1013 परमेश्वर दुष्टहरूलाई मुक्ति दिनुहुन्न
पद १
ठूलो रातो अजिङ्गरको देशमा,
परमेश्वरले मानिसले बुझ्न नसक्ने
कामको चरण गर्नुभएको छ,
जसले तिनलाई हावामा बगाइरहेछ।
यसपछि हावाको बहावसँगै
चुपचाप बगेर धेरै जान्छन्।
उहाँले खाली गर्न लाग्नुभएको “खलो” हो यो;
उहाँको तृष्णा, योजना यही हो।
पूर्व कोरस १
कारण उहाँ काममा हुँदा धेरै दुष्ट पसेका छन्,
तर ती सबलाई धपाउन हतारमा हुनुहुन्न।
बरु, ठिक समयमा तिनलाई तितरबितर पार्नुहुनेछ।
अनि मात्र उहाँ जीवनको मुहान हुनुहुनेछ,
उहाँलाई साँच्चै प्रेम गर्नेहरूलाई अञ्जीरको फल,
लिलीको बास्ना पाउने तुल्याउनुहुनेछ।
कोरस
तिमीले जान्नुपर्छ कि उहाँ शुद्ध,
खारिएको सुन प्राप्त गर्नुहुन्छ, बालुवा होइन।
त्यसैले, दुष्टलाई उहाँको
घरमा कसरी बस्न दिन सकिन्छ?
पद २
शैतान बस्ने ठाउँ, धुलोको भूमि हो,
जहाँ विशुद्ध सुन बाँकी नै छैन।
यो परिस्थिति सामना गर्दा,
उहाँ कामको यस्तो चरण गर्नुहुन्छ।
फ्याउराहरूलाई आफ्नो स्वर्गमा परजीवी
हुन कसरी दिन सक्नुहुन्छ?
यी कुरा पाखा लगाउन उहाँ
हर सम्भव तरिका प्रयोग गर्नुहुन्छ।
पूर्व कोरस २
उहाँको इच्छा प्रकट गरिनु अघि,
कार्य कोही जान्दैनन्।
उहाँ दुष्टलाई धपाउन मौका छोप्नुहुन्छ,
र ती उहाँलाई छोडी जान बाध्य हुन्छन्।
परमेश्वरले दुष्टहरूलाई यसो गर्नुहुन्छ
भनी थाहा होस्।
कोरस
तिमीले जान्नुपर्छ कि उहाँ शुद्ध,
खारिएको सुन प्राप्त गर्नुहुन्छ, बालुवा होइन।
त्यसैले, दुष्टलाई उहाँको
घरमा कसरी बस्न दिन सकिन्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी” बाट परिमार्जित