परमेश्वरको कामलाई चिन्नु (२)
परमेश्वरका दैनिक वचनहरू अंश १८८
परमेश्वरको विश्वासी भएर, तिमीहरू प्रत्येकले यो बुझ्नुपर्छ कि आज सम्ममा परमेश्वरका आखिरी दिनहरूको काम र उहाँले तिमीहरूमा गर्ने उहाँको योजनाको सबै कार्य ग्रहण गरेर तिमीहरूले साँच्चै उच्च बढाइ र मुक्ति प्राप्त गरेका छौ। परमेश्वरले ब्रह्माण्डमा आफ्नो कामको सम्पूर्ण ध्यान मानिसहरूको यस समूहमा लगाउनुभएको छ। उहाँले तिमीहरूका लागि आफ्नो सारा रगत-पसिनाको बलिदान गर्नुभएको छ; उहाँले ब्रह्माण्डमा रहेको आत्माको सबै काम फिर्ता लिएर तिमीहरूलाई दिनुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि, उहाँका चुनिएका मानिसहरूदेखि, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहमार्फत पूर्ण रूपमा प्रकट गर्नुहुनेछ। त्यसकारण, परमेश्वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, र त्योभन्दा पनि बढी, तिमीहरू परमेश्वरको महिमाको उत्तराधिकार प्राप्त गर्ने मानिस हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू याद छ होला: “किनभने हाम्रो हल्का दुःख, जुन क्षणभरका लागि मात्र हुन्छ, त्यसले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू तिनको वास्तविक महत्त्वका बारेमा गहन रूपमा सचेत छौ। यी वचनहरूलाई परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा गुँडुल्किएर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्वरले आफ्नो काम परमेश्वरको विरोध गर्ने भूमिमा गर्ने हुनाले, उहाँको सबै कामले भयङ्कर अवरोधहरू सामना गर्छ, र उहाँका धेरै वटा वचन तुरुन्तै पूरा गर्न सकिँदैन; यसर्थ, मानिसहरूलाई परमेश्वरका वचनहरूका कारण शोधन गरिन्छ, र त्यो पनि दुःखकै पाटो हो। ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम गर्न परमेश्वरलाई भयङ्कर गाह्रो हुन्छ, तर यही कठिनाइमार्फत परमेश्वरले एक चरणको आफ्नो काम गर्नुहुन्छ, ताकि उहाँले आफ्नो बुद्धि र उहाँका अचम्मका कार्यहरू प्रकाश गर्न सक्नुहोस्, अनि परमेश्वरले यो अवसरलाई प्रयोग गरेर मानिसहरूको यो समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूको दुःख भोगाइमार्फत, तिनीहरूको क्षमतामार्फत, अनि यस फोहोरी भूमिका मानिसहरूको सारा शैतानी स्वभावमार्फत नै परमेश्वरले आफ्नो शुद्धीकरण र विजयको काम गर्नुहुन्छ, ताकि यसबाट उहाँले महिमाका साथै उहाँका कार्यहरूको साक्षी दिने सबैलाई प्राप्त गर्न सक्नुभएको होस्। परमेश्वरले मानिसहरूको यस समूहका निम्ति चुकाउनुभएको सारा मूल्यको पूर्ण महत्त्व यस्तो छ। अर्थात्, परमेश्वर उहाँको विरोध गर्नेहरूमार्फत नै विजयको काम गर्नुहुन्छ, र यसरी मात्रै परमेश्वरको महान् शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोरी भूमिमा रहेकाहरू मात्र परमेश्वरको महिमाको उत्तराधिकार हुन लायक छन्, र यसले मात्र परमेश्वरको महान् शक्तिमाथि प्रकाश पार्न सक्छ। यसैकारण त्यही फोहोरी भूमिबाट, र त्यही फोहोरी भूमिमा बस्नेहरूबाट नै परमेश्वरले महिमा प्राप्त गर्नुहुन्छ—परमेश्वरको अभिप्राय त्यस्तो छ। यो ठ्याक्कै येशूको कामको चरण जस्तै छ: उहाँ आफूलाई सताउने फरिसीहरूका माझमा मात्र महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो; फरिसीहरूको सतावट र यहूदाको विश्वासघात नहुने हो भने, येशूलाई उपहास वा अपमान गरिएको हुनेथिएन, क्रूसमा टाँगिनु त झनै परको कुरा हो, र उहाँले महिमा प्राप्त गर्न सक्नुभएको हुनेथिएन। जहाँ परमेश्वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ र त्यहीँ नै उहाँले प्राप्त गर्न चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। यो नै परमेश्वरको कामको योजना हो, र यो नै उहाँको व्यवस्थापन हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
परमेश्वरका दैनिक वचनहरू अंश १८९
परमेश्वरका केही हजार वर्षको योजनामा, देहमा कामका दुई भाग गरिन्छन्: पहिलो क्रूसीकरणको काम हो, जसका लागि उहाँ महिमा प्राप्त गर्नुहुन्छ; अर्को आखिरी दिनहरूमा गरिने विजय र सिद्धीकरणको काम हो, जसका लागि उहाँ महिमा प्राप्त गर्नुहुन्छ। परमेश्वरको व्यवस्थापन यही हो। त्यसैले परमेश्वरको काम, वा परमेश्वरले तिमीहरूलाई दिनुभएको आज्ञालाई सामान्य कुराका रूपमा नलिऊ। तिमीहरू सबै परमेश्वरको महिमाको अत्यन्तै अत्यधिक र अनन्त भारको उत्तराधिकार प्राप्त गर्नेहरू हौ, र यो परमेश्वरद्वारा विशेष रूपमा नियोजित थियो। उहाँको महिमाका दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट गरिन्छ; परमेश्वरको महिमाको एउटा भागको सम्पूर्णता तिमीहरूलाई दिइएको छ, ताकि यो तिमीहरूको उत्तराधिकार हुन सकोस्। यो त परमेश्वरले तिमीहरूलाई उचाल्नुभएको हो, र यो उहाँले धेरै अघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने भूमिमा परमेश्वरले गर्नुभएको कामको महान्तालाई विचार गर्दा, यदि यो काम अन्यत्र सारिएको भए, यसले धेरै अघि नै ठूलो फल फलाउनेथ्यो र मानिसले यसलाई सहजै स्वीकार गर्नेथ्यो। यसबाहेक, परमेश्वरमा विश्वास गर्ने पश्चिमका ती पादरीहरूका लागि यो काम स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथ्यो, किनभने येशूको कामको चरण एउटा नजिरका रूपमा रहेको छ। यसैकारण परमेश्वर महिमा प्राप्त गर्ने कामको यो चरण अन्यत्र हासिल गर्न सक्नुहुन्न; जब कामलाई मानिसहरूले समर्थन गर्छन् र राज्यले मान्यता दिन्छ, तब परमेश्वरको महिमा स्थापित हुने कुनै ठाउँ हुँदैन। यस भूमिमा कामको यस चरणले बोक्ने असाधारण महत्त्व ठ्याक्कै यही हो। तिमीहरूमध्ये एक जना पनि कानुनद्वारा संरक्षित छैन—बरु, तिमीहरू त कानुनद्वारा दण्डित छौ। अझ ठूलो कठिनाइ त के हो भने, मानिसहरू तिमीहरूलाई बुझ्दैनन्: चाहे तिमीहरूका आफन्त होऊन्, तिमीहरूका बाबु-आमा होऊन्, तिमीहरूका इष्टमित्र होऊन्, अथवा तिमीहरूका सहकर्मीहरू नै किन नहोऊन्, तिनीहरूमध्ये कोही पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्वरद्वारा “त्यागिन्छौ,” तब तिमीहरूका निम्ति यस संसारमा जिइरहन असम्भव हुन्छ, तर त्यसो भए तापनि, मानिसहरू अझै पनि परमेश्वरदेखि टाढा जाने कुरा सहन सक्दैनन्। यही नै मानिसहरूलाई परमेश्वरले विजय गर्नुको महत्त्व, र परमेश्वरको महिमा हो। तिमीहरूले आज जे उत्तराधिकार पाएका छौ त्यो युगौँदेखिका प्रेरित र अगमवक्ताहरूको भन्दा बढी छ त्यो मोशा र पत्रुसको भन्दा पनि ठूलो छ। आशिष्हरू एक-दुई दिनमा प्राप्त गर्न सकिँदैन; ती ठूलो मूल्य चुकाएर कमाइनुपर्छ। भन्नुको अर्थ, तिमीहरूसित शोधन भोगेको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो आस्था हुनैपर्छ, अनि तिमीहरूले हासिल गर्नुपर्छ भनी परमेश्वरले माग गर्ने धेरै सत्यता तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू नतर्सी वा पछाडि नहटी इन्साफतर्फ फर्कन सक्नुपर्छ, अनि तिमीहरूमा मृत्युसम्मै स्थिर रूपमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तिमीहरूसँग सङ्कल्प हुनैपर्छ, तिमीहरूको जीवन स्वभाव परिवर्तन हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्वरका सबै योजनाबद्धता स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्मै समर्पित हुन पनि सक्नैपर्छ। तिमीहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो, परमेश्वरको कामको अन्तिम उद्देश्य यही नै हो, र परमेश्वरले मानिसहरूको यस समूहबाट माग गर्ने कुरा यही नै हो। उहाँले तिमीहरूलाई दिनुहुने भएकाले, उहाँले तिमीहरूबाट अवश्यै फिर्ता माग्नुहुनेछ, र अवश्यै तिमीहरूका लागि उचित मागहरू अगाडि सार्नुहुनेछ। त्यसकारण परमेश्वरले गर्ने सबै कामको पछाडि कारण हुन्छ। यसबाट परमेश्वरले किन बारम्बार उच्च मानक र कठोर मागहरू तोक्ने काम गर्नुहुन्छ भन्ने कुरा देख्न सकिन्छ। यसकारण, तिमीहरू परमेश्वरमाथिको आस्थाले भरिएको हुनुपर्छ। संक्षिप्तमा, परमेश्वरको सबै काम तिमीहरूकै खातिर गरिन्छ, यो तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्न योग्य बन्न सक भनेर गरिन्छ। यो परमेश्वरको आफ्नै महिमाको खातिर हो भन्नुको सट्टा, यो तिमीहरूको मुक्ति अनि फोहोर भूमिमा गहिरो गरी पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध पार्नका खातिर हो भन्नु राम्रो हुन्छ। तिमीहरूले परमेश्वरको अभिप्राय बुझ्नुपर्छ। त्यसैले, म अन्तर्ज्ञान वा समझ नभएका त्यस्ता धेरै अज्ञानी मानिसहरूलाई अर्ती दिन्छु: परमेश्वरको परीक्षा नलेओ र उप्रान्त प्रतिरोध नगर। मानिसले कहिल्यै नसहेको सबै कष्ट परमेश्वरले भोगिसक्नुभएको छ र उहाँले धेरै अघि मानिसको सट्टा अझ बढी अपमान पनि सहनुभएको छ। त्यसोभए, तिमीहरूले त्याग्न नसक्ने कुरा के छ? परमेश्वरको अभिप्रायभन्दा बढी महत्त्वपूर्ण के हुन सक्छ? परमेश्वरको प्रेमभन्दा उच्च के हुन सक्छ? यस फोहोर भूमिमा परमेश्वरलाई आफ्नो काम सम्पन्न गर्नु पहिल्यै पर्याप्त रूपमा कठिन छ; यदि, यसमाथि, मानिसले थाहा हुँदाहुँदै र जानाजानी गलत कामहरू गर्छ भने, परमेश्वरको काम लम्ब्याउनै पर्नेछ। छोटकरीमा, यो कसैको हितमा हुँदैन, यसले कसैलाई लाभ दिँदैन। परमेश्वर समयद्वारा बाँधिनुहुन्न; सबैभन्दा पहिले उहाँको काम र महिमा आउँछन्। त्यसकारण, यदि कुनै कुरा उहाँको कामको पाटो हो भने, उहाँले त्यसका निम्ति कुनै पनि मूल्य तिर्नुहुनेछ, चाहे त्यसका लागि जति नै समय किन नलागोस्। परमेश्वरको स्वभाव यही हो: आफ्नो काम नसिध्याएसम्म उहाँले विश्राम लिनुहुनेछैन। उहाँले आफ्नो महिमाको दोस्रो भाग प्राप्त गर्नुभएपछि मात्र उहाँको काम समाप्त हुनेछ। यदि, सम्पूर्ण ब्रह्माण्डमा, परमेश्वरले महिमा प्राप्त गर्ने आफ्नो कामको दोस्रो भाग पूरा गर्नुभएन भने, उहाँको दिन कहिल्यै आउनेछैन, उहाँको हातले उहाँका चुनिएका मानिसहरूलाई कहिल्यै छोड्नेछैन, उहाँको महिमा इस्राएलमाथि कहिल्यै ओर्लनेछैन, र उहाँको योजना कहिल्यै टुङ्गिनेछैन। तिमीहरूले परमेश्वरको अभिप्राय देख्न सक्नुपर्छ, र परमेश्वरको काम स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टिजत्तिको सरल छैन भन्ने देख्नुपर्छ। किनभने आजको काम भनेको भ्रष्ट तुल्याइएका, र चरम रूपमा संवेदनहीन भएकाहरूलाई रूपान्तरण गर्नु हो, यो सृष्टि गरिएका तर शैतानद्वारा प्रशोधन गरिएकाहरूलाई शुद्ध पार्नु हो। यो आदम वा हव्वाको सृष्टि होइन, ज्योतिको सृष्टि, वा हरेक वनस्पति र जनावरको सृष्टि त झनै होइन। परमेश्वर शैतानद्वारा भ्रष्ट पारिएका कुराहरूलाई पखाल्नुहुन्छ र त्यसपछि तिनलाई नयाँ रूपमा प्राप्त गर्नुहुन्छ, र तिनलाई उहाँकै कुराहरू बन्ने, र उहाँको महिमा बन्ने तुल्याउनुहुन्छ। यो मानिसले कल्पना गरेजस्तो स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टिजत्तिको सरल छैन, र यो मानिसले कल्पना गरेजस्तो शैतानलाई अतल कुण्डमा फालियोस् भनी सराप्ने काम जस्तो पनि होइन; बरु, यो त मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक, र उहाँका नरहेका कुराहरूलाई सकारात्मक कुरामा, र उहाँका कुराहरूमा बदल्ने काम हो। परमेश्वरको कामको यस चरणपछाडिको यथार्थ यही हो। तिमीहरूले यो कुरा बुझ्नैपर्छ, र मामिलाहरूलाई अति सरलीकरण गर्नबाट जोगिनैपर्छ। परमेश्वरको काम कुनै पनि साधारण कामजस्तो छैन। यसको अद्भुतता र बुद्धि मानिसको दिमागभन्दा बाहिरका कुरा हुन्। परमेश्वर कामको यस चरणमा यावत् थोक सृष्टि गर्नुहुन्न, तर उहाँ तिनलाई नष्ट पनि गर्नुहुन्न। बरु, उहाँ आफूले सृष्टि गर्नुभएका यावत् थोकलाई रूपान्तरण गर्नुहुन्छ, र शैतानद्वारा अशुद्ध पारिएका सबै कुरालाई पखाल्नुहुन्छ। अनि यसरी परमेश्वर एउटा महान् कार्यमा लाग्नुहुन्छ। परमेश्वरको कामको सम्पूर्ण महत्त्व यही हो। के तँ यी वचनहरूमा परमेश्वरको काम साँच्चै त्यति सरल छ भन्ने देख्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
परमेश्वरका दैनिक वचनहरू अंश १९०
परमेश्वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ भन्ने कुराअनुसार छेडिन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन बरु मानिसलाई मुक्ति दिएर, मानिसको जीवनमा काम गरेर, मानिसको स्वभावलाई परिवर्तन गरेर, अनि शैतानलाई परास्त गरेर परमेश्वरलाई गवाही दिनु हो। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको सत्ताबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। सबैभन्दा सुरुमा मानवजाति परमेश्वरको हातमा थियो, तर शैतानको प्रलोभन र भ्रष्टताका कारण, मानिस शैतानद्वारा बाँधियो र दुष्टको हातमा पऱ्यो। यसरी, शैतान परमेश्वरको व्यवस्थापनको कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकाले र मानिस परमेश्वरका सबै व्यवस्थापनमा पूँजी भएकाले, यदि मानिसलाई मुक्ति दिइनु छ भने, उसलाई शैतानको हातबाट फिर्ता लिनैपर्छ, अर्थात् शैतानले कैदमा पारेको मानिसलाई फिर्ता लिनैपर्छ। यसरी, मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर अनि मानिसको सुरुको समझलाई पुनर्स्थापित गरेर शैतानलाई पराजित गर्नैपर्छ। यसरी कैद गरिएको मानिसलाई शैतानको हातबाट फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिसलाई शैतानको अँध्यारो प्रभावबाट स्वतन्त्र गरिएकाले, मानिस यो पूरै लडाइँको प्रतिफल बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु
परमेश्वरका दैनिक वचनहरू अंश १९१
परमेश्वर चीनको मूलभूमिमा देहधारी हुनुभएको छ, अथवा हङकङ र ताइवानका देशवासीहरूको शब्दमा भन्दा उहाँ “भित्री” भुभागमा देहधारी हुनुभएको छ। जब परमेश्वर माथि स्वर्गबाट पृथ्वीमा आउनुभयो, स्वर्ग वा पृथ्वीको कसैलाई पनि यसको बारेमा थाहा थिएन, किनभने परमेश्वर गुप्त रूपमा फर्किनुको साँचो अर्थ यही हो। उहाँले लामो समयदेखि देहमा काम गर्दै र जिउँदै आउनुभएको छ, तैपनि कसैलाई यसको बारेमा थाहा भएको छैन। आजको दिनसम्म पनि, यसलाई कसैले पहिचान गरेको छैन। सायद यो अनन्त पहेलीको रूपमा रहनेछ। यस पटक परमेश्वर देहमा आउनुभएको घटना कुनै पनि मानिसले थाहा पाउन नसक्ने कुरा हो। आत्माको काम जति ठूलो आकारको र त्यसको प्रभाव जति शक्तिशाली भए पनि, परमेश्वर सधैँ भावहीन नै रहनुहुन्छ, कहिल्यै कुनै पनि कुरा प्रकट गर्नुहुन्न। उहाँको कामको यो चरण स्वर्गीय क्षेत्रमा भइरहेको जस्तै हो भनेर भन्न सकिन्छ। देख्ने आँखा भएको सबैको लागि यो स्पष्ट भए तापनि, कसैले पनि यसलाई पहिचान गर्दैनन्। जब परमेश्वरले उहाँको कार्यको यो चरण समाप्त गर्नुहुन्छ, सारा मानवजाति आफ्नो लामो सपनाबाट बिउँझन्छन्र तिनीहरूले आफ्नो आम मनोवृत्तिलाई तोड्छन्।[१] परमेश्वरले एक पटक यसो भन्नुभएको मलाई याद छ, “यस पटक देहमा आउनु बाघको ओडारमा खस्नुसरह भएको छ।” यसको अर्थ के हो भने, परमेश्वरको कार्यको यस चरणमा परमेश्वर देहमा आउनुहुन्छ, र यति मात्र होइन, उहाँ ठूलो रातो अजिङ्गरको वासस्थानमा जन्मनुहुन्छ, त्यसकारण यस पटक उहाँ पृथ्वीमा आउनुहुँदा उहाँले पहिलेभन्दा निकै चरम खतराको सामना गर्नुहुन्छ। उहाँले छुरा र बन्दुक अनि डन्डा र लाठाहरूको सामना गर्नुहुन्छ; उहाँले जाँचको सामना गर्नुहुन्छ; उहाँले प्राणघाती अभिप्रायले भरिएका अनुहार बोक्ने भीडहरूको सामना गर्नुहुन्छ। उहाँले कुनै पनि क्षण मारिने खतरा मोल्नुहुन्छ। परमेश्वर आफूसँग क्रोध लिएर आउनुहुन्छ। तैपनि, उहाँ सिद्धताको काम गर्न आउनुभयो, भन्नुको अर्थ उहाँ आफ्नो कामको दोस्रो भाग, अर्थात् छुटकाराको कामपछि जारी रहने काम गर्न आउनुभयो। आफ्नो कामको यो चरणको खातिर, परमेश्वरले सक्दो विचार र वास्ता अर्पण गर्नुभएको छ र आफैलाई नम्रतापूर्वक लुकाउँदै र आफ्नो पहिचानलाई कहिल्यै पनि प्रदर्शन नगरी उहाँले यी जाँचका आक्रमणहरूबाट जोगिन कल्पना गर्न सकिने हरेक माध्यमहरूको प्रयोग गरिरहनुभएको छ। मानिसलाई क्रूसबाट उद्धार गर्ने क्रममा, येशूले उद्धारको काम मात्रै पूरा गर्दै हुनुहुन्थ्यो; उहाँले सिद्धताको काम गरिरहनुभएको थिएन। तसर्थ परमेश्वरको कार्यको आधा भाग मात्रै पूरा गरिएको थियो, र छुटकाराको काम पूरा गर्नु भनेको उहाँको सम्पूर्ण योजनाको आधा भाग मात्रै थियो। नयाँ युगको सुरुवात र पुरानो युगको अवसान हुन लागेको थियो, त्यसैले परमेश्वर पिताले आफ्नो कामको दोस्रो भागको बारेमा विचार गर्न र यसको लागि तयारी गर्न थाल्नुभयो। आखिरी दिनहरूको यो देहधारणको बारेमा विगतमा स्पष्ट रूपमा भविष्यवाणी गरिएको थिएन, त्यसले गर्दा यस पटक परमेश्वर देहमा आउनुहुने घटनाको बारेमा बढ्दो रहस्यहरूको जग निर्माण हुनगयो। मिरमिरे उषासँगै, मानवजातिका भीडहरूलाई थाहै नभई, परमेश्वर पृथ्वीमा आउनुभयो र आफ्नो जीवन देहमा सुरु गर्नुभयो। यस क्षणको आगमनको बारेमा मानिसहरू अनभिज्ञ थिए। शायद तिनीहरू गहिरो निद्रामा थिए; शायद सजग रहेर जागा रहेका धेरैले पर्खिरहेका थिए र शायद धेरैले स्वर्गमा हुनुहुने परमेश्वरलाई चुपचाप प्रार्थना गरिरहेका थिए। तैपनि, यति धेरै मानिसहरूमाझ, एक जनालाई पनि परमेश्वर पहिले नै पृथ्वीमा आइसक्नुभयो भन्ने कुरा थाहै भएन। आफ्नो कार्यलाई अझै सहज रूपमा अघि बढाउन र अझै उत्तम परिणामहरू हासिल गर्न, साथै अझै बढी जाँचहरूलाई रोक्नका लागि परमेश्वरले यसरी काम गर्नुभयो। जब मानिसको वसन्तको निद्रा हट्छ, परमेश्वरको कार्य समाप्त भइसकेको धेरै भइसकेको हुनेछ र पृथ्वीमा घुमफिर गर्ने र बसोबास गर्ने आफ्नो जीवनलाई समाप्त गर्दै उहाँ बिदा हुनुहुनेछ। परमेश्वरको कार्यको लागि परमेश्वरले व्यक्तिगत रूपमा नै काम गर्नुपर्ने र बोल्नुपर्ने भएकोले, र मानिसले हस्तक्षेप गर्ने कुनै उपाय नभएको हुनाले, आफू स्वयम् काम गर्न पृथ्वीमा आउनको लागि परमेश्वरले चरम कष्ट भोग्नुभयो। मानिस परमेश्वरको कार्यको खातिर उभिन सक्दैन। यही कारणले गर्दा अनुग्रहको युगमा भन्दा हजारौँ गुणा बढी साहस गरेर परमेश्वर आफ्नो सारा वास्ता र फिक्री समर्पित गर्दै, विपन्न मानिसहरूको यो समूह, गोबरको थुप्रोमा फसेका मानिसहरूको यो समूहलाई छुटकारा दिने आफ्नो काम गर्नको लागि ठूलो रातो अजिङ्गर बास गर्ने भूमिमा आउनुभयो। परमेश्वरको अस्तित्वको बारेमा कसैलाई थाहा नभए पनि, परमेश्वर बेचैन हुनुहुन्न, किनभने यसले उहाँको कार्यलाई धेरै फाइदा गर्छ। हरेक व्यक्ति चरम रूपमा अत्यन्तै घृणित र द्वेषपूर्ण भएको हुनाले, तिनीहरूले कसरी परमेश्वरको अस्तित्वलाई सहन सक्नेथिए र? यही कारणले गर्दा, पृथ्वीमा आएपछि, परमेश्वर मौन रहनुहुन्छ। मानिस सबैभन्दा खराब क्रूरतामा डुबे पनि, परमेश्वरले यसमध्ये कुनैलाई पनि मनमा लिनुहुन्न, तर स्वर्गमा हुनुहुने पिताले उहाँलाई सुम्पिनुभएको ठूलो आज्ञाको कार्यभार पूरा गर्न आफूले गर्नुपर्ने काम मात्रै उहाँ गरिरहनुहुन्छ। तिमीहरूमध्ये कसले परमेश्वरको प्रेमिलोपनलाई पहिचान गरेका छौ? परमेश्वर पिताको बोझको बारेमा उहाँको पुत्रले भन्दा धेरै अरू कसले सोच्छ र? परमेश्वर पिताको इच्छालाई कसले बुझ्न सक्छ र? स्वर्गमा हुनुहुने परमेश्वर पिताको आत्मा सधैँ बेचैन बन्नुहुन्छ, र पृथ्वीमा हुनुहुने उहाँको पुत्रले आफ्नो हृदय टुक्रा-टुक्रा हुने गरी चिन्ता गर्दै परमेश्वर पिताको लागि निरन्तर प्रार्थना गर्नुहुन्छ। के आफ्नो पुत्रको निम्ति परमेश्वर पिताको प्रेम कति छ सो जान्ने कोही छ? प्रिय पुत्रले परमेश्वर पितालाई जुन हृदयले याद गर्नुहुन्छ त्यसको बारेमा जान्ने कोही छ? स्वर्ग र पृथ्वीको बीचमा छुट्टिएर, आत्मामा एक-अर्कालाई पछ्याउँदै उहाँहरूले टाढैबाट एक-अर्कालाई नियाल्नुहुन्छ। ए मानवजाति! तिमीहरूले कहिले परमेश्वरको हृदयलाई बुझ्नेछौ? कहिले तिमीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्नेछौ? पिता र पुत्र सधैँ एक-अर्कामा निर्भर हुनुभएको छ। त्यसो भए, किन उहाँहरू एक जना माथि स्वर्गमा र अर्कोचाहिँ तल पृथ्वीमा हुने गरी छुट्नुपर्छ त? पुत्रले पितालाई प्रेम गर्नुभएजस्तै पिताले आफ्नो पुत्रलाई प्रेम गर्नुहुन्छ। त्यसो भए, किन पिताले त्यति गहन र पीडादायी रूपमा तड्पिएर पुत्रको प्रतीक्षा गर्नुपर्छ? उहाँहरू अलग हुनुभएको त्यति लामो समय नभएको हुन सक्छ, तैपनि पिताले कति दिन र कति रात पीडादायी रूपमा तड्पिएर तृष्णा गर्नुभएको छ, र आफ्नो प्रिय पुत्रको शीघ्र फिर्तीको लागि उहाँले कति लामो समयदेखि चाहना गरिरहनुभएको छ, त्यो कसलाई थाहा छ र? उहाँले अवलोकन गर्नुहुन्छ, उहाँ चुपचाप बस्नुहुन्छ, र उहाँ प्रतीक्षा गर्नुहुन्छ; उहाँले आफ्नो पुत्रको शीघ्र फिर्तीको लागि नगर्नुहुने केही पनि छैन। पृथ्वीको पल्लो छेउसम्म भौँतारिनुभएको पुत्र: उहाँहरूको मिलन कहिले हुनेछ? उहाँहरूको मिलन भएपछि उहाँहरू अनन्तसम्मै सँगै हुनुहुनेछ, तैपनि उहाँले एक जना माथि स्वर्गमा र अर्कोचाहिँ तल पृथ्वीमा भएर बिछोडको हजारौँ दिन र हजारौँ रातलाई कसरी सहन सक्नुहुन्छ? पृथ्वीका दशकहरू स्वर्गको लागि सहस्राब्दी जस्तै लाग्छ। परमेश्वर पिता चिन्ता नगरी कसरी बस्न सक्नुहुन्थ्यो र? जब परमेश्वर पृथ्वीमा आउनुहुन्छ, उहाँले पनि मानिसले जस्तै मानव संसारका अनगिन्ती घटनाहरूको अनुभव गर्नुहुन्छ। परमेश्वर निर्दोष हुनुहुन्छ, तब किन उहाँलाई पनि मानिसले जस्तै कष्ट भोग्न लगाउने? परमेश्वर पिताले आफ्नो पुत्रको लागि विलाप गर्नु स्वाभाविकै हो; परमेश्वरको हृदयलाई कसले बुझ्न सक्छ र? परमेश्वरले मानिसलाई अति नै धेरै दिनुहुन्छ; मानिसले कसरी उहाँको हृदयको ऋण पर्याप्त रूपमा तिर्न सक्छ र? तैपनि, मानिसले परमेश्वरलाई अति नै थोरै दिन्छ; त्यस कुरालाई देखेर, परमेश्वर कसरी चिन्ता नगरी बस्न सक्नुहुन्थ्यो र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (४)
फूटनोटहरू:
१. “आफ्नो आम मनोवृत्तिलाई तोड्छन्” ले मानिसहरूले परमेश्वरलाई चिनेपछि, कसरी परमेश्वरसम्बन्धी तिनीहरूको धारणा र दृष्टिकोणहरू परिवर्तन हुन्छन् भन्ने कुरालाई जनाउँछ।
परमेश्वरका दैनिक वचनहरू अंश १९२
मानिसको बीचमा कसैले परमेश्वरको मनस्थितिको आतुरीलाई विरलै बुझ्न सक्छ, किनभने मानव-प्राणीको क्षमता अत्यन्तै न्यून छ र तिनीहरूको आत्मा निकै बोधो छ, र परमेश्वरले के गर्दै हुनुहुन्छ त्यसलाई तिनीहरूले न त ध्यान नै दिन्छन् न त वास्ता नै गर्छन्। यही कारणले गर्दा, मानिसको बारेमा परमेश्वर सधैँ व्याकुल हुनुहुन्छ, मानौँ मानिसको पाशविक प्रकृति कुनै पनि क्षणमा प्रकट हुन सक्छ। यसबाट के कुरालाई अझै स्पष्ट रूपमा देख्न सकिन्छ भने पृथ्वीमा परमेश्वरको आगमनको साथमा अत्यन्तै ठूला जाँचहरू पनि समावेश छन्। तर मानिसहरूको एउटा समूहलाई पूर्ण बनाउनका खातिर, महिमाले भरिपूर्ण परमेश्वरले मानिसलाई कुनै पनि कुरा नलुकाई आफ्नो हरेक अभिप्राय बताउनुभयो। उहाँले मानिसहरूको यो समूहलाई पूर्ण बनाउने दृढ सङ्कल्प गर्नुभएको छ, त्यसकारण जस्तोसुकै कठिनाइ वा जाँच आए पनि उहाँले त्यसबाट नजर हटाउनुहुन्छ र यो सबैलाई बेवास्ता गर्नुहुन्छ। एक दिन परमेश्वरले आफ्नो महिमा पाउनुभएपछि, मानिसले उहाँलाई चिन्नेछ भन्ने दृढ विश्वास गर्दै, र परमेश्वरले मानिसलाई पूर्ण तुल्याउनुभएपछि, उसले परमेश्वरको हृदयलाई पूर्ण रूपमा बुझ्नेछ भन्ने विश्वास गर्दै उहाँले चुपचाप आफ्नो काम गर्नुहुन्छ। अहिले त्यस्ता मानिसहरू पनि हुन सक्छन्, जसले परमेश्वरलाई जाँच गरिरहेका छन्, वा परमेश्वरलाई गलत रूपमा बुझिरहेका छन्, वा परमेश्वरविरुद्ध गुनासो गरिरहेका छन्; परमेश्वरले यीमध्ये कुनैलाई पनि मनमा राख्नुहुन्न। जब परमेश्वर महिमामा ओर्लनुहुन्छ, तब परमेश्वरले गर्नुहुने सबै कुरा मानवजातिको खुशीको लागि हो भनी मानिसहरू सबैले बुझ्नेछन्, र परमेश्वरले गर्नुहुने सबै कुरा मानवजाति राम्ररी अस्तित्वमा रहन सकोस् भनेर नै हो भन्ने कुरा तिनीहरू सबैले बुझ्नेछन्। परमेश्वरको आगमन जाँचसँगै, र प्रताप र क्रोधसँगै हुन्छ। परमेश्वरले मानिसलाई छोड्नुहुने समयमा, उहाँले आफ्नो महिमा प्राप्त गर्नुभएको धेरै समय भइसकेको हुनेछ, र उहाँ महिमा र फर्केर जानुको आनन्दले भरिएर जानुहुनेछ। पृथ्वीमा काम गर्नुहुने परमेश्वरलाई मानिसहरूले जसरी इन्कार गरे पनि, उहाँले कहिल्यै पनि ती कुराहरूलाई मनमा राख्नुहुन्न। उहाँले आफ्नो काम मात्रै गरिरहनुहुन्छ। परमेश्वरले संसार सृष्टि गर्नुभएको हजारौँ वर्ष भइसक्यो। उहाँ अतुलनीय मात्रामा काम गर्नको लागि पृथ्वीमा आउनुभएको छ र उहाँले मानव संसारको इन्कार र निन्दालाई पूर्ण रूपमा अनुभव गर्नुभएको छ। कसैले पनि परमेश्वरको आगमनलाई स्वागत गर्दैन; उहाँलाई रूखो अभिवादन गरिएको छ। यी हजारौँ वर्षको कठोर हिँडाइको अवधिमा, मानिसको चाल-चलनले परमेश्वरलाई गहिरो चोट पुर्याएको धेरै भइसकेको छ। उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिन छोड्नुभएको छ, बरु मानिसलाई रूपान्तरण गर्ने र शुद्ध पार्ने अर्को योजना बनाउनुभएको छ। उपहास, निन्दा, सतावट, संकष्ट, क्रूसीकरणको कष्ट, मानिसले गरेको बहिष्कार, आदि इत्यादि कुरा जसलाई परमेश्वरले देहमा आउनुभएदेखि सामना गर्नुभएको छ: परमेश्वरले यी कुराहरूलाई पर्याप्त मात्रामा चाखिसक्नुभएको छ, र मानव संसारको कठिनाइहरूको हकमा भन्दा, देहमा आउनुभएका परमेश्वरले यी सबै कुरालाई पूर्ण रूपमा भोगिसक्नुभएको छ। स्वर्गमा हुनुहुने परमेश्वर पिताका आत्माले यस्ता दृश्यहरूलाई असहनीय पाउनुभएको धेरै भइसक्यो र, आफ्नो शिर पछाडि ढल्काएर आँखा बन्द गरी आफ्नो प्रिय पुत्र फर्किने प्रतीक्षा गर्नुहुन्छ। मानवजातिले कुरा सुनोस् र समर्पित होस्, र उहाँको देहको सामुन्ने अत्यन्तै लाजको अनुभूति गरेर, उहाँको विरुद्धमा विद्रोह गर्न छोड्न सकोस् भन्ने मात्रै उहाँ चाहनुहुन्छ। मानवजातिले परमेश्वरको अस्तित्वमा विश्वास गर्न सकोस् भन्ने मात्रै उहाँ चाहनुहुन्छ। उहाँले मानिसबाट ठूला-ठूला कुराहरू पूरा हुनुपर्छ भनी भन्न छोड्नुभएको धेरै भइसकेको छ, किनभने परमेश्वरले अत्यन्तै धेरै मूल्य चुकाउनुभएको छ, तैपनि मानिस सहजताको साथ आराम गरिरहेको छ[१] र उसले परमेश्वरको कार्यलाई अलिकति पनि ध्यान दिँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (४)
फूटनोटहरू:
१. “सहजताको साथ आराम गरिरहेको छ” भन्ने वाक्यांशले मानिसहरू परमेश्वरको कार्यप्रति उदासीन छन् र तिनीहरूले यसलाई महत्त्वपूर्ण ठान्दैनन् भन्ने अर्थ दिन्छ।
परमेश्वरका दैनिक वचनहरू अंश १९३
जब अनुग्रहको युगमा परमेश्वर तेस्रो स्वर्गमा फर्कनुभयो, सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्वरको काम वास्तवमा अन्तिम भागमा प्रवेश गरिसकेको थियो। पृथ्वीमा बाँकी रहेका कुराहरू भनेका येशूले आफ्नो पिठ्युँमा बोक्नुभएको क्रूस, येशूले लपेट्नुभएको मसिनो सुतीको कपडा, र येशूले लगाउनुभएको काँडाको मुकुट र गाढा रातो वस्त्र मात्र थिए (यहूदीहरू यिनै वस्तुहरूद्वारा उहाँलाई गिज्याउँथे)। अर्थात्, येशूको क्रूसीकरणको कामले ठूलो सनसनी मच्चाएपछि, परिस्थिति फेरि साम्य भयो। त्यसपछि, येशूका चेलाहरूले जताततै मण्डलीहरूमा रखवारी र मलजल गर्दै उहाँको कामलाई निरन्तरता दिन थाले। तिनीहरूको कामको विषयवस्तु यस प्रकार थियो: तिनीहरूले सबै मानिसलाई पश्चात्ताप गर्न, आफ्ना पापहरू स्वीकार गर्न, र बप्तिस्मा लिन भने; र प्रेरितहरू सबैले येशूको क्रूसीकरणको वास्तविक कथा र खास परिस्थितिहरू फैलाए, त्यसैले सबै जना आफ्ना पापहरू स्वीकार गर्न येशूको अगाडि लम्पसार नपरी बस्न सकेनन्; र यसबाहेक, प्रेरितहरू येशूले बोल्नुभएका वचनहरू जताततै प्रचार गर्दै हिँडे। त्यस बिन्दुबाट अनुग्रहको युगमा मण्डलीहरू बनाउने काम सुरु भयो। त्यस युगमा येशूले गर्नुभएको काम पनि मानिसको जीवन र स्वर्गमा हुनुहुने पिताका अभिप्रायहरूका बारेमा कुरा गर्नु नै थियो, यति मात्र हो कि, त्यो फरक युग भएको हुनाले, ती धेरैजसो भनाइ र अभ्यास आजका भन्दा धेरै फरक थिए। तर, सारमा ती एउटै हुन्: ती दुवै किटानका साथ र ठ्याक्कै देहमा परमेश्वरका आत्माका काम हुन्। यस प्रकारको काम र वाणी आजको दिनसम्म निरन्तर चलिरहेको छ, र त्यसैले यस प्रकारको कुरा आज पनि धार्मिक संसारमा बाँडिन्छ, र यो पूर्ण रूपमा अपरिवर्तित छ। जब येशूको काम सम्पन्न भयो, मण्डलीहरू येशू ख्रीष्टको सही मार्गमा लागिसकेका थिए। तैपनि परमेश्वरले आफ्नो कामको अर्को चरणका लागि आफ्नो योजना सुरु गर्नुभयो, जुन आखिरी दिनहरूमा उहाँ देह बन्ने मामला थियो। मानिसको नजरमा, परमेश्वरको क्रूसीकरणले परमेश्वरको देहधारणको काम सम्पन्न गरिसकेको थियो, सम्पूर्ण मानवजातिलाई छुटकारा दिइसकेको थियो, र पातालको साँचो उहाँलाई नै राख्न दिएको थियो। सबैले परमेश्वरको काम पूर्ण रूपमा सम्पन्न भएको छ भन्ने सोच्छन्। वास्तवमा, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँको कामको सानो भाग मात्र सम्पन्न भएको थियो। उहाँले मानवजातिलाई छुटकारा मात्र दिनुभएको थियो; उहाँले मानवजातिलाई विजय गर्नुभएको थिएन, मानिसको शैतानी कुरूपतालाई परिवर्तन गर्नु त झनै परको कुरा हो। त्यसैकारण परमेश्वर भन्नुहुन्छ, “मेरो देहधारी शरीर मृत्युको पीडाबाट गुज्रेको भए पनि, त्यो नै मेरो देहधारणको सम्पूर्ण लक्ष्य थिएन। येशू मेरा प्रिय पुत्र हुन् र मेरो लागि क्रूसमा टाँगिए, तर उनले मेरो कामलाई पूर्ण रूपमा सम्पन्न गरेनन्। उनले त्यसको एक हिस्सा मात्र गरे।” यसरी परमेश्वरले देहधारणको कामलाई निरन्तरता दिन दोस्रो चरणका योजनाहरू सुरु गर्नुभयो। परमेश्वरको अन्तिम अभिप्राय भनेको शैतानको पञ्जाबाट मुक्ति पाएका सबै मानिसलाई सिद्ध पार्नु र प्राप्त गर्नु थियो, जसको कारण परमेश्वरले फेरि एकपटक ढटेर देहमा आउने खतरा सामना गर्ने तयारी गर्नुभयो। “देहधारण” को अर्थ महिमाविना आउनु हो (किनभने परमेश्वरको काम अझै सकिएको छैन), यसको सट्टा प्रिय पुत्रको पहिचान बोकेर, ख्रीष्टको रूपमा देखा पर्नु हो, जसमा परमेश्वर अति प्रसन्न हुनुहुन्छ। त्यसैकारण यसलाई “ढटेर खतरा सामना गर्नु” भनिन्छ। देहधारी शरीरमा अत्यन्तै कम शक्ति हुन्छ र यसले ठूलो सावधानी अपनाउनुपर्छ,[१] साथै उहाँको शक्ति र स्वर्गमा हुनुहुने पिताको अख्तियारबीच आकाश-पातालको फरक हुन्छ; उहाँले देहको सेवकाइ मात्र पूरा गर्नुहुन्छ, अन्य काममा संलग्न नभई परमेश्वर पिताको काम र उहाँको आज्ञा पूरा गर्नुहुन्छ, र उहाँ कामको एउटा भाग मात्र पूरा गर्नुहुन्छ। त्यसैकारण परमेश्वर पृथ्वीमा आउनेबित्तिकै उहाँलाई “ख्रीष्ट” नामकरण गरियो—त्यो नै उक्त नामको अन्तर्निहित अर्थ हो। यो आगमनसँगै जाँचहरू हुन्छ भनिनुको कारण एउटा मात्र काम पूरा भइरहेको हुनाले हो। यसबाहेक, परमेश्वर पिताले उहाँलाई “ख्रीष्ट” र “प्रिय पुत्र” मात्र भन्नुहुन्छ, तर उहाँलाई सम्पूर्ण महिमा दिनुभएको छैन, किनभने किटेरै भन्नुपर्दा देहधारी शरीर एउटा काम गर्न आउनुहुन्छ, जसको उद्देश्य स्वर्गमा हुनुहुने पिताको प्रतिनिधित्व गर्ने होइन, बरु प्रिय पुत्रको सेवकाइ पूरा गर्ने हुन्छ। जब प्रिय पुत्र उहाँले आफ्नो काँधमा स्वीकार गर्नुभएको सम्पूर्ण आज्ञा पूरा गर्नुहुन्छ, तब पिताले उहाँलाई पिताको पहिचानसहित पूर्ण महिमा दिनुहुनेछ। यो नै “स्वर्गको नियम” हो भन्न सकिन्छ। देहमा आउनुभएको जन र स्वर्गमा हुनुहुने पिता दुई फरक क्षेत्रमा हुनुभएका हुनाले, ती दुईले आत्मामा मात्र एक-अर्कालाई हेर्नुहुन्छ, पिताले प्रिय पुत्रमाथि नजर राख्नुहुन्छ तर पुत्रले टाढाबाट पितालाई देख्न सक्नुहुन्न। देहले गर्न सक्ने प्रकार्यहरू अत्यन्तै साना हुने र उहाँलाई कुनै पनि क्षण मारिने सम्भावना हुने हुनाले, यो आगमन ठूलो खतराले भरिएको हुन्छ। यो परमेश्वरले फेरि एकपटक आफ्नो प्रिय पुत्रलाई बाघको मुखमा सुम्पनुसरह हो, जहाँ उहाँको जीवन खतरामा हुन्छ, यो उहाँलाई शैतानको सबैभन्दा बढी ध्यान जाने ठाउँमा राख्नुसरह हो। यी भयानक परिस्थितिहरूमा समेत, परमेश्वरले अझै पनि आफ्नो प्रिय पुत्र फोहोरीपन र छाडापनले भरिएको ठाउँका मानिसहरूलाई सुम्पिदिनुभयो ताकि तिनीहरूले “हुर्काएर वयस्क बनाऊन्”। किनभने त्यसो गर्नु नै परमेश्वरको कामलाई उचित र स्वाभाविक देखाउने एक मात्र तरिका हो, र यो नै परमेश्वर पिताका सबै अभिप्राय पूरा गर्ने र मानवजातिमाझ उहाँको कामको अन्तिम भाग पूरा गर्ने एक मात्र तरिका हो। येशूले परमेश्वर पिताको कामको एउटा चरण सम्पन्न गर्नेभन्दा बढी केही गर्नुभएन। देहधारी शरीरले खडा गरेको बाधा र पूरा गरिनुपर्ने काममा भएका भिन्नताहरूका कारण, येशू स्वयम्लाई देहमा दोस्रो पुनरागमन हुनेछ भनेर थाहा थिएन। त्यसकारण, कुनै पनि बाइबल व्याख्याकर्ता वा अगमवक्ताले आखिरी दिनहरूमा परमेश्वरले फेरि देहधारण गर्नुहुनेछ, अर्थात्, उहाँ देहमा आफ्नो कामको दोस्रो भाग गर्न फेरि देहमा आउनुहुनेछ भनेर स्पष्ट रूपमा अगमवाणी गर्ने आँट गरेन। त्यसकारण, परमेश्वरले आफूलाई देहमा लुकाइसक्नुभएको लामो समय भइसक्यो भन्ने कुरा कसैले पनि थाहा पाएन। यसमा अचम्म मान्नुपर्ने कुरा छैन, किनभने येशू मृत्युबाट बौरिउठेर स्वर्गमा उक्लनुभएपछि मात्र उहाँले यो आज्ञा स्वीकार गर्नुभयो, त्यसकारण परमेश्वरको दोस्रो देहधारणबारे कुनै स्पष्ट अगमवाणी छैन, र यो मानवको मनले सोच्न नसक्ने कुरा हो। बाइबलमा रहेका धेरै वटा अगमवाणीका पुस्तक सबैमा, यसलाई स्पष्ट रूपमा उल्लेख गर्ने कुनै वचन छैन। तर जब येशू काम गर्न आउनुभयो, त्यहाँ पहिले नै एउटा स्पष्ट अगमवाणी थियो जसमा एउटी कन्या गर्भवती हुनेछिन्, र उनले एउटा पुत्र जन्माउनेछिन् भनिएको थियो, जसको अर्थ उहाँलाई पवित्र आत्माद्वारा गर्भधारण गरिएको थियो। त्यति हुँदा पनि, परमेश्वरले यो मृत्युको जोखिम मोलेर भएको थियो भन्नुभयो, त्यसोभए आजको दिनमा यो अझ कति बढी जोखिममा होला? परमेश्वरले यो देहधारण अनुग्रहको युगमा मोलेका खतराहरूभन्दा हजारौँ गुणा बढी जोखिममा छ भन्नु अचम्मको कुरा होइन। धेरै वटा ठाउँमा, परमेश्वरले अगमवाणी गर्नुभएको छ कि उहाँले सिनिमको भूमिमा विजयीहरूको एउटा समूह प्राप्त गर्नुहुनेछ—संसारको पूर्वमा नै विजयीहरू प्राप्त गरिनेछन्। तसर्थ, परमेश्वरले आफ्नो दोस्रो देहधारणमा पाइला टेक्नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठ्याक्कै त्यही ठाउँ जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्वरले ठूलो रातो अजिङ्गरको सन्तानलाई प्राप्त गर्नुहुनेछ ताकि त्यो पूर्ण रूपमा पराजित र लज्जित होस्। परमेश्वरले दुःखो भारीले थिचिएका यी मानिसहरूलाई जगाउनुहुनेछ, पूर्ण रूपमा नबिउँझेसम्म तिनीहरूलाई झकझकाउनुहुनेछ, र तिनीहरूलाई कुहिरोबाट बाहिर निस्कन र ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। तिनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्वरलाई दिन सक्षम हुनेछन्, काला शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्वरको विजयको प्रमाण बन्नेछन्। यसरी मात्र परमेश्वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्वरले इस्राएलमा समाप्त भएको कामलाई ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको देशमा ल्याउनुभयो र, प्रस्थान गरेको झन्डै दुई हजार वर्षपछि, अनुग्रहको युगको कामलाई निरन्तरता दिन उहाँ फेरि एकपटक देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाले हेर्दा, परमेश्वर देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्वरको दृष्टिकोणमा, उहाँ अनुग्रहको युगको कामलाई निरन्तरता दिइरहनुभएको छ, तर केही हजार वर्षको अन्तरालपछि मात्र, र उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर मात्र। आजको काममा देहको शरीरले लिएको स्वरूप येशूको भन्दा पूर्ण रूपमा फरक देखिए पनि, उहाँहरू एउटै सार र जराबाट विकसित हुनुहुन्छ, र उहाँहरू एउटै स्रोतबाट आउनुहुन्छ। सायद उहाँहरूका बाहिरी आवरणहरू धेरै तरिकामा फरक होलान्, तर उहाँहरूको कामको वास्तविक कथा पूर्ण रूपमा उस्तै छ। आखिर, युगहरू दिन र रात जत्तिकै फरक हुन्छन्। त्यसोभए परमेश्वरको कामले कसरी अपरिवर्तनीय ढाँचा पालना गर्न सक्छ त? अथवा उहाँको कामका फरक-फरक चरणहरूले कसरी एक-अर्कालाई बाधा पुर्याउन सक्छन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (६)
फूटनोटहरू:
१. “अति थोरै शक्तिको हुन्छ र यसमा ठूलो सावधानी अपनाउनुपर्छ” भन्ने कुराले शरीरका कठिनाइहरू धेरै छन्, र गरिएको काम अति सीमित भएको सङ्केत गर्छ।
परमेश्वरका दैनिक वचनहरू अंश १९४
मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्वरलाई चिन्ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको पनि कमी छ भन्ने कुरा बुझ्न आजको दिनसम्मको समय लागेको छ। मानिस उसको आफ्नै जातिको इतिहास र प्राचीन संस्कृतिको विषयमा पूर्ण अनजान भएको कारण यो भएको हो, र त्यसको परिणामस्वरूप उसले परमेश्वरको कामको बारेमा केही पनि जान्दैन। मानिस उसको हृदयको गहिराइमा परमेश्वरसँग गाँसिन सकोस् भन्ने आशा सबै मानिसको हुन्छ, तर मानिसको देह अति नै भ्रष्ट भएकोले, साथै चेतनाशून्य र बोधो दुवै भएकोले, यसले उसलाई परमेश्वरको बारेमा केही पनि जान्न नसक्ने बनाएको छ। आज मानिसको माझमा आउने क्रममा, परमेश्वरको उद्देश्य भनेको मानिसहरूका विचार र आत्मालाई रूपान्तरित गर्नु हो, साथै लाखौँ वर्षदेखि उनीहरूको हृदयमा रहेको परमेश्वरको रूपलाई रूपान्तरित गर्नु हो। उहाँले मानिसलाई सिद्ध बनाउनको लागि यो मौका लिनुहुनेछ। भन्नुको अर्थ, उहाँले मानिसको ज्ञानद्वारा, उहाँलाई चिन्ने मानिसहरूको तरिका र उहाँप्रतिको उनीहरूको मनोवृतिलाई परिवर्तन गर्नुहुनेछ, र यसरी मानिसलाई उहाँले परमेश्वरलाई चिन्ने एउटा नयाँ विजयी सुरुआत गर्न, र मानवीय आत्माको नवीकरण र रूपान्तरण हासिल गर्न सक्षम बनाउनुहुन्छ। यसका साधनहरूचाहिँ काटछाँट गर्ने र अनुशासनमा राख्ने कार्यहरू हुन् र यसका लक्ष्यहरू विजय र नवीकरण गर्ने कार्यहरू हुन्। मानिसहरूमा भएको अस्पष्ट परमेश्वरसम्बन्धी अन्धविश्वासी विचारहरू हटाउनु सदैव परमेश्वरको अभिप्राय रहँदै आएको छ, र हालै यो उहाँले गर्नुपर्ने अत्यन्त जरुरी कार्य पनि भएको छ। यस स्थितिलाई विचार गर्न सबै मानिसहरूले दीर्घकालीन दृष्टिकोण राख्न सकून्। प्रत्येक व्यक्तिले अनुभव गर्ने तरिका परिवर्तन होस्, ताकि परमेश्वरको यो जरुरी अभिप्राय चाँडै सफल होस् र परमेश्वरको पृथ्वीको कामको अन्तिम चरण सर्वोत्तम रूपमा सम्पन्न हुन सकोस्। तिमीहरूले परमेश्वरलाई जुन निष्ठा दिनु उचित छ त्यो उहाँलाई देओ, र अन्तिमचोटि परमेश्वरको हृदयलाई सान्त्वना देओ। दाजुभाइ-दिदीबहिनीहरूको माझमा यो जिम्मेवारीबाट पछि हट्ने वा झारा टार्न काम गरेको बहाना गर्ने कोही नहोस्। यसपटक परमेश्वर निमन्त्रणाको जवाफस्वरूप, र मानिसको स्थितिप्रतिको लक्षित प्रतिक्रिया स्वरूप देहमा आउनुहुन्छ। अर्थात्, उहाँ मानिसलाई जे खाँचो छ त्यो आपूर्ति गर्न आउनुहुन्छ। मानिसको क्षमता वा पालनपोषण जे-जस्तो भए पनि, संक्षेपमा, उहाँ उसलाई परमेश्वरको वचन देख्ने र, उहाँको वचनबाट, परमेश्वरको अस्तित्व र देखा पर्नुभएको देख्ने अनि परमेश्वरबाट सिद्धता स्विकार्ने तुल्याउनुहुनेछ, उहाँले मानिसका सोच र धारणालाई परिवर्तन गर्नुहुनेछ ताकि मानिसको हृदयको गहिराइमा परमेश्वरको मौलिक मुहार दृढ रूपमा गढोस्। पृथ्वीमा परमेश्वरको एक मात्र चाहना यही हो। मानिसको जन्मजात प्रकृति चाहे जति नै ठूलो भए पनि, वा मानिसको सार जति नै खराब भए पनि, वा विगतमा मानिसको व्यवहार साँच्चै जस्तोसुकै भएको भए पनि, परमेश्वरले यी कुरामा कुनै ध्यान दिनुहुन्न। मानिसले आफ्नो भित्री हृदयमा रहेको परमेश्वरको स्वरूपलाई पूर्णतः नयाँ बनाओस् र मानवजातिको सार बुझ्न पुगोस्, र त्यसमार्फत मानिसप्रतिको उसको वैचारिक दृष्टिकोणको रूपान्तरणमा पुगोस्, र मानिसले भित्री हृदयबाट परमेश्वरको तृष्णा गर्न र उहाँसँगको अनन्त मोह जागृत गर्न सकोस् भन्ने मात्रै उहाँ चाहनुहुन्छ: परमेश्वरले मानिसबाट गर्नुहुने एक मात्र माग यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
परमेश्वरका दैनिक वचनहरू अंश १९५
मैले धेरै पटक के भनेको छु भने, परमेश्वरको आखिरी दिनहरूको काम भनेको प्रत्येक व्यक्तिको आत्मा परिवर्तन गर्नु, प्रत्येक व्यक्तिको प्राण परिवर्तन गर्नु, ताकि ठूलो आघात सहेको तिनीहरूका हृदय सुधार होस्, यसरी पापले गम्भीर रूपले क्षति पुऱ्याएको तिनीहरूको प्राणको उद्धार होस्; यो मानिसहरूका आत्मालाई बिउँझाउनको लागि, तिनीहरूको चिसो हृदयलाई पगाल्न र तिनीहरूलाई नयाँ बनाउनको लागि हो। यो परमेश्वरको सबैभन्दा ठूलो अभिप्राय हो। मानिसको जीवन र अनुभवहरू कति उच्च वा गहन छ भन्ने कुरा पन्छ्याओ; जब मानिसहरूका हृदय जागृत हुन्छ, र तिनीहरूलाई जब तिनीहरूका सपनाबाट बिउँझाइन्छ र ठूलो रातो अजिङ्गरले गरेको ठूलो हानिको बारेमा तिनीहरूलाई राम्ररी थाहा हुन्छ तब परमेश्वरको सेवकाइको काम पूरा भइसकेको हुनेछ। परमेश्वरको काम समाप्त भएको दिन मानिसले आधिकारिक रूपमा परमेश्वरमाथिको विश्वासको सही मार्गमा हिँड्न सुरु गर्ने दिन पनि हो। यस समयमा, परमेश्वरको सेवकाइ समाप्त हुनेछ: देहधारी परमेश्वरको काम पूरा भएको हुनेछ, र मानिसले आधिकारिक रूपमा आफूले गर्नु पर्ने कर्तव्य पूरा गर्ने कार्यको थालनी गर्नेछ—उहाँले आफ्नो सेवकाइ गर्नुहुनेछ। परमेश्वरको कामका चरणहरू यिनै हुन्। यसैले, तिमीहरूले यी कुराहरू जान्ने जगमा प्रवेश गर्न आफ्नो बाटो छामछुम गर्नुपर्दछ। यी सबै कुरा तिमीहरूले बुझ्नुपर्ने कुरा हो। मानिसको हृदयको गहिराइमा परिवर्तन भएपछि उसको प्रवेशमा सुधार हुनेछ, किनकि परमेश्वरको काम भनेको भूतहरू भेला हुने यस ठाउँबाट मानिसलाई पूर्ण मुक्ति दिनु हो—त्यो मानिस, जुन मानिसको छुटकारा भएको छ, जो अझै पनि अन्धकारको शक्तिको अधीनमा छ र जसले आफैलाई जगाएको छैन; यो मानिस पापका सहस्राब्दीहरूबाट मुक्त हुन, र परमेश्वरको प्रिय हुन सकोस्, र परमेश्वरको राज्य स्थापना गर्दै त्यो ठूलो रातो अजिङ्गरलाई प्रहार गर्दै परमेश्वरको हृदयलाई चाँडै विश्राम दिन सकोस् भनेर हो; तिमीहरूको छातीमा फुल्ने घृणालाई कुनै सङ्कोच नमानी व्यक्त गर्नु, ती ढुसीका किटाणुहरूलाई नाश पार्नु, तँलाई त्यस्तो जीवन त्याग्न लगाउनु हो, जुन गोरु वा घोडाको जीवनभन्दा फरक छैन, अब फेरि दास बन्न नदिनु, अब उप्रान्त ठूलो रातो अजिङ्गरले स्वतन्त्र रूपले कुल्चिन वा हुकुम चलाउन नदिनु हो; तिमीहरू अबदेखि यो असफल राष्ट्रका हुनेछैनौ, त्यो जघन्य ठूलो रातो अजिङ्गरका हुनेछैनौ, र अबदेखि योद्वारा तिमीहरू अब दास बनाइनेछैनौ। परमेश्वरले अवश्य नै भूतात्माहरूको गुँडलाई टुक्रा-टुक्रा पार्नुहुनेछ, र तिमीहरू परमेश्वरको छेउमा खडा हुनेछौ—तिमीहरू परमेश्वरका हुनेछौ, र दासहरूको साम्राज्यका हुनेछैनौ। परमेश्वरले धेरै अघि नै यस अन्धकारको समाजलाई भित्रैदेखि घृणा गर्नुभएको छ। उहाँले आफ्नो दाँत किट्नुहुन्छ, त्यस दुष्ट, जघन्य प्राचीन सर्पलाई खुट्टाले किच्न उत्सुक हुनुहुन्छ, यसैले कि यो फेरि कहिल्यै नउठोस्, र यसले फेरि कहिल्यै मानिसलाई दुर्व्यवहार नगरोस्; त्यसको विगतका कार्यहरूलाई उहाँले माफ दिनुहुनेछैन, त्यसले विगतमा मानिससँग गरेको छललाई सहन गर्नुहुनेछैन, र उहाँले युगौंयुगभरि यसले गरेको प्रत्येक पापको हिसाब लिनुहुनेछ। परमेश्वरले सबै दुष्टताको यो नेता[१] लाई पासोबाट अलिकता पनि फुत्किन दिनुहुनेछैन, उहाँले त्यसलाई पूर्ण रूपमा नष्ट गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८)
फूटनोटहरू:
१. “सबै दुष्टताको नेता” ले पुरानो शैतानलाई जनाउँछ। यो वाक्यांशले अति मन नपर्ने कुरा व्यक्त गर्दछ।
परमेश्वरका दैनिक वचनहरू अंश १९६
मानव जातिको कार्यको खातिर परमेश्वरले धेरै अनिदा रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म, उहाँ मानिससँग पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म जिउन जीवित नरकमा ओर्लनुभएको छ जहाँ मानिस बस्छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको विद्रोहीपनका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्वरको विरोध गर्न योग्यको छ? परमेश्वरबारे गुनासो गर्नुपर्ने के कारण ऊसँग छ? ऊसँग परमेश्वरलाई सामना गर्ने धृष्टता कसरी हुन सक्छ? स्वर्गका परमेश्वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू[१] र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ? परमेश्वरको भावपूर्ण हृदय र उत्साही अपेक्षाहरूको निम्ति भावशून्य हृदयहरू, संवेदनाहीन, उदासीन आँखाहरू अनि बारम्बारको हप्की र मानिसका अपमानहरू दिइएको छ; ती कुराको बदली तीक्ष्ण टिप्पणीहरू, र उपहास, र हेला गरिएको छ; तिनका बदली मानिसको उपहास, उसको कुल्चाई र अस्वीकृति, गलत बुझाइ र बिलौना र दुश्मनी, अनि इन्कार, साथै धोका, आक्रमण र कटुताद्वारा कर्जा तिरिएको छ। न्यानो वचनहरूले आँखा तराइ र ठडिएका हजारौँ औँलाहरूको चिसो प्रतिरोधको सामना गरेको छ। परमेश्वरले सहँदै, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्न सक्नुहुन्छ।[२] यति धेरै सूर्य र चन्द्रमाहरू, उहाँले धेरै चोटि ताराहरूको सामना गर्नुभएको छ, धेरै चोटि उहाँ बिहान ओर्लनुभएको छ र साँझमा फर्कनुभएको छ, र बेचैन भएर छटपटाउनुभएको छ, उहाँले आफ्नो पिताबाट छुट्टिनु परेको पीडाभन्दा हजार गुणा ठूलो पीडा सहनुभएको छ, मानिसको आक्रमण र तोडाइ, र मानिसको काटछाँटको कार्यलाई सहनुभएको छ। परमेश्वरको नम्रता र लुकेको अवस्थाको सट्टा मानिसको निरन्तर पूर्वाग्रह,[३] मानिसको अनुचित दृष्टिकोण र अनुचित व्यवहार प्रस्तुत गरिएको छ, र परमेश्वरको चुपचाप कार्य गर्ने शैली, उहाँको धैर्य, र उहाँको सहनशीलताको सट्टा मानिसको लोभी हेराइ प्रस्तुत गरिएको छ; मानिसले कुनै पछुतो नगरी परमेश्वरलाई कुल्चेर मार्ने प्रयास गर्छ, र परमेश्वरलाई भुइँमा कुल्चिन खोज्छ। परमेश्वरप्रति मानिसले राख्ने मनोवृत्ति “दुर्लभ चतुरता” मध्येको एउटा हो, र मानिसले धम्काउने र तिरस्कार गर्ने परमेश्वर हजारौँ मानिसका खुट्टामुनि कुल्चिएर धूलोपीठो पारिनुभएको छ, जबकि मानिस आफै माथि उभिन्छ, मानौं ऊ पहाडका राजा बन्नेछ, मानौं उसले सम्पूर्ण शक्ति लिन[४] चाहन्छ, उसले पर्दा पछाडिबाट राजदरबार कब्जा गर्न, परमेश्वरलाई पर्दा पछाडि होसियार र नियम पालन गर्ने निर्देशक बनाउन चाहन्छ, जसलाई प्रतिरोध गर्ने वा समस्या उत्पन्न गर्ने अनुमति हुँदैन। परमेश्वरले अन्तिम सम्राटको भूमिका खेल्नुपर्छ, उहाँ सबै स्वतन्त्रताबाट वञ्चित कठपुतली[५] हुनुपर्दछ। मानिसका कामहरू बताउनै नसकिने छन्, यसैले ऊ परमेश्वरबाट यो वा त्यो माग गर्न कसरी योग्य छ? परमेश्वरलाई सल्लाह दिन ऊ कसरी योग्यको छ? परमेश्वरले उसका कमजोरीहरूप्रति सहानुभूति दर्शाउन् भनी माग गर्नको लागि ऊ कसरी योग्यको छ? ऊ कसरी परमेश्वरको कृपा पाउन योग्यको छ? ऊ कसरी घरीघरी परमेश्वरको उदारता प्राप्त गर्न योग्यको छ? ऊ कसरी घरीघरी परमेश्वरको क्षमा प्राप्त गर्न योग्यको छ? उसको विवेक कहाँ छ? उसले धेरै पहिले नै परमेश्वरको हृदय तोडेको छ, उसले धेरै पहिले नै परमेश्वरको हृदयलाई टुक्रा-टुक्रा पारेको छ। मानिसले उहाँलाई थोरै भए पनि उहाँप्रति न्यानो व्यवहार गर्दै उहाँप्रति परोपकारी व्यवहार गर्नेछन् भन्ने आशाले परमेश्वर उज्ज्वल आँखा र झ्याप्ले पुच्छर भएका मानिसहरू बीचमा आउनुभयो। तापनि, परमेश्वरको हृदय मानिसबाट सान्त्वना पाउनलाई सुस्त छ, र उहाँले हिउँको डल्ला[६] सरी आक्रमण र यातना मात्रै पाउनुभएको छ। मानिसको हृदय अति नै लोभी छ, उसको चाहना पनि धेरै ठूलो छ, ऊ कहिल्यै तृप्त हुन सक्दैन, ऊ सधैँ दुष्ट र दुस्साहसी हुन्छ, उसले परमेश्वरलाई कहिल्यै स्वतन्त्रता वा बोल्ने अधिकार दिँदैन, र परमेश्वरलाई अपमानको अधीनमा बस्नु, र उसले चाहेअनुसार उहाँको नियन्त्रण गर्न दिनु बाहेक अर्को विकल्प हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (९)
फूटनोटहरू:
१. “बरबादीहरू” मानव जातिको विद्रोहीपनलाई प्रकट गर्न प्रयोग गरिन्छ।
२. “आँखा तराइ र ठडिएका हजारौं औँलाहरूको चिसो प्रतिरोधको सामना गर्दै, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्दै” मूल रूपमा यो एउटै वाक्यमा थियो, तर यहाँ कुरा स्पष्ट बनाउनका लागि दुई भागमा विभाजित गरिएको छ। यो वाक्यको पहिलो भागले मानिसका कार्यहरूलाई जनाउँछ, जबकि दोस्रो भागले परमेश्वरले भोग्नुभएको कष्टलाई, र परमेश्वर नम्र र लुक्नुभएको छ भन्ने तथ्यलाई दर्साउँछ।
३. “पूर्वाग्रह” ले मानिसहरूको विद्रोही व्यवहारलाई जनाउँछ।
४. “सम्पूर्ण शक्ति लिन” ले मान्छेको विद्रोही व्यवहारलाई जनाउँछ। तिनीहरू आफैलाई माथि राख्छन्, अरूलाई बन्धनमा पार्न, तिनीहरूलाई उनीहरूको पछि लगाउन र उनीहरूका निम्ति कष्ट भोग्न लगाउँछन्। तिनीहरू परमेश्वरप्रति शत्रुवत् शक्तिहरू हुन्।
५. “कठपुतली” भन्ने शब्द परमेश्वरलाई नचिन्नेहरूलाई गिल्ला गर्न प्रयोग गरिएको छ।
६. “हिउँको डल्ला” भन्ने वाक्यांश मानिसहरूको तुच्छ व्यवहारलाई जोड दिन प्रयोग गरिएको छ।
परमेश्वरका दैनिक वचनहरू अंश १९७
परमेश्वरको देहधारणले सबै धर्म र क्षेत्रहरूलाई तरङ्गित पारेको छ, यसले विभिन्न धार्मिक समूदायहरूका मूल व्यवस्थालाई “भद्रगोलको अवस्थामा धकेलिदिएको” छ र यसले परमेश्वरको देखापराइको चाहना गर्नेहरू सबैको हृदय हल्लाइदिएको छ। को सराहनाले भरिँदैन र? कसले परमेश्वरलाई देख्ने तृष्णा गर्दैन र? परमेश्वर धेरै वर्षदेखि व्यक्तिगत रूपमा मानिसको बीचमा रहँदै आउनुभएको छ, तापनि मानिसले कहिले पनि यसलाई महसुस गरेको छैन। आज, परमेश्वर स्वयम् देखा पर्नुभएको छ र उहाँको पहिचान जनसाधारणमाझ उजागर गर्नुभएको छ—यसले कसरी मानिसको हृदयमा आनन्द ल्याउन नसकोस्? परमेश्वरले एक पटक मानिससँग हर्ष र शोक, बिदाइ र पुनर्मिलन बाँडचुँड गर्नुभयो र आज मानवजातिसँग उहाँको पुनर्मिलन भएको छ र दुवैले सँगै बिताएका विगतका कथाहरू बताउँदैछन्। परमेश्वरले यहूदिया छोड्नुभएपछि मानिसहरूले उहाँको खबर पाएनन्। तिनीहरू सबैले फेरि एक पटक परमेश्वरलाई भेट्ने आशा गरे, र आज तिनीहरूले उहाँलाई फेरि एक पटक अनपेक्षित रूपमा भेटे र उहाँसँग तिनीहरूको पुनर्मिलन भएको छ। यसले कसरी तिनीहरूभित्र रहेका हिजोका सम्झनाहरू नजगाउला र? दुई हजार वर्षअगाडि आजकै दिन यहूदीको सन्तान, सिमोन बारजोनाले उद्धारकर्ता येशूलाई देख्यो, उसले उहाँसँगै एउटै टेबुलमा खायो, र उहाँलाई धेरै वर्ष पछ्याएपछि उहाँप्रति मित्रताको अझ गहिरो भावना विकास गर्यो: उसले उहाँलाई आफ्नो हृदयको गहिराइबाट प्रेम गर्यो, उसले प्रभु येशूलाई गहन प्रेम गर्यो। चिसो डुँडमा जन्मिएको सुनौलो कपाल भएको बालक कसरी परमेश्वरको देहधारणको पहिलो स्वरूप हुनुहुन्थ्यो भन्ने बारेमा यहूदी मानिसहरूलाई केही पनि थाहा थिएन। तिनीहरूले उहाँलाई आफूजस्तै सोचे, कसैले पनि उहाँलाई फरक सोचेन—मानिसहरूले सामान्य र साधारण येशूलाई कसरी पहिचान गर्न सक्थे र? यहूदी मानिसहरूले उहाँलाई त्यस समयको यहूदी छोराको रूपमा सोचे। कसैले पनि उहाँलाई प्रेमिलो परमेश्वरको रूपमा हेरेन, मानिसहरूले उहाँसँग अन्धाधुन्ध माग गर्ने बाहेक केही पनि गरेनन्, तिनीहरूले उहाँसँग प्रचुर र प्रशस्त मात्रामा अनुग्रह, शान्ति र आनन्दको माग गरे। तिनीहरूलाई के मात्र थाहा थियो भने उहाँसँग लखपति मानिससँग जस्तै जोकोहीले इच्छा गरेको हरेक कुरा छ। तथापि मानिसहरूले उहाँलाई प्रेमिलो व्यक्तिको रूपमा व्यवहार गरेनन्; त्यस बेलाका मानिसहरूले उहाँलाई प्रेम गरेनन् र उहाँको विरोध मात्र गरे अनि उहाँसँग तर्कहीन मागहरू गरे। उहाँले कहिले पनि प्रतिरोध गर्नुभएन, मानिसले उहाँलाई नचिनेको भए तापनि उहाँले निरन्तर मानिसहरूलाई अनुग्रह दिनुभयो। उहाँले मानिसलाई चुपचाप न्यानोपन, प्रेम र दया दिनेबाहेक केही पनि गर्नुभएन, त्यो भन्दा बढी त उहाँले मानिसलाई व्यवस्थाको बन्धनबाहिर निकाल्नुभयो र उसलाई अभ्यासका नयाँ माध्यमहरू दिनुभयो। मानिसले उहाँलाई प्रेम गरेन, उसले उहाँको डाह मात्र गर्यो र उहाँका असाधारण प्रतिभाहरूको पहिचान गर्यो। प्रेमिलो येशू मुक्तिदाता मानवजातिकहाँ आउनुहुँदा उहाँले कति ठूलो अपमान भोग्नुभयो भन्ने कुरा अन्धो मानवजातिले कसरी जानोस् र? कसैले पनि उहाँको कष्टको बारेमा सोचविचार गरेन, कसैले पनि परमेश्वर पिताप्रतिको उहाँको प्रेमलाई जानेन, र कसैले पनि उहाँको एकलोपनलाई जान्न सकेन; मरियम उहाँलाई जन्म दिने आमा भए तापनि कृपालु प्रभु येशूको हृदयमा भएका सोचहरूको बारेमा तिनले कसरी जान्न सक्थिन् र? मानिसको पुत्रले सहनुभएको व्यक्त नै गर्न नसकिने कष्टको बारेमा कसले जान्दथ्यो र? उहाँसँग अनुरोधहरू गरेपछि त्यस समयमा मानिसहरूले उहाँलाई बेपरवाह गर्दै आफ्नो मनको पछाडि राखे र उहाँलाई निकालेर बाहिर फाले। त्यसैले दिनप्रतिदिन, वर्षौँवर्ष उहाँ सडकहरूमा भौतारिनुभयो, कठिन साढे तेत्तीस वर्षसम्म यताउता भौतारिनुभयो, र ती वर्षहरू लामा र छोटा दुवै थिए। जब मानिसहरूलाई उहाँको आवश्यकता पर्यो तिनीहरूले उहाँसँग माग गर्ने प्रयासका साथ उहाँलाई मुस्कानका साथ आफ्ना घरमा निमन्त्रणा दिए—अनि उहाँको योगदान पाएपछि तिनीहरूले उहाँलाई ढोकाबाहिर तुरुन्तै धकेलिदिए। मानिसहरूले उहाँले आफ्नो मुखबाट उपलब्ध गराउनुभएको खाना खाए, तिनीहरूले उहाँको रगत पिए, तिनीहरू उहाँले तिनीहरूलाई प्रदान गर्नुभएको अनुग्रहमा रमाए, तैपनि तिनीहरूले उहाँको विरोध गरे किनकि तिनीहरूले आफूलाई कसले जीवन दिनुभएको भन्ने कुरा कहिल्यै पनि जानेनन्। अन्ततः तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकिदिए, तैपनि उहाँले आवाज निकाल्नुभएन। आज पनि उहाँ चुपचाप हुनुहुन्छ। मानिसहरूले उहाँको देह खान्छन्, तिनीहरूले उहाँको रगत पिउँछन्, तिनीहरूले उहाँले तिनीहरूको निम्ति बनाउनुभएको खाना खान्छन्, अनि तिनीहरू उहाँले तिनीहरूको निम्ति खोल्नुभएको बाटो हिँड्छन्, तैपनि तिनीहरूले उहाँलाई इन्कार गर्ने इरादा राख्छन्; वास्तवमा तिनीहरूले आफूहरूलाई जीवन दिनुहुने परमेश्वरलाई शत्रुलाई झैँ व्यवहार गर्छन् र दासहरूलाई चाहिँ स्वर्गीय पिताको रूपमा व्यवहार गर्छन्। यसमा, के तिनीहरूले जानी-जानी उहाँको विरोध गर्दैनन् र? येशू कसरी क्रूसमा मर्न पुग्नुभयो? के तिमीहरूलाई थाहा छ? के उहाँलाई उहाँको सबैभन्दा नजिक रहेको, उहाँसँगै खाएको, पिएको र उहाँसँगै रमाएको यहूदाले धोका दिएन र? के उहाँ नगण्य सामान्य शिक्षकभन्दा बढी हुनुभएको कारण यहूदाले येशूलाई धोका दिएको होइन र? यदि मानिसहरूले येशू असाधारण र उहाँ स्वर्गको हुनुहुन्थ्यो भन्ने कुरा देखेका भए, तिनीहरूले कसरी उहाँलाई जिउँदै चौबीस घण्टासम्म उहाँको शरीरमा सास बाँकी नरहेसम्म क्रूसमा कीला ठोक्ने थिए र? परमेश्वरलाई कसले जान्न सक्छ? मानिसहरूले तृप्त नहुने लालचसाथ परमेश्वरको आनन्द लिने बाहेक केही पनि गर्दैनन्, तर तिनीहरूले उहाँलाई कहिल्यै पनि चिनेका छैनन्। तिनीहरूलाई औँला दिइएको थियो तर तिनीहरूले डुँडुलो निलेका छन्, अनि तिनीहरूले “येशू” लाई पूर्ण रूपमा आफ्नो आदेश र आज्ञा पालन गर्ने बनाए। कहीँ पनि शिर राख्ने ठाउँ नभएको मानिसको पुत्रलाई कसले कहिल्यै दया देखाएको छ? परमेश्वरको आज्ञा पूरा गर्नको निम्ति उहाँसँग लागिपर्ने कसले कहिल्यै सोच राखेको छ? कसले कहिल्यै उहाँको लागि सोचेको छ? उहाँका कठिनाइहरूको बारेमा कोही कहिल्यै विचारशील भएको छ? अलिकति पनि प्रेमविना मानिसले उहाँलाई अगाडि र पछाडि बटार्छ; मानिसलाई उसको ज्योति र जीवन कहाँबाट आउँछ भन्ने थाहा छैन र दुई हजार वर्ष पहिलेका मानिसका बीचमा कष्ट भोग्नुभएका “येशूलाई” पुनः एक पटक क्रूसमा टाँग्ने गोप्य योजना बनाउने बाहेक उसले केही पनि गर्दैन। के “येशूले” त्यस्तो घृणालाई प्रेरित गर्नुहुन्छ? के उहाँले धेरै पहिले गर्नुभएका सबै काम-कुराहरू बिर्सिसकिएको छ? हजारौँ वर्षदेखि एकत्रित भएको घृणा अन्तमा बाहिर निस्कनेछ। तिमीहरू, काटीकुटी यहूदीहरूजस्तै छौ! “येशू” कहिले तिमीहरूको विरोधी हुनुभएको छ र तिमीहरूले उहाँलाई त्यति धेरै घृणा गर्नुपर्छ? उहाँले त्यति धेरै कुराहरू गर्नु र भन्नुभएको छ—के तीमध्ये कुनै पनि तिमीहरूको निम्ति फाइदाजनक छैनन् र? उहाँले सट्टाभर्ना नमागी आफ्नो जीवन तिमीहरूको निम्ति दिनुभयो, उहाँले तिमीहरूलाई आफ्नो सम्पूर्णता दिनुभयो—के तिमीहरू वास्तवमा अझै पनि उहाँलाई जिउँदै खान चाहन्छौ? उहाँले कुनै पनि कुरा आफूसँग नराखी, सांसारिक महिमा, मानिसमाझको न्यानोपन, मानिसमाझको प्रेम, वा मानिसमाझका सबै आशिष् र हर्षहरूको आनन्द कहिल्यै नउठाई, आफ्नो सबै थोक तिमीहरूलाई दिनुभएको छ। मानिसहरू उहाँप्रति अत्यन्तै निर्दयी छन्, उहाँले कहिल्यै पनि पृथ्वीका सारा प्रचुरताको आनन्द लिनुभएको छैन, उहाँ आफ्नो निष्कपट, जोसिलो हृदयको सम्पूर्णता मानिसलाई अर्पण गर्नुहुन्छ, उहाँले आफ्नो सम्पूर्णता मानवजातिलाई अर्पण गर्नुभएको छ—अनि कसले कहिल्यै उहाँलाई न्यानोपन दिएको छ? उहाँलाई कसले कहिल्यै सान्त्वना दिएको छ? मानिसले सबै दबाब उहाँमाथि थुपारेको छ, उसले सारा दुर्भाग्य उहाँलाई सुम्पिदिएको छ, मानिसमाझका सबैभन्दा दुर्भाग्यपूर्ण अनुभवहरू जबरजस्ती उहाँमाथि थोपरेको छ, उसले सारा अन्यायको दोष उहाँमाथि थोपर्छ, र उहाँले यसलाई चुपचाप स्वीकार गर्नुभएको छ। के उहाँले कहिल्यै कसैको विरोध गर्नुभएको छ र? के उहाँले कसैबाट कहिल्यै अलिकति पनि भरपाई माग्नुभएको छ र? कसले उहाँलाई कहिल्यै सहानुभूति देखाएको छ र? सामान्य मानिसका रूपमा, कसको बाल्यकाल मनोरम थिएन र? कोसँग रङ्गिन जवानी थिएन र? कोसँग प्रियजनहरूको न्यानोपन छैन र? कोसँग आफन्त र साथीभाइहरूको कोमल स्नेह छैन र? को अरूको सम्मानरहित छ र? को न्यानो परिवाररहित छ र? को आफ्नो विश्वासपात्रको सान्त्वनारहित छ र? अनि के उहाँले कहिल्यै यीमध्ये कुनै कुराको आनन्द उठाउनुभएको छ र? कसले उहाँलाई कहिल्यै थोरै न्यानोपन दिएको छ र? कसले उहाँलाई कहिल्यै थोरै सान्त्वना दिएको छ र? कसले उहाँलाई कहिल्यै थोरै मानव नैतिकता देखाएको छ र? को उहाँसँग कहिल्यै सहनशील भएको छ र? कठिन समयहरूमा को कहिल्यै उहाँसँग रहेको छ र? कसले उहाँसँग कहिल्यै कठिन जीवन बिताएको छ र? मानिसले कहिल्यै उहाँप्रतिका मागहरू कम गरेको छैन; उसले त बिनासङ्कोच उहाँसँग मागहरू मात्र गर्छ, मानौँ कि, मानिसको संसारमा आउनुभएकोले, उहाँ मानिसको गोरु वा घोडा, उसको कैदी बन्नुपर्छ, र उहाँले आफ्नो सबथोक मानिसलाई दिनुपर्छ; नत्र, मानिसले उहाँलाई कहिल्यै माफ गर्नेछैन, उहाँसँग कहिल्यै सहज व्यवहार गर्नेछैन, उहाँलाई कहिल्यै परमेश्वर भनेर पुकार्नेछैन, र उहाँलाई कहिल्यै उच्च मान्नेछैन। मानिस उहाँप्रतिको मनोवृत्तिमा अत्यन्तै कठोर छ, मानौँ कि उहाँलाई मृत्युसम्मै यातना दिनको निम्ति लागिपरेको छ, त्यसपछि मात्र उसले परमेश्वरले पालना गर्नुपर्ने मापदण्डलाई खुकुलो गर्नेछ; नत्रभने मानिसले कहिल्यै पनि परमेश्वरले पालना गर्नुपर्ने आवश्यक मापदण्डलाई कहिले पनि कम गर्नेछैन। यस्तो मानिसलाई परमेश्वरले कसरी घृणा गर्नुहुन्न र? के यो आजको वियोग होइन र? मानिसको विवेक कहीँ पनि देखिन्न। उसले परमेश्वरको प्रेमको पैँचो तिर्नेछु भनेर भन्छ तर उसले परमेश्वरलाई चिर्छ र उहाँलाई यातना दिएर मार्छ। के यो उसका पुर्खाहरूबाट हस्तान्तरण भई आएका परमेश्वरप्रतिको उसको विश्वासको कुनै “गोप्य रेसिपि” होइन र? “यहूदीहरू” नपाइने ठाउँ कहीँ छैन र आज पनि तिनीहरूले त्यही काम गर्छन्, तिनीहरूले आज पनि परमेश्वरको विरोध गर्ने त्यही काम गर्छन् तर पनि तिनीहरू आफूहरूले परमेश्वरलाई माथि उठाइरहेका छौं भन्ने विश्वास गर्छन्। के मानिसको आफ्नै आँखाले परमेश्वरलाई चिन्न सक्थ्यो र? देहमा जिउने मानिसले, कसरी आत्माबाट आउनुभएको देहधारी परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर्न सक्थ्यो र? मानिसमाझ कसले उहाँलाई चिन्न सक्थ्यो र? मानिसमाझ सत्यता कहाँ छ? साँचो धार्मिकता कहाँ छ? परमेश्वरको स्वभाव चिन्न को सक्षम छ? स्वर्गका परमेश्वरसँग कसले प्रतिस्पर्धा गर्न सक्छ? कुनै आश्चर्य छैन कि, उहाँ मानिसमाझ आउनुहुँदा, कसैले पनि परमेश्वरलाई चिनेको छैन, र उहाँलाई इन्कार गरिएको छ। मानिसले कसरी परमेश्वरको अस्तित्वलाई सहन सक्थ्यो र? उसले कसरी ज्योतिलाई संसारबाट अन्धकार हटाउने अनुमति दिन सक्छ र? के यो सबै मानिसको इमानदार र सम्माननीय भक्तिको जोस होइन र? के यो मानिसको जायज र खुलस्त प्रवेश होइन र? अनि के परमेश्वरको काम मानिसको प्रवेशवरिपरि केन्द्रित छैन र? म चाहन्छु कि तिमीहरूले परमेश्वरको कामलाई मानिसको प्रवेशसँग मिलाओ र मानिस र परमेश्वरबीच राम्रो सम्बन्ध स्थापित गर अनि तिमीहरूको क्षमताले भ्याएसम्म मानिसले गर्नुपर्ने कर्तव्य पूरा गर। यस तरिकाले, परमेश्वरको कामको त्यसपछि अन्त्य हुनेछ, त्यसको निष्कर्षका रूपमा उहाँले महिमा प्राप्त गर्नुहुनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (१०)
परमेश्वरका दैनिक वचनहरू अंश १९८
आज, म चीनमा परमेश्वरले चुन्नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका निम्ति काम गर्दछु, र यसले मलाई मैले भन्नुपर्ने सबै कुरा भन्ने सन्दर्भ प्रदान गर्दछ। पछि, जब म सम्पूर्ण ब्रह्माण्डमा विजय हासिल गर्ने अर्को चरणको काम सम्पन्न गर्दछु, मैले तिमीहरूमाथि गरेको मेरो न्यायलाई म सम्पूर्ण ब्रह्माण्डमा भएका सबैको अधार्मिकताहरूको न्याय गर्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधिहरू हौ। अगाडि बढ्न नसक्नेहरू केवल प्रतिभार र सेवा गर्ने वस्तुहरू बन्नेछन्, जबकि कदम अगि बढाउनेहरूलाई प्रयोगमा ल्याइनेछ। जो कदम अगि बढाउँदैनन् तिनीहरूले प्रतिभारको रूपमा मात्र काम गर्छन् भनेर म किन भन्छु त? किनभने मेरा वर्तमान वचनहरू र काम सबै तिमीहरूको पृष्ठभूमितिर लक्षित छन् अनि तिमीहरू सारा मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधि र प्रतीक बनेका छौ। पछिबाट, तिमीहरूलाई जित्ने यी वचनहरूलाई म पराई देशहरूमा लैजानेछु, र त्यहाँका सारा मानिसहरूलाई जित्न ती प्रयोग गर्नेछु, तैपनि तिमीहरूले तिनीहरूलाई प्राप्त गरेका हुनेछैनौ। के त्यसले तँलाई प्रतिभार बनाउँदैन र? सारा मानवजातिको भ्रष्ट स्वभाव, मानिसको विद्रोही कार्य, र मानिसको कुरूप छवि र अनुहार—यी सबै नै आज तिमीहरूलाई जित्न प्रयोग गरिएका वचनहरूमा अभिलेख गरिएका छन्। अनि म यी वचनहरू हरेक राष्ट्र र हरेक सम्प्रदायका मानिसहरूलाई जित्न प्रयोग गर्नेछु, किनकि तिमीहरू प्रारूप र नजिर हौ। तर, मैले जानाजानी तिमीहरूलाई त्याग्न लागेको थिइनँ; यदि तँ आफ्नो खोजीमा राम्रो गर्न असफल हुन्छस् र त्यसरी तँ निको नहुने साबित हुन्छस् भने, के तँ केवल सेवा गर्ने वस्तु र प्रतिभार हुँदैनस् र? मैले एकपटक भनेँ कि मेरो बुद्धि शैतानका योजनाहरूको आधारमा प्रयोग गरिन्छ। मैले किन त्यसो भनेँ त? के मैले अहिले भनिरहेको र गरिरहेको कुराको पछि रहेको सत्यता यही होइन र? यदि तँ अगि बढ्न सक्दैनस् भने, यदि तँ सिद्ध बनाइएको छैनस्, बरु त्यसको साटो दण्ड पाएको छस् भने, के तँ प्रतिभार बन्दैनस् र? सायद, आजको दिनसम्म आइपुग्दा, तैँले निकै कष्ट भोगेको छस्, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। तँलाई सजाय दिइएको र न्याय गरिएको भए पनि, तँ बिलकुल परिवर्तन भएको छैनस्, र भित्री गहिराइमा तैँले जीवन प्राप्त गरेको छैनस्। जब तेरो काम जाँच्ने समय आउँछ, तैँले आगोजस्तो भीषण परीक्षा र अझ ठूलो सङ्कष्ट अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण सत्वलाई खरानीमा परिणत गर्नेछ। जीवन नभएको व्यक्ति, भित्र अलिकति पनि शुद्ध सुन नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावमा अल्झेको व्यक्ति, र प्रतिभार बन्ने काम समेत राम्रोसँग गर्न नसक्ने व्यक्तिका रूपमा, तँलाई किन हटाइँदैन होला र? के एक पैसाभन्दा कम मूल्य भएको र जीवन नै नभएको व्यक्तिलाई विजयको काममा प्रयोग गर्न सकिन्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछन्! तब तेरा प्रार्थना तेरा निम्ति व्यर्थ हुनेछन्। मुक्तिको काम समाप्त भइसकेपछि, के तैँले पछि फर्केर फेरि पश्चात्ताप गर्न सक्नेछस्? मुक्तिको सबै काम एकपल्ट समाप्त भइसकेपछि, त्यो फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआतचाहिँ हुनेछ। तँ प्रतिरोध गर्छस्, तँ विद्रोह गर्छस्, र तँ जानाजान दुष्टता गर्छस्। के तँ कठोर दण्डको पात्र होइनस् र? आज म यी कुराहरू तँलाई निकै स्पष्ट रूपमा व्याख्या गर्दै छु। यदि तँ नसुन्ने छनौट गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, तब मात्र पछुतो महसुस गर्न र विश्वास गर्न थाल्छस् भने, के धेरै ढिलो हुनेछैन र? आज म तँलाई पश्चाताप गर्ने मौका दिँदै छु, तर तँ त्यसो गर्न तयार छैनस्। तँ कहिलेसम्म पर्खन चाहन्छस्? के सजाय पाउने दिनसम्म? आज म तेरो विगतका अपराधहरू याद गर्दिनँ; म तेरो नकारात्मक पक्ष नहेरी तेरो सकारात्मक पक्ष मात्र हेरेर तँलाई बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचन र काम तँलाई मुक्ति दिनका लागि हुन् र तँप्रति मेरो कुनै खराब अभिप्राय छैन। तैपनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी सराहना गर्ने भनी जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धर्मी प्रतिशोध मात्र पर्खेर बसिरहेका हुँदैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
परमेश्वरका दैनिक वचनहरू अंश १९९
जब मोशाले चट्टानमा हिर्काए, र यहोवाले दिनुभएको पानी निस्कियो, यो उनको आस्थाका कारण थियो। जब दाऊदले आनन्दले भरिएको हृदयसाथ म, यहोवाको प्रशंसामा वीणा र सारङ्गी बजाए, त्यो उनको आस्थाका कारण थियो। जब अय्यूबले डाँडाहरू भरिने आफ्ना गाईवस्तु र अथाह सम्पत्ति गुमाए, र उनको शरीरभरि पीडादायी खटिराहरू आए, त्यो उनको आस्थाका कारण थियो। जब उनले म, यहोवाको आवाज सुन्न सके, र म, यहोवाको महिमा देख्न सके, त्यो उनको आस्थाका कारण थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्नु उनको आस्थाका कारण थियो। उनी मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्नु पनि उनको आस्थाका कारण थियो। जब यूहन्नाले मानिसको पुत्रको महिमामयी स्वरूप देखे, त्यो उनको आस्थाका कारण थियो। जब उनले आखिरी दिनहरूको दर्शन देखे, त्यो झनै उनको आस्थाका कारण थियो। तथाकथित अन्यजाति राष्ट्रहरूको ठूलो भिडले मेरो प्रकाश प्राप्त गर्नु, र म मानिसहरूबीच मेरो काम गर्न देहमा फर्केको छु भनी जान्नुको कारण पनि तिनीहरूको आस्था नै हो। मेरा कठोर वचनहरूको ताडना पाएर पनि यसबाट सान्त्वना प्राप्त गर्ने र मुक्ति पाउनेहरू सबैले—के तिनीहरूले आफ्नो आस्थाका कारण त्यसो गरेका होइनन् र? मानिसहरूले आफ्नो आस्थाका कारण धेरै कुरा प्राप्त गरेका छन्, र ती आशिष्हरू नहुन सक्छन्। तिनीहरूले दाऊदले महसुस गरेको जस्तो सुख र आनन्द प्राप्त नगर्न सक्छन्, वा मोशाले जस्तै यहोवाबाट पानी प्राप्त नगर्न सक्छन्। उदाहरणका लागि, अय्यूबले आफ्नो आस्थाका कारण यहोवाबाट आशिष् पाए, तर उनले विपत्ति पनि प्राप्त गरे। तैँले आशिष् प्राप्त गरे पनि वा विपत्ति प्राप्त गरे पनि, दुवै आशिषित घटनाहरू हुन्। यदि तेरो आस्था नभएको भए, तैँले विजयको यो काम प्राप्त गर्न सक्नेथिइनस्, र आज तेरो आँखाअगाडि यहोवाका कार्यहरू प्रदर्शित भएको देख्न त झनै सक्नेथिइनस्—तैँले यो देख्न सक्नेथिइनस्, र यो प्राप्त गर्न त झनै सक्नेथिइनस्। यी विपत्तिहरू, यी प्रकोपहरू, र सबै न्याय—यदि ती तँमाथि नआइपरेका भए, के तैँले आज यहोवाका कार्यहरू देख्न सक्नेथिइस्? आज, आस्थाले नै तँलाई विजय गरिन सक्षम बनाउँछ, र विजय गरिनुले नै तँलाई यहोवाको हरेक कार्यमा विश्वास गर्न सक्षम बनाउँछ। आस्थाका कारण मात्रै तैँले यस्तो सजाय र न्याय प्राप्त गर्छस्। यो सजाय र न्यायमार्फत, तँ विजय गरिन्छस् र सिद्ध पारिन्छस्। यदि आजको सजाय र न्याय नभएको भए, तेरो आस्था व्यर्थ हुनेथ्यो, किनभने तैँले परमेश्वरलाई चिन्नेथिइनस्; तैँले उहाँमा जतिसुकै विश्वास गरे पनि, तेरो आस्था केवल खोक्रो शब्द हुनेथ्यो र त्यसमा कुनै वास्तविकता हुनेथिएन। तैँले तँलाई पूर्ण रूपमा समर्पित बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्रै, तेरो आस्था साँचो, र भरपर्दो बन्छ, र तेरो हृदय परमेश्वरतर्फ फर्कन्छ। यो शब्द, “आस्था” का कारण तैँले धेरै न्याय वा धेरै सराप अनुभव गर्नुपरे पनि, तँसँग साँचो आस्था हुन्छ र तैँले सबैभन्दा साँचो, सबैभन्दा वास्तविक, र सबैभन्दा बहुमूल्य कुरा प्राप्त गरेको हुन्छस्। किनभने न्यायको क्रममा मात्रै तैँले सृजित प्राणीहरूको गन्तव्य देख्छस्; यस न्यायमा नै तैँले सृष्टिकर्ताको प्रेमिलो स्वभाव देख्छस्; यस्तो विजयको काममा नै तैँले परमेश्वरको बाहुली देख्छस्; यस विजयमा नै तैँले मानव जीवन पूर्ण रूपमा बुझ्छस्; यस विजयमा नै तैँले जीवनको सही मार्ग प्राप्त गर्छस् र “मानिस” को साँचो अर्थ बुझ्छस्; यस विजयमा मात्रै तैँले सर्वशक्तिमान्को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी मुहार देख्छस्; यस विजयको काममा नै तैँले मानिसको उत्पत्तिबारे थाहा पाउँछस् र सम्पूर्ण मानवजातिको “अमर इतिहास” बुझ्छस्; यस विजयमा नै तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको उत्पत्तिबारे थाहा पाउँछस्; यस विजयमा नै तैँले आनन्द र सान्त्वनाका साथै अनन्त ताडना, अनुशासन, र सृष्टिकर्ताद्वारा सृष्टि गरिएको मानवजातिलाई उहाँले दिनुभएका हप्कीका वचनहरू प्राप्त गर्छस्; यस विजयको काममा नै तैँले आशिष्हरू, साथै मानिसले भोग्नुपर्ने सङ्कष्टहरू प्राप्त गर्छस्...। के यो सबै तेरो अलिकति आस्थाका कारण होइन र? अनि के यी कुराहरू प्राप्त गर्दा तेरो आस्था बढ्दैन र? के तैँले असाध्यै धेरै प्राप्त गरेको छैनस् र? तैँले परमेश्वरको वचन सुनेको र परमेश्वरको बुद्धि देखेको मात्रै छैनस्, तैँले व्यक्तिगत रूपमा उहाँको कामको हरेक चरण अनुभव पनि गरेको छस्। सायद तँ भन्लास्, तँसँग आस्था नभएको भए, तैँले यस प्रकारको सजाय वा यस प्रकारको न्याय भोग्नेथिइनस्। तर तैँले बुझ्नुपर्छ कि आस्थाबिना, तँ यस प्रकारको सजाय प्राप्त गर्न वा सर्वशक्तिमान्बाट यस प्रकारको हेरचाह प्राप्त गर्न असक्षम हुने मात्रै हुनेछैनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर पनि सधैँका लागि गुमाउनेछस्। तैँले मानवजातिको उत्पत्ति कहिल्यै थाहा पाउनेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै बुझ्नेथिइनस्। तेरो देह नष्ट भए पनि र तेरो प्राण बिदा भए पनि, तैँले अझै पनि सृष्टिकर्ताका सबै कार्य बुझ्नेथिइनस्, र सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति ठूलो काम गर्नुभयो भन्ने कुरा त झनै जान्नेथिइनस्। उहाँले सृष्टि गर्नुभएको यस मानवजातिको एक सदस्यका रूपमा, के तँ यसरी अनजानमै अन्धकारमा पर्न, र अनन्त दण्ड भोग्न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गरिस् भने, तैँले केको सामना गर्नेछस्? के तँलाई वर्तमान न्यायबाट अलग भएपछि, तँ यो कष्टको जीवनबाट उम्कन सक्षम हुनेछस् भन्ने लाग्छ? यदि तैँले “यो ठाउँ” छोडिस् भने, तैँले दियाबलसहरूले दिने पीडादायी सास्ती वा पुर्याउने गम्भीर हानि सामना गर्नेछस् भन्ने कुरा साँचो होइन र? के तैँले सहन नसकिने दिन र रातहरू सामना गर्नुपर्ला? के तँलाई आज यस न्यायबाट उम्केर, तँ भविष्यको त्यो वेदनाबाट सधैँका लागि बच्न सक्छस् भन्ने लाग्छ? तेरो सामु के आउनेछ? के यो तैँले आशा गरेको शाङ्ग्रिला हुनेछ? के तँलाई अहिले जस्तै वास्तविकताबाट भागेर तँ भविष्यको त्यो अनन्त सजायबाट उम्कन सक्छस् भन्ने लाग्छ? आजपछि, के तैँले फेरि कहिल्यै यस प्रकारको अवसर र यस्तो प्रकारको आशिष् पाउन सक्नेछस्? के तैँले आफूमाथि प्रकोप आइपर्दा ती पाउन सक्नेछस्? के तैँले सम्पूर्ण मानवजाति विश्राममा प्रवेश गर्दा ती पाउन सक्नेछस्? तेरो वर्तमान सुखी जीवन र तेरो त्यो मिलेको सानो परिवार—के तिनले तेरो भविष्यको अनन्त गन्तव्यलाई प्रतिस्थापन गर्न सक्छन्? यदि तँसँग साँचो आस्था छ, र यदि तँ आफ्नो आस्थाका कारण धेरै कुरा प्राप्त गर्छस् भने, त्यो सबै तैँले—एक सृजित प्राणीले—प्राप्त गर्नुपर्ने कुरा हो र तँसँग सुरुदेखि नै हुनुपर्ने कुरा पनि हो। तेरो आस्था र जीवनका लागि यस्तो विजयभन्दा अरू कुनै कुरा लाभदायक हुँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
परमेश्वरका दैनिक वचनहरू अंश २००
आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई विजय गरिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्मै समर्पित हुन सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि, तँ अन्त्यसम्मै पछ्याउन सक्षम हुनुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्वरप्रतिको आस्था गुमाउनै हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको समर्पणता; र पत्रुसको गवाही—परमेश्वरप्रतिको सर्वोच्च प्रेम। एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र तिनलाई दैहिक बिमारीले घेऱ्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्वरलाई प्रेम गर्न सके—तिनले आफ्नो मृत्यु सामना गर्दा पनि परमेश्वरलाई प्रेम गर्थे, तिनलाई क्रूसमा टाँगिदा पनि तिनले परमेश्वरलाई प्रेम गरिरहे। तिनले आफ्नै सम्भावनाहरूका बारेमा सोचेनन् वा सुन्दर आशा वा अव्यावहारिक विचारहरूको पछि लागेनन्, तिनले केवल परमेश्वरलाई प्रेम गर्न खोजे, तिनी परमेश्वरका सब प्रबन्धमा समर्पित हुन खोजे। यो स्तर हासिल गरेपछि मात्रै तैँले गवाही दिएको भनेर मानिनेछ, त्यसपछि मात्र तँ विजय गरिसकिएपछि तैँले यस्तै मानक प्राप्त गर्नुपर्छ। आज, यदि मानिसहरूले साँच्चै आफ्नो सार र दर्जा थाहा पाउने हो भने, के उनीहरूले अझै पनि सम्भावना र आशाहरू खोज्ने थिए? तैँले जान्नुपर्ने कुरा यो हो: परमेश्वरले मलाई सिद्ध बनाउनु भए पनि वा नबनाउनु भए पनि, म परमेश्वरको पछि लाग्नुपर्छ; अहिले उहाँले गर्नुहुने सबै कुरा असल छन् र ती मेरो खातिर गरिएका हुन्, ताकि हाम्रो स्वभाव परिवर्तन हुन सकोस् र हामी आफैलाई शैतानको प्रभावबाट छुटाउन सकौं, फोहोरको भूमिमा जन्मेर पनि आफैलाई अशुद्धताबाट मुक्त गर्न सकौं, फोहोर र शैतानको प्रभावलाई फाल्न सकौं, त्यसलाई पछाडि छोड्न सकौं। अवश्य, तँबाट चाहेको कुरा यही नै हो, तर परमेश्वरका निम्ति यो मानिसहरूले समर्पित हुने सङ्कल्प गरून् र तिनीहरू परमेश्वरका सबै कुरालाई योजनाबद्ध कार्यमा सुम्पून् भनी गरिने विजयको कार्य मात्रै हो। यही तरिकाले, सबै कुराहरू सम्पन्न हुनेछन्। आज, अधिकांश मानिसहरू अघि नै जितिसकिएका छन्, तर तिनीहरूभित्र अझै पनि विद्रोही हुने र समर्पित नहुने धेरै कुरा छन्। मानिसहरूको वास्तविक कद अझै पनि धेरै सानो छ, र आशाहरू र सम्भावनाहरू छन् भने मात्र तिनीहरू जोसले भरिन सक्छन्; आशा र सम्भावनाहरूको अभावमा, तिनीहरू नकारात्मक बन्छन्, र परमेश्वरलाई छोड्ने मन गर्छन्। यसबाहेक, मानिसहरूमा सामान्य मानवतामा जिउन प्रयास गर्ने कुनै ठूलो चाहना छैन। यो अस्वीकार्य छ। यसैले, मैले अझै पनि विजयको कुरा गर्नैपर्छ। वास्तवमा, विजय भएकै समयमा सिद्धता पनि हुन्छ: जब तँ जितिन्छस्, तब सिद्ध बन्नुको पहिलो प्रभावहरू पनि प्राप्त गरिन्छ। जहाँ जितिने र सिद्ध बनाइने कुराबीच भिन्नता हुन्छ, त्यो पनि मानिसहरूमा भएको परिवर्तनको तहअनुसार हुन्छ। सिद्ध बनाइनुको पहिलो चरण जितिनु हो, अनि त्यसको अर्थ तिनीहरू पूर्णरूपमा सिद्ध भइसकेका छन् भन्ने होइन, न त यो तिनीहरू पूर्ण रूपमा परमेश्वरद्वारा प्राप्त गरिएका छन् भन्ने कुराको प्रमाण नै हो। मानिसहरू जितिएपछि, तिनीहरूको स्वभावमा केही परिवर्तनहरू हुन्छन्, तर त्यस्ता परिवर्तनहरू परमेश्वरबाट पूर्ण रूपमा प्राप्त भएका व्यक्तिहरूका भन्दा निकै कम हुन्छन्। आज, जे गरिन्छ त्यो मानिसहरूलाई सिद्ध बनाउने—तिनीहरूलाई जित्ने प्रारम्भिक काम हो—अनि यदि तैँले विजय हुने कामलाई प्राप्त गर्न सक्दैनस् भने, तँसँग सिद्ध हुने र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त हुने कुनै माध्यम हुनेछैन। तैँले दण्ड र न्यायको थोरै वचनहरू प्राप्त गर्नेछस्, तर तिनले तेरो हृदय पूर्ण रूपमा परिवर्तन गर्न सक्नेछैनन्। यसैले तँ हटाइनेछस्; त्यो टेबलमाथिको भव्य भोज हेर्नु, तर नखानु भन्दा त्यत्ति फरक हुँदैन। के यो तेरो लागि दुःखद परिदृश्य हुँदैन र? त्यसकारण तैँले परिवर्तनहरू खोज्नुपर्दछ: चाहे त्यो जित्ने होस् वा सिद्ध पारिने, ती दुवै तँभित्र परिवर्तनहरू भएका छन् कि छैनन्, र तँ समर्पित छस् कि छैनस् भन्ने कुरासित सम्बन्धित हुन्छन्, अनि त्यसले तँ परमेश्वरद्वारा प्राप्त हुन सक्छस् कि सक्दैनस् भन्ने कुरा निश्चित गर्दछ। यो जान् कि “जितिनु” र “सिद्ध बनाइनु” परिवर्तन र समर्पणताको मात्रामा साथै परमेश्वरप्रतिको तेरो प्रेम कति शुद्ध छ भन्ने कुरामा आधारित हुन्छन्। आज चाहिने कुरा भनेको तँ पूर्ण रूपमा सिद्ध हुन सक्नु नै हो, तर सुरुमा तँलाई जितिनुपर्छ—तँमा परमेश्वरको सजाय र न्यायको पर्याप्त ज्ञान हुनुपर्दछ, उहाँलाई पछ्याउने विश्वास हुनुपर्दछ, र तँ परिवर्तन खोज्ने र परमेश्वरको ज्ञानको खोजी गर्ने व्यक्ति बन्नुपर्छ। तब मात्र तँ त्यो व्यक्ति बन्नेछस् जो सिद्ध बन्न लागिपर्छ। तिमीहरूले बुझ्नुपर्दछ, कि सिद्ध हुने क्रममा तँ जितिनेछस्, र जितिने क्रममा तँ सिद्ध बनाइनेछस्। आज, तँ सिद्ध बनाइन वा तेरो बाहिरी मानवतामा परिवर्तन ल्याउन र तेरो क्षमतामा सुधार गर्न लागिपर्न सक्छस्, तर प्रमुख महत्त्वको कुरा यो हो कि तैँले आज परमेश्वरले गर्नुहुने सबै कुराको अर्थ छ र त्यो लाभदायक छ भनी बुझ्न सक्नेछस्: यसले तँ फोहोर देशमा जन्मेको व्यक्तिलाई फोहोरबाट उम्कन र त्यसलाई फाल्न सक्ने, यसले तँलाई शैतानको प्रभावलाई जित्न, र शैतानको अन्धकारको प्रभावलाई त्याग्न सक्ने बनाउँछ। यी कुराहरूमा ध्यान दिँदा, तँ फोहोरको यो देशमा सुरक्षित हुनेछस्। आखिरमा, तँलाई के गवाही दिन लगाइन्छ? तँ फोहोरको देशमा जन्मेको छस्, तर तँ पवित्र बन्न सक्छस्, र शैतानको सत्तामा जिउने गरी फेरि कहिल्यै फोहोरद्वारा दूषित हुँदैनस्, तर आफैलाई शैतानको प्रभावबाट छुटाउँछस्, शैतानको कब्जा वा उत्पीडनमा पर्दैनस्, सर्वशक्तिमानका हातहरूमुनि जिउँछस्। शैतानसितको लडाइँमा पाएको विजयको गवाही र प्रमाण यही नै हो। तैँले शैतानको विरुद्ध विद्रोह गर्न सक्छस्, तैँले आफ्नो जियाइमा शैतानी स्वभावहरू प्रकट गर्दैनस्, बरु परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले माग गर्नुभएअनुसार नै जिउनेछस्: सामान्य मानवता, सामान्य ज्ञान, सामान्य अन्तर्दृष्टि, परमेश्वरलाई प्रेम गर्ने सामान्य संकल्प, र परमेश्वरप्रतिको बफादारीता। यो सृष्टि गरिएको प्राणीले वहन गर्नुपर्ने गवाही हो। तैँले यसो भन्छस्, “हामी फोहोरको देशमा जन्मिएका छौं, तर परमेश्वरको सुरक्षाको कारण, उहाँको नेतृत्वको कारण, र उहाँले हामीलाई जित्नुभएको कारण, हामीले आफैलाई शैतानको प्रभावदेखि छुटाएका छौं। आज हामी समर्पित हुन सक्नु पनि परमेश्वरले हामीलाई विजय गर्नुभएको प्रभाव हो, अनि यो हामी असल भएकोले, वा हामीले स्वाभाविक रूपले परमेश्वरलाई प्रेम गरेकोले होइन। परमेश्वरले हामीलाई चुन्नुभएकोले र हामीलाई पूर्वनियुक्त गर्नुभएकोले आज हामीलाई विजय गरिएको, र उहाँको गवाही दिन सक्छौं, उहाँको सेवा गर्न सक्छौं; यसरी, उहाँले हामीलाई चुन्नुभएको र रक्षा गर्नुभएकोले पनि, हामी शैतानको शक्तिबाट बचाइएका र छुटाइएका छौं, अनि फोहोरलाई त्यागेर ठूलो रातो अजिङ्गरको देशमा शुद्ध हुन सक्छौं।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (२)
परमेश्वरका दैनिक वचनहरू अंश २०१
आखिरी दिनहरूको कामले सबै नियमहरू तोड्दछ, अनि तँ श्रापित भए पनि वा दण्डित भए पनि, जबसम्म तैँले मेरो काममा सहायता गर्छस् र आजको विजयको कामका निम्ति उपयोगी हुन्छस्, तब तँ मोआबको सन्तान भए पनि वा ठूलो रातो अजिङ्गरको सन्तान नै भए पनि, तैँले कामको यस चरणमा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्छस् र तैँले गर्न सक्ने सक्दो गर्छस् भने, पाउनु पर्ने प्रभाव प्राप्त हुनेछ। तँ ठूलो रातो अजिङ्गरको सन्तान होस्, र तँ मोआबको सन्तान होस्; समग्रमा भन्ने हो भने, जो मासु र रगतका हुन् तिनीहरू सबै सृष्टि गरिएका प्राणीहरू हुन् र तिनीहरू सृष्टिकर्ताद्वारा बनाइएका थिए। तँ सृष्टि गरिएको प्राणी होस्, तँसँग कुनै विकल्प हुनु हुँदैन, र यो तेरो कर्तव्य हो। अवश्य, आज सृष्टिकर्ताको काम सम्पूर्ण ब्रह्माण्डप्रति निर्देशित छ। तिमीहरू जुन वंशबाट आएको सन्तान भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीहरू सृष्टि गरिएका प्राणीहरू, तिमीहरू—जो मोआबको सन्तान हौ—सृष्टि गरिएका प्राणीहरूका भाग हौ, फरक यति मात्र छ कि तिमीहरूको मूल्य कम छ। आज, परमेश्वरको काम सबै सृष्टि गरिका प्राणीहरूको माझमा र सारा ब्रह्माण्डमा गरिने भएकोले, सृष्टिकर्ता उहाँको काम गर्नका निम्ति कुनै पनि मानिसहरू, विषयहरू वा थोकहरू चुन्न स्वतन्त्र हुनुहुन्छ। तँ कुन वंशबाट आएको होस् भन्ने कुरालाई उहाँले परवाह गर्नुहुन्न; तँ उहाँका सृष्टि गरइएका प्राणीहरूमध्येको एउटा होस्, र तँ उहाँको काम, अर्थात् विजय र गवाहीको कामका निम्ति फाइदाजनक हुन्छस् भने, उहाँले तँभित्र कुनै संकोचविना उहाँको काम पूरा गर्नुहुनेछ। यसले मानिसहरूका परम्परागत धारणाहरूलाई चकनाचूर पार्छ, जुनचाहिँ यही हुन् कि परमेश्वरले अन्यजातिहरूका बीचमा कहिल्यै पनि काम गर्नुहुनेछैन, विशेष गरी तिनीहरूका माझमा जो श्रापित र तुच्छ छन्; किनकि जो श्रापित छन्, तिनीहरूबाट भविष्यमा आउने सबै पुस्ताहरू पनि सदाका लागि श्रापित हुनेछन्, जसको निम्ति मुक्ति पाउने कुनै पनि सम्भावना हुँदैन; परमेश्वरले कहिल्यै पनि अन्यजातिहरूको देशमा ओर्लेर काम गर्नुहुनेछैन, र उहाँले फोहोरको देशमा कहिल्यै पनि खुट्टा टेक्नुहुनेछैन, किनकि उहाँ पवित्र हुनुहुन्छ। परमेश्वरको आखिरी दिनहरूको कामद्वारा यी सबै धारणाहरू चकनाचूर पारिएका छन्। यो जान कि परमेश्वर सबै सृष्टि गरिएका प्राणीहरूका परमेश्वर हुनुहुन्छ, स्वर्गहरू, पृथ्वी र सबै थोकमाथि उहाँको अधिकार छ, अनि उहाँ इस्राएलका मानिसहरूका मात्र परमेश्वर हुनुहुन्न। त्यसैले, चीनमा भएको यो कामको ठूलो महत्त्व छ, अनि के यो सबै देशहरूमा फैलिनेछैन र? भविष्यको ठूलो गवाही चीनमा मात्र सीमित हुनेछैन; यदि परमेश्वरले तिमीहरूलाई जित्नु मात्र सक्नुभयो भने, के भूतात्माहरू विश्वस्त हुन सक्छन्? तिनीहरू विजय हुनु भनेको के हो, वा परमेश्वरको महान् शक्ति भनेको के हो बुझ्दैनन्, अनि जब सारा ब्रह्माण्डमा रहेका परमेश्वरका चुनिएका मानिसहरूले अन्तिम प्रभावहरू देख्छन्, तब सबै सृष्टि गरिएका प्राणीहरू जितिनेछन्। मोआबका सन्तानहरूभन्दा बढी पिछडिएको वा भ्रष्ट कोही पनि छैन। सबैभन्दा भ्रष्ट, परमेश्वरलाई स्वीकार नगर्ने वा परमेश्वर हुनुहुन्छ भनेर विश्वास नगर्ने मानिसहरू जितिएपछि, अनि तिनीहरूले आफ्नो मुखले परमेश्वरलाई स्वीकार गरे, उहाँलाई प्रशंसा गरे, अनि उहाँलाई प्रेम गर्न सके भने मात्रै यो विजयको गवाही बन्नेछ। तिमीहरू पत्रुस नभए पनि, तिमीहरू पत्रुसको स्वरूपमा जिउँछौ, तिमीहरूले पत्रुसको र अय्यूबको गवाही धारण गर्न सक्छौ, र यो सबैभन्दा ठूलो गवाही हो। अन्त्यमा तिमीहरूले यसो भन्नेछौ: “हामी इस्राएलीहरू होइनौं, तर मोआबको त्यागिएका सन्तान हौं, हामी पत्रुस होइनौं, जसको क्षमता प्राप्त गर्न हामी असक्षम छौं, न त अय्यूब हौं, अनि हामीलाई परमेश्वरको लागि दुःख भोग्ने र आफैलाई परमेश्वरमा समर्पण गर्ने पावलको संकल्पसित तुलना गर्न सकिँदैन, र हामी धेरै पछौटे हौं, र यसैले हामी परमेश्वरको आशिष प्राप्त गर्न अयोग्य छौं। आज पनि परमेश्वरले हामीलाई माथि उठाउनुभएको छ; त्यसकारण हामीले परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ, र हामी अपर्याप्त क्षमता वा योग्यताका भए पनि, हामी परमेश्वरलाई सन्तुष्ट पार्न तयार छौं—हामीसँग यो संकल्प छ। हामी मोआबका सन्तानहरू हौं, र हामी श्रापित थियौं। यो परमेश्वरको घोषणा थियो, र हामी यसलाई परिवर्तन गर्न सक्दैनौं, तर हाम्रो जीवनशैली र हाम्रो ज्ञान परिवर्तन हुन सक्छ, र हामी परमेश्वरलाई सन्तुष्ट पार्ने सङ्कल्प गर्छौं।” जब तँसँग यो संकल्प हुन्छ, तब त्यसले तिमीहरूलाई विजय गरिँदैछ भन्ने प्रमाणित गर्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (२)
परमेश्वरका दैनिक वचनहरू अंश २०२
विजयको कामको लक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको देहले अबउप्रान्त विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्वरबारे नयाँ ज्ञान प्राप्त गरोस्, मानिसको हृदय परमेश्वरमा पूर्ण रूपमा समर्पित होस र मानिसले परमेश्वरको निम्ति हुने आकांक्षा राखोस् भन्ने हो। मानिसहरूले आफ्नो स्वभाव वा देह परिवर्तन हुँदा त्यसलाई विजय प्राप्त भएको कुराको रूपमा लिँदैनन्; जब मानिसको सोच, चेतना र समझ परिवर्तन हुन्छ, भन्नुको अर्थ, जब तेरो सम्पूर्ण मनोवृत्ति परिवर्तन हुन्छ—त्यसबेला तँ परमेश्वरद्वारा जितिएको हुन्छस्। जब तैँले समर्पित हुने सङ्कल्प गर्छस् र नयाँ मानसिकता अपनाउँछस्, जब तैँले परमेश्वरका वचनहरू र काममा आफ्नो कुनै पनि विचार वा अभिप्रायहरू ल्याउँदैनस् र जब तेरो दिमागले सामान्य रूपमा सोचविचार गर्न सक्छ—भन्नुको मतलब, जब तैँले सम्पूर्ण हृदयले आफैलाई परमेश्वरको निम्ति प्रयोगमा ल्याउँछस्—तब तँ त्यस्तो मानिस बन्छस्, जो पूर्ण रूपमा जितिएको हुन्छ। धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्न र आफ्नो देहको विरुद्धमा विद्रोह गर्न सक्छन्। कष्ट भोग्न सक्ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो प्रकृतिलाई अलिकति पनि काटछाँट गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्वरको प्रतिरूप हुन्छ। परमेश्वरका लागि कष्ट भोग्ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँका अभिप्रायबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्वरका अभिप्रायहरू पूरा गर्ने कुरा सुनिश्चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्वरको ज्ञान कसरी प्राप्त गर्ने भन्ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्न, बरु तिनीहरूले कल्पना गरेका परमेश्वर, तिनीहरूले सुनेका परमेश्वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्वरका निम्ति कष्ट भोग्न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्वरले गर्न चाहनुभएको परमेश्वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्वरका अभिप्रायअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दुःख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्ने पत्रुसले पनि परमेश्वरका अभिप्रायअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले काटछाँट वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्! दर्शन र परमेश्वरको कामको नयाँ ज्ञानविना, तँलाई जितिएको हुँदैन। तब परमेश्वरलाई पछ्याउने तेरो तरिका कष्ट भोग्ने र उपवास बस्नेहरूको जस्तो थोरै मूल्यको हुनेछ! यो ठ्याक्कै के हो भने, तिनीहरूले जे गर्छन् त्यसमा गवाही थोरै मात्र हुन्छ, त्यसैले म भन्छु, तिनीहरूको सेवा व्यर्थ छ! आफ्नो जीवनभरि तिनीहरूले कष्ट भोग्छन् अनि झ्यालखानमा समय बिताउँछन्; तिनीहरू सधैँ सहनशील र प्रेमिलो हुन्छन् अनि सधैँ क्रूस बोक्छन्, संसारद्वारा तिनीहरूको हाँसो उडाइन्छ र तिनीहरूलाई अस्वीकार गरिन्छ, तिनीहरूले हरप्रकारका कठिनाइ अनुभव गर्छन् र तिनीहरू अन्त्यसम्म आज्ञाकारी भए तापनि, अझै पनि जितिएका हुँदैनन् र जितिएको कुराको कुनै गवाही दिन सक्दैनन्। तिनीहरूले ठूलो पीडा भोगेका हुन्छन्, तर भित्रचाहिँ परमेश्वरलाई पटक्कै चिन्दैनन्। तिनीहरूका पुराना सोचहरू, पुराना धारणाहरू, धार्मिक अभ्यासहरू, मानवनिर्मित ज्ञान र मानवीय विचारहरूलाई काटछाँट गरिएको छैन। तिनीहरूमा नयाँ ज्ञानको कुनै छनक नै छैन। परमेश्वरसम्बन्धी तिनीहरूको ज्ञान थोरै पनि सत्य वा सही हुँदैन। तिनीहरूले परमेश्वरका अभिप्रायहरूलाई गलत बुझेका हुन्छन्। के यो परमेश्वरप्रति सेवा हो र? विगतमा परमेश्वरसम्बन्धी तेरो ज्ञान जे-जस्तो भए पनि, यदि त्यो आज त्यस्तै रहिरहन्छ भने, र परमेश्वरले जे गर्नुभए पनि उहाँसम्बन्धी तेरो ज्ञान तैँले तेरा आफ्नै धारणा र विचारहरूमा आधारित गर्न जारी राख्छस् भने, भन्नुको अर्थ, यदि तँमा परमेश्वरसम्बन्धी कुनै नयाँ र साँचो ज्ञान छैन भने, र यदि तँ परमेश्वरको साँचो रूप र स्वभावलाई जान्न असफल हुन्छस् भने, यदि परमेश्वरसम्बन्धी तेरो ज्ञान सामन्ती, अन्धविश्वासपूर्ण सोचबाट निर्देशित छ र मानव कल्पना र धारणाबाट उत्पन्न भएको छ भने, तँ जितिएको छैनस्। मैले तँलाई अहिले धेरै वचनहरू बताउनु भनेको तँलाई यी वचनहरू जान्न दिनु र यो ज्ञानले तँलाई अझ नयाँ र सही ज्ञानमा डोऱ्याओस् भनेर हो; मैले यी कुराहरू भन्नुको उद्देश्य तँमा भएका ती पुराना धारणाहरू र पुरानो ज्ञान काटछाँट गर्नका लागि पनि हो ताकि तैँले नयाँ ज्ञान प्राप्त गर्न सकोस्! यदि तैँले साँच्चै मेरा वचनहरू खाइस् र पिइस् भने, तेरो ज्ञानमा धेरै परिवर्तन हुनेछ। जबसम्म तँ समर्पित हृदयसहित परमेश्वरका वचनहरू खान्छस् र पिउँछस्, तबसम्म तेरो दृष्टिकोणलाई उल्टाइनेछ। जबसम्म तँ बारम्बार दोहोरिने सजायहरू स्वीकार गर्न सक्छस्, तबसम्म तेरो पुरानो मानसिकता बिस्तारै परिवर्तन हुनेछ। जबसम्म तेरो पुरानो मानसिकताको स्थान पूर्ण रूपमा नयाँ मानसिकताले लिन्छ, तबसम्म तेरो अभ्यास पनि सोहीअनुरूप परिवर्तन हुनेछ। यस तरिकाले, तेरो सेवा झन्-झन् लक्ष्यमा केन्द्रित हुनेछ र तँ झन् बढी परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्षम हुनेछस्। यदि तैँले तेरो जीवन, मानव जीवनसम्बन्धी तेरो ज्ञान र परमेश्वरसम्बन्धी तेरा धेरै धारणाहरू परिवर्तन गर्न सकिस् भने, तेरो प्राकृतिकपन बिस्तारै घट्दै जान्छ। जब परमेश्वरले मानिसहरूलाई जित्नुहुन्छ, तब यो र यस्तो कुनै पनि कुरामा त्यसको प्रभाव हुँदैन, यो मानिसहरूभित्र हुन आउने प्रभाव हो। यदि परमेश्वरप्रतिको तेरो विश्वासमा तैँले आफ्नो देहलाई वशमा राख्न र सहन अनि कष्ट भोग्न मात्र जानेका छस् भने, र त्यो सही हो कि गलत भनी तँलाई थाहा छैन, त्यो कसको खातिर गरिएको हो भन्ने पत्तोसमेत छैन भने, त्यस्तो अभ्यासले कसरी परिवर्तनतर्फ डोर्याउन सक्छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (३)
परमेश्वरका दैनिक वचनहरू अंश २०३
सिद्ध पारिनु भनेको के हो? विजय गरिनु भनेको के हो? मानिसहरू विजय गरिनका लागि कुन-कुन सर्तहरू पूरा हुनुपर्छ? अनि तिनीहरू सिद्ध पारिनका लागि कुन-कुन सर्तहरू पूरा गरिनुपर्छ? विजय गर्नु र सिद्ध पार्नु दुवैको उद्देश्य मानिसलाई पूर्ण पार्नु हो ताकि ऊ आफ्नो सुरुको स्वरूपमा पुनर्स्थापित हुन सकोस्, र आफ्ना शैतानी भ्रष्ट स्वभावहरू र शैतानको प्रभावबाट मुक्त हुन सकोस्। यो विजय गर्ने काम मानिसमा गरिने कामको प्रक्रियाको सुरुमा आउँछ; यो नै कामको पहिलो चरण हो। सिद्ध पार्नु भनेको दोस्रो चरण हो, र यो अन्तिम काम हो। सबै मानिस विजय गरिने प्रक्रियाबाट गुज्रनैपर्छ। यदि त्यसो भएन भने, तिनीहरूले कसैगरी परमेश्वरलाई चिन्नेछैनन्, न त तिनीहरूलाई परमेश्वर हुनुहुन्छ भन्ने नै थाहा हुनेछ, अर्थात्, परमेश्वरलाई स्वीकार गर्न तिनीहरूका लागि असम्भव हुनेछ। अनि यदि मानिसहरू परमेश्वरलाई स्वीकार गर्दैनन् भने, परमेश्वरद्वारा पूर्ण पारिन पनि तिनीहरूका लागि असम्भव हुन्छ, किनकि तिनीहरूले यो पूर्णताका लागि सर्तहरू पूरा गर्दैनन्। यदि तँ परमेश्वरलाई स्वीकार समेत गर्दैनस् भने, तँ उहाँलाई कसरी चिन्न सक्छस्? तँ उहाँलाई कसरी पछ्याउन सक्छस्? तैँले उहाँलाई गवाही दिन पनि सक्नेछैनस्, र तँसँग उहाँलाई सन्तुष्ट पार्ने विश्वास त झनै हुनेछैन। त्यसैले, पूर्ण पारिन चाहने जोकोहीका लागि, पहिलो चरण भनेको विजयको काम अनुभव गर्ने नै हुनुपर्छ। यो पहिलो सर्त हो। तर विजय गर्नु र सिद्ध पार्नु दुइटैको उद्देश्य मानिसहरूमा काम गर्नु र तिनीहरूलाई परिवर्तन गर्नु हो, र यी दुवै मानिसलाई व्यवस्थापन गर्ने काममै पर्छन्। कसैलाई सिद्ध व्यक्ति बनाउने दुइटा चरण यिनै हुन्, र दुवै अपरिहार्य छन्। यो साँचो हो कि “विजय गरिनु” भन्ने कुरा त्यति राम्रो सुनिँदैन, तर वास्तवमा, कसैलाई विजय गर्ने प्रक्रिया भनेको उसलाई परिवर्तन गर्ने प्रक्रिया हो। एक पटक तँलाई विजय गरिएपछि, तेरा भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिएका नहुन सक्छन्, तर तैँले तिनलाई चिनेको हुनेछस्। विजयको काममार्फत, तैँले आफ्नो निकृष्ट मानवता, साथै आफ्नो धेरै विद्रोहीपनलाई चिनेको हुनेछस्। विजयको कामको छोटो अवधिभित्र तैँले यी कुरालाई फाल्न वा परिवर्तन गर्न नसक्ने भए पनि, तैँले तिनलाई चिन्नेछस्, र यसले तेरो सिद्धताको जग बसाल्नेछ। यसरी, विजय गर्ने र सिद्ध पार्ने दुइटै काम मानिसहरूलाई परिवर्तन गर्न, तिनीहरूलाई तिनीहरूका शैतानी भ्रष्ट स्वभावहरूबाट मुक्त गरेर आफूलाई पूर्ण रूपमा परमेश्वरमा सुम्पन सक्ने बनाउनका निम्ति गरिन्छन्। यति मात्र हो कि विजय गरिनु भनेको मानिसहरूको स्वभाव परिवर्तन गर्ने पहिलो चरण हो, साथै मानिसहरूले आफूलाई पूर्ण रूपमा परमेश्वरमा सुम्पने पहिलो चरण हो, र यो सिद्ध पारिने चरणभन्दा तल्लो स्तरको हो। विजय गरिएको व्यक्तिको जीवन स्वभाव सिद्ध पारिएको व्यक्तिको भन्दा ज्यादै कम परिवर्तन हुन्छ। “विजय गरिनु” र “सिद्ध पारिनु” लाई फरक-फरक नाम दिइएका छन् किनभने ती कामका भिन्न-भिन्न चरण हुन् र तिनले मानिसहरूसँग भिन्न-भिन्न मानकहरूको माग गर्छन्; विजयले मानिसहरूसँग तल्लो स्तरका मानकहरूको माग गर्छ, जबकि सिद्धताले तिनीहरूसँग उच्च स्तरका मानकहरूको माग गर्छ। सिद्ध पारिएकाहरू धर्मी मानिस हुन्, तिनीहरू पवित्र पारिएका हुन्छन्; तिनीहरू मानवजातिलाई व्यवस्थापन गर्ने कामका ठोस रूप, वा अन्तिम नतिजा हुन्। तिनीहरू सिद्ध मानिस नभए पनि अर्थपूर्ण जीवन जिउन खोज्ने मानिस हुन्। अर्कोतर्फ, विजय गरिएकाहरू मौखिक रूपमा मात्रै परमेश्वरको अस्तित्वलाई स्वीकार गर्छन्, र परमेश्वर देहधारी हुनुभएको छ, वचन देहमा देखा पर्नुभएको छ, र परमेश्वर न्याय र सजायको काम गर्न पृथ्वीमा आउनुभएको छ भन्ने मात्रै स्वीकार गर्छन्। यसबाहेक, तिनीहरू परमेश्वरको न्याय र सजाय, साथै उहाँको प्रहार र शोधन सबै मानिसका लागि लाभदायक छन् भनी स्वीकार गर्छन्। तिनीहरूमा भर्खरै मात्र केही हदसम्म मानव रूप आउन थालेको हुन्छ। तिनीहरूसँग जीवनबारे केही अन्तर्ज्ञान हुन्छ, तर यो पनि तिनीहरूका लागि अस्पष्ट नै रहेको हुन्छ। अर्को शब्दमा भन्दा, तिनीहरूमा भर्खरै मात्र अलिकति मानवता आउन थालेको हुन्छ। विजय गरिनुका प्रभावहरू यस्ता हुन्छन्। जब मानिसहरू सिद्धताको मार्गमा पाइला टेक्छन्, तब तिनीहरूका पुराना स्वभावहरू परिवर्तन हुन सक्छन्। त्योसँगै, तिनीहरूको जीवन निरन्तर बढ्दै जान्छ, र तिनीहरू बिस्तारै सत्यताभित्र अझ गहिराइमा प्रवेश गर्छन्। तिनीहरू संसारलाई र सत्यता नपछ्याउने सबैलाई घृणा गर्न सक्छन्। विशेष गरी, तिनीहरू आफूलाई घृणा गर्ने मात्र होइन, त्योभन्दा बढी, तिनीहरू आफूलाई स्पष्ट रूपमा चिन्छन्। तिनीहरू सत्यताद्वारा जिउन इच्छुक हुन्छन्, तिनीहरू सत्यता पछ्याउनुलाई आफ्नो लक्ष्य बनाउँछन्, र तिनीहरू आफ्नै दिमागका सोचहरूभित्र जिउन अनिच्छुक हुन्छन्। तिनीहरू मानिसको आत्म-धार्मिकता, अहङ्कार, र अभिमानप्रति घृणा महसुस गर्छन्, तिनीहरू शिष्टताको बलियो भावनाका साथ बोल्छन्, कामकुरा सामना गर्दा तिनीहरूसँग खुट्ट्याउने क्षमता र बुद्धि हुन्छ, र तिनीहरू परमेश्वरप्रति बफादार र समर्पित हुन्छन्। यदि तिनीहरूले सजाय र न्यायको एउटा घटना अनुभव गरे भने, तिनीहरू नकारात्मक वा कमजोर नहुने मात्र होइन, तिनीहरू परमेश्वरबाट आउने यो सजाय र न्यायप्रति कृतज्ञ हुन्छन्, र तिनीहरू परमेश्वरको सजाय र न्यायविना रहन सकिँदैन, यसले तिनीहरूलाई सुरक्षा दिन्छ भन्ने विश्वास गर्छन्। तिनीहरू शान्ति र आनन्दको विश्वास र धित मरुञ्जेल खान खोज्ने विश्वासलाई पछ्याउँदैनन्। न त तिनीहरू अस्थायी दैहिक आनन्दहरू नै पछ्याउँछन्। यो त सिद्ध पारिएकाहरूसँग हुने कुरा हो। मानिसहरूलाई विजय गरिएपछि, तिनीहरू परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, तर त्यो स्वीकार तिनीहरूमा सीमित तरिकाहरूमा मात्र प्रकट हुन्छ। वास्तवमा वचन देहमा देखा पर्नुको अर्थ के हो? देहधारणको अर्थ के हो? देहधारी परमेश्वरले के गर्नुभएको छ? उहाँको कामको लक्ष्य र महत्त्व के हो? उहाँको यति धेरै कामको अनुभव गरेपछि, देहमा उहाँका कार्यहरूको अनुभव गरेपछि, तैँले के प्राप्त गरेको छस्? यी सबै कुरा बुझेपछि मात्रै तँ विजय गरिएको व्यक्ति हुनेछस्। यदि तँ परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छु भनेर मात्रै भन्छस्, तर तैँले त्याग्नुपर्ने कुरा त्याग्दैनस्, र दैहिक आनन्दहरू त्याग्नुपर्ने बेलामा तँ तिनलाई त्याग्न असफल हुन्छस्, बरु सधैँझैँ दैहिक आनन्दहरूको लालसा गरिरहन्छस्, र यदि तँ दाजुभाइ-दिदीबहिनीहरूविरुद्ध कुनै पनि पूर्वाग्रहहरू त्याग्न असक्षम छस्, र धेरै वटा सरल अभ्यासहरू गर्दा कुनै मूल्य चुकाउँदैनस् भने, यसले तँ अझै विजय गरिएको छैनस् भन्ने प्रमाणित गर्छ। त्यस्तो अवस्थामा, तैँले धेरै कुरा बुझेको भए पनि, त्यो सबै व्यर्थ हुनेछ। विजय गरिएकाहरू त्यस्ता मानिस हुन् जसले केही प्रारम्भिक परिवर्तन र प्रारम्भिक प्रवेश हासिल गरेका हुन्छन्। परमेश्वरको न्याय र सजायको अनुभव गर्दा मानिसहरूले परमेश्वरबारे प्रारम्भिक ज्ञान, र सत्यताबारे प्रारम्भिक बोध प्राप्त गर्छन्। तँ धेरै वटा गहिरा, अझ विस्तृत सत्यताहरूको वास्तविकतामा पूर्ण रूपमा प्रवेश गर्न असक्षम होलास्, तर तँ धेरै वटा आधारभूत सत्यतालाई अभ्यासमा लागू गर्न सक्षम हुन्छस्, जस्तै तेरो वास्तविक जीवनमा तेरा दैहिक आनन्दहरू वा तेरो व्यक्तिगत हैसियतसँग सम्बन्धित सत्यताहरू। अवश्य पनि, यी सबै विजय गरिने क्रममा मानिसहरूमा हासिल हुने परिणाम हुन्। विजय गरिएकामा पनि स्वभाव परिवर्तन देख्न सकिन्छ; उदाहरणका लागि, तिनीहरूको लुगा लगाउने र आफूलाई सजाउने तरिका, र तिनीहरू जिउने तरिका—यी सबै परिवर्तन हुन सक्छन्। परमेश्वरप्रतिको विश्वासबारे तिनीहरूको दृष्टिकोण परिवर्तन हुन्छ, तिनीहरू आफ्नो पछ्याइका लक्ष्यहरूबारे प्रस्ट हुन्छन्, र तिनीहरूसँग अझ ठूला सङ्कल्पहरू हुन्छन्। विजयको कामको बेलामा, तिनीहरूको जीवन स्वभावमा पनि सोहीअनुरूपका परिवर्तनहरू देखा पर्छन्। परिवर्तनहरू त हुन्छन्, तर ती सतही र प्रारम्भिक अवस्थाका हुन्छन्, र सिद्ध पारिएकाहरूको स्वभाव र पछ्याइका लक्ष्यहरूमा हुने परिवर्तनहरूभन्दा धेरै कम हुन्छन्। विजय गरिने क्रममा, यदि कुनै व्यक्तिको स्वभाव पटक्कै परिवर्तन हुँदैन, र उसले कुनै सत्यता प्राप्त गर्दैन भने, त्यो व्यक्ति रद्दी हो, र पूर्ण रूपमा काम नलाग्ने हुन्छ! विजय नगरिएका मानिसहरूलाई सिद्ध पार्न सकिँदैन! यदि कुनै व्यक्ति विजय गरिन मात्र खोज्छ भने, विजयको कामको समयमा उसको स्वभावले सोहीअनुरूपका निश्चित परिवर्तनहरू देखाए पनि, उसलाई पूर्णतया पूर्ण पार्न सकिँदैन। उसले प्राप्त गरेका प्रारम्भिक सत्यताहरू पनि गुमाउनेछ। विजय गरिएका र सिद्ध पारिएकाहरूको स्वभावमा हुने परिवर्तनका बीचमा ठूलो भिन्नता हुन्छ। तर विजय गरिनु भनेको परिवर्तनको पहिलो चरण हो; यो नै जग हो। यो प्रारम्भिक परिवर्तनको कमी हुनु भनेको व्यक्तिले वास्तवमा परमेश्वरलाई पटक्कै चिन्दैन भन्ने कुराको प्रमाण हो, किनकि यो ज्ञान न्यायबाट आउँछ, र यस्तो न्याय विजयको कामको एउटा प्रमुख पाटो हो। त्यसैले, जो सिद्ध पारिएका छन् तिनीहरू सबै जना पहिले विजय गरिनैपर्छ; यदि त्यसो भएन भने, तिनीहरू सिद्ध पारिने कुनै उपाय छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (४)
परमेश्वरका दैनिक वचनहरू अंश २०४
आज, तिमीहरूकै बचावटका खातिर, मेरो काम सुचारु रूपमा अघि बढोस् भन्नका निम्ति, र सम्पूर्ण ब्रह्माण्डभित्र मेरो आरम्भिक काम सही र सिद्ध रूपमा सम्पन्न हुन सकोस् भनेर, म तिमीहरूलाई यसरी चेतावनी दिन्छु, जसद्वारा प्रत्येक देश र राष्ट्रका मानिसहरूकहाँ मेरा वचनहरू, अख्तियार, प्रताप र न्याय प्रकट होऊन्। म जुन काम तिमीहरूमाझ गर्छु, त्यो सारा ब्रह्माण्डभित्रको मेरो कामको सुरुआत हो। अहिले आखिरी दिनहरूको समय आइसकेको भए पनि यो जान कि “आखिरी दिनहरू” अरू केही नभएर एउटा युगको नाउँ मात्रै हो, एउटा युगलाई जनाउने शब्द हो; ठ्याक्कै व्यवस्थाको युग र अनुग्रहको युगले जस्तै, यसले अन्तिम केही वर्ष वा महिनालाई मात्र नभएर सम्पूर्ण युगलाई नै जनाउँछ। तर आखिरी दिनहरू अनुग्रहको युग र व्यवस्थाको युगजस्ता होइनन्। आखिरी दिनहरूको काम इस्राएलमा गरिँदैन, अन्यजातिहरूका माझमा गरिन्छ; यो कामले इस्राएलभन्दा बाहिरका सबै राष्ट्र र जातिका मानिसहरूलाई मेरो सिंहासनसामु विजय गर्छ, ताकि ब्रह्माण्डमा रहेको मेरो महिमाले ब्रह्माण्ड र आकाशमण्डललाई भर्न सकोस्। यो मैले अझ ठूलो महिमा प्राप्त गर्न सकूँ, पृथ्वीका सबै सृजित प्राणीले असङ्ख्य राष्ट्रकहाँ, पछिका पुस्ताहरूमाझ सधैँभरि मेरो महिमा फैलाउन सकून्, र स्वर्ग र पृथ्वीमा भएका सबै सृजित प्राणीले पृथ्वीमा मैले प्राप्त गरेको सारा महिमा देख्न सकून् भन्नका लागि हो। आखिरी दिनहरूको अवधिमा गरिने काम विजयको काम हो। यो पृथ्वीमा हुने सबै मानिसलाई आफ्नो सांसारिक जीवन जिउन मार्गनिर्देशन गर्नु होइन, बरु पृथ्वीमा मानवजातिको अविनाशी, हजारौँ वर्ष लामो कष्टको जीवनको समापन हो। फलस्वरूप, आखिरी दिनहरूको काम इस्राएलको कामजस्तो हुन सक्दैन, जुन केही हजार वर्ष चलेको थियो, न त त्यो यहूदियाको काम जस्तो नै हुन सक्छ, जुन केही वर्ष मात्र चलेको र त्यसपछि परमेश्वरको दोस्रो देहधारण नहुञ्जेल दुई हजार वर्षसम्म जारी रहेको थियो। आखिरी दिनहरूका मानिसहरू देहमा पुनः देखा पर्नुभएको मुक्तिदातासँग मात्र अन्तरक्रिया गर्छन्, अनि तिनीहरूले परमेश्वरका व्यक्तिगत काम र वचनहरू प्राप्त गर्छन्। आखिरी दिनहरू समाप्त हुन दुई हजार वर्ष लाग्नेछैन; ती त येशूले यहूदियामा अनुग्रहको युगको काम गर्नुभएको समय जस्तै छोटो हुन्छन्। किनकि आखिरी दिनहरू सम्पूर्ण युगको समाप्तिसँग सम्बन्धित छन्। ती परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको समापन र समाप्तिसँग, अनि मानवजातिको कष्टको जीवन यात्राको समाप्तिसँग सम्बन्धित छन्। ती सम्पूर्ण मानवजातिलाई अर्को युगमा लैजानु वा मानवजातिको जीवनलाई जारी रहने अनुमति दिनुसँग सम्बन्धित छैनन्; मेरो व्यवस्थापनको योजना वा मानिसको अस्तित्वका निम्ति त्यसको कुनै महत्त्व हुने थिएन। यदि मानवजाति यसरी नै अघि बढिरह्यो भने, ढिलो-चाँडो तिनीहरू दुष्ट दियाबलसद्वारा पूर्ण रूपमा निलिनेछन्, अनि ती आत्मा, जो मेरा हुन्, अन्ततः त्यसको हातद्वारा नाश गरिनेछन्। मेरो काम छ हजार वर्षसम्म मात्र रहन्छ, अनि मैले सारा मानवजातिमाथि रहेको दुष्टको नियन्त्रण छ हजार वर्षसम्म रहने अनुमति मात्र दिएको छु। त्यसैले, अब समय समाप्त भएको छ। म अब उप्रान्त न त जारी राख्न चाहन्छु न त ढिलाइ गर्न नै चाहन्छु: म आखिरी दिनहरूको दौरान शैतानलाई पूर्णतः पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा मेरो स्वामित्वमा रहेका सबै प्राणहरूलाई म फिर्ता लिनेछु, ताकि यी व्यथित प्राणहरू कष्टको समुद्रबाट उम्कन सकून्, अनि यसरी पृथ्वीमा मेरो सम्पूर्ण काम समाप्त हुनेछ। यो दिन उप्रान्त, म पृथ्वीमा फेरि कहिल्यै देह बन्नेछैनँ, अनि सबैमाथि सार्वभौम रहेको मेरो आत्माले फेरि कहिल्यै पृथ्वीमा काम गर्नेछैन। म त पृथ्वीमा एउटा मानवजातिलाई पुनर्सिर्जना मात्र गर्नेछु, त्यस्तो मानवजाति जुन पवित्र पारिएको छ र जुन पृथ्वीमा मेरो विश्वासयोग्य सहर हो। तर तैँले के जान्नुपर्छ भने, म सम्पूर्ण संसारलाई नष्ट गर्नेछैनँ, न त म सारा मानवजातिलाई नै नष्ट गर्नेछु। म बाँकी रहेको त्यो एक तिहाइलाई राख्नेछु—त्यो एक तिहाइ जो मद्वारा पूर्ण रूपमा विजय गरिएको छ र मलाई प्रेम गर्छ, र म यो एक तिहाइलाई पृथ्वीमा फलदायी र वृद्धि हुने तुल्याउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए; तिनीहरूले मैले तिनीहरूलाई पोषण गर्न प्रयोग गर्ने प्रशस्त भेडा र गाईबस्तु, साथै पृथ्वीका सारा प्रचुरता पाउनेछन्। यो मानवजाति सदासर्वदा मेरो साथमा रहनेछ, तैपनि यो आजको अत्यन्तै फोहोर मानवजाति हुनेछैन, तर मद्वारा प्राप्त गरिएका सबै मानिसहरूको झुन्ड रहेको मानवजाति हुनेछ। त्यस्तो मानवजाति शैतानको हानि, बाधा वा घेराउमा पर्नेछैन, र त्यो मात्र त्यस्तो मानवजाति हुनेछ जुन मैले शैतानलाई पराजित गरेपछि पृथ्वीमा निरन्तर जिइरहन्छ। यो त्यही मानवजाति हो जो आज मद्वारा विजय गरिएको छ र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। र त्यसकारण, आखिरी दिनहरूका दौरान विजय गरिएको मानवजाति त्यही मानवजाति पनि हो जो बाँकी रहनेछ र जसले मेरा अनन्त आशिष्हरू प्राप्त गर्नेछ। तिनीहरू मात्र शैतानमाथि मेरो विजयको प्रमाण, र शैतानसँगको युद्धबाट प्राप्त भएका फल हुनेछन्। लडाइँका यी फल मद्वारा शैतानको शक्तिबाट बचाइएका हुन्, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र परिष्कृत नतिजा र फल हुन्। तिनीहरू प्रत्येक राष्ट्र र सम्प्रदायबाट, सारा ब्रह्माण्डभित्रका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका हुन्छन्, तिनीहरूका फरक-फरक भाषा, रीतिरिवाज, र वर्ण हुन्छन्, र तिनीहरू विश्वको प्रत्येक राष्ट्र र सम्प्रदायमा, र संसारको हरेक कुनामा समेत फैलिएका छन्। आखिरीमा, तिनीहरू एकसाथ मिलेर पूर्ण मानवजाति निर्माण गर्नेछन्, मानिसको एउटा यस्तो सभा जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैनन्। मानवजातिमध्ये जसलाई मद्वारा मुक्ति दिइएको र विजय गरिएको छैन तिनीहरू चुपचाप समुद्रको गहिराइमा डुब्नेछन्, अनि अनन्तकालसम्म मेरो भस्म पार्ने ज्वालामा जल्नेछन्। म यो पुरानो, अति नै फोहोरी मानवजातिलाई सखाप पार्नेछु, जसरी मैले मिश्र ज्येष्ठ पुत्रहरू, गाईवस्तु, र भेडाहरूलाई सखाप पारेको थिएँ, अनि थुमाको मासु खाने, थुमाको रगत पिउने, ढोकाको चौकोसमा थुमाको रगत छ्याप्ने इस्राएलीहरूलाई मात्र छोडिदिएको थिएँ। के मद्वारा विजय गरिएका र मेरो परिवारका मानिसहरू पनि तिनै मानिस होइनन् र जो थुमाको अर्थात् मेरो मासु खान्छन् र थुमाको अर्थात् मेरो रगत पिउँछन्, अनि मद्वारा छुटकारा दिइएका छन् र मेरो आराधना गर्छन्? के यस्ता मानिसहरूको साथमा सधैँ मेरो महिमा हुँदैन र? के थुमाको अर्थात् मेरो मासु नपाउनेहरू धेरै पहिले चुपचाप समुद्रको गहिराइमा डुबेका छैनन् र? आज तिमीहरू मेरो प्रतिरोध गर्छौ, र आज मेरा वचनहरू त्यस्तै छन् जस्तो वचन यहोवाले इस्राएलका छोराहरू र नातिहरूसित बोल्नुभएको थियो। तैपनि, तिमीहरूको हृदयको गहिराइमा हठीपन छ र तिमीहरू मेरो क्रोध सञ्चित गरिरहेका छौ, जसले तिमीहरूको देहमाथि अझ धेरै दुःख, तिमीहरूको पापमाथि अझ धेरै न्याय, र तिमीहरूको अधार्मिकतामाथि अझ धेरै क्रोध निम्त्याइरहेको छ। यदि तिमीहरू आज मसित यस्तो व्यवहार गर्छौ भने मेरो रिसको दिनमा को बच्न सक्छ? मेरो सजायको दृष्टिबाट कसको अधार्मिकता उम्कन सक्छ? कसका घोर अन्यायहरू म, सर्वशक्तिमान्को हातबाट फुत्किन सक्छ? कसको प्रतिरोध म, सर्वशक्तिमान्को न्यायबाट उम्कन सक्छ? म, यहोवा, यसरी, तिमीहरू, अन्यजाति परिवारका सन्तानहरूलाई भन्दछु, र मैले तिमीहरूसित बोलेका यी वचनहरू व्यवस्थाको युग र अनुग्रहको युगमा बोलेका सबै वचनहरूभन्दा उच्च छन्, तर तिमीहरू मिश्रका सबै मानिसहरूभन्दा बढी हठी छौ। के मैले शान्त रूपमा मेरो काम गरिरहँदा तिमीहरू मेरो रिस सञ्चित गर्दैनौ र? म, सर्वशक्तिमान्को दिनबाट तिमीहरू सुरक्षित स्थितिमा कसरी उम्कन सक्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहको कोही पनि रिसको दिनबाट उम्कन सक्दैन
परमेश्वरका दैनिक वचनहरू अंश २०५
तिमीहरूले आफ्ना सबै कुराहरू मेरो कामको लागि समर्पण गर्नुपर्छ। तिमीहरूले मलाई फाइदा हुने काम गर्नुपर्छ। तिमीहरूमा अभाव भएका कुराहरू मबाट प्राप्त गर्न सक भनेर तिमीहरूले नबुझ्ने सबै कुराहरू तिमीहरूलाई बुझाउन म तयार छु। तिमीहरूका कमी-कमजोरीहरू गन्न नै नसकिने भए तापनि तिमीहरूले मबाट लाभ प्राप्त गर्न सक र तिमीहरूमा अभाव रहेको र संसारले कहिले पनि नदेखेको महिमा प्राप्त गर्न सक भनेर मेरो अन्तिम दया म तिमीहरूलाई दिँदै मैले तिमीहरूमा गर्नुपर्ने काम जारी राख्न म तयार छु। मैले यति धेरै वर्ष काम गरेँ तापनि कुनै पनि मानिसले मलाई चिनेको छैन। मैले कसैलाई पनि नभनेको रहस्यको कुरा म तिमीहरूलाई बताउने इच्छा गर्दछु।
मानिसहरूबीच, म आत्मा थिएँ जसलाई तिनीहरूले देख्न सक्थेनन्, त्यो आत्मा जससँग तिनीहरू कहिल्यै सम्पर्कमा आउन सक्थेनन्। पृथ्वीमा मेरो तीन चरणको काम (संसारको सृष्टि, छुटकारा र विनाश) का कारण, तिनीहरूमाझ मेरो काम गर्न म तिनीहरूबीच विभिन्न समयमा देखा पर्छु (सार्वजनिक रूपमा कहिल्यै होइन)। छुटकाराको युग दौरान म पहिलो पटक मानिसहरूमाझ आएँ। अवश्य नै, म यहूदी परिवारमा आएँ, यसैले, परमेश्वर पृथ्वीमा आउनुभएको पहिलो पटक देख्ने मानिसहरू यहूदीहरू नै थिए। मैले मेरो छुटकाराको काम गर्नका लागि मेरो देहधारी देहलाई पापबलिका रूपमा प्रयोग गर्न चाहेकोले नै मैले यो काम व्यक्तिगत रूपमा गरेको हुँ। तसर्थ, अनुग्रहको युगमा मलाई पहिलो पटक देख्ने यहूदीहरू नै थिए। मैले देहमा काम गरेको पहिलो पटक त्यही नै थियो। राज्यको युगमा, मेरो काम विजय गर्नु र सिद्ध पार्नु हो, यसैले म फेरि मेरो गोठालो गर्ने काम देहमा नै गर्छु। मैले देहमा काम गरिरहेको यो दोस्रो पटक हो। कामका अन्तिम दुई चरणमा, उप्रान्त मानिसहरू सम्पर्कमा आउने अदृश्य र अमूर्त आत्मासँग होइन बरु त्यो व्यक्तिसँग हो जो देहमा साकार हुनुभएको आत्मा हुनुहुन्छ। यसैले, मानिसका आँखामा, म फेरि मानव बन्छु, ममा परमेश्वरको कुनै सङ्केत हुँदैन। त्यसमाथि, मानिसहरूले देख्ने परमेश्वर पुरुष मात्र हुनुहुन्न, महिला पनि हुनुहुन्छ, जुन तिनीहरूका लागि सबैभन्दा अचम्म लाग्दो र बुझ्न गाह्रो कुरा हो। बारम्बार, मेरो असाधारण कामले अत्यन्तै धेरै वर्षदेखि कायम राखिएका पुराना विश्वासहरूलाई चकनाचुर पारेको छ। मानिसहरू छक्क परेका छन्! परमेश्वर पवित्र आत्मा, आत्मा, सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्न, मानव पनि हुनुहुन्छ—साधारण मानव, अत्यन्तै आम मानव पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र होइन, स्त्री पनि हुनुहुन्छ। उहाँहरू उस्तै हुनुहुन्छ किनकि उहाँहरू दुवै मानिसबाट जन्मनुभएको हो, फरक के छ भने एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानवबाट जन्मिनुभयो, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। परमेश्वरका दुवै देहधारी देहले परमेश्वर पिताको काम लिनुभएकाले भन्ने तथ्यमा उहाँहरू उस्तै हुनुहुन्छ, र एक जनाले छुटकाराको काम गर्नुभयो जबकि अर्कोले विजयको काम गर्नुहुन्छ त्यसैले फरक हुनुहुन्छ। दुवैले परमेश्वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेमिलो-दयालुपन र कृपाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्वर हुनुहुन्छ। एक जना छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ, जबकि अर्कोचाहिँ विजयको काम पूरा गर्ने धर्मी परमेश्वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो। यतिका वर्षसम्म, मानिसहरूले आत्मा र मानिस, पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखेका छन्, यसरी, मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्न सक्दैनन्, र तिनीहरू म अस्तित्वमा वास्तवमै भएजस्तो, तैपनि म मिथ्या सपना भएजस्तो सधैँ मलाई आधा विश्वास गर्छन् र आधा शङ्का गर्छन्, त्यसकारण, आजको दिनसम्म, मानिसहरूले परमेश्वर के हुनुहुन्छ भनेर अझै जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो सारांश साँच्चै निकाल्न सक्छस्? के तँ साँच्चै, “येशू नै परमेश्वर हुनुहुन्छ, र परमेश्वर नै येशू हुनुहुन्छ” भन्ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै “परमेश्वर नै आत्मा हुनुहुन्छ र आत्मा नै परमेश्वर हुनुहुन्छ” भन्ने हिम्मत गर्छस्? के तँ “परमेश्वर देहको भेषमा आउनुभएको मानव मात्र हुनुहुन्छ” भन्ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्चै “येशूको स्वरूप परमेश्वरको महान् स्वरूप हो” भन्ने हिम्मत छ? परमेश्वरको स्वभाव र स्वरूपलाई पूर्ण रूपमा व्याख्या गर्नका निम्ति के तँ आफ्नो साहित्यिक क्षमता प्रयोग गर्न सक्छस्? के तँ “परमेश्वरले आफ्नो स्वरूपमा पुरुषलाई मात्र बनाउनुभयो, महिलालाई होइन” भन्ने हिम्मत गर्न सक्छस्? यदि तैँले यसो भनिस् भने कुनै पनि महिला मैले चुनिएका भित्र पर्दैनन्, महिलाहरू मानवजातिको एक वर्ग हुनु त परै जाओस्। अब परमेश्वर के हुनुहुन्छ भन्ने कुरा तँ साँच्चै जान्दछस्? के परमेश्वर मानव हुनुहुन्छ? के परमेश्वर आत्मा हुनुहुन्छ? के परमेश्वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्न लागेको काम येशूले मात्र पूरा गर्न सक्नुहुन्छ? यदि मेरो सारको सारांश निकाल्न माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गर्छस् भने, तँ अत्यन्तै अज्ञानी बफादार भक्त होस्। यदि मैले एक पटक मात्र देहधारणको काम गरेँ भने, के तिमीहरू मलाई सीमित गर्नेथियौ? के तैँले मलाई एकै नजरमा पूर्ण रूपमा साँच्चै बुझ्न सक्छस्? तेरा जीवनकालमा तैँले भोगेका कुराहरूकै आधारमा पूर्ण रूपमा साँच्चै मेरो सारांश निकाल्न सक्छस्? यदि मेरा दुवै देहधारणहरूमा मैले एउटै काम गरेको भए, तिमीहरूले मलाई कसरी बुझ्नेथियौ? के तिमीहरू मलाई सधैँका निम्ति क्रूसमा टाँगिदिने थियौ? के परमेश्वर तैँले भनेजस्तो साधारण हुनुहुन्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको बारेमा तेरो बुझाइ के छ?
परमेश्वरका दैनिक वचनहरू अंश २०६
अघिल्ला दुइटा युगको कामको एउटा चरण इस्राएलमा र एउटा यहूदियामा सम्पन्न गरिएको थियो। सामान्य रूपमा भन्नुपर्दा, यस कामको कुनै पनि चरण इस्राएलबाहिर गएन, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूमाथि गरियो। फलस्वरूप, इस्राएलीहरू यहोवा परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभएको र त्यहाँ उहाँले क्रुसीकरणको काम पूरा गर्नुभएको हुनाले, यहूदीहरू उहाँलाई यहूदी मानिसहरूको उद्धारकर्ताका रूपमा हेर्छन्। तिनीहरू सोच्छन्, उहाँ अरू कुनै मानिसहरूको नभई यहूदीहरूको मात्र राजा हुनुहुन्छ; उहाँ बेलायतीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, न त अमेरिकीहरूलाई छुटकारा दिने प्रभु नै हुनुहुन्छ, बरु इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; उहाँले इस्राएलमा यहूदीहरूलाई नै छुटकारा दिनुभएको थियो। वास्तवमा, परमेश्वर यावत् थोकको सार्वभौम हुनुहुन्छ। उहाँ सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्न, न त यहूदीहरूको मात्र परमेश्वर नै हुनुहुन्छ; उहाँ सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँको कामका अघिल्ला दुइटा चरण इस्राएलमा भएका थिए, र यसको परिणामस्वरूप मानिसहरूले निश्चित धारणाहरू विकास गरेका छन्। तिनीहरू यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयम्ले आफ्नो काम यहूदियामा सम्पन्न गर्नुभयो, र त्यसबाहेक, येशूले यो काम देहमा गर्नुभयो भनी विश्वास गर्छन्। कुरा जेसुकै भए पनि, तिनीहरू यो काम इस्राएलबाहिर फैलिएन भन्ने सोच्छन्। परमेश्वरले मिश्रीहरू वा भारतीयहरूमाथि काम गर्नुभएन; उहाँले इस्राएलीहरूमाथि मात्र काम गर्नुभयो। यसरी मानिसहरू विभिन्न धारणाहरू बनाउँछन्, र परमेश्वरको कामलाई एक निश्चित दायरासम्म सीमित गर्छन्। तिनीहरू भन्छन्, परमेश्वरले काम गर्दा चुनिएका मानिसहरूमाथि र इस्राएलमा नै गर्नुपर्छ; परमेश्वर इस्राएलीहरूबाहेक अरू कसैमाथि काम गर्नुहुन्न, न त उहाँको कामको अझ कुनै ठूलो दायरा नै छ। तिनीहरू देहधारी परमेश्वरलाई नियन्त्रणमा राख्ने कुरामा विशेष गरी कडिकडाइ गर्छन्, र उहाँलाई इस्राएलको सिमानाबाहिर जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणा मात्रै होइनन् र? परमेश्वरले सबै स्वर्ग र पृथ्वी अनि यावत् थोक बनाउनुभयो, उहाँले सबै सृजित प्राणी बनाउनुभयो, त्यसैले उहाँले आफ्नो काम इस्राएलमा मात्र कसरी सीमित गर्न सक्नुहुन्थ्यो र? यदि त्यसो भएको भए, उहाँले सबै सृजित प्राणी बनाउनुको के अर्थ हुन्थ्यो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले आफ्नो छ हजार वर्षे व्यवस्थापन योजना इस्राएलमा मात्र नभई ब्रह्माण्डका हरेक व्यक्तिमाथि लागू गर्नुभएको छ। चाहे तँ जोसुकै होस्—चिनियाँ, अमेरिकी, बेलायती, रुसी—हरेक व्यक्ति आदमको सन्तति हो; तिनीहरू सबै परमेश्वरद्वारा बनाइएका हुन्। तिनीहरूमध्ये एक जना पनि सृजित प्राणीहरूको सिमानाबाट उम्कन सक्दैन, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमको सन्तति” भन्ने उपाधिबाट अलग गर्न सक्दैन। तिनीहरू सबै सृजित प्राणी हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै आदम र हव्वाका भ्रष्ट तुल्याइएका सन्तति पनि हुन्। इस्राएलीहरू मात्र नभई सबै मानिस सृजित प्राणी हुन्; यति मात्र हो, कतिपय श्रापित भएका छन्, र कतिपय आशिषित् भएका छन्। इस्राएलीहरूका बारेमा स्वीकार्य कुराहरू धेरै छन्; तिनीहरू सबैभन्दा कम भ्रष्ट भएका हुनाले परमेश्वरले सुरुमा तिनीहरूमाथि काम गर्नुभयो। चिनियाँहरू तिनीहरूको तुलनामा आउँदैनन्; उनीहरू धेरै कम स्तरका छन्। त्यसैले, परमेश्वरले सुरुमा इस्राएलका मानिसहरूमाझ काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरण यहूदियामा मात्र लागू गरिएको थियो—जसले गर्दा मानिसहरूमाझ धेरै धारणा र प्रावधानहरू उत्पन्न भएका छन्। वास्तवमा, यदि परमेश्वरले मानव धारणाहरूअनुसार काम गर्नुभएको भए, उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुनेथियो, र यसरी उहाँले आफ्नो काम अन्यजाति राष्ट्रहरूमा फैलाउन सक्नुहुनेथिएन, किनकि उहाँ इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुनेथियो, र सबै सृजित प्राणीको परमेश्वर हुनुहुनेथिएन। अगमवाणीहरूले यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ, यो अन्यजाति राष्ट्रहरूसम्म फैलिनेछ भनी भनेका थिए। यो अगमवाणी किन गरियो? यदि परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्र काम गर्नुहुनेथियो। यसबाहेक, उहाँले यो काम फैलाउनुहुनेथिएन, र त्यस्तो अगमवाणी गर्नुहुनेथिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, पक्कै पनि आफ्नो काम अन्यजाति राष्ट्रहरूमाझ, हरेक देश र सबै भूमिमा फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नैपर्छ; यो उहाँको योजना हो, किनकि उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने प्रभु, र सबै सृजित प्राणीको परमेश्वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूमाथि, वा सम्पूर्ण यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्ने काम सम्पूर्ण ब्रह्माण्डको काम, र सम्पूर्ण मानवजातिको काम हो। आज उहाँले ठूलो रातो अजिङ्गरको देशमा—अन्यजाति राष्ट्रमा—गर्ने काम पनि सम्पूर्ण मानवजातिकै काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्थ्यो; त्यसैगरी, चीन पनि अन्यजाति राष्ट्रहरूमाझ उहाँको कामको आधार हुन सक्छ। के उहाँले अब “यहोवाको नाम अन्यजाति राष्ट्रहरूमाझ महान् हुनेछ” भन्ने अगमवाणी पूरा गर्नुभएको छैन र? अन्यजाति राष्ट्रहरूमाझ उहाँको कामको पहिलो कदम यही काम, उहाँले ठूलो रातो अजिङ्गरको देशमा गर्ने काम हो। देहधारी परमेश्वरले यस भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूमाथि काम गर्नुपर्छ भन्ने कुरा मानव धारणाहरूसँग विशेष गरी बाझिन्छ; यिनीहरू सबैभन्दा तल्लो स्तरका मानिस हुन्, तिनीहरूको कुनै मूल्य छैन, र तिनीहरू सुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरू अरू मानिसद्वारा त्यागिन सक्छन्, तर यदि तिनीहरू परमेश्वरद्वारा त्यागिए भने, तिनीहरूभन्दा हैसियतविहीन अरू कोही हुँदैन, तिनीहरूभन्दा कम मूल्यको अरू कोही हुँदैन। सृजित प्राणीका हकमा, शैतानको अधीनमा पर्नु वा मानिसहरूद्वारा त्यागिनु धेरै पीडा हुने कुरा हो—तर सृजित प्राणी सृष्टिकर्ताद्वारा त्यागिनुको अर्थ उसको हैसियत त्योभन्दा तल हुन सक्दैन भन्ने हो। मोआबका सन्ततिहरू श्रापित थिए, र तिनीहरू यस पिछडिएको देशमा जन्मिए; निस्सन्देह, अन्धकारको प्रभावमुनि रहेका सबै मानिसमध्ये मोआबका सन्ततिहरूको हैसियत सबैभन्दा निम्न छ। यी मानिसहरू अहिलेसम्म सबैभन्दा निम्न हैसियतका भएका हुनाले, तिनीहरूमाथि गरिएको कामले मानव धारणाहरूलाई सबैभन्दा बढी चकनाचुर पार्छ, र त्यो परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजनाको सम्पूर्ण कामका लागि सबैभन्दा लाभदायक पनि छ। यी मानिसहरूमाथि यस्तो काम गर्दा मानव धारणाहरूलाई सबैभन्दा राम्ररी चकनाचुर पार्न सकिन्छ, र यसैद्वारा परमेश्वर एउटा युग आरम्भ गर्नुहुन्छ; यसैद्वारा उहाँ सबै मानव धारणाहरूलाई चकनाचुर पार्नुहुन्छ; यसैद्वारा उहाँ सम्पूर्ण अनुग्रहको युगको काम अन्त्य गर्नुहुन्छ। उहाँको प्रारम्भिक काम यहूदियामा, इस्राएलको सिमानाभित्र लागू गरिएको थियो, अन्यजाति राष्ट्रहरूमाझ, उहाँले नयाँ युग आरम्भ गर्न कुनै काम गर्नुभएन। कामको अन्तिम चरण अन्यजातिहरूमाथि मात्र लागू गरिँदैन, बरु श्रापित भएकाहरूमाथि अझ बढी गरिन्छ। यो एउटा पक्ष शैतानलाई अपमानित गर्न सबैभन्दा सक्षम प्रमाण हो, र यसरी, परमेश्वर ब्रह्माण्डका सबै सृजित प्राणीको परमेश्वर, यावत् थोकको प्रभु, जीवन भएका सबै कुराका लागि आराधनाको पात्र “बन्नुहुन्छ”।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर सारा सिर्जित प्राणीका प्रभु हुनुहुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश २०७
आज, परमेश्वरले कुन नयाँ काम सुरु गर्नुभएको छ भनी अझै नबुझ्नेहरू पनि छन्। अन्यजाति राष्ट्रहरूमाझ, परमेश्वरले एउटा नयाँ सुरुवात ल्याउनुभएको छ। उहाँले एउटा नयाँ युग सुरु गर्नुभएको छ, र नयाँ कामको थालनी गर्नुभएको छ—र उहाँ यो काम मोआबका सन्ततिहरूमाथि गर्नुहुन्छ। के यो उहाँको सबैभन्दा नयाँ काम होइन र? युगौँयुगदेखि कसैले पनि यो काम पहिले कहिल्यै अनुभव गरेको छैन। कसैले यसबारे सुनेको समेत छैन, झन् यसलाई बुझ्ने त कुरै छोडौँ। परमेश्वरको बुद्धि, परमेश्वरको आश्चर्यकर्म, परमेश्वरको अथाहपन, परमेश्वरको महानता, र परमेश्वरको पवित्रता सबै कामको यस चरण, आखिरी दिनहरूको काममार्फत प्रकट हुन्छन्। के यो नयाँ काम, मानव धारणाहरूलाई चकनाचुर पार्ने काम होइन र? यसरी सोच्नेहरू पनि छन्: “परमेश्वरले मोआबलाई श्राप दिनुभएकाले र उहाँले मोआबका सन्ततिहरूलाई त्याग्ने भन्नुभएकाले, अब उहाँले तिनीहरूलाई कसरी मुक्ति दिन सक्नुहुन्थ्यो र?” यिनीहरू परमेश्वरद्वारा श्रापित भएका र इस्राएलबाट निकालिएका अन्यजाति हुन्; इस्राएलीहरू तिनीहरूलाई “अन्यजाति कुकुर” भन्थे। सबैको दृष्टिकोणमा, तिनीहरू अन्यजाति कुकुर मात्र होइनन्, त्योभन्दा खराब, विनाशका पुत्र हुन्; अर्थात्, तिनीहरू परमेश्वरका चुनिएका मानिस होइनन्। सुरुमा तिनीहरू इस्राएलको सिमानाभित्र जन्मेका भए पनि, तिनीहरू इस्राएलका मानिसहरूको भाग होइनन्, र तिनीहरूलाई निष्कासित गरेर अन्यजाति राष्ट्रहरूमा पठाइएको थियो। तिनीहरू मानिसहरूमध्यै सबैभन्दा निम्न स्तरका हुन्। तिनीहरू मानवजातिमध्ये सबैभन्दा निम्न स्तरका भएकाले नै परमेश्वर तिनीहरूमाथि नयाँ युगको आरम्भ गर्ने आफ्नो काम सम्पन्न गर्नुहुन्छ, किनकि तिनीहरू भ्रष्ट मानवजातिका प्रतिनिधि हुन्। परमेश्वरको काम अन्धाधुन्ध वा उद्देश्यविहीन हुँदैन; उहाँले आज यी मानिसहरूमाथि गर्ने काम सृजित प्राणीहरूमाथि गरिने काम पनि हो। नोआ सृजित प्राणी थिए, उनका सन्ततिहरू पनि त्यस्तै हुन्। संसारमा मासु र रगतले बनेको जोकोही सृजित प्राणी हो। परमेश्वरको काम सबै सृजित प्राणीप्रति लक्षित हुन्छ; यो कोही सृष्टि गरिएपछि श्रापित भयो कि भएन भन्ने कुरामा निर्भर हुँदैन। उहाँको व्यवस्थापन काम सबै सृजित प्राणीप्रति लक्षित हुन्छ, श्रापित नभएका ती चुनिएका मानिसहरूप्रति होइन। परमेश्वरले आफ्नो काम आफ्ना सृजित प्राणीहरूमाथि गर्ने अभिप्राय राख्नुहुने हुनाले, पक्कै पनि यसलाई सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, र उहाँले ती मानिसहरूमाथि काम गर्नुहुनेछ जो उहाँको कामका लागि लाभदायक छन्। त्यसकारण, मानिसहरूमाथि काम गर्नुहुँदा उहाँ सबै प्रावधान तोड्नुहुन्छ; उहाँका लागि “श्रापित,” “सजाय पाएको” र “आशिषित्” भन्ने शब्दहरू अस्तित्वमा हुँदैनन्! यहूदी मानिसहरू असल छन्, इस्राएलका चुनिएका मानिसहरू पनि असल छन्; तिनीहरू उच्च क्षमता र असल मानवता भएका मानिस हुन्। सुरुमा, यहोवाले तिनीहरूमाथि नै उहाँको कामको आरम्भ गर्नुभयो, र उहाँको सबैभन्दा प्रारम्भिक काम गर्नुभयो—तर आज तिनीहरूलाई विजयको कामको प्रापक बनाउनु अर्थहीन हुनेछ। तिनीहरू पनि सृजित प्राणीको भाग हुन सक्छन्, र तिनीहरूका बारेमा सकारात्मक कुरा धेरै हुन सक्छन्, तर तिनीहरूमाथि कामको यो चरण सम्पन्न गर्नु व्यर्थ हुनेछ; यसले मानिसहरूलाई विजय गर्न सक्नेछैन, न त यसले सबै सृजित प्राणीलाई विश्वस्त पार्न नै सक्नेछ। यो नै उहाँको कामलाई ठूलो रातो अजिङ्गरको देशका यी मानिसहरूमा सार्नुको उद्देश्य हो। यहाँ सबैभन्दा ठूलो महत्त्वको कुरा भनेको उहाँले एउटा युगको आरम्भ गर्नु, उहाँले सबै प्रावधान र सबै मानव धारणा तोड्नु र उहाँले सम्पूर्ण अनुग्रहको युगको काम अन्त्य गर्नु हो। यदि उहाँको वर्तमान काम अझै पनि इस्राएलीहरूमाथि लागू गरिन्थ्यो भने, उहाँको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुँदासम्म, सबैले परमेश्वर इस्राएलीहरूको मात्र परमेश्वर हुनुहुन्छ, इस्राएलीहरू मात्र परमेश्वरका चुनिएका मानिस हुन्, र इस्राएलीहरू मात्र परमेश्वरको आशिष् र प्रतिज्ञाको उत्तराधिकारी बन्न योग्य छन् भनी विश्वास गर्नेथिए। आखिरी दिनहरूको दौरान ठूलो रातो अजिङ्गरको अन्यजाति देशमा भएको परमेश्वरको देहधारणले सबै सृजित प्राणीको परमेश्वर हुने उहाँको काम सम्पन्न गर्छ, उहाँको सम्पूर्ण व्यवस्थापनको कार्य पूरा गर्छ, र उहाँको व्यवस्थापन कामको चुरो भागलाई ठूलो रातो अजिङ्गरको देशमा समाप्त गर्छ। कामका यी तीन चरणको चुरो मानिसको मुक्ति—अर्थात्, सबै सृजित प्राणीलाई सृष्टिकर्ताको आराधना गर्न लगाउनु हो। तसर्थ, कामको प्रत्येक चरणको ठूलो अर्थ छ; परमेश्वर अर्थ वा महत्त्वविनाको कुनै काम गर्नुहुन्न। एकातिर, कामको यस चरणले एउटा नयाँ युग ल्याउँछ र अघिल्ला दुइटा युगलाई अन्त्य गर्छ; अर्कोतिर, यसले मानिसहरूका सबै धारणा र मानिसहरूको विश्वास गर्ने सबै पुराना तरिका र कामकुरा बुझ्ने पुराना तरिकाहरूलाई चकनाचुर पार्छ। अघिल्ला दुइटा युगको काम विभिन्न मानव धारणाहरूअनुसार सम्पन्न गरिएको थियो; तर यस चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, यसरी मानवजातिलाई पूर्ण रूपमा विजय गर्छ। मोआबका सन्ततिहरूलाई विजय गरेर, मोआबका सन्ततिहरूमाथि गरिएको काममार्फत, परमेश्वरले सम्पूर्ण ब्रह्माण्डका मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यस चरणको सबैभन्दा गहन अर्थ यही हो, र यो उहाँको कामको यस चरणको सबैभन्दा मूल्यवान् पक्ष हो। अब तँलाई तेरो आफ्नै स्थान निम्न स्तरको छ र तँ निम्न मूल्यको होस् भन्ने थाहा भए पनि, तँलाई अझै पनि तैँले यति ठूलो आशिष्को उत्तराधिकार पाएको छस् र यति ठूलो प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्वरको यो महान् काम सम्पन्न गर्नका लागि मद्दत गर्न, परमेश्वरको साँचो मुहार हेर्न, परमेश्वरको अन्तर्निहित स्वभाव चिन्न, र परमेश्वरको इच्छा पालन गर्न सक्छस् भन्ने महसुस हुनेछ, जुन तँलाई सबैभन्दा आनन्ददायी कुरा लाग्नेछ। परमेश्वरको कामका अघिल्ला दुइटा चरण इस्राएलमा सम्पन्न गरिएका थिए। यदि आखिरी दिनहरूमा उहाँको कामको यो चरण पनि इस्राएलीहरूमाथि लागू गरिएको भए, सबै सृजित प्राणीले इस्राएलीहरू मात्र परमेश्वरका चुनिएका मानिस हुन् भनी विश्वास गर्ने मात्र नभई परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाले पनि त्यसको चाहेको नतिजा हासिल गर्न सक्नेथिएन। इस्राएलमा उहाँको कामका दुइटा चरण लागू गरिएको समयमा, अन्यजाति राष्ट्रहरूमाझ न त कुनै नयाँ काम—न त नयाँ युगको आरम्भ गर्ने कुनै काम—नै लागू गरियो। कामको आजको चरण—एउटा नयाँ युगको आरम्भ गर्ने काम—पहिले अन्यजाति राष्ट्रहरूमा लागू गरिन्छ, र त्यसबाहेक, सुरुमा मोआबका सन्ततिहरूमाथि लागू गरिन्छ, यसरी सम्पूर्ण युगको आरम्भ हुन्छ। परमेश्वरले मानव धारणाहरूभित्र रहेको कुनै पनि ज्ञानलाई चकनाचुर पार्नुभएको छ, त्यो कुनै पनि रहन दिनुभएको छैन। उहाँले आफ्नो विजयको काममा, मानव धारणाहरू र मानिसहरूका कामकुरा बुझ्ने पुराना, पहिलेका तरिकाहरूलाई चकनाचुर पार्नुभएको छ। उहाँ मानिसहरूलाई परमेश्वरसँग कुनै प्रावधानहरू छैनन्, परमेश्वरबारे कुनै कुरा पुरानो छैन, उहाँले गर्ने काम पूर्ण रूपमा मुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँ आफूले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर देखाउनुहुन्छ। तँ उहाँले सृजित प्राणीहरूमाथि गर्ने कुनै पनि कामप्रति पूर्ण रूपमा समर्पित हुनैपर्छ। उहाँले गर्ने सबै कामको अर्थ हुन्छ, र त्यो मानव रोजाइ र धारणाहरूअनुसार नभई उहाँको आफ्नै अभिप्राय र बुद्धिअनुसार सम्पन्न गरिन्छ। यदि कुनै कुरा उहाँको कामका लागि लाभदायक छ भने, उहाँ त्यो गर्नुहुन्छ; र यदि कुनै कुरा उहाँको कामका लागि लाभदायक छैन भने, त्यो जतिसुकै राम्रो भए पनि उहाँ गर्नुहुन्न! उहाँ आफ्नो कामको अर्थ र उद्देश्यअनुसार काम गर्नुहुन्छ अनि उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। उहाँ काम गर्दा, विगतका प्रावधानहरू पालन गर्नुहुन्न, न त उहाँ पुराना सूत्रहरू नै पालना गर्नुहुन्छ। बरु, उहाँ कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्ततः उहाँले एउटा वास्तविक परिणाम र अपेक्षित लक्ष्य हासिल गर्नुहुनेछ। यदि आज तैँले यी कुराहरू बुझिनस् भने, यस कामले तँमा कुनै प्रभाव पार्नेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर सारा सिर्जित प्राणीका प्रभु हुनुहुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश २०८
परमेश्वरको काममा आउने बाधाहरू कति ठूला छन्? के कहिल्यै कसैलाई थाहा भएको छ? गहिरो अन्धविश्वासका रङ्गहरूको पिँजरामा परेका मानिसहरूका हुनाले, कसले परमेश्वरको वास्तविक अनुहार जान्न सक्छ? यस्तो खोक्रो र हास्यास्पद पछौटे सांस्कृतिक ज्ञानद्वारा, तिनीहरूले कसरी परमेश्वरले बोल्नुभएका वचनहरूलाई पूर्ण रूपमा बुझ्न सक्थे? यहाँसम्म कि, तिनीहरूलाई आमने-सामने बताइँदा, र मुखदेखि मुखमा खुवाउँदा समेत, तिनीहरूले कसरी बुझ्न सक्दछन्? कहिलेकहीँ यस्तो हुन्छ मानौं परमेश्वरका वचनहरू बहिरा कानहरूमा परेको छ: मानिसहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, तिनीहरू आफ्नो टाउको हल्लाउँछन् र केही पनि बुझ्दैनन्। यो कसरी चिन्ताको विषय हुन सक्दैन? यो “टाढाको,[१] प्राचीन सांस्कृतिक इतिहास र सांस्कृतिक ज्ञान” ले यस्ता बेकम्मा मानिसहरूको समूहलाई पोषण दिएको छ। यो प्राचीन संस्कृति—अनमोल सम्पदा—फोहरको थुप्रो हो! यो धेरै पहिले नै अनन्त सर्म बन्यो, र यो कुरा उल्लेख गर्न पनि लायकको छैन! यसले मानिसहरूलाई परमेश्वरको विरोध गर्ने चाल र तरिकाहरू सिकाएको छ र राष्ट्रिय शिक्षाको “व्यवस्थित, कोमल मार्गदर्शन”[२] ले मानिसहरूलाई परमेश्वरप्रति अझ बढी विद्रोही बनाएको छ। परमेश्वरको कामको प्रत्येक भाग अत्यन्त कठिन छ, र पृथ्वीको उहाँको कामको हरेक चरणले परमेश्वरलाई तनाव दिइरहेको छ। पृथ्वीको उहाँको काम कति कठिन छ! पृथ्वीको परमेश्वरको कार्यका चरणहरूमा ठूलो कठिनाइ समावेश छ: किनकि मानिसको कमजोरी, कमीहरू, बालकपन, अज्ञानता, र मानिसका सबै कुराहरूका निम्ति परमेश्वरले सावधानीपूर्वक योजनाहरू बनाउनुहुन्छ र विचारशील बनेर ध्यान दिनुहुन्छ। मानिस कागजको बाघ जस्तो हो जसलाई कसैले प्रलोभन देखाउने वा उक्साउने आँट गर्दैन; अलिकति छुँदा मात्र उसले पछाडि फर्केर टोक्छ, वा अन्यथा ढल्छ र आफ्नो बाटो गुमाउँछ, र यो मानौं थोरै एकाग्रता हराएको जस्तो हो, ऊ फेरि फर्कन्छ, वा अन्यथा परमेश्वरलाई बेवास्ता गर्छ, वा आफ्ना आमाबुबाका सुँगुरहरू र कुकुरहरूकहाँ जान्छन् र तिनीहरूका शरीरका अशुद्ध कुराहरूमा लिप्त हुन्छन्। हो, कस्तो ठूलो बाधा! व्यावहारिक रूपमा उहाँको कामको हरेक चरणमा परमेश्वरको जाँच हुन्छ, र हरेक चरणमा परमेश्वर ठूलो खतरामा पर्नुहुन्छ। उहाँका वचनहरू साँचो र इमानदार अनि द्वेषरहित छन्, तापनि तिनलाई स्वीकार गर्न को इच्छुक हुन्छ? पूर्ण रूपले समर्पित हुन को तयार हुन्छ? यसले परमेश्वरको हृदय तोड्दछ। उहाँले मानिसका लागि दिन रात परिश्रम गर्नुहुन्छ, उहाँ मानिसको जीवनका लागि चिन्तित हुनुहुन्छ, र उहाँले मानिसको कमजोरीप्रति सहानुभूति राख्नुहुन्छ। उहाँले आफ्नो प्रत्येक चरणको काममा, उहाँले बोल्नुभएका प्रत्येक वचनमा धेरै वटा परिवर्तन र मोडहरू सहनुभएको छ; उहाँ सधैँ एउटा चट्टान र कठिन ठाउँको चेपारोमा हुनुहुन्छ, र हर घडी निरन्तर मानिसको कमजोरी, विद्रोहीपन, बालकपन र जोखिमको बारेमा सोच्नुहुन्छ। यसको बारेमा कसलाई कहिल्यै थाहा भएको छ? उहाँले कसमाथि भरोसा राख्न सक्नुहुन्छ? कसले बुझ्न सक्दछ? उहाँले सधैँ मानिसका पापहरू, र गर्नुपर्ने काम गर्ने साहस नभएको, हुतिहारा मानिसलाई घृणा गर्नुहुन्छ र सधैँ मानिसको कमजोरीका लागि चिन्ता गर्नुहुन्छ र मानिसको अगाडि रहेको मार्गको बारेमा विचार गर्नुहुन्छ। उहाँले मानिसका वचनहरू र कामहरू अवलोकन गर्ने क्रममा, उहाँ सधैँ कृपा र क्रोधले भरिनुहुन्छ, र सधैँ यी कुराको दृश्यले उहाँको हृदयमा पीडा ल्याउँदछ। आखिर, निर्दोषहरू स्तब्ध बनेका छन्; परमेश्वरले किन सधैँ उनीहरूका लागि परिस्थितिहरू कठिन बनाउनुपर्छ? कमजोर मानिसमा धैर्यको कमी हुन्छ; किन उनीहरूप्रति परमेश्वरको क्रोध कहिल्यै कम हुँदैन? कमजोर र शक्तिहीन मानिसमा अब थोरै पनि सामर्थ्य हुँदैन; किन परमेश्वरले सधैँ उसको विद्रोहीपनका लागि उसलाई हप्काउनुपर्छ? स्वर्गका परमेश्वरका धम्कीहरूको सामना गर्न सक्ने को छ र? आखिर, मानिस कमजोर छ, र अत्यन्तै कष्टको अवस्थामा छ, परमेश्वरले आफ्नो क्रोधलाई उहाँको मुटुमा धकेल्नुभएको छ, यसैले कि मानिसले बिस्तारै आफ्नो बारेमा मनन गर्न सकोस्। तापनि मानिस, जो गम्भीर समस्यामा छन्, उसले परमेश्वरका अभिप्रायहरूलाई रत्तीभर पनि बुझ्दैन; मानिसलाई शैतानको प्राचीन राजाले पाइतालामुनि कुल्चेको छ, तर ऊ पूर्ण रूपमा अनभिज्ञ छ, उसले सधैँ आफूलाई परमेश्वरको विरुद्धमा उभ्याउँछ, वा ऊ परमेश्वरप्रति न तातो, न चिसो हुन्छ। परमेश्वरले यति धेरै वचनहरू बोल्नुभएको छ, तापनि कसले ती कुराहरूलाई गम्भीरतापूर्वक लिएको छ र? मानिस परमेश्वरका वचनहरू बुझ्दैन, तापनि ऊ उदासीन र तृष्णारहित हुन्छ; उसले पुरानो दियाबलसको सार वास्तवमा कहिल्यै जानेको छैन। मानिसहरू पातालमा, नरकमा बस्छन्, तर तिनीहरू आफू “समुद्रमुनिको दरबार” मा बस्ने विश्वास गर्छन्; तिनीहरूलाई ठूलो रातो अजिङ्गरले सताउँछ, तापनि तिनीहरू आफू त्यस राज्यबाट “कृपा पाएको”[३] भन्ठान्छन्; दियाबलसले तिनीहरूलाई मूर्ख बनाउँछ तैपनि तिनीहरू आफूले देहको उत्कृष्ट कलाको आनन्द लिइरहेको भन्ठान्छन्। तिनीहरू कस्ता घृणित, तुच्छ नीचहरू हुन्! मानिसले दुर्भाग्यको सामना गरेको छ, तर उसलाई यो थाहा छैन, र यो अन्धकार समाजमा उसले एकपछि अर्को दुर्भाग्य[४] भोग्छ, तैपनि ऊ कहिल्यै ब्युँझेको छैन। उसले कहिले आफूप्रति दयालु हुने आफ्नो स्वभाव र दासको स्वभाव फाल्नेछ? ऊ किन परमेश्वरको हृदयको ख्याल गर्दैन? के ऊ चुपचाप यो उत्पीडन र कठिनाइ सहन गर्दछ? के उसले त्यो दिनको लागि आशा गर्दैन जब उसले अन्धकारलाई उज्यालोमा बदल्न सक्छ? के ऊ अन्याय गरिएको इन्साफ र सत्यता पुनः प्राप्त गर्न चाहँदैन? के ऊ मानिसहरूले सत्यतालाई इन्कार गरेको र तथ्यहरू बङ्ग्याएको हेरेर केही नगरी बस्न इच्छुक छ? के ऊ यो अन्याय सहिरहन इच्छुक छ? के ऊ दास हुन राजी छ? के ऊ यस असफल राज्यका दासहरूको साथमा परमेश्वरको हातमा नाश हुन तयार छ? तेरो संकल्प कहाँ छ? तेरो महत्त्वाकाङ्क्षा कहाँ छ? तेरो मर्यादा कहाँ छ? तेरो निष्ठा कहाँ छ? तेरो स्वतन्त्रता कहाँ छ? के त्यो ठूलो रातो अजिङ्गर, दियाबलसहरूका राजाका लागि तँ तेरो सम्पूर्ण जीवन अर्पण गर्न[५] इच्छुक छस्? के त्यसले तँलाई मृत्युसम्मै यातना दिन तँ त्यसलाई खुसीसाथ अनुमति दिन्छस्? गहिराइको अनुहार अस्तव्यस्त र अँध्यारो छ, जबकि यस्तो पीडा भोग्ने आम जनताले स्वर्गसँग पुकारा गर्छ र पृथ्वीसँग गुनासो गर्छ। मानिसले कहिले आफ्नो शिर ठाडो गर्न सक्नेछ? मानिस दुब्लो र पातलो छ, ऊ यो क्रूर र निरङ्कुश शैतानसँग कसरी लड्न सक्छ? किन उसले सकेसम्म चाँडो परमेश्वरलाई आफ्नो जीवन दिन सक्दैन? ऊ किन अझै पनि डगमगाउँछ? उसले परमेश्वरको काम कहिले समाप्त गर्न सक्छ? उसलाई बिना कुनै उद्देश्य यसरी हेपिन्छ र दमन गरिन्छ, र उसको सम्पूर्ण जीवन अन्ततः व्यर्थमा व्यतीत हुन्छ; ऊ पुग्न किन यति हतार गर्छ, र प्रस्थान गर्न किन त्यति हतार गर्छ? ऊ किन परमेश्वरलाई दिनका लागि कुनै बहुमूल्य कुरा राख्दैन? के उसले घृणाको सहस्राब्दीलाई बिर्सेको छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८)
फूटनोटहरू:
१. “टाढाको” शब्दलाई यहाँ गिल्ला गर्न प्रयोग गरिएको छ।
२. “व्यवस्थित, कोमल मार्गदर्शन” गिल्लाका निम्ति प्रयोग गरिएको छ।
३. “कृपा पाएका” भन्ने शब्द निर्जीव जस्तो देखिने र कुनै आत्म-जागरूकता नभएको जस्तो देखिने मानिसहरूलाई गिल्ला गर्न प्रयोग गरिन्छ।
४. “एकपछि अर्को दुर्भाग्य” मानिसहरू ठूलो रातो अजिङ्गरको भूमिमा जन्मेका थिए, र तिनीहरू आफ्नो शिर उच्च पार्न असमर्थ छन् भन्ने कुरालाई जनाउँछ।
५. “तेरो सम्पूर्ण जीवन अर्पण गर्न” भन्ने वाक्यलाई अपमानजनक अर्थमा प्रयोग गरिएको छ।
परमेश्वरका दैनिक वचनहरू अंश २०९
आजको मार्ग हिँड्न सजिलो छैन। यो भन्न सकिन्छ कि यो प्राप्त गर्न निकै गाह्रो छ, र युगौंयुगभरि यो अति दुर्लभ रहेको छ। तैपनि, मानिसको देह मात्रै पनि उसलाई बरबाद पार्न पर्याप्त हुन्छ भनी कसले सोचेको थियो र? आजको काम अवश्य नै वसन्तको झरीजस्तै अनमोल छ, र मानिसप्रति परमेश्वरको दयाजत्तिकै मूल्यवान् छ। तैपनि, यदि मानिसले उहाँको वर्तमान कामको उद्देश्य जान्दैन भने वा मानवजातिको सार बुझ्दैन भने, यसको अनमोलता र बहुमूल्यताको कुरा कसरी गर्न सकिन्छ? देह मानिसहरूको स्वामित्वमा हुँदैन, त्यसैले यसको वास्तविक गन्तव्य कहाँ हुनेछ भनेर कसैले पनि स्पष्ट रूपमा बुझ्न सक्दैन। तैपनि, तैँले यो राम्ररी जान्नुपर्छ कि सृष्टिका प्रभुले सृष्टि गरिएको मानवजातिलाई त्यसको सुरुको स्थानमा फर्काउनुहुनेछ, र तिनीहरूको सृष्टिको समयदेखिको मूल स्वरूप पुनर्स्थापित गर्नुहुनेछ। उहाँले मानिसभित्र फुकिदिनुभएको सास पूर्ण रूपमा फिर्ता लिनुहुनेछ, हड्डी र मासुलाई फेरि कब्जा गर्नुहुनेछ र सबै थोकलाई सृष्टिका प्रभुमा फर्काउनुहुनेछ। उहाँले मानवजातिलाई पूर्ण रूपमा रूपान्तरण र नवीकरण गर्नुहुनेछ, र मानिसबाट परमेश्वरको सम्पूर्ण सम्पदा फिर्ता लिनुहुनेछ जुन मानवजातिको नभई परमेश्वरको हो, र त्यो फेरि कहिल्यै मानवजातिलाई दिनुहुनेछैन। किनकि पहिलो कुरा त यो हो कि ती कुनै पनि कुरा मानवजातिको थिएनन्। उहाँले ती सबैलाई फिर्ता लिनुहुनेछ—यो अनुचित लुट होइन; बरु, यसको उद्देश्य त स्वर्ग र पृथ्वीलाई तिनीहरूको मूल अवस्थामा पुनर्स्थापित गर्नु, साथै मानिसलाई रूपान्तरण र नवीकरण गर्नु हो। यो मानिसको लागि उचित गन्तव्य हो, तापनि यो मानिसहरूले सोचेजस्तो देहलाई सजाय दिइएपछि फेरि आफ्नो बनाउने कुरा होइन। देह नष्ट भएपछि परमेश्वरले त्यसको अस्थिपञ्जर चाहनुहुन्न; उहाँ मानिसमा भएका मूल तत्त्वहरू चाहनुहुन्छ जुन सुरुदेखि नै परमेश्वरका थिए। यसैले, उहाँले मानवजातिलाई नष्ट गर्नुहुनेछैन वा मानिसको देहलाई पूर्ण रूपले नष्ट पार्नुहुनेछैन, किनकि मानिसको देह उसको निजी सम्पत्ति होइन। यो त मानवजातिलाई व्यवस्थापन गर्नुहुने परमेश्वरको अतिरिक्त भाग हो। उहाँले आफ्नो “आनन्द” का लागि मानिसका देहलाई कसरी नष्ट पार्न सक्नुहुन्छ र? अहिलेसम्म, के तैँले एक पैसा मूल्य पनि नपर्ने आफ्नो देहलाई वास्तवमै सम्पूर्ण रूपमा छोडेको छस्? यदि तैँले आखिरी दिनहरूको कामको तीस प्रतिशत मात्रै बुझ्न सकिस् भने (यो तीस प्रतिशत भन्नुको अर्थ पवित्र आत्माको आजको काम र आखिरी दिनहरूमा भएको परमेश्वरका वचनहरूको काम हो), तैँले अहिलेजसरी आफ्नो देहको “सेवा” गरिरहँदैनस् वा “सन्तानको भक्ति” कायम गरिरहँदैनस्; तेरो देह त धेरै वर्षदेखि भ्रष्ट रहेको छ। तँलाई के थाहा स्पष्ट हुनुपर्छ भने मानिसहरू अहिले अभूतपूर्व अवस्थामा विकसित भएका छन्, र तिनीहरू अब इतिहासका पाङ्ग्राहरूजस्तै अगाडि बढ्नेछैनन्। तेरो ढुसी परेको देह लामो समयदेखि झिँगाहरूद्वारा ढाकिएको छ, त्यसैले परमेश्वरले आजको दिनसम्म अघि बढ्न दिनुभएको इतिहासका पाङ्ग्राहरूलाई यसले कसरी उल्टाउन सक्छ? आखिरी दिनहरूको शान्त रूपमा चल्ने घडीलाई यसले फेरि कसरी टिक-टिक गर्ने बनाउन र त्यसका काँटाहरूलाई घडीकै दिशामा चल्ने बनाउन सक्छ? यसले बाक्लो कुहिरोमा ढाकिएको संसारलाई कसरी रूपान्तरण गर्न सक्छ? के तेरो देहले पहाडपर्वत र नदीनालालाई पुनर्जीवित पार्न सक्छ? तेरो शरीर जसको थोरै मात्र काम छ, के त्यसले साँच्चै तैँले अति नै चाहेको मानव संसार पुनर्स्थापित गर्न सक्छ? के तँ आफ्ना सन्तानलाई साँच्चै “मानव प्राणी” बन्ने शिक्षा दिन सक्छस्? के तैँले अहिले यो कुरा बुझिस्? तेरो शरीर वास्तवमा केको स्वामित्वमा छ? मानिसलाई मुक्ति दिनु, मानिसलाई सिद्ध पार्नु र मानिसलाई रूपान्तरण गर्नुको परमेश्वरको सुरुको अभिप्राय भनेको तँलाई एउटा सुन्दर मातृभूमि दिनु वा मानिसको देहलाई शान्तिपूर्ण विश्राम दिनु भन्ने थिएन; यो त उहाँको महिमा र उहाँको गवाहीको लागि, मानवजातिको भविष्यको अझ उत्तम आनन्दका लागि र यसरी तिनीहरूले चाँडै विश्राम गर्न सकून् भन्ने अभिप्रायको लागि थियो। अझै पनि, यो तेरो देहको निम्ति थिएन, किनकि मानिस परमेश्वरको व्यवस्थापनको पूँजी हो र मानिसको देह अतिरिक्त वस्तु मात्रै हो। (मानिस आत्मा र शरीर दुवै भएको एक वस्तु हो, जबकि देह नष्ट भएर जाने वस्तु मात्र हो। यसको अर्थ देह व्यवस्थापन योजनामा प्रयोग गरिने एउटा साधन हो भन्ने हुन्छ।) तँलाई थाहा हुनुपर्छ कि परमेश्वरले मानिसहरूलाई सिद्ध पार्ने, पूर्ण पार्ने र प्राप्त गर्ने कार्यले तिनीहरूको देहमा तरवार र चोटहरू, साथै अन्त्यहीन कष्ट, आगोको जलन, निर्दयी न्याय, सजाय, र श्रापहरू अनि असीम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानव व्यवस्थापन गर्ने कामको वास्तविक कथा र वास्तविकता यही हो। तर, यी सबै कुरा मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाण निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका खातिर हो। किनभने उहाँको काम मानवजातिका खातिर मात्र होइन, यो त सम्पूर्ण योजनाका खातिर पनि हो, साथै उहाँले मानवजाति सृष्टि गर्नुहुँदाको उहाँको मौलिक अभिप्राय पूरा गर्न पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभव कष्ट र आगोका परीक्षा हुन्, र मानिसको देहले तृष्णा गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन्, या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्वरसित सुन्दर समय बिताउने खुसीका क्षणहरूको आनन्द लिन त झनै सक्दैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्वरको सजायबाहेक अरू केही होइन, जसलाई मानिसले असंवेदनशील पाउँछ, मानौँ त्यसमा सामान्य समझ नै छैन। किनभने परमेश्वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुनेछ, जुन “मानिसप्रति असंवेदनशील हुन्छ”, र जसले मानिसका उल्लङ्घनहरू सहँदैन, र शत्रुहरूलाई घृणा गर्छ। परमेश्वरले कुनै पनि आवश्यक माध्यमद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँको काम अर्थात्, सारा मानवजातिको मुक्तिको काम, र पुरानो शैतानलाई नष्ट गर्ने काम समाप्त गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसलाई व्यवस्थापन गर्नुको उद्देश्य
परमेश्वरका दैनिक वचनहरू अंश २१०
आखिरी दिनहरू आइपुगेका छन् र विश्वभरिका देशहरू गोलमालमा छन्। राजनीतिक अस्तव्यस्तता छ, अनिकाल, रूढी, बाढी-पहिरो र खडेरी जताततै देखा परिरहेका छन्। मानिसको संसारमा प्रकोपहरू आउँछन्; स्वर्गले पनि विपत्हरू पठाएको छ। यी आखिरी दिनका चिन्हहरू हुन्। तर मानिसहरूका लागि त यो संसार रमाइलो र सानदार छ जस्तो देखिन्छ। संसार झन्-झन् चमकदार र आकर्षक बनिरहेको छ, मानिसहरूका हृदय सबै यसतिर तानिन्छ, र धेरै मानिसहरू यसमा फसेका छन् र आफूलाई यसबाट मुक्त गर्न सक्दैनन्; धेरै मानिसहरूलाई छल र जादुगरीमा संलग्न हुनेहरूले बहकाउनेछन्। यदि तँ प्रगतिका लागि प्रयास गर्दैनस्, आकाङ्क्षाहरू बोक्दैनस्, र तैँले साँचो मार्गमा जरा गाडेको छैनस् भने, तँलाई दुष्टताको छालले बगाइदिनेछ। सबै देशहरूमध्ये चीन सबैभन्दा पिछडिएको देश हो; यो त्यो देश हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्केर बस्छ, यसमा मूर्तिपूजा गर्ने र जादू-मन्त्र गर्ने सबैभन्दा धेरै मानिस छन्, यहाँ सबैभन्दा धेरै मन्दिर छन्, र यो अशुद्ध आत्माहरू बास गर्ने ठाउँ हो। तँ यहीँ जन्मेको थिइस्, तैँले यहीँबाट शिक्षा पाइस् र त्यसको प्रभावमा परिस्; तँ त्यसद्वारा भ्रष्ट पारिएको र सताइएको छस्, तर बिउँझिएपछि तैँले त्यसको विरुद्धमा विद्रोह गर्छस् र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन्छस्। यो परमेश्वरको महिमा हो, र यसैले कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्वरले यत्रो ठूलो काम गर्नुभएको छ, यति धेरै वचनहरू बोल्नुभएको छ, र उहाँले आखिरमा तिमीहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ—यो परमेश्वरको व्यवस्थापनको एउटा हिस्सा हो, र तिमीहरू शैतानसँगको परमेश्वरको लडाइँका “विजय गरी लुटिएका थोकहरू” हौ। तैँले सत्यता जति धेरै बुझ्छस् र तेरो मण्डली जीवन जति राम्रो हुन्छ, त्यति नै बढी त्यो ठूलो रातो अजिङ्गरलाई घुँडा टेकाइन्छ। यी सबै आत्मिक क्षेत्रका विषयहरू हुन्—ती आत्मिक क्षेत्रका लडाइँहरू हुन्, र जब परमेश्वर विजयी हुनुहुनेछ, शैतान लज्जित हुनेछ र ढल्नेछ। परमेश्वरको कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्वर यस्तो बृहत् मात्रामा काम गर्नुहुन्छ र मानिसहरूको यो समूहलाई पूर्ण रूपमा मुक्ति दिनुहुन्छ, ताकि तैँले शैतानको प्रभावबाट मुक्त हुन, पवित्र भूमिमा बस्न, परमेश्वरको ज्योतिमा रहन, र ज्योतिको नेतृत्व र अगुवाइ पाउन सकून्। अनि त्यसपछि तेरो जीवन अर्थपूर्ण हुन्छ। तिमीहरू जे खान्छौ र लाउँछौ त्यो गैरविश्वासीहरूको भन्दा फरक छ; तिमीहरू परमेश्वरका वचनहरूमा आनन्द लिन्छौ र अर्थपूर्ण जीवन जिउँछौ—तर तिनीहरू कुन कुरामा रमाउँछन्? तिनीहरूले केवल आफ्ना “पुर्ख्यौली सम्पदा” र “राष्ट्रिय भावना” मा आनन्द मनाउँछन्। तिनीहरूसँग मानवताको छाप रत्तीभर पनि हुँदैन! तिमीहरूका पोशाक र सिँगारपटार, बोलीवचन र कार्यहरू सबै तिनीहरूका भन्दा फरक छन्। आखिरमा, तिमीहरू पूर्ण रूपमा फोहोरबाट उम्कनेछौ, त्यसउप्रान्त शैतानको परीक्षाको पासोमा फस्नेछैनौ, र परमेश्वरको दैनिक प्रबन्ध प्राप्त गर्नेछौ। तिमीहरू सधैँ सतर्क हुनुपर्दछ। तिमीहरू फोहोर ठाउँमा बसे पनि तिमीहरूलाई फोहोरको दाग लागेको छैन र तिमीहरू परमेश्वरको ठूलो सुरक्षा पाउँदै उहाँको छेउमा जिउन सक्छौ। परमेश्वरले तिमीहरूलाई पहेँलो देशका सबै मानिसहरूमध्येबाट चुन्नुभएको छ। के तिमीहरू सबैभन्दा आशिषित व्यक्तिहरू होइनौ र? तँ सृजित प्राणी होस्—तैँले अवश्य पनि परमेश्वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवन पछ्याउनुपर्छ। यदि तँ परमेश्वरको आराधना गर्दैनस् बरु आफ्नै फोहोर देहभित्रै जिउँछस् भने, के तँ मानव वस्त्र धारण गरेको पशु मात्र होइनस् र? तँ मानव भएकाले तैँले आफूलाई परमेश्वरप्रति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तैँले आज आफूलाई परेको सानो कष्टलाई खुसीसाथ र निर्धक्क भएर स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले दियाबलसको वस्त्र लगाउँछ, दियाबलसबाट खानेकुरा लिएर खान्छ, र दियाबलसकै अधीनमा रही काम र सेवा गर्दछ, अनि ऊ फोहोरले ढाकिने हदसम्म त्यसको कुल्चीमिल्चीमा पर्छ। उसले जीवनको अर्थ बुझेको वा साँचो मार्ग प्राप्त गरेको छैन—यसरी जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू सही मार्ग पछ्याउने र सुधारको खोजी गर्ने मानिस हौ। तिमीहरू ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छौ र तिमीहरू ती हौ, जसलाई परमेश्वर धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२)
परमेश्वरका दैनिक वचनहरू अंश २११
आज, मैले तिमीहरूमा गर्ने कामको उद्देश्य तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनु हो; यो नयाँ युगको प्रारम्भ गर्ने र मानवजातिलाई नयाँ युगको जीवनमा डोऱ्याउने काम हो। यो काम एक-एक चरण गर्दै पूरा गरिन्छ र यो तिमीहरूको बीचमा प्रत्यक्ष रूपमा विकास हुन्छ: म तिमीहरूलाई आमने-सामने सिकाउँछु; म तिमीहरूका हात समातेर डोऱ्याउँछु; म तिमीहरूले नबुझेका कुनै पनि कुरा बताउँछु, तिमीहरूमा अभाव भएको कुनै पनि थोक प्रदान गर्छु। यो भन्न सकिन्छ कि, तिमीहरूका लागि यो सब काम जीवनका निम्ति तिमीहरूको प्रबन्ध हो, यो तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनका निम्ति पनि हो; यो विशेषगरी आखिरी दिनहरूमा मानिसहरूको यो समूहको जीवनको पालनपोषण गर्ने उद्देश्यका लागि हो। मेरो लागि, यो सबै कामको अर्थ पुरानो युग अन्त्य गर्नु र एउटा नयाँ सुरुआत गर्नु हो; शैतानको लागि, म विशेषगरी त्यसलाई हराउन देह बनेको हुँ। मैले अहिले तिमीहरूको बीचमा गर्ने काम आज तिमीहरूका लागि भरण-पोषण र तिमीहरूको उचित समयको मुक्ति हो, तर यी केही छोटा वर्षहरूको अवधिमा, म तिमीहरूलाई सबै सत्यता, जीवनको सम्पूर्ण मार्ग, र भविष्यको काम पनि बताउनेछु; यो भविष्यमा तिमीहरूलाई विभिन्न कुराहरू सामान्य रूपले अनुभव गर्न सक्षम बनाउनको निम्ति पर्याप्त हुनेछ। मैले तिमीहरूलाई सुम्पेको मेरा सबै वचनहरू मात्र हुन्। म अरू कुनै सल्लाह दिँदिनँ; आज, मैले तिमीहरूसँग बोलेका सबै कुरा तिमीहरूका लागि मेरो सल्लाह हुन्, किनकि आज तिमीहरूलाई मैले बोल्ने धेरै वचनहरूको अनुभव तिमीहरूसँग छैन, र तिमीहरू तिनका भित्री अर्थ बुझ्दैनौ। आज मैले भनेको जस्तै एक दिन तिमीहरूका अनुभवहरूले फल दिनेछन्। यी वचनहरू तिमीहरूका आजको दर्शन हुन्, र ती यस्ता कुरा हुन् जसमाथि भविष्यमा तिमीहरू निर्भर हुनेछौ; ती आजको जीवनका लागि भरण-पोषण र भविष्यका लागि एउटा सल्लाह हुन्, र कुनै पनि अर्ती योभन्दा राम्रो हुन सक्दैन। किनकि पृथ्वीमा मैले काम गर्ने समय तिमीहरूले मेरा वचनहरूको अनुभव गर्ने समय जति लामो छैन; मैले केवल आफ्नो काम मात्र पूरा गर्दैछु, जबकि तिमीहरू जीवनको खोजी गर्दैछौ, जुन यस्तो प्रक्रिया हो जसको लागि जीवनभरिको लामो यात्रा समावेश हुन्छ। धेरै वटा कुराहरूको अनुभव गरेपछि मात्र तैँले जीवनको मार्ग प्राप्त गर्न सक्नेछस्; तब मात्र तैँले आज मैले बोलेका वचनहरूको भित्री अर्थ बुझ्न सक्नेछस्। जब तिमीहरूका हातमा मेरा वचनहरू हुन्छन्, मैले दिनुपर्ने सबै आज्ञाहरू तिमीहरूलाई दिइसकेपछि जब तिमीहरू प्रत्येकले मेरा सबै आज्ञाहरू प्राप्त गरेका हुन्छौ, र जति नै ठूलो प्रभाव हासिल गरे पनि, जब वचनहरूको काम समाप्त हुन्छ, त्यसबेला परमेश्वरको इच्छाको कार्यान्वयन पनि हासिल गरिएको हुनेछ। यो तैँले कल्पना गरेजस्तो होइन, कि तँ केही हदसम्म परिवर्तन हुनुपर्छ; परमेश्वरले तेरा धारणाहरू अनुसार काम गर्नुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७)
परमेश्वरका दैनिक वचनहरू अंश २१२
आखिरी दिनहरूमा, परमेश्वर आफूले गर्नुपर्ने काम गर्न र उहाँको वचनको सेवकाइ गर्नका लागि देह बन्नुभयो। उहाँका अभिप्राय अनुसारका मानिसहरूलाई सिद्ध पार्ने उद्देश्यले मानिसहरूको बीचमा काम गर्न उहाँ व्यक्तिगत रूपमा आउनुभयो। सृष्टिको समयदेखि आजसम्ममा, आखिरी दिनहरूमा मात्र उहाँले यस किसिमको काम गर्नुभएको हो। आखिरी दिनहरूमा मात्र परमेश्वर यस्तो व्यापक रूपमा काम गर्न देहधारी हुनुभएको छ। उहाँले मानिसहरूका निम्ति सहन कठिन हुने कठिनाइहरू सहनुहुन्छ, र उहाँ महान् परमेश्वर हुनुभए पनि उहाँमा साधारण मानिस बन्ने नम्रता छ, तैपनि उहाँको कामको कुनै पनि पक्षमा ढिलाइ भएको छैन, र उहाँको योजना अलिकति पनि अस्तव्यस्तताको शिकार बनेको छैन। उहाँले आफ्नो मूल योजना अनुसार नै काम गर्दैहुनुहुन्छ। यस देहधारणको एउटा उद्देश्य भनेको मानिसहरूलाई विजय गर्नु हो, अर्कोचाहिँ उहाँले प्रेम गर्नुहुने मानिसहरूलाई सिद्ध पार्नु हो। उहाँले सिद्ध पार्नुभएका मानिसहरूलाई उहाँले आफ्नै आँखाले हेर्न चाहनुहुन्छ, अनि उहाँले सिद्ध पार्नुभएका मानिसहरूले कसरी उहाँको गवाही दिन्छन् भनी उहाँ आफै हेर्न चाहनुहुन्छ। सिद्ध पारिएका मानिसहरू एक-दुई जना मात्र हुँदैनन्। बरु, यो एउटा समूह हो, जसमा थोरै मानिसहरू मात्र समावेश हुन्छन्। यो समूहका मानिसहरू संसारका विभिन्न देशहरूबाट, र संसारका विभिन्न जातीय समूहहरूबाट आउँछन्। त्यति धेरै काम गर्नुको उद्देश्य भनेको मानिसहरूको यो समूहलाई प्राप्त गर्नु, यो समूहका मानिसहरूले दिने उहाँको गवाही प्राप्त गर्नु, र उहाँले तिनीहरूबाट पाउनुहुने महिमा प्राप्त गर्नु हो। उहाँले त्यस्तो काम गर्नुहुन्न जसको कुनै महत्त्व हुँदैन, न त उहाँले कुनै मूल्यविनाको काम नै गर्नुहुन्छ। यो भन्न सकिन्छ, कि त्यति धेरै काम गर्ने क्रममा परमेश्वरको उद्देश्य भनेको उहाँले सिद्ध पार्न चाहनुभएकाहरू सबैलाई सिद्ध पार्नु हो। यस बाहेकको खाली समयमा उहाँले दुष्टहरूलाई हटाउनुहुनेछ। यो जान्, कि उहाँले यी महान् कार्यहरू दुष्टहरूको कारण गर्नुहुन्न; यसको विपरीत, उहाँद्वारा सिद्ध पारिनु पर्ने यी थोरै मानिसहरूका निम्ति नै उहाँले आफ्नो सबै थोक दिनुहुन्छ। उहाँले गर्नुहुने काम, उहाँले बोल्नुहुने वचनहरू, उहाँले प्रकट गर्नुहुने रहस्यहरू, अनि उहाँको न्याय र सजाय सबै ती थोरै सङ्ख्यामा भएका मानिसहरूका निम्ति हुन्। उहाँ दुष्ट मानिसहरूका कारण देह बन्नुभएन, र ती दुष्ट मानिसहरूले उहाँमा ठूलो क्रोध जगाउँछन् भन्ने कुरा त परै जाओस्। सिद्ध हुनुपर्ने मानिसहरूको कारण नै उहाँले सत्यता बोल्नुहुन्छ, र प्रवेशको कुरा गर्नुहुन्छ; तिनीहरूकै कारण उहाँ देह बन्नुभयो, र उनीहरूकै कारण उहाँले आफ्ना प्रतिज्ञाहरू र आशिषहरू प्रदान गर्नुहुन्छ। उहाँले गर्नुहुने सत्यता, प्रवेश, र मानिसको जीवनको कुरा तिनीहरूका निम्ति गरिँदैन जो दुष्ट छन्। उहाँ दुष्ट मानिससँग कुरा गर्नबाट जोगिन चाहनुहुन्छ, बरु सिद्ध पारिनु पर्ने मानिसहरूलाई नै सबै सत्यता प्रदान गर्न चाहनुहुन्छ। उहाँको कामका निम्ति केही क्षण दुष्ट मानिसहरूलाई उहाँको सम्पत्तिका केही अंशको आनन्द लिन दिनु आवश्यक हुन्छ। जसले सत्यताको पालन गर्दैनन्, जसले परमेश्वरलाई सन्तुष्ट पार्दैनन्, र जसले उहाँको काममा बाधा दिन्छन् तिनीहरू सबै दुष्ट हुन्। तिनीहरू सिद्ध हुन सक्दैनन्, र तिनीहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ। यसको विपरीत, जुन मानिसहरूले सत्यता अभ्यास गर्छन् र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्, र जसले सम्पूर्ण रूपले आफैलाई परमेश्वरको काममा अर्पण गर्छन्, तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिने मानिसहरू हुन्। परमेश्वरले जुन मानिसहरूलाई पूर्ण बनाउने इच्छा गर्नुहुन्छ तिनीहरू अरू कोही नभएर यस समूहका मानिसहरू नै हुन्, र परमेश्वरले गर्नुहुने काम यिनै मानिसहरूका निम्ति हो। उहाँले बोल्नुभएको सत्यता ती मानिसहरूतर्फ निर्देशित छन् जो सत्यताको अभ्यास गर्न इच्छुक हुन्छन्। उहाँ सत्यताको अभ्यास नगर्ने मानिसहरूसँग बोल्नुहुन्न। उहाँले कुरा गर्नुहुने अन्तर्दृष्टि र समझशक्तिको वृद्धि ती मानिसहरूतर्फ लक्षित छ जसले सत्यतालाई व्यवहारमा लागू गर्न सक्छन्। जब उहाँले सिद्ध पारिनु पर्ने मानिसहरूका बारेमा बोल्नुहुन्छ, त्यसबेला उहाँले यिनै मानिसहरूको बारेमा कुरा गरिरहनुभएको हुन्छ। पवित्र आत्माको काम ती मानिसहरूतर्फ लक्षित हुन्छ जो सत्यताको अभ्यास गर्न इच्छुक हुन्छन्। बुद्धि र मानवता धारण गर्ने जस्ता कुराहरू ती मानिसहरूतर्फ लक्षित हुन्छन् जो सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्। सत्यता लागू नगर्नेहरूले सत्यताका धेरै वचनहरू सुन्न सक्छन्, तर तिनीहरू प्रकृतिले नै अत्यन्त दुष्ट र सत्यतामा रुचि नराख्ने भएकाले तिनीहरूले बुझेका कुराहरू धर्म-सिद्धान्तहरू र अक्षरहरू अनि रित्ता सिद्धान्तहरू मात्र हुन्छन्, तिनीहरू आफ्नो जीवन प्रवेशलाई रत्तीभर महत्त्व दिँदैनन्। तिनीहरूमध्ये कोही पनि परमेश्वरप्रति बफादार हुँदैनन्; तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले परमेश्वरलाई देख्छन् तर उहाँलाई प्राप्त गर्न सक्दैनन्; तिनीहरू सबैलाई परमेश्वरले दोषी ठहर्याउनुभएको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ
परमेश्वरका दैनिक वचनहरू अंश २१३
विजयको कामको मुख्य उद्देश्य भनेको मानिसहरूलाई स्वच्छ पार्नु हो ताकि तिनीहरूसित सत्यता हुन सकोस्, किनभने मानिसहरू ज्यादै कम सत्यता बुझ्छन्! त्यस्ता मानिसहरूमा विजयको काम गर्नुको सबैभन्दा गहन महत्त्व हुन्छ। तिमीहरू सबै जना अन्धकारको प्रभावमा परेका छौ र तिमीहरूलाई गहिरो रूपमा हानि पुगेको छ। त्यसैले यो कामको लक्ष्य भनेको तिमीहरूलाई मानव प्रकृति जान्न र सत्यता जिउन सक्षम पार्नु हो। सिद्ध पारिनु भनेको सबै सृजित प्राणीले स्विकार्नुपर्ने कुरा हो। यदि यस चरणको काममा मानिसहरूलाई सिद्ध पार्ने कार्य मात्रै पर्ने भए, यो बेलायत, वा अमेरिका, वा इजरायलमा गर्न सकिनेथ्यो; यो कुनै पनि देशका मानिसहरूमा गर्न सकिनेथ्यो। तर विजयको काम छानेर गर्नुपर्ने हुन्छ। विजयको कामको पहिलो चरण अल्पकालीन हुन्छ; यसबाहेक, यो शैतानलाई अपमानित गर्न र सम्पूर्ण ब्रह्माण्डलाई विजय गर्नका लागि प्रयोग गरिनेछ। यो नै विजयको प्रारम्भिक काम हो। के भन्न सकिन्छ भने, परमेश्वरमा विश्वास गर्ने कुनै पनि सृजित प्राणीलाई सिद्ध पार्न सकिन्छ किनभने सिद्ध पारिनु भनेको दीर्घकालीन परिवर्तनपछि मात्र प्राप्त गर्न सकिने कुरा हो। तर विजय गरिनु भनेको फरक कुरा हो। विजयको नमुना र प्रतिरूप सबैभन्दा पिछडिएका, सबैभन्दा गहिरो अन्धकारमा जिउने मानिसहरू नै हुनुपर्छ; तिनीहरू सबैभन्दा खस्केका मानिस हुनुपर्छ, जो परमेश्वरलाई सबैभन्दा कम स्वीकार गर्छन् र जो परमेश्वरप्रति सबैभन्दा विद्रोही छन्। ठ्याक्कै यस्तै किसिमको व्यक्तिले विजय गरिएको गवाही दिन सक्छ। विजयको कामको मुख्य लक्ष्य शैतानलाई पराजित गर्नु हो, जबकि मानिसहरूलाई सिद्ध पार्नुको लक्ष्य मानिसहरू प्राप्त गर्नु हो। यसको लक्ष्य मानिसहरूलाई विजय गरिएपछि यो विजयको काम यहाँ तिमीहरूजस्तै मानिसहरूमा गरिएको छ भन्ने कुराको गवाही दिन सक्षम पार्नु हो। यसको उद्देश्य विजय गरिएपछि मानिसहरूलाई गवाही दिन लगाउनु हो। यी विजय गरिएका मानिसहरूलाई शैतानको अपमान गर्ने लक्ष्य हासिल गर्न प्रयोग गरिनेछ। त्यसोभए, विजय गर्ने मुख्य विधि के हो? सजाय, न्याय, श्राप र प्रकटीकरण—धर्मी स्वभाव प्रयोग गरेर मानिसहरूलाई विजय गर्ने ताकि तिनीहरू परमेश्वरको धर्मी स्वभावका कारण पूर्ण रूपमा विश्वस्त होऊन्। वचनको वास्तविकता र अख्तियार प्रयोग गरेर मानिसहरूलाई विजय गर्नु ताकि तिनीहरू पूर्ण रूपमा विश्वस्त होऊन्—विजय गरिनुको अर्थ यही हो। सिद्ध पारिएकाहरू आफूमाथि विजय गरिएपछि समर्पित हुन मात्र सक्षम हुँदैनन्, तिनीहरू त न्यायको कामको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभाव बदल्न, र परमेश्वरलाई चिन्न पनि सक्षम हुन्छन्। तिनीहरू परमेश्वरलाई प्रेम गर्ने मार्ग अनुभव गर्छन् र सत्यताले भरिन्छन्। तिनीहरू परमेश्वरको काम अनुभव गर्न सक्षम हुन्छन्, तिनीहरू परमेश्वरका लागि दुःख भोग्न सक्षम बन्छन्, र तिनीहरूको आफ्नै सङ्कल्प हुन्छ। सिद्ध पारिएकाहरू तिनै हुन् जोसँग परमेश्वरको वचन अनुभव गरेका कारण सत्यताबारे व्यावहारिक बुझाइ हुन्छ। विजय गरिएकाहरू तिनै हुन् जसले सत्यताबारे जानेका हुन्छन् तर सत्यताको वास्तविक अर्थ बुझेका हुँदैनन्। विजय गरिएपछि, तिनीहरू समर्पित हुन्छन्, तर तिनीहरूको समर्पणता तिनीहरूले पाएको न्यायकै नतिजा हो। तिनीहरूसँग धेरै सत्यताको वास्तविक अर्थका बारेमा बिलकुलै कुनै बुझाइ हुँदैन। तिनीहरू मौखिक रूपमा सत्यता स्विकार्छन्, तर तिनीहरूले सत्यतामा प्रवेश प्राप्त गरेका हुँदैनन्; तिनीहरू सत्यता बुझ्छन्, तर तिनीहरूले सत्यता अनुभव गरेका हुँदैनन्। सिद्ध पारिँदै गरिएकाहरूमा भइरहेको काममा जीवनको प्रबन्धसँगै सजाय र न्यायहरू पर्दछन्। सत्यतामा प्रवेश गर्नमा ध्यान केन्द्रित गर्ने व्यक्ति नै सिद्ध पारिनुपर्ने व्यक्ति हो। सिद्ध पारिएका र विजय गरिएका मानिसहरूबीचको भिन्नता भनेकै तिनीहरू सत्यतामा प्रवेश गरेका छन् कि छैनन् भन्ने हो। सिद्ध पारिएकाहरू तिनै हुन् जो सत्यता बुझ्छन्, सत्यतामा प्रवेश गर्छन् र सत्यता जिउँछन्; सिद्ध पार्न नसकिने मानिसहरू तिनै हुन् जो सत्यता बुझ्दैनन् र सत्यतामा प्रवेश गर्दैनन्, अर्थात् जो सत्यता जिउँदैनन्। यदि यस्ता मानिसहरू अहिले पूर्ण रूपमा समर्पित हुन सक्षम छन् भने, तिनीहरू विजय गरिएका छन्। यदि विजय गरिएकाहरू सत्यताको खोजी गर्दैनन् भने—यदि तिनीहरू पछ्याउँछन् तर सत्यता जिउँदैनन् भने, यदि तिनीहरू सत्यतालाई हेर्छन् र सुन्छन् तर सत्यता जिउनमा ध्यान केन्द्रित गर्दैनन् भने—तिनीहरूलाई सिद्ध पार्न सकिँदैन। सिद्ध पारिनुपर्नेहरू सिद्ध पारिने क्रममा परमेश्वरका मागहरूअनुसार सत्यता अभ्यास गर्छन्। यसमार्फत, तिनीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्छन्, र तिनीहरू सिद्ध पारिन्छन्। विजयको काम समाप्त हुनुअघि अन्त्यसम्मै पछ्याउने जोकोही विजय गरिएको व्यक्ति हो, तर उसलाई सिद्ध पारिएको व्यक्ति भन्न मिल्दैन। “सिद्ध पारिएका” मानिसहरूले तिनलाई जनाउँछ, जो विजयको काम समाप्त भएपछि सत्यता पछ्याउन सक्षम हुन्छन् र परमेश्वरद्वारा प्राप्त गरिनेछन्। यसले ती मानिसहरूलाई जनाउँछ, जो विजयको काम समाप्त भएपछि सङ्कष्टमा दृढ रहन्छन् र सत्यता जिउँछन्। विजय गरिनु र सिद्ध पारिनुलाई छुट्ट्याउने कुरा भनेको कामका चरणहरूमा हुने भिन्नता र मानिसहरूले सत्यता बुझ्ने र त्यसमा प्रवेश गर्ने हदको भिन्नता हो। सिद्ध पारिने मार्गमा हिँड्न सुरु नगरेका सबै जना, अर्थात् जोसँग सत्यता छैन, तिनीहरू सबैलाई अन्ततः हटाइनेछ। सत्यता हुने र सत्यता जिउनेहरू मात्र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन सक्छन्। अर्थात्, पत्रुसको स्वरूप जिउनेहरू सिद्ध पारिएका हुन् भने अरू सबै विजय गरिएकाहरू हुन्। विजय गरिएकाहरूमा भइरहेको काममा श्राप, सजाय, र क्रोध पर्छन् र तिनीहरूलाई आइपर्ने भनेको धार्मिकता र श्राप हो। त्यस्तो व्यक्तिमाथि काम गर्नु भनेको अलिकति पनि उदारता नराखी खुलासा गर्नु हो—ऊभित्रका भ्रष्ट स्वभावहरू खुलासा गर्नु हो ताकि ऊ आफैले तिनलाई चिनोस् र पूर्ण रूपमा विश्वस्त होस्। जब मानिस पूर्ण रूपमा समर्पित हुन्छ, तब विजयको काम समाप्त हुन्छ। अधिकांश मानिसले अझै पनि सत्यता बुझ्न नखोजे पनि विजयको काम समाप्त भएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्
परमेश्वरका दैनिक वचनहरू अंश २१४
परमेश्वरले मानिसलाई कसरी सिद्ध बनाउनुहुन्छ? परमेश्वरको स्वभाव के हो? उहाँको स्वभावमा के समावेश छ? यदि कसैले यी सबै कुराहरू स्पष्टसित व्याख्या गर्न सक्छ भने, यो परमेश्वरको नाम फैलाउनु हो, यो परमेश्वरको साक्षी दिनु हो, र यो परमेश्वरलाई उचाल्नु हो। परमेश्वरलाई चिन्ने आधारमा, मानिस अन्ततः उसको जीवनको स्वभावमा रूपान्तरित हुन्छ। मानिस जति धेरै काँटछाँट र शोधनबाट गुज्रन्छ, ऊ उति नै उत्साहित हुन्छ; परमेश्वरको कार्यका जति धेरै असङ्ख्य चरणहरू हुन्छन्, मानिसलाई त्यति नै धेरै सिद्ध बनाइन्छ। आज, मानिसको अनुभवमा, परमेश्वरको कार्यको हरेक चरणले उसको धारणाहरूमाथि प्रहार गर्दछ, र यी सबै मानिसको बौद्धिकता र उसको अपेक्षाहरूभन्दा बाहिर पर्छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्वरले प्रदान गर्नुहुन्छ, र हरेक कोणबाट यो उसको धारणाको विपरीत हुन्छ। तेरो कमजोरीको समयमा परमेश्वरले आफ्ना वचनहरू बोल्नुहुन्छ; केवल यसरी मात्रै उहाँले तेरो जीवन आपूर्ति गर्न सक्नुहुन्छ। परमेश्वरले तेरो धारणामा प्रहार गर्दै, तँलाई परमेश्वरबाटको काँटछाँट स्वीकार गर्न लगाउनुहुन्छ; केवल यसरी मात्रै तैँले तेरो भ्रष्टताबाट आफूलाई मुक्त गर्न सक्छस्। आज, देहधारी परमेश्वरले एक अर्थमा ईश्वरत्वको स्थितिभित्र कार्य गर्नुहुन्छ, तर अर्को अर्थमा उहाँले सामान्य मानवताको स्थितिमा कार्य गर्नुहुन्छ। जब तँ परमेश्वरको कुनै पनि कामलाई अस्वीकार गर्न अक्षम हुन्छस्, जब तँ सामान्य मानवताको स्थितिमा परमेश्वरले जे बोल्नुभए पनि वा जे गर्नुभए पनि समर्पित हुन सक्षम हुन्छस्, जब तँ परमेश्वरले जस्तोसुकै सामान्यता प्रदर्शन गरे पनि त्यसलाई बुझ्न र त्यसमा समर्पित हुन सक्षम हुन्छस्, र जब तैँले वास्तविक अनुभव प्राप्त गरेको हुन्छस्, तब मात्र तँ उहाँ परमेश्वर हुनुहुन्छ भनेर आश्वस्त हुन्छस्, तब मात्र तैँले धारणा उत्पादन गर्न बन्द गर्छस्, तब मात्र तँ उहाँलाई अन्त्यसम्म विश्वास गर्न सक्षम हुन्छस्। परमेश्वरको कार्यमा बुद्धि छ, र मानिस कसरी उहाँको साक्षीमा स्थिर रहन सक्छ भनेर उहाँलाई थाहा छ। मानिसको महत्त्वपूर्ण कमजोरी कहाँ रहन्छ भन्ने कुरा उहाँलाई थाहा छ, र उहाँले बोलेका वचनहरूले मानिसको महत्त्वपूर्ण कमजोरीमा प्रहार गर्न सक्छ, तर तँलाई उहाँको गवाहीमा दह्रिलो रूपमा खडा गर्नका लागि उहाँले आफ्नो प्रतापी र विवेकपूर्ण वचनहरूको पनि प्रयोग गर्नुहुन्छ। परमेश्वरका कार्यहरू यस्ता आश्चर्यजनक हुन्छन्। परमेश्वरले गर्नुहुने कार्यहरू मानिसको समझका लागि अकल्पनीय हुन्छन्। देहको रूपमा मानिसमा कस्तो किसिमको भ्रष्टता निहित छ, र मानिसको सारमा के समावेश छ—यी सबै परमेश्वरको न्यायमार्फत प्रकट हुन्छन्, जसले मानिसलाई उसको लाजबाट लुक्न कुनै ठाउँ छोड्दैन।
मानिसले परमेश्वरको ज्ञान प्राप्त गर्न सकोस् भनेर, र उहाँको गवाहीका खातिर उहाँ न्याय र सजायको काम गर्नुहुन्छ। उहाँले मानिसको भ्रष्ट स्वभावलाई न्याय नगरी, मानिसले उहाँको धर्मी स्वभाव जान्नै सक्दैन, जसलाई कदापि चिढ्याउनु हुँदैन, न त मानिसले परमेश्वरबारे आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न नै सक्छ। उहाँ आफ्नो गवाहीका खातिर, र आफ्नो व्यवस्थापनका खातिर, आफ्नो सम्पूर्णता सार्वजनिक गर्नुहुन्छ, यसरी उहाँ सार्वजनिक रूपमा देखा परेर मानिसहरूलाई परमेश्वरको ज्ञान प्राप्त गर्न, स्वभावमा रूपान्तरित हुन, र परमेश्वरका लागि जोडदार साक्षी दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्वरको विभिन्न प्रकारका धेरै वटा काममार्फत हासिल गरिन्छ; मानिसको स्वभावमा त्यस्ता परिवर्तनहरू नआए, ऊ परमेश्वरको साक्षी दिन र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन असक्षम हुनेछ। मानिसको स्वभावको रूपान्तरणले मानिस शैतानको बन्धन र अन्धकारको प्रभावबाट मुक्त भएको छ, र साँच्चै नै परमेश्वरको कामको मोडेल र नमुना, परमेश्वरको साक्षी, र परमेश्वरका अभिप्रायहरूअनुरूप हुने व्यक्ति बनेको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्वर आफ्नो काम गर्न पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसले उहाँको ज्ञान, उहाँप्रतिको समर्पण, र उहाँको गवाही हासिल गरोस् भनी माग गर्नुहुन्छ—मानिसले परमेश्वरको व्यावहारिक र सामान्य काम जान्नुपर्छ, ऊ मानिसका धारणाहरूअनुरूप नभएका उहाँका सबै वचन र कामप्रति समर्पित हुनुपर्छ, र उसले मानिसलाई मुक्ति दिन उहाँले गर्नुहुने सबै कामको, साथै मानिसलाई विजय गर्ने उहाँका सबै कार्यको साक्षी दिनुपर्छ। परमेश्वरको साक्षी दिनेहरूसँग परमेश्वरको ज्ञान हुनैपर्छ; यस्तो प्रकारको गवाही मात्रै सटीक र व्यावहारिक हुन्छ, र यस्तो प्रकारको गवाहीले मात्रै शैतानलाई लज्जित पार्न सक्छ। परमेश्वर उहाँको न्याय, सजाय, र काटछाँट भोगेर उहाँलाई चिनेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँ शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरूलाई उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँ स्वभाव परिवर्तन भएका, र यसरी उहाँका आशिष्हरू प्राप्त गरेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँलाई मानिसले मुखले गरेको प्रशंसा चाहिँदैन, न त उहाँलाई उहाँद्वारा मुक्ति नदिइएका शैतानको जमातको प्रशंसा र गवाही नै चाहिन्छ। जसले परमेश्वरलाई चिनेका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्, र जो आफ्नो स्वभावमा रूपान्तरित भएका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्। परमेश्वरले मानिसलाई जानाजानी उहाँको नामको बेइज्जत गर्न दिनुहुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरका लागि साक्षी दिन सक्छन्
परमेश्वरका दैनिक वचनहरू अंश २१५
परमेश्वरले सदोममाथि विनाश ल्याउनुहुँदाको बाइबलको दृश्य स्मरण गर र लोतकी पत्नी कसरी नुनको खम्बा बनिन् भन्ने कुरा पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरू पश्चात्ताप र स्वीकार गरे भनेर सम्झ। २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा टाँगे पश्चात् तिनीहरूले कस्तो परिणाम भोगे भनी स्मरण गर—तिनीहरूलाई इस्राएलबाट निष्कासित गरियो र तिनीहरू संसारभरिका देशहरूमा भागे, धेरै जना मारिए, र पूरै यहूदी जाति त्यसको देशको विनाशको अभूतपूर्व पीडामा पर्यो। तिनीहरूले परमेश्वरलाई क्रूसमा टाँगेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्वरको स्वभावलाई उक्साए। तिनीहरूको कार्यका लागि तिनीहरूले मूल्य तिर्नै पऱ्यो र तिनीहरूले आफ्ना कार्यहरूका सबै नतिजाहरू भोग्नै पऱ्यो। तिनीहरूले परमेश्वरको निन्दा गरे, परमेश्वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र नियति थियो: परमेश्वरद्वारा दण्डित हुनु। यो तिनीहरूका देश र जातिमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।
आज, परमेश्वर आफ्नो काम गर्नका लागि मानिसहरूमाझ फर्कनुभएको छ, र आफ्नो काममा उहाँको पहिलो गन्तव्य अधिनायकवादको प्रतीक: चीन हो, जुन नास्तिकवादको कट्टर गढ हो। परमेश्वरले आफ्नो बुद्धि र शक्तिद्वारा एक समूह मानिसहरू प्राप्त गर्नुभएको छ। यस दौरान, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर हरप्रकारको कष्ट दिएको छ, त्यसैले उहाँसँग आफ्नो टाउको ढल्काउने कुनै ठाउँ छैन र आश्रय पाउने कुनै स्थान छैन। यसको बाबजुद, परमेश्वरले गर्ने अभिप्राय राख्नुभएको कामलाई उहाँले गर्न जारी राख्नुहुन्छ: उहाँले वचनहरू बोल्नुहुन्छ र वाचन गर्नुहुन्छ, साथै सुसमाचार फैलाउनुहुन्छ। परमेश्वरको सर्वशक्तिमान्तालाई कुनै पनि व्यक्तिले बुझ्न सक्दैन। परमेश्वरलाई आफ्नो शत्रु ठान्ने देश, चीनमा परमेश्वरले आफ्नो काम कहिल्यै रोक्नुभएको छैन। बरु, अझ धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्वरले जतिसक्दो मानवजातिको हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। हामी सबैले विश्वास गर्छौँ कि परमेश्वरले हासिल गर्न चाहनुभएको कुरालाई कुनै देश वा शक्तिले रोक्न सक्दैन, र जसले उहाँको काममा अवरोध पुऱ्याउन खोज्छन्, उहाँको वचनको प्रतिरोध गर्छन्, र जसले उहाँको योजनामा बाधा दिन्छन् र त्यसलाई बिगार्ने कोसिस गर्छन् तिनीहरू अन्त्यमा परमेश्वरद्वारा दण्डित हुनेछन्। परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि व्यक्तिलाई उहाँले नरकमा फालिदिनुहुनेछ; परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि राष्ट्रलाई परमेश्वरले विनाश गर्नुहुनेछ; परमेश्वरको कामको विरोधमा उठ्ने कुनै पनि राष्ट्रलाई उहाँले यस पृथ्वीबाट पूर्ण रूपमा मेटाउनुहुनेछ, र त्यो अस्तित्वमा रहनेछैन। म सबै जातिका र सबै देशका, र सबै पेशासमेतका मानिसहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको कामलाई हेर्न र मानवजातिको नियतिलाई ध्यान दिन, अनि यसरी परमेश्वरलाई सबैभन्दा पवित्र, सबैभन्दा सम्मानित, सर्वोच्च, मानवजातिमाझ आराधनाको एक मात्र पात्र बनाउन, र अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञाअन्तर्गत जिएझैँ, र परमेश्वरले सुरुमा सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा जिएझैँ सम्पूर्ण मानवजातिलाई परमेश्वरको आशिष्मुनि जिउन सक्षम तुल्याउन आग्रह गर्छु।
परमेश्वरको काम शक्तिशाली छालजस्तै अघि बढ्छ। कसैले पनि उहाँलाई रोक्न सक्दैन, र उहाँको अघि बढाइलाई कसैले पनि थाम्न सक्दैन। उहाँका वचनहरूलाई ध्यान दिएर सुन्नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पदचापहरू पछ्याउन र उहाँको प्रतिज्ञा प्राप्त गर्न सक्छन्। जसले गर्दैनन् तिनीहरूले विनाशकारी प्रकोप भोग्नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
परमेश्वरका दैनिक वचनहरू अंश २१६
परमेश्वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्वरले यावत् थोक सृष्टि गर्नुभयो भनेर भन्न सकिन्छ। उहाँको व्यवस्थापनको कार्य हजारौँ वर्षसम्म फैलिने हुँदा, र मिनेट वा सेकेन्डमा, वा आँखाको निमेसमा, वा एक-दुई वर्षमा नगरिने हुँदा, उहाँले मानवजातिको अस्तित्वको लागि आवश्यक धेरै कुराहरूको सृष्टि गर्नुपऱ्यो, जस्तै सूर्य, चन्द्रमा, सबै किसिमका जीवित प्राणी, खानेकुरा, र बस्न योग्य वातावरण। यो परमेश्वरको व्यवस्थापनको सुरुवात थियो।
त्यसपछि, परमेश्वरले मानवजातिलाई शैतानको हातमा सुम्पनुभयो, अनि मानिस शैतानको शक्तिअन्तर्गत जियो, जसले बिस्तारै परमेश्वरको पहिलो युगको काममा लग्यो: व्यवस्थाको युगको कथा…। व्यवस्थाको युगको अवधिको हजारौं वर्षमा, मानवजातिलाई व्यवस्थाको युगको मार्गदर्शनको बानी पर्यो र उसले यसलाई बेवास्ता गर्यो। क्रमिक रूपमा, मानिसले परमेश्वरको हेरचाहलाई छोड्दै गयो। त्यसैले, व्यवस्थालाई पछ्याउने क्रममा, तिनीहरूले मूर्तिहरूलाई पनि पुजे र दुष्ट कार्यहरू पनि गरे। तिनीहरू यहोवाको सुरक्षा विहीन थिए, र तिनीहरूले मन्दिरको वेदी अगाडि मात्रै आफ्नो जीवन जिए। वास्तवमा, परमेश्वरको कामले तिनीहरूलाई धेरै पहिले नै छोडिसकेको थियो, र इस्राएलीहरू अझै पनि व्यवस्थामा टाँसिरहेका, र यहोवाको नाम पुकार्ने गरेका साथै, तिनीहरू मात्रै यहोवाका मानिसहरू हुन् र तिनीहरू यहोवाका चुनिएकाहरू हुन् भनेर तिनीहरूले गर्वका साथ विश्वास गर्ने गरेका भए तापनि, परमेश्वरको महिमाले तिनीहरूलाई चुपचाप छोड्यो …
जब परमेश्वरले आफ्नो काम गर्नुहुन्छ, उहाँले सधैँ चुपचाप एउटा ठाउँलाई छोड्नुहुन्छ र अर्को ठाउँमा उहाँले सुरु गर्नुहुने नयाँ कार्यलाई शान्तसाथ अघि बढाउनुहुन्छ। अचेत मानिसहरूका लागि यो अविश्वसनीय देखिन सक्छ। मानिसहरूले सँधै पुरानोलाई मूल्यवान् ठानेर नयाँ, अपरिचित कुराहरूलाई वैमनस्यताको साथ व्यवहार गर्ने वा तिनलाई घृणित ठान्ने गरेका छन्। त्यसैले, परमेश्वरले जेसुकै नयाँ काम गर्नुभए तापनि, सुरुदेखि अन्त्यसम्मै, यसबारेमा जान्ने सबै कुराहरूमध्ये अन्तिममा जान्नेचाहिँ मानिस हो।
सँधैझैँ, व्यवस्थाको युगमा गरिएको यहोवाको कामपछि, परमेश्वरले दोस्रो चरणको आफ्नो नयाँ काम सुरु गर्नुभयो: देहलाई धारण गरेर—मानिसको रूपमा दश-बीस वर्षसम्म देहधारी हुनुभएर—अनि विश्वासीहरूका बीचमा बोलेर अनि काम गरेर। तैपनि कुनै अपवादविना, कसैले पनि यो थाहा पाएन, अनि प्रभु येशू क्रूसमा टाँगिएर पुनरुत्थान हुनुभएपछि थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँ देह बन्नुभएका परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गरे। … परमेश्वरको कामको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्वरको काम पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार मात्रै गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सरल रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्वरको अघि आउनका लागि उसको पापहरू त्यस उप्रान्त बाधा रहेनन्, र ती त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेनन्। किनभने परमेश्वर स्वयमले व्यावहारिक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको नमुना बन्नुभएको थियो, र परमेश्वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र उसलाई परमेश्वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो। त्यसैले, शैतानद्वारा कैदीको रूपमा लगिएपछि, मानिस परमेश्वरको अघि उहाँको मुक्तिलाई स्वीकार गर्न एक कदम नजिक आयो। अवश्य नै, कामको यो चरण व्यवस्थाको युगको परमेश्वरको व्यवस्थापनभन्दा अझै गहन र अझै विकसित थियो।
परमेश्वरको व्यवस्थापन यस्तै छ: उहाँ मानवजातिलाई—परमेश्वर के हुनुहुन्छ, सृष्टिकर्ता के हुनुहुन्छ, परमेश्वरलाई कसरी आराधना गर्ने, वा तिनीहरू किन परमेश्वरमा समर्पित हुनुपर्छ भन्ने कुरा जान्दै नजान्ने मानवजातिलाई शैतानको हातमा सुम्पिनुहुन्छ—अनि उनीहरूलाई चाहेअनुसार भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिनुहुन्छ; त्यसपछि चरणबद्ध रूपमा, उनीहरूले परमेश्वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, उहाँ तिनीहरूलाई शैतानको हातबाट पुनः फिर्ता लिनुहुन्छ। परमेश्वरको व्यवस्थापन यही हो। यो पौराणिक कथाजस्तो सुनिन सक्छ, र यो बुझ्नै गाह्रो लाग्न सक्छ। मानिसहरूलाई यो पौराणिक कथा जस्तो लाग्छ किनभने विगतका केही हजारौँ वर्षको अवधिमा मानिसलाई कति भएको छ भन्नेबारे तिनीहरूलाई आभास नै छैन, ब्रह्माण्ड र आकाश-मण्डलमा कति वटा कथाहरू घटे भन्नेबारे तिनीहरूलाई झनै थाहा छैन। अनि त्योभन्दा पनि बढी, यसको कारण के हो भने, तिनीहरू आफ्नो नश्वर आँखाले भौतिक संसारभन्दा बाहिर अस्तित्वमा रहेको अझै अद्भुत, अझै डरलाग्दो संसार देख्नै सक्दैनन्। तिनीहरूलाई यो बुझ्न नसकिने जस्तो लाग्छ किनभने तिनीहरूमा परमेश्वरले दिने मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वबारे बुझाइ छैन, र तिनीहरू परमेश्वर वास्तवमा कस्तो मानवजाति चाहनुहुन्छ भन्ने कुरा बुझ्दैनन्। के यो आदम र हव्वाजस्तै शैतानद्वारा पटक्कै भ्रष्ट नगरिएको हो? होइन! परमेश्वरको व्यवस्थापनको लक्ष्य भनेको परमेश्वरलाई आराधना गर्ने र उहाँको अधीनमा रहने मानिसहरूको एउटा समूह प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरू उप्रान्त शैतानलाई आफ्ना पिता मान्दैनन्; बरु, तिनीहरू शैतानको घिनलाग्दो मुहारलाई चिन्छन् र त्यसलाई इन्कार गर्छन्, अनि तिनीहरू परमेश्वरको न्याय र सजाय स्वीकार गर्नका लागि परमेश्वरसामु आउँछन्। तिनीहरू कुरूप र पवित्रबीचको अन्तर थाहा पाउन र परमेश्वरको महान्ता र शैतानको दुष्टता पहिचान गर्न पुग्छन्। यस्तो मानवजाति उप्रान्त शैतानको सेवा गर्नेछैन, वा शैतानको आराधना गर्नेछैन वा शैतानलाई प्रतिष्ठापित गर्नेछैन। किनभने तिनीहरू परमेश्वरद्वारा साँच्चै प्राप्त गरिएका मानिसहरूको एउटा समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको कामको महत्त्व यही नै हो। यस व्यवस्थापनको कार्यको दौरान, मानवजाति शैतानको भ्रष्टताको, र साथसाथै परमेश्वरको मुक्तिको पात्र हो, त्यो उपज हो जसका लागि परमेश्वर र शैतान लडाइँ गरिरहेका छन्। परमेश्वरले आफ्नो काम गर्ने क्रममा, उहाँ मानिसलाई चरणबद्ध रूपमा शैतानको हातबाट पुनः प्राप्त गर्दै हुनुहुन्छ, र त्यसकारण मानिस परमेश्वरको झन्-झन् नजिक आउँछ …
त्यसपछि राज्यको युग आयो, जुनचाहिँ कामको अझै व्यावहारिक चरण हो, र तैपनि यो मानिसलाई स्वीकार गर्नका लागि सबैभन्दा कठिन छ। यसको कारण के हो भने, मानिस जति परमेश्वरको नजिक आउँछ, परमेश्वरको डण्डा त्यति नै मानिसको नजिक आउँछ, र परमेश्वरको मुहार मानिसका निम्ति त्यति नै स्पष्ट रूपमा प्रकट हुन्छ। मानिसको छुटकारापछि, मानिस आधिकारिक रूपमै परमेश्वरको परिवारमा फर्किन्छ। अहिले नै आनन्द गर्ने समय हो भन्ने मानिसले सोच्यो, तैपनि उसले परमेश्वरको पूर्ण प्रहार भोग्छ, जुन कस्तो छ भन्ने कुरा कसैले पनि पहिले देख्न सक्दैनथ्यो: के देखिन्छ भने, यो परमेश्वरका मानिसहरूले “आनन्द” लिनुपर्ने बप्तिस्मा हो। त्यस्तो व्यवहार गरिँदा, मानिसहरूले रोकिएर आफ्नो बारेमा यस्तो विचार गर्ने बाहेक कुनै विकल्प हुँदैन, “म धेरै वर्षसम्म हराएको थुमा हुँ जसलाई खरिद गरेर फिर्ता पाउन परमेश्वरले धेरै खर्च गर्नुभयो, त्यसैले परमेश्वरले किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? के यो मप्रति हाँस्ने, र मलाई खुलासा गर्ने परमेश्वरको तरिका हो? …” वर्षौँको अनुभवपछि, शोधन र सजायको कठिनाइबाट गुज्रेर मानिस थकित बनेको छ। मानिसबाट विगत समयहरूको “महिमा” र “रोमान्स” गुमेको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू र मानवजातिलाई यतिका वर्षसम्म मुक्ति दिनमा परमेश्वरले राखेका श्रमसाध्य अभिप्रायहरू बुझ्न पुगेको छ। बिस्तारै, मानिसले आफ्नो जङ्गलीपनलाई उसलाई रत्याउन कति गाह्रो छ भन्ने कुरालाई, परमेश्वरबारे उसका सबै गलत बुझाइहरू, र उसले उहाँलाई गरेका अत्य़धिक मागहरूलाई घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। बितेका घटनाहरू मानिसले पश्चात्ताप गरने यादहरू बन्छन्, अनि परमेश्वरका वचनहरू र कोमल प्रेम मानिसको नयाँ जीवनशैलीको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको शरीर बलियो बन्दै जान्छ, अनि ऊ खडा हुन्छ र सर्वशक्तिमानको अनुहार देख्छ…। स्पष्ट छ, उहाँ सँधै मलाई निगरानी गर्दै मेरो साथमा हुनुभएको छ। उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ, उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिबारे यस्तो चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैँचाको समयमा फर्केजस्तै हुन्छ, तैपनि अब मानिसले त्यसउप्रान्त सर्पको प्रलोभनलाई सुन्दैन र त्यसउप्रान्त यहोवाको नजरबाट लुक्दैन। मानिसले आराधना गर्न परमेश्वरसामु घुँडा टेक्छ, परमेश्वरको मुस्कुराइरहेको मुहार सामना गर्छ, र उसको सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
परमेश्वरको प्रेम र कृपाले उहाँको व्यवस्थापनको कार्यको प्रत्येक र हरेक विवरणमा व्याप्त हुन्छ, र मानिसहरूले परमेश्वरका श्रमसाध्य अभिप्रायहरू बुझ्न सके पनि वा नसके पनि, उहाँ आफूले पूरा गर्ने अभिप्राय राखेको काम निरन्तरको दृढताका साथ गर्नुहुन्छ। परमेश्वरको व्यवस्थापनबारे मानिसहरूले जति बुझे पनि, परमेश्वरको कामले मानिसलाई दिने सहयोग र लाभहरू हरेकले अनुभव गर्न सक्छन्। सायद, आजको दिनमा, तैँले परमेश्वरबाट कुनै प्रेम वा जीवनको भरणपोषण महसुस गरेको छैनस्, तर यदि तँ परमेश्वरलाई छोड्दैनस् र सत्यता पछ्याउने तेरो सङ्कल्पलाई त्याग्दैनस् भने, परमेश्वरको मुस्कुराउँदो मुहार तेरो सामु देखापर्ने दिन आउनेछ। किनभने परमेश्वरको व्यवस्थापनको कार्यको उद्देश्य भनेको शैतानको शक्तिअन्तर्गत रहेका मानिसहरूलाई पुनः प्राप्त गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्वरको विरोध गर्ने मानिसहरूलाई त्याग्नु होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ
परमेश्वरका दैनिक वचनहरू अंश २१७
सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरा अभिप्राय पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग ममा समर्पित हुने तुल्याउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग परिवर्तन हासिल गर्ने तुल्याउनु हो। मैले गर्ने सबथोक मेरो व्यवस्थापनका खातिर नै हुने भए पनि, मैले मानिसका लागि फाइदाजनक नहुने कुनै काम कहिल्यै गरेको छैनँ, किनकि म इस्राएलभन्दा बाहिरका सबै राष्ट्रलाई इस्राएलीहरूजस्तै समर्पित बनाउन, उनीहरूलाई वास्तविक मानव बनाउन चाहन्छु, ताकि मसँग इस्राएलभन्दा बाहिरको भूमिमा पनि पाइला टेक्ने ठाउँ होस्। यो मेरो व्यवस्थापन हो; यो अन्यजाति राष्ट्रहरूमाझको मेरो काम हो। अहिले समेत, धेरै मानिसहरू अझै पनि मेरो व्यवस्थापन बुझ्दैनन्, किनभने उनीहरू त्यस्ता कुराहरूबारे वास्ता गर्दैनन्, बरु आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने पनि, मानिसहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्, यसको सट्टा उनीहरू सारा हृदयले आफ्नो भावी गन्तव्यमा केन्द्रित हुन्छन्। यदि कामकुरा यसरी नै चलिरहेमा, मेरो काम कसरी फैलिन सक्छ? मेरो सुसमाचार कसरी सारा संसारभरि प्रचार गर्न सकिन्छ? तिमीहरूले थाहा पाउनुपर्छ कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई छरपस्ट पार्नेछु, र यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभएजसरी नै तिमीहरूलाई प्रहार गर्नेछु। यी सबै कुराहरू मेरो सुसमाचार पृथ्वीभरि फैलियोस्, मेरो काम अन्यजाति राष्ट्रहरूसम्म फैलियोस्, जसले मेरो नामलाई वयस्क र बच्चाहरू दुवैमाझ समान रूपमा महान् मानेर सम्मानित गरिने, र सबै जाति र राष्ट्रहरूका मानिसहरूको मुखबाट मेरो पवित्र नामको गुणगान गरिने तुल्याओस् भनेर गरिनेछ। यो अन्तिम युगमा, अन्यजाति राष्ट्रहरूमाझ मेरो नाम महान् भनी उच्च पारियोस्, मेरा कार्य अन्यजाति राष्ट्रहरूका मानिसहरूले देखून्, तिनीहरूले मलाई मेरा कार्यहरूका आधारमा सर्वशक्तिमान् भनून्, र मेरा वचनहरू चाँडै पूरा होऊन्। म इस्राएलीहरूको परमेश्वर मात्र होइन, बरु सबै अन्यजाति राष्ट्रहरूका मानिसहरूको, मैले श्राप दिएका राष्ट्रहरू समेतका मानिसहरूको पनि परमेश्वर हुँ भनेर म सबै मानिसहरूलाई थाहा हुने तुल्याउनेछु। म सबै सृजित प्राणीहरूको परमेश्वर हुँ भनेर सबै मानिसहरूले देख्ने तुल्याउनेछु। मेरो सबैभन्दा ठूलो काम, आखिरी दिनहरूका लागि मेरो कामको योजनाको उद्देश्य, र आखिरी दिनहरूमा मैले पूरा गर्न चाहेको एउटै काम यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
परमेश्वरका दैनिक वचनहरू अंश २१८
आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो व्यवस्थापनको सम्पूर्ण रहस्य प्रकट गरेको छु, र मानिसले मेरो कामको उद्देश्य जानिसकेको छ, र यति मात्र होइन, मेरा सबै रहस्यहरू बुझ्न पुगेको छ। मैले मानिसलाई पहिले नै त्यो गन्तव्यको बारेमा सबै कुरा बताइसकेको छु, जसको बारेमा उसले चासो राख्छ। मैले मानिसका लागि पहिले नै मेरा सबै रहस्यहरू, अर्थात् ५,९०० वर्षदेखि लुकाइएका रहस्यहरू उजागर गरिसकेको छु। यहोवा को हुनुहुन्छ? मसीह को हुनुहुन्छ? येशू को हुनुहुन्छ? तिमीहरूलाई यो सबै थाहा हुनुपर्छ। मेरो काम यी नामहरूमाथि निर्भर रहन्छ। के तिमीहरूले त्यो बुझेका छौ? मेरो पवित्र नाम कसरी घोषणा गरिनुपर्छ? मलाई मेरा कुनै पनि नामहरूले बोलाउने ती अन्यजातिहरू समक्ष कसरी मेरो नाम फैलाउनुपर्छ? मेरो काम विस्तार हुँदैछ, र म यसको सम्पूर्णता कुनै पनि र सबै जातिहरूमा फैलाउनेछु। मेरो काम तिमीहरूमा गरिसकिएको हुनाले, जसरी यहोवाले इस्राएलमा दाऊदका घरानाका गोठालाहरूलाई प्रहार गर्नुभएको थियो त्यसरी नै म पनि तिमीहरूलाई हरेक जातिमा तितरबितर हुने गरी प्रहार गर्नेछु। किनकि आखिरी दिनहरूमा म सबै जातिहरूलाई टुक्रा-टुक्रा हुने गरी चकनाचूर पार्नेछु र त्यहाँका मानिसहरूलाई नयाँ प्रकारले वितरित हुन लगाउनेछु। जब म फेरि फर्कन्छु, तब सबै देशहरू मेरो जलिरहेको ज्वालाद्वारा तय गरिएका सिमानाहरूमा विभाजित भइसकेका हुनेछन्। त्यस बेला, म मानवजातिकहाँ रन्किँदो सूर्यका रूपमा नयाँ भई देखा पर्नेछु र तिनीहरूले पहिला कहिल्यै नदेखेका पवित्र जनका स्वरूपमा तिनीहरूकहाँ खुल्ला रूपमा म आफैलाई देखाउनेछु, जसरी म, यहोवा, कुनै बेला विभिन्न यहूदी जातिहरूमाझ हिँडेँको थिएँ, त्यसरी नै अनगिन्ती राष्ट्रमाझ हिँड्नेछु। तत्पश्चात्, म मानवजातिलाई पृथ्वीमा तिनीहरूको जीवनमा अगुवाइ गर्नेछु, र तिनीहरूले निश्चय नै मेरो महिमा तिनीहरूमाथि छ भन्ने देख्नेछन्, र आकाशमा हुने बादलको खम्बाले तिनीहरूको जीवनमा अगुवाइ गरिरहेको पनि देख्नेछन्, किनकि म पवित्र स्थानहरूमा देखा पर्नेछु। मानिसले मेरो धार्मिकताको दिन र मेरो महिमाको देखा पराइ पनि देख्नेछ। मैले सारा पृथ्वीमाथि राजाका रूपमा शासन गर्ने र मेरा धेरै पुत्रहरूलाई महिमामा ल्याउने समय त्यही हो। मानिसहरू सारा पृथ्वीभरि झुक्नेछन्, र मेरो पवित्र वासस्थान मानिसहरूमाझ बलियो गरी खडा हुनेछ, आजको मेरो कामको चट्टानमाथि निर्माण हुनेछ। मानिसहरू सबैले मन्दिरमा पनि मेरो सेवा गर्नेछन्। फोहोर र घृणित चीजहरूले ढाकिएको वेदी टुक्रा-टुक्रा पारिनेछ र मद्वारा नयाँ बनाइनेछ। नवजात थुमाहरू र बाछाहरू त्यो पवित्र वेदीमाथि थुपारिनेछन्। म आजको मन्दिर भत्काउनेछु र अवश्य नै नयाँ मन्दिर निर्माण गर्नेछु। घृणित मानिसहरूले भरिएको अहिले खडा रहेको मन्दिर ढल्नेछ, र मैले बनाउन लागेको मन्दिर मप्रति अर्पित सेवकहरूले भरिएको हुनेछ। उनीहरू फेरि मेरो मन्दिरको महिमाका लागि खडा हुनेछन् र मेरो सेवा गर्नेछन्। तिमीहरूले पक्कै पनि मैले ठूलो महिमा प्राप्त गर्ने दिन, साथै मैले मन्दिर भत्काएर नयाँ निर्माण गर्ने दिन देख्नेछौ। तिमीहरूले मेरो पवित्र वासस्थान मानिसहरूमाझ आउने दिन पनि पक्कै देख्नेछौ। मानिसहरूले मेरो अवरोहण देखे झैँ, मैले मन्दिर भत्काउने शैलीमा नै, म आफ्नो पवित्र वासस्थान मानिसहरूमाझ ल्याउनेछु। मैले प्रत्येक देशलाई चकनाचुर पारेपछि, म तिनलाई नयाँ गरी समेट्नेछु, तत्पश्चात्, मेरो मन्दिर निर्माण र मेरो वेदी स्थापित गर्नेछु, र यसरी सबै मानिसले मलाई बलिदान चढाउन, मेरो मन्दिरमा मेरो सेवा गर्न, र अन्यजाति राष्ट्रहरूमा मेरो कामप्रति आफ्नो अर्पण देखाउन सक्छन्। तिनीहरू पूजाहारीका पोसाक र सानदार मुकुटले सुसज्जित वर्तमान दिनका इस्राएलीहरू जस्तै हुनेछन्, म, यहोवाको महिमा, तिनीहरूमाझ हुनेछ, र मेरो प्रताप माथि आकाशमा तिनीहरूसँग अवस्थित हुनेछ। अन्यजाति राष्ट्रहरूमा पनि मेरो काम उही हुनेछ। मेरो काम इस्राएलमा जस्तो थियो, त्यस्तै मेरो काम अन्यजाति राष्ट्रहरूमा पनि हुनेछ, किनभने म मेरो इस्राएलको काम फैलाउनेछु र अन्यजातिहरूका राष्ट्रहरूमा विस्तार गर्नेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
परमेश्वरका दैनिक वचनहरू अंश २१९
मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तँबाट के माग गर्छु भने, अझै पनि तँ आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तँ स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा चिन्, र तँ आफ्नो सम्पूर्ण शक्ति मेरो काममा समर्पित गर्, ताकि मेरो कामले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा होड गर्न, आकस्मिक योजना खोज्न, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा छेकथुन नहोस्। तिमीहरूलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तिमीहरूमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्किन कठिन लाग्ने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाटो बिराएर बाक्लो कुहिरोभित्र छिरेर फेरि कहिल्यै सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तब तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्। त्यस समयसम्म, मेरो दिन मानिसजातिको नजिक आएको हुनेछ। तँ कसरी मेरो न्यायबाट उम्कनेछस्? तैँले कसरी सूर्यको चर्को तापलाई सहन सक्नेछस्? जब म मानिसलाई मेरो प्रशस्तता दिन्छु, उसले यसलाई आफ्नो छातीमा कदर गरी राख्दैन, तर यसलाई कसैले पनि नदेख्ने ठाउँमा फाल्छ। जब मेरो दिन मानिसमाथि आउँछ, उसले उप्रान्त मेरो प्रशस्तता पत्ता लगाउन सक्दैन, वा धेरै अघि मैले उसलाई भनेका सत्यका तीता वचनहरू भेट्टाउन सक्दैन। ऊ विलाप गर्नेछ र रुनेछ, किनभने उसले ज्योतिको उज्यालो गुमाइसकेको हुन्छ र ऊ अन्धकारमा फसिसकेको हुन्छ। आज तिमीहरूले जे देख्दैछौ त्यो मेरो मुखको धारिलो तरबार मात्र हो। तिमीहरूले मेरो हातमा भएको डन्डा वा मानिसलाई जलाउने आगोको ज्वाला देखेका छैनौ, र यसैले मेरो उपस्थितिमा तिमीहरू अझै पनि अहङ्कारी र असंयमित छौ। यसैले तिमीहरूको मानवीय जिब्रोले मेरो मुखबाट निस्केका कुराहरूसँग बहस गर्दै तिमीहरू अझै मसँग मेरो घरमा झगडा गर्छौ। मानिस मदेखि त्रसित हुँदैन, र उसले आफूलाई आज पनि मसँगको दुस्मनीमा खडा गरेको भए तापनि, ऊ पूर्णतया निर्भय रहन्छ। तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहीपनमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोहीपन एकदमै धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका वचनहरू र व्यवहारहरूलाई जलाउनु र शुद्ध पार्नु हो। यस प्रकारले,[क] जब म पृथ्वी छोड्छु, मानिसहरूले पृथ्वीमा मेरा कामहरू पूर्ण नहुन्जेलसम्मै त्यसलाई जारी राख्दै अझै पनि मप्रति आफ्नो बफादारीता कायम राख्नेछन्, र अझै पनि मेरा पवित्र सेवकहरूले मेरो काममा सेवा गरेजस्तै गरी सेवा गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
फूटनोटहरू:
क. मूल पाठमा “यस प्रकारले” भन्ने वाक्यांश समावेश छैन।
परमेश्वरका दैनिक वचनहरू अंश २२०
के तिमीहरूले परमेश्वरले मानिसहरूको यस समूहमा के काम पूरा गर्नुहुनेछ भन्ने कुरा देखेका छौ? परमेश्वरले एक पटक भन्नुभएको थियो, सहस्राब्दीय राज्यमा समेत मानिसहरूले अझै पनि उहाँका वाणीहरूलाई निरन्तर पछ्याउनैपर्छ, र भविष्यमा परमेश्वरका वाणीहरूले कनानको असल भूमिमा मानिसको जीवनलाई सिधै मार्गदर्शन गरिरहनेछन्। जब मोशा उजाड-स्थानमा थिए, तब परमेश्वरले तिनलाई सिधै निर्देशन दिनुभयो र तिनीसँग बोल्नुभयो। परमेश्वरले स्वर्गबाट मानिसहरूलाई आनन्द लिनका लागि खानेकुरा, पानी र मन्न पठाउनुभयो, र आज पनि यो यस्तै छ: परमेश्वरले मानिसहरूलाई आनन्द लिनका लागि खाने र पिउने कुराहरू व्यक्तिगत रूपमा पठाउनुभएको छ, र उहाँले मानिसहरूलाई सजाय दिन व्यक्तिगत रूपमा श्रापहरू पठाउनुभएको छ। त्यसकारण, उहाँको कामको हरेक चरण परमेश्वरद्वारा व्यक्तिगत रूपमा गरिन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोज्छन्, तिनीहरू सङ्केत र आश्चर्यकर्महरू देख्न खोज्छन्, र त्यस्ता सबै मानिसलाई त्यागिने सम्भावना छ, किनभने परमेश्वरको काम झन्-झन् व्यावहारिक बन्दै गइरहेको छ। परमेश्वर स्वर्गबाट ओर्लनुभएको छ भन्ने कुरा कसैलाई थाहा छैन, तिनीहरू परमेश्वरले स्वर्गबाट खानेकुरा र पौष्टिक तत्त्वहरू पठाउनुभएको छ भन्ने कुराबारे पनि अनभिज्ञ छन्—तैपनि परमेश्वर वास्तवमा अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यको उत्साहजनक दृश्य पनि परमेश्वरले व्यक्तिगत रूपमा वाणीहरू बोल्नु नै हो। यो तथ्य हो, र यसलाई मात्रै पृथ्वीमा परमेश्वरसँग राजाहरूका रूपमा शक्ति प्रयोग गर्नु भनिन्छ। पृथ्वीमा परमेश्वरसँग राजाहरूका रूपमा शक्ति प्रयोग गर्नुले देहलाई जनाउँछ। जुन कुरा देहको होइन, त्यो पृथ्वीमा अस्तित्वमा हुँदैन, र यसरी तेस्रो स्वर्गमा जानमा ध्यान केन्द्रित गर्नेहरू सबैले व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्वरकहाँ फर्कन्छ, तब ब्रह्माण्डमा उहाँको कामको केन्द्रले उहाँका वाणीहरूलाई पछ्याउनेछ। अन्यत्र, कतिपय मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कतिपय मानिस विमान चढ्नेछन्, कतिपय मानिस डुङ्गा चढेर समुद्र पार गर्नेछन्, र कतिपयले परमेश्वरका वाणीहरू प्राप्त गर्न लेजरहरू प्रयोग गर्नेछन्। सबै जना प्रशंसा र तृष्णाले भरिपूर्ण हुनेछन्। तिनीहरू सबै परमेश्वरको नजिक आउनेछन्, र परमेश्वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्वरको आराधना गर्नेछन्। अनि यी सबै परमेश्वरका कार्यहरू हुनेछन्। यो कुरा याद राख! परमेश्वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसलाई उहाँसामु आएर पृथ्वीमा हुनुभएको परमेश्वरको आराधना गर्न लगाउनुहुनेछ। अरू ठाउँको उहाँको काम अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराका लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालको कष्टबाट उम्कनका लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक संसारले गम्भीर अनिकाल भोग्नेछ, अनि आजका परमेश्वर मात्रै जिउँदो पानीको मूल हुनुहुन्छ, जोसँग मानिसको आनन्दका लागि प्रदान गरिएको सधैँ बगिरहने मूल छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। त्यो परमेश्वरका कार्यहरू प्रकट हुने र परमेश्वरले महिमा प्राप्त गर्ने समय हुनेछ; ब्रह्माण्डका सारा मानिस यो सामान्य “मानव” लाई दण्डवत् गर्न आउनेछन्। के यो परमेश्वरले महिमा प्राप्त गर्ने दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जिउँदो पानीको मूलबाट पानी खोज्दै टेलिग्रामहरू पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू आफूले तुच्छ ठानेको यस व्यक्तिको आराधना गर्न आउनेछन्। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्नो हृदयले उहाँमा विश्वास गर्नेछन्—के यो सङ्केत र आश्चर्यकर्म होइन र? सम्पूर्ण राज्यले हर्षोल्लास गर्ने दिन परमेश्वरले महिमा प्राप्त गर्ने दिन हुनेछ, र तिमीहरूकहाँ आउने र परमेश्वरको असल समाचार प्राप्त गर्ने जोकोही परमेश्वरद्वारा आशिषित हुनेछ, र त्यसो गर्ने देश र परमेश्वरले मानिसहरूलाई आशिष् दिनुहुनेछ र उनीहरूको हेरचाह गर्नुहुनेछ। भविष्यको दिशा यस्तो हुनेछ: परमेश्वरका वाणीहरू प्राप्त गर्नेहरूसँग पृथ्वीमा अघि बढ्ने मार्ग हुनेछ, र चाहे तिनीहरू व्यापार, वैज्ञानिक अनुसन्धान, शिक्षा, वा उद्योगमा संलग्न होऊन्, परमेश्वरका वाणीहरूविनाका मानिसहरूलाई एक कदम चाल्न समेत असम्भव हुनेछ, र तिनीहरू साँचो मार्ग खोज्न बाध्य हुनेछन्। “सत्यताको साथमा तिमी सम्पूर्ण संसारभरि हिँड्नेछौ; सत्यताविना, तिमी कतै पुग्नेछैनौ” भनेर भन्नुको अर्थ यही हो। तथ्यहरू यिनै हुन्। परमेश्वर सम्पूर्ण ब्रह्माण्डलाई नियन्त्रण गर्न र मानवजातिको मालिक बन्न र मानवजातिलाई विजय गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुन्छ। मानिसहरू सधैँ परमेश्वरले काम गर्ने तरिकामा ठूलो परिवर्तनको आशा गरिरहेका हुन्छन्। इमानदारीपूर्वक भन्नुपर्दा, परमेश्वरले मानिसहरूलाई वचनहरूमार्फत नै नियन्त्रण गर्नुहुन्छ, र चाहे तँलाई इच्छा होस् वा नहोस्, तैँले उहाँले भन्नुभएको कुरा गर्नैपर्छ; यो एउटा वस्तुगत तथ्य हो, र यसलाई सबैले स्वीकार गर्नैपर्छ, र त्यसैगरी, यो अपरिहार्य छ, र सर्वविदित छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ
परमेश्वरका दैनिक वचनहरू अंश २२१
परमेश्वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्वरको महिमाको दिनमा, परमेश्वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन् र घट्नेछन्। यसप्रकार, पृथ्वीमा परमेश्वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्ट मानिसहरूलाई परमेश्वरको मुखबाट निस्केका वचनहरूको नतिजास्वरूप सजाय दिइनेछ, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनहरूको नतिजास्वरूप आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूरा गरिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्वरका वचनहरू उद्घोष गर्नेछन् र तिनको गुणगान गर्नेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। वचन देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्वर शरीर बन्नुहुन्छ” भन्ने तथ्यलाई पूरा गर्न परमेश्वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्नताविना देख्नेछन्। परमेश्वरको देहधारणको विशाल महत्त्व यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्वरले मात्रै आत्माका अभिप्राय बताउन सक्नुहुन्छ, र देहमा हुनुहुने परमेश्वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्वरका वचनहरू देहधारी परमेश्वरमा प्रकट गरिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि यसबाट उम्कन सक्दैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; तीबिना, यदि मानिसहरूले स्वर्गबाट वाणीहरू पाउन सकिन्छ भन्ने सोच्छन् भने, उनीहरू सपना देखिरहेका छन्। देहधारी परमेश्वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि अर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई विजय गर्न यो काम आफ्नो देहधारी देहले गर्नुहुनेछैन, तर देहधारी परमेश्वरको मुखबाट निस्केका वाणीहरू प्रयोग गरेर गर्नुहुन्छ; मार्ग देह हुनु भनेको यही मात्रै हो, र वचन देहमा देखा पर्नुहुन्छ भन्ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्वरले कुनै महान् काम गर्नुभएको छैन—तर परमेश्वरले उहाँका वचन उच्चारण गरेपछि, उनीहरू पूर्ण रूपमा विश्वस्त हुनेछन् र आश्चर्यचकित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले सरल रूपमा व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसबीच बस्न, मानिसको हरेक कार्य र उसको हरेक सोच र विचारमा साथ दिनका लागि परमेश्वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकाश गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ
परमेश्वरका दैनिक वचनहरू अंश २२२
जब पृथ्वीमा सिनिम साकार हुन्छ—जब राज्य साकार हुन्छ—त्यस उप्रान्त पृथ्वीमा फेरि युद्ध हुनेछैन; तब फेरि कहिल्यै पनि अनिकाल, महामारी, र भूकम्पहरू हुनेछैनन्; मानिसहरूले हतियारहरू उत्पादन गर्न छोड्नेछन्; सबै जना शान्ति र स्थिरतामा जिउनेछन्; र मानिसहरूमाझ सामान्य व्यवहार हुनेछ, र देशहरूबीच सामान्य व्यवहार हुनेछ। तापनि त्यससँग वर्तमान समयको कुनै तुलना हुँदैन। आकाशमुनिका सबै थोक कोलाहलमा छन्, र हरेक देशमा बिस्तारै सत्ताकब्जा हुन थालेको छ। परमेश्वरका वाणीहरूको फलस्वरूप मानिसहरू बिस्तारै परिवर्तन हुँदैछन्, र आन्तरिक रूपमा प्रत्येक देश बिस्तारै ध्वस्त हुँदैछ। बेबिलोनका स्थिर जगहरू बालुवाको महलजस्तै हल्लिन थाल्छन् र परमेश्वरका अभिप्रायहरू परिवर्तन हुँदै जाँदा थाहै नपाई संसारमा ठूला परिवर्तनहरू हुन्छन्, अनि कुनै पनि समय हरप्रकारका चिह्नहरू देखा पर्छन्, त्यसले मानिसहरूलाई संसारको अन्तिम दिन आइपुगेको छ भनी देखाउँछन्! परमेश्वरको योजना यही हो; उहाँले काम गर्नुहुने चरणहरू यिनै हुन्, र प्रत्येक देश निश्चय टुक्रा-टुक्रा हुनेछ। पुरानो सदोम दोस्रोपटक नाश हुनेछ, र त्यसैले परमेश्वर भन्नुहुन्छ, “संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ!” परमेश्वरबाहेक अरू कसैले पनि यो पूर्ण रूपले बुझ्न सक्दैन, आखिर जे भए पनि मानिसको चेतना सीमित छ। उदाहरणको लागि, आन्तरिक मामिला मन्त्रीहरूलाई वर्तमान परिस्थितिहरू अस्थिर र कोलाहलमय छन् भनी थाहा हुन सक्छ, तर ती समाधान गर्न तिनीहरू असक्षम हुन्छन्। तिनीहरूले आफ्नो शिर उच्च हुने, सूर्य एकचोटि फेरि पूर्वबाट उदाएर, देशभरि चम्कने र मामिलाहरूको यस दयनीय अवस्थालाई उल्टाउने दिनको आशा गर्दै तिनीहरू जे हुँदैछ, त्यसैसँग अगाडि मात्र बढ्न सक्छन्। तापनि, सूर्य फेरि दोस्रो पटक उदाउँदा त्यसको उद्देश्य भनेको पुरानो व्यवस्थालाई पुनर्स्थापित गर्नु होइन भन्ने तिनीहरूलाई अत्तोपत्तो हुँदैन—यो एउटा पुनर्जागरण हो, एउटा पूर्ण परिवर्तन हो। सारा ब्रह्माण्डको लागि परमेश्वरको योजना यस्तै छ। उहाँले नयाँ संसार ल्याउनुहुनेछ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले पहिले मानिसलाई नवीकरण गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय २२ साथै अध्याय २३
परमेश्वरका दैनिक वचनहरू अंश २२३
संसारमा, भूकम्पहरू जानु विपत्तिको सुरुवात हो। सुरुमा म संसार अर्थात् पृथ्वीलाई परिवर्तन गर्छु, त्यसपछि केही महामारी र अनिकाल ल्याउँछु। मेरो योजना यही हो, र मैले अपनाउने चरणहरू यिनै हुन्, अनि मेरो व्यवस्थापन योजनालाई पूरा गर्नको लागि म सबै कुरालाई मेरो सेवाको निम्ति परिचालन गर्नेछु। यसरी, मेरो प्रत्यक्ष हस्तक्षेपविना पनि सम्पूर्ण ब्रह्माण्ड नष्ट हुनेछ। मैले पहिलो पटक देहधारण गर्दा र म क्रूसमा टाँगिदा, पृथ्वी भयङ्कर रूपले कम्पित भएको थियो, र अन्त्य आउँदा पनि यस्तै नै हुनेछ। मैले देहबाट आत्मिक क्षेत्रमा प्रवेश गर्नेबित्तिकै भूकम्पहरू सुरु हुनेछन्। यसरी, ज्येष्ठ पुत्रहरूले बिलकुलै विपत्तिहरूको कष्ट भोग्नेछैनन्, जबकि जो ज्येष्ठ पुत्रहरू होइनन् तिनीहरूलाई भने विपत्तिमाझ कष्ट सहन छोडिनेछ। त्यसकारण, मानव दृष्टिकोणबाट हरेक व्यक्ति जेठो छोरो बन्न इच्छुक छन्। मानिसहरूको पूर्वबोधमा, यो आशिष्को आनन्द लिनको लागि होइन, बरु विपत्तिको कष्टबाट उम्कनको लागि हो। यो ठूलो रातो अजिङ्गरको चाल हो। तथापि, म यसलाई कहिल्यै पनि त्यसै भाग्न दिनेछैनँ; म यसलाई मेरो कठोर दण्ड भोग्न लगाउनेछु र मेरो निम्ति खडा हुन र मलाई सेवा प्रदान गर्न लगाउनेछु (यसले मेरा छोराहरू र मेरा मानिसहरूलाई पूर्ण बनाउने कार्यलाई जनाउँछ), र यसरी यसलाई सदासर्वदा आफ्नै षड्ययन्त्रको जालमा आफै पर्ने, सदासर्वदा मेरो न्याय स्वीकार गर्ने, र सदासर्वदा मद्वारा जलाइने तुल्याउँछु। सेवाकर्ताहरूलाई मेरो प्रशंसा गर्न लगाउनुको साँचो अर्थ यही हो (यसको मतलब, मेरो महान् शक्ति प्रकट गर्नको लागि तिनीहरूलाई प्रयोग गर्नु हो)। म ठूलो रातो अजिङ्गरलाई मेरो राज्यमा लुसुक्क छिर्न दिनेछैन, न त यसलाई मेरो प्रशंसा गर्ने अधिकार नै प्रदान गर्नेछु! (किनकि यो योग्य छैन; यो कहिल्यै पनि योग्य हुनेछैन!) म यो ठूलो रातो अजिङ्गरलाई अनन्तसम्म मेरो सेवा गर्न मात्र लगाउनेछु! म यसलाई मेरो अगाडि लम्पसार पर्न मात्र लगाउनेछु। (अनन्त दण्डमा भएकाहरूभन्दा नाश भएकाहरू राम्रो अवस्थामा हुन्छन्; विनाश भनेको कठोर सजायको अस्थायी स्वरूप मात्र हो, जबकि अनन्त दण्डमा भएकाहरूले अनन्तकालसम्मै कठोर दण्ड भोग्नेछन्। यही कारणले गर्दा, मैले “लम्पसार पर्नु” भन्ने शब्दको प्रयोग गरेँ। यी मानिसहरू मेरो घरमा लुसुक्क छिर्ने र मेरो धेरै अनुग्रहको आनन्द उठाउने, अनि तिनीहरूसँग मेरो बारेमा केही ज्ञान हुने भएकोले, म कठोर दण्डहरू प्रयोग गर्छु। मेरो घरभन्दा बाहिर भएकाहरूको हकमा भने, ती अज्ञानीहरूले कष्ट भोग्नुपर्दैन भनेर भन्न सकिन्छ।) मानिसहरूको धारणामा, तिनीहरूले अनन्त दण्डमा भएकाहरूभन्दा विनाश भएकाहरू खराब अवस्थामा हुन्छन् भन्ने ठान्छन्, तर यसको विपरीत, अनन्त दण्डमा भएकाहरू सदासर्वदा दण्डित भइरहन्छन् अनि विनाश भएकाहरू भने अनन्तसम्मै अस्तित्वहीन आवस्थामा फर्कन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०८
परमेश्वरका दैनिक वचनहरू अंश २२४
जब राज्यप्रतिको सलामी गुञ्जन्छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै आकाशलाई हल्लाउँछ र हरेक मानवजातिको मुटु धड्कने तुल्याउँछ। मैले त्यो राष्ट्रलाई नष्ट गरेको छु र आफ्नो राज्य स्थापना गरेको छु भन्ने प्रमाणित गर्दै राज्यको राष्ट्रियगान ठूलो रातो अजिङ्गरको भूमिमा विधिवत् रूपमा गुन्जयमान हुन्छ। अझै महत्त्वपूर्ण कुरा के छ भने, पृथ्वीमा मेरो राज्य स्थापना हुन्छ। त्यस क्षणमा, म मेरा स्वर्गदूतहरूलाई संसारका हरेक राष्ट्रमा पठाउन सुरु गर्छु ताकि तिनीहरूले मेरा पुत्रहरूलाई, मेरा मानिसहरूलाई गोठाला गरून्; यो मेरो कामको अर्को चरणका मागहरू पूरा गर्नको लागि पनि हो। तैपनि, व्यक्तिगत रूपमा म त्यो ठाउँमा जानेछु जहाँ ठूलो रातो अजिङ्गर गुँडुलो परेर बसिरहेको छ, अनि त्यससँग प्रतिस्पर्धा गर्छु। सारा मानवजातिले मलाई मेरो शरीरमा चिनेपछि र शरीरमा मेरा कार्यहरूलाई देख्न तिनीहरू सक्षम भइसकेपछि, ठूलो रातो अजिङ्गरको अखडालाई खरानीमा परिणत गरिनेछ र त्यसलाई नामनिसाना नछोडीकन मेटाइनेछ। मेरो राज्यका मानिसहरूका रूपमा तिमीहरूले मनैदेखि ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ, त्यसो हुनाले तिमीहरूले आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्नैपर्छ, र यसरी तिमीहरूले अजिङ्गरलाई सरममा पार्छौ। के तिमीहरू ठूलो रातो अजिङ्गर घृणित छ भन्ने साँच्चै अनुभूति गर्छौ? के तिमीहरूले त्यो, राज्यको राजाको शत्रु हो भन्ने साँच्चै अनुभव गर्छौ? के तिमीहरूले मेरो लागि सुन्दर गवाही दिन सक्छौ भन्ने तिमीहरूमा साँच्चै विश्वास छ? के तिमीहरूले ठूलो रातो अजिङ्गरलाई जित्न सक्छौ भन्ने कुरामा तिमीहरू साँच्चै निश्चित छौ? तिमीहरूलाई मैले माग्ने कुरा यही हो; मलाई चाहिने एउटै कुरा भनेको तिमीहरू यस चरणमा पुग्न सक भन्ने हो। के तिमीहरूले यसो गर्न सक्नेछौ? के यो हासिल गर्न सक्छौ भन्ने तिमीहरूमा विश्वास छ? मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र? युद्धमा संलग्न हुने स्थानमा नै म व्यक्तिगत रूपमा ओर्लन्छु भनेर म किन भन्छु? मलाई तिमीहरूको विश्वास चाहिन्छ, तिमीहरूको काम होइन। मानवजाति मेरा वचनहरूलाई सोझो रूपमा बुझ्न सबै असमर्थ छन्, बरु तिनीहरू तिनलाई छड्के नजरले मात्रै हेर्छन्। के यसले तिमीहरूका उद्देश्यहरू पूरा गर्न सहयोग गरेको छ? के तिमीहरूले यसरी मलाई चिन्न पुगेका छौ? इमानदारीपूर्वक भन्नुपर्दा, पृथ्वीका मानवमध्ये मलाई मेरो अनुहारमा सिधा नजरले हेर्न सक्ने क्षमता भएको एक जना पनि छैन, र मेरा वचनहरूको शुद्ध र विशुद्ध अर्थलाई बुझ्न सक्ने क्षमता भएको एक जना पनि छैन। त्यसकारण, मैले मेरा लक्ष्यहरूलाई पूरा गर्न र मानिसहरूका हृदयमा मेरो आफ्नो साँचो स्वरूप स्थापना गर्न, पृथ्वीमा मैले अभूतपूर्व परियोजनालाई अघि बढाएको छु। यसरी, मानिसहरूमाथि धारणाहरूले शक्ति चलाउने युगलाई म अन्त्य गर्नेछु।
आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैनँ, तर सारा आकाशलाई हल्लाउँदै म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरूबाट बच्ने कुनै ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसलाई मलाई चिन्ने र देख्न सक्ने तुल्याउने मेरो इच्छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्म देख्न नसकेका तर जो व्यावहारिक तवरमा अहिले हुनुहुन्छ, तिनीहरू उहाँ परमेश्वरको डर मान्न पुग्छन्। के कारणले मैले संसारको सृष्टि गरेँ? मानव भ्रष्ट भएर पनि, मैले किन तिनीहरूलाई पूर्ण रूपमा सर्वनाश गरिनँ? के कारणले गर्दा सारा मानवजाति विपत्तिहरूको बीचमा जिउँछन्? देह धारण गर्नुमा मेरो उद्देश्य के थियो? जब म मेरो काम गरिरहेको हुन्छु, मानवजातिले तीतो चाख्न मात्र होइन, तर मीठो पनि चाख्न सिक्छ। संसारका सारा मानिसमध्ये कोचाहिँ मेरो अनुग्रहभित्र जिउँदैन र? यदि मैले मानवजातिलाई भौतिक आशिष्हरू प्रदान नगरेको भए, संसारमा कोचाहिँ सम्पन्न हुन सक्थ्यो र? के तिमीहरूलाई मेरा प्रजाका रूपमा स्थान लिन दिनु आशिष हो? तिमीहरू मेरा प्रजा नभएर सेवाकर्ता भएको भए, के तिमीहरू मेरा आशिषहरूभित्र अस्तित्वमा रहिरहेका हुने थिएनौ र? मेरा वचनका उत्पत्तिलाई बुझ्न सक्ने तिमीहरूमध्ये एक जना पनि छैन। मानवता—मैले तिनीहरूलाई प्रदान गरेको पदवी नामहरूलाई बहुमूल्य ठान्नु त कता हो कता, तिनीहरूमध्ये धेरैले आफ्नो हृदयमा “सेवा गर्ने” पदवी नामको कारण द्वेष राख्छन्, र धेरैले आफ्नो हृदयमा “मेरा मानिसहरू” भन्ने पदवी नामको कारण मेरो लागि प्रेम पैदा गर्छन्। कसैले पनि मलाई मूर्ख बनाउने प्रयास गर्नुहुँदैन; मेरा आँखाहरू सर्वदर्शी छन्! तिमीहरूमध्ये कसले तत्परतासाथ ग्रहण गर्छौ, तिमीहरूमध्ये को पूर्ण रूपमा समर्पित हुन्छौ? यदि राज्यको सलामी नगुञ्जेको भए, के तिमीहरू साँच्चै अन्त्यसम्मै समर्पित हुनेथियौ र? मानव जे गर्न र विचार गर्न सक्षम छन्, अनि तिनीहरू जति हदसम्म जान सक्छन्—यी सबै कुरालाई मैले धेरै पहिले नै अघिबाटै पूर्वनिर्धारित गरिसकेको छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १०
परमेश्वरका दैनिक वचनहरू अंश २२५
राज्यको निर्माण औपचारिक रूपमा सुरु भइसकेको भए पनि, त्यो राज्यको सलामी औपचारिक रूपमा गुञ्जन अझै बाँकी छ; अब यो पछि हुनआउने कुराको एउटा अगमवाणी मात्र हो। जब परमेश्वरका मानिसहरू सबै पूर्ण पारिएका हुन्छन् र पृथ्वीका सबै देशहरू ख्रीष्टको राज्य बनेका हुन्छन्, तब त्यो सात मेघगर्जन गर्जने समय हुनेछ। आजको दिन त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फको धावा बोलिसकिएको छ। यो परमेश्वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्वरले जे बोल्नुहुन्छ ती सबै उहाँले पहिले नै पूरा गरिसक्नुभएको छ। त्यसैले, पृथ्वीका देशहरू बालुवामा बनाइएका महल मात्र हुन् जुन टुक्राटुक्रा हुन लागेका छन् भन्ने कुरा स्पष्ट छ—अन्तिम दिन आउनै लागेको छ र ठूलो रातो अजिङ्गर परमेश्वरको वचनमुनि गिर्नेछ। परमेश्वरको योजना पूर्ण रूपमा सफल भएको सुनिश्चित गर्न स्वर्गदूतहरू मानव संसारमा ओर्लेका छन् र परमेश्वरलाई सन्तुष्ट पार्नका निम्ति उनीहरूले सक्दो गर्न थालेका छन्, साथै देहधारी परमेश्वर स्वयम् शत्रुविरुद्ध युद्ध गर्न युद्धको मैदानमा उपस्थित हुनुभएको छ। जहाँ देहधारण हुनुहुन्छ, शत्रुलाई त्यहीँ नष्ट गरिन्छ। नष्ट हुनेमा चीन पहिलो हुनेछ; त्यसलाई परमेश्वरको हातद्वारा सखाप पारिनेछ। परमेश्वरले त्यसलाई बिलकुलै दया देखाउनुहुनेछैन। परमेश्वरका मानिसहरू अझ परिपक्व हुँदै जाँदा, त्यसले ठूलो रातो अजिङ्गरको थप पतन भइरहेको प्रमाणित गर्छ; मानिसले यो प्रस्ट रूपमा देख्न सक्छ। परमेश्वरका मानिसहरूको परिपक्वता शत्रुको विनाशको पूर्वसङ्केत हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो। यसरी, धेरैवटा अवसरमा, परमेश्वरले उहाँका मानिसहरूलाई उनीहरूको हृदयमा धारणाहरूले बनाएको स्थितिलाई अर्थात् ठूलो रातो अजिङ्गरको कुरूपतालाई हटाउन उहाँका सुन्दर गवाही दिनुपर्छ भनी स्मरण गराउनुभएको छ। परमेश्वरले त्यस्ता सम्झौटोहरू मानिसहरूको विश्वासलाई सजीव बनाउन प्रयोग गर्नुहुन्छ, त्यसो गरेर उहाँको आफ्नो काममा उपलब्धिहरू प्राप्त गर्नुहुन्छ। किनकि परमेश्वरले भन्नुभएको छ, “मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र?” सबै मानिस यस्तै प्रकारका छन्; तिनीहरू असक्षम मात्र छैनन्, तिनीहरू त सजिलै निराश र दुःखी पनि हुन्छन्। यसकारण, तिनीहरूले परमेश्वरलाई चिन्न सक्दैनन्। परमेश्वरले मानवजातिको विश्वास पुनर्जीवित मात्र पार्नुहुन्न; गोप्य र निरन्तर रूपमा मानिसहरूलाई बल पनि प्रदान गर्नुहुन्छ।
त्यसपछि, परमेश्वरले सम्पूर्ण ब्रह्माण्डसँग बोल्न थाल्नुभयो। परमेश्वरले चीनमा आफ्नो नयाँ काम सुरु गर्नुभएको मात्र छैन, उहाँले त सारा ब्रह्माण्डभरि नै आजको नयाँ काम गर्न थाल्नुभएको छ। कामको यस चरणमा, परमेश्वरले उहाँलाई धोका दिने सबै मानिस फेरि उहाँको सिंहासनको अघि समर्पित हुन आउन सकून् भनी आफ्ना सारा काम संसारभरि प्रकट गर्न चाहनुभएको हुनाले परमेश्वरको न्यायमा अझै पनि उहाँको कृपा र प्रेमिलो-दयालुपन सम्मिलित हुनेछ। परमेश्वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ तिनीहरूलाई परमेश्वरलाई खोज्न प्रेरित गर्ने मौकाको रूपमा प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू उहाँसामु वापस आउन सकून्। त्यसैले परमेश्वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १०
परमेश्वरका दैनिक वचनहरू अंश २२६
म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित हुन्छन्; स्वर्गमा हुने मेरा गतिविधिहरूलाई पृथ्वीमा मानवजातिले कहिल्यै पनि बुझ्न सकेको छैन, न त मेरो आत्माको कक्ष र मार्गहरूलाई विस्तृत रूपमा विचार गर्न सकेको छ। अधिकांश मानिसहरू आत्माको बाहिर रहेका सानातिना कुराहरूलाई मात्र बुझ्छन्, आत्माको वास्तविक अवस्थालाई बुझ्न सक्दैनन्। मैले मानिसहरूसँग गरेका मागहरू स्वर्गमा रहेको मेरो अस्पष्ट अस्तित्वबाट वा यस पृथ्वीमा रहेको सोच्नै नसकिने अस्तित्वबाट निस्कँदैन; म पृथ्वीमा मानिसको कदको आधारमा उपयुक्त मापदण्ड तय गर्छु। मैले कसैलाई कहिल्यै पनि कठिनाइहरूमा पारेको छैनँ, न त मैले कहिल्यै कसैलाई मेरो खुसीका लागि “उसको रगत निचोर्न” लगाएको छु—के मेरा मागहरू त्यस्तो अवस्थामा मात्र सीमित हुन सक्छन्? पृथ्वीका असङ्ख्य प्राणीहरूमध्ये कुनचाहिँ मेरो मुखका वचनहरूद्वारा भष्म हुँदैन? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामने आएर, मेरा वचनहरू र मेरो जल्दो आगोले पूर्ण रूपमा नष्ट हुँदैन र? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामु “गजक्क परेर” घमन्ड गर्दै रमाउन सक्छ? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामु निहुरिँदैन? के म केवल सृष्टिमा मौनता थप्ने परमेश्वर हुँ? सृष्टिका असङ्ख्य थोकहरूमध्ये, म तिनीहरूलाई चुन्छु, जो मेरा अभिप्रायअनुरूप छन्; असङ्ख्य मानिसहरूमध्ये म तिनीहरूलाई चुन्छु जसले मेरो हृदयलाई वास्ता गर्दछन्। म सम्पूर्ण ताराहरूमध्ये सबैभन्दा उत्तमलाई चुन्छु, त्यसरी मेरो राज्यमा प्रकाशको मधुरो ज्योति थप्छु। म आफ्नो सुवासना जताततै फैलाउँदै पृथ्वीमा हिँड्दै जान्छु, र हरेक ठाउँमा म आफ्नो स्वरूप छोड्छु। प्रत्येक स्थानले मेरो आवाजलाई गुञ्जाउँछ। मानिसहरू जताततै हिजोको सुन्दर दृश्यमा रहन्छन्, किनकि सबै मानिसले विगतलाई सम्झिरहेका छन् …
सबै मानिसहरू मेरो अनुहार हेर्न चाहन्छन्, तर जब म एक व्यक्ति बनेर यस पृथ्वीमा ओर्लन्छु, तिनीहरू सबै मेरो आगमनको विपरीत हुन्छन्, र तिनीहरूले ज्योतिको आगमनलाई निषेध गर्दछन्, मानौं म स्वर्गमा बस्ने मानिसको शत्रु हुँ। मानिसले उसको आँखामा प्रतिरक्षाको भाव राखेर मलाई अभिवादन गर्छ, र लगातार सचेत रहन्छ, मसँग उसका निम्ति अर्को योजना होला भनी गम्भीर रूपमा डराउँछ। मानवजातिले मलाई अपरिचित साथी ठानेको कारण, उनीहरू आफ्ना मनमा मैले उनीहरूलाई अन्धाधुन्ध मार्ने उद्देश्य राखेको छु भनी विचार गर्छन्। मानिसको नजरमा, म एक भयानक विरोधी हुँ। विपत्तिको बीचमा मेरो न्यानो स्वाद चाखेपछि पनि मानिस मेरो प्रेमको बारेमा अनजान रहन्छ, र मलाई अझै रोक्न र चुनौती दिन दृढ बन्छ। उसको अवस्थाको फाइदा उठाउँदै ऊ विरुद्ध कदम चाल्नु त कता हो कता, तर म मानिसलाई मेरो न्यानो अङ्गालोमा लिन्छु, उसको मुख मिठासले भरिदिन्छु, र उसको पेटमा आवश्यक भोजन हालिदिन्छु। तर जब मेरो भयानक क्रोधले पहाड र नदीहरू हल्लाउँछ, मानिसको कायरतालाई ध्यानमा राखेर अब उसो म उसलाई कुनै प्रकारको सहायता गर्नेछैनँ। यस घडी, म क्रोधित हुनेछु र सबै जीवित प्राणीहरूलाई पश्चात्ताप गर्ने अवसर दिन इन्कार गर्नेछु र मानिसप्रतिको मेरा सबै आशाहरू त्यागेर म त्यससँग अत्यन्तै योग्य बदला लिनेछु। यस समयमा गर्जन र बिजुलीको चमक चम्कन्छ र गर्जन्छ, समुद्रका छालहरू क्रोधमा उठेजस्तै, हजारौं-हजार पर्वतहरू भत्केर ढलेझैं। मानिस उसको विद्रोहीपनको कारण गर्जन र बिजुलीको चमकद्वारा ढल्छ, अनि अरू प्राणीहरू गर्जन र बिजुलीको चमकको विस्फोटद्वारा पूर्ण रूपले नष्ट हुन्छन्, र सारा ब्रह्माण्ड अचानक अराजकतामा ओर्लन्छ, र सृष्टि जीवनको मूल सास फेरि प्राप्त गर्न असमर्थ हुन्छ। मानिसहरूका असङ्ख्य भीडहरू त्यो गर्जनको आवाजबाट उम्कन सक्दैनन्; बिजुलीको चमकको बीचमा, मानिसहरू भीडका भीड पहाडबाट झरेको प्रचण्ड वर्षाको प्रवाहमा बगेर नष्ट हुन्छन्। अचानक, “मानिसहरू” को संसार मानिसको “गन्तव्य” को रूपमा परिवर्तित हुन्छ। लासहरू समुद्रको सतहमा बग्छन्। मेरो क्रोधको कारण सबै मानिसहरू मबाट टाढा जान्छन्, किनकि मानिसले मेरो आत्माको अस्तित्वको विरुद्ध पाप गरेका छन् र उसको विद्रोहीपनले मलाई अप्रसन्न तुल्याएको छ। तर, पानी नभएका खाली ठाउँहरूमा, अरू मानिसहरू मैले कृपासाथ प्रदान गरेका प्रतिज्ञाहरूमा हाँस्दै र गाउँदै आनन्द मनाउँछन्।
जब सबै मानिसहरू मौन हुन्छन्, म तिनीहरूका आँखाको अगाडि एक मन्द ज्योति निकाल्छु। त्यसपछि, मानिसहरू स्वच्छ मन र आँखामा चमक भएका हुन्छन्, अब चुप लागी बस्न राजी हुँदैनन्; यसरी उनीहरूका हृदयमा तुरुन्तै आत्मिक भावना उत्पन्न हुन्छ। यस्तो भएपछि, सारा मानवजाति पुनरुत्थान हुन्छन्। तिनीहरूका अव्यक्त गुनासाहरू पन्साउँदै सबै मानिसहरू मेरो सामने आउँछन्, मैले घोषणा गरेको वचनद्वारा जिउने अर्को मौका पाउँछन्। किनकि सबै मानिसहरू पृथ्वीमा जिउने इच्छा गर्छन्। तर तिनीहरूमध्ये कसले कहिले मेरो खातिर जिउने उद्देश्य राखेको छ? तिनीहरूमध्ये कसले मेरो आनन्दका निम्ति आफैमा भव्य थोकहरू प्रकट गरेको छ? तिनीहरूमध्ये कसले मेरो आकर्षक सुगन्ध पत्ता लगाएको छ? सबै मानिसहरू असभ्य र अशुद्ध थोकहरू हुन्: बाहिरी रूपमा, तिनीहरू आँखा टिल्ल बनाउँछन्, तर तिनीहरूको सारतत्व मलाई साँचो हृदयले प्रेम गर्ने हुँदैन, किनकि मानिसको हृदयको गहिरो स्थानमा मेरो कुनै तत्व कहिल्यै रहेको छैन। मानिसमा धेरै कुराको कमी छ: उसलाई मसँग तुलना गर्दा स्वर्ग र पृथ्वीको बीचमा भएको जस्तो ठूलो धाँदो प्रकट हुन्छ। त्यसो भए पनि, म मानिसको दुर्बल र कमजोर ठाउँहरूमा प्रहार गर्दिनँ, न त म उसका कमी-कमजोरीहरूको कारण उसलाई हाँसोमा उडाउँछु। मेरा हातहरूले पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दैआएका छन्, र ती सँगसँगै, मेरा आँखाहरूले सम्पूर्ण मानवजातिमाथि नजर राखेका छन्। तापनि मैले एउटै पनि मानव जीवनलाई सामान्य रूपमा लिएर त्यसलाई खेलौना सम्झी त्योसँग खेलेको छैनँ। मानिसले लिने पीडा मैले देखेको छु र म उसले तिरेको मूल्य बुझ्छु। ऊ मेरो सामु खडा हुँदा, म उसलाई दण्ड दिनका निम्ति उसलाई अचानक पक्रन चाहन्नँ, न त म उसलाई अप्रिय थोकहरू नै दिन चाहन्छु। यसको सट्टामा, मैले हरसमय मानिसका लागि प्रबन्ध गरेको छु र उसलाई दिएको छु। यसैले मानिसले प्राप्त गर्ने भनेको मेरो अनुग्रह नै हो, मेरो हातबाट आउने सबै इनाम यही हो। म यस पृथ्वीमा भएकोले, मानिसले कहिल्यै भोकका कष्टहरू भोग्नु परेको छैन। बरु, उपभोग गर्नका निम्ति म मानिसलाई मेरो हातका चीजहरू दिन्छु, र म मानवजातिलाई मेरा आशिषहरूभित्र जिउन दिन्छु। के सबै मानिस मेरो सजायमा परेर जिउँदैनन्? जसरी पर्वतहरूका गहिराइहरूमा प्रशस्तता छ र समुद्रमा उपभोग गर्ने प्रशस्त थोकहरू छन्, त्यसरी नै के आज मेरो वचनभित्र जिउने मानिसहरूसँग उपभोग गर्न र चाख्नका निम्ति त्योभन्दा प्रशस्त खाने कुराहरू छैनन् र? म पृथ्वीमा छु, र मानिसहरूले पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्छन्। जब म पृथ्वी छोडेर जान्छु, त्यस बेला मेरो काम पनि त्यसको पूर्णतामा पुग्दछ, मानवजातिले तिनीहरूका कमजोरीको कारण मेरो कृपा प्राप्त गर्न छोड्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १७
परमेश्वरका दैनिक वचनहरू अंश २२७
के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै सच्चा रूपमा घृणा गर्छौ? मैले किन तिमीहरूलाई यति धेरै पटक सोधेको छु? म किन तिमीहरूलाई बारम्बार यो प्रश्न सोधिरहन्छु? तिमीहरूको हृदयमा ठूलो रातो अजिङ्गरको कस्तो छवि छ? के यसलाई साँच्चै हटाइएको छ? के तिमीहरू त्यसलाई साँच्चै आफ्नो पिता ठान्दैनौ? सबै मानिसले मेरा प्रश्नहरूमा रहेको मेरो अभिप्रायलाई बुझ्नुपर्छ। यो मानिसलाई रिस उठाउनका लागि होइन, न त मानिसमाझ विद्रोह सुरु गर्नका लागि, न त मानिसले आफू उम्कने बाटो भेट्टाओस् भनेर नै हो, बरु यो त मानिसहरूलाई ठूलो रातो अजिङ्गरको बन्धनबाट मुक्त हुन दिनका लागि हो। तर कोही पनि व्यग्र हुनु पर्दैन। सबै कुरा मेरा वचनहरूद्वारा पूरा हुनेछन्; कुनै मानिसले यसमा भाग लिन पाउनेछैन, र मैले गर्ने काम कुनै पनि मानिसले गर्न सक्नेछैन। म सबै भूमिको हावा सफा गर्नेछु र पृथ्वीमा रहेका पिशाचहरूका सबै चिन्हलाई नामेट पार्नेछु। मैले सुरु गरिसकेको छु, र म मेरो सजायको प्रारम्भिक काम ठूलो रातो अजिङ्गरको वासस्थानमा सुरु गर्नेछु। त्यसैले मेरो सजाय सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ भन्ने कुरा देख्न सकिन्छ। ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कनै सक्दैनन्, किनकि म सारा भूमिको छानबिन गर्छु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ, अर्थात्, जब न्यायको युगको अन्त्य हुन्छ, तब म औपचारिक रूपमा ठूलो रातो अजिङ्गरलाई सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिएको धर्मी सजाय अवश्यै देख्नेछन्, मेरो धार्मिकताका कारण अवश्यै अनवरत रूपमा प्रशंसा व्यक्त गर्नेछन्, र मेरो धार्मिकताका कारण अवश्यै सधैँभरि मेरो पवित्र नाउँको गुणगान गर्नेछन्। तसर्थ तिमीहरूले औपचारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेछौ, र औपचारिक रूपमा सारा भूमिभरि सदासर्वदा मेरो प्रशंसा गर्नेछौ!
जब न्यायको युग चरम सीमामा पुग्छ, म आफ्नो कामलाई टुङ्ग्याउन हतार गर्नेछैनँ, बरु त्यसलाई सजायको युगको प्रमाणसँग जोड्नेछु, ताकि मेरा सबै मानिसले देखून्; यसबाट अझ ठूलो फल प्राप्त हुनेछ। यो प्रमाण नै मैले ठूलो रातो अजिङ्गरलाई सजाय दिने माध्यम हो, र म मेरा मानिसलाई यो तिनीहरूका आफ्नै आँखाले हेर्न लगाउनेछु, ताकि तिनीहरूले मेरो स्वभावबारे अझ धेरै जानून्। मेरा मानिसहरू ममा त्यसबेला आनन्द लिन्छन् जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई खडा हुन र त्यसविरुद्ध विद्रोह गर्न लगाउनु नै मेरो योजना हो, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो अवसर हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २८
परमेश्वरका दैनिक वचनहरू अंश २२८
जब चम्किलो चन्द्रमा उदाउँछ, तब शान्तिमय रात तुरुन्तै भङ्ग हुन्छ। चन्द्रमा टुक्रा-टुक्रा अवस्थामा भए पनि मानिस राम्रो मुडमा हुन्छ, र चन्द्रमाको प्रकाशमुनि शान्तिपूर्वक बसेर त्यही चन्द्रमाको प्रकाशले बनेको सुन्दर दृश्यलाई सराहना गर्दै हेर्छ। मानिसले आफ्नो मनस्थितिको वर्णन गर्न सक्दैन; यस्तो लाग्छ, मानौँ ऊ आफ्ना विचारहरू विगततिर फर्काउन चाहन्छ, मानौँ ऊ भविष्यतिर हेर्न चाहन्छ, मानौँ ऊ वर्तमानमा रमाइरहेको छ। उसको मुहारमा मुस्कान देखा पर्छ, अनि त्यो रमाइलो वातावरणको बीचमा एउटा ताजा सुगन्ध फैलिन्छ; जब मन्द बतास चल्न थाल्छ, तब मानिसले त्यो गहिरो सुवास थाहा पाउँछ र ऊ होसमा आउनै नसक्ने गरी त्यसमा लट्ठ भएको जस्तो देखिन्छ। ठिक यही समयमा म व्यक्तिगत रूपमा मानिसमाझ आएको छु, र उसले गहिरो सुवासको अझ बढी अनुभूति गर्छ, र यसरी ऊ यो सुवासबीच जिउँछ। म र मानिसबीच शान्ति छ, मानिस मसँग सामञ्जस्यतामा जिउँछ, ऊ अब मलाई फरक रूपमा हेर्दैन, म अब मानिसका कमी-कमजोरीहरूलाई काटछाँट गर्दिनँ, अब मानिसको अनुहारमा कुनै छटपटीको भाव देखिँदैन, र अब मृत्युले सम्पूर्ण मानवजातिलाई धम्की दिँदैन। आज म मानिससँगसँगै सजायको युगमा अगाडि बढ्छु, ऊसँग हातमा हात मिलाएर अघि बढ्छु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसमाझ मेरो लौरो प्रहार गर्छु र त्यो मानिसभित्रको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्तिहरू भए जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रु हुन् र यसले तिनीहरूलाई सजिलै बाँकी राख्दैन; मेरो विरोध गर्नेहरू सबैमाझ यो लौरोले त्यसको अन्तर्निहित प्रकार्य गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरा अभिप्रायहरूअनुसार आ-आफ्ना भूमिकाहरू पूरा गर्छन्, र तिनीहरूले कहिल्यै मेरा अभिप्रायहरूविरुद्ध जाने वा आफ्नो सारतत्त्वलाई बदल्ने गरेका छैनन्। फलस्वरूप, पानी गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्, मानिस सधैँ परिवर्तन हुन प्रवृत्त हुनेछ, सूर्य मधुरो हुँदै जानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसका निम्ति शान्तिमा जिउने एक दिन पनि हुनेछैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र यसले आफूलाई उप्रान्त बाँधेर राख्नेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै देशलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नीबीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा कामकुराहरू जसरी हुने गर्थे ती सबैलाई म चकनाचुर पार्नेछु। म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म दैहिक भावनाविहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका नजरमा “तेस्रो पक्ष” भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो “विवेक” उठाउने मौका प्रयोग गर्छ; मानिसहरूका भावनाहरूका कारण नै ऊ सधैँ मेरो सजायदेखि वितृष्ण हुन्छ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ मलाई सधैँ पक्षपातपूर्ण र अन्यायपूर्ण भन्छ, र कामकुराहरूलाई सम्हाल्दा म मानिसहरूका भावनाहरूलाई ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो भोक र निन्द्राबारे नसोची कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिनरात काम गरेको छ? मानिस कसरी परमेश्वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्वरसित मिल्न सक्छ? सृष्टि गर्नुहुने परमेश्वर कसरी सृष्टि गरिएको मानिससँग उस्तै प्रकारको हुन सक्नुहुन्छ? मैले कसरी सधैँ पृथ्वीमा मानिससँग जिउन र चल्न सक्छु? मेरो हृदयको वास्ता कसले गर्न सक्छ? मानिसका प्रार्थनाहरूले हो? म एक पटक मानिससँग भेट्न र ऊसँगसँगै हिँड्न राजी भएँ—र हो, आजको दिनसम्म मानिस मेरो हेरचाह र सुरक्षामा रहेर जिएको छ, तर के त्यस्तो दिन कहिल्यै आउला जब मानिसले आफूलाई मेरो हेरचाहबाट अलग गर्न सकोस्? हुन त मानिसले कहिल्यै पनि मेरो हृदयबारे चिन्ता लिएको छैन, तर ज्योतिविनाको भूमिमा को जिइरहन सक्छ? मेरो आशिष्को कारण मात्र मानिस आजको दिनसम्म जिएको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २८
परमेश्वरका दैनिक वचनहरू अंश २२९
सबै देश ठूलो अस्तव्यस्ततामा रहेका छन्, किनभने परमेश्वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका निर्वाह गर्न थालेको छ। परमेश्वरको कामलाई पृथ्वीको स्थितिमा देख्न सकिन्छ। जब परमेश्वर “पानी गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्,” भनेर भन्नुहुन्छ, त्यो पृथ्वीमा उक्त डन्डाको प्रारम्भिक काम हो, जसको परिणामस्वरूप “पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै देशलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नीबीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा कामकुराहरू जसरी हुने गर्थे ती सबैलाई म चकनाचुर पार्नेछु।” पृथ्वीमा रहेका परिवारहरूको सामान्य स्थिति यस्तै हुनेछ। स्वाभाविक रूपमा, तिनीहरू सबैको स्थिति यस्तो हुनै सक्दैन; अधिकांशको चाहिँ यस्तो हुन्छ भन्ने मात्र हो। अर्कोतर्फ, यसले यो प्रवाहका सबै मानिसले भविष्यमा भोग्ने परिस्थितिहरूलाई जनाइरहेको छ। यसले यो भविष्यवाणी गर्छ कि तिनीहरूले वचनहरूको सजाय भोगिसकेपछि र गैरविश्वासीहरू विपत्तिको अधीनमा परेपछि, पृथ्वीका मानिसहरूमा पारिवारिक सम्बन्धहरू बाँकी रहनेछैनन्; तिनीहरू सबै सिनिमका मानिस हुनेछन्, र तिनीहरू सबै परमेश्वरको राज्यमा अर्पित हुनेछन्। यसरी, पति र पत्नीबीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। त्यसकारण, पृथ्वीका मानिसहरूका परिवारहरू छिन्नभिन्न हुनेछन्, टुक्राटुक्रा हुनेछन्, र परमेश्वरले मानिसमाथि गर्नुहुने अन्तिम काम यही नै हुनेछ। अनि परमेश्वरले यो कामलाई ब्रह्माण्डभरि नै फैलाउनुहुनेछ, त्यसैले उहाँले यो अवसर पारेर मानिसहरूलाई “भावना” भन्ने शब्दबारे स्पष्ट पार्नुहुनेछ, र यसरी तिनीहरूलाई परमेश्वरको अभिप्राय भनेको सबै मानिसका परिवारहरूलाई टुक्राटुक्रा पार्नु हो र परमेश्वरले मानवजातिका सबै “पारिवारिक विवादहरू” समाधान गर्न सजायको प्रयोग गर्नुहुन्छ भनी देखाउनुहुनेछ। होइन भने, पृथ्वीमा परमेश्वरको कामको अन्तिम भागलाई टुङ्गोमा पुर्याउने कुनै उपाय नै हुनेछैन। परमेश्वरका वचनहरूको अन्तिम भागले मानवजातिको सबैभन्दा ठूलो कमजोरी—तिनीहरू सबै भावनाका स्थितिमा जिउँछन् भन्ने कुरा—उदाङ्गो पार्छ, त्यसकारण परमेश्वर तिनीहरूमध्ये एक जनाबाट पनि तर्कनुहुन्न, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुन्छ। किन मानिसहरूलाई आफ्ना भावनाहरू फाल्न यति गाह्रो हुन्छ? के यसो गर्दा विवेकका मानकहरू नाघिन्छन्? के विवेकले परमेश्वरको इच्छा पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूलता पार गर्न मद्दत गर्न सक्छ? परमेश्वरका नजरमा, भावनाहरू उहाँका शत्रु हुन्—के परमेश्वरका वचनहरूमा यो कुरा प्रस्ट रूपमा बताइएको छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय २८
परमेश्वरका दैनिक वचनहरू अंश २३०
परमेश्वरका सबै वचनमा उहाँको स्वभावको केही अंश हुन्छ। उहाँको स्वभावलाई पूर्ण रूपले शब्दहरूमा व्यक्त गर्न सकिँदैन। यो कुरा उहाँभित्र कति प्रचुरता छ भनी देखाउन पर्याप्त छ। मानिसहरूले जे देख्न र छुन सक्छन् त्यो आखिर तिनीहरूको क्षमताजस्तै सीमित छ। परमेश्वरका वचनहरू स्पष्ट भए तापनि, मानिसहरूले ती पूर्ण रूपमा बुझ्न सक्दैनन्। उदाहरणको लागि, यी वचनहरूलाई नै लिऔं: “बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ!” परमेश्वरका सबै वचनमा उहाँको अस्तित्व हुन्छ, र सबै मानिसलाई यी वचनबारे थाहा भए पनि, कसैले कहिल्यै तिनका अर्थ जानेका छैनन्। परमेश्वरका नजरमा, उहाँको प्रतिरोध गर्ने सबै नै उहाँका शत्रु हुन्, अर्थात्, दुष्ट आत्माहरू भएका पशु हुन्। यसबाट, मण्डलीको साँचो स्थितिलाई अवलोकन गर्न सकिन्छ। सबै मानिस परमेश्वरका वचनद्वारा प्रज्वलित हुन्छन्, र यस ज्योतिमा तिनीहरूले अरूको उपदेश वा ताडना वा प्रत्यक्ष निष्कासन नभोगी, काम गर्ने अन्य मानवशैलीहरूको वशमा नपरी, र अन्य व्यक्तिहरूले औँल्याउने कार्यमा नपरी, आफैले आफ्नो जाँच गर्छन्। “सूक्ष्म दृष्टिकोण” बाट तिनीहरूले आफूभित्र वास्तवमा कति धेरै रोगीपन छ भनी एकदमै स्पष्ट रूपमा देख्छन्। परमेश्वरका वचनहरूमा हरेक किसिमको आत्मालाई त्यसको मौलिक स्वरूपमा वर्गीकृत र प्रकट गरिन्छ; यसरी स्वर्गदूतका आत्माहरू झन्-झन् प्रज्वलित र अन्तर्दृष्टियुक्त हुन्छन्, यसकारण परमेश्वरको वचनले भन्छ, “तिनीहरूले फेरि त्यो पवित्रता प्राप्त गरेका छन्, जुन एकचोटि तिनीहरूसँग थियो।” यी वचनहरू परमेश्वरले हासिल गर्नुभएको अन्तिम नतिजामा आधारित छन्। हाललाई, अवश्य नै त्यो नतिजा हासिल गर्न सकिँदैन—यो त केवल भावी नतिजाहरूको अग्रिम झलक हो, जसबाट परमेश्वरको अभिप्रायलाई देख्न सकिन्छ। असङ्ख्य मानिसहरू परमेश्वरका वचनहरूभित्र चकनाचूर हुन्छन् र पवित्रकरणको क्रमिक प्रक्रियामा सबै मानिस पराजित हुनेछन् भनी देखाउन यी वचनहरू नै काफी छन्। यहाँ “हिलोमा पुरिएको छ” भन्ने वाक्यांश परमेश्वरले संसारलाई आगोले विनाश गर्नुभएको कुरासँग विरोधाभासपूर्ण छैन र “बिजुली” ले परमेश्वरको क्रोधलाई जनाउँछ। जब परमेश्वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछन्। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति जगमगाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात्, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ। स्वर्ग सहनै नसकिने गरी निर्जन हुनेछैन, बरु यसले संसारको सृष्टि भएदेखि आफूसँग नभएको जीवन्तता फेरि प्राप्त गर्नेछ, र जब परमेश्वरले नयाँ जीवनको सुरुवात गर्नुहुन्छ तब “छैटौँ दिन” को आगमन हुनेछ। परमेश्वर र मानवजाति दुवै विश्राममा प्रवेश गर्नुहुनेछ, अनि ब्रह्माण्ड तबउप्रान्त धमिलो र फोहोरी हुनेछैन, बरु नवीन बन्नेछ। यही कारणले गर्दा परमेश्वरले भन्नुभयो, “पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड र दुःखी छैन।” स्वर्गको राज्यमा कहिल्यै पनि अधर्मीपन वा मानव भावनाहरू, वा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव रहेका छैनन् किनभने त्यहाँ शैतानको वाधा छैन। “मानिसहरू” सबैले परमेश्वरका वचनहरू बुझ्न सक्छन्, अनि स्वर्गको जीवन खुसीले भरिपूर्ण हुन्छ। स्वर्गमा हुनेहरू सबैमा परमेश्वरको बुद्धि र प्रतिष्ठा हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १८
परमेश्वरका दैनिक वचनहरू अंश २३१
यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्ने कुरा हुन्। परमेश्वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्वरले भन्नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्वर देखा पर्नुहुनेछ भन्ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्वर भन्नुहुन्छ, “ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्वरको कामको भविष्यका चरणहरू यिनै हुन्। यसैले, तिमीहरूले यो शान्तिपूर्ण वातावरणमा परमेश्वरलाई प्रेम गर्ने सक्दो प्रयास गर्नुपर्दछ। भविष्यमा तिमीहरूले परमेश्वरलाई प्रेम गर्ने कुनै मौकाहरू पाउनेछैनौ, किनकि मानिसहरूसित परमेश्वरलाई प्रेम गर्ने मौका देहमा मात्र हुन्छ; जब तिनीहरू अर्कै संसारमा जिउँछन्, कसैले पनि परमेश्वरलाई प्रेम गर्ने कुरा गर्ने छैनन्। के यो सृष्टि गरिएको प्राणीको जिम्मेवारी होइन र? यसैले तिमीहरूले आफ्नो जीवनकालमा परमेश्वरलाई कसरी प्रेम गर्नुपर्दछ? के तैँले यसबारे कहिल्यै विचार गरेको छस्? के तँ मरेपछि मात्र परमेश्वरलाई प्रेम गरुँला भनी पर्खिरहेको छस्? के यो खोक्रो कुरा होइन र? आज, तँ किन परमेश्वरलाई प्रेम गर्ने कुराको पछि लाग्दैनस्? के व्यस्त रहेर परमेश्वरलाई प्रेम गर्नु साँचो प्रेम हुन सक्छ? परमेश्वरको कामको यो चरण चाँडै नै अन्त्य हुनेछ भन्नुको कारण के हो भने परमेश्वरले शैतानको अगाडि पहिले नै गवाही दिइसक्नुभएको छ। यसैले मानिसले केही पनि गर्नु आवश्यक छैन; मानिसलाई केवल ऊ जीवित रहेका वर्षहरूमा परमेश्वरलाई प्रेम गर्न मात्र आग्रह गरिएको छ—मुख्य कुरा यही हो। परमेश्वरका मागहरू उच्च छैनन्, र यसबाहेक, उहाँको हृदयमा एक तीव्र चिन्ता भएकोले, उहाँले कामको यो चरण समाप्त हुनु अघि नै अर्को चरणको कामको सारांश प्रकट गर्नुभएको छ, जसले अब कति समय छ भन्ने कुरालाई स्पष्ट पार्दछ; यदि परमेश्वर उहाँको हृदयमा चिन्तित हुनुहुन्नथ्यो भने, के उहाँले यति चाँडै यी वचनहरू बोल्नुहुनेथियो? समय थोरै भएकोले परमेश्वरले यस तरिकाले काम गर्नुहुन्छ। आशा गरिन्छ, कि तिमीहरूले जसरी आफ्नो शरीरलाई माया गर्छौ त्यसरी नै आफ्नो सारा हृदयले, आफ्ना सारा समझले र आफ्ना सारा शक्तिले परमेश्वरलाई प्रेम गर्न सक्नेछौ। के अति ठूलो अर्थ बोकेको जीवन यही होइन र? तैँले अन्यत्र कहाँ जीवनको अर्थ भेट्टाउन सक्छस्? के तँ धेरै नै अन्धो भइरहेको छैनस् र? के तँ परमेश्वरलाई प्रेम गर्न इच्छुक छस्? के परमेश्वर मानिसको प्रेम पाउन योग्य हुनुहुन्छ? के मानिसहरू मानिसको आराधना पाउन योग्य छन्? त्यसो भए, तैँले के गर्नुपर्छ? कुनै सङ्कोच नमानी साहस पूर्वक परमेश्वरलाई प्रेम गर्, र परमेश्वरले तँलाई के गर्नुहुनेछ सो हेर्। कतै उहाँले तँलाई मार्नुहुन्छ कि, हेर्। सारांशमा भन्नुपर्दा, परमेश्वरलाई प्रेम गर्ने काम परमेश्वरका निम्ति प्रतिलिपिहरू बनाउनु र लेख्नुभन्दा महत्त्वपूर्ण छ। तैँले सबैभन्दा महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुपर्दछ, यसैले कि तेरो जीवनको मूल्य अझै बढी होस् र यो खुसीले पूर्ण होस्, र त्यसपछि तैँले तेरो निम्ति परमेश्वरको “फैसला” पर्खनुपर्छ। तेरो योजनामा परमेश्वरलाई प्रेम गर्ने कुरा समावेश छ कि छैन म त्यो जान्न उत्सुक छु। सबैका योजनाहरू परमेश्वरद्वारा पूरा गरिएको होस्, र ती सबै वास्तविकता बनून् भन्ने मेरो कामना छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय ४२