142 परमेश्‍वरको नाउँ कहिल्यै परिवर्तन हुन सक्तैन भनेर दाबी गर्ने हिम्मत गर्छौ तिमी?

पद १

कोही भन्छन् परमेश्‍वरको नाउँ बद्लिँदैन।

त्यसो भए किन यहोवाको नाउँ येशू भयो?

मसीह आउनुहुनेछ भन्ने अगमवाणी थियो,

त्यसो भए किन येशू नाउँको मानिस आउनुभयो?

परमेश्‍वरको नाउँ किन पहिले बदलियो?

के उहाँ आज नयाँ काम गर्न सक्‍नुहुन्‍न?


कोरस

परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ।

उहाँको काम र नाम परिवर्तन भएपनि

स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुन्न।

परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ।

उहाँको काम र नाम परिवर्तन भएपनि

उहाँको स्वभाव र बुद्धि

कहिल्यै परिवर्तन हुन्न, परिवर्तन हुन्न।


पद २

विगतको कामलाई बदल्न सकिन्छ

र येशूको काम यहोवाको निरन्तरता हो।

के अरुले येशूको काम पछ्याउन सक्तैन र?

के येशूको नाउँ परिवर्तन हुन सक्तैन र?

यदि यहोवाको नाउँ येशू हुन सक्छ भने

के येशूको नाउँ पनि परिवर्तन हुन सक्तैन?

यो अनौठो कुरा होइन;

केवल मानिस सोझा छन्।


कोरस

परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ।

उहाँको काम र नाम परिवर्तन भएपनि

स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुन्न।

परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ।

उहाँको काम र नाम परिवर्तन भएपनि

स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुन्न।


ब्रिज

उहाँलाई येशू मात्र भन्न मिल्छ भनी विश्‍वास गर्छौ भने,

तिम्रो ज्ञान अत्यन्त सीमित छ।

परमेश्‍वरको नाउँ सधैँ येशू नै रहिरनेछ

भनेर भन्न हिम्मत गर्न सक्छौ तिमी?

व्यवस्थाको युग अन्त्य गर्ने येशूको नाउँले नै

के अन्तिम युग पनि अन्त्य गर्नेछ?

कसले भन्न सक्छ येशूको अनुग्रहले नै

युगको अन्त्य ल्याउन सक्छ?


कोरस

परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ।

उहाँको काम र नाम परिवर्तन भएपनि

स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुन्न।

परमेश्‍वर सधैँ परमेश्‍वर हुनुहुन्छ।

उहाँको काम र नाम परिवर्तन भएपनि

स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुन्न,

कहिल्यै परिवर्तन हुन्न, परिवर्तन हुन्न,

परिवर्तन हुन्न।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट परिमार्जित

अघिल्लो: 141 परमेश्‍वरको स्वभाव उहाँको कामको हरेक चरणमा देखिन्छ

अर्को: 143 के परमेश्‍वरको नाम सृष्टित प्राणीहरूद्वारा निर्धारित गर्न सकिन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्