पतनअघि अहङकार आउँछ

17 अक्टोबर 2021

क्षिन्‍जिए, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्। बाहिरबाट हेर्दा, केही मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैँलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका यी वचनहरू पढ्दा यसले मलाई केही समयअघि अनुभव गरेको कुरा याद दिलायो। ती दिनहरूमा म साँच्‍चिकै अहङ्कारी र आत्म-धर्मी थिएँ। म धेरै वर्षहरूसम्म मण्डलीको अगुवा रहेकी थिएँ, मैले केही काम गरेकी र अलिअलि कष्ट भोगेकी थिएँ, र काममा केही व्यवहारिक समस्याहरू सुल्झाउन सक्थेँ। त्यसैले, यी सबै कुरा मैले आफ्नै फाइदाको लागि प्रयोग गरेँ, र कसैलाई पनि ध्यान दिइनँ। त्यसपछि, मलाई निराकरण र अनुशासित गरियो, अनि न्याय र परमेश्‍वरका वचनहरूको प्रकाशमार्फत, अन्ततः मैले मेरो अहङ्कारी स्वभावको केही बुझाइ हासिल गरेँ। मलाई आत्मग्लानि महसुस भयो र आफैप्रति घृणा लाग्यो। मैले सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्न थालेँ र ममा केही परिवर्तन आए।

मैले सन् २०१५ मा मण्डलीको एउटा नेतृत्वकारी पद सम्हालेँ। सिस्टर ली मसित काम गर्नुहुन्थ्यो, उहाँले भर्खरै अगुवाको रूपमा सेवा गर्न सुरु गर्नुभएको थियो। मण्डलीका डिकन र समूह अगुवाहरू विश्‍वासमा बिलकुल नयाँ थिए, सत्यताको विषयमा उनीहरूको सङ्गति अलि सतही हुन्थ्यो। मैले सोचेँ, “म तिमीहरू सबै जनाभन्दा अघिदेखि विश्‍वासी रहेको छु, र म केही समयदेखि अगुवा रहेको छु। म यहाँ मुख्य भूमिका निर्वाह गर्दै छु र सबैलाई अनुभवले ल्याउने भिन्नता देखाउन गइरहेको छु।” त्यसैले, जुनसुकै विषयमा म अघि दौडन्थेँ, अनि जब-जब दाजुभाइ वा दिदीबहिनीलाई काममा कमजोरी वा कठिनाइहरू हुन्थ्यो, जब-जब मण्डलीको काममा अवरोध हुन्थ्यो, जब-जब समस्याहरू सबैभन्दा कष्टदायक हुन्थे वा मेरो साझेदार र सहकर्मीहरूले हल गर्न नसक्‍ने कुराहरू हुन्थे, म ती सबैलाई हल गर्न अघि आउँथेँ। केही समयपछि मण्डलीको काममा सुधार हुन थाल्यो र दाजुभाइ-दिदीबहिनीको स्थिति राम्रो भयो। उनीहरू सबैले आफ्नो काम उचित रूपले गर्न सक्थे। मलाई भेटेर उनीहरू आफ्ना समस्या सङ्गति गर्न र मेरो राय लिन मन पराउँथे। म आफूसित साँच्‍चै खुशी थिएँ, र मख्ख पर्दै आफूले गरेका काम जोडजाड गर्दै बस्थेँ र सोच्थेँ: “म नेतृत्वमा नभईकन मण्डलीको काममा राम्रो प्रगति भइरहने कुनै उपाय छैन। यदि मेरो सङ्गति नहुँदो हो त, अरूका अवस्था त्यति धेरै सुधार हुँदैनथ्यो। यस्तो लाग्छ, मसित साँच्‍चिकै सत्यताको वास्तविकता छ र म व्यवहारिक काम गर्न सक्छु।” त्यसपछि, सिस्टर ली केही कुराहरू सम्हाल्न घर जानुपर्ने भो, अनि म आफैले मण्डलीको काम सम्हाल्नुपर्‍यो। सुरुमा, मलाई अलि तनाव भयो र हरसमय मैले परमेश्‍वरलाई मेरो हृदयमा राखेँ। हरेक भेलापछि त्यो कस्तो भयो भनी मैले सूक्ष्म रूपले जाँच्न थालेँ, अनि म कमजोर वा नकारात्मक महसुस गर्नेहरूलाई सहयोग गर्न दगुर्थेँ। केही समयपछि, सबैजना भेला भइरहेको र उनीहरूले गर्नुपर्ने काम गरिरहेको देखेँ, मण्डलीको सबै काम सहज रूपले अघि बढिरहेको थियो। मैले चैनको सास फेरेँ र म आफैसित औधी खुशी भएँ। मैले अगुवाको रूपमा यी सबै वर्षहरूमा सेवा गरेर आफैलाई प्रमाणित गरेको, मैले धेरै कुरा देखेको र धेरै समस्याहरू सुल्झाएको जस्तो महसुस भयो। मसित विविध कार्य अनुभव थियो र म एक्लैले कामकुराहरू सम्भाल्न सक्थेँ। मैले आफूलाई साँच्‍चिकै मण्डलीको खम्बा भएको ठम्याएँ। विशेष गरी त्यस अवधिमा, जब म थकान वा कठिनाइको गुनासो नगरी बिहानै उठिरहेको र रातीसम्म काम गरिरहेको हुन्थेँ, मैले साँच्‍चि नै म केही श्रेयको हकदार छु भनी महसुस गर्थेँ। थाहै नभई म अत्यन्तै आत्म-सन्तुष्टिमा बाँचिरहेको थिएँ, मैले मानवजातिलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्थेँ, तर ती कुराहरू आफैमा भने लागू गरिरहेको थिइनँ। दाजुभाइ-दिदीबहिनीहरू नराम्रो अवस्थामा हुँदा, म उनीहरूसित सत्यताको बारेमा सङ्गति गर्दिनथेँ, बरु उनीहरूलाई तिरस्कार गर्थेँ र प्राय गाली गर्थेँ, “तपाईंहरू यति लामो समयदेखि विश्‍वासी रहनुभएको छ, तैपनि तपाईंहरू अझै सत्यताको खोजी गर्नुहुन्न। तपाईंहरू कसरी अलिकति पनि परिवर्तन हुन नसक्‍नुभएको हो?” कहिलेकाहीँ केही कुराको बारेमा सङ्गति गरेपछि पनि दाजुभाइ-दिदीबहिनीहरूले के गर्ने हो, थाहा छैन भनी भन्थे। किन भनी प्रश्‍न नगरीकनै म तिनीहरूलाई निन्दा गर्थें, “यो तपाईंहरूलाई थाहा नभएको होइन, बरु तपाईंहरू यसलाई व्यवहारमा उतार्न चाहुनुहुन्न भन्ने कुरा हो।” उनीहरूले मैले जबर्जस्ती गरेको महसुस गरे र त्यसउप्रान्त मसित आफ्ना समस्याहरूको बारेमा कुरा गर्न साहस गरेनन्।

पछि सिस्टर लिउ मेरो साथमा काम गर्न अगुवाको रूपमा निर्वाचित हुनुभयो। मैले सोचेँ, तिनी लामो समयदेखि विश्‍वासमा रहेकी छैनन् र तिनले छलफलपछि पनि केही कुराहरू बुझ्न सक्तिनन् होला, त्यसैले, मण्डलीको अधिकांश साना ठूला विषयहरूमा मेरो नै अन्तिम निर्णय हुनुपर्छ। कहिलेकाहीँ म आफै निर्णय गर्थेँ अनि त्यसलाई कार्यान्वयन गर्न सिस्टर लियूलाई खटाउँथेँ। एकपल्ट, हामीले हाम्रो अगुवाबाट एउटा कामको निम्ति कसैलाई सिफारिस गरिदिन अगुरोध गरेको पत्र पायौँ। यो परमेश्‍वरको घरसित सम्बन्धित थियो भनी मलाई थाहा थियो, त्यसैले साझेदार र सहकर्मीहरूसित छलफल गर्न आवश्यक थियो, तर मैले सोचेँ, “मैले मण्डलीमा त्यति लामो समयदेखि काम गर्दै आइरहेको छु। मलाई दाजुभाइ-दिदीबहिनीहरूको बारेमा सबै कुरा थाहा छ, त्यसैले मैले निमन्त्रणा गर्दा ठीकै हुन्छ।” अनि, मैले सिस्टर लियूसित छलफल नगरीकनै निर्णय गरेँ त्यसपछि उनलाई सबै कुरा व्यवस्थित गर्न लगाएँ। हामीले सँगै अगुवाहरूको रूपमा सेवा गरे तापनि, मैले तिनलाई तल्लो ओहोदाको व्यक्तिजस्तै व्यवहार गरिरहेको थिएँ। कहिलेकाहीँ तिनले केही कुरा राम्रोसित ध्यान नदिँदा, म तिनीसित खिन्न हुन्थेँ। तिनी नकारात्मकतामा बाँचिरहेकी थिइन् र तिनले केही बुझ्न नसकेको वा आफ्नो काम राम्रोसित गर्न नसकेको महसुस गर्थिन्। मबाट निस्सासिएर तिनी त्यस बिन्दुमा पुगिसकेकी थिइन् तर मैले अझै पनि आफ्नो बारेमा कुनै समीक्षा गरिनँ। बरु, मेरो साथमा सत्यताको वास्तविकता छ, म आफ्नो काममा सक्षम छु, त्यसैले मैले नै मण्डलीको काम व्यवस्थापन गर्नुपर्छ भनी मैले झन् बढी महसुस गरेँ। म अझै बढी अभिमानी र अहङ्कारी भएँ। कामको छलफलहरूमा जब सहकर्मीहरूले विभिन्न सुझावहरू दिन्थे, धेरैजसो समय म कति पनि खोजी गर्दिनथेँ बरु तिनलाई ठाडै अस्वीकार गरिदिन्थेँ। म सोच्थेँ, “तिमीहरूलाई के नै थाहा छ र? वर्षौंसम्म अगुवा भएपछि के मलाई राम्रोसित थाहा हुँदैन र?” मण्डलीको कामको हरेक कुरामा म आफ्नै कुरालाई अन्तिम निर्णय बनाइदिन्थेँ। परमेश्‍वरले पछि मेरो निराकरण गर्न केही परिस्थितिहरू उत्पन्न गराउनुभयो र मैले आफ्नो काममा बारम्बार हन्डर खान थालेँ: म मानिसहरूसित भेट्नमा चुक्दै थिएँ, र सिद्धान्तहरूसित मेल नखाने मानिसहरूलाई नियुक्त गर्दै थिएँ। अगुवाले मेरो कामका गल्तीहरू औँल्याइन्, अनि मेरो निराकरण र काँटछाँट गरिन्। यसको बावजूद पनि, मैले अझै आफ्नो बारेमा समीक्षा गरिनँ। मैले बढी ध्यान दिनु आवश्यक छ भन्ने मात्रै सोचेँ। एक जना सहकर्मीले मलाई चेतावनी दिए, “यी समस्याहरू किन उत्पन्न भए भनी तपाईंले मनन गर्नुपर्दैन?” मैले उपेक्षापूर्वक भनेँ, “कोही पनि सिद्ध हुँदैन, सबैले गल्ती गर्छन्। हरेक कुरामाथि मनन गर्नु आवश्यक छैन।” तपाईं ठीकै त हुनुहुन्छ भनी केही दाजुभाइ-दिदीबहिनीहरूले मलाई सोधे, म ठीकै छु भनी मैले भनेँ, तर भित्रचाहिँ म सोचिरहेको थिएँ, “किन केही कुरा गलत हुन्थ्यो र? यदि म नराम्रो अवस्थामै भए पनि, म आफैलाई निराकरण गर्न सक्छु। तिमीहरूलाई मेरो चिन्ता गर्न आवश्यक छैन। म यत्रो लामो समयदेखि अगुवा रहेको छु, के म तिमीहरूभन्दा राम्रोसित सत्यता बुझ्दिनँ र?” उनीहरूले मलाई जसरी नै सावधान गराए तापनि, मैले सुन्दै सुन्दिनथेँ। म पूर्ण रूपले आफ्नो भ्रष्ट स्वभावमा जिइरहेको थिएँ र मेरो आत्मा अँध्यारो हुँदै थियो। परमेश्‍वरको वचन पढ्दा म उँग्‍न थालेँ र प्रार्थनामा मसँग केही भन्ने कुरा हुन छोड्यो। मण्डलीमा धेरैभन्दा धेरै समस्याहरू उत्पन्न हुन थाल्यो। म पूर्ण रूपले अन्धो थिएँ। कतिपय समस्याको बारेमा मसित अन्तर्दृष्टि नै थिएन र तिनलाई कसरी हल गर्ने हो, थाहै थिएन। चाँडै नै, मण्डलीमा, आम-विचार सर्वेक्षण गरियो, म साँच्‍चिकै अहङ्कारी छु र सत्यतालाई स्वीकार गर्दिनँ भनेर दाजुभाइ-दिदीबहिनीहरू सबैले भने। उनीहरूले म तानाशाही छु र म मानिसहरूलाई गाली र जोर-जबरजस्ती गर्छु भनी भने। अन्तत: म मेरो पदबाट निकालिन पुगेँ। त्यस दिन, अगुवाले मलाई मेरो बारेमा सबैले गरेको मूल्याङ्कन सुनाएँ। मैले दाजुभाइ-दिदीबहिनीहरूद्वारा गरिएको मेरो खुलासा र निराकरणमार्फत परमेश्‍वरले ममाथि क्रोध पोख्‍नुभएको महसुस गरेँ। मैले आफूलाई गल्लीको भुस्याहा कुकुरजस्तो अनुभव गरेँ जसलाई सबैले घिनाउँछन् र जो परमेश्‍वरद्वारा पनि तिरष्कृत हुन्छ। म यति तल कसरी झरेँ मैले बुझ्न सकिनँ। पीडामा, म खोजी गर्दै परमेश्‍वरको सामु आएँ: “हे परमेश्‍वर, मैले सधैँ मेरो मण्डलीको काममा म उत्तरदायी छु, ममा सत्यताको केही वास्तविकता छ भनी सोचेँ। मसित अहिले भएको जस्तो यतिका समस्याहरू छन् भनी कहिल्यै सोचिनँ। अरूहरूको नजरमा, म सत्यता स्वीकार नगर्ने अहङकारी व्यक्ति हुँ। परमेश्‍वर, म कसरी यस्तो भएँ मलाई थाहा छैन। कृपया, आफैलाई जान्न र तपाईंको इच्छा बुझ्न मलाई अन्तर्दृष्टि र मार्गनिर्देशन दिर्नुहोस्।”

तब, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “आफैलाई चिन्‍ने सत्यतामा अझै धेरै प्रयास गर्नु नै तिमीहरूका लागि उत्तम हुनेथियो। किन तिमीहरूले परमेश्‍वरको निगाह पाएको छैनौ? किन तिमीहरूको स्वभाव उहाँको निम्ति घृणित छ? किन तिमीहरूको बोलीले उहाँको अप्रसन्नता जगाउँछ? तिमीहरूले थोरै भक्ति प्रदर्शन गर्ने बित्तिकै, तिमीहरूले तिमीहरूका आफ्नै प्रशंसा गाउँछौ, र एउटा सानो योगदानको लागि तिमीहरू इनामको माग गर्छौ; जब तिमीहरूले सानो आज्ञाकारीता पूरा गर्छौ तिमीहरूले अरूलाई तल हेर्छौ, र केही स-साना कार्य पूरा गरिसकेपछि परमेश्‍वरप्रति तिरस्कारपूर्ण बन्छौ। … आफ्नो कर्तव्य निर्वाह गर्ने र नगर्नेहरू; अगुवाई गर्नेहरू र पछ्याउनेहरू; परमेश्‍वरलाई ग्रहण गर्नेहरू र नगर्नेहरू; दान दिनेहरू र नदिनेहरू; प्रचार गर्नेहरू र वचन प्राप्त गर्नेहरू, र त्यस्तै अरू: त्यस्ता सबै मानिसहरूले आफैलाई प्रशंसा गर्छन्। के तिमीहरूलाई यो हास्यास्पद लाग्दैन? परमेश्‍वरमा विश्‍वास गरेको पूर्ण रूपमा राम्ररी जान्दा जान्दै पनि तिमीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनौ। तिमीहरू योग्यता बिनाका छौ भन्ने पूर्ण रूपमा जान्दा जान्दै पनि तिमीहरू उही तरिकामा घमण्ड कायम राख्छौ। के तिमीहरू महसुस गर्दैनौ कि तिमीहरूका समझ त्यस बिन्दुसम्म भ्रष्ट भइसक्यो कि तिमीहरूमा आत्म-नियन्त्रण नै बाँकी छैन?” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्”)। “तैँले सबै कुरा बुझ्छस् भन्‍ने विचार नगर्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा मेरो व्यवस्थापन योजनाको हजारौं भागको एक टुक्रा बुझ्‍नको लागि पनि तेरो निम्ति पर्याप्त छैन। त्यसो भए तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्‍नो कामको लागि एक सेकण्ड प्रयोग गर्नको लागि पनि अपर्याप्त छ! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्‍नो जीवनभरि सुनेका सबै अनि तैँले कल्‍पना गरेका कुराहरू मैले एक पलमा गर्ने कामभन्दा थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्‍न सक्छस्, तर तँ एउटा प्राणी बाहेक केही पनि होइनस्, कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूला-ठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्‍चारण गरेका शब्‍दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको सट्टामा दिइएका हुन् भन्‍ने विश्‍वास गर्छस्?” (वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्”)। परमेश्‍वरका वचनहरूले जे प्रकट गरे, त्यो ठीक मेरो अवस्था थियो। म अत्यधिक दुःखी भएँ, अनि मात्रै मैले आफ्नो बारेमा मनन गर्न थालेँ। केही वर्षहरूसम्म अगुवाको रूपमा आफ्नो काम गरेपछि, म त्यस पदमा केही समय रहेको कारणले, म धेरै सत्यता जान्दछु र म अरूहरूभन्दा बढी सक्षम छु, म मण्डलीको खम्बा हुँ, र मण्डलीले मविना केही पनि गर्न सक्तैन भनी मैले सोचेँ। जब मैले मेरो काममा अलिकति हासिल गरेँ, तब मैले म सबै बुझ्छु, मसित सत्यताको वास्तविकता छ, म सबैभन्दा राम्रो छु भनी सोचेँ। केही समयको लागि विश्‍वास हुनु, केही अनुभव हुनु अहङ्कारी हुनको निम्ति मेरो टिकट हो, र म अरू मानिसहरूभन्दा उच्‍च सिंढीमा छु भनी मैले सोचेँ। मैले दाजुभाइ-दिदीबहिनीहरूका सुझावहरूलाई पटक्‍कै ध्यान दिइनँ, तिनको बारेमा खोजी वा तिनलाई स्वीकार गर्नु त परै जाओस्। तिनीहरूले मप्रति वास्ता राखेर मेरो अवस्थाको बारेमा सोधे तापनि, मैले आफूलाई तिनीहरूभन्दा ठूलो हैसियतको ठान्दै, म त्यस कुरालाई सम्भाल्न सक्छु, मलाई तिनीहरूको सहयोगको खाँचो छैन भन्ने महसुस गरेँ। मैले उनीहरूका गल्ती र कठिनाइहरू पत्ता लगाउँदा उनीहरूलाई सहयोग गर्न सत्यताको विषयमा सङ्गति गरिनँ, बरु उनीहरूको हेला गरेँ। उनीहरूले मेरो नजरमा ठीक गर्न सकेनन् र मैले उनीहरूलाई ठालु भई गाली गरेँ। परिणामस्वरूप, दाजुभाइ-दिदीबहिनीहरू मद्वारा जोरजबरजस्तीमा परे र नकारात्मकतामा बाँचे। त्यो कसरी मैले मेरो काममा गरेको भयो र? यो त स्पष्ट रूपमा दुष्ट कार्य थियो। मैले त केवल अहङ्कारी, अभिमानी, शैतानी स्वभाव प्रकट गरेँ। आखिरी दिनहरूमा जब परमेश्‍वर सत्यता प्रकट गर्दै र मानिसलाई उद्धार गर्न काम गर्दै देहधारी हुनुभयो, उहाँले त्यस्तो महान् काम गर्नुभयो, तर उहाँले कहिल्यै देखावटी गर्नुभएन, उहाँले आफैलाई परमेश्‍वरको रूपमा कहिल्यै प्रस्तुत गर्नुभएन। बरु, उहाँ नम्र र गुप्त रहनुभयो र शान्तपूर्वक मुक्तिको काम गरिरहनुभयो। परमेश्‍वर कति नम्र र प्रेमिलो हुनुहुन्छ भनी मैले देखेँ। तर, शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएर अनि शैतानी स्वभावद्वारा भरिएर, मैले आफ्नो बारेमा र आफ्नो क्षमताहरूको बारेमा धेरै सोचेँ किनकि मसित केही समयको विश्‍वास थियो, र मैले धेरै सिद्धान्तहरू बुझेको थिएँ र मसित केही कार्य अनुभव थियो। म आफ्नो उच्‍च स्थानमा खडा भएँ तर तल ओर्लिंदै ओर्लिनँ। ममा पूर्ण रूपले आत्म-ज्ञानको कमी थियो, मलाई आफ्नो बारेमा केही थाहा थिएन, अम मूर्खतापूर्ण रूपले अहङ्कारी बनेँ। म वीभत्स थिएँ। परमेश्‍वरद्वारा उदाङ्गो पारिसकिएपछि, मैले अन्तत: आफ्नो साँचो कद देखेँ। पवित्र आत्माको कामको कारणले मात्र मैले मेरो काममा केही समस्या हल गर्न सकेको थिएँ। उहाँको काम र अगुवाइविना म पूर्ण रूपले अन्धो थिएँ र केही बुझ्दिन थिएँ। मैले आफ्नै समस्याहरू पनि सम्हाल्न सक्तैनथिएँ, अरू मानिसहरूको समस्याको त कुरै छोडौँ। त्यस्तै गरी, म पूर्ण रूपले दवाबकारी भएँ। म साँच्‍चि नै अति अहङ्कारी थिएँ। त्यस बिन्दुमा, मैले आफ्नो व्यवहारको निम्ति लज्जित अनुभव गरेँ।

तब मैले परमेश्‍वरका यी वचनहरू पढेँः “यदि तँभित्र साँच्चै सत्यता छ भने, तैँले हिँड्ने मार्ग स्वाभाविक रूपमा सही हुनेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! उनीहरूका कुकर्महरूको समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको खास समाधान ल्याउन सम्भव हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। परमेश्‍वरका वचनहरू पढेपछि मैले महसुस गरेँ कि मैले दुष्ट काम र परमेश्‍वरको विरोध गर्नुको मूल कारण मेरो अहङ्कारी प्रकृति थियो। अहङ्कारी प्रकृतिबाटै उत्प्रेरित भएर, मलाई काममा थोरै सफलता मिल्दा मैले पवित्र आत्माको कामका परिणामहरूको श्रेय आफैले लिएँ, र आफूलाई मण्डलीको स्वर्णिम बालकको रूपमा प्रस्तत गरेँ। मैले निर्लज्‍जतापूर्वक आफैलाई परमेश्‍वरको मुक्तिको प्रापक हुँ ठानेँ, तर मसित बिल्कुल कुनै आत्म-ज्ञान थिएन। म काममा लगातार आफ्नो वरिष्ठताको धाक जमाउँथेँ, आफैलाई अरूभन्दा उत्तम र उच्‍च ठान्दै सधैँ अरूमाथि रजाइँ गर्थें। मैले परमेश्‍वरका वचनहरू प्रयोग गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई अर्ती पनि दिएँ, र कामको व्यवस्थापन गर्ने क्रममा मसित काम गरिरहेकी सिस्टरसित कुनै छलफल गरिनँ। बरु, मैले निरकुंश व्यवहार गर्थेँ र आफ्नै भनाइलाई अन्तिम निर्णय बनाउँथेँ। मैले परमेश्‍वरको घरको कामका महत्वपूर्ण विषयहहरूमा समेत एकपक्षीय निर्णयहरू गर्थेँ। मैले ती सिस्टरलाई अधिकारविहीन अगुवा बनाएँ र मण्डलीमा आफ्नै साम्राज्य सिर्जना गरेँ। मेरो अहङकारी प्रकृतिको कारण, मैले सबैलाई बेवास्ता गरेँ र मेरो हृदयमा परमेश्‍वरलाई राखिनँ। मैले समस्या सामना गर्दा सत्यताका सिद्धान्तहरूको खोजी गरिनँ, मैले मेरा आफ्नै विचारहरूलाई सत्यताको रूपमा लिएँ, सबैलाई मेरो कुरा सुन्न र आज्ञा मान्न लगाएँ। यसले मलाई परमेश्‍वरले स्वर्गमा अरू स्वर्गदूतहरूलाई व्यवस्थापन गर्न प्रधान स्वर्गदूतलाई केही अधिकार दिनुभएको कुरा याद दिलायो, तर त्यसले आफ्नो अहङकारमा सबै विवेक गुमायो, आफू केही विशेष हुँ भन्ने ठान्दै परमेश्‍वरसित समान हैसियत हुने चाहना गर्‍यो। परिणामत:, त्यसले परमेश्‍वरको स्वभावलाई उल्लंघन गर्‍यो, र परमेश्‍वरले त्यसलाई श्राप दिनुभयो र स्वर्गबाट तल खसाल्दिनुभो। परमेश्‍वरले मलाई अगुवाको रूपमा बढुवा गर्नुभयो ताकि म सबै कुराहरूमा उहाँको बढाइ गर्न र उहाँको गवाही दिन सकूँ, ताकि मैले व्यवहारिक मामिलाहरू हल गर्न सत्यतासम्बन्धी सङ्गति गर्न, अरूलाई सत्यता बुझ्न सहयोग गर्न र परमेश्‍वरमा समर्पित हुन सकूँ। तर मैले सत्यताको खोजी गरिनँ वा परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्नो काम गरिनँ। बरु, मैले शक्ति हत्याएँ, आफैलाई केन्द्रमा राखेँ, र सबैलाई मेरो कुरा सुन्न र आज्ञा मान्न लगाएँ। म कसरी त्यो प्रधान स्वर्गदूतभन्दा कुनै प्रकारले फरक भएँ र? परमेश्‍वरले मेरो बाटो अवरुद्ध गर्न परिस्थितिहरू मिलाउनुभयो, अनि दाजुभाइ-दिदीबहिनीहरूमार्फत मलाई चेतावनी दिनुभयो, तर मैले त्यो स्वीकार गरिनँ वा आफ्नो बारेमा अलिकति पनि मनन गरिनँ। म कति कठोर र विद्रोही थिएँ! म मेरो अहङ्कारी स्वभावसित आफ्नो काम गर्दै, दाजुभाइ-दिदीबहिनीलाई दबाउँदै आइरहेको थिएँ, र यसरी उनीहरूलाई नकारात्मकतामा जिउन विवश तुल्याउँदै थिएँ, उनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न असक्षम बनाउँदै थिएँ। मण्डलीको काममा पनि कुनै प्रगति भइरहेको थिएन। अहङ्कारबाट नियन्त्रित भएर मैले जे गरेँ त्यो सबै दुष्ट कार्य थियो। मसित त्यस्तो हठी, अहङ्कारी प्रकृति छ। परमेश्‍वरले दाजुभाइ-दिदीबहिनीहरूमार्फत कठोरतापूर्वक मलाई खुलासा र निराकरण नगर्नुभएको भए र मेरो कामबाट मलाई नहटाउनुभएको भए, मैले कहिल्यै पनि आफ्नो बारेमा मनन गर्ने थिइनँ। यदि त्यो जारी रहेको भए, मैले धेरै दुष्कर्म गर्ने थिएँ। मैले परमेश्‍वरको स्वभावलाई उल्लंघन गर्ने थिएँ, अनि प्रधान स्वर्गदूतजस्तै परमेश्‍वरद्वारा श्रापित र दण्डित हुने थिएँ। त्यस बिन्दुमा, मैले परमेश्‍वरका दयालु अभिप्रायहरूको बारेमा बुझाइ हासिल गरेँ। उहाँले मलाई मेरा खराब मार्गहरूबाट रोक्‍न र मलाई पश्‍चात्ताप गर्ने मौका दिन यसो गरिरहनुभएको थियो। यो त परमेश्‍वरले मलाई सुरक्षा र उद्धार गरिरहनुभएको कुरा थियो। मैले परमेश्‍वरलाई आफ्नो हृदयबाट धन्यवाद दिएँ।

मलाई हटाइएपछि, सिस्टर लियूले आफ्नो काम सामान्य रूपले गर्न सक्‍नुभयो। अनि अरूहरूले भनेअनुसार, नवनिर्वाचित अगुवा र डिकनहरू लामो समयदेखि विश्‍वासी नरहेका भए पनि, कामको बारेमा छलफल गर्दा तिनीहरू कोही पनि आफ्नै विचारमा अल्झिएर बसेनन्, बरु, परमेश्‍वरलाई प्रार्थना गर्दै उहाँमाथि अडेस लागे र सँगसँगै सत्यताका सिद्धान्तहरू खोजी गरे। सबैले सँगै काम गरे, र बिस्तारै मण्डलीको काममा फेरि सुधार हुन थाल्यो। यो सुनेर म साँच्‍चिकै लज्जित भएँ। मैले मविना मण्डलीको काम अघि बढ्न सक्दैन भनी सधैँ सोचेको थिएँ, तर तथ्यहरू सामना गर्दा, मैले परमेश्‍वरको घरको सबै काम पवित्र आत्माको सहयोगद्वारा मात्र हुन्छ, र यो कुनै व्यक्तिले गर्न सक्‍ने कुरा होइन रहेछ भनी देखेँ। मानिसहरूले आफ्नो काम मात्रै गर्छन्। हामीले परमेश्‍वरमा जतिसुकै समयदेखि विश्‍वास गरेको भए पनि, हाम्रो काममा सत्यताको खोजी र अभ्यास गर्न हामीले परमेश्‍वरमा भर परेसम्म, हामीसित परमेश्‍वरको अगुवाइ र आशिष्‌हरू हुनेछन्। सत्यताको खोजी नगरी आफ्नो काम गर्नु, अहङ्कारपूर्वक आफूले चाहेजस्तो गर्नु, र तानाशाही हुनु परमेश्‍वरको निम्ति घिनलाग्दो हुन्छ। परमेश्‍वरको अगुवाइ नहुँदा, मैले पवित्र आत्माको काम गुमाएँ र बेकामको भएँ। मैले केही पनि गर्न सकिनँ। म अन्धो झैँ अहङ्कारी हुन्थेँ, अनियन्त्रित हुन्थेँ, अभिमानसाथ मानिसहरूलाई हुकुम दिँदै हिँड्थेँ, दाजुभाइ-दिदीबहिनीहरूलाई जोरजबरजस्ती गर्थेँ र हानि पुर्‍याउँथेँ, यसरी मैले मण्डलीको कामलाई अस्तव्यस्त पारेको थिएँ। मैले ग्लानि अनुभव गरेँ, र धेरै नै आत्म-धिक्‍कार गरेँ। मैले परमेश्‍वरसित प्रार्थना गरेंः “परमेश्‍वर, म अति अन्धो भएकी छु। मैले आफैलाई चिनेको छैनँ, मैले आफू लामो समयसम्म अगुवा रहेकोले धेरै बुझ्छु, म सबैभन्दा उत्तम छु भनी सधैँ सोचेँ। मेरो काममा मलाई अहङ्कारले डोर्‍यायो, र यसले तपाईंको घरको कामलाई अस्तव्यस्त पार्‍यो। हे परमेश्‍वर, म तपाईंको धेरै विरोध गर्न चाहँदिनँ, बरु साँचो रूपले पश्‍चात्ताप गर्न चाहन्छु।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूमा यस्तो कुरा पढेँः “मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, अशुद्धहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म काम गरेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ दुःखलाग्दो किसिमले घिन लाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको कानुनको लागि असहनीय हुनेछ! संसारको जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरका सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्रै सिद्ध पारिनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ”)। “म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरुले गर्ने कारुणिक आव्हानका आधारमा त झनै होइन्, तर उनीहरुसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो” (वचन देहमा देखा पर्नुहुन्छको “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्”)। परमेश्‍वरका वचनहरू पूर्ण रूपले स्पष्ट थिए। मानिसहरूले कति लामो समयदेखि विश्‍वास गरेका छन्, तिनीहरूले कति प्रचार गर्न सक्छन् वा तिनीहरूले कति काम गरेका छन् भन्ने कुराद्वारा होइन, बरु तिनीहरूले सत्यतालाई अनुसरण गर्छन् कि गर्दैनन्, तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गरेका छन् कि छैनन्, र तिनीहरूले सृष्टि गरिएको प्राणीको रूपमा काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराद्वारा परमेश्‍वरले मानिसहरूको परिणाम निर्धारण गर्नुहुन्छ। यी सबैभन्दा महत्वपूर्ण कुराहरू हुन्। पहिले, मैले कहिल्यै परमेश्‍वरको धर्मी स्वभावलाई जानिनँ। मैले केही समय विश्‍वास गरेको थिएँ, मसित अगुवाको रूपमा केही वर्षको अनुभव थियो, र मलाई मेरो काममा केही सफलता मिलेको थियो। अनि मैले यी सबै कुरा आफ्नै फाइदाको निम्ति प्रयोग गरेँ। यदि मैले त्यस प्रकारले खोजी गर्दै गएँ भने मलाई परमेश्‍वरले बचाउनुहुनेछ भन्ने सोचेँ, त्यसैले मैले परमेश्‍वरको न्याय, सजाय, निराकरण र काँटछाँट भोग्‍ने कुरामा ध्यान केन्द्रित गरिनँ। विशेषतः मैले मेरो भ्रष्ट स्वभावको हल गर्न मेरो काममा सत्यता खोजी गर्ने कुराको बेवास्ता गरेँ। परिणामस्वरूप, परमेश्‍वरमा वर्षौंको विश्‍वासपछि पनि मेरो जीवन स्वभाव विरलै परिवर्तन भयो, म अझै पनि आफ्नो शैतानी, अहङ्कारी प्रकृतिले जिइरहेको थिएँ, दुष्टता गर्दै र परमेश्‍वरलाई विरोध गर्दै थिएँ। मैले बुझेँ, यदि हामीले आफ्नो विश्‍वासमा सत्यता अनुसरण गर्न सक्दैनौँ भने, हामीले आफैलाई जान्न सक्दैनौँ वा परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्न सक्दैनौँ। हामीले जतिसुकै काम गरे पनि, हामीले जतिसुकै प्रचार गरे पनि, हाम्रो जीवन स्वभावको परिवर्तनविना, हामी अझै पनि परमेश्‍वरद्वारा दोषी ठहरिनेछौँ र हटाइनेछौँ। यो कुरा परमेश्‍वरको धर्मी स्वभाव र पवित्र सारद्वारा निर्धारित हुन्छ। परमेश्‍वरको इच्छालाई बुझिसकेपछि, मैले कति वर्षसम्म विश्‍वास गरेको छु वा कति काम गरेको छु भन्ने कुराको फेरि कहिल्यै फाइदा उठाइन, बरु परमेश्‍वरका वचनहरूमा थप प्रयत्‍न लगाउन, आफैलाई जान्न र समीक्षा गर्न, र आफ्नो शैतानी स्वभावमा परिवर्तनको खोजी गर्नमा ध्यान केन्द्रित गर्न थालेँ।

त्यसपछि, मलाई मण्डलीमा अर्को काम दिइयो। दाजुभाइ-दिदीबहिनीसित काम गर्दा, म अलि नम्र थिएँ, र जब उनीहरूले फरक विचारहरू प्रस्तुत गर्थे, तब कहिलेकाहीँ म ठीक छु भन्ने महसुस गर्थेँ र उनीहरूले मेरो कुरा सुनून् भन्ने चाहन्थेँ, तर मैले मेरो अहङ्कारी स्वभाव फेरि देखाउँदै छु भनी तुरुन्तै महसुस गर्थेँ, अनि मैले परमेश्‍वरसित प्रार्थना गर्थें र दाजुभाइ-दिदीबहिनीहरूको साथमा सत्यताको खोजी गर्न र छलफलद्वारा परिस्थिति सुल्झाउन आफूलाई एकातिर पन्साउँथेँ। अनि म पहिलेजस्तै अहङ्कारी छैन, म धेरै नै परिपक्‍व भएको छु भनी दाजुभाइ-दिदीबहिनीहरू सबैले भने। उनीहरूबाट यस्तो मूल्याङ्कन सुन्नु मेरो निम्ति साँच्‍चिकै हृदयस्पर्शी कुरा थियो। परमेश्‍वरका वचनहरूको न्याय र सजायद्वारा यो हासिल भएको हो भनी मलाई थाहा थियो। म आफ्नो अहङ्कारी स्वभावबाट पूर्ण रूपले मुक्त भइनसकेकी भए पनि, परमेश्‍वरले चाहनुभएको स्तरहरूबाट म अझै धेरै टाढा भए पनि, मैले परमेश्‍वरको प्रेम र मुक्ति देखेकी छु। परमेश्‍वरको काम र वचनहरूले साँचो रूपले मानिसहरूलाई रूपान्तरण र शुद्ध गर्न सक्छन् भनी देखेको छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के मानिसहरूलाई खुशी पार्ने व्यक्तिले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ?

हाओ झेङ्ग, चीन म गरिब, पहाडको पछाडिएको ठाउँबाट आएको हुँ जहाँ सामन्ती प्रचलन र जटिल व्यक्तिगत सम्‍बन्धहरू रहेका छन्। त्यस वातावरण र मेरा...

म के हुँ भनी खुलासा

वेइशियाओ, स्पेन यो वर्षको सुरूतिर, म मण्डलीको अगुवा छँदा, सुसमाचार टोलीकी अगुवा सिस्टर वाङलाई अर्को मण्डलीमा सरुवा गरियो। एकदिन अर्को...

मोआबका सन्तानहरूको परीक्षा

झुवान्वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्