156 ख्रीष्ट व्यक्त गर्नुहुन्छ आत्मा के हो
पद १
देहधारी परमेश्वरलाई मानिसको सार थाहा छ,
मानिसले गर्ने सबैकुरा प्रकट गर्नुहुन्छ,
प्राय मानिसको भ्रष्ट स्वभाव
र विद्रोही आचरण।
सांसारिकहरूसँग बाँच्नुहुन्न तर,
उहाँलाई तिनको प्रकृति, भ्रष्टता थाहा छ।
कोरस १
यो हो उहाँको अस्तित्व।
संसारसँग व्यवहार नगर्नुभएपनि,
त्यसमा संलग्न हुन उहाँलाई सबै नियम थाहा छ।
किनकि उहाँ मानवजाति र तिनको,
प्रकृति पूरा बुझ्नुहुन्छ।
पद २
उहाँलाई आत्माको विगतको
र आजको कामबारे थाहा छ,
जुन मानिसको आँखाले देख्न,
र कानले सुन्न सक्तैन।
यसले देखाउँछ आश्चर्य, मानिसले बुझ्न नसक्ने,
र बुद्धि, जुन दर्शन होइन।
कोरस २
यो हो उहाँको अस्तित्व,
मानिसको लागि प्रकट र अप्रकट दुवै।
उहाँको अभिव्यक्ति असाधारण मानिसको नभई,
आत्माको अन्तर्निहित अस्तित्व
र गुणहरूको हो।
पद ३
उहाँले संसारको यात्रा नगर्नुभएपनि,
त्यसबारे सबै जान्नुहुन्छ।
ज्ञान, अन्तर्दृष्टि नभएकासँग भेट्नुभएपनि,
उहाँका वचन महान मानवभन्दा माथि छन्।
उहाँ मूर्ख र बोधोबीच बाँच्नुहुन्छ,
जो मानव तरिका र कसरी बाँच्ने भनेर जान्दैनन्।
ब्रिज
तर उहाँ तिनको तुच्छता र नीचता देखाउँदै,
तिनलाई उचित मानवत्व जिउन भन्न सक्नुहुन्छ।
कोरस ३
यो हो उहाँको अस्तित्व,
देह र रगतले बनेकाहरूको भन्दा उच्च।
मानवको खुलासा र न्याय गर्नु उहाँको अनुभवबाट होइन;
मानवको अनाज्ञाकारिता जान्नुभई, घृणा गर्नुभई,
उनीहरूको अधर्म प्रकट गर्नुहुन्छ।
अन्त्य
उहाँले गर्ने कामले मानवप्रति
उहाँको स्वभाव र अस्तित्व प्रकट गर्छ।
ख्रीष्ट बाहेक कुनै देहले यस्तो काम गर्न सक्तैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरको काम र मानिसको काम” बाट परिमार्जित