972 परमेश्वरले मानिसको जीवनलाई निरन्तर मार्गदर्शन गर्नुहुन्छ
पद १
चाहे आशिष्, व्यवस्था वा जीवनका नियम दिँदा होस्,
परमेश्वरले सबथोक मानिसलाई सामान्य जीवन
जिउन अगुवाइ गर्न गर्नुहुन्छ।
नियम र व्यवस्था पालन गर्ने तुल्याउनुभयो,
शैतानको आराधना नगरोस्, त्यसले हानि नगरोस् भनी उहाँ चाहनुहुन्छ।
सुरूमा यही गरिएको थियो।
पूर्व कोरस १
योजना उहाँका लागि नभई मानिसको लागि हो।
उहाँ सब तिनलाई बहकिनबाट जोगाउन गर्नुहुन्छ।
कोरस
मानिस सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ,
सधैँ रेखदेख, आपूर्ति र साथ दिन,
आफ्ना वचन, सत्यता, जीवन प्रयोग गर्नुहुन्छ।
हो, मानिसको सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ।
पद २
जब सत्यता बुझ्दैनौ, तिमीलाई ज्योति दिनुहुन्छ,
सत्यतासँग के मेल खाँदैन र
के गर्नुपर्छ भनी भन्नुहुन्छ।
जब तिमीलाई साथ दिनुहुन्छ, उहाँको न्यानोपन,
प्रेमिलो स्वभाव, साथ महसुस गर्छौ।
जब विद्रोहीपन न्याय गर्नुहुन्छ, वचनद्वारा तिमीलाई निन्दा गर्नुहुन्छ,
पूर्व कोरस २
मानिस र नाना थोकद्वारा ताडना दिनुहुन्छ।
भद्र, प्रेमिलो र मापन गरिएको तरिकामा काम गर्नुहुन्छ,
केही सहन गाह्रो बनाउनुहुन्न।
कोरस
मानिस सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ,
सधैँ रेखदेख, आपूर्ति र साथ दिन,
आफ्ना वचन, सत्यता, जीवन प्रयोग गर्नुहुन्छ।
हो, मानिसको सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ।
ब्रिज
तिनलाई कसरी प्रेम, कदर गर्नुहुन्छः
व्याख्या गर्न सजिलो छैन।
त्यो तिनको घमण्डले नभई उहाँद्वारा अभ्यासमा ल्याइन्छ।
तिनलाई दिनुहुने सबथोक, तिनमा काम गर्ने तरिका,
उहाँको पवित्रताबाट आउँछ।
पद ३
उहाँले मानिसलाई भन्नुहुने,
प्रोत्साहन, परामर्श दिनुहुने,
सब एउटै सारबाट आउँछः उहाँको पवित्रता।
कोरस
मानिस सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ,
सधैँ रेखदेख, आपूर्ति र साथ दिन,
आफ्ना वचन, सत्यता, जीवन प्रयोग गर्नुहुन्छ।
हो, मानिसको सृष्टि गर्नुभयो, तिनको जीवन अगुवाइ गर्नुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय ४” बाट परिमार्जित