असफलताको बीचमा माथि उठ्दा

17 अक्टोबर 2021

फेङ्क्‍वी, दक्षिण कोरिया

मैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम कमाउनु र मेरो परिवारको इज्‍जत बढाउनु मैले यही कुराको बारेमा मात्रै विचार गर्थेँ। पछि, मैले उच्‍च शिक्षाको परीक्षा दिएँ र वकिल बनेँ। मलाई सधैँ आफू ठूलो र अधिकारप्राप्त भएको अनुभूति हुन्थ्यो। त्यसकारण, म जता-जता जान्थेँ, मैले रबाफ देखाउने प्रयास गर्थेँ। अरूले पनि सबै कुरालई मैले जस्तै हेर्नुपर्छ र मैले भनेअनुसार काम गर्नुपर्छ भन्‍ने अपेक्षा गर्थेँ। त्यो बेला मैले मेरो अहङ्कारी स्वभावलाई पहिचान गरेकी थिइनँ। मलाई म ठूलो व्यक्ति हुँ भन्‍ने लाग्थ्यो। मैले परमेश्‍वरलाई भेटेपछि, सर्वशक्तिमान् परमेश्‍वरको वचनको कारण, मैले आफ्‍नो अहङ्कारी स्वभावलाई पहिचान गर्न सकेँ। मैले मेरा महत्वाकांक्षा र इच्‍छाहरूलाई, र मेरो आत्म-धार्मिकतालाई स्पष्ट रूपमा देख्‍न सकेँ। मैले बोल्दा वा काम गर्दा धेरैजसो समय कसैसँग सल्‍लाह लिँदिनथिएँ। मैले आफ्‍नै तरिका अपनाउन जोड दिन्थेँ। मैले केही आत्म-चेतना प्राप्त गरे पनि, मेरो सोचाइमा, यी त्यति ठूला समस्याहरू थिएनन्। मैले परमेश्‍वरका यी वचनहरू पढेको मलाई याद छ, “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो,” र “ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्।” मैले यो वचनको बारेमा विचार गरेँ, “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो।” त्यसो भए असल मानवता भएकाहरूको हकमा के हुन्छ? वा परमेश्‍वरप्रति आज्ञाकारी मानिसहरूको हकमा के हुन्छ? के तिनीहरू पनि परिवर्तन हुनु आवश्यक छ? परिवर्तित स्वभावको अर्थ वास्तवमा के हो? मैले के सोचेको थिएँ भने, मैले ख्रीष्‍टमा विश्‍वास गरिरहेको छु र ख्रीष्‍ट व्यवहारिक परमेश्‍वर हुनुहुन्छ, त्यसैले ख्रीष्‍टमा विश्‍वास गर्नु भनेको ख्रीष्‍टको आज्ञापालन गर्नु होइन र? उहाँको आज्ञापालन गर्नु भनेको उहाँअनुरूप हुनु हो। विशेष गरी मैले कसरी मेरो जागिर र परिवार त्यागेको बारेमा विचार गर्दा, जुन मैले परमेश्‍वरको निम्ति आफूलाई समर्पित गरेको कार्य थियो, यसले मैले ख्रीष्‍टमा विश्‍वास गर्छु र म उहाँ अनुरूप छु भन्‍ने देखाउँछ भन्‍ने अनुमान गरेको थिएँ। तैपनि, मैले मेरा कर्तव्यहरू उत्साहको साथ पूरा गर्नलाई ख्रीष्टअनुरूप बन्‍न मैले मेरो जीवन स्वभाव परिवर्तन गर्नुपर्छ भन्‍ने कुरा मैले जानेको थिइनँ। जीवन प्रवेश र स्वभावगत परिवर्तनहरू भनेका के हुन् भन्‍ने पनि मलाई थाहा थिएन। ममा जीवन अनुभवको कमी थियो भनेर भन्‍न सक्नुहुन्छ। मैले कहिलेदेखि साँचो बुझाइ प्राप्त गर्न थालेँ त? मैले एउटा अत्यन्तै कठोर काटछाँट र निराकरणको अनुभव गरिसकेपछि मात्रै, आफूलाई इमान्दारीपूर्वक मनन गर्न थालेँ, र मेरो आफ्नो प्रकृति निकै अहङ्कारी रहेछ भन्‍ने देखेँ। मैले मेरो कर्तव्यमा सत्यताको खोजी गर्न, वा परमेश्‍वरको वचन अभ्यास गर्न जानेको थिइनँ, र परमेश्‍वरप्रति मैले कुनै आज्ञापालन गरेको थिइनँ। म ख्रीष्‍टअनुरूप छैन भन्‍ने कुरा स्पष्ट थियो। त्यो काटछाँट र निराकरण भोगेपछि, मैले आखिरमा परमेश्‍वरले यसो भन्‍नुको अर्थको वास्तविक बुझाइ प्राप्त गरेँ, “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो।

मैले परमेश्‍वरमा विश्वास गरेको कारण चिनियाँ कम्युनिस्ट पार्टीले मलाई सताउन थाल्यो र सन् २०१४ मा म विदेश भाग्‍न बाध्य भएँ। म आइपुगेपछि, मण्डलीका सदस्यहरूले म कठिन परिश्रम गर्छु, र ममा असल क्षमता छ भन्‍ने देखे, र मलाई मण्डली अगुवाको रूपमा छनौट गरे, र निश्‍चित कार्यक्रमहरूमा सहभागी हुन साथै सञ्चार माध्यममा अन्तर्वार्ता दिन प्रायः मलाई नै छनौट गर्थे। तर ती कुराहरू मेरो निम्ति पूँजी बने। म पहिले नै अहङ्कारी थिएँ, र यो पूँजीको कारण, म अझै कठोर अहङ्कारी बनेँ। मेरो सहयोगविना, मण्डली संचालन हुनु असम्‍भव छ, र मेरो काम अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने मलाई लाग्यो। मैले सानोतिनो ठानेका विषयहरूको बारेमा अरूले मसँग छलफल गर्न चाहँदा, म त्यस्तो झमेलामा पर्न चाहन्नथेँ, र तिनीहरूले व्यर्थको कुरामा ध्यान दिइरहेका छन् भन्‍ने लाग्थ्यो। तिनीहरूले मलाई निरन्तर अनुरोध गरिरहन्थे भने, मलाई झर्को लाग्थ्यो र सोच्थेँ, “किन मकहाँ सानातिना कुराहरू लिएर आएको? यो मेरो तहको कुरै होइन। आफै समाधान गर।” अनि तिनीहरूले मलाई अनुरोध गरिरहन्थे भने, मेरो बोल्‍ने शैली तुरुन्तै प्रश्‍नार्थक र आलोचनात्मक बन्थ्यो, र मैले तिनीहरूलाई भाषण समेत दिन्थें मानौं म उच्‍च ओहोदाको व्यक्ति हुँ। अरूलाई यस्तो व्यवहार गर्दा आफूलाई समेत अनुचित लाग्थ्यो। यसले तिनीहरूलाई कुनै न कुनै तरिकाले चोट पुर्‍याइरहेको छ भन्‍ने लाग्थ्यो। तपाईँलाई थाहा छ? तर त्यो समयमा म अहङ्कारी स्वभावमा जिइरहेको थिएँ र मैले सबै मानवता गुमाएकी थिएँ। त्यस किसिमको आत्मधिक्‍कार समेत अन्तिममा हराएर गयो। काममा मात्र होइन, सारा जीवनमा मैले यसरी व्यवहार गर्थेँ। मेरा कर्तव्यहरूको क्रममा मैले गर्ने सबै काममा, आफै अन्तिम निर्णय गर्न चाहन्थेँ। अरूसँग काम-कुराहरूको बारेमा छलफल गर्दा, र आफूलाई मन नपर्ने विचार वा सुझावहरू सुन्दा, म नहिचकिचाई तिनीहरूलाई हप्काउँथें, र तिनीहरूका विचारको अपमान समेत गर्थेँ। सबै कुरा मैले भनेजस्तै हुनुपर्थ्यो। काममा आइपरेका मेरा समस्याहरूलाई सहकर्मीहरूसँग छलफल र खोजीका लागि बिरलै प्रस्तुत गर्थेँ, किनभने मलाई लाग्थ्यो, मैले लामो समयदेखि कर्तव्य पूरा गर्दै आइरहेको र पर्याप्त अन्तर्दृष्टि प्राप्त गरेको छु, मैले परिस्थिति विश्‍लेषण र अध्ययन गरी समस्या समाधान गर्न सक्छु, र मेरा सहकर्मीहरू कामप्रति परिचित छैनन्, र यसलई तिनीहरूले राम्ररी बुझेका छैनन्। मैले तिनीहरूसँग कुराकानी गरेँ भने, तिनीहरूले केही पनि कुरा थप्‍न सक्दैनन्, न त तिनीहरूले अझ राम्ररी नै बुझ्छन् भन्‍ने लाग्थ्यो। मलाई छलफलको प्रक्रिया भनेको समयको बरबादी, व्यर्थको प्रक्रिया मात्रै हो भन्‍ने लाग्थ्यो। समय बित्दै जाँदा मलाई तिनीहरूसँग काम गर्नै मन लाग्‍न छोड्यो। जब मेरो अगुवाहरू मेरो कामको जाँच गर्न आउँथे, मलाई निकै झर्को पनि लाग्ने गर्थ्यो। मलाई कसैको रेखदेख वा सल्‍लाह स्वीकार गर्न मन लाग्दैनथ्यो। त्यो बेला, मलाई वास्तवमा मेरो स्थिति ठीक छैन भन्‍ने लागेको थियो। मेरा सहकर्मीहरूले मलाई चेतावनी दिन्थे। तिनीहरूले भन्थे, “तपाईं अहङ्कारी र आत्म-धर्मी हुनुहुन्छ, तपाईं कसैसँग पनि काम गर्न चाहनुहुन्‍न। तपाईं रेखदेख अस्वीकार गर्नुहुन्छ, र आफ्नो कर्तव्यको सम्‍बन्धमा सल्‍लाह इन्कार गर्नुहुन्छ। तपाईंले अरूलाई आफ्नो काममा सहयोग गर्न दिनुहुन्‍न।” मेरा सहकर्मीहरूले मलाई दिएका यी चेतावनी र प्रस्तावहरू वास्तवमा काट-छाँटको एउटा तरिका थियो, तर मैले तिनलाई बेवास्ता गरेँ। म अहङ्कारी भएकी, मैले त्यति धेरै परिवर्तन र त्यति धेरै जीवन प्रवेश हासिल नगरेकी भए पनि, मैले अझै पनि मेरा कर्तव्यहरू पूरा गरिरहेकी थिएँ, त्यसकारण यो त्यति ठूलो समस्या थिएन। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूबाट कुनै सहयोग स्वीकार गर्दिनथेँ। मैले यसलाई हल्कासाथ लिन्थें। मेरो अहङ्कारी स्वभाव, साथै मेरो शैतानी प्रकृति रातारात परिवर्तन गर्न सकिने कुरा होइनन् भन्‍ने लाग्थ्यो। यो दीर्घकालीन प्रक्रिया हो, र अहिलेको लागि, मैले मेरो काम र मेरा कर्तव्यहरूमा ध्यान केन्द्रित गर्नुपर्छ भन्‍ने लाग्थ्यो।

म त्यस्तो अहङ्कारी स्वभावमा जिउँदा मैले केही पनि अनुभूति गर्दिनथिएँ भन्‍ने होइन। वास्तवमा, त्यो समयमा मेरो हृदय रित्तो भएको महसुस हुन्थ्यो। कहिलेकहीँ मैले कुनै काम सकेपछि, आफैलाई प्रश्‍न गर्थेँ, “यो काम गर्ने प्रक्रियामा, वा यो पूरा भएपछि मैले के-कस्ता सत्यताहरू प्राप्त गरेँ? मैले के-कस्ता सिद्धान्तहरूको अभ्यास गरेँ? के मेरो जीवन स्वभाव परिवर्तन भएको छ?” मेरो जवाफ सधैँ छैन भन्‍ने हुन्थ्यो। हरेक दिन म मेरो काम सक्न हडबडाइरहेको हुन्थें, र जब गर्नुपर्ने कुरा धेरै बाँकी हुन्थ्यो, म रिसले भरिन्थें। मानौं सानातिना कुराले नै मेरो संयमता तोड्न सक्छन्। प्रार्थना गर्दा म झारा टार्ने काम मात्रै गर्थेँ। मसँग हृदयदेखि भन्‍ने कुरा केही पनि हुँदैनथियो। न त मैले परमेश्‍वरका वचनहरू पढेर कुनै ज्योति नै पाउथें। त्यो बेला, मलाई अत्यन्तै रित्तो महसुस भइरहेको थियो, र म सधैँ व्याकुल पनि हुन्थें। मैले जति धेरै काम गर्थेँ त्यति नै परमेश्‍वरबाट टाढा हुन्थेँ, र मेरो हृदयले उहाँको अनुभूति गर्नै सक्दैनथ्यो। परमेश्‍वरबाट त्यागिन्छु कि भन्‍ने डर लाग्यो। अनि अत्यन्तै ठूलो आतुरीको साथ मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “प्रिय परमेश्‍वर! मलाई थाहा छ, मैले आफूलाई मुक्त गर्न सक्दिन, र मैले आफूलाई नियन्त्रण गर्न सक्दिन, त्यसैले बिन्ती छ मलाई मुक्त गर्नुहोस्।” त्यसको केही समयपछि नै, मैले अझै धेरै काट-छाँटको अनुभव गरेँ।

एकपटक, मेरो एकजना अगुवालेब्रदरले मलाई मेरो कामको बारेमा सोधे, मण्डलीको रकम मैले जे-जसरी खर्च गरिरहेको थिएँ त्यसमा उनले ठूलो समस्या पत्ता लगाए। कुनै रकम कसरी खर्च गर्ने भन्‍नेबारेमा, मैले अरू वा अगुवाहरूसँग छलफल नगर्ने गरेको उनले पत्ता लगाए। अनि तिनले मलाई भने, “यो त मण्डलीको खर्चको कुरा हो, तपाईंले किन अगुवाहरूसँग छलफल गर्नुभएन? के यो तपाईंले मात्रै निर्णय गर्ने कुरा हो?” मैले जबाफमा भन्‍न सक्‍ने कुरा केही पनि छैन भन्‍ने लाग्यो। त्यो उहाँलाई कसरी उत्तर दिने मलाई थाहै थिएन। मलाई थाहा थिएन किनकि मैले यसबारेमा कहिल्यै विचार गरेको थिइनँ। त्यसपछि, मैले यसबारेमा विचार गर्न थालेँ। त्यो अवधिमा, म अहङ्कारी प्रकृतिमा बाँचिरहेको हुनाले, ममा थोरै सामान्य चेतना पनि थिएन, मेरा कर्तव्यहरू परमेश्‍वरले मलाई दिनुभएका आज्ञा हुन् भन्‍ने महसुस गरेको थिइनँ, र मैले ती कार्य सिद्धान्तहरूअनुसार गरेर सत्यताको खोजी गर्नुपर्नेथ्यो। तर यी सबै निर्णयहरू सहकर्मी र अगुवाहरूसँग मिलेर गर्नुपर्छ भन्‍ने थाहा थिएन। मेरो अहङ्कारी स्वभावको कारण ममा त्यो चेतनाको कमी थियो। मलाई यसको बारेमा थाहा समेत थिएन। मैले त, यो बुझेकै कुरा हो, मैले यसको खोजी वा अनुसन्धान गर्नु पर्दैन भन्‍ने समेत सोचेकी थिएँ। ती अगुवालेब्रदरले यसो भन्दै मेरो निराकरण गर्नुभयो, “तपाई अहङ्कारी हुनुहुँदो रहेछ। तपाईंमा चेतनाको कमी छ। यी भेटी परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँलाई दिएका हुन्, र यिनलाई सिद्धान्तअनुसार खर्च गर्नुपर्थ्यो। भेटीलाई जथाभाबी उडाइएको छ, अब हामीले जिम्‍मेवारीमा ध्यान दिनुपर्छ।” मैले केही पनि जबाफ दिइनँ, तर भित्री रूपमा मलाई अझै पनि म नै सही छु भन्‍ने लाग्यो। मैले भेटी चोरेको त थिइनँ नि! मण्डलीको काम गर्ने क्रममा नै ती खर्च गरेकी थिएँ, अनि मैले किन कुनै जिम्‍मेवारी लिने?

केही समयपछि मेरो अगुवाहरू हामीलाई भेट्न मण्डली आए, र तिनीहरूले परमेश्‍वरका वचनहरू प्रयोग र सङ्गति गर्दै मेरा समस्याहरूको विश्‍लेषण गरे। मैले पनि मप्रतिको आफ्‍नो बुझाइ सङ्गति गरेँ, तर हृदयमा मलाई के थाहा थियो भने, मैले मेरो हृदयमा निर्माण हुँदै गरेको अवज्ञा र बुझाइको कमीलाई बाहिर निकाल्‍नको लागि मात्रै मेरो सङ्गतिको प्रयोग गरिरहेकी छु। कुनै योगदान नदिए पनि मैले कठिन परिश्रम गरेकी छु भन्‍ने लाग्यो। मेरो प्रकृतिको बारेमा मसँग सच्‍चा बुझाइको कमी छ भन्‍ने तिनीहरूले बुझे। मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग कुरा गरिसकेपछि, तिनीहरूले मलाई नेतृत्वबाट हटाए। मलाई वास्तवमा त्यो बेला त्यति धेरै पछुतो भएन। तर अगुवाहरूले हरेक खर्चको विवरण पुनरावलोकन गर्न थालेपछि, र त्यस प्रक्रियाको अवधिमा मैले साँच्‍चै केही समस्याहरू रहेछन् भन्‍ने थाहा पाएँ। मेरा गल्तीहरूबाट भएका घाटा थुप्रिन थालेपछि, र रकमको मात्रा झन्-झन् बढी हुन थालेपछि, त्यो मैले तिर्न सक्‍नेभन्दा पनि बढी भयो, र मलाई डर लाग्‍न थाल्यो। मैले आफूले कसरी रकम खर्च गरेको थिएँ भन्नेबारेमा, र मेरो अवहेलनात्मक, र बेवास्ता गर्ने आचरणको बारेमा मनन गर्न थालेँ, मलाई साँच्‍चै नै पछुतो भयो, र मलाई आफैप्रति घृणा लाग्‍न थाल्यो। मैले आफ्‍नै शैतानी प्रकृतिमा भर पर्दा त्यसले मण्डलीलाई त्यस्तो नोक्‍सानी पुर्‍याउन सक्छ भन्‍ने महसुस गरेकी थिइनँ। सबै तथ्यहरूको सामना गर्दा, मैले शिर निहुराउनेबाहेक केही पनि गर्न सकिनँ। वास्तवमा, म आफैलाई थप्पड हान्‍न चाहन्थेँ। मैले वास्तवमा यस्ता कुराहरू गरेको थिएँ भन्‍ने त विश्‍वासै लागेन।

त्यसपछि, मैले एउटा प्रवचन सुनेँ: “आज, परमेश्‍वरलाई १० वा २० वर्षसम्‍म विश्‍वास गरेका केही अगुवा र सेवकहरू छन्, तर किन तिनीहरूले थोरै सत्यतासमेत अभ्यास गर्दैनन्, बरु आफ्‍नै इच्‍छाअनुसार काम गर्छन्? के तिनीहरूलाई आफ्ना धारणा र कल्‍पनाहरू सत्यता होइनन् भन्‍ने थाहा छैन र? किन तिनीहरूले सत्यता खोजी गर्न सक्दैनन्? तिनीहरूले कठिन परिश्रम वा थकानको डर नमानी बिहानदेखि साँझसम्‍म आफ्‍ना कर्तव्यहरू पूरा गर्दै आफूलाई अथक रूपमा समर्पित गर्छन्, तैपनि किन परमेश्‍वरलाई धेरै वर्ष विश्‍वास गरेपछि पनि तिनीहरूमा अझै सिद्धान्तहरूको कमी हुन्छ? तिनीहरूले आफ्‍नै विचारहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दै, जे मन लाग्यो त्यही गर्छन्। तिनीहरूले जे गर्छन् त्यो देखेर म कहिलेकहीँ झस्कन्छु। तिनीहरू सामान्यतया निकै असल देखिन्छन्। तिनीहरू दुष्कर्मी होइनन्, र तिनीहरू राम्ररी बोल्छन्। तिनीहरूले यस्ता हास्यास्पद कुराहरू गर्न सक्छन् भनेर कल्‍पना गर्नु निकै कठिन हुन्छ। त्यस्ता महत्त्वपूर्ण मामलाहरूमा, तिनीहरूले किन खोजी गर्ने वा सल्‍लाह माग्‍ने गर्दैनन्? किन तिनीहरूले आफ्‍नै तरिकाले काम गर्ने र काम-कुरामा अन्तिम निर्णय आफ्‍नै हुनुपर्छ भन्‍ने जिद्दी गर्छन्? यो शैतानी स्वभाव होइन भने के हो त? जब म महत्त्वपूर्ण कुराहरू सम्‍हाल्छु, म प्राय परमेश्‍वरसँग कुरा गर्छु, र खोजी गर्छु र उहाँलाई सहयोग माग्छु। कहिलेकहीँ परमेश्‍वरले मेरा कल्‍पनाहरूसँग नमिल्‍ने कुराहरू भन्‍नुहुन्छ, तर मैले परमेश्‍वरको तरिकालाई पालन गर्दै काम गर्नुपर्छ। महत्त्वपूर्ण कुराहरूमा, म आफ्‍नै विचारहरूअनुसार काम गर्ने आँट गर्दिनँ। मैले गल्ती गरेँ भने के हुन्छ? परमेश्‍वरलाई काम-कुरा निर्धारण गर्न दिनु नै राम्रो हुन्छ। परमेश्‍वरप्रतिको यो आधारभूत स्तरको श्रद्धाभाव सबै अगुवा र सेवकहरूमा हुनुपर्ने कुरा हो। तर मैले कतिपय अगुवा र सेवकहरू अत्यन्तै अटेरी भएको पत्ता लगाएको छु। तिनीहरूले सबै कुरामा आफ्‍नै तरिका अपनाउन जोड दिन्छन्। यहाँ समस्या के हो त? यदि हाम्रो स्वभाव परिवर्तन भएको छैन भने त्यो साँच्‍चै नै खतरनाक हुन्छ। … परमेश्‍वरको घरले किन निर्णय समूहहरू निर्माण गर्छ? निर्णय समूह भनेको कुनै पनि ठूला गल्ती वा नोकसानीहरू हुन नदिनको लागि कुनै मामलाको विषयमा मिलेर छलफल, अनुसन्धान, र निर्णय गर्ने धेरै जना मानिसहरू हुन्। तर कतिपय मानिसहरू निर्णय समूहहरूबाट तर्किन्छन् र आफ्‍नै तरिकाले काम गर्छन्। के तिनीहरू दियाबलस शैतान होइनन् र? निर्णय समूहहरूबाट तर्केर आफ्‍नै तरिकाले काम गर्ने जो-कोही दियाबलस शैतान हो। तिनीहरू जुन स्तरको अगुवा भए पनि, यदि तिनीहरू निर्णय समूहहरूबाट तर्किन्छन्, अनुमोदनको लागि योजनाहरू पेस गर्दैनन्, र आफ्‍नै खुशीले काम गर्छन् भने, तिनीहरू दियाबलस शैतान हुन्, र तिनीहरूलाई हटाउनु र बहिष्कार गर्नुपर्छ” (जीवनमा प्रवेश गर्ने विषयको प्रवचन र सङ्गति)। प्रवचनको हरेक शब्द मेरो मुटुमा रोपिएको छुरा जस्तै लाग्यो। ती शब्‍दहरूलेमेरो अवस्थालाई पूर्ण उदाङ्गो पारे। विशेषगरी जब मैले प्रवचनमाब्रदरले यस्ता मानिसहरू शैतान हुन्, र तिनीहरूलाई हटाउनैपर्छ भनेको सुनेँ, म अत्यन्तै झस्किएँ। मलाई त मृत्युदण्ड नै दिइएको जस्तोअनुभूति भयो। मैले सोचेँ, “बस। अब मैले कहिल्यै पनि मुक्ति पाउनेछैन, यो परमेश्‍वरमाथिको मेरो विश्‍वासको जीवनको अन्त्य हो, परमेश्‍वरमाथिको मेरो विश्‍वास सदाको लागि समाप्त भएको छ।” त्यो बेला, म अत्यन्तै भयभीत भएको थिएँ। मलाई सधैँ परमेश्‍वरले मेरो राम्रो हेरचाह गर्नुहुन्छ भन्‍ने लाग्थ्यो। मसँग राम्रो शिक्षा र जागिर दुवै थियो, मलाई दिइएका कर्तव्यहरू सबै अत्यन्तै महत्त्वपूर्ण थिए, र अरूले मलाई आदरका साथ हेर्थे, त्यसकारण, मैले आफूलाई सधैँ परमेश्‍वरको अत्यन्तै विशेष व्यक्तिको रूपमा हेरेको थिएँ। मलाई म परमेश्‍वरको घरमा तालिमप्राप्त हुने मुख्य व्यक्ति हुँ भन्‍ने लागेको थियो। परमेश्‍वरको स्वभावलाई चिढ्याएकोमा मलाई परमेश्‍वरले घृणा गर्नुहुनेछ र हटाउनुहुनेछ भनेर कहिल्यै कल्‍पना गरेको थिइनँ। त्यसपछि मलाई के लाग्यो भने, परमेश्‍वरको धर्मी स्वभावले कुनै उल्लङ्घन सहँदैन, परमेश्‍वरको घरमा सत्यता र धार्मिकताले शासन गर्छ, र कसैलाई गलत आचरण संलग्‍न हुन दिँदैन। हामीले हाम्रा मण्डलीका कर्तव्यहरूलाई सिद्धान्तअनुसार गर्नुपर्छ र सत्यताको खोजी गर्नुपर्छ, आफूलाई जे मन लाग्यो त्यो काम गर्ने, वा आफूलाई जस्तो मन लाग्यो त्यस्तो व्यवहार गर्ने गर्नु हुँदैन। मलाई त लागेको थियो, मैले समस्याहरू पैदा गरेको, र मण्डलीको भेटी गलत रूपले खर्च गरेको हुनाले, मैले परमेश्‍वरको स्वभावलाई चिढ्याएको छु, र मलाई कसैले पनि बचाउन सक्दैन। मैले परमेश्‍वरको घरद्वारा हटाइने प्रतीक्षा मात्रै गर्नुपर्थ्यो।

त्यसपछिका दिनहरूमा, हरेक बिहान म आफ्‍नो आँखा खोल्थें, र मलाई एकछिन गहन भय हुन्थ्यो। मलाई निराशाले छायो र मसँग ओछ्यानबाट निस्कने सामर्थ्य थिएन। यसपछि म कहाँ हुनेछु जान्नै सकिनँ, मैले गरेको गल्ती अत्यन्तै ठूलो थियो, र मलाई कसैले बचाउन सक्दैन भन्‍ने मलाई लाग्यो। म परमेश्‍वरको अघि गएर मेरो हृदयमा भएको कुरा उहाँलाई बताउन मात्रै सक्थेँ। मैले परमेश्‍वरलाई भनेँ, “हे परमेश्‍वर, म गलत रहेछु। परिस्थिति यस्तो अवस्थामा पुग्‍न सक्छ भनेर मैले कहिल्यै पनि कल्‍पना गरेको थिइनँ। मैले यसभन्दा पहिले तपाईंलाई चिनेको थिइनँ, र तपाईंलाई आदर गरिनँ। तपाईंको छेवैमा म अहङ्कारी र आत्म-धर्मी थिएँ र ममा कुनै चेतना थिएन, त्यसकारण अहिले म यो काट-छाँट, र यो न्यायबाट गुज्रिरहेकी छु। मैले तपाईंको धर्मी स्वभावलाई देखेँ। म तपाईंको आज्ञापालन गर्न चाहन्छु, र यस परिस्थितिबाट पाठ सिक्‍न चाहन्छु। म तपाईंलाई बिन्ती गर्छु, हे परमेश्‍वर, मलाई नत्याग्‍नुहोस्, म तपाईंविना बाँच्‍न सक्दिन।” त्यसपछिका दिनहरूमा, मैले यसरी नै प्रार्थना गरिरहेँ। केही समयपछि एक बिहान, मैले परमेश्‍वरका वचनहरूको भजन सुनेँ: “जब-जब कुनै कुरा भइपरिआउँछ, तँमा यस्तो किसिमको बुझाइ हुनुपर्छ: जे आइपरे पनि, यो सबै मेरो लक्ष्य हासिल गर्ने कार्यको भाग हो, र यो परमेश्‍वरले गर्नुभएको कुरा हो। ममा कमजोरी त छ, तर म नकारात्मक हुनेछैन। परमेश्‍वरले मलाई दिनुहुने प्रेमको निम्ति र मेरो लागि यस्तो वातावरण मिलाइदिनुभएको लागि म उहाँलाई धन्यवाद दिन्छु। मैले मेरो इच्‍छा र मेरो सङ्कल्‍पलाई त्याग्‍नुहुँदैन; हरेस खानु भनेको शैतानसँग सम्झौता गर्नु सरह हो, आत्म-विनाश गर्नु सरह हो, र परमेश्‍वरलाई धोका दिनु सरह हो। यो तँमा हुनैपर्ने मानसिकता हो। अरूले जे भने पनि वा अरूले जसरी व्यवहार गरे पनि, र परमेश्‍वरले तँलाई जसरी व्यवहार गर्नुभए पनि, तेरो गन्तव्य डगमगाउनु हुँदैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “सत्यताको खोजी गर्नको लागि अत्यावश्यक सङ्कल्प”)। मैले परमेश्‍वरका वचनहरूको यो भजन सुन्दा, आफूलाई मुक्ति दिलाउने आशा भेट्टाएजस्तो लाग्यो। मैले बारम्‍बार यो भजन गाइरहेँ। मैले यो भजन जति गाएँ मलाई त्यति नै शक्ति मिल्यो। मलाई यसरी खुलासा, काट-छाँट र निराकरण गरिएको महसुस गरेँ, किनभने परमेश्‍वरले मैले पश्‍चात्ताप गर्न र परिवर्तन हुन सकेको चाहनुहन्थ्यो। परमेश्‍वरले मलाई हटाउन चाहनुहुन्‍नथियो। तर मैले परमेश्‍वरलाई त्यो बेलासम्‍म चिनेकै थिइनँ। मैले परमेश्‍वरको विरुद्धमा आफ्‍नो प्रतिरक्षा गरेँ, हताश स्थितिमा जिएँ, किनभने परमेश्‍वरले मलाई चाहनुहुन्‍न भन्‍ने मलाई लागेको थियो। तर त्यो दिन मैले परमेश्‍वरको वचन देखेँ, र परमेश्‍वरको इच्‍छा मैले विचार गरेको जस्तो छैन भन्‍ने महसुस गरेँ। मेरो आत्मिक कद अझै पनि अपरिपक्‍व छ भन्‍ने परमेश्‍वरलाई थाहा थियो। यी परिस्‍थितिहरूमा म कमजोर बन्‍नेछु, र मैले सत्यतालाई खोज्‍ने मेरो संकल्प समेत गुमाउनेछु भन्‍ने उहाँलाई थाहा थियो। त्यसकारण परमेश्‍वरले मलाई उत्साह दिन, र परिस्थितिहरू जस्तोसुकै भए पनि सधैँ सत्यताको खोजी गर्नुपर्छ भन्‍ने कुरा मलाई महसुस गराउन उहाँका वचनहरू प्रयोग गर्नुभयो। जब हामी असफल र पतन हुन्छौं, र जब हामीलाई काटछाँट र निराकरण गरिन्छ, तब यी मुक्ति पाउने प्रक्रियाका प्रथम चरण हुन्छन्। जबसम्‍म हामीले आफैलाई मनन गर्न अनि पश्‍चात्ताप गर्न र परिवर्तन हुन सक्छौं, तबसम्‍म हामी यी चरणहरूबाट गुज्रन्छौ र वृद्धिको अनुभूति गर्छौं। मैले यो कुरा बुझेपछि, अबउप्रान्त मैले परमेश्‍वरलाई त्यति धेरै गलत रूपमा बुझिनँ, र म रक्षात्मक भइनँ। परमेश्‍वरले जे-जस्तो योजना र बन्दोबस्तहरू गर्नुभए तापनि, यो मेरो लागि लाभदायी हुनेछ भन्‍ने लाग्यो; मेरो लागि परमेश्‍वर नै जिम्‍मेवार हुनुहुन्थ्यो। त्यसपछि, मैले मेरो सबै साहस बटुलेँ, यसपछि जे आइपरे पनि त्यसको सामना गर्न तयार भएँ।

त्यसपछि मैले शान्त भएर चिन्तन गरेँ। म किन असफल भएँ र यति नराम्रोसित लडेँ? मेरो असफलताको जड के थियो? परमेश्‍वरको वचन पढेपछि मात्रै मैले बल्‍ल यो कुरा बुझेँ। परमेश्‍वरका वचनहरूले भन्छ, “यदि तँभित्र साँच्चै सत्यता छ भने, तैँले हिँड्ने मार्ग स्वाभाविक रूपमा सही हुनेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! उनीहरूका कुकर्महरूको समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको खास समाधान ल्याउन सम्भव हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। विगतमा, मैले सैद्धान्तिक रूपमा मेरो अहङ्कारलाई स्वीकार गरेको थिएँ, तर मेरो प्रकृतिको बारेमा मसँग कुनै साँचो बुझाइ थिएन। म व्यर्थको थिएँ, र म मेरो आफ्‍नै धारणा र कल्‍पनाहरूमा जिउँथें। मलाई मेरो अहङ्कार उचितै हो भन्‍ने लाग्थ्यो, त्यसैले दाजुभाइ-दिदीबहिनीहरूले मेरो काटछाँट, निराकरण गर्दा र मलाई सहयोग गर्ने प्रयास गर्दा, मैले बेवास्ता गरेँ, र यसलाई नकारेँ। तर जब मैले परमेश्‍वरका यी वचन पढेँ, मैले मेरो अहङ्कारी, अभिमानी प्रकृति नै परमेश्‍वरप्रतिको मेरो प्रतिरोधको जड हो भन्‍ने चाल पाएँ। यो शैतानी स्वभाव थियो। जब मानिसहरू त्यस्तो अहङ्कारी प्रकृतिमा जिउँछन्, परमेश्‍वरलाई विरोध गर्ने कार्य स्वतः हुन्छ। मैले मण्डली अगुवाका कर्तव्यहरू पू्रा गर्दा मेरो अहम् कति ठूलो बनेको थियो भन्नेबारेमा विचार गरेँ। मलाई म अरूभन्दा असल छु र मैले जे पनि गर्न सक्छु भन्‍ने लाग्थ्यो। म सधैँ मेरै तरिकाले काम गर्न चाहन्थेँ। यति मात्र कहाँ हो र, मैले मेरो सम्पूर्ण समूहलाई नियन्त्रण गरेर कामको नेतृत्व गर्न र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मैले जे चाहेँ त्यही गर्न लगाउन चाहन्थेँ। मेरा विचार र निर्णयहरू सही छन् कि छैनन्, वा ती पूर्वाग्रही छन् कि छैनन्, वा तिनले मण्डलीको काममा नोक्सानी पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भन्‍नेबारेमा कहिल्यै पनि विचार गरिनँ, तर माथिबाट ती ब्रदरले जब-जब उनको जीवनमा घटनाहरू घट्थे, तब-तब तिनी परमेश्‍वरकहाँ गएर परमेश्‍वरलाई सोध्थे किनभने तिनलाई गल्ती पो गर्छु कि भन्‍ने डर हुन्थ्यो, र परमेश्‍वरको उत्तर पाएपछि मात्रै तिनले काम गर्थे भनेर आफ्नो प्रवचनमा बताएको सुनेपछि मात्रै यसबारे विचार गर्न थालेँ। मभन्दा माथिल्‍लो तहको दाजुसँग सत्यता रहेछ, र परमेश्‍वरको डर मान्‍ने हृदय रहेछ, र तिनले सिद्धान्तअनुरूप काम गर्दा रहेछन्। तैपनि तिनले आफूलाई भरोसा गर्ने आँट गर्दैन रहेछन्। तिनीमाथि कुनै परिस्थिति आइपर्दा, तिनले परमेश्‍वरलाई अनुरोध गरेर परमेश्‍वरलाई नै निर्णय गर्न लगाउने रहेछन्। एक असल मण्डली अगुवाले सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। मेरो हकमा भन्दा, मसँग परमेश्‍वरको डर मान्‍ने हृदय थिएन, र मैले परमेश्‍वरको खोजी गर्दिनथेँ। ममाथि कुनै परिस्थिति आइपर्दा, दिशा-निर्देशको लागि म आफ्‍नै कल्‍पनामा भर पर्थेँ, र मेरा विचारहरूलाई सत्यताको रूपमा लिन्थें। मैले आफैलाई महत्त्वपूर्ण व्यक्ति ठान्थें। के त्यो शैतानी स्वभाव होइन र? म परमेश्‍वरकै दर्जामा बस्‍न चाहने प्रधान स्‍वर्गदूतभन्दा फरक थिइनँ। र त्यसले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्‍यो! मैले यो कुरा बुझेपछि, मेरो अहङ्कारी प्रकृति भयानक छ भन्‍ने अनुभूति भयो। यसले मलाई चेतनाविहीन रूपमा जिउने तुल्यायो। यसले मलाई मानिसहरूलाई हानि गर्ने र परमेश्‍वरलाई चिढ्याउने काम गर्ने तुल्यायो। यसले मलाई राक्षसजस्तो जिउने तुल्यायो। तर परमेश्‍वर धर्मी हुनुहुन्छ। मजस्तो शैतानी स्वभावले भरिएको व्यक्तिलाई कसरी अनियन्त्रित रूपमा छोड्न, र परमेश्‍वरको घरको काममा वाधा पुर्‍याउन दिन सक्‍नुहुन्थ्यो र? त्यसैले, म नेतृत्वको कर्तव्यबाट हटाइन योग्य थिएँ, यो म आफैले गरेको थिएँ। परमेश्‍वरलाई विश्‍वास गरेका वर्षहरूमा, मेरो काम गर्नको लागि मैले मेरा वरदान र धारणाहरूमा भर परेको थिएँ, र बिरलै सत्यताको खोजी गरेको थिएँ। त्यो समयपछि, मसँग सत्यताको थोरै वास्तविकता थियो। छोटकरीमा भन्दा, म आत्मिक रूपमा दरिद्र थिएँ। मैले सोचेँ, म कसरी सत्यताको खोजी गर्न नसक्‍ने अवस्थामा पुगेँ? म किन सधैँ मेरा विचार र निष्कर्षहरू नै सही छन् भन्‍ने ठान्छु? वास्तविकतामा, यसले के प्रमाणित गर्‍यो भने, मेरो हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन, मसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनु त परै जाओस्। मेरो कर्तव्यमा परमेश्‍वरद्वारा खुलासा गरिनु मेरो लागि परमेश्‍वरको ताकिता र चेतावनी थियो, र मैले अवस्था परिवर्तन गर्दिनथेँ त, मलाई हटाएर नरकमा पठाइन्थ्यो। मैले यी कुराहरू बुझेपछि, मलाई परमेश्‍वरको न्याय, सजाय, काट-छाँट, र निराकरण परमेश्‍वरको सुरक्षा र प्रेम हुन् भन्‍ने लाग्यो। यो सबैको पछाडि परमेश्‍वरका असल अभिप्रायहरू छन्। परमेश्‍वरले घृणाको कारण होइन, बरु मानिसहरूलाई शैतानको पकडबाट र तिनीहरूको शैतानी स्वभावबाट बचाउनको लागि न्याय र सजाय दिने गर्नुहुन्छ। मैले यो कुरा बुझेपछि, परमेश्‍वरको बारेमा मसँग गलत बुझाइहरू कम भए र म कम रूपमा रक्षात्मक बनेँ। आउने दिनहरूमा परमेश्‍वरले मेरो लागि जे-जस्तो मामलाहरूको बन्दोबस्त गर्नुभए पनि, यसको पछाडि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने लाग्यो, र मैले उहाँको आज्ञापालन गर्न चाहेँ।

मेरा कर्तव्यहरूमा मैले पूरा गर्नुपर्ने केही फलो-अपका काम थिए, र यो काम परमेश्‍वरले मलाई पश्‍चात्ताप गर्न दिनुभएको मौका हो भन्‍ने लाग्यो, त्यसकारण, मैले यो काम गम्‍भीरतासाथ गर्नुपर्छ भन्‍ने प्रण गरेँ। त्यसपछि, मेरा कर्तव्यहरूको दौरान, मैले अरू सदस्यहरूसँग कामको बारेमा छलफल गर्दा, त्यसपछि आफूलाई सही ठान्दै, र अरूलाई मेरो कुरा सुन्‍न लगाउँदै, म अहङ्कारी स्वभावमा भर पर्न छाडेँ। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूका दृष्टिकोणहरू बताउन लगाउथें, त्यसपछि सबैका विचारहरूलाई बुझिसकेपछि के गर्ने भनेर निर्णय गर्थेँ। अवश्य नै, हाम्रा दृष्टिकोणहरू फरक हुँदा, अरूको सल्‍लाहलाई स्वीकार गर्न अनिच्छुक हुँदै, म अझै पनि अहङ्कारी भएर मेरै दृष्टिकोणहरूलाई नै लिइरहन सक्थेँ। तर म विगतमा कसरी असफल भएँ र मेरो काट-छाँट गरियो भन्ने कुरा सम्झन्थें, र मलाई डर लाग्थ्यो, अनि म परमेश्‍वरको अघि प्रार्थना गर्थेँ। म सचेत भई आफैलाई त्याग्थें, त्यसपछि, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर, परमेश्‍वरको डर मान्‍ने हृदयको साथमा खोजी गर्न सक्थेँ। यसरी मेरा कर्तव्यहरू पूरा गर्दा मलाई सुरक्षित महसुस हुन्थ्यो, र हाम्रो निर्णयहरू छानबिनमा खरो उत्रन सक्थे। मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर काम गर्दा, मेरा कतिपय विचारहरू एकतर्फी भएको महसुस गर्थेँ। सत्यता र सिद्धान्त, अनि अन्तर्ज्ञानका मामलाहरूमा मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरेर परिस्थितिको वास्तविकता खोतल्नु, कम्तीमा पनि मेरो लागि अत्यन्तै उपयोगी हुन्थ्यो। जब-जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूले खोजी गर्दै, परमेश्‍वरसँग प्रार्थना गर्दै, र अरूसँग सङ्गति गर्दै महत्त्वपूर्ण कुराहरूप्रति प्रतिक्रिया दिएको, र तिनीहरूले आफैमा भरोसा नगरेको अवलोकन गर्थेँ, मलाई आफूले सत्यताको खोजी नगर्ने गरेको बरु आफूलाई सहजै भरोसा गर्ने गरेकोमा आश्‍चर्य लाग्थ्यो। मैले मेरो अहङ्कारले मलाई जेसुकै गर्न सक्‍ने तुल्याएको देखेँ। म शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएकी थिएँ, र म अरूभन्दा असल थिइनँ। त्यसपछि मात्रै मैले महसुस गरेँ कि मेरा दाजुभाइ-दिदीबहिनीहरूभन्दा मसँग अलिक बढी ज्ञान हुन सक्ला, तर मेरो आत्माको गहिराइमा, तिनीहरूसँग मेरो तुलना हुन सक्दैनथ्यो। मेरो हृदयले तिनीहरूभन्दा कम रूपमा परमेश्‍वरको डर मान्थ्यो। यस हकमा, अरू मभन्दा धेरै अगाडि थिएँ। र जब मैले त्यो देखेँ, तब मेरा हरेक दाजुभाइ-दिदीबहिनीहरूको आ-आफ्‍नै सामर्थ्यहरू रहेछन् भन्‍ने महसुस गरेँ, जुन मैले विगतमा तिनीहरूलाई जसरी हेर्थेँ त्योभन्दा निकै फरक थियो। मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरू वास्तवमा मभन्दा असल रहेछन् भन्‍ने लाग्यो, त्यसैले, मैले मेरो शिर झुकाउन थालेँ, म अरूसँग मिलेर बस्‍न सकेँ र मैले तिनीहरूसँग सहकार्य गर्न सकेँ। जब मैले फलो-अप काम समाप्त गरेँ, मैले शान्त भई मेरो बारेमा मण्डलीको निर्णय पर्खेर बसेँ। काटछाँट गरिएर पनि मैले मेरा कर्तव्यहरू पूरा गर्न सकेको र मैले आफूलाई अलिक बढी चिनेको कारणले मैले मेरा कर्तव्यहरू जारी राख्‍न सक्छु भनी ती अगुवाले भन्नेछन् भन्‍ने मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। मैले मेरा कर्तव्यहरू पूरा गर्ने शैलीमा रहेका केही समस्याहरू पनि उनले औंल्याइदिए। जब मैले मेरा कर्तव्यहरू पूरा गर्न सक्छु भनेर उनले भनेको सुनेँ, त्यो पल, मसँग परमेश्‍वरलाई धन्यवाद दिनेबाहेक, मसँग भन्‍नलाई केही पनि थिएन। यसपछि, अर्थात् खुलासा गरिएपछि, तीव्र काटछाँटको अनुभवपछि, मैले बल्‍ल मेरो शैतानी प्रकृतिलाई अलिकति जानेछु भन्‍ने लाग्यो। तर त्यो मूल्य अत्यन्तै उच्‍च थियो। म मेरो भ्रष्ट स्वभावमा भर परेको हुनाले, मैले मण्डलीलाई ठूलो नोक्‍सानी पुर्‍याएको थिएँ, त्यसैले वास्तवमा, मलाई त दण्ड दिइनुपर्थ्यो। तर परमेश्‍वरले मलाई मेरा अपराधहरूअनुसार व्यवहार गर्नुभएन, बरु मलाई निरन्तर मेरा कर्तव्यहरू पूरा गर्न दिनुभयो। मैले व्यक्तिगत रूपमा परमेश्‍वरको कृपा र सहनशीलता अनुभव गरेँ!

हरेकपटक यो सबै सम्झेर ल्याउँदा, मलाई मैले आफ्नै शैतानी प्रकृतिमा भर परेर मण्डलीलाई पुर्‍याएको सबै क्षतिको लागि पछुतो लाग्छ। “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो।” यी वचनहरूले मलाई पूर्ण विश्‍वस्त तुल्यायो। तर मलाई के पनि लाग्छ भने, परमेश्‍वरको सजाय र न्याय, परमेश्‍वरले काट-छाँट र परमेश्‍वरको निराकरण, भ्रष्ट मानवजातिको लागि परमेश्‍वरको सबैभन्दा ठूलो सुरक्षा र प्रेम हुन्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

परमेश्‍वरका वचनहरूले झक्झकाएर मेरो आत्मालाई जगाएको छ

नान्‍नान, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यी आखिरी दिनहरूको परमेश्‍वरको कार्यको हालको चरणमा, उहाँले पहिलेजस्तो मानिसलाई...

स्वार्थीपनको समाधान कसरी गर्ने

झाङ्ग जिङ्ग, चेक गणतन्त्रसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो...

हैसियतबाट स्वतन्त्रता पाउने

डोङ्ग एन, फ्रान्सवर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्