309 के तिमीसँग ख्रीष्टप्रति साँचो विश्‍वास र प्रेम छ?

पद १

सबले परमेश्‍वरबाट इनाम, कृपा पाउन चाहन्छन्;

उहाँमा विश्‍वास गर्न थाल्दा यस्तै आशा गर्छन्,

कारण सबै उच्च कुराको खोजीमा व्यस्त छन्,

कोही पनि अरूको पछाडि पर्न चाहँदैनन्।

मानिस यस्तै नै हुन्छन्।


पूर्व कोरस

तिमीहरूमध्ये धेरै स्वर्गको

परमेश्‍वरको चापलुसी गर्न खोज्दैछौ,

तैपनि उहाँप्रतिको निष्ठा र निष्कपटता

आफूप्रति भन्दा निकै कम छ।


पद २

ख्रीष्टप्रति आज्ञाकारी जस्तो देखिन्छौ,

तर उहाँप्रति न विश्‍वास न प्रेम छ।

आफ्ना भावनाको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छौ;

आफूले रात-दिन चाहने, तर कहिल्यै नभेटेको

परमेश्‍वरलाई प्रेम गर्छौ।


कोरस

विश्‍वास भनेको आस्था र भरोसा हो;

प्रेम भनेको हृदयमा आदर, प्रशंसा हुनु र

कहिल्यै अलग नहुनु हो।

तर आजको ख्रीष्टप्रति विश्‍वास र उहाँप्रति प्रेम

निकै कम हुन जान्छ।

हो निकै कम हुन जान्छ।


पद ३

तिमीहरूको विश्‍वास निकै कम,

र ख्रीष्टप्रतिको प्रेम नगण्य छ।

उहाँको स्वभाव वा सार जान्दैनौ, त्यसोभए

कसरी उहाँलाई विश्‍वास, प्रेम गर्छौ?

तिमीहरूको विश्‍वासको वास्तविकता कहाँ छ?

के साँच्चै उहाँलाई प्रेम गरिरहेका छौ?

के साँच्चै उहाँलाई प्रेम गरिरहेका छौ?


कोरस

विश्‍वास भनेको आस्था र भरोसा हो;

प्रेम भनेको हृदयमा आदर, प्रशंसा हुनु र

कहिल्यै अलग नहुनु हो।

तर आजको ख्रीष्टप्रति विश्‍वास र उहाँप्रति प्रेम

निकै कम हुन जान्छ।

हो निकै कम हुन जान्छ।


अन्त्य

जब विश्‍वासको कुरा आउँछ,

कसरी उहाँलाई विश्‍वास गर्छौ, विश्‍वास गर्छौ?

जब प्रेमको कुरा आउँछ,

कुन तरिकाले उहाँलाई प्रेम गर्छौ, प्रेम गर्छौ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो: 307 के यो तिमीहरूको विश्‍वास हो?

अर्को: 315 ख्रीष्टको बारे धारणाहरू राख्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्