248 मानिसहरूलाई निन्दा गर्ने परमेश्‍वरको आधार

पद १

परमेश्‍वर देहधारी नहुनुभएको

बेला, मानिसले उहाँको विरोध

गर्‍यो-गरेन भनी मापन, स्वर्गको अदृश्य

परमेश्‍वरलाई आराधना र

खोजी गर्‍यो-गरेनमा आधारित हुन्थ्यो।

त्यो समय उहाँप्रतिको

विरोधलाई मापन गर्ने तरिका

त्यति व्यावहारिक थिएन।


पद २

कारण मानिस उहाँलाई देख्न सक्तैनथ्यो,

न उहाँको स्वरूप कस्तो छ वा कसरी बोल्नुहुन्छ,

काम गर्नुहुन्छ भनी जान्दथ्यो।

मानिसमा उहाँबारे कुनै धारणा थिएन

र उहाँमा अस्पष्ट रूपमा विश्‍वास गर्थ्यो,

कारण उहाँ मानिससामु देखा पर्नुभएको थिएन।


कोरस १

तसर्थ, मानिसले कल्पनामा उहाँमा जसरी विश्‍वास गरे पनि,

उहाँले मानिसलाई निन्दा गर्नुभएन, ऊसँग धेरै माग गर्नुभएन,

कारण ऊ परमेश्‍वरलाई देख्न

पूर्ण रूपमा असक्षम थियो,

परमेश्‍वरलाई देख्न पूर्ण रूपमा असक्षम थियो।


पद ३

उहाँ देहधारी हुनुभई मानिसमाझ काम गर्न आउनुहुँदा,

सब उहाँलाई देख्छन्, उहाँका वचन सुन्छन्,

र उहाँले देहधारी शरीरभित्रबाट गर्नुहुने कार्य देख्छन्।

त्यो क्षण, मानिसका सब धारणा हावामा हराउँछन्।


पद ४

उहाँलाई देहधारी हुनुभएको देखेकाहरूले,

उहाँको आज्ञा स्वेच्छाले पालन गरेमा निन्दा गरिने छैनन्,

तर जानाजानी उहाँको विरुद्ध उभिने

उहाँको विरोधी मानिनेछन्।

ती ख्रीष्ट विरोधी हुन्, जानाजानी

उहाँ विरुद्ध उभिने शत्रु हुन्।


कोरस २

उहाँबारे धारणा राख्ने तर उहाँलाई पालन गर्न तयार र

इच्छुकलाई निन्दा गरिने छैन, निन्दा गरिने छैन।

उहाँ मानिसलाई अभिप्राय र कार्यका आधारमा

निन्दा गर्नुहुन्छ, उसको सोच, विचारको

आधारमा कहिल्यै निन्दा गर्नुहुन्न।

सोच र विचारको आधारमा निन्दा गर्नुहुन्थ्यो भने,

एउटै मानिस पनि उहाँको

क्रोधपूर्ण हातबाट उम्कन सक्ने थिएन।


पद ५

जानाजानी देहधारी परमेश्‍वर विरुद्ध उभिनेहरू, तिनको

अनाज्ञाकारीताको लागि दण्डित हुनेछन्।

जानाजानी उहाँ विरुद्ध उभिनेको

विरोध यस तथ्यबाट उत्पन्न हुन्छ कि उहाँबारे धारणा राख्नाले

तिनलाई उहाँको काममा बाधा दिने कार्यमा डोर्याउँछ।


कोरस ३

यी मानिस जानाजानी उहाँको कामको विरोध गर्छन्, त्यसलाई नष्ट गर्छन्।

ती उहाँबारे धारणा राख्ने मात्र होइन,

कामलाई बाधा दिने कार्यमा पनि संलग्न हुन्छन्,

यस कारण यस्ता मानिसलाई निन्दा गरिनेछ।

जानाजानी उहाँको कामलाई बाधा नदिनेलाई पापीको

रूपमा निन्दा गरिनेछैन, कारण तिनीहरू स्वेच्छाले

बाधा, अवरोध दिने कार्यमा संलग्न नहुन, र पालन गर्न सक्षम छन्।

यस्ता मानिसलाई निन्दा गरिनेछैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्” बाट परिमार्जित

अघिल्लो: 247 ख्रीष्टसँग अनुकूलताको बाटो खोज

अर्को: 250 कसैले परमेश्‍वरको काम बुझ्न सक्तैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्