मण्डलीहरूको बाँडफाँडबाट सिकेका पाठहरू

25 फेब्रुअरी 2023

गत वर्षको सुरुमा, हाम्रा मण्डलीहरू धेरै बढ्दै गएकाले, अगुवाले मेरो र अन्य सहकर्मीहरूको जिम्मेवारी पुनर्विभाजन गर्ने निर्णय गरिन्। सुरुमा मैले यसबारे धेरै सोचिनँ, तर जब के भइरहेको छ भन्नेबारे अरू थाहा पाएँ, तब मैले जिम्मेवारी लिन लागेका मण्डलीहरू अधिक समस्याग्रस्त रहेको देखेँ। धेरैजसो सदस्यहरूको विश्‍वास अझै पनि दरिलो भइसकेका थिएन, र सबै अगुवा र डिकनहरू अझै छनौट भइसकेका थिएनन्। तर लिलीले जिम्मा लिएका मण्डलीहरूले मेरोभन्दा धेरै राम्रो गरिरहेका थिए। ती नयाँ विश्‍वासीहरू राम्रो ज्ञान र क्षमता भएका थिए, अनि तिनीहरूका अगुवा र डिकनहरू धेरै जिम्मेवार थिए। मलाई उनीप्रति ईर्ष्या जाग्न थाल्यो। म सोचिरहेकी थिएँ, किन उनले राम्रो मण्डलीहरू पाइन्, तर मेरोमा चाहिँ यति धेरै समस्याहरू छन्। यसमा मेरो धेरै मेहनत लाग्‍नेवाला छ! यदि मैले कामकुरा ठीक गरेर अघि बढाउन सकिनँ भने, अगुवाले मेरो बारेमा के सोच्ने होलिन्? के उनले म अयोग्य छु र मैले केही गर्न सकिनँ भन्छिन् होली? उनले मेरो कदर गर्दिनन् होली। यसरी सोच्नु मेरो लागि साँच्चै चित्तबुझ्दो थिएन। त्यसपछि ती मण्डलीहरूका भेलाहरूमा जाँदा, सधैँ धेरै समस्या हुन्थे जसको सम्बोधन गर्न धेरै समय लाग्थ्यो। हरेक मण्डलीमा यी सबै समस्या थिए। म राम्रोसँग सुत्न पाउँदिनथिएँ र मैले धेरै संघर्ष गरिरहेकी थिएँ। म सोच्दै थिएँ, जुन काम गर्न लिलीलाई एक घण्टा लाग्छ मलाई दुई-तीन घण्टा लाग्छ। मेरो आफ्नै क्षमता र सीप सीमित छ, तर मण्डलीहरूमा धेरै समस्या छन्। यति धेरै समय र प्रयासको बाबजुद मैले उल्लेखनीय प्रगति गरिरहेकीछैन, त्यसैले जब अगुवाले मेरो नतिजालाई लिलीको नतिजासँग तुलना गर्छिन्, उनले पक्कै पनि म सामान्य छु, मैले राम्रो गरिरहेकी छैन र म लिली बराबर छैन भन्ने महसुस गर्छिन् होली। त्यो बेला म निकै नराम्रो स्थितिमा थिएँ र जबजब म कुनै समस्याको सामना गर्थेँ, म धेरै निराश र ममाथि अन्याय भएको महसुस गर्थेँ। म शारीरिक र भावनात्मक रूपमा थकित हुन्थेँ। त्यसैले, म प्रार्थना र खोजी गर्न परमेश्‍वरसामु आएँ र भन्न थालेँ, “परमेश्‍वर, मलाई थाहा छ तपाईंले नै यो कार्य वितरणको अनुमति दिनुभएको हो र म तपाईंको प्रबन्धमा समर्पित हुनुपर्छ, तर म अझै अनिच्छुक छु। कृपया मलाई तपाईंको इच्छा र मेरो आफ्नै भ्रष्टता बुझ्नको लागि अन्तर्दृष्टि दिनुहोस्।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूका केही खण्ड पढेँ, र एउटा वचन त्यो समयको मेरो स्थितिसँग मेल खायो। परमेश्‍वर भन्नुहुन्छ, “तँलाई दुःख दिनको लागि तेरो बोझ बढाइएको हुँदैन, आवश्यकता नै ठीक त्यही हुन्छ: यो तेरो कर्तव्य हो, त्यसकारण रोज्‍ने र छान्‍ने, वा इन्कार गर्ने, वा यसबाट पन्छिने प्रयास नगर्। किन तँलाई यो कठिन लाग्छ? वास्तवमा, अलिक बढी मेहनत गरिस् भने, तैँले यसलाई पूरा गर्न सकिहाल्छस्। तँलाई यो कठिन लाग्‍नु, र आफूलाई अनुचित व्यवहार गरिएको, र जानीजानी दुःख दिइएको जस्तो लाग्‍नु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो, यो आफ्‍नो कर्तव्यलाई इन्कार गर्नु, र यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार नगर्नु हो; यो सत्यता अभ्यास गर्नु होइन। जब तँ आफ्‍नो कर्तव्यमा रोज्‍ने र छान्‍ने काम गर्छस्, अनि घिउजस्तो र सजिलो, र आफूलाई राम्रो देखाउने काम गर्छस् भने, यो शैतानको भ्रष्ट स्वभाव हो। यदि तँ आफ्‍नो कर्तव्यलाई स्वीकार गर्न, र समर्पित हुन सक्दैनस् भने, यसले तँ अझै पनि परमेश्‍वरप्रति विद्रोही छस्, तैँले प्रतिवाद गरिरहेको छस्, इन्कार्ने र उम्‍कने प्रयास गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ—यो एउटा भ्रष्ट स्वभाव हो। त्यसो भए, यो भ्रष्ट स्वभाव हो भन्‍ने तँलाई थाहा भएपछि तैँले के गर्नुपर्छ? जब कसैलाई दिइएको काम पूरा गर्न सजिलो छ, तर तँलाई दिइएको कामले तँलाई लामो समयसम्‍म व्यस्त राख्छ, अनि अनुसन्धान गर्न धेरै समय लाग्छ भन्‍ने तँलाई लाग्छ भने, यसले तँलाई बेखुसी बनाउँछ। के तँलाई बेखुसी महसुस हुनु सही कुरा हो? अवश्य होइन। त्यसो भए, यो कुरा गलत हो भन्‍ने तँलाई बोध भएपछि तैँले के गर्नुपर्छ? यदि तैँले हृदयमा इन्कार गर्छस्, र ‘कामको बाँडफाँट गरिँदा, हरेकपटक नै मैले कठिन, फोहोरी, र थकाइलाग्दो काम पाउँछु। अरूले सधैँ राम्रो, सजिलो, र सबैले देख्‍ने काम पाउँछन्। के मलाई मूर्ख बनाउने काम भइरहेको छैन र? यो निष्पक्ष भएन!’ भनी भन्छस् भने, तैँले यसरी सोच्‍नु गलत हो। कामको बाँडफाँट गर्दा विचलन वा विसङ्गत भए पनि नभए पनि, परमेश्‍वरले केलाई हेर्नुहुन्छ? उहाँले मानिसहरूको हृदयलाई अवलोकन गर्नुहुन्छ र तिनीहरूको हृदयमा आज्ञापालन छ कि छैन, तिनीहरूले परमेश्‍वरको लागि गह्रौँ बोझ लिन सक्छन् कि सक्दैनन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् कि गर्दैनन् भन्‍ने कुरा हेर्नुहुन्छ। परमेश्‍वरका मापदण्डहरूअनुसार मापन गर्दा, तेरो बहानाद्वारा तैँले धर पाउँदैनस्, तेरो कर्तव्यपालन मापदण्डअनुसारको हुँदैन, र तँमा सत्यताको वास्तविकताको कमी हुन्छ। तँमा आज्ञापालन छैन, र थकाइलाग्दो वा फोहोरी कुनै पनि काम गर्दा तैँले गुनासो गर्ने सम्‍भावना हुन्छ। यसमा समस्या कहाँ हुन्छ? सर्वप्रथम त, तेरो मानसिकता गलत हुन्छ। गलत मानसिकताले केलाई जनाउँछ? तैँले आफ्‍नो कर्तव्यप्रति गलत मनोवृत्ति राख्‍नुलाई जनाउँछ। तँ आफ्‍नै स्वाभिमान र हितहरूका बारेमा मात्रै विचार गर्छस्, तैँले परमेश्‍वरको इच्‍छालाई ध्यान दिँदैनस्, र तँमा कुनै पनि आज्ञापालन हुँदैन—र यो आफ्‍नो कर्तव्यप्रति हुनुपर्ने सही मनोवृत्ति होइन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। यो पढेपछि, मैले पछिल्ला केही दिनमा कस्तो व्यवहार देखाएकी छु भनेर समीक्षा गरें। मैले जिम्मा लिएका मण्डलीका सदस्यहरू दरिलो नभएको र धेरैले कर्तव्य लिन नसकेको देखेर मलाई साँच्चै अनिच्छुक महसुस भयो। सबै अगुवा र डिकनहरू चयन गरिएका थिएनन् र विभिन्न परियोजनाहरू व्यवस्थापन गर्न गाह्रो थियो, त्यसैले कामकुरो सम्हाल्न मैले समय र शक्ति खर्च गर्नु त थियो नै, तर नतिजा राम्रो आएनन् भने म पनि राम्रो देखिनेवाला थिइनँ। म पहिलेदेखि नै राम्रो गरिरहेका मण्डलीहरूको मात्र व्यवस्थापन गर्न चाहन्थें, ताकि मैले कामकुरोको बारेमा चिन्ता लिनु नपरोस् र धेरै सजिलै नतिजाहरू हासिल गर्न सकूँ, र अरूले मेरो कदर गरून्। मैले सोचिरहें कि कामलाई यसरी बाँड्नु मेरो लागि निष्पक्ष भएन, सिस्टर लिलीले उनलाई राम्रो देखाउने सजिलो काम पाइन्, तर मैले कठिन, थकाउने काम पाएँ। म राम्रो देखिन पाउनेछैन। त्यसैले म साँच्चै यसप्रति प्रतिरोधी भएँ र यसलाई स्वीकार गर्न चाहिनँ। तर परमेश्‍वरका वचनहरूद्वारा, मैले त्यसरी सोच्नु भनेको त्यो कर्तव्यलाई अस्वीकार गरिरहेको हुनु, छनुवा हुनु र महिमा नदिने कुनै पनि काम गर्न नचाहनु हो भन्ने बुझें। म अलिकति पनि आज्ञाकारी थिइनँ। म सधैँ आफ्नो कर्तव्यमा निकै इमान्दार र जिम्मेवार छु भन्ने सोच्थेँ, र त्यसरी खुलासा हुनेछु भन्ने अपेक्षा गरेकी थिइनँ। मैले मेरो कर्तव्यमा रहेको मेरो उद्देश्य र दृष्टिकोण गलत रहेछ भन्‍ने देखेँ। परमेश्‍वरलाई सन्तुष्ट पार्ने प्रयास गर्नुको सट्टा, म अरूको प्रशंसा पाउन चाहन्थेँ। मेरो कर्तव्यमा ती अभिप्राय राखेर मैले कसरी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्थेँ र?

मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड फेला पारेँ। “यदि तँ परमेश्‍वरको इच्छा पूरा गर्नलाई तैँले गर्ने सबै कुरामा समर्पित हुन चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य पूरा गर्नु हुँदैन; तैँले परमेश्‍वरले तँलाई दिनुहुने कुनै पनि आज्ञालाई तैँले स्वीकार गर्नुपर्छ। चाहे त्यो तेरा चाख वा रुचिहरूसित मेल खाओस् वा नखाओस्, वा तँलाई गर्न आनन्द नलाग्ने वा तैँले अघि कहिल्यै नगरेको कुरा होस् वा केही गाह्रो कुरा होस्, तैँले अझै पनि त्यसलाई स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। तैँले त्यसलाई केवल स्वीकार गर्ने मात्रै गर्नु हुँदैन, तैँले सक्रिय रूपमा सहकार्य गर्नुपर्छ, त्यसबारेमा सिक्‍नुपर्छ, अनुभव गर्नुपर्छ र प्रवेश प्राप्त गर्नुपर्छ। तैँले कष्ट भोग्‍नुपरे पनि, अपहेलित बने पनि, र बहिस्कृत भए पनि, तँ आफ्‍नो भक्तिमा समर्पित हुनुपर्छ। यसरी अभ्यास गर्न सकिस् भने मात्रै तैँले भक्ति हासिल गरेर सबै कुरामा परमेश्‍वरको इच्छा सन्तुष्ट पार्नेछस्। तैँले यसलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य मान्‍नुपर्छ, व्यक्तिगत व्यवसायजस्तो ठान्‍नु हुँदैन। मानिसहरूले आफ्ना कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? सृष्टिकर्ता परमेश्‍वरले तिनीहरूलाई दिनुभएको कामको रूपमा हेर्नुपर्छ; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्‍वरले भन्‍नुभएझैँ गरी आफ्‍नो कर्तव्य निभाउनु स्वर्गले तोकेको र पृथ्वीले स्वीकार गरेको कुरा हो। यदि तैँले परमेश्‍वरको आज्ञा पाइरहेको छस्, र यो तँमाथि आएको परमेश्‍वरको प्रेम र आशिष हो भन्‍ने कुरा देख्‍न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रेम गर्ने हृदयको साथ आफ्‍नो कर्तव्य स्वीकार गर्नेछस्, र आफ्‍नो कर्तव्य निभाउँदा तैँले परमेश्‍वरको इच्‍छालाई ध्यान दिन सक्‍नेछस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न तैँले सबै कठिनाइहरू पार गर्न सक्‍नेछस्। परमेश्‍वरको लागि साँचो रूपमा आफूलाई समर्पित गर्नेहरूले कहिल्यै पनि परमेश्‍वरको आज्ञालाई इन्कार गर्दैनन्, तिनीहरूले कहिल्यै पनि कुनै कर्तव्य इन्कार गर्न सक्दैनन्। परमेश्‍वरले तँलाई जे-जस्तो कर्तव्य सुम्पनुभए पनि, यसमा जति नै कठिनाइ आइपर्ने भए पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ, इन्कार गर्नु हुँदैन। अभ्यासको मार्ग यही हो, र यही नै परमेश्‍वरलाई सन्तुष्ट पार्न सबै कुरामा सत्यताको अभ्यास गर्नु र भक्तिको मापदण्ड पूरा गर्नु हो। यहाँ मुख्य कुरा कहाँ छ? यो ‘सबै कुरा’ मा छ। ‘सबै कुरा’ ले तँलाई मन पर्ने वा तँ सिपालु रहेको कुरालाई जनाउँछ भन्‍ने छैन, तँ परिचित रहेका कुराहरूलाई जनाउनु त परको कुरा हो। कहिलेकहीँ, तँ कुनै कुरामा सिपालु हुँदैनस्, कहिलेकहीँ तैँले सिक्‍नुपर्ने आवश्यकता हुन्छ, कहिलेकहीँ तैँले कठिनाइहरूको सामना गर्नेछस्, अनि कहिलेकहीँ तैँले धेरै कष्ट भोग्‍नुपर्छ। तैपनि, चाहे काम जेसुकै नै होस्, यदि यो काम परमेश्‍वरले आज्ञा गर्नुभएको हो भने, तैँले उहाँबाट आएको भनी यसलाई स्विकार्नुपर्छ, र त्यो कर्तव्यलाई ग्रहण गरी राम्रोसित निर्वाह गर्नुपर्छ, र आफ्नो भक्तिको मापदण्ड र परमेश्‍वरको इच्‍छा पूरा गर्नुपर्छ। अभ्यासको मार्ग भनेको यही हो। तँलाई जेसुकै भए पनि, तैँले सधैँ सत्यताको खोजी गर्नुपर्छ र कस्तो अभ्यास परमेश्‍वरको इच्‍छाअनुरूप हुन्छ भन्‍ने पत्ता लगाएपछि, तैँले अभ्यास गर्नुपर्छ। यसरी अभ्यास गर्नु मात्रै सत्यताको अभ्यास गर्नु हो, तब मात्रै तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। कर्तव्य परमेश्‍वरबाट आउँछ, यो हाम्रो लागि उहाँको आज्ञा हो र यो हाम्रो जिम्मेवारी हो। चाहे यो जतिसुकै कठिन होस् वा यसमा जति थोरै महिमा होस्, यो हाम्रो दायित्व हो र हामीले स्वीकार गर्नुपर्छ। यो हामीमा हुनुपर्ने मनोवृत्ति हो, र सृष्टि गरिएको प्राणीले परमेश्‍वरसामु राख्‍नुपर्ने सोच यही हो। मैले व्यवस्थापन गरेका ती मण्डलीहरू मैले चाहेका होइनन् र मेरो हैसियतको चाहना पूरा हुनेवाला थिएन, तर यो परमेश्‍वरले हुन दिनुभएको कुरा थियो। मैले यसलाई स्वीकार्नुपर्थ्यो, र गलत दृष्टिकोणबाट आफ्नो कर्तव्यलाई लिन छोड्नुपर्थ्यो। म प्रार्थना गर्न परमेश्‍वरसामु आएँ, उहाँको प्रबन्धमा समर्पित हुन, मेरो कर्तव्यमा सक्दो सबै गर्न, नयाँ विश्‍वासीहरूलाई राम्रोसँग मलजल गर्न, र तिनीहरूलाई चाँडै साँचो मार्गमा स्थापित हुन मद्दत गर्न चाहें। त्यो प्रार्थनापछि कर्तव्यप्रतिको मेरो मनोवृत्ति अलिक सुधार भयो र मलाई दुःखी महसुस भएन।

केही समयपछि, अरू धेरै मण्डलीहरू स्थापित हुँदै थिए, त्यसैले अगुवाले फेरि हाम्रा जिम्मेवारीहरू विभाजित गरिन्। मेरो दायरा भित्रका मण्डलीहरूबाट, एउटाले मात्र अलि राम्रो गरिरहेको थियो र त्यहाँ मलजल कार्य राम्रो गरिरहेकी एक सिस्टरलाई अरू मानिसहरूको व्यवस्थापनमा खटाइयो। यसबारेमा म साँच्चै निराश र दु:खी भएँ। मलाई लाग्थ्यो, उनीहरूले मेरो अवस्था राम्ररी बुझेका छन्, मैले सबैभन्दा धेरै समस्या भएका मण्डलीहरू लिएकी छु र पहिलेदेखि नै धेरै मेहनत गरिरहेकी छु। त्यति राम्रो गरिरहेकी मलजल गर्ने सिस्टर पाउन सजिलो थिएन, र उनलाई पनि लगिँदैथियो, अनि म कसरी आफ्नो काममा केही गर्न सक्थें र? यदि मैले राम्रो नतिजा पाउन संघर्ष गरिरहेँ भने, अरूले मेरो बारेमा के सोच्छन् होला? तिनीहरूले म अयोग्य छु र कामकुरो पूरा गर्न सक्दिनँ भन्ठान्नेछन्। त्यो धेरै लाजमर्दो हुनेछ! त्यसपछि कसरी सहकर्मी भेलाहरूमा मेरो अनुहार देखाउन सक्छु? मनमा यो कुरा खेलाउँदै गर्दा मेरो आँसु आयो। मलाई म फेरि असन्तुष्ट र अनाज्ञाकारी बन्छु होला भन्ने पनि लाग्यो। मैले तुरुन्तै घुँडा टेकेर प्रार्थना गरें र आत्मसमीक्षा गर्न थाले। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि यस प्रकारको व्यक्ति, जो ख्रीष्ट विरोधी हो, उसले परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै कुनै विचार गर्दैन। तिनीहरू आफ्ना हितहरू प्रभावित होला कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूको लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरूले झारातिरुवा शैलीको प्रयत्‍न मात्र लगाउँछन्, आफूलाई मनपर्ने काम मात्र गर्छन्, र आफ्नो पद र शक्ति कायम राख्‍ने काम मात्र गर्छन्। तिनीहरूको नजरमा, परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमचार प्रचार गर्ने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। … ख्रीष्टविरोधीहरूले जुनै कर्तव्य पूरा गरिरहेका भए पनि त्यसले तिनीहरूलाई फाइदा पुर्याउनेछ कि पुर्याउनेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने, तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि, तिनीहरू आफ्नै ख्याति र हैसियतको मात्र चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले जुन-सुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसहरूले तिनीहरूलाई आदरका साथ हेर्छन्, कति जना मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्छन्, र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य गर्दा सिद्धान्त अनुसार कसरी काम गर्ने, तिनीहरू बफादार भएका छन् कि छैनन्, तिनीहरूको आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, कतै अटेरी भएका छन् कि, वा कुनै समस्याहरू छन् कि भन्‍नेबारेमा कहिल्यै विचार गर्दैनन्, न त तिनीहरू परमेश्‍वरको घरले मागेको कुरा र परमेश्‍वरको इच्छा के हो भन्‍ने कुरामा नै ध्यान दिन्छन्। तिनीहरूले यी कुराहरूमा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरूले केवल आफ्नो टाउको सीधा पारेर आफ्नो प्रतिष्ठा र इज्‍जतका लागि, आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्नका लगि मात्र काम गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यसले तिनीहरूको हृदय तिनीहरूका आफ्नै महत्त्वाकांक्षा, चाहना र अर्थहीन मागहरूले भरिएको छ भन्‍ने प्रमाणित गर्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका महत्त्वाकांक्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्। तिनीहरूले चाहे जे नै गरे पनि, त्यसको प्रेरणा र सुरुवात बिन्दु तिनीहरूको आफ्नै महत्त्वाकांक्षा, चाहना, र अर्थहीन मागहरू हुन्। यो स्वार्थीपन र निकृष्टताको मौलिक, ठेट उदाहरण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूले ख्रीष्ट विरोधीहरू कति स्वार्थी र घिनलाग्दा हुन्छन् भनी बताउँछन्, कर्तव्यमा तिनीहरूका आफ्नै महत्वाकांक्षा र इच्छा हुन्छ, र कामकुरा गर्ने तरिकामा सधैँ आफ्नै चासोको रक्षा गर्छन्। जुनसुकै कर्तव्य पूरा गरे पनि तिनीहरूले परमेश्‍वरको इच्छाबारे कहिल्यै सोच्दैनन्, आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने, वा परमेश्‍वरको घरको काममा क्षति नहोस् भनेर सुनिश्चित गर्ने गर्दैनन्। तिनीहरू केवल नाम र हैसियतको बारेमा सोच्छन्, मण्डलीको कुनै वास्ता गर्दैनन्। मेरो व्यवहारको हकमा, मेरो रेखदेखमा रहेका मण्डलीहरूमा धेरै समस्या रहेको देख्दा, मेरो दिमागमा पहिलो कुरा कसरी परमेश्‍वरमा भरोसा राखी उनीहरूलाई सहयोग गर्न सक्दो प्रयास गर्ने भन्ने थिएन, बरु राम्रो काम गर्दिनँ होला र अरूले मलाई तुच्छ ठान्लान् भन्ने डर थियो, जुन लाजमर्दो हुनेथियो। म कामको बाँडफाँडप्रति प्रतिरोधी र असन्तुष्ट थिएँ, र कर्तव्यमा ढिलासुस्ती पनि गरें। जब मलाई म अन्तर्गत काम गर्ने एउटी निकै सक्षम सिस्टरको सरुवा हुन लागेको थाहा पाएँ, मेरो पहिलो प्रतिक्रिया भनेको मैले एउटा राम्रो काम गर्ने व्यक्ति गुमाउन लागेकी छु, अनि, काममा हासिल गरेको मेरो उपलब्धि फुत्‍कनेछ भन्ने थियो। त्यसपछि अगुवाले म अयोग्य छु र मैले मण्डलीको काम बुझ्न सकिनँ भन्ने सोच्नेथिइन्। मेरो कर्तव्यमा मैले केवल आफ्नो प्रतिष्ठा र स्वार्थ, मेहनत नै नगरी कसरी अघि बढ्न सक्छु, र पनि राम्रो प्रदर्शन गर्न र अरूको प्रशंसा पाउन सक्छु भन्ने मात्र सोचेको छु भन्‍ने मैले महसुस गरें। मैले मण्डलीको वृहत् कामलाई हेरिरहेकी थिइनँ। म धेरै स्वार्थी थिएँ, र त्यो ख्रीष्ट विरोधी स्वभाव हो। यसबारे राम्रोसँग सोच्दा, मैले के थाहा पाएँ भने मलाई धेरै कठिन मण्डलीहरूको जिम्मा दिनु परमेश्‍वरको इच्छा थियो। स्थापित नभइसकेका धेरै नयाँ विश्‍वासीहरू रहेका ती मण्डलीका लागि मैले परमेश्‍वरमा भरोसा गर्नु, र ती सबै कठिनाइ समाधान गर्न धेरै सत्यता खोज्नु पर्नेथियो। उनीहरूलाई सहयोग गर्न मैले धेरै मूल्य चुकाउनु पनि पर्नेथियो, ताकि तिनीहरूले परमेश्‍वरको कामको सत्यता सिकून् र साँचो मार्गको जग प्राप्त गरून्। यो मेरो लागि राम्रो अभ्यास थियो। र कामकुरो जति कठिन हुन्थे, त्यति नै यसले मलाई सत्यता खोज्न र समाधानहरू पत्ता लगाउन खोज्न परमेश्‍वरसामु आउन बाध्य बनाउथ्यो, ताकि मैले त्यसरी धेरै सत्यता सिक्न सकूँ। यो मेरो जीवन प्रवेशको लागि राम्रो कुरा थियो। त्यसपछि मैले बुझेँ, त्यो कर्तव्यद्वारा कसैले मेरो लागि कामकुरो कठिन बनाउन खोजिरहेको थिएन, यसमा परमेश्‍वरको अनुमोदन थियो र यो मेरो लागि फाइदाजनक थियो। मैले यसलाई स्वीकार गर्नुपर्थ्यो, यसप्रति समर्पित हुँदै मेरो हृदय यसमा लगाउनुपर्थ्यो। यो अनुभूतिले मलाई मेरो मनोवृत्ति परिवर्तन गर्न मद्दत गर्यो, र उप्रान्त त्यति नराम्रो लागेन।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई मेरो समस्या राम्रोसँग बुझ्न मद्दत गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरको आज्ञापालन गर्न वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा प्रतिष्ठा र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने, आफ्नै कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा बाधा पुर्‍याउँछ, अस्तव्यस्तता निम्त्याउँछ र मण्डलीको कामलाई हानि गर्छ। तिनीहरूको हैसियत र प्रतिष्ठाको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, यसले उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले चुनिएका जनहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? विध्वंश, बाधा र हानि गर्छ। मानिसहरूले ख्याति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको बाटो हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्‍वरले मानिसहरूलाई हैसियत र प्रतिष्ठा पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्‍चित गरिरहनुभएको हुँदैन; बरु, प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध गर्छन्, र परमेश्‍वरका वचनहरू खान-पिउन र सत्यता बुझ्नमा समेत असर पुर्‍याउँदै अरूहरूलाई परमेश्‍वरको मुक्ति पाउनमा बाधा दिन्छन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्‍नै प्रतिष्ठा र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्‍नो कर्तव्य विश्‍वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्‍ने कुरा निश्‍चित हुन्छ। तिनीहरूले प्रतिष्ठा र हैसियतको खातिर मात्र बोल्‍ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्‍नेमा कुनै सन्देह छैन; यो परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचार फैलने प्रक्रिया र मण्डलीभित्रको परमेश्‍वरको इच्‍छाको स्वतन्त्र बहावमा रोकावट पैदा गरिरहेको हुन्छ। त्यसकारण, प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने मानिसहरूले हिँड्ने मार्ग परमेश्‍वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्‍चयतापूर्वक भन्‍न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्‍वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने हैसियत र प्रतिष्ठाको खोजीको प्रकृति हो। भन्‍नुको मतलब, मानिसहरू आफ्ना हितहरूको पछि लाग्‍नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू प्रतिष्ठा र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि एउटा माध्यम बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्‍याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ। जब कसैले सत्यताको खोजी गर्छ, उसले परमेश्‍वरको इच्‍छा, र परमेश्‍वरको बोझलाई ख्याल गर्न सक्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूले हरेक पक्षबाट मण्डलीको कामलाई समर्थन गर्छन्। तिनीहरूले परमेश्‍वरलाई उचाल्‍न र उहाँको गवाही दिन सक्छन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्‍याउँछन्, र साथ दिन्छन्, र भरणपोषण गर्छन्, अनि परमेश्‍वरले महिमा र गवाही प्राप्त गर्नुहुन्छ, जसले गर्दा शैतान लाजमा पर्छ। तिनीहरूको खोजीको फलस्वरूप, परमेश्‍वरले साँच्‍चै नै परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने, र परमेश्‍वरको आराधना गर्न सक्‍ने प्राणी प्राप्त गर्नुहुन्छ। तिनीहरूको खोजीको कारण नै परमेश्‍वरको इच्‍छा पूरा हुन्छ, र परमेश्‍वरको काम अघि बढ्न सक्छ। परमेश्‍वरको नजरमा, त्यस्तो खोजी सकारात्मक, र सीधा हुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूका साथै मण्डलीको कामको लागि यस्तो खोजी औधी नै फाइदाजनक हुन्छ, र यसले सबै कुरा अघि बढाउन सहयोग गर्छ, र परमेश्‍वरले यस्तो कुराको तारिफ गर्नुहुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग एक))। यसले मलाई म स्वार्थको पछि लाग्नुको बारेमा थप बुझाइ प्रदान गर्यो। मैले के बुझें भने, मानिसहरूले त्यसो गर्नु शैतानको लागि काम गर्नु, मण्डली काममा बाधा पुर्‍याउने यसको औजार बन्नु हो। पहिले म सोच्ने गर्थें, प्रत्यक्ष देखिने खराब कामहरू गर्नु, स्पष्ट रूपमा मण्डलीको काम र मण्डली जीवनमा बाधा पुर्‍याउनु मात्र शैतानको दूतको रूपमा काम गर्नु हो। तर त्यसपछि मैले के देखेँ भने, यदि हामीले आफ्नो कर्तव्यमा स्वार्थको पछि लाग्यौं र मण्डलीको हितलाई बेवास्ता गर्यौं भने, हामीले मण्डलीको काममा नकारात्मक प्रभाव पार्नेछौं र विघटनकारी बन्नेछौं। मैले आफ्नो कर्तव्यमा देखाएको कुराबारे सोचेँ, र म कहिल्यै निष्क्रिय नरहेको, कठिन काम सम्हाल्न र रातभर जागा रहन सक्ने, र मैले स्पष्ट रूपमा विघटनकारी कुनै काम नगरेको देखिए पनि मेरो कर्तव्यमा मेरो उद्देश्य सही थिएन। यो परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि थिएन, बरु यो अरूभन्दा माथि उठ्ने र अरूको प्रशंसा प्राप्त गर्ने प्रयास थियो। जब मलाई कामको बाँडफाँटको तरिका मन परेन, म साँच्चै असन्तुष्ट भएँ र मलाई यो काम गर्न मन लागेन। मैले समर्पित भएर त्यो कर्तव्य राम्रोसँग कसरी पूरा गर्ने, वा ब्रदर र सिस्टरहरूलाई कसरी तत्काल सहयोग प्रदान गर्ने भनेर सोच्न सकिनँ। थाहै नपाई मैले पहिले नै हाम्रो मलजलको काममा बाधा पुर्‍याइसकेको थिएँ। सत्य कुरा त के थियो भने, मसँग मेरा सहकर्मीहरूभन्दा बढी अनुभव थियो। केही सिस्टरहरू काममा नयाँ थिए र मण्डलीको कामसँग परिचित थिएनन्, त्यसैले तिनीहरूलाई राम्रो मण्डली र मलजल गर्नेहरू दिनु समग्रमा हाम्रो कामको लागि राम्रो थियो। तर म स्वार्थी थिएँ, राम्रो मण्डली र मलजल गर्नेहरूलाई मेरो जिम्मामा राख्न चाहन्थेँ। तर यदि कामकुरो मैले चाहेजस्तो भयो र नयाँ सहकर्मीहरूले धेरै समस्या भएका मण्डलीहरू पाएका भए, काममा असर पर्नेथियो र यो प्रभावकारी हुनेथिएन, जुन मण्डलीको लागि राम्रो हुने थिएन। मेरा मण्डलीहरूमा अझ धेरै समस्या थिए, तर यो वास्तवमा मेरो लागि राम्रो तालिम थियो। मैले अलि बढी प्रयास मात्र गरेर पनि तीमध्ये केही काम पूरा गर्न सक्थें, त्यसपछि हाम्रो समग्र प्रभावकारीतालाई सुधार गर्न सकिन्थ्यो। त्यो राम्रो बन्दोबस्त हुनेथिएन र? त्यसपछि मैले यो कर्तव्यले कसरी मेरो स्वार्थी, खराब, अनि अव्यावहारिक सोचलाई बाहिर ल्यायो त्यो महसुस गरेँ। मैले यो पनि देखेँ कि यदि मेरो कर्तव्यमा स्वार्थ छ भने, त्यसले मण्डलीको कामलाई हानि मात्र पुर्‍याउन सक्छ। विगतमा, म आफ्नो कर्तव्यमा नाम र हैसियत, अनि व्यक्तिगत स्वार्थको पछि लागेँ, र मैले अपराधहरू गरेकी थिएँ। यदि म यस पटक परिवर्तन भइनँ, बरु जिद्दी गरेर आफ्नो स्वार्थको रक्षा गरिरहेँ भने मैले मण्डलीको कामलाई फेरि चोट पुर्याउनेछु, परमेश्‍वरद्वारा तिरस्कृत हुनेछु। यो मेरो लागि डरलाग्दो कुरा थियो। म प्रार्थना र पश्चात्ताप गर्न परमेश्‍वरसामु आएँ। मैले भने, “परमेश्‍वर, मैले मेरो कर्तव्यमा आफ्नो स्वार्थको रक्षा गर्ने बाहेक केही गरेकी छैन मण्डलीको काम वा तपाईंको इच्छाको बारेमा कुनै विचार गरिनँ। मेरो जस्तो मानवताले त म कर्तव्य लिन योग्य छैन। परमेश्‍वर, म साँच्चै पश्चात्ताप गर्न चाहन्छु।”

त्यसपछि मैले वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई साँच्चै प्रवेशको लागि बाटो दियो। “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यताको वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, परमेश्‍वरको इच्छाको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ र यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्‍नुपर्छ; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी हेर्छन् सो बारेमा सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ तब मात्र तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। यसको साथै, तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउन, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्न, र परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍न सक्‍नुपर्छ। तैँले केही समय यसलाई अनुभव गरिसकेपछि, यो नै व्यवहार गर्ने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र घृणित वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेर मैले के जानें भने सबै कुरामा परमेश्‍वरको घर नै पहिलो प्राथमिकता हुनुपर्छ, मेरो व्यक्तिगत लाभ होइन। प्रतिष्ठा र हैसियत अस्थायी हो, र त्यसको पछि लाग्नु अर्थहीन छ। भ्रष्टतामा नबाँच्नु, सत्यको अभ्यास गर्नु, र परमेश्‍वरको इच्छा पूरा गर्नु मात्रै परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने एक मात्र तरिका हो। यो बुझाइ मेरो लागि अन्तर्दृष्टिपूर्ण थियो। कामको बाँडफाँट जसरी भए पनि, मैले आफ्नो व्यक्तिगत स्वार्थ, इज्‍जत र हैसियत जोगाउन लाग्नु हुँदैनथियो, बरु मैले मेरो कर्तव्यलाई राम्ररी पालना गर्नुपर्थ्यो। राम्रो नतिजा नआए पनि, मैले परमेश्‍वरसामु जिउन र उहाँको जाँचलाई स्वीकार गर्नमा ध्यान केन्द्रित गर्नुपर्थ्यो। अरूले मेरो बारेमा जे सोचे पनि, मेरो कर्तव्यमा मन लगाउँदै जिम्मेवार हुनु नै परमेश्‍वरको इच्छा पूरा गर्ने एक मात्र तरिका थियो।

त्यसपछि केही दिनसम्म, मैले आफ्नो हितबारे नसोची आफूलाई कर्तव्यमा समर्पित गरें। त्यसो गर्दा म मेरो भ्रष्टताले त्यति नियन्त्रित नभएको जस्तो लाग्यो। केही दिनपछि एकजना सिस्टरसँग कामको चर्चा गर्दा, उनले आफ्नो अंग्रेजी राम्रो नरहेको र नयाँ विश्‍वासीहरूको मण्डलीमा जाँच गर्दा उनलाई दोभाषे चाहिएको बताइन्। उनलाई कठिनाइ भइरहेको थियो र आफ्नो कर्तव्यमा धेरै कुरा हासिल गरिरहेकी थिइनन्। जब उनले त्यसो भनिन्, मैले सोचें मेरो अंग्रेजी ठीक छ, त्यसैले सायद म उनीसँग काम साट्न सक्छु, र म त्यो मण्डलीको काम सही गराउन सक्छु। तर फेरि सोचेँ, त्यो मण्डलीमा धेरै समस्या छन्, त्यसलाई लिएँ भने धेरै नै काम गर्नुपर्छ, र त्यहाँ धेरै प्रगति नहुन सक्छ। यसले मप्रतिको अरूको विचारलाई प्रभावित गर्ला भन्ने डर लाग्यो, त्यसैले मैले उनीसँग साट्न चाहिनँ। तर त्यो सोचाइमा, म फेरि आफ्नो फाइदा मात्र सोचिरहेकी छु, मेरो इज्‍जत र हैसियतको रक्षा गर्दैछु भन्ने महसुस भयो, त्यसैले म तुरुन्तै प्रार्थना गर्न परमेश्‍वरसामु गएँ, म आफैलाई त्याग्न र सत्यता अभ्यास गर्न इच्छुक भएँ। प्रार्थनापछि, मलाई महसुस भयो कि यो परिस्थिति मेरो परीक्षा हो र मलाई सत्यता अभ्यास गर्न दिइएको मौका हो। म पहिले जस्तो आफ्नो स्वार्थ जोगाएर भ्रष्टतामा बाँच्न हुँदैनथियो। यदि यो परिवर्तन गर्दा मण्डलीको काममा फाइदा पुग्छ भने, मैले त्यो गर्नुपर्थ्यो। त्यसैले मैले हाम्रा अन्य सहकर्मीहरूको जिम्मेवारीबारे केही सोचेँ, र त्यो सिस्टरसँग काम साट्नु मेरो लागि साँच्चै उत्तम हो जस्तो लाग्यो। मैले अगुवालाई आफ्नो विचार बताएँ र उनी र अन्य सहकर्मीहरू सबै यसमा सहमत भए। हामीले साटफेर गरेपछि मैले साँच्चै सहज महसुस गरें, र म यति खुशी भएँ कि, शब्दमा वर्णन गर्न सक्दिनँ। मैले अन्ततः सत्यताको अभ्यास गरिरहेकी छु र वास्तविक व्यक्ति बनिरहेकी छु भन्‍ने महसुस गरें। यो परमेश्‍वरले भन्नुभए जस्तै हो, “तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउन, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्न, र परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍न सक्‍नुपर्छ। तैँले केही समय यसलाई अनुभव गरिसकेपछि, यो नै व्यवहार गर्ने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र घृणित वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)

त्यसपछि, म आफ्नो जिम्मामा रहेका मण्डलीहरूको बारेमा नकारात्मक हुन छोडें, बरु मैले हरेक मण्डलीको कामको रेखदेख गर्न सक्दो प्रयास गरें। जब केही मलजलकर्ताहरूले आफ्नो कामका समस्याबारे गुनासो गर्थें, तब म तिनीहरूको गलत दृष्टिकोण सच्याउनको लागि परमेश्‍वरका वचनहरूमा सङ्गति गर्थें, र परमेश्‍वरमा भरोसा गर्दै ती समस्या समाधान गर्न तिनीहरूसँग मिलेर सत्यताको खोजी गर्थें। जब मैले केही नयाँ विश्‍वासीहरूसँग धेरै समस्या रहेको र तिनीहरू भेलामा उपस्थित हुन छोडेको देखे, मैले उनीहरूलाई अप्ठ्यारो व्यवहार गरेकोमा दोष दिन छोडें, बरु मैले ब्रदर र सिस्टरहरूसँग उनीहरूको समस्या बुझ्नको लागि वास्तविक कुराकानी गरें, र तिनीहरूसँग परमेश्‍वरका वचनमा सङ्गति गरें। अगुवा र डिकन पर्याप्त नभएका ठाउँमा, मैले प्रतिभाहरूलाई तालिम दिन धेरै परिश्रम गरें। मैले राम्रो क्षमता भएका र ती भूमिकाका लागि उपयुक्त ब्रदर सिस्टरहरूसँग कर्तव्य पूरा गर्नुको महत्त्व र सिद्धान्तमा सङ्गति गरें, र तिनीहरूसँगै काम गर्दै केही समय बिताए। जब मैले मण्डलीहरूमा केही जटिल कामहरू देख्थेँ र कसैले त्यसलाई ध्यान दिएका हुँदैनथिए, तब त्यसलाई समाधान गर्न लागिपर्थेँ। सुरुमा यो राम्रोसँग गर्न सक्छु कि सक्दिनँ भन्ने थाहा थिएन, तर यति चाहिँ थाहा थियो कि मैले ती मामिलाबाट आफूलाई टाढा राख्न हुँदैन, मेरो कामको सानो क्षेत्रलाई स्वार्थी भएर विचार गर्न हुँदैन, बरु परमेश्‍वरको इच्छालाई विचार गरी मण्डलीको समग्र काममा सहयोग गर्नुपर्छ। केही समयपछि मेरो काममा प्रगति भयो, मैले व्यवस्थापन गरिरहेका मण्डलीमा सबै अगुवा र डिकन छानिएका थिए। कतिपय मण्डलीहरूमा एउटा कर्तव्य लिने मानिसहरूको संख्या दोबर थियो, र केही नयाँ विश्‍वासीहरू आफैले काम गर्न सक्थे। पहिले धेरै राम्रो नगर्ने मण्डलीहरूमा पनि कामको हरेक पक्षमा प्रगति हुँदै गयो। त्यसमा मैले साँच्चै परमेश्‍वरका कामहरू देख्न सकें। मैले मनैदेखि यो पनि अनुभव गरें कि परमेश्‍वरले चाहनुहुने भनेको मानिसहरूको हृदय र आज्ञाकारिता हो, त्यसैले यदि हामीले आफ्नो स्वार्थलाई छोडेर परमेश्‍वरको इच्छालाई विचार गरी उहाँको घरको कामको बारेमा सोच्न सक्यौँ भने, हामीले उहाँको मार्गदर्शन र आशिषहरू प्राप्त गर्न सक्छौं। यो बुझाइले परमेश्‍वरमाथिको मेरो विश्‍वास बलियो बनायो। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बर्खास्त भएपछि मैले सिकेको पाठ

झेङ्ग यि, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको...

के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्