11 हामी सिंहासन सामु लगिएका छौँ

पद १

हामी परमेश्‍वरको सिंहासन सामु लगिएका छौँ,

उहाँकै अनुग्रह र कृपाको कारण।

सन्तमा उहाँप्रतिको प्रेम बढ्यो,

र आफ्नो आत्मिक पथमा कहिल्यै डगमगाएनन्।

ब्रह्माण्डको शिर, आज्ञा दिनहुने एक मात्र साँचो परमेश्‍वर,

देहधारी हुनुभएको छ भन्ने विश्‍वासमा उनीहरू दृढ छन्।

आत्माद्वारा पुष्टित, अचुक प्रमाण हो यो,

अहँ, यो कहिल्यै बदलिन सक्तैन।


कोरस १

सर्वशक्तिमान् परमेश्‍वर! तपाईँले हाम्रा आँखा खोल्नुभएको छ,

अन्धा देख्न, लङ्गडा हिँड्न, र कोरी

निको हुन सक्छन्।

हाम्रो लागि एउटा स्वर्गीय ढोका खोल्नुभएको छ,

आत्मिक संसारका रहस्य हेर्न

तपाईंका वचन हामीमा छिर्छन्:

हामीलाई भ्रष्ट मानवत्वबाट मुक्ति दिनुभएको छ।

यो तपाईंको महान काम र कृपा हो, हामी तपाईंका साक्षी हौँ।


पद २

लामो समयदेखि मौनमा

विनम्र र गुप्त रहनुभएको छ,

पुनरुत्थान हुनुभयो र क्रूसमा कष्ट भोग्नुभयो।

तपाईंले मानवजीवनका खुसी र पीडा, ठूलो विपत्ति र सतावट

अनुभव गर्नुभएको छ।

मानव संसारको दु:ख चाख्नुभएको छ,

युगद्वारा त्यागिनुभएको;

देहधारी परमेश्‍वर स्वयम् परमेश्‍वर हुनुहुन्छ।


कोरस २

उहाँको इच्छा खातिर हामीलाई

गोबरको थुप्रोबाट मुक्ति दिनुभएको छ,

दाहिने हातले सम्हाल्नुभयो र सित्तैमा अनुग्रह दिनुभयो।

आफ्नो जीवन हामीमा ढाल्न प्रचुर प्रयास गर्नुभएको छ,

तपाईंका रगत, पसिना र आँसु सन्तमा केन्द्रित छन्।

हामी तपाईंका अनन्त प्रयासका परिणाम हौँ,

तपाईंले तिर्नुहुने मूल्य हौँ हामी।

सर्वशक्तिमान् परमेश्‍वर! तपाईंको प्रेम, कृपा, धार्मिकता,

प्रताप, पवित्रता र विनम्रताका कारण

सबै तपाईं अगाडि झुक्नेछन्

र अनन्तसम्म तपाईंको आराधना गर्नेछन्।


पद ३

सबै मण्डलीलाई पूर्ण पार्नुभएको छ,

फिलाडेल्फिया मण्डली

तपाईंको ६००० वर्षे योजना साकार भयो।

आत्मामा, एकअर्कासँग प्रेममा जोडिएर,

जीवनको फोहोरा र मुहानसँग जोडिएर,

सन्त तपाईंलाई नम्रतापूर्वक पालन गर्छन्।

जिउँदो पानी अविरल बगिरहन्छ,

मण्डलीलाई सताउने फोहोरलाई पखाल्दै, सफा गर्दै,

तपाईंको मन्दिरलाई पुन: शुद्ध पार्दै।


कोरस ३

उहाँलाई हाम्रा आत्मामा शासन गर्न दिन्छौँ,

उहाँसँग हिँडदै, मुक्त्त हुँदै,

संसारलाई जित्दै, हाम्रा आत्मा स्वतन्त्र उड्छन्।

यो सर्वशक्तिमान् परमेश्‍वर राजा हुनुको परिणाम हो,

उहाँसँग सहकार्य गर, सेवामा समन्वय गर,

उहाँको इच्छालाई सन्तुष्ट गर्न एक बन।

पवित्र आत्मिक शरीर बन्न हतार गर,

शैतानलाई कुल्चेर त्यसको नियति अन्त्य गर!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २” बाट परिमार्जित

अघिल्लो: 10 परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ

अर्को: 12 परमेश्‍वरले आफ्नो महिमा पूर्व ल्याउनुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्