अहङ्कारी स्वभावलाई परिवर्तन गर्नु

20 जनवरी 2022

शियाओफ्यान, चीन

सन् २०१९ को अगस्टमा, मैले भिडियो निर्माणको काम जिम्मा लिएँ अनि मलाई त्यस कामको इन्चार्ज बनाइयो। त्यस समयमा, टोलीमा भएका कसैको कार्यक्षेत्रका लागि मसित समय थिएन। इन्चार्जको रूपमा छानिनु परमेश्‍वरले मलाई उचाल्नुभएको हो भनी मलाई थाहा थियो। त्यसैले, यो कर्तव्य पूरा गर्न म सक्दो गर्नेछु भनी प्रतिज्ञा गरेँ। सुरूमा, मैले टोलीमा रहेर सिक्न र दक्षता हासिल गर्न धेरै काम र पेशागत ज्ञान रहेको देखेँ, अनि मसित धेरै कुरा कमी रहेको महसुस गरेँ। त्यो समयमा, मैले प्रायः मेरा पार्टनर सिष्टरहरूसित प्रश्नहरू सोध्ने गर्थें, र विनम्रतापूर्वक तिनीहरूका सुझावलाई स्वीकार्थें। चाँडै नै, म टोलीको कामसित परिचित भएँ र मैले पेशागत ज्ञानमा दक्षता हासिल गरेँ। भिडियो सम्पादन गर्दा समस्याहरू पत्ता लगाउन सक्ने भएँ। मेरा ब्रदर र सिस्टरहरूलाई प्राविधिक समस्या आइपर्दा म त्यसलाई पनि हल गर्न सक्थेँ। मेरा पार्टनरहरूले कुनै समस्या हल गर्न नसक्दा मसित सल्लाह माग्थे। मसित खास अन्तर्दृष्टिहरू मात्र थिएनन्, प्रायः तिनीहरूका कठिनाइहरू पनि हल गरिदिन्थेँ। सिस्टरहरूले मैले धेरै छिटो सिकेको र सिकारु जस्तो लाग्दैन भन्थे। यो कुरा सुन्दा मलाई आफैदेखि गर्व लाग्यो। मैले सोचेँ, “म टोलीमा भर्खरै आएको हो, अरूले मभन्दा पहिलेदेखि नै यो काम गरेका छन्, तर अहिले म भर्खरै आएको व्यक्तिले तिनीहरूको अगुवाइ गर्दैछु। मतलब, यो कामका निम्ति मसित तिनीहरूको भन्दा राम्रो क्षमता र प्रतिभा छ।” मेरा ब्रदर र सिस्टरहरूविभिन्न खराब स्थितिहरूमा रहँदा मेरो सङ्गतिले तिनीहरूका स्थिति हल गर्न पनि सहायता गर्यो। कहिलेकाहीँ, तिनीहरूले यसो समेत भन्थे, “तपाईंको सङ्गतिविना, हामीलाई साँच्चै नै यो समस्या कसरी हल गर्ने थाहा हुँदैनथ्यो।” म एक महिना पहिले मात्र टोलीमा सामेल भएकी थिएँ, तर पेशागत पक्षहरूमा मैले प्रगति गरेकी थिएँ र धेरै नतिजा निकालेकी थिएँ, मैले यसबारे जति सोचेँ, त्यति नै बढी आफू अनमोल प्रतिभा रहेको जस्तो मलाई लाग्यो।

बिस्तारै मेरो आचरण परिवर्तन हुन थाल्यो। म पहिलेजस्तो अधीनतामा रहने भइनँ, अनि थाहै नपाई आफूलाई टोलीको सर्वाधिक महत्वपूर्ण व्यक्ति सम्झन थालेँ। मैले आफूसित अरूभन्दा उच्च क्षमता छ र धेरै सक्षम छु भनी सोचेँ। पहिले मेरा ब्रदर र सिस्टरहरूले मसित प्राविधिक प्रश्नहरू सोध्दा म मेरा पार्टनरहरूसित छलफल र बातचीत गर्ने गर्थेँ, तर अहिले तिनीहरूसित कुनै परामर्श नलिई सीधै उत्तरहरू दिन थालें। जब हामी कामको बारेमा छलफल गरिरहेका थियौँ, सिस्टरहरूले केही विरोधाभाषपूर्ण विचारहरू खडा गरे। मैले खोजी नगरिकनै ती सबैलाई इन्कार गरिदिएँ र मेरो तरिकाले काम गर भनें। मैले तिनीहरूसित छलफल नगरिकन कामकाजको बन्दोबस्त पनि गरेँ। मैले अगुवाको रूपमा सेवा गरेको र अनुभव भएको कारणले कामकुराहरू सीधै बन्दोबस्त गर्नसक्छु भनेर सोचेँ। कहिलेकाहीँ मैले बन्दोबस्त गरिसकेपछि मात्रै त्यसबारे सिस्टरहरूले थाहा पाउँथेँ। त्यस समयमा, एउटी सिस्टरले म अहङ्कारी छु, मैले तिनीहरूसित छलफल नगरिकनै आफूखुसी काम गरेँ, अनि यसरी कर्तव्य गर्दा सजिलै गल्ती हुन्छन् भन्दै मेरो निराकरण गरिन्। मैले बाहिरबाट सहमति जनाएँ तर भित्रभित्रै सोचेँ, “तिमीहरूसित छलफल नगर्नुमा केही गलत छैन। मेरा विचारधाराहरू तिमीहरूकाभन्दा उत्तम छन्, अनि हामीले छलफल गरिसकेपछि तिमीहरूले मेरो तरिकाअनुसार नै गर्नेछौ। यस प्रक्रियामा किन समय खर्च गरिराख्ने?” अनि त्यस्तो प्रकारले, मैले सिस्टरको सल्लाह र सहायतालाई स्वीकार गरिनँ, अनि मैले जसरी चाहेँ, त्यसरी नै काम गरेँ। समय बित्दै जाँदा, मेरा पार्टनरका सुझावहरूलाई निरन्तर इन्कार गरेकोले, अधिकांश समय, मैले कामको सबै बन्दोबस्त आफै गर्नुपर्यो। अनि जब हामीले अर्को काम बारे छलफल गर्‍यौं, तब कसैले पनि आफ्ना विचारहरू व्यक्त गरेनन्। तिनीहरूले यो कर्तव्य पालन गर्न नसकेको समेत अनुभव गर्न थाले र तिनीहरू नकारात्मक भए, अनि धेरैपल्ट तिनीहरूले मसित पार्टनर गर्न नचाहेको कुरा प्रकट गरे। थुप्रैपल्ट, भेलाहरूबाट फर्केर आइसकेपछि, तिनीहरूले भने, “मलाई त त्यस टोलीमा फर्केर जान नपरे पनि हुन्थ्यो। त्यहाँ हुँदा दिक्कलाग्दो हुन्छ। …” त्यस समयमा मैले आत्मसमीक्षा गरिनँ। मैले उपहासपूर्ण सोरमा भनेँ, “तिमी दुईजना अति कमजोर छौ। तिमीहरू साँच्चै दुर्बल छौ!” मेरो निर्णय सधैँ अन्तिम हुने भएकोले अनि मैले सिस्टरहरूसित छलफल नगरेको कारण, ती सिस्टरहरू छोटो समयमा नै यति नकारात्मक भए कि तिनीहरूले राजीनामा दिन चाहे। मेरा कर्तव्यमा धेरैभन्दा धेरै समस्या देखा पर्न थाले। मैले हाम्रा भिडियोमा समस्याहरू याद गरिनँ अनि अरूले ती पत्ता लगाउँदा मैले त्यसलाई पुनःसम्पादन गर्नुपऱ्यो। मैले थुप्रैपल्ट गलत पेशागत निर्देशन दिएँ जसले कामहरू दोहोऱ्याउनुपर्ने पनि भयो। मेरो कामका बन्दोबस्तहरूमा धेरै भूलचुकहरू थिए, टोलीको कामको प्रभावकारिता घट्दै थियो, अनि मैले जतिसुकै प्रयास गरे तापनि यसलाई सकारात्मक दिशा दिन सकिनँ। धर्मसङ्कटमा परेर निकै यातना महसुस गरेँ, र मैले कामबाट नै राजीनामा दिन चाहेँ। तर समयमा नै परमेश्‍वरको न्याय र सजाय मकहाँ आयो।

मेरो कार्यसम्पादनबारे थाहा पाएर मेरो अगुवाले मेरो खुलासा गर्न र निराकरण गर्न एउटा कडा पत्र लेखे, “तपाईंका ब्रदर र सिस्टरहरूले रिपोर्ट गरेका छन् कि तपाईं आफ्ना कर्तव्यमा अहङ्कारी र आत्म-धर्मी हुनुहुन्छ, आफ्ना पार्टनरहरूसित सहकार्य गर्न सक्नुहुन्न, आफ्ना ब्रदर र सिस्टरहरूका सुझावलाई स्वीकार गर्नुहुन्न, सबै कुरा आफै निर्णय गर्नुहुन्छ अनि टोलीमा सबै अधिकार आफैमा निहित राख्नुहुन्छ। यी ख्रीष्टविरोधीको प्रभुत्व र स्वेच्छाचारिताका प्रकटीकरण हुन्। यदि तपाईं चाँडै आत्मसमीक्षा गर्नुहुन्न भने, परिणामहरू गम्भीर हुनेछन्। …” जब मैले मेरो अगुवाका शब्दहरू पढेँ, तब मेरो शिर कसैले थप्पड हानेको जस्तो झननन भयो। पत्रमा परमेश्‍वरको वचनको एउटा खण्ड पनि थियो। “ख्रीष्ट विरोधीहरूले मानिसहरूलाई सत्यता र परमेश्‍वरको साटो तिनीहरूको मात्र आज्ञा मान्नुपर्ने मागको पहिलो अभिव्यक्ति के हो भने, तिनीहरू अरू कसैसँग पनि काम गर्न असमर्थ हुन्छन्; तिनीहरू आफै कानुन बनेका हुन्छन्। … यस्तो लाग्न सक्छ कि केही ख्रीष्ट विरोधीहरूसँग सहायक वा साझेदारहरू हुन्छन्, तर जब साँच्चै केही कुरा परिआउँछ, तब के तिनीहरूले अरू मानिसहरूले भनेका कुरा सुन्छन्? तिनीहरूले नसुन्‍ने मात्र होइन, त्यसमा ध्यान पनि दिँदैनन्, त्यसबारे छलफल गर्ने कुरा त परै जाओस्; तिनीहरूले कुनै ध्यान दिँदैनन्, यी मानिसहरू त्यहाँ उपस्थित समेत नहुन सक्छन्। अरूले बोलिसकेपछि, ख्रीष्ट विरोधीको अन्तिम निर्णय नै पालन गरिनुपर्छ—अरू कसैको कुरा व्यर्थ हुन्छ। उदाहरणको लागि, जब दुई जना मानिसहरू कुनै कुराको लागि जिम्‍मेवार हुन्छन्, र तिनीहरूमध्ये एक जनामा ख्रीष्टविरोधीको सार छ, तब त्यस व्यक्तिमा के प्रकट हुन्छ? चाहे जेसुकै होस्, काम सुचारु गर्ने, प्रश्‍नहरू गर्ने, कामकुरा मिलाउने, र समाधान निकाल्‍ने उही मात्र हुन्छ। अनि प्रायजसो, त्यस्ता व्यक्तिहरूले आफ्‍नो सहकर्मीलाई पूर्ण रूपमा अन्धकारमा राख्छन्। तिनीहरूको नजरमा उक्त सहकर्मी को हुन्छ? तिनीहरूको सहायक हुँदैनन्, सहकर्मी छ भनेर देखाउन राखेको व्यक्ति मात्रै हुन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, तिनीहरू तिनीहरूका सहकर्मी हुँदै होइनन्। जब-जब समस्या आउँछ, तब ख्रीष्टविरोधीले आफ्‍नो दिमागमा यस कुराको बारेमा विचार गर्छन्, चिन्तन गर्छन्, र कुनै कार्यदिशा निर्धारित गरेपछि, तिनीहरूले त्यो काम कसरी गर्ने भनेर अरू सबैलाई जानकारी दिन्छन्, र कसैलाई पनि प्रश्‍न गर्ने अनुमति हुँदैन। अरूसँगको तिनीहरूको सहकार्यको सार के हुन्छ? तथ्य के हो भने, निर्णय गर्नेहरू तिनीहरू नै हुन्छन्। तिनीहरू आफै बोल्दै, समस्या समाधान गर्दै, र कामको जिम्‍मा आफै लिँदै एकलै काम गर्छन्, र तिनीहरूको सहकर्मी नाम मात्रको सहकर्मी हुन्छन्। अनि कसैसँग काम गर्न नसक्‍ने हुनाले, के तिनीहरूले अरूसँग आफ्‍नो कामको बारेमा सङ्गति गर्छन्? गर्दैनन्। धेरैपटक, तिनीहरूले काम सकेपछि वा समाधान गरिसकेपछि मात्रै अरू मानिसहरूले पत्ता लगाउँछन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, ‘सबै समस्याहरू हामीसँग छलफल गरिनुपर्छ। तपाईंले त्यो व्यक्तिलाई कहिले निराकरण गर्नुभयो? तपाईंले उसलाई कसरी सम्हाल्नुभयो? हामीलाई किन यसबारेमा कसरी थाहा भएन?’ तिनीहरूले न त स्पष्टीकरण दिन्छन् न त कुनै ध्यान नै दिन्छन्; तिनीहरूका लागि, तिनीहरूको सहकर्मीको कुनै काम हुँदैन। जब केही कुरा आइपर्छ, तिनीहरूले विचार गर्छन् र आफै निर्णय गर्छन्, र आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्छन्। तिनीहरूको वरिपरि जति नै धेरै मानिसहरू भए पनि, तिनीहरूले ती मानिसहरू त्यहाँ छैनन् जस्तो व्यवहार गर्छन्; ख्रीष्टविरोधीको लागि, ती मानिसहरू त हावाजस्तै हुन्। यस तरिकाले, के अरूसँगको तिनीहरूको सहकार्यबाट कुनै वास्तविक परिणाम आउँछ? आउँदैन, तिनीहरूले झारा टार्ने काम मात्र गरिरहेका हुन्छन्, भूमिका खेलेको बहाना मात्र गरिरहेका हुन्छन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, ‘समस्याको सामना गर्दा किन तपाईंले सबैसँग सङ्गति गर्नुहुन्‍न?’ यस प्रश्‍नको जबाफ तिनीहरूले यसरी दिन्छन्, ‘तिनीहरूलाई के थाहा छ? समूहको अगुवा म हुँ, निर्णय गर्नु मेरै हातको कुरा हो।’ अरूले भन्छन्, ‘अनि तपाईंले किन तपाईंको सहकर्मीसँग सङ्गति गर्नुभएन?’ तिनीहरूले उत्तर दिन्छन्, ‘मैले उहाँलाई भनेँ, र उहाँसँग कुनै राय थिएन।’ तिनीहरूले आफै नियम हातमा लिएर काम गरिरहेका हुन्छन् भन्‍ने तथ्यलाई ढाकछोप गर्नको लागि आफ्‍नो सहकर्मीसँग कुनै राय छैन वा आफू एकलैले विचार गर्न सक्दैन भन्‍ने कुरालाई प्रयोग गर्छन्। तर यसपछि पनि तिनीहरूले अलिकति पनि आत्म-विश्‍लेषण गर्दैनन्, तिनीहरूले सत्यतालाई स्वीकार गर्ने कुरा त परै जाओस्—त्यो त असम्‍भव नै हुन्छ। यो ख्रीष्टविरोधी प्रकृतिको एउटा समस्या हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। ख्रीष्टविरोधीहरूसम्बन्धी परमेश्‍वरको प्रकाश विशेषगरी तीक्ष्ण र पीडादायी थियो। मैले त्यस अवधिमा गरेका व्यवहार बारे मनन गरेँ, काममा केही प्रगति गरिसकेपछि मैले मसित क्षमता र योग्यता छ, अनि मेरा दुईजना पार्टनरभन्दा उत्तम छु भनी सोचेँ। यी सिस्टरहरू नाउँका मात्रै मेरा पार्टनरहरू थिए तर वास्तवमा तिनीहरू ठाउँ ओगट्नेहरू मात्र थिए। मैले कामको बन्दोबस्त गर्दा, कहिल्यै तिनीहरूसित छलफल गरिनँ। मलाई जे असल लाग्यो त्यही गरेँ, अनि तिनीहरूका विचार मेरा भन्दा खराब छन् र विचार गर्न लायकका छैनन् भन्ने मलाई लाग्यो। केही कुराहरूमा त हामीले त्यसलाई छलफल गरेपनि यो झारा टार्ने काम मात्र थियो किनकि हामीले कुरा गर्नुअघि नै के गर्ने हो भनी मैले निर्णय गरेकी हुन्थेँ। त्यसैले, जब-जब मेरा साझेदारहरूले मभन्दा फरक सुझावहरू दिन्थे, म त्यसलाई खोजी नगरिकनै तुरुन्त इन्कार गरिदिन्थेँ अनि मैले चाहेको तरिकामा तिनीहरूलाई कामकुरा गर्न लगाउँथेँ। मण्डलीले कर्तव्यहरू गर्न हामीलाई सँगै काम गर्ने बन्दोबस्त मिलाइदियो तर मैले तानाशाह जस्तै व्यवहार गरेँ, अनि सबै कुरामा आफ्नै अन्तिम निर्णय गरेँ, पूर्णरूपपले सिस्टरहरूलाई हतोत्साहित पारिदिएँ, अनि सबै अधिकार खोसेँ। के त्यो ठूलो रातो अजिङ्गरको अधिनायकत्व जस्तै थिएन र? मैले मेरा सिस्टरहरूलाई कसरी विवश पारेँ अनि तिनीहरूलाई नकारात्मक बनाएँ र राजीनामा दिन सोचमा पुऱ्याएँ अनि कसरी टोलीको काम भूलचुकहरूले भरिएको थियो भन्नेबारे सोचेँ। मैले आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनँ, परमेश्‍वरको घरको कामलाई अवरोध गरिरहेकी थिएँ। जब मैले यो महसुस गरेँ, म त्रसित भएँ। मैले परमेश्‍वरको घरको कामलाई अवरोध र बाधा गरेको थिएँ, साथै ब्रदर र सिस्टरहरूलाई पीडा र दुःख दिएकी थिएँ। मैले जे गरेँ, त्यसको निम्ति के मलाई हटाइनेछ र दण्डित गरिनेछ त? यसरी म नकारात्मकता र गलत बुझाइमा जिएँ।

एकदिन, मैले संयोगले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, “मानिसमा भ्रष्ट स्वभाव भएकोले, र उसका सबै कामहरू र व्यवहारहरू अनि उसले प्रकट गर्ने सबै कुरा परमेश्‍वरप्रति शत्रुतापूर्ण हुने भएकोले, ऊ परमेश्‍वरको प्रेमको अयोग्य हुन्छ। तापनि, परमेश्‍वरले अझै पनि मानिसलाई यस्तो हेरचाह र वास्ता गर्नुहुन्छ, र उहाँले मानिसका लागि यस्तो वातावरण मिलाउनुहुन्छ, जसमार्फत उहाँले उसलाई व्यक्तिगत रूपमा जाँच्नुहुन्छ र शोधन गर्नुहुन्छ, र यसरी उसलाई परिवर्तन हुन सक्‍ने बनाउनुहुन्छ; यो वातावरणको माध्यमद्वारा उहाँले मानिसलाई सत्यले सुसज्जित हुने, र सत्य प्राप्त गर्ने अवसर दिनुहुन्छ। परमेश्‍वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, र त्यो प्रेम वास्तविक छ, र परमेश्‍वर अरू केही होइन केवल विश्‍वासयोग्य हुनुहुन्छ। तैँले यो कुरा महसुस गर्नेछस्। यदि परमेश्‍वरले यी कुराहरू गर्नुहुन्थेन भने मानिस कतिसम्म पतित हुनेथियो त्यो कसैले भन्‍न सक्‍नेथिएन! मानिसले आफ्नो हैसियत, उसको आफ्नो प्रसिद्धि र सम्पत्तिलाई व्यवस्थापन गर्ने कोसिस गर्छ, र, अन्त्यमा, यी सबै कुराहरू गरेपछि, उसले अरूलाई आफ्नो पक्षमा बनाउँछ र उनीहरूलाई आफ्नो सामु ल्याउँछ—के यो परमेश्‍वरको विरोध गर्नु होइन र? यो बाटोमा निरन्तर बढिरहँदा हुने परिणामको कल्पना पनि गर्न सकिंदैन! परमेश्‍वरले समयमै यो सबै कुरामा बिराम लगाउँदै एउटा उत्कृष्ट काम गर्नुहुन्छ! परमेश्‍वरले जे गर्नुहुन्छ त्यसले मानिसलाई उदाङ्गो पार्छ र उसको न्याय गर्छ, यसले उसलाई मुक्ति पनि दिलाउँछ। यो वास्तविक प्रेम हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा महत्वपूर्ण भाग सत्यताको अभ्यास गर्नु हो”)। जब मैले यो खण्ड पढेँ, तब मैले आफ्नो हृदयमा न्यानोपना महसुस गरेँ, मानौँ परमेश्‍वर मेरो छेउमा नै हुनुहुन्छ, मलाई सान्त्वना र उत्साह दिनुभइरहेको छ। मैले बुझेँ कि मैले अनुभव गरेको काटछाँट र निराकरण, यसलाई प्रकट र न्याय गरिँदै गरेको भए तापनि यो धेरै हदसम्म परमेश्‍वरको प्रेम थियो। परमेश्‍वरले मलाई धेरै दुष्टता गर्नबाट रोक्न न्याय र खुलासा गर्नुभयो। यसले मलाई मेरो भ्रष्ट स्वभाव तथा मैले लिएको गलत बाटो बारे पनि सचेत गरायो। यदि मैले आफैलाई यसरी अघि बढ्न दिएको भए, परिणामहरू असोचनीय हुन्थे। मैले बाइबलमा निनवेका मानिसहरूलाई योनाले गरेको घोषणाबारे सोचेँ, “अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ(योना ३:४)। परमेश्‍वरले योनालाई यो घोषणा गर्न पठाउनुभएको तिनीहरूलाई नष्ट गर्ने उहाँको अभिप्रायलाई व्यक्त गर्नको निम्ति थिएनन, यो त तिनीहरूलाई स्मरण गराउन र चेतावनी दिन अनि पश्चाताप गर्ने अवसर दिनका निम्ति थियो। परमेश्‍वरको स्वभाव धर्मी र प्रतापमय छ तर प्रेमिलो र कृपालु पनि छ। यो नै परमेश्‍वरको धर्मी स्वभाव हो। मैले अझ स्पष्टसित बुझेँ कि परमेश्‍वरले मलाई न्याय गर्नुभयो र प्रकट गर्नुभयो अनि मलाई चेतावनी दिन कामकुरा, विषयवस्तु र मानिसहरूलाई योजनाबद्ध पनि गर्नुभयो। परमेश्‍वरको मनसाय मलाई दण्ड दिनु थिएन। उहाँले मलाई ब्युँझाउने र पश्चाताप गर्न लगाउने उपायको रूपमा यो प्रयोग गर्नुभयो। यी कुराहरू बुझेपछि, मेरो हृदय प्रज्ज्वलित भयो अनि म त्यति दयनीय भइनँ। मैले पश्चाताप गर्नुपर्छ नत्र म खतरामा पर्छु भनी मलाई थाहा थियो। आत्मसमीक्षा गर्न र ज्ञान हासिल गर्न मार्गदर्शन पाउनको निम्ति मैले बारम्बार परमेश्‍वरसित प्रार्थना गरेँ।

एक दिन, मेरो भक्तिको समयमा, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्। बाहिरबाट हेर्दा, केही मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैँलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्। यदि मानिसहरू परमेश्‍वरलाई आदर गर्ने ठाउँसम्म पुग्‍ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्छस्, तँमा परमेश्‍वरप्रति त्यति नै बढी आदर हुनेछ, तब मात्र तँ उहाँमा समर्पित हुन सक्छस् अनि तँ सत्य प्राप्त गर्न र उहाँलाई जान्‍न सक्षम हुनेछस्(परमेश्‍वरको सङ्गति)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले मनमानी ढङ्ले काम गरेको र अरूसित सहकार्य गर्न नसकेको कुरा बुझेँ किनकि मसित अति धेरै अहङकारी प्रकृति थियो। मैले बुझेँ कि मलाई इन्चार्जको रूपमा छानिएकोले, मैले पेशागत ज्ञानमा दक्षता हासिल गरेकोले, आफ्नो कर्तव्यहरूमा केही नतिजा ल्याएकोले अनि केही समस्याहरू हल गर्न सकेकोले, नियन्त्रण गुमाएँ र आफ्नो बारेमा बढाइचढाइ गरेर सोचेँ। आफू प्रतिभाशाली भएको र म जतिको राम्रो कोही छैन भन्ने मलाई लाग्यो, मानौँ मभन्दा कोही पनि उच्च क्षमतावान् वा यो काम गर्न धेरै सक्षम छैनन्। त्यसैले, मैले आफैलाई अरूभन्दा माथि राखेँ तिनीहरूमाथि हैकम जमाएँ। मेरा कर्तव्यहरूमा, मैले जे चाहेँ, त्यही गरेँ अनि अरूसित बिलकुल छलफल वा बातचीत गरिनँ। मैले मेरा पार्टनहरूका सुझाव समेत सुनिनँ। तिनीहरूले जे नै भने तापनि मसित सर्वोत्तम विचारहरू छन् भनी मैले सोचेँ। मैले हृदयमा तिनीहरूलाई तुच्छ ठानेँ र मेरा पार्टनरहरूलाई ठाउँ ओगट्नेहरूभन्दा बढी व्यवहार गरिनँ। मेरा पार्टनरहरूले मलाई तिनीहरूसित छलफल गर्न बारम्बार स्मरण गराए। यी परमेश्‍वरबाट योजनाबद्ध गरिएका परिस्थिति र बन्दोबस्तहरू थिए। मैले सधैँ गल्तीहरू गरेँ अनि आफ्ना कर्तव्यहरूमा तगारोहरूको सामना गरेँ जुन परमेश्‍वरले मलाई निराकरण र अनुशासित गरिरहनुभएको थियो। तर मलाई यी कुराहरू हुँदा, मैले खोजी वा समीक्षा गरिनँ। मसित आज्ञापालन वा परमेश्‍वरको भय थियो भनी मैले कसरी भन्न सक्थेँ र? मैले प्रधान स्वर्गदूत अहङ्कारी भएको बारेमा सोचेँ। त्यसको हृदयमा परमेश्‍वरको कुनै भय थिएन। परमेश्‍वरले मानिसहरू सृष्टि गर्नुभयो तर त्यसले मानिसहरूलाई व्यवस्थित गर्न चाह्यो अनि त्यसले परमेश्‍वरसित समान धरातलमा हुन चाह्यो। अहङकार र आत्म-धर्मीपन प्राचीन शैतानी स्वभावहरू हुन्। मसित यस्तै प्रकारको शैतानी प्रकृति थियो, त्यसैले मैले कसरी परमेश्‍वरको भय मान्न र उहाँको आज्ञापालन गर्न सक्थेँ? मैले कसरी सत्यता अभ्यास गर्न सक्थेँ वा सामान्य मानवताको जीवन जिउन सक्थेँ? यही बेला, मेरो अहङ्कारी स्वभाव हटाउनु नै स्वभावमा परिवर्तन ल्याउने कुञ्जी हो भनी मैले महसुस गरेँ! मेरा पार्टनरहरूसित मैले किन सहकार्य गर्न सकिनँ, त्यसको मूल कारण पनि यही नै थियो।

पछि, परमेश्‍वरको वचनबाट मलाई अर्को खण्ड याद आयो। “परमेश्‍वरले मानिसहरूमा निश्‍चित सङ्ख्यामा कार्यहरू सम्‍पन्‍न गर्ने वा कुनै ठूलो जिम्मेवारी पूरा गर्ने क्षमता चाहनुहुन्‍न, न त उहाँलाई तिनीहरूले कुनै ठूलो जिम्मेवारीको अगुवाइ गरेको नै आवश्यक पर्छ। परमेश्‍वरको चाहना यही हो कि मानिसहरू सकेसम्म एकदमै व्यावहारिक तवरमा काम गर्न र उहाँका वचनअनुसार जिउन सक्षम होऊन्। तँ महान् वा प्रतिष्ठित हुनु परमेश्‍वरको आवश्यकता होइन, न त तैँले कुनै चमत्कार गर्नु उहाँको आवश्यकता हो, न त उहाँले तँमा कुनै सुखद आश्‍चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्‍वरको आवश्यकता यही हो कि तैँले उहाँका वचनहरू सुन् र तिनलाई सुनिसकेपछि हृदयमा राख् र ध्यान दिँदै तिनलाई अत्यन्तै व्यवहारिक प्रकारले अभ्यास गर्, ताकि परमेश्‍वरका वचनहरू तेरो जिउने तरिका र तेरो जीवन बन्‍न सकून्। यसरी, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र गरिमा खोज्दै छस्; तँ सधैँ उच्‍चता खोज्छस्। यस्तो देख्दा परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँले यसलाई घृणा गर्नुहुन्छ र यसलाई हेर्न चाहनुहुन्‍न। तैँले जति धेरै महानता, कुलीनता, र अरूभन्दा उच्‍च, प्रतिष्ठित, उत्कृष्ट र उल्लेखनीय हुने लक्ष्य पछ्याउँछस्, परमेश्‍वरले तँलाई त्यति नै धेरै घिनलाग्दो पाउनुहुन्छ। तैँले आफ्नै बारेमा समीक्षा गरी पश्‍चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछ र तँलाई त्याग्‍नुहुनेछ। परमेश्‍वरलाई घिनलाग्‍ने व्यक्ति नबन्‍ने कुरा सुनिश्‍चित गर्! परमेश्‍वरले प्रेम गर्नुहुने व्यक्ति बन्। त्यसो भए, परमेश्‍वरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ त? एकदमै व्यावहारिक तवरमा सत्यता प्राप्त गरेर, सृष्टि गरिएको प्राणीको स्थानमा उभिएर, इमानदार व्यक्ति बन्‍न र आफ्ना कर्तव्यहरू निर्वाह गर्नको लागि दृढ़ रूपमा परमेश्‍वरको वचनमा भर परेर, र साँचो मानव स्वरूपमा जीवन जिएर। यति नै काफी छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ”)। परमेश्‍वरका वचनबाट मैले के बुझें भने, हामीले कति हासिल गऱ्यौँ वा कति धेरै काम गऱ्यौँ, त्यो परमेश्‍वरले हेर्नुहुन्न। न त हाम्रा वरदान र क्षमता नै उहाँ हेर्नुहुन्छ। हामीले उहाँको वचनहरू सुन्न सक्ने, उहाँको आज्ञापालन गर्न सक्ने, उहाँका मापदण्डअनुसार सामान्य मानवताको जीवन जिउन सक्ने, अरूसित सहकार्य गर्न सक्ने अनि आफ्ना कर्तव्यहरू पूरा गर्न सक्ने छौं छैनौं भनेर परमेश्‍वरले हेर्नुहुन्छ। परमेश्‍वरले हेर्नुहुने र उहाँको अनुमोदन हासिल गर्ने कुरा यही नै हो। तर परमेश्‍वरका मापदण्डहरूलाई मैले बुझिनँ। मैले केही काम गर्न सक्थेँ र मसित केही क्षमता र वरदानहरू थिए, त्यसैले म अहङ्कारी भएँ, प्रतिभाशाली छु भनी सोचेँ, अरूभन्दा उत्तम छु भनी महसुस गरेँ, आफैलाई अरूभन्दा माथि राखेँ अनि अरूलाई आफ्नो कुरा सुन्न लगाएँ। मसित साँच्चै नै समझको साह्रै कमी थियो मैले अनुग्रहको युगका पावलबारे सोचेँ। उनीसित क्षमता र वरदानहरू थिए, उनले सुसमाचार प्रचार गर्नको निम्ति धेरै कष्ट भोगे, धेरै काम गरे, अनि अरूलाई आफ्नो प्रशंसा र आदर गर्न लगाए, तर उनले काम गरेको सम्पूर्ण वर्षहरूमा आफ्नो जीवन स्वभावमा कुनै परिवर्तन हासिल गरेनन्, उनले आफैलाई उच्च पारे र देखावटी गरे, अनि अन्त्यमा, सबैभन्दा अहङ्कारी शब्दहरू बोले, “मेरो लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्‍पी १:२१)। यी सब कुराले गर्दा अन्ततः पावलले परमेश्‍वरको अनुमोदन हासिल गर्न सकेनन् अनि परमेश्‍वरद्वारा अनन्तसम्म दण्डित भए। व्यक्तिसित जे जस्ता वरदानहरू वा क्षमता भए तापनि वा मानिसहरूमाझ जे जस्तो हैसियत वा सामर्थ्य भए तापनि, यदि तिनीहरूले सत्यतालाई पछ्याउँदैनन् वा स्वभाव परिवर्तन गर्दैनन् भने, कुनै फाइदा छैन। यी कुराहरू मानिसहरूको मुक्तिको निम्ति सत्यता वा पूँजी होइनन्। परमेश्‍वरले यी कुराअनुसार मानिसहरूलाई मुक्ति दिनुहुन्न वा सिद्ध तुल्याउनहुन्न। मलाई आफूसित क्षमता, वरदान र प्रतिभा छ भन्ने लाग्यो, तर मैले सबैभन्दा आधारभूत सामान्य मानवताको जीवन समेत जिउन सकिनँ, मसित ब्रदर र सिस्टरहरूका निम्ति आधारभूत आदर पनि थिएन अनि मैले सही सल्लाहलाई स्वीकार गर्न सकिनँ। मैले आफ्नो स्वभावमा अलिकति पनि परिवर्तन देखाइरहेकी थिइनँ। मब्रदर र सिस्टरहरूले मलाई धेरैपल्ट स्मरण गराए र सहायता गरे अनि परमेश्‍वरले मलाई प्रहार गर्नुभयो र अनुशासन दिनुभयो, तर मैले आफ्नै बारेमा समीक्षा गरिनँ। आत्मसमीक्षा गर्न मलाई कडा काटछाँट र निराकरण आवश्यक पऱ्यो। म धेरै चेतनाशून्य थिएँ! मसित अचम्मको क्षमता थियो! केही कुराहरू घट्दा असल क्षमता भएका व्यक्तिले सत्यताको खोजी गर्छन् र परमेश्‍वरको इच्छालाई बुझ्न सक्छन् अनि परमेश्‍वरले बन्दोबस्त गर्नुभएका वातावरणहरूबाट पाठ सिक्न सक्छन्। आफैलाई हेर्दा, मैले आफू अन्धाधुन्ध अहङ्कारी भएको देखेँ। मसित बिलकुल समझ थिएन अनि मैले मानव स्वरूपमा जिइनँ, त्यसैले, मैले कसरी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्थेँ र? मेरा दुई पार्टनरहरूले मभन्दा पहिलेदेखि यो कर्तव्य गरेका हुन् भनेर सोचेँ, तर तिनीहरूले कहिल्यै आफ्ना योग्यतामा घमन्ड गरेको मैले देखिनँ। समस्याहरू पर्दा तिनीहरूले अझै खोजी गर्थे र मसित छलफल गर्थे, अनि मैले तिनीहरूलाई तुच्छ नजरले हेर्दा र होच्याउँदा, तिनीहरू सधैँ सहनशील र धीरज हुन्थे अनि प्रेमपूर्वक मलाई सहायता गर्थे। तिनीहरूले जिएको मानवतालाई देखेर मैले दोषी अनि लज्जित महसुस गरेँ। मैले मेरो तर्कशक्ति र मानवता एकदमै आपत्तिजनक भएको महसुस गरेँ। मसित बिलकुल आत्म-सचेतना थिएन! मैले भिडियो टोलीको कामलाई यति धेरै क्षति र बाधा पुऱ्याएको थिएँ, अनि मेरा पार्टनरहरूलाई धेरै हानि गरेको थिएँ। मेरा कार्यहरूलाई विचार गर्दा, म त्यस्तो महत्वपूर्ण कामका निम्ति अयोग्य थिएँ। जब मैले यो बुझेँ, तब साह्रै आत्मग्लानि भयो। मैले आफैसित शपथ खाएँ, मलाई बर्खास्त गरिए पनि वा मैले भविष्यमा जेसुकै परिणाम भोग्नुपरे पनि, म सत्यतालाई पछ्याउनेछु, मेरो भ्रष्ट स्वभावलाई हटाउनेछु, अनि उप्रान्त अहङ्कारी र स्वेच्छाचारी हुनेछुइनँ।

पछि, मैले परमेश्‍वरका वचनहरूबाट मेरो समस्यालाई लक्षित गर्ने अर्को खण्ड पढेँ। “मैत्रीपूर्ण सहकार्यको लागि अरूलाई विचार राख्‍न दिनुपर्छ र तिनीहरूलाई वैकल्‍पिक सुझाव दिन दिनुपर्छ, र यसको अर्थ अरूको सहयोग र जानकारीलाई कसरी स्वीकार गर्ने, त्यो सिक्‍नु हो। कहिलेकहीँ मानिसहरूले केही पनि भन्दैनन्, र तैँले तिनीहरूलाई विचार राख्‍न प्रोत्साहित गर्नुपर्छ। तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तैँले सत्यताका सिद्धान्तहरूको खोजी गर्नुपर्छ र सहमतिमा पुग्‍ने प्रयास गर्नुपर्छ। यसरी काम गर्दा मैत्रीपूर्ण सहकार्य हुन्छ। यदि अगुवा वा सेवकको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र सधैँ तेरो पदबाट आउने लाभहरूको लोभ गर्दै, आफ्‍नै योजनाहरू बनाउँदै, सधैँ आफ्‍नै कामकाज अघि बढाउँदै, सधैँ सफलता र बढुवाको लोभ गर्दै कुनै सरकारी अधिकारीले जस्तो आफ्‍नो कर्तव्यमा मस्ती गर्छस् भने, यो समस्या हो: यसरी सरकारी अधिकारीले जस्तो काम गर्नु अत्यन्तै जोखिमपूर्ण कार्य हो। यदि तैँले सधैँ यसरी काम गर्छस् अनि तँ कसैसित सहकार्य गर्न चाहँदैनस्, अरूलाई आफ्नो अधिकार बाँड्न चाहँदैनस्, आफ्नो श्रेय अरूले चोरेको चाहँदैनस्, तेरो शिरमा भएको गौरव अरूले खोसेको चाहँदैनस्—यदि तँ सबै कामकुरा आफैमा मात्र राख्न चाहन्छस् भने, तँ गलत ख्रीष्टविरोधी होस्। तथापि, यदि तैँले सत्यतालाई प्रायजसो खोजी गर्छस् भने, यदि तँ देहलाई, आफ्नो मनसाय र योजनाहरूलाई पिठिउँ फर्काउँछस् भने, अनि यदि तँ अरूसित सहकार्य गर्न पहल गर्छस्, यस क्रममा अरूसित परामर्श लिन सधैँ तेरो हृदय खोल्छस् र तिनीहरूको परामर्श खोजी गर्छस्, अनि यदि तँ अरूका सल्लाहहरूलाई अपनाउन सक्छस् र तिनीहरूका विचारहरू र वचनहरूलाई ध्यानपूर्वक सुन्छस् भने तँ ठीक बाटोमा, ठीक दिशामा गइरहेको छस्। अरूभन्दा धर्मी छु भन्ने दम्भलाई त्याग् र तेरो उपाधिलाई एकातिर पन्सा। यी कुराहरूलाई ध्यान नदे, त्यसलाई केही जस्तो होइन जस्तै गरी व्यवहार गर् अनि त्यसलाई हैसियतको चिन्‍ह, ख्यातिको रूपमा नहेर्। आफू र अरू बराबर हौँ भनी तेरो हृदयमा विश्‍वास गर्; आफैलाई अरूसित समान स्तरमा राख्न सिक् अनि अरूको राय माग्नको निम्ति निहुरिन पनि सिक्। अरूले जे भन्छन्, यसलाई गम्भीरतापूर्वक, होशियारीपूर्वक र ध्यानपूर्वक सिक्। यस प्रकारले तैँले आफू र अरूबीच शान्तिपूर्ण सहकार्य उत्पन्न गर्नेछस्। त्यसोभए, शान्तिपूर्ण सहकार्यले के उद्देश्य पूरा गर्दछ त? यसले वास्तवमै ठूलो उद्देश्य पूरा गर्दछ। यसबाट तैँले पहिले कहिल्यै नपाएका, नयाँ कुराहरू, उच्‍च क्षेत्रका कुराहरू प्राप्त गर्नेछस्; तैँले अरूका सद्गुणहरू पत्ता लगाउनेछस् र अरूका सबलताहरूबाट सिक्‍नेछस्। अनि अर्को कुरा पनि छ: तेरा धारणाहरूको माझमा रहेका पक्षहरू जहाँ तैँले अरूलाई मन्दबुद्धिको, बेवकुफ, मूर्ख, आफूभन्दा तुच्छ ठान्छस्—जब तँ अरूका सुझावहरूलाई सुन्छस् वा जब अरूले तँसित हृदय खोलेर कुरा गर्छन्, तब तैँले अज्ञानतापूर्वक के महसुस गर्न पुग्छस् भने, कोही पनि पूरै सीधा साधा छैन, तिनीहरू जोसुकै भए पनि सबै जनासित ध्यान दिन लायकका विचारहरू हुन्छन्। अनि यस तरिकाले, तँ सबै-जान्‍ने-सबै-बुझ्ने हुन छोड्नेस्, आफूलाई अबउप्रान्त अरूभन्दा चलाक वा श्रेष्ठ ठान्‍न छोड्नेस्। यसले तँलाई सधैँभरि आत्म-मोह र आत्म-प्रशंसाको स्थितिमा जिउनदेखि जोगाउँछ। यसले तँलाई रक्षा गर्ने काम पूरा गर्छ, गर्दैन र? अरूसँग मिलेर काम गर्दाको परिणाम र फाइदा यस्तो हुन्छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। परमेश्‍वरको वचनबाट के बुझेँ भने, कोही पनि सिद्ध छैन अनि कसैले आफ्ना समस्याहरू अति स्पष्ट प्रकारले देख्न सक्दैन। आफ्ना कर्तव्यहरूमा भूल तथा गल्तीहरू हुनु अवश्यम्भावी छ, तर जबसम्म हामी अरूसित सहकार्य गर्छौँ र अरूका सबल पक्षहरूबाट सिक्छौँ, हामी यी समस्याहरूदेखि टाढा रहन सक्छौँ र मात्र हाम्रा कर्तव्यहरूमा सुधार आउनसक्छ। जति बढी हामी हाम्रा पार्टनरहरूसित सहकार्य गर्छौँ, त्यति नै बढी हामी अरूका सबल पक्षहरू पत्ता लगाउन, अरूसित निष्पक्ष र न्यायोचित व्यवहार गर्न सक्छौं, अरूलाई होच्याउन र तुच्छ ठान्ने गर्दैनौ। यसले हामीलाई अहङ्कार र आत्म-धर्मीपनको स्थितिमा जिउनदेखि, तानाशाह जस्तै व्यवहार गर्नदेखि, स्वेच्छाचारी कुराहरू गर्नदेखि, वा ख्रीष्टविरोधीको बाटोमा हिँड्नदेखि पनि रोक्दछ। तर, म आफ्ना कर्तव्यहरूमा अहङ्कारी भएँ, तिनीहरू मभन्दा निम्न हुन् भनी सोचेँ। मैले सधैँ आफ्नो निर्णय अन्तिम भएको चाहेँ, मैले ब्रदर र सिस्टरहरूसित सहकार्य गरिनँ, अन्ततः मैले आफैलाई मात्रै हानि पुऱ्याइनँ, तिनीहरूलाई पनि धेरै पीडा र दुःख पुऱ्याएँ अनि परमेश्‍वरको घरको काममा ढिलाइ गरेँ तब मात्र मैले ब्रदर र सिस्टरहरूसित सहकार्य गर्नुको महत्व बुझेँ!

पछि, मैले मेरा पार्टनहरूसित खुलस्त हुने मौका पाएँ। मैले तिनीहरूलाई म कसरी आफ्नो कर्तव्यमा अहङ्कारी र आत्मधर्मी भएँ, तिनीहरूलाई पुऱ्याएको हानि अनि आत्मसमीक्षापछि पहिचान गरेका सबै समस्याहरूबारे बताएँ। मैले तिनीहरूसँग माफी मागेँ र सुपरिवेक्षणका निम्ति आग्रह गरेँ। यदि तिनीहरूले म अहङ्कारी वा आत्मधर्मी भएको वा तिनीहरूका सुझावहरू स्वीकार नगरेको देखे भने, तिनीहरूले त्यो औँल्याउन सक्थे, अनि मैले त्यसलाई स्वीकार नगरेमा मलाई काटछाँट र निराकरण गर्न वा मेरो रिपोर्ट गर्न सक्थे। म जस्तो अहङ्कारी र आत्म-धर्मीलाई त्यस्तै प्रकारको विशेष उपचार आवश्यक थियो। यस प्रकारले अभ्यास गर्दा, मैले अन्त्यमा उपचार पाउने क्यान्सर रोगीले झैँ विशेषगरी दृढ भएको महसुस गरेँ। हरेक दिन, मैले परमेश्‍वरसामु मेरा समस्याहरू ल्याएँ र उहाँको सुरक्षा र अनुशासन माग्नका निम्ति प्रार्थना गरेँ ताकि म त्यस्ता अविवेकी कामहरू गर्नदेखि टाढा रहन सकूँ। यसलाई महसुस नगरिकन म अति धेरै धर्मनिष्ठ भएँ। काम गर्नुअघि, मैले मेरा पार्टनरहरूसित पनि सक्रिय भएर छलफल र बातचीत गरेँ, अनि जब तिनीहरूले भिन्न भिन्न विचारहरू उठाए, त्यसलाई अन्धाधुन्ध इन्कार गर्नुभन्दा तिनीहरूका विचारहरू सिद्धान्तसित मेल खान्छन् कि खाँदैनन् अनि त्यसका फाइदाहरू के कस्ता छन् भनी मैले खोजी र चिन्तन गर्न सकेँ, जसले मेरो निर्णय अन्तिम हुनुपर्छ भनी माग गर्नदेखि पनि मलाई रोक्यो।

म सम्झन्छु, एकचोटि हामी कर्मचारीको सरुवाबारे छलफल गरिरहेका थियौँ। मैले एक जना सिस्टरलाई अर्को समूहमा सरुवा गर्न सुझाएँ, तर मेरा पार्टनरहरूले अत्यधिक सरुवा गर्न सल्लाह दिएनन्। हामीले नयाँ मानिसहरूलाई छनौट गर्नुपर्छ र तालीम दिनुपर्छ भनी तिनीहरूले भने। जब मैले मेरा पार्टनरहरूको बेग्लै विचार सुनेँ, मैले मेरै विचार सही हो भनी जोड दिन चाहेँ तर मैले म अहङ्कारी स्वभावद्वारा चल्न लागेको महसुस गरेँ। मैले आफूलाई इन्कार र परित्याग गर्नका निम्ति सहायता माग्दै हृदयबाटै तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यो क्षणमा, मलाई अचानक परमेश्‍वरको वचन याद आयो, “तैँले व्यावसायिक पक्षहरूमा विचारको कुनै पनि भिन्नताहरूलाई गम्भीरताका साथ लिनुपर्छ। तिनलाई बेवास्ता गर्दै यसो नभन्, ‘यस विषयमा तिमीलाई थाहा छ कि मलाई? मैले लामो समयदेखि यो गर्दैआएको छु—मैले कसरी तिमीभन्दा धेरै जान्न सक्दिनँ र? तिमीले के जान्दछौ? केही पनि जान्दैनौ!’ यो एउटा नराम्रो स्वभाव हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “यदि तँ सधैं परमेश्‍वरको सामुन्‍ने जिउन सक्दैनस् भने, तँ एक अविश्‍वासी होस्”)। हजुर। मेरा पार्टनरहरूले एउटा आपत्ति जनाएका थिए, त्यसैले, मैले आफ्नो रायमा अडान नलिई त्यसलाई चिन्तन गर्नुपऱ्यो। यदि त्यस विषयमा मेरो रायमा समस्या थियो भने नि? तिनीहरूको सुझावमा के कुरा असल थियो अनि परमेश्‍वरको घरको कामलाई के के फाइदाहरू हुन्थे? जब मैले यसबारे त्यसरी सोचेँ, तिनीहरूको सुझाव साँच्चै नै हाम्रो कामको निम्ति धेरै हितकर भएको महसुस गरेँ। नयाँ प्रतिभा उत्पादन गर्नुले कर्मचारी अभावको समस्यालाई जरैदेखि उन्मूलन गर्दछ। तुलनात्मक रूपले मेरो राय अलि एकपक्षीय थियो। अन्त्यमा, हामीले तिनीहरूको सुझावलाई कार्यान्वयन गऱ्यौँ। मैले चैन महसुस गरेँ। अन्ततः मैले आफू एकै पटकको निम्ति तार्किक व्यक्ति भएको सोचेँ, अनि आफैलाई इन्कार गरेँ र सत्यता पालन गरेँ। त्यस्तो प्रकारको हुनु उदेकको अनुभव थियो।

केही समयपछि, मेरा पार्टनरहरूसित सहकार्य गर्दा, ती दुई सिस्टरहरूले मैले भन्दा ज्यादै विस्तारसँग समस्याहरूलाई विचार गरेको पाएँ। मेरा धेरैजसो सुझाव साँच्चै नै अनुपयुक्त थिए, तर तिनीहरूको सल्लाहले मेरा कमजोरीहरूलाई परिपूर्ति गरिदियो। जब हामी हाम्रा पार्टनरहरूसित सहकार्य गर्छौँ, तब हामीले एकअर्काको सबल पक्षहरूबाट सिक्नुपर्छ, अनि एक अर्कालाई सहायता, सुपरिवेक्षण र बन्देज लगाउनुपर्छ, यसरी नै हामी हाम्रा कर्तव्यमा झन् झन् उत्तम हुन्छौँ। हामीमध्ये कोही पनि अर्कोभन्दा उत्तम छैनौँ भनेर पनि मैले महसुस गरेँ। हरेकको आफ्नै सबलता र दुर्बलताहरू हुन्छ अनि कसैले पनि आफ्ना कर्तव्यहरू आफ्नै भरमा सम्पादन गर्न सक्दैनन्। हामीले हाम्रा पार्टनरहरूसित सहकार्य गर्नुपर्छ र एकअर्कालाई परिपूर्ति गर्नुपर्छ। हाम्रा कर्तव्यहरूलाई सर्वोत्तम प्रकारले गर्ने र गलत बाटो लिनदेखि बच्ने त्यही मात्रै एउटा उपाय हो। परमेश्‍वरको वचनको न्याय, सजाय, काटछाँट र निराकरणविना, म अझै मेरा अहङकारी स्वभावअनुसार चल्नेथिएँ अनि ख्रीष्टविरोधी बाटोमा हिँड्नेथिएँ, अनि अन्त्यमा, म परमेश्‍वरद्वारा हटाइने र दण्डित हुनेथिएँ। मसित आज यो बुझाइ र परिवर्तन हुनु परमेश्‍वरको वचनको न्याय र सजायकै परिणाम हो। अनि मलाई बचाउनुभएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

नयाँ विश्‍वासीहरूलाई मलजल गरेर सिकेको एउटा पाठ

यस वर्षको जनवरीमा, मैले मण्डलीका नवविश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ। सिस्टर रन जिये र उनका श्रीमान्‌ मेरो जिम्‍मामा रहेकाहरूमध्येका दुई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्