141 परमेश्‍वरको स्वभाव उहाँको कामको हरेक चरणमा देखिन्छ

पद १

व्यवस्थाको युगमा

मानिसलाई डोर्याउने काम

यहोवाको नाममा गरिएको थियो;

यहाँ कामको पहिलो चरण सुरु भयो।

यस चरणको काम मन्दिर र

वेदी निर्माण गर्नु

र व्यवस्थाको प्रयोग गरी इस्राएलीलाई

मार्गदर्शन र तिनीहरूमाझ काम गर्नु थियो।

उहाँको काम इस्राएलबाट फैलियो,

अनि पछि आउनेहरूले यहोवा आफै

सारा प्राणी, स्वर्ग र पृथ्वीको सृष्टि गर्नुहुने

परमेश्‍वर हुनुहुन्थ्यो भन्ने जाने!


पूर्व कोरस १

उहाँले आफ्नो काम इस्राएलीद्वारा फैलाउनुभयो;

त्यसपछि तिनीहरूभन्दा बाहिर,

अझै टाढा विस्तार गर्नुभयो।

व्यवस्थाको युगमा परमेश्‍वरको काम यही थियो।


कोरस

उहाँको साँचो स्वभाव उहाँले हरेक युगमा

गर्नुहुने काममा प्रदर्शित हुन्छ

र उहाँको नाम र उहाँले गर्नुहुने काम दुवै

परिवर्तित हुन्छन् र हरेक नयाँ युग जन्मदा नयाँ हुन्छन्।


पद २

अनुग्रहको युगमा

परमेश्‍वरको नाम येशू थियो।

परमेश्‍वर मुक्तिको परमेश्‍वर हुनुहुन्थ्यो,

प्रेम र कृपाले भरिपूर्ण।

यो चरणमा परमेश्‍वर मानिससँग हुनुहुन्थ्यो,

उहाँको प्रेम, कृपा र मुक्तिले हरेक

मानिसलाई साथ दियो।

येशूको उपस्थिति र

उहाँको नाम स्वीकार गरेर मात्र

मानिसले शान्ति, आनन्द, उहाँको मुक्ति,

आशिष र धेरै अनुग्रह पाउन सक्थ्यो।


पूर्व कोरस २

येशूको क्रूसीकरणद्वारा,

उहाँलाई पछ्याउने सबैले

आफ्नो मुक्ति प्राप्त गरे,

आफ्नो पापबाट क्षमा पाए।


कोरस

उहाँको साँचो स्वभाव उहाँले हरेक युगमा

गर्नुहुने काममा प्रदर्शित हुन्छ

र उहाँको नाम र उहाँले गर्नुहुने काम दुवै

परिवर्तित हुन्छन् र हरेक नयाँ युग जन्मदा नयाँ हुन्छन्।


ब्रिज

अन्तिम दिनमा, उहाँको नाम सर्वशक्तिमान्

परमेश्‍वर हो, जो आफ्नो शक्ति मानिसलाई

प्राप्त, मार्गदर्शन, विजय गर्न प्रयोग गर्नुहुन्छ।

र अन्तिममा, उहाँले युगलाई समाप्तिमा ल्याउनुहुन्छ।

हरेक युगमा हरेक चरणमा उहाँको स्वभाव देखाइन्छ।


कोरस

उहाँको साँचो स्वभाव उहाँले हरेक युगमा

गर्नुहुने काममा प्रदर्शित हुन्छ

र उहाँको नाम र उहाँले गर्नुहुने काम दुवै

परिवर्तित हुन्छन् र हरेक नयाँ युग जन्मदा नयाँ हुन्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामको दर्शन (३)” बाट परिमार्जित

अघिल्लो: 140 परमेश्‍वर विभिन्न युगहरूलाई प्रतिनिधित्व गर्न विभिन्न नाम लिनुहुन्छ

अर्को: 142 परमेश्‍वरको नाउँ कहिल्यै परिवर्तन हुन सक्तैन भनेर दाबी गर्ने हिम्मत गर्छौ तिमी?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्