काटछाँट र निराकरण गरिएर फसल कटनी

17 अक्टोबर 2021

योउक्षिन, दक्षिण कोरिया

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्”)। जब मैले परमेश्‍वरका यी वचनहरू पहिले पढें, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्,” मैले बिलकुलै बुझ्न सकिनँ, किन मानिसहरू आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्। मैले हरेक दिन परमेश्‍वरको वचन चाख मानेर पढें, सभामा पनि समयमै उपस्थित भएँ, अनि मण्डलीले जुन जिम्मेवारी दिएको थियो, म त्यसैमा समर्पित भएँ। मैले पत्ता लगाएँ कि जब सम्म मैले पाप गर्दिनँ, मेरो जिम्मेवारी राम्ररी पूरा गर्छु, म वर्षौं पुरानो विश्‍वासी रहन्छु, र परमेश्‍वरको वचन धेरै पढिरहन्छु, तबसम्म मेरो भ्रष्ट स्वभाव परिवर्तन हुनेछ। किन अझै परमेश्‍वरले मेरो न्याय गर्नुपर्‍यो, मलाई सजाय, काट-छाँट र निराकरण गर्नुपर्‍यो? मैले परमेश्‍वरका वचनहरू तबसम्म साँचो रूपले बुझिनँ जबसम्म केहीपटक कठोर रूपमा मेरो काट-छाँट र निराकरण गरिएन, अनि जबसम्म मैले आफ्नो समीक्षा गरिनँ। तब मात्र मैले शैतानद्वारा कति भ्रष्ट बनेकी रहेछु भन्ने थाहा पाएँ, र मैले के पनि थाहा पाएँ भने मेरो अहङ्कारी र घमण्डी शैतानी प्रकृतिले मभित्र गहिरो जरा गाडेको छ, र परमेश्‍वरबाट मेरो न्याय र सजाय अनि काट-छाँट र निराकरण गर्ने कार्य नभएसम्म, मैले आफूलाई चिन्न सक्ने छैन, शुद्ध पारिने र परिवर्तित हुने कुरा परै जाओस्।

सन् २०१६ को सुरुमा म एउटा मण्डली अगुवाको कर्तव्य निर्वाह गर्दै थिएँ। जब मैले सुरु गरेँ, मलाई लाग्यो कि ममा वास्तवमै धेरै कुराको अभाव छ, त्यसैले मैले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरें र मेरो कर्तव्यमा उहाँमाथि नै निर्भर रहेँ। जब मैले नबुझेको कुनै समस्याको सामना गर्नु पर्थ्यो, म सहकर्मीहरूसँग मिलेर खोजी र सङ्गति गर्थेँ, र म अरू मानिसहरूको सल्लाह स्वीकार गर्न सक्थें। म निकै नम्र थिएँ। छ महिनाभन्दा बढीको अभ्यासपछि मैले केही सिद्धान्तहरू बुझेको थिएँ अनि मैले सत्यता सम्बन्धमा सङ्गति गरेर केही दाजुभाइ-दिदीबहिनीका समस्या समाधान गर्न मद्दत पुर्‍याउन सक्थें। म बिस्तारै आत्मगर्वित हुन थालेँ, र सोच्थेँ, “हुन त म पहिले कहिल्यै चर्चको अगुवा भएकी छैन, तर मसँग राम्रो क्षमता छ र म परमेश्‍वरको वचन चाँडो बुझ्छु। थप अभ्यास गरेपछि म अझ राम्रो हुने कुरामा निश्चित छु।” मलाई पछि एक महत्त्वपूर्ण कर्तव्यको जिम्मेवारी दिइयो र आफैमा झन् बढी गर्वित हुन थालेँ। म मेरा सहकर्मीहरूमध्येमा सबैभन्दा कान्छी थिएँ र मेरो विश्‍वास एकदमै कम समयको मात्र थियो, तर मैले ठानेँ कि यति महत्वपूर्ण कुराको जिम्मा पाउनको लागि योग्य म साँच्चिकै प्रतिभाशाली हुनुपर्छ! केही समय, म घमण्डले फुलिंदै टाउको ठाडो पारी हिंडिरहेकी थिएँ, मलाई लाग्थ्यो मेरो कर्तव्य सबैको भन्दा महत्वपूर्ण छ, मानौं कोही पनि म समान छँदै छैन। समय बित्दै जाँदा म झन्-झन् अहङ्कारी हुँदै गएँ। मण्डलीको कामको विषयमा छलफलको हुँदा, जब सहकर्मीहरूले सुझाव दिन्थे, म आफ्नै विचारमा अडिग रहन्थें, सोच्थें, “के तपाईंले भनेको यस्तै हो त? मैले पहिले पनि यस्तो काम गरेकै हो, त्यसैले तपाईंसँग भन्दा पनि मसँग यस्ता सिद्धान्तहरूको राम्रो ज्ञान छैन र? मलाई यस्तो मामिलाको निराकरण गर्ने उत्तम उपाय थाहा छ।” कहिलेकाहीं जब मसँग काम गर्ने दिदीले यस कुरालाई अलि गम्भीरतासाथ लिन्थिन्, तब म धैर्य गुमाउँथें, यति साधारण कुरा त सजिलै मिलाउन सकिहालिन्छ नि, बारम्बार सङ्गति गर्नु र पटक-पटक सोधखोज गर्नु आवश्यकै छैन भन्ने लाग्थ्यो। कहिलेकाहीं सहकर्मीहरूको भेलामा, मैले उनका सुझावहरू अन्य दाजुभाइ-दिदीबहिनीले नअपनाएको देखेँ अनि मैले उनलाई नीच नजरले हेर्न थालें। मैले सोचें, “हुन त तपाईं म भन्दा पुरानो अगुवा हुनुहुन्छ, तपाईं म भन्दा राम्रोचाहिं पटक्कै हुनुहुन्न है।” एकपटक उनले मलाई भनिन् कि कर्तव्य पालनमा म ढिलो भएको कारणले मेरो प्रगति सुस्त भएको छ। मैले यस भनाइलाई सहनै सकिनँ अनि ठाडो उत्तर दिएँ, “म तपाईंबाट यो सङ्गति स्वीकार गर्न सक्दिनँ। के तपाईं पनि यस काममा सहभागी हुनुहुन्न र? तपाईं चाहिं यसका लागि जिम्मेवार नै हुनुहुन्न कि क्या हो? कसरी तपाईं आफू यस्तो कुरामा सचेत नभई सबै दोषजति मैमाथि थोपर्न सक्नु हुन्छ, हँ?” यति भनेर म जुरुक्क उठें र बाहिर निस्कें। अगुवाले पछि मेरो व्यवहारको बारेमा थाहा पाए र म अत्यन्तै अहङ्कारी भएको बताउँदै मेरो निराकरण गरे। मैले यसलाई केवल मौखिक रूपमा स्वीकारें, र भनेँ, “म अति अहङ्कारी छु, अनि सत्यतालाई स्वीकारै गर्दिनँ।” मैले आफ्नो प्रकृति र सारको समीक्षा गर्ने वा तिनलाई बुझ्ने प्रयास गरिनँ, र मेरो कर्तव्यमा मैले दम्भ देखाइरहें, कामहरू आफ्नै तरिकाले गर्दै गएँ। त्यति बेला मसँग केही सहकर्मीहरू थिए जसलाई क्षमताको अभाव र व्यावहारिक काम गर्न असमर्थ भएको कारण प्रतिस्थापन गरिएको थियो। तर म कहिल्यै प्रतिस्थापित हुने बारेमा चिन्तित भइनँ। मैले सोच्थेँ, “म अहिले मण्डलीको वास्तविक प्रतिभाशाली व्यक्ति हुँ र म केही कार्यहरूको लागि जिम्मेवार छु। मविना तिनीहरूले छोटो अवधिमै अर्को सही व्यक्ति पाउन सक्लान् र?” यसरी म मूर्खतापूर्वक अहङ्कारी भइरहेकै बेलामा निकै कडा रूपले मेरो काट-छाँट र निराकरण गरियो।

एकपटक, मैले दाजुभाइ-दिदीबहिनीका अनुभव र गवाहीका केही लेखहरू पढें जुन मलाई अलि सतही लाग्यो। मैले कसैसँग कुनै छलफल समेत नगरी ती सामग्रीलाई अस्वीकार गरें। जब अगुवाले यसको बारेमा थाहा पाए, उनी रिसले चुर भए। उनले मलाई सोधे, “किन तपाईंले यति राम्रा लेखहरूलाई अस्वीकार गर्नुभयो? के तपाईंले सहकर्मीहरूसँग यसको बारेमा छलफल गर्नुभयो?” मैले भनें, “होइन, त्यति बेला मैले यी लेखहरू अलि सतही भएको महसुस गरेँ।” मैले यसो भन्नेबित्तिकै, अगुवाले धेरै कठोर रूपमा मेरो निराकरण गर्दै भने, “यी लेखहरू अलि सतही हुन सक्छन्, तर तिनीहरूको अनुभव वास्तविक छ र तिनीहरूले व्यवहारिक बुझाइ देखाउँछन्। तिनीहरू मानिसहरूका लागि सम्पादन गर्दैछन्। यही कुराले नै व्यक्तिगत अनुभवलाई गवाहीको योग्य बनाउँछ। तपाईं आफ्नो कर्तव्यमा सत्यताको खोजी गर्नुहुन्न, अनि तपाईं स्वेच्छाचारी र अहङ्कारी हुनुहुन्छ। तपाईं सत्यलाई बुझ्नुहुन्न वा कुनै कुरा अरूसँग छलफल गर्नुहुन्न। केवल असाध्यै राम्रा लेखहरूलाई मात्र पस्केर, परमेश्‍वरको कामको अनुभव गरिरहेका साक्षीहरूलाई दिक्क पार्नु, के त्यो मूर्खता होइन र? शैतानले यस्तै गर्छ होइन र? तपाईं केवल बाधक मात्र बनिरहनुभएको छ!” पहिले पनि मलाई काट-छाँट र निराकरण गरिएको थियो, तर त्यति कठोर ढङ्गले गरिएको थिएन। “मूर्ख,” “शैतान,” “बाधक,” “स्वेच्छाचारि र अहङ्कारी” जस्ता शब्दहरू मेरो मनमा बारम्बार गुन्जिरहे, अनि मैले आँसु थाम्नै सकिनँ। मैले सास फेर्न समेत कठिन भएको महसुस गरेँ। तर मलाई अझै पनि हृदयमा मप्रति अन्याय नै भएको महसुस भयो। हुन त त्यति बेला मैले मेरा सहकर्मीहरूसँग ती कुराको बारेमा छलफल गरेको थिइनँ, तर के मैले पछि उनीहरूलाई यसबारे भनेको थिइनँ र? परमेश्‍वरले साँच्चै हाम्रो भित्री हृदयमा हेर्नुहुन्छ। जब म मनमा प्रतिरक्षाको तयारी गरिरहेकी थिएँ, अगुवाले मप्रति कठोर व्यवहार देखाउँदै भने, “तपाईं आफना कार्यहरूमा आफै कानून बन्नुहुन्छ। जब तपाईं कुनै कुरा बुझ्नुहुन्न, तब तपाईंले सोध्न सक्नुहुन्थ्यो वा अरूसँग छलफल गर्न सक्नुहुन्थ्यो, तर तपाईं त्यसो पनि गर्नुहुन्न। तपाईं अति अहङ्कारी हुनुहुन्छ र तपाईंमा परमेश्‍वरको डर मान्ने हृदयको अभाव छ।” यो सुनेपछि मैले अनिच्छापूर्वक स्वीकार गरेँ। यदि ममा साँच्चै परमेश्‍वरको अलिकति डर मान्ने हृदय थियो भने, उक्त कार्य गर्नुअघि मैले यसको बारेमा सोधखोज गरेको हुनेथिएँ, तर यसको सट्टामा मैले अरूसँग कुनै परामर्श नै नलिई आफ्नो चाहनाअनुरूप कार्यहरू सम्पन्न गरें। म वास्तवमै अहङ्कारी र आत्म-धर्मी थिएँ।

अगुवाले मेरो जाँच गर्दा मलाई यति अहङ्कारी पाए कि म सत्यता बुझ्न नै सक्दिनथें, र म यस्तो महत्वपूर्ण कर्तव्य निभाउन योग्य नभएको कारण मेरो प्रतिस्थापन गरियो। ममा नकारात्मक सोच बढ्यो। अगुवाले मलाई यो समस्याको साथ देखेका थिए भन्ने लाग्यो र सोचें म सत्यको पछि लाग्ने व्यक्ति होइन, र म त अति अहङ्कारी थिएँ, ममा असल कुराको विकास गर्न सम्भव थिएन। मलाई अब परमेश्‍वरको घरमा मेरो कुनै सम्भावना छैन भन्ने लाग्यो। म झन्-झन् नकारात्मक हुँदै गएँ, र मेरो मन गलत बुझाइले भरियो। मलाई लाग्यो कि म शैतान भएकी छु। मैले कसरी मुक्ति पाउन सक्छु? मलाई लाग्यो दाजुभाइ र दिदीबहिनीले पक्कै पनि म सही प्रकारको व्यक्ति होइन भन्ने सोचेका छन्, त्यसैले खोजी कार्य जारी राख्दा मलाई के फाइदा हुन्छ र? त्यति बेला, हुन त मैले मन नलागी-नलागी केही कर्तव्यहरुको पालना गरिरहेकी थिएँ, तर म सत्यको पछि लाग्न चाहन्नथें। जिम्मेवार व्यक्तिले धेरैपटक परमेश्‍वरको इच्छाको बारेमा मसँग सङ्गति गरिन्, तर मैले आफूलाई बदलिनँ। त्यसपछि उनले मलाई काट-छाँट र निराकरण गरिन्, उनले भनिन् म जानीजानी मेरो कर्तव्यबाट च्युत हुँदैथिएँ, सँधै नकारात्मक बनेर म परमेश्‍वरको विरोध गर्दै थिएँ, र यदि मैले आफूलाई परिवर्तन गरिनँ भने, म ढिलोचाँडो परमेश्‍वरबाट हटाइनेछु। यो सुनेर मलाई डर लाग्यो र मैले परिस्थितिको गम्भीरता महसुस गरें। म परमेश्‍वरको सामु प्रार्थना गर्न र खोजी गर्न, र आफ्नो समीक्षा गर्न हतारिएँ। ती विगतका छ महिनामा किन म राम्रोसँग काट-छाँट र निराकरण हुन सकिनँ त? मैले आत्मसमीक्षा गर्दा, परमेश्‍वरका यी वचनहरू पढें: “केही मानिसहरू आफूलाई छिँवलिएपछि र निराकरण गरिएपछि निष्क्रिय हुन्छन्; उनीहरूले आफ्ना कर्तव्यहरू गर्ने सबै उर्जा गुमाउँछन्, र उनीहरूले आफ्नो बफादारी समेत गुमाउँछन्। यस्तो किन हुन्छ त? यो केही मात्रामा आफ्ना कार्यहरूको सारको बारेमा उनीहरूमा भएको ज्ञानको कमीको कारणले भएको हो, र यसले उनीहरूलाई छिँवलिने र निराकरण गरिने कुराप्रति समर्पित हुन नसक्‍ने तुल्याउँछ। यो उनीहरूको प्रकृतिबाट निर्धारित हुन्छ जुन अहङ्कारी र घमन्डी हुन्छ, र जसले सत्यलाई कुनै प्रेम गर्दैन। यो पनि केही मात्रामा उनीहरूले छिँवलिनु र निराकरण गरिनुको महत्त्व नबुझ्नाले गर्दा भएको हो। मानिसहरूले छिँवलिनु र निराकरण गरिनु भनेको उनीहरूका परिणामहरू निर्धारण गरिसकिएको हुनु हो भनी विश्‍वास गर्छन्। फलस्वरूप, यदि उनीहरूसित परमेश्‍वरप्रति थेरै बफादारी छ भने उनीहरूलाई निराकरण गरिनु र छिँवलिनु हुँदैन; र यदि उनीहरूलाई निराकरण गरियो भने यो परमेश्‍वरको प्रेम र धार्मिकताको सूचक होइन भन्‍ने उनीहरूमा गलत विश्‍वास हुन्छ। यस्तो भ्रमित विचारले धेरै मानिसहरूलाई परमेश्‍वरप्रति ‘बफादार’ बन्‍न साहस नगर्ने बनाउँछ। वास्तवमा, निष्कर्ष के हो भने उनीहरू अति नै कपटपूर्ण भएकोले कष्ट भोग्‍न चाहँदैनन्। उनीहरू केवल सजिलो प्रकारले आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्। मानिसहरूलाई परमेश्‍वरको धार्मिकताबारे थाहा हुँदैन। यो उहाँले कुनै धार्मिक कार्य नगर्नु भएको वा उहाँले कुनै धार्मिक कार्य गरिरहनु नभएको कुरा होइन; यो त परमेश्‍वरले जे गर्नुहुन्छ त्यो धार्मिक हुन्छ भनी मानिसले विश्‍वास गर्दैनन् भन्‍ने कुरा हो। मानिसको नजरमा, यदि परमेश्‍वरले गर्नुभएको काम उनीहरूका चाहनाअनुसारको छैन भने वा उनीहरूले आशा गरेको जस्तो छैन भने, उहाँ धार्मिक हुँदै हुनुहुन्‍न। तापनि, मानिसहरूले आफ्ना कार्यहरू अनुचित छन् र सत्यताअनुरूप छैनन् भनी जान्दैनन्, न त उनीहरूको कार्यहरूले परमेश्‍वरको विरोध गर्छ भनर नै कहिल्यै महसुस गर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कार्य-सम्पादनमा आधारमा परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्नुका तात्पर्यहरू”)। परमेश्‍वरका वचनहरूमा भएको यो प्रकाश पढेपछि अन्त्यमा मैले बुझें, म यति नकारात्मक हुनाको कारण म अति अहङ्कारी र घमन्डी भएकोले र मेरो आफ्नै व्यवहारको प्रकृतिलाई नचिनेकोले रहेछ। मैले सोचेँ, भर्खर एउटा गल्ती गरेको छु, तर मसँग गरिएको त्यो निराकरण अलि बढी नै थियो। त्यसकारण, म परमेश्‍वरलाई गलत सम्झँदै र रक्षात्मक बन्दै नकारात्मकतामा लामो समय अल्झिएँ। परमेश्‍वरका वचनहरू पढ्दा एउटा सामान्य गल्तीको कारण, मलाई त्यति कठोर ढङ्गले काट-छाँट र निराकरण गरिएको थियो त भनेर मैले आफैंलाई सोधेँ। परमेश्‍वरको घरले कसरी मानिसहरूको निराकरण गर्छ भन्ने विषयमा सिद्धान्तहरू हुन्छन्। यो सबै व्यक्तिको प्रकृति र सार, र तिनीहरूको सामान्य व्यवहारमा आधारित हुन्छ। अगुवाले कुनै राम्रो कारणविना मेरो निराकरण गरेनन्। त्यसो भए, मभित्र वास्तवमै के कस्ता समस्याहरू विद्यमान थिए त जसको परिणामस्वरूप यति कठोर ढङ्गले मेरो काट-छाँट र निराकरण गरियो?

मैले यसपछि परमेश्‍वरका यी वचनहरू पढें: “यदि तँभित्र साँच्चै सत्यता छ भने, तैँले हिँड्ने मार्ग स्वाभाविक रूपमा सही हुनेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तेरो स्वाभाविकको बाबजुत पनि तैँले त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! उनीहरूका कुकर्महरूको समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको खास समाधान ल्याउन सम्भव हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। त्यहाँ यस्ता प्रवचनहरू पनि छन् जसले उल्लेख गर्छन् कि जब कोही व्यक्तिसँग केही वरदान वा कुनै क्षमता हुन्छ, तब तिनीहरू अरूलाई तल्लो नजरले हेर्छन्। तिनीहरू अरू कसैको कुरा सुन्न चाहँदैनन्, आफू नै सबैभन्दा उत्तम छु भन्ने तिनीहरूले सोच्छन्। त्यस प्रकारको व्यक्ति अहङ्कारी, घमन्डी र आत्म-धर्मी हुन्छ। मैले सोचेँ, कसरी म एक विश्‍वासी भएर पनि, मैले सत्यलाई पछ्याउनमा ध्यान दिइनँ, बरु मेरो क्षमता र मेरो अभिमानी स्वभावमा भर पर्दै मेरो कर्तव्य निर्वाह गरेकी थिएँ। म राम्रोसँग बोल्न सक्छु भन्ने लाग्थ्यो। र मैले मेरो कर्तव्यमा केही साना सफलताहरू पनि हासिल गरेकी थिएँ, त्यसैले अगुवाले मलाई महत्व दिए। मैले सोचें म काममा उत्तम र सक्षम छु, अरूभन्दा राम्रो छु, त्यसैले मैले सहकर्मी धेरै दाजुभाइ तथा दिदीबहिनीलाई मैले ध्यान दिइनँ। मैले आफ्नै तरिकाले काम गर्न जिद्दी गरें, र मेरो अभिमानी स्वभाव झन्‌झन्‌ बढ्दै गयो। पछि मैले चर्चको कार्यप्रति अत्यन्तै हल्का मनोवृत्ति विकास गरें। मैले कहिल्यै पनि सत्यका सिद्धान्तहरूको खोजी गरिनँ वा अरूसँग खोजी वा सङ्गति गर्दै रहिनँ। यसको सट्टामा, मैले मनले चाहेको कुरा गरें, मैले जसरी चाहन्थें त्यसरी गरेँ, र त्यसरी अन्त्यमा मण्डलीको काममा अवरोध खडा गर्न पुगेँ। मैले सधैं आफूमा राम्रो क्षमता भएको र म केही सत्यत बुझेको महसुस गरेँ, तर मेरो खुलासा भएपछि मात्र मैले बल्ल देखें कि मैले जे बुझेकी थिएँ, त्यो त केवल केही धर्मसिद्धान्त मात्र रहेछ, मसँग अलिकति पनि सत्यताको यथार्थता रहेनछ, न त म व्यावहारिक समस्याहरूको समाधान गर्न सत्यताको सङ्गती नै गर्न सक्ने रहेछु। यसको बाबजुद पनि, म अझै अविश्‍वसनीय रूपमा अहङ्कारी थिएँ र पनि सबै कुरामा एकतर्फी रूपमा काम गरें। म यति हदसम्म अहङ्कारी थिएँ कि मैले पूरै विवेक गुमाएको थिएँ र मैले परमेश्‍वरलाई देख्न छाडिसकेको थिएँ। मेरो समस्या केवल तब उजागर भएको थियो जब अगुवा मेरो कामको समीक्षा गर्न आए। मैले कसरी मेरो कर्तव्य त्यस तरिकाले वहन गर्दै आइरहेछु भन्नेबारेमा सोचें। मैले मेरा दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग वा फाइदा नपुर्‍याएको मात्र थिइनँ, मैले त उनीहरूलाई बाधा पुर्‍याउने गरी यति धेरै भ्रष्ट स्वभावहरू समेत प्रकट गरेँ। म मेरो कर्तव्य पालन गरिरहेकी थिइनँ, म त केवल दुष्टता पो गर्दै थिएँ। म जति बढी यस बारेमा सोच्थें, त्यति नै बढी भयभीत हुन्थें। मलाई थाहा थियो, जब कसैले अहङ्कारी भएर काम गर्छ, तब उनीहरूको लागि परमेश्‍वरको प्रतिकार गर्न र दुष्टता गर्नबाट जोगिन असम्भव हुन्छ। मैले केही दाजुभाइ-दिदीबहिनीहरूको बारेमा सोचें जो मभन्दा कम क्षमताका जस्ता देखिन्थे। तर तिनीहरू होसियार र सचेत थिए। उनीहरूलाई कसरी सत्यको खोजी गर्ने र अरूको दृष्टिकोणलाई स्वीकार्ने भन्ने थाहा थियो, जबकि म यति अहङ्कारी थिएँ कि ममा पूर्ण रूपमा आत्म-जागरूकताको अभाव थियो। म कसरी सत्यको खोजी गर्ने भन्नेबारेमा बिलकुलै सजग थिइनँ। मैले जति बढी आत्मसमीक्षा गरेँ, त्यति नै बढी मेरो मार्गले सत्यलाई नपछ्याएको महसुस गरेँ। म साह्रै अहङ्कारी भएकी थिएँ र मैले परमेश्‍वरबारे केही सोचेकी थिइनँ, त्यसकारण, जब मलाई काटछाँट र निराकरण गरियो र मेरो कर्तव्यबाट बर्खास्त गरियो, त्यो वास्तवमा परमेश्‍वरले मलाई सुरक्षा गर्न र मुक्ति दिनका लागि थियो। त्यो नहुँदा, मैले कति दुष्टता गरेको हुन सक्छु भन्ने कसले जान्दछ र? म फर्किनै नसकिने र निष्कासनको सामना गर्ने हदसम्म पुग्न सक्ने थिएँ। त्यसो भएको भए, पछुतोको लागि समेत ढिला हुने थियो। परमेश्‍वरको असल अभिप्राय बुझिसकेपछि मलाई पछुतो लाग्यो। मैले विगत छ महिनादेखि नकारात्मक भएर र काममा धीमा बनेर, परमेश्‍वरलाई गलत बुझ्दै र दोष लगाउँदै आएँ। मसँग तर्क नै गर्न सकिदैनथ्यो! त्यस बेलादेखि, आफ्ना विगतका गल्तीहरूको सुधार गर्न मैले आफ्नो कर्तव्य राम्रोसँग पालन गर्न चाहेकी थिएँ।

त्यसको छ महिनापछि म एउटा समूहहो अगुवाको रूपमा चुनिएकी थिएँ। त्यस समयमा, मेरो अहङ्कारी स्वभावको कारण म फेरि ठक्कर खान्छु र असफल हुन्छु कि भन्ने मलाई डर थियो। जब मेरो कर्तव्यमा समस्या आउँथे, म अधिक सतर्क हुन्थेँ, र मैले बारम्बार मसँग काम गर्ने दाजुभाइ दिदीबहिनीसँग छलफल र सङ्गति गर्ने गर्थें, चर्चभित्र समस्या समाधान गर्न सत्यको खोजी गर्थेँ। मैले त्यसरी आफ्नो कर्तव्य पालन गरिरहेको बेला धेरै सहज महसुस गर्थेँ र दाजुभाइ र दिदीबहिनीहरूसँग मेरो सम्बन्ध अझ राम्रो हुँदै गइरहेको थियो। केही महिनापछि मैले आफ्नो कर्तव्य पालनमा केही सफलता पाएँ र फेरि भित्रभित्रै रमाइलो महसुस गर्न थालें, म एक वास्तविक प्रतिभा हुनुपर्छ भनेर सोच्दै, र मैले जे-जस्तो कर्तव्यको पालना गरिरहेको भए पनि, आफ्नो काम धेरै छिटो अघि बढाउन सक्थें। समय बित्दै जाँदा, मेरो अहङ्कारी स्वभावले फेरि टाउको उठाउन थाल्यो। कहिलेकाहीं जब दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो समस्या समाधान गर्नको लागि अगुवाको खोजी गर्थे, म उनीहरूसँग धैर्य गुमाउँथें। मलाई लाग्थ्यो, “के हामीले यसबारेमा पहिले खोजी गरेका थिएनौं र? किन तपाईंले अझ खोजी गर्नु पर्‍यो? मलाई सिद्धान्तहरू थाहा छ, त्यसैले मेरो सङ्गति नै पर्याप्त हुनुपर्दछ।” अरू कुनै कुरा नसोची, म मेरो बुझाइ दाजुभाइ र दिदीबहिनीहरूसँग बाँड्न चाहन्छु र उनीहरूले यसलाई स्वीकार गरेको चाहन्छु, तर उनीहरूले अप्ठ्यारो महसुस गर्थे र अगुवासँग कुरा गर्थे। अगुवाले पछि हामीसँग अभ्यासका सिद्धान्तहरूका बारेमा सङ्गति गरे, जुन मैले पहिले बुझेको भन्दा फरक थिए। म अचम्ममा परेँ, र मैले सोचें, “खोजीको लागि धन्यवाद, अन्यथा हाम्रो कर्तव्य प्रभावित हुनेथियो।” तर उक्त तथ्यपछि, मैले आफ्नो समीक्षा वा आफैलाई चिन्ने प्रयास गरिनँ। म अहङ्कारी र अव्यावहारिक नै रहिरहें। जब म दाजुभाइ तथा दिदीबहिनीका कर्त्तव्यहरूमा गल्ती देख्थें, मैले तिनीहरूलाई नराम्रोसँग हप्काउँथे, सोच्थेँ, “यदि तपाईंहरू यस्तो सानो कुरा पनि सही पाउन सक्नुहुन्न भने, तपाईंहरू के गर्न सक्नुहुन्छ? मलाई त तपाईंहरूले आफ्नो हृदय त्यसमा लगाउनु भएको छ जस्तो लाग्दैन।” बिस्तारै, अरूले मबाट नियन्त्रित भएको महसुस गर्न थाले र आफैं दूरी कायम गर्न थाले। मैले एउटी बहिनीलाई यति साह्रो सीमित तुल्याएँ कि उनले आफ्नो कर्तव्य नै निर्वाह गर्न चाहिनन्। मलाई थाहा थियो म गलत थिएँ, तर जब केही आइलाग्थ्यो, म आफूलाई रोक्ने सक्दिनथें, र मेरो अहङ्कारी स्वभाव प्रकट गर्थें। मेरो विगतको गिरावट र असफलताको बारेमा सोच्दै, मैले डरको महसुस गरें, तर त्यस समयमा मैले समस्या समाधान गर्न सत्यको खोज गरिनँ।

मैले पछि एउटा महत्त्वपूर्ण कर्तव्य पूरा गर्न एउटी बहिनीलाई नियुक्त गर्ने एकल निर्णय गरें। एक जना दाइले मलाई उनी धोकेबाज छिन्, उनी महत्वपूर्ण कर्तव्यको लागि उपयुक्त छैनन् भनेर चेतावनी दिए। मैले सोचें, “उनीसँग अलिअलि समस्या रहेको छ, तर यो तपाईंले भनेको जस्तो खराब छैन। भ्रष्टता र कमीकमजोरीहरू कोसँग छैन र?” मैले उक्त दाइको सल्लाहलाई गम्भीर रूपमा पटक्कै लिइनँ, तर केवल सङ्गतिका लागि बहिनीलाई खोजें र उनलाई उनका मामिलाहरूको स्मरण गराएँ। पछि म स्तब्ध भएँ जब उनी पूर्ण रूपले दोहोरो चरित्रको र आफ्नो कर्तव्यमा लापरवाह हुनपुगिन्। यसले गर्दा परमेश्‍वरको घरको काममा ठूलो क्षति भयो। जब अगुवाले यसको बारेमा थाहा पाए, उनले धेरै कडा रूपमा यसो भन्दै मेरो निराकरण गरे: “तपाईंले भर्खर एक छली व्यक्तिलाई पदोन्नति गरी आफू खुसी गर्नुभयो। एक भाइले तपाईंलाई चेतावनी दिएका थिए, तर तपाईंले उसको कुरा सुन्नुभएन वा यसलाई आफैंले जाँचेर हेर्नुभएन। अहिले यसले वास्तवमा गम्भीर परिणामहरू ल्याएको छ र यति ठूलो अवरोध सिर्जना गरेको छ। कर्तव्य पालनमा तपाईंको उत्तरदायित्वको अभाव भएकोले यस्तो भएको हो। तपाईं सत्य बुझ्नुहुन्न र तपाईं अहङ्कारी हुनुहुन्छ। तपाईं बदलिनुपर्छ!” पटकपटक यति गम्भीरतापूर्वक मेरो काट-छाँट र निराकरण गरिनु मेरो लागि पीडादायक थियो। म अन्य थुप्रै दाजुभाइ-दिदीबहिनीहरूको अगाडि मेरो कर्तव्यबाट निष्कासित भएको थिएँ, र अगुवाले मैले कस्तो अवरोध पुर्‍याएकी थिएँ भन्नेबारेमा र म प्रतिस्थापित हुनुपर्छ भन्ने कुरामा जोड दिएका थिए। यो मेरो लागि त्यही हो, र म निश्चित रूपमा हटाइनेछु र अबउप्रान्त पछ्याउनु बेकार छ भन्ने मैले महसुस गरें। प्रतिस्थापित भएपछि म वास्तवमै नकारात्मक भएँ। ममाथि आइपरेका कुराहरू म हरेक रात ओछ्यानमा पल्टेर सोच्थें र रुन थाल्थें। केही समयसम्म त अरू कसैलाई देख्दा नि मलाई अति लज्जाबोध हुन्थ्यो। मैले दाजुभाइ-दिदीबहिनीहरू सबैले खुसीसाथ आफ्ना कर्तव्यहरू पालन गरिरहेको देख्थेँ, मेरो अहङ्कार प्रकृतिको कारण, म आफूलाई तिनीहरूको छेउमा बेकारको महसुस गर्थेँ। कसैसँग यसबारेमा छलफलै नगरी वा सल्लाह नै नलिई, मैले एक छली व्यक्तिलाई बढुवा गरेकी थिएँ, र मण्डलीको कामलाई गम्भीर रूपमा बाधा पुर्‍याएकी थिएँ। के मैले अझै परमेश्‍वरबाट मुक्ति पाउन सक्छु? मेरो विश्‍वासको मार्ग यति सानो उमेरमा अन्त्य होला भन्ने मैले कहिल्यै सोचेकी थिइनँ। म शङ्का पनि गर्न थालें, जब परमेश्‍वरले काट-छाँट र निराकरण गरिनु मुक्ति हो, हटाइनु होइन भन्नुभयो, त्यो ममा लागु भएन। मेरो हृदय गलत बुझाइले भरिएको थियो। एकपटक जब अगुवा हामीसँग काममा सङ्गति गर्न आए, म धेरै पर कुनामा लुकें। जब उनले अचानक मेरो नाम बोलाए र मैले हालसालै कस्तो प्रगति गरेँ भनेर सोध्दा म वास्तवमै अचम्ममा परेकी थिएँ। उनले मलाई काट-छाँट र निराकरण गरिएपछि म नकारात्मक भएँ कि भनी सोधेँ, र त्यसपछि उनले मसँग उत्साहका साथ सङ्गति गरे र मलाई अर्ती दँदै भने, “तपाईं अझै पनि युवा हुनुहुन्छ। तपाईंले सत्यलाई पछ्याउनुपर्छ र स्वभाव परिवर्तनमा ध्यान केन्द्रित गर्नुपर्छ।” अगुवाबाट यी हृदयस्पर्शी शब्दहरू सुन्नु मेरो लागि ठूलो सान्त्वना र उत्साह थियो, मैले रोदन रोक्न सकिनँ। म यति अहङ्कारी र घमन्डी भएकी थिएँ, आफ्नो कर्तव्यमा गैरजिम्मेवार र लापरवाह थिएँ, र मैले मण्डलीको काममा गम्भीर हानि पुर्‍याएकी थिएँ। मलाई प्रतिस्थापन गरेर र काट-छाँट र निराकरण गरेर अगुवाले सही कदम चालेका थिए, तर उनले मलाई प्रोत्साहन देलान् भनी मैले कहिल्यै सोचेकी थिइनँ। मैले परमेश्‍वरलाई उहाँको दयाको लागि हृदयबाट धन्यवाद चढाएँ। त्यो रात मैले आँसुको साथमा परमेश्‍वरलाई प्रार्थना गरें र वास्तविक र साँचो रूपले आत्मसमीक्षा गर्ने, र मेरो अहङ्कारी स्वभावको समाधानको लागि सत्यको खोजी गर्ने सङ्कल्प गरेँ।

मैले पछि परमेश्‍वरका वचनहरूको यो अंश पढें: “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्। बाहिरबाट हेर्दा, केही मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैँलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्। यदि मानिसहरू परमेश्‍वरलाई आदर गर्ने ठाउँसम्म पुग्‍ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्छस्, तँमा परमेश्‍वरप्रति त्यति नै बढी आदर हुनेछ, तब मात्र तँ उहाँमा समर्पित हुन सक्छस् अनि तँ सत्य प्राप्त गर्न र उहाँलाई जान्‍न सक्षम हुनेछस्” (परमेश्‍वरको सङ्गति)। केवल परमेश्‍वरका वचनहरूको प्रकाशमार्फत मैले देखेको थिएँ, त्यो मेरो अभिमानी प्रकृतिमा आधारित कार्य-व्यवहार केवल थोरै भ्रष्टता प्रकट गर्ने कुरा थिएन, यसले त मुख्य रूपमा मलाई अरू व्यक्ति र परमेश्‍वरलाई समेत पूरै बेवास्ता गर्ने बनायो। मैले नचाहे पनि यसले मलाई परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न उक्सायो। आफूले कर्तव्य निर्वाह गरेको सम्झँदा, म सधैं आफूलाई एक चतुर र राम्रो क्षमता भएको व्यक्ति ठान्थें, त्यसैले म मेरो कर्तव्य पालन गर्नमा मेरो वरदान र क्षमतामा भर पर्थेँ। ममा यति धेरै आत्मविश्‍वास थियो कि मैले परमेश्‍वरलाई सायदै प्रार्थना गर्थेँ वा सत्यका सिद्धान्तहरू खोज्थेँ। मेरो हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ थिएन। जब मेरो काम-कर्तव्यको कुनै नतिजा हासिले गरेन, तब मलाई राम्रोसँग व्यवहार गरिएको थियो, तर जुन क्षण मैले सिद्धान्तहरूलाई अलि बुझेँ र थोरै सफलता पाएँ, मैले त्यसलाई आफ्नो पूँजीको रूपमा प्रयोग गरें। मैले जे गरे नि ठीक हुन्छ, मैले जे पनि गर्न सक्छु, म मानिस र परिस्थितिहरूको मूल्याङ्कन गर्न सक्छु भन्ने ठान्थेँ। र म अझै बढी घमन्डी, अहङ्कारी र आत्म-धर्मी भएँ, सबै कुरामा म आफ्नै तरिका अपनाउँथे, म निरङ्कुश थिएँ। म अगुवासँग सत्यता खोज्ने दाजुभाइ-दिदीबहिनीहरूको बाटोमा पनि उभिएँ र उनीहरूमा आफ्ना विचारहरू सत्यता नै हुन् झै गरी थोपरेँ, उनीहरूलाई ती विचार स्विकार्न र पालन गर्न लगाएँ। तथ्यहरूले मलाई म मेरो अङ्कारी प्रकृतिअनुसार कार्य गर्दै थिएँ भन्ने देखाए, मैले दाजुभाइ तथा दिदीबहिनीलाई अवरोध र हानि पुर्‍याउनुबाहेक केही गरिनँ, र गम्भीरतापूर्वक मण्डलीको काममा बाधा पुर्‍याएँ भन्ने देखाए। मैले शैतानको सानो स्वरूपको पनि भूमिका खेलेको थिएँ। अगुवाले मेरो निराकरण गर्नु, यो गम्भीर अवरोध हो भनी भन्नु पूरण रपमा सही थियो। मेरो कर्तव्यबाट बर्खास्त हुनुले पूर्णतया परमेश्‍वरको धार्मिकता देखायो। मैले अन्त्यमा अहङ्कारी प्रकृति कति डरलाग्दो र घातक हुँदो रहेछ भन्ने देखें। यदि यसको समाधान नगरिएको भए, मैले दुष्ट कार्य गर्न र कुनै पनि बिन्दुमा परमेश्‍वरको प्रतिरोध गर्न सक्थेँ, र मैले परमेश्‍वरको घरको काममा अवरोध पुर्‍याउन सक्थेँ, परमेश्‍वरको स्वभावको अपमान गर्न सक्थेँ, र मलाई हटाइन्थ्यो र सजाय गरिन्थ्यो। म प्रतिस्थापित भएपछि, मेरो कर्तव्य पालनका अन्य समस्याहरू प्रकाशमा आए। दाजुभाइ र दिदीबहिनीहरूको निन्दा, र मेरो काममा देखा परेका समस्याहरूको सामना गर्दै, म धेरै पछुताएँ र आफूले आफैलाई धिक्कार गरें। मैले साँच्चै आफैंलाई घृणा गरें। म किन यति अहङ्कारी थिएँ त? मैले सधैं म प्रतिभाशाली छु, मैले जे गरे पनि ठीक हुन्छ भन्ने ठानेकी थिएँ, तर के मैले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने थोरै कामहरू पनि गरेको थिएँ र? मैले गरेको काम-कर्तव्य पूरै भताभुङ्ग थियो, र म बाधकबाहेक केही भइनँ। यदि मसँग परमेश्‍वरप्रति अलिकति मात्र पनि श्रद्धा थियो भने, यदि मैले अझै बढी प्रार्थना वा खोजी गरेको भए, वा यदि मैले अरूसँग सङ्गति र छलफल गरेको भए, यदि म अलि बढी सतर्क भएको भए, म परमेश्‍वरको अवहेलनामा यति धेरै काम गर्न सक्दिनथेँ।

मेरो अहङ्कारी प्रकृतिलाई सुल्झाउने प्रयासमा मैले पछि परमेश्‍वरका केही वचनहरू पढें, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “जुन मानिसहरूको स्वभाव परिवर्तन भएका छन् तिनीहरू परमेश्‍वरको वचनको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्”)। यो खण्ड फेरि पढ्दा, म वास्तवमा बुझ्छु कि व्यक्तिको अहङ्कारी प्रकृतिको समाधान गर्ने एक मात्र मार्ग भनेको परमेश्‍वरद्वारा न्याय, सजाय, काट-छाँट र निराकरण गरिनु हो। शैतानले हामीलाई गहन रूपमा भ्रष्ट तुल्याएको छ कि यदि हामी केवल परमेश्‍वरका वचनहरू पढ्न र व्यक्तिगत समीक्षामा निर्भर हुन्छौं भने, हाम्रो आफैंप्रतिको बुझाइ सतही हुनेछ र हाम्रो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्दैन। परमेश्‍वरले मेरो खुलासा नगर्नुभएको भए, र समयसमयमा मेरो काट-छाँट र निराकरण नगर्नुभएको भए, म झन् अधिक आत्मविश्‍वासी हुन्थेँ र म वास्तवमै केही हुँ भन्ने सोच्थेँ। मैले आफैलाई चिन्न सक्दिनथेँ। मलाई थाहा थिएन, म कति अहङ्कारी थिएछु वा मेरो शैतानी स्वभाव कत्तिको गम्भीर थिएछ। अहिले, जब म आफूले गरेका सबै कुराको बारेमा फर्केर सोच्दछु, म धेरै लज्जित र अफसोसले भरिएको महसुस गर्दछु। मलाई यसको बारे सोच्न पनि असहज लाग्छ र म मेरो शिर माथि उठाउन समेत सक्दिनँ। तर वास्तवमै यो त्यस्तो दर्दनाक पाठ थियो जसले मलाई मेरो अहङ्कारी प्रकृतिको बारेमा थोरै बुझाइ प्राप्त गर्ने र म कहाँ लड्ने र असफल हुने खतरामा छु भनेर जान्ने अवसर दियो। यसले मलाई परमेश्‍वरप्रति केही श्रद्धाभाव पनि प्रदान गर्‍यो। मैले के पनि बुझेँ भने, मसँग मेरो कर्तव्य पालनको सिलसिलामा सत्यताको वास्तविकता र सत्यताको खोजी गर्ने हृदय दुवैको अभाव थियो। म अहङ्कारी, मनमानी र वाधक थिएँ। औसत क्षमताका तर विवेकपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने ती भाइबहिनीहरूभन्दा म निकै पछि परें। मेरो अहङ्कार निराधार थियो। यी सबै बुझेपछि, म आफ्नो कर्तव्यमा अधिक नम्र भएको थिएँ र अबउप्रान्त अधिक आत्मविश्‍वासी थिइनँ। मैले सचेत रूपमा आफूलाई पन्छाउने र आफूलाई इन्कार गर्ने अभ्यास गरें, मैले सत्यताका सिद्धान्तहरूको अझ बढी खोजी गरेँ र दाजुभाइ-दिदीबहिनीहरूका कुरा बढी सुन्न थालेँ। मैले चर्चमा भएका कुनै पनि समस्याहरू समाधान गर्नको खुला रूपमा छलफल गर्ने सुरु गरेँ। कहिलेकाहीं जब म फेरि पनि अहङ्कार देखाउँथें, वा मेरो कर्तव्य पालनको दौरान सिद्धान्तहरूको उल्लङ्घन गर्थें, म आफैंलाई पन्छाउने अभ्यास गर्थें, र काट-छाँट र निराकरणका साथै अरूको मार्गदर्शन र मद्दत पनि स्वीकार्थें। समय बित्दै जाँदा, त्यस तरिकाबाट अभ्यास गर्नु साँच्चै लाभदायक रहेछ भन्ने मैले महसुस गरें। मेरो सत्यताको बारेमा गहन बुझाइ थिएन र मसँग धेरै कुराको सन्दर्भमा अन्तर्दृष्टिको अभाव थियो, त्यसैले भाइबहिनीहरूसँग काम गरेर र सबैका विचारहरू एकै ठाउँमा राखेर, मैले विभिन्न कुराहरूको बारेमा अझ राम्रो बुझाइ प्राप्त गर्न सकेँ। यसरी आफ्नो कर्तव्य पालन गरेर, थाहै नपाई मैले परमेश्‍वरको सुरक्षा पाइसकेको थिएँ। मैले त्यसउप्रान्त ठूला गल्तीहरू गरिनँ वा ठूला समस्याहरू नै भएनन्, अनि दाजुदिदीहरूको सपुरिवेक्षणमा, मेरो अहङ्कारी प्रकृतिलाई केही हदसम्म नियन्त्रित गरिएको थियो। यसलाई अभ्यासमा लैजाँदा, मलाई शान्ति र सहजताको अनुभूति भयो, र बिस्तारै, मेरो अहङ्कार कमभन्दा कम हुँदै गयो। एकपटक, मेरो साथमा काम गर्ने दिदीले भनिन्, “म तपाईंलाई लगभग दुई बर्षदेखि चिन्छु। तपाईं असाध्यै अहङ्कारी हुनुहुन्थ्यो र अन्य व्यक्तिहरू सँधै तपाईंद्वारा नियन्त्रित भएको महसुस गर्थे, तर अब तपाईं वास्तवमै परिवर्तित हुनुभएको छ।” यो सुन्दा, म झण्डै रोएको थियो। म यति अविश्‍वसनीय रूपमा अहङ्कारी भएकी थिएँ। यो सानो परिवर्तन पनि सजिलै आउन सकेको थिएन। पछिल्ला केही बर्षहरूमा सोच्दा, काट-छाँट र निराकरण गरिएका ती दुई अविस्मरणीय समयहरू मेरो लागि सबैभन्दा उपयोगी र लाभदायक थिए। यदि म त्यो पार भएर गएकी थिइनँ भने, मलाई पक्का विश्‍वास छ, अहिले पनि ममा सामान्य मानवता हुने थिएन, मैले परमेश्‍वरको विषयमा बिलकुलै विचार गर्न सक्ने थिइनँ। म कुनै डरलाग्दो भीर उभिएकी हुन्थें, परमेश्‍वरको विरोध गर्ने बाटोमा हुन्थेँ। अहिले मलाई काट-छाँट र निराकरण गरिनु मेरो लागि परमेश्‍वरको सुरक्षा र मुक्ति हो भन्ने थाहा भएको छ।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन“आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र...

बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्