मैले मेरो सहकर्मीलाई तिरस्कार गर्न छोडेको छु
म मण्डलीको पुस्तक-पुस्तिका र सामग्रीहरू व्यवस्थापन गर्ने काम गर्छु। म सामान्यतया विभिन्न वस्तुहरू मिलाएर राखिएको छ कि हटाइएको छ, तिनलाई राम्ररी मिलाइएको छ कि छैन, र आएका र गएका सामानहरू सम्बन्धी विवरण स्पष्ट छन् कि छैनन् भन्ने कुरा जाँच्ने गर्छु। मैले लापरवाही गरेँ भने सबै कुरा बरबाद हुन्छ भन्ने मलाई डर लाग्छ। मसँग काम गर्ने क्यामरुन अलिक लापरवाही थिए र राम्ररी मिलाएर राख्ने कार्यमा ध्यान दिँदैनथे। कहिलेकहीँ, तिनले सामानहरू फ्याँकेर राख्ने वा त्यतिकै थाकमा छोडिदिने गर्थे, त्यसकारण मलाई सधैँ तिनको बारेमा चिन्ता लाग्थ्यो, र मैले तिनको काम जाँच गर्नुपर्थ्यो। क्यामरुनले सामानहरू जथाभाबी राखेको देख्दा वा आउने-जाने सामानहरूको विवरण स्पष्ट नहुँदा, मलाई यति चिन्ता लाग्थ्यो कि मलाई रिस उठ्थ्यो र म तिनीसँग सङ्गति गर्दिनथिएँ। सुरुमा त, म मेरो ब्रदरको भावनालाई ध्यान दिन्थेँ अनि मेरो शैली र शब्दहरूप्रति होशियार हुन्थेँ, तर समय बित्दै जाँदा, मैले यी कुराहरूको बारेमा वास्ता गर्न छोडेँ, र तिनलाई बारम्बार यो वा त्यो गलत भयो भनेर भन्थेँ। कहिलेकहीँ मलाई रिस उठ्थ्यो र तिनलाई यसो भन्दै हप्काउँथेँ, “किन फेरि पनि गलत ठाउँमा सामान राख्नुभएको? एउटा यहाँ राख्नुहुन्छ अनि अर्को त्यहाँ राख्नुहुन्छ। सामान जहाँ थियो त्यहीँ ठाउँमा राख्न सक्नुहुन्न? आफै काम गर्दा सबै कुरा मिलाउनु एकछिन मात्रै लाग्छ, तर तपाईं खालि लथालिङ्ग छोड्नुहुन्छ, र तपाईंले कहिल्यै पनि पछि सामानहरू मिलाउनुहुन्न…।” क्यामरुनप्रतिको मेरो मनोवृत्ति झन्झन् खराब हुँदै गयो। कहिलेकहीँ, म तिनलाई भताभुङ्ग भएको कुरा मिलाउन आदेश दिने शैलीमा भन्थेँ।
एक पटक, आए-गएका सामानहरूको विवरणहरू जाँचिरहेको बेला, तिनले तीमध्ये कतिपय विवरणहरू यति नराम्ररी लेखेका रहेछन् कि ती बुझ्नै नसकिने किसिमका थिए। मलाई झनक्क रिस उठ्यो, र मैले सोचेँ, “यहाँ के लेखेको हो म अनुमान समेत गर्न सक्दिनँ!” म सीधै क्यामरुनकहाँ गएँ। शिक्षकले विद्यार्थीलाई हप्काएको जस्तै, मैले विवरणहरू उठाएँ र हरेक विवरण केको विवरण हो भनेर सोधेँ। मैले भनेँ, “मलाई अहिले के गर्ने मन छ तपाईंलाई थाहा छ? मलाई यी विवरणहरू अगुवाकहाँ लान मन छ, ताकि तपाईंले आफ्नो कर्तव्य कसरी पूरा गर्नुहुन्छ, अनि तपाईं कति लापरवाही हुनुहुन्छ भन्ने कुरा उनले देख्न सकून्!” क्यामरुनको अनुहारमा ग्लानिको भाव देखिन्थ्यो, र म भविष्यमा ध्यान दिन्छु भनेर भने। यस पटक यो संयोगवस भएको हो भनेर भने। उनले विवरण लेखिरहेको बेला कसैले उनलाई आपत्कालिन काम गर्न लगाएको थियो, त्यसकारण उनले यसको बारेमा बिर्सेका थिए। तर मैले उनलाई यसको बारेमा व्याख्या गर्न दिइनँ। मैले रिसाउँदै भनेँ, “यदि यस्तो कुरा फेरि भयो भने, म सीधै अगुवालाई यस्तो विवरण दिनेछु र उनलाई नै यो कुरा सम्हाल्न दिनेछु!” केही समयपछि नै, मैले क्यामरुनले भरेको एउटा रेकर्ड सीटमा फेरि पनि अस्पष्टता देखेँ। यसपटक, मलाई झनै रिस उठ्यो। म प्रश्न गर्न क्यामरुनकहाँ गएँ, “लेख्दा गल्ती गर्नुभयो भने, त्यहीमाथि नलेख्नुहोस्, अर्को ठाउँमा लेख्नुहोस् भनेर मैले तपाईंलाई पहिले नै भनेको थिएँ। तपाईंले सच्याउनुभएको ठाउँमा हेर्नुहोस् त। तपाईंले के लेख्नुभएको कसले बुझ्छ? मैले राम्ररी बुझिनँ भने, म तपाईंलाई सोध्न आउनुपर्छ। के यो झन्झटिलो हुन्छ भन्ने तपाईंलाई लाग्दैन? तपाईंलाई लाग्दैन भने पनि, मलाई झन्झटिलो लाग्छ!” म फेरि पनि रिसाएँ भन्ने देखेर, तिनले रेकर्डको शिट उठाएर भने, “त्यसो भए म फेरि यसलाई सच्याउँछु।” मैले रिसाउँदै चिच्याएँ, “पर्दैन! त्यसो गरेर यसमा सुधार हुँदैन!” त्यसो भनेपछि म त्यहाँबाट हिँडेँ, र मेरो ब्रदरलाई त्यहाँ अन्योल अवस्थामा रेकर्ड शिटसँग बसिरहेको अवस्थामा एकलै छोडेँ। त्यो बेला, मैले अलिक बढी नै गरेँ कि जस्तो महसुस भयो। तर मैले यसको बारेमा त्यति धेरै विचार गरिनँ, र यो कुरा त्यतिकै बिर्सिदिएँ। केही दिनपछि, म सानो कुरामा फेरि पनि क्यामरुनसँग रिसाएँ। तिनी पनि मदेखि रिसाए, र हामी मुखामुख लाग्यौँ। हामीले मिलेर काम गर्न सक्दैनौँ भन्ने थाहा पाएर, उनले मसँग सङ्गति गरिन् र परमेश्वरको वचनको एउटा खण्ड पढेर सुनाइन्, “ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निभाए पनि, तिनीहरूले जोसँग सहकार्य गरे पनि, सधैँ सङ्घर्ष र विवाद हुन्छ। तिनीहरू सधैँ अरूलाई हप्कीदप्की गर्न र अरूले आफूलाई ध्यान दियोस् भन्ने चाहन्छन्। त्यस्तो व्यक्तिले कोसँग सहकार्य गर्न सक्छ? कसैसँग पनि सक्दैन—तिनीहरूको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ। तिनीहरूले कसैसँग सहकार्य गर्न नसक्ने मात्र होइन, सधैँ अरूलाई माथि बसेर हप्कीदप्की गरिरहेका र विवश पारिरहेका हुन्छन्, अनि सधैँ मानिसहरूलाई जुवामा बाँधेर आज्ञापालन गराउन चाहिरहेका हुन्छन्। यो केवल स्वभावको समस्या होइन—तिनीहरूको मानवतामा पनि केही गम्भीर खराबी हुन्छ, जसले गर्दा तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। … मानिसहरूले सामान्य रूपमा अन्तरक्रिया गर्नको लागि, एउटा सर्त पूरा हुनुपर्छ: तिनीहरूले सहकार्य गर्न सक्ने हुनको लागि, तिनीहरूसँग कम्तीमा पनि विवेक र समझ, धैर्यता र सहनशीलता हुनुपर्छ। कर्तव्य निर्वाह गर्दा सहकार्य गर्न सक्ने हुनको लागि मानिसहरू एउटै मनको हुनुपर्छ, र अरूको सबल पक्षद्वारा आफ्नो कमजोरीलाई परिपूर्ति गर्न सक्नुपर्छ, र तिनीहरूले आधारभूत व्यवहार देखाउँदै धैर्य र सहनशील हुन सक्नुपर्छ। यसरी मात्र तिनीहरू मिलेर बस्न सक्छन्। कहिलेकहीँ द्वन्द्व र विवादहरू देखा पर्ने भए पनि, तिनीहरूले सहकार्य जारी राख्न सक्छन्; कम्तीमा पनि, शत्रुता पैदा हुनेछैन। मानवता नभएको हरेक व्यक्ति कुहिएको स्याउजस्तै हो। सामान्य मानवता भएकाहरूले मात्रै अरूसँग सहजै सहकार्य गर्न सक्छन्, र अरूसँग सहनशील र धैर्य हुन सक्छन्; तिनीहरूले मात्रै अरू मानिसहरूको विचार सुन्छन्, र अरूसँग छलफल गर्न तयार हुन्छन्। तिनीहरूमा पनि भ्रष्ट स्वभाव र अरूले तिनीहरूको कुरा सुनून् भन्ने अटुट इच्छा हुन्छ। तिनीहरूमा पनि त्यस्तो मनसाय हुन्छ—तर तिनीहरूमा विवेक र समझ हुन्छ, र तिनीहरूले सत्यताको खोजी गर्न, र आफूलाई चिन्न सक्छन्, र त्यस्तो व्यवहार अनुचित र हृदयदेखि भर्त्सना गर्नलायक हुन्छ भन्ने महसुस गर्छन्, र तिनीहरूमा आफूलाई काबुमा राख्ने क्षमता हुन्छ, तिनीहरूको काम गर्ने शैली र माध्यम अलिअलि गर्दै परिवर्तन हुन्छ अनि तिनीहरूले अरूसँग सहकार्य गर्न सक्छन्। यो भ्रष्ट स्वभावको प्रकटीकरण मात्रै हो। तिनीहरू दुष्ट मानिसहरू होइनन्, न त तिनीहरूमा ख्रीष्टविरोधीको सार नै हुन्छ। तिनीहरूले अरूसँग सहकार्य गर्न सक्छन्। यदि तिनीहरू दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरू भएको भए, तिनीहरूले अरूसँग कुनै पनि हालतमा सहकार्य गर्न सक्दैनथे। परमेश्वरको घरबाट निकालिने दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको जीवनमा यस्तै भएको हुन्छ। तिनीहरूले कसैसँग सद्भावपूर्ण सहकार्य गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई खुलासा गरिन्छ र हटाइन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरको पालना गर्न होइन तर तिनीहरूको आफ्नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। परमेश्वरको वचन पढिसकेपछि, अगुवाले मलाई यसो भन्दै सम्झाइन्, “मानिसहरूसँग मिलेर बस्नको लागि, कम्तीमा पनि हामीले तिनीहरूलाई आदर गर्नुपर्छ। यदि तपाईंले क्यामरुनलाई यसरी हप्काउनुभयो र सधैँ उहाँलाई डर-धम्की दिनुभयो भने, तपाईंसँग सबैभन्दा आधारभूत सम्मानको पनि कमी हुन्छ। के यो तपाईंको अत्यन्तै धेरै अहङ्कार होइन र? उहाँले गर्नुभएको हरेक कामलाई हेला गर्नुहुन्छ, दिनभरि उहाँलाई बेसाराले जस्तो नियाल्नुहुन्छ, र समस्याहरूलाई कहिल्यै पनि छोडिदिनुहुन्न। के यसो गर्नु उचित हो? क्यामरुन काममा व्यस्त रहनुहुन्छ र उहाँको स्मरण शक्ति त्यति राम्रो छैन। कतिपय समस्याहरू आउँछन् नै। के तपाईंले उहाँलाई उचित रूपमा व्यवहार गरेर अझै धेरै सहयोग गर्नुपर्ने होइन र? यसको साथै, उहाँ निरन्तर रूपमा सुधार भइरहनुभएको छ। तर के तपाईं सुधार हुनुभएको छ? तपाईंको स्वभाव र मानवतामा समस्या छ। मानिसहरूलाई सधैँ हकारिरहनु भ्रष्ट स्वभाव हो। के तपाईं आफ्नो आँखाको मुढा नदेख्ने तर आफ्नो भाइको आँखाको धूलोको कण देख्ने व्यक्ति हुनुहुन्न र?”
त्यसपछि, अगुवाले मलाई परमेश्वरको वचनको अर्को खण्ड पढेर सुनाइन्। “तिमीहरू के भन्छौ, के अरूसँग सहकार्य गर्नु गाह्रो हुन्छ? वास्तवमा, गाह्रो हुँदैन। तिमीहरूले यो सजिलो छ भनेरसमेत भन्न सक्छौ। तर पनि किन मानिसहरूलाई यो काम कठिन लाग्छ? किनभने तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ। मानवता, विवेक, र समझ भएका मानिसहरूका लागि, अरूसँग सहकार्य गर्नु तुलनात्मक रूपमा सहज हुन्छ, र सम्भवतः तिनीहरूले यसबाट आनन्द पनि लिन सक्छन्। कुनै व्यक्तिको क्षेत्र जे भए पनि, वा उसले जे गरिरहेको भए पनि, उसले एक्लै काम पूरा गर्न सहज हुँदैन, त्यसैले गल्ती औँल्याउने र मदत गर्ने व्यक्ति हुनु सधैँ राम्रो हुन्छ—यसरी काम गर्नु आफू एक्लैले गर्नुभन्दा धेरै सहज हुन्छ। यसको साथै, मानिसहरूको क्षमताले के गर्न सक्छ वा तिनीहरू आफैले के अनुभव गर्न सक्छन् भन्ने कुराको पनि सीमा हुन्छ। सबै विषयमा कोही पनि पोख्त हुन सक्दैन, एउटै व्यक्तिले सबै कुरा जान्नु, सबै कुरा सिक्नु, र सबै कुरा हासिल गर्नु असम्भव हुन्छ—त्यो असम्भव कुरा हो, र सबैमा यो कुराको समझ हुनुपर्छ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सहायता गर्ने, तँलाई दिशा देखाउने, सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही हुनुपर्छ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्भावना कम हुने कुरा सुनिश्चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरको पालना गर्न होइन तर तिनीहरूको आफ्नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। परमेश्वरका वचनहरू पढेपछि, अगुवाले मलाई थप सङ्गति दिइन्, र अन्तिममा मलाई सोधिन्, “यदि तपाईंले आफै सामानहरू मिलाउनुपर्थ्यो भने, तपाईंले गल्ती नगरी काम गर्न सक्नुहुन्थ्यो?” मैले लाज मान्दै भनेँ, “सक्दिनथिएँ।” अगुवाले भनिन्, “ठीक भन्नुभयो। कसैलाई पनि सबै कुरा थाहा हुँदैन, र आफ्नो कर्तव्य पूरा गर्नको लागि सबैलाई सहकर्मीको आवश्यकता हुन्छ। यदि तपाईंले मिलेर सहकार्य गर्न सक्नुहुन्न भने, कसरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्नुहुन्छ? तपाईंले यसको बारेमा विचार गर्नुपर्छ र आफ्ना समस्याहरूका बारेमा चिन्तन गर्नुपर्छ।”
म फर्केर आएपछि, मलाई निकै नरमाइलो लाग्यो। ममा कस्तो ठूलो समस्या छ भन्ने बारेमा मलाई किन थाहा भएन? मलाई त मेरो मानवता राम्रो छ र म मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर बस्न सक्छु भन्ने लाग्थ्यो, तर क्यामरुनसँग मेरो कर्तव्यमा सहकार्य गर्न थालेपछि, मलाई सधैँ म आत्म-धर्मी छु, मेरा विचार र व्यवहार सही छन् भन्ने लाग्थ्यो। मैले तिनमा आफ्नो इच्छा लादेँ र आफूले चाहेको कुरा तिनलाई गर्न लगाएँ। सत्यतामा सङ्गति गरेर मैले तिनलाई सहयोग गरिनँ, तर रिसाएँ र तिनलाई दोष दिएँ अनि हकारेँ। ममा कुनै मानवता वा तर्क-शक्ति थिएन। मलाई सधैँ म मेरो ब्रदरभन्दा सिपालु छु भन्ने लाग्थ्यो, त्यसकारण म तिनलाई हेला गर्थेँ। मलाई तिनी मन पर्दैनथियो, त्यसकारण मैले तिनका सबल पक्ष र कमजोरीको पक्षलाई सही तरिकाले समाधान गर्न सकिनँ। म हरेक मौकामा धाक लगाउँथेँ र तिनलाई हेप्थेँ। मूल रूपमा, क्यामरुन र म दुवैले मण्डलीका सामग्रीहरू मिलाउने कामको जिम्मेवारी पाएका थियौँ, तर म तिनीसँग केही कुराको बारेमा छलफल गर्दिनथिएँ। म सधैँ आफ्नै बारेमा मात्रै सोच्थेँ, र अन्तिम निर्णय गर्थेँ, र म क्यामरुनलाई आदेश दिन्थेँ। म तिनलाई सधैँ बच्चालाई जस्तो गाली गर्थेँ, अनि तिनलाई पाठ सिकाउने प्रयास गर्थेँ। मेरो स्वभाव अत्यन्तै अहङ्कारी थियो, र परमेश्वरले यो कुरालाई घृणा गर्नुहुन्थ्यो!
म अहङ्कारी छु र सधैँ अरूलाई मेरो कुरा सुन्न लगाउँछु भन्ने मलाई थाहा थियो तर यो समस्यालाई कसरी समाधान गर्ने मलाई थाहा थिएन। मैले परमेश्वरसँग प्रार्थना गरेँ र परमेश्वरको वचनको उचित खण्डहरू खोजेँ। एक दिन, परमेश्वरको वचनमा मैले यो कुरा पढेँ, “ख्रीष्टविरोधीहरूमा अरूलाई नियन्त्रण गर्ने र जित्ने अटुट महत्वाकाङ्क्षा र इच्छा हुन्छ। मानिसहरूसँग व्यवहार गर्ने क्रममा, तिनीहरूले सधैँ आफूलाई कसरी हेरिन्छ, र मानिसहरूको हृदयमा आफ्नो हैसियत छ कि छैन र आफूलाई आदर र पूजा गरिन्छ कि गरिँदैन भन्ने कुरा पत्ता लगाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू जुत्ता चाट्ने, चापलुसी गर्ने र हजुर-हजुर भन्ने मानिसहरू भेट्दा विशेष खुसी हुन्छन्; तिनीहरूले माथि बसेर त्यस्तो व्यक्तिलाई हप्कीदप्की गर्न थाल्छन् र खोक्रा कुराहरू गर्छन्, अनि त्यस व्यक्तिमा नियम, विधिविधान, धर्मसिद्धान्त, र धारणाहरू भरिदिन्छन् ताकि उसले तिनै कुरालाई सत्यता मानी स्वीकार गरोस्। तिनीहरूले यसो भन्दै यी कुराको बढाइसमेत गर्छन्, ‘यदि तिमीले यी कुराहरू स्वीकार गर्न सक्यौ भने, तिमी सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति बन्नेछौ।’ समझशक्ति नभएका मानिसहरूले ख्रीष्टविरोधीले भनेको कुरा ठीकै हो भन्ने सोच्छन्, तर उसलाई यो अस्पष्ट लागेको हुन्छ, र यो सत्यताअनुरूप छ कि छैन उसलाई थाहा हुँदैन। तिनीहरूलाई ख्रीष्टविरोधीले भनेको कुरा गलत होइन र यसले सत्यतालाई उल्लङ्घन गर्छ भनेर भन्न सकिँदैन भन्ने मात्रै लागेको हुन्छ। अनि यसरी, तिनीहरू ख्रीष्टविरोधीमा समर्पित हुन्छन्। यदि कसैले ख्रीष्टविरोधीलाई पहिचान गरेर उसलाई खुलासा गर्न सक्यो भने, यसले तिनीहरूलाई क्रोधित तुल्याउँछ। ख्रीष्टविरोधीले त्यस व्यक्तिलाई अमर्यादित रूपमा दोष, निन्दा, र धम्की दिन्छ, र आफ्नो शक्ति प्रदर्शन गर्छ। समझशक्ति नभएकाहरू पूर्ण रूपमा वशीभूत हुन्छन् र आदरका साथ भुइँमा लम्पसार पर्छन्; तिनीहरूले ख्रीष्टविरोधीको पूजा गर्छन् र उसैलाई भरोसा गर्छन्, अनि उसैको डरसमेत मान्छन्। यी मानिसहरूमा दासत्वमा परेको अनुभव हुन्छ, यस्तो लाग्छ मानौँ ख्रीष्टविरोधीको नेतृत्व नहुँदा, ख्रीष्टविरोधीहरूको निर्देशन र हप्कीहरूविना, तिनीहरूले हृदयमा बाटो बिराउँथे, मानौँ तिनीहरूले यी कुराहरू गुमाए भने परमेश्वरले तिनीहरूलाई चाहनुहुन्नथ्यो। अनि तिनीहरूलाई सुरक्षाको कुनै अनुभूति हुँदैन। जब यस्तो हुन्छ, तब मानिसहरूले केही गर्नुभन्दा पहिले ख्रीष्टविरोधीको अनुहारको भावबाट सङ्केत लिन सिकेका हुन्छन्, किनभने उनीहरूलाई ऊ रिसाउँछ कि भन्ने डर हुन्छ। तिनीहरू सबै आफ्नो खुशीमा ध्यान दिन चाहन्छन्; तिनीहरू सबै नै ख्रीष्टविरोधीलाई पछ्याउन ज्यान फालेर लागिपरेका हुन्छन्। आफूले गर्ने सबै काममा ख्रीष्टविरोधीहरूले धर्मसिद्धान्तका शब्दहरू ओकल्छन्। मानिसहरूलाई नियमहरू पालन गर्न आदेश दिनमा तिनीहरू खप्पिस हुन्छन्, तर तिनीहरूले सत्यताका कुन-कुन सिद्धान्तहरू पालना गर्नुपर्छ, वा तिनीहरूले किन कुनै काम गर्नुपर्छ, वा परमेश्वरको इच्छा के हो, वा परमेश्वरको घरले कसरी यसका कामहरू बन्दोबस्त गर्छ भन्नेबारेमा कहिल्यै बताउँदैनन्; तिनीहरूले कुन काम सबैभन्दा अत्यावश्यक र महत्त्वपूर्ण छ, वा राम्ररी पूरा गर्नुपर्ने मुख्य काम कुन हो भनेर कहिल्यै भन्दैनन्। यी महत्त्वपूर्ण कुराहरूका बारेमा ख्रीष्टविरोधीहरूले कहिल्यै केही पनि भन्दैनन्। काम गर्ने र बन्दोबस्त मिलाउने क्रममा, तिनीहरूले कहिल्यै पनि सत्यताको बारेमा सङ्गति गर्दैनन्, किनभने तिनीहरूले सत्यताका सिद्धान्तहरू बुझेकै हुँदैनन्। त्यसकारण, तिनीहरूले मानिसहरूलाई निश्चित नियम र धर्मसिद्धान्तहरू पालना गर्न निर्देश दिन मात्र सक्छन्—र, यदि कसैले तिनीहरूका दाबी र नियमहरूलाई उल्लङ्घन गरे भने, तिनीहरूलाई गाली र हप्की दिइनेछ। ख्रीष्टविरोधीले आफ्नो काम गर्ने क्रममा प्रायजसो परमेश्वरको घरको झण्डा बोकेर हिँड्छ, र माथिबाट अरूलाई हप्कीदप्की गर्छ। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जो तिनीहरूको हप्कीदप्कीको प्रभावमा पर्छन् र ख्रीष्टविरोधीले भनेअनुसार काम नगर्नु परमेश्वरलाई धोका दिनु हो भन्ने ठान्छन्। के यस प्रकारको व्यक्ति ख्रीष्टविरोधीको नियन्त्रणमा परिसकेको हुन्छ? (हुन्छ।) यो ख्रीष्टविरोधीको कस्तो व्यवहार हो? यो त दासत्वकरण हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरको पालना गर्न होइन तर तिनीहरूको आफ्नै कुरा पालना गर्न लगाउँथे (भाग एक))। परमेश्वरले जे व्याख्या गर्नुभयो त्यो ठ्याक्कै मेरो स्थितिसँग मिलेको थियो। क्यामरुनसँग काम गर्दा, मलाई तिनी मिलनसार लागेको थियो। काममा कुनै गल्ती भयो भने, मैले आलोचना गर्दा तिनले स्वीकार गर्थे र यसको खण्डन गर्ने प्रयास गर्दैनथिए। मलाई तिनी नरम व्यवहार गर्ने र जे भने पनि सहने व्यक्ति हुन् भन्ने लागेको थियो, त्यसकारण म तिनीप्रति अहङ्कारी व्यवहार गर्थेँ, र सबै कुरामा म नै अन्तिम निर्णय गर्थेँ। धेरै पटक, तिनीसँग छलफल गर्दा म झारा मात्रै टारिरहेको हुन्थेँ। अन्त्यमा, के गर्ने भनेर म नै निर्णय गर्थेँ। यसको साथै, मैले निर्माण गरेका सामग्री व्यवस्थापनका कतिपय सावधानीका उपायहरूले समस्याहरू आउन नदिन र सामग्रीहरू राम्ररी मिलाउन सहयोग गर्ने गरेका थिए, तर मैले सम्बन्धित सिद्धान्तहरूका आधारमा यी सावधानीका उपायहरू निर्माण गरेको थिइनँ। मैले क्यामरुनका समस्याहरूलाई सम्बोधन गर्न ती निर्माण गरेको थिएँ। मैले ती तिनकै लागि निर्माण गरेको थिएँ भनेर भन्न सकिन्छ। तिनले यी सावधानीका उपायहरू पालना गर्न नसक्दा, मैले तिनलाई दोष लगाउने र हप्काउने निहुँ पाउँथेँ, र तिनीसँग विरोध गर्ने कुनै उपाय हुँदैनथियो। मैले भनेजस्तो तिनले रेकर्ड शिटमा नलेख्दा जस्तै, मैले तिनलाई सङ्कोच नमानी हप्काएँ र मैले चाहेको कुरा तिनलाई गर्न बाध्य गरेँ। त्यस दिन तिनले भनेको कुरा मलाई याद छ, “तपाईंले सामानहरू मिलाएर राख्न थालेको देख्ने बित्तिकै, म लुक्ने प्रयास गर्छु। मैले सही तरिकाले गरेको थिइनँ भने तपाईंले मलाई फेरि आलोचना गर्नुहुन्छ भन्ने मलाई डर लाग्छ।” त्यो सोचले मलाई ग्रसित तुल्यायो। मैले प्रकट गरेको शैतानी स्वभावले मेरो ब्रदरको हृदयमा छाया पारेर तिनलाई बाध्यतामा पारेको रहेछ। यो त परमेश्वरको वचनले प्रकट गरेको जस्तै हो, “यदि कसैले तिनीहरूका दाबी र नियमहरूलाई उल्लङ्घन गरे भने, तिनीहरूलाई गाली र हप्की दिइनेछ। ख्रीष्टविरोधीले आफ्नो काम गर्ने क्रममा प्रायजसो परमेश्वरको घरको झण्डा बोकेर हिँड्छ, र माथिबाट अरूलाई हप्कीदप्की गर्छ। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जो तिनीहरूको हप्कीदप्कीको प्रभावमा पर्छन् र ख्रीष्टविरोधीले भनेअनुसार काम नगर्नु परमेश्वरलाई धोका दिनु हो भन्ने ठान्छन्। के यस प्रकारको व्यक्ति ख्रीष्टविरोधीको नियन्त्रणमा परिसकेको हुन्छ? (हुन्छ।)” मैले बल्ल मेरो समस्या गम्भीर छ भन्ने महसुस गरेँ। क्यामरुनसँग सहकार्य गर्न थालेपछि, मेरो ख्रीष्ट-विरोधी स्वभाव प्रकट भएको थियो। त्यो बेला मसँग कुनै हैसियत थिएन, तर मसँग हैसियत भएको भए, मानिसहरूलाई बाध्यतामा पार्न र नियन्त्रण गर्न अझै सहज हुनेथियो। त्यो बेला, के म ख्रीष्ट-विरोधी हुनेथिइनँ र? म सामान्यतया सत्यताको खोजी गर्ने वा आफ्नो बारेमा मनन गर्ने कार्यमा ध्यान केन्द्रित गर्दिनथिएँ। म प्रायजसो भ्रष्ट स्वभाव प्रकट गर्थेँ र मलाई यो कुरा थाहा हुँदैनथियो। म अत्यन्तै असंवेदनशील थिएँ।
मलाई परमेश्वरका यी वचनहरू याद आयो, “यदि तँ परमेश्वरको घरको सदस्य होस्, र पनि आफ्नो कार्य-व्यवहारमा सधैँ हडबडे बन्छस्, सधैँ आफूभित्रको प्राकृतिक कुरा प्रकट गर्छस्, र मानव माध्यम र भ्रष्ट, शैतानी स्वभावअनुसार कामकुरा गर्दै सधैँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, यसको अन्तिम परिणाम तैँले दुष्कर्म गर्नु र परमेश्वरको विरोध गर्नु हुनेछ—अनि यस पूरै अवधिभर तँ पश्चात्तापविहीन रहन्छस् र सत्यताको खोजी गर्ने मार्गमा हिँड्न सक्दैनस् भने, तँलाई खुलासा गरेर हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता स्विकारेर मात्र भ्रष्ट स्वभाव समाधान गर्न सकिन्छ)। मैले क्यामरुनलाई कसरी व्यवहार गरेको थिएँ मलाई याद छ। आफ्नो असन्तुष्टि पोखाउन र क्षणिक आनन्दको लागि, म मेरो ब्रदरका भावनाहरूलाई पूर्ण रूपमा बेवास्ता गर्थेँ। रेकर्ड सिट नमिलेको कारण मलाई रिस उठ्दा, म क्यामरुनलाई गल्ती गरेको बच्चालाई जस्तो गाली गर्थेँ। तिनी एक शब्द पनि नबोली बसिरहन्थे, र तिनले आफू गलत छु भनी स्वीकार गर्दा, म तिनको प्रस्तावलाई निर्दयी रूपमा इन्कार गर्थेँ। त्यो दृश्य मेरो मनमा अडिएको छ, र म त्यसलाई बिर्सन सक्दिनँ। यसको बारेमा विचार गर्दा, मैले मेरो हृदयको ग्लानि र पीडालाई व्यक्त गर्न सकिनँ। मैले आफैलाई सोधेँ, “तैँले कसरी आफ्नो ब्रदरसँग यस्तो व्यवहार गर्न सकिस्? तैँले तिनलाई कहिल्यै सङ्गति गरेको वा सहयोग गरेको छैनस्, तब तिनलाई हप्काउने अधिकार कसरी पाइस्? तिनलाई तेरो ब्रदर भनेर भन्ने साहस कसरी गर्छस्?” हरेक प्रश्नले मलाई अवाक् तुल्यायो। विगतमा, म सधैँ क्यामरुनकै गल्ती हो, धेरै गल्ती गर्ने र मलाई धेरै समस्या दिने तिनी नै हुन् भन्ने सोच्थेँ। अब मलाई थाहा भयो साँचो समस्या त ममा रहेछ। परिवर्तन नभएको म नै रहेछु, र अहङ्कारी र अमानवीय व्यक्ति म नै रहेछु। मलाई निकै पछुतो भयो, त्यसकारण मैले परमेश्वरसँग मनमनै प्रार्थना गरेँ र पश्चात्ताप गर्न चाहन्छु भनेर भनेँ।
ब्रदर-सिस्टरहरूलाई सिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्ने त्यसको बारेमा खोजी गरेँ। मैले परमेश्वरको वचनमा यो कुरा पढेँ, “दाजुभाइ-दिदीबहिनीहरूले कसरी पारस्परिक व्यवहार गर्ने भन्नेबारे सिद्धान्तहरू हुनुपर्छ। सधैँ अरूका गल्तीहरूमा ध्यान नदेऊ, तर बारम्बार आफ्नै बारेमा मनन गर, अर्को व्यक्तिलाई हस्तक्षेप हुने वा हानि गर्ने केही कुरा गरेका छौ भने त्यो कुरालाई सक्रियताको साथ स्वीकार गर, र आफ्नो मन खोल्न र सङ्गति गर्न सिक। यसले गर्दा पारस्परिक बुझाइ हुन्छ। यसबाहेक, आफूमाथि जे आइपरे पनि, मानिसहरूले परिस्थितिलाई परमेश्वरका वचनहरूको आधारमा हेर्नुपर्छ। यदि तिनीहरूले सत्यताका सिद्धान्तहरू बुझ्न र अभ्यास गर्ने मार्ग भेट्टाउन सक्छन् भने, तिनीहरू एउटै मन र मस्तिष्कका बन्नेछन्, अनि दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्बन्ध सामान्य हुनेछ, र तिनीहरू अविश्वासीहरूजस्तो कठोर, रूखो, र निर्दयी बन्नेछैनन्, र त्यसरी तिनीहरूले एकअर्काप्रतिको शङ्का र चिन्तालाई त्याग्नेछन्। दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग अझ घनिष्ठ बन्नेछन्; तिनीहरूले एकअर्कालाई सहयोग गर्न, र एकअर्कालाई प्रेम गर्न सक्नेछन्; तिनीहरूको हृदयमा सद्भाव हुनेछ, र तिनीहरू एकअर्काप्रति सहनशील र दयालु हुनेछन्, र तिनीहरूले एकअर्कालाई एक्ल्याउनुको सट्टा, एकअर्काको डाहा गर्नुको सट्टा, एकअर्कासँग आफूलाई तुलना गर्नुको सट्टा, र एकअर्काविरुद्ध गुप्त रूपमा प्रतिस्पर्धा र अवज्ञा गर्नुको सट्टा, एकअर्कालाई साथ र सहयोग दिनेछन्। यदि मानिसहरू अविश्वासीहरू जस्ता छन् भने तिनीहरूले कसरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? यसले तिनीहरूको जीवन प्रवेशमा असर गर्ने मात्र होइन, अरूलाई समेत हानि र असर गर्नेछ। … जब मानिसहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्, तब तिनीहरूलाई परमेश्वरको अघि शान्त रहन अत्यन्तै गाह्रो हुन्छ, सत्यताको अभ्यास गर्न र परमेश्वरका वचनहरूअनुसार जिउन निकै कठिन हुन्छ। परमेश्वरको अघि जिउनको लागि, तिमीहरूले आफ्नो बारेमा मनन गर्न र आफूलाई चिन्न, र परमेश्वरसँग साँचो रूपमा प्रार्थना गर्न सिक्नुपर्छ, र त्यसपछि तिमीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी मिलेर बस्ने भनेर सिक्नुपर्छ। तिमीहरू एकअर्काप्रति सहनशील हुनुपर्छ, एकअर्काप्रति उदार हुनुपर्छ, एकअर्काको बारेमा कुन कुरा असाधारण छ, र अरूसित कुन सामर्थ्य छ त्यो देख्न सक्नुपर्छ—र तिमीहरूले अरूका विचारहरू अनि सही कुराहरू स्वीकार गर्न सिक्नुपर्छ। आफैमा लिप्त नहोओ, सधैँ उग्र इच्छाहरू नराख, आफू अरू मानिसहरूभन्दा असल छौ भन्ने नसोच, र आफूलाई महान् व्यक्तित्व ठान्ने अनि अरूलाई तिमीहरूले भनेको कुरा मान्न लगाउने, तिमीहरूको आज्ञापालन गर्न लगाउने, र तिमीहरूलाई आदर गर्न र उचाल्न लगाउने नगर—यो विकृत कुरा हो। … त्यसो भए, परमेश्वरले मानिसहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्वरले मानिसहरू कस्ता देखिन्छन्, तिनीहरू अग्ला छन् कि होचा छन् भनेर वास्ता गर्नुहुन्न। बरु, उहाँले तिनीहरूको हृदय दयालु छ कि छैन, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, तिनीहरूले परमेश्वरलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्ने गर्छन् कि गर्दैनन् भन्ने कुरा हेर्नुहुन्छ। परमेश्वरले मानिसहरूप्रतिको आफ्नो व्यवहार यही कुरामा आधारित गर्नुहुन्छ। यदि मानिसहरूले पनि यसो गर्न सक्छन् भने, तिनीहरूले अरूसँग निष्पक्ष व्यवहार गर्न सक्छन्, र तिनीहरू सत्यताका सिद्धान्तहरूअनुरूप हुनेछन्। सर्वप्रथम, तिमीहरूले परमेश्वरको इच्छालाई बुझ्नुपर्छ। जब हामीलाई परमेश्वरले मानिसहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरा थाहा हुन्छ, तब हामीसँग पनि मानिसहरूसँग कस्तो व्यवहार गर्ने भन्नेबारेमा सिद्धान्त र मार्ग हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको वास्तविकतामा प्रवेश गर्ने अभ्यासका सिद्धान्तहरू)। हजुर। हामीले हाम्रो कर्तव्यमा एक-अर्कासँग अन्तरक्रिया गर्दा, हामी कम्तीमा पनि सामान्य मानवतामा जिउनुपर्छ, एक-अर्कालाई साथ र सहयोग दिनुपर्छ, सहनशील र धैर्य हुनुपर्छ, एक-अर्कालाई हेरचाह गर्नुपर्छ, मानिसहरूले सिद्धान्तहरू विपरीत काम गर्दा सत्यतामा सङ्गति गर्नुपर्छ, र गम्भीर परिस्थितिहरूमा, हामीले तिनीहरूको खुलासा, काटछाँट, र निराकरण गर्नुपर्छ। सिद्धान्तहरू अनुसार काम गर्ने एक मात्र तरिका यही हो। ब्रदर-सिस्टरहरू फरक-फरक स्थानबाट आएका हुन्छन्, र हरेक व्यक्तिको जिउने अवस्था, अनुभव, उमेर र क्षमता फरक-फरक हुन्छ। तिनीहरूका कमीकमजोरी वा दुर्बलताहरू जेसुकै भए पनि, हामीले तिनीहरूलाई उचित व्यवहार गर्नुपर्छ, तिनीहरूबाट कहिल्यै पनि धेरै कुरा माग्नु हुँदैन, र तिनीहरूको कुरा बुझ्नुपर्छ र तिनीहरूप्रति सहनशील हुनुपर्छ। क्यामरुन मर्मत कार्यमा सिपालु थिए, र सामान्यतया व्यस्त नै रहन्थे। यसको साथै, तिनी आए-गएका सामग्रीहरूको विवरण राख्नमा त्यति सिपालु थिएनन्। मैले अझै बढी जिम्मेवारी लिएर बुझकी बन्नुपर्थ्यो, र मैले तिनलाई मेरो तरिकाले काम गर्न जबरजस्ती लगाउनु हुँदैनथियो। म पूर्ण रूपमा मानवता विहीन थिएँ। मेरो ब्रदर मर्मत कार्यमा सिपालु थिए, मर्मत-सुधारमा भरपर्दो थिए, र आफ्नो कर्तव्यमा कष्ट भोग्नुपर्छ भनेर डर मान्दैनथिए। यस पक्षमा, तिनी मभन्दा निकै माथि थिए। तर मैले मेरो ब्रदरका सबल पक्षहरूलाई हेरिनँ। तिनका कमीकमजोरीहरूमा ध्यान दिएँ, तिनलाई दोष लगाएँ, र हप्काएँ। यो अहङ्कारी र मूर्ख कार्य थियो।
पछि, मैले सचेत भएर आफ्नो स्थितिलाई सुधार गरेँ र सिद्धान्तहरू अनुसार अभ्यास गरेँ। यस्ता कुराहरू फेरि घट्दा, म निकै शान्त भएँ, र क्यामरुनलाई म अझ बुझ्ने पनि भएँ। एक पटक, म सामान पुर्याउनको लागि बाहिर गएँ, र क्यामरुनलाई आफै कामकुरा व्यवस्थापन गर्न छोडिदिएँ। केही समयपछि, कामको प्रक्रिया कसरी अघि बढिरहेको छ भनेर सोध्न मैले क्यामरुनलाई कल गरेँ। शान्त हुँदै र सतर्कताको साथ, तिनले भने, “कसरी गइरहेको छ जस्तो लाग्छ? तपाईंले सोचेजस्तै भइरहेको छ।” यो सुन्दा, मलाई निकै नरमाइलो लाग्यो। किन मेरो ब्रदरले त्यस्तो भने? मेरो भ्रष्ट स्वभावको कारण मैले तिनलाई विगतमा गरेको व्यवहारको कारणले, र मैले तिनलाई तिनी केही पनि होइनन् र तिनले केही पनि गर्न सक्दैनन् भन्ने जस्तो सधैँ व्यवहार गरेकोले कारणले हो? यसको बारेमा मैले जति सोचेँ, मलाई त्यति चित्त दुख्यो, र यसले सत्यता अभ्यास गर्ने र आफूलाई परिवर्तन गर्ने मेरो संकल्पलाई दह्रिलो बनायो। मैले क्यामरुनलाई यसो भन्दै सान्त्वना थिएँ, “कुन कुरा मिलेको छैन यताउता हेर्नुहोस् र समय लिएर मिलाउनुहोस्। तपाईं प्रायजसो अरू काममा व्यस्त हुनुहुन्छ, त्यसकारण अलि-अलि नमिल्नु सामान्य नै हो। यदि तपाईंले सफा गर्न भ्याउनुभएन भने, म आएर सँगै गरौँला।” कल गरेपछि, क्यामरुनले आफै मिलाउन सक्दैन होला भन्ने लागेर, मैले उनलाई सघाउन एक जना सिस्टरलाई पठाएँ। विगतमा यस्तै कुरा हुँदा, मैले तिनलाई गल्ती गरेकोमा सधैँ हप्काउँथेँ र गाली गर्थेँ। अहिले, जब यस्तो हुन्छ, तब म तिनलाई सङ्गति दिन र सहयोग गर्न सक्छु, जसले गर्दा मलाई शान्ति र सहजताको महसुस हुन्छ। म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ छु। अहिले, मलाई मेरो भ्रष्ट स्वभावको बारेमा अलिअलि थाहा भएको छ, र मैले आफूलाई पहिलेभन्दा अलिक काबुमा राख्न सक्छु। यो सबै परमेश्वरको वचनको परिणाम हो। यो सानो परिवर्तन भए पनि, र यसले मेरो भ्रष्ट स्वभावमा आधारभूत परिवर्तन आएको छ भन्ने प्रमाणित नगरे पनि, म खुशी छु, किनभने यो राम्रो सुरुवात हो भन्ने मलाई थाहा छ। यदि मैले परमेश्वरका वचनहरू अनुसार अभ्यास र प्रवेश गरेँ भने, मैले मेरो भ्रष्ट स्वभावलाई त्याग्न सक्छु भन्ने मलाई विश्वास छ। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।