अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

17 अक्टोबर 2021

झाओ फान, चीन

परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्”)। परमेश्‍वरका वचनहरू कति व्यवहारिक हुन्छन्! तिनीहरूको न्याय र सजायबिना अनि तिनीहरूको काँटछाँट र निराकरणविना, हामीले आफ्नो शैतानी स्वभावलाई परिवर्तन गर्न सक्दैनौँ वा साधारण मानवताको जीवन यापन गर्न सक्दैनौँ। म एकदमै अहङ्कारी थिएँ। कार्यस्थलमा मैले सधैँ आफूलाई अरूभन्दा सक्षम र उत्तम ठान्थेँ, त्यसकारण उनीहरूले मेरो कुरा सुन्नुपर्छ भनेर सोच्थेँ। म विश्‍वासमा आएपछि, मैले आफ्नो अहङ्कारी स्वभाव बारम्बार प्रकट गरें। सबै कुरामा मलाई नै अन्तमा बोल्नुपर्थ्यो र बडप्पन देखाउँदै भाषण दिन्थेँ र अरूलाई विवश बनाउथेँ। यो मेरा दाजुभाइ-दिदीबहिनीहरूका लागि हानिकारक र उनीहरूलाई दबाउने खालको थियो। परमेश्‍रवको न्याय र सजाय अनि काँटछाँट र निराकरणद्बारा मात्र मैले मेरो अहङ्कारी स्वभावलाई केही हदसम्म बुझेँ, र अनि पश्चात्ताप गर्न र आफूलाई घृणा गर्न सकेँ। पछि, मैले हाम्रा कर्तव्यहरू पूरा गर्ने बेलामा अरूसित अन्तरक्रिया र समन्वय गर्दा आफूलाई सानो बनाएर व्यवहार गर्न थालेँ। मैले होसियारीपूर्वक सत्यतालाई खोज्न र मानिसहरूको सल्लाहहरू लिन सिकेँ। त्यसपछि मात्र मैले अलिकति मानव जस्तै भएर जिएँ।

वर्ष २०१५ मा चर्चको अगुवा भएर सेवा गर्न म छानिएकी थिएँ। त्यसबेला मलाई एकदमै खुसी लाग्यो। मैले मनमनै सोचेँ, “मण्डलीका धेरै मानिसहरूले मलाई मत दिनु भनेको म सबैभन्दा राम्रो भएर नै हो। मैले यो काम पूरा गर्न मेहनत गर्नुपर्नेछ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले गलत व्यक्ति छानेछौँ भन्‍न नपरोस्।” त्यसपछि, मैले हरेक दिन आफूलाई व्यस्त राखेँ; कुनै पनि दाजुभाइ वा दिदीबहिनी समस्यामा देखेँ भने मैले तुरुन्तै परमेश्‍वरको वचनबाट सम्बन्धित केही परिच्छेदहरू खोज्छु र त्यो समस्या समाधान गर्न संगति दिन्छु। केही समय बित्यो र हाम्रो चर्च जीवनमा निकै सुधार भएको थियो। चर्चका थुप्रै कामहरू पूरा गर्नु थियो, तर मैले हरेक भागलाई सफा-सुग्घरसँग व्यवस्थापन गर्न सकेकी थिएँ। जब हाम्रो चर्चको जीवन अरू चर्चहरूको भन्दा राम्रो भएको देखेँ, तब म खुशी भएँ। पछि अगुवाहरूले हाम्रो चर्चको काम निकै राम्रो भइरहेको देखे, उनीहरूले अरू चर्चहरूलाई हाम्रो तौरतरिका सापटी लिन लगाए। अझ त्यसमाथि, चर्चका केही महत्वपूर्ण काममा पनि उनीहरूले मलाई सहभागी बनाउन चाहे। मैले सोचेँ, “अगुवाहरूले समेत मेरो कदर गर्छन् र मेरो क्षमताको तारिफ गर्दैछन्; मेरो सामर्थ्य त्यति नराम्रो छैन जस्तो छ—र पक्‍कै पनि अरू धेरैको भन्‍दा राम्रो छ!” मैले थाहा नपाई म त आफैलाई महत्वपूर्ण ठान्‍न थालिसकेछु। मलाई आफूले सबै बुझेकी छु र सबै गर्न सक्छु जस्तो लाग्यो। साथै, मेरा सहकर्मीहरूले कुनै सल्लाह दिएमा, त्यसलाई मैले त्यति वास्ता गरिनँ; मलाई आफू उनीहरूभन्दा धेरै माथि छु जस्तो लाग्थ्यो र उनीहरूसित हाकिम जस्तो व्यवहार गर्थेँ। मैले भनेको जस्तै उनीहरूले नगर्दा, उनीहरूको आलोचना गर्न र उनीहरूलाई भाषण दिनबाट रोक्‍न सकिनँ। एक पटक, एकजना मसँगै समन्वय गर्ने बहिनीले एउटा प्रश्‍नको उत्तर दिन लागेकी थिइन्। केही समस्या भएपछि उनले मसँग छलफल गर्न चाहिन्। मैले मनमनै सोचेँ, “यसमा छलफल गर्नुपर्ने के छ र? यो गाह्रो प्रश्‍न होइन; त्यसैले तिमीलाई मैले उत्तर दिने अभ्यास गर्न दिएकी हुँ। यदि तिमीले यति सानो समस्या पनि समाधान गर्न सक्दैनौ भने, तिमी यो कामको लागि योग्य छैनौ। यदि म भएकी भए, उत्तिखेर नै समाधान गरिसक्थेँ।” अनि त्यसैले, मैले अहंकारी आवाजमा भनेँ, “चिन्ता नगर, म उत्तर दिनेछु।” परिणामस्वरूप, यी बहिनीले मैले उनलाई दबाएकी महसुस गरिन्, अनि कुनै समस्यामा परिन् भने उनले कहिल्यै पनि मसितसहायता माग्‍ने साहस गरिनन्। अर्को पटक, मैले बहिनी वाङ्गलाई एउटा कामको लागि सिफारिश गरेँ। बहिनी चेनले सल्लाह दिइन्, “यो काम धेरै महत्त्वपूर्ण छ; हामी निश्‍चित हुनुभन्दा अगाडि बहिनी वाङ्गले कसरी सामान्य तरिकामा व्यवहार गर्छिन् भन्‍ने कुराको हामीसित स्पष्ट आइडिया हुनुपर्छ।” यो कुराले मलाई अलिकति नमज्जा लाग्यो। मैलै सोचेँ, “यस्ता काम मैले विगतमा धेरै नै सम्हालेकी छु, अनि तिम्रो विचारमा मैले यो बुझ्दिनँ? यसबाहेक, म उनीसँग सधैँ नै सम्पर्कमा हुन्छु, त्यसकारण मैले उनलाई बुझ्दिनँ भनेर कसरी भन्‍न सक्छौ? मैले सबैसँग उनीबारे सोधेकी चाहन्छौ, तर यसले काममा ढिलाइ हुन्‍न?” मैले उनलाई कडाइका साथ भनेँ, “समय खेर नफाल्न। हामी अगाडि बढौँ।” म जिद्दी भएकी देखेर बहिनी चेन चुप लागिन्। त्यो बेला उनी विवश भएकी जस्तो मैले देखेँ, तर मैले वास्ता गरिनँ। त्यस बेलादेखि, कुनै पनि दाजुभाइ वा दिदीबहिनीले सल्लाह दिए भने, उनीहरू त्यति राम्रा छैनन् वा परिपक्‍व छैनन् जस्तो मलाई लाग्थ्यो। त्यसैले, मैले उनीहरूका दृष्‍टिकोणहरूलाई अस्वीकार गर्नको लागि सबै प्रकारका बहानाहरू बनाउथेँ, त्यसपछि म आफूले शानदार ठानेका केही विचारहरू व्यक्‍त गर्थेँ, र सबैलाई मैले भनेको काम गर्न लगाउने कोसिस गर्थेँ। समय बित्दै जाँदा, मेरो कारण उनीहरू सबै विवश बने, र कामको बारेमा छलफल गर्दा, उनीहरू चुप लाग्‍ने भए। पछि, मैले उनीहरूसँग खासै केही पनि छलफल गर्दिनँ थिएँ, यो खालि औपचारिकता र समयको बर्बादी मात्र हो जस्तो लाग्थ्यो। त्यसकारण, मैले मेरै अहङ्कारी स्वभावले आफ्नो कर्तव्य पूरा गरेँ र झन् झन् अविचारी भएँ र मनमानी गर्न थालेँ।

एक पटक, एकजना टोली अगुवालाई उनको काममा सफल नभइरहेको देखेँ। मैले सोचेँ अवश्यै उनी वास्तविक काम गर्न सक्षम छैनन् र उनलाई कामबाट हटाउनुपर्छ। यसबारे मैले सहकर्मीहरूसँग छलफल गरेकी भए उचित हुनेथियो, तर दोस्रो विचार आयो: “खास भन्‍ने हो भने, छोड्देउ। उनीहरूसँग कुरा गरे पनि अन्तमा जसरी पनि मेरै कुरामा सहमति जनाउने त हुन्।” त्यसकारण, मैले सीधै त्यो टोली अगुवालाई हटाएँ र अर्कोलाई राखेँ। फर्केपछि, मैले कसरी कुराहरू सम्हालेँ भनेर सहकर्मीहरूलाई भनेँ। अचम्म मानेर चेन बहिनीले भनिन्, “ती टोली अगुवाको काममा केही समस्याहरू थिए, तर उनी सत्यताको पछि लाग्ने व्यक्ति हुन्; उनी विश्‍वासी भएको धेरै भएको छैन यति त हो, त्यसकारण उनमा सत्यताबारे केही सतही बझाइ छन्, र उनको कर्तव्यमा केही कमी भएको र नगरेका कुराहरू छन्, तर यो त साधारण कुरा हो। हामीले उनलाई संगतिद्बारा सत्यतामा अझ सहायता गर्नुपर्छ। उनलाई यसरी अहिले हटाउनु त सिद्धान्तअनुसार ठीक हुँदैन।” त्यति विश्‍वस्त नभई, मैले भनेँ, “मैले उनलाई कुनै पनि व्यवहारिक काम गर्न नसकेको देखेर नै हटाएकी हुँ। मैले यस्तो खालको कुराको निराकरण पहिले पनि गरेकी छु। मैले राम्रोसँग बुझेकी छैन भन्‍न?” म आफ्नै कुरामा अडेको देखेर बहिनी चेनले अरू केही बोलिनन्। मेरा सहकर्मीहरू पछि त्यसबारे बुझ्न र जाँचबुझ गर्न गए। मैले सिद्धान्तअनुसार व्यवहार गरेकी थिइनँ भन्‍ने कुरा उनीहरूले निश्‍चित गरे र ती टोली अगुवाका कर्तव्यहरू पुनर्स्थापित गरे। कामकुरो साटफेर भएकोले टोलीको काममा बाधा पुग्यो, र त्यसबेला मलाई अलि अप्‍ठ्यारो लाग्यो। आफू घमण्डी भएको र मैले सिद्धान्तअनुसार काम नगरेको कुरा देख्‍न सकेँ, तर अझै पनि मैले सत्यतालाई खोजिनँ वा आत्म-पुनर्विचार गरिनँ।

एक महिनापछि, चर्चमा एउटा महत्वपूर्ण काम थियो, हाम्रो सहकर्मी समूहबाट एकजना सुहाउँदो व्यक्ति छान्‍नुपर्ने थियो। त्यस बेला म निकै खुसी भएँ; कामको अनुभव र सामर्थ्यको आधारमा, म अरूभन्दा उत्तम थिएँ भन्‍ने मलाई लागेको थियो, उनीहरूले मलाई नै मत दिन्छन् भन्‍ने मलाई लागेको थियो। परिणाम घोषणा हुँदा म चकित भएँ, म त असफल भएछु। मैले त एउटा मत पनि पाइनँ रहेछु। मेरो हृदयमा ठूलो “बज्र” पर्‍यो र अचानक मेरो संसार नै पल्टेको जस्तो मलाई लाग्‍न थाल्यो। यो कसरी हुन सक्यो? मलाई कसैले पनि किन मत दिएनन्? के उनीहरूले ठीक बेठीक छुट्‍याउन नसकेका हुन् त? मनभित्र, मलाई किन होला भनेर थाहा पाउन मन लाग्यो, त्यसकारण मैले उनीहरूसँग मेरा कमजोरीहरू के-के हुन् भनेर सोधेँ। जब बहिनी झाउले केही भन्‍न लागेकी तर अनकनाएकी देखेँ, तब मैले उनीहरूलाई भनेँ, “मेरोमा कहीँकतै कमजोरी देख्नुभएको भए भन्‍नुहोस्, हामी सबै खुलेर कुरा गरौं।” त्यसपछि मात्र उनले उठ्दै साहस गरेर भनिन्, “मलाई लाग्छ तिमी विशेषगरी अहङ्कारी र आत्म-धर्मी छौ अनि तिमीले अरू मानिसको सल्लाह स्वीकार्दैनौ। साथै, तिमीले हामीमाथि प्रभुत्व जमाउँदैछौ, र म जहिले तिमीसँग हुन्छ त्यसबेला मलाई डर लाग्छ र तिमीद्बारा दबिएको महसुस हुन्छ।” अर्की बहिनीले टाउको निहुराएर भनिन्, “मलाई पनि तपाईँले दबाउनुहुन्छ। मलाई लाग्छ तपाई साँच्चै अहङ्कारी हुनुहुन्छ, र अरू सबैलाई तपाईं तुच्छ ठान्नुहुन्छ। केवल तपाईंले मात्र चर्चको काम गर्न सक्‍ने जस्तो गर्नुहुन्छ, तपाईंले जे पनि गर्न सक्‍नुहुन्छ जस्तो गर्नुहुन्छ, र तपाईंको विचारमा अरू कोही अलिकति पनि सक्षम छैन…।” बहिनी चेनले त्यसपछि थपिन्, “मलाई तपाईं निकै अभिमानी जस्तो लाग्छ, र तपाईंले आफ्नो काममा सत्यता वा सिद्धान्तको खोजी गर्नुहुन्‍न। तपाईंले अरू कसैको राय पनि स्वीकार गर्नुहुन्‍न, र तपाईंको विचारमा सबै कुराको अन्तिम निर्णय तपाईंकै नै हुनुपर्छ। तपाईं कुनै पनि निर्णय आफूखुशी लिनुहुन्छ, सबै आफैले…।” एक-एक गर्दै, मसँग काम गर्ने बहिनीहरूले म अहङ्कारी भएको र मेरो कारण उनीहरू विवशतामा परेको कुरा बताए। यो कुरा स्वीकार गर्न नचाहँदै, मैले सोचेँ, “तिमीहरू सबैले म घमण्डी छु र मैले तिमीहरूलाई विवश बनाएँ भन्‍छौ; त्यसो भए, तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्न जिम्मेवारी नलिएको कुरा किन स्वीकार गर्दैनौ? ल ठीक छ। अबदेखि, जे भए पनि म केही बोल्दिनँ। तिमीहरू जे मन लाग्छ त्यसै गर।” त्यस रात म ओछ्यानमा कोल्टो फर्दै पल्टिरहेँ, निदाउन सकिनँ। म सधैँ आफू क्षमतावान र सक्षम कामदार हुँ भनेर सोच्थेँ, त्यसकारण अलिकति अहङ्कारी हुनु त साधारण कुरा हो। मेरा दाजुभाइ-दिदीबहिनीहरूले म खराब छैन भनेर सोच्नुपर्ने हो। उनीहरूले मेरो बारेमा यस्तो सोचेका छन् भनेर मैले कल्पना पनि गरेकी थिइनँ—घमण्डी र सम्पूर्ण रूपमा विवेकहीन व्यक्ति। उनीहरूले आफूलाई यसरी दबाइएको र चोट पुर्‍याइएको महसुस गर्नेछन् भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ। जति त्यसबारे सोचेँ, उति नै उदास भएँ। मेरा दाजुभाइ-दिदीबहिनीहरूमा मप्रति एकदमै धेरै वितृष्णा र घृणा थियो, मलाई आफू सबैले घृणा गरेको र लत्याएको बाटोको मूसाजस्तो अनुभव भयो। म जस्तो व्यक्तिलाई परमेश्‍वरले कुनै हालतमा पनि मुक्ति दिनुहुन्‍न। म एकदम नकारात्मक बनेँ। मैले पीडामा नरोकिई निरन्तर प्रार्थना गरेँ। मैले भनेँ, “हे परमेश्‍वर, म एकदमै कष्‍टमा छु, यो कसरी अनुभव गर्ने मलाई थाहा छैन। दया गरी मलाई ज्ञान दिनुहोस् ताकि मैले तपाईंको इच्छा बुझ्न सकूँ…।”

भोलि बिहान, मैले कम्प्यूटर खोलेँ र परमेश्‍वरका वचनहरूको वाचन सुनेँ: “धेरै पटक असफल हुनु र लड्नु नराम्रो कुरा होइन; न त खुलासा हुनु नै नराम्रो कुरा हो। तेरो निराकरण गरिएको, तँलाई छिँवलिएको वा प्रकट गरिएको होस् वा नहोस्, तैंले हरसमय यो कुरा याद राख्नुपर्छ: खुलासा गरिनुको अर्थ तँलाई दोषी ठहराइएको छ भन्ने होइन। खुलासा गरिनु राम्रो कुरा हो; यो तैंले आफैलाई चिन्ने सबैभन्दा राम्रो मौका हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, म प्रसंग नै हुन्छ। यदि तैंले आफूभित्रका कुराहरू, र तँभित्रका लुकेका सबै पक्षहरूलाई, चिन्न गाह्रो र खोतल्न कठिन हुने कुराहरूलाई जान्न सकिस् भने, त्यो राम्रो कुरा हो। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैंले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस् र वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैंले त्यस मौकालाई लिन सक्‍छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैंले यो सँघार नाघेपछि, तैंले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता प्राप्त गर्नको लागि तैंले आफ्नो वरिपरिका मानिसहरू, मामलाहरू र स्थितिहरूबाट सिक्नुपर्छ”)। मैले परमेश्‍वरका वचनहरूको मनन गर्दै गर्दा एकदमै उत्प्रेरित भएँ, मेरो आँसु त्यतिकै बगिरह्यो। मलाई लाग्यो कि यस्तो वातावरण सृजना गरेर, मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई त्यति कठोरताका साथ काँटछाँट र निराकरण गर्ने अवस्था सृजना गरेर, परमेश्‍वरले मलाई हटाउन वा जानीजानी अप्ठ्यारोमा पार्न खोजिरहनुभएको थिएन। त्यसको सट्टा, म साँच्चै धेरै अहङ्कारी र जिद्दी भएको हुनाले परमेश्‍वरले मलाई झकझकाउन र ठीक समयमा आफूबारे चिन्तन गराउन यस कुरालाई एक प्रकारको सजायको रूपमा प्रयोग गर्न चाहनुहुन्थ्यो ताकि म पश्चात्ताप गर्न र परिवर्तन हुन सकूँ। यो त परमेश्‍वरले मलाई बचाउनुभएको कुरा थियो। यो बुझेर, मैले एकदमै स्वतन्त्र भएको महसुस गरेँ र त्यसपछिदेखि परमेश्‍वरलाई गलत ठानिनँ। मैले उहाँलाई प्रार्थना गरेँ, र यो मौकालाई आत्म-चिन्तन गर्न र आफैलाई चिन्‍न प्रयोग गर्न तयार भएँ।

त्यसपछि मैले परमेश्‍वरका केही वाणीहरूलाई हेरेँ, जसमा उहाँले मानिसका अहङ्कारी स्वभावको बारेमा बताउनभएको छ। परमेश्‍वरका वचनहरूले भन्छ, “यदि तँभित्र साँच्चै सत्यता छ भने, तैँले हिँड्ने मार्ग स्वाभाविक रूपमा सही हुनेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्। बाहिरबाट हेर्दा, केही मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैँलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरू पढ्दै गर्दा, मलाई असाध्यै तनाव र असहज महसुस भयो र अलि डर पनि लाग्यो। मैले कसरी आफू अहङ्कारी स्वभाव लिएर जिइरहेकी थिएँ भन्‍ने देखेँ, मैले अरू मानिसहरूलाई बाधा र हानि पुर्‍याउने अनि उनीहरूसित उचित तरिकाले अन्तरक्रिया नगर्ने मात्र गरिरहेकी थिइनँ, सबैभन्दा महत्वपूर्ण कुरा त, मैले हृदयमा परमेश्‍वरलाई ठाउँ दिएकी थिइनँ र उहाँलाई श्रद्धा गरेकी थिइनँ। म कुनै पनि क्षण दुष्ट काम गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने अवस्थामा थिएँ। यो कसरी भो भनेर मैले विचार गरेँ, मैले त अगुवा भएर कर्तव्य पूरा गर्दै थिएँ, त्यसैले मलाई लागेको थियो कि ममा केही क्षमता छ, मैले केही काम गर्न सक्छु र म आफूलाई निकै श्रेष्ठ ठान्थेँ। अरू सँगसँगै काम गर्दा, म उनीहरूभन्दा आफूलाई ठूलो ठान्थेँ, र उनीहरूलाई काम अह्राउँथे र काम गर्न बाध्य पार्थेँ। मेरा सहकर्मीहरूले फरक सल्लाह दिँदा, मैले सत्यताको सिद्धान्तलाई कहिल्यै खोजी गरिनँ। मसित अनुभव र परिस्थिति नियाल्ने राम्रो क्षमता भएकोले, मानिसहरूलाई म जे भन्छु त्यै गर्न लगाउन सक्छु भन्‍ने सोच्थेँ। यो त मैले आफ्नो दृष्टिकोणलाई सत्यता र मानकको रूपमा हेरेकोले सबैले मेरो कुरा मान्‍नुपर्छ भन्नु जस्तै थियो। अझ डरलाग्दो कुरा त, मैले अरूलाई यतिसम्म पावन्दी लाएकी थिएछु कि उनीहरूले आफ्नो विचार व्यक्त गर्ने साहस गर्दैनथिएँ। तर यी सबै कुराहरूबारे म पूर्ण रूपले अनजान थिएँ, अरू मसँगै समूहमा आबद्ध छन् भनेर मात्र सोच्थेँ। आफ्नो क्षमता र आफूप्रतिको उच्‍च धारणाले थाहा नभई दाजुभाइ-दिदीबहिनीहरूभन्दा आफूलाई यति माथि राख्ने तुल्यायो कि मैले सहकर्मीहरूसँग छलफल नै नगरी टोली अगुवा फेरेँ। मेरी बहिनीले यो कुरा निकाल्दा मैले खण्डन र विवाद गरेकी थिएँ। मैले आफू असाध्यै अहङ्कारी भएको देखेँ। परमेश्‍वरप्रति मेरो अलिकति पनि श्रद्धा वा समर्पण थिएन, र यसले परमेश्‍वरको घरको काममा फाइदा पुग्यो कि पुगेन भनेर विचार गरिनँ। मैले आफ्नो अहङ्कारी स्वभावअनुसार एकतर्फी र मनमानी तरिकाले काम गरेकी थिएँ, परमेश्‍वरको घरको काममा बाधा र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई धेरै हानि पुर्‍याएकी थिएँ। त्यो कसरी मैले कर्तव्य पूरा गरेको भयो र? मैले आफ्नो काममा जिम्मेवारी लिएकी छु भनेर सोच्थेँ, तर म त आफ्नो शक्तिको भोक सन्तुपष्ट पार्न खोज्ने साँच्चै एक अहङ्कारी तानाशाह थिएँ। मैले दुष्‍ट काम गर्दै थिएँ र परमेश्‍वरको प्रतिरोध गर्दै थिएँ! पछि, मैले आफैलाई बारम्बार सोधेँ: म कसरी यस्तो बेलगाम अहङ्कारी बन्‍न सकेँ जसको कारण मैले दुष्‍टताको बाटोमा लिएँ र परमेश्‍वरको प्रतिरोध गरेँ? आफूबारे चिन्तन गर्दा मात्र मैले बुझेँ कि म त “समस्त ब्रह्माण्डमा, सर्वोच्‍च शासन गर्ने म मात्र हुँ” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” जस्ता शैतानी विषको वशमा परेकी थिएँ, ठ्याक्‍कै भन्‍नुपर्दा, मलाई सानो हुँदादेखि नै सबैमाथि हुकुम चलाउन मन पर्थ्यो, अनि मैले गरेका हरेक काममा, मैले अरूलाई मेरो कुरा सुन्‍न र मेरो वरिपरि घुम्न र ममा केन्द्रित हुन लगाउने कोसिस गर्थेँ। यस्तो लाग्थ्यो, म सक्षम छु भनेर देखाउने यो मात्र एउटा तरिका थियो, र त्यो मात्र जीवन जिउने मूल्यवान र अर्थपूर्ण तरिका थियो। अन्त्यमा, बल्ल मैले थाहा पाएकी छु, यस्तो किन भएको थियो भने म सधैँ नै यी शैतानी विष बोकेर बाँचिरहेकी थिएँ, मेरो अहङ्कारी प्रकृति नियन्त्रणभन्दा बाहिर थियो र म अलिकति पनि मानवताबिना जिइरहेकी थिएँ। मैले मानिसहरूलाई यति धेरै दबाएको र हानि गरेको मात्र थिइनँ, मैले त चर्चको काममा पनि बाधा पुर्‍याएकी थिएँ। त्यसपछि मात्र मैले थाहा पाएँ कि, “समस्त ब्रह्माण्डमा, सर्वोच्‍च शासन गर्ने म मात्र हुँ” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” जस्ता शैतानी विषहरू भ्रम हुन्। ती निरर्थक र दुष्ट छन्, र त्यसले मानिसलाई केवल भ्रष्‍ट पार्न र हानि गर्न सक्छ। म सधैँ सोच्ने गर्थेँ अरूभन्दा ठूलो हुनु र आफ्नो वरिपरि मानिसहरूलाई घुमाउनु मजाको कुरा हो। अन्तमा मैले स्पष्‍टसँग देखेँ कि यी शैतानी विषहरू बोकेर जिउनु भनेको प्रेतजस्तै जिउनु हो। कोही पनि मेरो छेउमा आउन चाहँदैनथिए। मैले अरू मानिसहरूको रिस उठाएँ र परमेश्‍वरले मलाई अझ बढी घृणा गर्नुभयो। यी त शैतानी विषहरू बोकेर बाँच्दाका तीता फलहरू थिए! मैले सुरुमा प्रधान स्वर्गदूत कसरी असाध्यै अहङ्कारी भएको थियो भन्‍ने कुरा विचार गरेँ, परमेश्‍वरसँग बराबरी हुने प्रयास गर्दा त्यसले सबै कुरामाथि नियन्त्रण जमाउन खोज्यो। अन्तमा, यसले परमेश्‍वरको स्वभावलाई चिढ्यायो, उहाँद्वारा श्रापित भयो र तलतिर मध्य आकाशमा खसालियो। एकदमै अहङ्कारी हुँदै मैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई दबाएँ र सधैँ अरूले मेरो कुरा सुन्‍नुपर्छ भनेर सोचेँ, यो मेरो स्वभाव के त्यही प्रधान स्वर्गदूतको जस्तो थिएन र? त्यो कुरा सोच्दा, मैले बल्ल महसुस गरेँ कि यसरी अहङ्कारी स्वभावसित जिउनु कति डरलाग्दो हुँने रहेछ। परमेश्‍वरले मेरो लागि यस्तो वातावरण सृजना नगर्नुभएको भए, मैले आफ्नो कर्तव्य अहङ्कारको आधारमा पूरा गरिरहेको हुनेथिएँ, र मैले कति दुष्‍ट काम गर्थेँ होला भन्‍न सकिन्‍न, अन्तमा परमेश्‍वरको स्वभावलाई उल्लंघन गर्ने नै थिएँ र दण्डित हुने थिएँ। यो कुरा बुझेपछि, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर, म अब तपाईंको प्रतिरोध गर्दै अहङ्कारी स्वभावसितत जीउन चाहन्नँ। आफ्नो अहङ्कारी स्वभाव त्याग्नको लागि सत्यताको खोजी गर्न चाहन्छु र साँचो रूपमा तपाईंसमक्ष पश्‍चात्ताप गर्छु।”

मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ, “अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। जब मानिसहरूसँग यस्तो दुराग्रही स्वभाव हुन्छ, के तिनीहरू स्वेच्छाचारी र अविवेकी हुँदैनन्? अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? तँसँग कुनै अवधारणा हुँदा, तैँले अरूलाई बताउनुपर्छ र त्यस विषयमा तँ के सोच्छस् र विश्‍वास गर्छस् भनी खुलाउनुपर्छ, र यसबारेमा सबैलाई सञ्‍चार गर्नुपर्छ। पहिलो, तँ तेरो दृष्टिकोणलाई प्रकाश पार्न र सत्य खोज्‍न सक्छस्; स्वेच्छाचारी र अविवेकी हुने स्वभावलाई जित्‍नको निम्ति तैँले अभ्यासमा ल्याउन सक्‍ने पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिन तैँले कस्तो अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। सर्वप्रथम, यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। एकपटक तँसँग यो मनोवृत्ति भएपछि र यसअलावा तँ तेरो आफ्नै रायमा लिप्त भइनस् भने, तँले प्रार्थना गर्नुपर्छ। जब तैँले असल र खराब छुट्याउन सक्दैनस्, तैँले परमेश्‍वरलाई कुन कुरा सबैभन्दा असल र गर्नको निम्ति सबैभन्दा उपयुक्त हो भन्ने कुरा प्रकट गर्ने र बताउने अनुमति दिनुपर्छ। जब सबै जना सङ्‍गति गर्न आउँछन्, पवित्र आत्माले तिमीहरू सबैलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरूमा मैले अभ्यासको मार्ग भेट्टाएँ: जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि, मैले परमेश्‍वरलाई श्रद्धा गर्नुपर्छ र उहाँप्रति समर्पित हुनुपर्छ। सर्वप्रथम, मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ, त्यसपछि, आफ्ना विचारहरू मेरा दाजुभाइ-दिदीबहिनीहरूसामु राख्‍नुपर्छ जसले गर्दा सबैले संगती खोज्न र संगति गर्न सक्छौं। म सही छु जस्तो लागे पनि, मैले जानीबुझी आफैलाई इन्कार गर्नुपर्छ र त्याग्‍नपर्छ, आफ्ना दाजुभाइ-दिदीबहिनीका विचारहरू अझ धेरै सुन्‍नुपर्छ, र कुन कुरा सत्यतासँग सबैभन्दा धेरै मेल खान्छ र मण्डलीको कामको लागि फाइदाजनक हुन्छ हेर्नुपर्छ। त्यसपछिको भेलामा, मैले आफूलाई दाजुभाइ-दिदीबहिनीहरूको सामु खुलासा गरेँ, आफ्नो भ्रष्टता प्रकट गरेँ र मैले उनीहरूलाई कसरी हानि पुर्‍याएँ र दबाएँ त्यसको लागि क्षमा मागेँ। उनीहरूले यस विषयलाई ठूलो बनाएनन्। उनीहरू सबै खुला भए र मसँग संगति गरे, अनि मैले मेरो छातीबाट गह्रौं वजन हटेको महसुस गरेँ। त्यसपछि कामको बारेमा छलफल हुँदा, मैले सक्रिय रूपमा अरूलाई उनीहरूको दृष्‍टिकोण व्यक्त गर्न लगाउथेँ; र फरक सल्लाह आउँदा, सहमतीमा नआएसम्म हामी एकसाथ संगती खोज्थ्यौं र संगती गर्थ्यौं। बिस्तारै, मेरा दाजुभाइ-दिदीबहिनीहरूले मैले दबाएको महसुस गर्न छोडे, र हाम्रो सहकार्यको वातावरणमा धेरै एकरूपता आयो।

एक दिन, म एकजना बहिनीसँग कामको बारेमा कुरा गर्दैथिएँ, मलाई उनीसँग काम गर्न लगाइएको थियो। उनले चर्चमा भएका केही समस्याबारे अगुवाहरूलाई पत्र लेखेकी कुरा बताइन्, हामीले आफ्ना कर्तव्यहरू पूरा गर्दा झेल्नुपरेका समस्याहरू र त्यसबारे हामीले कस्तो अनुभव गरेका छौं भनेर लेखेका थिइन्। यसबेला मेरो अहङ्कारी स्वभावले आफ्नो कुरूप स्वरूप देखायो। मैले सोचेँ, “हामीले भर्खरैका भेलाहरूमा कुरा गरे भइहाल्यो नि। पत्र लेख्‍नु पर्दैन।” मैले उनलाई दबाउन लागेकी मात्र थिएँ, म विगतमा कति अहङ्कारी बनेकी थिएँ भनेर फेरि सम्झेँ। सबैले मेरा हरेक कुरा सुनून् भन्‍ने मलाई इच्छा लाग्थ्यो, त्यसैले मेरा दाजुभाइ-दिदीबहिनीहरू मैले उनीहरूलाई दबाएकी अनुभव गर्थ र मैले कति पनि मानवजस्तै भएर जिइरहेकी थिइनँ। त्यसकारण मैले आफैलाई इन्कार गर्दै, अबउसो आफ्नो अहङ्कारी स्वभावमा जिउन नचाहँदै मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले सत्यताको अभ्यास गर्नुपर्ने थियो। त्यसपछि, मैले बुझेँ कि यी बहिनीले जिम्मेवारी लिएर हाम्रा अगुवाहरूसँग कामको बारेमा संचार गरेर कत्त महान् कार्य रिरहेकी थिइन्, त्यसैले मैले उनलाई लगाम लगाउनहुन्न। मैले उनलाई त्यो पत्र लेख्‍न सहायता गर्नुपर्छ। जब मैले यो कुरा महसुस गरेँ, मेरो आवाज कोमल बन्यो, र उनीसँग हाम्रो कामका समस्याहरूबारे धैर्यपूर्वक कुरा गर्न सकेँ र उनको दृष्‍टिकोणलाई अझ बढी सुन्न सकेँ। कुनै ठाउँहरूमा उनी आधारहीन जस्तै लाग्यो तर आँखा चिम्लेर कुनै न्याय गर्नबाट आफैलाई रोकेँ। मैले बोल्नुभन्दा अगाडि खोजी गर्नुपर्छ भन्‍ने कुरा बुझेँ। त्यसबेला मैले थाहा पाएँ कि उनले निकालेका केही कुराहरू त मैले अघि कहिल्यै सोचेकी पनि थिइनँ। मलाई लाज लाग्यो। म कति धेरै अहङ्कारी बनेकी रहेछु भनेर देखेँ, सधैँ दाजुभाइ-दिदीबहिनीहरूलाई दबाएर राखेँ र उनीहरूले आफ्नो कर्तव्य गर्न सकेनन्। वास्तवमा, उनीहरू सबैसित बलिया पक्षहरू थिए। यदि उनीहरूले मसँग काम नगरेका भए, म एक्लैले कर्तव्यहरू पूरा गर्न सक्‍ने थिइनँ। त्यसपछि, हामीले मिलेर समस्याहरूको सारांश निकाल्यौँ, र पत्रलाई राम्रो बनाएपछि, हामीले त्यो पठायौँ। त्यसपछि आफ्ना कर्तव्यहरू पूरा गर्दा, जब मेरो अहङ्कारी स्वभाव फेरि देखिन लाग्थ्यो, तब म होस पुर्‍याएर परमेश्‍वरसँग प्रार्थना गर्थेँ र आफैलाई इन्कार गर्थेँ, अरूसँग बढी छलफल र संगति गर्थेँ। हाम्रो सहकार्य धेरै राम्रो भयो र मैले विशेषगरी सजिलो अनि राहत पाएको महसुस गरेँ। यसरी आफ्नो कर्तव्य पूरा गर्नु एकदमै राम्रो लाग्यो। मजस्तो अहङ्कारी व्यक्ति अलिकति परिवर्तन हुँदै थिएँ, यो सब, साँच्चै परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभाव गर्दाको फल नै हो।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्