सुसमाचार सुनाउँदाको अनुभव

20 जनवरी 2022

फुसु, दक्षिण कोरिया

मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकारेपछि सुसमाचार सुनाउन थालें। जस्तै कठिनाइहरू आइपरे तापनि म आफ्नो कर्तव्य राम्ररी पूरा गर्छु भनेर मैले चुपचाप सङ्कल्प गरें ताकि परमेश्‍वरको भेडाले उहाँको आवाज सुन्न सकून् र उहाँसामु आउन सकून्।

फेब्रुअरी २०१८ मा, मैले फिलिपिनमा बस्‍ने ब्रदर मेललाई अनलाइन भेटेँ। उहाँ ईश्‍वरशास्‍त्र विद्यालयमा हुनुहुन्थ्यो र सुरुमा हामीले बुद्धिमान् र मूर्ख कन्याहरू, उठाई लगिनु भनेको के हो अनि त्यस्तै अन्य कुराहरूबारे धेरै कुरा गऱ्यौं। राज्यमा को प्रवेश गर्न सक्छन् भन्ने कुरा आउँदा, मैले ब्रदर मेललाई सोधेँ, “तपाईंको विचारमा, के प्रभुमा विश्‍वास गर्ने हामी सबै अन्त्यमा स्वर्गको राज्यमा प्रवेश गर्नेछन्?” उहाँले गर्वका साथ भन्नुभयो, “अवश्यै। पावलले एफिसी २:८-९ मा भनेका छन्, ‘किनभने तिमीहरूलाई विश्‍वासमार्फत अनुग्रहद्वारा मुक्ति दिइएको हो; र तिमीहरू आफैद्वारा गरिएको होइन: यो त परमेश्‍वरको उपहार हो: कर्मले गर्दा भएको होइन, नत्र त मानिसले घमण्ड गरिहाल्थ्यो।’ हामी विश्‍वासद्वारा धर्मी ठहरिएका छौं र अन्त्यसम्म स्थिर रह्यौं भने मुक्ति पाउनेछौं। प्रभु फर्केर आउनुहुँदा हामीलाई सीधै राज्यमा लैजानुहुनेछ। यदि त्यसबारे हामीलाई कुनै शङ्का लाग्यो भने, यो त प्रभु येशूको मुक्तिलाई नकार्नु र विश्‍वासको कमी हो।” उहाँले त्यसो भन्नुभएपछि मैले उहाँलाई सोधेँ, “तपाईं भन्नुहुन्छ, विश्‍वासद्वारा हामी धर्मी ठहरिएका छौं र अनुग्रहद्वारा हामीले मुक्ति पाएका छौं, त्यसैले हामी राज्यमा प्रवेश गर्न सक्छौं। के यसको बाइबलीय आधार छ? के त्यो प्रभु येशूले भन्नुभएको हो? के त्यो पवित्र आत्माले भन्नुभएको हो? बाइबलले विश्‍वासद्वारा हामी धर्मी ठहरिन्छौं र मुक्ति पाउँछौं भनी बताउँछ, तर ती कुराले हामीलाई राज्यमा प्रवेश गराउनेछन् भनेर बाइबल बताउँदैन। यसो भन्नुको कुनै आधार छैन। के यो मानव धारणा मात्र होइन र?”

मेल चकित हुनुभयो र शान्त भएर गुनगुनाउनुभयो, “विश्‍वासद्वारा धर्मी ठहरिनुको अर्थ राज्यमा प्रवेश गर्नु होइन?” त्यसपछि मैले उहाँलाई केही बाइबल पदहरू पठाएँ: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)। “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। “अनि तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निष्खोट छन्” (प्रकाश १४:५)। “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु” (लेवी ११:४५)। त्यसपछि मैले भनें, “राज्यमा प्रवेश गर्ने अवस्थाहरूबारे प्रभुका वचनहरू एकदमै स्पष्ट छन्। प्रभु पवित्र हुनुहुन्छ, अनि उहाँ हामी साना बच्चाहरूजस्तो शुद्ध, इमानदार, निर्दोष भएको, भ्रष्टता त्याग्ने, धोइएको अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र उहाँको इच्छा पूरा गर्ने मानिस भएको माग गर्नुहुन्छ। त्यसले मात्र कुनै व्यक्तिलाई राज्यको लागि योग्य बनाउँछ। अनि के हामीले ती मागहरू पूरा गरेका छौं? के तपाईंले कहिल्यै झूट बोलेको छैन भनेर भन्न सक्नुहुन्छ? के तपाईं पूर्णतः पापमुक्त हुनुहुन्छ र धोइनुभएको छ भनेर भन्न सक्नुहुन्छ?” मेलले केही भन्नुभएन। मैले मेरो सङ्गतिलाई निरन्तरता दिएँ: “यदि हामीले प्रभुलाई आफ्नो पाप स्वीकाऱ्यौं र पश्चात्ताप गऱ्यौं भने, हामी विश्‍वासद्वारा धर्मी ठहरिन्छौं र अनुग्रहद्वारा मुक्ति पाउँछौं; त्यति मात्र साँचो हो। तर विश्‍वासद्वारा धर्मी ठहरिनु र अनुग्रहद्वारा मुक्ति पाउनुको वास्तविक अर्थ के हो? हामी सबैलाई थाहा छ, व्यवस्थाको युगमा परमेश्‍वरले मोशामार्फत व्यवस्था र आज्ञाहरू दिएर मानिसहरूको जीवनका लागि मार्गदर्शन प्रदान गर्नुभयो, तर त्यस युगको अन्त्यमा कसैले पनि व्यवस्था पालन गर्न सकेन। सबैले झन्-झन् धेरै पाप गरिरहेका थिए। व्यवस्था अन्तर्गत सबै जना दोषी हुने वा मृत्युदण्ड पाउने खतरामा थिए। यो, परमेश्‍वर देह बन्‍नुहुने अनि मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिनुहुने र मानिसलाई व्यवस्थाबाट छुटकारा दिनुहुने कार्यको प्रसङ्ग थियो। त्यसपछि, जबसम्म मानिसहरूले प्रभु येशूलाई आफ्ना मुक्तिदाताको रूपमा स्वीकारे अनि आफ्नो पाप स्वीकार गरे र पश्चात्ताप गरे, तबसम्‍म तिनीहरूका पापहरू क्षमा भए र व्यवस्था पालन नगरेकोमा तिनीहरू दोषी भएनन्। त्यसको अर्थ, प्रभुले उप्रान्त हामीलाई पापीको रूपमा हेर्नुभएन, प्रभुको छुटकाराको कारण हामी धर्मी कहलिन सक्यौं, अनि प्रार्थनामा परमेश्‍वरसामु आउन योग्य भयौं अनि प्रभुले दिनुभएको अनुग्रह, शान्ति र आनन्दको उपभोग गर्छौं। त्यसकारण, विश्‍वासद्वारा धर्मी ठहरिनु र अनुग्रहद्वारा मुक्ति पाउनुको अर्थ विश्‍वासमार्फत हाम्रा पापहरू क्षमा भएका छन् अनि व्यवस्था अन्तर्गत हामी दोषी छैनौं भन्ने हो। तर त्यसको अर्थ हामी पापबाट मुक्त भयौं वा धोइएका छौं, हामी साँच्चै धर्मी भयौं वा राज्यको योग्य भयौं भन्ने होइन।”

मेलले छक्क पर्दै भन्नुभयो, “त्यसोभए, विश्‍वासद्वारा धर्मी ठहरिनुको अर्थ हाम्रा पापहरू क्षमा भएका छन् र प्रभुले हामीलाई पापीको रूपमा हेर्नुहुन्न भन्ने मात्र रहेछ, तर हामी धर्मी भयौं र राज्यमा प्रवेश गर्न सक्छौं भन्ने होइन रहेछ। हाम्रा पाष्टरले यसबारे कहिल्यै बताउनुभएको छैन।” त्यसपछि मैले उहाँलाई सर्वशक्तिमान परमेश्‍वरका वचनहरूका यी खण्डहरू पढेर सुनाएँ। “त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्‍वास गर्थिस् भने तँ उप्रान्त पापको वसमा हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्‍वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्‍वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्‍वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो। मुक्तिको अर्थ येशूद्वारा पूर्ण रूपमा प्राप्त गरिएको छ भन्ने होइन, तर मानिस अब पापको अधीनमा थिएन, उसका पापहरू क्षमा गरिएका थिए भन्‍ने हुन्थ्यो। तैँले विश्‍वास गर्दा तँ कहिल्यै पापको अधीनमा हुनेछैनस्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (२)”)। “किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)। “तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्” (वचन देहमा देखा पर्नुहुन्छको “पद र पहिचानको सम्‍बन्धमा”)।

परमेश्‍वरका वचनहरू पढेपछि, मैले सङ्गतिमा भनें: “अनुग्रहको युगमा प्रभु येशूले मानिसजातिका आवश्यकताहरूमा आधारित रही छुटकाराको काम गर्नुभयो। उहाँले पश्चात्तापको मार्ग व्यक्त गर्नुभयो ताकि मानिसहरूले पापबारे आफ्नो ज्ञानको आधारमा पाप स्वीकार्न र पश्चात्ताप गर्न सकून्, प्रभुलाई प्रेम गर्न खोज्न सकून्, नून र ज्योति बन्‍न सकून्, आफैलाई जस्तो अरूलाई प्रेम गर्न सकून् र अरू धेरै कुरा गर्न सकून्। मानिसहरूले असल व्यवहार सिक्नु भनेको छुटकाराको कामको परिणाम थियो। हामीले प्रभु येशूद्वारा छुटकारा पाउँदा, हाम्रा पापहरू क्षमा हुन्छ र उहाँले हामीलाई पापीको रूपमा हेर्नुहुन्न। तर त्यसको अर्थ हामी पापबाट मुक्त भयौं वा हामी धोइएका छौं भन्ने होइन, किनभने हाम्रो पापी प्रकृति अझै पनि जरा गाडेर बसेको हुन्छ र हामीले सधैँ अहङ्कार, धूर्तपन, छल, दुष्टता र क्रूरता जस्ता आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गरिरहेका हुन्छौं। उदाहरणको लागि, यदि हामीसित कुनै वरदान वा शक्ति वा केही क्षमता छ भने, हामी आफूलाई अद्भुत ठान्छौं। हामी अभिमानी हुन्छौं र अरूलाई तुच्छ ठान्छौं। जब हामी आफ्नो काममा त्यागहरू गर्छौं वा अलिकति पीडा भोग्छौं, तब हामी आफूलाई अरूले प्रशंसा गरून् भनेर देखावटी र बहाना नगरी सक्दै सक्दैनौं। आफूभन्दा अरू कोही उत्तम भएको देख्दा, हामी ईर्ष्यालु हुन सक्छौं र तिनीहरूलाई घृणा गर्न सक्छौं। कुनै कुराले आफ्नो हितमा धक्का पुऱ्याउँदा हामी झूट बोल्न वा छल्न सक्छौं। सङ्कष्टहरू, परीक्षाहरू, प्रकोपहरू, बिमारी वा पारिवारिक सङ्कट आइपर्दा, हामी परमेश्‍वरलाई गलत ठान्छौं र दोष दिन्छौं वा यहाँसम्म कि उहाँलाई नकार्छौं र धोका दिन्छौं। यी सबै कुराले के देखाउँछन् भने, हामी अझै पापको बन्धनमा छौं अनि अझै पाप गर्न सक्छौं र परमेश्‍वरको विरोध गर्न सक्छौं। दुई हजार वर्षदेखि सबै जना पाप गर्ने अनि पाप स्वीकार्ने यो भयानक चक्रमा जिइरहेका छन्, र यसबाट एक जना व्यक्ति पनि मुक्त भएको छैन। यो त स्पष्टै छ। यदि हामीले आफूलाई प्रभुले माग गर्नुभएका कुराहरू झूटो नबोल्नु, दोषरहित र शुद्ध हुनुसित तुलना गऱ्यौं भने, हामी त्यसको एक छेउ पनि छैनौं। हामी सम्भवतः परमेश्‍वरको महिमा गर्न वा साक्षी दिन सक्दैनौं। हामीजस्ता मानिसहरू कसरी राज्यमा प्रवेश गर्न सक्छन्? प्रभु येशूले भन्नुभयो, ‘साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ’ (यूहन्‍ना ८:३४-३५)। त्यसकारण, यदि हामी धोइन र राज्यमा प्रवेश गर्न चाहन्छौं भने, हामीलाई पापबाट छुटाउन, हाम्रा शैतानी स्वभावहरू समाधान गर्न, अनि हाम्रो पाप र परमेश्‍वरप्रतिको विरोधलाई जरैदेखि उखेल्न आखिरी दिनहरूमा परमेश्‍वर फर्केर आउनु र उहाँले काम गर्नु हाम्रो लागि आवश्यक छ।”

यो सङ्गतिपछि, मेलले अब के कुरा बुझेँ भनेर भन्नुभयो भने, प्रभु येशूले केवल छुटकाराको काम गर्नुभयो, अनि हामी विश्‍वासद्वारा धर्मी ठहरिने भए तापनि, हामी अझै पाप गर्छौं र अझै पापको बन्धनमा छौं, त्यसकारण, हामी अवश्यै राज्यमा प्रवेश गर्न सक्दैनौं। तर, उहाँले यसबारे केही सोचेपछि भन्नुभयो, “तर तपाईंले भन्नुभयो, आखिरी दिनहरूमा प्रभुले मुक्तिको अर्को चरणको कार्य गर्दैहुनुहुन्छ। त्यो त प्रभु येशूको मुक्तिलाई इन्कार गरेको जस्तो देखिन्छ। हाम्रा पापहरू हाम्रो विश्‍वासद्वारा क्षमा भएका छन्, त्यसकारण, हामी धर्मी नभए तापनि परमेश्‍वरको मुक्ति सिद्ध छ। प्रभु येशूको कामको पूर्तिले त्यसलाई सम्हाल्यो, त्यसैले योभन्दा बढी मुक्ति छैन। हामीले मुक्ति पाइसकेपछि फेरि मुक्ति पाउन सक्दैनौं। के त्यसको अर्थ प्रभुको मुक्ति व्यर्थ थियो भन्ने होइन र? सिस्टर, तपाईंलाई मात्र यी शङ्काहरू भएको जस्तो देखिन्छ किनभने प्रभुको मुक्तिमा तपाईं विश्‍वास गर्नुहुन्न।”

यसमा मैले सोचेँ, “ब्रदर मेल निकै जवान हुनुहुन्छ तर उहाँसित केही बलिया धारणाहरू रहेछन्। विश्‍वासद्वारा धर्मी ठहरिंदैमा कुनै व्यक्तिले राज्यमा प्रवेश पाउँदैन भनेर उहाँ सहमत हुनुहुन्छ, तर आखिरी दिनहरूमा परमेश्‍वरको मुक्तिको कार्यलाई उहाँ स्वीकार्न सक्नुहुन्न।” मैले परमेश्‍वरसँग प्रार्थना गरें र उहाँको मार्गदर्शन मागेँ. प्रार्थना गरेपछि मैले मेललाई भनें, “परमेश्‍वरले आखिरी दिनहरूमा अर्को चरणको कार्य गर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ। त्यो कुरा २ कोरिन्थी १:१० मा छ: ‘उहाँले यस्तो ठूलो मृत्युबाट हामीलाई छुटकारा दिनुभयो, र छुटकारा दिनुहुन्छ: हामीले जसमा भरोसा गरेका छौं उहाँले हामीलाई अझै पनि छुटकारा दिनुहुनेछ।’ त्यो कुरा हिब्रू ९:२८ मा पनि छ: ‘यसरी धेरैको पाप बोक्‍नको लागि एकपटक ख्रीष्टको बलि चढाइयो; र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ पापरहित रूपमा मुक्ति दिन दोस्रोपटक देखा पर्नुहुनेछ।’ १ पत्रुस १:५ यसो भन्छ: ‘जसलाई परमेश्‍वरको शक्तिद्वारा विश्‍वासमार्फत आखिरी समयमा प्रकट गरिन लागिएको मुक्तिमा राखिन्छ।’ अनि यूहन्ना १२:४७-४८ यसो भन्छ: ‘अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ।’ १ पत्रुस ४:१७ भन्छ: ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।’ यी पदहरूले भन्छन्: ‘उहाँले हामीलाई अझै पनि छुटकारा दिनुहुनेछ,’ ‘र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ दोस्रोपटक देखा पर्नुहुनेछ,’ ‘आखिरी समयमा प्रकट गरिन लागिएको मुक्ति,’ अनि ‘परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।’ यी सबैको अर्थ के हो भने, परमेश्‍वरले आखिरी दिनहरूमा हाम्रा पापहरूबाट मानिसजातिलाई छुटकारा दिनु होइन, तर हामीलाई न्याय गर्न, धुन र पूर्ण मुक्ति दिन अर्को चरणको काम गर्नुहुनेछ। प्रभु येशूको छुटकाराको कार्यले हामीलाई हाम्रा पापहरूबाट मुक्त गऱ्यो र आखिरी दिनहरूमा परमेश्‍वरले हाम्रो पापी प्रकृतिलाई सदाका लागि हटाउन, हामीलाई पापबाट पूर्ण छुटकारा दिन र धुन न्यायको काम गर्नुहुनेछ।”

त्यसपछि मेलले छक्क पर्दै भन्नुभयो, “त्यसैले के थाहा हुन्छ भने, परमेश्‍वरले आखिरी दिनहरूमा न्याय र धुने काम गर्दैहुनुहुन्छ अनि मुक्तिको अर्को चरण छ। मलाई बताउनुहोस्, परमेश्‍वरले न्यायको यो काम कसरी गर्नुहुन्छ?”

त्यसैले, मैले यो सङ्गति दिएँ: “हिब्रू ४:१२ ले भन्छ: ‘परमेश्‍वरको वचन शीघ्र र शक्तिशाली अनि दुई-धारे तरबारभन्दा पनि धारिलो छ, जसले प्राण र आत्मा अनि जोर्नी र मासीसम्‍म अलग हुने गरी छेड्छ र यसले हृदयका विचार र अभिप्रायहरू खुट्ट्याउँछ।’” त्यसपछि मैले उहाँलाई परमेश्‍वरका केही वचनहरू पढेर सुनाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)। “यो युगको दौरान परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान; मानव प्रकृति र सार, र उसको भ्रष्ट स्वभावको पर्दाफास; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो। परमेश्‍वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्‍मका कामहरू होइन। उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देख्‍न र परमेश्‍वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्‍वरका वचनहरूद्वारा, मानिसले परमेश्‍वरका कामहरू देखोस्” (वचन देहमा देखा पर्नुहुन्छको “आज परमेश्‍वरको कामलाई बुझ्‍नु”)। यो पढेपछि मैले मेरो सङ्गतिलाई निरन्तरता दिएँ। “आखिरी दिनहरूमा फर्कनुभएका प्रभु येशू अर्थात् सर्वशक्तिमान परमेश्‍वर देह हुनुभएको छ र पृथ्वीमा आउनुभएको छ अनि उहाँले न्यायको काम गर्न सत्यता प्रयोग गरिरहनुभएको छ। उहाँ मानिसजातिलाई धुने र पूर्णतया मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ, मानिसहरूका शैतानी स्वभावहरूलाई खुलासा र चिरफार गर्नुहुन्छ, हाम्रा धारणहरू र परमेश्‍वरबारे निरर्थक बुझाइहरूका साथै शैतानी दर्शनहरू, विषहरू र हामीभित्रका दृष्टिकोणहरू खुलासा गर्नुहुन्छ। यसरी हामी सबै प्रकारका सत्यताहरू बुझ्न सक्छौं, परमेश्‍वरको धर्मी स्वभाव, उहाँको पवित्र र सुन्दर सार अनि उहाँको सर्वशक्तिमान क्षमता र बुद्धि जान्न सक्छौं। परमेश्‍वरका वचनहरूले हामीले पहिला कहिल्यै याद नगरेका भ्रष्टताहरू प्रकट गर्छन्, अनि उहाँका वचनहरूमा प्रकट भएका कुराहरू मार्फत हामी परमेश्‍वर र आफैबारे ज्ञान प्राप्त गर्न सक्छौं। त्यसपछि हाम्रा भ्रष्ट स्वभावहरू बिस्तारै धोइन्छ र परिवर्तन हुन्छ। हामीले सर्वशक्तिमान परमेश्‍वरका एकदमै धेरै वचनहरू पढेपछि, केही सत्यताहरू बुझेपछि, अनि विश्‍वासद्वारा धर्मी ठहरिने र अनुग्रहद्वारा मुक्ति पाइने हाम्रा धारणाहरूबारे केही समझ प्राप्त गरेपछि, हामी के बुझ्छौं भने, आफ्नो अपवित्र अवस्था र भ्रष्टताको बाबजुद राज्यमा प्रवेश गर्न चाहनु भनेको अहङ्कार र अनुचित कुरा हो। त्यसपछि हामी साँच्चै परमेश्‍वरसँग पश्चात्ताप गर्न थाल्छौं, र यसको अर्थ हामीले परमेश्‍वरका वचनहरूको न्यायलाई स्वीकार्न थाल्नु हो।”

यो सुनेपछि, मेलले मुस्कुराउँदै भन्नुभयो, “मलाई साँच्चै परमेश्‍वरद्वारा न्याय गरिएको महसुस हुन्छ। मैले प्रभु येशूमा यत्तिका वर्ष विश्‍वास गरेको विगतलाई सम्झिँदा, मलाई लाग्थ्यो, विश्‍वासद्वारा धर्मी ठहरिएर र अनुग्रहद्वारा मुक्ति पाएर म राज्यमा प्रवेश गर्न सक्छु अनि यो साँचो हो भन्ने कुरामा शङ्का लाग्दैनथियो। अहिले के बुझेँ भने, मेरो विश्‍वास आफ्ना धारणाहरू र कल्पनाहरूमाथि निर्माण भएको रहेछ अनि यो परमेश्‍वरको इच्छाअनुरूप पटक्कै रहनेछ।”

मैले भनेँ, “त्यो सही हो। यदि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले यी सबै प्रकट नगरेका भए, हामी कसैले पनि यो बुझ्नेथिएनौं।” त्यसपछि मैले उहाँलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेर सुनाएँ। “विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्‍ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्‍नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्‍नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्‍न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा आज्ञापालन गर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट काम गर्नेहरू दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्” (वचन देहमा देखा पर्नुहुन्छको “विजयको कामको भित्री सत्यता (१)”)। मैले उहाँलाई बताएँ, “परमेश्‍वरका वचनहरूद्वारा न्याय र खुलासा गरिँदा, मानिसहरूका भ्रष्ट स्वभावहरू धोइन्छन् अनि तिनीहरू साँच्चै धर्मी हुन्छन्। तिनीहरू सुरक्षित हुन सक्छन् अनि ठूला-ठूला विपत्तिहरूबाट बच्छन् र परमेश्‍वरको राज्यमा प्रवेश गर्छन्। तर अनुग्रह र मुक्तिबारे मात्र सोच्ने अनि परमेश्‍वरका आखिरी दिनहरूको न्यायको कार्यलाई इन्कार गर्नेहरूलाई परमेश्‍वरले खुलासा गर्नुहुनेछ र हटाउनुहुनेछ। विपत्तिहरू आउँदा तिनीहरू रुनेछन्। यसले प्रकाश २२:११ को अगमवाणी पूरा गर्छ: ‘अन्यायी, अझै अन्यायी नै रहिरहोस्: अनि फोहोरी, अझै फोहोरी नै रहिरहोस्: र धर्मी, अझै धर्मी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्।’ त्यसरी धर्मीलाई अधर्मीबाट अलग गरिनेछ, अनि त्यसपछि परमेश्‍वरले मानिसहरूसित उनीहरूले गरेका कामअनुसार व्यवहार गर्दै असल जत्तिलाई इनाम र खराब जत्तिलाई दण्ड दिन थाल्नुहुनेछ।”

मेलले खुसी हुँदै उत्तर दिनुभयो, “त्यसोभए, आखिरी दिनहरूको न्यायको काम मानिसहरूलाई धुनको लागि मात्र होइन तर विभिन्न प्रकारका मानिसहरूलाई खुलासा गर्नको लागि पनि रहेछ। परमेश्‍वरको कार्य साँच्चै बुद्धिले भरिएको छ! हाम्रा पाष्टरले सधैँ प्रचार गर्ने विश्‍वासद्वारा धर्मी ठहरिने र अनुग्रहद्वारा मुक्ति पाइने भन्‍ने कुरा सही छैन। मैले कहिल्यै समझशक्ति पाइनँ। प्रभुको मुक्ति पहिल्यै पूरा भइसकेको छ र थप कुनै मुक्ति छैन अनि त्यसरी धर्मी ठहरिएर र मुक्ति पाएर हामी राज्यमा प्रवेश गर्न सक्छौं भन्ने सोचाइ राखेर म केवल ती धारणाहरूमा अडिग भइरहें। त्यसबारे अहिले सोच्दा नराम्रो लाग्छ। मलाई यो सुन्ने मौका दिएर प्रभुले कृपा देखाउनुभएकोमा म धन्यवाद दिन्छु। म परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम स्वीकार्न इच्छुक छु।”

उहाँले परमेश्‍वरका आखिरी दिनहरूको न्यायलाई स्वीकार्न चाहेको देखेर म रोमाञ्चित भएँ। तर केही दिनपछि मैले उहाँलाई भेट्दा म छक्क परेँ अनि उहाँ सप्ताहन्तमा उहाँका पाष्टरको घरमा जानुभएको र उनलाई मेरो सङ्गति सुनाउनुभएको कुरा उहाँले बताउनुभयो। उहाँका पाष्टरले म गलत छु, विश्‍वासद्वारा धर्मी ठहरिनु र अनुग्रहद्वारा मुक्ति पाउनु सही हो, अनि आखिरी दिनहरूमा परमेश्‍वरद्वारा न्याय गरिनु आवश्यक छैन भनेर बताएछन्। उनले मेललाई मसित सम्पर्क नराख्नु पनि भनेछन्। उहाँले यो कुरा भन्दैगर्दा उहाँ निकै हतोत्साहित हुनुहुन्थ्यो भन्‍ने मलाई थाहा भयो अनि उहाँ अहिले परमेश्‍वरका आखिरी दिनहरूको न्याय स्वीकार्नेबारे अनिश्चित हुनुहुन्छ भन्‍ने मैले देखेँ। मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरें र मेरो गवाहीमा मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरें। त्यसपछि, परमेश्‍वरका वचनहरूको खण्ड मेरो मनमा आयो। “परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने बारेमा नै धेरै कुरा गर्नुपर्दछ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै सहेका छौ, र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ; तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, जुन साँचो हुन्छ र हृदयबाट निस्केको हुन्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूले ती देख्दा तिनको सराहना गर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। यो साँचो हो। साक्षी दिनु भनेको परमेश्‍वरका आखिरी दिनहरूको कार्यबारे मानिसहरूलाई बताउनु मात्र होइन। महत्त्वपूर्ण कुरा भनेको, परमेश्‍वरको न्यायको कामले मानिसहरूलाई साँच्चै धुन र मुक्ति दिन सक्छ भनेर गवाही दिन हामीले आफ्ना अनुभवहरू प्रयोग गर्नु हो। मलाई लाग्यो, मैले परमेश्‍वरको न्याय पाएकी छु, त्यसकारण, किन मैले उहाँलाई आफ्ना व्यक्तिगत अनुभवहरूबारे नबताउने र? यो सोचेपछि म शान्त भएँ र अघि बढ्ने मार्ग भेटेँ।

मैले मेललाई भनें, “परमेश्‍वरले आखिरी दिनहरूमा अर्को चरणको मुक्तिको कार्य गर्नुहुन्छ। प्रभु फर्कनुहुन्छ र न्यायको काम गर्नुहुन्छ अनि यो कसैले नकार्न नसक्ने तथ्य हो। हामी शैतानद्वारा भ्रष्ट भएपछि, स्वतः प्राकृतिक तवरमै सत्यतालाई प्रेम गर्दैनौं अनि हामी यसलाई अवश्यै अभ्यास गर्न सक्दैनौं। कतिपय मानिसहरूले आफूलाई नियन्त्रण गर्न सक्छन् वा उपवास बस्छन् र प्रार्थना गर्छन्, तर कोही पनि पापबाट पूर्ण रूपमा उम्कन सक्दैनन्। मानिसहरू भन्ने गर्छन्, ‘मानिसको प्रकृतिभन्दा त पर्वत र नदीलाई सार्नु नै सजिलो हुन्छ।’ आखिरी दिनहरूमा परमेश्‍वरको न्याय र धुवाइ स्वीकार नगरी, हाम्रो शैतानी प्रकृतिले हामीभित्र बलियो जरा गाडेर बस्नेछ अनि यसले कुनै पनि समय हाम्रा शैतानी स्वभावहरू प्रकट गर्न लगाउन सक्छ वा हामीलाई परमेश्‍वरको विरोध गर्न र उहाँविरुद्ध विद्रोह गर्न समेत लगाउन सक्छ। उदाहरणको लागि, मलाई लिनुहोस्। म निकै अहङ्कारी व्यक्ति थिएँ। मसित केही क्षमता थियो अनि मैले प्रभुको सेवा गर्न धेरै कुरा गरेकी थिएँ र धेरै त्यागहरू गरेकी थिएँ। मलाई सधैँ म परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति हुँ भन्‍ने लाग्थ्यो, तर प्रभु येशू फर्कनुभएको छ र आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ भन्ने गवाही सुन्दा, मैले त्यो स्वीकार गर्न मानिनँ। मलाई लाग्यो, हामी विश्‍वासद्वारा धर्मी ठहरियौं, हामीले अनुग्रहद्वारा मुक्ति पायौं। त्यसकारण, त्यसबेला मैले यसबारे सोच्दै नसोची यसो मात्र भनें, ‘परमेश्‍वरले थप कार्य गर्नुहुने त कुरै आउँदैन। हामीले उहाँको न्यायको कार्य स्वीकार्नु आवश्यक छैन।’ त्यसपछि, दाजुभाइ-दिदीबहिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा सङ्गति दिइरहे अनि अन्त्यमा मेरा धारणाहरू सुधार भए। सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्यलाई स्वीकार गरेपछि, मैले एक दिन आफ्नो एउटा भक्तिको सममा सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूका केही खण्डहरू पढेँ, त्यसले मलाई साँच्चै लज्जित तुल्यायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, ‘तँ प्राकृतिक रूपमै विलक्षण प्रतिभा लिएर जन्‍मेको पुत्र, स्वर्गहरूभन्दा अलिकति मात्र तल, तर पृथ्वीभन्दा असीमित रूपमा उच्च व्यक्ति होस् भनी नसोच्। तँ अरू कोहीभन्दा चलाख छँदै-छैनस्—र यो पनि भन्न सकिन्छ कि यस पृथ्वीका विवेक भएको कुनै पनि मानिसभन्दा तँ कति धेरै मूर्ख छस् त्यो हास्यास्पद छ, किनकि तैँले आफूलाई धेरै उच्च ठान्छस्, र तँमा कहिल्यै पनि हीनताको भाव थिएन, मानौँ तैँले मेरा कामहरूको सानोभन्दा सानो कुरा बुझ्न सक्छस्। वास्तवमा भन्ने हो भने, तँ त्यस्तो व्यक्ति होस् जसमा मूल रूपमा नै विवेकको अभाव छ, किनकि म के गर्न चाहन्छु त्यो तँलाई थाहा छैन, र मैले अहिले के गर्दैछु त्यसबारे तँलाई अझै थोरै थाहा छ। अनि यसैले म भन्छु कि तँ खेतमा कठोर परिश्रम गर्ने वृद्ध किसानको बराबरी समेत छैनस्, यस्तो किसान जोसँग मानव जीवनको बारेमा थोरै दृष्टिकोण हुँदैन र जो आफ्नो खेतमा खेती गर्दा सम्पूर्ण रूपले स्वर्गको आशिषमाथि निर्भर हुन्छ’ (वचन देहमा देखा पर्नुहुन्छको “जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?”)। ‘तिमीहरूको “असम्भव” भन्ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ’ (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ”)। ‘यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ’ (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ”)।”

त्यसपछि मैले उहाँलाई भनें, “परमेश्‍वरका वचनहरू पढ्दा मलाई गहिरो धक्का लाग्यो। म कत्ति अहङ्कारी रहेछु भनेर बुझेँ। परमेश्‍वरका आखिरी दिनहरूको कार्य मकहाँ आउँदा मैले त्यसलाई खोजिनँ वा छानबिन गरिनँ अनि ती परमेश्‍वरको आवाज हुन् कि भनेर हेर्न उहाँका वचनहरू इमानदारीसाथ पढिनँ। मैले केवल अहङ्कारी हुँदै परमेश्‍वरले थप कार्य गर्नुहुन्न भनेर भनें, मानौं मसित परमेश्‍वरको कार्य जाँच्ने उपकरण छ। म त शैतानले भ्रष्ट पारेको अर्को एउटा व्यक्ति मात्र थिएँ। कसरी म परमेश्‍वरको कार्यलाई बुझ्न सक्थें र? परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले गर्नुहुने कुनै पनि कार्य उहाँको व्यवस्थापनको योजनाअनुसार छ। मानौं परमेश्‍वरले आफ्नो कामको लागि मेरो अनुमोदन खोज्नुपर्छ, मेरा धारणाहरू अनुकूल बनाउनुपर्छ! ‘कुरै आउँदैन’ भन्‍ने मेरो ठोकुवाले परमेश्‍वरलाई सीमित पारिरहेको थियो, अनि यसले मैले परमेश्‍वरको विरोध र निन्दा गरिरहेकी थिएँ भनेर पनि देखायो। त्यो काम त फरिसीहरूको जस्तै भयो, जसले मसीह आउनुहुन्छ भनेर सधैँ प्रतिक्षा गरिरहेका थिए, तर प्रभु येशू देखा पर्नुहुँदा र उहाँले काम गर्नुहुँदा तिनीहरूले उहाँलाई चिनेनन्। तिनीहरूले आफ्ना धारणाहरूको आधारमा उहाँलाई न्याय गरे र दोषी ठहर्याए अनि उहाँलाई क्रूसमा टाँग्‍न समेत लगाए। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याए र उहाँबाट सजाय भोगे। मेरो व्यवहार प्रभु येशूको विरोध गर्ने फरिसीहरूको व्यवहारभन्दा फरक थिएन! यो महसुस गरेर मैले के पनि बुझेँ भने, प्रभुको अनुग्रह पाउनुले र केही असल कुराहरू गर्नुले स्वभाव परिवर्तनको ठाउँ लिन सक्दैन। परमेश्‍वरबाट न्याय नगरिइकन र नधोइकन, मलाई मन नपर्ने केही कुरा हुँदा मेरो अहङ्कार सबै कारण गुमाउने हदसम्म बाहिर निस्की हाल्‍नेथियो। मलाई लाग्थ्यो, मैले साँचो मार्गको बचाउ गरिरहेकी छु र म परमेश्‍वरप्रति समर्पित छु, जबकि मैले वास्तवमा परमेश्‍वरको विरोध र निन्दा गरिरहेकी थिएँ। मैले पुरै समझ गुमाइरहेकी थिएँ। यो साह्रै भयानक कुरा हो। मैले परमेश्‍वरका वचनहरूको न्याय मार्फत आफ्नो अहङ्कारी स्वभावबारे केही बुझाइ प्राप्त गरें अनि त्यसपछि मैले अहङ्कार देखाउन लाग्दा परमेश्‍वरको न्याय र सजायका वचनहरू पढ्थें र आफूबारे मनन गर्थें। थाहै नपाई, म नम्र व्यक्ति भएँ र मैले आफ्नो केही भित्री विवेक र तर्कशक्ति पुनः प्राप्त गरें। मलाई मन नपर्ने केही कुरा हुँदा जथाभाबी न्याय गर्नु, कुराहरूलाई सीमित पार्नु वा हठी भई आफ्नै दृष्टिकोणलाई पक्रिराख्नुको सट्टा म सत्यता खोज्न सक्षम भएँ। साथै, मैले परमेश्‍वरप्रति श्रद्धा विकास गरें र बिस्तारै मानव स्वरूप हासिल गरें। मैले न्याय र सजाय भनेको क्रमिक परिवर्तन र धुवाइ हो, अनि यो, परमेश्‍वरका वचनहरू मार्फत हाम्रा शैतानी स्वभावहरू परिवर्तन गर्ने प्रक्रिया हो भन्‍ने बुझेँ। परमेश्‍वरका वचनहरू कठोर र घोच्ने छन्, तर यो, मानिसजातिको लागि उहाँको अझ महान, अझ गहिरो प्रेम हो। एउटा भनाइ छ, ‘औषधी तीतो हुन्छ।’ यसरी परमेश्‍वरले हामीलाई न्याय गर्नु र खुलासा गर्नु भनेको हाम्रा भ्रष्ट स्वभावहरू अझ राम्ररी परिवर्तन गर्नु हो। परमेश्‍वरले यसो गर्नुहुन्छ किनकि उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ। मैले यी सबै बुझेपछि, म परमेश्‍वरका वचनहरूबाट अझ धेरै न्याय र सजाय स्वीकार्न अनि जतिसक्दो चाँडो आफ्नो अहङ्कार त्याग्न र मानव स्वभावमा जिउन इच्छुक भएँ। मैले के पनि बुझेँ भने, परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कार्य हाम्रो जीवनमा ठ्याक्कै चाहिएको कुरा हो अनि यस प्रकारको न्यायले मात्र हामीलाई पापबाट मुक्ति दिन सक्छ। न्याय र सजाय वास्तवमै हाम्रो निम्ति परमेश्‍वरबाटको मुक्ति हो अनि अनुग्रह वा पापबलिभन्दा प्रेम महान् हो।”

मेरो सङ्गति सुनेपछि, मेलले खुसी हुँदै भन्नुभयो, “मैले प्रभु येशूमा विश्‍वास गरेको यत्तिका वर्षमा, अर्को मण्डली सदस्यले आफ्नो भ्रष्टताबारे बोलेको कहिल्यै सुनेको छैन। तिनीहरू आफू कत्ति असल छन् भनेर देखावटी मात्र गर्छन्। सबैले बाहिर-बाहिर मात्र आपसमा सहनशीलता अभ्यास गर्छन्, तर आफ्नो हितको कुरा आउँदा, सबै प्रेम हराउँछन्। अहिले मैले के बुझेँ भने, यो शैतानी स्वभावहरूले गर्दा भएको हो अनि परमेश्‍वरका वचनहरूको न्याय र शुद्धीकरण अनुभव नगरी, हामीले आफूलाई कहिल्यै चिन्नेछैनौं वा परमेश्‍वरका वचनहरू सुन्नेछैनौं र उहाँप्रति समर्पित हुनेछैनौं। हामी साँच्चै आफैलाई जस्तो अरूलाई प्रेम गर्न पनि सक्षम हुनेछैनौं। न्याय र सजाय मानिसजातिका निम्ति वास्तवमै परमेश्‍वरको मुक्ति हो र यो हामीलाई आवश्यक छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू साँच्चै सत्यता हुन्। अबउसो म अरू मानिसहरूको कुरा सुन्नेछैन। म सर्वशक्तिमान् परमेश्‍वरमा मात्र विश्‍वास गर्नेछु र उहाँका वचनहरू मात्र स्वीकार्नेछु!” उहाँले यो भन्दै हाम्रो च्याट समूहको नाम परिवर्तन गरेर “यो मेरो वास्तविक परिवार हो” भन्‍ने राख्नुभयो। यस जवान व्यक्तिले आँशु झार्दै भन्नुभयो, “मैले परमेश्‍वरलाई पाएको छु; मैले मेरो परिवार पाएको छु। जहाँ म परमेश्‍वरका वचनहरू पढ्न सक्छु, त्यही मेरो परिवार हो!” उहाँले यसो भन्नुभएको सुनेर म साँच्चै उत्प्रेरित भएँ।

मैले मेललाई सुसमाचार सुनाएको आफ्नो अनुभवबाट कुन कुराको गहिरो कदर गर्न सकेँ भने, सत्यता नबुझीकन, मानिसहरूलाई सबै प्रकारका धार्मिक धारणाहरू र भ्रमहरूले फसाउन र सीमित पार्न सक्छन्। हामीले साँच्चै परमेश्‍वरमा भर पर्नु, मानिसहरूलाई परमेश्‍वरका वचनहरू सुनाउनु र सत्यतामाथि सङ्गति गर्नु आवश्यक छ, र हामीले परमेश्‍वरको मुक्तिको गवाही दिन उहाँको कार्यको अनुभवबाट प्राप्त साँचो बुझाइलाई प्रयोग गरेर यो काम गर्नुपर्छ। परमेश्‍वरसामु साँच्चै आउनको लागि मानिसहरूले सत्यता बुझ्नु र आफ्ना धारणाहरूबारे समझशक्ति विकास गर्नु आवश्यक छ। मानिसजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्य कत्ति गाह्रो छ भनेर पनि मैले अनुभव गरेकी छु। म परमेश्‍वर सँगसँगै काम गर्न अनि परमेश्‍वरलाई खुसी पार्नको लागि साँचो विश्‍वास भएका अझ धेरै मानिसहरूलाई उहाँसामु ल्याउन चाहन्छु।

अघिल्लो: मेरो रोजाइ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

मण्डली अगुवा अधिकारी होइनन्

मत्तेव, फ्रान्स मेरो नाउँ म्याथ्यू हो र मैले तीन वर्षअघि सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। सन् २०२० को अक्टोबरमा...

झुटहरूपश्चात्

चेन शी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले इमानदारलाई मन पराउनुहुन्छ भन्ने कुरा तिमीहरूले थाहा पाउनुपर्छ। वास्तवमा,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्