372 कसैले कहिल्यै परमेश्वरको हृदय बुझेको छ?
पद १
परमेश्वरले सांसारिक महिमा, प्रेम, मानिसमाझका
आशिषमा नरमाई मानिसलाई सब दिनुभएको छ
मानिस उहाँप्रति निर्दयी छन्।
पृथ्वीका सम्पत्तिमा आनन्द लिनुभएको छैन,
साँचो र जोशिलो हृदय, सबथोक उसलाई दिनुहुन्छ।
कोरस १
कसले उहाँलाई सान्त्वना दिएको छ?
मानिसले उहाँमाथि सारा दबाब,
दुर्भाग्य, डरलाग्दा परिस्थिति थुपारेको छ।
अन्यायको दोष लगाउँछ,
उहाँ चुपचाप स्वीकार्नुहुन्छ।
के उहाँ विरोध गर्नुहुन्छ, भरपाई माग्नुहुन्छ?
कसले उहाँलाई सहानुभूति देखाउँछ?
पद २
कुन सामान्य मानिसको मनोरम बाल्यकाल,
रङ्गीन जवानी, परिवारको न्यानोपन थिएन?
साथीको प्रेम वा अरूको सम्मान रहित को छ?
विश्वासपात्रको सान्त्वना रहित को छ?
कोरस २
के उहाँले सान्त्वना पाउनुभएको छ?
कसले उहाँलाई नैतिकता देखाएको छ,
सहेको छ र कठिन समयमा को उहाँसँग रहेको छ?
बिनासङ्कोच उहाँसँग माग मात्रै गर्छ।
कसरी देहधारी परमेश्वरलाई,
परमेश्वर नै मान्न सक्छ?
उहाँलाई कसले चिन्न सक्छ?
ब्रिज
मानिसमाझ सत्यता, साँचो धार्मिकता कहाँ छ?
को उहाँको स्वभाव जान्न
वा परमेश्वरसँग प्रतिस्पर्धा गर्न सक्छ?
आश्चर्य छैन, उहाँ मानिसमाझ आउनुहुँदा,
मानिसले उहाँलाई चिनेको छैन र इन्कार गरेको छ।
पद ३
उसले कसरी उहाँको अस्तित्व सहन वा
ज्योतिलाई अन्धकार हटाउने तुल्याउन सक्थ्यो?
के यो मानिसको भक्ति र प्रवेश होइन?
के उहाँको काम उसको प्रवेशमा केन्द्रित छैन?
अन्त्य
उहाँको काम तिम्रो प्रवेशसँग मिलाऊ र
उहाँसँग राम्रो सम्बन्ध बनाऊ र आफ्ना
सब कर्तव्य पूरा गर भन्ने उहाँ चाहनुहुन्छ।
यसरी उहाँको कामको समापन हुनेछ,
र उहाँ महिमित हुनुहुनेछ, महिमित हुनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “काम र प्रवेश (१०)” बाट परिमार्जित