सुसमाचार प्रचारको मार्ग
मलाई याद छ, जब मैले पहिलो पटक सुसमाचार सुनाउन सिकिरहेको थिएँ, मैले ग्रेट प्रेज चर्चको सदस्य, हुइबेइका ब्रदर क्षुलाई भेटेँ। केही समयपछि नै, हामीले प्रभुको पुनरागमनलाई कसरी स्वागत गर्ने भन्ने बारेमा कुराकानी गर्न थाल्यौं, र उहाँले मलाई उहाँहरूको अगुवाले सधैँ प्रभु तिनीहरूलाई राज्यमा लैजान बादलको सवारीमा सन् २००० मा आउनुहुनेछ भनेर भन्ने गरेको बताउनुभयो। त्यस दिनको लागि सबैले पूर्ण विश्वासको साथ प्रतीक्षा गरे। तर वर्षौं वर्ष बित्दै गयो, तर प्रभु अझै बादलमा आउनुभएको थिएन। यसको बारेमा कसरी व्याख्या गर्ने तिनीहरूका अगुवालाई थाहा भएन, त्यसकारण तिनले प्रभुको आगमनको बारेमा कुरा गर्नै छोडे। धेरै जना विश्वासीहरू अन्योलमा थिए, र तिनीहरूले विपत्तिहरू बढिरहेका छन् र प्रभुको पुनरागमन सम्बन्धी अगमवाणीहरू सबै पूरा भएका छन्, त्यसकारण उहाँ पहिले नै आइसक्नुभएको हुनसक्छ भनी भनिरहेका थिए। तिनीहरूले किन अझै प्रभु बादलमा आउनुभएको देखेका छैनन् भनेर तिनीहरूले प्रश्न गरिरहेका थिए। ब्रदर क्षुले त्यो कुरा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी व्याख्या गरिदिने भन्ने थाहा नभएको बताउनुभयो। मैले यसो भन्दै सङ्गति गरेँ, “यो प्रश्नले धार्मिक संसारका धेरै मानिसहरूलाई गाह्रो बनाएको छ। धेरै मानिसहरूको जोश यसको कारणले सेलाइरहेको छ, र कतिले त प्रभु विपत्तिहरूभन्दा पहिले, त्यसको बीचमा वा पछि आउनुहुन्छ भनेर सोधिरहेका छन्। कतिपयले भन्छन्, यो सबै प्रभुको हातको कुरा हो, र हामीले प्रतीक्षा मात्रै गर्न सक्छौं। ब्रदर क्षु, के तपाईंलाई कहिल्यै प्रभु पहिले नै फर्केर आइसक्नुभएको छ, र हामीले यतिका वर्षपछि पनि उहाँलाई स्वागत गरेका छैनौं भन्ने कुराको कारण छ भन्ने लागेको छ? सायद उहाँ कसरी देखा पर्नुहुनेछ भन्ने बारेमा रहेको हाम्रो आफ्नै विचार नै गलत हुन सक्छ कि?” मैले उहाँलाई एउटा उदाहरण दिएँ। यदि महत्त्वपूर्ण पाहुना मूल ढोकामा आइरहेको छ, तर हामीले पछाडिको ढोकामा पर्खिरहेका छौं भने, हामी फरक-फरक स्थानमा हुन्छौं, त्यसकारण हामीले सयौं वर्ष पर्खे पनि तिनीहरूलाई स्वागत गर्न सक्दैनौं। त्यसपछि मैले प्रभुको पुनरागमन सम्बन्धी अगमवाणीहरूका विषयमा केही सङ्गति गरेँ। मैले भने, बाइबलसँग परिचित सबै जनालाई प्रभु बादलमा आउनुहुन्छ भन्ने बारेमा मात्रै अगमवाणीहरू छैनन्, उहाँ गुप्तमा मानिसको पुत्रको रूपमा आउनुहुन्छ भन्ने बारेमा पनि केही अगमवाणी छन् भन्ने थाहा छ। जस्तै “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)। “हेर, म चोरजस्तै आउँछु” (प्रकाश १६:१५)। “किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)। “किनभने जसरी बिजुली पूर्वबाट चम्किन्छ र पश्चिमतिर पनि चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)। यी सबै पदहरूले मानिसको पुत्रको रूपमा हुने प्रभुको दोस्रो आगमनको बारेमा अगमवाणी गर्छन्। “मानिसको पुत्र” ले सधैँ देहमा आउनुभएका परमेश्वरलाई जनाउँछ, त्यसकारण यदि हामीले प्रभु बादलको सवारीमा मात्रै आउनुहुनेछ भनेर सीमित गर्यौं भने, मानिसको पुत्रको बारेमा दिइएका यी अगमवाणीहरू कसरी पूरा हुनेछन्? त्यसपछि मैले उहाँलाई भनेँ, “प्रभु सुरुमा गुप्तमा आउनुहुनेछ, त्यसपछि खुला रूपमा आउनुहुनेछ। धर्मशास्त्रमा दिइएका अगमवाणीहरूका आधारमा, आखिरी दिनहरूमा परमेश्वर सुरुमा देह बन्नुहुनेछ, र मानिसको बीचमा सत्यताहरू व्यक्त गर्नुहुनेछ र न्यायको काम गर्नुहुनेछ। परमेश्वरको आवाज सुन्ने र उहाँको आखिरी दिनहरूको कामलाई स्वीकार गर्नेहरूलाई उहाँको सिंहासन अघि उठाइलगिनेछ। न्याय र शुद्धीकरण सम्बन्धी उहाँका वचनहरूद्वारा, परमेश्वरले विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह निर्माण गर्नुहुनेछ, र परमेश्वरले तिनीहरूलाई पूर्ण तुल्याइसक्नुभएपछि, देहधारी परमेश्वरले मानिसको बीचमा गुप्तमा गर्नुहुने काम पूरा हुनेछ, र असललाई इनाम दिन र दुष्टलाई दण्ड दिन उहाँले विपत्तिहरू वर्षाउनुहुनेछ। त्यसपछि, उहाँ सबै देश र मानिसका बीच बादलमा खुला रूपमा देखा पर्नुहुनेछ। आकाशतिर नियाल्दै उहाँ आउनुहुनेछ भनेर प्रतीक्षा गर्ने मानिसहरूले देहधारी परमेश्वरको मुक्तिको कामलाई गुमाउनेछन्, र रुँदै र दाह्रा किट्दै विपत्तिमा पर्नेछन्, जसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्नेछ: ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्’ (प्रकाश १:७)।” यो कुरा सुन्दा ब्रदर क्षु छक्कै पर्नुभयो। त्यो पूर्ण रूपमा उहाँका पुराना विचारहरूभन्दा विपरीत थियो। त्यसपछि मैले यसो भन्दै सङ्गति गरेँ, “प्रभु येशूले धेरै पहिले नै हामीलाई प्रभुलाई स्वागत गर्न, हामीले मुख्य रूपमा परमेश्वरको आवाज सुन्नुपर्छ भनी भन्नुभएको छ। प्रभु येशूले भन्नुभयो, ‘मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्’ (यूहन्ना १०:२७)। प्रकाशको पुस्तकमा यसो भनिएको छ, ‘हेर, म ढोकामा खडा हुन्छु र ढक्ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ’ (प्रकाश ३:२०)। ‘आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्’ (प्रकाश अध्याय २, ३)। प्रकाशको पुस्तकमा किन हामीले पवित्र आत्माको कुरा सुन्नुपर्छ भनेर सात पटक भनिएको छ? यसले हाम्रो मार्गलाई औँल्याइरहेको छ: प्रभुलाई स्वागत गर्ने सम्बन्धी गाँठी कुरा भनेको पवित्र आत्माले मण्डलीहरूलाई दिनुभएका वचनहरूको खोजी गर्नु, परमेश्वरको आवाज सुन्नु हो। परमेश्वरको आवाज सुनेर उहाँलाई स्वागत गर्नेहरू बुद्धिमती कन्याहरू हुन्। परमेश्वरको आवाज नसुन्नेहरू प्रभुलाई स्वागत नगर्ने निर्बुद्धि कन्याहरू हुन्।” ब्रदर क्षुले यो कुरा सुन्ने क्रममा, उहाँका आँखाहरू उत्साहित भए र उहाँले सहमतिमा शिर हल्लाइरहनुभयो।
त्यसपछि मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्वर, युगको अन्त ल्याउने परमेश्वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अधिकार, आदर र महिमाले भरिपूर्ण परमेश्वर स्वयम् हुँ। मानिसहरू कहिल्यै पनि मसँग सम्बद्ध भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा उज्ज्वल सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष् दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव हासिल गरेँ ताकि म धर्मी परमेश्वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्वर हुँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)। त्यसपछि, उहाँले उत्साहित हुँदै भन्नुभयो, “यो अत्यन्तै अख्तियारपूर्ण रहेछ। यो पक्कै पनि परमेश्वरबाट आएको हो। कुनै पनि मानिसले यस्तो कुरा भन्न सक्दैन!” त्यसपछि उहाँले भन्नुभयो, “प्रभुको प्रतीक्षा गर्ने क्रममा, मलाई धार्मिक संसारका पादरीवर्गहरूको कुरा सुन्नुपर्छ भन्ने मात्रै थाहा थियो, तर पवित्र आत्माका वचनहरूको खोजी गर्ने कार्यलाई मैले बेवास्ता गरेको थिएँ। म अत्यन्तै मूर्ख भएको रहेछु!” उहाँले यति राम्ररी बुझिरहनुभएको देख्दा म अत्यन्तै उत्साहित भएँ। त्यसपछि मैले सर्वशक्तिमान् परमेश्वरका अझ धेरै वचनहरू पढेँ, जस्तै “देहधारणको रहस्य,” “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ,” “परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो,” र “आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ।” यसरी पढ्दै जाँदा, ब्रदर क्षुले भावुक हुँदै भन्नुभयो, “सर्वशक्तिमान् परमेश्वरले हामीले वर्षौं विश्वास गर्दा पनि कहिल्यै थाहा नपाएका यी सबै सत्यताहरू र रहस्यहरू प्रकट गर्नुभएको छ। यी परमेश्वरको आवाज, र परमेश्वरका वचनहरू हुन्! प्रभु फर्केर आइसक्नुभएको छ! मैले यतिका समयपछि मात्रै बल्ल प्रभुलाई स्वागत गरेको छु! मैले तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूलाई यो खुशीको खबर सुनाउनुपर्छ।” त्यसकारण ब्रदर क्षु र म सुसमाचार सुनाउन सँगै हिँड्यौं। हामीले केही समयमा नै २० जना मानिसहरूलाई विश्वासमा ल्यायौं। तिनीहरू सबैले आफ्नै जीवनकालमा प्रभुलाई स्वागत गर्न पाउँदा आफूहरू निकै भाग्यमानी रहेको र हरेक दिन भेला हुन चाहेको भनी बताए।
तर केही दिनपछि म ब्रदर याङ्गसँग एउटा भेलामा गएँ, र म प्रवेश गर्ने बित्तिकै, परिस्थिति अनौठो लाग्यो। एक जनाले हामीकहाँ आएर भन्यो, “के तपाईंहरू गिरोह हुनुहुन्छ? तपाईंहरूले सुसमाचार प्रचार गर्दैहुनुहुन्छ कि पैसा कमाउने प्रयास गर्दैहुनुहुन्छ? यदि तपाईंहरूले सबै कुरा बताउनुभएन भने, म तपाईंहरूको बारेमा पुलिसलाई रिपोर्ट दिन्छु!” अरू सबैले हामीलाई घेरिरहेका थिए र कतिले त हामीले तिनीहरूको मण्डलीबाट भेडा चोरिरहेका छौं भनेर समेत भने। मैले त्यस्तो घटनाको अनुभव गरेको पहिलो पटक थियो र त्यसलाई कसरी सम्हाल्ने मलाई थाहा थिएन। २० जनाभन्दा बढी मानिसहरू हामीप्रति आक्रमक भएको देख्दा, म आत्तिएको थिएँ र अलिक डर पनि लागेको थियो। मैले के सोचिरहेको थिएँ भने तिनीहरूले अवश्य नै हाम्रो बारेमा पुलिसलाई रिपोर्ट गर्नेछन् र यदि हामी पुलिसको हातमा पर्यौं भने, हामीलाई कसरी यातना दिइनेछ कसलाई के थाहा। म त्यहाँबाट सकेसम्म चाँडो निस्केर जान चाहन्थेँ, र मैले हामीलाई अगुवाइ गर्नुहोस् भनेर अनुरोध गर्दै परमेश्वरलाई पुकारिरहेको थिएँ। त्यसपछि मलाई परमेश्वरका केही वचनहरू याद आयो: “परमेश्वरको हृदय कति शोकित र व्याकुल छ भन्ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्न सक्नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्ने तैँले बिर्सिस्? के परमेश्वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्छुक छैनस्? के तँ मानवजातिलाई आफ्नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्वरको ऋण तिर्न आफ्नो सारा ऊर्जा अर्पण गर्न इच्छुक छैनस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्न हुनुपर्छ?)। मेरो लागि यो अत्यन्तै हृदयस्पर्शी थियो। सुसमाचार ग्रहण गरेपछि धार्मिक संसार र चिनियाँ कम्युनिस्ट पार्टीको सरकारका ती सबै झूटहरूलाई सुन्दै म पनि त्यस्तै भएको थिएँ। मभित्र शङ्का र चिन्ताहरू थिए, र दाजुभाइ-दिदीबहिनीहरूले पक्राउ पर्ने खतरा मोल्दै मसँग बारम्बार सङ्गति गरिरहनुभएपछि मात्रै मैले आफ्नो सतर्कतालाई हटाएँ, त्यसपछि मात्रै सत्यतालाई बुझेँ, भेदशक्ति प्राप्त गरेँ, र म परमेश्वरको घरमा आएँ। परमेश्वरले मेरो लागि ठूलो मूल्य चुकाउनुभएको थियो, तर खतराको सङ्केत देख्ने बित्तिकै म भाग्न, ती दाजुभाइ-दिदीबहिनीहरूलाई छोड्न चाहन्थेँ। त्यहाँ अमानवीय व्यवहार थियो! मैले परमेश्वरको देखा-पराइको तृष्णा गर्ने अझै धेरै साँचो विश्वासीहरूलाई उहाँको अघि ल्याएको, उहाँको मुक्ति स्वीकार गराएको परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरको तत्कालको इच्छा त्यही थियो। यदि त्यो बेला, म धोकेबाज बनेको भए, परमेश्वरलाई अत्यन्तै चोट पुग्नेथियो र उहाँ खिन्न बन्नुहुनेथियो। म त्यहाँ बस्नुपर्छ, र तिनीहरूसँग साँचो रूपमा सङ्गति गरेर मेरो कर्तव्य पूरा गर्नुपर्छ भन्ने मलाई थाहा थियो। परमेश्वरका वचनहरूको प्रोत्साहन पाएर, मैले मेरो उत्साह बटुलेँ र भनेँ, “दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरूलाई कस्तो लागिरहेको छ मलाई थाहा छ। तपाईंहरूलाई आफ्नो विश्वासमा गलत बाटोमा जानुहुन्छ कि भन्ने डर लागेको छ। हामीले दुई हप्तादेखि हरेक दिन परमेश्वरका वचनहरूमा सङ्गति गर्दै आएका छौं। के तपाईंहरूले हामीलाई भूमिगत समूहका मान्छेले जस्तो व्यवहार गरेको देख्नुभएको छ? यसको बारेमा विचार गर्नुहोस्। यी कुनै समयमा, के हामीले तपाईंहरूबाट एक सुक्को लिएका छौं? लिएका छैनौं। यस्तो सावधानी हुनु राम्रो कुरा हो। मुख्य कुरा भनेको झूटो मार्गबाट साँचो मार्गलाई छुट्याउने सिद्धान्तहरू बुझ्नु नै हो। त्योविना, र सत्यताको खोजी नगरिकन सधैँ अरू मानिसहरूको कुरा सुनेर, तपाईंहरू अवश्य गलत मार्गमा पुग्नुहुन्छ। हामी सबैलाई थाहा छ अनुग्रहको युगमा जब प्रभु येशूले काम गरिरहनुभएको थियो, उहाँलाई पछ्याउनबाट विश्वासीहरूलाई रोक्नको लागि, फरिसीहरूले उहाँको बारेमा सबै प्रकारका अफवाह बनाए। येशूले भूतहरूका राजाको सहयोगमा भूतहरू धपाउनुहुन्छ भनी तिनीहरूले भने, र उहाँको पुनरुत्थान भएको होइन भनेर झूटो गवाही दिए। प्रभु येशूका सत्यताहरूलाई नसुन्ने तर आफ्ना धार्मिक अगुवाहरूलाई अन्धाधुन्ध पछ्याउने यहूदी मानिसहरूले पनि तिनीहरूसँगै प्रभु येशूलाई विरोध गरे र दोष दिए, अनि अन्तिममा उहाँलाई क्रूसमा टाँगे, जसको कारणले परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुभयो र दण्ड दिनुभयो। अहिले प्रभु येशू मानवजातिलाई धुन र मुक्ति दिनको लागि सबै सत्यताहरू व्यक्त गर्दै सर्वशक्तिमान् परमेश्वरको रूपमा आउनुभएको छ। तपाईंहरूले हाम्रा भेलाहरूमा सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुन्नुभएको छ, र ती सत्यता हुन्, तिनमा अख्तियार र शक्ति छन् भन्ने कुरा स्वीकार गर्नुभएको छ। ती परमेश्वरबाट आएका हुन् भन्ने कुरा स्पष्टै छ। तर तपाईंहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता र परमेश्वरका आवाज हुन् कि होइनन् भनेर, वा सर्वशक्तिमान् परमेश्वरको मण्डलीसँग पवित्र आत्माको काम र सत्यताको भरण-पोषण छ कि छैन भनेर विचार गरिरहनुभएको छैन, तर अन्धाधुन्ध पादरीवर्गको कुरा सुनेर सर्वशक्तिमान् परमेश्वरलाई इन्कार गर्नुभएको छ र दोष दिनुभएको छ। के त्यो प्रभुलाई फेरि क्रूस टाँग्नु सरह होइन र?” सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको आगमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न असक्षमहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नैपर्छ र पवित्र आत्माको विरुद्ध ईश्वर-निन्दा गर्नुहुँदैन र सत्यतालाई इन्कार गर्नुहुँदैन। तँ निर्बुद्धि र अहङ्कारी व्यक्ति हुनुहुँदैन, तर पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा गर्ने र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। परमेश्वरप्रतिको विश्वासको बाटो होशीयारीपूर्वक हिँड्न म तिमीहरूलाई सल्लाह दिन्छु। निचोडमा नआइहाल; अझ बढी, परमेश्वरप्रति तेरो विश्वासमा लापरवाह र असावधान नबन्। कम्तीमा पनि तिमीहरूले जान्नुपर्छ कि परमेश्वरमा विश्वास गर्नेहरू नम्र र श्रद्धामय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र निर्बुद्धिहरू हुन्। सत्यता सुनेका तैपनि लापरबाही रूपमा निचोडमा पुगेका वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्वास गर्ने कसैले अरूहरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनैपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी वचनहरूमध्ये १०,००० मा एउटा मात्र तेरो दृढ निश्चयताहरू र बाइबल अनुरूप छन्, त्यसकारण तैँले यी वचनहरूको १०,०००औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्ने तेरो विश्वास छ। नम्र हुन, धेरै आत्मविश्वासी नहुन र आफैलाई अति उच्च नपार्न म तँलाई अझै सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदरसँगै तैँले ठूलो ज्योति प्राप्त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, तिनीहरू जीवन हुन् वा होइनन् सो तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, ‘यो पवित्र आत्माको केही अन्तर्दृष्टि बाहेक अरू केही पनि होइन’ वा ‘यिनी मानिसहरूलाई धोका दिने झुटा ख्रीष्ट हुन्’ भनी यी शब्दहरूका अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्नेहरू अनभिज्ञताद्वारा अन्धा भएका छन्। तैँले परमेश्वरका काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, कामचलाउबाट नै फेरि सुरु गर्नका लागि म तँलाई सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टको देखा पर्ने घटनाले गर्दा परमेश्वरले भन्नुभएका वचनहरूको तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नुहुँदैन र तँ छलमा पर्ने डरले तैँले पवित्र आत्माको विरुद्ध ईश्वर-निन्दा गर्नुहुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यी वचनहरू सत्य होइन, बाटो होइन, परमेश्वरको अभिव्यक्ति होइन भनी तैँले अझै विश्वास गर्छस् भने तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्रहित हुनेछस्। यदि तैँले यति स्पष्ट रूपमा र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, तब के तँ परमेश्वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्वरको सिंहासन सामु फर्कनलाई पर्याप्त आशिषित् नभएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्वरप्रतिको विश्वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खिलवाड नगर्। के तैँले यी शब्दहरू स्वीकार गर्न सक्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ)। परमेश्वरका वचनहरू सुनेपछि तिनीहरू निकै शान्त भए र एकपछि अर्को गर्दै चुपचाप गए।
हामीलाई बास बस्न दिनुभएका ब्रदर लीले पछि हामीलाई के भन्नुभयो भने, तिनीहरूको मण्डलीको मुख्य अगुवाहरूले तिनीहरूलाई पूर्वीय ज्योति-विरोधी पुस्तिका दिएका थिए जसमा हामी मानिसहरूको पैसा ठग्ने भूमिगत समूह हौं भनेर उल्लेख गरिएको रहेछ। त्यही कुराले तिनीहरू सबैलाई त्रसित तुल्याएको रहेछ। ब्रदर लीले भन्नुभयो, “त्यस पुस्तिकामा भनिएको कुरा साँचो भएको भए म तपाईंहरूलाई कहिल्यै पनि बस्नदिने थिइगरिनँ, तर तपाईंहरूको सङ्गति अत्यन्तै राम्रो भएको हुनाले, म तपाईंहरूलाई निकाल्दिनँ। नत्र भने यस्तो हिउँदको चीसो जाडोमा तपाईंहरू कहाँ जानुहुनेथियो? केही खानेकुरा उभ्रेका छन्, तपाईंहरूले खान सक्नुहुन्छ, र तपाईंहरू आज राति अटाली कोठामा बस्न सक्नुहुन्छ।” उहाँ अलिक सचेत हुनुभएको थियो। ब्रदर याङ्गले भन्नुभयो, “आज तिनीहरूले झण्डै पुलिसलाई फोन गरे। यदि तिनीहरूका अगुवाहरू आए भने, तिनीहरूले हामीलाई के गर्नेछन् के थाहा? यहाँ खतरनाक छ—हामी जानुपर्छ।” मलाई पनि डर लागेको थियो, तर त्यसपछि मैले विचार गरेँ, यी नयाँ विश्वासीहरूले अफवाह सुनेका छन् भन्दैमा हामीले तिनीहरूलाई त्याग्नु हुँदैन। त्यस्तो बेला तिनीहरूलाई छोड्दा, त्यो तिनीहरूको विश्वासको लागि अन्त्य हुनेथियो। त्यसपछि मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो। “तैँले तँमा साँचो विश्वास र साँचो बफादारीता छ कि छैन, तँमा परमेश्वरको लागि कष्ट भोगेको अभिलेख छ कि छैन र तँ सम्पूर्ण रूपले परमेश्वरप्रति समर्पण भएको छस् कि छैनस् भनेर थाहा पाउनुपर्छ। यदि तँसँग यी कुराहरूको कमी छैन भने तँभित्र अनाज्ञाकारिता, छलकपट, लोभ र गुनासो छन्। तेरो हृदय इमानदारीतादेखि दूर भएकोले तैँले परमेश्वरबाट कहिल्यै पनि सकारात्मक पहिचान प्राप्त गरेको छैनस् र प्रकाशमा कहिल्यै पनि बसेको छैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। यस वचनलाई मनन गरेपछि, मैले के देखेँ भने प्रचार कार्यमा जति खतरा र कष्ट भए पनि, व्यक्तिगत हित र सुरक्षालाई बेवास्ता गर्नु, मूल्य चुकाएर मानिसहरूलाई परमेश्वरको अघि ल्याउनु, तिनीहरूलाई सत्यता सिक्न र परमेश्वरको मुक्ति स्वीकार गर्न सहायता गर्नु भनेको, परमेश्वरमाथि विश्वास गर्नु हो, र समर्पित हुनु हो। मलाई प्रभुका प्रेरितहरू र चेलाहरूका बारेमा याद आयो। तिनीहरूले सुसमाचार प्रचार गर्ने क्रममा प्रशस्तै दमन र कठिनाइ भोगे। कतिलाई पक्राउ गरियो र कैदमा हालियो, अनि कतिले त आफ्नो ज्यान समेत दिए। बाइबलले भन्छ, “सारा संसार दुष्टतामा छ” (१ यूहन्ना ५:१९)। यस्तो अँध्यारो, दुष्ट संसारमा सुसमाचार सुनाउने कार्य खतरा र कठिनाइले भरिएको बाटो हो। त्यसो गर्दा कसले पो कष्ट भोग्ने र मूल्य चुकाउने गर्दैन र? म पछि हट्नु हुँदैन, तर मेरो कर्तव्य पूरा गर्नको लागि मैले परमेश्वरमा भरोसा गर्नुपर्छ भन्ने मलाई थाहा थियो। त्यसपछि मैले ब्रदर याङ्गलाई मेरा विचारहरू सुनाएँ, र उहाँले पनि बसेर यो कार्यलाई जारी राख्ने निर्णय गर्नुभयो। हामीलाई अगुवाइ गर्नुहोस्, हामीलाई कष्ट भोग्न र कठिनाइहरूको सामना गर्न बुद्धि र सङ्कल्प दिनुहोस् भनेर अनुरोध गर्दै हामी दुवैले परमेश्वरलाई एकसाथ प्रार्थना गर्यौं।
त्यो रात त्यो चिसो, हावा छिर्ने अटाली कोठामा हामी सुत्न सकेनौं, त्यसकारण हामीले एक-अर्कासँग सङ्गति गर्यौं र प्रोत्साहन दियौं। हामीले अनुभवसँग सम्बन्धित भजन याद गर्यौं, “परमेश्वरको प्रेमले मेरो हृदय पगालेको छ।” “हे परमेश्वर! तपाईंको प्रेम अत्यन्तै वास्तविक छ, यसले मेरो हृदय पगालेको छ। तपाईंले धैर्यतासाथ मानिसको पश्चात्ताप पर्खनुहुन्छ, अनि अब उप्रान्त मैले किन हिचकिचाउनुपर्यो? मैले तपाईंको धेरै प्रेम प्राप्त गरेको छु, र मैले तपाईंको इच्छालाई अझै धेरै बुझ्नुपर्छ; मैले सत्यताको खोजी गर्ने, मेरो कर्तव्य राम्ररी पूरा गर्ने, र तपाईंको प्रेमको ऋण तिर्ने अठोट गरेको छु। म परीक्षा, शोधन, र कठिनाइको सामना गर्न, मेरो गवाहीमा दह्रिलो गरी खडा भई तपाईंलाई सन्तुष्ट पार्न तयार छु। म साँचो रूपमा तपाईंलाई प्रेम गर्नेछु र तपाईंको वचनअनुसार जिउनेछु; म सदासर्वदा तपाईंलाई पछ्याउनेछु र तपाईंको गवाही दिनेछु” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो गीत गाउँदा मेरो हृदय छोएको थियो, र मलाई हामीले कष्ट भोगे पनि, परमेश्वर साँच्चै नै हामीसँग हुनुहुन्छ, यी कठिनाइहरूमा हाम्रो पक्षमा हुनुहुन्छ भन्ने अनुभव भयो। परमेश्वरको प्रेम र उहाँले चुकाउनुभएको मूल्यको तुलनामा त, हाम्रो सानो कष्ट-भोग त उल्लेख गर्न समेत लायक थिएन। मैले हाम्रो मुक्तिको लागि परमेश्वर कसरी दुई पटक देहधारी हुनुभएको छ, र धेरै कष्ट भोग्नुभएको छ, तर पनि मैले सुसमाचार प्रचार गर्दा आएको सानो कठिनाइमा पनि गनगन गरिरहेको छु भन्ने बारेमा विचार गरेँ। म ती दाजुभाइ-दिदीबहिनीहरूलाई छोडेर भाग्न चाहन्थेँ। मसँग कुनै विवेक वा तर्क-शक्ति थिएन। मलाई म परमेश्वरप्रति अत्यन्तै ऋणी छु भन्ने अनुभव भयो। तिनीहरूलाई फिर्ता ल्याउनको लागि मसँग भएको सबै कुरा सुम्पन तयार हुँदै मैले प्रार्थना गरेँ। मैले यसको बारेमा त्यसरी विचार गर्दा मलाई त्यति धेरै नरमाइलो महसुस भएन।
भोलिपल्ट बिहान, हामी सधैँ झैँ ब्रदर लीलाई सुङ्गुरको घाँस टुक्र्याउन सघाउँदैथियौं। हामीले मण्डलीका एक जना सहकर्मीले उहाँलाई यसो भनेको सुन्यौं, “हिजो राति त म सुत्नै सकिनँ। मैले यी दुई जना दाजुभाइहरूका बारेमा विचार गरिरहेको थिएँ जसले हामीसँग केही हप्तादेखि सुसमाचार सुनाउँदै आउनुभएको छ। उहाँहरू त्यो पुस्तिकाले भनेको जस्तो देखिनुहुन्न। हामीले उहाँहरूको यात्राको लागि थोरै रकम भेला गर्यौं, र पनि उहाँहरूले त्यो स्वीकार गर्नुभएन, र उहाँहरूले हामीलाई निःशुल्क पुस्तक-पुस्तिका दिनुभएको छ। उहाँहरूले जीवनको जिउँदो पानी मानिसहरूलाई सित्तैँमा दिइन्छ भनेर भन्नुभयो। उहाँहरूले प्रचार गर्नुभएको कुरा पनि एकदम राम्रो नै छ। यसले हामी सबैलाई भरणपोषण गरेको छ, र हामीले अहिले विश्वास पाएका छौं।” तिनले त्यसपछि यसो भने, “तपाईंले कहिले यसरी दाजुभाइ-दिदीबहिनीहरू भेलामा सहभागी हुन यति उत्साहित भएको देख्नुभएको छ? यो त पवित्र आत्माको काम हो। तर हाम्रा पाष्टरहरूले भने वास्तवमा केही पनि सङ्गति गरिरहेका छैनन्, तर तिनीहरूले सधैँ अझै धेरै पैसा मागिरहेका हुन्छन्, र हामीले तिनीहरूलाई मीठो खानेकुरा दिनुपर्छ। यी दाजुभाइहरूले हाम्रा पाष्टरहरूले भन्दा राम्रो उदाहरण दिइरहनुभएको छ।” ब्रदर लीले भन्नुभयो, “म पनि सुत्नै सकिनँ। यी दाजुभाइहरूले साधारण खानपानमा पनि नाक खुम्च्याउनुभएको छैन, र उहाँहरू जुनसुकै काम पनि सघाउन तयार हुनुभएको छ। उहाँहरूले परिवारले जस्तै व्यवहार गर्नुहुन्छ, र उहाँहरूका बारेमा हाम्रा अगुवाहरूले भन्नुभएको जस्तो हुनुहुन्न। हिजो अगुवाहरूको लहैलहैमा लागेर, मैले उहाँहरूलाई उभ्रेको एक बुटका भात दिएँ अनि हावा छिर्ने अटाली कोठामा सुत्न लगाएँ। यस्तो चीसो मौसममा उहाँहरू कसरी सुत्नुभयो, थाहा छैन। मैले त्यसो नगरेको भए हुनेथियो।” त्यसपछि उहाँले भन्नुभयो, “म पक्का छु। अरूले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार नगरे पनि, म त गर्छु-गर्छु।” त्यस सहकर्मीले बिहानको खाजा खाएपछि, तिनले सबैलाई भेलाको लागि बोलाउनेछु भनी भने। तिनीहरूको कुराकानी सुन्दा हामी अत्यन्तै हर्षित भयौं र मैले मनमनै परमेश्वरलाई बारम्बार धन्यवाद दिइरहेँ। थप सङ्गति गरेपछि, ती सबै दाजुभाइ-दिदीबहिनीहरू फेरि सामान्य रूपमा नै भेला हुन थाले एक जना पनि छुटेका थिएनन्। तिनीहरूले हर्षित हुँदै हामीलाई तिनीहरूले आफ्ना पादरीवर्गको कुरा सुनेर झण्डै मूर्ख भएर प्रभुलाई स्वागत गर्ने मौका गुमायौं भनेर बताए।
जब तिनीहरूका पादरीवर्गले तिनीहरूका झूटले काम गरिरहेको छैन भन्ने देखे, तिनीहरू आफ्नो मण्डली परिवारलाई साँचो मार्गबाट रोक्ने प्रयासमा पागल झैँ लागिपरे। एक दिन ब्रदर क्षुलाई भेट्न गएको थिएँ, र म ढोकाबाट भित्र पस्ने बित्तिकै उहाँ भयभीत देखिनुहुन्थ्यो र भन्नुभयो, “तपाईंहरू यहाँबाट जानुहोस्।” मैले उहाँलाई के भयो भनी सोधेँ, र उहाँले हामीले सुसमाचार प्रचार गरिरहेका छौं भन्ने कुरा मुख्य अगुवाहरूले थाहा पाएका र पक्राउ गराएर पुलिस-थाना पठाउने सोच बनाएका छन् भनी बताउनुभयो, अनि उहाँले हामीलाई रक्षा गर्न नसक्ने भएकोले हामी जानुपर्ने सल्लाह दिनुभयो। उहाँले हामीलाई भन्नुभयो जब हामीले उहाँको घरमा सुसमाचार प्रचार गरिरहेका थियौं, तब उहाँको मण्डलीका एक जना अगुवाले हामीलाई पक्राइदिनेछु भनी भनेका थिए र तिनी पहिले नै हिँडिसकेका थिए, तर कुनै संयोगले तिनले त्यसो गर्न सकेनन्। हामी झण्डै पक्राउ परेका थियौं। साँच्चै भन्दा, मलाई त्यो बेला निकै डर लागेको थियो र जाने बारेमा पनि सोचेको थिएँ। तर त्यसपछि मैले के सोचेँ भने यदि हामी हरेस खाएर त्यहाँबाट गयौं भने, हामीले शैतानलाई जित्न दिइरहेका हुनेथियौं। यसरी त्यहाँ सुसमाचार प्रचार गर्न सकिँदैनथियो। त्यो विचार गरेपछि, मैले तुरुन्तै प्रार्थना गरेँ। त्यसपछि मलाई परमेश्वरका वचनहरूका यी खण्डहरू याद आयो: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय १)। “परमेश्वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्वरको कामलाई रोक्नेहरू, परमेश्वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्वरले दण्ड दिनुहुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। यसले मलाई विश्वास र सामर्थ्य दियो। सबै कुरा परमेश्वरको हातमा छन्, र कुनै पनि शक्तिले उहाँको कामलाई रोक्न सक्दैन। ती धार्मिक अगुवाहरू आउने-नआउने, हामी पक्राउ पर्ने-नपर्ने कुरा सबै परमेश्वरकै हातमा थियो। त्यो बेला तिनीहरूले हामीलाई पक्राउने निर्णय गरेका थिए तर आधा बाटोबाट फर्किए, के त्यो परमेश्वरको अचम्मको कार्य, परमेश्वरको योजना र बन्दोबस्त थिएन र? मैले मेरो विश्वासमा भर परेर, अनि बुद्धि लगाएर, परमेश्वरमा भर पर्दै त्यस परिस्थितिको सामान गर्नुपर्नेथियो। विश्वासद्वारा मात्रै मैले परमेश्वरका कार्यहरूलाई देख्न सक्थेँ। मैले परमेश्वरको इच्छालाई बुझेपछि, मैले ब्रदर क्षुलाई परमेश्वरका वचनहरू प्रयोग गरेर सङ्गति दिएँ त्यसपछि उहाँलाई त्यति धेरै डर लागेन। उहाँले हामीलाई ब्रदर लीको घरमा गएर लुक्नुपर्छ भनी भन्नुभयो।
एक दिन म ब्रदर लीको घर जाँदै गर्दा, मैले उहाँको एक जना छिमेकीलाई भेटेँ। तिनले मलाई यसो भन्दै हतार-हतार रोके, “तपाईंलाई डर लाग्दैन? हिजो दुई-तीन जना पुलिस तपाईंलाई खोज्दै आएका थिए। तिनीहरू भर्खरै त गए, तर पनि किन तपाईं फेरि फर्केर आउनुभयो?” तिनीहरूले पुलिसलाई फोन गरेछन् भन्ने मलाई थाहा भयो, र तिनीहरूले ब्रदर याङ्गलाई पक्रे कि भन्ने सोचें। म हतार-हतार ब्रदर लीको घरमा गएँ, र सबै जना त्यहीँ रहेछन् भन्ने देखेर मैले आरामको सास लिएँ। तिनीहरूले मलाई सहर बाहिरबाट आएका दुई जना प्रचारकहरूलाई खोज्दै पुलिस घर-घर गएका र ब्रदर लीको घरमा भित्र-बाहिर खानतलासी गरेको बताए। त्यो बेला ब्रदर याङ्ग भान्सामा खाना बनाइरहनुभएको थियो। पुलिसले उहाँलाई स्थानीय व्यक्ति हुनुहुन्छ भनेर बेवास्ता गरे। जब मैले ब्रदर याङ्ग झण्डै पक्राउ पर्नुभएको थियो भन्ने सुनेँ, तब मैले बारम्बार परमेश्वरलाई धन्यवाद दिएँ। हामीले कुनै पनि समय, र स्थानमा परमेश्वरका कार्यहरू देख्न सक्छौं। तिनीहरूका धार्मिक अगुवाहरू र चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले सुसमाचार प्रचारलाई रोक्ने प्रयास गर्न पागल झैँ लागि परेका थिए, तर दाजुभाइ-दिदीबहिनीहरू पछि हट्नुभएन। तिनीहरूले परमेश्वरको विरुद्धमा रहेका ढोङ्गी पादरीवर्गको वास्तविकतालाई देखेका थिए र तिनीहरूले थप समझशक्ति पाएका थिए। सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउने तिनीहरूको सङ्कल्प अझै दह्रिलो भएको थियो। परमेश्वरले साँच्चै नै शैतानको चलाकी अनुसार आफ्नो बुद्धि प्रयोग गर्नुहुन्छ। मैले व्यक्तिगत रूपमा नै त्यो भनाइको अनुभव गरेँ।
सधैँ रिपोर्ट गरिने, वा धार्मिक अगुवाहरूको आक्रमणमा पर्ने वा पुलिसद्वारा पक्राउ परिने खतरा हुन्थ्यो। तर सुसमाचार प्रचारको क्रममा मैले प्रायजसो परमेश्वरकै अगुवाइलाई र उहाँका अचम्मका कार्यहरूलाई देख्न सकेँ। एक पटक हुनान प्रान्तमा हुँदा, एउटा घर-मण्डलीको मध्यम अगुवा, सिस्टर जियाङ्ग, र उहाँको सहकर्मी ब्रदर चेनले परमेश्वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गर्नुभयो, त्यसपछि उहाँहरूको मण्डलीका सदस्यहरूलाई पनि सुसमाचार सुनाउनुभयो। केही समयपछि नै १०० जनाभन्दा मानिसहरू सहभागी भए। एक दिन, एक जना ब्रदरले हामीकहाँ आएर धेरै जना मानिसहरूले परमेश्वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गरेका छन् भन्ने तिनीहरूका अरू अगुवाहरूले थाहा पाएपछि तिनीहरू अत्यन्तै क्रोधित भएका छन् र एउटा ट्रकमा बीस जना मानिसहरू हालेर पूर्वीय ज्योतिका मानिसहरूलाई खोज्न आउने योजना बनाइरहेका छन्, र तिनीहरूले एक-एक जनालाई पक्रनेछन् भनी सुनाए। यो साँच्चै तनावग्रस्त कुरा थियो र म हाम्रा सबै मानिसहरू सुरक्षित छन्, र नयाँ विश्वासीहरूलाई तर्साइएका छैनन् भन्ने कुरालाई निश्चित गर्न चाहन्थेँ। मैले तुरुन्तै परमेश्वरसँग प्रार्थना गरेँ: “हे सर्वशक्तिमान् परमेश्वर! मैले विगतमा खतराको सामना गर्दा, मैले सधैँ आफ्नो रक्षा गरेँ। मैले तपाईंको धेरै काम देखेको छु र तपाईंका धेरै कर्महरू अवलोकन गरेको छु। मलाई विश्वास छ, सबै कुरा तपाईंकै हातमा छन्। यस पटक म पछि सरेर भाग्नेछैन, तर म मेरो जिम्मेवारी लिनेछु र मेरो कर्तव्य पूरा गर्नेछु।” हामीले त्यो रात धेरै समय लगाएर, सुसमाचार सुनाउने सबैलाई जानकारी दियौं, र परमेश्वरमा भरोसा गर्दै चुनौतीको सामना गर्ने तयारी गर्यौं। भोलि बिहान ढोका खोल्दा, सबै कुरा स्थिर थियो। बाक्लो हिउँले सडक बन्द गरेको रहेछ, र सबै कुरा जमेका थिए। पादरीवर्गहरू पहाडभन्दा मुनि बस्थे, र तिनीहरूसँग जति धेरै मानिसहरू भए पनि, तिनीहरू पहाडमा आउन सकेनन्। हामीले कुनै चिन्ता नगरिकन सुसमाचार प्रचार गरिरहन सक्यौं। मैले परमेश्वरका कार्यहरू कति आश्चर्यजनक छन् भन्ने थाहा पाएँ। सबै जना उल्लसित भए र निरन्तर परमेश्वरलाई धन्यवाद दिइरहे।
भोलिपल्ट हामी सात जना सिस्टर जियाङ्गको घरमा भेला भइरहेका बेला, उहाँको छोरा र उसकी गर्लफ्रेण्ड अचानक फर्केर आए। उहाँहरूको घर सानो भएको कारण हामी सबै अटाउन सक्दैनथियौं, त्यसकारण हामी नजिकैको अर्को घरमा भेला भयौं। हामी अर्को घरमा सर्ने बित्तिकै सिस्टर जियाङ्गलाई फोन आयो र पुलिसले यसो भन्दै चिच्याइरहेको हामीले सुन्न सक्थ्यौं, “प्रहरी बोल्दैछु! तपाईं कहाँ हुनुहुन्छ? हामीले तपाईंको घर घेरेका छौं।” हामी भर्खरै भेला भएको घरलाई पुलिसले घेरिरहेको थियो। अन्तिम घडीमा स्थान परिवर्तन नगरेको भए, हामी सबै पक्राउ पर्नेथियौं। कसैले सिस्टर जियाङ्गले लियु जिङ्गलाई अपहरण गर्नुभएको छ भनी रिपोर्ट गरेको रहेछ। तिनी नयाँ विश्वासी थिइन्, र उनले हामीलाई सुसमाचार प्रचार गर्न सहयोग गरिरहेकी थिइन्। सिस्टर जियाङ्गले लियु जिङ्गलाई फोन दिनुभयो, अनि पुलिसले केही प्रश्नहरू गर्यो, र तिनी अपहरण भएकी छैनन् भन्ने पुष्टि भएपछि फोन राख्यो। सिस्टर जियाङ्गले सोध्नुभयो, र पुलिसले अर्को विश्वासीले रिपोर्ट गरेको हो भनेर बतायो। फोन राख्दा उहाँ अत्यन्तै रिसाउनुभएको थियो, र उहाँले भन्नुभयो, “हाम्रो अगुवाहरूले साँच्चै हद पार गरेका छन्! कसरी तिनीहरूले आफूलाई विश्वासी भन्न सक्छन्? कसरी तिनीहरूले हामीलाई पक्राउ गर्न झूटो कुरा निकाल्न सक्छन्?” मैले उहाँसँग सङ्गति गर्दै भने, २,००० वर्ष पहिले जब प्रभु येशू आउनुभयो, तब फरिसीहरूले आफ्नो हैसियतको रक्षा गर्न चाहन्थे, त्यसकारण तिनीहरूले प्रभु येशूका बारेमा झूटहरू रचना गरे, उहाँलाई झूटो आरोप लगाए र पक्राउ गराए। तिनीहरूले उहाँलाई रोमी बडा-हाकिमको हातमा सुम्पे र उहाँलाई क्रूसमा टाँग्न लगाए। परमेश्वरको कामले तिनीहरूलाई ख्रीष्ट-विरोधीहरूको रूपमा पर्दाफास गर्यो। धर्मका पाष्टर र एल्डरहरू आधुनिक फरिसीहरू हुन्। सर्वशक्तिमान् परमेश्वरले मानिसहरूलाई मुक्ति दिन सत्यताहरू व्यक्त गरिरहनुभएको छ भन्ने देखेर पनि, तिनीहरूले परमेश्वरका भेडाहरूलाई परमेश्वरको हातमा हस्तान्तरण गर्न मात्रै इन्कार गरिरहेका छैनन्, तर जब तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई धेरैभन्दा धेरै मानिसहरूले पछ्याइरहेका छन् भन्ने देखे, तिनीहरूलाई आफ्नो पद गुमाउँछु भन्ने डर लाग्यो, त्यसकारण तिनीहरू क्रोधित भए र दाजुभाइ-दिदीबहिनीहरूलाई पक्राउ गर्न पुलिसलाई रिपोर्ट गरे। तिनीहरू कसरी फरिसीहरूभन्दा कसरी फरक छन् र? के तिनीहरू परमेश्वरको आखिरी दिनहरूको कामले खुलासा गरेका दुष्ट नोकरहरू, ख्रीष्ट-विरोधीहरू होइनन् र? परिस्थितिको आतुरीपनको कारणले, थप सङ्गति गर्ने समय थिएन। त्यो पहाडको गाउँमा अरू धेरै नयाँ विश्वासीहरू थिए जोसँग अझै बलियो जग थिएन। यदि मण्डलीका पादरीवर्गले तिनीहरूलाई बाधा दिए वा तिनीहरू पक्राउ परे भने, तिनीहरू दह्रिलो गरी खडा हुन कठिन हुनेथियो, त्यसकारण तिनीहरूलाई जतिसक्दो चाँडो सहयोग प्रदान गर्न हामीले योजनाहरू बनाउन थाल्यौं। हामी तीन-तीन जनाको समूहमा विभाजित भयौं, र त्यो रात ७ बजेदेखि भोलि बिहान ९ बजेसम्म हिँड्यौं। सडकहरूमा यति बरफ जमेका थिए कि तिनमा हिँड्नु असम्भव नै थियो। हामीले खुट्टा नचिप्लिओस् भनेर जुत्तामा पेटी बाँध्यौं, तर हरेक पाइलामा कठिनाइ हुन्थ्यो। हामी धेरै पटक लड्यौं, र एक जना ब्रदरको नाडीमा चोट लाग्यो, र नराम्ररी सुनियो। एक जना सिस्टर पहाडको आधासम्म चढ्नुभयो, त्यसपछि चिप्लिएर झर्नुभयो, र झण्डै भिरबाट खस्नुभयो। तिनीहरूलाई सहयोग गर्नको लागि हामी दाजुभाइ-दिदीबहिनीहरूले कति कठिन परिश्रम गरिरहेका छौं भन्ने कुरा देखेपछि, नयाँ विश्वासीहरू अत्यन्तै भावुक भए, र यस्तो काम त पवित्र आत्माको कामको सहयोगद्वारा मात्रै गर्न सकिने बताए। यो साँचो मार्ग हो भन्ने कुरामा तिनीहरू अझै सुनिश्चित भए।
बरफ जमेको हुनाले एकपछि अर्को कार दुर्घटना भइरहेको थियो। विवाहको जन्ती बोकेको एउटा गाडी सडकबाट चिप्लिएर बाहिर गएको थियो, र धेरै जना भिरबाट खसेका थिए। कोही पनि बाँचेनन्। धार्मिक अगुवाहरू र पुलिसले पहाडमा आउने आँट गरेनन्, त्यसकारण हामीले त्यो मौकालाई प्रयोग गरेर अझै बढी सुसमाचार सुनायौं। केही समयपछि नै, २०० जना भन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेका थिए र तिनीहरूले क्रमिक रूपमा साँचो मार्गको जग प्राप्त गरे। बरफ पग्लिन थालेपछि, ती मण्डली पादरीवर्गले यी दाजुभाइ-दिदीबहिनीहरूलाई रोक्नको लागि मानिसहरूको एउटा झुण्ड लिएर आए, तर तिनीहरू सबैले वास्तविक कुरा थाहा पाए र पादरीवर्गको कुरा सुन्न छोडे। यसले गर्दा तिनीहरू यति रिसाए कि तिनीहरूले सबै नयाँ विश्वासीहरूको नाम दिएर पुलिसलाई रिपोर्ट गरे। पुलिस तिनीहरूको घर-घरमा गए, र तिनीहरूलाई पक्राउ गर्ने र जेलमा हाल्ने धम्की दिए, अनि सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गर्ने अरू सबैको बारेमा रिपोर्ट देओ भने, साथै आफूलाई थाहा भएको कुरा नबताएमा तिनीहरूको जागिर खोसिने भनेर धम्की पनि दिए। एक जना शिक्षिकाले पुलिसको धम्कीको कारण विश्वास त्यागिन्, तर हाम्रो सहयोगको त्यो अवधिमा धेरैजसो मानिसहरू दह्रिलो गरी नै खडा भइरहे। तिनीहरूसँग पछि नहटिकन यसलाई झेल्ने विश्वास थियो। यो घटनाले गर्दा तिनीहरूले आफ्ना मण्डलीका पादरीवर्गको वास्तविकतालाई पनि अझै स्पष्ट रूपमा देखे। सिस्टर जियाङ्गले भावुक हुँदै भन्नुभयो, “म सधैँ हाम्रो मण्डलीका प्रमुख अगुवाहरूको चापलुसी गर्ने गर्थेँ र तिनीहरू आउँदा म तिनीहरूलाई राम्ररी स्वागत-सत्कार गर्थेँ। तर अहिले, मैले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेकी र प्रभुको पुनरागमनलाई स्वागत गरेकी हुनाले, र उप्रान्त तिनीहरूलाई नपछ्याउने र तिनीहरूलाई आदरको साथ नहेर्ने हुनाले, तिनीहरूले मलाई अपहरण गरेको झूटो आरोप लगाउँदै पुलिसलाई रिपोर्ट गरे। कस्तो दुष्ट! तिनीहरू प्रभुलाई स्वागत गर्ने साँचो विश्वासीहरू होइनन्, तर हैसियतका लागि परमेश्वर र उहाँका मानिसहरूसँग लडाइ गर्ने ख्रीष्ट-विरोधीहरूको झुण्ड हुन्। तिनीहरू आधुनिक फरिसीहरू हुन्।” मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर उहाँलाई सुनाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्वरको विरोध गर्छन्। परमेश्वरमा विश्वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्)। तथ्यहरू र परमेश्वरका वचनहरूले सबैलाई धर्मका अगुवाहरूले परमेश्वरलाई मुखले मात्र सेवा गर्छन्, तर वास्तविकतामा, तिनीहरू हैसियतका लाभहरूको लोभ मात्रै गर्छन् भने देखायो। तिनीहरूले विश्वासीहरूलाई आफ्नो पकडभित्र नियन्त्रणमा राखेका थिए, र तिनीहरूले प्रभु फर्केर आइसक्नुभएको छ भन्ने सुन्दा खोजी वा अनुसन्धान गर्ने झमेला लिएनन्। तिनीहरूलाई आफ्नो हैसियत र लाभ गुमाउँछु भन्ने डर मात्रै थियो। तिनीहरूले विश्वासीहरूलाई साँचो मार्ग स्वीकार गर्नबाट रोक्नको लागि सोचे जति सबै उपाय प्रयोग गर्ने प्रयास गरे, यसरी मानिसहरूलाई भ्रममा पार्न र तर्साउन झूटहरू निर्माण गरे, अनि सर्वशक्तिमान् परमेश्वरको मण्डलीका मानिसहरूलाई पक्राउ गर्न पुलिसलाई रिपोर्ट समेत गरे। के तिनीहरू “आत्मा विनाश गर्ने दियाबलसहरू” र “सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू” थिएनन् र? यदि परमेश्वरले तिनीहरूलाई खुलासा गर्न परिस्थितिहरू नमिलाउनुभएको भए, कसले तिनीहरूको ख्रीष्ट-विरोधी प्रकृति र सारलाई देख्नेथिए? तिनीहरूको मार्गमा खडा हुनलाई तिनीहरूको पादरीवर्गले पागलले झैँ प्रयास गरिरहेका भए पनि, तिनीहरू सबै दह्रिलो भई बसे, र ती पादरीवर्ग कस्ता मानिसहरू भन्ने कुरा देखे। त्यो परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ता थियो।
यतिका वर्षमा मैले बुद्धि र अन्तर्ज्ञान मात्रै प्राप्त गरेको छैन, तर मेरो विश्वास झन् बलियो भएको छ, र धार्मिक संसारले, पादरीवर्गले कसरी परमेश्वरको विरुद्धमा काम गर्छ भन्ने कुरा मैले अझै स्पष्ट रूपमा देखेको छु। परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ भन्ने कुरा मैले व्यक्तिगत रूपमा नै अनुभव गरेको छु। शैतानका दुष्ट शक्तिहरू जति नै पागल भएर लागिपरे पनि, तिनीहरूले परमेश्वरको कामको विस्तारलाई कहिल्यै रोक्न सक्दैनन्। परमेश्वरले भन्नुभएको छ, “आज, परमेश्वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँले पहिलो चरणमा अधिनायकवादी शासकहरूका भव्य सभालाई रोक्नुभयो: नास्तिकवादको कडा गढ, चीनलाई। परमेश्वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर ठूलो कष्ट दियो, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि परमेश्वरले गर्न मनसाय राख्नुभएको काम उहाँले अझै निरन्तर गर्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्वरको सर्वशक्तिमान्तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्वरलाई आफ्नो शत्रु ठान्ने देश, चीनमा परमेश्वरले आफ्नो काम कहिल्यै रोक्नुभएको छैन। त्यसको सट्टा, धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। परमेश्वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्वरको कामलाई रोक्नेहरू, परमेश्वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्वरले दण्ड दिनुहुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। यो मार्गमा हिँडेको यतिका वर्षको अवधिमा, मैले साँच्चै नै परमेश्वरको सर्वशक्तिमान्ता, बुद्धि, र आश्चर्यजनक कार्यहरूलाई देखेको छु। म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ छु!