निराकरणमा परेर मैले के प्राप्त गरेँ

25 फेब्रुअरी 2023

सन् २०२० को अन्त्यतिरको एक दिन, एक उच्‍च अगुवाले मेरो जिम्‍मेवारीको क्षेत्रमा रहेको एउटा मण्डलीमा दर्जनौँ नयाँ विश्‍वासीहरू भेलामा नियमित सहभागी भइरहेका छैनन् भन्‍ने पत्ता लगाए। र तिनले मलाई यसो भन्दै निराकरण गरे, “यी नयाँ विश्‍वासीहरूले भर्खरै साँचो मार्ग स्विकारेका छन् र तिनीहरूले धेरै बाधा र परीक्षाहरू भोग्छन्। तिनीहरूलाई मलजल गर्ने वा साथ दिने कोही भएन र तिनीहरू भेलामा सहभागी हुन सकेनन् भने, तिनीहरू शैतानको बन्दी बन्‍ने निरन्तर खतरामा हुन्छन्। मण्डली अगुवा भएर, तपाईंले तिनीहरूलाई मलजल गर्न सक्दो प्रयास गर्नुपर्छ, ताकि तिनीहरूले साँचो मार्गमा जग बसाल्‍न सकून्। यो सबैभन्दा महत्त्वपूर्ण काम हो। तपाईं जिम्‍मेवार रहनुभएको मण्डलीमा कैयौँ नयाँ विश्‍वासीहरू नियमित रूपमा भेलामा सहभागी हुँदैनन्। यसले प्रमाणित गर्छ कि तपाईंले अगुवा भएर मलजलको काम राम्ररी गर्नुभएको छैन, आफ्‍नो कर्तव्य राम्ररी निभाउनुभएको छैन, झारा टार्दै हुनुहुन्छ, परमेश्‍वरलाई धोका दिँदै हुनहुन्छ, तपाईं गैरजिम्‍मेवार र परमेश्‍वरलाई सेवा गर्ने तर उहाँको विरोध गर्ने व्यक्ति हुनुहुन्छ।” यसरी काटछाँट र निराकरण गरिँदा स्विकार्न गाह्रो भएको थियो। यी नयाँ विश्‍वासीहरूलाई प्रत्यक्ष मलजल गर्ने जिम्‍मेवार व्यक्ति म थिइनँ, र मैले यस मण्डलीका मलजलकर्ताहरूलाई मलजल गर्ने सिद्धान्तहरूबारे राम्ररी सङ्गति दिएकी थिएँ। तर अहिले तिनीहरूले मलजलको काम राम्ररी नगरिरहेकोले धेरै नयाँ विश्‍वासीहरू भेलामा नियमित आइरहेका थिएनन्। कसरी यो मेरो जिम्‍मेवारी भयो? मलजलको काममा जिम्‍मेवारीपनको अभाव भएर नयाँ विश्‍वासीहरू पछि हटेका थिए, र यो बाधा र अवरोध थियो। यदि मैले यसको लागि जिम्‍मेवारी लिएँ भने, के त्यो परमेश्‍वरमाथिको मेरो विश्‍वासमा अपराध र कलङ्क हुँदैन र? त्यसकारण मैले अगुवाद्वारा ममाथि आरोपित समस्यालाई सीधै इन्कार गरेँ, र तर्क गर्दै आफूलाई सही साबित गर्ने प्रयास गरिरहेँ, र जिम्‍मेवारीबाट पन्छिनको लागि मैले म नयाँ विश्‍वासीहरूलाई प्रत्यक्ष मलजल गर्ने कामको जिम्‍मेवार छैनँ भनेर जोड दिएँ। मैले आफ्‍नो बारेमा मनन नगरेको देख्दा, अगुवाले मेरो कुरा बीचमै काटे, र सत्यता स्वीकार नगरेकोमा मलाई निराकरण गरे। अगुवाले यसो भनेको सुन्दा म तीनछक परेँ, र सोचेँ, “के सत्यता स्वीकार नगर्ने त गैरविश्‍वासीहरू होइनन् र? यस्ता कुराहरू आइपर्दा गैरविश्‍वासीहरू सधैँ तर्क गर्छन्, र सत्यता स्विकार्दै स्विकार्दैनन्।” मेरो तर्क र बहानाहरूबारे सोच्दा मलाई डर लाग्यो, त्यसकारण मैले थप बोल्‍ने आँट गरिनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई अगुवाइ गर्न, मेरो हृदयको रक्षा गर्न, र मलाई आज्ञाकारी हुन मदत गर्न अनुरोध गरेँ।

त्यसपछिका केही दिनसम्‍म, मैले यस विषयमा विचार गरिरहेँ। आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार भएकोमा र मलजलको काम राम्ररी नगरेकोमा मलाई निराकरण गरिएको थियो। मैले किन यसलाई स्विकार्न सकिनँ? मनन गर्दा, मैले के महसुस गरेँ भने, मैले नयाँ विश्‍वासीहरूलाई प्रत्यक्ष रूपमा मलजल गरिरहेकी छैनँ भने, तिनीहरू नियमित भेला भएनन् भने पनि, त्यो मलजलकर्ताको जिम्‍मेवारी हो मेरो होइन भन्‍ने सोचेकी थिएँ। तर मण्डलीले मलाई धेरै वटा मण्डलीको कामको जिम्‍मेवारी दिएको थियो, र मण्डलीको काममा समस्या र कठिनाइहरू हुँदा, मैले फलोअप गरेर तुरुन्तै समाधान गर्नुपर्थ्यो। तर मैले आफ्‍नो कर्तव्यको दौरान मलजलकर्ताको कामको सुपरिवेक्षण वा फलोअप गरेकी थिइनँ, र फलस्वरूप, दर्जनौँ नयाँ विश्‍वासीहरू नियमित सहभागी भइरहेका थिएनन्। के यो मेरो गैरजिम्‍मेवारीपन र कर्तव्यप्रतिको बेवास्ताको परिणाम थिएन र? मलाई याद आयो, केही समय अघि, मैले यो मण्डलीका मलजलकर्ताहरू कठिनाइमा पर्ने गर्छन् भन्‍ने सुनेकी थिएँ। नयाँ विश्‍वासीहरूका वास्तविक कठिनाइहरू सामना गर्दा, एकदुई वटा सङ्गतिबाट नतिजा ननिस्कँदा, तिनीहरूले यो गाह्रो छ भनेर दाबी गर्थे, र नयाँ विश्‍वासीहरूलाई मलजल गर्नमा जोड लगाउन चाहँदैनथे। तर मैले यी समस्याहरू समयमै हल गर्न तिनीहरूसँग सङ्गति गरेकी थिइनँ, र फलस्वरूप, भेलाहरूमा सहभागी हुने नयाँ विश्‍वासीहरूको सङ्ख्या क्रमिक रूपमा घटिरह्यो। म कर्तव्यमा गैरजिम्‍मेवार भएकोमा अगुवाले मेरो निराकरण गरेका थिए, र तिनी सही थिए। मैले किन यस कुरालाई अलिकति पनि स्वीकार वा आज्ञापालन गरिनँ, र किन मैले अझै पनि तर्क गर्दै आफूलाई सही साबित गर्ने प्रयास गरेँ? के यो अनुचित थिएन र? यो सोचेपछि, मलाई अलिक दुःख लाग्यो। मैले ठूलो गल्ती गरेकी छु जस्तो लाग्यो, तर अझै मैले जिम्‍मेवारी लिने इच्‍छा गरिनँ। मूर्खले जस्तो, मैले बहानाहरू बनाउने, आफूलाई सही साबित गर्ने, र जिम्‍मेवारीबाट पन्छिने प्रयास गरिरहेँ। विनालाज तर्क गर्ने र आफूलाई सही साबित गर्न खोज्‍ने मेरो कुरूप स्थितिबारे सोच्दा, मलाई लाज लाग्यो, मेरो अनुहार रातोपिरो भयो, र त्यस बेला मलाई कहाँ लुकूँलुकूँ जस्तो भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मैले आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार बनेँ र दर्जनौँ नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा बाधा दिएँ। मैले गम्‍भीर अपराध गरेकी छु, र पनि मलाई काटछाँट र निराकरण गरिँदा, ममा थोरै पनि स्वीकार र आज्ञापालनको मन थिएन। परमेश्‍वर, बिन्ती छ आफूलाई चिन्‍न मलाई अगुवाइ गर्नुहोस्।”

पछि, परमेश्‍वरको वचनको एउटा खण्ड पढिसकेपछि, मैले बल्‍ल काटछाँट र निराकरणमा पर्न नमान्‍नुको जडबारे थोरै बुझाइ प्राप्त गरेँ। परमेश्‍वरका वचनहरूले भन्छन्, “निराकरण र काटछाँटप्रति ख्रीष्टविरोधीहरूको चिरपरिचित आचरण भनेको यसको तीव्र अस्वीकार वा इन्कार गर्नु हो। तिनीहरूले जतिसुकै दुष्कर्म गरे पनि वा परमेश्‍वरको घरको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै धेरै हानि गरे पनि, तिनीहरूले अलिकति पनि पछुतो वा आफू केही ऋणी भएको अनुभूति गर्दैनन्। यस दृष्टिकोणबाट हेर्दा, के ख्रीष्टविरोधीहरूसँग मानवता हुन्छ त? फिटिक्‍कै हुँदैन। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हरप्रकारले हानि गर्छन्, र मण्डलीको काममा क्षति पुर्‍याउँछन्—परमेश्‍वरका चुनिएका मानिसहरूले यो कुरा सङ्लो पानीझैँ छर्लङ्ग देख्‍न सक्छन्, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरूको श्रृङ्खला देख्‍न सक्छन्। तर पनि ख्रीष्टविरोधीहरूले यो तथ्यलाई स्वीकार गर्दैनन्; तिनीहरू जिद्दी भई यस मामलामा आफू गलत छु वा आफू उत्तरदायी छु भनेर मान्‍न अस्वीकार गर्छन्। के यो तिनीहरू सत्यताप्रति दिक्‍क भइसकेका हुन्छन् भन्‍ने कुराको सङ्केत होइन र? ख्रीष्टविरोधीहरू सत्यताप्रति यति हदसम्म दिक्‍क भइसकेका हुन्छन् कि तिनीहरूले जति धेरै दुष्टता गरेको भए पनि, तिनीहरू यसलाई स्वीकार गर्न मान्दैनन्, र अन्त्यसम्‍मै तिनीहरू झुक्दैनन्। यसले ख्रीष्टविरोधीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको कामलाई गम्‍भीर रूपमा लिँदैनन् वा सत्यता स्वीकार गर्दैनन् भन्‍ने प्रमाणित गर्छ। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न आएका हुँदैनन्; तिनीहरू शैतानका चाकरहरू हुन्, जो परमेश्‍वरको घरको काममा बाधा र व्यवधान ल्याउन आएका हुन्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। तिनीहरूलाई यो विश्‍वास हुन्छ कि, यदि तिनीहरूले आफ्‍नो गल्ती स्वीकार गर्थे भने, तिनीहरूले उत्तरदायित्व स्वीकार गर्नुपर्थ्यो, र त्यसपछि तिनीहरूको हैसियत र प्रतिष्ठामा गम्भीर असर पर्थ्यो। फलस्वरूप, तिनीहरूले ‘मरे पनि नस्विकार्ने’ मनोवृत्तिका साथ प्रतिरोध गर्छन्। मानिसहरूले जतिसुकै खुलासा वा चिरफार गरे पनि, तिनीहरूले ती कुरा इन्कार गर्न सक्दो गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूको इन्कार जानाजान गरिएको भए पनि नभए पनि, एक हिसाबमा यसले सत्यताप्रति दिक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधीहरूको प्रकृति र सार खुलासा गर्छ। यसले अर्को हिसाबमा ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत, प्रतिष्ठा र हितलाई कति मूल्यवान् ठान्छन् भन्‍ने तथ्यलाई देखाउँछ। यस क्रममा, मण्डलीको काम र हितप्रतिचाहिँ तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? यो अवहेलना गर्ने र जिम्मेवारी नलिने खालको हुन्छ। तिनीहरूमा विवेक र समझको पूरै अभाव हुन्छ। के ख्रीष्टविरोधीहरू उत्तरदायित्वबाट पन्छिएको कुराले यी समस्याहरूलाई प्रदर्शन गर्दैन र? एक हिसाबमा, उत्तरदायित्वबाट पन्छिनुले सत्यताप्रति दिक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति र सारलाई प्रमाणित गर्छ भने, अर्को हिसाबमा, तिनीहरूमा विवेक, समझ र मानवताको कमी छ भन्‍ने देखाउँछ। तिनीहरूको हस्तक्षेप र दुष्कर्मको कारणले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा जति नै हानि पुगे पनि, तिनीहरूले आत्म-दोषारोपणको अनुभूति गर्दैनन् र तिनीहरूलाई यो कुराले कति पनि चिन्तित गराउँदैन। यो कस्तो प्रकारको प्राणी हो? आफ्नो गल्तीको थोरै भाग मात्र स्वीकार गरे पनि तिनीहरूमा थोरै विवेक र समझ छ भन्‍ने देखिन्थ्यो, तर यी ख्रीष्टविरोधीहरूसँग अलिकति पनि मानवता हुँदैन। त्यसकारण, तिमीहरू तिनीहरू के हुन् भनी भन्छौ? ख्रीष्टविरोधीहरूको सार भनेकै दियाबलस हो। आफूले परमेश्‍वरको घरको हितमा जति नै ठूलो हानि पुर्‍याए पनि तिनीहरूले त्यो देख्दैनन्। तिनीहरू यसबाट आफ्नो हृदयमा अलिकति पनि चिन्तित हुँदैनन्, न त तिनीहरूले आफैलाई गाली नै गर्छन्, तिनीहरूले ऋणी अनुभव गर्ने त कुरै नगरौँ। यो सामान्य मानिसहरूमा देखिनुपर्ने कुरा हुँदै होइन। यो त दियाबलस हो, र दियाबलसमा विवेक वा समझ कहीँकतै हुँदैन। ख्रीष्टविरोधीहरूले मण्डलीको काममा ठूलो हानि पुर्‍याउँदै जतिसुकै नराम्रो काम गरेका भए पनि, तिनीहरू त्यो स्वीकार नगर्न दृढ हुन्छन्। गल्ती स्वीकार गरेमा, दोषी ठहर्‍याइन्छ, मृत्यु दण्ड दिइन्छ, नरक, आगो र गन्धकको कुण्डमा फालिन्छ भनेर तिनीहरू विश्‍वास गर्छन्। के तँलाई यस्ता मानिसहरूले सत्यता स्विकार्न सक्छन् भन्‍ने लाग्छ? के तिनीहरूले साँचो पश्‍चात्ताप गर्ने आशा गर्न सकिन्छ?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। ख्रीष्टविरोधीहरूले सत्यता कहिल्यै स्विकार्दैनन्, तिनीहरू प्रकृतिले नै सत्यताप्रति दिक्‍क मान्‍ने हुन्छन्, र तिनीहरूको गल्ती जति ठूलो भए पनि, वा तिनीहरूले मण्डलीको काममा जति नै हानि गरे पनि, काटछाँट र निराकरण गरिँदा, तिनीहरूले कहिल्यै आफ्‍नो गल्ती स्विकार्दैनन्, र तिनीहरू निरन्तर तर्क गर्ने र आफूलाई सही साबित गर्ने प्रयास गर्छन्। ख्रीष्टविरोधीहरू स्वार्थी र घृणित हुन्छन्, र आफ्‍नै हितहरू र हैसियतलाई मात्र बहुमूल्य ठान्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले मण्डलीको काममा जति नै हानि गरे पनि, तिनीहरूले थोरै पनि दोषी महसुस गर्दैनन् वा जिम्‍मेवारी लिन चाहँदैनन्। काटछाँट र निराकरणप्रतिको मेरो मनोवृत्तिबारे मनन गरेपछि, मैले मेरो व्यवहार ख्रीष्टविरोधीको जस्तै रहेको थाहा पाएँ। म मण्डली अगुवा थिएँ, र म मण्डलीको कामका कुनै पनि समस्याहरूको निम्ति जिम्‍मेवार थिएँ। मण्डलीका मलजलकर्ताहरूमा समस्या छ भन्‍ने मलाई थाहा थियो, तर मैले फलोअप गर्ने वा समस्या हल गर्ने गरिनँ। फलस्वरूप, मलजलकर्ताहरूले नयाँ विश्‍वासीहरूलाई रक्षा गरेनन्, र मैले आफ्‍नो गल्ती स्वीकार गरिनँ, र आफ्‍नो लागि बहाना बनाइरहेँ। मैले सबै जिम्‍मेवारी मेरा दाजुभाइ-दिदीबहिनीहरूको काँधमा हालिदिएँ किनकि मलाई कुनै पनि जिम्‍मेवारी लिन डर लाग्थ्यो। मैले काटछाँट वा निराकरण स्वीकार गरिनँ, र आफूलाई अपराधमुक्त गर्नको लागि मैले अगुवाकै छेउमा यी नयाँ विश्‍वासीहरूलाई मैले प्रत्यक्ष मलजल गरेकी छैनँ भनेर जिद्दी गरेँ। कैयौँ नयाँ विश्‍वासीहरू भेलामा नियमित सहभागी भइरहेका थिएनन्, तर मलाई कुनै पछुतो वा जवाफदेहिता बोध भएन, र आफ्‍नो कर्तव्यलाई बेवास्ता गरेकोमा र मण्डलीको मलजलको काममा हानी गरेकोमा आफूप्रति घृणा जागेन। तथ्यहरू सामुन्‍ने हुँदा पनि, मैले अझै आफूलाई सही साबित गर्ने प्रयास गरेको कुराले म सत्यतालाई थोरै पनि स्विकार्दिन रहेछु भन्‍ने देखायो। अहिले हेर्दा, मैले जसरी तर्क गरे पनि, मैले आफ्‍नो कर्तव्यमा जिम्‍मेवार भइनँ भन्‍ने तथ्य इन्कार्न सक्दिनथेँ। बरु, मेरा तर्क र प्रतिरक्षाहरूले सत्यताप्रति दिक्‍क मान्‍ने र सत्यता स्वीकार नगर्ने मेरो शैतानी प्रकृति खुलासा गरिदिए। आफ्‍नै हितहरूको रक्षा गर्ने प्रयासमा, मैले जिम्‍मेवारीबाट पन्छिने र स्वार्थी अनि घृणित बन्‍ने मेरो कुरूप तथ्य प्रकट गरेँ।

मैले परमेश्‍वरको वचन बारम्‍बार पढेँ, र ख्रीष्टविरोधीहरूले निराकरणलाई कसरी लिन्छन् भन्‍ने तथ्यसँग आफ्‍नो व्यवहारलाई जति तुलना गरेँ, त्यति नै परमेश्‍वरको वचनले मलाई खुलासा गरिरहेको अनुभव भयो। मैले आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार भएर मलजलको काममा ठूलो हानि गरिरहेकी थिएँ, र अपराध गरिरहेकी थिएँ, तैपनि मलाई काटछाँट र निराकरण गरिँदा, मैले त्यो स्वीकार गरिनँ, बरु सत्यताप्रति दिक्‍क मानेँ। म सत्यताको पछि लाग्‍ने व्यक्ति थिइनँ। यसबारेमा सोचेपछि, मलाई परमेश्‍वरले मेरो व्यवहारलाई विशेष घृणा गर्नुहुन्छ जस्तो लाग्यो। यसबाहेक, मेरो तर्कगराइमार्फत अगुवाले पक्‍कै पनि म को हुँ भन्‍ने देखेर, म भरोसा र गोडमेल गरिन लायक छैन भन्‍ने कुरा थाहा पाएको हुनुपर्छ। मैले यस्तो सोच्‍न थालेँ: “के अगुवाले मलाई नियालिरहेको छ? यसपटक, मैले मलजलको काम राम्ररी गरिनँ, र मैले अपराध गरेकी छु। यदि कुनै दिन मैले अर्को बाधा वा व्यवधान ल्याएँ र मलाई फेरि काटछाँट र निराकरण गरियो भने, कतै मलाई खुलासा गरेर निकालिने त छैन? त्यस्तो भएमा, परमेश्‍वरमाथिको मेरो विश्‍वासबाट मैले मुक्ति पाउने कुनै आशा हुनेछैन।” त्यसपछि मैले कसरी आफ्‍नो कर्तव्य निभाउन परिवार र जागिर त्यागेकी थिएँ भन्‍नेबारे विचार गरेँ, र अन्त्यमा, मलाई हटाइन सकिनेछ भन्‍ने महसुस गरेँ। मैले जति सोचेँ, मलाई त्यति नै नकारात्मक अनुभूति भयो। मलाई के समेत लाग्थ्यो भने मैले गैरजिम्‍मेवार भएर आफ्‍नो कर्तव्यलाई बेवास्ता गरेकीले, र मैले सत्यता नस्विकारेकी र यसप्रति दिक्‍क मानेकीले, म अगुवा बन्‍न उपयुक्त छैनँ, त्यसकारण मैले सचेत भएर तुरुन्तै राजीनामा दिनुपर्छ, र इमानदार तरिकाले पूरा गर्न सकिने सरल कर्तव्य खोज्‍नुपर्छ। त्यसरी, मैले थोरै समस्याहरू प्रकट गर्नेछु र त्यति धेरै काटछाँट र निराकरण सामना गर्नुपर्दैन, र परमेश्‍वरको काम पूरा हुँदा म बाँच्‍ने आशा हुनेछ। त्यो बेला, मैले परमेश्‍वरको इच्‍छाको खोजी गर्दै गरिनँ, न त मैले आफ्‍नो कर्तव्यमा झारा टार्ने र गैरजिम्‍मेवार बन्‍ने मेरा समस्याहरू हल गर्न नै खोजेँ। मैले प्रतिरक्षात्मक र गलतबुझाइको स्थितिमा जिएँ, मैले कसरी राजीनामा दिने भन्‍ने मात्रै सोचेँ, र मेरो मन मेरो कर्तव्यमा छँदै थिएन। म अत्यन्तै दयनीय थिएँ। पछि, मैले मेरी सहकर्मी सिस्टरलाई आफ्‍नो स्थितिबारे बताएँ, र उनले मलाई परमेश्‍वरका केही वचन पढेर सुनाइन्, जसले मलाई परमेश्‍वरको इच्‍छाबारे केही बुझाइ प्रदान गरे।

परमेश्‍वरका वचनहरूले भन्छन्, “परमेश्‍वरले मानिसको अवस्था र उहाँप्रति उसको आचरणको सामना गरेपछि परमेश्‍वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति आज्ञाकारी हुने अनि साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, परमेश्‍वरले गर्नुहुने मानिसको शोधनको, साथै उहाँको न्यायको, उसलाई निराकरण र काटछाँट गर्ने कार्यको उसले अनुभव गर्नुपर्दछ, जुनविना उसले परमेश्‍वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्‍वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहुपक्षीय प्रभावको खातिर हो। परमेश्‍वरले सत्यताको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको सङ्कल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले मात्र शोधन गर्नुहुन्छ। जो सत्यताको खोजी गर्न इच्छुक छन् र जसले परमेश्‍वरको उत्कट चाहना गर्दछन्, उनीहरूका लागि यस्तो शोधनभन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्‍वरको स्वभावलाई मानिसले यति सजिलैसँग जान्न वा बुझ्‍न सक्दैन, किनकि परमेश्‍वर आखिर परमेश्‍वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्‍वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्‍वरको स्वभाव जान्न सजिलो छैन। सत्यता मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै बुझ्न सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने सङकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको सङ्कल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र थप वास्तविक काटछाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यबीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नैबारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र उसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशय, पुराना दृष्टिकोण, परमेश्‍वरप्रतिको उसको प्रेम र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एकप्रकारको वास्तविक तालिम हो। शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि, मैले के बुझेँ भने, मानिसहरूलाई कष्ट र शोधन, न्याय र सजाय, काटछाँट वा निराकरण भोग्‍नको लागि परमेश्‍वरले जब परिस्थितिहरू तय गर्नुहुन्छ, तब ती सब मानिसहरूको भ्रष्टता र कमीकमजोरीहरूप्रति लक्षित हुन्छन्, र ती जीवन प्रवेशको प्रक्रियामा मानिसहरूले अनुभव र सामना गर्नैपर्ने कुराहरू हुन्। यी कुराहरू सामना गर्ने क्रममा हामीले थोरै कष्ट भोग्‍नु परे पनि, हामीले परमेश्‍वरको काम र आफ्‍नै भ्रष्ट स्वभावहरूबारे जान्‍नका लागि ती अत्यन्तै उपयोगी हुन्छन्। अगुवाको रूपमा मेरो विगतको वर्षलाई हेर्दा, मैले कुनै पनि वाधा-व्यवधान अनुभव गरिनँ, र मलाई गम्‍भीर रूपमा काटछाँट वा निराकरण गरिएन। कहिलेकहीँ कतिपय कुराहरू सिद्धान्तहरूअनुरूप हुँदैनथे, तर अगुवाले मेरो स्थितिसँग मिल्दो सङ्गति दिन्थे, आफ्‍नो कर्तव्यमा रहेका विचलनहरू सच्याउन मदत गर्थे, र मलाई अभ्यासको मार्ग देखाइदिन्थे। जब ब्रदर-सिस्टरहरूले मेरो कर्तव्यमा समस्याहरू देख्थे, तिनीहरूले मलाई निरन्तर प्रेमसाथ सहयोग गर्थे र बिरलै मेरो खुलासा वा निराकरण गर्थे। त्यसैले आफ्ना भ्रष्ट स्वभावहरू सामना गर्दा र आफ्नो कर्तव्यमा समस्याहरू आउँदा, म सधैँ यी समस्याहरू त्यति ठूला छैनन्, म फेरि यस्तो गल्ती गर्नबाट बच्‍न सक्छु भनेर सोच्थेँ, त्यसैले म आफ्‍नो असफलताको जडबारे कहिल्यै साँचो रूपमा मनन गर्दिनथेँ। यसपटक काटछाँट र निराकरणमा परेपछि मात्रै मैले आफ्‍नो साँचो कद देख्‍न सकेँ। म आफ्‍नो कर्तव्यमा लापरवाही थिएँ, र फलस्वरूप, धेरै नयाँ विश्‍वासीहरूलाई समयमै मलजल वा भरणपोषण गरिएन, तर आफ्‍ना हितहरूको रक्षा गर्न, म जिम्‍मेवारीबाट पन्छिएँ र आफूलाई दोषमुक्त गरेँ। मलाई आफ्‍नो भविष्य र नियति गुमाउनेसमेत चिन्ता भयो, र म नकारात्मक बनेँ, गलतबुझाइहरू बोकेँ, र आफ्‍नो कर्तव्य त्याग्‍न चाहेँ। विगतमा मानिसहरूले मेरा समस्याहरूबारे नरम तरिकाले बोल्दा, म त्यो स्विकार्न सक्थेँ, तर यसपटक मलाई काटछाँट र निराकरण गरिँदा, र मेरो झाराटाराइका परिणामहरू बताइँदा, मैले स्विकार्न सक्दै सकिनँ। सानातिना कुराहरूको निम्ति मलाई निराकरण गरिँदा, म त्यो स्विकार्न सक्थेँ। तर सार र परिणामहरू निकै गम्‍भीर रहेका र मैले जिम्‍मेवारी लिनुपर्ने ठूला मामलाहरूबारे मलाई निराकरण गरिँदा, मैले त्यो स्विकार्न सक्दिनथेँ। म काटछाँट र निराकरण पनि छानीछानी स्विकार्दी रहेछु भन्‍ने मलाई थाहा भयो, जुन परमेश्‍वरप्रतिको आज्ञापालनको प्रकटीकरण पक्‍कै थिएन। यदि मलाई अगुवाले काटछाँट र निराकरण नगरेका भए, मैले आफ्‍नो स्थितिबारे जान्‍ने थिइनँ, म आफूलाई अझै पनि सत्यताको खोजी गर्ने व्यक्ति ठान्‍ने थिएँ, अनि म आफ्‍नै देखावटी रूपद्वारा अन्धी बन्‍ने थिएँ। मेरो जीवन प्रवेश ठप्प हुने थियो, परमेश्‍वरले तय गर्नुभएको परिस्थितिबाट मैले पाठहरू सिक्‍ने थिइनँ, परमेश्‍वरको वचनमार्फत आफूलाई बुझ्‍न वा आफ्‍नै भ्रष्टता हल गर्न सक्‍ने थिइनँ। यसबारेमा सोचेपछि, म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भएँ, र परमेश्‍वरको इच्‍छा खोजी गर्न र यो परिस्थितिबाट पाठहरू सिक्‍न तयार भएँ।

मेरो भक्तिको समयमा, मैले खान र पिउनको निम्ति परमेश्‍वरको वचनका उपयुक्त खण्डहरू खोजेँ। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ त्यसले मलाई काटछाँट र निराकरणपछि ममा राजीनामा दिने इच्‍छा जाग्‍नुबारे मलाई केही बुझाइ प्रदान गरे। परमेश्‍वरका वचनहरूले भन्छन्, “ख्रीष्टविरोधीहरूलाई काटछाँट र निराकरण गरिँदा, तिनीहरूले सधैँ यसलाई आशिष्‌हरू पाउने आशासित जोडेर हेर्छन्। यो मनोवृत्ति र दृष्टिकोण गलत छ, र यो खतरनाक हुन्छ। कसैले ख्रीष्टविरोधीका त्रुटी वा समस्याहरू औँल्याइदिँदा, तिनीहरूलाई आशिष्‌हरू पाउने आफ्नो आशा गुम्यो भन्‍ने लाग्छ; अनि तिनीहरूलाई काटछाँट र निराकरण गरिँदा, वा अनुशासनमा राखिँदा वा गाली गरिँदा पनि तिनीहरूलाई आशिष्‌हरू पाउने आफ्नो आशा गुम्यो भन्‍ने लाग्छ। केही कुरा तिनीहरूले चाहेजस्तो नहुँदा वा ती कुरा तिनीहरूका धारणासित मेल नखाँदा, तिनीहरूलाई खुलासा र निराकरण गरिँदा, तुरुन्तै तिनीहरूको आत्मसम्मानमा धक्‍का लागिहाल्छ, तुरुन्तै तिनीहरूमा अब आशिष्‌हरू पाउने आशा रहने हो कि होइन भन्‍ने सोचाइ आइहाल्छ। के यो अति संवेदनशील हुनु होइन र? के तिनीहरू आशिष्‌ प्राप्त गर्न अति नै इच्छुक छैनन् र? मलाई बता, के यस्ता मानिसहरू दयनीय छैनन् र? (छन्।) वास्तवमा तिनीहरू दयनीय छन्! अनि तिनीहरू कुन तरिकामा दयनीय छन्? के कसैले आशिष्‌ पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा तिनीहरूको निराकरण र काटछाँटसित सम्बन्धित छ? (छैन।) त्यसो भए, निराकरण र काटछाँट गरिँदा, किन ख्रीष्टविरोधीहरूलाई आशिष्‌ प्राप्त गर्ने आशा गुम्यो भन्‍ने लाग्छ? के तिनीहरूले पछ्याउने कुरासित यसको सम्बन्ध छैन र? तिनीहरू केको पछि लाग्छन्? (आशिष्‌हरूको पछि लाग्छन्।) तिनीहरू आशिष्‌हरू प्राप्त गर्ने आफ्नो चाहना र नियत कहिल्यै त्याग्दैनन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेदेखि नै आशिष्‌हरू प्राप्त गर्ने नियत राखेका छन्, र तिनीहरूले कैयौँ प्रवचनहरू सुने पनि, कहिल्यै सत्यता स्वीकार गरेका छैनन्। यत्तिका समयसम्म, तिनीहरूले आशिष्‌ प्राप्त गर्ने आफ्नो चाहना र नियत त्यागेका छैनन्। तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासप्रति आफ्नो दृष्टिकोण सुधार वा परिवर्तन गरेका छैनन्, र तिनीहरूको कर्तव्य निर्वाहप्रतिको नियत शुद्ध पारिएको छैन। तिनीहरू सधैँ सबै कुरा आशिष्‌हरू प्राप्त गर्ने आशा र नियतले गर्छन्, र अन्त्यमा, आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको आशा चकनाचूर हुन लाग्दा, तिनीहरू रिसले चूर हुन्छन्, र तीव्र विरोध गर्छन्, अनि आखिरमा आफूले परमेश्‍वरबारे शङ्का गरेको र सत्यता इन्कार गरेको लाजमर्दो तथ्य उदाङ्गो पार्छन्। के तिनीहरू बरबादीको मार्गमा हिँडिरहेका छैनन् र? यो त ख्रीष्टविरोधीले कति पनि सत्यता स्वीकार नगर्नु, निराकरण र काटछाँट कदापि नस्विकार्नुको अपरिहार्य परिणाम हो। परमेश्‍वरका चुनिएका सबै मानिसहरूले परमेश्‍वरको काममा बटुलेको अनुभवबाट परमेश्‍वरको न्याय र सजाय, उहाँको निराकरण र काटछाँट भनेका उहाँका प्रेम र आशिष्‌ हुन् भनेर थाहा पाउन सक्छन्—तर ख्रीष्टविरोधीहरूले यसलाई मानिसहरूको भनाइ मात्र ठान्छन्, र यो सत्यता हो भनेर विश्‍वास गर्दैनन्। त्यसकारण, तिनीहरू निराकरण र काटछाँटलाई सिक्‍नुपर्ने पाठको रूपमा हेर्दैनन्, न त सत्यता खोजी गर्छन् न त आत्मचिन्तन नै गर्छन्। यसको विपरीत, तिनीहरू निराकरण र काटछाँटलाई मानव इच्छाबाट पैदा भएका, व्यक्तिगत नियतले भरिएका उत्पीडन र दण्ड हुन् र अवश्य नै परमेश्‍वरबाट आएका होइनन् भनी ठान्छन्। तिनीहरूले यी कुराको विरोध र अनादर गर्छन्, अनि कसैले आफूलाई त्यसरी किन व्यवहार गरेको भनेर अनुसन्धानसमेत गर्छन्। तिनीहरू झुक्दै झुक्दैनन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा गर्ने हरेक कुरालाई आशिष्‌ र इनाम प्राप्त गर्नुसित जोड्छन्, अनि आशिष्‌ प्राप्त गर्नुलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण खोजी, साथै परमेश्‍वप्रतिको विश्‍वासमा अन्तिम र सर्वोच्‍च लक्ष्य मान्छन्। परमेश्‍वरको परिवारले सत्यताबारे जे-जसरी सङ्गति दिए पनि, तिनीहरू आशिष्‌ प्राप्त गर्ने आफ्नो नियतमा जीवनभर टाँसिइरहन्छन्, यसलाई त्याग्दैनन्, र आशिष्‌ पाउने उद्देश्य नराखी परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मूर्खता र बेबकुफी हो, यो ठूलो हानि हो भनेर सोच्छन्। तिनीहरू के सोच्छन् भने, आशिष्‌ प्राप्त गर्ने नियत त्याग्‍ने जोकोही बेबकुफ बनेको हुन्छ, मूर्खले मात्र आशिष्‌ प्राप्त गर्ने आशा त्याग्छ, अनि निराकरण र काटछाँट स्वीकार गर्नु भनेको मूर्खता र असक्षमता देखाउनु हो, र त्यो बुद्धि भएको व्यक्तिले गर्ने कुरा होइन। यो ख्रीष्टविरोधीको दिमागमा चल्ने तर्क हो। त्यसैले, ख्रीष्टविरोधीलाई काटछाँट र निराकरण गरिँदा, तिनीहरू मनमा असाध्यै प्रतिवाद गर्छन्, तिनीहरू तर्कजाल र बहाना बनाउनमा खप्पिस हुन्छन्; तिनीहरू सत्यता स्विकार्दै स्विकार्दैनन्, न त झुक्छन् नै। बरु, तिनीहरू पुरै अवाज्ञा र विद्रोहले भरिन्छन्। यसले सहजै परमेश्‍वरको प्रतिरोध गर्ने, परमेश्‍वरको निन्दा गर्ने, र उहाँविरुद्ध विद्रोह गर्ने अनि अन्त्यमा खुलासा भएर हटाइने हदमा पुऱ्याउँछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु १२: जब कुनै पद हुँदैन र आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा हुँदैन तब तिनीहरू पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनले काटछाँट र निराकरणप्रतिको ख्रीष्टविरोधीहरूको गलतबुझाइ खुलासा गरिदिए। तिनीहरूले काटछाँट र निराकरणलाई आफ्ना आशिष्‌हरू, भविष्य, र नियतिसँग जोड्छन्। तिनीहरूले सोच्छन् कि जब कसैले तिनीहरूका कमीकमजोरी र त्रुटिहरू औँल्याउँछ, र तिनीहरूलाई गम्‍भीर रूपमा खुलासा, काटछाँट, र निराकरण गर्छ, तब आशिष्‌हरू पाउने तिनीहरूको आशा बरबाद हुन्छ। ख्रीष्टविरोधीहरूले यस्तो व्यवहार गर्दा, यसले परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको उद्देश्य आशिष्‌हरू पाउनु हो भन्‍ने खुलासा गर्छ। ख्रीष्टविरोधीहरूले आफ्‍नो भविष्य, नियति, र अन्तिम गन्तव्यलाई विशेष माया गर्छन्, त्यसैले तिनीहरू काटछाँट र निराकरणप्रति दिक्‍क मान्छन् र यसलाई इन्कार गर्छन्, अनि काटछाँट र निराकरण सामना गर्दा, तिनीहरूले आफ्‍नो पक्षमा तर्क र बचाउ गर्छन्, र आफ्‍ना समस्याहरू स्विकार्न मान्दैनन्। मैले मलाई काटछाँट र निराकरण गरिँदा कस्तो व्यवहार गरेकी थिएँ भनेर फेरि सोचेँ। मैले आफ्‍नो प्रतिरक्षा गर्ने प्रयास गरिरहेँ, र आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार भई गल्तीहरू गरेकी थिएँ भनेर स्विकार्न मानिनँ। मलाई यदि मैले जिम्‍मेवारी लिएँ भने, परिणामहरू बेहोर्नुपर्छ भन्‍ने लाग्यो, त्यसकारण मैले गलत तर्क प्रस्तुत गरिरहेँ र काटछाँट र निराकरण स्वीकार गरिनँ। मैले यस विषयमा सत्यता खोजी गरिनँ र म आफ्‍नो कर्तव्यमा गैरजिम्‍मेवार भएँ, र मैले मलजलको काममा हानि गरेँ भनेर बुझिनँ। त्यसबाहेक, काटछाँट र निराकरणपछि म रक्षात्मक भएँ र मलाई गलतफहमी भयो, र मैले पहिल्यै अपराध गरिसकेकी छु, र मैले अर्को गल्ती गरेँ र मलाई फेरि पनि काटछाँट र निराकरण गरियो भने, मलाई हटाइने सम्‍भावना छ भन्‍ने सोचेँ। त्यसकारण मैले हरेस खाएँ र मलाई अगुवा बन्‍ने मनै भएन। परमेश्‍वरको वचनमा खुलासा गरिएअनुरूप, मैले आफूले प्रकट गरेको कुराबारे मनन गरेँ, र परमेश्‍वरलाई विश्‍वास गर्ने मेरो अभिप्राय सधैँ आशिष्‌ प्राप्त गर्नु थियो भन्‍ने थाहा पाएँ। मैले फेरि पनि परमेश्‍वरको वचन हेरेँ: “आशिष्‌हरू प्राप्त गर्ने तिनीहरूको आशा चकनाचूर हुन लाग्दा, तिनीहरू रिसले चूर हुन्छन्, र तीव्र विरोध गर्छन्, अनि आखिरमा आफूले परमेश्‍वरबारे शङ्का गरेको र सत्यता इन्कार गरेको लाजमर्दो तथ्य उदाङ्गो पार्छन्। के तिनीहरू बरबादीको मार्गमा हिँडिरहेका छैनन् र? यो त ख्रीष्टविरोधीले कति पनि सत्यता स्वीकार नगर्नु, निराकरण र काटछाँट कदापि नस्विकार्नुको अपरिहार्य परिणाम हो।” म नकारात्मक स्थितिमा जिइरहेकी थिएँ र म राजीनामा दिन चाहन्थेँ। यो त परमेश्‍वरविरुद्ध लडाइँ गर्नु, काटछाँट र निराकरण स्वीकार नगर्नु, र यसबाट पन्छिनुको प्रकटीकरण थियो। जीवनमा परिपक्‍व हुनको लागि मलाई काटछाँट र निराकरण आवश्यक छ, र मेरा खाँचो र कमीकमजोरीका आधारमा परमेश्‍वरले मलाई यी परिस्थितिहरू अनुभव गर्न दिनुभएको हो भन्‍ने मलाई थाहा थियो, तर मैले आशिष्‌हरू पाउन परमेश्‍वरमाथि विश्‍वास गर्नुलाई नै मेरो सबभन्दा ठूलो र न्यायसङ्गत उद्देश्य मानेँ, त्यसकारण सत्यता खोजी गर्ने र मेरो भ्रष्ट स्वभाव हल गर्ने कार्यलाई मैले पन्छाएँ। आफ्‍नो भविष्य र नियति रक्षा गर्न र आशिष्‌हरू पाउने मेरो महत्वाकाङ्क्षा र इच्‍छा तृप्त पार्न, म काटछाँट र निराकरणबाट टाढा बस्‍न, र अगुवाको पदसमेत छोड्न चाहन्थेँ। मेरो प्रकृति साँच्‍चै नै छली र दुष्ट थियो।

परमेश्‍वरको वचनमा मैले यो कुरा पढेँ। “आशिषित हुनु मानिसहरूको लागि उचित उद्देश्य होइन, त्यसैले उचित उद्देश्यचाहिँ के हो त? सत्यता पछ्याउनु, स्वभाव परिवर्तनको खोजी गर्नु, र परमेश्‍वरका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई पालना गर्न सक्षम हुनु: मानिसहरूले खोजी गर्नुपर्ने उद्देश्यहरू यिनै हुन्। उदाहरणको लागि, मानौँ तँलाई काटछाँट र निराकरण गरिन्छ, अनि तँमा धारणा र भ्रमहरू पैदा हुन्छ, र तँ आज्ञापालन गर्न असमर्थ बन्छस्। यसमा, तैँले किन आज्ञापालन गर्न सक्दैनस्? किनभने तँलाई तेरो गन्तव्य वा आशिषित हुने तेरो सपनामा चुनौती खडा भएको छ भन्‍ने लाग्छ। तँ नकारात्मक र व्याकुल बन्छस्, र आफ्‍नो कर्तव्यबाट उम्‍कने चेष्टा गर्छस्। यसको कारण के हो? तेरो खोजीमा एउटा समस्या छ। अनि, यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले यी गलत विचारहरूलाई तुरुन्तै त्याग्‍नु जरुरी छ, र तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नु अनिवार्य छ। तैँले आफूलाई यसो भन्‍नुपर्छ, ‘मैले हरेस खानु हुँदैन, मैले अझै पनि परमेश्‍वरको सृष्टिले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ, र आशिषित हुने मेरो इच्‍छालाई पन्छ्याउनुपर्छ।’ जब तैँले आशिषित हुने इच्‍छालाई त्याग्छस्, तेरो काँधबाट बोझ हट्छ। अनि के तँ अझै पनि नकारात्मकतामा रहन सक्छस्? कहिलेकहीँ तँ अझै पनि नकारात्मक हुने भए पनि, तँ यसको नियन्त्रणमा हुँदैनस्, र आफ्‍नो हृदयमा, तँ प्रार्थना गरिरहन्छस् र लडिरहन्छस्, आशिषित हुने र गन्तव्य पाउने तेरो खोजीको उद्देश्यलाई सत्यताको खोजीमा परिणत गर्छस्, र तैँले मनमनै सोच्छस्, ‘सत्यताको खोजी गर्नु सृष्टि गरिएको प्राणीको कर्तव्य हो। आज निश्‍चित सत्यताहरू बुझ्‍नुजत्तिको महान् फसल अरू हुँदैन, यो नै सबैभन्दा ठूलो आशिष हो। यदि परमेश्‍वरले मलाई चाहनुहुन्‍न, र मैले राम्रो गन्तव्य पाउँदिनँ, अनि आशिषित हुने मेरो आशा चकनाचूर हुन्छ भने पनि, मैले अझै आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, यसो गर्नु मेरो दायित्व हो। कारण जेसुकै भए पनि, यसले मेरो कर्तव्यपालनमा असर गर्नेछैन, यसले परमेश्‍वरको आज्ञा पूरा गर्नमा मलाई असर गर्नेछैन; म यही सिद्धान्तअनुसार व्यवहार गर्छु।’ अनि के यसरी, तैँले देहका बन्धनहरूलाई पार गरेको हुँदैनस् र? कतिपयले भन्लान्, ‘म अझै नकारात्मक छु भने के गर्ने?’ त्यसो भए, यसलाई हटाउन फेरि सत्यता खोजी गर्। तँ जति धेरैपटक नकारात्मक बने पनि, यदि तैँले यसलाई हटाउन सत्यता खोजी गरिरहन्छस्, र सत्यताको खातिर परिश्रम गरिरहन्छस् भने, तँ बिस्तारै तेरो नकारात्मक अवस्थाबाट बाहिर आउनेछस्। अनि एक दिन, तँमा आशिष्‌हरू पाउने चाहना हुनेछैन र तँ तेरो गन्तव्य र परिणामद्वारा परिचालित हुँदैनस्, अनि यी कुराबिना नै तैँले अझ सहज र स्वतन्त्र जीवन जिइरहेको अनुभूति गर्नेछस्। हरदिन आशिष्‌हरू र आफ्नो गन्तव्य प्राप्त गर्ने उद्देश्यले जिउने तेरो पहिलाको जीवन तँलाई थकाइलाग्दो लाग्‍नेछ। हरदिन आशिष्‌ पाउनका लागि बोल्नु, काम गर्नु र दिमाग खियाउनु—यसबाट अन्त्यमा तैँले के नै पाउनेछस् र? यस्तो जीवनको के मूल्य छ? तैँले सत्यता पछ्याइनस्, बरु आफ्ना सबै सर्वोत्कृष्ट दिनहरू महत्त्वहीन कुराहरूमा खेर फालिस्। अन्त्यमा, तैँले कुनै सत्यता प्राप्त गरिनस्, र अनुभवको कुनै गवाही प्रस्तुत गर्न सकिनस्। तैँले आफूलाई मूर्ख बनाइस्, पूर्णतया बदनाम र असफल भइस्। अनि वास्तवमा यसको कारण के हो त? आशिष्‌हरू प्राप्त गर्ने तेरो नियत असाध्यै बलियो हुनु, तेरो परिणाम र गन्तव्यको सोचले तेरो हृदय ओगट्नु र तँलाई एकदमै बलियोसँग जकड्नु नै यसको कारण हो। तर जब तँ तेरा सम्भाव्यताहरू र नियतिको बन्धनबाट बाहिर आउने समय आउँछ, तैँले सबै थोकलाई पछि छोडेर परमेश्‍वरलाई पछ्याउन सक्‍नेछस्। तैँले कहिले ती कुरालाई पूरै त्याग्‍न सक्‍नेछस्? तेरो जीवन प्रवेश निरन्तर गहिरिँदै जाँदा, तैँले आफ्नो स्वभावमा परिवर्तन ल्याउनेछस्, र त्यही बेला तँ ती कुरा पूरै त्याग्‍न सक्षम हुनेछस्। कतिपयले भन्‍नेछन्, ‘म आफूले चाहेको बेला ती कुरा त्याग्‍न सक्छु।’ के यो प्राकृतिक नियमसँग मेल खान्छ? (खाँदैन।) अरूले भन्‍नेछन्, ‘मैले यो सब रातारात पत्ता लगाएँ। म सामान्य व्यक्ति हुँ, बाँकी तिमीहरूजस्तो जटिल वा नाजुक छुइनँ। तिमीहरू असाध्यै महत्त्वाकाङ्क्षी छौ, जसबाट तिमीहरू मभन्दा गहन रूपमा भ्रष्ट छौ भन्‍ने देखिन्छ।’ के परिस्थिति यही हो त? होइन। सबै मानवजातिसित एउटै भ्रष्ट प्रकृति छ, यसको गहनतामा कुनै अन्तर छैन। अन्तर भनेको तिनीहरूमा मानवता छ कि छैन, र तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भन्‍ने मात्र हो। सत्यतालाई प्रेम गर्ने र स्विकार्नेहरू तुलनात्मक रूपमा आफ्नो भ्रष्ट स्वभावबारे गहिरो र स्पष्ट ज्ञान प्राप्त गर्न सक्षम हुन्छन्, अनि अरूले चाहिँ भूलवश यस्ता मानिसहरूलाई अत्यधिक भ्रष्ट ठान्छन्। सत्यतालाई प्रेम नगर्ने वा नस्विकार्नेहरूले सधैँ आफू भ्रष्ट छैन, र अलिकति असल व्यवहार देखाएर आफूलाई पवित्र मानिस ठानिरहेका हुन्छन्। यो दृष्टिकोण अवश्य नै अमान्य छ—वास्तवमा, यो होइन कि तिनीहरूको भ्रष्टता सतही छ, बरु तिनीहरू सत्यता बुझ्दैनन् अनि तिनीहरूमा आफ्नो भ्रष्टताको सार र सत्यताबारे स्पष्ट ज्ञान छैन। सङ्क्षेपमा भन्‍नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नका लागि सत्यता स्वीकार गर्नुपर्छ, अनि यसलाई अभ्यास गरेर यसको वास्तविकतामा प्रवेश गर्नुपर्छ। आफ्नो खोजीको गलत दिशा र मार्गलाई बदल्न सक्‍नुअघि अनि आशिष्‌हरूको पछि लाग्‍ने र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्‍नुअघि, आफ्नो जीवन स्वभावमा परिवर्तनहरू हासिल गर्नुपर्छ। यसरी परमेश्‍वरबाट मुक्ति पाइन्छ र सिद्ध होइन्छ। मानिसलाई न्याय गर्न र शुद्ध पार्न परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यताले यही उद्देश्य लिएर काम गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। परमेश्‍वरको वचनमा, मैले अभ्यासको मार्ग भेट्टाएँ, जुन आशिष्‌हरू पाउने मेरो इच्‍छालाई त्याग्‍नु, परमेश्‍वरमाथिको मेरो विश्‍वासको गलत उद्देश्यलाई बदल्‍नु, र आशिष्‌हरू पाउने मेरो खोजीलाई सत्यता र स्वभाव परिवर्तनको खोजीमा परिणत गर्नु थियो। यो मात्रै सृष्टि गरिएको प्राणीले गर्नुपर्ने उचित खोजी हो। मैले आफ्‍नो व्यवहारलाई हेरेँ, र मलाई खुलासा गरिँदा, म आफ्‍नो कर्तव्य त्याग्‍न चाहँदी रहेछु भन्‍ने देखेँ, र त्यो अभ्यास गर्ने सही तरिका थिएन। म अगुवा हुन छोडेँ भने पनि, मैले सत्यताप्रति दिक्‍क मान्‍ने मेरो स्वभाव वा आशिष्‌हरू प्राप्त गर्ने मेरो इच्‍छा समाधान गरेकी हुन्थिनँ, त्यसैले जुनै कर्तव्य निभाए पनि, मैले अझै पनि मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउने कुराहरू गर्न सक्थेँ। यो अवधिमा, म नकारात्मक स्थितिमा जिएँ। मैले आफ्‍नै हितहरूका लागि षड्यन्त्र र युक्ति रच्दै थिएँ, म दयनीय थिएँ, र मैले कर्तव्यप्रतिको जाँगर गुमाएँ, र परमेश्‍वरसँगको मेरो सम्‍बन्ध टाढियो। मैले अबदेखि आशिष्‌हरू पाउने इच्‍छाको बन्धन वा बाध्यतामा पर्नेछैनँ भनेर कसम खाएँ। आशिष्‌ पाए नि नपाए नि, मैले आफ्‍नो कर्तव्यलाई पहिलो प्राथमिकता दिनुपर्थ्यो। मण्डलीले मलाई कर्तव्य निभाउने मौका दिएको थियो, त्यसकारण मैले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न सक्दो गर्नुपर्थ्यो। त्यसपछि, मेरो स्थिति अलिक बद्लियो, र आफ्‍नो कर्तव्यमा झारा टार्ने र गैरजिम्‍मेवार बन्‍ने मेरो समस्यालाई ध्यानमा राख्दै, मैले परमेश्‍वरका उपयुक्त वचनहरू खाएँ-पिएँ, अनि झारा टार्नुको सार परमेश्‍वरलाई मूर्ख तुल्याउनु र धोका दिनु हो भन्‍ने कुरा बुझेँ। यदि मैले सधैँ आफ्‍नो कर्तव्य लापरवाही र तिरस्कारी मनोवृत्तिले लिएकी भए, मैले योग्य तरिकाले आफ्‍नो कर्तव्य कहिल्यै निभाउने थिइनँ, र अन्तिममा कर्तव्य निभाउने मौका गुमाउने थिएँ। मेरो गैरजिम्‍मेवारीपनको कारण कसरी धेरै नयाँ विश्‍वासीहरूले भेलामा नियमित सहभागी हुन छोडे भनेर सोच्दा, मलाई पछुतो र ऋणी भएको आभास भयो, अनि मेरो गैरजिम्‍मेवार व्यवहारप्रति मलाई हृदयदेखि नै घृणा जाग्यो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, त्यसले मलाई काटछाँट र निराकरणको अर्थ अझै राम्ररी बुझ्‍न मदत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छन्, “काटछाँट र निराकरण हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्‍नुपर्ने कुरा के हो? व्यक्तिले आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न काटछाँट र निराकरण अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा र मुक्ति प्राप्त गर्ने क्रममा दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट र निराकरण गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट र निराकरण गर्नु तिनीहरूको भविष्य र भाग्यसँग सम्‍बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट र निराकरण गरिन्छ? के यो मानिसहरूलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निभाउन मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट र निराकरण गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, तर यो मानिसहरूलाई सहायता गर्ने तरिका पनि हो। काटछाँट र निराकरण गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई तुरुन्तै पहिचान गर्न मदत गर्छ, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्ने मौका दिन्छ। जे-जस्तो नै भए पनि, काटछाँट र निराकरणले तँलाई सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई गल्ती गर्न र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई ठूला समस्याहरू पैदा गर्नदेखि बचाउँछ। के यो मानिसहरूका लागि सबैभन्दा ठूलो सहयोग, सबैभन्दा ठूलो उपचार होइन र? विवेक र समझ भएका व्यक्तिहरू निराकरण र काटछाँट भोगेर ठिकसित व्यवहार गर्न सक्षम हुनुपर्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग आठ))। परमेश्‍वरको वचन पढेपछि, ममा काटछाँट र निराकरणबारे अर्को हास्यास्पद विचार रहेको थाहा भयो। परमेश्‍वरका वचनहरू आफूमा लागू गर्दा, मैले ममा सत्यताप्रति दिक्‍क मान्‍ने शैतानी स्वभाव रहेको थाहा पाएँ, मलाई म बरबाद भएँ, मेरो भ्रष्टता अत्यन्तै गम्भीर छ, र परमेश्‍वरले पक्‍कै मलाई घिनाउनुहुन्छ र मलाई मुक्ति दिनुहुन्‍न जस्तो लाग्यो। वास्तवमा, यो नकारात्मक र शत्रुवत्‌ मनोवृत्ति थियो। परमेश्‍वरको वचन पढेपछि, मैले के बुझेँ भने काटछाँट र निराकरण गरिनु भनेको खुलासा गरेर हटाइनु होइन, र यसको अर्थ आफ्नो भविष्य र नियति आफूबाट खोसिएको छ भन्‍ने हुँदैन। बरु, यो त मानिसहरूलाई आफ्नो कर्तव्यका कमीकमजोरीहरू जान्‍न, आफ्नो भ्रष्ट स्वभाव बुझ्‍न, आफ्‍नो कर्तव्यका विचलनहरू तुरुन्तै सुधार्न, र सत्यता खोजी गर्न मदत गर्नको लागि हुन्छ, ताकि तिनीहरूले सत्यताका सिद्धान्तअनुसार काम गर्न सकून्। काटछाँट र निराकरणको यो घटना नभएको भए, मलाई मसँग सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव छ, र मेरा हितहरूसँग सम्‍बन्धित मामलाहरूमा, म जिम्‍मेवारीबाट पन्छिन्छु, आफ्‍नो लागि निरन्तर बहानाहरू बनाउँछु, र म सत्यता स्विकार्दै स्विकार्दिनँ भन्‍ने कुरा थाहा हुन्थेन। मैले यो कुरा पहिचान गर्नु राम्रो कुरा हो जस्तो लाग्छ। यसले मलाई पछि परिस्थितिहरू आइपर्दा सत्यता खोजी गर्नमा ध्यान दिन र आफ्‍नै असल व्यवहारहरूद्वारा अन्धी नबन्‍न मदत गर्‍यो। परमेश्‍वरमाथिको विश्‍वासमा सत्यता खोजी गर्ने मेरो क्षमताको लागि यो निकै महत्त्वपूर्ण थियो।

त्यसपछि, मेरो कर्तव्यमा विचलन आएर मलाई काटछाँट र निराकरण गरिँदा, म सचेत भई परमेश्‍वरको अघि आउँथेँ, सबभन्दा पहिले आज्ञापालनको अभ्यास गर्थेँ, र मेरो भ्रष्टता अनि मेरो कर्तव्यमा ब्रदर-सिस्टरहरूले औँल्याएका समस्याहरूका आधारमा परमेश्‍वरका वचनहरूका सान्दर्भिक खण्डहरू खोज्थेँ। धेरैपटक काटछाँट र निराकरणमा परेपछि, मैले यसको महत्त्वलाई अलिक राम्ररी बुझेँ। काटछाँट र निराकरणको अनुभव र परमेश्‍वरका वचनहरूको अगुवाइमार्फत, मैले मेरो साँचो कद र मेरो कर्तव्यका विभिन्‍न समस्या र विचलनहरू देख्‍न सकेँ। मैले मेरो भ्रष्ट स्वभाव र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको इच्‍छाबारे पनि केही ज्ञान प्राप्त गरेँ। काटछाँट र निराकरणमा पर्नु मेरो जीवन प्रवेशको लागि अत्यन्तै उपयोगी र फाइदाजनक भयो। मलाई के लाग्छ भने, आफूलाई चिन्‍ने र आफ्‍नो कर्तव्य राम्ररी निभाउने कार्यलाई परमेश्‍वरद्वारा हुने न्याय, खुलासा, काटछाँट, र निराकरणबाट अलग गर्न सकिँदैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मलाई कुन कुराले परमेश्‍वरलाई पछ्याउन रोकिरहेको छ?

चेन मिङ, चीन २०११ को डिसेम्बर महिना थियो अनि हाम्रो मण्डलीका दुईजना अगुवाहरू पक्राउ परेका थिए। यो खबर सुनेपछि, मेरा दाजुभाइ र दिदीबहिनीहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्