253 परमेश्वर सबै सृष्टिका प्रभु हुनुहुन्छ
शुरुवात
एक समय परमेश्वर यहोवा भनी चिनिनुहुन्थ्यो,
उहाँलाई मसीह पनि भनिन्थ्यो
र मानिस उहाँलाई प्रेम र सम्मान साथ मुक्तिदाता येशू भन्थे।
पद १
तर आज उहाँ मानिसले विगतमा चिनेको
यहोवा वा येशू हुनुहुन्न;
आखिरी दिनहरूमा फर्कनुभएको, युगको अन्त्य गर्नुहुने परमेश्वर हुनुहुन्छ।
पूर्व कोरस १
पृथ्वी छेउबाट उठ्नुहुने, अख्तियार, आदर,
महिमा र उहाँको पुरै स्वभावले भरिपूर्ण,
स्वयम् परमेश्वर हुनुहुन्छ।
कोरस १
आखिरी दिनहरूमा देखापर्नुहुने
तर मानिसमाझ लुक्नुभएको परमेश्वर हुनुहुन्छ।
उहाँ मानिसमाझ, सत्य र वास्तविक रूपमा,
उज्ज्वल सूर्य, प्रज्वलित ज्वालाझैँ,
शक्ति र अख्तियारले पूर्ण हुनुभई बस्नुहुन्छ।
कोरस २
उहाँका वचनद्वारा न्याय नगरिने
कुनै व्यक्ति वा चिज छैन
र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने कुनै व्यक्ति वा चिज छैन
र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने कुनै व्यक्ति वा चिज छैन।
पद २
आखिरी दिनहरूमा मुक्तिदाता येशू नै भनिनुभयो,
यहूदियामै जन्मी त्यहीँ काम गर्नुभयो भने,
प्रमाणित हुनेछ कि इस्राएलीहरूलाई मात्र
सृष्टि र मुक्त गर्नुभयो,
कि अन्यजातिसँग उहाँको कुनै सरोकार छैन।
पूर्व कोरस २
के यसले उहाँको “म स्वर्ग, पृथ्वी र सबथोक सृष्टि गर्ने
परमेश्वर हुँ” भन्ने वचनलाई काट्दैन?
कोरस ३
उहाँले यहुदिया छोड्नुभयो र अन्यजातिमाझ काम गर्नुहुन्छ,
कारण उहाँ इस्राएलीहरूको मात्र नहुनुभई,
सबै प्राणीहरूको परमेश्वर हुनुहुन्छ।
कोरस ४
उहाँ आखिरी दिनहरूमा अन्यजातिमाझ देखा पर्नुहुन्छ,
कारण उहाँ यहोवा, इस्राएलीहरूको परमेश्वर मात्र नभई,
अन्यजातिमाझ चुनिएका सबैको सृष्टिकर्ता हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “मुक्तिदाता पहिले नै ‘सेतो बादल’ मा फर्किसक्नुभएको छ” बाट परिमार्जित