897 परमेश्‍वरले मानिसलाई सम्भव भएसम्म मुक्ति दिन चाहनुहुन्छ

पद १

परमेश्‍वरको मुक्तिको काम दौरान,

सकेसम्म मुक्ति दिन सकिने सबैलाई

मुक्ति दिनुहुनेछ र कसैलाई त्याग्नुहुनेछैन।

तर आफ्नो स्वभाव परिवर्तन गर्न

र उहाँलाई पूरै पालन गर्न नसक्नेहरू,

सबै दण्डका पात्र बन्नेछन्।


कोरस

वचनको विजय स्वीकार्ने सबैले

मुक्तिको धेरै अवसर पाउनेछन्।

उहाँको मुक्तिले तिनलाई उहाँको

परम उदारता र सहिष्णुता देखाउँछ।

मानिस गलत मार्गबाट फर्किए,

पश्चाताप गरे भने उहाँले तिनलाई

उहाँको मुक्ति पाउने अवसर दिनुहुनेछ।


पद २

कामको यो चरण, वचनको कामले,

मानिसलाई तिनले नबुझेका सबै मार्ग

र रहस्यहरू खोलिदिनेछ।

यसले मानिसलाई उहाँको इच्छा र

मानिसबाटका माग बुझाउँछ।

ताकि तिनले उहाँका वचन अभ्यास गर्न

र आफ्नो स्वभाव बदल्न सकून्।


कोरस

वचनको विजय स्वीकार्ने सबैले

मुक्तिको धेरै अवसर पाउनेछन्।

उहाँको मुक्तिले तिनलाई उहाँको

परम उदारता र सहिष्णुता देखाउँछ।

मानिस गलत मार्गबाट फर्किए,

पश्चाताप गरे भने उहाँले तिनलाई

उहाँको मुक्ति पाउने अवसर दिनुहुनेछ।


पद ३

काम गर्न मात्र वचन प्रयोग गर्नुहुन्छ।

मानिसलाई तिनको सानो

विद्रोहको कारण दण्ड दिनुहुन्न,

कारण अहिले मुक्तिको समय हो।

अवज्ञा गर्ने सबलाई दण्ड दिइयो भने,

कसैलाई मुक्ति पाउने मौका हुँदैनथ्यो।

तिनीहरू सबै दण्डित भई

पातालमा खस्ने थिए।

मानिसलाई न्याय गर्ने वचनले, आफैलाई

चिन्ने र उहाँको पालन गर्ने तुल्याउँछन्,

यी वचनका न्यायद्वारा

तिनलाई दण्ड दिन होइन।


ब्रिज

जब मानिसले सुरूमा अवज्ञा गऱ्यो,

उहाँले तिनलाई मार्न चाहनुभएन,

बरू तिनलाई मुक्ति दिने सक्दो प्रयास गर्नुभयो।

मुक्ति पाउन नसक्नेलाई उहाँले पन्छ्याउनुहुनेछ।

हल्का रूपले दण्ड दिनुहुन्न कारण दिन सकिने सबलाई

मुक्ति दिन चाहनुहुन्छ।


कोरस

वचनको विजय स्वीकार्ने सबैले

मुक्तिको धेरै अवसर पाउनेछन्।

उहाँको मुक्तिले तिनलाई उहाँको

परम उदारता र सहिष्णुता देखाउँछ।

मानिस गलत मार्गबाट फर्किए,

पश्चाताप गरे भने उहाँले तिनलाई

उहाँको मुक्ति पाउने अवसर दिनुहुनेछ।


अन्त्य

उहाँ वचनद्वारा मानिसलाई न्याय गर्नुहुन्छ,

अन्तर्दृष्टि दिनुहुन्छ, डण्डा प्रहार गर्नुहुन्न।

वचनद्वारा मुक्ति दिनु, कामको अन्तिम

चरणको उद्देश्य, अर्थ हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 895 मानवजातिको निम्ति परमेश्‍वरको इच्छा कहिल्यै परिवर्तन हुनेछैन

अर्को: 901 जबसम्म तिमीले परमेश्‍वरलाई छोड्दैनौ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्