तव्य पूरा गर्न सहकार्य गरिरहेको हुनसक्‍ने भए पनि, तिनीहरू प्रत्येक तिनीहरूको आ-आफ्‍नै काममा संलग्‍न भए पनि, केही निश्‍चित समूह अगुवा वा सुपरिवेक्षकहरूले नै सधैँ अन्तिम निर्णय गर्न चाहन्छन्; तिनीहरूले जे गरिरहेको भए पनि, तिनीहरूले अरूसँग कहिल्यै मैत्रीपूर्ण रूपमा सहकार्य गर्दैनन्, र तिनीहरू सङ्गतिमा सहभागी हुँदैनन्, र अरूको सहमति नलिईकनै हतारमा काम गर्छन्। तिनीहरूले अरू सबैलाई तिनीहरूको कुरा मात्रै सुन्‍न लगाउँछन्, र यसैमा समस्या हुन्छ। यसको साथै, जब अरूले समस्या देख्छन्, तैपनि कार्यभारी व्यक्तिलाई रोक्‍न अघि सर्दैनन्, तब यसले आखिरमा यस्तो परिस्थिति निम्त्याउँछ, जहाँ मानिसहरू आफ्नो कर्तव्यमा प्रभावकारी हुँदैनन्, काम पुरै भद्रगोल हुन्छ, र संलग्‍न हरेकले आफ्‍नो कार्य दोहोर्‍याउनुपर्छ, र यस क्रममा थकित हुनुपर्छ। यस्तो गम्भीर परिणाम आउनुको जिम्मेवार को हो? (कार्यभारी व्यक्ति।) के संलग्न अरू मानिसहरू पनि जिम्‍मेवार हुन्छन्? (हुन्छन्।) कार्यभारी व्यक्तिले आफै निर्णयहरू गऱ्यो, अरूलाई आफ्‍नै तरिकाले काम गर्न जोड दियो, र अरूले त्यो समस्या देख्यो तर उसलाई रोक्‍न केही पनि गरेनन्, र अझै गम्‍भीर कुरा के हुन्छ भने, तिनीहरूले पनि त्यसै गर्छन्; के यसले तिनीहरूलाई मतियार बनाउँदैन र? यदि तैँले यस्तो व्यक्तिलाई नियन्त्रण गर्दैनस्, रोक्दैनस्, वा खुलासा गर्दैनस्, बरु तिनीहरूलाई पछ्याउँछस् र तिनीहरूलाई चालबाजी गर्न दिन्छस् भने, के तैँले शैतानलाई मण्डलीको काममा बाधा पुऱ्याउन बेलगाम छोडिरहेको हुँदैनस् र? यो अवश्य नै तिमीहरूको समस्या हो। जब तिमीहरू कुनै समस्या देख्छौ र पनि यसमा कुनै हस्तक्षेप गर्दैनौ, यसबारे सङ्गति गर्दैनौ, यसलाई रोक्‍ने प्रयास गर्दैनौ, अनि त्यसबाहेक माथिकाहरूलाई यसबारे रिपोर्ट गर्दैनौ, तर “मानिसहरूलाई खुसी पार्ने” को भूमिका निभाउँछौ भने, के यो अबफादारीको सङ्केत हो? के मानिसहरूलाई खुसी पार्नेहरू परमेश्‍वरप्रति बफादार हुन्छन्? पटक्‍कै हुँदैनन्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति निष्ठावान् नहुने मात्र होइनन्, तिनीहरूले त शैतानको मतियार, परिचर र अनुयायीको रूपमा समेत काम गरिरहेका हुन्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र जिम्‍मेवारीमा विश्‍वासहीन हुन्छन्, तर शैतानको लागि चाहिँ निकै बफादार हुन्छन्। समस्याको सार नै यहीँ छ। व्यावसायिक अपर्याप्तताको हकमा भन्दा, कर्तव्यपालन गर्ने क्रममा निरन्तर रूपमा सिक्‍न र आफ्‍ना अनुभवहरूलाई जम्‍मा गर्न सम्‍भव हुन्छ। त्यस्ता समस्याहरूलाई सजिलै समाधान गर्न सकिन्छ। समाधान गर्न सबैभन्दा कठिन कुरा भनेको मानिसको भ्रष्ट स्वभाव हो। यदि तिमीहरू सत्यताको खोजी वा भ्रष्ट स्वभावको समाधान गर्दैनौ, तर सधैँ मानिसहरूलाई खुसी पार्ने भूमिका निभाउँछौ, र सिद्धान्तहरू उल्‍लङ्घन गरेको भनी तिमीहरूले देखेका मानिसहरूलाई निराकरण वा सहयोग, खुलासा वा पर्दाफास नगरी, सधैँ पछि हट्छौ, जिम्‍मेवारी लिँदैनौ भने, तिमीहरूको जस्तो कर्तव्यपालनले मण्डलीको काममा सम्झौता र ढिलाइ मात्रै निम्त्याउँछ। आफ्नो कर्तव्य पूर्तिलाई अलिकति पनि जिम्मेवारी नलिई तुच्छ ठान्दा कामको प्रभावकारितामा असर मात्र पुग्दैन, तर मण्डलीको काममा बारम्बार ढिलाइ पनि हुन्छ। तैँले यसरी आफ्नो कर्तव्य पूरा गर्दा, के तैँले केवल न्यूनतम कर्तव्य गरेर परमेश्‍वरलाई छल गरिरहेको हुँदैनस् र? के यसले परमेश्‍वरप्रति कुनै भक्ति देखाउँछ? यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा न्यूनतम कर्तव्य गर्न मात्र निरन्तर प्रयास गर्दै छस् र दृढ भई पश्‍चात्ताप गर्दैनस् भने, तँलाई निश्‍चित रूपमा हटाइनेछ।

तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा आइपर्ने कठिनाइलाई कसरी सम्हाल्नुपर्छ? सबैले समस्या समाधान गर्न मिलेर सत्यता खोजी गरी सहमतिमा पुग्नु सर्वोत्तम तरिका हो। तैँले सिद्धान्तहरू बुझिस् भने, के गर्ने भनेर थाहा पाउनेछस्। समस्या समाधान गर्ने यो सबैभन्दा राम्रो तरिका हो। यदि तँ समस्या समाधान गर्न सत्यता खोज्दैनस्, यसको सट्टा आफ्नो व्यक्तिगत धारणा र कल्पनामा मात्र कार्य गर्छस् भने, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुँदैनस्। यो र बाहिरी समाज वा शैतानको संसारमा काम गर्नुबीच के अन्तर छ? परमेश्‍वरको घरमा सत्यता र परमेश्‍वरको शासन चल्छ। जस्तोसुकै समस्या देखिए पनि यसको समाधान गर्न सत्यता खोज्नैपर्छ। जतिसुकै फरक-फरक विचारहरू भए पनि वा ती जतिसुकै भिन्न भए पनि, ती सबैलाई ल्याएर सङ्गति गर्नुपर्छ। त्यसपछि, सहमतिमा पुगेपछि सिद्धान्तअनुसार पाइला चाल्नुपर्छ। यसरी तैँले समस्या समाधान गर्न सक्ने मात्र होइन, तर सत्यता अभ्यास गरेर आफ्नो कर्तव्य सही ढङ्गले पूरा गर्न पनि सक्छस्। तैँले समस्या समाधान गर्ने प्रक्रियामा मैत्रीपूर्ण सहयोग पनि प्राप्‍त गर्न सक्छस्। यदि आफ्नो कर्तव्य पूरा गर्नेहरू सबैले सत्यतालाई प्रेम गर्छन् भने, तिनीहरूलाई सत्यता स्विकार्न र पालन गर्न सजिलो हुन्छ; तर यदि तिनीहरू अहङ्कारी र आत्मधर्मी छन् भने, मानिसहरूले सङ्गति गरे पनि तिनीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुँदैन। कोही मानिसहरू सत्यता बुझ्दैनन्, तैपनि सधैँ अरूले तिनीहरूको कुरा सुनून् भन्ने चाहन्छन्। यस्ता मानिसहरूले कर्तव्य निर्वाह गर्ने अरूलाई बाधा मात्रै दिन्छन्। समस्याको जड यही हो, र व्यक्तिले आफ्नो कर्तव्य ठिकसँग निर्वाह गर्नुअघि यसलाई समाधान गर्नैपर्छ। यदि कुनै व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्दा कामकुराबारे अरूसँग सहकार्य वा छलफल नगरी, र सत्यताका सिद्धान्तहरू खोजी नगरी सधैँ अहङ्कारी र हठी बन्छ, सधैँ आफै निर्णय लिन्छ, सबै कुरा लापरवाही तरिकाले र आफूखुसी गर्ने गर्छ भने—यो उसको कर्तव्यप्रति कस्तो प्रकारको मनोवृत्ति हो? के यसरी आफ्नो कर्तव्य ठिकसँग पूरा गर्न सकिन्छ? यदि यस्तो व्यक्तिले कहिल्यै काटछाँट र निराकरण स्वीकार गर्दैन, सत्यतालाई कदापि स्वीकार गर्दैन, र अझै पश्‍चात्ताप नगरी वा परिवर्तन नभई आफ्नै तरिकाले, हतारमा र मनलागी कामकुरा गरिरहन्छ भने—यो मनोवृत्तिको मात्र समस्या नभई तिनीहरूको मानवता र चरित्रको समस्या हो। यो मानवता नभएको व्यक्ति हो। के मानवता नभएको व्यक्तिले आफ्नो कर्तव्य ठिकसँग पूरा गर्न सक्छ? पक्कै सक्दैन। यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य पालना गर्दा सबै प्रकारका आपत्तिजनक कार्यहरूसमेत गर्छ र मण्डलीको काममा बाधा पुर्‍याउँछ भने, ऊ दुष्‍ट व्यक्ति हो। त्यस्ता मानिसहरू आफ्नो कर्तव्य पूरा गर्न योग्य हुँदैनन्। तिनीहरूको कर्तव्य निर्वाहले बाधा र क्षति मात्र पुर्‍याउँछ, र तिनीहरूले राम्रोभन्दा बढी हानि गर्छन्, त्यसैले तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न अयोग्य ठहराई मण्डलीबाट हटाउनुपर्छ। त्यसैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने व्यक्तिको सामर्थ्य उसका क्षमतामा मात्र निर्भर हुँदैन, तर मुख्यतया उसको आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति, उसको चरित्र, उसको मानवता असल छ कि खराब छ र ऊ सत्यता स्विकार्न गर्न सक्छ या सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। यी नै मूल समस्याहरू हुन्। तेरो हृदय आफ्नो कर्तव्यमा छ कि छैन, तँ सक्दो गर्दै छस् कि छैनस् र दत्तचित्त भएर काम गर्दै छस् कि छैनस्, तँमा आफ्नो कर्तव्य निर्वाहप्रति गम्भीर र होसियार बन्ने मनोवृत्ति छ कि छैन, तँ इमानदार छस् कि छैनस् र कडा मेहनत गर्छस् वा गर्दैनस्: परमेश्‍वरले हेर्ने चीजहरू यिनै हुन्, परमेश्‍वरले हरेक व्यक्तिलाई जाँच्नुहुन्छ। यदि धेरैजसो मानिस गैरजिम्मेवार छन् र कोही इमानदार छैनन्, अनि गर्नुपर्ने सही काम के हो भन्ने आफ्नो हृदयमा थाहा हुँदाहुँदै पनि सिद्धान्तहरू पालन गर्ने प्रयास गर्दैनन्, र कसैले यसलाई गम्भीरतापूर्वक लिँदैन भने के तिनीहरूको कर्तव्य सही रूपमा पूरा हुन सक्छ? यस्तो अवस्थामा, अगुवा र सेवकहरूले अनुगमन, निरीक्षण, र मार्गदर्शन गर्नैपर्छ, वा समूह अगुवा वा रेखदेख गर्ने प्रमुख व्यक्तिको रूपमा काम गर्न जिम्मेवार व्यक्ति खोज्नैपर्छ। यसरी अधिकांश मानिसहरूलाई काममा उत्प्रेरित गर्न सकिन्छ र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा राम्रो परिणाम प्राप्‍त हुन सक्छ। बाधा र हानि पुर्‍याउने व्यक्ति देखा परेमा उसलाई सिधै हटाइयोस्, किनभने मूल समस्या समाधान गरिँदा मानिसहरूलाई आफ्नो कर्तव्यमा प्रभावकारी हुन सहज हुनेछ। कतिपय मानिसमा थोरै क्षमता होला, तर तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार हुन्छन्। तिनीहरूसँग प्राविधिक सीप वा व्यावसायिक ज्ञान होला, तर तिनीहरू यी कुरा अरू मानिसलाई सिकाउँदैनन्। अगुवा र सेवकहरूले यो समस्या समाधान गर्नैपर्छ। उनीहरूले तिनीहरूसँग सङ्गति गर्नुपर्छ, र तिनीहरूलाई आफ्नो सीप अरूलाई सिकाउन प्रोत्साहन दिनुपर्छ, ताकि अरूले सकेसम्म चाँडो सीपहरू सिकून् र व्यावसायिक ज्ञानमा निपुणता हासिल गरून्। तैँले व्यावसायिक ज्ञानमा निपुण व्यक्तिको रूपमा, गमक्क फुल्ने वा आफ्नो योग्यताको धाक लगाउने पटक्कै गर्नु हुँदैन; तैँले सक्रिय भएर आफ्ना सीप र ज्ञान नयाँ विश्वासीहरूलाई सिकाउनुपर्छ, ताकि सबैले मिलेर आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्न सकून्। हुन सक्छ तँ आफ्नो पेसामा सबैभन्दा जानकार र सीपमा उत्कृष्ट छस्, तर यो तँलाई परमेश्‍वरले दिएको उपहार हो, र तैँले यसलाई आफ्नो कर्तव्य पूरा गर्नमा र आफ्नो शक्ति उपयोग गर्नमा प्रयोग गर्नुपर्छ। तँ जति नै दक्ष वा प्रतिभावान् भए पनि, एकलै काम गर्न सक्दैनस्; यदि सबैले पेसागत सीप र ज्ञान बुझ्न सकेमा कर्तव्य अझ प्रभावकारी रूपमा पूरा गर्न सकिन्छ। भनाइ नै छ, एक थुकी सुकी हजार थुकी नदी। अरू सबैको सहयोगबिना एक व्यक्ति जति नै सक्षम भए पनि यो पर्याप्‍त हुँदैन। तसर्थ, कोही पनि अहङ्कारी हुनु हुँदैन र कसैले पनि आफूखुसी काम गर्नु वा निर्णय लिनु हुँदैन। मानिसहरूले देहगत कुरा त्याग्नुपर्छ, आफ्नो विचार र रायलाई पन्छाउनुपर्छ अनि अरू सबैसँग मिलेर काम गर्नुपर्छ। व्यावसायिक ज्ञान हुने जोसुकैले अरूलाई प्रेमपूर्वक मद्दत गर्नुपर्छ, ताकि उनीहरू पनि यी सीप र ज्ञानमा निपुण हुन सकून्। कर्तव्य पालनका लागि यो लाभदायक हुन्छ। यदि तँ सीप हुनुलाई सधैँ गरिखाने भाँडोको रूपमा हेर्छस् र त्यस्तो ठान्छस्, अनि अरूलाई सिकाउँदा आफू भोकै परिएला भनेर डराउँछस् भने—यो अविश्‍वासीहरूको दृष्‍टिकोण हो। यो त स्वार्थी, घृणित अभ्यास हो, र परमेश्‍वरको घरमा स्विकारिने छैन। यदि तँ सत्यता कहिल्यै स्वीकार गर्न सक्दैनस्, र सेवा गर्न कहिल्यै इच्छुक हुँदैनस् भने तँ केवल हटाइनेछस्। यदि तँ परमेश्‍वरको इच्छालाई ध्यान दिन्छस् र उहाँको घरको कामप्रति विश्वासयोग्य हुन इच्छुक छस् भने, तैँले आफ्ना सबै शक्ति र सीप अर्पण गर्नुपर्छ, ताकि अरूले ती सिक्न र बुझ्न अनि आफ्नो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न सकून्। यो नै परमेश्‍वरको इच्छाअनुरूप हो; यस्ता मानिसहरूसँग मात्र मानवता हुन्छ, र उनीहरूलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ र आशिष् दिनुहुन्छ।

व्यक्तिले आफ्‍नो कर्तव्य राम्रोसित निभाउनको लागि के गर्नुपर्छ? उसले आफ्‍नो सारा हृदय र सारा शक्तिले आफ्‍नो कर्तव्य निर्वाह गर्नुपर्छ। आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नु भनेको आफ्‍नो कर्तव्य निर्वाह गर्नमा मनमस्तिष्क लगाउनु हो र अरू कुरालाई दिमागमा बस्‍न नदिनु हो, र त्यसपछि आफूसँग भएको ऊर्जा लगाउनु, आफ्‍नो सम्पूर्ण शक्ति प्रयोग गर्नु, र आफ्‍नो क्षमता, वरदान, शक्ति, र आफूले बुझेको कुरालाई काममा लगाउनु हो। यदि तँमा बोध गर्ने र बुझ्ने क्षमता छ र तँसँग राम्रो विचार छ भने, तैँले यसबारेमा अरूलाई बताउनुपर्छ। सद्‌भावपूर्ण सहकार्य गर्नु भनेको यही हो। यसरी तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस्, र यसरी तैँले सन्तोषजनक कर्तव्यपालन हासिल गर्नेछस्। यदि तँ सधैँ सबै कुरा आफै गर्न चाहन्छस्, सधैँ एकलै महान् कामहरू गर्न चाहन्छस्, सधैँ ध्यान अरूमा होइन तँमा परेको चाहन्छस् भने, के तैँले आफ्‍नो कर्तव्य निभाइरहेको हुन्छस् त? तैँले जे गरिरहेको छस् त्यसलाई एकतन्त्री काम भनिन्छ; यो त नौटङ्की प्रदर्शन हो। यो शैतानी व्यवहार हो, कर्तव्यपालन होइन। व्यक्तिको सामर्थ्य, वरदान, वा विशेष प्रतिभा जे-जस्तो भए पनि, कसैले पनि सबै कुरा आफै गर्न सक्दैन; मण्डलीको काम राम्ररी गर्नु छ भने उसले सद्‌भावपूर्ण सहकार्य गर्न सिक्‍नुपर्छ। यही कारणले गर्दा, सद्‌भावपूर्ण सहकार्य आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त रहन गएको हो। जबसम्‍म तैँले आफ्‍नो सारा हृदय र सारा शक्ति अनि सारा विश्‍वसनीयता लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्। यदि तँसँग कुनै विचार वा उपाय छ भने, यो कुरा अरूलाई बता; यो कुरालाई रोक्‍ने वा लुकाउने काम नगर्—तर यदि तँसँग सल्लाह-सुझाव छन् भने, ती दे; जसको विचार सत्यताअनुरूप छ त्यो स्वीकार र पालना गर्नुपर्छ। यसो गरिस् भने, तैँले सद्‌भावपूर्ण सहकार्य हासिल गर्नेछस्। आफ्‍नो कर्तव्य विश्‍वासयोग्य तरिकाले निर्वाह गर्नु भनेको यही हो। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सबै कुरा आफै गर्नु हुँदैन, अनि तैँले मरेतुल्य हुने गरी काम गर्ने, वा “फुलेको एउटै फूल” वा एकलकाँटे हुने पनि गर्नु हुँदैन; बरु, तैँले अरूसँग सद्‌भावपूर्ण सहकार्य गर्न, र आफूले सक्‍ने सबै गर्न, आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न, र आफ्‍नो सारा ऊर्जा लगाउन सिक्‍नुपर्छ। यो नै कर्तव्य निर्वाह गर्नुको अर्थ हो। आफ्‍नो कर्तव्य निर्वाह गर्नु भनेको कुनै नतिजा हासिल गर्नको लागि आफूसँग भएको सबै शक्ति र ज्योति प्रयोग गर्नु हो। यति नै पर्याप्त छ। सधैँ धाक लगाउने, सधैँ ठूला कुरा गर्ने, आफै निर्णय लिने प्रयास नगर्। तैँले अरूसँग कार्य गर्न तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्नमा र तिनीहरूको सबल पक्षहरूलाई पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्‌भावपूर्ण सहकार्य गर्न सहज हुन्छ। यदि तँ सधैँ धाक दिने र तैँले भनेजस्तै गर्ने प्रयास गर्छस् भने, तैँले सद्‌दभावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्। तैँले के गरिरहेको हुन्छस्? तैँले बाधा उत्पन्‍न गरिरहेको र अरूलाई कमजोर तुल्याइरहेको हुन्छस्। बाधा उत्पन्‍न गर्नु र अरूलाई कमजोर तुल्याउनु भनेको शैतानको भूमिका निर्वाह गर्नु हो; यो आफ्‍नो कर्तव्य निर्वाह गर्नु होइन। यदि तैँले सधैँ बाधा उत्पन्‍न गर्ने र अरूलाई कमजोर तुल्याउने काम गर्छस् भने, तैँले जति धेरै प्रयास लगाए पनि वा तँ जति होसियार भए पनि, परमेश्‍वरले तँलाई स्मरण गर्नुहुनेछैन। तँसँग बल कम होला, तर यदि तँ अरूसँग काम गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सही व्यक्ति होस्। कहिलेकाहीँ तँ एउटै वाक्यले समस्या समाधान गर्न र सबैलाई फाइदा पुर्‍याउन सक्छस्; कहिलेकाहीँ तैँले सत्यताको एउटा कथनमा सङ्गति गरेपछि सबैले अभ्यासको मार्ग पाउँछन्, र एकसाथ मिलेर काम गर्न सक्छन्, र सबै साझा लक्ष्यतर्फ लागिपर्छन्, अनि समान विचार र धारणा साझा गर्छन्, अनि त्यसैले काम विशेष रूपमा प्रभावकारी हुन्छ। यो तैँले खेलेको यो भूमिका कसैले नसम्झे पनि, र तैँलाई आफूले त्यसमा धेरै मेहनत गरेको जस्तो नलागे पनि, परमेश्‍वरले तँ सत्यको अभ्यास गर्ने व्यक्ति होस, सिद्धान्तअनुसार काम गर्ने व्यक्ति होस् भनी देख्‍नुहुनेछ। तैँले त्यसो गरेको परमेश्‍वरले सम्झना गर्नुहुनेछ। यसैलाई आफ्नो कर्तव्य पूरा गरेको भनिन्छ। तेरो कर्तव्य निर्वाहमा कठिनाइहरू भए पनि, वास्तवमा ती सबै सजिलै समाधान गर्न सकिन्छ। यदि तँ परमेश्‍वरप्रति झुकाव हुने हृदय भएको इमानदार व्यक्ति होस् र सत्यता खोजी गर्न सक्षम छस् भने, समाधान गर्न नसकिने कुनै समस्या हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले आज्ञापालन गर्न सिक्नैपर्छ। यदि सत्यता बुझ्ने वा सत्यताअनुसार बोल्ने कोही छ भने तैँले उसको कुरा स्वीकार गरेर पालना गर्नैपर्छ। तैँले कुनै पनि हालतमा बाधा पुर्‍याउने वा कमजोर पार्ने कामकुरा गर्नु हुँदैन, र कार्य वा निर्णयहरू आफूखुसी नगर्। यसरी तैँले दुष्‍ट काम गर्नेछैनस्। तैँले याद राख्‍नुपर्छ: आफ्नो कर्तव्य पूरा गर्नु भनेको आफ्नै प्रयास वा आफ्नै व्यवस्थापन गर्ने कुरा होइन। यो तेरो निजी काम होइन, यो मण्डलीको काम हो, र तैँले आफ्‍नो सबल पक्षहरूद्वारा मात्रै योगदान दिन सक्छस्। परमेश्‍वरको व्यवस्थापनको कार्यमा तैँले गर्ने काम मानिसको सहकार्यको एउटा सानो भाग मात्रै हो। तेरो त एक छेउको सानो भूमिका मात्रै हो। तैँले बहन गर्ने जिम्‍मेवारी त्यही हो। तँलाई आफ्नो हृदयमा यो कुराको बोध हुनुपर्छ। त्यसकारण, जति मानिसहरूले आफ्नो कर्तव्य एकसाथ निर्वाह गरिरहेका भए पनि, वा तिनीहरूले जे कठिनाइ सामना गरे पनि, हरेकले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र सँगै सङ्गति गर्नु, सत्यताको खोजी गर्नु, र त्यसपछि अभ्यासका सिद्धान्तहरू के-के हुन् भनी निर्धारित गर्नु हो। तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरे भने, अभ्यासको मार्ग भेट्टाउनेछन्। कतिपय मानिसहरूले सधैँ आफ्‍नो प्रदर्शन गर्ने प्रयास गर्छन्, र कुनै कामको लागि जिम्‍मेवारी दिइँदा, तिनीहरूले सधैँ अन्तिम निर्णय आफै गर्न चाहन्छन्। यो कस्तो प्रकारको व्यवहार हो? यो नियमकानुनलाई आफ्‍नै हातमा लिनु हो। आफूले गर्ने कामको बारेमा तिनीहरूले अरूलाई जानकारी नदिई योजना बनाउँछन्, र आफ्ना रायहरूको बारेमा कसैसित छलफल गर्दैनन्; तिनीहरूले ती कुराहरूलाई न त अरूसँग भन्छन् न त अरूको अगाडि खोल्छन्, बरु तिनलाई आफ्नो हृदयमा लुकाएर राख्‍छन्। जब काम गर्ने समय आउँछ तब अरूले तिनलाई ठूलो ठानून् भनी तिनीहरू सधैँ आफ्ना प्रतिभाशाली उपलब्धिहरूले अरूलाई चकित पार्न, सबैलाई ठूलो आश्‍चर्यमा पार्न चाहन्छन्। के त्यो तैँले आफ्नो कर्तव्य पूरा गरेको हो त? तिनीहरूले आफ्‍नो प्रदर्शन गर्ने प्रयास गरिरहेका हुन्छन्; र जब तिनीहरूले हैसियत र प्रसिद्धि प्राप्त गर्छन्, तब तिनीहरूले आफ्‍नै कामकारवाही अघि बढाउन थाल्छन्। के त्यस्ता मानिसहरू उग्र महत्त्वाकाङ्क्षाले भरिएका हुँदैनन् र? तैँले किन आफूले गर्न लागेको काम कसैलाई भन्दैनस्? यो काम तेरो एक्लैको मात्र होइन, तब किन तँ यो कसैसँग छलफल नगरी गर्छस् र तेरो आफ्नै निर्णय लिन्छस्? त्यस विषयमा कसैले जान्‍न नसकोस् भनी तँ किन गुप्त रूपमा काम गर्छस्, किन तँ ब्लाक बक्सले जस्तै काम कसैले नदेख्‍ने-नबुझ्ने गरी गर्छस्? तँ किन सधैँ मानिसहरूलाई आफूमा मात्र ध्यान दिन लाउने कोसिस गर्छस्? स्पष्ट छ, तँ यो कामलाई तेरो आफ्नै व्यक्तिगत कामको रूपमा हेर्छस्। तँ मालिक होस्, र अरू सबै सेवकहरू हुन्—उनीहरू सबैले तेरा लागि काम गर्छन्। जब तँमा निरन्तर यस्तो मानसिकता हुन्छ, के यो समस्या होइन र? के यस प्रकारको व्यक्तिले शैतानकै स्वभाव प्रकट गर्दैन र? जब यस्ता मानिसहरूले कर्तव्य निर्वाह गर्छन्, ढिलोचाँडो तिनीहरूलाई हटाइनेछ।

मानिसहरूले आफ्नो कर्तव्य निर्वाहको समयमा अरूसँग सहकार्य गर्न समस्या हुँदा यसलाई कसरी सम्हाल्ने भनेर सिक्न आवश्यक छ। तिनलाई सम्हाल्ने सिद्धान्त के हो? कस्तो परिणाम हासिल गर्नुपर्छ? सबैसँग मिलेर काम गर्न सिक्, अनि भावना वा आवेगले होइन तर सत्यता, परमेश्‍वरको वचन र सिद्धान्तद्वारा अरूसँग अन्तरक्रिया गर्। यसरी, के सत्यताले मण्डलीमा राज गर्दैन र? सत्यताको राज चलेसम्म, के सबै काम निष्पक्ष र व्यावहारिक रूपमा सम्हालिँदैनन् र? के तिमीहरूलाई मैत्रीपूर्ण समन्वय सबैका लागि फाइदाजनक हुन्छ भन्ने लाग्दैन? (हो, लाग्छ।) यसरी काम गर्नु तिमीहरूका लागि अत्यन्तै लाभदायक हुन्छ। प्रथमतः तिमीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा यो तिमीहरूका लागि सकारात्मक रूपमा सुधारात्मक र मूल्यवान् हुन्छ। त्यसबाहेक, यसले तिमीहरूलाई गल्ती गर्न, बाधा र अवरोध ल्याउन र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नदेखि रोक्छ। के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न डर लाग्छ? (लाग्छ।) के डर आफैमा उपयोगी हुन्छ? हुँदैन—डरले मात्रै समस्या समाधान गर्न सक्दैन। ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न डराउनु सामान्य कुरा हो। यसले ऊ सत्यतालाई प्रेम गर्ने, सत्यताको निम्ति लागिपर्ने र सत्यता खोजी गर्न इच्‍छुक व्यक्ति हो भन्‍ने देखाउँछ। यदि तँ हृदयमा डर मान्छस् भने, तैँले सत्यताको खोजी गर्नुपर्छ र अभ्यासको मार्ग भेट्टाउनुपर्छ। तैँले अरूसँग सदभावपूर्ण सहकार्य गर्न सिक्‍नुपर्छ। यदि समस्या छ भने, सङ्गति र छलफलद्वारा समाधान गर्, ताकि हरेकले सिद्धान्तहरूका साथै समाधानसम्बन्धी निश्‍चित तर्क र कार्यक्रमहरू जान्‍न सकून्। के यसले तँलाई एकलै निर्णय लिनुबाट बचाउँदैन र? यसको साथै, यदि तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तैँले स्वाभाविक रूपमै परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छस्, तर तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको रेखदेखलाई पनि स्विकार्न सिक्‍नुपर्छ, जसको लागि तँमा सहनशीलता र स्वीकार क्षमता हुनुपर्छ। यदि तैँले कसैले तँलाई रेखदेख गरेको, तेरो काम निरीक्षण गरेको, वा तँलाई थाहा नहुने गरी तेरो जाँच गरेको देखिस्, र तँ रिसाइस्, यस व्यक्तिलाई शत्रुको रूपमा हेर्छस् र घृणा गर्छस्, अनि तिनीहरूलाई धोकेबाज भनेर आक्रमण र निराकरणसमेत गर्छस्, र तिनीहरू मेटिएर जाऊन् भन्‍ने चाहना गर्छस् भने, यो समस्या हो। के यो अत्यन्तै खराब कार्य होइन र? यो र दियाबलस राजबीच के फरक छ र? के यसो गर्नु मानिसहरूलाई उचित व्यवहार गर्नु हो? यदि तँ सही मार्गमा हिँड्छस् र तैँले सही तरिकाले व्यवहार गर्छस् भने, तँलाई मानिसहरूले जाँच्दा किन डराउने? यदि तँ डराइस् भने यसले तेरो हृदयमा केही लुकेको छ भन्ने देखाउँछ। यदि तँमा समस्या छ भन्‍ने तँलाई हृदयमा थाहा छ भने, तैँले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ। यो बुद्धिमानी कुरा हो। यदि तँमा समस्या छ भन्‍ने तँलाई थाहा छ, तर पनि अरूलाई तेरो रेखदेख गर्न, तेरो काम निरीक्षण गर्न, वा तेरो समस्या अनुसन्धान गर्न दिँदैनस् भने, तैँले अत्यन्तै अनुचित व्यवहार गरिरहेको हुन्छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह र प्रतिरोध गरिरहेको हुन्छस्, र यस्तो अवस्थामा, तेरो समस्या अझै गम्‍भीर हुन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तँ दुष्कर्मी वा गैरविश्‍वासी होस् भन्‍ने पत्ता लगाए भने, परिणामहरू अझै कष्टपूर्ण हुनेछन्। तसर्थ, अरूको रेखदेख, जाँच, र निरीक्षणलाई स्वीकार गर्न सक्‍ने मानिसहरू नै सबैभन्दा समझदार हुन्छन्, तिनीहरूमा सहनशीलता र सामान्य मानवता हुन्छ। जब तैँले कुनै गलत काम गरिरहेको छस् वा भ्रष्ट स्वभाव प्रकट गरिरहेको छस् भन्‍ने पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, तँलाई निगरानी गर्न यसले तेरो वरिपरिका मानिसहरूलाई सहयोग गर्छ। रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मचिन्तन गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले कुनै कुरा आफै निर्णय गर्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आफ्‍नो बारेमा मनन गर्नुपर्छ, र आफ्‍नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूको मार्गमा कदम चाल्‍नबाट रोक्‍न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के थाहै नभई तँलाई सुरक्षा दिइएको हुँदैन र? हुन्छ—यो तेरो सुरक्षा हो। त्यसकारण, तैँले सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरू वा तेरो वरपरका मानिसहरूबाट आफूलाई जोगाउनु हुँदैन। अरूले तँलाई बुझ्न वा तँ को होस् भनेर हेर्न नमिल्ने गरी सधैँ आफ्नो भेष नबदल् र आफैलाई ढाकछोप नगर्। यदि तेरो हृदयले सधैँ अरूबाट आफूलाई सुरक्षित राख्न खोजेमा, यसले तेरो सत्यताको खोजलाई असर गर्नेछ, र तैँले पवित्र आत्माको काम, साथै सिद्ध बन्ने थुप्रै अवसरहरू सजिलै गुमाउनेछस्। यदि तँ सधैँ अरूबाट आफूलाई जोगाउँछस् भने, तेरो हृदयमा बुजो लाग्नेछ, र तैँले मानिसहरूसँग सहकार्य गर्न सक्नेछैनस्। तँलाई गलत काम गर्न र गलत बाटो हिँड्न सजिलो हुनेछ र आफूले गल्ती गर्दा तँ चकित हुनेछस्। त्यस बेला तैँले के सोच्नेछस्? “मैले थाहा पाएको मात्र भए म आफ्नो कर्तव्य निर्वाह गर्न सुरुदेखि नै आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्नेथिएँ र पक्कै पनि कुनै समस्या हुनेथिएन। तर म सधैँ अरूले मेरा बारेमा थाहा पाउलान् भनेर डराएको हुनाले, मैले आफूलाई अरूबाट जोगाएँ। तर अन्ततः, अरू कसैले गल्ती गरेनन्—पहिलो गल्ती मैले नै गरेँ। कस्तो लाजमर्दो र मूर्ख कुरा!” यदि तँ सत्यता खोज्नमा ध्यान दिन सक्छस्, र तँलाई कठिनाइ आइपर्दा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गतिमा खुल्न सक्छस् भने, तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई मद्दत गर्न सक्छन्, र अभ्यासको सही मार्ग र सिद्धान्तहरू बुझ्ने बनाउन सक्छन्। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्दा गलत मार्ग हिँड्नबाट जोगाउन सक्छ, यसो गर्दा तँ असफल वा पतन हुनेछैनस्, वा परमेश्‍वरद्वारा तिरस्कृत र अस्वीकृत हुने र हटाइने छैनस्। बरु, तैँले सुरक्षा प्राप्‍त गर्नेछस्, आफ्नो कर्तव्य ठिकसँग पूरा गर्नेछस्, र परमेश्‍वरको अनुमोदन पाउनेछस्। मानिसहरूले मैत्रीपूर्ण सहकार्यबाट कत्ति धेरै फाइदाहरू पाउँछन्‌!

“सद्‌भावपूर्ण सहकार्य” भन्‍ने शब्‍दहरूलाई शाब्दिक रूपमा बुझ्‍न सजिलो छ, तर अभ्यास गर्न गाह्रो छ। यी शब्‍दहरूको व्यावहारिक पक्षमा जिउन सजिलो कुरा होइन। किन यो सजिलो कुरा होइन? (मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ।) त्यो ठिक हो। मानिसमा अहङ्कार, दुष्टता, हठीपन आदिजस्ता भ्रष्ट स्वभावहरू हुन्छन्, र यी कुराले तिनीहरूलाई सत्यता अभ्यास गर्न रोक्छन्। जब तँ अरूसँग सहकार्य गर्छस्, तब हरप्रकारका भ्रष्ट स्वभाव प्रकट गर्छस्। उदाहरणका लागि, तँ सोच्छस्: “तिमी मलाई त्यो व्यक्तिसँग सहकार्य गर्न लगाउँछौ, तर के ऊ त्यसको लायक छ? यदि मैले क्षमता नभएको व्यक्तिसँग सहकार्य गरेँ भने मानिसहरूले मलाई तुच्छ ठान्‍नेछैनन् र?” अनि कहिलेकाहीँ, तैँले यस्तोसमेत विचार गर्छस् होला, “त्यो व्यक्ति कति विवेकहीन छ, र उसले मैले भनेको कुरा बुझ्दैन!” वा “मैले भन्नुपर्ने कुरा विचारशील र अन्तर्दृष्टिपूर्ण हुन्छ। यदि मैले उसलाई यो कुरा बताएँ र यो कुरा लागू गर्न दिएँ भने, के म अझै पृथक नै देखिनेछु? मेरो प्रस्ताव सबैभन्दा राम्रो हुन्छ। यदि मैले यो कुरा भनेँ र तिनीहरूलाई सोहीअनुसार गर्न दिएँ भने, यो मेरो योगदान हो भनेर कसले थाहा पाउँछ र?” यस्ता विचार र दृष्टिकोण—यस्ता दुष्ट शब्‍दहरू—आम रूपमा सुनिन्छ र देखिन्छ। यदि तँसँग यस्ता विचार र दृष्टिकोण छन् भने, के तँ अरूसँग सहकार्य गर्न इच्छुक हुन्छस्? के तैँले सद्‌भावपूर्ण सहकार्य गर्न सक्छस्? यो सजिलो छैन; यसमा केही हदसम्‍म चुनौती छ! “सद्‌भावपूर्ण सहकार्य” भन्‍ने शब्‍दहरू भन्‍न त सजिला छन्—मुखबाट फुत्त निस्किहाल्छन्। तर ती अभ्यास गर्ने बेलामा, तँभित्र विघ्नबाधाहरूले प्रभाव जमाउँछन्। तँ घरी यो सोच्छस् घरी त्यो सोच्छस्। कहिलेकाहीँ, तँ राम्रो मुडमा हुँदा, तैँले अझै अरूसँग अलिअलि सङ्गति गर्न सक्छस् होला; तर यदि तेरो मुड खराब छ र तँलाई भ्रष्ट स्वभावले बाधा दिन्छ भने, तैँले यो कदापि अभ्यास गर्न सक्‍नेछैनस्। अगुवा भएर पनि कतिपय मानिसहरू कसैसँग सहकार्य गर्न सक्दैनन्। तिनीहरू सधैँ अरूलाई हेय नजरले हेर्छन्, अरूलाईन नाटीकुटी गर्छन्, र अरू मानिसलाई तिनीहरूको कमीकमजोरी देखेपछि, आलोचना र आक्रमण गर्छन्। यसले गर्दा यस्ता अगुवाहरू कुहिएका स्याउजस्ता बन्छन्, र तिनीहरूलाई प्रतिस्थापन गरिन्छ। के तिनीहरूले “सद्‌भावपूर्ण सहकार्य” भन्‍ने शब्‍दहरूको अर्थ बुझ्दैनन्? वास्तवमा तिनीहरूले यी शब्‍दहरूलाई राम्ररी बुझेका हुन्छन्, तर तिनलाई अभ्यास गर्न सक्दै सक्दैनन्। तिनीहरूले किन अभ्यास गर्न सक्दैनन्? किनभने तिनीहरूले हैसियतलाई अत्यन्तै बहुमूल्य ठान्छन्, र तिनीहरूको स्वभाव अत्यन्तै अहङ्कारी हुन्छ। तिनीहरूले आफ्‍नो प्रदर्शन गर्न चाहन्छन्, र हैसियत हात पारेपछि, तिनीहरूले यसलाई छोड्दैनन्, किनभने तिनीहरूलाई यो अर्को व्यक्तिको हातमा पर्ला र आफूसँग वास्तविक शक्ति नहोला भन्‍ने डर लाग्छ। तिनीहरूलाई अरूले आफूलाई पछि पार्लान् र आदर नगर्लान् भन्‍ने डर लाग्छ, अनि आफ्ना शब्‍दहरूमा कुनै शक्ति वा अख्‍तियार नहोला भन्‍ने डर लाग्छ। तिनीहरूलाई यही कुराको डर लाग्छ। तिनीहरूको अहङ्कार कति हदसम्‍म पुग्छ? तिनीहरूले आफ्‍नो चेतना गुमाउँछन् र स्‍वेच्‍छाचारी, र हतपते काम गर्छन्। र त्यसले के निम्त्याउँछ? तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी ननिभाउने मात्र होइन, तिनीहरूको कार्य बाधा र व्यवधानसमेत बन्छ, र तिनीहरूलाई स्थानान्तर र प्रतिस्थापन गरिन्छ। मलाई भन, त्यस्तो स्वभाव भएको व्यक्ति कहीँकतै कर्तव्य पूरा गर्न योग्य हुन्छ? दुःखको कुरा तिनीहरूलाई जहाँ राखिए पनि, तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी निभाउँदैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्न सक्दैनन्—त्यसो भए, के यसको अर्थ तिनीहरूले आफै कर्तव्य राम्ररी निभाउन सक्छन् भन्‍ने हो? अवश्य होइन। यदि तिनीहरूले आफै कर्तव्य निभाए पनि, तिनीहरूको लगाम अझै कम हुन्छ, तिनीहरूले अझै धेरै स्वेच्‍छाचारी, र हतपते काम गर्न सक्छन्। तैँले आफ्‍नो कर्तव्य राम्ररी निभाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो योग्यता, तेरो क्षमताको उचाइ, तेरो मानवता, तेरो सबल पक्ष, तेरा सीपहरूमा आधारित हुँदैन; यो तँ सत्यता स्विकार्ने र सत्यता अभ्यास गर्न सक्‍ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरामा आधारित हुन्छ। यदि तैँले सत्यता अभ्यास गरेर अरूसँग उचित व्यवहार गर्न सक्छस् भने, तैँले अरूसँग मिलेर सहकार्य गर्न सक्छस्। व्यक्तिले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र अरूसँग मिलेर सहकार्य गर्न सक्छ कि सक्दैन भन्‍ने कुरोको चुरो उसले सत्यता स्वीकार र पालना गर्न सक्छ कि सक्दैन भन्‍ने नै हो। मानिसहरूको क्षमता, वरदान, योग्यता, उमेर इत्यादि कुरा प्रमुख होइनन्, ती सब गौण कुरा हुन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, र उसले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। प्रवचन सुनेपछि, सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्न सक्‍नेहरूले यो सही हो भनेर स्वीकार गर्छन्। वास्तविक जीवनमा, तिनीहरूले मानिस, घटना, र वस्तुहरूको सामना गर्दा, यी सत्यताहरू कार्यान्वयन गर्छन्। तिनीहरूले सत्यता अभ्यास गर्नेछन्, यो तिनीहरूको आफ्‍नै वास्तविकता, र तिनीहरूको जीवनको भाग बन्नेछ। यो तिनीहरूको चालचलन र काम गर्ने शैलीको मापदण्ड र सिद्धान्त बन्नेछ; यो तिनीहरूले जिउने र देखाउने कुरा बन्नेछ। प्रवचन सुन्दा, सत्यतालाई प्रेम नगर्नेहरूले पनि यसलाई सही भनी स्वीकार गर्छन्, र यो सबै बुझेको छु भनी सोच्छन्। तिनीहरूले आफ्‍नो हृदयमा धर्मसिद्धान्तहरू रेकर्ड गरेका हुन्छन्, तर तिनीहरूले यो गर्दा कुनै कुरा विचार गर्ने प्रयोग गर्ने सिद्धान्त र मापदण्डहरू के-के हुन्छन्? तिनीहरू सधैँ आफ्‍नै हितहरूअनुसार कामकुरालाई विचार गर्छन्; तिनीहरू सत्यता प्रयोग गरेर कामकुरालाई विचार गर्दैनन्। तिनीहरू सत्यता अभ्यास गर्दा आफूलाई घाटा हुन्छ, र अरूले आलोचना गर्छन् र तुच्छ ठान्छन्, अनि आफ्नो इज्‍जत जान्छ भनेर डराउँछन्। तिनीहरू घरी यो घरी त्यो सोच्छन्, र अन्तिममा यस्तो विचार गर्छन्, “म आफ्‍नै हैसियत, प्रतिष्ठा, र हितहरूको मात्रै रक्षा गर्नेछु, मुख्य कुरो यही हो। यी कुराहरू पूरा भएपछि, म सन्तुष्ट हुनेछु। यदि यी कुराहरू पूरा भएनन् भने, मलाई सत्यता अभ्यास गर्दा खुसी मिल्‍नेछैन, न त आनन्द नै हुनेछ।” के यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो? अवश्य नै होइन। केही मानिसहरू प्रवचनहरू सुन्दा निकै गम्भीर बन्छन् र टिपोटसमेत गर्छन्। तिनीहरू मुख्य शब्द वा महत्त्वपूर्ण वाक्यांश सुन्दैपिच्छे त्यो नोटबुकमा लेख्छन्, तर पछि त्यसलाई प्रयोग वा लागू गर्दैनन्। समय जति बिते पनि वास्तविक परिवर्तन देखदैन। के सत्यतालाई प्रेम गर्ने व्यक्ति यस्तै हुन्छ त? सत्यतालाई प्रेम गर्ने र बुझ्ने व्यक्तिले त्यसलाई व्यवहारमा उतार्न सक्छ, जबकि सत्यतालाई बुझ्ने तर प्रेम नगर्नेले त्यसलाई व्यवहारमा उतार्दैन। कसैले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुराको सबैभन्दा ठूलो सूचक उसले त्यसलाई व्यवहारमा उतार्न सक्छ या सक्दैन भन्ने हो। के सत्यतालाई प्रेम नगर्ने व्यक्तिले सही र गलत छुट्याउन सक्छ भन्ने तिमीहरूलाई लाग्छ? (उसले छुट्याउन सक्दैन।) वास्तवमा, उसले छुट्याउन सक्छ। उदाहरणका लागि, यदि ऊ विगतमा कसैप्रति दयालु थियो, तर पछि त्यो व्यक्तिले उसको हितमा धक्का पुऱ्याउँछ भने, उसले भन्नेछ, “त्यो व्यक्ति अविवेकी छ। मैले विगतमा उसलाई मद्दत गरेँ, र अहिले ऊ मलाई यस्तो व्यवहार गर्छ!” हेर्, ऊ विवेकबारे कुरा गर्छ, तर उसले कुनै व्यक्तिको विवेक मापन गर्न वा सही र गलत छुट्याउन कुन मापदण्ड प्रयोग गर्छ? आफूलाई उपयोगी हुने जोसुकै र आफूलाई फाइदा पुर्‍याउने जुनसुकै बोली वा कार्य सकारात्मक हुन्छ, जबकि उसलाई फाइदाजनक नहुने कुरा नकारात्मक हुन्छ। उसको दृष्‍टिकोण यस्तो स्वार्थी छ। के तिमीहरूलाई यस्तो व्यक्तिले सत्यता प्राप्‍त गर्न सक्छ भन्ने लाग्छ? (अहँ, उसले प्राप्त सक्दैन।) किन सक्दैन? (उसले सत्यता प्राप्‍त गर्न सक्दैन किनभने उसका कार्यहरू सिद्धान्तविहीन हुन्छन्, र ऊ सत्यताअनुरूप अभ्यास गर्दैन। बरु, ऊ आफ्नै फाइदाका लागि काम गर्छ, र हर तरहले आफ्नै लागि योजना बनाउँछ।) ठ्याक्कै त्यही हो। उसले सत्यता प्राप्‍त गर्न सक्दैन। कस्तो प्रकारको व्यक्तिका लागि सत्यता तयार पारिएको हो? यो सत्यतालाई प्रेम गर्ने र यसका लागि सबै कुरा त्याग्न सक्ने मानिसहरूका लागि तयार पारिएको हो। यी भनेका सत्यता प्राप्‍त गर्न सक्ने मानिसहरू हुन् र अन्ततः सत्यता यिनीहरूकै हुन्छ र यिनीहरूलाई नै दिइन्छ। यसको अर्थ सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनु अनि आफ्ना व्यक्तिगत स्वार्थ वा सर्वप्रिय वस्तुहरू त्याग गरेर र ती सबै अर्पण गरेर भए पनि कुनै हालतमा सत्यताअनुसार जिउनु हो र यसरी सत्यता प्राप्‍त गर्न सकिन्छ।

तिमीहरूलाई मानिसहरूले सबैभन्दा मूल्यवान् केलाई ठान्छन् जस्तो लाग्छ? के मानव जीवनलाई हो? (हो।) वास्तवमा, यो होइन। मानिलिऊँ तँलाई परमेश्‍वरको खातिर आफ्नो जीवन अर्पण गर्न भनियो। के तँ जीवन त्याग्न सक्छस्? मानिलिऊँ तँ आफैलाई परमेश्‍वरमा अर्पण गर्न र तुरुन्तै मर्न भनियो, के तँ यो गर्न सक्छस्? यसो गर्न सक्ने कतिपय हुन्छन्। त्यसकारण, जीवन मानिसहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा होइन, किनकि वास्तवमा कोही-कोही आफूलाई कुनै पनि बेला र कुनै पनि ठाउँमा परमेश्‍वरमा चढाउन वा उहाँका लागि आफ्नो जीवन अर्पण गर्न तयार हुन्छन्। तर जब तिनीहरूको आफ्नो व्यक्तिगत हित वा प्रतिष्‍ठा र हैसियत खतरामा पर्छ, विशेष गरी जब यसमा तिनीहरूको भविष्य र भाग्य मुछिन्छ, तब के तिनीहरूले सत्यता अभ्यास गर्न र आफ्नो देह त्याग्न सक्छन्? यसो गर्नु सबैभन्दा गाह्रो कुरा हो। यस अवस्थामा व्यक्तिका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (उसको हित, भविष्य र भाग्य।) सही हो। मानिसहरूले जीवनलाई नभएर आफ्ना हित, हैसियत, भविष्य र भाग्यलाई सबैभन्दा मूल्यवान् ठान्छन् र कदर गर्छन्। परमेश्‍वरका लागि आफ्नो जीवन अर्पण गर्न सक्ने व्यक्ति सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने व्यक्ति नै हुन्छ भन्ने छैन। परमेश्‍वरका लागि आफ्नो जीवन अर्पण गर्न सक्ने बन्नु एक नारा मात्र हुन सक्छ। तँ आफ्नो जीवन परमेश्‍वरलाई अर्पण गर्न सक्छु भन्छस्, तर के तँ हैसियतका फाइदाहरू छोड्न सक्छस् त? घमण्ड छोड्न सक्छस्? कुनचाहिँ त्याग गर्न सजिलो हुन्छ? (आफ्नो जीवन त्याग गर्न सजिलो हुन्छ।) हो। जब कतिपय मानिसले रोज्नुपर्ने हुन्छ, तब आफ्नो जीवन बलिदान दिन सके पनि, हैसियतका फाइदाहरू त्याग्न वा आफ्ना गलत मार्ग परित्याग गर्न सक्दैनन्। मानिलिऊँ तैँले दुइटा मार्गमध्ये एउटा रोज्नुपर्‍यो। एउटा इमनदार व्यक्ति बन्ने, सत्य बोल्ने र मनमा जे छ त्यो भन्ने, आफ्नो मनको कुरा अरूसँग बाँड्ने, वा आफ्ना गल्ती स्वीकार गर्ने र यथार्थलाई जस्ताका तस्तै बताउने, अरूलाई आफ्नो भ्रष्‍ट कुरूपता देखाउने र आफ्नै व्यक्तित्वलाई लज्जित तुल्याउने बाटो हो। अर्कोचाहिँ परमेश्‍वरका लागि सहादत हुन आफ्नो ज्यान दिने र मरेपछि स्वर्गको राज्यमा प्रवेश गर्ने बाटो हो। तँ कुन मार्ग रोज्छस्? कसै-कसैले यसो भन्लान्, “म परमेश्‍वरका लागि आफ्नो जीवन त्याग गर्ने मार्ग रोज्छु। म उहाँका लागि मर्न इच्छुक छु; मृत्युपछि म मेरो इनाम पाउनेछु, र स्वर्गको राज्यमा प्रवेश गर्नेछु।” सङ्कल्प भएकाहरूले एउटै जोडदार प्रयासमा परमेश्‍वरका लागि आफ्नो जीवन अर्पण गर्न सक्छन्। तर के यस्तो प्रयासले सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्न सकिन्छ? सकिँदैन, दुई प्रयासमा पनि सकिँदैन। केही गर्दा यदि तँसँग इच्छा छ भने, तैँले यो एकै प्रयासमा राम्रोसँग गर्न सक्छस्; तर बिनाझूट एकपल्ट सत्य बोल्दैमा तँ सधैँका लागि इमानदार व्यक्ति बन्दैनस्। इमानदार व्यक्ति बन्न तेरो स्वभाव परिवर्तन हुनु आवश्यक छ, र यसका लागि दस वा बीस वर्षको अनुभव चाहिन्छ। तैँले इमानदार व्यक्ति बन्ने आधारभूत मापदण्ड पूरा गर्न सक्नुअघि झूट र छलकपटको आफ्नो छली स्वभाव त्याग्नैपर्छ। के यो सबैका निम्ति गाह्रो छैन त? यो ठूलो चुनौती हो। परमेश्‍वर अब मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र प्राप्‍त गर्न चाहनुहुन्छ, अनि सत्यता पछ्याउने सबैले न्याय र सजाय, परीक्षा र शोधन स्वीकार गर्नैपर्छ, जसको उद्देश्य तिनीहरूको छली स्वभावहरू हटाउनु र तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुने इमानदार मानिस बनाउनु हो। यो एकै प्रयासमा हासिल गर्न सकिने कुरा होइन; यसका लागि साँचो विश्‍वास चाहिन्छ र व्यक्तिले यो प्राप्‍त गर्नुअघि कैयौँ परीक्षा र धेरै शोधन भोग्नैपर्छ। यदि अहिले तँलाई परमेश्‍वरले इमानादार व्यक्ति बन्‍न, र साँचो बोल्न, तथ्य मुछिएको, तेरो भविष्य र तेरो नियति मुछिएको कुरा बताउन भन्‍नुभयो, जसका परिणामहरू तेरो हितमा नहोलान् अरूले तँलाई उप्रान्त सम्मान गर्दैनन्, अनि तँलाई तेरो प्रतिष्ठा गुमेको महसुस हुन्छ भने—यस्तो परिस्थितिमा, के तँ खुलस्त हुन र सत्य बोल्न सक्छस्? के तँ अझै पनि इमान्दार बन्‍न सक्छस्? यो गर्नका निम्ति सबैभन्दा कठिन कुरा हो, तेरो जीवन परित्याग गर्ने कुराभन्दा पनि ज्यादै गाह्रो कुरा। तैँले भन्न सक्लास्, “मलाई सत्यता बोल्न लगाएर केही हुँदैन। म सत्यता बताउनुभन्दा बरु मर्नेछु। म कदापि इमान्दार व्यक्ति हुन चाहन्‍न। सबैले मलाई तुच्छ नजरले हेर्नुभन्दा र म साधारण व्यक्ति हो भनी सोच्नुभन्दा बरु म मर्नेछु।” यसले मानिसहरू केलाई सबैभन्दा प्रिय ठान्छन् भनेर देखाउँछ? मानिसहरूले सबैभन्दा प्रिय ठान्ने कुरा भनेको तिनीहरूको हैसियत र प्रतिष्ठा हो—ती कुराहरू तिनीहरूको शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्। जीवन गौण कुरा हो। परस्थितिले बाध्य पारेमा तिनीहरूले आफ्नो जीवन बलिदान गर्न साहस बटुल्न सक्छन्, तर हैसियत र प्रतिष्ठा त्याग्नु सजिलो हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको हकमा चाहिँ जीवन दिनु नै सबैभन्दा महत्त्वको कुरा हुँदैन; परमेश्‍वर मानिसहरूले सत्यता स्विकारेको र उनीहरू आफ्नो हृदयमा जे छ त्यही कुरा भन्‍ने, खुलस्त भएर सबैलाई आफूलाई उदाङ्गो पार्ने इमानदार व्यक्ति बनेकोमाग गर्नुहुन्छ। के त्यो गर्न सजिलो छ र? (छैन।) परमेश्‍वरले वास्तवमा तँलाई तेरो जीवन बलिदान गर्न भन्नुहुन्न। तेरो जीवन परमेश्‍वरका लागि के कामको हुनेछ? तेरो जीवनले परमेश्‍वरको निम्ति के राम्रो गर्छ? परमेश्‍वरले यो चाहनुहुन्न। उहाँले तैँले इमानदारीता पूर्वक बोलेको, तँ को हो होस् अनि तैँले तेरो हृदयमा के सोच्छस् सो भनेको चाहनुहुन्छ। के तँ यी कुराहरू भन्न सक्छस्? यहाँ, यो काम अझै कठिन हुन्छ अनि तैँले यसो भन्छस् होला, “मलाई कडा परिश्रम गर्न लगाउनुहोस्, अनि त्यो गर्न मसित शक्ति हुनेछ। मलाई आफ्ना सबै सम्पत्ति बलिदान गर्न लगाउनुहोस्, म त्यो गर्न सक्छु। म आफ्ना आमाबुबा छोराछोरी, मेरो विवाह र करियर सबै सजिलै त्याग गर्न सक्छु। यी सबै कुराहरू परित्याग गर्न सजिलो छ। तर मेरो हृदयमा के छ त्यो कुरा भन्‍नु, इमानदारीपूर्वक बोल्नु—त्यो एउटै कुरा म गर्न सक्दिनँ।” तैँले त्यो गर्न नसक्‍नुको कारण के हो? कारण हो, तैँले त्यो गरिसकेपछि, तँलाई चिन्ने वा तँसित परिचित हुने सबैले तँलाई भिन्नै प्रकारले हेर्नेछन्। तिनीहरूले तँलाई मान गर्नेछैनन्। तैँले आफ्नो इज्जत गुमाएको हुनेछस् र तँ पूरै अपमानित भएको हुनेछस्, अनि तेरो निष्ठा र मर्यादा अबउसो हुनेछैन। अरूका हृदयमा रहेको तेरो हैसियत र प्रतिष्ठा पनि रहनेछैनन्। त्यसकारण, त्यस्ता परिस्थितिहरूमा, जेसुकै भए पनि, तैँले सत्य बोल्नेछैनस्। जब मानिसहरूले यो कुराको सामना गर्छन्, तब तिनीहरूको हृदयमा लडाइ चल्छ, अनि जब त्यो लडाइ समाप्त हुन्छ, अन्ततः कतिपय आफ्ना कठिनाइहरूदेखि पार हुन्छन् जबकि अरू पार हुँदैनन्, अनि तिनीहरू अझै आफ्नो भ्रष्ट शैतानी स्वभाव र आफ्नो हैसियत, प्रतिष्ठ र कथित मर्यादाद्वारा नियन्त्रित नै हुन्छन्। यो कठिनाइ हो, होइन र? केवल इमानदारीपूर्वक बोल्नु र सत्य बोल्नु कुनै ठूलो कुरा होइन, तैपनि परमेश्‍वरका निम्ति आफ्नो जीवन समर्पण गर्ने अनि उहाँका निम्ति आफूलाई समर्पित गर्ने कसम खाने यति धेरै वीरहरू, यति धेरै मानिसहरू, अनि परमेश्‍वरलाई आडरम्बरी कुराहरू भन्‍ने यति धेरै मानिसहरूलाई यो गर्न असम्भव लाग्छ। मैले यसो भन्नुको अर्थ के हो? जब परमेश्‍वरले मानिसहरूलाई आफ्नो कर्तव्य राम्रोसित निर्वाह गर्ने मापदण्ड दिनुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्‍चित सङ्ख्यामा कार्यहरू सम्‍पन्‍न गर्नू वा कुनै ठूलो काम पूरा गर्नू भनेर भन्‍नुहुन्‍न, न त उहाँले तिनीहरूलाई कुनै ठूलो कामको जिम्मेवारी वहन गर्नू भनेर नै भन्‍नुहुन्छ। परमेश्‍वरको चाहना यही हो, मानिसहरू सकेसम्म एकदमै व्यावहारिक तवरमा काम गर्न र उहाँका वचनअनुसार जिउन सक्षम होऊन्। परमेश्वर तँ महान् वा आदर्श बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्‍चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्‍वरको आवश्यकता यही हो कि तैँले उहाँका वचनहरूअनुसार निरन्तर अभ्यास गर्नुपर्छ। जब तैँले परमेश्‍वरका वचनहरू सुन्छस्, तब आफूले बुझेको कुरा गर्, आफूले बुझेको कुरा अघि बढा, आफूले सुनेको कुरा राम्ररी याद गर्, त्यसपछि, अभ्यास गर्ने समय आएपछि, परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र हैसियत खोज्छस्; तँ सधैँ उच्‍चता खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्‍च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। तैँले आफ्नै बारेमा समीक्षा गरी पश्‍चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ र तँलाई त्याग्‍नुहुनेछ। परमेश्‍वरलाई घिनलाग्‍ने व्यक्ति बन्नदेखि जोगी! परमेश्‍वरले प्रेम गर्ने व्यक्ति बन्। त्यसोभए, परमेश्‍वरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ त? आज्ञाकारी भई सत्यता स्वीकार गरेर, सृष्टि गरिएको प्राणीको स्थानमा उभिएर, आफ्नो कर्तव्य उचितसित निर्वाह गरेर, इमानदार व्यक्ति बनेर, र मानव स्वरूपमा जिएर प्राप्त गर्न सकिन्छ। यति नै काफी छ, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। मानिसहरूले महत्वाकांक्षा नपाल्ने वा अल्छे सपनाहरूमा नभुल्ने, प्रसिद्धि, फाइदा, र हैसियतको पछि नलाग्‍ने वा भीडभन्दा राम्रो देखिन नखोज्ने कुरा सुनिश्‍चित गर्नुपर्छ। अझ, तिनीहरूले महान्‌ व्यक्ति वा महामानव, मानिसहरूमाझ श्रेष्ठ बन्‍ने र अरूलाई आफ्नो भक्ति गर्न लगाउने कोसिस गर्नै हुँदैन। त्यो भ्रष्ट मानवजातिको चाहना हो, र त्यो शैतानको बाटो हो; यस्ता मानिसहरूलाई परमेश्‍वरले मुक्ति प्रदान गर्नुहुन्‍न। यदि मानिसहरू पश्‍चात्ताप नगरी निरन्तर प्रसिद्धि, फाइदा, र हैसियतको पछि लाग्छन् भने, तिनीहरूका लागि कुनै उपचार छैन, र एउटै मात्र परिणाम हुन्छ: हटाइन्छ। आज, यदि तिमीहरू तुरुन्तै पश्‍चात्ताप गर्छौ भने, अझै समय छ; तर जब परमेश्‍वरले आफ्नो काम पूरा गर्ने दिन आउँछ, र विपत्तिहरू झन् बढ्छन्, तब तैँले उप्रान्त मौका पाउनेछैनस्। जब त्यो समय आउँछ, तब ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने, तर पश्‍चात्ताप गर्न अस्वीकार गर्नेहरूलाई हटाइनेछ। कस्ता प्रकारका मानिसहरूलाई परमेश्‍वर मुक्ति दिनुहुन्छ अनि उहाँको मुक्तिको अर्थ के हो भनेर तिमीहरू सबै स्पष्ट हुनैपर्छ। परमेश्‍वर मानिसहरू उहाँसामु आएको, तिनीहरूले उहाँका वचनहरू सुनेको, सत्यता स्विकारेको, आफ्नो भ्रष्ट स्वभाव त्यागेको, र परमेश्वरले भन्नुभए र आज्ञा गर्नुभएअनुसार अभ्यास गरेको माग गर्नुहुन्छ। यसको अर्थ आफ्नो धारणा, कल्पना, शैतानी दर्शनअनुसार जिउनु वा मानव “खुसी” पछ्याउनु नभई उहाँको वचनअनुसार जिउनु हो। जो व्यक्ति परमेश्वरको वचन सुन्दैन वा सत्यता स्विकार्दैन तर अझै पश्चात्ताप नगरी शैतानको दर्शन र शैतानी स्वभावअनुसार जिउँछ, यस्तो व्यक्तिले परमेश्वरको मुक्ति पाउन सक्दैन। तँ परमेश्‍वरलाई पछ्याउँछस्, तर अवश्य यो पनि परमेश्‍वरले तँलाई चुन्नुभएकोले नै हो—तर परमेश्‍वरले तँलाई चुन्नुको अर्थ के हो त? यो त तँलाई परमेश्‍वरमा भरोसा गर्ने, साँच्चै नै परमेश्‍वरलाई पछ्याउने, परमेश्‍वरका निम्ति सबै कुरा परित्याग गर्ने, अनि परमेश्‍वरको मार्गलाई पछ्याउन सक्‍ने; आफ्नो शैतानी स्वभाव छोडिदिने, उप्रान्त शैतानलाई नपछ्याउने वा त्यसको अधीनमा नजिउने व्यक्तिमा परिणत गर्नु हो। यदि तैँले परमेश्‍वरलाई पछ्याउँछस् र उहाँको घरको आफ्नो कर्तव्य निर्वाह गर्छस्, तैपनि हरेक पक्षमा सत्यता उल्लङ्घन गर्छस् र उहाँको वचनअनुसार अभ्यास वा अनुभव गर्दैनस् भने, के तँ परमेश्‍वरद्वारा स्विकारिन सक्छस्? पक्कै पनि सक्दैनस्। मैले यसो भन्नुको अर्थ के हो? तँलाई आफ्नो कर्तव्य पालन गर्नु वास्तवमा कठिन हुँदैन, न त समर्पित भएर, अनि स्वीकारयोग्य स्तरमा त्यसलाई पूरा गर्नु नै कठिन हुन्छ। तैँले आफ्नो जीवन बलिदान गर्नु वा कुनै विशिष्ट वा कठिन कुरा गर्नु पर्दैन, तैँले आफ्ना विचारहरू नथपी वा आफ्नै कार्यविधि सञ्चालन नगरी, तर सत्यता पछ्याउने मार्गमा हिँडेर परमेश्‍वरका वचनहरू र निर्देशनहरू इमानदारीसाथ र दृढतापूर्वक पालन मात्र गर्नुपर्छ। यदि मानिसहरूले यसो गर्न सक्छन् भने तिनीहरूमा आधारभूत रूपले मानव स्वरूप हुनेछ। जब तिनीहरूसित परमेश्‍वरप्रति साँचो आज्ञाकारिता हुन्छ अनि तिनीहरू इमानदार व्यक्ति बनेका हुन्छन्, तब तिनीहरूमा साँचो मानव स्वरूप हुनेछ।

जुन २५, २०१९

अघिल्लो: परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति

अर्को: आफ्‍नो कर्तव्य राम्ररी निभाउनका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्