परमेश्‍वरको कामलाई चिन्‍नु (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८८

परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण गर्दै तिमीहरूले साँच्चै नै प्राप्त गरेको उच्च उत्थान अनि मुक्तिको सराहना गर्नैपर्छ। परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: “किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरको वचनको कारण शोधन गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि, यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहको निम्ति परमेश्‍वरले गर्नुभएका सबै त्यागहरूको पूर्ण महत्त्व यही नै हो। अर्थात्, विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, र यसरी मात्रै परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिलाई प्रकट गर्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै हो परमेश्‍वरको इच्छा। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँले महिमा प्राप्त गर्न सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्‍वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरका दैनिक वचनहरू  अंश १८९

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ; अर्को चाहिँ आखिरी दिनहरूमा गरिने विजय र सिद्धताको कार्य हो, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यसैकारण तिमीहरूलाई दिइएको परमेश्‍वरको कार्य वा परमेश्‍वरको आज्ञालाई हल्का विषयको रूपमा नलेऊ। तिमीहरू सबै नै परमेश्‍वरको प्रशस्त र अनन्त महिमाको हकवाला हौ र यो विशेष रूपमा परमेश्‍वरले नै नियुक्त गर्नुभएको थियो। उहाँको महिमाको दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट हुन्छ; परमेश्‍वरको महिमाको एउटा भागको पूर्णता, यो तिमीहरूकै निजी धन होस् भनेर तिमीहरूलाई प्रदान गरिएको छ। यो परमेश्‍वरले तिमीहरूमा गर्नुहुने सम्मान हो, अनि यो उहाँले धेरै वर्षअघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने देशमा परमेश्‍वरले गर्नुभएको कार्यको महानता सम्‍झँदा, यदि यो कार्यलाई अरू कुनै ठाउँतिर सारिएको भए, यसले धेरै अघि ठूलो फल फलिसक्ने थियो र मान्छेले तत्कालै ग्रहण गर्नेथियो। यसबाहेक, यो काम परमेश्‍वरमा विश्‍वास गर्ने पश्चिमका पादरीहरूलाई स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथियो, किनकि येशूद्वारा गरिएको कार्यको चरणले उदाहरणको काम गर्छ। यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्ने कार्यको यो चरण अरू कतै हासिल गर्न सक्‍नुहुन्‍न; जब काममा मानिसहरूको समर्थन हुन्छ र राष्ट्रहरूद्वारा मान्यता प्राप्त गरेको हुन्छ, परमेश्‍वरको महिमा हाबी हुन सक्दैन। यस देशमा कार्यको यस चरणले राख्‍ने असाधारण महत्त्व यही हो। तिमीहरूमध्ये एक जना पनि व्यवस्थाद्वारा सुरक्षित छैनौ—बरु, तिमीहरू त व्यवस्थाद्वारा प्रतिबन्धित हुन्छौ। त्योभन्दा ठूलो समस्या यो छ कि मानिसहरूले तिमीहरूलाई बुझ्दैनन्: तिमीहरूको आफन्त होस्, वा तिमीहरूको बाबा-आमा, तिमीहरूको इष्टमित्र, अथवा तिमीहरूका सहकर्मीहरू होस्, तिनीहरूमध्ये कसैले पनि तिमीहरूलाई बुझ्दैनन्। जब तिमीहरू परमेश्‍वरद्वारा त्यागिन्छौ तिमीहरूको निम्ति यस धरतीमा जिइरहनु असम्भव हुँदछ, तर त्यसो भए तापनि, मानिसहरू परमेश्‍वरदेखि टाढा जान सक्दैनन्, जुन मानिसहरूलाई परमेश्‍वरले जित्नुको महत्त्व हो, र परमेश्‍वरको महिमा हो। तिमीहरूले आज जे प्राप्त गरेका छौ त्यो प्रेरितहरू र युगौँदेखिका अगमवक्ताहरूको भन्दा ठूलो छ अनि मोशा र पत्रुसभन्दा पनि धेरै नै ठूलो छ। आशिष एक-दुई दिनमा नै प्राप्त गर्न सकिँदैन, तर अत्यन्तै ठूलो त्यागद्वारा त्यसलाई प्राप्त गर्नुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्‍वास हुनैपर्छ, अनि तिमीहरूले प्राप्त गरेकै होस् भनी परमेश्‍वरले चाहनुभएका विभिन्‍न सत्यताहरू तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू धम्की दिने अथवा विश्‍वासघाती नबनी न्यायतर्फ फर्कनैपर्छ, अनि तिमीहरूमा परमेश्‍वरको निम्ति मृत्युसम्‍मै स्थिर रहने प्रेम हुनैपर्छ। तिमीसित अठोट हुनैपर्छ, तिमीहरूको जीवन स्वभावमा परिवर्तनहरू हुनैपर्छ, तिमीहरूको भ्रष्टता निको हुनैपर्छ, तिमीहरूले कुनै पनि गुनासोविना परमेश्‍वरका सबै योजनाहरू स्वीकार गर्नैपर्छ, अनि तिमीहरू मृत्युसम्‍मै आज्ञाकारी रहनैपर्छ। तिमीहरूले प्राप्त गर्नुपर्ने कुरा यही नै हो, परमेश्‍वरको कार्यको अन्तिम लक्ष्य यही नै हो, अनि परमेश्‍वरले मानिसहरूको यस समूहलाई गर्न लगाउनुहुने कुरा पनि यही नै हो। उहाँले नै तिमीहरूलाई दिनुहुने भएकोले, उहाँले तिमीहरूबाट फिर्ता पनि माग्नु नै हुनेछ, अनि निश्चय नै तिमीहरूबाट उचित मागहरू पनि गर्नु नै हुनेछ। यसैकारण, परमेश्‍वरले गर्नुहुने सबै कार्यको कारण छ, जसले समय समयमा परमेश्‍वरले उच्‍च मापदण्डहरू र कडा मागहरू तय गर्ने काम गर्नुहुन्छ भन्‍ने देखाउँछ। यसैकारण, तिमीहरू परमेश्‍वरमा भएको विश्‍वासले भरिनैपर्छ। संक्षिप्तमा, परमेश्‍वरले सबै कार्य तिमीहरूकै खातिर गर्नुहुन्छ, ताकि तिमीहरू उहाँको उत्तराधिकार प्राप्त गर्ने योग्यको बन्न सक। यो परमेश्‍वरको आफ्नै महिमाको खातिर नभएर तिमीहरूको उद्धार अनि त्यो अशुद्ध देशमा अत्यन्तै पीडित भएका मानिसहरूको यस समूहलाई सिद्ध बनाउनुको खातिर हो। तिमीहरूले परमेश्‍वरको इच्छा बुझ्नैपर्छ। यसर्थ, म धेरै यस्ता अज्ञानी मानिसहरूलाई सल्लाह दिन चाहन्छु जसमा कुनै पनि ज्ञान अथवा चेतना छैन: परमेश्‍वरको परीक्षा नगर, अनि अब उसो उहाँको विरोध पनि नगर। परमेश्‍वर पहिले नै यस्तो कष्टमा भएर गइसक्नुभएको छ जो कुनै पनि मान्छेले अहिलेसम्म सहेकै छैन, अनि धेरै अघि मानिसको खातिर धेरै ठूलो अपमान पनि सहिसक्नुभएको छ। तिमीहरू अब अझै अरू के-के त्याग्न सक्दैनौ? परमेश्‍वरको इच्छाभन्दा धेरै महत्त्वपूर्ण अरू के हुनसक्छ? परमेश्‍वरको प्रेमभन्दा उच्च के हुनसक्छ? यस अशुद्ध देशमा आफ्नो कार्यलाई निरन्तरता दिनु नै परमेश्‍वरको निम्ति कठिन कुरा हो; यदि, यसै माथि, मान्छेले थाहा हुँदाहुँदै अनि जानी-जानी पाप गर्छ भने, परमेश्‍वरको कार्य त लम्बिने नै छ। संक्षिप्तमा, यो कसैको फाइदाको निम्ति होइन, यसले कसैलाई पनि लाभ दिँदैन। परमेश्‍वरलाई समयले सीमित पार्दैन; सबैभन्दा पहिले उहाँको कार्य अनि उहाँको महिमा आउँछ। यसैकारण, उहाँले आफ्नो कार्यको निम्ति कुनै पनि मोल तिर्नुहुनेछ, चाहे यसको लागि जति नै समय किन नलागोस्। परमेश्‍वरको स्वभाव यही हो: आफ्नो कार्य नसिध्याएसम्म उहाँले विश्राम लिनुहुनेछैन। उहाँले आफ्नो महिमाको दोस्रो भाग प्राप्त गर्नुभएपछि मात्र उहाँको कार्य अन्त गर्नुहुनेछ। यदि, सारा ब्रह्माण्डमा, परमेश्‍वरले उहाँको महिमा प्राप्त गर्ने कार्यको दोस्रो खण्ड पूरा गर्नुहुन्न भने, उहाँको दिन कहिल्यै आउनेछैन, उहाँको हातले उहाँको चुनिएको जातिलाई कहिल्यै छोड्नेछैन, उहाँको महिमा कहिल्यै पनि इस्राएलमाथि आउनेछैन, अनि उहाँको योजना कदापि पूरा हुनेछैन। तिमीहरूले परमेश्‍वरको इच्छा देख्न सक्‍नुपर्छ, अनि परमेश्‍वरको कार्य स्वर्ग र पृथ्वी अनि सारा थोकहरूको सृष्टि जस्तो सरल छैन भन्‍ने देख्नैपर्छ। किनभने, आजको कार्य भ्रष्ट भएका, चरम रूपमा लट्टिएकाहरूको रूपान्तरण हो, यो तिनीहरूलाई शुद्ध गर्नको लागि हो जो सृष्टि त गरिए तर शैतानको बन्धनमा परे। यो आदम अनि हव्वाको सृष्टि होइन, न त ज्योतिको सृष्टि, अथवा हरेक वनस्पति अनि पशुको सृष्टि नै हो। परमेश्‍वरले शैतानद्वारा भ्रष्ट बनाइएका कुराहरूलाई शुद्ध गर्नुहुन्छ अनि तिनीहरूलाई नयाँ बनाउनुहुन्छ; तिनीहरू उहाँको आफ्नै स्वामित्वका कुराहरू बन्छन्, अनि तिनीहरू उहाँको महिमा बन्छन्। यो मानिसले सोचेजस्तो हुँदैन, यो स्वर्ग अनि पृथ्वी अनि त्यसमा भएका यावत् थोकहरूको सृष्टि जस्तो, अथवा शैतानलाई सरापेर अतल कुण्डमा फ्याँके जस्तो सरल हुँदैन; बरु, यो मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक कुराहरूलाई परिवर्तन गरेर सकारात्मक बनाउने, उहाँका नभएका कुराहरूलाई उहाँको आफ्नै बनाउने कार्य हो। परमेश्‍वरको कार्यको यस चरण पछाडिको सत्यता यही नै हो। तिमीहरूले यस कुरालाई बुझ्नैपर्छ अनि यी कुराहरूलाई ज्यादै सरल बनाउन छाड्नैपर्छ। परमेश्‍वरको कार्य अन्य साधारण कामहरू जस्तो हुँदैन। यसको अद्भुतता अनि बुद्धि मान्छेको समझदेखि बाहिरको कुरा हो। परमेश्‍वरले यी सबै कुराहरू कार्यको यस चरणको समयमा सृष्टि गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई नष्ट नै गर्नुहुन्छ। बरु, उहाँले आफैले सृष्टि गर्नुभएका सबै कुराहरूलाई रूपान्तरण गर्नुहुन्छ, अनि शैतानले दूषित पारेको सबै कुराहरूलाई शुद्ध पार्नुहुन्छ। अनि यस किसिमले परमेश्‍वरले एउटा महान कार्यको सुरुवात गर्नुहुन्छ, अनि परमेश्‍वरको कार्यको सम्पूर्ण महत्त्व यही हो। के यी वचनहरूमा तिमीहरूले परमेश्‍वरको कार्य साँच्चै नै सरल छ भन्‍ने देख्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९०

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ भन्‍ने कुराअनुसार छेडिन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन तर मानिसको मुक्ति, मानिसको जीवनको काम र मानिसको स्वभाव परिवर्तन गर्नु हो, ताकि उसले परमेश्‍वरको गवाही दिन सकोस्। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको अधिकार-क्षेत्रबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानलाई त्याग्नेछ र पूर्ण रूपमा परमेश्‍वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्‍वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्‍वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। प्रारम्भिक मानवजाति परमेश्‍वरको हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान परमेश्‍वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस परमेश्‍वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ अर्थात् मानिसलाई शैतानको कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यसप्रकार जुन मानिस कैद बनाइएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९१

परमेश्‍वर चीनको मूलभूमिमा देहधारी हुनुभएको छ, अथवा हङकङ र ताइवानका देशवासीहरूको शब्‍दमा भन्दा उहाँ “भित्री” भुभागमा देहधारी हुनुभएको छ। जब परमेश्‍वर माथि स्वर्गबाट पृथ्वीमा आउनुभयो, स्वर्ग वा पृथ्वीको कसैलाई पनि यसको बारेमा थाहा थिएन, किनभने परमेश्‍वर गुप्त रूपमा फर्किनुको साँचो अर्थ यही हो। उहाँले लामो समयदेखि देहमा काम गर्दै र जिउँदै आउनुभएको छ, तैपनि कसैलाई यसको बारेमा थाहा भएको छैन। आजको दिनसम्‍म पनि, यसलाई कसैले पहिचान गरेको छैन। सायद यो अनन्त पहेलीको रूपमा रहनेछ। यस पटक परमेश्‍वर देहमा आउनुभएको घटना कुनै पनि मानिसले थाहा पाउन नसक्‍ने कुरा हो। आत्माको काम जति ठूलो आकारको र त्यसको प्रभाव जति शक्तिशाली भए पनि, परमेश्‍वर सधैँ भावहीन नै रहनुहुन्छ, कहिल्यै कुनै पनि कुरा प्रकट गर्नुहुन्‍न। उहाँको कामको यो चरण स्वर्गीय क्षेत्रमा भइरहेको जस्तै हो भनेर भन्‍न सकिन्छ। देख्‍ने आँखा भएको सबैको लागि यो स्पष्ट भए तापनि, कसैले पनि यसलाई पहिचान गर्दैनन्। जब परमेश्‍वरले उहाँको कार्यको यो चरण समाप्त गर्नुहुन्छ, सारा मानवजातिले आफ्‍नो आम मनोवृत्तिलाई तोड्छन्,[१] र तिनीहरू आफ्नो लामो सपनाबाट बिउँझन्छन्। परमेश्‍वरले एक पटक यसो भन्‍नुभएको मलाई याद छ, “यस पटक देहमा आउनु बाघको ओडारमा खस्‍नुसरह भएको छ।” यसको अर्थ के हो भने, परमेश्‍वरको कार्यको यस चरणमा परमेश्‍वर देहमा आउनुहुन्छ, र यति मात्र होइन, उहाँ ठूलो रातो अजिङ्गरको वासस्थानमा जन्‍मनुहुन्छ, त्यसकारण यस पटक उहाँ पृथ्वीमा आउनुहुँदा उहाँले पहिलेभन्दा निकै चरम खतराको सामना गर्नुहुन्छ। उहाँले छुरा र बन्दुक अनि डन्डा र लाठाहरूको सामना गर्नुहुन्छ; उहाँले परीक्षाको सामना गर्नुहुन्छ; उहाँले प्राणघाती अभिप्रायले भरिएका अनुहार बोक्‍ने भीडहरूको सामना गर्नुहुन्छ। उहाँले कुनै पनि क्षण मारिने खतरा मोल्‍नुहुन्छ। परमेश्‍वर आफूसँग क्रोध लिएर आउनुहुन्छ। तैपनि, उहाँ सिद्धताको काम गर्न आउनुभयो, भन्‍नुको अर्थ उहाँ आफ्‍नो कामको दोस्रो भाग, अर्थात् छुटकाराको कामपछि जारी रहने काम गर्न आउनुभयो। आफ्‍नो कामको यो चरणको खातिर, परमेश्‍वरले सक्दो विचार र वास्ता अर्पण गर्नुभएको छ र आफैलाई नम्रतापूर्वक लुकाउँदै र आफ्‍नो पहिचानलाई कहिल्यै पनि प्रदर्शन नगरी उहाँले परीक्षाका आक्रमणहरूबाट जोगिन कल्‍पना गर्न सकिने हरेक माध्यमहरूको प्रयोग गरिरहनुभएको छ। मानिसलाई क्रूसबाट उद्धार गर्ने क्रममा, येशूले उद्धारको काम मात्रै पूरा गर्दै हुनुहुन्थ्यो; उहाँले सिद्धताको काम गरिरहनुभएको थिएन। तसर्थ परमेश्‍वरको कार्यको आधा भाग मात्रै पूरा गरिएको थियो, र छुटकाराको काम पूरा गर्नु भनेको उहाँको सम्पूर्ण योजनाको आधा भाग मात्रै थियो। नयाँ युगको सुरुवात र पुरानो युगको अवसान हुन लागेको थियो, त्यसैले परमेश्‍वर पिताले आफ्‍नो कामको दोस्रो भागको बारेमा विचार गर्न र यसको लागि तयारी गर्न थाल्‍नुभयो। आखिरी दिनहरूको यो देहधारणको बारेमा विगतमा स्पष्ट रूपमा भविष्यवाणी गरिएको थिएन, त्यसले गर्दा यस पटक परमेश्‍वर देहमा आउनुहुने घटनाको बारेमा बढ्दो रहस्यहरूको जग निर्माण हुनगयो। मिरमिरे उषासँगै, मानवजातिका भीडहरूलाई थाहै नभई, परमेश्‍वर पृथ्वीमा आउनुभयो र आफ्नो जीवन देहमा सुरु गर्नुभयो। यस क्षणको आगमनको बारेमा मानिसहरू अनभिज्ञ थिए। शायद तिनीहरू गहिरो निद्रामा थिए; शायद सजग रहेर जागा रहेका धेरैले पर्खिरहेका थिए र शायद धेरैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चुपचाप प्रार्थना गरिरहेका थिए। तैपनि, यति धेरै मानिसहरूमाझ, एक जनालाई पनि परमेश्‍वर पहिले नै पृथ्वीमा आइसक्नुभयो भन्‍ने कुरा थाहै भएन। आफ्‍नो कार्यलाई अझै सहज रूपमा अघि बढाउन र अझै उत्तम परिणामहरू हासिल गर्न, साथै अझै बढी परीक्षाहरूलाई रोक्‍नको लागि परमेश्‍वरले यसरी काम गर्नुभयो। जब मानिसको वसन्तको निद्रा हट्छ, परमेश्‍वरको कार्य समाप्त भइसकेको धेरै भइसकेको हुनेछ र पृथ्वीमा घुमफिर गर्ने र बसोबास गर्ने आफ्नो जीवनलाई समाप्त गर्दै उहाँ बिदा हुनुहुनेछ। परमेश्‍वरको कार्यको लागि परमेश्‍वरले व्यक्तिगत रूपमा नै काम गर्नुपर्ने र बोल्‍नुपर्ने भएकोले, र मानिसले हस्तक्षेप गर्ने कुनै उपाय नभएको हुनाले, आफू स्वयम्‌ काम गर्न पृथ्वीमा आउनको लागि परमेश्‍वरले चरम कष्ट भोग्‍नुभयो। मानिस परमेश्‍वरको कार्यको खातिर उभिन सक्दैन। यही कारणले गर्दा अनुग्रहको युगमा भन्दा हजारौँ गुणा बढी साहस गरेर परमेश्‍वर आफ्‍नो सारा वास्ता र फिक्री समर्पित गर्दै, विपन्‍न मानिसहरूको यो समूह, गोबरको थुप्रोमा फसेका मानिसहरूको यो समूहलाई छुटकारा दिने आफ्‍नो काम गर्नको लागि ठूलो रातो अजिङ्गर बास गर्ने भूमिमा आउनुभयो। परमेश्‍वरको अस्तित्वको बारेमा कसैलाई थाहा नभए पनि, परमेश्‍वर बेचैन हुनुहुन्‍न, किनभने यसले उहाँको कार्यलाई धेरै फाइदा गर्छ। हरेक व्यक्ति चरम रूपमा अत्यन्तै घृणित र दुष्ट भएको हुनाले, तिनीहरूले कसरी परमेश्‍वरको अस्तित्वलाई सहन सक्‍नेथिए र? यही कारणले गर्दा, पृथ्वीमा आएपछि, परमेश्‍वर मौन रहनुहुन्छ। मानिस सबैभन्दा खराब क्रूरतामा डुबे पनि, परमेश्‍वरले यसमध्ये कुनैलाई पनि मनमा लिनुहुन्न, तर स्वर्गमा हुनुहुने पिताले उहाँलाई सुम्‍पिनुभएको ठूलो आज्ञाको कार्यभार पूरा गर्न आफूले गर्नुपर्ने काम मात्रै उहाँ गरिरहनुहुन्छ। तिमीहरूमध्ये कसले परमेश्‍वरको प्रेमिलोपनलाई पहिचान गरेका छौ? परमेश्‍वर पिताको बोझको बारेमा उहाँको पुत्रले भन्दा धेरै अरू कसले सोच्छ र? परमेश्‍वर पिताको इच्‍छालाई कसले बुझ्‍न सक्‍छ र? स्वर्गमा हुनुहुने परमेश्‍वर पिताको आत्मा सधैँ बेचैन बन्‍नुहुन्छ, र पृथ्वीमा हुनुहुने उहाँको पुत्रले आफ्‍नो हृदय टुक्रा-टुक्रा हुने गरी चिन्ता गर्दै परमेश्‍वर पिताको लागि निरन्तर प्रार्थना गर्नुहुन्छ। के आफ्‍नो पुत्रको निम्ति परमेश्‍वर पिताको प्रेम कति छ सो जान्‍ने कोही छ? प्रिय पुत्रले परमेश्‍वर पितालाई जुन हृदयले याद गर्नुहुन्छ त्यसको बारेमा जान्‍ने कोही छ? स्वर्ग र पृथ्वीको बीचमा छुट्टिएर, आत्मामा एक-अर्कालाई पछ्याउँदै उहाँहरूले टाढैबाट एक-अर्कालाई नियाल्‍नुहुन्छ। ए मानवजाति! तिमीहरूले कहिले परमेश्‍वरको हृदयलाई बुझ्‍नेछौ? कहिले तिमीहरूले परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नेछौ? पिता र पुत्र सधैँ एक-अर्कामा निर्भर हुनुभएको छ। त्यसो भए, किन उहाँहरू एक जना माथि स्वर्गमा र अर्कोचाहिँ तल पृथ्वीमा हुने गरी छुट्नुपर्छ त? पुत्रले पितालाई प्रेम गर्नुभएजस्तै पिताले आफ्‍नो पुत्रलाई प्रेम गर्नुहुन्छ। त्यसो भए, किन पिताले त्यति गहन र पीडादायी रूपमा तड्पिएर पुत्रको प्रतीक्षा गर्नुपर्छ? उहाँहरू अलग हुनुभएको त्यति लामो समय नभएको हुन सक्छ, तैपनि पिताले कति दिन र कति रात पीडादायी रूपमा तड्पिएर तृष्णा गर्नुभएको छ, र आफ्‍नो प्रिय पुत्रको शीघ्र फिर्तीको लागि उहाँले कति लामो समयदेखि चाहना गरिरहनुभएको छ, त्यो कसलाई थाहा छ र? उहाँले अवलोकन गर्नुहुन्छ, उहाँ चुपचाप बस्‍नुहुन्छ, र उहाँ प्रतीक्षा गर्नुहुन्छ; उहाँले आफ्‍नो पुत्रको शीघ्र फिर्तीको लागि नगर्नुहुने केही पनि छैन। पृथ्वीको पल्‍लो छेउसम्‍म भौँतारिनुभएको पुत्र: उहाँहरूको मिलन कहिले हुनेछ? उहाँहरूको मिलन भएपछि उहाँहरू अनन्तसम्‍मै सँगै हुनुहुनेछ, तैपनि उहाँले एक जना माथि स्वर्गमा र अर्कोचाहिँ तल पृथ्वीमा भएर बिछोडको हजारौँ दिन र हजारौँ रातलाई कसरी सहन सक्‍नुहुन्छ? पृथ्वीका दशकहरू स्वर्गको लागि सहस्राब्दी जस्तै लाग्छ। परमेश्‍वर पिता चिन्ता नगरी कसरी बस्‍न सक्‍नुहुन्थ्यो र? जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले पनि मानिसले जस्तै मानव संसारका अनगिन्ती घटनाहरूको अनुभव गर्नुहुन्छ। परमेश्‍वर निर्दोष हुनुहुन्छ, तब किन उहाँलाई पनि मानिसले जस्तै कष्ट भोग्‍न लगाउने? परमेश्‍वर पिताले आफ्‍नो पुत्रको लागि विलाप गर्नु स्वाभाविकै हो; परमेश्‍वरको हृदयलाई कसले बुझ्‍न सक्छ र? परमेश्‍वरले मानिसलाई अति नै धेरै दिनुहुन्छ; मानिसले कसरी उहाँको हृदयको ऋण पर्याप्त रूपमा तिर्न सक्छ र? तैपनि, मानिसले परमेश्‍वरलाई अति नै थोरै दिन्छ; त्यस कुरालाई देखेर, परमेश्‍वर कसरी चिन्ता नगरी बस्‍न सक्‍नुहुन्थ्यो र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (४)

फूटनोट:

१. “आफ्‍नो आम मनोवृत्तिलाई तोड्छन्” ले मानिसहरूले परमेश्‍वरलाई चिनेपछि, कसरी परमेश्‍वरसम्‍बन्धी तिनीहरूको धारणा र दृष्टिकोणहरू परिवर्तन हुन्छन् भन्‍ने कुरालाई जनाउँछ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश १९२

मानिसको बीचमा कसैले परमेश्‍वरको मनस्थितिको आतुरीलाई विरलै बुझ्‍न सक्छ, किनभने मानव-प्राणीको क्षमता अत्यन्तै न्यून छ र तिनीहरूको आत्मा निकै बोधो छ, त्यसकारण परमेश्‍वरले के गर्दै हुनुहुन्छ त्यसलाई तिनीहरूले न त ध्यान नै दिन्छन् न त वास्ता नै गर्छन्। यही कारणले गर्दा, मानिसको बारेमा परमेश्‍वर सधैँ व्याकुल हुनुहुन्छ, मानौँ मानिसको पाशविक प्रकृति कुनै पनि क्षणमा प्रकट हुन सक्छ। यसबाट के कुरालाई अझै स्पष्ट रूपमा देख्‍न सकिन्छ भने पृथ्वीमा परमेश्‍वरको आगमनको साथमा अत्यन्तै ठूला परीक्षाहरू पनि समावेश छन्। तर मानिसहरूको एउटा समूहलाई पूर्ण बनाउनका खातिर, महिमाले भरिपूर्ण परमेश्‍वरले मानिसलाई कुनै पनि कुरा नलुकाई आफ्‍नो हरेक अभिप्राय बताउनुभयो। उहाँले मानिसहरूको यो समूहलाई पूर्ण बनाउने दृढ सङ्कल्प गर्नुभएको छ, त्यसकारण जस्तोसुकै कठिनाइ वा परीक्षा आए पनि उहाँले त्यसबाट नजर हटाउनुहुन्छ र यो सबैलाई बेवास्ता गर्नुहुन्छ। एक दिन परमेश्‍वरले आफ्‍नो महिमा पाउनुभएपछि, मानिसले उहाँलाई चिन्‍नेछ भन्‍ने दृढ विश्‍वास गर्दै, र परमेश्‍वरले मानिसलाई पूर्ण तुल्याउनुभएपछि, उसले परमेश्‍वरको हृदयलाई पूर्ण रूपमा बुझ्नेछ भन्‍ने विश्‍वास गर्दै उहाँले चुपचाप आफ्‍नो काम गर्नुहुन्छ। अहिले त्यस्ता मानिसहरू पनि हुन सक्छन्, जसले परमेश्‍वरलाई परीक्षा गरिरहेका छन्, वा परमेश्‍वरलाई गलत रूपमा बुझिरहेका छन्, वा परमेश्‍वरलाई दोष दिइरहेका छन्; परमेश्‍वरले यीमध्ये कुनैलाई पनि मनमा राख्‍नुहुन्‍न। जब परमेश्‍वर महिमामा ओर्लनुहुन्छ, तब परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजातिको खुशीको लागि हो भनी मानिसहरू सबैले बुझ्‍नेछन्, र परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजाति राम्ररी अस्तित्वमा रहन सकोस् भनेर नै हो भन्‍ने कुरा तिनीहरू सबैले बुझ्‍नेछन्। परमेश्‍वर परीक्षा लिएर आउनुहुन्छ, र उहाँ प्रताप र क्रोध पनि लिएर आउनुहुन्छ। परमेश्‍वरले मानिसलाई छोड्नुहुने समयमा, उहाँले आफ्‍नो महिमा प्राप्त गर्नुभएको धेरै समय भइसकेको हुनेछ, र उहाँ महिमा र फर्केर जानुको आनन्दले भरिएर जानुहुनेछ। पृथ्वीमा काम गर्नुहुने परमेश्‍वरलाई मानिसहरूले जसरी इन्कार गरे पनि, उहाँले कहिल्यै पनि ती कुराहरूलाई मनमा राख्‍नुहुन्‍न। उहाँले आफ्‍नो काम मात्रै गरिरहनुहुन्छ। परमेश्‍वरले संसार सृष्टि गर्नुभएको हजारौँ वर्ष भइसक्यो। उहाँ अतुलनीय मात्रामा काम गर्नको लागि पृथ्वीमा आउनुभएको छ र उहाँले मानव संसारको इन्कार र निन्दालाई पूर्ण रूपमा अनुभव गर्नुभएको छ। कसैले पनि परमेश्‍वरको आगमनलाई स्वागत गर्दैन; उहाँलाई रूखो अभिवादन गरिएको छ। यी हजारौँ वर्षको कठोर हिँडाइको अवधिमा, मानिसको चाल-चलनले परमेश्‍वरलाई गहिरो चोट पुर्‍याएको धेरै भइसकेको छ। उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिन छोड्नुभएको छ, बरु मानिसलाई रूपान्तरण गर्ने र शुद्ध पार्ने अर्को योजना बनाउनुभएको छ। उपहास, निन्दा, सतावट, संकष्ट, क्रूसीकरणको कष्ट, मानिसले गरेको बहिष्कार, आदि इत्यादि कुरा जसलाई परमेश्‍वरले देहमा आउनुभएदेखि सामना गर्नुभएको छ: परमेश्‍वरले यी कुराहरूलाई पर्याप्त मात्रामा चाखिसक्‍नुभएको छ, र मानव संसारको कठिनाइहरूको हकमा भन्दा, देहमा आउनुभएका परमेश्‍वरले यी सबै कुरालाई पूर्ण रूपमा भोगिसक्‍नुभएको छ। स्वर्गमा हुनुहुने परमेश्‍वर पिताका आत्माले यस्ता दृश्यहरूलाई असहनीय पाउनुभएको धेरै भइसक्यो र, आफ्‍नो शिर पछाडि ढल्काएर आँखा बन्द गरी आफ्‍नो प्रिय पुत्र फर्किने प्रतीक्षा गर्नुहुन्छ। मानवजातिले कुरा सुनोस् र पालना गरोस्, र उहाँको देहको सामुन्ने अत्यन्तै लाजको अनुभूति गरेर, उहाँको विरुद्धमा विद्रोह गर्न छोड्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ। मानवजातिले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ। उहाँले मानिसबाट ठूला-ठूला कुराहरू पूरा हुनुपर्छ भनी भन्न छोड्नुभएको धेरै भइसकेको छ, किनभने परमेश्‍वरले अत्यन्तै धेरै मूल्य चुकाउनुभएको छ, तैपनि मानिस सहजताको साथ आराम गरिरहेको छ[१] र उसले परमेश्‍वरको कार्यलाई अलिकति पनि ध्यान दिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (४)

फूटनोट:

१. “सहजताको साथ आराम गरिरहेको छ” भन्‍ने वाक्यांशले मानिसहरू परमेश्‍वरको कार्यप्रति उदासीन छन् र तिनीहरूले यसलाई महत्त्वपूर्ण ठान्दैनन् भन्‍ने अर्थ दिन्छ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश १९३

जब अनुग्रहको युगमा परमेश्‍वर तेस्रो स्वर्गमा फर्कनुभयो, त्यसबेला सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वरको काम वास्तवमा अन्तिम चरणमा पुगिसकेको थियो। पृथ्वीमा केवल येशूले आफ्नो पिठिउँमा बोक्‍नुभएको क्रूस, येशूलाई बेह्रिएको सूती कपडा, र काँढाको मुकुट र येशूले पहिरिनुभएको लाल-बैजनी वस्‍त्र मात्र बाँकी रहेको थियो (यहूदीहरूले यिनै थोकहरूलाई लिएर उहाँको हाँसो उडाए)। अर्थात्, येशूको क्रूसीकरणको कामले ठूलो सनसनी उत्पन्न गरेपछि, परिस्थिति फेरि शान्त भयो। त्यस बेलादेखि यता, येशूका चेलाहरूले उहाँको काम अघि बढाउन थाले, सबैतिरका मण्डलीहरूलाई गोठालो र पानी हाल्‍ने काम गरे। उनीहरूका कामको बेहोरा यसप्रकार थियो: उनीहरूले सबै मानिसहरूलाई पश्‍चात्ताप गर्न, आफ्ना पापहरू स्वीकार गर्न र बप्तिस्मा लिन आग्रह गरे; अनि सबै प्रेरितहरू येशूको क्रूसीकरणको भित्री कथालाई केही थपथाप नगरी फैलाउन गए, र यसैले सबै जना आफ्ना पापहरू स्वीकार गर्दै येशूको सामु लम्पसार नपरी रहन सकेनन्; र यसबाहेक, प्रेरितहरू येशूले बोल्नुभएका वचनहरू प्रचार गर्दै सबै ठाउँमा गए। त्यस बेलादेखि अनुग्रहको युगमा मण्डलीहरूको निर्माण सुरु भयो। त्यस युगको अवधिमा पनि येशूले जे गर्नुभयो त्यो मानिसको जीवन र स्वर्गमा हुनुहुने पिताको इच्छाको बारेमा गर्नुभएको कुरा मात्र थियो, र त्यो एउटा फरक युग भएकोले ती धेरै वटा भनाइ र अभ्यासहरू आजका भन्दा धेरै फरक थिए। तापनि, सारांशमा ती एउटै हुन्: ती दुवै सटीक र सही रूपमा देहमा परमेश्‍वरका आत्माको काम हुन्। यस प्रकारको काम र वाणी त्यस बेलादेखि आजसम्म जारी छ, र त्यसैले यस प्रकारको कुरा आजका धार्मिक संस्थाहरूमा अझै पनि बताइन्छ, र यो बिलकुलै परिवर्तन भएको छैन। जब येशूको काम समाप्त भयो र मण्डलीहरू येशू ख्रीष्टको सही बाटोमा लागेका थिए, तैपनि परमेश्‍वरले उहाँको कामको अर्को चरणका लागि आफ्नो योजना सुरु गर्नुभयो, जुन आखिरी दिनहरूमा उहाँ देहमा आउनुपर्ने विषय थियो। मानिसले यसलाई हेर्दा परमेश्‍वरको क्रूसीकरणले परमेश्‍वरको देहधारणको काम यसअघि नै समाप्त गरिसकेको, सम्पूर्ण मानवजातिलाई छुटकारा दिइसकेको र उहाँलाई पाताल जाने चाबी कब्जा गर्ने अनुमति दिइसकेको थियो। सबै जनाले परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भइसकेको छ भनी सोच्छन्। वास्तवमा, परमेश्‍वरको दृष्टिकोणबाट, उहाँको कामको एउटा सानो भाग मात्र पूरा भएको थियो। उहाँले जे गर्नुभयो ती केवल मानवजातिलाई छुटकारा दिनका निम्ति थिए; उहाँले मानवजातिलाई विजय गर्नुभएको थिएन, मानिसको शैतानी अनुहार परिवर्तन गर्नुभएको हुनु त परै जाओस्। त्यसकारण, परमेश्‍वर भन्नुहुन्छ, “मेरो देहधारणले मृत्युको पीडा भोगेको भए पनि मेरो देहधारणको सम्पूर्ण उद्देश्य त्यो थिएन। येशू मेरा प्रिय पुत्र हुन् र उनी मेरो निम्ति क्रूसमा टाँगिएका थिए, तर उनले मेरो काम सम्पूर्ण रूपमा समाप्त गरेनन्। उनले त्यसको एक भाग मात्र गरे।” यसकारण परमेश्‍वरले देहधारणको कामलाई निरन्तरता दिन योजनाहरूको दोस्रो चरण सुरु गर्नुभयो। परमेश्‍वरको अन्तिम अभिप्राय शैतानको पञ्‍जाबाट उद्धार गरिएका सबै मानिसहरूलाई सिद्ध पार्नु र प्राप्त गर्नु थियो, यसकारण परमेश्‍वरले एकचोटि फेरि देहमा आउन साहसपूर्वक खतराको सामना गर्ने तयारी गर्नुभयो। “देहधारण” को अर्थले त्यो एक जनलाई बुझाउँछ जसले महिमा ल्याउनुहुन्न (किनकि परमेश्‍वरको काम अझै समाप्त भएको छैन), तर जो प्रिय पुत्रको पहिचानसाथ देखा पर्नुहुन्छ, र उहाँ ख्रीष्ट हुनुहुन्छ, जसमा परमेश्‍वर प्रसन्न हुनुहुन्छ। त्यसकारण, यसलाई “साहसपूर्वक खतराको सामना गर्नु” भनिन्छ। देहधारणको देह अति थोरै शक्तिको हुन्छ र यसमा ठूलो सावधानी अपनाउनुपर्छ,[१] र उहाँको शक्ति स्वर्गका पिताको अख्तियारभन्दा आकाश-पातालझैँ भिन्न छ; उहाँले अरू काममा संलग्न नभई पिता परमेश्‍वरको काम र उहाँको आदेश पूरा गर्दै देहको सेवकाइ मात्र पूरा गर्नुहुन्छ, र उहाँले त्यस कामको एक भाग मात्र पूरा गर्नुहुन्छ। यसकारण, परमेश्‍वर पृथ्वीमा आउनासाथ उहाँलाई “ख्रीष्ट” भन्‍ने नाउँ दिइयो—त्यस नाउँभित्र रहेको अर्थ त्यही हो। पुनरागमनको साथमा परीक्षाहरू आउँछन् भन्‍नुको अर्थ कामको एउटै भाग मात्रै पूरा भइरहेको थियो भन्‍ने हो। यसबाहेक, परमेश्‍वर पिताले उहाँलाई “ख्रीष्ट” र “प्रिय पुत्र” मात्र भनेर सम्बोधन गर्नु, तर उहाँलाई सारा महिमा नदिनुको कारण के थियो भने देहधारी मानिस कामको एक भाग गर्न मात्र आउनुहुन्छ, स्वर्गमा हुनुहुने पिताको प्रतिनिधित्व गर्न होइन, बरु प्रिय पुत्रको सेवकाइ पूरा गर्न आउनुहुन्छ। जब प्रिय पुत्रले आफ्नो काँधमा स्वीकार गर्नुभएका सम्पूर्ण आज्ञा पूरा गर्नुहुन्छ, तब पिताले उहाँलाई पिताको पहिचानसहित पूर्ण महिमा दिनुहुनेछ। यसलाई “स्वर्गको संहिता” हो भनेर भन्न सकिन्छ। किनकि देहमा आउनुभएका जन र स्वर्गमा हुनुहुने पिता दुई भिन्न क्षेत्रमा हुनुहुन्छ, उहाँ दुईले आत्मामा मात्र एकअर्कालाई हेर्नुहुन्छ, पिताले प्रिय पुत्रमाथि नजर राख्नुहुन्छ, तर पुत्रले टाढाबाट पितालाई देख्न सक्नुहुन्न। यस्तो किन हुन्छ भने देह जुन कार्यहरू गर्न सक्षम छ ती अति साना स्तरका हुन्छन् र उहाँ सम्भवतः कुनै पनि क्षण मारिन सक्नुहुन्छ, याने कि यो आगमन सबैभन्दा ठूलो खतराले भरिएको छ भनेर भन्न सकिन्छ। यो परमेश्‍वरका लागि एक पटक फेरि आफ्ना प्रिय पुत्रलाई बाघको मुखमा पार्नु सरह हो, जहाँ उहाँको जीवन खतरामा हुन्छ, उहाँलाई त्यस्तो ठाउँमा राख्नु हो जहाँ शैतानको ध्यान सबैभन्दा बढी केन्द्रित हुन्छ। यस्ता डरलाग्दा परिस्थितिहरूमा पनि, परमेश्‍वरले अझै आफ्ना प्रिय पुत्रलाई “हेरचाह गर्न र शिक्षादिक्षा दिन” फोहोरीपन र व्यभिचारीपनले भरिएको स्थानका मानिसहरूलाई सुम्पिदिनुभयो। किनकि त्यसो गर्नु मात्र परमेश्‍वरको कार्यलाई उचित र स्वाभाविक बनाउने एक मात्र तरिका हो, र यो मात्र पिता परमेश्‍वरका सबै इच्छाहरू पूरा गर्ने र मानवजातिको बीचमा उहाँको कामको अन्तिम भाग पूरा गर्ने एक मात्र तरिका हो। येशूले पिता परमेश्‍वरको कामको एक चरण पूरा गर्नुबाहेक अरू केही गर्नुभएन। देहधारणको देहले गर्ने अवरोधहरू र पूरा गर्नुपर्ने कामका भिन्नताहरूको कारण, येशू आफैलाई पनि देहमा दोस्रो पल्ट फर्केर आउनुपर्ने कुरा थाहा थिएन। त्यसकारण, कुनै पनि बाइबल व्याख्याकार वा अगमवक्ताले आखिरी दिनहरूमा परमेश्‍वर फेरि देहधारी हुनुहुनेछ अर्थात्, उहाँ देहमा आफ्नो कामको दोस्रो भाग पूरा गर्न फेरि देहमा आउनुहुनेछ भनी स्पष्ट रूपमा अगमवाणी गर्ने हिम्मत गरेनन्। त्यसकारण, परमेश्‍वरले यसअघि नै लामो समयदेखि आफूलाई देहमा लुकाउनुभएको थियो भनी कसैले महसुस गरेनन्। यो त्यत्ति अचम्मको कुरा होइन, किनकि जब येशू पुनरुत्थान हुनुभयो र स्वर्गमा उचालिनुभयो तब मात्र उहाँले यो आज्ञा स्वीकार गर्नुभयो, त्यसैले परमेश्‍वरको दोस्रो देहधारणको बारेमा कुनै स्पष्ट अगमवाणी छैन, र यो मानव दिमागले सोच्नै नसक्ने कुरा हो। बाइबलका अगमवाणीका सबै पुस्तकहरूमा यो कुरा स्पष्ट रूपमा बताउने कुनै वचनहरू छैनन्। तर जब येशू काम गर्न आउनुभयो, त्यसबेला अघिबाटै एउटा स्पष्ट अगमवाणी भइसकेको थियो, जसमा भनिएको थियो कि एउटी कन्याले गर्भधारण गर्नेछे, र उसले एउटा छोरो जन्माउनेछे, जसको अर्थ यो हो कि उहाँ पवित्र आत्माबाट गर्भमा आउनुभएको थियो। तापनि, परमेश्‍वरले अझै पनि यो मृत्युको जोखिममा भएको बताउनुभयो, त्यसैले आजको परिस्थितिमा यो झन् कति धेरै जोखिम होला? यसमा कुनै आश्‍चर्य छैन, परमेश्‍वरले यो देहधारण अनुग्रहको युगको अवधिमा भएको भन्दा हजारौँ गुणा जोखिममा छ भन्नुहुन्छ। धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त गरिरहनुभएको हुनुहुनेछ भनी अगमवाणी गर्नुभएको छ। संसारको पूर्वमा विजेताहरू प्राप्त गर्नुपर्ने भएकोले, परमेश्‍वरले उहाँको दोस्रो देहधारणमा पाइला टेक्‍नुहुने ठाउँ निस्सन्देह सिनिमको भूमि हो, ठीक त्यही स्थान जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ। त्यहाँ, परमेश्‍वरले ठूलो रातो अजिङ्गरका सन्तानहरू प्राप्त गर्नुहुनेछ ताकि त्यसलाई पूर्ण रूपमा पराजित र लज्जित तुल्याउन सकिओस्। परमेश्‍वरले यी मानिसहरूलाई जगाउन लाग्नुभएको छ, जो दुःखको बोझले दबिएका छन्, उनीहरू पूर्ण रूपमा नबिउँझिञ्‍जेलसम्म जगाउनुहुनेछ र उनीहरूलाई कुइरोबाट बाहिर निकालेर त्यो ठूलो रातो अजिङ्गरलाई अस्वीकार गर्न लगाउनुहुनेछ। उनीहरू आफ्नो सपनाबाट बिउँझनेछन्, ठूलो रातो अजिङ्गरको सारलाई चिन्न सक्‍नेछन्, आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरलाई दिन सक्षम हुनेछन्, अन्धकारका शक्तिहरूको दमनबाट माथि उठ्नेछन्, संसारको पूर्वमा खडा हुनेछन्, र परमेश्‍वरको विजयको प्रमाण बन्नेछन्। यस प्रकारले मात्र परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। यही कारणले गर्दा मात्र, परमेश्‍वरले इस्राएलमा समाप्त गर्नुभएको काम त्यो देशमा ल्याउनुभयो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्किएर बसेको छ, र उहाँ जानुभएको करिब दुई हजार वर्षपछि फेरि अनुग्रहको युगको कामलाई निरन्तरता दिन देहमा आउनुभएको छ। मानिसको नाङ्गो आँखाको नजरमा, परमेश्‍वरले देहमा नयाँ काम सुरु गर्दै हुनुहुन्छ। तर परमेश्‍वरको दृष्टिमा, केही हजार वर्षको अन्तरालपछि मात्र, अनि उहाँको कामको स्थान र कार्यक्रममा परिवर्तन गरेर उहाँले अनुग्रहको युगको कामलाई निरन्तरता दिँदै हुनुहुन्छ। तापनि, आजको काममा देहको शरीरले लिएको स्वरूप येशूभन्दा बिलकुलै फरक देखिन्छ, ती एउटै सार र मूलबाट प्राप्त हुन्छन्, र ती एउटै स्रोतबाट आउँछन्। हुन सक्छ, उहाँहरूमा बाहिरबाट धेरै भिन्नताहरू छन्, तर उहाँहरूको कामको भित्री सत्यहरू पूर्ण रूपमा एकसमान छन्। आखिर यी युगहरू रात र दिन जस्तै फरक छन्। त्यसैले, परमेश्‍वरको कामले कसरी कुनै परिवर्तन नहुने ढाँचा पछ्याउन सक्छ र? अथवा उहाँको कामका विभिन्न चरणहरू कसरी एक-अर्काको बाटोमा आउन सक्छन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (६)

फूटनोट:

१. “अति थोरै शक्तिको हुन्छ र यसमा ठूलो सावधानी अपनाउनुपर्छ” भन्‍ने कुराले शरीरका कठिनाइहरू धेरै छन्, र गरिएको काम अति सीमित भएको सङ्केत गर्छ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश १९४

मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्‍वरलाई चिन्‍ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको पनि कमी छ भन्‍ने कुरा बुझ्न आजको दिनसम्मको समय लागेको छ। मानिस उसको आफ्नै जातिको इतिहास र प्राचीन संस्कृतिको विषयमा पूर्ण अनजान भएको कारण यो भएको हो, र त्यसको परिणामस्वरूप उसले परमेश्‍वरको कामको बारेमा केही पनि जान्दैन। मानिस उसको हृदयको गहिराइमा परमेश्‍वरसँग गाँसिन सकोस् भन्‍ने आशा सबै मानिसको हुन्छ, तर मानिसको देह अति नै भ्रष्ट भएकोले, साथै चेतनाशून्य र बोधो दुवै भएकोले, यसले उसलाई परमेश्‍वरको बारेमा केही पनि जान्‍न नसक्‍ने बनाएको छ। आज मानिसको माझमा आउने क्रममा, परमेश्‍वरको उद्देश्य भनेको मानिसहरूका विचार र आत्मालाई रूपान्तरित गर्नु हो, साथै लाखौँ वर्षदेखि उनीहरूको हृदयमा रहेको परमेश्‍वरको रूपलाई रूपान्तरित गर्नु हो। उहाँले मानिसलाई सिद्ध बनाउनको लागि यो मौका लिनुहुनेछ। भन्‍नुको अर्थ, उहाँले मानिसको ज्ञानद्वारा, उहाँलाई चिन्‍ने मानिसहरूको तरिका र उहाँप्रतिको उनीहरूको मनोवृतिलाई परिवर्तन गर्नुहुनेछ, र यसरी मानिसलाई उहाँले परमेश्‍वरलाई चिन्‍ने एउटा नयाँ विजयी सुरुआत गर्न, र मानवीय आत्माको नवीकरण र रूपान्तरण हासिल गर्न सक्षम बनाउनुहुन्छ। यसका साधनहरूचाहिँ निराकरण गर्ने र अनुशासनमा राख्‍ने कार्यहरू हुन् र यसका लक्ष्यहरू विजय र नवीकरण गर्ने कार्यहरू हुन्। मानिसहरूमा भएको अस्पष्ट परमेश्‍वरसम्बन्धी अन्धविश्‍वासी विचारहरू हटाउनु सदैव परमेश्‍वरको अभिप्राय रहँदै आएको छ, र हालै यो उहाँले गर्नुपर्ने अत्यन्त जरुरी कार्य पनि भएको छ। यस स्थितिलाई विचार गर्न सबै मानिसहरूले दीर्घकालीन दृष्टिकोण राख्‍न सकून्। प्रत्येक व्यक्तिले अनुभव गर्ने तरिका परिवर्तन होस्, ताकि परमेश्‍वरको यो जरुरी अभिप्राय चाँडै सफल होस् र परमेश्‍वरको पृथ्वीको कामको अन्तिम चरण सर्वोत्तम रूपमा सम्पन्‍न हुन सकोस्। तिमीहरूले परमेश्‍वरलाई जुन निष्ठा दिनु उचित छ त्यो उहाँलाई देओ, र अन्तिमचोटि परमेश्‍वरको हृदयलाई सान्त्वना देओ। दाजुभाइ-दिदीबहिनीहरूको माझमा यो जिम्मेवारीबाट पछि हट्ने वा झारा टार्न काम गरेको बहाना गर्ने कोही नहोस्। यसपटक परमेश्‍वर निमन्त्रणाको जवाफस्वरूप, र मानिसको अवस्थाको प्रतिक्रियास्वरूप देहमा आउनुहुन्छ। यसको मतलब, उहाँ मानिसलाई जुन कुराको आवश्यकता छ त्यो प्रदान गर्न आउनुहुन्छ। मानिसको योग्यता वा प्रकार जे-जस्तो भए पनि, संक्षेपमा उहाँले उसलाई परमेश्‍वरको वचन देख्‍न र उहाँको वचनबाट परमेश्‍वरको अस्तित्व र प्रकटीकरण देख्‍न र उसलाई सिद्ध पार्ने परमेश्‍वरको कार्यलाई स्वीकार गर्न सक्‍ने बनाउनुहुन्छ, र यस क्रममा उहाँले मानिसका विचार र धारणालाई परिवर्तन गर्नुहुन्छ, ताकि मानिसको हृदयको गहिराइमा परमेश्‍वरको मूल अनुहार दह्रिलोसँग गढेर बसोस्। पृथ्वीमा परमेश्‍वरको एक मात्र इच्छा यही हो। मानिसको जन्मजात प्रकृति जति नै महान् भए पनि, वा मानिसको सार जति नै नराम्रो भए पनि वा विगतमा मानिसको व्यवहार वास्तवमा जस्तोसुकै भएको भए पनि, परमेश्‍वरले यी कुरामा कुनै ध्यान दिनुहुन्‍न। मानिसले आफ्नो भित्री हृदयमा रहेको परमेश्‍वरको स्वरूपलाई नयाँ बनाओस् र मानवजातिको सार बुझ्न सकोस्, र त्यसमार्फत मानिसप्रतिको उसको वैचारिक दृष्टिकोण रूपान्तरित होस् र उसले अन्तस्करणबाट परमेश्‍वरको तृष्णा गर्न र उहाँसँगको अनन्त स्नेह जागृत गर्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ: परमेश्‍वरले मानिसबाट अपेक्षा गर्नुभएको एउटा मापदण्ड यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९५

मैले धेरै पटक के भनेको छु भने, परमेश्‍वरको आखिरी दिनहरूको काम भनेको प्रत्येक व्यक्तिको आत्मा परिवर्तन गर्नु, प्रत्येक व्यक्तिको प्राण परिवर्तन गर्नु, ताकि ठूलो आघात सहेको तिनीहरूका हृदय सुधार होस्, यसरी दुष्टले गम्भीर रूपले क्षति पुऱ्याएको तिनीहरूको प्राणको उद्धार होस्; यो मानिसहरूका आत्मालाई बिउँझाउनको लागि, तिनीहरूको चिसो हृदयलाई पगाल्न र तिनीहरूलाई नयाँ बनाउनको लागि हो। यो परमेश्‍वरको सबैभन्दा ठूलो इच्छा छ। मानिसको जीवन र अनुभवहरू कति उच्च वा गहन छ भन्‍ने कुरा पन्छ्याओ; जब मानिसहरूका हृदय जागृत हुन्छ, र तिनीहरूलाई जब तिनीहरूका सपनाबाट बिउँझाइन्छ र ठूलो रातो अजिङ्गरले गरेको ठूलो हानिको बारेमा तिनीहरूलाई राम्ररी थाहा हुन्छ तब परमेश्‍वरको सेवकाइको काम पूरा भइसकेको हुनेछ। परमेश्‍वरको काम समाप्त भएको दिन मानिसले आधिकारिक रूपमा परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्न सुरु गर्ने दिन पनि हो। यस समयमा, परमेश्‍वरको सेवकाइ समाप्त हुनेछ: देहधारी परमेश्‍वरको काम पूरा भएको हुनेछ, र मानिसले आधिकारिक रूपमा आफूले गर्नु पर्ने कर्तव्य पूरा गर्ने कार्यको थालनी गर्नेछ—उहाँले आफ्नो सेवकाइ गर्नुहुनेछ। परमेश्‍वरको कामका चरणहरू यिनै हुन्। यसैले, तिमीहरूले यी कुराहरू जान्ने जगमा प्रवेश गर्न आफ्नो बाटो छामछुम गर्नुपर्दछ। यी सबै कुरा तिमीहरूले बुझ्नुपर्ने कुरा हो। मानिसको हृदयको गहिराइमा परिवर्तन भएपछि उसको प्रवेशमा सुधार हुनेछ, किनकि परमेश्‍वरको काम भनेको भूतहरू भेला हुने यस ठाउँबाट मानिसलाई पूर्ण मुक्ति दिनु हो—त्यो मानिस, जुन मानिसको छुटकारा भएको छ, जो अझै पनि अन्धकारको शक्तिको अधीनमा छ र जसले आफैलाई जगाएको छैन; यो मानिस पापका सहस्राब्दीहरूबाट मुक्त हुन, र परमेश्‍वरको प्रिय हुन सकोस्, र परमेश्‍वरको राज्य स्थापना गर्दै त्यो ठूलो रातो अजिङ्गरलाई प्रहार गर्दै परमेश्‍वरको हृदयलाई चाँडै विश्राम दिन सकोस् भनेर हो; तिमीहरूको छातीमा फुल्‍ने घृणालाई कुनै सङ्कोच नमानी व्यक्त गर्नु, ती ढुसीका किटाणुहरूलाई नाश पार्नु, तँलाई त्यस्तो जीवन त्याग्‍न लगाउनु हो, जुन गोरु वा घोडाको जीवनभन्दा फरक छैन, अब फेरि दास बन्‍न नदिनु, अब उप्रान्त ठूलो रातो अजिङ्गरले स्वतन्त्र रूपले कुल्चिन वा हुकुम चलाउन नदिनु हो; तिमीहरू अबदेखि यो असफल राष्ट्रका हुनेछैनौ, त्यो जघन्य ठूलो रातो अजिङ्गरका हुनेछैनौ, र अबदेखि योद्वारा तिमीहरू अब दास बनाइनेछैनौ। परमेश्‍वरले अवश्य नै भूतात्माहरूको गुँडलाई टुक्रा-टुक्रा पार्नुहुनेछ, र तिमीहरू परमेश्‍वरको छेउमा खडा हुनेछौ—तिमीहरू परमेश्‍वरका हुनेछौ, र दासहरूको साम्राज्यका हुनेछैनौ। परमेश्‍वरले धेरै अघि नै यस अन्धकारको समाजलाई भित्रैदेखि घृणा गर्नुभएको छ। उहाँले आफ्नो दाँत किट्नुहुन्छ, त्यस दुष्ट, जघन्य प्राचीन सर्पलाई खुट्टाले किच्‍न उत्सुक हुनुहुन्छ, यसैले कि यो फेरि कहिल्यै नउठोस्, र यसले फेरि कहिल्यै मानिसलाई दुर्व्यवहार नगरोस्; त्यसको विगतका कार्यहरूलाई उहाँले माफ दिनुहुनेछैन, त्यसले विगतमा मानिससँग गरेको छललाई सहन गर्नुहुनेछैन, र उहाँले युगौंयुगभरि यसले गरेको प्रत्येक पापको हिसाब लिनुहुनेछ। परमेश्‍वरले सबै दुष्टताको यो नेता[१] लाई पासोबाट अलिकता पनि फुत्किन दिनुहुनेछैन, उहाँले त्यसलाई पूर्ण रूपमा नष्ट गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

फूटनोट:

१. “सबै दुष्टताको नेता” ले पुरानो शैतानलाई जनाउँछ। यो वाक्यांशले अति मन नपर्ने कुरा व्यक्त गर्दछ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश १९६

मानव जातिको कार्यको खातिर परमेश्‍वरले धेरै अनिदो रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म उहाँ मानिससँग आफ्‍ना दिनहरू बिताउन मानिस जिउने जीवित नरकमा ओर्लनुभएको छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको अनाज्ञाकारिताका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्‍वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्‍वरको विरोध गर्न योग्यको छ? परमेश्‍वरको बारेमा गुनासो गर्नुपर्ने के कारण ऊसँग छ? ऊसँग परमेश्‍वरलाई हेर्ने धृष्टता कसरी हुन सक्छ? स्वर्गका परमेश्‍वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू[१] र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्‍वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्‍वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्‍वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ? परमेश्‍वरको भावपूर्ण हृदय र उत्साही अपेक्षाहरूको निम्ति भावशून्य हृदयहरू, संवेदनाहीन, उदासीन आँखाहरू अनि बारम्बारको हप्की र मानिसका अपमानहरू दिइएको छ; ती कुराको बदली तीक्ष्ण टिप्पणीहरू, र उपहास, र हेला गरिएको छ; तिनका बदली मानिसको उपहास, उसको कुल्चाई र अस्वीकृति, गलत बुझाइ र बिलौना र दुश्मनी, अनि इन्कार, साथै धोका, आक्रमण र कटुताद्वारा कर्जा तिरिएको छ। न्यानो वचनहरूले आँखा तराइ र ठडिएका हजारौँ औँलाहरूको चिसो प्रतिरोधको सामना गरेको छ। परमेश्‍वरले सहँदै, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्न सक्‍नुहुन्छ।[२] यति धेरै सूर्य र चन्द्रमाहरू, उहाँले धेरै चोटि ताराहरूको सामना गर्नुभएको छ, धेरै चोटि उहाँ बिहान ओर्लनुभएको छ र साँझमा फर्कनुभएको छ, र बेचैन भएर छटपटाउनुभएको छ, उहाँले आफ्नो पिताबाट छुट्टिनु परेको पीडाभन्दा हजार गुणा ठूलो पीडा सहनुभएको छ, मानिसको आक्रमण र तोडाइ, र मानिसको निराकरण र काटछाँटको कार्यलाई सहनुभएको छ। परमेश्‍वरको नम्रता र लुकेको अवस्थाको सट्टा मानिसको निरन्तर पूर्वाग्रह,[३] मानिसको अनुचित दृष्टिकोण र अनुचित व्यवहार प्रस्तुत गरिएको छ, र परमेश्‍वरको चुपचाप कार्य गर्ने शैली, उहाँको धैर्य, र उहाँको सहनशीलताको सट्टा मानिसको लोभी हेराइ प्रस्तुत गरिएको छ; मानिसले कुनै पछुतो नगरी परमेश्‍वरलाई कुल्चेर मार्ने प्रयास गर्छ, र परमेश्‍वरलाई भुइँमा कुल्चिन खोज्छ। परमेश्‍वरप्रति मानिसले राख्‍ने मनोवृत्ति “दुर्लभ चतुरता” मध्येको एउटा हो, र मानिसले धम्काउने र तिरस्कार गर्ने परमेश्‍वर हजारौँ मानिसका खुट्टामुनि कुल्चिएर धूलोपीठो पारिनुभएको छ, जबकि मानिस आफै माथि उभिन्छ, मानौं ऊ पहाडका राजा बन्नेछ, मानौं उसले सम्पूर्ण शक्ति लिन[४] चाहन्छ, उसले पर्दा पछाडिबाट राजदरबार कब्जा गर्न, परमेश्‍वरलाई पर्दा पछाडि होसियार र नियम पालन गर्ने निर्देशक बनाउन चाहन्छ, जसलाई प्रतिरोध गर्ने वा समस्या उत्पन्न गर्ने अनुमति हुँदैन। परमेश्‍वरले अन्तिम सम्राटको भूमिका खेल्नुपर्छ, उहाँ सबै स्वतन्त्रताबाट वञ्‍चित कठपुतली[५] हुनुपर्दछ। मानिसका कामहरू बताउनै नसकिने छन्, यसैले ऊ परमेश्‍वरबाट यो वा त्यो माग गर्न कसरी योग्य छ? परमेश्‍वरलाई सल्लाह दिन ऊ कसरी योग्यको छ? परमेश्‍वरले उसका कमजोरीहरूप्रति सहानुभूति दर्शाउन् भनी माग गर्नको लागि ऊ कसरी योग्यको छ? ऊ कसरी परमेश्‍वरको कृपा पाउन योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको उदारता प्राप्त गर्न योग्यको छ? ऊ कसरी घरीघरी परमेश्‍वरको क्षमा प्राप्त गर्न योग्यको छ? उसको विवेक कहाँ छ? उसले धेरै पहिले नै परमेश्‍वरको हृदय तोडेको छ, उसले धेरै पहिले नै परमेश्‍वरको हृदयलाई टुक्रा-टुक्रा पारेको छ। मानिसले उहाँलाई थोरै भए पनि उहाँप्रति न्यानो व्यवहार गर्दै उहाँप्रति परोपकारी व्यवहार गर्नेछन् भन्‍ने आशाले परमेश्‍वर उज्ज्वल आँखा र झ्याप्ले पुच्छर भएका मानिसहरू बीचमा आउनुभयो। तापनि, परमेश्‍वरको हृदय मानिसबाट सान्त्वना पाउनलाई सुस्त छ, र उहाँले हिउँको डल्ला[६] सरी आक्रमण र यातना मात्रै पाउनुभएको छ। मानिसको हृदय अति नै लोभी छ, उसको चाहना पनि धेरै ठूलो छ, ऊ कहिल्यै तृप्त हुन सक्दैन, ऊ सधैँ दुष्ट र दुस्साहसी हुन्छ, उसले परमेश्‍वरलाई कहिल्यै स्वतन्त्रता वा बोल्ने अधिकार दिँदैन, र परमेश्‍वरलाई अपमानको अधीनमा बस्नु, र उसले चाहेअनुसार उहाँको नियन्त्रण गर्न दिनु बाहेक अर्को विकल्प हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (९)

फूटनोट:

१. “बरबादीहरू” मानव जातिको अनाज्ञाकारितालाई प्रकट गर्न प्रयोग गरिन्छ।

२. “आँखा तराइ र ठडिएका हजारौं औँलाहरूको चिसो प्रतिरोधको सामना गर्दै, टाउको निहुराउँदै, इच्छुक गोरुले जस्तो मानिसको सेवा मात्र गर्दै” मूल रूपमा यो एउटै वाक्यमा थियो, तर यहाँ कुरा स्पष्ट बनाउनका लागि दुई भागमा विभाजित गरिएको छ। यो वाक्यको पहिलो भागले मानिसका कार्यहरूलाई जनाउँछ, जबकि दोस्रो भागले परमेश्‍वरले भोग्नुभएको कष्टलाई, र परमेश्‍वर नम्र र लुक्‍नुभएको छ भन्‍ने तथ्यलाई दर्साउँछ।

३. “पूर्वाग्रह” ले मानिसहरूको अनाज्ञाकारी व्यवहारलाई जनाउँछ।

४. “सम्पूर्ण शक्ति लिन” ले मान्छेको अनाज्ञाकारी व्यवहारलाई जनाउँछ। तिनीहरू आफैलाई माथि राख्छन्, अरूलाई बन्धनमा पार्न, तिनीहरूलाई उनीहरूको पछि लगाउन र उनीहरूका निम्ति कष्ट भोग्न लगाउँछन्। तिनीहरू परमेश्‍वरप्रति शत्रुवत् शक्तिहरू हुन्।

५. “कठपुतली” भन्‍ने शब्‍द परमेश्‍वरलाई नचिन्नेहरूलाई गिल्ला गर्न प्रयोग गरिएको छ।

६. “हिउँको डल्ला” भन्‍ने वाक्यांश मानिसहरूको तुच्छ व्यवहारलाई जोड दिन प्रयोग गरिएको छ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश १९७

परमेश्‍वरको देहधारणले सबै धर्म र क्षेत्रहरूलाई तरङ्गित पारेको छ, यसले धार्मिक वृत्तका मूल प्रणालीलाई “भद्रगोलको अवस्थामा” धकेलिदिएको छ र यसले परमेश्‍वर देखा पर्नुभएको चाहना गर्नेहरूको हृदय हल्लाइदिएको छ। कसले उपासना गर्दैन र? कसले परमेश्‍वरलाई देख्‍न चाहँदैन र? परमेश्‍वर धेरै वर्षदेखि व्यक्तिगत रूपमा मानिसको बीचमा रहँदै आउनुभएको छ, तापनि मानिसले कहिले पनि यसलाई महसुस गरेको छैन। आज, परमेश्‍वर स्वयम् देखा पर्नुभएको छ र उहाँको पहिचान जनसाधारणलाई देखाउनुभएको छ—यसले कसरी मानिसको हृदयमा हर्ष ल्याउँदैनथ्यो र? परमेश्‍वरले एक पटक मानिससँग आनन्द र शोक बाँडचुँड गर्नुभयो र आज उहाँको मानवजातिसँग पुनर्मिलन भएको छ र ऊसँग बितेका समयका कथाहरू सुनाउँदै हुनुहुन्छ। उहाँ यहूदियाबाट बाहिर जानुभएपछि मानिसहरूले उहाँलाई भेट्टाउन सकेनन्। तिनीहरूले फेरि एक पटक उहाँलाई भेट्ने चाहना गर्छन्, तर पनि आज तिनीहरूले उहाँलाई फेरि भेटेर उहाँसँग तिनीहरूको पुनर्मिलन भइसकेको छ भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। यसले कसरी हिजोका सोचहरूमा हलचल नल्याउला र? दुई हजार वर्षअगाडि आजकै दिन यहूदीका सन्तान योनाको छोरो सिमोनले येशूलाई उद्धारकर्ताको रूपमा लियो, उहाँकै टेबुलमा खायो र उहाँलाई धेरै वर्ष पछ्यायो अनि उहाँप्रति गहिरो प्रेम महसुस गर्‍यो: उसले उहाँलाई आफ्नो हृदयको गहिराइबाट प्रेम गर्‍यो, उसले प्रभु येशूलाई अत्यन्तै प्रेम गर्‍यो। चिसो डुँडमा जन्मिएको सुनौलो कपाल भएको बालक कसरी परमेश्‍वरको देहधारणको पहिलो स्वरूप हुनुहुन्थ्यो भन्‍ने बारेमा यहूदी मानिसहरूलाई केही पनि थाहा थिएन। तिनीहरूले उहाँलाई आफूजस्तै सोचे, कसैले पनि उहाँलाई फरक सोचेन—मानिसहरूले सामान्य र साधारण येशूलाई कसरी पहिचान गर्न सक्थे र? यहूदी मानिसहरूले उहाँलाई त्यस समयको यहूदी छोराको रूपमा सोचे। कसैले पनि उहाँलाई प्रेमिलो परमेश्‍वरको रूपमा हेरेन, मानिसहरूले उहाँसँग अन्धाधुन्ध माग गर्ने बाहेक केही पनि गरेनन्, तिनीहरूले उहाँसँग प्रचुर र प्रशस्त मात्रामा अनुग्रह, शान्ति र आनन्दको माग गरे। तिनीहरूलाई के मात्र थाहा थियो भने उहाँसँग लखपति मानिससँग जस्तै जोकोहीले इच्छा गरेको हरेक कुरा छ। तथापि मानिसहरूले उहाँलाई प्रेमिलो व्यक्तिको रूपमा व्यवहार गरेनन्; त्यस बेलाका मानिसहरूले उहाँलाई प्रेम गरेनन् र उहाँको विरोध मात्र गरे अनि उहाँसँग तर्कहीन मागहरू गरे। उहाँले कहिले पनि प्रतिरोध गर्नुभएन, मानिसले उहाँलाई नचिनेको भए तापनि उहाँले निरन्तर मानिसहरूलाई अनुग्रह दिनुभयो। उहाँले मानिसलाई चुपचाप न्यानोपन, प्रेम र दया दिनेबाहेक केही पनि गर्नुभएन, त्यो भन्दा बढी त उहाँले मानिसलाई व्यवस्थाको बन्धनबाहिर निकाल्नुभयो र उसलाई अभ्यासका नयाँ माध्यमहरू दिनुभयो। मानिसले उहाँलाई प्रेम गरेन, उसले उहाँको डाह मात्र गर्‍यो र उहाँका असाधारण प्रतिभाहरूको पहिचान गर्‍यो। प्रेमिलो येशू मुक्तिदाता मानवजातिकहाँ आउनुहुँदा उहाँले कति ठूलो अपमान भोग्‍नुभयो भन्‍ने कुरा अन्धो मानवजातिले कसरी जानोस् र? कसैले पनि उहाँको कष्टको बारेमा सोचविचार गरेन, कसैले पनि परमेश्‍वर पिताप्रतिको उहाँको प्रेमलाई जानेन, र कसैले पनि उहाँको एकलोपनलाई जान्‍न सकेन; मरियम उहाँलाई जन्म दिने आमा भए तापनि कृपालु प्रभु येशूको हृदयमा भएका सोचहरूको बारेमा तिनले कसरी जान्‍न सक्थिन् र? मानिसको पुत्रले सहनुभएको व्यक्त नै गर्न नसकिने कष्टको बारेमा कसले जान्दथ्यो र? उहाँसँग अनुरोधहरू गरेपछि त्यस समयमा मानिसहरूले उहाँलाई बेपरवाह गर्दै आफ्नो मनको पछाडि राखे र उहाँलाई निकालेर बाहिर फाले। त्यसैले दिनप्रतिदिन, वर्षौँवर्ष उहाँ सडकहरूमा भौतारिनुभयो, कठिन साढे तेत्तीस वर्षसम्म यताउता भौतारिनुभयो, र ती वर्षहरू लामा र छोटा दुवै थिए। जब मानिसहरूलाई उहाँको आवश्यकता पर्‍यो तिनीहरूले उहाँसँग माग गर्ने प्रयासका साथ उहाँलाई मुस्कानका साथ आफ्ना घरमा निमन्त्रणा दिए—अनि उहाँको योगदान पाएपछि तिनीहरूले उहाँलाई ढोकाबाहिर तुरुन्तै धकेलिदिए। मानिसहरूले उहाँले आफ्नो मुखबाट उपलब्ध गराउनुभएको खाना खाए, तिनीहरूले उहाँको रगत पिए, तिनीहरू उहाँले तिनीहरूलाई प्रदान गर्नुभएको अनुग्रहमा रमाए, तैपनि तिनीहरूले उहाँको विरोध गरे किनकि तिनीहरूले आफूलाई कसले जीवन दिनुभएको भन्‍ने कुरा कहिल्यै पनि जानेनन्। अन्ततः तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकिदिए, तैपनि उहाँले आवाज निकाल्‍नुभएन। आज पनि उहाँ चुपचाप हुनुहुन्छ। मानिसहरूले उहाँको देह खान्छन्, तिनीहरूले उहाँको रगत पिउँछन्, तिनीहरूले उहाँले तिनीहरूको निम्ति बनाउनुभएको खाना खान्छन्, अनि तिनीहरू उहाँले तिनीहरूको निम्ति खोल्‍नुभएको बाटो हिँड्छन्, तैपनि तिनीहरूले उहाँलाई इन्कार गर्ने इरादा राख्छन्; वास्तवमा तिनीहरूले आफूहरूलाई जीवन दिनुहुने परमेश्‍वरलाई शत्रुलाई झैँ व्यवहार गर्छन् र दासहरूलाई चाहिँ स्वर्गीय पिताको रूपमा व्यवहार गर्छन्। यसमा, के तिनीहरूले जानी-जानी उहाँको विरोध गर्दैनन् र? येशू कसरी क्रूसमा मर्न पुग्‍नुभयो? के तिमीहरूलाई थाहा छ? के उहाँलाई उहाँको सबैभन्दा नजिक रहेको, उहाँसँगै खाएको, पिएको र उहाँसँगै रमाएको यहूदाले धोका दिएन र? के उहाँ नगण्य सामान्य शिक्षकभन्दा बढी हुनुभएको कारण यहूदाले येशूलाई धोका दिएको होइन र? यदि मानिसहरूले येशू असाधारण र उहाँ स्वर्गको हुनुहुन्थ्यो भन्‍ने कुरा देखेका भए, तिनीहरूले कसरी उहाँलाई जिउँदै चौबीस घण्टासम्म उहाँको शरीरमा सास बाँकी नरहेसम्म क्रूसमा कीला ठोक्‍ने थिए र? परमेश्‍वरलाई कसले जान्‍न सक्छ? मानिसहरूले तृप्त नहुने लालचसाथ परमेश्‍वरको आनन्द लिने बाहेक केही पनि गर्दैनन्, तर तिनीहरूले उहाँलाई कहिल्यै पनि चिनेका छैनन्। तिनीहरूलाई औँला दिइएको थियो तर तिनीहरूले डुँडुलो निलेका छन्, अनि तिनीहरूले “येशू” लाई पूर्ण रूपमा आफ्नो आदेश र आज्ञा पालन गर्ने बनाए। कहीँ पनि शिर राख्‍ने ठाउँ नभएको मानिसको पुत्रलाई कसले कहिल्यै दया देखाएको छ? परमेश्‍वरको आज्ञा पूरा गर्नको निम्ति उहाँसँग लागिपर्ने कसले कहिल्यै सोच राखेको छ? कसले कहिल्यै उहाँको लागि सोचेको छ? उहाँका कठिनाइहरूको बारेमा कोही कहिल्यै विचारशील भएको छ? अलिकति पनि प्रेमविना मानिसले उहाँलाई अगाडि र पछाडि बटार्छ; मानिसलाई उसको ज्योति र जीवन कहाँबाट आउँछ भन्‍ने थाहा छैन र दुई हजार वर्ष पहिलेका मानिसका बीचमा कष्ट भोग्नुभएका “येशूलाई” पुनः एक पटक क्रूसमा टाँग्‍ने गोप्य योजना बनाउने बाहेक उसले केही पनि गर्दैन। के “येशूले” त्यस्तो घृणालाई प्रेरित गर्नुहुन्छ? के उहाँले धेरै पहिले गर्नुभएका सबै काम-कुराहरू बिर्सिसकिएको छ? हजारौँ वर्षदेखि एकत्रित भएको घृणा अन्तमा बाहिर निस्कनेछ। तिमीहरू, काटीकुटी यहूदीहरूजस्तै छौ! “येशू” कहिले तिमीहरूको विरोधी हुनुभएको छ र तिमीहरूले उहाँलाई त्यति धेरै घृणा गर्नुपर्छ? उहाँले त्यति धेरै कुराहरू गर्नु र भन्‍नुभएको छ—के तीमध्ये कुनै पनि तिमीहरूको निम्ति फाइदाजनक छैनन् र? उहाँले सट्टाभर्ना नमागी आफ्नो जीवन तिमीहरूको निम्ति दिनुभयो, उहाँले तिमीहरूलाई आफ्नो सम्पूर्णता दिनुभयो—के तिमीहरू वास्तवमा अझै पनि उहाँलाई जिउँदै खान चाहन्छौ? उहाँले कुनै पनि कुरा आफूसँग नराखी, सांसारिक महिमा, मानिसका बीचमा भएको न्यानोपन वा मानिसका बीचमा भएको प्रेम, मानिसका बीचमा भएका सबै आशिष्‌हरूमा नरमाई, आफ्नो सबै थोक तिमीहरूलाई दिनुभएको छ। मानिसहरू उहाँप्रति यति नीच छन्, उहाँले कहिल्यै पनि पृथ्वीका सारा सम्पत्तिहरूको आनन्द लिनुभएन, उहाँले आफ्नो सारा इमान्दार र स्‍नेही हृदय मानवजातिको निम्ति समर्पण गर्नुहुन्छ—अनि कसले कहिल्यै उहाँलाई न्यानोपन दिएको छ? उहाँलाई कसले कहिल्यै आराम दिएको छ? मानिसले सबै दबाब उहाँमाथि थुपारेको छ, उसले सबै दुर्भाग्य उहाँलाई सुम्पिदिएको छ, मानिसका बीचमा भएका सबैभन्दा दुर्भाग्यपूर्ण अनुभवहरूलाई जबरजस्ती उहाँमाथि थुपारेको छ, उसले सबै अन्यायको दोष उहाँलाई दिन्छ र उहाँले यसलाई मौनतामा स्वीकार गर्नुभएको छ। के उहाँले कसैको विरोध गर्नुभएको छ र? के उहाँले कसैबाट कहिल्यै थोरै भरपाई माग्नुभएको छ र? कसले उहाँलाई कहिल्यै सहानुभूति देखाएको छ र? सामान्य मानिसहरूको रूपमा, तिमीहरूमध्ये कसले मनोरम बाल्यकाल पाएन र? कसले रङ्गीन जवानी पाएन र? कोसँग प्रियजनहरूको न्यानोपन छैन र? कोसँग आफन्त र साथीभाइहरूको प्रेम छैन र? कसले अरूको सम्मान पाएको छैन र? को न्यानो परिवाररहित छ र? कसले विश्‍वासपात्रको सान्त्वना पाएको छैन र? अनि के उहाँले यीमध्ये कुनै कुराको कहिल्यै आनन्द लिनुभएको छ र? कसले उहाँलाई कहिल्यै थोरै न्यानोपन दिएको छ र? कसले उहाँलाई कहिल्यै थोरै सान्त्वना दिएको छ र? कसले उहाँलाई कहिल्यै थोरै मानव नैतिकता देखाएको छ र? कसले उहाँलाई कहिल्यै सहेको छ र? कठिन समयहरूमा को कहिल्यै उहाँसँग रहेको छ र? कसले उहाँसँग कठिन जीवन कहिल्यै गुजारेको छ र? मानिसले कहिल्यै पनि उहाँले पालना गर्नुपर्ने मापदण्डहरूलाई कम गरेको छैन; उसले त बिनासङ्कोच उहाँसँग माग मात्र गर्छ, मानौं कि मानिसको संसारमा आउनुभएर उहाँले मानिसको गोरु वा घोडा, उसको कैदी बन्नुपर्छ र उहाँको सबै थोक मानिसलाई दिनुपर्छ; यदि होइन भने, मानिसले उहाँलाई कहिल्यै माफ गर्नेछैन, उहाँसँग कहिल्यै सहज व्यवहार गर्नेछैन, उहाँलाई कहिल्यै परमेश्‍वर भनेर पुकार्नेछैन र उहाँलाई कहिल्यै उच्‍च आदर गर्नेछैन। मानिस उहाँप्रतिको मनोवृत्तिमा अत्यन्तै कठोर छ, मानौँ कि उहाँलाई मृत्युसम्मै यातना दिनको निम्ति लागिपरेको छ, त्यसपछि मात्र उसले परमेश्‍वरले पालना गर्नुपर्ने मापदण्डलाई खुकुलो गर्नेछ; नत्रभने मानिसले कहिल्यै पनि परमेश्‍वरले पालना गर्नुपर्ने आवश्यक मापदण्डलाई कहिले पनि कम गर्नेछैन। यस्तो मानिसलाई परमेश्‍वरले कसरी घृणा गर्नुहुन्न र? के यो आजको वियोग होइन र? मानिसको विवेक कहीँ पनि देखिन्‍न। उसले परमेश्‍वरको प्रेमको पैँचो तिर्नेछु भनेर भन्छ तर उसले परमेश्‍वरलाई चिर्छ र उहाँलाई यातना दिएर मार्छ। के यो उसका पुर्खाहरूबाट हस्तान्तरण भई आएका परमेश्‍वरप्रतिको उसको विश्‍वासको कुनै “गोप्य रेसिपि” होइन र? “यहूदीहरू” नपाइने ठाउँ कहीँ छैन र आज पनि तिनीहरूले त्यही काम गर्छन्, तिनीहरूले आज पनि परमेश्‍वरको विरोध गर्ने त्यही काम गर्छन् तर पनि तिनीहरू आफूहरूले परमेश्‍वरलाई माथि उठाइरहेका छौं भन्‍ने विश्‍वास गर्छन्। के मानिसको आफ्नै आँखाले परमेश्‍वरलाई चिन्‍न सक्थ्यो र? देहमा जिउने मानिसले कसरी आत्माबाट आउनुभएको देहधारी परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्थ्यो र? मानिसमाझ उहाँलाई कसले चिन्‍न सक्थ्यो र? मानिसको बीचमा सत्यता कहाँ छ? साँचो धार्मिकता कहाँ छ? परमेश्‍वरको स्वभावलाई चिन्‍न को सक्षम छ? स्वर्गका परमेश्‍वरसँग कसले प्रतिस्पर्धा गर्न सक्छ? आश्‍चर्य नमाने हुन्छ, उहाँ मानिसको बीचमा आउनुभएको बेला कसैले पनि परमेश्‍वरलाई चिनेको छैन र उहाँलाई इन्कार गरिएको छ। मानिसले कसरी परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्थ्यो र? उसले कसरी ज्योतिलाई अन्धकार हटाउने अनुमति दिन सक्छ र? के यो सबै मानिसको सम्माननीय भक्ति होइन र? के यो मानिसको इमान्दार प्रवेश होइन र? अनि के परमेश्‍वरको काम मानिसको प्रवेशमा केन्द्रित छैन र? म चाहन्छु कि तिमीहरूले परमेश्‍वरको कामलाई मानिसको प्रवेशसँग मिलाएर मानिस र परमेश्‍वर बीचमा राम्रो सम्बन्ध स्थापित गर अनि तिमीहरूको क्षमताले भ्याएसम्म मानिसले गर्नुपर्ने कर्तव्य निर्वाह गर। तत्पश्चात्, यस तरिकाबाट परमेश्‍वरको कामको अन्त्य हुनेछ र निष्कर्षको रूपमा उहाँले महिमा प्राप्त गर्नुहुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (१०)

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९८

आज, म चीनमा परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका निम्ति काम गर्दछु, र यसले मलाई मैले भन्‍नुपर्ने सबै कुरा भन्‍ने सन्दर्भ प्रदान गर्दछ। पछि, जब म सम्पूर्ण ब्रह्माण्डमा विजय हासिल गर्ने अर्को चरणको काम सम्पन्‍न गर्दछु, मैले तिमीहरूमाथि गरेको मेरो न्यायलाई म सम्पूर्ण ब्रह्माण्डमा भएका सबैको अधार्मिकताहरूको न्याय गर्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधिहरू हौ। अगाडि बढ्न नसक्‍नेहरू केवल प्रतिभार र सेवा गर्ने वस्तुहरू बन्‍नेछन्, जबकि कदम अगि बढाउनेहरूलाई प्रयोगमा ल्याइनेछ। जो कदम अगि बढाउँदैनन् तिनीहरूले प्रतिभारको रूपमा मात्र काम गर्छन् भनेर म किन भन्छु त? किनभने मेरा वर्तमान वचनहरू र काम सबै तिमीहरूको पृष्ठभूमितिर लक्षित छन् अनि तिमीहरू सारा मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधि र प्रतीक बनेका छौ। पछिबाट, तिमीहरूलाई जित्‍ने यी वचनहरूलाई म पराई देशहरूमा लैजानेछु, र त्यहाँका सारा मानिसहरूलाई जित्‍न ती प्रयोग गर्नेछु, तैपनि तिमीहरूले तिनीहरूलाई प्राप्त गरेका हुनेछैनौ। के त्यसले तँलाई प्रतिभार बनाउँदैन र? सारा मानवजातिको भ्रष्ट स्वभाव, मानिसको विद्रोही कार्य, र मानिसको कुरूप छवि र अनुहार—यी सबै नै आज तिमीहरूलाई जित्‍न प्रयोग गरिएका वचनहरूमा अभिलेख गरिएका छन्। अनि म यी वचनहरू हरेक राष्ट्र र हरेक सम्प्रदायका मानिसहरूलाई जित्‍न प्रयोग गर्नेछु, किनकि तिमीहरू प्रारूप र नजिर हौ। तर, मैले जानाजानी तिमीहरूलाई त्याग्‍न लागेको थिइनँ; यदि तँ आफ्नो खोजीमा राम्रो गर्न असफल हुन्छस् र त्यसरी तँ निको नहुने साबित हुन्छस् भने, के तँ केवल सेवा गर्ने वस्तु र प्रतिभार हुँदैनस् र? मैले एकपटक भनेँ कि मेरो बुद्धि शैतानका योजनाहरूको आधारमा प्रयोग गरिन्छ। मैले किन त्यसो भनेँ त? के मैले अहिले भनिरहेको र गरिरहेको कुराको पछि रहेको सत्यता यही होइन र? यदि तँ अगि बढ्न सक्दैनस् भने, यदि तँ सिद्ध बनाइएको छैनस्, बरु त्यसको साटो दण्ड पाएको छस् भने, के तँ प्रतिभार बन्दैनस् र? तैँले आफ्नो समयमा धेरै दुःख भोगेको छस् होला, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। तँलाई सजाय दिइएको र न्याय गरिएको भए पनि, तँ बिलकुल परिवर्तन भएको छैनस्, र तैँले भित्रैदेखि जीवन प्राप्त गरेको छैनस्। जब तेरो कामको जाँच गर्ने समय आउँछ, तैँले आगोजस्तो कठोर जाँच र अझ ठूलो सङ्कष्टको अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण अस्तित्वलाई खरानी बनाउनेछ। कुनै जीवन नभएको व्यक्ति, भित्रपट्टि अलिकति पनि शुद्ध चीज नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावमा अल्झेको व्यक्ति, प्रतिभारको रूपमा एउटै पनि राम्रो काम गर्न नसक्‍ने व्यक्तिको रूपमा, तँलाई किन हटाइँदैन होला र? के एक पैसाभन्दा कम मूल्य भएको व्यक्ति, अनि जीवन नै नभएको व्यक्ति विजयको कामको लागि कुनै काम लाग्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछ! त्यस बेला तेरो प्रार्थनाले तेरो निम्ति कुनै राम्रो गर्नेछैन। मुक्तिको काम पहिल्यै समाप्त भइसकेपछि, तँ पछि आएर फेरि कसरी नयाँ गरी पश्‍चाताप सुरु गर्न सक्छस्? मुक्तिको सबै काम एकपल्ट समाप्त भइसकेपछि, त्यो फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआत मात्र हुनेछ। तँ प्रतिकार गर्छस्, तँ विद्रोह गर्छस्, र तँ ती कुरा गर्छस् जुन दुष्कर्म हुन् भनी तँलाई थाहा छ। के तँ कठोर दण्डको भागीदार होइनस् र? मैले आज यी कुराहरू तँलाई भन्दै छु। यदि तँ सुन्‍न अस्वीकार गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, त्यस बेला पछुतो गर्न सुरु गर्नु र विश्‍वास गर्न थाल्नु के धेरै ढिलो हुनेछैन र? आज म तँलाई पश्‍चाताप गर्ने मौका दिँदै छु, तर तँ त्यसो गर्न तयार छैनस्। तँ कहिलेसम्म पर्खन चाहन्छस्? के सजाय पाउने दिनसम्म? मलाई आज तेरो विगतका अपराधहरूको सम्झना छैन; म तँलाई तेरो नकारात्मक पक्षलाई नहेरी तेरो सकारात्मक पक्षलाई मात्र हेरेर बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचनहरू र काम तँलाई मुक्त गर्नका लागि हुन् र तँप्रति मेरो कुनै खराब अभिप्राय छैन। तैपनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी कदर गर्ने त्यो जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धर्मी सजाय मात्र पर्खेर बसिरहेका हुँदैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश १९९

जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले भएको थियो। जब दाऊदले म, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले म, यहोवाको आवाज सुन्‍न र म, यहोवाको महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले भएको थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दर्शन पायो, त्यो सबै उसकै विश्‍वासको कारणले भएको थियो। अन्यजाति भनाउँदा भीडहरूले मेरो प्रकाश प्राप्त गर्नु र मानिसहरूमाझ मेरो काम गर्नको निम्ति म देहमा फर्केको छु भन्‍ने कुरा थाहा पाउनुको कारण पनि तिनीहरूको विश्‍वासकै कारणले गर्दा भएको हो। मेरा कठोर वचनहरूद्वारा प्रहार गरिएका र ती वनहरूद्वारा नै सान्त्वना र मुक्ति पाएका सबैले यो कुरा तिनीहरूको आफ्नै विश्‍वासले गरेका होइनन् र? मानिसहरूले तिनीहरूको विश्‍वासको कारण धेरै कुरा पाएका छन्, र त्यो सधैँ आशिष् नै हुँदैन। तिनीहरूले दाऊदले महसुस गरेको सुख र आनन्द नपाउन सक्छन्, वा मोशाले जस्तो यहोवाले दिनुभएको पानी नपाउन सक्छन्। उदाहरणको लागि, अय्यूबले आफ्नो विश्‍वासको कारण यहोवाद्वारा आशिष्‌ पाए, तर तिनले विपत्ति पनि भोगे। चाहे तँ आशिष्‌ पाएको व्यक्ति होस् वा विपत्ति भोगेको व्यक्ति, ती दुवै आशिषित घटनाहरू हुन्। बिनाविश्‍वास, तैँले यो विजयको काम प्राप्त गर्न सक्‍नेथिइनस्, आज तेरो आँखाअगाडि प्रकट गरिएका यहोवाका कामहरू देख्‍ने कुरा त परै जाओस्। तिमीहरूले देख्‍न सक्‍नेथिएनौ, तिमीहरूले ग्रहण गर्न सक्‍ने कुरा त परै जाओस्। यी प्रहारहरू, यी विपत्तिहरू, र यी सबै न्यायहरू—यदि ती तँ माथि आइलागेनन् भने, के तँ आज यहोवाका कामहरू देख्‍न सक्‍नेथिइस्? आज, विश्‍वासले नै तँलाई जित्‍न सकिने बनाउँछ, जितिएपछि नै तँ यहोवाको हरेक काममा विश्‍वास गर्न सक्‍ने हुन्छस्। विश्‍वासको कारणले नै तैँले त्यस्तो सजाय र न्याय पाउँछस्। यो सजाय र न्यायद्वारा, तँलाई जितिन्छ र सिद्ध बनाइन्छ। आज तैँले पाइरहेको यस किसिमको सजाय र न्यायविना, तेरो विश्‍वास व्यर्थ हुनेथियो, किनकि तैँले परमेश्‍वरलाई चिनेको हुँदैनथिइस्, तैँले उहाँमाथि जत्ति धेरै विश्‍वास गरे पनि, तेरो विश्‍वास वास्तवमा एउटा आधारहीन खाली अभिव्यक्ति मात्र रहनेथियो। तैँले तँलाई पूर्ण आज्ञाकारी बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्र, तेरो विश्‍वास सत्य र विश्‍वसनीय बन्छ, र तेरो हृदय परमेश्‍वरतिर फर्कन्छ। यदि तैँले यो “विश्‍वास” शब्दको कारण ठूलो न्याय र श्राप भोग्‍नुपर्‍यो भने पनि, तँसँग साँचो विश्‍वास हुन्छ र तैँले सबैभन्दा सत्य, सबैभन्दा वास्तविक र सबैभन्दा बहुमूल्य चीज पाउँछस्। यस्तो किन हुन्छ भने न्यायको क्रममा मात्र तैँले परमेश्‍वरका सृष्टिहरूको अन्तिम गन्तव्य देख्छस्; यो न्यायमा तैँले सृष्टिकर्तालाई प्रेम गरिनुपर्छ भनी बुझ्छस्; विजयको यस्तो काममा तैँले परमेश्‍वरको बाहुली देख्छस्; यो विजयमा तैँले मानव जीवनलाई पूर्ण रूपमा बुझ्छस्; यही विजयमा तैँले मानव जीवनको सही बाटो प्राप्त गर्छस् र “मानिस” को वास्तविक अर्थ बुझ्छस्; यो विजयमा मात्र तैँले सर्वशक्तिमान्‌को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी अनुहार देख्छस्; यही विजयको काममा तैँले मानिसको उत्पत्तिबारे जान्दछस् र मानवजातिको सारा “अमर इतिहास” लाई बुझ्छस्; यही विजयमा तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको सुरुआतबारे बुझ्छस्; यस विजयमा तैँले आनन्द र सान्त्वना पाउँछस्, साथै सृष्टिकर्ताबाट उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई दिइने अनन्त ताडना, अनुशासन कारबाही, र निन्दाका शब्दहरू प्राप्त गर्दछस्; यही विजयको काममा तैँले आशिष्‌हरू प्राप्त गर्दछस्, साथै मानिसले पाउनुपर्ने विपत्तिहरू प्राप्त गर्दछस्…। के यो सब तेरो थोरै विश्‍वासको कारणले गर्दा भएको होइन र? अनि के यी कुराहरू प्राप्त गरेपछि तेरो विश्‍वास बढेन र? के तैँले धेरै ठूलो मात्रामा प्राप्त गरेको छैनस् र? तैँले परमेश्‍वरको वचन सुनेको र परमेश्‍वरको ज्ञान देखेको मात्र छैनस्, तैँले त उहाँको कामको प्रत्येक चरणको व्यक्तिगत रूपमा अनुभव पनि गरेको छस्। हुन सक्छ, तैँले भन्छस् यदि तँमा विश्‍वास हुँदैनथ्यो भने, तैँले यस किसिमको सजाय वा यस किसिमको न्याय भोग्‍नुपर्नेथिएन। तर तँलाई थाहा हुनुपर्छ कि बिनाविश्‍वास, तैँले सर्वशक्तिमान्‌बाट यस किसिमको दण्ड वा यस किसिमको वास्ता प्राप्त गर्न नसक्‍ने मात्र थिइनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर सधैँका निम्ति गुमाउने पनि थिइस्। तैँले मानवजातिको उत्पत्तिको बारेमा कहिल्यै पनि जान्‍नेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै पनि बुझ्नेथिइनस्। यदि तेरो शरीर मरेर तेरो प्राण निस्केर गयो भने पनि, तैँले अझै सृष्टिकर्ताका सबै कार्यहरू बुझ्न सक्‍नेथिइनस्, सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति महान् काम गर्नुभयो भनी तैँले जान्‍ने कुरा त परै छाडौं। उहाँले बनाउनुभएको मानवजातिको सदस्यको रूपमा, के तँ अज्ञानी भएर यस प्रकारले अन्धकारमा पर्न र अनन्त दण्ड भोग्‍न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गर्छस् भने, तैँले कुन कुराको सामना गर्नेछस्? के तँ एकपल्ट वर्तमान न्यायबाट अलग भएपछि यो कठिन जीवनबाट उम्किन सक्छस् भनी विचार गर्छस्? यदि “यो ठाउँ” छोडिस् भने तैँले दियाबलसले दिने कष्टपूर्ण यातना वा क्रूर दुर्व्यवहारहरू सामना गर्नेछस् भन्‍ने कुरा सत्य होइन र? के तैँले असहनीय दिन र रातहरूको सामना गर्नुपर्ने हुन सक्छ? के आज तँ यो न्यायबाट उम्किस् भने, सधैँका लागि त्यो भविष्यको यातनालाई छल्न सक्छस् भनेर सोच्छस्? तेरो बाटोमा के आउँछ? के त्यो साँच्‍चै तैँले आशा गरेको साङ्ग्रिला हुन सक्छ? के तँलाई लाग्छ कि तँ आफूसँग अहिले भएको वास्तविकताबाट टाढा भागेर भविष्यको अनन्त सजायबाट उम्किन सक्छस्? आजको दिनपछि, के तैँले यस किसिमको मौका र यस किसिमको आशिष्‌ फेरि पाउन सक्‍नेछस्? तँमाथि विपत्ति आइपर्दा के तँ ती कुराहरू पाउन सक्‍नेछस्? सारा मानवजाति विश्राममा प्रवेश गर्दा के तँ ती कुराहरू प्राप्त गर्न सक्‍नेछस्? तेरो अहिलेको सुखी जीवन र तेरो सद्‌भावपूर्ण सानो परिवार—के ती तेरो भविष्यको अनन्त गन्तव्यको प्रतिस्थापना हुन सक्छ? यदि तँसँग साँचो विश्‍वास छ भने, र यदि तैँले आफ्नो विश्‍वासको कारण ठूलो कुरा प्राप्त गरिस् भने, तैँले—सृष्टि गरिएको प्राणीले—जे प्राप्त गर्नुपर्छ र तैँले पहिलो स्थानमा जे प्राप्त गर्नुपर्दछ, त्यो त्यही नै हो। त्यस्तो विजयभन्दा बढी कुनै कुरा पनि तेरो विश्‍वास र जीवनको लागि लाभदायक हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २००

आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई जितिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्म आज्ञापालन गर्न सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि तँ अन्त्यसम्म पछि लाग्नुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्‍वरप्रतिको विश्‍वास गुमाउनु हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको आज्ञाकारिता; र पत्रुसको गवाही—परमेश्‍वरप्रतिको सर्वोच्च प्रेम। एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र शरीर पीडाले ढाक्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्‍वरलाई प्रेम गर्न सके। जब तिनलाई क्रूसमा टाँगियो र तिनले मृत्युको सामना गरे, त्यस बेला पनि तिनले परमेश्‍वरलाई प्रेम गरिरहे; तिनले आफ्नै सम्भावनाहरूको बारेमा सोचेनन् वा सुन्दर आशा वा असाधारण विचारहरूको पछि लागेनन्, तिनी केवल परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरका सबै प्रबन्धहरूको पालन गर्न लागिपरे। तैँले गवाही दिनेबारे विचार गर्नुभन्दा अघि, जितिएर सिद्ध बनाइएपछिको कुनै व्यक्ति बन्नु भन्दा पहिले, तैँले यस्तै स्तर प्राप्त गर्नुपर्छ। आज, यदि मानिसहरूले साँच्चै आफ्नो सार र दर्जा थाहा पाउने हो भने, के उनीहरूले अझै पनि सम्भावना र आशाहरू खोज्ने थिए? तैँले जान्नुपर्ने कुरा यो हो: परमेश्‍वरले मलाई सिद्ध बनाउनु भए पनि वा नबनाउनु भए पनि, म परमेश्‍वरको पछि लाग्नुपर्छ; अहिले उहाँले गर्नुहुने सबै कुरा असल छन् र ती मेरो खातिर गरिएका हुन्, ताकि हाम्रो स्वभाव परिवर्तन हुन सकोस् र हामी आफैलाई शैतानको प्रभावबाट छुटाउन सकौं, फोहोरको भूमिमा जन्‍मेर पनि आफैलाई अशुद्धताबाट मुक्त गर्न सकौं, फोहोर र शैतानको प्रभावलाई फाल्न सकौं, त्यसलाई पछाडि छोड्न सकौं। अवश्य, तँबाट चाहेको कुरा यही नै हो, तर परमेश्‍वरका निम्ति यो मानिसहरूले आज्ञापालन गर्ने सङ्कल्प गरून् र तिनीहरू परमेश्‍वरका सबै योजनाहरूको अधीनमा बस्न सकून् भनी गरिने विजयको कार्य मात्रै हो। यही तरिकाले, सबै कुराहरू सम्पन्न हुनेछन्। आज, अधिकांश मानिसहरू अघि नै जितिसकिएका छन्, तर तिनीहरूभित्र अझै पनि विद्रोही र अनाज्ञाकारी धेरै कुरा छन्। मानिसहरूको वास्तविक कद अझै पनि धेरै सानो छ, र आशाहरू र सम्भावनाहरू छन् भने मात्र तिनीहरू जोसले भरिन सक्छन्; आशा र सम्भावनाहरूको अभावमा, तिनीहरू नकारात्मक बन्छन्, र परमेश्‍वरलाई छोड्ने मन गर्छन्। यसबाहेक, मानिसहरूमा सामान्य मानवतामा जिउन प्रयास गर्ने कुनै ठूलो चाहना छैन। यो अस्वीकार्य छ। यसैले, मैले अझै पनि विजयको कुरा गर्नैपर्छ। वास्तवमा, विजय भएकै समयमा सिद्धता पनि हुन्छ: जब तँ जितिन्छस्, तब सिद्ध बन्नुको पहिलो प्रभावहरू पनि प्राप्त गरिन्छ। जहाँ जितिने र सिद्ध बनाइने कुराबीच भिन्नता हुन्छ, त्यो पनि मानिसहरूमा भएको परिवर्तनको तहअनुसार हुन्छ। सिद्ध बनाइनुको पहिलो चरण जितिनु हो, अनि त्यसको अर्थ तिनीहरू पूर्णरूपमा सिद्ध भइसकेका छन् भन्‍ने होइन, न त यो तिनीहरू पूर्ण रूपमा परमेश्‍वरद्वारा प्राप्त गरिएका छन् भन्‍ने कुराको प्रमाण नै हो। मानिसहरू जितिएपछि, तिनीहरूको स्वभावमा केही परिवर्तनहरू हुन्छन्, तर त्यस्ता परिवर्तनहरू परमेश्‍वरबाट पूर्ण रूपमा प्राप्त भएका व्यक्तिहरूका भन्दा निकै कम हुन्छन्। आज, जे गरिन्छ त्यो मानिसहरूलाई सिद्ध बनाउने—तिनीहरूलाई जित्ने प्रारम्भिक काम हो—अनि यदि तैँले विजय हुने कामलाई प्राप्त गर्न सक्दैनस् भने, तँसँग सिद्ध हुने र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त हुने कुनै माध्यम हुनेछैन। तैँले दण्ड र न्यायको थोरै वचनहरू प्राप्त गर्नेछस्, तर तिनले तेरो हृदय पूर्ण रूपमा परिवर्तन गर्न सक्‍नेछैनन्। यसैले तँ हटाइनेछस्; त्यो टेबलमाथिको भव्य भोज हेर्नु, तर नखानु भन्दा त्यत्ति फरक हुँदैन। के यो तेरो लागि दुःखद परिदृश्य हुँदैन र? त्यसकारण तैँले परिवर्तनहरू खोज्नुपर्दछ: चाहे त्यो जित्ने होस् वा सिद्ध पारिने, ती दुवै तँभित्र परिवर्तनहरू भएका छन् कि छैनन्, र तँ आज्ञाकारी छस् कि छैनस् भन्‍ने कुरासित सम्बन्धित हुन्छन्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त हुन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा निश्चित गर्दछ। यो जान् कि “जितिनु” र “सिद्ध बनाइनु” परिवर्तन र आज्ञाकारिताको मात्रामा साथै परमेश्‍वरप्रतिको तेरो प्रेम कति शुद्ध छ भन्‍ने कुरामा आधारित हुन्छन्। आज चाहिने कुरा भनेको तँ पूर्ण रूपमा सिद्ध हुन सक्‍नु नै हो, तर सुरुमा तँलाई जितिनुपर्छ—तँमा परमेश्‍वरको सजाय र न्यायको पर्याप्त ज्ञान हुनुपर्दछ, उहाँलाई पछ्याउने विश्‍वास हुनुपर्दछ, र तँ परिवर्तन खोज्ने र परमेश्‍वरको ज्ञानको खोजी गर्ने व्यक्ति बन्नुपर्छ। तब मात्र तँ त्यो व्यक्ति बन्नेछस् जो सिद्ध बन्‍न लागिपर्छ। तिमीहरूले बुझ्नुपर्दछ, कि सिद्ध हुने क्रममा तँ जितिनेछस्, र जितिने क्रममा तँ सिद्ध बनाइनेछस्। आज, तँ सिद्ध बनाइन वा तेरो बाहिरी मानवतामा परिवर्तन ल्याउन र तेरो क्षमतामा सुधार गर्न लागिपर्न सक्छस्, तर प्रमुख महत्त्वको कुरा यो हो कि तैँले आज परमेश्‍वरले गर्नुहुने सबै कुराको अर्थ छ र त्यो लाभदायक छ भनी बुझ्न सक्नेछस्: यसले तँ फोहोर देशमा जन्मेको व्यक्तिलाई फोहोरबाट उम्कन र त्यसलाई फाल्न सक्‍ने, यसले तँलाई शैतानको प्रभावलाई जित्न, र शैतानको अन्धकारको प्रभावलाई त्याग्‍न सक्‍ने बनाउँछ। यी कुराहरूमा ध्यान दिँदा, तँ फोहोरको यो देशमा सुरक्षित हुनेछस्। आखिरमा, तँलाई के गवाही दिन लगाइन्छ? तँ फोहोरको देशमा जन्मेको छस्, तर तँ पवित्र बन्न सक्छस्, र शैतानको क्षेत्रमा जिउने गरी फेरि कहिल्यै फोहोरद्वारा दूषित हुँदैनस्, तर आफैलाई शैतानको प्रभावबाट छुटाउँछस्, शैतानको कब्जा वा उत्पीडनमा पर्दैनस्, सर्वशक्तिमानका हातहरूमुनि जिउँछस्। शैतानसितको लडाइँमा पाएको विजयको गवाही र प्रमाण यही नै हो। तैँले शैतानलाई त्याग्न सक्छस्, तैँले आफ्नो जियाइमा शैतानी स्वभावहरू प्रकट गर्दैनस्, बरु परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले माग गर्नुभएअनुसार नै जिउनेछस्: सामान्य मानवता, सामान्य ज्ञान, सामान्य अन्तर्दृष्टि, परमेश्‍वरलाई प्रेम गर्ने सामान्य संकल्प, र परमेश्‍वरप्रतिको बफादारीता। यो परमेश्‍वरको सृष्टिले वहन गर्नुपर्ने गवाही हो। तैँले यसो भन्छस्, “हामी फोहोरको देशमा जन्मिएका छौं, तर परमेश्‍वरको सुरक्षाको कारण, उहाँको नेतृत्वको कारण, र उहाँले हामीलाई जित्नुभएको कारण, हामीले आफैलाई शैतानको प्रभावदेखि छुटाएका छौं। आज हामीले आज्ञापालन गर्न सक्नु पनि परमेश्‍वरले हामीलाई विजय गर्नुभएको प्रभाव हो, अनि यो हामी असल भएकोले, वा हामीले स्वाभाविक रूपले परमेश्‍वरलाई प्रेम गरेकोले होइन। परमेश्‍वरले हामीलाई चुन्नुभएकोले र हामीलाई पूर्वनियुक्त गर्नुभएकोले आज हामीलाई विजय गरिएको, र उहाँको गवाही दिन सक्छौं, उहाँको सेवा गर्न सक्छौं; यसरी, उहाँले हामीलाई चुन्नुभएको र रक्षा गर्नुभएकोले पनि, हामी शैतानको क्षेत्रबाट बचाइएका र छुटाइएका छौं, अनि फोहोरलाई त्यागेर ठूलो रातो अजिङ्गरको देशमा शुद्ध हुन सक्छौं।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २०१

आखिरी दिनहरूको कामले सबै नियमहरू तोड्दछ, अनि तँ श्रापित भए पनि वा दण्डित भए पनि, जबसम्म तैँले मेरो काममा सहायता गर्छस् र आजको विजयको कामका निम्ति उपयोगी हुन्छस्, तब तँ मोआबको सन्तान भए पनि वा ठूलो रातो अजिङ्गरको सन्तान नै भए पनि, तैँले कामको यस चरणमा परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्छस् र तैँले गर्न सक्ने सक्दो गर्छस् भने, पाउनु पर्ने प्रभाव प्राप्त हुनेछ। तँ ठूलो रातो अजिङ्गरको सन्तान होस्, र तँ मोआबको सन्तान होस्; समग्रमा भन्‍ने हो भने, जो मासु र रगतका हुन् तिनीहरू सबै परमेश्‍वरका सृष्टि हुन् र तिनीहरू सृष्टिकर्ताद्वारा बनाइएका थिए। तँ परमेश्‍वरको सृष्टि होस्, तँसँग कुनै विकल्प हुनु हुँदैन, र यो तेरो कर्तव्य हो। अवश्य, आज सृष्टिकर्ताको काम सम्पूर्ण ब्रह्माण्डप्रति निर्देशित छ। तिमीहरू जुन वंशबाट आएको सन्तान भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीहरू परमेश्‍वरका सृष्टि, तिमीहरू—जो मोआबको सन्तान हौ—परमेश्‍वरका सृष्टिका भाग हौ, फरक यति मात्र छ कि तिमीहरूको मूल्य कम छ। आज, परमेश्‍वरको काम सबै प्राणीहरूको माझमा र सारा ब्रह्माण्डमा गरिने भएकोले, सृष्टिकर्ता उहाँको काम गर्नका निम्ति कुनै पनि मानिसहरू, विषयहरू वा थोकहरू चुन्न स्वतन्त्र हुनुहुन्छ। तँ कुन वंशबाट आएको होस् भन्‍ने कुरालाई उहाँले परवाह गर्नुहुन्न; तँ उहाँका सृष्टिमध्येको एउटा होस्, र तँ उहाँको काम, अर्थात् विजय र गवाहीको कामका निम्ति फाइदाजनक हुन्छस् भने, उहाँले तँभित्र कुनै संकोचविना उहाँको काम पूरा गर्नुहुनेछ। यसले मानिसहरूका परम्परागत धारणाहरूलाई चकनाचूर पार्छ, जुनचाहिँ यही हुन् कि परमेश्‍वरले अन्यजातिहरूका बीचमा कहिल्यै पनि काम गर्नुहुनेछैन, विशेष गरी तिनीहरूका माझमा जो श्रापित र तुच्छ छन्; किनकि जो श्रापित छन्, तिनीहरूबाट भविष्यमा आउने सबै पुस्ताहरू पनि सदाका लागि श्रापित हुनेछन्, जसको निम्ति मुक्ति पाउने कुनै पनि सम्भावना हुँदैन; परमेश्‍वरले कहिल्यै पनि अन्यजातिहरूको देशमा ओर्लेर काम गर्नुहुनेछैन, र उहाँले फोहोरको देशमा कहिल्यै पनि खुट्टा टेक्नुहुनेछैन, किनकि उहाँ पवित्र हुनुहुन्छ। परमेश्‍वरको आखिरी दिनहरूको कामद्वारा यी सबै धारणाहरू चकनाचूर पारिएका छन्। यो जान कि परमेश्‍वर सबै सृष्टिका परमेश्‍वर हुनुहुन्छ, स्वर्गहरू, पृथ्वी र सबै थोकमाथि उहाँको अधिकार छ, अनि उहाँ इस्राएलका मानिसहरूका मात्र परमेश्‍वर हुनुहुन्न। त्यसैले, चीनमा भएको यो कामको ठूलो महत्त्व छ, अनि के यो सबै देशहरूमा फैलिनेछैन र? भविष्यको ठूलो गवाही चीनमा मात्र सीमित हुनेछैन; यदि परमेश्‍वरले तिमीहरूलाई जित्नु मात्र सक्नुभयो भने, के भूतात्माहरू विश्‍वस्त हुन सक्छन्? तिनीहरू विजय हुनु भनेको के हो, वा परमेश्‍वरको महान् शक्ति भनेको के हो बुझ्दैनन्, अनि जब सारा ब्रह्माण्डमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूले अन्तिम प्रभावहरू देख्छन्, तब सबै प्राणीहरू जितिनेछन्। मोआबका सन्तानहरूभन्दा बढी पिछडिएको वा भ्रष्ट कोही पनि छैन। सबैभन्दा भ्रष्ट, परमेश्‍वरलाई स्वीकार नगर्ने वा परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास नगर्ने मानिसहरू जितिएपछि, अनि तिनीहरूले आफ्‍नो मुखले परमेश्‍वरलाई स्वीकार गरे, उहाँलाई प्रशंसा गरे, अनि उहाँलाई प्रेम गर्न सके भने मात्रै यो विजयको गवाही बन्‍नेछ। तिमीहरू पत्रुस नभए पनि, तिमीहरू पत्रुसको स्वरूपमा जिउँछौ, तिमीहरूले पत्रुसको र अय्यूबको गवाही धारण गर्न सक्छौ, र यो सबैभन्दा ठूलो गवाही हो। अन्त्यमा तिमीहरूले यसो भन्‍नेछौ: “हामी इस्राएलीहरू होइनौं, तर मोआबको त्यागिएका सन्तान हौं, हामी पत्रुस होइनौं, जसको क्षमता प्राप्त गर्न हामी असक्षम छौं, न त अय्यूब हौं, अनि हामीलाई परमेश्‍वरको लागि दुःख भोग्ने र आफैलाई परमेश्‍वरमा समर्पण गर्ने पावलको संकल्पसित तुलना गर्न सकिँदैन, र हामी धेरै पछौटे हौं, र यसैले हामी परमेश्‍वरको आशिष प्राप्त गर्न अयोग्य छौं। आज पनि परमेश्‍वरले हामीलाई माथि उठाउनुभएको छ; त्यसकारण हामीले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र हामी अपर्याप्त क्षमता वा योग्यताका भए पनि, हामी परमेश्‍वरलाई सन्तुष्ट पार्न तयार छौं—हामीसँग यो संकल्प छ। हामी मोआबका सन्तानहरू हौं, र हामी श्रापित थियौं। यो परमेश्‍वरको घोषणा थियो, र हामी यसलाई परिवर्तन गर्न सक्दैनौं, तर हाम्रो जीवनशैली र हाम्रो ज्ञान परिवर्तन हुन सक्छ, र हामी परमेश्‍वरलाई सन्तुष्ट पार्ने सङ्कल्‍प गर्छौं।” जब तँसँग यो संकल्प हुन्छ, तब त्यसले तिमीहरूलाई विजय गरिँदैछ भन्‍ने प्रमाणित गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २०२

विजयको कामको लक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको देहले अबउप्रान्त विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्‍वरबारे नयाँ ज्ञान प्राप्त गरोस्, मानिसको हृदयले परमेश्‍वरको पूरा आज्ञापालन गरोस् र मानिसले परमेश्‍वरको निम्ति हुने आकांक्षा राखोस् भन्‍ने हो। मानिसहरूले आफ्नो स्वभाव वा देह परिवर्तन हुँदा त्यसलाई विजय प्राप्त भएको कुराको रूपमा लिँदैनन्; जब मानिसको सोच, चेतना र समझ परिवर्तन हुन्छ, भन्‍नुको अर्थ, जब तेरो सम्पूर्ण मनोवृत्ति परिवर्तन हुन्छ—त्यसबेला तँ परमेश्‍वरद्वारा जितिएको हुन्छस्। जब तैँले आज्ञापालन गर्ने सङ्कल्प गर्छस् र नयाँ मानसिकता अपनाउँछस्, जब तैँले परमेश्‍वरका वचनहरू र काममा आफ्नो कुनै पनि विचार वा अभिप्रायहरू ल्याउँदैनस् र जब तेरो दिमागले सामान्य रूपमा सोचविचार गर्न सक्छ—भन्नुको मतलब, जब तैँले सम्पूर्ण हृदयले आफैलाई परमेश्‍वरको निम्ति प्रयोगमा ल्याउँछस्—तब तँ त्यस्तो मानिस बन्छस्, जो पूर्ण रूपमा जितिएको हुन्छ। धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्‍न र आफ्नो देहलाई परित्याग गर्न सक्षम हुन्छन्। कष्ट भोग्‍न सक्‍ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो प्रकृतिलाई अलिकति पनि निराकरण गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्‍वरको प्रतिरूप हुन्छ। परमेश्‍वरका लागि कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँको इच्छाबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्‍वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्‍वरको इच्छा पूरा गर्ने कुरा सुनिश्‍चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्‍वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्‍न, बरु तिनीहरूले कल्पना गरेका परमेश्‍वर, तिनीहरूले सुनेका परमेश्‍वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्‍वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्‍वरका निम्ति कष्ट भोग्‍न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्‍वरले गर्न चाहनुभएको परमेश्‍वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दुःख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्‍वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्‍याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्‍वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्‍ने पत्रुसले पनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले निराकरण वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्‍याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट र निराकरण नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्! दर्शन र परमेश्‍वरको कामको नयाँ ज्ञानविना, तँलाई जितिएको हुँदैन। तब परमेश्‍वरलाई पछ्याउने तेरो तरिका कष्ट भोग्‍ने र उपवास बस्‍नेहरूको जस्तो थोरै मूल्यको हुनेछ! यो ठ्याक्कै के हो भने, तिनीहरूले जे गर्छन् त्यसमा गवाही थोरै मात्र हुन्छ, त्यसैले म भन्छु, तिनीहरूको सेवा व्यर्थ छ! आफ्नो जीवनभरि तिनीहरूले कष्ट भोग्छन् अनि झ्यालखानमा समय बिताउँछन्; तिनीहरू सधैँ सहनशील र प्रेमिलो हुन्छन् अनि सधैँ क्रूस बोक्छन्, संसारद्वारा तिनीहरूको हाँसो उडाइन्छ र तिनीहरूलाई अस्वीकार गरिन्छ, तिनीहरूले हरप्रकारका कठिनाइ अनुभव गर्छन् र तिनीहरू अन्त्यसम्म आज्ञाकारी भए तापनि, अझै पनि जितिएका हुँदैनन् र जितिएको कुराको कुनै गवाही दिन सक्दैनन्। तिनीहरूले ठूलो पीडा भोगेका हुन्छन्, तर भित्रचाहिँ परमेश्‍वरलाई पटक्‍कै चिन्दैनन्। तिनीहरूका पुराना सोचहरू, पुराना धारणाहरू, धार्मिक अभ्यासहरू, मानवनिर्मित ज्ञान र मानवीय विचारहरूलाई निराकरण गरिएको छैन। तिनीहरूमा नयाँ ज्ञानको कुनै छनक नै छैन। परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान थोरै पनि सत्य वा सही हुँदैन। तिनीहरूले परमेश्‍वरको इच्छालाई गलत बुझेका हुन्छन्। के यो परमेश्‍वरप्रति सेवा हो र? विगतमा परमेश्‍वरसम्बन्धी तेरो ज्ञान जे-जस्तो भए पनि, यदि त्यो आज त्यस्तै रहिरहन्छ भने, र परमेश्‍वरले जे गर्नुभए पनि उहाँसम्बन्धी तेरो ज्ञान तैँले तेरा आफ्नै धारणा र विचारहरूमा आधारित गर्न जारी राख्छस् भने, भन्‍नुको अर्थ, यदि तँमा परमेश्‍वरसम्बन्धी कुनै नयाँ र साँचो ज्ञान छैन भने, र यदि तँ परमेश्‍वरको साँचो रूप र स्वभावलाई जान्‍न असफल हुन्छस् भने, यदि परमेश्‍वरसम्बन्धी तेरो ज्ञान सामन्ती, अन्धविश्‍वासपूर्ण सोचबाट निर्देशित छ र मानव कल्पना र धारणाबाट उत्पन्न भएको छ भने, तँ जितिएको छैनस्। मैले तँलाई अहिले धेरै वचनहरू बताउनु भनेको तँलाई यी वचनहरू जान्‍न दिनु र यो ज्ञानले तँलाई अझ नयाँ र सही ज्ञानमा डोऱ्याओस् भनेर हो; मैले यी कुराहरू भन्नुको उद्देश्य तँमा भएका ती पुराना धारणाहरू र पुरानो ज्ञान मेटाउनको लागि पनि हो ताकि तैँले नयाँ ज्ञान प्राप्त गर्न सकोस्! यदि तैँले साँच्‍चै मेरा वचनहरू खाइस् र पिइस् भने, तेरो ज्ञानमा धेरै परिवर्तन हुनेछ। जबसम्म तँ आज्ञाकारी हृदयसहित परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तबसम्म तेरो दृष्टिकोणलाई उल्टाइनेछ। जबसम्म तँ बारम्बार दोहोरिने सजायहरू स्वीकार गर्न सक्छस्, तबसम्म तेरो पुरानो मानसिकता बिस्तारै परिवर्तन हुनेछ। जबसम्म तेरो पुरानो मानसिकताको स्थान पूर्ण रूपमा नयाँ मानसिकताले लिन्छ, तबसम्म तेरो अभ्यास पनि सोहीअनुरूप परिवर्तन हुनेछ। यस तरिकाले, तेरो सेवा झन्-झन् लक्ष्यमा केन्द्रित हुनेछ र तँ झन् बढी परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम हुनेछस्। यदि तैँले तेरो जीवन, मानव जीवनसम्बन्धी तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरा धेरै धारणाहरू परिवर्तन गर्न सकिस् भने, तेरो प्राकृतिकपन बिस्तारै घट्दै जान्छ। जब परमेश्‍वरले मानिसहरूलाई जित्‍नुहुन्छ, तब यो र यस्तो कुनै पनि कुरामा त्यसको प्रभाव हुँदैन, यो मानिसहरूभित्र हुन आउने प्रभाव हो। यदि परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा तैँले आफ्नो देहलाई वशमा राख्‍न र सहन अनि कष्ट भोग्न मात्र जानेका छस् भने, र त्यो सही हो कि गलत भनी तँलाई थाहा छैन, त्यो कसको खातिर गरिएको हो भन्‍ने पत्तोसमेत छैन भने, त्यस्तो अभ्यासले कसरी परिवर्तनतर्फ डोर्‍याउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २०३

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति कुन मापदण्डहरू पूरा गर्नुपर्दछ? जित्नु र सिद्ध बनाउनु दुवै नै मानिसलाई पूर्ण बनाउने उद्देश्यका निम्ति हो, यसैले कि ऊ फेरि आफ्नो सुरुको स्वरूपमा फर्कन सकोस्, उसको भ्रष्ट शैतानिक स्वभाव र शैतानको प्रभावबाट स्वतन्त्र हुन सकोस्। यो विजय मानिसको कामको प्रक्रियामा सुरुमा नै आउँछ; वास्तवमा, कामको पहिलो चरण यही नै हो। सिद्ध बनाउनु दोस्रो चरण हो, र यो अन्तिम कार्य हो। प्रत्येक मानिस जितिने प्रक्रियाबाट भएर जानुपर्छ। नत्र भने, तिनीहरूसित परमेश्‍वरलाई चिन्ने कुनै उपाय हुने थिएन, न त तिनीहरूले परमेश्‍वर हुनुहुन्छ, भनेर नै थाहा पाउनेथिए, भन्नुको अर्थ, तिनीहरूका निम्ति परमेश्‍वरलाई स्वीकार गर्न असम्भव हुनेथियो। र यदि मानिसहरूले परमेश्‍वरलाई स्वीकार गर्दैनन् भने, तिनीहरू परमेश्‍वरद्वारा पूर्ण बनाइनु पनि असम्भव हुन्छ, किनकि तैँले यो पूर्णताका मापदण्डहरू पूरा गरेको हुँदैनस्। यदि तैँले परमेश्‍वरलाई स्वीकार गर्दैनस् भने, तैँले उहाँलाई कसरी चिन्न सक्छस्? तँ कसरी उहाँको पछि लाग्न सक्छस्? तैँले उहाँको गवाही पनि दिन सक्नेछैनस्, र तँसित उहाँलाई सन्तुष्ट पार्ने विश्‍वास हुने कुरा त परै जाओस्। यसकारण, पूर्ण हुन चाहने जोकोहीको लागि पहिलो चरण भनेको विजयको कामबाट भएर जानुपर्छ। पहिलो सर्त यही नै हो। जित्ने र सिद्ध बनाउने, दुवै मानिसहरूमा काम गर्दै तिनीहरूलाई परिवर्तन गर्नका निम्ति हो, प्रत्येक मानिसलाई प्रबन्ध गर्ने कामको हिस्सा हो। कसैलाई पूर्ण बनाउन यी दुवै चरणहरू आवश्यक हुन्छन्, र ती कुनैलाई पनि बेवास्ता गर्न सकिँदैन। “जितिनु” भन्‍ने कुरा त्यत्ति राम्रो सुनिँदैन भन्‍ने कुरा साँचो हो, तर वास्तवमा, कसैलाई जित्ने प्रक्रिया भनेको तिनीहरूलाई परिवर्तन गर्ने प्रक्रिया नै हो। तँलाई जितिएपछि पनि तेरो भ्रष्ट स्वभाव पूर्ण रूपमा मेटिएको नहुन सक्छ, तर तैँले त्यो जानेको हुनेछस्। विजयको कामद्वारा, तैँले आफ्नो तुच्छ मानवता, साथै तेरा आफ्नै धेरै वटा अनाज्ञाकारिता जान्न सक्नेछस्। विजयको कार्यको छोटो अवधिमा तैँले यी कुराहरू त्याग्न वा परिवर्तन गर्न नसक्‍ने भए पनि तैँले ती कुराहरूलाई जान्‍नेछस् र त्यसले तेरो सिद्धताका लागि जग बसाल्नेछन्। त्यस्तै गरी, जितिने र सिद्ध पार्ने दुवै काम मानिसलाई परिवर्तन गर्न, तिनीहरूका भ्रष्ट शैतानिक स्वभावहरूबाट छुटकारा दिनका लागि गरिन्छ, यसरी तिनीहरूले आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गर्न सक्छन्। विजय गरिनु भनेको मानिसहरूको स्वभाव परिवर्तन गर्ने कार्यको पहिलो चरण मात्रै हो साथै मानिसहरूले आफैलाई परमेश्‍वरमा पूर्ण रूपमा समर्पण गर्नुको पहिलो चरण हो अनि यो सिद्ध हुने चरणभन्दा तलको हुन्छ। जितिएको व्यक्तिको जीवनको स्वभाव सिद्ध पारिएको व्यक्तिको भन्दा धेरै कम परिवर्तन हुन्छ। जितिनु र सिद्ध पारिनु भन्‍ने कुरा वैचारिक रूपमा एक-अर्कोबाट फरक छन्, किनकि ती कामका विभिन्न चरणहरू हुन्, किनभने तिनले मानिसहरूलाई विभिन्न स्तरहरूमा राख्छन्; विजयले मानिसहरूलाई तल्लो स्तरमा राख्छ, सिद्धताले तिनीहरूलाई उच्च स्तरमा राख्छ। सिद्ध पारिएकाहरू धर्मी मानिसहरू हुन्, पवित्र बनाइएका मानिसहरू हुन्; तिनीहरू मानवताको व्यवस्थापन कार्यलाई स्पष्ट पार्ने कुरा, वा अन्तिम उपजहरू हुन्। तिनीहरू सिद्ध मानिसहरू नभए पनि, तिनीहरू अर्थपूर्ण जीवन बिताउन खोज्नेहरू हुन्। जितिएकाहरूले चाहिँ बोलीमा मात्र परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्छन्; तिनीहरू परमेश्‍वरले देहधारण गर्नुभएको, वचन देहमा प्रकट हुनुभएको र परमेश्‍वर पृथ्वीमा न्याय र सजायको काम गर्न आउनुभएको कुरालाई स्वीकार गर्छन्। तिनीहरूले परमेश्‍वरको न्याय र सजाय, र उहाँको ताडना र शुद्धीकरण सबै मानिसका लागि लाभदायक हुन्छन् भन्‍ने पनि स्वीकार गर्छन्। तिनीहरूले भर्खरै केही हदसम्म मानिसको स्वरूप प्राप्त गर्न थालेका हुन्छन्। तिनीहरूसित जीवनको बारेमा केही अन्तर्दृष्टि हुन्छ, तर यो अझै अस्पष्ट नै हुन्छ। अर्को शब्दमा, तिनीहरूले भर्खरै मानवता प्राप्त गर्न थालेका हुन्छन्। जितिनुका प्रभावहरू यस्ता हुन्छन्। जब मानिसहरूले सिद्धताको बाटोमा पाइला टेक्छन्, तिनीहरूका पुरानो स्वभाव परिवर्तन हुन सक्छन्। यसबाहेक, तिनीहरूका जीवनहरू बढ्दैजान्छ, र तिनीहरू बिस्तारै सत्यतामा गहिरो रूपमा प्रवेश गर्छन्। तिनीहरू संसारलाई र सत्यताको पछि नलाग्ने सबैलाई घृणा गर्न सक्छन्। तिनीहरूले विशेष गरी आफैलाई घृणा गर्छन्, तर त्योभन्दा बढी तिनीहरूले आफैलाई स्पष्ट रूपमा चिन्छन्। तिनीहरू सत्यमा जिउन इच्छुक बन्छन् र सत्यताको खोजी गर्ने कार्यलाई आफ्नो लक्ष्य बनाउँछन्। तिनीहरू आफ्नै दिमागले उब्जाएका विचारहरू भित्र बस्न अनिच्छुक हुन्छन्, र तिनीहरूले मानिसको स्व-धार्मिकता, हठीपन, र आत्म-सन्तुष्टिप्रति घृणा महसुस गर्दछन्। तिनीहरू मर्यादाको कडा भावनाका साथ बोल्छन्, चेतना र बुद्धिले चीजहरू चलाउँछन्, र परमेश्‍वरप्रति बफादार र आज्ञाकारी हुन्छन्। यदि तिनीहरूले सजाय र न्यायको अनुभव गरे भने, तिनीहरू केवल निष्क्रिय वा कमजोर हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरबाट पाएको त्यस सजाय र न्यायका लागि कृतज्ञ बन्छन्। तिनीहरू परमेश्‍वरको सजाय र न्यायविना रहन सक्दैनन्, र त्यसले तिनीहरूको सुरक्षा गर्दछ भनी विश्‍वास गर्छन्। तिनीहरू शान्ति र आनन्द खोज्ने विश्‍वासको र भोक मेटाउन रोटीको पछि लाग्दैनन्। न त तिनीहरू क्षणिक शारीरिक सुखविलासको पछि लाग्दछन्। सिद्ध पारिएकाहरूमा यही हुन्छ। मानिसहरू जितिएपछि, तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छन्, तर त्यो स्वीकार तिनीहरूमा सीमित तरिकाहरूमा प्रकटीकरण हुन्छन्। वचन शरीरमा प्रकट हुनुको वास्तविक अर्थ के हो? देहधारणको अर्थ के हो? देहधारी परमेश्‍वरले के गर्नुभएको छ? उहाँको कामको लक्ष्य र महत्त्व के हो? उहाँको धेरै काम अनुभव गरेपछि, देहमा उहाँका कामहरू अनुभव गरेपछि, तैँले के प्राप्त गरेको छस्? यी सबै कुराहरू बुझेपछि मात्र तँ जितिने व्यक्ति बन्‍नेछस्। यदि तैँले परमेश्‍वर हुनुहुन्छ भनेर मात्रै स्वीकार गर्छस्, तर तैँले त्याग्‍नुपर्ने कुरा त्याग्दैनस्, तैँले त्याग्नु पर्ने शारीरिक सुखविलास मनोरञ्जन त्याग्न सक्दैनस्, तर त्यसको साटो तैँले सधैँ गर्दै आएझैँ शारीरिक सुविधाहरूको लालसा गरिनै रहन्छस्, र यदि तँ दाजुभाइ र दिदी-बहिनीहरूको विरुद्ध कुनै पूर्वाग्रह हटाउन सक्दैनस्, र धेरै वटा साधारण अभ्यासहरू व्यवहारमा ल्याउन कुनै मूल्य चुकाउँदैनस् भने त्यसले तँलाई विजय गरिनु अझै बाँकी नै छ भन्‍ने प्रमाणित गर्दछ। त्यस्तो अवस्थामा, यदि तैँले धेरै कुरा बुझिस् भने पनि त्यसद्वारा केही हुनेछैन। जितिएका मानिसहरू ती हुन् जसले सुरुका केही परिवर्तनहरू र सुरुको प्रवेश प्राप्त गरेका हुन्छन्। परमेश्‍वरको न्याय र सजायको अनुभवले मानिसहरूलाई परमेश्‍वरको सुरुवाती ज्ञान, र सत्यताको सुरुवाती समझ दिन्छ। तँ गहिरो, अझ विस्तृत सत्यताहरूको गहिराइमा पस्न असक्षम छस् होला, तर तेरो वास्तविक जीवनमा तँ धेरै वटा प्राथमिक सत्यताहरू व्यवहारमा अपनाउन सक्षम छस्, जस्तै तेरो शारीरिक आनन्द लिने वा तेरो व्यक्तिगत दर्जाका कुराहरू। यी सबै जितिने प्रक्रियाको अवधिमा मानिसहरूमा प्राप्त हुनेको प्रभाव हुन्। जितिएका मानिसहरूमा स्वभावमा परिवर्तनहरू आएको पनि देख्न सकिन्छ; उदाहरणको निम्ति, तिनीहरू लवाइखवाई र आफैलाई प्रस्तुत गर्ने तरिका, र तिनीहरू जिउने तरिका—ती सबै परिवर्तन हुन सक्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास सम्‍बन्धी दृष्टिकोण परिवर्तन हुन्छ, तिनीहरू आफ्ना लक्ष्यहरूको बारेमा स्पष्ट हुन्छन्, र तिनीहरूका आकांक्षाहरू उच्च हुन्छन्। विजयको कामको अवधिमा, तिनीहरूका जीवनको स्वभावमा पनि त्यस्तै परिवर्तनहरू हुन्छन्। त्यहाँ परिवर्तनहरू हुन्छन्, तर ती खोक्रा, प्रारम्भिक र स्वभावमा भएका परिवर्तनहरू अनि सिद्ध बनाइएकाहरूका खोजीको लक्ष्यभन्दा धेरै निम्न हुन्छन्। यदि जित्ने क्रममा एक व्यक्तिको स्वभाव बिलकुल परिवर्तन हुँदैन, र तिनीहरूले कुनै सत्यता प्राप्त गर्दैन भने त्यो व्यक्ति बेकम्मा र पूर्ण रूपमा बेकार हुन्छ! जुन मानिसहरू जितिएका हुँदैनन् तिनीहरूलाई सिद्ध बनाइन सकिँदैन! यदि एक व्यक्तिले जितिन मात्र चाहन्छ भने तिनीहरूलाई जितिएको समयमा तिनीहरूका स्वभावमा अरू केही निश्चित परिवर्तनहरू भए पनि तिनीहरूलाई सम्पूर्ण रूपमा पूर्ण बनाइन सकिँदैन। तिनीहरूले प्राप्त गरेका प्रारम्भिक सत्यताहरू पनि गुमाउनेछन्। जितिएकाहरू र सिद्ध पारिएकाहरूको स्वभावका आएका परिवर्तनहरूमा ठूलो भिन्नता हुन्छ। तर जितिनु नै परिवर्तनको पहिलो चरण हो; जग यही नै हो। यस प्रारम्भिक परिवर्तनको अभाव हुनु भनेको एक व्यक्तिले वास्तवमा परमेश्‍वरलाई चिन्दैन भन्‍ने कुराको प्रमाण हो, किनकि यो ज्ञान न्यायबाट आउँछ, र त्यस्तो न्याय विजयको कामको एक प्रमुख हिस्सा हो। त्यसरी नै, सिद्ध बनाइएकाहरू सबैलाई पनि पहिले जितिनुपर्छ; नत्र भने, तिनीहरूका निम्ति सिद्ध बनिने कुनै उपाय हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २०४

मेरो काम सुचारु रूपमा बढ्दै जाओस् र सारा ब्रह्माण्डमा मेरो उद्घाटनात्मक काम सही र सिद्ध रूपमा गरियोस् भनेर, आज म मेरा वचन, अख्तियार, प्रताप र न्याय सबै देश र जातिका मानिसहरूमा प्रकट गर्दै तिमीहरूको आफ्‍नै अस्तित्वको खातिर तिमीहरूलाई अर्ती दिन्छु। म जुन काम तिमीहरूका माझमा गर्छु, त्यो सारा ब्रह्माण्डमा हुने मेरो कामको सुरुआत हो। अहिले आखिरी दिनहरूको समय आइसकेको भए पनि यो जान कि “आखिरी दिनहरू” अरू केही नभएर एउटा युगको नाउँ मात्रै हो; व्यवस्थाको युग र अनुग्रहको युगले जस्तै यसले एउटा युगलाई सङ्केत गर्दछ, र यसले अन्तिम केही वर्ष वा महिनालाई मात्र नबुझाएर सम्पूर्ण युगलाई नै जनाउँछ। तापनि आखिरी दिनहरू अनुग्रहको युग र व्यवस्थाको युगजस्तो हुँदैन। आखिरी दिनहरूको काम इस्राएलमा गरिँदैन, तर अन्यजातिहरूको माझमा गरिन्छ; यो इस्राएल बाहिरका सबै जाति र कुलका मानिसहरूको मेरो सिंहासन अगि हुने विजय हो, यसैले कि सारा ब्रह्माण्डमा भएको मेरो महिमाले ब्रह्माण्ड र आकाशमण्डललाई भर्न सकोस्। यसरी त्यसले अझ ठूलो महिमा प्राप्त गर्न सकोस्, अनि पृथ्वीका सबै प्राणीहरूले पुस्ता-पुस्तासम्म मेरो महिमा प्रत्येक जातिमा सार्न सकून्, र स्वर्ग र पृथ्वीमा भएका सबै प्राणीहरूले पृथ्वीमा मैले प्राप्त गरेको महिमा देख्न सकून्। आखिरी दिनहरूको अवधिमा गरिने कार्य विजयको कार्य हो। यो पृथ्वीमा हुने सबै मानिसहरूका जीवनको मार्गनिर्देशन होइन, तर पृथ्वीमा मानव जातिको अविनाशी, हजारौं वर्ष लामो कष्टको जीवन हो। त्यसको फलस्वरूप, आखिरी दिनहरूका काम इस्राएलमा भएको हजारौं वर्षको कामजस्तो हुँदैन, न त त्यो यहूदियामा गरिएको केही वर्षको काम जस्तो नै हुन्छ, जुन परमेश्‍वरको दोस्रो देहधारण नहुञ्जेल दुई हजार वर्षसम्म जारी रहेको थियो। आखिरी दिनमा जिउने मानिसहरूले उद्धारक फेरि शरीरमा देखा पर्नु भएको मात्र देख्नेछन् अनि तिनीहरूले परमेश्‍वरको व्यक्तिगत काम र वचनहरू प्राप्त गर्नेछन्। आखिरी दिनहरू समाप्त हुनुभन्दा अघि दुई हजार वर्ष बितेको हुनेछैन; ती छोटो हुनेछन्; ठीक त्यो समयजस्तै जुन बेला येशूले यहूदियामा अनुग्रहको युगको काम गर्नुभएको थियो। किनकि आखिरी दिनहरू सम्पूर्ण युगको समाप्ति हुनेछ। ती परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको परिपूर्ति र समाप्ति हुनेछ, अनि तिनले मानव जातिको कष्टको जीवन यात्रालाई समाप्त गर्नेछ। तिनले सम्पूर्ण मानव जातिलाई एउटा नयाँ युगभित्र लैजाने छैनन् वा मानव जातिको जीवनलाई निरन्तर बढ्ने अनुमति दिने छैनन्; मेरो व्यवस्थापन योजनामा वा मानिसको अस्तित्वका निम्ति त्यसको कुनै महत्त्व हुँदैन। यदि मानव जाति यसरी नै अगि बढिरह्‍यो भने, ढिलो चाँडो तिनीहरू दियाबलसद्वारा पूर्ण रूपमा नाश पारिनेछन्, अनि तिनीहरूका आत्मा, जुन मेरो हो, त्यो त्यसको हातद्वारा नाश हुनेछ। मेरो काम छ हजार वर्षसम्म रहन्छ, र म प्रतिज्ञा गर्दछु, कि सारा मानव जातिमाथि रहेको दुष्टको नियन्त्रण पनि छ हजार वर्षभन्दा धेरै रहनेछैन। यसैले अब समय समाप्त भएको छ। म न त यो जारी राख्छु न अझै ढिलो नै गर्छु: आखिरी दिनहरूमा म शैतानलाई पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा रहेका मेरा सबै आत्माहरू फेरि प्राप्त गर्नेछु, ताकि यी दुःखी प्राणहरू कष्टको समुद्रदेखि उम्कन सकून्, यसरी पृथ्वीमा मेरा सबै काम समाप्त हुनेछ। यो दिनदेखि उसो म पृथ्वीमा फेरि कहिल्यै देह हुनेछैन, अनि सबैमाथि नियन्त्रण गर्ने मेरो आत्माले पृथ्वीमा फेरि कहिल्यै काम गर्नेछैन। म पृथ्वीमा एउटै मात्र काम गर्नेछु: म मानव जातिलाई फेरि पहिलेदेखि बनाउनेछु, जुन मानव जाति पवित्र हुनेछ र जुन पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हुनेछ। तर यो जान, कि म सम्पूर्ण संसारलाई पूर्ण रूपमा नाश पार्नेछैन, न त म मानव जातिको संसारलाई नै पूर्ण रूपमा नाश पार्नेछु। म बाँकी रहेको तेस्रो भागलाई बचाएर राख्‍नेछु—त्यो तेस्रो भाग जसले मलाई प्रेम गर्छ र जो मद्वारा पूर्ण रूपमा जितिएको छ, र म यो तेस्रो भागलाई फलदायी र वृद्धि हुने बनाउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए, म तिनीहरूलाई प्रशस्त भेडा र गाईवस्तु साथै पृथ्वीका सारा सम्पत्तिले पोषण गर्नेछु। यो मानव जाति सदासर्वदा मेरो साथमा रहनेछ, तापनि यो आजको दुःखलाग्दो फोहोर मानव जाति हुनेछैन, तर यस्तो मानव जाति, त्यही मानिसहरूको झुन्ड हुनेछ जो मद्वारा प्राप्त गरिएको छ। त्यस्तो मानव जातिलाई शैतानले हानि गर्न, बाधा दिन वा फन्दामा पार्न सक्नेछैन, अनि मैले शैतानलाई जितेपछि पृथ्वीमा हुने एक मात्र मानव जाति हुनेछ। यो त्यही मानव जाति हो जसलाई आज मैले जितेको र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। अनि यसैले आखिरी दिनहरूमा जितिने मानव जाति त्यही मानव जाति हो जो बचाइनेछ र मेरो अनन्त आशिषहरूद्वारा प्राप्त गरिनेछ। शैतान माथि मेरो विजयको प्रमाण र शैतानसित लडाइँबाट प्राप्त भएको लुटको माल यही मात्र हुनेछ। लडाइँका यी लुटका मालहरू शैतानको अधिकार क्षेत्रबाट खोसेर मैले बचाएँ, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र टुङ्गो र फल हो। तिनीहरू प्रत्येक जाति र सम्प्रदायबाट, सारा ब्रह्माण्डका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका, विभिन्न भाषा-भाषीहरू, रीतिथितिहरू र छालाको वर्णको हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक जाति र सम्प्रदायमा संसारको हरेक कुनामा फैलिएका छन्। आखिरीमा, तिनीहरू सम्पूर्ण मानव जाति निर्माण गर्न एकसाथ आउनेछन्, त्यो मानिसको यस्तो झुन्ड हुनेछ जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैन। मैले मानव जातिको बीचबाट मुक्ति नदिएका र नजितेका मानिसहरू चुपचाप समुद्रको गहिराइमा डुब्नेछन्, अनि सारा अनन्तताभरि मेरो भस्म पार्ने ज्वालामा जल्नेछन्। म यो पुरानो, अति नै फोहोर मानव जातिलाई नाश पार्नेछु, जसरी मैले मिश्रमा जन्‍मेका ज्येष्ठ पुत्रहरू र पशुहरूलाई मारेको थिएँ, अनि थुमाको मासु खाने, थुमाको रगत पिउने, ढोकाको चौकोसमा थुमाको रगत छ्याप्ने इस्राएलीहरूलाई मात्र छोडिदिएको थिएँ। के मैले जितेका मानिसहरू, जो मेरो परिवारका पनि हुन्, तिनीहरूले त्यो थुमाको मासु खाँदैनन् र, जुन थुमा म हुँ, र के तिनीहरूले थुमाको रगत पिउँदैनन् र, जुन थुमा म हुँ, के तिनीहरू मद्वारा छुटकारा पाएकाहरू र मेरो आराधना गर्नेहरू होइनन् र? के यस्ता मानिसहरूको साथमा सधैँ मेरो महिमा हुँदैन र? के मेरो, अर्थात्, थुमाको मासु नहुनेहरू अघिबाटै चुपचाप समुद्रको गहिराइमा डुबेका छैनन् र? आज तिमीहरू मेरो विरोध गर्छौ, र मेरा वचनहरू त्यस्तै छन् जस्तो वचन यहोवाले इस्राएलका छोराहरू र नातिहरूसित बोल्नुभएको थियो। तापनि, तिमीहरूका हृदयको गहिराइमा भएको कठोरताले मेरो क्रोध बटुल्दैछ, तिमीहरूको शरीरमा अझ धेरै कष्ट ल्याउँछ, तिमीहरूका पापको निम्ति अझ धेरै दण्ड ल्याउँछ, अनि तिमीहरूको अधार्मिकतामाथि अझ धेरै क्रोध ल्याउँछ। यदि तिमीहरू आज मसित यस्तो व्यवहार गर्छौ भने मेरो क्रोधको दिनमा को बच्न सक्छ? मेरो सजायको दृष्टिबाट कसको अधार्मिकता उम्कन सक्छ? कसका पापहरू म, सर्वशक्तिमान्‌को हातबाट उम्कन सक्छ? कसको अनाज्ञाकारीता म, सर्वशक्तिमान्‌को न्यायबाट उम्‍कन सक्छ? म, यहोवा, यी कुराहरू तिमीहरू, अन्यजाति परिवारका सन्तानहरूलाई भन्दछु, र मैले तिमीहरूसित बोलेका यी वचनहरू व्यवस्थाको युग र अनुग्रहको युगमा बोलेका वचनहरूभन्दा उच्‍च छन्, तर तिमीहरू मिश्रका सबै मानिसहरूभन्दा कठोर छौ। मैले शान्तिसाथ मेरो काम रहिरहँदा के तिमीहरूले मेरो क्रोध थुपार्दैनौं र? म, सर्वशक्तिमान्‌को दिनमा तिमीहरू हानिबाट कसरी उम्कन सक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन

परमेश्‍वरका दैनिक वचनहरू  अंश २०५

तिमीहरूले आफ्‍ना सबै कुराहरू मेरो कामको लागि समर्पण गर्नुपर्छ। तिमीहरूले मलाई फाइदा हुने काम गर्नुपर्छ। तिमीहरूमा अभाव भएका कुराहरू मबाट प्राप्त गर्न सक भनेर तिमीहरूले नबुझ्‍ने सबै कुराहरू तिमीहरूलाई बुझाउन म तयार छु। तिमीहरूका कमी-कमजोरीहरू गन्‍न नै नसकिने भए तापनि तिमीहरूले मबाट लाभ प्राप्त गर्न सक र तिमीहरूमा अभाव रहेको र संसारले कहिले पनि नदेखेको महिमा प्राप्त गर्न सक भनेर मेरो अन्तिम दया म तिमीहरूलाई दिँदै मैले तिमीहरूमा गर्नुपर्ने काम जारी राख्‍न म तयार छु। मैले यति धेरै वर्ष काम गरेँ तापनि कुनै पनि मानिसले मलाई चिनेको छैन। मैले कसैलाई पनि नभनेको रहस्यको कुरा म तिमीहरूलाई बताउने इच्छा गर्दछु।

मानिसहरूको बीचमा म आत्मा थिएँ जसलाई तिनीहरूले देख्‍न सकेनन्, त्यो आत्मा जससँग तिनीहरू कहिल्यै संलग्‍न हुन सकेनन्। पृथ्वीमा मेरो तिन चरणको काम (संसारको सृष्टि, छुटकारा र नाश) को कारण, तिनीहरूको माझमा मेरो काम गर्न म तिनीहरूकहाँ विभिन्‍न समयमा देखा पर्छु (सार्वजनिक रूपमा होइन)। छुटकाराको युगको समयमा म पहिलो पटक मानिसहरूको बीचमा आएँ। यो निश्‍चित हो कि, म यहूदी परिवारमा आएँ, यसैले परमेश्‍वर संसारमा आएको पहिलो पटक देख्‍ने मानिसहरू यहूदीहरू नै थिए। मेरो देहधारी शरीरलाई छुटकाराको निम्ति पाप बलीको रूपमा प्रयोग गर्न मैले चाहेको कारणले नै मैले यो काम व्यक्तिगत रूपमा गरेको हुँ। यसैले, अनुग्रहको युगमा मलाई पहिलो पटक देख्‍ने यहूदीहरू नै हुन्। मैले शरीरमा काम गरेको पहिलो पटक त्यही नै थियो। राज्यको युगमा मेरो काम भनेको विजय गर्नु र सिद्ध गर्नु हो, यसैले म फेरि मेरो गोठालाको काम शरीरमा नै गर्छु। मैले शरीरमा काम गरेको यो दोस्रो पटक हो। अन्तिम दुई चरणका काममा, मानिसहरू नदेखिने र अमूर्त आत्मासँग होइन तर त्यस्तो व्यक्तिसँग संलग्‍न हुन्छन् जो देहमा प्रकट हुनुभएका आत्मा हुनुहुन्छ। यसैले मानिसको आँखामा म फेरि मानव बन्छु, जसमा परमेश्‍वरको कुनै रूप र अनुभूति हुँदैन। यसबाहेक मानिसहरूले देख्‍ने परमेश्‍वर पुरुष मात्र होइन, तर महिला पनि हो, जुन तिनीहरूका लागि अचम्‍मको र छक्क पार्ने कुरा हो। समय समयमा, मेरा असाधारण कामले धेरै वर्षदेखि गरिएका पुराना विश्‍वासहरूलाई चकनाचूर पारेको छ। मानिसहरू छक्क पर्छन्! परमेश्‍वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्‍न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्‍वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्‍वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्‍वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्‍वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्‍ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्‍न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो। यतिका वर्षसम्म मानिसहरूले आत्मा र मानिस अर्थात् पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखे, यसरी मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्‍न सक्दैनन्। तिनीहरूले मलाई कहिले अस्तित्वमा रहेको जस्तो त कहिले भ्रमात्मक सपना जस्तो आधा विश्‍वास गर्छन् र आधा शङ्का गर्छन्, आजको दिनसम्म पनि मानिसहरूले परमेश्‍वर के हुनुहुन्छ भनेर जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो बारेमा बताउन सक्छस्? के तैँले, “येशू अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वर अरू कोही नभएर येशू नै हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै “परमेश्‍वर अरू कोही नभएर आत्मा हुनुहुन्छ र आत्मा अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने हिम्मत गर्छस्? के तँ “परमेश्‍वर देहको भेसमा आउनुभएको मानव मात्र हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्‍चै “येशूमा भएको स्वरूप परमेश्‍वरको महान् स्वरूप हो” भन्‍ने हिम्मत छ? परमेश्‍वरको स्वभाव र स्वरूपको बारेमा पूर्ण रूपमा वर्णन गर्नको निम्ति के तँ आफ्नो वाक्पटुताको प्रयोग गर्न सक्छस्? के तँ “परमेश्‍वरले आफ्नो स्वरूपमा पुरुषलाई मात्र बनाउनुभयो, महिलालाई होइन” भन्‍ने हिम्मत गर्न सक्छस्? यदि तैँले यसो भनिस् भने कुनै पनि महिला मैले चुनिएका भित्र पर्दैनन्, महिलाहरू मानवजातिको एक वर्ग हुनु त परै जाओस्। अब परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा तँलाई साँच्चै थाहा छ? के परमेश्‍वर मानव हुनुहुन्छ? के परमेश्‍वर आत्मा हुनुहुन्छ? के परमेश्‍वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्ने काम येशूले मात्र गर्न सक्‍नुहुन्छ? यदि मेरो सारको बारेमा बताउन माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गरिस् भने, तँ एकदमै अनजान वफादार विश्‍वासी हौ। यदि मैले एक पटक मात्र शरीर धारण गरेर काम गरेँ भने के तँ मलाई सीमित बनाउँछस्? के तैँले मलाई एक झलक हेरेर नै पूर्ण रूपमा बुझ्‍न सक्छस्? तेरो जीवनकालमा तैँले देखेका र भोगेका कुराहरूकै आधारमा मेरो बारेमा पूर्ण रूपमा बताउन सक्छस्? यदि मेरा दुबै देहधारणहरूमा मैले एउटै किसिमका काम गरेको भए तैँले मलाई कसरी बुझ्थिस्? के तँ मलाई क्रूसमा सधैँको निम्ति काँटी ठोकेर राख्छस्? के परमेश्‍वर तैँले दाबी गरे जस्तै साधारण हुनुहुन्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश २०६

अघिल्लो दुई युगहरूको कार्यको एउटा चरणलाई इस्राएलमा अघि बढाइएको थियो, र एउटालाई यहूदियामा अघि बढाइयो। सामान्य रूपमा भन्दा, न त यो कामको कुनै पनि चरणले इस्राएललाई छोड्यो, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूका माझमा नै गरिएको थियो। परिणामस्वरूप, यहोवा परमेश्‍वर इस्राएलीहरूका एक मात्र परमेश्‍वर हुनुहुन्छ भन्‍ने इस्राएलीहरूले विश्‍वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभयो, जहाँ उहाँले क्रूसीकरणको काम गर्नुभयो, त्यसकारण यहूदीहरूले उहाँलाई यहूदी मानिसहरूका मुक्तिदाताको रूपमा हेर्छन्। तिनीहरूले सोच्छन् कि उहाँ यहूदीहरूका मात्रै राजा हुनुहुन्छ, अरू कुनै मानिसहरूको होइन; अर्थात्, उहाँ अङ्ग्रेजहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, अमेरिकीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, तर इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; अनि इस्राएलमा उहाँले छुटकारा दिनुभएकाहरू यहूदीहरू नै थिए। वास्तविकतामा, परमेश्‍वर यावत् थोकका मालिक हुनुहुन्छ। उहाँ सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्न, न त यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ; उहाँ सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँको कार्यका अघिल्ला दुई चरणहरू इस्राएलमा भए, जसले मानिसहरूमा निश्चित धारणाहरू सिर्जना गरेको छ। तिनीहरुले विश्‍वास गर्छन कि यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयमले आफ्नो काम यहूदियामा गर्नुभयो, र, यसको साथै, उहाँ काम गर्नको लागि देह बन्नु्भयो—र जेसुकै भए तापनि, यो काम इस्राएलभन्दा टाढा विस्तार गरिएन। परमेश्‍वरले मिश्रीहरू वा भारतीयहरूमा काम गर्नुभएन; उहाँले इस्राएलीहरूमा मात्रै काम गर्नुभयो। यसरी मानिसहरूले विभिन्न धारणाहरू निर्माण गर्छन्, अनि परमेश्‍वरको कार्यलाई निश्चित क्षेत्रभित्र चित्रण गर्छन्। तिनीहरू भन्छन् कि जब परमेश्‍वरले काम गर्नुहुन्छ, उहाँले चुनिएका मानिसहरूका माझमा, र इस्राएलमा नै सो गर्नुपर्छ; इस्राएलीहरू बाहेक, परमेश्‍वरले अरू कसैको माझमा काम गर्नुहुन्न, न त उहाँको कामको कुनै ठुलो क्षेत्र नै छ। देहधारी परमेश्‍वरलाई ठीक ठाउँमा राख्ने बारेमा तिनीहरू विशेष गरी कठोर हुन्छन्, र इस्राएलको सीमाभन्दा टाढा उहाँलाई जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणाहरू मात्रै होइनन् र? परमेश्‍वरले स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू बनाउनुभयो, उहाँले सारा सृष्टिलाई बनाउनुभयो, त्यसकारण उहाँले कसरी आफ्नो कामलाई इस्राएलमा मात्रै सीमित राख्न सक्नुहुन्छ र? यदि त्यसो हो भने, उहाँले सारा सृष्टिलाई बनाउनुको अर्थ के हुने थियो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले इस्राएलमा मात्रै होइन, तर ब्रह्माण्डका हरेक व्यक्तिमा आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनालाई कार्यान्वयन गर्नुभएको छ। तिनीहरू चीन, संयुक्त राज्य अमेरिका, बेलायतमा बसून् या रूसमा बसून्, हरेक व्यक्ति आदमका सन्तान नै हुन्; तिनीहरू सबैलाई परमेश्‍वरले नै बनाउनुभएको हो। तिनीहरूमध्ये एक जना पनि सृष्टिको सीमानाहरूबाट बाहिर उम्कन सक्दैनन्, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमका सन्तान” भन्‍ने नामबाट आफूलाई अलग गर्न सक्दैनन्। तिनीहरू सबै परमेश्‍वरका प्राणीहरू हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै नै आदम र हव्वाका भ्रष्ट तुल्याइएका वंश पनि हुन्। परमेश्‍वरको सृष्टि इस्राएलीहरू मात्रै होईनन्, तर सबै मानिसहरू हुन्; यति मात्रै हो कि कतिलाई श्राप दिइएको छ, र कतिलाई आशिष दिइएको छ। इस्राएलीहरूका बारेमा सहमत गर्न सकिने कुराहरू धेरै छन्; परमेश्‍वरले शुरुमा तिनीहरूमा काम गर्नुभयो किनभने तिनीहरू सबैभन्दा कम भ्रष्ट थिए। चिनियाँहरूलाई तिनीहरूसँग तुलना गर्न सकिँदैन; तिनीहरू अत्यन्तै निम्न छन्। त्यसकारण, प्रारम्भमा परमेश्‍वरले इस्राएलका मानिसहरूका माझमा काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरणलाई यहूदियामा मात्रै गरियो—जसले मानिसको माझमा विभिन्न धारणाहरू र नियमहरू पैदा गरेको छ। वास्तवमा, यदि परमेश्‍वरले मानवीय धारणाहरू अनुसार काम गर्नुभएको थियो भने, उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, र आफ्नो कामलाई गैरयहूदी राष्ट्रहरूमा बढाउन असक्षम हुनुहुने थियो, किनभने उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, सारा सृष्टिका परमेश्‍वर होइन। गैरयहूदी राष्ट्रहरूका बीच यहोवाको नामको महिमा हुनेछ, कि यो गैरयहूदी राष्ट्रहरूमा फैलनेछ भनेर अगमवाणीहरूले बताए। किन यो अगमवाणी गरियो? यदि परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्रै काम गर्नुहुने थियो। यसको साथै, उहाँले यो कामलाई फैलाउनुहुने थिएन, र उहाँले त्यस्तो अगमवाणी गर्नुहुने थिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, उहाँले अवश्य नै गैरयहूदी राष्ट्रहरू, हरेक राष्ट्र र हरेक भूमिमा आफ्नो काम फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नु नै पर्छ; उहाँको योजना यही नै हो, किनभने उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने प्रभु, र सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूका माझमा काम गर्नुभए पनि, वा यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्नुहुने काम सम्पूर्ण ब्रह्माण्डको काम हो र सम्पूर्ण मानवजातिको काम हो। विशाल रातो अजिङ्गरको देशमा—गैरयहूदी देशमा—आज उहाँले गर्नुहुने काम अझै सम्पूर्ण मानवजातिको काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्यो; त्यसरी नै, चीन पनि गैरयहूदी राष्ट्रहरूका माझमा उहाँले गर्नुहुने कामको आधार बन्न सक्छ। के उहाँले अब “गैरयहूदी राष्ट्रहरूका माझमा यहोवाको नामको महिमा हुनेछ” भन्‍ने अगमवाणीलाई पूरा गर्नुभएको छैन र? गैरयहूदी राष्ट्रहरूका माझमा उहाँको कामको पहिलो चरण, अर्थात् उहाँले विशाल रातो अजिङ्गरको देशमा गर्नुहुने काम, अर्थात् यही काम हो। देहधारी परमेश्‍वरले यो भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूका माझमा काम गर्नुपर्छ भन्‍ने कुरा मानव धारणाहरूका लागि निश्चय नै अलिक अमिल्दो छ; यिनीहरू सबैभन्दा निम्न मानिसहरू हुन्, र तिनीहरूका कुनै मूल्य छैन, र तिनीहरूलाई शुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरूलाई अरू मानिसहरूले त्याग्न् सक्छन्, तर यदि तिनीहरूलाई परमेश्‍वरद्वारा त्यागिन्छन् भने, त्यतिको प्रतिष्ठाविहीन कोही पनि हुँदैन, त्यतिको कम मूल्यको कोही पनि हुँदैन। परमेश्‍वरको सृष्टिको लागि, शैतानको वशमा हुनु वा मानिसहरूद्वारा त्यागिनु अत्यन्तै पीडादायक कुरा हो—तर कुनै सृष्टि उसको सृष्टिकर्ताद्वारा त्यागिनु जत्तिको निम्न प्रतिष्ठा केही हुँदैन। मोआबका सन्तानहरू श्रापित थिए, र तिनीहरू त्यस पिछडिएको देशमा जन्मिएका थिए; अन्धकारको प्रभावमा रहेका सबै मानिसहरूमध्ये, मोआबका सन्तानहरू नै सबैभन्दा कम प्रतिष्ठा भएकाहरू हुन् भन्‍ने कुरामा कुनै शङ्का छैन। यी मानिसहरूका अहिलेसम्म सबैभन्दा कम प्रतिष्ठा भएका हुनाले, तिनीहरूमा गरिने कामले मानव धारणाहरूलाई राम्ररी तोड्न सक्छ, र यो परमेश्‍वरको सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको लागि पनि सबैभन्दा फाइदाजनक छ। यी मानिसहरूका माझमा त्यस किसिमको काम गर्नु भनेको मानव धारणाहरूलाई तोड्ने सबैभन्दा राम्रो तरिका हो, र यससँगै परमेश्‍वरले नयाँ युगको शुरूवात गर्नुहुन्छ; यसद्वारा उहाँले सारा मानव धारणाहरूलाई तोड्नुहुन्छ; यसद्वारा उहाँले सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नुहुन्छ। उहाँको पहिलो काम इस्राएलको सिमानाभित्र, यहूदियामा गरियो; गैरयहूदी राष्ट्रहरूका माझमा, उहाँले नयाँ युग आरम्भ गर्नको लागि कुनै काम गर्नुभएन। त्यो कामको अन्तिम चरणलाई अन्यजातिहरूका माझमा गरिने मात्रै होइन, तर अझै बढी श्रापित भएकाहरूका माझमा अझै बढी गरिन्छ। यो एउटा बुँदा शैतानलाई अपमान गर्नुमा सबैभन्दा बढी सक्षम प्रमाण हो, र तसर्थ, यो परमेश्‍वर ब्रह्माण्डका सारा सृष्टिका परमेश्‍वर, यावत् थोकका प्रभु, जीवन भएका हरेक कुराले आराधना गर्ने पात्र “बन्नु्हुन्छ।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश २०७

आज, परमेश्‍वरले के नयाँ कामको शुरुवात गर्नुभएको छ भनेर अझै नबुझ्ने्हरू पनि छन्। गैरयहूदी राष्ट्रहरूका माझमा, परमेश्‍वरले नयाँ शुरुवातलाई प्रारम्भ गर्नुभएको छ। उहाँले नयाँ युगको शुरुवात गर्नुभएको छ, र नयाँ कार्यलाई प्रारम्भ, गर्नुभएको छ—र उहाँले मोआबका सन्तानहरूमा यो काम गर्नुहुन्छ। के यो उहाँको सबैभन्दा नयाँ काम होइन र? इतिहासभरिका कसैले पनि यो कामलाई पहिले कहिल्यै अनुभव गरेको छैन। कसैले पनि यसको बारेमा कहिल्यै सुनेको छैन्, यसलाई सराहना गर्ने कुरा त परै जाओस्। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्चर्य, परमेश्‍वरको अगम्यता, परमेश्‍वरको महान्‌ता, र परमेश्‍वरको पवित्रता सबैलाई कामको यो चरण, अर्थात् आखिरी दिनहरूका कामद्वारा प्रकट गरिन्छन्। के यो नयाँ कार्य, अर्थात् मानव धारणाहरूलाई तोड्ने कार्य होइन र? यस्तो तरिकाले विचार गर्नेहरू पनि छन्; “परमेश्‍वरले मोआबलाई श्राप दिनुभएको र उहाँले मोआबका सन्तानलाई त्याग्नेछु भनी भनिसक्नु भएको हुनाले, उहाँले तिनीहरूलाई अहिले कसरी मुक्ति दिन सक्नुहुन्छ र?” यिनीहरू परमेश्‍वरद्वारा श्रापित भएका र इस्राएलद्वारा बहिष्कृत अन्यजातिहरू हुन्; इस्राएलीहरूले तिनीहरूलाई “अन्यजाति कुकुरहरू” भन्थे। हरेकको नजरमा, तिनीहरू अन्यजाति कुकुरहरू मात्रै होईनन्, तर त्यो भन्दा खराब, विनाशका पुत्रहरू हुन् भन्नुको अर्थ, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन् भन्‍ने हो। तिनीहरू इस्राएलका सिमानाहरूभित्र जन्मिएका हुन सक्छन्, तर तिनीहरू इस्राएलका मानिसहरूमा पर्दैनन्, र तिनीहरूलाई गैरयहूदी राष्ट्रहरूमा निष्कासित गरिए। तिनीहरू सबै मानिसहरूमध्ये सबैभन्दा निम्न छन्। यो स्पष्ट छ किनकि तिनीहरू मानवजातिमा सबैभन्दा निम्न भएका हुनाले परमेश्‍वरले तिनीहरूका माझमा नयाँ युगको प्रारम्भ गर्ने उहाँको काम गर्नुहुन्छ, किनभने तिनीहरूले भ्रष्ट मानवजातिको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरको कार्य चयनशील र लक्षित छ; उहाँले यी मानिसहरूका माझमा आज गर्नुहुने काम उहाँले सृष्टिमा गर्नुहुने काम पनि हो। नोआ उनका सन्तानहरू जस्तै परमेश्‍वरका सृष्टि थिए। देह र रगतले बनिएका संसारमा भएका जोकोही मानिसहरू परमेश्‍वरका सृष्टिहरू हुन्। परमेश्‍वरको कार्य सारा सृष्टिप्रति लक्षित छ; कुनै व्यक्ति सृष्टि गरिएपछि श्रापित छ कि छैन भन्‍ने कुरामा यो निर्भर हुदैन। उहाँको व्यवस्थापन कार्य सारा सृष्टिप्रति लक्षित छ, श्रापित नभएका चुनिएका मानिसहरूप्रति होइन। परमेश्‍वरले आफ्नो् काम आफ्नो सृष्टिको माझमा गर्न चाहनुहुने भएकोले, उहाँले यसलाई सफलतापूर्वक पूरा गर्ने गरी यो गर्नुहुनेछ, र उहाँले उहाँको कामको लागि फाइदाजनक मानिसहरूका माझमा काम गर्नुहुनेछ। त्यसकारण, मानिसहरूका माझमा काम गर्ने क्रममा उहाँले सबै परम्पराहरूलाई तोड्नुहुन्छ; उहाँको लागि, “श्रापित,” “सजाय दिइएको” र “आशिषित” भन्‍ने शब्दहरू अर्थहीन छन्! यहूदी मानिसहरू, इस्राएलका चुनिएका मानिसहरू जस्तै असल छन्; तिनीहरू असल क्षमता र मानवता भएका मानिसहरू हुन्। शुरुमा, तिनीहरूकै माझमा यहोवाले आफ्नो काम शुरु गर्नुभयो र आफ्नो सबैभन्दा शुरुको काम गर्नुभयो—तर तिनीहरूमा आज विजयको काम गर्नु व्यर्थ हुने थियो। तिनीहरू पनि सृष्टिको भाग हुन सक्छन्, र तिनीहरूको बारेमा धेरै कुरा सकारात्मक हुन सक्छ, तर तिनीहरूका माझमा कामको यो चरण गर्नुको कुनै अर्थ हुने थिएन; परमेश्‍वरले मानिसहरूलाई विजय गर्न सक्नुहुने थिएन, न त उहाँले सारा सृष्टिलाई विश्‍वस्त तुल्याउन नै सक्नुहुने थियो, र उहाँको कामलाई विशाल रातो अजिङ्गरको देशका मानिसहरूमा सार्नको कारण पनि ठीक त्यही नै हो। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँले युगको शुरूवात गर्नु, उहाँले सारा नियमहरू र सारा मानव धारणाहरूलाई तोड्नु र सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नु हो। यदि उहाँको हालको कार्यलाई इस्राएलीहरूका माझमा गरिएको भए, छ हजार वर्षे व्यवस्थापन योजना समाप्त भइञ्जेलसम्ममा, सबैले परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन्, परमेश्‍वरको आशिष र प्रतिज्ञाको हकदार हुन योग्य इस्राएलीहरू मात्रै हुन् भनेर विश्‍वास गर्ने थिए। ठूलो रातो अजिङ्गरको देश अर्थात् गैरयहूदी देशमा आखिरी दिनहरूको अवधिमा भएको परमेश्‍वरको देहधारणले सारा सृष्टिका परमेश्‍वरका रूपमा परमेश्‍वरको कामलाई पूरा गर्छ; उहाँले आफ्नो सम्पूर्ण व्यवस्थापन कार्यलाई पूरा गर्नुहुन्छ, र उहाँले आफ्नो् कामको प्रमुख भाग विशाल रातो अजिङ्गरको देशमा समाप्त गर्नुहुन्छ। यी तीन वटा चरणहरूको कार्यको केन्द्र भनेको मानिसको मुक्ति हो—अर्थात्, सारा सृष्टिलाई सृष्टिकर्ताको आराधना गर्ने बनाउनु हो। तसर्थ, कामको हरेक चरणको ठूलो अर्थ हुन्छ; परमेश्‍वरले अर्थ वा मूल्य विनाको केही पनि गर्नुहुन्न। एकतर्फ, कामको यो चरणले नयाँ युगलाई प्रारम्भ गर्छ र अघिल्ला दुई वटा युगहरूलाई समाप्त गर्छ; अर्कोतर्फ, यसले सारा मानव धारणाहरू र मानव विश्‍वास र ज्ञानको सबै पुराना शैलीहरूलाई तोड्छ। अघिल्ला दुई युगहरूको कार्य फरक मानव धारणाहरू अनुसार गरियो; तैपनि, यो चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, जसद्वारा यसले मानवजातिलाई पूर्ण रूपमा जित्छ। मोआबका सन्तानहरूलाई विजय गरेर, मोआबका सन्तानहरूका माझमा गरिएको कार्यद्वारा, परमेश्‍वरले ब्रह्माण्डभरिका सारा मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यो चरणको सबैभन्दा गहन महत्त्व यही नै हो, र उहाँको कामको यो चरणको सबैभन्दा बहुमूल्य पक्ष यही नै हो। तेरो प्रतिष्ठा निम्न छ र तेरो मूल्य थोरै छ भन्‍ने तँलाई थाहा छ भने पनि, तैँले सबैभन्दा आनन्ददायी कुरा भेटेको छस् भन्‍ने तैँले अनुभव गर्नेछस्; तँ महान् आशिषको हकदार भएको छस्, तैँले महान् प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्‍वरको यो महान् कार्यलाई पूरा गर्न सहायता गर्न सक्छस्। तैँले परमेश्‍वरको साँचो मुहारलाई हेरेको छस्, तँलाई परमेश्‍वरको अन्तर्निहित स्वभाव थाहा छ, र तैँले परमेश्‍वरको इच्छा गर्छस्। परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरू इस्राएलमा गरिए। यदि आखिरी दिनहरूको अवधिमा उहाँको कार्यको यो चरणलाई पनि इस्राएलीहरूका माझमा नै गरिएको भए, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन् भन्‍ने सारा सृष्टिले विश्‍वास गर्ने मात्र होइन, तर परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाले यसको अपेक्षित परिणाम प्राप्त गर्न असफल हुने थियो। उहाँको कार्यका दुई वटा चरणहरू इस्राएलमा गरिएका अवधिमा, न त कुनै नयाँ कार्य, न नयाँ युग शुरु गर्ने कुनै कार्य नै गैरयहूदी राष्ट्रहरू माझमा गरियो। आजको कार्यको चरण—नयाँ युगलाई प्रारम्भ गर्ने कार्य—शुरुमा गैरयहूदी राष्ट्रहरूका माझमा गरिन्छ, र यसको साथै, यसलाई शुरुमा मोआबका सन्तानहरूका माझमा गरिन्छ, जसद्वारा सम्पूर्ण नयाँ युगको शुरुवात गरिन्छ। मानव धारणाहरूभित्र निहित भएका कुनै पनि ज्ञानलाई परमेश्‍वरले तोड्नुभएको छ, अलिकति पनि बाँकी राख्नु भएको छैन। आफ्नो विजयको काममा, उहाँले मानव धारणाहरू, अर्थात् ती पुराना, ज्ञानका प्रारम्भिक मानव शैलीहरूलाई तोड्नुभएको छ। उहाँले परमेश्‍वरको लागि कुनै नियमहरू छैन, परमेश्‍वरको बारेमा पुरानो केही छैन, उहाँले गर्नुहुने काम पूर्ण रूपमा विमुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँले गर्नुहुने सबै काममा उहाँ सहि हुनुहुन्छ भन्‍ने कुरा मानिसहरूलाई देखाउनुहुन्छ। उहाँले सृष्टिका माझमा गर्नुहुने कुनै पनि काममा तँ पूर्ण रूपमा समर्पित हुनुपर्छ। उहाँले गर्नुहुने सबै कामको अर्थ हुन्छ, र उहाँको आफ्नै इच्छा् र बुद्धि अनुसार ती गरिन्छन्, र मानव छनौटहरू र धारणाहरू अनुसार होइन। यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छ भने, उहाँले यो गर्नुहुन्छ; अनि यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छैन भने, यो जति नै असल भए पनि उहाँले यो गर्नुहुन्न! उहाँले आफ्नो कामको अर्थ र उद्देश्यअनुसार काम गर्नुहुन्छ र सोही अनुसार उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। काम गर्ने क्रममा उहाँले विगतका नियमहरू पालना गर्नुहुन्न, न त उहाँले पुराना सूत्रहरूलाई नै पछ्याउनुहुन्छ। बरु, उहाँले कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्तिममा, उहाँले सच्चा परिणाम र प्रत्याशित लक्ष्य प्राप्त गर्नुहुन्छ। यदि तैँले यी कुराहरूलाई आज बुझिनस् भने, तँमा यो कामको कुनै प्रभाव हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश २०८

परमेश्‍वरको काममा आउने बाधाहरू कति ठूला छन्? के कहिल्यै कसैलाई थाहा भएको छ? गहिरो अन्धविश्‍वासका रङ्गहरूको पिँजरामा परेका मानिसहरूका हुनाले, कसले परमेश्‍वरको वास्तविक अनुहार जान्न सक्छ? यस्तो खोक्रो र हास्यास्पद पछौटे सांस्कृतिक ज्ञानद्वारा, तिनीहरूले कसरी परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पूर्ण रूपमा बुझ्न सक्थे? यहाँसम्म कि, तिनीहरूलाई आमने-सामने बताइँदा, र मुखदेखि मुखमा खुवाउँदा समेत, तिनीहरूले कसरी बुझ्न सक्दछन्? कहिलेकहीँ यस्तो हुन्छ मानौं परमेश्‍वरका वचनहरू बहिरा कानहरूमा परेको छ: मानिसहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, तिनीहरू आफ्नो टाउको हल्लाउँछन् र केही पनि बुझ्दैनन्। यो कसरी चिन्ताको विषय हुन सक्दैन? यो “टाढाको,[१] प्राचीन सांस्कृतिक इतिहास र सांस्कृतिक ज्ञान” ले यस्ता बेकम्मा मानिसहरूको समूहलाई पोषण दिएको छ। यो प्राचीन संस्कृति—अनमोल सम्पदा—फोहरको थुप्रो हो! यो धेरै पहिले नै अनन्त सर्म बन्यो, र यो कुरा उल्‍लेख गर्न पनि लायकको छैन! यसले मानिसहरूलाई परमेश्‍वरको विरोध गर्ने चाल र तरिकाहरू सिकाएको छ र राष्ट्रिय शिक्षाको “व्यवस्थित, कोमल मार्गदर्शन”[२] ले मानिसहरूलाई परमेश्‍वरप्रति अझ बढी अनाज्ञाकारी बनाएको छ। परमेश्‍वरको कामको प्रत्येक भाग अत्यन्त कठिन छ, र पृथ्वीको उहाँको कामको हरेक चरणले परमेश्‍वरलाई तनाव दिइरहेको छ। पृथ्वीको उहाँको काम कति कठिन छ! पृथ्वीको परमेश्‍वरको कार्यका चरणहरूमा ठूलो कठिनाइ समावेश छ: किनकि मानिसको कमजोरी, कमीहरू, बालकपन, अज्ञानता, र मानिसका सबै कुराहरूका निम्ति परमेश्‍वरले सावधानीपूर्वक योजनाहरू बनाउनुहुन्छ र विचारशील बनेर ध्यान दिनुहुन्छ। मानिस कागजको बाघ जस्तो हो जसलाई कसैले प्रलोभन देखाउने वा उक्साउने आँट गर्दैन; अलिकति छुँदा मात्र उसले पछाडि फर्केर टोक्छ, वा अन्यथा ढल्छ र आफ्नो बाटो गुमाउँछ, र यो मानौं थोरै एकाग्रता हराएको जस्तो हो, ऊ फेरि फर्कन्छ, वा अन्यथा परमेश्‍वरलाई बेवास्ता गर्छ, वा आफ्ना आमाबुबाका सुँगुरहरू र कुकुरहरूकहाँ जान्छन् र तिनीहरूका शरीरका अशुद्ध कुराहरूमा लिप्त हुन्छन्। हो, कस्तो ठूलो बाधा! व्यावहारिक रूपमा उहाँको कामको हरेक चरणमा परमेश्‍वरलाई परीक्षा हुन्छ, र हरेक चरणमा परमेश्‍वर ठूलो खतरामा पर्नुहुन्छ। उहाँका वचनहरू साँचो र इमानदार अनि द्वेषरहित छन्, तापनि तिनलाई स्वीकार गर्न को इच्छुक हुन्छ? पूर्ण रूपले समर्पित हुन को तयार हुन्छ? यसले परमेश्‍वरको हृदय तोड्दछ। उहाँले मानिसका लागि दिन रात परिश्रम गर्नुहुन्छ, उहाँ मानिसको जीवनका लागि चिन्तित हुनुहुन्छ, र उहाँले मानिसको कमजोरीप्रति सहानुभूति राख्नुहुन्छ। उहाँले आफ्नो प्रत्येक चरणको काममा, उहाँले बोल्नुभएका प्रत्येक वचनमा धेरै वटा परिवर्तन र मोडहरू सहनुभएको छ; उहाँ सधैँ एउटा चट्टान र कठिन ठाउँको चेपारोमा हुनुहुन्छ, र हर घडी निरन्तर मानिसको कमजोरी, अनाज्ञाकारिता, बालकपन र जोखिमको बारेमा सोच्नुहुन्छ। यसको बारेमा कसलाई कहिल्यै थाहा भएको छ? उहाँले कसमाथि भरोसा राख्न सक्नुहुन्छ? कसले बुझ्न सक्दछ? उहाँले सधैँ मानिसका पापहरू, र गर्नुपर्ने काम गर्ने साहस नभएको, हुतिहारा मानिसलाई घृणा गर्नुहुन्छ र सधैँ मानिसको कमजोरीका लागि चिन्ता गर्नुहुन्छ र मानिसको अगाडि रहेको मार्गको बारेमा विचार गर्नुहुन्छ। उहाँले मानिसका वचनहरू र कामहरू अवलोकन गर्ने क्रममा, उहाँ सधैँ कृपा र क्रोधले भरिनुहुन्छ, र सधैँ यी कुराको दृश्यले उहाँको हृदयमा पीडा ल्याउँदछ। आखिर, निर्दोषहरू स्तब्ध बनेका छन्; परमेश्‍वरले किन सधैँ उनीहरूका लागि परिस्थितिहरू कठिन बनाउनुपर्छ? कमजोर मानिसमा धैर्यको कमी हुन्छ; किन उनीहरूप्रति परमेश्‍वरको क्रोध कहिल्यै कम हुँदैन? कमजोर र शक्तिहीन मानिसमा अब थोरै पनि सामर्थ्य हुँदैन; किन परमेश्‍वरले सधैँ उसको अनाज्ञाकारिताका लागि उसलाई हप्काउनुपर्छ? स्वर्गका परमेश्‍वरका धम्कीहरूको सामना गर्न सक्ने को छ र? आखिर, मानिस कमजोर छ, र अत्यन्तै कष्टको अवस्थामा छ, परमेश्‍वरले आफ्‍नो क्रोधलाई उहाँको मुटुमा धकेल्नुभएको छ, यसैले कि मानिसले बिस्तारै आफ्‍नो बारेमा मनन गर्न सकोस्। तापनि मानिस, जो गम्भीर समस्यामा छन्, उसले परमेश्‍वरको इच्छालाई रत्तीभर पनि बुझ्दैन; मानिसलाई शैतानको प्राचीन राजाले पाइतालामुनि कुल्चेको छ, तर ऊ पूर्ण रूपमा अनभिज्ञ छ, उसले सधैँ आफूलाई परमेश्‍वरको विरुद्धमा उभ्याउँछ, वा ऊ परमेश्‍वरप्रति न तातो, न चिसो हुन्छ। परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको छ, तापनि कसले ती कुराहरूलाई गम्भीरतापूर्वक लिएको छ र? मानिसले परमेश्‍वरका वचनहरू बुझ्दैन, तापनि ऊ अटल, र तृष्णा रहित रहन्छ, र प्राचीन शैतानको सारलाई वास्तवमा कहिल्यै जानेको छैन। मानिसहरू पातालमा, नरकमा बस्छन्, तर तिनीहरू समुद्रतलको दरबारमा बस्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्; तिनीहरूलाई ठूलो रातो अजिङ्गरले सताउँछ, तापनि तिनीहरूले त्यस देशबाट “कृपा पाएका”[३] छन् भन्‍ने ठान्छन्; शैतानले तिनीहरूको उपहास गर्छ तापनि उनीहरूले देहको उत्कृष्ट कलाको आनन्द लिन्छन् भन्‍ने ठान्छन्। तिनीहरू कस्तो फोहोर, तुच्छ नीचहरू हुन्! मानिसले दुर्भाग्यको सामना गरेको छ, तर उसलाई यो थाहा छैन, र यो अन्धकार समाजमा उसले एकपछि अर्को दुर्भाग्य[४] भोग्छ, तर ऊ यस विषयमा कहिल्यै सचेत छैन। उसले कहिले आफूलाई बिचरा ठान्‍ने सोचाइ र दासको जस्तो स्वभावबाट छुटाउनेछ? ऊ किन परमेश्‍वरको हृदयको बारेमा यति बेपर्बाह छ? के उसले चुपचाप यस उत्पीडन र कठिनाइको सहन गर्दछ? के उसले त्यो दिनको लागि आशा गर्दैन जब उसले अन्धकारलाई उज्यालोमा बदल्न सक्छ? के उसले धार्मिकता र सत्यताप्रति भएको अन्यायलाई फेरि समाधान गर्न चाहँदैन? के ऊ मानिसहरूले सत्य त्यागेर र तथ्यहरू बङ्ग्याएको हेरेर केही नगरी बस्‍न तयार छ? के ऊ यो दुर्व्यवहार सहिरहनु पर्दा खुसी छ? के ऊ दास हुन राजी छ? के ऊ यस असफल राज्यका दासहरूको साथमा परमेश्‍वरको हातमा नाश हुन तयार छ? तेरो संकल्प कहाँ छ? तेरो महत्वाकांक्षा कहाँ छ? तेरो मर्यादा कहाँ छ? तेरो सत्यनिष्ठा कहाँ छ? तेरो स्वतन्त्रता कहाँ छ? के त्यो ठूलो रातो अजिङ्गर, दियाबलसहरूका राजाका लागि तँ तेरो सम्पूर्ण जीवन अर्पण गर्न[५] इच्छुक छस्? के त्यसले तँलाई मृत्युसम्मै यातना दिन तँ त्यसलाई खुसीसाथ अनुमति दिन्छस्? गहिराइको अनुहार अस्तव्यस्त र अँध्यारो छ, जबकि यस्तो पीडा भोग्ने आम जनताले स्वर्गसँग पुकारा गर्छ र पृथ्वीसँग गुनासो गर्छ। मानिसले कहिले आफ्नो शिर ठाडो गर्न सक्‍नेछ? मानिस दुब्लो र पातलो छ, ऊ यो क्रूर र निरङ्कुश शैतानसँग कसरी लड्न सक्छ? किन उसले सकेसम्म चाँडो परमेश्‍वरलाई आफ्नो जीवन दिन सक्दैन? ऊ किन अझै पनि डगमगाउँछ? उसले परमेश्‍वरको काम कहिले समाप्त गर्न सक्छ? त्यसरी, उद्देश्यहीन रूपमा धम्काइए पनि र थिचोमिचो गरिए पनि, उसको सम्पूर्ण जीवन अन्ततः व्यर्थमा व्यतीत हुनेछ; ऊ पुग्न किन हतार गर्छ, र प्रस्थान गर्न किन त्यत्ति हतार गर्छ? किन उसले परमेश्‍वरलाई दिन मूल्यवान्‌ थोकहरू राख्दैन? के उसले घृणाको सहस्राब्दीलाई बिर्सेको छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

फूटनोट:

१. “टाढाको” शब्दलाई यहाँ गिल्ला गर्न प्रयोग गरिएको छ।

२. “व्यवस्थित, कोमल मार्गदर्शन” गिल्लाका निम्ति प्रयोग गरिएको छ।

३. “कृपा पाएका” भन्‍ने शब्‍द निर्जीव जस्तो देखिने र कुनै आत्म-जागरूकता नभएको जस्तो देखिने मानिसहरूलाई गिल्ला गर्न प्रयोग गरिन्छ।

४. “एकपछि अर्को दुर्भाग्य” मानिसहरू ठूलो रातो अजिङ्गरको भूमिमा जन्मेका थिए, र तिनीहरू आफ्नो शिर उच्च पार्न असमर्थ छन् भन्‍ने कुरालाई जनाउँछ।

५. “तेरो सम्पूर्ण जीवन अर्पण गर्न” भन्‍ने वाक्यलाई अपमानजनक अर्थमा प्रयोग गरिएको छ।


परमेश्‍वरका दैनिक वचनहरू  अंश २०९

आजको मार्ग हिँड्न सजिलो छैन। यो भन्‍न सकिन्छ कि यो प्राप्त गर्न निकै गाह्रो छ, र युगौंयुगभरि यो अति दुर्लभ रहेको छ। तैपनि, मानिसको देह मात्रै पनि उसलाई बरबाद पार्न पर्याप्त हुन्छ भनी कसले सोचेको थियो र? आजको काम अवश्य नै वसन्तको झरीजस्तै अनमोल छ, र मानिसप्रति परमेश्‍वरको दयाजत्तिकै मूल्यवान् छ। तैपनि, यदि मानिसले उहाँको वर्तमान कामको उद्देश्य जान्दैन भने वा मानवजातिको सार बुझ्दैन भने, यसको अनमोलता र बहुमूल्यताको कुरा कसरी गर्न सकिन्छ? देह मानिसहरूको स्वामित्वमा हुँदैन, त्यसैले यसको वास्तविक गन्तव्य कहाँ हुनेछ भनेर कसैले पनि स्पष्ट रूपमा बुझ्न सक्दैन। तैपनि, तैँले यो राम्ररी जान्‍नुपर्छ कि सृष्टिका प्रभुले सृष्टि गरिएको मानवजातिलाई त्यसको सुरुको स्थानमा फर्काउनुहुनेछ, र तिनीहरूको सृष्टिको समयदेखिको मूल स्वरूप पुनर्स्थापित गर्नुहुनेछ। उहाँले मानिसभित्र फुकिदिनुभएको सास पूर्ण रूपमा फिर्ता लिनुहुनेछ, हड्डी र मासुलाई फेरि कब्जा गर्नुहुनेछ र सबै थोकलाई सृष्टिका प्रभुमा फर्काउनुहुनेछ। उहाँले मानवजातिलाई पूर्ण रूपमा रूपान्तरण र नवीकरण गर्नुहुनेछ, र मानिसबाट परमेश्‍वरको सम्पूर्ण सम्पदा फिर्ता लिनुहुनेछ जुन मानवजातिको नभई परमेश्‍वरको हो, र त्यो फेरि कहिल्यै मानवजातिलाई दिनुहुनेछैन। किनकि पहिलो कुरा त यो हो कि ती कुनै पनि कुरा मानवजातिको थिएनन्। उहाँले ती सबैलाई फिर्ता लिनुहुनेछ—यो अनुचित लुट होइन; बरु, यसको उद्देश्य त स्वर्ग र पृथ्वीलाई तिनीहरूको मूल अवस्थामा पुनर्स्थापित गर्नु, साथै मानिसलाई रूपान्तरण र नवीकरण गर्नु हो। यो मानिसको लागि उचित गन्तव्य हो, तापनि यो मानिसहरूले सोचेजस्तो देहलाई सजाय दिइएपछि फेरि आफ्नो बनाउने कुरा होइन। देह नष्ट भएपछि परमेश्‍वरले त्यसको अस्थिपञ्‍जर चाहनुहुन्‍न; उहाँ मानिसमा भएका मूल तत्त्वहरू चाहनुहुन्छ जुन सुरुदेखि नै परमेश्‍वरका थिए। यसैले, उहाँले मानवजातिलाई नष्ट गर्नुहुनेछैन वा मानिसको देहलाई पूर्ण रूपले नष्ट पार्नुहुनेछैन, किनकि मानिसको देह उसको निजी सम्पत्ति होइन। यो त मानवजातिलाई व्यवस्थापन गर्नुहुने परमेश्‍वरको अतिरिक्त भाग हो। उहाँले आफ्नो “आनन्द” का लागि मानिसका देहलाई कसरी नष्ट पार्न सक्‍नुहुन्छ र? अहिलेसम्म, के तैँले एक पैसा मूल्य पनि नपर्ने आफ्नो देहलाई वास्तवमै सम्पूर्ण रूपमा छोडेको छस्? यदि तैँले आखिरी दिनहरूको कामको तीस प्रतिशत मात्रै बुझ्न सकिस् भने (यो तीस प्रतिशत भन्‍नुको अर्थ पवित्र आत्माको आजको काम र आखिरी दिनहरूमा भएको परमेश्‍वरका वचनहरूको काम हो), तैँले अहिलेजसरी आफ्‍नो देहको “सेवा” गरिरहँदैनस् वा “सन्तानको भक्ति” कायम गरिरहँदैनस्; तेरो देह त धेरै वर्षदेखि भ्रष्ट रहेको छ। तँलाई के थाहा स्पष्ट हुनुपर्छ भने मानिसहरू अहिले अभूतपूर्व अवस्थामा विकसित भएका छन्, र तिनीहरू अब इतिहासका पाङ्ग्राहरूजस्तै अगाडि बढ्नेछैनन्। तेरो ढुसी परेको देह लामो समयदेखि झिँगाहरूद्वारा ढाकिएको छ, त्यसैले परमेश्‍वरले आजको दिनसम्म अघि बढ्न दिनुभएको इतिहासका पाङ्ग्राहरूलाई यसले कसरी उल्टाउन सक्छ? आखिरी दिनहरूको शान्त रूपमा चल्ने घडीलाई यसले फेरि कसरी टिक-टिक गर्ने बनाउन र त्यसका काँटाहरूलाई घडीकै दिशामा चल्‍ने बनाउन सक्छ? यसले बाक्‍लो कुहिरोमा ढाकिएको संसारलाई कसरी रूपान्तरण गर्न सक्छ? के तेरो देहले पहाडपर्वत र नदीनालालाई पुनर्जीवित पार्न सक्छ? तेरो शरीर जसको थोरै मात्र काम छ, के त्यसले साँच्‍चै तैँले अति नै चाहेको मानव संसार पुनर्स्थापित गर्न सक्छ? के तँ आफ्ना सन्तानलाई साँच्‍चै “मानव प्राणी” बन्‍ने शिक्षा दिन सक्छस्? के तैँले अहिले यो कुरा बुझिस्? तेरो शरीर वास्तवमा केको स्वामित्वमा छ? मानिसलाई मुक्ति दिनु, मानिसलाई सिद्ध पार्नु र मानिसलाई रूपान्तरण गर्नुको परमेश्‍वरको सुरुको अभिप्राय भनेको तँलाई एउटा सुन्दर मातृभूमि दिनु वा मानिसको देहलाई शान्तिपूर्ण विश्राम दिनु भन्‍ने थिएन; यो त उहाँको महिमा र उहाँको गवाहीको लागि, मानवजातिको भविष्यको अझ उत्तम आनन्दका लागि र यसरी तिनीहरूले चाँडै विश्राम गर्न सकून् भन्‍ने अभिप्रायको लागि थियो। अझै पनि, यो तेरो देहको निम्ति थिएन, किनकि मानिस परमेश्‍वरको व्यवस्थापनको पूँजी हो र मानिसको देह अतिरिक्त वस्तु मात्रै हो। (मानिस आत्मा र शरीर दुवै भएको एक वस्तु हो, जबकि देह नष्ट भएर जाने वस्तु मात्र हो। यसको अर्थ देह व्यवस्थापन योजनामा प्रयोग गरिने एउटा साधन हो भन्‍ने हुन्छ।) तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरद्वारा मानिसहरूलाई सिद्ध र पूर्ण बनाउने र मानिसहरूलाई प्राप्त गर्ने कार्यले तिनीहरूका देहमा तरवार र चोटहरू, अन्त्यहीन दुःख, जलन, क्रूर न्याय, सजाय, र श्रापहरू अनि असिम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानिसको व्यवस्थापन कार्यको भित्री कथा र सत्यता यही हो। तैपनि, यी सबै कुराहरू मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाणहरू निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका लागि हो। यस्तो किन हुन्छ भने उहाँको काम मानवजातिका लागि मात्र होइन, यो त सम्पूर्ण योजनाका लागि पनि हो, साथै उहाँले मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको सुरुको इच्छा पूरा गर्नलाई पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभवमा दुःख र अग्‍निपरीक्षा सामेल हुन्छ, र त्यहाँ मानिसको देहले चाहना गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन् या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्‍वरसित सुन्दर समय बिताउँदै खुसीका क्षणहरू अनुभव गर्न सक्‍ने त झन् कुरै आउँदैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्‍वरको सजायबाहेक अरू केही हुँदैन, जसलाई मानिसले असंवेदनशील पाउँछ, यस्तो लाग्छ त्यसमा सामान्य अनुभूतिकै अभाव छ। यस्तो किन हुन्छ भने परमेश्‍वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, जुन मान्छेप्रति असंवेदनशील हुन्छ, र उहाँको त्यो धर्मी स्वभावले मानिसका उल्लङ्घनहरू सहँदैन र शत्रुहरूलाई घृणा गर्छ। परमेश्‍वरले कुनै पनि उपायद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँ अर्थात् सारा मानवजातिको मुक्तिको काम र प्राचीन कालको शैतानलाई नाश पार्ने काम समाप्त गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१०

आखिरी दिनहरू आइपुगेका छन् र विश्‍वभरिका देशहरू गोलमालमा छन्। राजनीतिक अस्तव्यस्तता छ, अनिकाल, रूढी, बाढी-पहिरो र खडेरी जताततै देखा परिरहेका छन्। मानिसको संसारमा विनाश आएको छ; स्वर्गले पनि विपत्ति पठाएको छ। यी आखिरी दिनका चिन्‍हहरू हुन्। तर मानिसहरूका लागि त यो संसार रमाइलो र सानदार छ जस्तो देखिन्छ; यो झन्-झन् बढी त्यस्तो हुँदै छ, मानिसहरूका सारा हृदय यसप्रति तानिन्छ, र धेरै मानिसहरू यसमा फसेका छन् र आफूलाई यसबाट मुक्त गर्न सक्दैनन्; धेरै मानिसहरूलाई छल र जादुगरीमा संलग्‍न हुनेहरूले मोहित तुल्याउनेछन्। यदि तँ प्रगतिको लागि प्रयास गर्दैनस्, आदर्शविहीन छस्, र आफूलाई साँचो मार्गमा बसालेको छैनस् भने, तँलाई पापको बढ्दो छालले बगाइदिनेछ। सबै देशहरूमध्ये चीन सबैभन्दा पिछडिएको देश हो; यो त्यो देश हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्केर बस्छ, यसमा मूर्तिपूजा गर्ने र जादू-मन्‍त्र गर्ने सबैभन्दा धेरै मानिसहरू छन्, यहाँ सबैभन्दा धेरै मन्दिरहरू छन्, र यो फोहोर भूतात्माहरू बास बस्‍ने ठाउँ हो। तँ यहीँ जन्मेको थिइस्, तैँले यहीँबाट शिक्षा पाइस् र त्यसको प्रभावमा परिस्; तँ त्यसद्वारा भ्रष्ट पारिएको र सताइएको छस्, तर बिउँझिएपछि तैँले त्यसलाई त्याग्छस् र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन्छस्। यो परमेश्‍वरको महिमा हो, र यसैले कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वरले यत्रो ठूलो काम गर्नुभएको छ, यति धेरै वचनहरू बोल्नुभएको छ, र उहाँले आखिरमा तिमीहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ—यो परमेश्‍वरको व्यवस्थापनको एउटा हिस्सा हो, र तिमीहरू शैतानसँगको परमेश्‍वरको लडाइँका “विजय गरी लुटिएका थोकहरू” हौ। तैँले सत्यता जति धेरै बुझ्छस् र तेरो मण्डली जीवन जति राम्रो हुन्छ, त्यति नै बढी त्यो ठूलो रातो अजिङ्गरलाई घुँडा टेकाइन्छ। यी सबै आत्मिक संसारका विषयहरू हुन्—ती आत्मिक संसारका लडाइँहरू हुन्, र जब परमेश्‍वर विजयी हुनुहुनेछ, शैतान लज्जित हुनेछ र ढल्‍नेछ। परमेश्‍वरको कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वर यस्तो बृहत् मात्रामा काम गर्नुहुन्छ र मानिसहरूको यो समूहलाई पूर्ण रूपमा मुक्ति दिनुहुन्छ, ताकि तैँले शैतानको प्रभावबाट मुक्त हुन, पवित्र भूमिमा बस्न, परमेश्‍वरको ज्योतिमा रहन, र ज्योतिको नेतृत्व र अगुवाइ पाउन सकून्। अनि त्यसपछि तेरो जीवन अर्थपूर्ण हुन्छ। तिमीहरूले जे खान्छौ र पहिरिन्छौ त्यो अविश्‍वासीहरूको भन्दा फरक हुन्छ; तिमीहरूलाई परमेश्‍वरका वचनहरूमा आनन्द लाग्छ, र तिमीहरू अर्थपूर्ण जीवन जिउँछौ—तर तिनीहरू कुन कुरामा रमाउँछन्? तिनीहरूले केवल आफ्ना “पुर्ख्यौली सम्पदा” र “राष्ट्रिय भावना” मा आनन्द मनाउँछन्। तिनीहरूसँग मानवताको छाप रत्तीभर पनि हुँदैन! तिमीहरूका वस्त्र, बोलीवचन र कार्यहरू तिनीहरूको भन्दा फरक छन्। आखिरमा, तिमीहरू पूर्ण रूपमा फोहोरबाट उम्‍कनेछौ, त्यसउप्रान्त शैतानको परीक्षाको पासोमा फस्नेछैनौ, र परमेश्‍वरको दैनिक प्रबन्ध प्राप्त गर्नेछौ। तिमीहरू सधैँ सतर्क हुनुपर्दछ। तिमीहरू फोहोर ठाउँमा बसे पनि तिमीहरूलाई फोहोरको दाग लागेको छैन र तिमीहरू परमेश्‍वरको ठूलो सुरक्षा पाउँदै उहाँको छेउमा जिउन सक्छौ। परमेश्‍वरले तिमीहरूलाई पहेँलो देशका सबै मानिसहरूमध्येबाट चुन्नुभएको छ। के तिमीहरू सबैभन्दा आशिषित व्यक्तिहरू होइनौ र? तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ मानिस भएकोले तैँले आफूलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट खानेकुरा लिएर खान्छ, र शैतानकै फोहोरमा कुल्चीमिल्ची भई त्यसकै अधीनमा रही काम र सेवा गर्दछ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २११

आज, मैले तिमीहरूमा गर्ने कामको उद्देश्य तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनु हो; यो नयाँ युगको प्रारम्‍भ गर्ने र मानवजातिलाई नयाँ युगको जीवनमा डोऱ्याउने काम हो। यो काम एक-एक चरण गर्दै पूरा गरिन्छ र यो तिमीहरूको बीचमा प्रत्यक्ष रूपमा विकास हुन्छ: म तिमीहरूलाई आमने-सामने सिकाउँछु; म तिमीहरूका हात समातेर डोऱ्याउँछु; म तिमीहरूले नबुझेका कुनै पनि कुरा बताउँछु, तिमीहरूमा अभाव भएको कुनै पनि थोक प्रदान गर्छु। यो भन्न सकिन्छ कि, तिमीहरूका लागि यो सब काम जीवनका निम्ति तिमीहरूको प्रबन्ध हो, यो तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनका निम्ति पनि हो; यो विशेषगरी आखिरी दिनहरूमा मानिसहरूको यो समूहको जीवनको पालनपोषण गर्ने उद्देश्यका लागि हो। मेरो लागि, यो सबै कामको अर्थ पुरानो युग अन्त्य गर्नु र एउटा नयाँ सुरुआत गर्नु हो; शैतानको लागि, म विशेषगरी त्यसलाई हराउन देह बनेको हुँ। मैले अहिले तिमीहरूको बीचमा गर्ने काम आज तिमीहरूका लागि भरण-पोषण र तिमीहरूको उचित समयको मुक्ति हो, तर यी केही छोटा वर्षहरूको अवधिमा, म तिमीहरूलाई सबै सत्यता, जीवनको सम्पूर्ण मार्ग, र भविष्यको काम पनि बताउनेछु; यो भविष्यमा तिमीहरूलाई विभिन्न कुराहरू सामान्य रूपले अनुभव गर्न सक्षम बनाउनको निम्ति पर्याप्त हुनेछ। मैले तिमीहरूलाई सुम्पेको मेरा सबै वचनहरू मात्र हुन्। म अरू कुनै सल्लाह दिँदिनँ; आज, मैले तिमीहरूसँग बोलेका सबै कुरा तिमीहरूका लागि मेरो सल्लाह हुन्, किनकि आज तिमीहरूलाई मैले बोल्ने धेरै वचनहरूको अनुभव तिमीहरूसँग छैन, र तिमीहरू तिनका भित्री अर्थ बुझ्दैनौ। आज मैले भनेको जस्तै एक दिन तिमीहरूका अनुभवहरूले फल दिनेछन्। यी वचनहरू तिमीहरूका आजको दर्शन हुन्, र ती यस्ता कुरा हुन् जसमाथि भविष्यमा तिमीहरू निर्भर हुनेछौ; ती आजको जीवनका लागि भरण-पोषण र भविष्यका लागि एउटा सल्लाह हुन्, र कुनै पनि अर्ती योभन्दा राम्रो हुन सक्दैन। किनकि पृथ्वीमा मैले काम गर्ने समय तिमीहरूले मेरा वचनहरूको अनुभव गर्ने समय जति लामो छैन; मैले केवल आफ्नो काम मात्र पूरा गर्दैछु, जबकि तिमीहरू जीवनको खोजी गर्दैछौ, जुन यस्तो प्रक्रिया हो जसको लागि जीवनभरिको लामो यात्रा समावेश हुन्छ। धेरै वटा कुराहरूको अनुभव गरेपछि मात्र तैँले जीवनको मार्ग प्राप्त गर्न सक्नेछस्; तब मात्र तैँले आज मैले बोलेका वचनहरूको भित्री अर्थ बुझ्न सक्नेछस्। जब तिमीहरूका हातमा मेरा वचनहरू हुन्छन्, मैले दिनुपर्ने सबै आज्ञाहरू तिमीहरूलाई दिइसकेपछि जब तिमीहरू प्रत्येकले मेरा सबै आज्ञाहरू प्राप्त गरेका हुन्छौ, र जति नै ठूलो प्रभाव हासिल गरे पनि, जब वचनहरूको काम समाप्त हुन्छ, त्यसबेला परमेश्‍वरको इच्छाको कार्यान्वयन पनि हासिल गरिएको हुनेछ। यो तैँले कल्पना गरेजस्तो होइन, कि तँ केही हदसम्म परिवर्तन हुनुपर्छ; परमेश्‍वरले तेरा धारणाहरू अनुसार काम गर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१२

आखिरी दिनहरूमा, परमेश्‍वर आफूले गर्नुपर्ने काम गर्न र उहाँको वचनको सेवकाइ गर्नका लागि देह बन्नुभयो। उहाँको हृदयअनुसारका मानिसहरूलाई सिद्ध पार्ने उद्देश्यले मानिसहरूको बीचमा काम गर्न उहाँ व्यक्तिगत रूपमा आउनुभयो। सृष्टिको समयदेखि आजसम्ममा, आखिरी दिनहरूमा मात्र उहाँले यस किसिमको काम गर्नुभएको हो। आखिरी दिनहरूमा मात्र परमेश्‍वर यस्तो व्यापक रूपमा काम गर्न देहधारी हुनुभएको छ। उहाँले मानिसहरूका निम्ति सहन कठिन हुने कठिनाइहरू सहनुहुन्छ, र उहाँ महान् परमेश्‍वर हुनुभए पनि उहाँमा साधारण मानिस बन्ने नम्रता छ, तैपनि उहाँको कामको कुनै पनि पक्षमा ढिलाइ भएको छैन, र उहाँको योजना अलिकति पनि अस्तव्यस्तताको शिकार बनेको छैन। उहाँले आफ्नो मूल योजना अनुसार नै काम गर्दैहुनुहुन्छ। यस देहधारणको एउटा उद्देश्य भनेको मानिसहरूलाई जित्नु हो, अर्कोचाहिँ उहाँले प्रेम गर्नुभएका मानिसहरूलाई सिद्ध बनाउनु हो। उहाँले सिद्ध पार्नुभएका मानिसहरूलाई उहाँले आफ्नै आँखाले हेर्न चाहनुहुन्छ, अनि उहाँले सिद्ध पार्नुभएका मानिसहरूले कसरी उहाँको साक्षी दिन्छन् त्यो उहाँ आफै हेर्न चाहनुहुन्छ। सिद्ध पारिएका मानिसहरू एक-दुई जना मात्र हुँदैनन्। बरु, यो एउटा समूह हो, जसमा थोरै मानिसहरू मात्र समावेश हुन्छन्। यो समूहका मानिसहरू संसारका विभिन्न देशहरूबाट, र संसारका विभिन्न राष्ट्रियताहरूबाट आएका छन्। त्यति धेरै काम गर्नुको उद्देश्य भनेको मानिसहरूको यो समूहलाई प्राप्त गर्नु, यो समूहका मानिसहरूले उहाँको निम्ति दिने साक्षी प्राप्त गर्नु, र उहाँले तिनीहरूबाट पाउनुहुने महिमा प्राप्त गर्नु हो। उहाँले त्यस्तो काम गर्नुहुन्न जसको कुनै महत्त्व हुँदैन, न त उहाँले कुनै मूल्यविनाको काम नै गर्नुहुन्छ। यो भन्न सकिन्छ, कि त्यति धेरै काम गर्ने क्रममा परमेश्‍वरको उद्देश्य भनेको उहाँले सिद्ध पार्न चाहनुभएकाहरू सबैलाई सिद्ध पार्नु हो। यस बाहेकको खाली समयमा उहाँले दुष्टहरूलाई बाहिर फालिदिनुहुनेछ। यो जान्, कि उहाँले यी महान् कार्यहरू दुष्टहरूको कारण गर्नुहुन्न; यसको विपरीत, उहाँद्वारा सिद्ध पारिनु पर्ने यी थोरै मानिसहरूका निम्ति नै उहाँले आफ्नो सबै थोक दिनुहुन्छ। उहाँले गर्नुहुने काम, उहाँले बोल्नुहुने वचनहरू, उहाँले प्रकट गर्नुहुने रहस्यहरू, अनि उहाँको न्याय र सजाय सबै ती थोरै सङ्ख्यामा भएका मानिसहरूका निम्ति हुन्। उहाँ दुष्ट मानिसहरूका कारण देह बन्नुभएन, र ती दुष्ट मानिसहरूले उहाँमा ठूलो क्रोध जगाउँछन् भन्‍ने कुरा त परै जाओस्। सिद्ध हुनुपर्ने मानिसहरूको कारण नै उहाँले सत्यता बोल्नुहुन्छ, र प्रवेशको कुरा गर्नुहुन्छ; तिनीहरूकै कारण उहाँ देह बन्नुभयो, र उनीहरूकै कारण उहाँले आफ्ना प्रतिज्ञाहरू र आशिषहरू प्रदान गर्नुहुन्छ। उहाँले गर्नुहुने सत्यता, प्रवेश, र मानिसको जीवनको कुरा तिनीहरूका निम्ति गरिँदैन जो दुष्ट छन्। उहाँ दुष्ट मानिससँग कुरा गर्नबाट जोगिन चाहनुहुन्छ, बरु सिद्ध पारिनु पर्ने मानिसहरूलाई नै सबै सत्यता प्रदान गर्न चाहनुहुन्छ। उहाँको कामका निम्ति केही क्षण दुष्ट मानिसहरूलाई उहाँको सम्पत्तिका केही अंशको आनन्द लिन दिनु आवश्यक हुन्छ। जसले सत्यताको पालन गर्दैनन्, जसले परमेश्‍वरलाई सन्तुष्ट पार्दैनन्, र जसले उहाँको काममा बाधा दिन्छन् तिनीहरू सबै दुष्ट हुन्। तिनीहरू सिद्ध हुन सक्दैनन्, र तिनीहरूलाई परमेश्‍वरले घृणा र अस्वीकार गर्नुहुन्छ। यसको विपरीत, जुन मानिसहरूले सत्यता अभ्यास गर्छन् र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्, र जसले सम्पूर्ण रूपले आफैलाई परमेश्‍वरको काममा अर्पण गर्छन्, तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिने मानिसहरू हुन्। परमेश्‍वरले जुन मानिसहरूलाई पूर्ण बनाउने इच्छा गर्नुहुन्छ तिनीहरू अरू कोही नभएर यस समूहका मानिसहरू नै हुन्, र परमेश्‍वरले गर्नुहुने काम यिनै मानिसहरूका निम्ति हो। उहाँले बोल्नुभएको सत्यता ती मानिसहरूतर्फ निर्देशित छन् जो सत्यताको अभ्यास गर्न इच्छुक हुन्छन्। उहाँ सत्यताको अभ्यास नगर्ने मानिसहरूसँग बोल्नुहुन्न। उहाँले कुरा गर्नुहुने अन्तर्दृष्टि र समझशक्तिको वृद्धि ती मानिसहरूतर्फ लक्षित छ जसले सत्यतालाई व्यवहारमा लागू गर्न सक्छन्। जब उहाँले सिद्ध पारिनु पर्ने मानिसहरूका बारेमा बोल्नुहुन्छ, त्यसबेला उहाँले यिनै मानिसहरूको बारेमा कुरा गरिरहनुभएको हुन्छ। पवित्र आत्माको काम ती मानिसहरूतर्फ लक्षित हुन्छ जो सत्यताको अभ्यास गर्न इच्छुक हुन्छन्। बुद्धि र मानवता धारण गर्ने जस्ता कुराहरू ती मानिसहरूतर्फ लक्षित हुन्छन् जो सत्यता अभ्यास गर्न इच्छुक हुन्छन्। सत्यता लागू नगर्नेहरूले सत्यताका धेरै वचनहरू सुन्न सक्छन्, तर तिनीहरू प्रकृतिले नै अत्यन्त दुष्ट र सत्यतामा रुचि नराख्ने भएकाले तिनीहरूले बुझेका कुराहरू धर्म-सिद्धान्तहरू र अक्षरहरू अनि रित्ता सिद्धान्तहरू मात्र हुन्छन्, तिनीहरूको जीवन प्रवेशका लागि रत्तीभर यसको महत्त्व हुँदैन। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरप्रति बफादार हुँदैनन्; तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले परमेश्‍वरलाई देख्छन् तर उहाँलाई प्राप्त गर्न सक्दैनन्; तिनीहरू सबैलाई परमेश्‍वरले दोषी ठहर्‍याउनुभएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१३

विजयको कामको मुख्य उद्देश्य भनेको मानवतालाई शुद्ध पार्नु हो ताकि मानिसले सत्यता प्राप्त गर्न सकोस्, किनभने मानिसले सत्यलाई अत्यन्तै थोरै मात्र बुझ्‍छ! त्यस्ता मानिसहरूमा विजयको काम गर्नु भनेको निकै महत्त्वपूर्ण कुरा हो। तिमीहरू सबै जना अन्धकारको प्रभावमा परेका छौ र तिमीहरूलाई गहिरो चोट लागेको छ। त्यसैले यो कामको लक्ष्य भनेको तिमीहरूलाई मानव प्रकृतिबारे जान्‍न र सत्यतामा जिउन सक्षम पार्नु हो। सिद्ध पारिने कार्य यस्तो कुरा हो जसलाई सृष्टि गरिएका सबै प्राणीहरूले स्विकार्नुपर्छ। यदि यस चरणको काममा मानिसहरूलाई सिद्ध पार्ने कार्य मात्रै समावेश भएको भए, यो बेलायत, वा अमेरिका, वा इजरायलमा गर्न सकिन्थ्यो; यसलाई कुनै पनि राष्ट्रका मानिसहरूमा गर्न सकिन्थ्यो। तर विजयको काम चयनात्मक छ। विजयको कामको पहिलो चरण अल्पकालीन छ; यसबाहेक, शैतानको अपमान गर्न र सम्पूर्ण ब्रह्माण्ड जित्‍नका लागि यसको प्रयोग गरिनेछ। यो विजयको प्रारम्भिक कार्य हो। के भन्‍न सकिन्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने कुनै पनि प्राणीलाई सिद्ध गर्न सकिन्छ किनभने सिद्ध पारिने कार्य दीर्घकालीन परिवर्तनपछि मात्र प्राप्त गर्न सकिने कुरा हो। तर विजय गरिनु भनेको फरक कुरा हो। विजयको नमुना र आदर्श प्रतिरूप सबैभन्दा पछाडि रहेको, गहिरो अन्धकारमा बाँचेको हनुपर्छ; तिनीहरू सबैभन्दा निकृष्ट, परमेश्‍वरलाई मान्‍न सबैभन्दा अनिच्छुक र परमेश्‍वरप्रति सबैभन्दा अनाज्ञाकारी हुनुपर्दछ। यो ठ्याक्‍कै त्यस्तै किसिमको व्यक्ति हो जसले विजय प्राप्त गरिएको बारेमा साक्षी दिन सक्छ। विजयको कामको मुख्य लक्ष्य शैतानलाई हराउनु हो, जबकि मानिसहरूलाई सिद्ध पार्नुको मुख्य लक्ष्य मानिसहरूलाई प्राप्त गर्नु हो। यसको लक्ष्य विजयपश्‍चात् मानिसहरूलाई विजयको कार्य यहाँ तिमीहरूजस्तै मानिसहरूमा गरिएको छ भन्‍ने कुराको साक्षी दिन सक्षम पार्नु हो। विजयपश्‍चात् मानिसहरूलाई साक्षी दिन लगाउनु यसको उद्देश्य हो। यी विजय गरिएका मानिसहरूलाई शैतानको अपमान गर्ने लक्ष्य हासिल गर्न प्रयोग गरिनेछ। त्यसो भए, विजयको मुख्य विधि के हो त? सजाय, न्याय, श्राप र खुलासा—मानिसहरूलाई जित्‍नको लागि धर्मी स्वभावको प्रयोग गर्ने, ताकि तिनीहरू परमेश्‍वरको धर्मी स्वभावको कारण पूर्ण रूपमा विश्‍वस्त हुन सकून्। मानिसहरूलाई विजय गर्न र तिनीहरूलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउनको लागि वचनको वास्तविकता र अख्तियारको प्रयोग गर्नु—विजय गरिनुको अर्थ यही हो। सिद्ध पारिएका व्यक्तिहरू आफूमाथि विजय गरिएपछि आज्ञाकारिता मात्र प्राप्त गर्न सक्षम हुँदैनन्, तिनीहरू त न्यायको कामको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभाव बदल्न, र परमेश्‍वरलाई चिन्‍न पनि सक्षम हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने मार्गको अनुभव गर्छन् र तिनीहरू सत्यले भरिन्छन्। तिनीहरूले परमेश्‍वरको कार्यलाई कसरी अनुभव गर्ने, परमेश्‍वरको लागि कसरी कष्ट भोग्‍न सक्षम बन्‍ने र आफ्नै इच्छाशक्ति हासिल गर्न कसरी सक्षम हुने भन्‍ने कुराहरू सिक्छन्। सिद्ध पारिएकाहरू तिनै हुन् जोसँग परमेश्‍वरको वचनको अनुभव गरेको कारण सत्यको वास्तविक ज्ञान छ। विजय गरिएकाहरू तिनै हुन् जसले सत्य के हो जानेका छन् तर सत्यको वास्तविक अर्थलाई स्वीकार गरेका छैनन्। विजय गरिएपछि, तिनीहरूले आज्ञापालन गर्छन्, तर तिनीहरूको आज्ञाकारिता तिनीहरूले पाएको न्यायको परिणाम हो। तिनीहरूसँग धेरै सत्यहरूको वास्तविक अर्थको बारेमा कुनै पनि बुझाइ छैन। तिनीहरूले सत्यलाई मौखिक रूपमा स्विकार्छन्, तर तिनीहरू सत्यमा प्रवेश गरेका छैनन्; तिनीहरू सत्यलाई बुझ्छन्, तर तिनीहरूले सत्यको अनुभव गरेका छैनन्। सिद्ध पारिँदै गरिएकाहरूमा भइरहेको काममा जीवनको प्रावधानसँगै सजाय र न्यायहरू पर्दछन्। सत्यमा प्रवेश गर्नुलाई मूल्यवान् ठान्‍ने व्यक्ति नै सिद्ध पारिनुपर्ने व्यक्ति हो। सिद्ध पारिनुपर्नेहरू र विजय गरिनुपर्नेहरूको बीचमा रहेको भिन्‍नता भनेकै उनीहरू सत्यमा प्रवेश गर्छन् कि गर्दैनन् भन्‍ने नै हो। सिद्ध पारिएकाहरू तिनीहरू हुन् जो सत्यलाई बुझ्दछन्, सत्यमा प्रवेश गरेका छन् र सत्यमा जिइरहेका छन्; सिद्ध पार्न नसकिने मानिसहरू तिनीहरू हुन् जो सत्यलाई बुझ्दैनन् र सत्यमा प्रवेश गर्दैनन्, अर्थात तिनीहरू जो सत्यमा जिइरहेका छैनन्। यदि यस्ता मानिसहरू अहिले पूर्ण रूपमा आज्ञापालन गर्न सक्षम छन्, भने तिनीहरू विजय गरिएका छन्। यदि विजय गरिएका मानिसहरूले सत्यको खोजी गर्दैनन् भने—यदि तिनीहरूले सत्यतालाई पछ्याउँछन् तर यसमा जिउँदैनन् भने, यदि तिनीहरूले सत्यलाई हेर्छन् र सुन्छन् तर सत्यमा जिउने कार्यलाई मूल्यवान् ठान्दैनन् भने—तिनीहरूलाई सिद्ध पारिन सकिँदैन। सिद्ध पारिनुपर्ने मानिसहरूले सिद्धताको बाटोमा हिँड्दै परमेश्‍वरका मापदण्डहरूअनुसार सत्यको अभ्यास गर्छन्। यसमार्फत, तिनीहरूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छन्, अनि तिनीहरूलाई सिद्ध पारिन्छ। विजयको काम समाप्त हुनुअघि अन्त्यसम्‍मै पछ्याउने जोकोही व्यक्ति विजय गरिएको व्यक्ति हो, तर उसलाई सिद्ध पारिएको व्यक्ति भनेर भन्‍न सकिँदैन। “सिद्ध पारिएका” भन्‍ने पदावलीले ती मानिसहरूलाई जनाउँछ जसले विजयको काम समाप्त भएपछि सत्यलाई पछ्याउन सक्छन् र परमेश्‍वरद्वारा प्राप्त गरिएका हुन्छन्। यसले ती व्यक्तिहरूलाई जनाउँछ जो विजयको काम समाप्त भएपछि संकष्टमा दृढ भएर खडा हुन्छन् र सत्यमा जिउँछन्। विजय गरिनु र सिद्ध गरिनुबीचको भिन्‍नतालाई कामको चरणमा हुने फरक र मानिसहरूले सत्यलाई बुझ्ने र त्यसमा प्रवेश गर्ने हदले छुट्याउँछ। सिद्ध हुने बाटोमा नहिँडेका ती सबै, अर्थात् जसले सत्य धारण गरेका छैनन्, तिनीहरू सबैलाई अन्ततः हटाइनेछ। जोसँग सत्य छ र जो सत्यमा जिउँछ तिनीहरूलाई मात्र परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ। अर्थात्, पत्रुसको स्वरूपमा जिउनेहरू सिद्ध पारिएकाहरू हुन् भने अरू सबै विजय गरिएकाहरू हुन्। विजय गरिएकाहरूमा भइरहेको काममा श्राप दिने, सजाय दिने, र क्रोधको प्रदर्शन गर्ने कार्यहरू समावेश छन् र तिनीहरूमा आउने भनेको धार्मिकता र श्रापहरू हो। त्यस्तो व्यक्तिमा काम गर्नु भनेको कुनै समारोह वा शिष्टाचारविना खुलासा गर्नु हो—उनीहरूभित्रको भ्रष्ट स्वभावलाई उजागर गर्नु हो ताकि उनीहरू आफैले यसलाई पहिचान गरून् र पूर्ण रूपमा विश्‍वस्त होऊन्। जब मानिस पूर्ण रूपमा आज्ञाकारी हुन्छ, विजयको काम समाप्त हुन्छ। अधिकांश मानिसहरूले अझै पनि सत्यलाई बुझ्नको लागि प्रयास नगरे पनि विजयको काम समाप्त भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१४

परमेश्‍वरले मानिसलाई कसरी सिद्ध बनाउनुहुन्छ? परमेश्‍वरको स्वभाव के हो? उहाँको स्वभावमा के समावेश छ? यी सबै कुराहरूको स्पष्टीकरण गर्नका लागि: कसैले यसलाई परमेश्‍वरको नाम फैलाउनु भनी भन्छ, कसैले यसलाई परमेश्‍वरको साक्षी दिनु भन्छ, अनि कसैले परमेश्‍वरलाई उचाल्‍नु हो भनी भन्छ। परमेश्‍वरलाई चिन्ने आधारमा, मानिस अन्ततः उसको जीवनको स्वभावमा रूपान्तरित हुन्छ। मानिसले जति धेरै निराकरणबाट र शोधनबाट भएर जान्छ, ऊ उति नै उत्साहित हुन्छ; परमेश्‍वरको कार्यका जति धेरै असङ्ख्य चरणहरू हुन्छन्, मानिसलाई त्यति नै धेरै सिद्ध बनाइन्छ। आज, मानिसको अनुभवमा, परमेश्‍वरको कार्यको हरेक चरणले उसको धारणाहरूमाथि प्रहार गर्दछ, र यी सबै मानिसको बौद्धिकता र उसको अपेक्षाहरूभन्दा बाहिर पर्छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्‍वरले प्रदान गर्नुहुन्छ, र हरेक कोणबाट यो उसको धारणाको विपरीत हुन्छ। तेरो कमजोरीको समयमा परमेश्‍वरले आफ्ना वचनहरू बोल्नुहुन्छ; केवल यसरी मात्रै उहाँले तेरो जीवन आपूर्ति गर्न सक्नुहुन्छ। तेरो धारणामा प्रहार गर्दै, उहाँले तँलाई परमेश्‍वरसँगको निराकरण स्वीकार गर्न लगाउनुहुन्छ; केवल यसरी मात्रै तैँले तेरो भ्रष्टताबाट आफूलाई मुक्त गर्न सक्छस्। आज, देहधारी परमेश्‍वरले एक अर्थमा ईश्‍वरत्वको स्थितिभित्र कार्य गर्नुहुन्छ, तर अर्को अर्थमा उहाँले सामान्य मानवताको स्थितिमा कार्य गर्नुहुन्छ। जब तँ परमेश्‍वरको कुनै पनि कामलाई अस्वीकार गर्न अक्षम हुन्छस्, जब तँ सामान्य मानवताको स्थितिमा परमेश्‍वरले जे बोल्‍नुभए पनि वा जे गर्नुभए पनि समर्पित हुन सक्षम हुन्छस्, जब तँ परमेश्‍वरले जस्तोसुकै सामान्यता प्रदर्शन गरे पनि त्यसलाई बुझ्न र त्यसमा समर्पित हुन सक्षम हुन्छस्, र जब तैँले वास्तविक अनुभव प्राप्त गरेको हुन्छस्, तब मात्र तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर आश्‍वस्त हुन्छस्, तब मात्र तैँले धारणा उत्पादन गर्न बन्द गर्छस्, तब मात्र तँ उहाँलाई अन्त्यसम्म विश्‍वास गर्न सक्षम हुन्छस्। परमेश्‍वरको कार्यमा बुद्धि छ, र मानिस कसरी उहाँको साक्षीमा स्थिर रहन सक्छ भनेर उहाँलाई थाहा छ। मानिसको महत्त्वपूर्ण कमजोरी कहाँ रहन्छ भन्‍ने कुरा उहाँलाई थाहा छ, र उहाँले बोलेका वचनहरूले मानिसको महत्त्वपूर्ण कमजोरीमा प्रहार गर्न सक्छ, तर तँलाई उहाँको गवाहीमा दह्रिलो रूपमा खडा गर्नका लागि उहाँले आफ्नो प्रतापी र विवेकपूर्ण वचनहरूको पनि प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका कार्यहरू यस्ता आश्‍चर्यजनक हुन्छन्। परमेश्‍वरले गर्नुहुने कार्यहरू मानिसको समझका लागि अकल्पनीय हुन्छन्। देहको रूपमा मानिसमा कस्तो किसिमको भ्रष्टता निहित छ, र मानिसको सारमा के समावेश छ—यी सबै परमेश्‍वरको न्यायमार्फत प्रकट हुन्छन्, जसले मानिसलाई उसको लाजबाट लुक्न कुनै ठाउँ छोड्दैन।

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१५

बाइबलमा उल्‍लेख सदोममाथि परमेश्‍वरले विनाश ल्याउनुहुँदाको दृश्यलाई स्मरण गर र लोतकी पत्‍नी कसरी नुनको खम्बा बनिन् सो पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरूबाट पश्‍चाताप गरे र २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा कीला ठोके पश्चात् के भयो सो कुरालाई स्मरण गर। यहूदीहरूलाई इस्राएलबाट निकालियो र तिनीहरू संसारभरिका देशहरूमा भागे। धेरै जनालाई मारियो, र पूरै यहूदी राज्य अभूतपूर्व रूपमा विनाशमा पर्‍यो। तिनीहरूले परमेश्‍वरलाई क्रूसमा कीला ठोकेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्‍वरको स्वभावलाई रीस उठाए। तिनीहरूले गरेका कामका लागि तिनीहरूले मूल्य तिर्नुपर्यो र तिनीहरूलाई आफ्ना कामहरूका सबै नतिजाहरू भोग्‍न लगाइयो। तिनीहरूले परमेश्‍वरको निन्दा गरे, परमेश्‍वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र भविष्य थियो: परमेश्‍वरद्वारा दण्ड पाउनु। यो तिनीहरूका देश र राज्यमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।

आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँले पहिलो चरणमा अधिनायकवादी शासकहरूका भव्य सभालाई रोक्‍नुभयो: नास्तिकवादको कडा गढ, चीनलाई। परमेश्‍वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर ठूलो कष्‍ट दियो, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्‍ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि परमेश्‍वरले गर्न मनसाय राख्‍नुभएको काम उहाँले अझै निरन्तर गर्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने देश, चीनमा परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन। त्यसको सट्टा, धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्‍वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्‍वरको कामलाई रोक्‍नेहरू, परमेश्‍वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्‍वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामलाई अस्वीकार गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामलाई अस्वीकार गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन। सबै राज्यहरू, सबै देशहरू, र सबै उद्योगहरूले पनि परमेश्‍वरको आवाज सुनून्, परमेश्‍वरको कामलाई हेरून् र मानवजातिको नियतिमा ध्यान देऊन्; परमेश्‍वरलाई सबैभन्दा पवित्र, सबैभन्दा आदरणीय, सर्वोच्‍च, मानवजातिका बीचमा आराधनाका एकमात्र व्यक्ति, र सम्पूर्ण मानवजातिलाई परमेश्‍वरको आशिषमुनि बाँच्ने बनाऊन्, जसरी, अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञामा रहे, र जसरी परमेश्‍वरले पहिले सृष्‍टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा रहे।

परमेश्‍वरको काम शक्तिशाली छालजस्तै माथितिर बढ्छ। कसैले पनि उहाँलाई थुन्‍न सक्दैन, र उहाँको दौडलाई कसैले पनि रोक्‍न सक्दैन। उहाँका वचनहरूलाई ध्यानसँग सुन्‍नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पाइलाहरू पछ्याउँछन् र उहाँको प्रतिज्ञा प्राप्‍त गर्छन्। जसले गर्दैनन् तिनीहरूले ठूलो विपत्ति भोग्‍नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१६

परमेश्‍वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो भनेर भन्‍न सकिन्छ। उहाँको व्यवस्थापनको कार्य हजारौं वर्षसम्‍म फैलिने हुँदा, र मिनेट वा सेकेन्डमा, वा आँखाको निमेसमा, वा एक-दुई वर्षमा नगरिने हुँदा, उहाँले मानवजातिको अस्तित्वको लागि आवश्यक धेरै कुराहरूको सृष्टि गर्नुपर्यो, जस्तै सूर्य, चन्द्रमा, सबै किसिमका जीवित प्राणी, खानेकुरा, र बस्‍न योग्य वातावरण। यो परमेश्‍वरको व्यवस्थापनको सुरुवात थियो।

त्यसपछि, परमेश्‍वरले मानवजातिलाई शैतानको हातमा सुम्पनुभयो, अनि मानिस शैतानको राज्य-क्षेत्रमा जियो, जसले बिस्तारै परमेश्‍वरको कार्यको पहिलो चरणमा लग्यो: व्यवस्थाको युगको कथा…। व्यवस्थाको युगको अवधिको हजारौं वर्षमा, मानवजातिलाई व्यवस्थाको युगको मार्गदर्शनप्रति बानी पर्‍यो र उसले यसलाई बेवास्ता गर्‍यो। क्रमिक रूपमा, मानिसले परमेश्‍वरको हेरचाहलाई छोड्दै गयो। त्यसैले, व्यवस्थालाई पछ्याउने क्रममा, तिनीहरूले मूर्तिहरूलाई पनि पुजे र दुष्ट कार्यहरू गरे। तिनीहरू यहोवाको सुरक्षा विहीन थिए, र तिनीहरूले मन्दिरको वेदी अगाडि मात्रै आफ्‍नो जीवन जिए। वास्तवमा, परमेश्‍वरको कार्यले तिनीहरूलाई धेरै पहिले नै छोडिसकेको थियो, र इस्राएलीहरू अझै पनि व्यवस्थामा टाँसिरहेका, र यहोवाको नाम पुकार्ने गरेका साथै, तिनीहरू मात्रै यहोवाका मानिसहरू हुन् र तिनीहरू यहोवाका चुनिएकाहरू हुन् भनेर तिनीहरूले गर्वका साथ विश्‍वास गर्ने गरेका भए तापनि, परमेश्‍वरको महिमाले तिनीहरूलाई चुपचाप छोड्यो …

जब परमेश्‍वरले आफ्‍नो काम गर्नुहुन्छ, उहाँले सधैँ चुपचाप एउटा ठाउँलाई छोड्नुहुन्छ र अर्को ठाउँमा उहाँले सुरु गर्नुभएको कार्यलाई शान्तसाथ अघि बढाउनुहुन्छ। कठोर बनेका मानिसहरूका लागि यो उल्‍लेखनीय देखिन सक्छ। मानिसहरूले सँधै पुरानोलाई मूल्यवान् ठानेर नयाँ, अपरिचित कुराहरूलाई वैमनस्यताको साथ लिने वा तिनलाई घृणित ठान्‍ने गरेका छन्। त्यसैले, परमेश्‍वरले जेसुकै नयाँ काम गर्नुभए तापनि, सुरुदेखि अन्त्यसम्‍मै, यसबारेमा जान्‍ने सबै कुराहरूमध्ये अन्तिममा जान्‍नेचाहिँ मानिस हो।

सँधैझैँ, व्यवस्थाको युगमा गरिएको यहोवाको कामपछि, परमेश्‍वरले दोस्रो चरणको आफ्‍नो नयाँ काम सुरु गर्नुभयो: देहलाई धारण गरेर—मानिसको रूपमा दश-बीस वर्षसम्‍म देहधारी हुनुभएर—अनि विश्‍वासीहरूका बीचमा बोलेर अनि काम गरेर। तैपनि कुनै अपवादविना, कसैले पनि यो थाहा पाएन, अनि प्रभु येशू क्रूसमा टाँगिएर पुनरुत्थान हुनुभएपछि थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गरे। … परमेश्‍वरको कार्यको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्‍नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्‍वरको कार्य पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि उसो, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सामान्य रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्‍वरको अघि आउनको लागि उसको पापहरू त्यस उप्रान्त बाधा बनेन, र यो त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेन। त्यो यसैले हो किनभने परमेश्‍वर स्वयमले वास्तविक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको पूर्वअनुभव बन्‍नुभएको थियो, र परमेश्‍वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र परमेश्‍वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो। त्यसैले, शैतानद्वारा कैदीको रूपमा लगिएपछि, मानिस परमेश्‍वरको अघि उहाँको मुक्तिलाई स्वीकार गर्न एक कदम नजिक आयो। अवश्य नै, कार्यको यो चरण व्यवस्थाको युगको परमेश्‍वरको व्यवस्थापनभन्दा अझै गहन र अझै विकसित थियो।

परमेश्‍वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्‍पिने—परमेश्‍वर को हुनुहुन्छ, सृष्टिकर्ता के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, वा परमेश्‍वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्‍ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्‍वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्‍वरले मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यो काल्‍पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्‍मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ तिनीहरूलाई त्यसको आभास छैन, ब्रम्‍हाण्ड र आकाश मण्डलमा कति वटा कथाहरू पैदा भए तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्। यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्‍मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्‍नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छ भन्‍ने तिनीहरूले बुझ्‍न सक्दैनन्। मानिसको लागि यो समझले नै नभ्याउने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्‍वरले गर्नुभएको मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र आखिरमा मानिस कस्तो भएको परमेश्‍वर चाहनुहुन्छ सो बुझ्दैन। के यो आदम र हव्‍वाजस्तै शैतानद्वारा अत्यन्तै भ्रष्ट गरिनको लागि हो? होइन! परमेश्‍वरको व्यवस्थापनको उद्देश्‍य भनेको परमेश्‍वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको समूहलाई प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले त्यस उप्रान्त शैतानलाई आफ्‍ना पिताका रूपमा हेर्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई पहिचान गर्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नको लागि तिनीहरू परमेश्‍वरको सामु आउँछन्। कुरूप के हो र यो कसरी पवित्रको विपरीत छ त्यसलाई, र परमेश्‍वरको महान्‌ता र शैतानको दुष्टतालाई पहिचान गर्न तिनीहरूले जान्दछन्। यस्ता मानवजातिले त्यस उप्रान्त शैतानको निम्ति काम गर्ने, वा शैतानको आराधना गर्ने वा शैतानलाई पवित्र मान्‍ने छैन। यो त्यसैले हो किनभने तिनीहरू परमेश्‍वरले साँच्‍चै प्राप्त गर्नुभएका मानिसहरूका समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको महत्त्व यही नै हो। यस पटकको परमेश्‍वरको व्यवस्थापनको कार्यको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्‍वरको मुक्ति दुवैको लक्षित पात्र हो, र मानिस त्यो उपज हो जसको लागि परमेश्‍वर र शैतानले लडाइ गरिरहेको छ। परमेश्‍वरले आफ्‍नो काम गर्ने क्रममा, उहाँले मानिसलाई क्रमिक रूपमा शैतानको हातबाट पुन: प्राप्ति गर्दैहुनुहुन्छ, र त्यसकारण मानिस परमेश्‍वरको झन्-झन् नजिक आउँछ …

त्यसपछि राज्यको युग आयो, जुनचाहिँ कामको अझै व्यवहारिक चरण हो, र तैपनि यो मानिसले स्वीकार गर्नको लागि सबैभन्दा कठिन छ। यसको कारण के हो भने, मानिस जति परमेश्‍वरको नजिक आउँछ, परमेश्‍वरको लौरो त्यति नै मानिसको नजिक आउँछ, र परमेश्‍वरको मुहार मानिसको निम्ति त्यति नै स्पष्ट रूपमा प्रकट हुन्छ। मानिसको छुटकारापछि, मानिस आधिकारिक रूपमै परमेश्‍वरको परिवारमा फर्किन्छ। अहिले नै आनन्द गर्ने समय हो भन्‍ने मानिसले सोच्यो, तैपनि उसले परमेश्‍वरको पूर्ण प्रहार पाउँछ, जुन कस्तो छ भन्‍ने कुरा कसैले पनि पहिले देख्‍न सकेन: के देखिन्छ भने, यो परमेश्‍वरका मानिसहरूले “आनन्द” लिनुपर्ने बप्तिस्मा हो। त्यस्तो व्यवहार गरिँदा, मानिसहरूले रोकिएर आफ्‍नो बारेमा यस्तो विचार गर्ने बाहेक कुनै विकल्‍प हुँदैन, “म धेरै वर्षसम्‍म हराएको थुमा हुँ जसलाई खरिद गरेर फर्काउन परमेश्‍वरले धेरै खर्च गर्नुभयो, त्यसैले परमेश्‍वरले किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? के यो मप्रति हाँस्‍ने, र मलाई खुलासा गर्ने परमेश्‍वरको तरिका हो? …” वर्षौं बितेपछि, शोधन र सजायको कष्ट अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ। मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्‍न पुगेको छ, र मानवजातिलाई मुक्त गर्ने परमेश्‍वरको वर्षौंको लगाबलाई बुझ्‍न पुगेको छ। मानिसले उसको आफ्‍नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ। ऊ कति असभ्य छ त्यस कुरा, परमेश्‍वरप्रतिको उसका सबै गलत बुझाइहरू, र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्, र परमेश्‍वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउँछ र … उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ, अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्‍ने पत्ता लगाउन, ऊ खडा भएर सर्वशक्तिमान्‌को अनुहारमा हेर्छ। उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिप्रति चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्‍भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ, तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको बहकाउलाई सुन्दैन र त्यस उप्रान्त यहोवाको नजरबाट फर्कँदैन। मानिस परमेश्‍वरको अघि घुँडा टेक्छ, परमेश्‍वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ, र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

परमेश्‍वरको प्रेम र करुणाले उहाँको व्यवस्थापन कार्यको प्रत्येक र हरेक विवरणलाई भिजाउँछ, र मानिसहरूले परमेश्‍वरका असल अभिप्रायहरूलाई बुझ्‍न सके पनि वा नसके पनि, आफूले पूरा गर्ने भनी तय गर्नुभएको कामलाई उहाँले अझै अथक रूपमा गरिरहनुभएको छ। परमेश्‍वरको व्यवस्थापनको बारेमा मानिसहरूले जति नै धेरै किन नबुझोस्, परमेश्‍वरको कार्यले मानिसकहाँ ल्याएको सहयोग र लाभहरूलाई हरेकले सराहना गर्न सक्छन्। सायद, आजको दिनमा, परमेश्‍वरले प्रदान गर्नुभएको कुनै पनि प्रेम वा जीवनको अनुभव तैँले गरेको छैनस् होला, तर जब सम्‍म तैँले परमेश्‍वरलाई त्याग्दैनस् र सत्यताको खोजी गर्ने तेरो संकल्पलाई त्याग्दैनस्, तब परमेश्‍वरको मुस्कान तँलाई प्रकट गर्ने दिन आउनेछ। किनभने परमेश्‍वरको व्यवस्थापन कार्यको लक्ष्य भनेको शैतानको राज्य-क्षेत्रमा रहेका मानिसहरूलाई पुन: प्राप्ति गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्‍वरको विरोध गर्ने मानिसहरूलाई त्याग्‍न होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१७

सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्‍ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरो इच्छा पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्‍ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको कार्य भनेको मानिसलाई राम्रोसँग मेरो आज्ञा पालन गर्न सक्षम पार्नु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अधिक प्रभावकारी रूपमा परिवर्तन हुन दिनु हो। म जे गर्छु त्यो मेरो व्यवस्थापनको खातिर नै हुने भएकोले, मैले कहिल्यै पनि कुनै काम मानिसका लागि फाइदा नहुने गरी गरेको छैन, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो आज्ञाकारी बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्‍ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; मैले अन्यजातिहरूका बीचमा पूरा गर्दै गरेको कार्य यही हो। अहिले समेत, धेरै मानिसहरूले अझै पनि मेरो व्यवस्थापनलाई बुझ्दैनन्‌, किनभने उनीहरूले त्यस्ता कुराहरूमा रुचि राख्दैनन्‌, र आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने तापनि, उनीहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्‌, यसको सट्टामा उनीहरूको आफ्नै भोलिका गन्तव्यमा मात्रै पूर्ण रूपमा ध्यान केन्द्रित गर्दै रहन्छन्‌। यदि यस्तै कुरा जारी रहन्छ भने, मेरो कामको विस्तार कसरी हुनेछ? मेरो सुसमाचार कसरी सारा संसारभरि फैलाउन सकिन्छ? याद गर कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई तितरबितर पार्नेछु, र जसरी यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभयो त्यसरी नै तिमीहरूलाई पनि प्रहार गर्नेछु। यी सबै कुराहरू हुनेछन् ताकि मेरो सुसमाचार पृथ्वीभरि फैलिन सकोस्, ताकि मेरो काम अन्यजातिहरूसम्म विस्तार हुन सकोस्‌, ताकि मेरो नाम साना-ठूला सबैले समान रूपले उचाल्न सकून्, र मेरो पवित्र नाम सबै कुलहरू र जातिहरूका मानिसहरूको मुखमा उच्च होस्। यसो हुन्छ ताकि यो अन्तिम युगमा अन्यजातिहरूको माझ मेरो नाम उचालिओस्, ताकि अन्यजातिहरूले मेरा कामहरू देखेर तिनीहरूले मलाई मेरो कामको खातिर सर्वशक्तिमान् भनेर बोलाउन सकून्, ताकि मेरा वचनहरू छिटै पूरा हुन सकून्। म इस्राएलीहरूका मात्र होइन, तर मैले श्रापित तुल्‍याइएकाहरू लगायत, सबै अन्यजातिहरूका पनि परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझाउनेछु। म सारा सृष्टिको परमेश्‍वर हुँ भनेर म सबै मानिसहरूलाई बुझ्न लगाउनेछु। मेरो सबैभन्दा महान् काम, आखिरी दिनहरूको लागि मेरो कार्य योजनाको उद्देश्य, र आखिरी दिनहरूमा पूरा गर्नुपर्ने एउटै काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१८

आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो व्यवस्थापनको सम्पूर्ण रहस्य प्रकट गरेको छु, र मानिसले मेरो कामको उद्देश्य जानिसकेको छ, र यति मात्र होइन, मेरा सबै रहस्यहरू बुझ्न पुगेको छ। मैले मानिसलाई पहिले नै त्यो गन्तव्यको बारेमा सबै कुरा बताइसकेको छु, जसको बारेमा उसले चासो राख्छ। मैले मानिसका लागि पहिले नै मेरा सबै रहस्यहरू, अर्थात् ५,९०० वर्षदेखि लुकाइएका रहस्यहरू उजागर गरिसकेको छु। यहोवा को हुनुहुन्छ? मसीह को हुनुहुन्छ? येशू को हुनुहुन्छ? तिमीहरूलाई यो सबै थाहा हुनुपर्छ। मेरो काम यी नामहरूमाथि निर्भर रहन्छ। के तिमीहरूले त्यो बुझेका छौ? मेरो पवित्र नाम कसरी घोषणा गरिनुपर्छ? मलाई मेरा कुनै पनि नामहरूले बोलाउने ती अन्यजातिहरू समक्ष कसरी मेरो नाम फैलाउनुपर्छ? मेरो काम विस्तार हुँदैछ, र म यसको सम्पूर्णता कुनै पनि र सबै जातिहरूमा फैलाउनेछु। मेरो काम तिमीहरूमा गरिसकिएको हुनाले, जसरी यहोवाले इस्राएलमा दाऊदका घरानाका गोठालाहरूलाई प्रहार गर्नुभएको थियो त्यसरी नै म पनि तिमीहरूलाई हरेक जातिमा तितरबितर हुने गरी प्रहार गर्नेछु। किनकि आखिरी दिनहरूमा म सबै जातिहरूलाई टुक्रा-टुक्रा हुने गरी चकनाचूर पार्नेछु र त्यहाँका मानिसहरूलाई नयाँ प्रकारले वितरित हुन लगाउनेछु। जब म फेरि फर्कन्छु, जातिहरू पहिले नै मेरो जलिरहेको ज्वालाद्वारा तय गरिएको सीमामा विभाजित भइसकेका हुनेछन्। कुनै बेला जसरी म, यहोवा, यहूदी कुलहरूको बीच हिँडे त्यस बेला पनि म आफैलाई मानवजातिकहाँ तिनीहरूले कहिल्यै नदेखेका पवित्र परमेश्‍वरको स्वरूपमा तिनीहरूका बीचमा खुल्ला रूपमा प्रकट गर्दै, बहुसङ्ख्यक जातिहरूको बीचमा हिँड्दै, चर्को घाम झैँ नयाँ गरी प्रकट गर्नेछु। तत्पश्चात्‌, म मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा अगुवाइ गर्नेछु। त्यहाँ तिनीहरूले पक्कै मेरो महिमा देख्नेछन्, र तिनीहरूको जीवनमा अगुवाइ गर्न तिनीहरूले पक्कै पनि आकाशमा बादलको खम्बा देख्नेछन्, किनकि म पवित्र स्थानहरूमा प्रकट हुनेछु। मानिसले मेरो धार्मिकताको दिन र मेरो महिमित प्रकटीकरण पनि देख्नेछ। मैले सारा पृथ्वीमाथि शासन गरेर मेरा धेरै पुत्रहरूलाई महिमामा ल्याएपछि त्यसो हुनेछ। पृथ्वीमा जताततै, मानिसहरू झुक्नेछन्, र मेरो पवित्र वासस्थान मैले आज गरेको कार्यको जगमाथि दृढताका साथ मानवजातिको बीचमा खडा हुनेछ। मानिसहरूले मन्दिरमा पनि मेरो सेवा गर्नेछन्। फोहोर र घृणित चीजहरूले ढाकिएको वेदीलाई म टुक्राटुक्रा पार्नेछु र नयाँ बनाउनेछु। नवजात थुमाहरू र बाछोहरूलाई पवित्र वेदीमा जम्मा पार्नेछु। म आजको मन्दिर भत्काउनेछु र नयाँ मन्दिर निर्माण गर्नेछु। घृणित मानिसहरूले भरिएको अहिले खडा रहेको मन्दिरलाई नष्ट गरिनेछ, र मैले बनाएको त्यस मन्दिर मप्रति वफादार सेवकहरूले भरिनेछन्। उनीहरू फेरि मेरो मन्दिरको महिमाको लागि खडा हुनेछन् र मेरो सेवा गर्नेछन्। तिमीहरूले पक्कै पनि त्यो दिन देख्नेछौ जुन दिन म ठूलो महिमा प्राप्त गर्छु, र तिमीहरूले त्यो दिन पक्कै देख्नेछौ जब म मन्दिर भत्काउनेछु र नयाँ निर्माण गर्नेछु। साथै, तिमीहरूले पक्कै पनि मेरो पवित्र-वासस्थान मानिसहरूको संसारमा आएको दिन देख्नेछौ। जसरी म मन्दिरलाई भत्काउनेछु, त्यसरी नै म आफ्नो पवित्र-वासस्थानलाई मानिसहरूको संसारमा ल्याउनेछु, त्यो तिनीहरूले म तल ओर्लेको देखेजस्तै हुनेछ। मैले सबै जातिहरूलाई धूलोपीठो बनाएपछि, म तिनीहरूलाई नयाँ गरी समेट्नेछु, तत्पश्चात्, मेरो मन्दिर निर्माण र मेरो वेदी स्थापित गर्नेछु, ताकि सबैले मलाई बलिदान चढाउन, मेरो मन्दिरमा मेरो सेवा गर्न, र अन्यजातिहरूमा गरिएको मेरो कामप्रति तिनीहरू विश्‍वासयोग्य रूपमा समर्पित हुन सकून्‌। तिनीहरू पूजाहारीको पोसाक र मुकुटले सुसज्जित भएर, तिनीहरूको माझमा मेरो, यहोवाको, प्रताप हुन्छ, र मेरा वैभव तिनीहरूमाथि परिभ्रमण गर्दै र तिनीहरूसँग साथसाथै रहँदै गर्दा तिनीहरू वर्तमान दिनका इस्राएलीहरू जस्तै हुनेछन्। अन्यजातिहरूमा पनि मेरो काम त्यस्तै गरी कार्यान्वयन हुनेछ। मेरो काम इस्राएलमा जस्तो थियो, त्यस्तै काम अन्यजातिहरूमा पनि हुनेछ, किनभने म मेरो काम इस्राएलमा विस्तार गर्नेछु र अन्यजातिहरूमा फैलाउनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश २१९

मेरो आत्माले महान् कार्य गर्ने समय, र अन्यजातिहरूमा मैले मेरो कार्य सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सृष्टि गरिएका सबै प्राणीहरू प्रत्येकलाई त्यसको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो र प्रभावकारी ढङ्गले अगाडि बढ्न सकोस्। त्यसैले, म तिमीहरूलाई के भन्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्णतालाई मेरा सबै काममा अर्पण गर्‌, अनि, यसको साथै, मैले तँमा गरेका मेरा सबै कामलाई तैँले स्पष्ट रूपमा छुट्या र निश्चित बन, र तैँले आफ्नो सम्पूर्ण शक्ति मेरो काममा लगा, ताकि यो अधिक प्रभावशाली बन्न सकोस्‌। यो कुरा तैँले बुझ्नुपर्छ। आपसमा झगडा गर्ने, पछि हट्ने बाटो खोज्ने, वा शारीरिक सुख-विलासहरू खोज्ने जस्ता कार्यहरूबाट टाढा बस्, जसले मेरो कामलाई सुस्त गर्छ, र तेरो सुन्दर भविष्यलाई सुस्त गर्छ। तँलाई जोगाउनु त कता हो कता, यस्ता कार्यले तँमाथि विनाश निम्त्याउनेछ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लोभिएर जुन खुसीमा भुल्छस्‌, तेरो भविष्यलाई बिगार्ने त्यही कुरा हो, जबकी तैँले जुन दुःख आज भोग्छस्‌, तेरो रक्षा गर्ने त्यही कुरा हो। तँ यी चीजहरूका बारे स्पष्ट रूपमा सजग हुनुपर्छ, ताकि कडा परिश्रम गरेर पनि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र भूललाई घाम नै देख्न नसकिने बाक्लो कुहिरोभित्र लुकाउने कार्यबाट पछि हट्न सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफैलाई न्यायको महान् दिनमा रहेको पाउनेछस्‌। त्यस समयसम्म, मेरो दिन मानिस जातिको नजिक आउँदै गरेको हुनेछ। तँ कसरी मेरो न्यायबाट उम्कनेछस्‌? तैँले कसरी सूर्यको चर्को तापलाई सहन सक्‍नेछस्‌? जब म मानिसलाई मेरो प्रशस्तता दिन्छु, उसले यसलाई आफ्नो छातीमा कदर गरी राख्दैन, तर यसलाई कसैले पनि नदेख्‍ने ठाउँमा फाल्छ। जब मेरो दिन मानिसमाथि आउँछ, उसले उप्रान्त मेरो प्रशस्तता पत्ता लगाउन सक्दैन, वा धेरै अघि मैले उसलाई भनेका सत्यका तीता वचनहरू भेट्टाउन सक्दैन। ऊ विलाप गर्नेछ र रुनेछ, किनभने उसले ज्योतिको उज्यालो गुमाइसकेको हुन्छ र ऊ अन्धकारमा फसिसकेको हुन्छ। आज तिमीहरूले जे देख्दैछौ त्यो मेरो मुखको धारिलो तरबार मात्र हो। तिमीहरूले मेरो हातमा भएको डन्डा वा मानिसलाई जलाउने आगोको ज्वाला देखेका छैनौ, र यसैले मेरो उपस्थितिमा तिमीहरू अझै पनि अहङ्कारी र असंयमित छौ। यसैले तिमीहरूको मानवीय जिब्रोले मेरो मुखबाट निस्केका कुराहरूसँग बहस गर्दै तिमीहरू अझै मसँग मेरो घरमा झगडा गर्छौ। मानिस मसँग डराउँदैन, र उसले आफूलाई आज पनि मसँगको दुस्मनीमा खडा गरेको भए तापनि, ऊ कुनै त्रास बिना नै रहन्छ। तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोह एकदमै धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका वचनहरू र व्यवहारहरूलाई जलाउनु र शुद्ध पार्नु हो। यस प्रकारले,[क] जब म पृथ्वी छोड्छु, मानिसहरूले पृथ्वीमा मेरा कामहरू पूर्ण नहुन्जेलसम्मै त्यसलाई जारी राख्दै अझै पनि मप्रति आफ्नो बफादारीता कायम राख्नेछन्, र अझै पनि मेरा पवित्र सेवकहरूले मेरो काममा सेवा गरेजस्तै गरी सेवा गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

फूटनोट:

क. मूल पाठमा “यस प्रकारले” भन्‍ने वाक्यांश समावेश छैन।


परमेश्‍वरका दैनिक वचनहरू  अंश २२०

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले अझै उहाँका वाणीहरू अनुसरण गर्दै अघि बढ्नुपर्छ, र भविष्यमा परमेश्‍वरका वाणीहरूले मानिसको जीवनलाई अझै कनानको राम्रो भूमिमा प्रत्यक्ष डोर्याउनेछ। जब मोशा उजाड स्थानमा थिए, परमेश्‍वरले तिनलाई प्रत्यक्ष निर्देशन दिनुभयो र तिनीसँग कुरा गर्नुभयो। स्वर्गबाट परमेश्‍वरले मानिसहरूको उपभोगका लागि खाना, पानी र मन्न पठाइदिनुभयो, र यो आज पनि यस्तै छ: परमेश्‍वरले व्यक्तिगत रूपमा खाने र पिउने चीजहरू मानिसहरूको उपभोगका लागि पठाइदिनुभएको छ, र उहाँले व्यक्तिगत रूपमा मानिसहरूलाई सजाय दिन श्राप पठाउनुभएको छ। त्यसरी नै, परमेश्‍वरले उहाँको कामको हरेक चरण व्यक्तिगत तवरमा गर्नुहुन्छ। आज, मानिसहरू तथ्यहरूको घटना खोजी गर्दछन्, तिनीहरूले चिन्‍ह र अचम्‍मका कामहरू खोज्छन्, र यो सम्भव छ कि त्यस्ता सबै मानिसहरूलाई हटाइनेछ, किनकि परमेश्‍वरको काम बढ्दो रूपमा व्यावहारिक हुँदै गइरहेको छ। परमेश्‍वर स्वर्गबाट ओर्लनुभएको कसैलाई थाहा छैन, परमेश्‍वरले खाना र औषधीहरू स्वर्गबाट पठाउनुभएको कुरामा पनि उनीहरू अन्जान छन्—तर परमेश्‍वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ, र मानिसहरूले कल्पना गर्ने सहस्राब्दीय राज्यका उत्तेजक दृश्यहरू पनि परमेश्‍वरका व्यक्तिगत वाणी हुन्। तथ्य यही हो, र केवल यसलाई नै पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नु भनेर भनिन्छ। पृथ्वीमा परमेश्‍वरसँग शासन गर्नुले देहलाई जनाउँछ। जो देहबाट बनेको छैन त्यो पृथ्वीमा अस्तित्वमा रहँदैन, र यसरी तेस्रो स्वर्ग जाने कुरामा ध्यान केन्द्रित गर्ने सबै व्यर्थमा त्यसो गर्छन्। एक दिन, जब सम्पूर्ण ब्रह्माण्ड परमेश्‍वरमा फर्कन्छ, सम्पूर्ण ब्रह्माण्डभरि उहाँको कामको केन्द्रले उहाँका वाणीहरूको अनुसरण गर्दछ; अन्त कतै, परमेश्‍वरका वाणीहरू लिन कोही मानिसले टेलिफोन प्रयोग गर्नेछन्, कोही हवाईजहाज चढ्नेछन्, कोही समुद्र तर्न डुङ्गा चढ्नेछन्, र कोहीले लेजरहरूको प्रयोग गर्नेछन्। हरेकले आराधना गर्नेछन्, र उत्कट अभिलाषा राख्नेछन्, तिनीहरू सबै परमेश्‍वरको निकट आउनेछन्, र परमेश्‍वरतर्फ भेला हुनेछन्, र सबैले परमेश्‍वरको आराधना गर्नेछन्—र यी सबै परमेश्‍वरका कार्यहरू हुनेछन्। यो कुरालाई याद राख! परमेश्‍वरले अवश्य नै अरू कतै फेरि कहिल्यै सुरु गर्नुहुनेछैन। परमेश्‍वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्‍वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्‍नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्‍नेछ, अनि आजका परमेश्‍वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्। परमेश्‍वरका कार्यहरू प्रकट हुने र परमेश्‍वरले महिमा प्राप्त गर्ने समय त्यही नै हुनेछ; ब्रह्माण्डका सारा मानिसहरूले यस अतुलनीय “मानव” को आराधना गर्नेछन्। के यो परमेश्‍वरको महिमाको दिन हुनेछैन र? एक दिन, वृद्ध पाष्टरहरूले जीवित पानीको मुहानबाट पानी खोज्न टेलिग्राम पठाउनेछन्। तिनीहरू वृद्ध हुनेछन्, तैपनि तिनीहरू यस व्यक्तिलाई आराधना गर्न आउनेछन्, जसलाई उनीहरूले घृणा गर्थे। तिनीहरूले उहाँलाई आफ्ना मुखले स्वीकार गर्नेछन् र आफ्ना हृदयले उहाँलाई भरोसा गर्नेछन्—के यो कुनै चिन्‍ह र अचम्‍मको काम होइन र? जब सम्पूर्ण राज्य आनन्दित हुन्छ, त्यो परमेश्‍वरको महिमाको दिन हुनेछ, अनि जो-कोही तिमीहरूकहाँ आउँछन् र परमेश्‍वरको सुखद समाचार ग्रहण गर्छन्, उनीहरूले परमेश्‍वरबाट आशीर्वाद पाउनेछन्, र ती देशहरू तथा मानिसहरू जसले त्यसो गर्छन् उनीहरूले परमेश्‍वरबाट आशीर्वाद एवं हेरचाह पाउनेछन्। भविष्यको दिशा यस्तो हुनेछ: जसले परमेश्‍वरको मुखबाट वाणी प्राप्त गर्दछन् उनीहरूले पृथ्वीमा हिँड्ने मार्ग पाउनेछन्, र तिनीहरू व्यापारी वा वैज्ञानिक, वा शिक्षाविद् वा उद्योगपतिहरू जो भएपनि, परमेश्‍वरका वचनरहित हुनेहरूलाई एक कदम चाल्न पनि कठिन हुनेछ, र साँचो मार्ग खोज्न बाध्य हुनेछन्। यसको अर्थ यही हो, “सत्यताद्वारा तँ सारा संसार हिँड्नेछस्; सत्यताविना तँ कहीँ पनि पुग्नेछैनस्।” तथ्यहरू यस प्रकार छन्: परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डलाई चलाउन तथा मानवजातिमाथि शासन गर्न र विजय प्राप्त गर्न मार्ग (जसको अर्थ उहाँका सबै वचनहरू हुन्) प्रयोग गर्नुहुनेछ। परमेश्‍वरले कार्य गर्ने माध्यमहरूमा ठूलो परिवर्तन हुनेछ भन्‍ने मानिसहरूले सँधै आशा गरिरहेका छन्। स्पष्ट रूपमा भन्नुपर्दा, वचनहरू मार्फत नै परमेश्‍वरले मानिसहरूलाई नियन्त्रण गर्नुहुन्छ, र तैँले चाहे पनि वा नचाहे पनि उहाँले भनेको गर्नै पर्छ; यो एक वस्तुनिष्ठ तथ्य हो, र यसलाई सबैले पालना गर्नै पर्दछ, र त्यसैले पनि, यो अपरिवर्तनीय छ, र सबैलाई थाहा छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२१

परमेश्‍वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के हो भने, यदि परमेश्‍वरको काम सम्पूर्ण ब्रह्माण्डमा फैलिनु छ भने, उहाँका वचनहरू फैलिनै पर्छ। परमेश्‍वरको महिमाको दिनमा, परमेश्‍वरका वचनहरूले आफ्नो शक्ति र अख्तियार देखाउनेछन्। अनन्त कालदेखि आजसम्मका उहाँका हरेक वचनहरू पूरा हुनेछन्। यसप्रकार, पृथ्वीमा परमेश्‍वरको महिमा हुनेछ—अर्थात, उहाँका वचनहरूले पृथ्वीमा शासन गर्नेछन्। सबै दुष्टहरूलाई परमेश्‍वरको मुखबाट निस्केका वचनहरूद्वारा सजाय दिइनेछ, सबै धर्मीहरू उहाँको मुखबाट निस्केका वचनद्वारा आशिषित हुनेछन्, र उहाँको मुखबाट निस्केका वचनहरूद्वारा सबै स्थापित हुनेछन् र पूर्ण पारिनेछन्। न त उहाँले कुनै सङ्केत वा चमत्कारहरू व्यक्त गर्नुहुनेछ; उहाँका वचनले सबै पूरा गर्नेछन्, र उहाँका वचनले तथ्यहरू उत्पन्न गर्दछन्। पृथ्वीमा भएका हरेकले परमेश्‍वरका वचनहरूको उत्सव मनाउनेछन्, चाहे तिनीहरू वयस्क हुन् वा बच्चा, पुरुष, महिला, वृद्ध वा जवान हुन्, सबै मानिसहरू परमेश्‍वरका वचनको अधीनमा समर्पित हुनेछन्। परमेश्‍वरका वचनहरू मानिसले पृथ्वीमा स्पष्ट र जीवन्त रूपमा देख्ने गरी देहमा देखा पर्दछन्। परमेश्‍वर देह बन्नुहुन्छ भन्नुको अर्थ यही हो। मुख्यतः “परमेश्‍वर शरीर बन्नुहुन्छ” भन्‍ने तथ्यलाई पूरा गर्न परमेश्‍वर यस पृथ्वीमा आउनुभएको हो, भन्नुको तात्पर्य, उहाँ आफ्ना वचनहरू शरीरबाट जारी गर्न सकियोस् भनेर आउनुभएको हो (पुरानो नियममा मोशाको समय जस्तो होइन, जब परमेश्‍वरको आवाज आकाशबाट प्रत्यक्ष जारी भयो)। त्यस पछि, उहाँका सबै वचनहरू सहस्राब्दीय राज्यको युगको अवधिमा पूरा हुनेछन्, तिनीहरू मानव आँखाको सामु देखिने तथ्यहरू बन्नेछन्, र तिनलाई मानिसहरूले आफ्नै आँखा प्रयोग गरेर अलिकति भिन्‍नताविना देख्नेछन्। परमेश्‍वरको देहधारणको सर्वोच्च अर्थ यही हो। अर्थात, आत्माको काम देह र वचनहरू मार्फत पूरा हुन्छ। “परमेश्‍वर शरीर बन्नुहुन्छ” र “शरीरमा परमेश्‍वर देखा पर्नु” भन्नुको सही अर्थ यही हो। परमेश्‍वरले मात्रै आत्माको इच्छा बताउन सक्नुहुन्छ, र देहका परमेश्‍वर मात्र आत्माको तर्फबाट बोल्न सक्नुहुन्छ; परमेश्‍वरका वचनहरू देहधारी परमेश्‍वरमा स्पष्ट पारिन्छन्, र अरू हरेक व्यक्ति तिनैबाट निर्देशित हुन्छन्। कोही पनि स्वतन्त्र छैन, तिनीहरू सबै यस दायराभित्र छन्। यी वाणीहरूबाट मात्र मानिस सचेत हुन सक्छन्; यस तरिकाले प्राप्त नगर्नेहरूले यदि स्वर्गबाट वाणीहरू पाउन सक्छौं भन्‍ने सोच्छन् भने, उनीहरूले दिवास्वप्न देखिरहेका छन्। देहधारी परमेश्‍वरको देहमा यस्तो अख्तियार प्रदर्शन हुन्छ, जसले गर्दा सबैले पूर्ण भरोसाका साथ यसमा विश्‍वास गर्छन्। सबैभन्दा आदरणीय विज्ञहरू र धार्मिक पाष्टरहरूले पनि यी वचनहरू बोल्न सक्दैनन्। उनीहरू सबै तिनका मुनि समर्पित हुनुपर्दछ, र कोही अर्को सुरुवात गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरले ब्रह्माण्ड विजय गर्न वचनहरू प्रयोग गर्नुहुनेछ। उहाँले सम्पूर्ण ब्रह्माण्डका सबै मानिसलाई जित्‍न यो काम आफ्नो देहधारी शरीरले गर्नुहुनेछैन, तर देहधारी परमेश्‍वरको मुखबाट निस्केका वचनहरू प्रयोग गरेर गर्नुहुन्छ; परमेश्‍वर शरीर हुनु भनेको यही मात्रै हो, र परमेश्‍वर शरीरमा देखा पर्नुहुन्छ भन्‍ने यही मात्रै हो। सम्भवतः, मानिसहरूलाई यस्तो लाग्न सक्छ कि परमेश्‍वरले धेरै काम गर्नुभएको छैन—तर परमेश्‍वरले उहाँका वचन उच्चारण गर्नु मात्र पर्छ, र उनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन् र अचम्मित हुनेछन्। तथ्य बिना, मानिसहरू चिच्याउँछन् र चीत्कार गर्दछन्; परमेश्‍वरका वचनहरूले उनीहरू शान्त हुन्छन्। परमेश्‍वरले यस तथ्यलाई अवश्य पूरा गर्नुहुनेछ, किनकि यो परमेश्‍वरको दीर्घ-स्थापित योजना हो: पृथ्वीमा वचनको आगमनको तथ्यलाई पूरा गर्ने। वास्तवमा, मैले व्याख्या गर्नु आवश्यक छैन—पृथ्वीमा सहस्राब्दीय राज्यको आगमन हुनु भनेको पृथ्वीमा परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। स्वर्गबाट नयाँ यरूशलेममा ओर्लनु भनेको मानिसको बीचमा बस्न, मानिसको हरेक कार्य र उसको सबै आन्तरिक विचारहरूमा साथ दिनका लागि परमेश्‍वरका वचनहरूको आगमन हुनु हो। यो पनि परमेश्‍वरले पूरा गर्नुहुने तथ्य नै हो; यो सहस्राब्दीय राज्यको सौन्दर्य हो। यो परमेश्‍वरले बनाउनुभएको योजना हो: उहाँका वचनहरू पृथ्वीमा एक हजार वर्षको लागि देखा पर्नेछन्, र तिनले उहाँका सबै कार्यहरू प्रकट गर्नेछन्, र पृथ्वीमा उहाँका सबै कामहरू पूरा गर्नेछन्, त्यसपछि मानवजातिको यो चरणको अन्त्य हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२२

जब पृथ्वीमा सिनिम पूरा हुन्छ—जब राज्य पूरा हुन्छ—त्यसबेला पृथ्वीमा फेरि युद्ध हुनेछैन; तब फेरि कहिल्यै पनि अनिकाल, महामारी, र भूकम्पहरू हुनेछैनन्; मानिसहरूले हतियारहरू उत्पादन गर्न छोड्नेछन्; सबै जना शान्ति र स्थिरतामा जिउनेछन्; र मानिसहरूमाझ सामान्य व्यवहार हुनेछ, र देशहरूबीच सामान्य व्यवहार हुनेछ। तापनि वर्तमानसँग त्यसको कुनै तुलना हुँदैन। आकाशमुनिका सबै थोक कोलाहलमा छन्, र हरेक देशमा बिस्तारै शासन परिवर्तन हुनथालेको छ। परमेश्‍वरका वाणीहरूको फलस्वरूप मानिसहरू बिस्तारै परिवर्तन हुँदैछन्, र आन्तरिक रूपमा प्रत्येक देश बिस्तारै ध्वस्त हुँदैछ। बेबिलोनका स्थिर जगहरू बालुवाको महलजस्तै हल्लिन थाल्छन् र परमेश्‍वरको इच्छा परिवर्तन हुँदै जाँदा थाहै नपाई संसारमा ठूलो परिवर्तन हुन्छ, अनि कुनै पनि समय हरप्रकारका चिह्नहरू देखा पर्छन्, त्यसले मानिसहरूलाई संसारको अन्तिम दिन आइपुगेको छ भनी देखाउँछन्! परमेश्‍वरको योजना यही हो; उहाँले काम गर्नुहुने चरणहरू यिनै हुन्, र प्रत्येक देश निश्चय टुक्रा-टुक्रा हुनेछ। प्राचीन सदोम दोस्रो पटक नाश हुनेछ, र त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ!” परमेश्‍वरबाहेक अरू कसैले पनि यो पूर्ण रूपले बुझ्न सक्दैन, आखिर जे भए पनि मानिसको चेतना सीमित छ। उदाहरणको लागि, आन्तरिक मामिला मन्त्रीहरूलाई वर्तमान परिस्थितिहरू अस्थिर र कोलाहलमय छन् भनी थाहा हुन सक्छ, तर ती समाधान गर्न तिनीहरू असक्षम हुन्छन्। तिनीहरूले आफ्नो शिर उच्च हुने, सूर्य एकचोटि फेरि पूर्वबाट उदाएर, देशभरि चम्कने र मामिलाहरूको यस दयनीय अवस्थालाई उल्टाउने दिनको आशा गर्दै तिनीहरू जे हुँदैछ, त्यसैसँग अगाडि मात्र बढ्न सक्छन्। तापनि, सूर्य फेरि दोस्रो पटक उदाउँदा त्यसको उद्देश्य भनेको पुरानो व्यवस्थालाई पुनर्स्थापित गर्नु होइन भन्‍ने तिनीहरूलाई अत्तोपत्तो हुँदैन—यो एउटा पुनर्जागरण हो, एउटा पूर्ण परिवर्तन हो। सारा ब्रह्माण्डको लागि परमेश्‍वरको योजना यस्तै छ। उहाँले नयाँ संसार ल्याउनुहुनेछ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले पहिले मानिसलाई नवीकरण गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २२ र २३

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२३

संसारमा, भूकम्‍पहरू जानु विपत्तिको सुरुवात हो। सुरुमा म संसार अर्थात् पृथ्वीलाई परिवर्तन गर्छु, त्यसपछि केही महामारी र अनिकाल ल्याउँछु। मेरो योजना यही हो, र मैले अपनाउने चरणहरू यिनै हुन्, अनि मेरो व्यवस्थापन योजनालाई पूरा गर्नको लागि म सबै कुरालाई मेरो सेवाको निम्ति परिचालन गर्नेछु। यसरी, मेरो प्रत्यक्ष हस्तक्षेपविना पनि सम्पूर्ण ब्रह्माण्ड नष्‍ट हुनेछ। मैले पहिलो पटक देहधारण गर्दा र म क्रूसमा टाँगिदा, पृथ्वी भयङ्कर रूपले कम्पित भएको थियो, र अन्त्य आउँदा पनि यस्तै नै हुनेछ। मैले देहबाट आत्मिक क्षेत्रमा प्रवेश गर्नेबित्तिकै भूकम्पहरू सुरु हुनेछन्। यसरी, ज्येष्ठ पुत्रहरूले बिलकुलै विपत्तिहरूको कष्‍ट भोग्नेछैनन्, जबकि जो ज्येष्ठ पुत्रहरू होइनन् तिनीहरूलाई भने विपत्तिमाझ कष्‍ट सहन छोडिनेछ। त्यसकारण, मानव दृष्टिकोणबाट हरेक व्यक्ति जेठो छोरो बन्न इच्छुक छन्। मानिसहरूको पूर्वबोधमा, यो आशिष्‌को आनन्द लिनको लागि होइन, बरु विपत्तिको कष्‍टबाट उम्कनको लागि हो। यो ठूलो रातो अजिङ्गरको चाल हो। तथापि, म यसलाई कहिल्यै पनि त्यसै भाग्न दिनेछैनँ; म यसलाई मेरो कठोर दण्ड भोग्न लगाउनेछु र मेरो निम्ति खडा हुन र मलाई सेवा प्रदान गर्न लगाउनेछु (यसले मेरा छोराहरू र मेरा मानिसहरूलाई पूर्ण बनाउने कार्यलाई जनाउँछ), र यसरी यसलाई सदासर्वदा आफ्नै षड्ययन्त्रको जालमा आफै पर्ने, सदासर्वदा मेरो न्याय स्वीकार गर्ने, र सदासर्वदा मद्वारा जलाइने तुल्याउँछु। सेवाकर्ताहरूलाई मेरो प्रशंसा गर्न लगाउनुको साँचो अर्थ यही हो (यसको मतलब, मेरो महान् शक्ति प्रकट गर्नको लागि तिनीहरूलाई प्रयोग गर्नु हो)। म ठूलो रातो अजिङ्गरलाई मेरो राज्यमा लुसुक्क छिर्न दिनेछैन, न त यसलाई मेरो प्रशंसा गर्ने अधिकार नै प्रदान गर्नेछु! (किनकि यो योग्य छैन; यो कहिल्यै पनि योग्य हुनेछैन!) म यो ठूलो रातो अजिङ्गरलाई अनन्तसम्म मेरो सेवा गर्न मात्र लगाउनेछु! म यसलाई मेरो अगाडि लम्पसार पर्न मात्र लगाउनेछु। (अनन्त दण्डमा भएकाहरूभन्दा नाश भएकाहरू राम्रो अवस्थामा हुन्छन्; विनाश भनेको कठोर सजायको अस्थायी स्वरूप मात्र हो, जबकि अनन्त दण्डमा भएकाहरूले अनन्तकालसम्मै कठोर दण्ड भोग्नेछन्। यही कारणले गर्दा, मैले “लम्पसार पर्नु” भन्‍ने शब्दको प्रयोग गरेँ। यी मानिसहरू मेरो घरमा लुसुक्क छिर्ने र मेरो धेरै अनुग्रहको आनन्द उठाउने, अनि तिनीहरूसँग मेरो बारेमा केही ज्ञान हुने भएकोले, म कठोर दण्डहरू प्रयोग गर्छु। मेरो घरभन्दा बाहिर भएकाहरूको हकमा भने, ती अज्ञानीहरूले कष्‍ट भोग्नुपर्दैन भनेर भन्न सकिन्छ।) मानिसहरूको धारणामा, तिनीहरूले अनन्त दण्डमा भएकाहरूभन्दा विनाश भएकाहरू खराब अवस्थामा हुन्छन् भन्‍ने ठान्छन्, तर यसको विपरीत, अनन्त दण्डमा भएकाहरू सदासर्वदा दण्डित भइरहन्छन् अनि विनाश भएकाहरू भने अनन्तसम्मै अस्तित्वहीन आवस्थामा फर्कन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०८

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२४

जब राज्यप्रतिको सलामी गुञ्जन्छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै आकाशलाई हल्‍लाउँछ र हरेक मानवजातिको मुटु धड्कने तुल्याउँछ। मैले त्यो राष्ट्रलाई नष्ट गरेको छु र आफ्नो राज्य स्थापना गरेको छु भन्‍ने प्रमाणित गर्दै राज्यको राष्ट्रियगान ठूलो रातो अजिङ्गरको भूमिमा विधिवत् रूपमा खडा हुन्छ। अझै महत्त्वपूर्ण कुरा के छ भने, पृथ्वीमा मेरो राज्य स्थापना हुन्छ। त्यस क्षणमा, म मेरा स्वर्गदूतहरूलाई संसारका हरेक राष्ट्रमा पठाउन सुरु गर्छु ताकि तिनीहरूले मेरा पुत्रहरूलाई, मेरा मानिसहरूलाई गोठाला गरून्; यो मेरो कामको अर्को चरणका मागहरू पूरा गर्नको लागि पनि हो। तैपनि, व्यक्तिगत रूपमा म त्यो ठाउँमा जानेछु जहाँ ठूलो रातो अजिङ्गर गुँडुलो परेर बसिरहेको छ, अनि त्यससँग प्रतिस्पर्धा गर्छु। सारा मानवजातिले मलाई मेरो शरीरमा चिनेपछि र शरीरमा मेरा कार्यहरूलाई देख्‍न तिनीहरू सक्षम भइसकेपछि, ठूलो रातो अजिङ्गरको अखडालाई खरानीमा परिणत गरिनेछ र त्यसलाई नामनिसाना नछोडीकन मेटाइनेछ। मेरो राज्यका मानिसहरूका रूपमा तिमीहरूले मनैदेखि ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ, त्यसो हुनाले तिमीहरूले आफ्‍ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्नैपर्छ, र यसरी तिमीहरूले अजिङ्गरलाई सरममा पार्छौ। के तिमीहरू ठूलो रातो अजिङ्गर घृणित छ भन्‍ने साँच्‍चै अनुभूति गर्छौ? के तिमीहरूले त्यो, राज्यको राजाको शत्रु हो भन्‍ने साँच्‍चै अनुभव गर्छौ? के तिमीहरूले मेरो लागि सुन्दर गवाही दिन सक्छौ भन्‍ने तिमीहरूमा साँच्‍चै विश्‍वास छ? के तिमीहरूले ठूलो रातो अजिङ्गरलाई जित्‍न सक्छौ भन्‍ने कुरामा तिमीहरू साँच्‍चै निश्‍चित छौ? तिमीहरूलाई मैले माग्‍ने कुरा यही हो; मलाई चाहिने एउटै कुरा भनेको तिमीहरू यस चरणमा पुग्‍न सक भन्‍ने हो। के तिमीहरूले यसो गर्न सक्‍नेछौ? के यो हासिल गर्न सक्छौ भन्‍ने तिमीहरूमा विश्‍वास छ? मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र? युद्धमा संलग्‍न हुने स्थानमा नै म व्यक्तिगत रूपमा ओर्लन्छु भनेर म किन भन्छु? मलाई तिमीहरूको विश्‍वास चाहिन्छ, तिमीहरूको काम होइन। मानवजाति मेरा वचनहरूलाई सोझो रूपमा स्वीकार गर्न सबै असमर्थ छन्, बरु तिनीहरू तिनलाई छड्के नजरले मात्रै हेर्छन्। के यसले तिमीहरूका उद्देश्यहरू पूरा गर्न सहयोग गरेको छ? के तिमीहरूले यसरी मलाई चिन्‍न पुगेका छौ? इमानदारीपूर्वक भन्‍नुपर्दा, पृथ्वीका मानवमध्ये मलाई मेरो अनुहारमा सिधा नजरले हेर्न सक्‍ने क्षमता भएको एक जना पनि छैन, र मेरा वचनहरूको शुद्ध र विशुद्ध अर्थलाई प्राप्त गर्न सक्‍ने क्षमता भएको एक जना पनि छैन। त्यसकारण, मैले मेरा लक्ष्यहरूलाई पूरा गर्न र मानिसहरूका हृदयमा मेरो आफ्‍नो साँचो स्वरूप स्थापना गर्न, पृथ्वीमा मैले अभूतपूर्व परियोजनालाई अघि बढाएको छु। यसरी, मानिसहरूमाथि धारणाहरूले शक्ति चलाउने युगलाई म अन्त्य गर्नेछु।

आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैनँ, तर सारा आकाशलाई हल्‍लाउँदै म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरूबाट बच्ने कुनै ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसलाई मलाई चिन्‍ने र देख्‍न सक्‍ने तुल्याउने मेरो इच्‍छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्‍म देख्‍न नसकेका तर जो अहिले वास्तविक हुनुहुन्छ, उहाँ परमेश्‍वरलाई तिनीहरूले सम्‍मान गर्न पुग्छन्। के कारणले मैले संसारको सृष्टि गरेँ? मानव भ्रष्ट भएर पनि, मैले किन तिनीहरूलाई पूर्ण रूपमा सर्वनाश गरिनँ? के कारणले गर्दा सारा मानवजाति विपत्तिहरूको बीचमा जिउँछन्? देह धारण गर्नुमा मेरो उद्देश्य के थियो? जब म मेरो काम गरिरहेको हुन्छु, मानवजातिले तीतो चाख्‍न मात्र होइन, तर मीठो पनि चाख्‍न सिक्छ। संसारका सारा मानिसमध्ये को मेरो अनुग्रहभित्र जिउँदैन र? यदि मैले मानवजातिलाई भौतिक आशिषहरू प्रदान नगरेको भए, संसारको प्रशस्तताको आनन्द कसले लिन सक्थ्यो र? के तिमीहरूलाई मेरा प्रजाका रूपमा स्थान लिन दिनु आशिष हो? तिमीहरू मेरा प्रजा नभएर सेवाकर्ता भएको भए, के तिमीहरू मेरा आशिषहरूभित्र अस्तित्वमा रहिरहेका हुने थिएनौ र? मेरा वचनका उत्पत्तिलाई बुझ्‍न सक्‍ने तिमीहरूमध्ये एक जना पनि छैन। मानवता—मैले तिनीहरूलाई प्रदान गरेको पदवी नामहरूलाई बहुमूल्य ठान्‍नु त कता हो कता, तिनीहरूमध्ये धेरैले आफ्‍नो हृदयमा “सेवा गर्ने” पदवी नामको कारण द्वेष राख्छन्, र धेरैले आफ्‍नो हृदयमा “मेरा मानिसहरू” भन्‍ने पदवी नामको कारण मेरो लागि प्रेम पैदा गर्छन्। कसैले पनि मलाई मूर्ख बनाउने प्रयास गर्नुहुँदैन; मेरा आँखाहरू सर्वदर्शी छन्! तिमीहरूमध्ये कसले तत्परतासाथ ग्रहण गर्छौ, तिमीहरूमध्ये कसले पूर्ण आज्ञापालन गर्छौ? यदि राज्यको सलामी नगुञ्जेको भए, के तिमीहरू साँच्‍चै अन्त्यसम्‍मै समर्पित हुनेथियौ र? मानव जे गर्न र विचार गर्न सक्षम छन्, अनि तिनीहरू जति हदसम्‍म जान सक्छन्—यी सबै कुरालाई मैले धेरै पहिले नै अघिबाटै पूर्वनिर्धारित गरिसकेको छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२५

राज्यको निर्माण औपचारिक रूपमा सुरु भइसकेको भए पनि, त्यो राज्यको सलामी औपचारिक रूपमा गुञ्जन अझै बाँकी छ; अब यो पछि हुनआउने कुराको एउटा अगमवाणी मात्र हो। जब मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छ र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्, तब यो सात मेघ गर्जन गर्जने समय हुनेछ। वर्तमान समयचाहिँ त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फ आक्रमण जारी गरिएको छ। यो, परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले बोल्‍नुभएका हरेक कुरा उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। त्यसैले, पृथ्वीका सबै राष्ट्र उच्‍च छालहरू नजिक आउँदा हल्‍लिने बालुवामा बनाइएका महलहरू मात्र हुन्: अन्तिम दिन नजिकै छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। उहाँको योजनालाई सफलतापूर्वक अघि बढाइएको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्न स्वर्गका दूतहरू पृथ्वीमा ओर्लेका छन्, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति सक्दो गर्दैछन्। देहधारी हुनुभएका परमेश्‍वर स्वयम् शत्रुविरुद्ध युद्ध सुरु गर्न युद्धको मैदानमा तैनाथ हुनुभएको छ। जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन। ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण मानिसहरूमा निरन्तर हुने परिपक्‍वतामा देख्‍न सकिन्छ; यो सबैको लागि स्पष्ट र देख्‍न सकिने हुन्छ। मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो। यसरी, धेरैवटा अवसरमा, परमेश्‍वरले मानिसहरूलाई उनीहरूको हृदयमा धारणाहरूले बनाएको स्थितिलाई अर्थात् ठूलो रातो अजिङ्गरको कुरूपतालाई हटाउन उहाँका सुन्दर गवाही दिनुपर्छ भनी स्मरण गराउनुभएको छ। परमेश्‍वरले त्यस्ता सम्झौटोहरू मानिसहरूको विश्‍वासलाई सजीव बनाउन प्रयोग गर्नुहुन्छ, त्यसो गरेर उहाँको आफ्नो काममा उपलब्धिहरू प्राप्त गर्नुहुन्छ। किनकि परमेश्‍वरले भन्नुभएको छ, “मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र?” सबै मानिस यस्तै प्रकारका छन्; तिनीहरू असक्षम मात्र छैनन्, तिनीहरू त सजिलै निराश र दुःखी पनि हुन्छन्। यसकारण, तिनीहरूले परमेश्‍वरलाई चिन्न सक्दैनन्। परमेश्‍वरले मानवजातिको विश्‍वास पुनर्जीवित मात्र पार्नुहुन्न; गोप्य र निरन्तर रूपमा मानिसहरूलाई बल पनि प्रदान गर्नुहुन्छ।

त्यसपछि, परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डसँग बोल्न थाल्नुभयो। परमेश्‍वरले चीनमा आफ्नो नयाँ काम सुरु गर्नुभएको मात्र छैन, उहाँले त सारा ब्रह्माण्डभरि नै आजको नयाँ काम गर्न थाल्नुभएको छ। कामको यस चरणमा, परमेश्‍वरले उहाँलाई धोका दिने सबै मानिस फेरि उहाँको सिंहासनको अधीनमा बस्न आउन सकून् भनी आफ्ना सारा काम संसारभरि प्रकट गर्न चाहनुभएको हुनाले परमेश्‍वरको न्यायमा अझै पनि उहाँको कृपा र प्रेमिलो-दयालुपन सम्मिलित हुनेछ। परमेश्‍वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ तिनीहरूलाई परमेश्‍वरलाई खोज्न प्रेरित गर्ने मौकाको रूपमा प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू उहाँसामु वापस आउन सकून्। त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२६

म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित हुन्छन्; स्वर्गमा हुने मेरा गतिविधिहरूलाई पृथ्वीमा मानवजातिले कहिल्यै पनि बुझ्‍न सकेको छैन, न त मेरो आत्माको कक्ष र मार्गहरूलाई विस्तृत रूपमा विचार गर्न सकेको छ। अधिकांश मानिसहरू आत्माको बाहिर रहेका सानातिना कुराहरूलाई मात्र बुझ्छन्, आत्माको वास्तविक अवस्थालाई बुझ्न सक्दैनन्। मैले मानिसहरूसँग गरेका मागहरू स्वर्गमा रहेको मेरो अस्पष्ट अस्तित्वबाट वा यस पृथ्वीमा रहेको सोच्नै नसकिने अस्तित्वबाट निस्कँदैन; म पृथ्वीमा मानिसको कदको आधारमा उपयुक्त मापदण्ड तय गर्छु। मैले कसैलाई कहिल्यै पनि कठिनाइहरूमा पारेको छैनँ, न त मैले कहिल्यै कसैलाई मेरो खुसीका लागि “उसको रगत निचोर्न” लगाएको छु—के मेरा मागहरू त्यस्तो अवस्थामा मात्र सीमित हुन सक्छन्? पृथ्वीका असङ्ख्य प्राणीहरूमध्ये कुनचाहिँ मेरो मुखका वचनहरूद्वारा भष्म हुँदैन? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामने आएर, मेरा वचनहरू र मेरो जल्दो आगोले पूर्ण रूपमा नष्ट हुँदैन र? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामु “गजक्क परेर” घमन्ड गर्दै रमाउन सक्छ? यी प्राणीहरूमध्ये कुनचाहिँ मेरो सामु निहुरिँदैन? के म केवल सृष्टिमा मौनता थप्ने परमेश्‍वर हुँ? सृष्टिका असङ्ख्य थोकहरूमध्ये, म ती चुन्छु, जसले मेरो अभिप्रायलाई पूरा गर्दछन्; असङ्ख्य मानिसहरूमध्ये म तिनीहरूलाई चुन्छु जसले मेरो हृदयलाई वास्ता गर्दछन्। म सम्पूर्ण ताराहरूमध्ये सबैभन्दा उत्तमलाई चुन्छु, त्यसरी मेरो राज्यमा प्रकाशको मधुरो ज्योति थप्छु। म आफ्नो सुवासना जताततै फैलाउँदै पृथ्वीमा हिँड्दै जान्छु, र हरेक ठाउँमा म आफ्नो स्वरूप छोड्छु। प्रत्येक स्थानले मेरो आवाजलाई गुञ्‍जाउँछ। मानिसहरू जताततै हिजोको सुन्दर दृश्यमा रहन्छन्, किनकि सबै मानिसले विगतलाई सम्झिरहेका छन् …

सबै मानिसहरू मेरो अनुहार हेर्न चाहन्छन्, तर जब म एक व्यक्ति बनेर यस पृथ्वीमा ओर्लन्छु, तिनीहरू सबै मेरो आगमनको विपरीत हुन्छन्, र तिनीहरूले ज्योतिको आगमनलाई निषेध गर्दछन्, मानौं म स्वर्गमा बस्‍ने मानिसको शत्रु हुँ। मानिसले उसको आँखामा प्रतिरक्षाको भाव राखेर मलाई अभिवादन गर्छ, र लगातार सचेत रहन्छ, मसँग उसका निम्ति अर्को योजना होला भनी गम्भीर रूपमा डराउँछ। मानवजातिले मलाई अपरिचित साथी ठानेको कारण, उनीहरू आफ्ना मनमा मैले उनीहरूलाई अन्धाधुन्ध मार्ने उद्देश्य राखेको छु भनी विचार गर्छन्। मानिसको नजरमा, म एक भयानक विरोधी हुँ। विपत्तिको बीचमा मेरो न्यानो स्वाद चाखेपछि पनि मानिस मेरो प्रेमको बारेमा अनजान रहन्छ, र मलाई अझै रोक्न र चुनौती दिन दृढ बन्छ। उसको अवस्थाको फाइदा उठाउँदै ऊ विरुद्ध कदम चाल्नु त कता हो कता, तर म मानिसलाई मेरो न्यानो अङ्गालोमा लिन्छु, उसको मुख मिठासले भरिदिन्छु, र उसको पेटमा आवश्यक भोजन हालिदिन्छु। तर जब मेरो भयानक क्रोधले पहाड र नदीहरू हल्लाउँछ, मानिसको कायरतालाई ध्यानमा राखेर अब उसो म उसलाई कुनै प्रकारको सहायता गर्नेछैनँ। यस घडी, म क्रोधित हुनेछु र सबै जीवित प्राणीहरूलाई पश्चात्ताप गर्ने अवसर दिन इन्कार गर्नेछु र मानिसप्रतिको मेरा सबै आशाहरू त्यागेर म त्यससँग अत्यन्तै योग्य बदला लिनेछु। यस समयमा गर्जन र बिजुलीको चमक चम्कन्छ र गर्जन्छ, समुद्रका छालहरू क्रोधमा उठेजस्तै, हजारौं-हजार पर्वतहरू भत्केर ढलेझैं। मानिस उसको विद्रोहीपनको कारण गर्जन र बिजुलीको चमकद्वारा ढल्छ, अनि अरू प्राणीहरू गर्जन र बिजुलीको चमकको विस्फोटद्वारा पूर्ण रूपले नष्ट हुन्छन्, र सारा ब्रह्माण्ड अचानक अराजकतामा ओर्लन्छ, र सृष्टि जीवनको मूल सास फेरि प्राप्त गर्न असमर्थ हुन्छ। मानिसहरूका असङ्ख्य भीडहरू त्यो गर्जनको आवाजबाट उम्कन सक्दैनन्; बिजुलीको चमकको बीचमा, मानिसहरू भीडका भीड पहाडबाट झरेको प्रचण्ड वर्षाको प्रवाहमा बगेर नष्ट हुन्छन्। अचानक, “मानिसहरू” को संसार मानिसको “गन्तव्य” को रूपमा परिवर्तित हुन्छ। लासहरू समुद्रको सतहमा बग्छन्। मेरो क्रोधको कारण सबै मानिसहरू मबाट टाढा जान्छन्, किनकि मानिसले मेरो आत्माको अस्तित्वको विरुद्ध पाप गरेका छन् र उसको विद्रोहले मलाई अप्रसन्न तुल्याएको छ। तर, पानी नभएका खाली ठाउँहरूमा, अरू मानिसहरू मैले कृपासाथ प्रदान गरेका प्रतिज्ञाहरूमा हाँस्दै र गाउँदै आनन्द मनाउँछन्।

जब सबै मानिसहरू मौन हुन्छन्, म तिनीहरूका आँखाको अगाडि एक मन्द ज्योति निकाल्छु। त्यसपछि, मानिसहरू स्वच्छ मन र आँखामा चमक भएका हुन्छन्, अब चुप लागी बस्न राजी हुँदैनन्; यसरी उनीहरूका हृदयमा तुरुन्तै आत्मिक भावना उत्पन्न हुन्छ। यस्तो भएपछि, सारा मानवजाति पुनरुत्थान हुन्छन्। तिनीहरूका अव्यक्त गुनासाहरू पन्साउँदै सबै मानिसहरू मेरो सामने आउँछन्, मैले घोषणा गरेको वचनद्वारा जिउने अर्को मौका पाउँछन्। किनकि सबै मानिसहरू पृथ्वीमा जिउने इच्छा गर्छन्। तर तिनीहरूमध्ये कसले कहिले मेरो खातिर जिउने उद्देश्य राखेको छ? तिनीहरूमध्ये कसले मेरो आनन्दका निम्ति आफैमा भव्य थोकहरू प्रकट गरेको छ? तिनीहरूमध्ये कसले मेरो आकर्षक सुगन्ध पत्ता लगाएको छ? सबै मानिसहरू असभ्य र अशुद्ध थोकहरू हुन्: बाहिरी रूपमा, तिनीहरू आँखा टिल्‍ल बनाउँछन्, तर तिनीहरूको सारतत्व मलाई साँचो हृदयले प्रेम गर्ने हुँदैन, किनकि मानिसको हृदयको गहिरो स्थानमा मेरो कुनै तत्व कहिल्यै रहेको छैन। मानिसमा धेरै कुराको कमी छ: उसलाई मसँग तुलना गर्दा स्वर्ग र पृथ्वीको बीचमा भएको जस्तो ठूलो धाँदो प्रकट हुन्छ। त्यसो भए पनि, म मानिसको दुर्बल र कमजोर ठाउँहरूमा प्रहार गर्दिनँ, न त म उसका कमी-कमजोरीहरूको कारण उसलाई हाँसोमा उडाउँछु। मेरा हातहरूले पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दैआएका छन्, र ती सँगसँगै, मेरा आँखाहरूले सम्पूर्ण मानवजातिमाथि नजर राखेका छन्। तापनि मैले एउटै पनि मानव जीवनलाई सामान्य रूपमा लिएर त्यसलाई खेलौना सम्झी त्योसँग खेलेको छैनँ। मानिसले लिने पीडा मैले देखेको छु र म उसले तिरेको मूल्य बुझ्छु। ऊ मेरो सामु खडा हुँदा, म उसलाई दण्ड दिनका निम्ति उसलाई अचानक पक्रन चाहन्नँ, न त म उसलाई अप्रिय थोकहरू नै दिन चाहन्छु। यसको सट्टामा, मैले हरसमय मानिसका लागि प्रबन्ध गरेको छु र उसलाई दिएको छु। यसैले मानिसले प्राप्त गर्ने भनेको मेरो अनुग्रह नै हो, मेरो हातबाट आउने सबै इनाम यही हो। म यस पृथ्वीमा भएकोले, मानिसले कहिल्यै भोकका कष्टहरू भोग्नु परेको छैन। बरु, उपभोग गर्नका निम्ति म मानिसलाई मेरो हातका चीजहरू दिन्छु, र म मानवजातिलाई मेरा आशिषहरूभित्र जिउन दिन्छु। के सबै मानिस मेरो सजायमा परेर जिउँदैनन्? जसरी पर्वतहरूका गहिराइहरूमा प्रशस्तता छ र समुद्रमा उपभोग गर्ने प्रशस्त थोकहरू छन्, त्यसरी नै के आज मेरो वचनभित्र जिउने मानिसहरूसँग उपभोग गर्न र चाख्नका निम्ति त्योभन्दा प्रशस्त खाने कुराहरू छैनन् र? म पृथ्वीमा छु, र मानिसहरूले पृथ्वीमा मेरा आशिषहरू उपभोग गर्छन्। जब म पृथ्वी छोडेर जान्छु, त्यस बेला मेरो काम पनि त्यसको पूर्णतामा पुग्दछ, मानवजातिले तिनीहरूका कमजोरीको कारण मेरो कृपा प्राप्त गर्न छोड्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १७

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२७

के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै इमानदारीसाथ घृणा गर्छौ? मैले किन तिमीहरूलाई धेरै पटक सोधेको छु? म किन तिमीहरूलाई बारम्बार यो प्रश्न सोध्ने गर्छु? तिमीहरूको हृदयमा ठूलो रातो अजिङ्गरको कस्तो छवि छ? के यसलाई साँच्चै हटाइएको छ? के तँ त्यसलाई साँच्चै आफ्नो बुबा ठान्दैनस्? सबै मानिसले मेरा प्रश्नहरूमा रहेको मेरो अभिप्रायलाई बुझ्नुपर्छ। यो, मानिसको रिस उठाउनका निम्ति होइन, न त मानिसमाझ विद्रोह सुरु गर्नका लागि, न त मानिसले आफू उम्कने बाटो पाओस् भनेर नै हो, बरु यो त मानिसहरूलाई ठूलो रातो अजिङ्गरको बन्धनबाट छुटकारा दिनलाई हो। तर कोही पनि चिन्तित हुनुपर्दैन। मेरा वचनहरूद्वारा सबै कुरा सम्पन्न हुनेछन्; मैले गर्ने काममा कुनै मानिस सहभागी हुन सक्दैन, र त्यो कुनै पनि मानिसले गर्न सक्दैन। म सबै देशको हावा सफा गर्नेछु र पृथ्वीमा भएका भूतात्माहरूका सबै छाप मेटाउनेछु। मैले अघिबाटै सुरु गरिसकेको छु, र ठूलो रातो अजिङ्गरको वासस्थानमा म मेरो सजायको कामको पहिलो चरण सुरु गर्नेछु। यसैले मेरो ताडना सम्पूर्ण ब्रह्माण्डमाथि आइलागेको छ, र त्यो ठूलो रातो अजिङ्गर र सबै किसिमका अशुद्ध आत्माहरू मेरो सजायबाट उम्कन असक्षम हुनेछन् भन्‍ने देख्‍न सकिन्छ, किनकि म सबै देशमाथि नजर लगाउनेछु। जब पृथ्वीमा मेरो काम समाप्त हुन्छ अर्थात् जब न्यायको युगको अन्त्य हुन्छ, ठूलो रातो अजिङ्गरलाई म औपचारिक रूपमा सजाय दिनेछु। मेरा मानिसहरूले मैले ठूलो रातो अजिङ्गरलाई दिएको मेरो धार्मिक सजाय निश्चय देख्नेछन्, मेरो धार्मिकताको कारण निश्चय प्रशंसाको गीत गाउनेछन्, र मेरो धार्मिकताको कारण सदासर्वदा मेरो पवित्र नाउँको प्रशंसा गर्नेछन्। यसैले तिमीहरूले औपचारिक रूपले आफ्नो कर्तव्य पूरा गर्नेछौ, र सारा देशहरूभरि औपचारिक रूपमा मेरो सदासर्वदा प्रशंसा गर्नेछौ!

जब न्यायको युग चरम सीमामा पुग्दछ, म आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउन हतार गर्नेछैनँ, तर यसमा सजायको युगको प्रमाण समावेश गर्नेछु र यो प्रमाण मेरा सबै मानिसलाई देखाउनेछु; यसमा धेरै फल फलाइनेछ। यो प्रमाण नै मैले ठूलो रातो अजिङ्गरलाई दण्ड दिने माध्यम हुनेछ, र म मेरा मानिसलाई यो उनीहरूका आफ्नै आँखाले हेर्न लगाउनेछु, ताकि तिनीहरूले मेरो स्वभावबारे अझ धेरै जानून्। मेरा मानिसहरूले ममा त्यसबेला धेरै आनन्द पाउनेछन् जब त्यो ठूलो रातो अजिङ्गरलाई सजाय दिइन्छ। ठूलो रातो अजिङ्गरका मानिसहरूलाई मेरो योजना अनुसार खडा गरिन्छ र त्यसको विरुद्ध विद्रोह गर्न लगाइन्छ, र यही विधिद्वारा म मेरा मानिसहरूलाई सिद्ध बनाउँछु, र यो मेरा सबै मानिसहरूका निम्ति जीवनमा वृद्धि हुने एउटा ठूलो मौका हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२८

जब चम्किलो चन्द्रमा उदाउँछ, शान्तिमय रात तुरुन्तै नष्ट हुन्छ। चन्द्रमा खण्डहर अवस्थामा भए पनि मानिस आत्मिक खुसीको अवस्थामा हुन्छ, र चन्द्रमाले बनाएको सुन्दर दृश्यको प्रशंसा गर्दै चन्द्रमाको प्रकाशमुनि शान्तिपूर्वक बस्छ। मानिसले आफ्ना भावनाहरूको वर्णन गर्न सक्दैन; यस्तो लाग्छ उसले आफ्ना विचारहरू विगततिर फर्काउन चाहन्छ, मानौं ऊ भविष्यतिर हेर्न चाहन्छ, मानौं उसले वर्तमानको आनन्द लिँदैछ। उसको अनुहारमा मुस्कान देखा पर्छ, र मनोहर हावामा ताजा सुवास छरिन्छ; कोमल हावा चल्न थाल्दा मानिसले प्रचुर सुगन्ध पत्ता लगाउँछ र ऊ होसमा आउनै नसक्ने गरी त्यसमा लट्ठ परेको जस्तो देखिन्छ। यही समयमा म व्यक्तिगत रूपमा मानिसहरूमाझ आएको छु, र तिनीहरूले प्रचुर सुगन्धको तीव्र अनुभूति गर्न सक्छन्, र यसरी सबै मानिस यो सुगन्धको बीचमा जिउँछन्। मेरो र मानिसको बीचमा शान्ति छ, मानिस मसँगको मिलापमा जिउँछ, ऊ अब फेरि कहिल्यै मप्रतिको श्रद्धामा विचलित हुँदैन, अबउप्रान्त म मानिसको कमी-कमजोरीलाई काटछाँट गर्दिनँ, अब मानिसको अनुहारमा कुनै चिन्ता बाँकी छैन, अनि अब फेरि कहिल्यै पनि मृत्युले सम्पूर्ण मानवजातिलाई भयभीत बनाउँदैन। आज म मानिस सँगसँगै सजायको युगमा अगाडि बढ्दछु, उसको छेउमा रहेर अघि बढ्दछु। म मेरो काम गर्दैछु, भन्नुको अर्थ, म मानिसको माझमा मेरो लौरो प्रहार गर्दछु र त्यो मानिसको विद्रोही कुरामाथि पर्छ। मानिसको नजरमा, मेरो लौरोमा विशेष शक्ति भएको जस्तो देखिन्छ: यो ती सबैमाथि आउँछ जो मेरा शत्रु हुन् र यसले तिनीहरूलाई सहजै छोड्दैन; मेरो विरोध गर्नेहरू सबैमाझ यो लौरोले अन्तर्निहित काम गर्दछ; मेरो हातमा हुनेहरू सबैले मेरो अभिप्रायअनुसार आफ्नो कर्तव्य पूरा गर्छन्, र तिनीहरूले कहिल्यै मेरा इच्छाहरूलाई उल्लङ्घन गरेका छैनन् वा आफ्नो सारलाई बदलेका छैनन्। फलस्वरूप, पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्, मानिसलाई सधैँ परिवर्तन हुन दिइन्छ, सूर्य मधुरो हुँदैजानेछ, चन्द्रमा अँध्यारो हुनेछ, मानिसको निम्ति शान्तिमा जिउने धेरै दिन हुँदैन, भूमिमा फेरि कहिल्यै अरू शान्तिको समय हुनेछैन, स्वर्ग फेरि कहिल्यै शान्त र मौन रहनेछैन, र अझ धेरै सहनेछैन। सबै थोक नवीकरण हुनेछन् र तिनीहरूले आफ्‍नो मूल स्वरूप फेरि प्राप्त गर्नेछन्। पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु। म मानिसहरूलाई उनीहरूका भावनाहरू व्यक्त गर्ने अवसर दिँदिनँ, किनकि म भावनाविहीन छु, र मानिसहरूका भावनाहरूलाई हदैसम्म घृणा गर्ने बनेको छु। मानिसहरूबीचका भावनाहरूको कारण नै म एकातिर पन्साइएको छु, र यसैले म तिनीहरूका आँखामा “अरू” भएको छु; मानिसहरूबीचका भावनाहरूकै कारण मलाई बिर्सिइएको छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले आफ्नो “अन्तस्करण” चुन्ने मौका पाउँदछ; मानिसहरूका भावनाहरूको कारणले नै ऊ सधैँ मेरो ताडनाबाट दिक्क हुन्छ; मानिसहरूका भावनाहरूको कारणले नै उसले मलाई अनुचित र अन्यायपूर्ण भन्छ, र परिस्थितिहरूको सामना गर्दा मैले मानिसहरूका भावनाहरूमा ध्यान दिँदिनँ भन्छ। के मेरो पनि पृथ्वीमा आफन्त छन्? मैले जस्तो खाने र पिउने कुरामा ध्यान नदिई कसले मेरो सम्पूर्ण व्यवस्थापन योजनाको निम्ति दिन र रात काम गरेको छ? मानिस कसरी परमेश्‍वरसित तुलनायोग्य हुन सक्छ? मानिस कसरी परमेश्‍वरसित मिल्‍न सक्छ? सृष्टि गर्नुहुने परमेश्‍वर कसरी सृष्टि गरिएको मानिससँग उस्तै प्रकारको हुन सक्नुहुन्छ? मैले कसरी सधैँ पृथ्वीमा मानिससँग बस्न र व्यवहार गर्न सक्छु? मेरो हृदयको चिन्ता कसले महसुस गर्न सक्छ? के त्यसो गर्न सक्ने मानिसका प्रार्थनाहरू हुन्? म एक पटक मानिसमाझ सामेल हुन र उसको साथमा हिँड्न राजी भएँ—अनि हो, आजको दिनसम्म मानिस मेरो वास्ता र सुरक्षामा बाँचिरहेको छ, तर के त्यस्तो दिन कहिल्यै आउनेछ जब मानिसले मेरो वास्ताबाट आफैलाई अलग गर्न सक्छ? मानिसले कहिल्यै पनि मेरो मनको चिन्ता लिएको छैन, तैपनि उज्यालोबिनाको देशमा को जीवित रहिरहन सक्छ? मेरो आशिष्‌को कारण मात्र मानिस आजको दिनसम्म बाँचेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २८

परमेश्‍वरका दैनिक वचनहरू  अंश २२९

राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्‍वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा परमेश्‍वरको कामलाई देख्न सकिन्छ। जब परमेश्‍वरले “पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्,” भनेर भन्नुहुन्छ, तब त्यो पृथ्वीमा उक्त डन्डाको प्रारम्भिक काम हो, जसको परिणामस्वरूप “पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु।” पृथ्वीमा रहेका परिवारहरूको आम अवस्था यस्तै नै हुन्छ। प्राकृतिक रूपमा तिनीहरू हरेकको स्थिति यस्तै हुन त सम्भव नहोला, तर तिनीहरूमध्ये अधिकांशको अवस्थाचाहिँ यस्तै हुन्छ। अर्कोतर्फ, यसले यो धारका मानिसहरूले भविष्यमा भोग्ने परिस्थितिहरूको बारेमा पनि उल्लेख गरिरहेको छ। यसले के भविष्यवाणी गर्छ भने, तिनीहरूले वचनहरूको सजाय भोगिसकेपछि र अविश्‍वासीहरूलाई विपत्तिमा पारिसकिएपछि, पृथ्वीका मानिसहरूमा अबउप्रान्त कुनै पनि पारिवारिक सम्बन्धहरू बाँकी रहनेछैनन्; तिनीहरू सबै नै सिनिमका मानिसहरू हुनेछन्, र तिनीहरू परमेश्‍वरको राज्यप्रति बफादार हुनेछन्। यसरी, पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। अनि यसरी पृथ्वीका मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा र चकनाचूर पारिनेछ र यो परमेश्‍वरले मानिसमाथि गर्नुहुने अन्तिम काम हुनेछ। अनि परमेश्‍वरले यो कामलाई ब्रह्माण्डभरि नै फैलाउनुहुने भएकोले, उहाँले मानिसहरूलाई “भावना” भन्‍ने शब्दको अर्थ स्पष्ट पार्न यो अवसरको प्रयोग गर्नुहुनेछ, यसरी तिनीहरूलाई परमेश्‍वरको इच्छा भनेको सबै मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा पार्नु हो भन्‍ने देखाउनुहुनेछ र परमेश्‍वरले “पारिवारिक विवादहरू” समाधान गर्नलाई सजायको प्रयोग गर्नुहुन्छ भनी देखाउनुहुनेछ। होइन भने, पृथ्वीमा परमेश्‍वरको कामको अन्तिम भागलाई समाप्त पार्ने कुनै उपाय नै हुनेछैन। परमेश्‍वरका वचनहरूको अन्तिम भागले मानवजातिको सबैभन्दा ठूलो कमजोरीलाई—अर्थात् तिनीहरू भावनाका साथ जिउँछन् भन्‍ने कुरालाई—उदाङ्गो पार्नेछ, त्यसकारण परमेश्‍वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्‍वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्‍वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्‍वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २८

परमेश्‍वरका दैनिक वचनहरू  अंश २३०

परमेश्‍वरका सबै वचनमा उहाँको स्वभावको केही अंश हुन्छ। उहाँको स्वभावलाई पूर्ण रूपले शब्दहरूमा व्यक्त गर्न सकिँदैन। यो कुरा उहाँभित्र कति प्रचुरता छ भनी देखाउन पर्याप्त छ। मानिसहरूले जे देख्न र छुन सक्छन् त्यो आखिर तिनीहरूको क्षमताजस्तै सीमित छ। परमेश्‍वरका वचनहरू स्पष्ट भए तापनि, मानिसहरूले ती पूर्ण रूपमा बुझ्न सक्दैनन्। उदाहरणको लागि, यी वचनहरूलाई नै लिऔं: “बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ!” परमेश्‍वरका सबै वचनमा उहाँको अस्तित्व हुन्छ, र सबै मानिसलाई यी वचनबारे थाहा भए पनि, कसैले कहिल्यै तिनका अर्थ जानेका छैनन्। परमेश्‍वरका नजरमा, उहाँको प्रतिरोध गर्ने सबै नै उहाँका शत्रु हुन्, अर्थात्, दुष्ट आत्माहरू भएका पशु हुन्। यसबाट, मण्डलीको साँचो स्थितिलाई अवलोकन गर्न सकिन्छ। सबै मानिस परमेश्‍वरका वचनद्वारा प्रज्वलित हुन्छन्, र यस ज्योतिमा तिनीहरूले अरूको उपदेश वा ताडना वा प्रत्यक्ष निष्कासन नभोगी, काम गर्ने अन्य मानवशैलीहरूको वशमा नपरी, र अन्य व्यक्तिहरूले औँल्याउने कार्यमा नपरी, आफैले आफ्नो जाँच गर्छन्। “सूक्ष्म दृष्टिकोण” बाट तिनीहरूले आफूभित्र वास्तवमा कति धेरै रोगीपन छ भनी एकदमै स्पष्ट रूपमा देख्छन्। परमेश्‍वरका वचनहरूमा हरेक किसिमको आत्मालाई त्यसको मौलिक स्वरूपमा वर्गीकृत र प्रकट गरिन्छ; यसरी स्वर्गदूतका आत्माहरू झन्-झन् प्रज्वलित र अन्तर्दृष्टियुक्त हुन्छन्, यसकारण परमेश्‍वरको वचनले भन्छ, “तिनीहरूले फेरि त्यो पवित्रता प्राप्त गरेका छन्, जुन एकचोटि तिनीहरूसँग थियो।” यी वचनहरू परमेश्‍वरले हासिल गर्नुभएको अन्तिम नतिजामा आधारित छन्। हाललाई, अवश्य नै त्यो नतिजा हासिल गर्न सकिँदैन—यो त केवल भावी नतिजाहरूको अग्रिम झलक हो, जसबाट परमेश्‍वरको इच्छालाई देख्न सकिन्छ। असङ्ख्य मानिसहरू परमेश्‍वरका वचनहरूभित्र चकनाचूर हुन्छन् र पवित्रकरणको क्रमिक प्रक्रियामा सबै मानिस पराजित हुनेछन् भनी देखाउन यी वचनहरू नै काफी छन्। यहाँ “हिलोमा पुरिएको छ” भन्‍ने वाक्यांश परमेश्‍वरले संसारलाई आगोले विनाश गर्नुभएको कुरासँग विरोधाभासपूर्ण छैन र “बिजुली” ले परमेश्‍वरको क्रोधलाई जनाउँछ। जब परमेश्‍वरले उहाँको क्रोध पोखाउनुहुन्छ, तब परिणामस्वरूप ज्वालामुखी विस्फोटन भएजस्तै सारा संसारले हरप्रकारका विपत्तिहरू भोग्नेछन्। आकाशको उच्च स्थानमा उभिएर पृथ्वीमा हरप्रकारको विपत्ति सारा मानवजातिको नजिक आइरहेको, दिन-प्रतिदिन क्रमिक रूपमा झन्-झन् नजिक आइरहेको देख्न सकिन्छ। माथिबाट तल हेर्दा, पृथ्वीले भूकम्प आउनुअघिका विविध प्रकारका दृश्यहरू प्रस्तुत गरेजस्तो देखिन्छ। तरल आगो कुनै नियन्त्रणविना दौडिन्छ, लाभा स्वतन्त्र रूपले बग्छ, पहाडहरू यताउता सर्छन्, र चिसो ज्योति जगमगाउँछ। सम्पूर्ण संसार नै आगोमा डुबेको छ। यो परमेश्‍वरले उहाँको क्रोध बर्साउनुभएको दृश्य हो, र यो उहाँको न्यायको समय हो। मासु र रगतले बनेकाहरू सबै नै उम्कन असमर्थ हुनेछन्। यसरी, सम्पूर्ण संसारलाई विनाश गर्नको लागि राष्ट्रहरूबीचका युद्धहरू र मानिसहरूबीचका द्वन्द्वहरूको आवश्यकता पर्दैन; यसको सट्टा, परमेश्‍वरको सजायको कोक्रोभित्र यो संसारले “सचेतन रूपले आफै आनन्द मनाउनेछ”। कोही पनि उम्कन सक्‍नेछैनन्; हरेक व्यक्तिले एक-एक गरी यो अग्निपरीक्षामार्फत गुज्रनुपर्छ। तत्पश्चात्, सम्पूर्ण ब्रह्माण्ड फेरि एकपल्ट पवित्र चमकको साथमा चम्कनेछ र सारा मानवजातिले फेरि एकपल्ट नयाँ जीवनको सुरुवात गर्नेछन्। अनि ब्रह्माण्डमाथि परमेश्‍वर विश्राम गरी बस्नुहुनेछ र हरेक दिन सारा मानवजातिलाई आशिष् दिनुहुनेछ। स्वर्ग सहनै नसकिने गरी निर्जन हुनेछैन, बरु यसले संसारको सृष्टि भएदेखि आफूसँग नभएको जीवन्तता फेरि प्राप्त गर्नेछ, र जब परमेश्‍वरले नयाँ जीवनको सुरुवात गर्नुहुन्छ तब “छैटौँ दिन” को आगमन हुनेछ। परमेश्‍वर र मानवजाति दुवै विश्राममा प्रवेश गर्नुहुनेछ, अनि ब्रह्माण्ड तबउप्रान्त धमिलो र फोहोरी हुनेछैन, बरु नवीन बन्नेछ। यही कारणले गर्दा परमेश्‍वरले भन्नुभयो, “पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड र दुःखी छैन।” स्वर्गको राज्यमा कहिल्यै पनि अधर्मीपन वा मानव संवेगहरू, वा मानवजातिको कुनै पनि भ्रष्ट स्वभाव रहेका छैनन् किनभने त्यहाँ शैतानको वाधा छैन। “मानिसहरू” सबैले परमेश्‍वरका वचनहरू बुझ्न सक्छन्, अनि स्वर्गको जीवन खुसीले भरिपूर्ण हुन्छ। स्वर्गमा हुनेहरू सबैमा परमेश्‍वरको बुद्धि र प्रतिष्ठा हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १८

परमेश्‍वरका दैनिक वचनहरू  अंश २३१

यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्‍वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी गर्नुहुन्छ भन्‍ने कुरा हुन्। परमेश्‍वरले मण्डलीका मानिसहरूमा उहाँको काम लगभग समाप्त गरिसक्नुभएको छ र त्यसपछि उहाँ सबै मानिसहरूको सामु क्रोध सहित देखा पर्नुहुनेछ। परमेश्‍वरले भन्‍नुभए झैँ, “म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू ‘न्यायआसनको अगाडि’ प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्।” के तिमीहरूले यी वचनहरूमा केही देख्यौ? यसमा परमेश्‍वरको कामको अर्को भागको सारांश छ। सर्वप्रथम, परमेश्‍वरले राजनैतिक शक्ति भएका सबै पाले कुकुरहरूलाई इमानदारीसाथ विश्‍वस्त हुने तुल्याउनुहुनेछ अनि तिनीहरूलाई तिनीहरूका आफ्नै इच्छाको इतिहासको मञ्चबाट पछि सर्ने, फेरि कहिल्यै ओहदाका निम्ति कुनै लडाइँ नगर्ने, फेरि कहिल्यै युक्तिहरू र षड्यन्त्रमा संलग्न नहुने बनाउनुहुनेछ। यो काम परमेश्‍वरले पृथ्वीमा विभिन्न विपत्तिहरू खडा गरी अगाडि बढाउनुपर्छ। तर यसको मतलब परमेश्‍वर देखा पर्नुहुनेछ भन्‍ने पटक्कै होइन। यस समयमा, ठूलो रातो अजिङ्गरको देश अझै पनि फोहोरको देश हुनेछ, र त्यसैले परमेश्‍वर देखा पर्नुहुनेछैन, तर केवल सजायद्वारा देखा पर्नुहुनेछ। परमेश्‍वरको धार्मिक स्वभाव त्यस्तै छ, जसबाट कोही पनि उम्कन सक्दैन। यस समय अवधिमा, ठूलो रातो अजिङ्गरको देशमा बस्ने सबैले विपत्ति भोग्नुपर्नेछ, जसमा स्वाभाविक रूपमा पृथ्वीको राज्य (मण्डली) पनि समावेश हुन्छ। तथ्यहरू बाहिर आउने समय यही नै हो, र यसरी सबै मानिसहरूले यसको अनुभव गर्छन्, र कोही पनि उम्कन सक्दैनन्। परमेश्‍वरले नै यो पूर्वनिर्धारित गरिसक्नुभएको छ। कामको ठीक यही चरणको कारणले नै परमेश्‍वर भन्नुहुन्छ, “ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो।” किनकि भविष्यमा यस पृथ्वीमा कुनै मण्डली हुनेछैन, र विनाशको आगमनको कारण, मानिसहरू केवल उनीहरूको अगाडि जे छ त्यसको बारेमा मात्र सोच्न सक्ने हुनेछन्, र अरू सबै कुरालाई बेवास्ता गर्नेछन्, र विनाशको बीचमा परमेश्‍वरको आनन्द लिनु उनीहरूलाई कठिन हुनेछ। यसैले, यस सुन्दर समयमा मानिसहरूलाई तिनीहरूका सम्पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्न आग्रह गरिएको छ, ताकि तिनीहरूले मौका नगुमाऊन्। जब यो तथ्य समाप्त हुन्छ, परमेश्‍वरले त्यो ठूलो रातो अजिङ्गरलाई पूर्ण रूपमा पराजित गर्नुभएको हुनेछ, र यसरी परमेश्‍वरका मानिसहरूले गवाही दिने कामको अन्त्य हुनेछ; त्यसपछि, ठूलो रातो अजिङ्गरको देशलाई पूर्ण रूपमा नष्ट पारेर छोडेपछि परमेश्‍वरले कामको अर्को चरण सुरु गर्नुहुनेछ, र अन्त्यमा सारा ब्रह्माण्डभरिका मानिसहरूलाई क्रूसमा उल्टो झुन्ड्याएर काँटी ठोक्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानव जातिलाई नाश गर्नुहुनेछ—परमेश्‍वरको कामको भविष्यका चरणहरू यिनै हुन्। यसैले, तिमीहरूले यो शान्तिपूर्ण वातावरणमा परमेश्‍वरलाई प्रेम गर्ने सक्दो प्रयास गर्नुपर्दछ। भविष्यमा तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने कुनै मौकाहरू पाउनेछैनौ, किनकि मानिसहरूसित परमेश्‍वरलाई प्रेम गर्ने मौका देहमा मात्र हुन्छ; जब तिनीहरू अर्कै संसारमा जिउँछन्, कसैले पनि परमेश्‍वरलाई प्रेम गर्ने कुरा गर्ने छैनन्। के यो सृष्टि गरिएको प्राणीको जिम्मेवारी होइन र? यसैले तिमीहरूले आफ्नो जीवनकालमा परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्दछ? के तैँले यसबारे कहिल्यै विचार गरेको छस्? के तँ मरेपछि मात्र परमेश्‍वरलाई प्रेम गरुँला भनी पर्खिरहेको छस्? के यो खोक्रो कुरा होइन र? आज, तँ किन परमेश्‍वरलाई प्रेम गर्ने कुराको पछि लाग्दैनस्? के व्यस्त रहेर परमेश्‍वरलाई प्रेम गर्नु साँचो प्रेम हुन सक्छ? परमेश्‍वरको कामको यो चरण चाँडै नै अन्त्य हुनेछ भन्‍नुको कारण के हो भने परमेश्‍वरले शैतानको अगाडि पहिले नै गवाही दिइसक्‍नुभएको छ। यसैले मानिसले केही पनि गर्नु आवश्यक छैन; मानिसलाई केवल ऊ जीवित रहेका वर्षहरूमा परमेश्‍वरलाई प्रेम गर्न मात्र आग्रह गरिएको छ—मुख्य कुरा यही हो। परमेश्‍वरका मागहरू उच्च छैनन्, र यसबाहेक, उहाँको हृदयमा एक तीव्र चिन्ता भएकोले, उहाँले कामको यो चरण समाप्त हुनु अघि नै अर्को चरणको कामको सारांश प्रकट गर्नुभएको छ, जसले अब कति समय छ भन्‍ने कुरालाई स्पष्ट पार्दछ; यदि परमेश्‍वर उहाँको हृदयमा चिन्तित हुनुहुन्नथ्यो भने, के उहाँले यति चाँडै यी वचनहरू बोल्‍नुहुनेथियो? समय थोरै भएकोले परमेश्‍वरले यस तरिकाले काम गर्नुहुन्छ। आशा गरिन्छ, कि तिमीहरूले जसरी आफ्नो शरीरलाई माया गर्छौ त्यसरी नै आफ्नो सारा हृदयले, आफ्‍ना सारा समझले र आफ्‍ना सारा शक्तिले परमेश्‍वरलाई प्रेम गर्न सक्नेछौ। के अति ठूलो अर्थ बोकेको जीवन यही होइन र? तैँले अन्यत्र कहाँ जीवनको अर्थ भेट्टाउन सक्‍छस्? के तँ धेरै नै अन्धो भइरहेको छैनस् र? के तँ परमेश्‍वरलाई प्रेम गर्न इच्छुक छस्? के परमेश्‍वर मानिसको प्रेम पाउन योग्य हुनुहुन्छ? के मानिसहरू मानिसको आराधना पाउन योग्य छन्? त्यसो भए, तैँले के गर्नुपर्छ? कुनै सङ्कोच नमानी साहस पूर्वक परमेश्‍वरलाई प्रेम गर्, र परमेश्‍वरले तँलाई के गर्नुहुनेछ सो हेर्। कतै उहाँले तँलाई मार्नुहुन्छ कि, हेर्। सारांशमा भन्नुपर्दा, परमेश्‍वरलाई प्रेम गर्ने काम परमेश्‍वरका निम्ति प्रतिलिपिहरू बनाउनु र लेख्‍नुभन्दा महत्त्वपूर्ण छ। तैँले सबैभन्दा महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुपर्दछ, यसैले कि तेरो जीवनको मूल्य अझै बढी होस् र यो खुसीले पूर्ण होस्, र त्यसपछि तैँले तेरो निम्ति परमेश्‍वरको “फैसला” पर्खनुपर्छ। तेरो योजनामा परमेश्‍वरलाई प्रेम गर्ने कुरा समावेश छ कि छैन म त्यो जान्‍न उत्सुक छु। सबैका योजनाहरू परमेश्‍वरद्वारा पूरा गरिएको होस्, र ती सबै वास्तविकता बनून् भन्‍ने मेरो कामना छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४२

अघिल्लो: परमेश्‍वरको कामलाई चिन्‍नु (१)

अर्को: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्