परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सही मार्ग चुन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

आखिरी दिनहरूमा परमेश्वरको सुसमाचार फैलाउने कामको दौरान थोरै मानिसले मात्र इमानदार भएर परमेश्वरमा समर्पित हुनका लागि आफ्नो परिवार त्याग्न र सबथोक छोड्न सक्षम हुन्छन्। यी सबै मानिससँग केही वास्तविक अनुभवात्मक गवाही हुन्छन् र तिनीहरू सबैसँग केही कद हुन्छ। तिनीहरूलाई कर्तव्यपालनका लागि आफ्ना परिवार र आजीविका त्याग्नु अति गाह्रो छ भन्ने लाग्दैन। दश वर्ष वा सारा जीवन घर नफर्किकनै कर्तव्यपालनमा बिताउनुपर्ने भयो भने समेत तिनीहरू त्यसो गर्न तयार हुन्छन्। तिनीहरूलाई यसो गर्नु कठिन कुरा हो भन्ने लाग्दैन। यो तिनीहरूलाई पवित्र आत्माले दिनुभएको शक्ति हो। तर तिनीहरूको कदको भने त्यो स्तरसम्म पुग्न सक्दैन, किनभने तिनीहरूले केही सत्यता बुझे पनि सत्यता वास्तविकतामा प्रवेश गरिसकेका हुँदैनन्, न त तिनीहरूले सत्यता नै प्राप्त गरेका हुन्छन्। तिनीहरूसँग परमेश्वरका लागि आफूलाई समर्पित गर्ने केही इमानदारी मात्र हुन्छ। यदि व्यक्तिसँग सत्यतालाई पछ्याउने अठोट छ, अनि पवित्र आत्माले तिनीहरूलाई अनुग्रह दिनुभयो, त्यसमाथि तिनीहरूले त्यस क्षणमा विशेष रूपमा सन्तुष्ट भएको अनुभव गरे भने, तिनीहरूले एक प्रकारको शक्ति हासिल गर्नेछन्, अनि तिनीहरू सांसारिक दुनियाँबाट निस्केर परमेश्‍वरका निम्ति समर्पित हुन सक्छन्—यो नै परमेश्‍वरको अनुग्रह हो। तर, कर्तव्य निर्वाह गर्ने क्रममा आफूलाई तोकिएको काम नगर्ने केही मानिस छन्; तिनीहरूले सत्यतालाई पछ्याउँदै पछ्याउँदैनन्, अनि यसबाहेक, तिनीहरूले हरप्रकारका दुष्कर्म पनि गर्न सक्छन्। त्यस्तो अवस्थामा, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन। यस्ता मानिसहरूको मनसाय असल हुँदैन र तिनीहरू परमेश्वरमा साँचो विश्वास गर्नेहरू होइनन्। विगतमा पवित्र आत्माले तिनीहरूमाथि केही काम गर्नुभएको भए पनि, तिनीहरूले त्यो कुरा गुमाउँछन् र थाहै नपाई अधोगतिको मार्ग समात्नेछन्। यदि तँ सत्यता पछ्याउने अठोट भएको व्यक्ति होस् भने, पवित्र आत्माले तँलाई अनुग्रह दिनुहुनेछ, अनि तँ पवित्र आत्माले देखाउनुहुने बाटोमा आफ्नो खोजतर्फ अघि बढ्न सक्नेछस्; तँलाई सत्यता झन्-झन् प्रष्ट हुनेछ, तेरो अठोट झन्-झन् दृढ हुनेछ अनि पवित्र आत्मालाई तँमाकाम गर्न सहज हुँदै जानेछ। यदि व्यक्ति सत्यता पछ्याउने सही बाटोमा हिँड्दैन भने, अन्तत: पवित्र आत्माले उसलाई हटाउनुहुनेछ। हटाइएपछि, तिनीहरूको सुरुको अठोट, जोश अनि त्याग्ने र समर्पित हुने तिनीहरूको उत्प्रेरणा पूर्ण रूपमा हराउनेछ। तिनीहरू पछुतो मान्दै सोच्छन्, “मलाई हटाइने दिन पनि आउनेछ भन्ने थाहा पाएको भए, म परमेश्वरमा विश्वास नै गर्ने थिइनँ।” त्यस बेला तिनीहरूको पछुतो, गुनासो र नकारात्मकता सबै प्रकट हुन्छ। वास्तवमा, पवित्र आत्माले धेरै पहिले नै तिनीहरूमा काम गर्न छोडिसक्नुभएको थियो। तिनीहरूले सुसमाचार फैलाए पनि, बोल्नमा सिपालु भए पनि र केही नतिजा प्राप्त गरेका भए पनि, यो पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनको कारण भएको होइन। बरु, यो उक्त व्यक्तिमा केही चतुर्‍याइँ र केही क्षमता रहेकाले भएको हो। यसको अर्थ पवित्र आत्माले तिनीहरूमा काम गरिरहनुभएको थियो भन्ने हुँदैन। तिनीहरू सेवाकर्ता सरह हुन्—पवित्र आत्माले तिनीहरूमा काम नगरिरहनुभएको भए पनि तिनीहरू केही समय केही सेवा प्रदान गर्न सक्षम हुन्छन्। जे भए पनि, तिनीहरूमा केही प्रतिभा र क्षमता हुन्छ; फरक के मात्र हो भने सत्यतालाई पछ्याउनु, आफ्नो कर्तव्यपालन राम्ररी गर्न प्रयासरत रहनु र परमेश्वरको प्रेमको ऋण तिर्नुको सट्टा तिनीहरू प्रतिष्ठा, लाभ, हैसियत, आशिष् र ठूलो मुकुटको पछि लागछन्। त्यसैले, अघि बढ्दै जाँदा तिनीहरूको मार्ग हराएर जान्छ, अनि तिनीहरूलाई एक पाइला सार्न पनि गाह्रो हुन्छ। सत्यतालाई नपछ्याउने सबैको हालत यस्तै हुन्छ।

अहिले, यस्ता धेरै मानिस छन्, जो “मलाई थाहा छ, मेरो प्रकृति खराब छ। म उत्कट भावनाले भरिएको छु र म अत्यन्तै अनाज्ञाकारी छु” भन्ने गर्छन्। तर यसका बाबजुद, यी मानिसहरूलाई आफ्नै प्रकृतिबारे ज्ञान हुँदैन र तिनीहरू सत्यताका कुनै पनि पक्षलाई बुझ्दैनन्। तिनीहरूले धर्मसिद्धान्तबारे जतिसुकै राम्ररी कुरा गरे पनि, सबथोक बुझेजस्तो देखिए पनि, यी कुराहरूलाई अभ्यासमा उतार्न सक्दैनन्। तिनीहरूमाथि पवित्र आत्माको काम हराएर गएको छ भन्ने प्रमाणित गर्न यो काफी छ। तेरो मानवता जस्तोसुकै भएपनि वा तैँले जतिसुकै धर्मसिद्धान्त बुझे पनि अनि तैँले जतिसुकै कष्ट सहे पनि र त्याग गरे पनि, पवित्र आत्माले तँमा काम गरिरहनुभएको छैन भने तैँले सत्यतालाई प्रेम गर्दैनस् भन्ने प्रमाणित हुन्छ। तँ जतिसुकै उत्साही भए पनि, पवित्र आत्माको कामबिना तँ अकमक्क पर्नेछस्। त्यो मानिसँग भएको थोरै सामर्थ्य कति ठूलो छ? त्यो मानिससँग भएको थोरै विश्वास कति ठूलो छ? त्यो मानिससँग भएको थोरै ज्ञानको के काम छ? परमेश्वरका विश्वासीहरूमाथि भएको दमन, धरपकड र कारावासलाई उदाहरणको रूपमा लिऔँ। परमेश्वरमा विश्वास गर्न सुरु गरेदेखि नै तिनीहरूलाई निरन्तर उत्पीडन र खेदो गरिएको छ; तिनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा भाग्न विवश तुल्याइएको छ र यसले तिनीहरूको मनमस्तिष्कमा अमिट छाप छोडेको छ। “यदि म पक्राउ परेँ भने, म यहूदाजस्तो हुन सक्दिनँ; म मण्डलीलाई कहिल्यै धोका दिन सक्दिनँ”—के अधिकांश मानिसले आफूलाई यसरी नै तयार गरेका छैनन् र? तर तिनीहरू साँच्चै पक्राउ पर्दा यो कुरा तिनीहरूको वशमा हुँदैन। यदि तिनीहरू परमेश्वरलाई प्रार्थना गर्दैनन् र उहाँमा भर पर्दैनन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुने छैन र तिनीहरू बलियोसँग खडा हुनसक्ने छैनन्। मानिसहरूअन्योलग्रस्त भएर यहूदा जस्तै बन्दैनन्। मैले पहिले भनेझैँ, तँलाई अन्त्यमा जे हुन्छ र तैँले जस्तो परिणाम पाउँछस्भन्ने विषय मुख्य गरी तँ सत्यतालाई प्रेम र स्वीकार गर्छस् कि गर्दैनस् भन्ने कुरामा निर्भर रहन्छ। यो अत्यन्त महत्त्वपूर्ण कुरा हो। त्यसपछि, यो कुरा तँसँग सधैँ पवित्र आत्माको काम हुन्छ कि हुँदैन, तँ सत्यता बुझ्छस् कि बुझ्दैनस् र तैँले दिने गवाहीमा दृढ रहन्छस् कि रहँदैनस् भन्नेमा निर्भर रहन्छ। यो कुरा मुख्यतया यिनै परिस्थतिहरूमा हुन्छन्। कतिपय मानिसमा पहिलो पटक कर्तव्यपालन गर्न सुरु गर्दा अत्यन्त उत्साह थियो र तिनीहरू आफूमा कहिल्यै नसकिने ऊर्जा रहेको महसुस गर्थे। अनि, समय बित्दै जाँदा किन तिनीहरूले त्यो जोश गुमाउन थाल्छन्? विगतमा तिनीहरू को थिए र अहिले तिनीहरू को हुन् भन्ने कुरालाई हेर्दा तिनीहरू पूरै फरक मानिसहरूजस्ता देखिन्छन्—तिनीहरू किन बदलिए? यसको कारण के हो? यो तिनीहरूले गलत मार्ग लिएकाले र परमेश्वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश नगरेकाले हो। तिनीहरूले आशिष्को पछि लाग्ने मार्ग अपनाए। तिनीहरूको अभिप्रायमा केही कुरा लुकेका हुन्छन्। के कुरा लुकेका हुन्छन्? मानिसहरूले परमेश्वरमा विश्वास गर्दा हृदयमा केही आशा राखेका हुन्छन्—तिनीहरू परमेश्वरको दिन चाँडै नै आउनेछ र तिनीहरूको सबै कष्ट अन्त्य हुनेछ भन्ने आशा गर्छन्, तिनीहरू परमेश्वरले रूप बदल्नुहुन्छ र सियोन फर्कनुहुन्छ, अनि तिनीहरू आफ्ना सबै कष्टबाट मुक्त हुनेछन् भन्ने आशा गर्छन्। सबै मानिसहरू एक दिन घर फर्कन सक्ने र आफ्ना प्रियजनहरूसँग पुनर्मिलन हुनेआशा गर्छन्। तिनीहरू सतावटमा पर्न छोड्ने, साँच्चै नै स्वतन्त्र हुन सक्ने र खुल्लमखुल्ला परमेश्वरमा विश्वास गर्न सक्ने दिनको आगमन हुने आशा गर्छन्; त्यतिबेला, तिनीहरूमाथि रोक लगाउने कोही हुनेछैन र तिनीहरू सहज वातावरणमा जीवन बिताउन, राम्रोसँग खान र राम्रो कपडा लाउन सक्नेछन्। के सबै मानिसमा यस्ता खालका आशा हुँदैनन् र? यी आशाहरू मानिसको हृदयको गहिराइमा रहेका हुन्छन्, किनभने तिनीहरूको देहले कष्ट चाहँदैन। कष्टको समयमा तिनीहरू असल दिनहरू आऊन् भन्ने कामना गर्छन्। यस्ता कुराहरू सतावट र सङ्कष्टबिना खुलासा हुँदैनन्। सतावट र सङ्कष्ट आइ नपर्दासम्म मानिसमा बलियो विश्वास रहेको देखिन्छ। तिनीहरूसँग केही हदसम्म कद रहेको, सत्यताको राम्रो बुझाइ रहेको र जोशले भरिपूर्ण रहेको देखिन्छ। तर जब एक दिन तिनीहरूले सतावट र सङ्कष्टको सामना गर्छन्, तब तिनीहरूको दैहिक आशा, कल्पना र रवाफी इच्छाहरू विष्फोट भएर निस्कन्छन्। तिनीहरूको हृदयमा द्वन्द्व देखा पर्न थाल्छ र कतिपय मानिसहरू नकारात्मक र कमजोर हुन थाल्छन्, अनि तिनीहरूभित्र परमेश्वरबारे शङ्का र गलत बुझाइ उत्पन्न हुन थाल्छ। मानिसहरू परमेश्वरको इच्छालाई बुझ्दैनन्। यहाँ, परमेश्वरले निकास प्रदान नगरिरहनुभएको वा तिनीहरूमाथि अनुग्रह नदेखाइरहनुभएको होइन र परमेश्वरले तिनीहरूको कठिनाइ बुझ्नुहुन्न भन्ने त हुँदै होइन। बरु, अहिले तैँले ख्रीष्टलाई पछ्याउँदा यो कष्टको अनुभव गर्न सक्नुभनेको आशिष् हो, किनभने मानिसले यो कष्ट नभोगी मुक्ति पाउन र बाँच्न सम्भव नै हुँदैन। यो परमेश्वरद्वारा निर्धारित गरिएको कुरा हो, त्यसैले तँमाथि यो कष्ट बर्सनु भनेको आशिष् हो। तैँले यसलाई सोझो ढङ्गले हेर्नु हुँदैन; यो मानिसलाई कष्ट दिने र तिनीहरूसँग खेलबाड गर्ने कुरा होइन, र मुख्य कुरा यही हो। यसको महत्त्व अत्यन्तै गहिरो र ठूलो छ! जीवनसाथी नखोजी वा घर नफर्की तेरो सम्पूर्ण जीवन परमेश्वरका लागि समर्पित गर्नु अर्थपूर्ण छ। यदि तँ सही मार्ग लिन्छस् र सही कुरालाई पछ्याउँछस् भने अन्ततः तैँले सबै युगका सबै सन्तहरूभन्दा अधिक पाउनेछस् र यसभन्दा पनि ठूला इनामहरू पाउनेछस्। अहिले, कतिपय मानिसहरू सधैँ यसो सोच्ने गर्छन्, “के परमेश्वरले मैले यी कठिनाइहरू भोगेकोमा मलाई सम्झनु हुनेछ? बुढेसकालमा मलाई साथ दिने कोही भएनन् भने के गर्ने? म बिरामी भएँ भने मेरो हेरचाह कसले गर्नेछ? के परमेश्वरले मेरो हेरचाह गर्नुहुन्छ? यो कष्टको अन्त्य कहिले हुनेछ? आखिरमा मैले कहिले उज्यालो दिन देख्नेछु?” यस्ता मानिस सधैँ यी कुराहरू पर्खेर बसेका हुन्छन्, र परमेश्वरले रूप बदल्नु हुनेछ, तिनीहरूलाई कष्टबाट मुक्त गर्नु हुनेछ, अनि तिनीहरूले स्वर्गको राज्यको आशिष् पाउन सक्नेछन् भन्ने आशा गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरलाई पछ्याउनु र कष्ट सहनुको महत्त्व, वा सत्यता प्राप्त गर्नका लागि तिनीहरूले यो कष्ट सहनुपपर्ने कारणबारे सोचविचार गर्दैनन्। तिनीहरूको विश्वास साँच्चै नै धेरै कमजोर हुन्छ! जब परमेश्वरमा तिनीहरूको विश्वासको कुरा आउँछ, तब हरेकसँग आफ्नो स्वार्थी हिसाबकिताब हुन्छ। यसको आधारमा, परमेश्वरलाई धोका दिनु मानव प्रकृति हो। कसैले पनि परमेश्वरलाई साँचो प्रेम गर्दैन, कसैले पनि परमेश्वरको इच्छालाई साँचो रूपमा विचार गर्दैन वा सुसमाचारको काम विस्तार गर्ने कुरामा परमेश्वरसँग एकै हृदय र मनको हुँदैन। मानिसहरू परमेश्वरले पृथ्वी छोडेर रूप परिवर्तन गरी तिनीहरूलाई पीडाबाट मुक्ति दिएर स्वर्गको राज्यमा जीवन जिउने मौका दिनुहुने क्षणका लागि प्रतीक्षारत छन्। अधिकांश मानिसहरूले यही कुराको आशा गर्दछन्। धेरै मानिसहरूल मनमनै सोच्छन्, “यदि परमेश्वरले हामीलाई छोड्नुभयो र ठूलो रातो अजिङ्गगर सत्ताबाट हट्यो भने हामीले सत्ता हत्याउन सक्नेछौँ र हामीले त्यसउप्रान्त कष्ट भोग्नुपर्ने छैन। हामी सबै राष्ट्र र मानिसमाथि कठोर शासन गर्नेछौँ—त्यसपछि हामीले उज्यालो दिन देख्नेछैनौँ र? त्यो बेला, परमेश्वर खुला रूपमा देखा पर्नुहुनेछ र हरेक शैतान र दियाबलसलाई सजाय दिएर नष्ट गर्नुहुनेछ, पृथ्वीमा ख्रीष्टको राज्य स्थापित हुनेछ, अनि हामीले उप्रान्त शैतान र दियाबलसहरूको सतावट भोग्नुपर्ने छैन।” यस्तो आशा राख्नु गलत नभए पनि, यी मानिसहरूभित्र केही गलतविचारहरू हुन्छन्। के कष्टबाट बच्ने र आरामदायी अवस्थामा जिउने निरन्तर चाहना गर्नु परमेश्वरको इच्छाप्रति विचारशील रहेको देखाउनु हो? के यसले परमेश्वरलाई सन्तुष्ट बनाउँछ? अधिकांश मानिस कष्ट भोग्नुको महत्त्वपूर्ण रूपमा बुझ्दैनन्।

कुनै पनि व्यक्तिले आफ्नो पूरै जीवन परमेश्वरलाई पछ्याउने मार्गमा हिँड्न, जीवन प्राप्तिका लागि सत्यता पछ्याउन, परमेश्वरको ज्ञान प्राप्त गर्न, उहाँका लागि गवाही दिनसक्नवा अन्ततः पत्रुसजस्तै अर्थपूर्ण जीवन जिउन चाहँदैन। अधिकांश मानिस कष्ट उठाउन चाहँदैनन् र सत्यतालाई बिलकुलै स्वीकार गर्दैनन्, तैपनि तिनीहरू छिटोभन्दा छिटो स्वर्गको राज्यको आशिष् पाउन चाहन्छन्, र प्रतिष्ठा, नाफा र हैसियतका लाभहरू खोज्न मन पराउँछन्। यसले तिनीहरूलाई बहकाउन सक्छ। जब तिनीहरूले पीडा, बाधा वा असफलताको सामना गर्छन्, तब तिनीहरू नकारात्मक र कमजोर हुने सम्भावना हुनेछ, र तिनीहरूको हृदयमा परमेश्वरका लागि ठाउँ हुनेछैन। पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन र कतिपय मानिस पछि फर्कन समेत चाहनेछन्। यदि कुनै व्यक्तिले वर्षौँसम्म परमेश्वरमा विश्वास गरेको छ, तर उसमा अलिकति पनि सत्यता वास्तविकता छैन भने, यो अत्यन्तै खतरनाक कुरा हो! यो कति अफसोसको कुरा हो कि तिनीहरूको सारा कष्ट, तिनीहरूले सुनेका अनगिन्ती प्रवचन र परमेश्वलाई पछ्याउँदै बिताएका वर्षहरू सबै व्यर्थ भएका छन्! मानिसहरूलाई पतनको बाटो समात्न सजिलो छ, अनि सही मार्गमा हिँड्न र पत्रुसको बाटो रोज्न वास्तवमै कठिन छ। अधिकांश मानिसहरूको सोच अस्पष्ट हुन्छ। कुन मार्ग सही हो र कुन विचलनको मार्ग हो भन्ने कुरा तिनीहरूले स्पष्ट देख्न सक्दैनन्। तिनीहरूले जतिसुकै प्रवचन सुनेका भए पनि र परमेश्वरका जति नै वचनहरू पढेका भए पनि, तिनीहरूलाई हृदयदेखि नै मानिसको देहधारी पुत्र आउनुभएको छ भन्ने थाहा भए पनि, तिनीहरू अझै पनि उहाँमा पूर्ण विश्वास गर्दैनन्। यो साँचो मार्ग हो भन्ने तिनीहरूलाई थाहा हुन्छ, तर त्यसमा हिँड्न सक्दैनन्। मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् भने तिनीहरूलाई मुक्ति दिन कति कठिन हुन्छ! परमेश्वरको वचन नै सत्यता हो भन्ने तँलाई थाहा छ, तैनि त्यसलाई स्वीकार गर्न सक्दैनस्। तेरो विश्वासको गुणस्तरको कुरा नगरौँ, बरु तँमा किन सत्यताप्रति प्रेम छैन र तँ किन सत्यतालाई स्वीकार गर्न सक्दैनस् भन्नेबारे मात्र कुरा गरौँ। तँ साँचो मार्गमा चल्न असमर्थ छस्, सत्यता पछ्याउन इच्छुक छैनस् र आफूले बुझेको सत्यतालाई व्यवहारमा ढाल्न सक्षम छैनस्। के तँ शैतानजस्तै छैनस् र? यस्ता मानिसहरूसँग जीवनमा कुनै लक्ष्य वा दिशा हुँदैन, जनावरमा जस्तै तिनीहरूमा पनि मानवता हुँदैन। त्यसैले, कतिपय मानिसले पवित्र आत्माका काम गुमाउँछन्, तर यो पवित्र आत्माले जानाजानी तिनीहरूमा काम नगरिरहनुभएको र जानीबुझी तिनीहरूलाई खुलासा गरिरहनुभएकोले गर्दा नभई उहाँले तिनीहरूमा काम गर्न नसक्नुभएकोले गर्दा हो। मानिसहरू भित्रभित्रै निकै भ्रष्ट छन् र तिनीहरूलाई सम्हाल्न निकै गाह्रो छ। यदि तिनीहरू सत्यता पछ्याउँदैनन् वा सही मार्ग रोज्दैनन् भने, पवित्र आत्माले तिनीहरूमा कसरी काम गर्न सक्नुहुन्छ? जुन बेला पवित्र आत्माले काम गर्नुहुन्छ, त्यो बेला उहाँले मानिसलाई सधैँ छनोट गर्न दिनुहुन्छ, उहाँले कसैलाई कहिल्यै जबरजस्ती गर्नुहुन्न। तर मानिसहरूको सोच अत्यन्तै अस्पष्ट छ। तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, वा यसलाई बिलकुलै स्वीकार गर्दैनन्, र सत्यता प्राप्त गर्नका लागि कष्ट भोग्न त झनै चाहँदैनन्। तिनीहरूले आशिष्को चाहना राखे पनि प्रयास गर्न वा मूल्य चुकाउन चाहँदैनन्। तिनीहरू अत्यन्तै स्वार्थी छन्। तिनीहरूलाई आफ्नो तत्कालको हितबारे मात्र चिन्ता हुन्छ; तिनीहरू आफूले देख्न र भोग्न सक्ने आँखा अगाडिका कुरालाई मात्र पछ्याउँछन् र प्राप्त गर्ने प्रयास गर्छन्, र देख्न नसक्ने वा अर्थहीन लाग्ने कुरालाई वेवास्ता गर्छन्। धेरै मानिस यही स्थितिमा हुन्छन् र त्यहाँ पवित्र आत्माले काम गर्नका लागि लगभग कुनै ठाउँ हुँदैन। कतिपय भन्छन्, “मैले समाधान गर्न नसक्ने धेरै समस्या छन्। यदि कसैले मलाई सङ्गति दिएर सत्यता बुझ्न सहयोग गरेमा उप्रान्त मलाई समस्या हुने थिएन।” तर तिनीहरूले सत्यता बुझेर मात्रै आफ्ना समस्या साँच्चै नै हल गर्न सक्छन् त? के तिनीहरू सत्यतालाई अभ्यासमा ढाल्न सक्छन्? यी सबै अज्ञात कुरा हुन्। यस्ता धेरै मानिस छन्, जसले प्रशस्त मात्रामा प्रवचन सुनेका छन् र धेरै सत्यता बुझेका छन्, तर ती सत्यतालाई अभ्यासमा ढाल्न सक्दैनन्। यदि तैँले तिनीहरूका समस्याबारे सोधिस् भने, तिनीहरू भन्छन्, “म सबै सत्यता बुझ्छु, तर त्यसलाई अभ्यासमा ढाल्न सक्दिनँ। मैले यो समस्या कसरी समाधान गर्ने?” यदि तैँले कुनै पनि सत्यता अभ्यास गर्न सक्दैनस् भने परमेश्वरमा विश्वास गर्नुको के फाइदा? घर फर्किहाल् र तेरो जीवन बिता। तँसँग सत्यतामा सङ्गति गरेर के फाइदा? तँ सत्यता सुन्न अयोग्य छस्, र परमेश्वरमा विश्वास गर्न अयोग्य छस्, त्यसैले तैँले आफ्नो विनाश पर्खेर बसे हुन्छ! किनभने तैँले कुरूप, तुच्छ र पिशाची बाटो रोजेको छस्, तसँग सत्यतामा जति नै सङ्गति गरिए पनि तैँले त्यसलाई स्विकार्ने छैनस्। त्यसैले तँ छेउ लाग्नुपर्छ! यस्ता मानिसहरूलाई केही पनि भन्न आवश्यक छैन। यस्ता कतिपय मानिस छन्, जसले यसभन्दा पहिले भनेका छन्, “म सबै सत्यता बुझ्छु, तर यसलाई अभ्यासमा ढाल्न सक्दिनँ।” तिनीहरू दानव हुन् र पूर्ण रूपमा शैतानजस्तै छन् भन्ने प्रमाणित गर्न यो भनाइ मात्रै पनि काफी छ। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्दैन भने ऊ पक्कै पनि दुष्ट हो। व्यक्तिले के कुरालाई प्रेम गर्छ, के कुरा पाउने आशा गर्छ, के कुरा चाहन्छ र के कुराको तृष्णा गर्छ भन्ने कुराले उसको प्रकृतिलाई दर्शाउँछ। यदि तँ सत्यतालाई प्रेम गर्दैनस् भने तँ दानव होस् र तँ नष्ट हुनेछस्। तर यदि तँ सत्यतालाई प्रेम गर्छस् भने तँ परमेश्वरद्धारा पूर्वनिर्धारित र चुनिएको हुनेछस्। के यो स्पष्ट छैन र? तैँले रोज्ने बाटो अत्यन्त महत्त्वपूर्ण छ। तँ शान्त भएर यसबारे गम्भीरतापूर्वक सोचविचार गर्न सक्छस्; तँ बरालिएको भए पनि फर्कन धेरै ढिलो भइसकेको हुँदैन। यदि तँमा सत्यतालाई अभ्यासमा ढाल्ने इच्छाशक्ति छ भने त्यो राम्रो कुरा हो। यसका अतिरिक्त, तँलाई आफ्नो इच्छाशक्ति कसरी प्राप्त गर्ने र चाहेको कुरा कसरी पूरा गर्ने भन्नका लागि मार्ग चाहिन्छ। सर्वप्रथम, तैँले सत्यता बुझ्नुपर्छ, मानवजातिको भावी गन्तव्य, मानवजातिले लिनुपर्ने मार्ग र पूरा गर्नुपर्ने लक्ष्य थाहा हुनुपर्छ। विगतमा, अक्सर यसो भनिन्थ्यो, “सबै थोक र घटनाहरू परमेश्वरका हातमा छन्।” यो तैँले पूर्ण रूपमा अनुभव गर्नैपर्ने कुरा हो। तैँले हरेक कुरामा त्यो मामिला परमेश्वरका हातमा छ कि छैन भनेर विचार गर्नुपर्छ। यदि तँलाई सबै थोक र घटनाहरू परमेश्वरका हातमा छन् भन्ने कुरा राम्ररी बुझिस् भने तँमा साँच्चै नै विश्वास रहेको हुन्छ। यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने के तँ उहाँप्रति समर्पित हुनुपर्छ? परमेश्वरमा विश्वास गर्नुको अर्थ के हो? के परमेश्वरमा विश्वास गर्नुको उद्देश्य उहाँको आशिष् पाउनु मात्र हो? अहिले, तैँले परमेश्वरमाथिको तेरो विश्वासमा ख्रीष्टलाई पछ्याइरहेको छस्, तर के तँ अनत्यसममै यो बाटोमा रहिरहन सक्नेछस्? भविष्यमा तेरो मार्गमा बाधा र सङ्कष्टहरूको सामना गर्दा तँ कसरी अगाडि बढ्नुपर्छ? तैँले परमेश्वरका मुख्य वचनहरूलाई तेरो आदर्श वाक्य बनाएर आफूलाई प्रोत्साहन गर्नुपर्छ, ताकि तँ नलडेस्, कमजोर वा नकारात्मक नभएस्, परमेश्वरलाई दोष नदिएस्, मार्गबाट विचलित नभएस् र आधा बाटोबाटै भागेर परमेश्वरलाई धोका नदिएस्। परमेश्वरलाई अनत्यसम्मै पछ्याउनका लागि तैँले यी सबै कुरा बुझ्नुपर्छ, त्यसमा स्पष्ट हुनुपर्छ र पूर्ण रूपमा बोध गर्नुपर्छ।

परमेश्वरलाई पछ्याउने मार्गमा उतारचढाव आउँछन्, यो तीतो हुन सक्छ र यो मीठो हुन सक्छ। जब मानिसहरू खुसी हुन्छन्, तब तिनीहरू यसो भन्न सक्छन्, “म आफूलाई परमेश्वरमा समर्पित गर्न तयार छु, म आफ्नो पूरै जीवन उहाँका लागि समर्पित गर्नेछु।” तर एउटा निश्चित बिन्दुमा तिनीहरूले बाधा अनुभव गर्छन् र नकारात्मक बन्छन्। तिनीहरू मनमनै सोच्छन्, “परमेश्वर कहाँ हुनुहुन्छ? म अब विश्वासलाई निरन्तरता दिन सक्दिनँ, यो मार्ग हिँड्न अत्यन्तै कठिन छ।” त्यसपछि, तिनीहरूले प्रार्थना गर्छन् र हप्की खाएको महसुस गर्छन्, र परमेश्वरप्रति आफू ऋणी रहेको सोच्छन्। आफू परमेश्वरप्रति ऋणी रहेको जानेपछि तिनीहरूले यस प्रकारको व्यवहार गर्न बन्द गर्नुपर्छ। तथापि, एक दिन परिस्थिति सायद तिनीहरूले चाहेअनुसार हुँदैन, र तिनीहरू एक पटक फेरि नकारात्मक बन्छन्, अनि यसो भन्दै परमेश्वरबारे गुनासो गर्छन्, “परमेश्वरले मेरो लागि यस्तो अवस्था कसरी योजनाबद्ध गर्न सक्नुभयो? उहाँले मलाई सधैँ किन कष्ट भोगाउनुहुन्छ? के उहाँले मलाई कष्टबाट मुक्त गर्न सक्नुहुन्न?” मानिसहरू सदैव गुनासो गर्छन्, अनि त्यसपछि सधैँ आफू परमेश्वरप्रति ऋणी रहेको भन्छन्। तर, तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन्; जब तिनीहरूले अतिकति बाधा अनुभव गर्छन् वा ससाना कुरा पनि तिनीहरूले भनेअनुसार हुँदैनन्, तब तिनीहरू रिसाउँछन् र गुनासो गर्छन्। सबभन्दा खराब अवस्थामा त कतिपय मानिसले आलोचना र ईशनिन्दाका केही शब्दहरू समेत फलाक्छन्। पछि, तिनीहरूले आफूले भनेको कुरा गलत थियो भनी बुझ्छन् र यसबारे नराम्रो महसुस गर्छन्, अनि तिनीहरू अलिकति कर्तव्य निर्वाह गर्न हतारिन्छन् र आफूलाई छुटकारा दिलाउन केही असल कर्महरू गर्छन्। यी प्रकटीकरणहरूले हामीलाई के बताउँछन्? यसले सत्यतालाई मन नपराउनु वा सत्यताप्रति दिक्क समेत मान्नु मानिसको प्रकृति हो भन्ने बताउँछ। मानिस निकै दुष्ट र घिनलाग्दो हुन्छ, उसमा सामान्य बोध र विवेक समेत हुँदैन। मानिसहरूले परमेश्वरमा यसरी विश्वास गर्छन्, मानौँ तिनीहरू कुनै लेनदेन गरिरहेका छन्; तिनीहरू परमेश्वरलाई तब मात्र प्रार्थना गर्छन्, जब तिनीहरूलाई उहाँको आवश्यक हुन्छ, र जब तिनीहरूलाई उहाँको आवश्यकता हुँदैन, तब तिनीहरू उहाँबाट टाढिन्छन्। तिनीहरूले परमेश्वरलाई हृदयमा राख्दैनन्, र आफूखुसी व्यवहार गर्छन्। मानिसहरू धेरै अहङ्कारी र बेलगाम हुन्छन्; तिनीहरू परमेश्वरको डर मान्दैनन् वा नकारात्मक कुराहरूलाई घृणा गर्दैनन्। तिनीहरूमा सत्यताप्रति साँचो प्रेम हुँदैन, र तिनीहरू न्याय र अन्यायबीच फरक छुट्याउन सक्दैनन्। तिनीहरूको कुनै सीमा हुँदैन, कुनै लक्ष्य हुँदैन र तिनीहरूले गर्ने हरेक काममा सिद्धान्त र संयमता त झनै हुँदैन। तिनीहरूको हृदय निकै घृणित हुन्छ, र यस पृष्ठभूमिमा, तिनीहरू अझै पनि भविष्यमा प्रतिज्ञा कति ठूलो हुनेछ र तिनीहरू कति धेरै आशिष् पाउन सक्षम हुनेछन्, वा पछि तिनीहरूले आफूलाई कसरी फरक तुल्याउनेछन् र कुन कुराको आनन्द लिन सक्नेछन् भन्ने कुराहरू पर्खिरहेका हुन्छन्। यस्ता कुरा सोचिरहेको बेला मात्र तिनीहरूले हृदयमा यस्तो महसुस गर्छन्, “परमेश्वर कति मायालु हुनुहुन्छ! मैले परमेश्वरको प्रेमको साटो तिर्नैपर्छ!” तिनीहरू किन परमेश्वर मायालु हुनुहुन्छ भन्छन्? परमेश्वरलाई साटो तिर्ने तिनीहरूको इच्छा कहाँबाट पलाउँछ? के यी अभिव्यक्तिका पछाडि कुनै अभिप्राय छैन? तिनीहरूले क्षणिक प्राथमिकता र क्षणिक खुसीका कारण मात्र केही भावनात्मक कुराहरू भनिरहेका हुन्छन्—के यो साँचो बुझाइ हो? के यो वास्तविक प्रेम हो? के यो तिनीहरूको हृदयको गहिराइबाट पलाउँछ? यदि तँसँग साच्चै नै यस्तो बुझाइ छ भने, तँ अझै पनि किन गुनासो गर्छस्? यदि तँ साँच्चै नै परमेश्वरप्रति ऋणी महसुस गर्छस् भने, तँ अझै पनि किन गनगन गर्छस्? तँलाई लाग्छ कि परमेश्वरले तँलाई राम्रो गर्नुहुन्न, त्यसैले तँ उहाँलाई उपेक्षा गर्छस्। यदि परमेश्वरले तँलाई प्रयोग गर्नुहुन्न भने, तँ आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनस्। तैँले आफूभित्र धेरै आक्रोश पालेको हुनुपर्छ! यसको बाबजुद, तँ अझै पनि अरूभन्दा आफूले परमेश्वरलाई धेरै प्रेम गर्ने ठान्दछस्। यो परमेश्वरलाई प्रेम गर्ने वास्तविकता कसरी हुन्छ? व्यक्तिले यस्ता गुनासोहरू पोख्न सक्नुले अझै पनि उसले आफ्नै प्रकृतिलाई बुझेको छैन भन्ने प्रमाणित गर्दछ। उसलाई अझै पनि ऊ के हो, केले बनेको हो र उसको वास्तविक मूल्य के हो भन्ने थाहा हुँदैन। वास्तवमा, परमेश्वरलाई प्रतिरोध गर्नु र धोका दिनु हरेक व्यक्तिको प्रकृतिमा हुन्छ। यो कुरा सर्वव्यापी र सबै मानिसमा हुन्छ। कसैले पनि सत्यता र सकारात्मक कुरालाई साँचो प्रेम गर्दैन, जसरी कसैले पनि शैतान र दुष्ट कुरालाई साँच्चै घृणा गर्दैन। मानिसको प्रेम र घृणाको कुनै सिद्धान्त र सीमा छैन, अनि मानिसको प्रेम र घृणा सत्यतामा आधारित हुने त झन् कुरै भएन। मानिसको हृदयमा न्याय र अन्याय, कालो र सेतोबीच कुनै भेद हुँदैन, धर्मसिद्धान्त र विधर्मबीच भेद त झन् हुँदैन। मानिसहरूले यी भेद गर्न सक्दैनन्। कुन कुरा प्रेम गर्न र पछ्याउन योग्य छ, कुन कुरालाई घृणा गर्नुपर्छ र कुन कुरालाई इन्कार गर्नुपर्छ भन्नेबारे तिनीहरू स्पष्ट हुँदैनन्, अनि तिनीहरूमा कुनै प्रकारको समझशक्ति हुनु त परको कुरा हो। कतिपय मानिसले आफ्नो कर्तव्यपालन गर्छन्, र जब तिनीहरूले “घर चैँ आइरहनु” भन्ने सांसारिक गीत सुन्छन्, तब तिनीहरूलाई घरको याद आउँछ र कर्तव्यपालन गर्न मन गर्दैनन्। यो कस्तो प्रकारको व्यक्ति हो? के तिनीहरूमा रत्तिभर पनि सत्यता वास्तविकता हुन्छ? कतिपय मानिस के विश्वास गर्छन् भने तिनीहरू अलिअलि काम गर्न सक्छन् र तिनीहरूसँग केही योग्यता छ। तिनीहरूलाई आफूमा सत्यता रहेको लाग्न सक्छ, तर वास्तवमा तिनीहरूसँग केही पनि हुँदैन र तिनीहरू केही पनि हुँदैनन्। तँ अहिले अरूलाई अलिअलि धर्मसिद्धान्तको उपदेश दिन सक्षम भएपनि, एक दिन यस्तो आउनेछ, जुन बेला अरूले तँलाई प्रोत्साहन गर्नुपर्ने हुन सक्छ र अन्य कुनै पनि व्यक्तिको तुलनामा तेरो पतन अधिक दुःखदायी हुनेछ, र तँ अरू जो कोहीभन्दा झन् बढी नकारात्मक बन्नेछस्। के तँ यस्ता कुरामा विश्वास गर्छस्? के तिमीहरू यो कुराप्रति विश्वस्त छौ? सायद तिमीहरूले अझै पनि कठोर पतनको अनुभव गरेका छैनौ वा तिमीहरू विशेष रूपले नकारात्मक भएका छैनौ। तिमीहरूलाई लाग्छ, तिमीहरू तुलनात्मक रूपमा बलियो छौ र यस्ता कुराहरूको अनुभव नगरेकाले तिमीहरूले आफूलाई राम्रो कद भएको व्यक्ति ठान्छौ। सायद एक दिन जब तिमीहरूको खुलासा हुन्छ, तब तिमीहरू रुँदा आँखाबाट बलिन्द्र धारा आँसु झर्नेछ, “अब सकियो। म सकिएँ!”। त्यसबेला तँ एउटा चरम भावनाबाट अर्को चरम भावनामा बग्न सुरु गर्नेछस्। यस्ता धेरै मानिस छन् जो पहिलोपटक परमेश्वरमा विश्वास गगर्न थाल्दा जोशले भरिएका हुन्छन्, तर जब परिस्थिति तिनीहरूमाथि बज्रिन थाल्छन्, तिनीहरूले अचानक आफ्नो उत्प्रेरणा गुमाउँछन् र फेरि आफ्नो लय समात्न असमर्थ हुन सकछन्। के तिमीहरू यस प्रकारका मानिसहरूमा कुनै समस्या देख्छौ? कुनै पनि व्यक्तिको आफ्नो कमजोरी र सामर्थ्यमाथि नियन्त्रण हुँदैन; मानिसहरूभित्र लुकेर रहेका भ्रष्ट कुराहरू कुनै पनि समय र कुनै पनि ठाउँमा छताछुल्ल हुन सक्छ। मानिसभित्र सौदाबाजी गर्ने र फोहोरी खेल खेल्ने बानीको कुनै कमी हुँदैन, यस्ता कुराहरू मानिसभित्र असीमित रूपमा उत्पन्न भइरहेका हुन्छन्। त्यसैले, मानिसको प्रकृति शैतानको प्रकृति हो, यो यथार्थ हो। यो परमेश्वरको सारभन्दा पूर्ण रूपमा भिन्न छ। विगतमा, परमेश्वरले भन्नुभएको थियो, “म मानिसलाई अनन्तसम्म प्रेम गर्न सक्छु, र म उसलाई अनन्तसम्म नै घृणा पनि गर्न सक्छु।” अर्थात्, परमेश्वरसँग एक मानक छ, जसद्वारा उहाँले मानिसहरूलाई मापन गर्नुहुन्छ। उहाँसँग उहाँका फैसलाहरू छन्, र उहाँसँग ती आधारहरूका लागि सिद्धान्त छन्, जसको जगमा टेकेर उहाँले सबथोकमा आफना फैसलाहरू सुनाउनुहुन्छ। उहाँले केलाई प्रेम गर्नुहुन्छ र केलाई घृणा गर्नुहुन्छ, कसलाई तिरस्कार गर्नुहुन्छ र कसलाई आशिष् दिनुहुन्छ भन्ने कुरामा उहाँको आफ्नै मापदण्ड र सिद्धान्तहरू छन्। मानिसहरूमा सत्यता र सिद्धान्तहरूको कमी छ, त्यसैले तिनीहरू आफ्नै बाटोमा हिँड्नका लागि प्रवृत्त हुन्छन्। तिनीहरू मनमौजी हुन्छन् र परमेश्वरको मार्गदर्शनबिना सही मार्गमा हिँड्न सक्दैनन्।

कतिपय मानिस सदैव सोच्ने गर्छन्, “परमेश्वरले पृथ्वी कहिले छोड्नुहुन्छ?” परमेश्वरको काम कहिले सकिन्छ? अब म त्यति जवान छैन; जब म वृद्ध हुन्छु, म कसरी जिउनेछु? के यस्ता व्यक्तिमा विश्वास हुन्छ? तिनीहरू वृद्ध हुँदा तिनीहरूलाई साथ दिने साँच्चै कोही भएनन् भने, तिनीहरूले के गर्नेछन्? के तिनीहरूले यसको दोष परमेश्वरमाथि थोपर्ने छैनन्? परमेश्वरमा विश्वास गर्ने धेरै विश्वासीहरूलाई उहाँलाई पछ्याएर तिनीहरूले के पाउनुपर्छ वा कुन कुराहरू सबभन्दा मूल्यवान छन् भन्ने कुरा थाहा हुँदैन। यी विषयहरूमा थोरै मानिसहरू मात्र साँचो रूपमा स्पष्ट हुन्छन्। देहधारी परमेश्वरको काम नभएको भए, चीनका मानिसहरू धेरै पहिले नै नष्ट भइसकेका हुनेथिए। कतिपय मानिसहरूले यसमा विश्वास नगर्न सक्छन्, तर यस्तो हुनुको कारण भनेको तिनीहरूले परिस्थितिलाई स्पष्ट रूपमा नदेख्नु हो, किनभने सत्य कुरा यही हो। मानिसहरू यस्तो पनि ठान्दछन्, “परमेश्वरको मार्गदर्शनबिना पनि हामी अघि बढ्न सक्छौँ; हामीलाई मार्गदर्शन गर्न हामीसँग परमेश्वरको वचन हुनु नै काफी छ। हामी सबैले ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्ने पुस्तक पढेका छौँ, हाम्रो हृदयमा यसबारे साधारण अवधारणा छ र हामी सिद्धान्तहरू बुझ्दछौँ। अब, हामी परिस्थितिलाई नियन्त्रण गर्न सक्छौँ।” तर के तँ साँच्चै परिस्थितिलाई नियन्त्रण गर्न सक्छस् त? तँ सही मार्ग पछ्याउन सक्दैनस्—हिँड्दै गएपछि तँ बरालिनेछस्, अनि के तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछस्? अहिले पनि, तिमीहरू अझै विश्वस्त छैनौ। के भन्न सकिन्छ भने परमेश्वरको मार्गदर्शन नभएको जुनसुकै व्यक्ति पनि बरालिनेछ। अनुग्रहको युगमा पवित्र आत्माले केही मानिसभित्र निरन्तर काम गर्नुभयो, तर तिनीहरूमध्ये अधिकांशले आफ्नै तरिकाले चल्ने भनेर किन जिद्दी गरे? सम्पूर्ण धार्मिक जगतमा ठ्याक्कै कति सम्प्रदाय छन् भन्ने गणना गर्न कठिन छ; यस्ता धेरै सम्प्रदाय छन्, जसबारे तँलाई कुनै जानकारी छैन, वा जसको नाम तँलाई थाहा छैन—यहाँ यो कस्तो समस्या हो? कुरा के हो भने मानिसहरू धेरै जटिल छन्, र तिनीहरूलाई आफ्नै प्रकृतिमा भएका कुराहरू स्पष्ट रूपमा देख्न सजिलो छैन। आजको दिनमा, परमेश्वरले मानिसको प्रकृतिलाई देखाउने धेरै वचनहरू बोलिसक्नुभएको छ, र उहाँ मानिसहरूले आफ्नो प्रकृतिभित्रका कुराहरू र आफ्नो सार स्पष्ट रूपमा देखून् भन्ने चाहनुहुन्छ। तिनीहरूले अरूलाई चिन्न सिक्ने, र तिनीहरूबाट धोका खान वा तिनीहरूलाई आराधना र प्रशंसा गर्न वा पछ्याउनबाट बच्ने यो नै एक मात्र तरिका हो। यदि व्यक्तिमा सत्यताको बुझाइ छैन भने, उसले मानिसहरू वास्तवमा को हुन् भन्ने देख्न सक्नेछैन, र उसले तिनीहरूबाट धोका खाने र बाधित हुने सम्भावना हुनेछ। तसर्थ, परमेश्वरका विश्वासीहरूले सत्यतालाई बुझ्नुपर्छ, परमेश्वरका वचन अझ धेरै पढ्नुपर्छ, र परमेश्वरको प्रकाशमार्फत् मानिसको प्रकृतिबारे थाहा पाउनुपर्छ र मानिसको सार स्पष्ट रूपमा देख्नुपर्छ। परमेश्वरको वचनको प्रकाशले मानिसको प्रकृति खुलासा गर्छ, यसले मानिसहरूलाई तिनीहरूको सार के हो भनेर सिकाउँछ र आफ्नो भ्रष्टताको सार स्पष्ट रूपमा देख्न सघाउँछ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। शैतान एउटा उल्झन हो र त्यसले बोल्ने शैतानी बोलीहरू बुझ्न कठिन हुन्छ। परमेश्वरले त्यसलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” र शैतानले यसरी जवाफ दियो, “पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)। त्यसले दिएको उत्तरलाई ध्यानपूर्वक विचार गर त। यो आइरहेको हो वा गइरहेको हो? यसको अर्थ बुझ्न कठिन छ, त्यसैले मैले यी वचनहरू उल्झन हुन् भनेको हुँ। यी वचनहरूका आधारमा शैतान उल्झन हो भन्ने देख्न सकिन्छ। जब मानिसहरूलाई शैतानले भ्रष्ट बनाउँछ, तब तिनीहरू पनि उल्झन बन्नेछन्। तिनीहरूले गर्ने कुनै पनि काममा तिनीहरूसँग कुनै संयम हुँदैन, कुनै मापदण्ड हुँदैन र कुनै सिद्धान्त हुँदैन। त्यसैले, कुनै पनि व्यक्ति सजिलै बरालिन सक्छ। शैतानले हव्वालाई यसो भन्दै लोभ्यायो, “तिमी त्यो रुखको फल किन खाँदैनौ?” र हव्वाले यसो भनेर उत्तर दिई, “हामीले त्यो रुखको फल खायौँ भने हामी मर्नेछौँ भनेर परमेश्वरले भन्नुभएको छ।” त्यसपछि शैतानले भन्यो, “तिमीले त्यो रुखको फल खायौ भने तिमी मर्नेछौ नै भन्ने छैन।” यी वचनहरूभित्र हव्वालाई लोभ्याउने इरादा थियो। तिनले त्यो रुखबाट फल खाएमा तिनी मर्नेछैनन् भनेर निश्चितता साथ भन्नुको सट्टा, त्यसले तिनलाई मर्नेछौ नै भन्ने छैन भनेर मात्र भन्यो, जसले गर्दा तिनले यसरी सोचिन्, “यदि म मर्नेछु नै भन्ने छैन भने, म यो फल खान सक्छु।” लोभलाई थाम्न नसकेर तिनले त्यो फल खाइन्। यसरी शैतानले हव्वालाई पाप गर्नका लागि फुस्ल्याउने आफ्नो लक्ष्य प्राप्त गर्‍यो। यसका लागि त्यसले जिम्मेवारी लिएन, किनभने त्यसले तिनलाई यो फल खान जबरजस्ती गरेको थिएन। हरेक व्यक्तिभित्र शैतानी स्वभाव हुन्छ; प्रत्येकको हृदयमा असङ्ख्य विषहरू हुन्छन्, जसको प्रयोग गरेर शैतानले परमेश्वरलाई झुक्याउँछ र मानिसलाई फुस्ल्याउँछ। कहिलेकाहीँ तिनीहरूको वाणीमा शैतानको आवाज र लवज मिसिएको हुन्छ, र लोभ्याउने र फुस्ल्याउने इरादा भएको हुन्छ। मानिसको विचार र सोच शैतानका विषहरूले भरिएका हुन्छन् र तिनीहरूले यसको कडा दुर्गन्ध छोड्छन्। कहिलेकाहीँ, मानिसहरूको हेराइ वा गराइबाट पनि लोभ्याउने र फुस्ल्याउने खालको यस्तै दुर्गन्ध आउँछ। कतिपय मानिस भन्छन्, “यदि मैले यसरी नै पछ्याइरहेँ भने पक्कै पनि यसलाई प्राप्त गर्नेछु। मैले सत्यतालाई नपछ्याए पनि परमेश्वरलाई अन्तसम्म नै पछ्याउन सक्छु। म सबथोक त्याग गर्छु र इमानदार भएर आफूलाई परमेश्वरका लागि समर्पित गर्दछु। ममा अन्तिमसम्मै डटिरहने शक्ति छ। मबाट केही अपराध भयो भने पनि परमेश्वरले ममाथि कृपा गर्नुहुनेछ र मलाई त्याग्नुहुनेछैन।” तिनीहरूलाई आफूले यो के भनिरहेको छु भन्ने पनि थाहा हुँदैन। मानिसभित्र धेरै भ्रष्ट कुरा हुन्छन्—यदि तिनीहरू सत्यतालाई पछ्याउँदैनन् भने कसरी परिवर्तन हुन सक्छन्? यदि परमेश्वरले मानिसहरूलाई तिनीहरूको भ्रष्टताको स्तरका आधारमा रेखदेख गर्न छोड्नुभयो भने, तिनीहरू कुनै पनि क्षण पतन हुन र परमेश्वरलाई धोका दिन सक्छन्। के तँ यो कुरामा विश्वास गर्छस्? तैँले जतिसुकै बल ग पनि यो काम पूरा गर्न सक्दैनस्, किनभने परमेश्वरको कामको यो अन्तिम चरण भनेको विजेताहरूको समूह बनाउनु हो। के यसो गर्नु तैँले सोचेजस्तै सजिलो छ? यो अन्तिम रूपान्तरणका लागि कुनै पनि व्यक्ति शतप्रतिशत वा ८० प्रतिशतसम्म पनि परिवर्तन हुनुपर्दैन, मात्र ३० देखि ४० प्रतिशत परिवर्तन भए पुग्छ। कम्तीमा पनि, तैँले आफूभित्र रहेका परमेश्वरलाई प्रतिरोध गर्ने ती कुराहरू खोतलेर बाहिर निकाली, धोइपखाली गरी रूपान्तरण गर्नुपर्छ, जो तेरो हृदयभित्र गडेर रहेका छन्। त्यसपछि मात्र तैँले मुक्ति पाउनेछस्। जब तँ परमेश्वरको मापदण्डअनुसार ३० देखि ४० वा त्योभन्दा बढी ६० देखि ७० प्रतिशत रूपान्तरण हुन्छस्, तब यसले तैँले सत्यता प्राप्त गरेको र तँ सारभूत रूपमा परमेश्वरसँग अनुकूल भएको छस् भन्ने देखाउँछ। अर्को पटक तँमाथि कुनै विपत्ति आयो भने पनि तैँले परमेश्वरलाई प्रतिरोध गर्न वा उहाँको स्वभावलाई चिढ्याउन खोज्ने छैनस्। यसरी मात्रै तँ सिद्ध हुन र परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्नेछस्।

कतिपय मानिसहरू परमेश्वरमा विश्वास गर्ने कुरालाई निकै सरल ढङ्गले हेर्छन्। तिनीहरू सोच्छन्, “परमेश्वरमा विश्वास गर्नु भनेको भेलाहरूमा सहभागी हुनु, प्रार्थना गर्नु, प्रवचन सुन्नु, सङ्गति गर्नु, परमेश्वरको भजन र स्तुति गर्नु, अनि केही कर्तव्यपालन गर्नु हो। के परमेश्वरमा विश्वास भनेको यही नै होइन?” अहिले, तिमीहरूले परमेश्वरमा विश्वास गरेको जति वर्ष भएपनि, परमेश्वरमा विश्वास गर्नुको महत्त्वबारे अझै पूर्ण रूपमा बुझेका छैनौ। वास्तवमा, परमेश्वरमा विश्वास गर्नुको अर्थ यति गहन छ कि कुनै व्यक्तिको अनुभव एकदमै छिपछिपे छ भने, उसले यसलाई बोध गर्नै सक्दैन। जब उसले अन्तसम्म नै अनुभव गर्दछ, तब ऊभित्र रहेका शैतानको स्वभाव र शैतानी विषहरू धोइएर रूपान्तरण हुनुपर्छ। मानिसहरूले आफूलाई धेरै सत्यताहरूले सुसज्जित गर्नुपर्छ, मानिसबाट परमेश्वरले चाहनुभएका मापदण्डहरू पूरा गर्नुपर्छ र साँचो रूपमा परमेश्वरको आज्ञापालन र आराधना गर्न सक्षम हुनुपर्छ। तब मात्र तिनीहरूले वास्तवमै मुक्ति पाउनेछन्। यदि तँ अझै पनि पहिले धर्मको हिस्सा हुँदाको जस्तै छस् भने, धर्मसिद्धान्तका केही शब्द पाठ गर्नु र केही मन्त्र जप्नु, केही असल व्यवहार र काम गर्नु, र कम्तीमा स्पष्ट देखिने निश्चित पापपूर्ण कुराहरूबाट बच्नु मात्रले परमेश्वरमाथिको तेरो विश्वासमा तँ सही मार्ग प्रवेश गरेको छस् भनेर देखाउँदैन। नियमहरू पछ्याउँदैमा तँ सही मार्गमा छस् भन्ने हुन्छ र? के यसको अर्थ तैँले सही छनोट गरिस् भन्ने हुन्छ र? यदि तेरो प्रकृतिभित्र भएका कुराहरू परिवर्तन हुँदैनन् भने, तैँलै अझै पनि परमेश्वरको प्रतिरोध गर्न र अन्तमा उहाँलाई चिढ्याउन सक्नेछस्। यो सबभन्दा ठूलो समस्या हो। यदि तैँले परमेश्वरमाथिको तेरो विश्वासमा रहेको यो समस्या समाधान गर्दैनस् भने, के तैँले साँचो रूपमा मुक्ति पाएको छस् भनेर भन्न सकिन्छ? मैले यसबाट ठ्याक्कै के भन्न खोज्दैछु? म चाहन्छु कि तिमीहरूले हृदयबाटै के बुझ भने परमेश्वरमाथिको विश्वासलाई उहाँको वचनबाट अलग गर्न सकिँदैन, न त यसलाई परमेश्वर स्वयम् वा सत्यताबाट नै अलग गर्न सकिन्छ। तैँले सही मार्ग चुन्नुपर्छ, अनि सत्यता र परमेश्वरको वचनमा प्रयास लगाउनुपर्छ। तैँले आंशिक वा साधारण बुझाइ मात्र हासिल गरेर हुँदैन, र मुख्य कुरा यही हो। आफूलाई मूर्ख बनाउनुले तँलाई हानि मात्रै गर्नेछ। तेरो विश्वासलाई तेरो कल्पनामा आधारित गर्नु राम्रो होइन। यदि तँ अन्तसम्म विश्वास गर्छस्, तर परमेश्वर तेरो हृदयमा हुनुहुन्न भने, यदि तँ उहाँको वचनका पृष्ठहरू छिटोछिटो पल्टाउँछस्, तर त्यसलाई पछि सम्झन सक्दैनस् भने, र यदि तेरो हृदयमा परमेश्वरका लागि ठाउँ छैन भने, तँ सकिइस्। “परमेश्वरमाथिको विश्वासलाई उहाँको वचनबाट अलग गर्न सकिँदैन” भन्नुको अर्थ के हो? के तिमीहरू यसलाई बुझ्छौ? के यसले “परमेश्वरमाथिको विश्वासलाई परमेश्वर स्वयम्‌बाट अलग गर्न सकिँदैन” भन्ने अभिव्यक्तिलाई खण्डन गर्दछ? यदि तेरो हृदयमा परमेश्वरका वचनहरू छैनन् भने, तेरो हृदयमा उहाँलाई कसरी राख्न सक्छस्? यदि तँ परमेश्वरमा विश्वास गर्छस्, तर तेरो हृदय उहाँ र उहाँको मार्गदर्शनबाट वञ्चित छ भने, त पूर्ण रूपमा सकिन्छस्। यदि तँ परमेश्वरको मापदण्डबमोजिम ससाना मामिला पनि सम्हाल्न सक्दैनस् भने, सिद्धान्तका ठूला मामिलामा परमेश्वरको मापदण्ड पूरा गर्न झनै सक्नेछैनस्। त्यसपछि तँसँग कुनै गवाही हुनेछैन, जुन समस्यायुक्त कुरा हो; यसले के प्रमाणित गर्दछ भने तँसँग केही पनि छैन र तैँले कुनै पनि सत्यता प्राप्त गरेको छैनस्।

यस्ता कतिपय विशेष मामिला हुन्छन्, जसको ठोस व्याख्या गर्न सकिँदैन। एक दिन पवित्र आत्माले तिमीहरूलाई अन्तर्दृष्टि दिनुभएपछि मात्र तिमीहरूले तिनलाई बुझ्न सक्षम हुनेछौ। अहिलेलाई, म ती कुराबारे केही शब्द मात्र भन्न सक्छु, जुन मानिसहरूलाई धेरै साधारण वा तर्कहीन लाग्न सक्ला, र मुख्य कुरा यही हो। के तिमीहरूलाई थाहा छ, विदेशीहरूले चीनमा परमेश्वरका चुनिएका मानिसहरूबारे के सोच्छन्? जब तिनीहरूले तिमीहरूलाई चीनमा परमेश्वरमाथि विश्वास गरेको र ख्रीष्टलाई पछ्याएको, यति धेरै सतावट र सङ्कष्ट भोगेको, परमेश्वरको वचन र काममा आनन्द लिएको, अनि यति धेरै कुराहरू प्राप्त गरेको देख्छन्, तब तिनीहरूले तिमीहरूको धेरै डाह गर्छन्! विदेशीहरूको एउटा इच्छा हुन्छ—तिनीहरू मनमनै सोच्छन्: “म पनि परमेश्वरको कामको अनुभव गर्न चाहन्छु। जस्तोसुकै कष्ट भोग्नु परे पनि, म पनि सत्यता प्राप्त गर्न चाहन्छु! म पनि ज्ञान र कदमा वृद्धि हुन चाहन्छु, तर दुर्भाग्यवश, म सही वातावरणमा छैनँ।” तिनीहरूलाई लाग्छ, चीनियाँहरू धेरै आशिषित् छन्, तर यसको बाबजुद, तिमीहरू अझै पनि तिनीहरू नै आशिषित् मानिस हुन् भनेर सोच्छौ र तिनीहरूको डाह गर्छौ। वास्तवमा, तिमीहरू आफूले पाएको सौभाग्यलाई हल्का रूपमा लिन्छौ। परमेश्वरले मानिसहरूको यो समूहलाई ठूलो रातो अजिङ्गरको देशमा पूर्ण पार्नुहुन्छ र तिनीहरूलाई यो कष्ट सहने अनुमति दिनुहुन्छ। यसलाई परमेश्वरको परम उत्कर्ष भन्न सकिन्छ! विगतमा परमेश्वरले भन्नुभएको थियो, “मेरो महिमालाई इस्राएलबाट पूर्वतिर लामो समय अघि नै ल्याइसकेको छु।” अब, के तिमीहरू यो अभिव्यक्तिको अर्थ बुझ्छौ? तिमीहरू भविष्यमा आफ्नो मार्गमा कसरी हिँड्नुपर्छ? तिमीहरूले सत्यतालाई कसरी पछ्याउनुपर्छ? तिमीहरूले सत्यतालाई नपछ्याइ पवित्र आत्माको काम कसरी प्राप्त गर्न सक्छौ र? यदि पवित्र आत्माले तिमीहरूमा काम गर्न बन्द गर्नुभयो भने, तिमीहरू अत्यन्त जोखिमपूर्ण स्थितिमा हुन्छौ। तिमीहरूले अहिले भोगिरहेको सानो कष्टको महत्त्व कति छ? के तिमीहरूलाई थाहा छ, यसले तिमीहरूका लागि के कुरा हासिल गर्नेछ? तिमीहरू कष्ट नभोगिकनै सत्यतालाई पछ्याउन सक्छौ र? के तिमीहरू यसरी सत्यता प्राप्त गर्न सक्छौ? के तिमीहरू साँचो गवाही दिन सक्छौ? यदि तिमीहरू यस्ता कुराहरू बुझ्न सक्छौ भने, तिमीहरूलाई कष्ट भोगिरहेको छु भन्ने महसुस नै हुनेछैन। तिमीहरूको कष्ट बढे पनि यो केही होइन जस्तो लाग्छ।

शरद, १९९९

अघिल्लो: सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

अर्को: के तँलाई मानवजातिप्रतिको परमेश्‍वरको प्रेम थाहा छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्