511 परमेश्वरलाई सन्तुष्ट पार्न सबथोकमा परमेश्वरको साक्षी देऊ
कोरस
परमेश्वरले तिमीमा गर्नुहुने हर काम पछाडि,
शैतानले उहाँसँग बाजी थापिरहेको छ।
उहाँले तिमीमा गर्नुहुने कामको पछाडि युद्ध छ।
जब पनि तिमीलाई जीवनमा केही हुन्छ,
उहाँ चाहनुहुन्छ कि त्यतिबेला तिमी
आफ्नो गवाहीमा दह्रिलो गरी खडा होऊ।
पद १
अहिलेसम्म ठूलो कुरा आइ नपरेको र
तिमीले महान् गवाही नदिएको भए पनि,
तिमीले गर्ने सब काम, जतिसुकै सानो होस्,
सब उहाँको गवाहीसँग सम्बन्धित हुन्छ।
वरपरका मानिसको प्रशंसा जित्न सक्दा
मात्र गवाही दिएको हुनेछौ।
पूर्व कोरस १
यदि एक दिन अविश्वासीहरू आएर,
तिम्रो सब कार्यको प्रशंसा गरे,
उहाँको सब काम महान् छ भनी देखे
भने, तिमीले गवाही दिएको हुनेछौ।
कोरस
परमेश्वरले तिमीमा गर्नुहुने हर काम पछाडि,
शैतानले उहाँसँग बाजी थापिरहेको छ।
उहाँले तिमीमा गर्नुहुने कामको पछाडि युद्ध छ।
जब पनि तिमीलाई जीवनमा केही हुन्छ,
उहाँ चाहनुहुन्छ कि त्यतिबेला तिमी
आफ्नो गवाहीमा दह्रिलो गरी खडा होऊ।
पद २
क्षमता कम र अन्तर्ज्ञान नभए पनि
सिद्धताद्वारा उहाँलाई सन्तुष्ट पार्न
र उहाँको इच्छाको ख्याल गर्न सक्छौ।
अरूले कम क्षमता भएकामा उहाँको काम र
उहाँलाई तिनले चिन्छन्, शैतानसामु विजयी र
परमेश्वरप्रति वफादार छन् भनी देख्छन्।
पूर्व कोरस २
संसारभर यी विजयी हुने मानिसको
समूह बाहेक, कोहीमा पनि बढी
मेरुदण्ड हुनेछैन।
यही हो सर्वोत्तम गवाही।
कोरस
परमेश्वरले तिमीमा गर्नुहुने हर काम पछाडि,
शैतानले उहाँसँग बाजी थापिरहेको छ।
उहाँले तिमीमा गर्नुहुने कामको पछाडि युद्ध छ।
जब पनि तिमीलाई जीवनमा केही हुन्छ,
उहाँ चाहनुहुन्छ कि त्यतिबेला तिमी
आफ्नो गवाहीमा दह्रिलो गरी खडा होऊ।
पद ३
तिमी महान् काम गर्न सक्षम नभए पनि,
उहाँलाई सन्तुष्ट पार्न सक्षम छौ।
आफ्ना धारणा छोड्न सक्छौ, जबकि अरूले सक्तैनन्;
अरू साक्षी दिन सक्तैनन्, तिमी सक्छौ,
कार्यले उहाँको प्रेमको ऋण तिर्न सक्छौ।
यो मात्र उहाँलाई साँच्चै प्रेम गर्नु हो।
कोरस
परमेश्वरले तिमीमा गर्नुहुने हर काम पछाडि,
शैतानले उहाँसँग बाजी थापिरहेको छ।
उहाँले तिमीमा गर्नुहुने कामको पछाडि युद्ध छ।
जब पनि तिमीलाई जीवनमा केही हुन्छ,
उहाँ चाहनुहुन्छ कि त्यतिबेला तिमी
आफ्नो गवाहीमा दह्रिलो गरी खडा होऊ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो” बाट परिमार्जित