537 आफ्नो मृत्युशय्यामा सत्यता महसुस गर्नु ढिलो भइसकेको हुन्छ
पद १
धेरै मानिस निकै ज्ञानको कुरा गर्छन्,
तर अन्ततः मृत्युश्य्यामा रुन्छन्।
जीवन खेर फालेकोमा, व्यर्थै लामो जीवन
जिएकोमा आफैलाई घृणा गर्छन्।
पद २
धर्मसिद्धान्त मात्र बुझ्छन्,
तर सत्यता अभ्यास गर्न सक्तैनन्।
परमेश्वरको साक्षी दिनुको सट्टा,
मौरी झैँ यता उता दौडिन्छन्।
पूर्व कोरस
मृत्युको मुखमा पुगेपछि मात्र तथ्य देख्छन्:
कि उहाँलाई बिलकुल चिनेका छैनन्,
साँचो गवाहीको अभावमा छन्।
कोरस
आजको उपयोग किन गर्दैनौ?
सत्यता किन पछ्याउदैनौ?
भोलिसम्म किन कुर्छौ?
के त्यो ढिलो हुँदैन?
सत्यता किन पछ्याउदैनौ?
त्यसको लागि दुःख किन भोग्दैनौ?
के पछुतोको साथ मर्न चाहन्छौ?
त्यसोभए किन उहाँमा विश्वास गर्छौ?
पद ३
मानिसले थोरै मात्र परिश्रमसाथ
सत्यता अभ्यास गरेर
उहाँलाई सन्तुष्ट पार्न सक्ने,
धेरै मामिलाहरू छन्।
पद ४
तर तिनका हृदय दुष्टद्वारा नियन्त्रित छन्,
त्यसैले उहाँको खातिर कार्य गर्न सक्तैनन्।
बरु देहको लागि कार्य गर्छन् र
अन्त्यमा देखाउनको लागि केही हुँदैन।
ब्रिज
यस कारण मानिस
कठिनाइले पीडित हुन्छन्।
के यी शैतानका यातना होइनन्?
के यो देहको भ्रष्टता होइन?
पद ५
रित्तो बोलीले उहाँलाई मूर्ख बनाउन नखोज,
बरु ठोस कार्य गर।
आफैलाई धोका दिनुको अर्थ के हुन्छ?
देह र प्रसिद्धिको लागि बाँचेर के प्राप्त हुन्छ?
कोरस
आजको उपयोग किन गर्दैनौ?
सत्यता किन पछ्याउदैनौ?
भोलिसम्म किन कुर्छौ?
के त्यो ढिलो हुँदैन?
सत्यता किन पछ्याउदैनौ?
त्यसको लागि दुःख किन भोग्दैनौ?
के पछुतोको साथ मर्न चाहन्छौ?
त्यसोभए किन उहाँमा विश्वास गर्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ” बाट परिमार्जित