157 देहधारी मानिसको पुत्र स्वयम् परमेश्वर हुनुहुन्छ
पद १
जब परमेश्वरको ईश्वरत्व देहमा साकार भयो,
उहाँको उपस्थिति अब धमिलो थिएन।
मानिस परमेश्वरलाई देख्न, नजिक जान सक्थे।
तिनीहरूले मानिसको पुत्रको काम,
चाल र वचनद्वारा परमेश्वरको ईश्वरत्व
र इच्छा जान्ने र बुझ्ने प्रयास गर्न सक्थे।
कोरस
आफ्नो मानवत्वद्वारा, मानिसको पुत्रले परमेश्वरको
ईश्वरत्व र इच्छा व्यक्त गर्नुभयो।
आत्मिक क्षेत्रमा बस्नुहुने परमेश्वरको
इच्छा र स्वभाव देखाउँदै, उहाँलाई मानिस माझ प्रकट गर्नुभयो,
जसलाई छुन र देख्न सकिन्न।
तिनीहरूले देह र रूप भएको परमेश्वर देखे।
पद २
देहधारी मानिसको पुत्रले परमेश्वरको पहिचान,
प्रतिष्ठा, स्वभाव, मानवीय र मूर्त बनाउनुभयो।
चाहे यो उहाँको मानवत्व हो वा ईश्वरत्व,
उहाँ, परमेश्वरको प्रतिष्ठा, पहिचान प्रतिनिधित्व गर्नुहुन्छ; यो नकार्न सक्तैनौ।
पद ३
यो समयभरि देहद्वारा परमेश्वर बोल्नुभयो र काम गर्नुभयो।
मानिसको पुत्रको पहिचानमा मानवजाति सामु उभिनुभयो।
तिनीहरूलाई परमेश्वरको वचन र मानवबीच कामको सामना गर्ने,
नम्रताबीच उहाँको ईश्वरत्व र महानताबारे जान्ने अवसर दिनुभयो।
ब्रिज
मानिस परमेश्वरको वास्तविकताको अनुभूति र स्वाद पाउँदछ।
मानिस त्यसको अर्थ बुझ्दछ।
कोरस
आफ्नो मानवत्वद्वारा, मानिसको पुत्रले परमेश्वरको
ईश्वरत्व र इच्छा व्यक्त गर्नुभयो।
आत्मिक क्षेत्रमा बस्नुहुने परमेश्वरको
इच्छा र स्वभाव देखाउँदै, उहाँलाई मानिस माझ प्रकट गर्नुभयो,
जसलाई छुन र देख्न सकिन्न।
तिनीहरूले देह र रूप भएको परमेश्वर देखे।
अन्त्य
उहाँ प्रकट हुने रूप, बोल्ने दृष्टिकोण
वा मानिसलाई देखाउने स्वरूप जस्तो भएपनि,
न कुनै मानव, न भ्रष्ट मानिस,
तर उहाँ आफैंलाई प्रतिनिधित्व गर्नुहुन्छ।
परमेश्वर स्वयम् परमेश्वर हुनुहुन्छ; यो नकार्न सकिन्न।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३” बाट परिमार्जित