मैले किन अरूसँग सहकार्य गर्न इन्कार गरिरहेकी थिएँ?

25 फेब्रुअरी 2023

एक दिन सुसमाचार कामको जिम्‍मा लिनका लागि कसैलाई छनौट गर्न मण्डलीमा चुनाव भयो। अचम्‍मको कुरा, नतिजा सुनाउँदा त ब्रदर-सिस्टरहरूले मलाई चुनेका रहेछन् भन्‍ने मलाई थाहा भयो। म अलिक उत्साहित थिएँ। म निर्वाचित हुनुको अर्थ मेरो क्षमता राम्रो छ र म अरूभन्दा धेरै सक्षम छु भन्ने मलाई लागेको थियो। म अलिक घबराएकी पनि थिएँ, किनभने मैले राम्रो काम गरिनँ भने ममाथिको सबैको विश्‍वास तोड्नेछु, त्यसपछि तिनीहरूले मलाई म सुपरिवेक्षण कामको निम्ति योग्य छैनँ भन्‍ने सोच्‍नेछन् भनेर मलाई डर लागेको थियो। म ब्रदर-सिस्टरहरूलाई निराश पार्न चाहन्‍नथिएँ। तिनीहरूले मलाई चयन गरेका हुनाले, ममा राम्रो क्षमता छ र म सक्षम छु र हाम्रो सुसमाचारको काममा उत्साह दिन सक्छु भनेर प्रमाणित गर्न चाहन्थेँ। त्यसपछि म यो काममा जोडतोडले लागिपरेँ। त्यो बेला, सिस्टर वाङले मेरो कामको रेखदेख गरिरहेकी थिइन्, तर म उनीसँग कामको बारेमा विरलै छलफल गर्थेँ। मैले के गर्न लागिरहेकी छु भनेर म उनलाई बताउँदिनथिएँ तर सधैँ एकलै कामकुरा गर्थेँ। उनले कहिलेकहीँ मसँग कुराकानी गर्न चाहेकी बेला, मलाई सम्पर्क गर्न सक्दिनथिइन्, र म कहाँ गएकी थिएँ भनेर उनले सोध्दा, म उनलाई पन्छाउन अनेक किसिमका उपायहरू अपनाउथेँ, आफूले गरेका कामका खास कुराहरू बताउँदिनथिएँ। मेरो कर्तव्यमा केही सफलता पाएपछि म उनलाई भन्‍नेछु भनेर म सोच्‍ने गर्थेँ। त्यसरी उनले मेरो क्षमता र सक्षमताबारे, अनि म अरूको सहयोगविना नै राम्रो काम गर्न सक्छु भनेर प्रशंसा गर्नेथिइन्। ब्रदर-सिस्टरहरूले पनि मलाई चयन गर्नु सही निर्णय थियो, र म त्यो काम वहन गर्न सक्छु भनेर सोच्‍नेथिए। त्यो बेला, हाम्रो समूह सदस्य ब्रदर युनजियाङ आफ्‍नो कर्तव्यमा निकै उत्सुकताको साथ लागिपर्थे र आफ्‍नो सुसमाचार कार्यमा तिनी मभन्दा प्रभावकारी थिए। आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेकोमा तिनलाई सिस्टर वाङले प्रशंसा गरेकी देख्दा म बेचैन भएँ। सुपरिवेक्षक म थिएँ र तिनी साधारण सुसमाचार सेवक थिए। आफ्‍नो कर्तव्यमा यति सक्रिय भएर के तिनले मेरो भन्डोफोर गर्न लागेका हुन्? के अरूले तिनलाई सुपरिवेक्षक छनौट गर्नेछन्? त्यो त मेरो लागि ठूलो अपमान हुनेछ। मैले यो कुरालाई स्वीकार गर्नै सकिनँ।

एकपटक, सिस्टर वाङले ब्रदर युनजियाङ र मलाई सँगै मिलेर एउटा काम गर्न लगाइन्। मलाई तिनीसँग जान मन लागेन, तर त्यो काम एकलै गर्न चाहन्थेँ। पहिले, अरूले तिनलाई आफ्‍नो कर्तव्यमा प्रेरणादायी भएकोमा प्रशंसा गरेका थिए, त्यसकारण तिनी मसँग गए भने, हाम्रो उपलब्धिको आधा श्रेय तिनलाई जानेथियो, त्यसपछि त ब्रदर-सिस्टरहरूले तिनलाई अझै आदर गर्न सक्थे। त्यो कुरा मनमा राख्दै, मैले गएर त्यो काम एकलै गरेँ। म तुरुन्तै आफ्ना उपलब्धिहरू बढाउन चाहन्थेँ, किनभने मैले राम्रो काम गरेँ भने, सबैले मलाई अवश्यै सम्‍मान र प्रशंसा गर्नेछन् भन्ने ठानेँ। त्यसपछि म त्यो कर्तव्यमा जोडतोडले लागिपरेँ। तर मैले जति नै कडा परिश्रम गरे पनि, जति नै ऊर्जा खर्चे पनि, केही सीप लागेन। ममा परमेश्‍वरप्रति गुनासो थियो—मैले जति नै परिश्रम गरे पनि, किन उहाँले मलाई आशिष्‌ दिनुहुन्‍न? म निकै खराब स्थितिमा थिएँ र उप्रान्त त्यो कर्तव्य पूरा गर्न चाहँदिनथिएँ। के भइरहेको छ भन्‍ने कुरा सिस्टर वाङले थाहा पाएपछि, उनले मसँग सङ्गति गरिन्, “तपाईँले आफ्‍नो कर्तव्यमा राम्रा नतिजा हासिल गरिरहनुभएको छैन। तपाईँको काम गर्ने शैलीमा कुनै समस्या छ कि? के भइरहेको छ त्यसको मूल्याङ्कन गरेर तपाईँले सुधार गर्नुपर्छ। तपाईँ सधैँ एकलै काम गर्न चाहनुहुन्छ—काम गर्नुपर्ने त्यसरी होइन। तपाईँले अरूसँग मिलेर काम गर्नुपर्छ।” मेरो समस्या औँल्याएकोमा मलाई उनको विरोध गर्न मन लाग्यो। मेरो काम गर्ने शैलीमा समस्या थियो र? मैले पहिले पनि त्यसरी काम गरेकी थिएँ, अनि सबै काम ठिकठाक भएको थियो। त्यसको अर्थ मेरो शैली सही थियो—यसमा केही गलत थिएन! त्यसपछि पनि मैले त्यही शैलीले काम गरिरहेँ। त्यो अवधिमा, अरूले मसँग अभ्यासको असल मार्गबारे जसरी सङ्गति गरे पनि, म त्यो सुन्‍न र त्यसलाई मान्‍न तयार थिइनँ। मलाई के लागिरहेको थियो भने, यदि तिनीहरूले भनेजस्तै काम गरेँ भने, मैले केही परिणाम प्राप्त गरेपछि, तिनीहरूले सायद मैले तिनीहरूको सल्‍लाह मानेकी हुनाले यी उपलब्धीहरू हासिल गरेकी हुँ भन्नेछन्। त्यसपछि तिनीहरूले नै सबै श्रेय पाउनेछन्—कसले मलाई प्रशंसा गर्नेछ र? म अत्यन्तै जिद्दी भइरहेकी थिएँ र एकलै काम गर्न चाहन्थेँ। कति चाँडै दुई हप्ता बितेछ, र मैले अझै पनि केही हासिल गरेकी थिइनँ। म असाध्यै दुःखी भएँ। मैले हरेक दिन नबिसाई काम गरेँ, र पनि किन मैले कुनै नतिजा प्राप्त गरिरहेकी छैनँ? समस्याको जड के हो भन्‍ने मलाई थाहा थिएन, र पनि मैले आत्मचिन्तन गरिनँ। केही हप्तापछि एक जना ब्रदरले मलाई हप्काउँदै सोधे, “तपाईँ सुपरिवेक्षक हुनुहुन्छ तर अरूसँग काम गर्नुहुन्‍न—सधैँ एकलै काम गर्नुहुन्छ। त्यसरी त तपाईँले कसरी कुनै पनि काम पूरा गर्न सक्‍नुहुन्छ र? के त्यसरी त काममा रोकावट आउँदैन र?” तिनले यसो भनेको सुन्दा म खिन्न भएँ, तर पछि मलाई तिनको कुरा सही रहेछ, र समस्या त्यही हो भन्‍ने महसुस भयो। मैले अरूसँग मिलेर काम गर्नुपर्छ भनेर ब्रदर-सिस्टरहरूले मलाई बारम्‍बार सम्झाए, तर मैले एकलै काम गरिरहेँ, जसले गर्दा काममा कुनै फल फलिरहेको थिएन र यो काम ढिलाइ भइरहेको थियो। त्यो महसुस गरेपछि मलाई ग्‍लानि भयो, र परिवर्तन गर्न मन लाग्यो।

पछि मैले आफ्नो समस्याबारे अगुवालाई खुलस्त बताएँ। उनले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्: “परमेश्‍वरको घरमा, यदि मानिसहरू आफ्‍ना सांसारिक दर्शनहरूअनुसार जिउँछन्, र एकअर्कासँग घुलमिल हुँदा तिनीहरू आफ्‍नै धारणा, झुकाव, चाहना, स्वार्थी मनसाय, आफ्‍नै वरदान, र चलाकीपनमा भर पर्छन् भने, यो परमेश्‍वरको अघि जिउने तरिका होइन, र तिनीहरूले एकता हासिल गर्न सक्दैनन्। यस्तो किन हुन्छ? किनभने जब मानिसहरू शैतानी स्वभावअनुसार जिउँछन्, तब तिनीहरूले एकता हासिल गर्न सक्दैनन्। अनि, यसको अन्तिम परिणाम के हुन्छ? परमेश्‍वरले तिनीहरूमा काम गर्नुहुन्न। परमेश्‍वरको कामबिना, यदि मानिसहरू आफ्ना थोरै क्षमता र चलाकीहरू, थोरै विशेषज्ञताहरू, र आफूले हासिल गरेका थोरै ज्ञान र सीपहरूमा निरन्तर भर पर्छन् भने, तिनीहरूलाई परमेश्‍वरको घरमा पूर्ण रूपले प्रयोगमा आउन धेरै कठिन हुनेछ, र तिनीहरूलाई उहाँको इच्छाअनुसार काम गर्न पनि धेरै कठिन लाग्‍नेछ। परमेश्‍वरको कामबिना, तैँले परमेश्‍वरको इच्छा, परमेश्‍वरका मापदण्डहरू, वा अभ्यासका सिद्धान्तहरूलाई पनि कहिल्यै बुझ्न सक्‍नेछैनस्। तँलाई आफ्‍नो कर्तव्य पूरा गर्ने मार्ग र सिद्धान्तहरू थाहा हुनेछैन, र परमेश्‍वरको इच्छाअनुसार कसरी काम गर्ने वा के-कस्ता कार्यले सत्यताका सिद्धान्तहरूको उल्‍लङ्घन र परमेश्‍वरको विरोध हुन्छ भन्‍ने तँलाई कहिल्यै थाहा हुनेछैन। यदि यीमध्ये कुनै पनि कुरा तँलाई स्पष्ट भएन भने, तैँले अन्धाधुन्ध नियमहरू पालना र अनुसरण गरिरहेको मात्रै हुन्छस्। त्यस्तो अन्योलमा रहेर कर्तव्य निर्वाह गर्दा, तँ अवश्य नै असफल हुन्छस्। तैँले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्, र परमेश्‍वरले अवश्य नै तँलाई घृणा र इन्कार गर्नुहुनेछ र हटाउनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सामञ्‍जस्यपूर्ण समन्वय सम्बन्धमा)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने मैले स्वार्थी भएर आफ्‍नो कर्तव्य पूरा गर्ने अनि आफ्‍ना इच्‍छाहरू पछ्याउने, आफ्‍नै सीप र सानातिना चतुराइहरूमा भरोसा गर्ने गर्नु हुँदैन। मैले ब्रदर-सिस्टरहरूसँग मिलेर काम गर्नुपर्छ, कामको बारेमा छलफल गरेर सबैसित सहमतिमा पुग्‍नुपर्छ। अन्यथा पवित्र आत्माले काम गर्नुहुनेछैन र मेरो काममा आशिष हुनेछैन। तर म भने, सुपरिवेक्षकको रूपमा निर्वाचित भएदेखि आफू विशेष व्यक्ति बनेकी छु, र यसको अर्थ ममा केही सबल पक्षहरू छन् भन्‍ने मलाई लागेको थियो। मैले एकले बाँदरजस्तो भएर काम गरेँ र ब्रदर-सिस्टरहरूसँग सहकार्य गरिनँ, किनभने म विशिष्ट बनेर अरूको सम्‍मान र अनुमोदन पाउन चाहन्थेँ। साथै, म मेरा सुपरिवेक्षकसँग आफ्नो कामको बारेमा त्यति धेरै छलफल गर्दिनथिएँ र उनलाई नभनी प्रोजेक्टहरूमा कामसमेत गर्थेँ। मैले कुनै कुरा पूरा गरेपछि मात्रै म उनलाई बताउन चाहन्थेँ ताकि उनले मलाई मेरो क्षमता र सक्षमताको निम्ति प्रशंसा गरून्, र म सुपरिवेक्षकको पदको स्तरमा जिउँछु भन्‍ने ठानून्। तर मेरो कर्तव्य फलहीन थियो किनभने मैले सिद्धान्तहरू खोजी गरिरहेकी थिइनँ, र मलाई आशिष नदिएकोमा म परमेश्‍वरसँग बहस गर्दै र उहाँलाई दोष दिँदै अविवेकीसमेत बनेँ। म आफ्‍नो कर्तव्यसमेत त्याग्‍न चाहन्थेँ। म साँच्‍चै विवेकहीन भइरहेकी थिएँ! मलाई बल्‍ल के महसुस भयो भने आफ्ना स्वार्थी इच्‍छाहरूलाई पूरा गर्न आफ्‍नो कर्तव्यमा एकलै काम गर्नु, सिद्धान्तहरू खोजी नगर्नु वा अरूसँग मिलेर काम नगर्नुको भनेको कर्तव्य कहिल्यै पनि राम्ररी पूरा नगरिनु हो। मेरो व्यवहार परमेश्‍वरको लागि पनि घिनलाग्दो थियो, र म समयमा नै परिवर्तन नभएकी भए, उहाँले मलाई त्याग्‍नुहुनेथियो। यो सबै महसुस गरेपछि, मैले तुरुन्तै प्रार्थना गरेँ: “हे परमेश्‍वर, अरूसँग सहकार्य नगरी एकलै काम गरेको तपाईँ मन पराउनुहुन्‍न भन्‍ने मलाई अब थाहा भयो। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस् र समयमा नै परिवर्तन हुन, र अरूसँग मिलेर काम गर्न मलाई सहयोग गर्नुहोस्।”

मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “‘सद्‌भावपूर्ण सहकार्य’ भन्‍ने शब्‍दहरूलाई शाब्दिक रूपमा बुझ्‍न सजिलो छ, तर अभ्यास गर्न गाह्रो छ। यी शब्‍दहरूको व्यवहारिक पक्षमा जिउन सजिलो छैन। किन सजिलो छैन? (मानिसहरूसँग भ्रष्ट स्वभाव हुन्छ।) त्यो ठीक हो। मानिसमा अहङ्कार, दुष्टता, कठोरता, आदि इत्यादिजस्ता भ्रष्ट स्वभाव हुन्छ, र यी कुराहरूले तिनीहरूलाई सत्यता अभ्यास गर्नबाट रोक्छन्। जब तँ अरूसँग सहकार्य गर्छस्, तब तैँले हरप्रकारका भ्रष्ट स्वभाव प्रकट गर्छस्। उदाहरणको लागि, तँ सोच्छस्: ‘तिमी मलाई यो व्यक्तिसँग सहकार्य गर्न लगाउँछौ, तर के ऊ लायक छ? यदि मैले क्षमता नभएको व्यक्तिसँग सहकार्य गरेँ भने मानिसहरूले मलाई नीच ठान्‍नेछैनन् र?’ अनि, कहिलेकहीँ, तैँले यस्तोसमेत विचार गर्छस्, ‘त्यो व्यक्ति कति मूर्ख छ, र मैले भनेको कुरा बुझ्दैन!’ वा ‘मैले भन्‍ने कुरा गहन र ज्ञानले भरिएको हुन्छ। यदि मैले तिनीहरूलाई यो कुरा बताएँ र तिनीहरूलाई यो कुरा लागू गर्न दिएँ भने, के म पृथक देखिनेछु? मेरो प्रस्ताव सबैभन्दा राम्रो छ। यदि मैले यो कुरा भनेँ र तिनीहरूलाई सोहीअनुसार गर्न दिएँ भने, यो मेरो योगदान हो भनेर कसले थाहा पाउँछ र?’ त्यस्ता विचार र दृष्टिकोण—त्यस्ता दुष्ट शब्‍दहरू—आम रूपमा सुनिने र देखिने कुराहरू हुन्। यदि तँसँग यस्ता विचार र दृष्टिकोणहरू छन् भने, के तँ अरूसँग सहकार्य गर्न तयार हुन्छस्? के तैँले सद्‌भावपूर्ण सहकार्य गर्न सक्छस्? यो काम सजिलो छैन; यसमा केही हदसम्‍म चुनौती छ! ‘सद्‌भावपूर्ण सहकार्य’ भन्‍ने शब्‍दहरू भन्‍न सजिला छन्—मुख खोलेपछि ती निस्किहाल्छन्। तर तिनलाई अभ्यास गर्ने बेलामा, तँभित्रका बाधाहरू ठूला हुँदै जान्छन्। तेरा विचारहरू घरी यता, घरी उता जान्छन्। कहिलेकहीँ, तँ राम्रो मनस्थितिमा हुँदा, तैँले अरूसँग अलिअलि सङ्गति गर्न सक्छस् होला; तर तेरो मनस्थिति खराब छ र तँलाई भ्रष्ट स्वभावले बाधा दिएको छ भने, तैँले यसलाई अभ्यास गर्न कदापि सक्‍नेछैनस्। अगुवा भएर पनि कतिपय मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। तिनीहरूले सधैँ अरूलाई हेयको नजरले हेर्छन्, अरूलाई राम्ररी मूल्याङ्कन गरेर मात्र छनौट गर्ने गर्छन्, र अरूका कमीकमजोरीहरू देखेपछि, तिनीहरूले ती मानिसहरूलाई आलोचना र आक्रमण गर्छन्। यसले गर्दा यस्ता अगुवाहरू कुहिएका स्याउजस्ता बन्छन्, र तिनीहरूलाई प्रतिस्थापन गरिन्छ। के तिनीहरूले ‘सद्‌भावपूर्ण सहकार्य’ भन्‍ने शब्‍दहरूको अर्थ बुझ्दैनन्? वास्तवमा तिनीहरूले यी शब्‍दहरूलाई राम्ररी बुझेका हुन्छन्, तर तिनलाई अभ्यास गर्न सक्दै सक्दैनन्। तिनीहरूले किन अभ्यास गर्न सक्दैनन्? किनभने तिनीहरूले हैसियतलाई अत्यन्तै बहुमूल्य ठान्छन्, र तिनीहरूको स्वभाव अत्यन्तै अहङ्कारी हुन्छ। तिनीहरूले आफ्‍नो प्रदर्शन गर्न चाहन्छन्, र हैसियत हात पारेपछि, तिनीहरूले यसलाई छोड्दैनन्, किनभने तिनीहरूलाई यो अर्को व्यक्तिको हातमा पर्ला र आफूसँग वास्तविक शक्ति नहोला भन्‍ने डर लाग्छ। तिनीहरूलाई अरूले आफूलाई पछि पार्लान् र आदर नगर्लान् भन्‍ने डर लाग्छ, अनि आफ्ना शब्‍दहरूमा कुनै शक्ति वा अख्‍तियार नहोला भन्‍ने डर लाग्छ। तिनीहरूलाई यही कुराको डर लाग्छ। तिनीहरूको अहङ्कार कति हदसम्‍म पुग्छ? तिनीहरूले आफ्‍नो चेतना गुमाउँछन् र स्‍वेच्‍छाचारी, र हतपते काम गर्छन्। र त्यसले के निम्त्याउँछ? तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी ननिभाउने मात्र होइन, तिनीहरूको कार्य बाधा र व्यवधानसमेत बन्छ, र तिनीहरूलाई स्थानान्तर र प्रतिस्थापन गरिन्छ। मलाई भन, त्यस्तो स्वभाव भएको व्यक्ति कहीँकतै कर्तव्य पूरा गर्न योग्य हुन्छ? दुःखको कुरा तिनीहरूलाई जहाँ राखिए पनि, तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी निभाउँदैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्न सक्दैनन्—त्यसो भए, के यसको अर्थ तिनीहरूले आफै कर्तव्य राम्ररी निभाउन सक्छन् भन्‍ने हुन्छ? अवश्य हुँदैन। यदि तिनीहरूले आफै कर्तव्य निभाए पनि, तिनीहरूको लगाम अझै कम हुन्छ, तिनीहरूले अझै धेरै स्वेच्‍छाचारी, र हतपते काम गर्न सक्छन्। तैँले आफ्‍नो कर्तव्य राम्ररी निभाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो अभिरुचि, तेरो क्षमताको उचाइ, तेरो मानवता, तेरो सबल पक्ष, तेरा सीपहरूमा आधारित हुँदैन; यो तँ सत्यता स्विकार्ने र सत्यता अभ्यास गर्न सक्‍ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरामा आधारित हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। परमेश्‍वरका वचनहरूले भन्छन्, कर्तव्यमा अरूसँग सहकार्य नगर्नु अहङ्कारी स्वभावको परिणाम हो। हामीले अरूसँग मिलेर काम गरेको परमेश्‍वर चाहनुहुन्छ ताकि हामीले एकअर्कालाई सहयोग गर्न सकौँ, अरूलाई हाम्रो कमजोरीको परिपूर्ति गर्न लगाउन सकौँ। त्यसो गर्दा हामी आफ्नो भ्रष्टता नियन्त्रण गर्न पनि सहयोग पाउँछौँ। यो हाम्रो र हाम्रो कामको लागि लाभदायक हुन्छ। तर म अत्यन्तै घमण्‍डी थिएँ। मलाई कसैसँग सहकार्य गर्नु पर्दैन, एकलै राम्रो काम गर्न सक्छु भन्‍ने लागेको थियो। मेरो दृष्टिकोण के थियो भने आफ्ना क्षमताहरू देखाउन मैले एकलै काम गर्नुपर्छ, त्यसकारण मलाई अरूसँग काम गर्न वा कुनै सुझाव मान्‍न मन लाग्दैनथियो। म एकलै चम्किन चाहन्थेँ। मेरो कर्तव्यमा दिशाबोधको कमी थियो, र पनि त्यसलाई समाधान गर्ने उपायहरू खोजी गरिनँ। सिस्टर वाङले मलाई मेरो काममा किन कुनै फल फलेको छैन र मेरो शैली कस्तो हुनुपर्छ भनी बताउँदा, मलाई उनको कुरा ठिक हो भन्‍ने थाहा थियो, तर मलाई उनले भनेको मान्‍न मन लागेन। मैले त्यसो गरेँ र राम्रो काम गर्न थालेँ भने, अरू कसैले श्रेय पाउनेछ र कसैले पनि मलाई प्रशंसा गर्नेछैन भन्‍ने मलाई डर लागेको थियो। सिस्टर वाङले मसँग काम गर्न ब्रदर युनजियाङलाई खटाउँदा, तिनले मेरो श्रेय खोस्नेछन् त्यसपछि हामीले केही हासिल गर्दा अरूले तिनलाई आदर गर्नेछन् र म अयोग्य सुपरिवेक्षक हुँ, म साधारण समूह सदस्य जत्तिको पनि राम्रो छैनँ भनेर सोच्‍नेछन् भन्‍ने मलाई डर लागेको थियो। आफ्‍नो नाम र हैसियत कायम राख्‍न, मैले अरूसँग काम गर्न चाहिनँ, तर एकलै काम गर्न चाहेँ। मैले आफ्‍नो कर्तव्य पूरा गरेकी जस्तो देखाइरहेकी थिएँ तर वास्तवमा आफ्‍नै प्रदर्शन गर्ने इच्‍छा गर्दै हैसियतको पछि लागिरहेकी थिएँ। त्यो त अहङ्कारी स्वभाव देखाउनु हो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “यदि अगुवा वा सेवकको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र सधैँ तेरो पदबाट आउने लाभहरूमा लिप्त हुँदै, आफ्‍नै योजनाहरू बनाउँदै, सधैँ आफ्नै ख्याति, सम्पत्ति र हैसियतको सोचविचार र उपभोग गर्दै, सधैँ आफ्नै उद्यम चलाउँदै, र सधैँ उच्‍च हैसियत प्राप्त गर्ने, अझ धेरै मानिसहरूलाई व्यवस्थापन र नियन्त्रण गर्ने, र आफ्नो शक्तिको दायरा विस्तार गर्ने प्रयास गर्दै, कुनै सरकारी अधिकारीजस्तै गरी, यदि तँ आफ्नो कर्तव्यमा मस्त हुन्छस् भने, त्यो समस्या हो। आफू सरकारी अधिकारी भएजस्तै गरी कुनै महत्त्वपूर्ण कर्तव्यलाई आफ्नो पदको फाइदा उठाउने मौकाको रूपमा लिनु खतरनाक हुन्छ। यदि तँ सधैँ यस्तरी व्यवहार गर्छस्, अरूसँग काम गर्न चाहँदैनस्, आफ्नो शक्तिलाई कम गर्न र त्यो अरू कसैसित बाँड्न चाहँदैनस्, अरू कसैलाई आफूभन्दा माथि पर्न दिँदैनस्, सबैको आकर्षणको केन्द्रबिन्दु बन्‍न खोज्छस्, र आफै मात्र शक्तिको उपभोग गर्न चाहन्छस् भने, तँ एक ख्रीष्टविरोधी होस्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। परमेश्‍वरका वचनहरूले मेरो सही स्थितिलाई प्रकट गरिदिए। मैले त आफ्नो कर्तव्यलाई सरकारी जागिरजस्तो गरी लिइरहेकी थिएँ। मैले सुपरिवेक्षणको भूमिका पाएपछि, आफ्नो हैसियतको प्रतापमा मात्र रमाउन चाहेकी थिएँ। अरूको आदर र अनुमोदन पाउन सकूँ, तिनीहरूले ममा क्षमता छ र म काममा सक्षम छु भनून् भनेर मैले कसैसँग पनि सहकार्य गर्न चाहिनँ। तिनीहरूले मेरो महिमा र प्रताप खोस्छन् भन्‍ने डरले, म सबै कुरा एकलै गर्न चाहन्थेँ ताकि कुनै कुरा पूरा हुँदा मैले सबै श्रेय पाउन सकूँ अनि सबैको ध्यान मतिर होस्। आफ्‍नो नाम र हैसियतलाई रक्षा गर्ने आशामा, मैले कामको समग्र परिणामलाई विचार गरिनँ वा अरूको सहयोग स्वीकार गरिनँ। म अत्यन्तै अहङ्कारी थिएँ! म भ्रष्ट व्यक्ति हुँ, त्यसकारण मेरो काममा धेरै विचलन र समस्याहरू हुनु, र मैले धेरैवटा पक्षबारे विचार नगर्नु स्वाभाविकै हो। तर म अहङ्कारी थिएँ, आफूलाई मै हुँ भनी ठान्थेँ, र ममा केही नराम्रो कुरा छैन भनी सोच्थेँ, र म अरू कसैसँग सहकार्य गर्न चाहँदिनथिएँ। यदि त्यस्तै भइरहेको भए, यसले अवश्य नै मण्डलीको काममा बाधा पुऱ्याउनेथियो, र मैले पश्‍चात्ताप गर्न इन्कार गरिरहेकी भए, म ख्रीष्टविरोधी बन्‍नेथिएँ। यो त मेरो लागि डरलाग्दो अनुभूति थियो। म साँच्‍चै नै परिवर्तन हुन, हैसियतको चाहनालाई त्याग्‍न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्थेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, वा हैसियत मात्र विचार नगर्। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तँ बफादार बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले आफ्नो कर्तव्य र मण्डलीको कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर् र तिनको समाधान गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैंले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। आफूले गर्ने हरेक काममा, तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरूलाई सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न नसक्‍ने भए पनि, तेरो हृदयमा सुधार ल्याइसकिएको हुन्छ; यसअलावा, यदि तैले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस भने, तेरो कर्तव्य मापदण्डअनुरूपको हुनेछ र तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। गवाही दिनु भनेकै यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूले कुनै कर्तव्य व्यक्तिगत उद्यम होइन, र आफ्‍नो व्यक्तिगत हित वा नाम र हैसियतको चाहनालाई पूरा गर्नको लागि यो निर्वाह गरिनु हुँदैन, तर यसमा आफ्‍नो हृदय लगाउनुपर्छ, सबै कुरामा परमेश्‍वरको घरका हितहरूबारे सोच्‍नुपर्छ, र व्यक्तिगत मनसायहरूले यसलाई दूषित तुल्याउनु हुँदैन भन्‍ने कुरा स्पष्ट पारे। तर मैले त आफ्नै नाम र पदलाई मात्रै विचार गरिरहेकी थिएँ, र आफ्नो हैसियतको खातिर काम गरिरहेकी थिएँ, जसको अर्थ मेरो प्रभावकारीता घट्दै गइरहेको थियो र सुसमाचार काममा ढिलाइ भइरहेको थियो। मैले आफ्‍नो इज्‍जत र हैसियतको लागि काम गर्न छोड्नुपर्छ, तर सबै कुरामा मण्डलीका हितहरूबारे सोच्‍नुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसपछि मैले मेरो प्रतिष्ठा र हैसियतलाई पर राखेर अरूसँग राम्रोसँग काम गर्ने प्रयास गरेँ, र कसरी काम राम्ररी गर्ने र आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्ने भन्‍ने बारेमा मनैदेखि विचार गरेँ। त्यस कुरालाई अभ्यास गरेपछि मलाई अझ धेरै शान्ति मिल्यो।

एकपटक म अरू एक-दुई जना सिस्टरहरूसँग सुसमाचार सुनाउन बाहिर गएँ, र सुसमाचार ग्रहण गर्ने सम्भाव्य मानिसहरू जान्‍न-बुझ्‍न अत्यन्तै उत्सुक थिए। मलाई लाग्यो, यदि म एकलै गएकी भए, ब्रदर-सिस्टरहरूले मेरो सङ्गति गर्ने क्षमताको तारिफ गर्नेथिए। मलाई ती सिस्टरहरूसँग गएकोमा साँच्‍चै नै पछुतो लाग्यो। जब मलाई यस्तो लाग्यो, तब तुरुन्तै यो सही सोचाइ होइन भन्‍ने थाहा भइहाल्यो। मैले फेरि एकलै काम गर्ने चाहना गर्दै व्यक्तिगत नाम र हैसियतलाई विचार गरिरहेकी थिएँ। त्यसकारण मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ र आफ्‍ना व्यक्तिगत हितहरूप्रतिको विचारलाई छोड्न तयार भएँ। मेरा भावनाहरू बिस्तारै शान्त भए र मैले कसरी सङ्गति गर्ने र परमेश्‍वरको गवाही दिने भन्‍ने बारेमा मन लगाएँ। परमेश्‍वरको अगुवाइमा, सात वा आठ जनाले परमेश्‍वरको कामलाई स्वीकार गरे। म अत्यन्तै उत्प्रेरित भएँ, र मलाई प्रभु येशूको यो भनाइ याद आयो, “फेरि म तिमीलाई भन्छु, यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना आफूले माग्‍ने कुरालाई छुँदै सहमत भएर माग्यौ भने स्वर्गमा हुनुहुने मेरा पिताले तिनीहरूको निम्ति त्यो गरिदिनुहुनेछ। किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु(मत्ती १८:१९-२०)। त्यस विन्दुमा मलाई थाहा भयो, सिद्ध कोही पनि छैन, हरेक व्यक्तिका सबलता र दुर्बलताहरू हुन्छन्। हामीले मिलेर सहकार्य गर्नुपर्छ, ब्रदर-सिस्टरहरूसँग कामकुराबारे छलफल गर्नुपर्छ, र एकअर्काको कमजोरीलाई परिपूर्ति गर्नुपर्छ, यसरी हामी आफ्नो काममा हुने गल्तीहरूलाई बिस्तारै घटाउँदै जान्छौँ र हाम्रो कर्तव्यमा अझै धेरै उपलब्धि हासिल गर्छौँ। अहिले म अरूसँग आफ्‍नो कर्तव्य पूरा गर्दा, तिनीहरू आफ्‍नो काममा एक-एक कुरालाई ध्यान दिने, अनि सुसमाचार ग्रहण गर्ने सम्भाव्य मानिसहरूलाई अत्यन्तै ध्यान दिने व्यक्तिहरू रहेछन् भनेर देख्न सक्छु। यी सबल पक्षहरू ममा छैनन्। तिनीहरूबाट मैले धेरै कुरा सिकेकी छु। मेरो कर्तव्यमा के गर्न-के गर्ने हुँदा, म तिनीहरूसँग खोजी गर्छु र के गर्ने भनेर छलफल गर्छु, र मैले आफ्नो काममा अझै राम्रा परिणामहरू पाइरहेकी छु। परमेश्‍वरलाई धन्यवाद! कुनै कर्तव्यमा अरूसँग सहकार्य गर्नु अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने कुरा मैले व्यक्तिगत रूपमा अनुभव गरेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

पढाइ छोड्दा

म सानो छँदादेखि नै मेरा आमाबुबाले मलाई हाम्रो छोरा छैन, अनि तँ र तेरी बहिनी गरी दुइटी छोरी मात्र छौ, त्यही भएर हामीलाई परिवारको सामना गर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्